Posts

Showing posts from January, 2021

सुक्खा बन्दरगाहमा ५ सय खाली कन्टेनर होल्ड

Image
प्रस, परवानीपुर, १८ माघ/     कोरोना महामारीको बेला वीरगंजस्थित ड्राइपोर्ट भन्सारमा थुप्रिएका करीब ५ सय कन्टेनर फिर्ता हुन सकिरहेको छैन ।     भारतीय रेलवेको भगिनी संस्था कन्करले खाली रेल कोलकाता र विशाखापटनम्को लागि नपठाइदिंदा ती कन्टेनरहरू विगत ६ महीनाअघिदेखि ड्राइपोर्ट भन्सारकै यार्डमा थन्किएर ठाउँ ओगटेको छ । यसले गर्दा यार्डमा कन्टेनरको जाम बढेको छ भने व्यवसायीलाई मालसामान लोड, अनलोडमा समस्या भइरहेको छ । वीरगंज उद्योग वाणिज्य सङ्घका महासचिव माधव राजपालले भने, “६ महीनासम्म खाली कन्टेनरहरू उठ्न सकेका छैनन्, जसले गर्दा ड्राइपोर्टमा कन्टेनरमाथि कन्टेनर चाङ लागेको छ, यसबारे ड्राइपोर्ट सञ्चालक कम्पनीले चाँडै पहल गरी खाली कन्टेनर फिर्ता पठाएर यार्ड खाली गराउनेतर्पm अग्रसरता देखाउनुपर्छ ।”     कोरोना महामारीको बेला गत साउनदेखि असारसम्म तेस्रो मुलुकका सामान भारतका दुईवटा बन्दरगाह कोलकाता र विशाखापट्टनमबाट आउने क्रम केही महीनासम्म चलिरह्यो । सो अवधिमा आयातकर्ताले मालसामान समयमा नउठाउँदा र उठाए पनि समयमा खाली कन्टेनर यार्डमा नपु¥याउँदा कतिपय रेल वीरगंजबाट खाली कन्टेनर लिएर फिर्ता हुनुपर्नेमा खा

७ जना महिलासहित ३१ जनाद्वारा रक्तदान

Image
प्रस, वीरगंज, १८ माघ/     साउथ जोन मावि वीरगंज–१३ राधेमाईमा आयोजित रक्तदान कार्यक्रममा सातजना महिलासहित ३१ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजका प्रा विधिक धीरेन्द्र झाले बताए ।     विद्यालयको वार्षिकोत्सवमा  आयोजित कार्यक्रमको शुभारम्भ प्रधानाध्यापक सरोज चौधरीले रक्तदान गरी गरेका थिए । कार्यक्रममा सुनीता गुप्ता, रचना अधिकारी, सीता कुमारी, लक्ष्मी चौधरी, उषा चौधरी, रञ्जु चौधरी, दीप्ति प्रधान, प्रशान्त पौडेल, मुकेश यादव, श्रीराम गिरी, रञ्जीत सर्राफ, सद्दाम हुसैन, हितेश राणा थापा, धीरज घिमिरेलगायतले रक्तदान गरेको प्राविधिक झाले बताए ।

मधेस विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा साह

प्रस, जनकपुरधाम, १८ माघ/     प्रदेश २ सरकार मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा रामकेवल साह नियुक्त भएका छन् । त्यसैगरी, प्रतिष्ठानको रजिस्टारमा डा विनोद यादव र रेक्टरमा डा अङ्कुर साहलाई नियुक्त गरिएको छ ।     प्रदेश सरकारले नियुक्त गरेको प्रतिष्ठानका पदाधिकारीहरूलाई आइतवार मुख्यमन्त्री लालबाबूराउत गद्दीले नियुक्तिपत्र प्रदान गरेका हुन् । सो अवसरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री गद्दीले विज्ञान प्रतिष्ठान प्रदेशकै गौरवको योजना भएकोले यसको उन्नति र प्रगतिमा प्रदेश सरकार लागिपर्ने प्रतिबद्धता जाहेर गरे । नवनियुक्त पदाधिकारीको लागि अवसर र चुनौती दुवै रहेको उल्लेख गर्दै उनले यसै वर्षदेखि प्रतिष्ठानमा शैक्षिक कार्यक्रमहरू सञ्चालन गरिने जानकारी दिए ।     प्रादेशिक अस्पताल जनकपुरलाई मुख्यालय बनाएर प्रदेश सरकारले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना गरेको हो ।

बालबालिकालाई शैक्षिक सामग्री वितरण

प्रस, वीरगंज, १८ माघ/     ग्यालेक्सी युथ क्लबको आयोजना र वीरगंज महानगरपालिका वडा नं २४ वडा कार्यालयको सहयोगमा बालबालिकालाई शैक्षिक सामग्री प्रदान गरिएको छ । आइतवार रामगढवामा आयोजित कार्यक्रममा ५० जना बालबालिकालाई  शैक्षिक सामग्री  प्रदान गरिएको क्लबका अध्यक्ष राजेशकुमार पटेलले जानकारी गराएका छन् ।     शिव प्राथमिक विद्यालयमा आयोजित कार्यक्रममा वडाका अतिविपन्न तथा दलित बालबालिकालाई कार्यक्रमका प्रमुख  अतिथि तथा सो वडाका अध्यक्ष दशरथराउत कुर्मीले स्कूल ब्याग, कापी, कलमलगायतका सामग्री प्रदान गरेका हुन् । कार्यक्रममा स्वागत क्लबका कोषाध्यक्ष अमित पटेलले र सहजीकरण क्लबका सचिव साजन पटेलले गरेका थिए ।

अधिकारकर्मीले बालविवाह रोके

प्रस, सर्लाही, १८ माघ/      सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिकामा बालविवाह हुन लागेको थाहा पाएपछि अधिकारकर्मीहरू पुगेर बालविवाह रोकेका छन् । ईश्वरपुर–७ का प्रेमनाथ महतोकी १४ वर्षीया छोरीको विवाह हुन लागेको थियो ।     जानकारी पाएपछि पुगेको मेची–महाकाली बुहारी संयुक्त आवाजका पदाधिकारीले बालविवाह हुनबाट रोकेका हुन् । १४ वर्षीया बालिकाको लालबन्दी –१७ का रामनरेश महतोसँग विवाहको तयारी भएको थाहा पाएपछि आपूmहरू त्यहाँ पुगेर अभिभावकलाई सम्झाइबुझाइ गर्नुका साथै कानूनी कुराबारे जानकारी गराएर विवाह रोकेको सो संस्थाकी संयोजक रमा कानुले बताएकी छन् ।     ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान चलिरहेको प्रदेशमा नै बालविवाहबारे अझै नागरिक सचेत नहुनु दुःखद भएको संस्थाकी सहसंयोजक अञ्जना पन्त कडरियाले बताइन् ।     बालिकाको घरपरिवारको स्थिति नाजुक रहेको कारण अभिभावकले छोरीको विवाह गरिदिन लागेको तर बालिकाले भने विवाह गर्न अस्वीकार गर्दै पढ्ने इच्छा व्यक्त गरेको सहसंयोजक पन्तले बताइन् ।

तेरापन्थ भवनमा ज्ञानशाला दिवस मनाइयो

प्रस, सप्तरी, १८ माघ/     सप्तरीका बालप्रतिभाहरूलाई पुरस्कृत गर्दै ज्ञानशाला दिवस मनाइएको छ । राजविराजको तेरापन्थ भवनमा आयोजित कार्यक्रममा सर्वश्रेष्ठ बालिका घोषित भएकी तृप्ति चौडरिया, सर्वश्रेष्ठ बालक घोषित केशव सुराना साथै  प्रतिभावान् बालिका मोहिता छाजेडलाई पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको हो ।     सो अवसरमा बितेको वार्षिक परीक्ष्Fामा कक्षा १ र २ मा उत्कृष्ट अङ्क हासिल गरेका बालबालिकाहरूलाई पुरस्कार प्रदान गरिएको थियो । ज्ञानशालामा निश्शुल्क अध्यापन गराउने शिक्षिकालाई दोसल्ला ओढाएर सम्मान गरियो ।      कार्यक्रममा तेरापन्थसभाका पूर्वअध्यक्ष रायचन्द्र दुगडले बालबालिकामा विनम्रता, सहनशीलता, आदर र सेवाभावको संस्कार बीजारोपण गर्न ज्ञानशालाले महŒवपूर्ण भूमिका निर्वाह गरिरहेको बताए । ज्येष्ठ नागरिक सङ्घका प्रदेश नं २ अध्यक्ष शङ्कर शारदाले जीवन जिउने कला र ज्ञान सिकाउने ज्ञानशालाबाट भावी पिंढीलाई सुरक्षित बनाउन सकिने विचार व्यक्त गरे । त्यसैगरी इन्सेक प्रतिनिधि मनोहर पोखरेलले बालबालिकालाई असल जीवन पद्धतितर्पm उन्मुख गराउँदै सफल मनुष्य बनाउन सार्थक प्रयास भइरहेको भन्दै  प्रशंसा गरेका थि

चीसोको कारण चारवटा गापाका विद्यालयमा बिदा

प्रस, सेढवा, १८ माघ/     शीतलहरसँगै चीसो बढेपछि पर्सा जिल्लाका चारवटा पालिकाले माघ २० गते मङ्गलवारसम्म सामुदायिक विद्यालय तीन दिनको लागि बन्द गरेका छन् ।     ठोरी, पटेर्वासगौली, धोबिनी, छिपहरमाई गाउँपालिकामा रहेका सामुदायिक विद्यालयहरू आइतवारदेखि मङ्गलवारसम्मको लागि बन्द गरिएको हो । विद्यालय बन्द गरेसँगै आइतवार दिउँसो घाम लागेको छ । यसअघि पनि पर्सा जिल्लामा चीसोको कारण बन्द गरिएको दिन घाम लाग्दै आएको थियो । यही कारण जिल्लाका अन्य पालिकामा शीतलहरसँगै चीसो बढे पनि विद्यालय बन्द गरिएको छैन । यसअघि तीन दिन पर्सा जिल्लाका सबै पालिकाले विद्यालय बन्द गर्दा घाम लागेको थियो ।

जग्गा नपाएपछि जनता आवास योजना फिर्ता जाने अवस्थामा

प्रस, सप्तरी, १८ माघ/     सप्तरीमा जनता आवास कार्यक्रम अलपत्र परेको छ । दलित, भूमिहीन, सुकुमबासी परिवारको भवन निर्माणका लागि चाहिने जग्गा स्थानीय तहले व्यवस्थापन गर्न नसकेपछि कार्यक्रम अलपत्र परेको हो ।     आवास भवनका लागि छनोट भएका लक्ष्Fित समुदायसँग घर बनाउन जग्गा नभएको खण्डमा स्थानीय तहले जग्गा व्यवस्थापन गर्नुपर्ने व्यवस्था छ । स्थानीय तहले त्यसमा सक्रियता नदेखाउँदा जनता आवास कार्यक्रम निर्धारित समयमा सम्पन्न गर्न कठिनाइ भइरहेको शहरी विकास तथा भवन निर्माण कार्यालय सप्तरीका प्रमुख कृष्णदेव झाले बताएका छन् ।     “अधिकांश विपन्न, दलित परिवारसँग घर बनाउने जग्गा छैन, कहाँ घर बनाइदिने अन्योल छ, ती परिवारको घर बनाउन आवश्यक जग्गा व्यवस्थापन गरिदिन स्थानीय सरकारलाई पटक–पटक पत्राचार गरे पनि अझै व्यवस्था गर्न सकेको छैन,” प्रमुख झाले सञ्चारकर्मीलाई जानकारी गराए । कतियप स्थानीय तहले जग्गा व्यवस्था गरिदिएको भएपनि अपायक स्थानमा परेको भन्दै लाभग्राहीहरू त्यहाँ जान मानेका छैनन् ।     जग्गा व्यवस्थापन गर्न नसकेको स्थानीय तहलाई माघ मसान्तभित्रमा जग्गा व्यवस्थापन गरिदिन आग्रह गरिएको र तब पनि घर बनाउने

३२ जना सिए दीक्षित

Image
प्रस, वीरगंज, १८ माघ/     नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था  (आइक्यान)को २४औं वार्षिकोत्सव तथा तेस्रो दीक्ष्Fान्त समारोह सम्पन्न भएको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलको प्रमुख आतिथ्यमा शनिवार वार्षिकोत्सव तथा दीक्ष्Fान्त समारोह सम्पन्न भएको हो।     सो अवसरमा प्रमुख अतिथि अर्थमन्त्री पौडेलले चार्टर्ड एकाउन्टेन्टबाट जनताले ठूलो अपेक्ष्Fा राखेको बताए। उनले सो अपेक्ष्Fा पूरा गर्न आइक्यान र सिएहरूले खेलेको भूमिकाको प्रशंसा गरे। मन्त्री पौडेलले लेखा प्रणाली र लेखापरीक्ष्Fण देशको विकाससँग सम्बन्धित विषय भएको बताउँदै लेखापरीक्ष्Fण माध्यमबाट सुशासन सुदृढ हुने दाबी गरे। उनले देश विकास, समृद्धि र सुशासनका लागि सबै सिएलाई आफ्नो क्ष्Fेत्रबाट प्रभावकारी काम गर्न सुझाए।     समारोहमा ३२ जना सिए प्रमुख अतिथि पौडेलबाट दीक्षित भएका थिए।

स्तम्भकार सहनीलाई पुत्रीशोक

Image
प्रस, वीरगंज, १८ माघ/     प्रारम्भिक शिक्ष्Fा सिकाइ कार्यक्रम पर्साका संयोजक एवं प्रतीक दैनिकका स्तम्भकार भरत सहनीलाई पुत्रीशोक परेको छ।     उनको १७ वर्षीया कान्छी छोरी लक्ष्मी सहनीको उपचारको क्रममा मृत्यु भएको छ। करीब सवा महीनादेखि बिरामी लक्ष्मीको अन्नपूर्ण न्युरो अस्पताल काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो।

गर्भवती महिलाको चेकजाँच, पोषण वितरण

Image
  प्रस, वीरगंज, १८ माघ/     बाराको महागढीमाई नगरपालिकामा गर्भवती महिलाहरूको स्वास्थ्य चेकजाँच र पौष्टिक आहार वितरण कार्यक्रम सम्पन्न भएको छ।     दुई दिने चेकजाँच कार्यक्रम शनिवार शुरू भई आइतवार सम्पन्न भएको हो। वडा नं २ स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा नगरपालिकाका ११ वटै वडाका गर्भवती महिलाहरूको स्वास्थ्य चेकजाँच गरिएको र उनीहरूलाई पोषण वितरण गरिएको स्वास्थ्य शाखा संयोजक अजयकुमार सिंहले बताए।     नगरपालिकाको आर्थिक सहयोगमा साथी पलपल संस्थाले आयोजना गरेको कार्यक्रममा तीन सयभन्दा बढी गर्भवती महिलाहरूको स्वास्थ्य परीक्ष्Fण गरिएको थियो। वीरगंजबाट गएको चिकित्सकहरूको टोलीले गर्भवती महिलाहरूको स्वास्थ्य चेकजाँच गरेको थियो।

अपाङ्गलाई ह्वील चेयर प्रदान

प्रस, सर्लाही, १८ माघ/     चार वर्षदेखि हिंड्डुल गर्न नसकी थला परेका लालबाबू भुजेललाई ह्वील चेयर प्रदान गरिएको छ। जिल्लाको ईश्वरपुर नगरपालिका–४ बस्ने भुजेललाई लायन्स क्लब अफ लालबन्दी सिटीले ह्वील चेयर उपलब्ध गराएको हो।         क्लबका पदाधिकारीहरू शनिवार भुजेलको घरमैं पुगेर ह्वील चेयर हस्तान्तरण गरिएको क्लबका अध्यक्ष राजकुमार न्यौपानेले आइतवार सञ्चारकर्मीलाई जानकारी गराएका हुन् । क्लबले यसअघि लालबन्दी नगरपालिकाभित्रका अशक्त, अपाङ्गता भएकाहरूलाई पनि विभिन्न सामग्री प्रदान गर्दै आएको थियो। दुवै खुट्टा नचल्ने र आर्थिक अवस्था नाजुक रहेका भुजेललाई सोही कार्यक्रममा ईश्वरपुर नागरिक अगुवा रुस्तम मिकरानीले दुई हजार रुपैयाँ नगदसमेत प्रदान गरेका छन्।

मोबाइल चार्ज गर्दा करेन्ट लागेर मृत्यु

प्रस, सप्तरी, १८ माघ/     सप्तरीमा शनिवार राति करेन्ट लागेर एकजनाको मृत्यु भएको छ।     मृत्यु हुनेमा राजविराज नगरपालिका वडा नं ४ निवासी २२ वर्षीय मोहित साह रहेको प्रहरीले जनाएको छ।     मोबाइलपसलका सञ्चालक साह आफ्नै पसलमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागी गम्भीर घाइते भएका   थिए ।     उनलाई उपचारका लागि छिन्नमस्ता अस्पताल राजविराज लैजाने क्रममा बाटोमैं मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

जग्गा नपाएपछि जनता आवास योजना फिर्ता जाने अवस्थामा

प्रस, सप्तरी, १८ माघ/     सप्तरीमा जनता आवास कार्यक्रम अलपत्र परेको छ। दलित, भूमिहीन, सुकुमबासी परिवारको भवन निर्माणका लागि चाहिने जग्गा स्थानीय तहले व्यवस्थापन गर्न नसकेपछि कार्यक्रम अलपत्र परेको हो।     आवास भवनका लागि छनोट भएका लक्ष्Fित समुदायसँग घर बनाउन जग्गा नभएको खण्डमा स्थानीय तहले जग्गा व्यवस्थापन गर्नुपर्ने व्यवस्था छ। स्थानीय तहले त्यसमा सक्रियता नदेखाउँदा जनता आवास कार्यक्रम निर्धारित समयमा सम्पन्न गर्न कठिनाइ भइरहेको शहरी विकास तथा भवन निर्माण कार्यालय सप्तरीका प्रमुख कृष्णदेव झाले बताएका छन्।     “अधिकांश विपन्न, दलित परिवारसँग घर बनाउने जग्गा छैन, कहाँ घर बनाइदिने अन्योल छ, ती परिवारको घर बनाउन आवश्यक जग्गा व्यवस्थापन गरिदिन स्थानीय सरकारलाई पटक–पटक पत्राचार गरे पनि अझै व्यवस्था गर्न सकेको छैन,” प्रमुख झाले सञ्चारकर्मीलाई जानकारी गराए। कतियप स्थानीय तहले जग्गा व्यवस्था गरिदिएको भएपनि अपायक स्थानमा परेको भन्दै लाभग्राहीहरू त्यहाँ जान मानेका छैनन्।     जग्गा व्यवस्थापन गर्न नसकेको स्थानीय तहलाई माघ मसान्तभित्रमा जग्गा व्यवस्थापन गरिदिन आग्रह गरिएको र तब पनि घर बनाउने जग्गा

चीसोको कारण चारवटा गापाका विद्यालयमा बिदा

Image
प्रस, सेढवा, १८ माघ/     शीतलहरसँगै चीसो बढेपछि पर्सा जिल्लाका चारवटा पालिकाले माघ २० गते मङ्गलवारसम्म सामुदायिक विद्यालय तीन दिनको लागि बन्द गरेका छन्।     ठोरी, पटेर्वासगौली, धोबिनी, छिपहरमाई गाउँपालिकामा रहेका सामुदायिक विद्यालयहरू आइतवारदेखि मङ्गलवारसम्मको लागि बन्द गरिएको हो। विद्यालय बन्द गरेसँगै आइतवार दिउँसो घाम लागेको छ। यसअघि पनि पर्सा जिल्लामा चीसोको कारण बन्द गरिएको दिन घाम लाग्दै आएको थियो । यही कारण जिल्लाका अन्य पालिकामा शीतलहरसँगै चीसो बढे पनि विद्यालय बन्द गरिएको छैन। यसअघि तीन दिन पर्सा जिल्लाका सबै पालिकाले विद्यालय बन्द गर्दा घाम लागेको थियो।

छनोटमा नपरेका दुईजना खेलाडीको आपत्ति

Image
प्रस,  वीरगंज, १८ माघ/     रौतहटमा माघ २० गतेदेखि हुने क्रिकेट प्रतियोगिताको छनोटमा नपरेका दुई खेलाडीले छनोट प्रक्रियाप्रति आपत्ति जनाएका छन्।     फिरोज अन्सारी र मुर्तुजा हवारीले पर्सा क्रिकेट सङ्घले खेलाडी छनोट नगरेर रौतहट प्रतियोगितामा पठाउन लागेको आरोप लगाएका छन्। उनीहरूले यसअघि पर्सा क्रिकेट सङ्घमा ए र बी दुईवटा टीम रहेको र आपूmहरू छनोटमा पर्दै आएकोमा यसपटक छनोट नै नगरेर १८ जनाको टीम बनाएर रौतहट पठाउन लागेको भन्दै आपत्ति जनाएका हुन्। प्रतीक कार्यालयमा आएर उनीहरूले प्रतियोगितापूर्व छनोट प्रतियोगिता नगरिएको बतFए।     यसबारेमा पर्सा क्रिकेट सङ्घका अध्यक्ष दाउद अन्सारीसँग बुझ्दा उनले प्रत्येक प्रतियोगिताको लागि छनोट प्रक्रिया आर्थिक अवस्थाले भ्याउन नसक्ने बताए। उनले एकपटक छनोट भएपछि सोही खेलाडीहरू सिजनभरि खेलाउनुपर्ने बाध्यता रहेको बताए। छनोटमा नपरेका खेलाडीहरू प्रतियोगिता खेल्न पाउनुपर्छ भनी अत्तो थापेर बसेको उनले बताए।

वीरगंज युनाइटेड क्लब विजयी

Image
प्रस, सेढवा, १८ माघ/     पटेर्वासुगौली गाउँपालिका–५ निचुटामा सञ्चालित प्रथम पटेर्वासुगौली गोल्डकप पूmटबल प्रतियोगितामा वीरगंज युनाइटेड क्लब विजयी भएको छ।     जिल्ला पूmटबल सङ्घ, बारालाई ०–२ गोलअन्तरले वीरगंज युनाइटेडले पराजित गरेको हो। वीरगंज युनाइटेडका कृपा चौधरीले मध्यान्तरपूर्व र चतुर्धन चौधरीले मध्यान्तरपछि एक/एक गोल गरेका थिए। प्रतियोगिताको आजको खेलमा बारा पूmटबल सङ्घका देवमणि चौधरी म्यान अफ दि म्याच घोषित भए।     सोमवार आयोजक समता समाज नेपाल निचुटा पर्सा र गढीमाई युथ एकेडेमी अपौनी पर्साबीच खेल हुने आयोजक संस्थाले जनाएको छ।

छनोटमा नपरेका दुईजना खेलाडीको आपत्ति

Image
  प्रस,  वीरगंज, १८ माघ/     रौतहटमा माघ २० गतेदेखि हुने क्रिकेट प्रतियोगिताको छनोटमा नपरेका दुई खेलाडीले छनोट प्रक्रियाप्रति आपत्ति जनाएका छन् ।     फिरोज अन्सारी र मुर्तुजा हवारीले पर्सा क्रिकेट सङ्घले खेलाडी छनोट नगरेर रौतहट प्रतियोगितामा पठाउन लागेको आरोप लगाएका छन् । उनीहरूले यसअघि पर्सा क्रिकेट सङ्घमा ए र बी दुईवटा टीम रहेको र आपूmहरू छनोटमा पर्दै आएकोमा यसपटक छनोट नै नगरेर १८ जनाको टीम बनाएर रौतहट पठाउन लागेको भन्दै आपत्ति जनाएका हुन् । प्रतीक कार्यालयमा आएर उनीहरूले प्रतियोगितापूर्व छनोट प्रतियोगिता नगरिएको बतFए ।     यसबारेमा पर्सा क्रिकेट सङ्घका अध्यक्ष दाउद अन्सारीसँग बुझ्दा उनले प्रत्येक प्रतियोगिताको लागि छनोट प्रक्रिया आर्थिक अवस्थाले भ्याउन नसक्ने बताए । उनले एकपटक छनोट भएपछि सोही खेलाडीहरू सिजनभरि खेलाउनुपर्ने बाध्यता रहेको बताए । छनोटमा नपरेका खेलाडीहरू प्रतियोगिता खेल्न पाउनुपर्छ भनी अत्तो थापेर बसेको उनले बताए ।

राष्ट्रिय महिला फुटबल ः चन्द्रपुरलाई पराजित गर्दै पुलिस दोस्रो स्थानमा

काठमाडौं, १८ माघ (रासस     राष्ट्रिय महिला लिग फुटबलअन्तर्गत आज भएको खेलमा रौतहटको चन्द्रपुर नगरपालिकालाई पराजित गर्दै नेपाल पुलिस क्लब लिगको दोस्रो स्थानमा पुगेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा पुलिसले चन्द्रपुर नगरपालिकालाई ३–१ गोलले हराएको हो । पुलिसका  लागि निर्मला विक, निरू थापा र अनुष्का शेर्पाले एक एक गोल गरेका थियो । चन्द्रपुरका लागि सविता राना मगरले सान्त्वना गोल गर्नुभयो । खेलको २७औँ मिनेटमा विकले गोल गरेका हो । खेलको ३९औँ मिनेटमा चन्द्रपुरकी रानाले गोल गर्दै खेललाई बराबरीको अवस्थामा पु¥याउनुभयो ।     मध्यान्तरपछिको खेलको ५०औँ मिनेटमा पुलिसका लागि थापाले गोल गर्नुभयो । खेलको इनजुरी समयमा शेर्पाले गोल गर्दै पुलिसलाई ३–१ गोल अन्तरले विजयी दिलाउनुभयो । जितसँगै पुलिस क्लब पाँच खेलमा आठ अङ्क जोड्दै लिगको दोस्रो स्थानमा उक्लिएको छ । चन्द्रपुर पाँच खेलमा तीन अङ्कका साथ लिगको छैटौँ स्थानमा छ । प्रतियोगिताअन्तर्गत सोमवार विराटनगर र आर्मीबीच तथा एपीएफ र चौदण्डीगढीबीच खेल हुने अखिल नेपाल फुटबल सङघले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय, पर्साका यी दृश्य

Image
   जिल्ला प्रशासन कार्यालय, पर्साका यी दृश्यहरू हुन् । कोरोना भाइरसबाट जोगिनको लागि सेनिटाइजरको प्रयोग, मास्क, सामाजिक दूरी बनाउने कुरा सिकाउने जिल्ला प्रशासन कार्यालयमैं यस प्रकारको भीडले कोरोनालाई गिज्याइरहेको छ । यो कार्यालयको नागरिकता फाँटमा दिनहुँ यसै प्रकारको भीड हुने गरेको छ । तस्वीरः धर्मेन्द्र चौरसिया

वीरगंजको अर्थतन्त्र

    इकोनोमिक रिपोर्टर्स एशोसिएशन (एरा) वीरगंजले वीरगंजमा आफ्नो कार्यकालको तीन वर्ष सम्पन्न गरेको छ । यस अवधिको सम्पन्नताको उपलक्ष्यमा राखिएको कार्यक्रममा अर्थसम्बन्धी बहस पनि भएको थियो । बहस जहिले पनि सार्थक हुन्छ, ग्रहण कसरी गरिन्छ, त्यसमाथि बहसको औचित्य प्रकट हुन्छ । अर्थतन्त्र मात्र व्यापारी, उद्योगीले गर्दा चलायमान हुने होइन । अर्थतन्त्र केही व्यक्ति धनी हुनु, ठूलो कर्पोरेट हाउसको मालिक हुनु वा बहुराष्ट्रिय लगानीकर्ता हुनु मात्र होइन, अर्थतन्त्रले सम्पूर्ण समाजलाई आर्थिकरूपले चलायमान बनाइरहेको छ कि छैन, त्यसमा अर्थतन्त्रको सफलता निहित छ । आर्थिक पत्रकारिता त्यही चलायमानतालाई तीव्रता दिने एउटा पाटो हो । सामान्यतया अर्थतन्त्र भनेपछि पैसाको ठूलो रास, धनीमानी व्यक्तिहरूको बढोत्तरी, आर्थिक गतिविधिका रोचक कथाहरू मात्र होइन, समाज सम्पूर्णरूपले यस क्रियाकलापमा, बहुआयामिक आर्थिक चलखेलमा कति भागीदार छ भन्ने कुरा बुझ्नुपर्छ । समाजको एउटा वर्ग आर्थिक गतिविधिमा अतिशय सक्रिय छ, अर्को वर्ग निष्क्रिय छ भने त्यसले आर्थिक विषमतामात्र निम्त्याउँछ ।     समाजमा अस्तित्ववान् प्रत्येक वर्गले निम्न मात्रा

परीक्षा र यसका चुनौतीहरू

Image
अनन्तकुमार लाल दास     परीक्षाले हरेक मानिसको जीवनमा महŒवपूर्ण भूमिका निर्वाह गर्दछ । विद्यालयमा प्रवेश गर्नासाथ परीक्षासँग हाम्रो साक्षात्कार हुन्छ । यो क्याम्पससम्म मात्र हैन त्यसपछि पनि चलिरहन्छ । परीक्षा हाम्रो ज्ञान र दक्षतालाई परीक्षण गर्ने एउटा औपचारिक प्रक्रिया हो । यस अर्थमा परीक्षा सफलता प्राप्त गर्ने एउटा महŒवपूर्ण साधन पनि हो । यस अर्थमा परीक्षा जीवनपर्यन्त चलिरहने प्रक्रिया हो ।      तपाईं परीक्षामा किन बस्नुहुन्छ ? तपाईं के हासिल गर्न खोज्दै हुनुहुन्छ ? दुर्भाग्यवश यस्तो सजिलो प्रश्नको सही जवाफ भेट्न निकै गा¥हो छ । कसैले सर्टिफिकेट प्राप्त गर्न त कसैले डिग्री हासिल गर्न भन्ने गर्छन् । कसैले अहिले सोचेका छैनौं त कसैले राम्रो नोकरी पाउन भन्ने गर्छन् । यी भनाइका आधारमा परीक्षा विद्यार्थीहरूका लागि शिक्षित हुनुको प्रमाण मात्र हो, जसबाट एउटा राम्रो नोकरी प्राप्त गरी समाजमा सम्मान प्राप्त गर्न सकिन्छ ।     विद्यालय वा क्याम्पस जानुको वास्तविक उद्देश्य सर्टिफिकेट वा डिग्री हासिल गर्नु मात्र नभई शिक्षित हुनु हो किनभने शिक्षाको अर्थ आपूmभित्र अन्तर्निहित क्षमतालाई बाहिर निकाल्नु ह

डा. शिवशङ्कर यादवद्वारा व्यक्त विचारको प्रत्युत्तर

 मिति २०७७ माघ १५ गते बृहस्पतिवारको प्रतीक दैनिकमा “पृथ्वीनारायण शाह — आजको सन्दर्भमा” शीर्षकमा प्रकाशित मेरो लेखबारे मिति २०७७ माघ १७ गते शनिवारको प्रतीक दैनिकमा पाठक प्रतिक्रिया स्तम्भ अन्तर्गत छपकैया, वीरगंजका डा. शिवशङ्कर यादवद्वारा व्यक्त विचारको प्रत्युत्तर– प्रस्तुति ः– बासुदेवलाल दास, पीएच.डी. प्राध्यापक तथा विभागीय प्रमुख, इतिहास शिक्षण विभाग, ठाकुर राम बहुमुखी क्याम्पस, वीरगंज (नेपाल) ।     आदरणीय डा. शिवशङ्कर यादवद्वारा “कसैको मूल्याङ्कन उसको गुण–दोष दुवैबाट हुन्छ, केवल गुणबाट होइन” एकदम ठीक र सार्थक रहेको छ । परन्तु, मेरो लेखको विषय पृथ्वीनारायण शाहको मूल्याङ्कन गर्नु थिएन । सबै व्यक्तिमा गुण र दोष दुवै हुन्छ । हामीले कसैको मूल्याङ्कन गर्दा निश्चितरूपमा दुवैबारे समालोचना गर्नुपर्दछ । परन्तु, मेरो लेखको विषय भनेको पृथ्वीनारायण शाहमा रहेका गुणहरू आज हाम्रालागि सान्दर्भिक छन् भन्ने थियो । भनिन्छ, कसैको दोषको अन्वेषण गर्नुभन्दा पनि उसमा रहेका गुणहरूलाई ग्रहण गर्नुपर्दछ । रावणलाई उसका दोषका कारण मृत्युको मुखमा पु¥याएर पनि रामले भाइ लक्ष्मणलाई रावणसित नीतिज्ञान प्राप्त गर्न पठाएक

कौवालाई बेल पाक्यो हर्ष न बिस्मात

Image
- कुमार रुपाखेती     हेलिकप्टर दुर्घटनाबाट बल्लतल्ल बाँचेका अल्पमतका प्रधानमन्त्री मनमोहन अधिकारीलाई सत्ताबाट झार्न गिरिजाप्रसादहरूले अनेक तिकडम गर्न थालेपछि एमालेले आगामी आमनिर्वाचनका लागि एउटा नारा घन्कायो, नाराको बोल थियो– “आगामी सरकार एमालेको, अल्पमतको होइन बहुमतको ।”     यो नारा घन्काएको झन्डै अढाई दशक अर्थात् २५ वर्षपछि एमाले रमाओवादी मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टीले बहुमत मात्र होइन झन्डै दुई तिहाइ बहुमत प्राप्त ग¥यो, सरकार बनायो । तर यही नारा नेकपाका लागि अभिशाप बन्यो । कुकुरलाई घ्यू नपचेझैं भयो । भस्मासुर पारामा नेकपा दुई फ्याँक भएको छ । भुरा कम्युनिस्टहरूलाई त आफ्ना पूर्वनेता मनमोहन अधिकारीबारे थोरबहुत पनि जानकारी नहोला । मनमोहनलाई संस्थापक कम्युनिस्ट नेता मानिन्छ । त्यतिखेर नेकपा माक्र्सवादीका नेता मनमोहन अधिकारीलाई पार्टी अध्यक्ष बनाएर मदन भण्डारी महासचिव बनेका थिए, अनि त्यसपछि यो पार्टीको नाम नेकपा एमाले राखिएको हो । २०४६ सालको जनआन्दोलनमा मनमोहन अधिकारीले अहम् भूमिका निर्वाह गरेका थिए । मनमोहन सरकारका उपप्रधानमन्त्री माधव नेपालले हेलिकप्टर दुर्घटनामा परी अस्पताल भर्न

२०७७ माघ १८ गते आइतवारको प्रतीक दैनिक

Image
 

वीरगंज बनियाँहरूको व्यापारिक शहर हो, इनोभेशन देखिएन

Image
प्रस, परवानीपुर, १७ माघ/     प्रतीक दैनिकका प्रधान सम्पादक जगदीशप्रसाद शर्माले आर्थिक नगरी वीरगंज बनियाँहरूको शहर भएको बताएका छन्।     इकोनोमिक रिपोर्टर्स एशोसिएशन नेपाल (एरा)को आयोजनामा शनिवार वीरगंजमा आयोजित समीक्षा तथा सम्मान कार्यक्रममा प्रमुख अतिथि शर्माले वीरगंजका उद्योगी–व्यवसायी बनियाँ (ट्रेडिङ गर्ने व्यवसायी) मात्र बन्ने कोशिश गरेको बताए।     उनले वीरगंजका व्यवसायीहरू बाहिरबाट सामान ल्याउने र केही प्रतिशत नाफा लिएर उक्त सामान बेच्ने काममा मात्र लागेको चर्चा गर्दै यहाँका उद्योगी–व्यवसायीले इनोभेशन गरेर उद्योग–व्यापार अगाडि नबढाएकाले सक्ने जति विकास र अगाडि बढ्न नसकेको बताए। उनले भने, “एकताका एक व्यवसायीले कपडा उद्योग खोले, त्यसपछि सबै त्यही बाटोमा लागे, त्यसपछि वनस्पति घ्यू उद्योग लगाउने होडबाजी चल्यो, जसले गर्दा करोडौंको लगानी विनाकामको बनेको छ।” उनले पर्सामा कुम्हाल र लोहारहरूको पेशा ओझेलमा परेको अवस्थामा पत्रकारहरूले त्यस्ता व्यवसायको बारेमा कलम चलाउनुको साटो कर्पोरेट क्षेत्र, नेता, उद्योगी–व्यवसायीको पछि झुन्डिएकाले लेख्ने विषयवस्तु ओझेलमा परेको बताए।     सोही कार्यक्रममा

एकजना महिलासहित ४९ जनाद्वारा रक्तदान

Image
प्रस, वीरगंज, १७ माघ/     समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र छपकैयाले आयोजना गरेको रक्तदान कार्यक्रममा एकजना महिलासहित ४९ जनाले रक्तदान गरेको रक्तसञ्चार वीरगंजका प्राविधिक जीतेन्द्र कुशवाहाले बताए।     रक्तदान कार्यक्रममा राजकुमार तामाङ, प्रवीणविक्रम शाह, अजित भुजेल, अनुमाया आले, दीपेन्द्र बिसी, शेख अब्दुल मोसामिल, सजाद अन्सारी, जगतबहादुर बा–हघरेलगायतले रक्तदान गरेका थिए। रक्तदान कार्यक्रमको उद्घाटन प्रहरी उपरीक्ष्Fक बेलबहादुर पाण्डेले गरेका थिए। सामुदायिक सेवा केन्द्र छपकैयाका अध्यक्ष्F ग्यासुद्दिन मियाँ ठकुराईको अध्यक्ष्Fतामा भएको उद्घाटन समारोहमा नेपाल पत्रकार महासङ्घ प्रदेश २ का सदस्य जगत राई, सामुदायिकका संस्थापक अध्यक्ष्F सरोज खड्का, वडाध्यक्ष बैजु स्वर्णकार, ग्रीनसिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष प्रकाश खेतान, मुर्लीका सचिव दिलीप प्रधान, नेरेसो पर्साका उपसभापति मधु राणालगायतले मन्तव्य व्यक्त गरेका थिए।

वीरगंजमा ट्राफिक सुधार अभियान

Image
प्रस, वीरगंज, १७ माघ/     जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्साले नम्बर प्लेट स्पष्ट नभएका सवारीसाधनको नम्बर लेख्ने कार्यलाई निरन्तरता दिएको छ।     अभियान अन्तर्गत शनिवार वीरगंज बसपार्कमा रेडियम स्टिकर पोल र सालिकमा टाँसिएको थियो। व्यवस्थित वीरगंज अभियानका संयोजक दिलीपराज कार्की, ट्राफिकका प्रहरी निरीक्ष्Fक सुमन कार्कीलगायतले बसपार्कदेखि रजतजयन्ती चोक र घण्टाघरसम्म डिभाइडर बीचको सडकका पोलहरूमा रेडियम स्टिकर टाँसेका थिए। सवारी दुर्घटनाबाट जोगाउन ट्राफिक सङ्केत जडान गरिएको हो। कार्यक्रममा पहल संस्था, स्प्रिट क्लब माईस्थान, ग्यालेक्सी युवा क्लब पिपरा, इनपोभिङ वीरगंज, टाइगर क्लब, भोलेन्टियर टीम, सामुदायिक सेवा केन्द्र मुर्ली, मीनाबजार, स्वतन्त्र युवा क्लबलगायतको सहभागिता थियो।     यसअघि, साताव्यापी कार्यक्रम अन्तर्गत पर्सा जिल्लाभरि सञ्चालित सवारीसाधनहरूको नम्बर प्लेट मेटिएको र त्यसलाई सच्याउने काम नगरिएकोमा एक सातादेखि ट्राफिक प्रहरी कार्यालय पर्साले नम्बर प्लेट लेख्ने अभियान शुरू गरेको ट्राफिक प्रहरी निरीक्ष्Fक सुमन कार्कीले बताए। उनले जिल्लाभरि यो अभियान एक सातादेखि जारी रहेको र हालसम्म

कछडिया स्वास्थ्य चौकीको स्वर्ण उत्सव सम्पन्न

Image
प्रस, निजगढ, १८ माघ/     निजगढ नगरपालिका वडा नं ४ स्थित कछडिया स्वास्थ्य चौकीको स्वर्ण उत्सव शनिवार सम्पन्न भएको छ। उक्त स्वास्थ्य चौकी स्थापनाको ५०औं वर्षमा प्रवेश गरेको अवसरमा स्वर्ण उत्सव भव्यताका साथ मनाइएको हो।     प्रमुख अतिथि प्रदेशसभा सदस्य त्रिलोकी चौधरी र निजगढ नगरपालिकाकी उपप्रमुख लीलादेवी लामिछानेले संयुक्तरूपमा कार्यक्रमको उद्घाटन गरेका थिए। सो अवसरमा प्रदेशसभा सदस्य चौधरीले स्वास्थ्य चौकी स्वर्ण वर्षमा प्रवेश गरे पनि यसको भौतिक संरचना भने दिनानुदिन जीण्र्F हँुदै गइरहेको भन्दै स्थानीय तहका जनप्रतिनिधिहरूको ध्यानाकर्षण गराए। उनले आपूm सो क्षेत्रका प्रदेश सांसदको हैसियतले स्थानीय तह साथै केन्द्र सरकारसँग समेत साझेदारी गरेर स्वास्थ्य चौकी भवन निर्माण र आधुनिकीकरणका लागि तयार रहेको प्रतिबद्धता जाहेर गरे।     निजगढको पहिलो तथा पुरानो बस्ती कछडिया टोलमा निर्मित स्वास्थ्य चौकी भवन पनि पहिलो र पुरानो भएकोले जीर्ण अवस्थामा पुगिसकेको हुँदा सबै पक्ष मिलेर भवन बनाउन थालनी गर्ने हो भने आफ्नोतर्फबाट २० लाख रुपैयाँ आर्थिक सहयोग जुटाउने प्रदेश सांसद चौधरीले वचन दिएका छन्।     कार्यक्रममा

प्रधानमन्त्री ओली अधियनायकवादतर्फ –पहाडी

Image
प्रस, वीरगंज, १७ माघ /     मानव अधिकार तथा शान्ति समाजका संस्थापक कृष्ण पहाडीले प्रधानमन्त्री केपी ओली अधिनायकवादतर्फ उन्मुख रहेकाले देशको शान्ति खलबलिन सक्ने बताएका छन्।     शनिवार वीरगंज कलेजको सभाकक्षमा आयोजित मानव अधिकार तथा शान्ति समाज पर्साको साधारणसभामा बोल्दै उनले प्रम ओलीको कारण लोकतन्त्र खतरामा परेको बताए। उनले नेपालमा सङ्घीय गणतन्त्र नागरिकको बलबूतामा आएको बताए। उनले अदालतमा विचाराधीन रहेको मुद्दालाई दुष्प्रभावमा पार्न खोजिएकोले प्राप्त उपलब्धिहरू समाप्त हुन सक्ने बताए। उनले प्रधानमन्त्री ओलीले संविधानमा उल्लेख गरिएका कुरालाई पढ्न र बुझ्न जरुरी रहेको बताए।     कार्यक्रममा मानव अधिकारकर्मी उत्तम पुडासैनीले संविधानको रक्षा मानव अधिकारको रक्षा रहेको बताए। उनले शान्ति तथा सद्भाव मानव अधिकार तथा शान्ति समाजको एकमात्र लाइन रहेको बताए। नेपालमा लोकतन्त्रको रक्षा र विकासले दुवै छिमेकी राष्ट्रलाई पनि फाइदा पुग्ने बताए।     मानव अधिकार तथा शान्ति समाज पर्साका अध्यक्ष अमर गौतमको सभापतित्वमा र वीरगंज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा गणेश लाठ, गोवि

सहयोग मञ्चको साधारणसभा सम्पन्न

प्रस, वीरगंज, १७ माघ/     नेपाल–भारत सहयोग मञ्चको केन्द्रीय नेतृत्वमा उद्योगपति अशोक बैद निर्वाचित भएका छन्। शनिवार वीरगंजमा सम्पन्न साधारणसभाबाट १८ सदस्यीय कार्यसमिति गठन गरिएको छ। कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष सत्यनारायण क्याल, उपाध्यक्ष गोपाल केडिया, महासचिव बालमुकुन्द खरेल, सचिव सुबोधकुमार गुप्ता र कोषाध्यक्षमा विनोदकुमार चौधरी रहेका छन्।     सभाका प्रमुख अतिथि उद्योगपति  बाबुलाल चाचानले मञ्चका सदस्यद्वय गोपाल केडिया र सुबोधकुमार गुप्ता नेपाल उद्योग वाणिज्य सङ्घको केन्द्रीय नेतृत्वमा छनोट भएकोमा दोसल्ला ओढाएर सम्मान गरेका थिए।     नवनिर्वाचित अध्यक्ष अशोक बैदले यो वर्ष मञ्चको रजत महोत्सव मनाइने हुनाले जनसम्बन्धलाई प्रगाढ बनाउन विभिन्न कार्यक्रम गरिने जानकारी दिए। उनले मञ्चमार्फत भारतीय सहयोगलाई यस क्षेत्रको विकासमा लक्षित गर्न प्रयत्नशील रहेको बताए। मञ्चले दुवै मुलुकका नागरिकमाझ संवादका लागि विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ।

सडक मजदूर युनियनको अधिवेशन सम्पन्न

Image
प्रस, पोखरिया, १७ माघ/     नेपाल सडक मजदूर टे«ड युनियनको छैटौं अधिवेशन हेटौंडामा सम्पन्न भएको छ।     क्ष्Fेत्रीय अध्यक्ष्F गोविन्द आचार्यको अध्यक्षतामा भएको अधिवेशनको उद्घाटन प्रमुख अतिथि एवं निर्वाचन अधिकृत भरत नेपालले गरेका थिए। उद्घाटन समारोहमा लक्ष्मण बिंडारी, मङ्गल यादवलगायतले मन्तव्य व्यक्त गरेका थिए। अधिवेशनले महेन्द्रबहादुर श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ। समितिको उपाध्यक्ष्F मङ्गलप्रसाद यादव, सचिव प्रकाश चौलागाईं, कोषाध्यक्ष सानुकान्छा मगरलगायत सदस्यहरू रहेका छन्।

जनमत पार्टी पर्साको पोखरियामा भेला

Image
प्रस, पोखरिया, १७ माघ/     जनमत पार्टी पर्साको पोखरियामा भेला सम्पन्न भएको छ। चन्दन यादवको अध्यक्ष्Fतामा भएको भेलाका केन्द्रीय सदस्य अब्दुल खाँले नेपालका राजनीतिज्ञहरू अनपढ, अशिक्षित भएकाले अहिलेको राजनीतिक अस्थिरता सृजना भएको आरोप लगाए। उनले मधेसवादी दलहरू सत्तासीन भएपछि मधेसी हकअधिकारलाई बिर्सेको आरोप लगाए।     कार्यक्रममा पर्साका अध्यक्ष्F सन्तोष साह, बाराका अध्यक्ष सुरेश साह, सुजीत रौनियार, अनीता रौनियार, सुजीत चौरसियालगायतले मन्तव्य व्यक्त गरेका थिए।

विद्यार्थीको मनोबल बढाउन पालिकाको साइकल

प्रस, सिराहा, लहान, १७ माघ/     विद्यार्थीको मनोबल उच्च गराउनका लागि सिराहाको गोलबजार नगरपालिकाले साइकल वितरण गरेको छ। शनिवार आयोजित कार्यक्रममा वडा नं ९ वडा कार्यालयले जनता माध्यमिक विद्यालयमा अध्ययनरत २१ जना छात्रछात्रालाई साइकल प्रदान गरेको हो।     कक्षा ११ मा अध्ययनरत जेहेन्दार दलित छात्रछात्राको मनोबल उकास्न र उच्च शिक्षातर्फ आकर्षण बढाउन साइकल प्रदान गरिएको वडाध्यक्ष रामपुकार कामतीले बताए।       ‘सामाजिक सद्भाव र संस्कारिक शिक्षा, छोरीलाई शिक्षा आजको आवश्यकता’ मूल नाराका साथ आयोजिक कार्यक्रममा गोलबजार नगरपालिकाको अनुदान सहयोगमा वडापालिकाले साइकल खरीद गरेर वितरण गरेको जनता माविले जनाएको छ।

विद्यालय भवन उद्घाटन

प्रस, वीरगंज, १७ माघ/     वीरगंज–१० स्थित रामचरण साह पन्नालाल माध्यमिक विद्यालय आदर्शनगरको नवनिर्मित दुर्ई कोठे भवन शनिवार उद्घाटन गरिएको छ। महानगर प्रमुख विजयकुमार सरावगीले भवनको उद्घाटन गरेका थिए।     विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्णकुमार साहको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि महानगर प्रमुख सरावगीले शैक्षिक उन्नतिका लागि महानगरले सक्दो प्रयास गरिरहेको बताए।     कार्यक्रममा विशिष्ट अथिति महानगरका प्रमुख कार्यकारी अधिकृत प्रदीपकुमार निरौला, शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरविन्दलाल कर्ण, शिक्षा अधिकृत हरि राउत, वडा नं १० का अध्यक्ष रामनगिनाप्रसाद कानुलगायतको सहभागिता थियो।     शिक्षक विनोद गिरीले सहजीकरण गरेको कार्यक्रममा विद्यालयको भौतिक, शैक्षिक क्षेत्रमा सहयोग पु–याउनेहरूलाई सम्मान गरिएको थियो।

जाडोका कारण मिथिलाका विद्यालय बन्द

प्रस, जनकपुरधाम, १७ माघ/     बढ्दो जाडो तथा शीतलहरका कारण शिक्षक र विद्यार्थीलाई समेत समस्या देखिन थालेपछि धनुषाको मिथिला नगरपालिकाले विद्यालय बन्द गरेको छ।     माघ २१ गतेसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको मिथिला नगरपालिकाको शिक्षा शाखाले जनाएको छ। पुसको अन्तिम सातादेखि शुरू भएको लगातारको शीतलहरका कारण विद्यार्थीलाई विद्यालय जान आउन समस्या हुन थालेपछि नगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालय यही माघ १८ देखि २१ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरिएको नगरप्रमुख हरिनारायण महतोले बताए।     बाक्लो हुस्सु र शीतलहरको कारण बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राखी नगरपालिकाले चार दिन  विद्यालयमा जाडो बिदा दिएको नगरप्रमुख महतोले जानकारी गराएका छन्।     जाडोको समयमा बालबालिका सबैभन्दा बढी प्रभावित हुने भएकाले नगरपालिकाभित्र रहेका निजी तथा सामुदायिक सबै विद्यालय बन्द गर्ने निर्णय गरिएको हो।     सामुदायिक विद्यालयमा अर्धवार्षिक परीक्षा हालै सकिएकोले पनि बिदा अवधिमा उत्तरपुस्तिका परीक्षण गर्ने गरी बिदा दिइएको सो पालिकाले जनाएको छ। विद्यालय खुलेलगत्तै अर्धवार्षिक परीक्षाको परिणाम दिने ता

नेकपाको अगुवा कार्यकर्ता भेला सम्पन्न

Image
प्रस, वीरगंज, १७ माघ/     नेकपा ओली पक्षीय इलाकास्तरीय अगुवा कार्यकर्ता भेला शनिवार वीरगंजमा सम्पन्न भएको छ। नेपाल राष्ट्रिय विद्यापीठ माध्यमिक विद्यालय श्रीपुरमा सम्पन्न भेलामा वीरगंज महानगर वडा नं ११, १२, १३, १४, १५ र २३ वडाका नेता, कार्यकर्ताहरूको सहभागिता थियो।     नेकपा प्रदेश कमिटी सदस्य मेघराज पासवानको अध्यक्षता तथा नेकपा पर्साका अध्यक्ष प्रभु हजराको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेताहरू निर्मला देवकोटा, डा विश्वम्भर शर्मा, बसरुद्दीन अन्सारी, सुन्दर कुर्मीलगायतले मन्तव्य व्यक्त गरेका थिए।     यसैगरी, ओली पक्षकै वीरगंज वडा नं २१ लिपनीबिर्ताका नेता राजेन्द्र यादवको अध्यक्षतामा परवानीपुरमा पनि इलाकास्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ। प्रस, पर्सागढी/     पर्सागढी नगरपालिका वडा नं ४ मा नेकपा प्रचण्ड–नेपाल समूहले धर्मराज आचार्यको अध्यक्षतामा अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको छ। भेलाले  वडास्तरीय आन्दोलन परिचालन समिति गठन गरेको छ। भेलाले ५१ सदस्यीय आन्दोलन परिचालन समिति गठन गरेको सो समूहले जनाएको छ। कार्यक्रममा पर्सागढी नपा आन्दोलन परिचालन समिति संयोजक धनबहादुर श्रेष्ठ

बज्जिका साहित्य गोष्ठी आयोजित

Image
प्रस, गरुडा, १७ माघ/     बज्जिका साहित्य सङ्गम रौतहटको नियमित मासिक साहित्य गोष्ठी फेरि शुरू भएको छ। सङ्गमको नयाँ कार्यसमिति चयन भएपछि नियमित मासिक साहित्य गोष्ठी शुरू गरेको हो।     गत असोजमा सङ्गमले नयाँ नेतृत्व पाएको थियो। हरेक महीना नियमित साहित्य गोष्ठी गर्दै आएको सङ्गमले विभिन्न प्राविधिक कामहरू गर्दै माघ महीनादेखि नियमित साहित्य गोष्ठी शुरू गरेको हो। सङ्गमको ४१औं साहित्य गोष्ठी पर्यटकीय पूर्वाधार निर्माणाधीन गुजरा नगरपालिकाको चोंचास्थित फन पार्कमा शनिवार सम्पन्न भएको छ।     सङ्गम अध्यक्ष किशुनदयाल यादवको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकारहरू सञ्जय मित्र, विश्वनाथ सञ्जेल, किशुनदयाल यादव श्रीकृष्ण, रेणु गुप्ता,  केदार यादव, राजेन्द्रप्रसाद साह, हिमांशु गुप्ता, आलोक अधिकारीलगायतले विभिन्न विधाका सिर्जना वाचन गरेका थिए।     रौतहटको स्थानीय भाषाको रूपमा रहेको बज्जिका भाषाका साहित्यकारहरूको एकमात्र ठूलो संस्था साहित्य सङ्गम रहेको भएपनि अत्यधिक चीसोको कारण सहभागितामा केही कमी आएको अध्यक्ष किशुनदयाल यादवले जानकारी गराए। फागुन महीनाको कार्यक्रम जिल्लाको कुनै ऐतिहासिक स्थानमा गरिने जा

ठोरीका विद्यालयमा जाडो बिदा

चिरञ्जीवी सापकोटा, ठोरी, १७ माघ/     अत्यधिक चिसो बढेपछि ठोरी गाउँपालिकाका विद्यालयहरूमा जाडो बिदा दिइएको छ। आइतवारदेखि लागू हुने गरी तीन दिन बिदा दिइएको हो।     माघ १८ देखि २० गतेसम्म जाडो बिदा दिइएको सो पालिकाका शिक्षा संयोजक भूपालकुमार जोशीले जानकारी गराएका छन्। लगातार चीसो बढ्दै जाँदा विद्यार्थीलाई समस्या हुनुका साथै विद्यालय जाने ससाना बालबालिकाहरू बिरामीसमेत हुन थालेपछि नेपाल शिक्षक महासङ्घ ठोरीले गाउँपालिकासँग बिदा प्रस्ताव राखेको थियो।     तीन दिन जाडो बिदा दिनेमा पालिका र महासङ्घबीच समन्वय भएको शिक्षक महासङ्घ ठोरीका अध्यक्ष्F अमृत श्रेष्ठले बताए। केही दिन पहिला पनि चीसो बढ्दा सो पालिकाले तीन दिन जाडो बिदा दिएको थियो।

विद्यार्थीलाई स्टडी मोटिभेशन

प्रस, वीरगंज, १७ माघ/     वीरगंज मेघा कलेजको व्यवस्थापन तथा कानून सङ्कायको प्रथम वर्षका विद्यार्थीहरूलाई ‘स्टडी मोटिभेशन फर एक्जाम’ विषयक एक दिने प्रशिक्ष्Fण  नगर सभागृहमा सम्पन्न भयो। कलेजका अध्यक्ष शम्भु गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा पर्सा जिल्ला अदालतका मुख्य न्यायाधीश धर्मराज र न्यायाधीश विष्णु अर्यालले संयुक्तरूपमा उद्घाटन गरेका थिए।     कार्यक्रममा कलेजका प्रिन्सिपल दीपेन्द्र साह कानु, बार एशोसिएशन पर्साका अध्यक्ष ओमप्रकाश गुप्तालगायतले मन्तव्य व्यक्त गरेका थिए। सहभागी विद्यार्थीहरूलाई सन्तोष कर्ण र बलराम श्रेष्ठले प्रशिक्षण दिएका थिए। कार्यक्रम चन्द्रिका पटेलको सहजीकरणमा भएको थियो।

४० जनालाई कम्बल वितरण

प्रस, वीरगंज, १७ माघ/     कलवार समाजले मानवसेवा आश्रममा कम्बल वितरण गरेको छ। कलवार समाजका राजेन्द्रप्रसाद गुप्ता, शिवजी कलवार, विश्वामित्र कलवार, भोला कलवार, राजीव कलवार, वीरेन्द्र आर्य, बाबुराम कौशिकलगायतले आश्रममा आश्रित चालीसजनालाई कम्बल वितरण गरेका थिए।

वीरगंजमा दोस्रो मेयर कप रनिङ प्रतियोगिता शुरू

Image
प्रस, वीरगंज, १७ माघ/     दोस्रो मेयर कप रनिङ प्रतियोगिता वीरगंजको आदर्शनगरमा शनिवारदेखि शुरू भएको छ।     पचासवटा सामुदायिक तथा निजी विद्यालय सहभागी रहेको सो प्रतियोगिताको प्रदेश २ का अर्थमन्त्री विजय यादवले उद्घाटन गरेका थिए। नगरप्रमुख विजयकुमार सरावगीको अध्यक्ष्Fतामा प्रतियोगिता शुरू भएको थियो। प्रतियोगिताको मार्चपासमा निजी विद्यालयका जिएचपी मावि प्रथम, सामुदायिक विद्यालयका श्रीपुर मावि द्वितीय र निजी विद्यालयका साउथ जोन मावि तृतीय भएका थिए।     प्रतियोगितामा २५ वटाभन्दा बढी खेल समावेश गरिएको छ। उद्घाटन समारोहमा प्रदेशसभा सदस्य रमेशप्रसाद कुर्मी, जसपाका अध्यक्ष रामनरेश यादव, जिसस पर्साका सभापति नेकमहम्मद मियाँलगायतको सहभागिता थियो।

प्रथम पटेर्वासुगौली गोल्डकप शुरूः वसन्तपुर युनाइटेड चितवन विजयी

Image
पस, सेढवा, १७ माघ/     पटेर्वासुगौली गाउँँपालिका–५ निचुटाको खेलमैदानमा शनिवारदेखि प्रथम पटेर्वासुगौली गोल्डकप–२०७७ शुरू भएको छ।     समता समाज नेपाल र पटेर्वासुगौली गापा–५ निचुटाको आयोजनामा गोल्डकप प्रतियोगिता शुरू भएको हो। प्रतियोगिताको उद्घाटन गर्दै गापा अध्यक्ष हरिनारायण चौधरीले ग्रामीण युवाहरूमा कुलत तथा विकृति बढ्दै गएका र खेलप्रति युवाको चाहना घट्दै गएको हुँदा खेलप्रति युवाको आकर्षण बढाउन गोल्डकप आयोजना गरिएको बताए।     उनले खेलको माध्यमले राष्ट्र तथा समाजको नाम उच्च गर्न सकिने तथा युवाहरूलाई स्वास्थ्य र तन्दुरुस्त राख्ने भएकाले यो गोल्डकपमा पालिकाले सहयोग गरेको बताए। पालिकाभित्र रहेका युवाहरूलाई विभिन्न खेलको सम्बन्धित प्रशिक्षण गराइ छनोट गरी एकवटा मात्र टीम निर्माण गरिने भावी योजना रहेको अध्यक्ष चौधरीले बताए। अध्यक्ष चौधरीले रेफ्री काजी चौधरीलाई बल हस्तान्तरण गरी खेलको उद्घाटन गरेका थिए।     उपाध्यक्ष ममता महतोले खेलकूदको विकासका लागि गाउँपालिकाको कार्यालयमा छुट्टै खेलकूद शाखा राख्ने गाउँपालिका धारणा राखिन्। आयोजक संस्थाका अध्यक्ष मधुकान्त चौधरीको सभापतित्वमा भएको कार्यक्रममा वड

आहा रारा गोल्डकप चैत १७ देखि

कास्की, १७ माघ/रासस     मोफसलको प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तरक्लबस्तरीय आमन्त्रित आहा रारा गोल्डकप पूmटबल प्रतियोगिताको १९औं संस्करण आगामी चैत १७ देखि २८ गतेसम्म सञ्चालन हुने भएको छ।     आयोजक सहारा क्लबले शनिवार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी अखिल नेपाल पूmटबल सङ्घ (एन्फा)बाट सो मितिमा प्रतियोगिता सञ्चालन गर्न समयतालिका प्राप्त भएकाले तयारी शुरू गरिएको जनाएको छ।     “खेलकूदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकूद पर्यटन शहरका रूपमा स्थापित गरौं” भन्ने उद्देश्यसहित आयोजना हुने प्रतियोगितामा विदेशी टोली, “ए” डिभिजनका क्लब, मोफसलका टोली र आयोजक सहाराको टोली सहभागी हुने क्लबका अध्यक्ष केशबबहादुर थापाले बताए।     कोरोना भाइरस महामारी र राष्ट्रिय पूmटबल टोली विश्वकप पूmटबल तथा एशियन कपको छनोट चरणको तयारीमा रहेकाले समेत प्रतियोगिताको समयपछि सरेको बताइन्छ। यसअघि क्लबले पुस/माघमा प्रतियोगिता गर्दै आएको थियो।

सही प्रवृत्तिबाट सहज निवृत्ति

    जबसम्म मनुष्यको चित्त शुद्ध हुँदैन, तबसम्म उसले जसको चिन्तन गर्न चाहन्छ, गर्न सक्दैन र जसको गर्न चाहँदैन, उसको चिन्तन गरिरहन्छ। जुन काम उसले गर्नुपर्छ, त्यो गर्न सक्दैन र जुन गर्न चाहँदैन, त्यही गर्छ।     यसैले साधकलाई चाहियो कि जुन समय जे काम उसलाई कर्तव्यरूपमा प्राप्त हुन्छ, त्यसलाई गर्न आफ्नो विवेकशक्ति र क्रियाशक्तिलाई पूर्णरूपले लगाएर पूर्ण धैर्य, उत्साह र सावधानीका साथ जुन ढङ्गले गर्नुपर्छ, त्यसरी नै गर्नुपर्छ। त्यो गर्नमा अल्छी गर्नुहुँदैन र हतार पनि गर्नुहुँदैन। हर एक प्रवृत्तिको आरम्भमा यो विचार गर्नुपर्छ कि जुन काम म गर्न चाहन्छु, त्यसबाट कसैको अधिकारको अपहरण त भइरहेको छैन ? त्यो कसैको अहितको कारण त बनिरहेको छैन ? यही सोचेर आफ्नो प्रभुको सेवाको नाताले त्यस कामलाई कुशलतापूर्वक गर्नुपर्छ। यस्तो कुनै काम गर्नुहुँदैन, जसमा भगवान्सँग सम्बन्ध छैन, जुन भगवान्को आज्ञा र प्रेरणाविरुद्ध हुन्छ।     प्रकृतिपछि निवृत्ति आउनु अनिवार्य हुन्छ। अतः जुन काम कर्तव्यरूपले प्राप्त हुन्छ, त्यसलाई उपर्युक्त प्रकारबाट पूरा गर्दा निवृत्तिकालमा साधकको चित्तको स्थिरता र आफ्नो प्रेमास्पदमा प्रेमको ल

को हुन् असली शहीद ?

Image
ओमप्रकाश खनाल     विश्लेषक चन्द्रकिशोरले यही माघ १६ गते आफ्नो फेसबूक पेजमा लेखे–असली शहीदहरूलाई सलाम। शहीदजस्तो सम्मान र श्रद्धाले ओतप्रोत शब्दको उच्चारण गर्दा पनि निकै नापतौल र लेखाजोखा गर्नुपर्ने अवस्था किन आइप–यो ? वर्षमा एकपटक शहीदहरूको स्मरणका लागि अन्य शब्द टेको लिनुपर्ने अवस्थाको कारण के हो ? नेपाली बृहत् शब्दकोशले आफ्नो देश, संस्कृति र अस्तित्वको संरक्षण तथा स्वतन्त्रता प्राप्तिका निम्ति आफ्नो बलिदान दिएर लोकहितमा लाग्ने अमर व्यक्तिलाई शहीद भनेको छ। सरकारले गठन गरेको कार्यदलले तीन महीना लगाएर तयार पारेको प्रतिवेदनले पनि ‘फरक विचार राखेर आन्दोलनमा उत्रेकालाई सत्तापक्षले नै मा–यो भने मात्र त्यसलाई शहीद भन्न सकिने’ निष्कर्ष निकालेको थियो। तर यो मापदण्डमा मारिएका आफ्ना कार्यकर्ता नपर्ने भएपछि तत्कालीन बाबुराम भट्टराई नेतृत्वको सरकारले मापदण्ड नै फेर्ने यत्न गरेको थियो। उल्लिखित परिभाषा र निचोडको मर्म अनुसार शहीद घोषणा गरिएको छ त ? छैन, सत्तासीन दलहरूको आग्रह अनुसार शहीदको सूची लम्ब्याउने प्रवृत्तिले आज शहीद शब्दकै हुर्मत लिने काम गरेको छ। र चन्द्रकिशोरजस्ता सचेत जो कोहीलाई शहीदप्रत

२०७७ माघ १७ गते शनिवारको प्रतीक दैनिक

Image
 

दुई हत्याकाण्डका चारजना अभियुक्त पक्राउ

Image
प्रस, वीरगंज, १६ माघ/ जिल्ला प्रहरी कार्यालय, पर्साले शुक्रवार पत्रकार सम्मेलन गरी दुईवटा अपराधका घटनाका अभियुक्तहरूलाई पक्राउ गरेको जनाएको छ। शुक्रवार आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले आफू पर्सा जिल्लामा आएलगत्तै चार वर्षअघि बहुदरमाई नगरपालिका घर भई वीरगंज महानगर–१४ राधेमाईमा बस्ने १० वर्षीय बालक राजन पटेलको हत्या र बहुदरमाई नपा–२ बहुअरी पिडारी निवासी अकलेश राउत यादव हत्याकाण्डका अभियुक्तहरूलाई पक्राउ गरिएको बताए। १० वर्षीय बालकको हत्यामा संलग्न राधेमाई निवासी २० वर्षीय रेयान महतो कम्कर, यादवको हत्याको आरोपमा पर्सागढी नगरपालिका–५ निवासी ५१ वर्षीय भागृत राउत अहिर र ४१ वर्षीय शेख ताहिर मियाँ र २७ वर्षीय छट्ठु भन्ने दिनेश पटेललाई पक्राउ गरी कारबाई शुरू गरेको बताए। २०७३/६/२० गते १० वर्षीय बालकको शव चिनीमिल आवास क्ष्Fेत्रको पानीपोखरीमा फेला परेको थियो। उनको हत्या कम्करले समलिङ्गी बलात्कारको क्रममा गरेको अनुसन्धानबाट खुलेको छ। बालकसँग कम्करले बलात्कार गर्न खोज्दा सो घटना भएको प्रहरी अनुसन्धानबाट पुष्टि भएको प्रउ पाण्डेले बताए। यसैगरी, यादवको हत्या गरी आत्महत्याको स

१० वटा पालिकामा अझै दिवाखाजा सञ्चालन भएन

Image
प्रस, सेढवा, १६ माघ/ पर्सा जिल्लाका चारवटा गाउँपालिकाले मात्र दिवाखाजा सञ्चालनमा ल्याएका छन्। लकडाउनको छैटौं महीनापछि सञ्चालनमा आएका सामुदायिक विद्यालयहरूमा बाल विकासदेखि कक्षा ५ सम्मका लागि दिवाखाजाको व्यवस्था गरिएको भएपनि अहिलेसम्म ११ वटा पालिकामा दिवाखाजा सञ्चालनमा आएको छैन। ठोरी, धोबिनी, छिपहरमाई र कालिकामाई गाउँपालिकामा मात्र दिवाखाजा सञ्चालनमा छ। दिवाखाजा सञ्चालनमा ल्याएको ठोरी गापाले माघको दोस्रो सातासम्म दिवाखाजाको रकम नपठाउँदा समस्या भएको नेपाल शिक्षक महासङ्घ ठोरीका अध्यक्ष्F अमृत श्रेष्ठले बताए। उनले विद्यालयको खर्चमा दिवाखाजा खुवाउँदै आएको र गापाले रकम पठाउन ढिला गरेको बताए। जीराभवानी गापा शिक्षा शाखाका संयोजक जीतेन्द्र मिश्रले प्रअको बैठक बोलाएको र बिहीवारदेखि खाजा सुचारु गरिने आश्वासन दिए। पटेर्वासुगौली गापाका शिक्षा संयोजक शम्भु साहले दिवाखाजाको रकम पालिकाको सबै सामुदायिक विद्यालयमा पठाउने तयारी भएको जानकारी गराए। गापामा लेखापालको दरबन्दी नरहेको र अन्य कार्यालयबाट लेखापाल खटाएर काम गर्नुपर्दा आर्थिक कारोबारमा कठिनाइ भएकोले दिवाखाजाको रकम पठाउन ढिला भएको सफाइ दिए। सखुवाप्र

२ महिलासहित ३२ जनाद्वारा रक्तदान

Image
प्रस, पोखरिया, १६ माघ/ छिपहरमाई गाउँपालिकाको आयोजनामा शुक्रवार भएको रक्तदान कार्यक्रममा ३२ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजका प्राविधिक प्रमुख सौरभराज पाण्डेले बताए। छिपहरमाई गापा–५ भिस्वामा आयोजित रक्तदान कार्यक्रममा शम्भु साह, गुड्डु गुप्ता, परमानन्द यादव, शनि कुमार, बिकाउ साह कानू, मनोज पटेल, उर्मिला पौडेल, पुतली विक, टुना महतो केवट, वीरेन्द्र महतो, तबरेज आलम, लालमहम्मद आलम, मुकेश चौरसिया, अर्जुन दास तत्वालगायतले रक्तदान गरेका थिए। रक्तदान कार्यक्रममा केन्द्रका प्राविधिक जीतेन्द्र साहले प्राविधिक सहयोग पु–याएका थिए। यसअघि रक्तदान कार्यक्रमको उद्घाटन गर्दै गापा अध्यक्ष मनोज गुप्ताले रगतको अभाव हुन नदिन गापाले रक्तदान कार्यक्रमको आयोजना गरेको बताए। रगतको अभावमा कसैले पनि ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यले मानवीय सेवामा गापाले संलग्नता देखाएको बताए।

महोत्तरीमा कोभिडविरुद्धको खोप लगाउने कार्य सुस्त गतिमा

प्रस, महोत्तरी, १६ माघ/ कोभिड–१९ विरुद्धको खोप लगाउने कार्य महोत्तरी जिल्लामा सुस्त देखिएको छ। फ्रन्टलाइनमा बसेर काम गर्नेलाई प्राथमिकता दिएर शुरू गरिएको खोप दुई दिनमा २९९ जनाले मात्र लगाएका छन्। खोपबारेको भ्रमका कारण  खोप लगाउने लक्षित समूह उत्साहित नभएको खोप टोलीमा सहभागी स्वास्थ्य अधिकारीहरूको अनुमान छ। जलेश्वर अस्पताल र स्वास्थ्य कार्यालय महोत्तरीमा कार्यरत स्वास्थ्यकर्मीलाई खोप लगाइने तालिका थियो। सोबमोजिम पहिलो दिन बुधवार ३८ जना र बिहीवार २६१ जनाले मात्र यो सेवा लिएको स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ। पहिलो दिन १३५ जनालाई खोप दिने लक्ष्य रहेकोमा ३८ जनाले मात्र खोप लिएको जनस्वास्थ्य निरीक्षक गिरेन्द्रकुमार झाले जानकारी गराएका छन्। कतिपयमा खोपबारे भ्रम रहेकाले प्रारम्भिक चरणमा सेवा लिने कम देखिएको उनले बताए। यद्यपि यो भ्रम चिर्दै जाने र केही दिनभित्रै सेवाबारे विश्वसनीयता बढ्ने झाको विश्वास छ। महोत्तरीमा दोस्रो दिन बिहीवार २६१ जनाले खोप लिएको कार्यालयले जनाएको छ। एक साताभित्र दुई हजार २३० जनालाई खोप दिइने कार्यालयको लक्ष्य छ। खोपबारे सामाजिक सञ्जालमा विभिन्न भ्रम देखेपछि शुरू

वीरगंजमा पनि शहीद दिवस मनाइयो

Image
प्रस, वीरगंज, १६ माघ/ शहीद दिवसको उपलक्ष्यमा नेपाली काङ्ग्रेस पर्सासँग आबद्ध विपी कोइराला युवा नेतृत्व विकास मञ्च पर्साले शहीद थीरबम मल्ल र तेजबहादुर अमात्यको सालिकमा माल्यार्पण गरेको छ। नारायणी अस्पतालस्थित थीरबम मल्लको सालिकमा माल्यार्पण गरेर मोटरसाइकल –यालीसहित गण्डकस्थित शहीद अमात्यको सालिकमा माल्यार्पण गरिएको थियो। मञ्च पर्साका अध्यक्ष हरेन्द्रप्रसाद यादवको अध्यक्षता तथा नेपाली काङ्ग्रेस पर्साका सभापति अजय द्विवेदीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पूर्वमन्त्री सुरेन्द्रप्रसाद चौधरी, संविधानसभा सदस्य राजेन्द्रबहादुर अमात्य, अनिल रूँगटा, नेकाका स्थानीय नेताहरू विजय कर्ण, उत्तमा प्याकुरेल, मनोज यादव, किरण सरकार, रामनारायण कुर्मी, प्रेमचन्द्र दुबे, दिना गुप्ता, श्याम पटेल, रोशन लामिछाने, वैकुण्ठ श्रीवास्तव, महमद सहाबुद्दीन, दशरथ पटेल, मनोज राउत कुर्मी, समसाद अलि, सन्तोष गुप्ता, बाबुनन्द पटेललगायतको सहभागिता थियो। कार्यक्रमको सहजीकरण धीरज गुप्ताले गरेका थिए। सो अवसरमा गुप्ताले आफ्नो हजुरबुबा प्रजातन्त्र सेनानी हरिहर साहको स्मृतिमा प्रत्येक वर्ष दुईजना पत्रकारलाई रु ११ हजार राशिको पुर

अपराध न्यूनीकरणबारे अन्तक्र्रिया

Image
प्रस, वीरगंज, १६ माघ/ जिल्ला प्रहरी कार्यालय, बाराको सभाहलमा सङ्घीय प्रहरी एकाइ कार्यालय जनकपुरले अपराध नियन्त्रण तथा न्यूनीकरणमा सरोकारवालाहरूको भूमिका विषयक अन्तक्र्रिया गरेको छ। कार्यक्रममा बारा जिल्लाका १६ वटै स्थानीय तहका उपप्रमुख, कानूनी सल्लाहकार, जिल्ला न्यायाधिवक्ताको कार्यालयलगायत स्थानीय समाजसेवी, बुद्धिजीवीहरूको सहभागिता थियो। अन्तक्र्रियामा सङ्घीय प्रहरी एकाइ कार्यालयका प्रहरी वरिष्ठ उपरीक्ष्Fक किशोरकुमार दाहालले बारा जिल्लामा अपराध न्यूनीकरण तथा नियन्त्रणको लागि सरोकारवालाहरूको आवश्यकता रहेको बताए। उनले समाजमा हुने विकृतिविरुद्ध सबैको सहकार्य भएको खण्डमा प्रहरीले अपराध नियन्त्रणमा सफलता पाउन सक्ने दाबी गरे। अन्तक्र्रियापछि प्रवउ दाहालले जिप्रका बारामा रहेको अपराध अनुसन्धान शाखा, महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा, उजूरी छानबिन शाखाको निरीक्ष्Fण गरी निर्देशन दिएका थिए। कार्यक्रममा बारा प्रहरी उपरीक्षक दीपेन्द्र शाही, जिल्ला न्यायाधिवक्ता महेन्द्रबहादुर थापालगायतको सहभागिता थियो।

सर्वोत्तम स्टीलले वैशाखदेखि उत्पादन गर्ने

Image
प्रस, परवानीपुर, १६ माघ/ फलामजन्य निर्माण सामग्रीको बजारमा प्रतिस्पर्धा बढ्ने देखिएको छ। वीरगंज कोरिडोरमा सौरभ समूहले रु ३ अर्ब २८ करोडको स्टील उद्योग लगाएपछि अन्य स्टील उद्योगसँग बजारमा प्रतिस्पर्धा बढ्ने विश्लेषण छ। वीरगंज महानगरपालिका वडा नं २२ जगरनाथपुर, २८ बगही र ३० लालपर्साभित्र निर्माण भएको विशाल उद्योग परवानीपुर–ड्राइपोर्ट सडकखण्डको लालपर्सा गाउँ जाने बाटोसँग टाँसिएको छ। तीन वर्षदेखि जग्गा खरीद तथा पर्खाल लगाउने काम शुरू भएको उद्योगको काम करीब ९० प्रतिशत सम्पन्न भइसकेको छ भने आगामी वैशाखदेखि उद्योगले आफ्नो उत्पादन बजारमा ल्याउने लक्ष्य राखेको छ। सौरभ समूहका विष्णुप्रसाद न्यौपाने, वीरगंजका उद्योगी राजेश अग्रवाल र एकजना भारतीय लगानीकर्ताको यो उद्योगमा लगानी रहेको छ। करीब १६ बिघा क्षेत्रफलमा फैलिएको उद्योगले सर्वोत्तम ब्रान्डको डन्डी, एङ्गल, पट्टी उत्पादन गर्नेछ। वर्षमा २ लाख ६४ हजार मेट्रिकटन निर्माण सामग्री उत्पादन गर्ने लक्ष्य राखेको उद्योगले एक हजारदेखि १२ सय मजदूरलाई रोजगार दिने बताएको छ। अत्याधुनिक प्रविधिको मेशिन जडान भइसकेको र बेल्ट लगाउने तथा अन्य फिनिसिड्ढा कार्य बाँकी छ

सत्यतथ्य समाचार आओस्– नगरप्रमुख सरावगी

Image
प्रस, वीरगंज, १६ माघ/ वीरगंज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीले सत्यतथ्य समाचार प्रकाशित गरेर जनतालाई सुसूचित गर्न आग्रह गरेका छन्। शुक्रवारदेखि प्रकाशित कालिका टाइम्स दैनिकको विमोचन गर्दै नगरप्रमुख सरावगीले गलत समाचार सम्प्रेषण गर्ने प्रवृत्तिमा अङ्कुश लगाएर पत्रकारहरूले सत्यतथ्य समाचार प्रकाशित गरी जनतालाई सही दिशानिर्देश दिन आग्रह गरे। भ्रम सृजना गर्ने समाचारबाट पत्रकारिताको मूल्य–मान्यता घटिरहेकाले यसबारे पत्रकार स्वयम् सचेत हुनुपर्ने सुझाव दिए। नेपाल पत्रकार महासङ्घ, प्रदेश अध्यक्ष दीपेन्द्र चौहानले सरकारले सञ्चारक्षेत्रमाथि अङ्कुश लगाइरहेको आरोप लगाए। नेपाल पत्रकार महासङ्घ, पर्साका अध्यक्ष श्याम बन्जाराले अहिले सञ्चारक्षेत्र निर्बाधरूपमा सञ्चालन भइरहेको दाबी गरे। पत्रिकाका निर्देशक छठु साहको अध्यक्षतामा भएको कार्यक्रममा जिसस पर्साका सभापति नेक महम्मद अन्सारी, नेकाका जिल्ला सचिव श्याम पटेल, एमालेका रहबर अन्सारी, जगरनाथपुर गापा अध्यक्ष जालीम मियाँ, सखुवाप्रसौनीका गापा अध्यक्ष प्रदीप जैसवाल, पत्रकार महासङ्घका प्रदेश उपाध्यक्ष केसी लामिछाने, प्रेस सेन्टर पर्साका नीरज पिठाकोठ