Posts

Showing posts from November, 2020

२०७७ मङ्सिर १६ गते मङ्गलवार प्रतीक दैनिक

Image
 

प्रादेशिक सरुवा रोग अस्पतालको शिलान्यास

Image
राधेश्याम पटेल, वीरगंज, १५ मङ्सिर/ स्वास्थ्य मन्त्रालयको नीति अनुसार सातवटै प्रदेशमा सातवटा महामारी तथा सरुवा रोग अस्पताल स्थापना हुने भएको छ। सोही अनुरूप प्रदेश २ को बारा जिल्लाको कलैया–१६ उत्तरझिटकैयामा सोमवार प्रादेशिक सरुवा रोग अस्पतालको शिलान्यास भएको छ। प्रदेश २ का मुख्यमन्त्री लालबाबू राउतले उक्त अस्पतालको शिलान्यास गरेका हुन्। सङ्घीय सरकारको ३३ करोडको लागतमा यसै आर्थिक वर्षमा अस्पताल निर्माण कार्य सम्पन्न गराउने नेपाल सरकारले लक्ष्य राखेको छ। सरकारले ७७ जिल्लामध्ये ३९६ पालिकामा ५ देखि १५ बेड क्षमताको अस्पताल निर्माण कार्य पनि प्रारम्भ गरेको छ। स्वास्थ्य मन्त्रालयको पूर्व कार्यक्रम अनुसार मङ्सिर १५ गते ३९६ पालिकामा आवश्यकता अनुसार ५, १० र १५ बेड क्षमताको एक अस्पतालको आज शिलान्यास भइरहेको छ। बाराको विभिन्न पालिकामा ११ अस्पताल र पर्सामा चार पालिकामा अस्पताल शिलान्यास भइरहेको छ। बाराको करैयामाईको हरैया,देवताल गापाको प्रिपाढी, परसौनी, विश्रामपुर, निजगढ, कोल्हवी, सुवर्णपुर, फेटालगायत ११ ठाउँमा अस्पताल निर्माण शुरू भएको छ भने पर्साको ठोरी, पटेर्वासुगौली, धोबिनी, जीराभवानी गापामा अस्पत

सुरक्षित वीरगंज बनाउन सिसिटिभीको सञ्जाल

Image
राधेश्याम पटेल, वीरगंज, १५ मङ्सिर/ सेफर वीरगंज संस्थाले वीरगंज शहरलाई आपराधिक घटनाबाट सुरक्षित पार्न करीब १ करोडको बजेट खर्च गर्ने योजना अघि बढाएको छ। वीरगंजको विभिन्न सडक, चोक, बजार क्षेत्रमा प्रशस्त सिसिटिभी क्यामेरा जडान गरी सिसिटिभी क्यामेराले निगरानी गर्ने योजना अघि बढाइको हो। सेफर वीरगंजले सोमवार वीरगंज उद्योग वाणिज्य सङ्घको सभाहलमा आयोजना गरेको छलफल कार्यक्रममा  सरोकारवाला व्यक्तिहरूले वीरगंजलाई चोरी, डकैती, हत्या, अपहरणलगायत आपराधिक घटनाबाट बचाउन यस्तो योजना अघि सारेका हुन्। यस अघि सेफर वीरगंजलाई प्रदेश २ सरकारले ३५ लाखको भिडियो वाल सहयोग गर्ने बताएको थियो। जसले विभिन्न क्यामेराले खिचेको भिडियो निगरानी गर्न र प्रदर्शन गर्न सहयोग गर्छ। त्यसैगरी पर्सा क्षेत्र नं १ का सङ्घीय सांसद प्रदीप यादवले १० लाख, प्रदेश सांसद विभा यादव, करिमा बेगमले ५–५ लाख सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। वीरगंज महानगरको विभिन्न वडाको करीब ८ वटा वडा कार्यालयले ३–३ लाख अर्थात् २४ लाख सहयोग पाउने आश्वासन पाएको सेफर वीरगंजका संयोजक मनोज दासले जानकारी गराए। उनले भने–“आजैको बैठकबाट करीब ८० लाखको सहयोग प्राप्त

पटेर्वासुगौली, ठोरी, जीराभवानी र निजगढमा अस्पतालको शिलान्यास

Image
प्रस, पंचगावाँ/ पटेर्वासुगौली गाउँपालिकामा १० शøयाको अस्पतालको सोमवार एक कार्यक्रमबीच शिलान्यास गरिएको छ। गापा अध्यक्ष हरिनारायण चौधरीले पटेर्वासुगौली गापा–४ फरदवामा अस्पताल निर्माण कार्यको शिलान्यास गरेका हुन्। १० करोड रुपैयाँको लागतमा १ बिघा क्षेत्रफलमा तीन तले अस्पताल निर्माण कार्य दुई वर्षभित्र सम्पन्न गरिने निमित्त प्रमुख प्रशासकीय अधिकृत भुजेन्द्रप्रसाद यादवले बताए। अस्पताल निर्माणको लागि पहिलो किस्ताबापत रु ८५ लाख बजेट विनियोजन भएर आएको उनले जानकारी गराए। अस्पताल निर्माणपछि गापामा स्वास्थ्य सेवा सहज हुने र सदरमुकाम वीरगंज जानुपर्ने अवस्था नरहने गापा अध्यक्ष्F चौधरीले बताए। कार्यक्रममा उपाध्यक्ष्F ममता महतो, वडाध्यक्ष फरमान मियाँ, मोतीलाल साहलगायत जनसहभागिता थियो। प्रस, ठोरी/ ठोरी अस्पतालको सोमवार शिलान्यास भएको छ। गाउँपालिका अध्यक्ष पद्मलाल श्रेष्ठले वडा २ स्वास्थ्य चौकी परिसरमा अस्पताल निर्माणका लागि शिलान्यास गरेका हुन्। प्रदेशको ३९६ वटा स्थानमा आज अस्पताल शिलान्यास गर्ने कार्यक्रम अन्तर्गत ठोरीमा १५ शøया अस्पतालको शिलान्यास गरिएको हो। शिलान्यास गर्दै गापा अध्यक्

कोरोनाले एलपी ग्यासको खपत घट्यो

Image
प्रस, परवानीपुर, १५ मङ्सिर/ कोरोना महामारी तथा सरकारी स्वास्थ्य मापदण्डसम्बन्धी नीतिको कारण एलपी ग्यासको खपत १५ प्रतिशतले घटेको ग्यास व्यवसायीहरू बताउँछन्। एलपी ग्यास उत्पादक सङ्घका उपाध्यक्ष मनोज दासका अनुसार कोरोनाभन्दा पहिले मासिक ४५ हजार मेट्रिकटन एलपी ग्यास उत्पादन भई खपत भइरहेकोमा अहिले जम्मा मासिक ३८ हजार मेट्रिकटन ग्यास खपत भइरहेको छ। कोरोनाको कारण सरकारले नेपाल–भारत सीमानाका सिल गर्दा पर्याप्त मात्रामा पर्यटकको आवागमन नभई होटल, रेस्टुरेन्ट, सभा, सेमिनार, पार्टी, वैवाहिक कार्यक्रममा कमी आएको छ। कोरोनाको महामारी फैलिएपछि एलपी ग्यासको खपतमा १५ प्रतिशतले कमी आएको उपाध्यक्ष दासले बताए। “सरकार अन्तर्राष्ट्रिय उडान शुरू गर्ने तरखरमा छ, भारतसँगको सीमा बन्द नै राखेको छ। जसको कारण पर्यटक नआउँदा नेपाली होटल व्यवसाय धरापमा परेको, सामूहिकरूपमा खाना पकाउने गतिविधि पनि कम भएको, होटलभित्र हुने ठूला कार्यक्रम पनि बन्द भएकोले ग्यासको खपत कम भएको हो,” उपाध्यक्ष दासले भने। व्यवसायीले भारतीय सीमा खोल्न र पर्यटकीय आवागमन बढाउन अपील गरेका छन्। नेपालमा ५८ वटा एलपी ग्यास रिफिलिङ प्लान्ट उद्योग सञ्चालन

ठोरी गापामा गोठकै मलले फस्टायो तोरी

Image
प्रस, परवानीपुर, १५ मङ्सिर/ पर्साको उत्तरी क्षेत्रमा तोरीखेती हुने गरेको छ। सोमध्ये पनि ठोरी गाउँपालिकाको वडा नं ३, ४ र ५ तोरीखेतीको लागि नाम चलेको छ। यस क्षेत्रका बासिन्दाहरूको लागि  मुख्य नगदेबाली तोरी भएकोले पनि तोरीखेतीतर्फ किसानको लगाव विगतदेखि नै रहिआएको छ। बारी र आफ्नै गोठको मल खेतमा हालेर कम खर्चमा बढी आयआर्जन गर्ने तेलहनखेती तोरीतर्फ पर्साको ठोरी गाउँपालिका र पर्साका उत्तरी क्षेत्रका किसानको आकर्षण बढ्दै गएको हो। यसपालि पर्सामा करीब १७ सय बिघा क्षेत्रफलमा तोरीखेती गरिएको किसानहरूले बताएका छन्। पर्सामा तोरीखेती पाकेट क्षेत्रको रूपमा ठोरी गाउँपालिकालाई चिनिन्छ। ठोरीका तीनवटा वडाका विभिन्न क्षेत्रमा यतिबेला तोरी फुलेर पहेंलै भएको देखिन्छ। वडा नं ५ का सुवर्णपुर, बाघमोर्र्चा, बथेटोल, गडुवालाइन, क्षेत्रीलाइन, गुम्बालाइनमा व्यापक तोरीखेती गरिएको ठोरी–५ सुवर्णपुरका बलराम कोरमोचा (मगर)ले बताए। उनका अनुसार तोरीखेतीमा  सिंचाइ गर्नु नपर्ने र गोठको मल वा बोटबिरुवाका पत्कर हालेपछि रासायनिक मल हाल्नुपर्ने चिन्ता नभएकोले किसानको आकर्षण बढ्दै गएको बताए। त्यसैगरी, ठोरी वडा नं ४ का गोपीबस्ती, वि

पर्सामा दुर्ई बालिकाको बलात्कार, दुर्ईजना पक्राउ

राधेश्याम पटेल, वीरगंज, १५ मङ्सिर/ पर्सा प्रहरीले बलात्कार गरेको आरोपमा दुर्ईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्सा, सखुवापरसौनी गाउँँपालिका–२ बस्ने १९ वर्षीय तेजशङ्कर चौधरी र विन्दवासिनी गाउँँपालिका–४ अमरपट्टि बस्ने उमेश ठाकुर रहेका छन्। चौधरीले गाउँँकै ४ वर्षीय बालिकालाई बालात्कार गरेका छन् भने ठाकुरमाथि ६ वर्षीय बालिकाको बलात्कारको आरोप लागेको पर्साकी प्रहरी उपरीक्षक गङ्गा पन्तले जानकारी गराइन्। गाउँँमा खेलिरहेको अवस्थामा चौधरीले नरिवल दिने प्रलोभनमा पारी ४ वर्षीया बालिकाको बलात्कार गरेका थिए भने ठाकुरले बालिकाको यौनाङ्गमा औला पसाएको प्रहरी अनुसन्धानबाट खुलेको छ। दुवै बालिकाको स्वास्थ्य परीक्षण भई हाल उनीहरूको अवस्था सामान्य रहेको पर्सा प्रहरीले जनाएको छ। चौधरी र ठाकुरमाथि जबरजस्ती करणी मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जनाइएको छ। चालू आर्थिक वर्षको साउन यता पर्सामा १५ वटा जबरजस्ती करणी मुद्दा दर्ता भएको छ भने तीनवटा जबरजस्ती करणी उद्योग र चारवटा दुव्र्यवहारको मुद्दा दर्ता भएको जनाइएको छ।

८ लाख दिनदहाडै लुटियो

प्रस, वीरगंज, १५ मङ्सिर/ वीरगंज बजारबाट दिनदहाडै आठ लाख नगद लुटिएको छ। वीरगंज, लिंकरोडस्थित माछापुच्छ«े बैंक शाखा नजीकैबाट वीरगंज माईस्थानका व्यवसायी कृष्णप्रसाद साहको ८ लाख रुपियाँ मोटरसाइकलमा आएका दुर्ईजना अपरिचितले लुटेका हुन्। जिल्ला प्रहरी कार्यालय, पर्साको अनुसार व्यवसायी साहका स्टाफ कुन्दन पटेलले बैंकमा जम्मा गर्न लगेको रकमको  झोला थुतेर लुटेराहरू नगद लिई फरार भएको बताएको छ। आइतवार बिहान साढे ११ बजे लुटेराले पैसा लुटेर भागेको बताइएको छ। लुटेरा तथा मोटरसाइकलको नम्बर खुल्न नसकेको जनाइएको छ। प्रहरीले सिसिटिभि क्यामेराबाट हेर्दा पैसा लुट्ने घटनामा पैसा धनीका स्टाफको मिलोमतो भएकोले उसलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको पर्साकी प्रहरी उपरीक्षक गङ्गा पन्तले जानकारी गराइन्। व्यवसायी साहका स्टाफहरूकै सेटिङमा हुन्डीको पैसा लुटिएको हुन सक्ने प्रहरीको आशङ्का छ।

अफीमसहित दुईजना कारोबारी पक्राउ

Image
प्रस, परवानीपुर, १५ मङ्सिर/ बाराबाट अवैध लागू औषध अफीमसहित दुर्ईजना कारोबारी पक्राउ परेका छन्। लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय, वीरगंजको पूर्व सूचनाका आधारमा जितपुरसिमरा–१६ बस्ने दुर्गाबहादुर मोक्तान र रविबहादुर सिञ्जाली पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। उनीहरूको साथबाट २ किलो ७ सय ग्राम अफीम बरामद भएको प्रहरीले जनाएको छ। लागू औषध नियन्त्रण ब्युरो वीरगंज शाखाका प्रहरी नायब निरीक्षक तुलाप्रसाद पुडासैनी र इलाका प्रहरी कार्यालय, कोल्हवीको संयुक्त टोलीले कोल्हवी नगरपालिका–६ परसौना बजारमा चेकजाँचको क्रममा नम्बर नखुलेको पल्सर मोटरसाइकलमा सवार ती दुवैलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा अफीम फेला परेको थियो। बारा जिल्ला अदालतबाट लागू औषध मुद्दामा अनुसन्धान गर्न ६ दिनको म्याद थप भएको प्रहरीले जनाएको छ। बाराको उत्तरी चुरे क्षेत्र र मकवानपुरमा गोप्य रूपमा अफीम खेती हुने गरेको र उत्पादन भारत पठाइने गरेको प्रहरी स्रोतले जनाएको छ।

७ लाखको मोटरपाट्र्स बरामद

Image
प्रस, पंचगावाँ, १५ मङ्सिर/ सशस्त्र प्रहरीले ७ लाख मूल्य बराबरको भन्सार छलीका मोटरपाट्र्स बरामद गरेको छ। वीरगंज महानगर–२६ सुगौलीबिर्ताबाट भुसा लोड गरेको ट्याक्टर चेकजाँच गर्दा सोभित्र लुकाएको मोटरपाट्र्स बरामद भएको सशस्त्र प्रहरी १३ नं. गण वीरगंजले जनाएको छ। सशस्त्र प्रहरी निरीक्ष्Fक ईश्वर अधिकारीले भुसा लोड गरेको ट्याक्टरको टेलरभित्र सो परिमाणको मोटरपाट्र्स बरामद भएको र आवश्यक कारबाईको लागि वीरगंज भन्सार पठाइएको बताए।

सरकारको भूमिका र जनताको अपेक्षा

Image
      अधिवक्ता वीरेन्द्रप्रसाद यादव नेपालमा पर्याप्त साधन, स्रोत एवं पूर्वाधार भएर पनि मुलुक गरीबको श्रेणीमा छ। जुन नेतृत्वको अक्षमता एवं अदूरदर्शिता हो। कुनै पनि देशको विकासमा नेतृत्व एवं सरकारकोे भूमिका नै अग्रणी रहने गर्दछ। आज भारतको बिहार, गुजरात, केरलजस्ता राज्य पहिलेको तुलनामा समृद्ध हुनुको पछाडि त्यहाँको सरकारको भूमिकाको हात छ। जनताको मुख्य अपेक्षा समृद्धि भएकोले जनताले चुनावमा विकासको अपेक्षा राखी मतदान गर्छ। देशको विकास नहुनुमा स्थिर सरकार नहुनु ठानेर नेपाली जनताले लामो समयपछि एउटा पार्टीलाई पूर्ण बहुमत दिई सरकार बनायो तर आज बहुमतको सरकार भएको दलभित्र आन्तरिक कलहले विकास प्रभावित त भएको छ नै, जनतामा निराशा छाएको छ। यसले गदाए जनमैत्री व्यवस्थाको रूपमा रहेको सङ्घीय गणतन्त्रप्रति नै प्रश्नचिह्न खडा भइरहेको छ। यसको प्रमुख जिम्म्ेवार सरकार र सत्ता पक्ष हो। सरकार र सत्ता पक्ष अहिलेसम्म जनताको अपेक्षा पूरा गर्न असफल देखिएको छ। यो अवस्था समृद्धिको बाधक त हो नै, उक्त पार्टीको आन्तरिक शक्ति पनि कमजोर हुँदैैछ। पार्टीले आगामी चुनावमा निकै चुनौती पनि उठाउनुपनेछ। केही पार्टीबीच एकता भयो

कठिन छ, सभ्यताको बाटो

झट्ट हेर्दा नेपाल र नेपाली समाज सभ्यताको खुडकिलो  चढ्दै गरेको देखिन्छ, चढिरहेको पनि छ। तर यो चढाइ व्यवस्थित नभएर, पिकनिक खेल्न गएका केटाकेटीले कुनै टाकुरामा भएको मन्दिरसम्म पुग्न खेलाँची गर्दै, दुगुर्दै, तल ओर्लंदै उकालो लागेजस्तो छ। त्यसैले जब राज्य, समाज तिनका निकायहरू सबै विकृत मान्यता र परम्पराहरू पन्छाउन जुटेका छन्, त्यही विकृतिलाई मान्य गर्दै मानिसले आफ्नै सन्तानको समेत हत्या गरिरहेका छन्। रौतहट जिल्लाको माधवनारायण नगरपालिका अन्तर्गत लौकाहा गाउँको घटनाले देख्ने–सुन्ने सबैलाई स्तब्ध तुल्याएको छ। आज समाज शिक्ष्Fित बन्दैछ, जातिपाति भेदभाव अमान्य बनाइँदैछ, विवाहलाई अभिभावक होइन, केटाकेटीबीचको सम्बन्धको रूपमा परिभाषित गरिंदै छ, तर पनि अभिभावक नै अर्घेलो बनेर आफूखुशी बिहे गरिदिने, सन्तानको इच्छा फलीभूत हुन नदिनेजस्ता कार्य गरिरहेको छ। अर्कोतिर त्यही अभिभावक छोरीको बिहेमा हुने अनावश्यक तिलक, दाइजोका कारण दिक्क हुन्छ। कति अवस्थामा त पर्याप्त तिलक–दाइजो नपाएर महिलाहरूको चरण शोषण र हत्यासमेत हुन्छ। मानिस त्यो प्राणी हो, जसको लागि नियम भनेको उसको इच्छा अनुसार हुनुपर्छ। उसलाई पुराना परम्परा

२०७७ मङ्सिर १५ गते सोमवारको प्रतीक दैनिक

Image
 

आमाबुबा र भिनाजुको योजनामा अमृताको हत्या

Image
प्रस, रौतहट, १४ मङ्सिर/ माधवनारायण नगरपालिका–७ लौकाहामा गत कात्तिक २६ गते गोली हानी अमृताकुमारी साहको हत्या भएको घटनामा आमा, बुबा, भिनाजुलगायत पेशेवर अपराधीहरूको संलग्नता रहेको जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ। आइतवार पत्रकार सम्मेलन गरेर प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले आमा, बुबा र भिनाजुको योजनामा पेशेवर अपराधीहरू परिचालित गरी अमृताको हत्या भएको र सो घटना सम्बन्धमा आमा सीतादेवी साह, बुबा रामअयोध्या साहसहित ६ जना पक्राउ परेको र उनीहरूलाई अदालतबाट ज्यानसम्बन्धी कसूरमा ७ दिनको म्याद थपी थप अनुसन्धान भइरहेको बताए। पक्राउ पर्नेमा छोटेलाल साह, शेख अलियास, इस्लाम अन्सारी र शेख इम्ताज अन्सारी छन्। घटनामा संलग्न थप दुईजना भिनाजु लक्ष्मण साह र कैमुल फरार छन्। प्रउ शाहले हत्यामा संलग्न अभियुक्तहरूले प्रहरीसमक्ष अपराध स्वीकार गरेको पत्रकार सम्मेलनमा जानकारी गराए। उनले मृतक अमृता र सोसिन्द्र भन्ने व्यक्तिबीच प्रेम सम्बन्ध रहेको र सो कुरा आमाबुबालगायतलाई पाच्य नभएपछि भिनाजु लक्ष्मणको सहयोगमा हत्या योजना बनाइएको बताए। सोसिन्द्रसँगको प्रेम सम्बन्ध जोडिए गाउँ, समाजमा इज्जत जा

सशस्त्र प्रहरीसहित जीराभवानी गापाका प्रमुख प्रशासकीय अधिकृत हाजीर

Image
प्रस, वीरगंज, १४ मङ्सिर/ जीराभवानी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतलाई काम गर्ने वातावरण सृजना गराउन जिल्ला प्रशासन कार्यालय, पर्साले निर्देशन गरेको छ। प्रशासनको पत्र अनुसार आज सशस्त्र प्रहरीले गापाको कार्यालयमा प्रमुख प्रशासकीय अधिकृत प्राण मेहतालाई सुरक्षा प्रदान गरी काम गर्न लगाएको थियो। गापाका प्रमुख प्रशासकीय अधिकृत कुलोत्तम पोखरेलले कात्तिक ४ गते स्वेच्छिक अवकाश पाएपछि गापाले पशु सेवा केन्द्रका प्रमुख शिवचन्द्र ठाकुरलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाएर काम गराएको थियो। यसबीचमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले प्राण मेहतालाई जीराभवानी गापाको प्रमुख प्रशासकीय अधिकृतमा खटाएको थियो। मेहता मङ्सिर ८ गते गापाको कार्यालयमा हाजीर हुन जाँदा उनलाई त्यहाँ धम्क्याइएको थियो। त्यसपछि मेहताले जिल्ला प्रशासन कार्यालयमा जानकारी गराएका थिए। जिप्रका, पर्साले स्थानीय सशस्त्र प्रहरीलाई मेहतालाई गापाको कार्यालयमा हाजीर गराउन निर्देशन दिएपछि आज सशस्त्र प्रहरीको उपस्थितिमा गापाको कार्यालयमा हाजीर गरेर काममा खटेका हुन्। मेहता प्रमुख प्रशासकीय अधिकृतमा हाजीर भएपछि सोही गापाका पशु सेवा क

भुजा बेच्ने शुकदेवको चोकमा सालिक

Image
प्रस, गरुडा, १४ मङ्सिर/ पार्क, उद्यान, चोक तथा बजारमा प्रायः राजनेता र साहित्यकारहरूको सालिक बनाइएको हुन्छ तर रौतहटको एउटा चोकमा भुजा बेच्नेको सालिक राखिएको छ। रौतहटको सदरमुकाम गौरलाई महेन्द्र राजमार्गसित जोड्ने वीरेन्द्र राजमार्गको शुकदेव चोकमा त्यही भुजा बेच्दै जीवन व्यतीत गरेका मानिसको सालिक राखिएको हो। २०३४ मा राजमार्ग निर्माण शुरू भएपछि सडक बनाउने मजदूरहरूलाई भुजा बेच्ने काम गरेका शुकदेव साह कानूको नाममैं अहिले ठूलो बजार बसिसकेकोले तिनको सङ्घर्षलाई अमरत्व प्रदान गर्न सालिक निर्माण गरिएको शुकदेव चोक बजार व्यवस्थापन समितिका अध्यक्ष राधेश्याम साहको भनाइ छ। वीरेन्द्र राजमार्ग निर्माणको क्रममा ग्राभेल नहाल्दै माटोले पुरिसकेपछि फाट्टफुट्ट मानिस पैदल, साइकल तथा गोरुगाडा लिएर गौर आवतजावत शुरू गर्दा शुकदेव साहले एक्लै भुजा, पकौडी र सेबई बेच्न थालिसकेका थिए। घाम, बर्खा र कुहिरो सबै महीनामा एक्लै सडकछेउ भुजा–पकौडी बेच्थे। करीब डेढ किलोमिटर पूर्व तत्कालीन जेठरहिया गाउँ पञ्चायतको वडा नं ४ घर भएका शुकदेवले घरबाट बाँसको भार बनाई त्यसैमा पानी ल्याएर राख्दथे र बाटो हिंड्ने जो कोहीलाई पानी खुवाउँथे

एक सातामैं अर्का युवकको पनि शङ्कास्पद मृत्यु

प्रस, वीरगंज, १४ मङ्सिर/ सखुवाप्रसौनी गाउँपालिकामा मङ्सिर ६ गते एकजना युवकको शङ्कास्पद मृत्युको रहस्य सुल्झिन नपाउँदै आइतवार अर्का एकजना युवकको शङ्कास्पद मृत्यु भएको छ। सखुवाप्रसौनी गापा–३ पश्चिमटोल लालकटैयामा ४० वर्षीय जैनुल हक अन्सारी पोखरीमा मृत फेला परेका हुन्। खेतमा काम गर्ने मानिसहरूले बस्तीदेखि दुई किलोमिटर टाढा पोखरीमा मानिसको टाउको देखेपछि प्रहरीलाई खबर गरेका थिए। इप्रका पटेर्वासुगौलीले पोखरीबाट शव निकालेको थियो। उक्त शव अन्सारीको भएको प्रहरीले पुष्टि गरेको छ। परिवारजनले मृतक अन्सारी सुस्त मनस्थितिको भएको र उनको उपचार भइरहे पनि तीन दिनदेखि सम्पर्कविहीन भएको र त्यसअघि दुई दिनसम्म औषधि सेवन नगरेको र सोही कारणले पोखरीमा डुबेर मृत्यु भएको हुन सक्ने बताएका छन्। अन्सारीलाई औषधि सेवन नगर्दा छारेरोगको पनि समस्या रहेको परिवारजनले बताए। यसैबीच, मङ्सिर ६ गते शङ्कास्पद मृत्यु भएको सखुवाप्रसौनी गापा–२ पुरैना दहिनबीका ३० वर्षीय युवक सन्तोष यादवको मृत्यु सम्बन्धमा प्रहरीले घटनास्थलमा अनुसन्धान थालेको छ। युवक यादवका पिता जवाहिरराउत अहिरले छोरा घरनजीकको रूखमा झुन्डिएको अवस्थामा फेला परेको र आफ

१६ जना सङ्क्रमित थपिए

प्रस, वीरगंज, १४ मङ्सिर/ पर्सा र बाराका १६ जना कोरोना सङ्क्रमित थपिएका छन्। नारायणी अस्पताल वीरगंजको प्रयोगशालामा ९६ जनाको स्वाब नमूना परीक्ष्Fण गर्दा पर्साका ११ र बाराका ५ जना गरी १६ जना सङ्क्रमित पुष्टि भएको जिल्ला प्रशासन कार्यालय, पर्साका प्रशासकीय अधिकृत विनयकुमार श्रीवास्तवले बताए। सङ्क्रमित हुने पर्साका ११ जनामा तीनजना महिला छन्। वीरगंज महानगरपालिका वडा नं ५ का दुईजना, वडा नं १९, १५, २१ का १/१ जना र एकजनाको वडा खुल्न सकेको छैन। यसैगरी, कालिकामाई गाउँपालिका–२ र ठोरी गापा–२ का १/१ जना र जीराभवानी गापा–३ का दुईजना छन् भने एकजनाको ठेगाना खुलेको छैन।

ग्रामीण क्षेत्रबाट पनि लोप हुँदैछ सामा–चकेवा

Image
प्रस, गरुडा, १४ मङ्सिर/ तराई–मधेसमा कात्तिक शुक्ल पक्षमा किशोरीहरूले मनाउने सामा–चकेवा ग्रामीण क्षेत्रबाट पनि हराउँदै गएको छ। साँझको समयमा हरेक गाउँटोलमा गीत गाउँदै सामा चराउन हिंड्ने किशोरीहरूको दृश्य अब गाउँघरमा पनि दुर्लभ हुँदै गएकोमा संस्कृतिप्रति चासो राख्नेहरू चिन्ता व्यक्त गर्न थालेका छन्। तराई–मधेसको एउटा लोकसंस्कृति नै हराउन थालेकोमा सर्लाहीको मलङ्गवाका पूर्व स्रो व्यक्ति तथा अभियान नेपाल सामुदायिक सिकाइ केन्द्र गोडैताका अध्यक्ष रामचन्द्रमहतो कुशवाहा चिन्ता व्यक्त गर्दै स्थानीय तहले लोकसंस्कृति जोगाउन ध्यान नदिएकोमा दुःख व्यक्त गर्दछन्। बज्जिका साहित्य सङ्गम, रौतहटका अध्यक्ष किशुनदयाल यादव श्रीकृष्ण सामा–चकेवा र तराई–मधेसका अन्य लोकसांस्कृतिक पहिचान भत्किंदै जाँदा पनि स्थानीय सरकारहरूको ध्यान नजानु दुर्भाग्यपूर्ण भएको बताउँछन्। सामा–चकेवा तराई–मधेसको लोकजीवनमा प्राचीनकालदेखि चल्दै आएको विशेष पर्व हो। द्वापर युगमा श्रीकृष्णकी पत्नी जाम्बवन्तीतर्फबाट जन्मेकी छोरी साम्बालाई लोकजीवनमा सामा भन्ने गरिएको र साम्बाको पतिको नाम चारूवाक भएकोले अपभ्रंश भएर लोकजीवनमा चकवा भनिन थालिएको प्र

चालकको लापरवाहीले वन्यजन्तुको ज्यान जोखिममा

Image
जीतलाल श्रेष्ठ, निजगढ, १४ मङ्सिर/ समूह, हुलमा बस्न रुचाउने बाँदर प्रजातिको वन्यजन्तु जाडोयाम शुरू हुन थालेपछि पारिलो घाम ताप्न जङ्गलको बीचमा पर्ने सडक आसपास आउने गर्छन्। उनीहरू बाक्लै सङ्ख्यामा सडकको आसपास आइरहेका हुन्छन्। घाम ताप्नका लागि उनीहरू खुला ठाउँ खोज्दै सडकतर्फ आउने गरेको भएपनि पछिल्लो समय आहारा पाउने आशामा उनीहरू सडक तथा मानिस भएको स्थानतर्फ आउने गरेका छन्। आजभन्दा १०/१५ वर्षअघि  बाँदरहरू यसरी राजमार्ग, सडकमा खासै देखा पर्दैनथे। त्यसयता बिस्तारै/बिस्तारै यिनीहरूको हुल, समूह राजमार्ग, सडक केन्द्रित देखिन थालेको हो। वातावरण परिवर्तन तथा मानवीय क्रियाकलापको  कारण वनजङ्गलमा उनीहरूको आहारा लोप हुन थालेपछि बाँदरहरू बाँच्नकै लागि हुल, समूहमा राजमार्ग, सडकहरूमा आएका हुन्। तर यिनै बाँदरहरू अहिले राजमार्ग, सडकमा गुड्ने सवारीसाधनको ठक्करबाट अकालमा ज्यान गुमाइरहेका छन्। राजमार्ग भएर गन्तव्यतर्फ जाने कैयौं यात्रुले राजमार्ग आसपास आउने बाँदरहरूलाई बिस्कुट, चिउरा, भुजा, चाउचाउ, दालमोठलगायतका खानेकुरा दिने गरेका छन्। रमाइलो वा उनीहरूको भोको पेटलाई उद्धार गरेको जस्तो लागेर पनि यात्रुहरूले बा

सिम्रौनगढमा क्रिकेट प्रतियोगिता शुरू, उद्घाटन खेलमा वीरगंज क्रिकेट क्लब विजयी

Image
प्रस, सिम्रौनगढ, १४ मङ्सिर/ सिम्रौनगढ नगरपालिकाका प्रमुख विजयशङ्कर यादवले विश्वमा लोकप्रिय  क्रिकेट खेलको मुख्य आधार स्थानीयस्तर रहेको बताएका छन्। सिम्रौनगढ नगरपालिका–६ फूलबारी खेलमैदानमा आइतवार क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै नगरप्रमुख यादवले स्थानीयस्तरबाट नै खेलाडीहरू  राष्ट्रिय/अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त हुने हुँदा अभिरुचि राखेर खेल्न आग्रह गरे। उनले खेलका लागि नगरपालिकाले सहयोग गर्दै आएको र गरिरहने आश्वासन दिए। वडाध्यक्ष शङ्करसाह कानूको अध्यक्षतामा भएको उद्घाटन समारोहमा कङ्काली माविका प्रअ धु्रव कुशवाहा, नेपाल शिक्षक महासङ्घ सिम्रौनगढका संयोजक नुराजम सिद्धिकी, सिम्रौनगढ क्रिकेट क्लबका कप्तान मनिर सिद्धिकी, खेलाडी सञ्जय गुप्तालगायतले मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमको सहजीकरण अरविन्द महतो नुनियाले गरेका थिए। उद्घाटन खेल वीरगंज क्रिकेट क्लब र सिम्रौनगढ नयकाटोला क्रिकेट क्लबबीच भएको थियो। आज सम्पन्न खेलमा वीरगंज क्रिकेट क्लब ३६ रनअन्तरले विजयी भएको छ। निर्धारित १६ ओभरको खेलमा टस जिती पहिले ब्याटिङ गर्दै वीरगंजले सबै विकेटको क्षतिमा १५.३ ओभरमा १२७ रन बनाएको थियो। १२८

आमादेवीमा मेला लाग्यो, अन्य शक्तिपीठहरूमा नलाग्ने

Image
प्रस, पर्सागढी, १४ मङ्सिर/ पर्सागढी नगरपालिका–३ मा रहेको आमोदेवी मन्दिरमा कात्तिक पूर्णिमाको मेला धूमधाम र भीडभाडका साथ लागेको छ। मङ्सिर १५ गते कात्तिक पूर्णिमा परेकोले यसअघि नै वडा कार्यालयले कोरोना भाइरसको कारण सो दिन  यसपटकको कात्तिक पूर्णिमामा लाग्ने मेला आमादेवी मन्दिरमा नगर्न आग्रह गरेको थियो। वडाध्यक्ष उद्धवबहादुर  उप्रेतीले पूजा भीडभाड नगरी गर्न र मेला नलगाउन सबैलाई आग्रह गरेका थिए तर सोको बावजूद सोमवार हुने कात्तिक पूर्णिमाको लागि आइतवार मेला शुरू भएको छ। पर्सागढी नगरपालिकाको आमोदेवी र कोइलाभार मन्दिरमा कात्तिक पूर्णिमाको दिन ठूलो मेला लाग्छ। पर्सा, बारा र भारतबाट समेत मेला भर्न श्रद्धालुहरू आउने गर्छन्। यसपटक सीमा सिल भएको कारण भारतबाट आउने श्रद्धालुहरूको सङ्ख्या पातलिएको छ। तर पर्सा र बाराबाट श्रद्धालुहरू आएकाले ठूलो मेला लागेको छ। प्रस, सेढवा/ कोरोना भाइरसको कारण यसपटक पर्साको ग्रामीण क्ष्Fेत्रमा लाग्ने कात्तिक शुक्ल चतुदर्शीको मेला प्रभावित भएको छ। खासगरी वनसँग जोडिएका शक्तिपीठहरूमध्ये पाँचवटा शक्तिपीठमा यो मेला लाग्ने गरेको छ। जीराभवानी गापा–५ सुगीभारमाई, पटेर्वासुगौली गा

दीपनारायण माविमा सोमवारदेखि कक्षा सञ्चालन हुने

Image
प्रस, पंचगावाँ, १४ मङ्सिर/ सखुवाप्रसौनी गाउँपालिका–२ स्थित दीपनारायण आदर्श नमूना माविमा आइतवार सम्पन्न अभिभावकहरूको भेलाले कक्षा ८, ९ र १० सञ्चालनमा ल्याउने निर्णय गरेको छ। सरकारले तोकेको मापदण्ड पूरा गरी स्थानीय पालिकाले आफ्नो क्ष्Fेत्रका विद्यालयहरू सञ्चालन गर्न सक्ने निर्देशन गरेपछि सखुवाप्रसौनी गापामा रहेको दीपनारायण आदर्श माविका अभिभावकहरू भेला भएर आज निर्णय गरेका हुन्। कोरोनाको कारण लामो समयदेखि विद्यालय बन्द हुँदा अध्ययनमा समस्या भएको भन्दै अभिभावकहरूले माथिका कक्षाहरू सञ्चालन गर्ने निर्णय गरेका हुन्। आजको भेलाले जोर–बिजोर प्रणाली अन्तर्गत मास्क, सेनिटाइजर, थर्मल गनको प्रयोग गरी साबुन–पानीले हात धोएर सुरक्षा मापदण्ड अपनाइ सोमवारदेखि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको प्रअ शिवप्रसाद थारूले बताए।

दुव्र्यवहार गर्नेलाई कारबाई गर्न माग

प्रस, वीरगंज, १४ मङ्सिर/ नेपाल पत्रकार महासङ्घ प्रदेश नं २ का महासचिव किरणकुमार कर्णले विज्ञप्ति जारी गरी प्रतीक दैनिकका रौतहट संवाददाता एवं नेपाल पत्रकार महासङ्घ प्रदेश २ का सदस्य शैलेन्द्र झासँग सूचनाको हक माग्ने क्रममा गरिएको दुव्र्यवहार सम्बन्धमा कारबाई नभएकोमा भत्र्सना गरेको छ। पत्रकार झाले कात्तिक २४ गते कृषि ज्ञान केन्द्र रौतहटमा प्रक्रिया पूरा गरी सूचना माग गर्दा त्यहाँका निमित्त प्रमुख रवीन्द्रकुमार श्रीवास्तवले अभद्र व्यवहार गरेको र सो सम्बन्धमा हालसम्म जिल्ला प्रशासन कार्यालय रौतहट र सम्बन्धित निकायले घटना सम्बन्धमा छानबिन गर्ने र दोषीलाई कारबाई नगरेकोमा महासचिव कर्णले विज्ञप्ति प्रकाशित गरी भत्र्सना गरेका हुन्। उनले दुव्र्यवहारको घटनामा जिल्ला प्रशासन कार्यालयले छानबिन, अनुसन्धान गर्नुपर्ने जिम्मेवारी निर्वाह नगरेकोमा भत्र्सना गरेका छन्। उनले सूचनाको हकबाट कसैलाई पनि वञ्चित गर्न नहुने र सो सम्बन्धमा सूचना माग गर्ने व्यक्तिमाथि दुव्र्यवहार हुनु निन्दनीय घटना भएको भन्दै यस सम्बन्धमा जिल्ला प्रशासन कार्यालय र सम्बन्धित निकायलाई सूचना उपलब्ध गराउने वातावरण सृजना गराउन र दुव्र्य

जुवाडेहरू अझै प्रहरी अनुसन्धानमा

प्रस, निजगढ, १४ मङ्सिर/ बाराको जीतपुरसिमरा उपमहा नगरपालिका–२ सिमरास्थित होटल प्याराडाइज इनबाट जुवा खेलिरहेको अवस्थामा नगदसहित पक्राउ परेका १० जना छुटेका छैनन्। उनीहरूमाथि जिल्ला प्रहरी कार्यालय बाराले अनुसन्धान गरिरहेको जनाएको छ। बिहीवार राति जिल्ला प्रहरी कार्यालयको टोलीले छापामारी गर्दा ५ लाख ८२ हजार ५५० रुपैयाँसहित सो खेलमा प्रयोग भएका म्याट, पाउडर, कौडा १६ थान बरामद भएको जिप्रका बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए। “म्याद थप गरी अनुसन्धान गरिरहेका छौं,” प्रनाउ गौतमले भने। पक्राउ पर्नेहरूमा बाराको जीतपुरसिमरा उपमहानगरका ६ जना र बारा निजगढ नगरपालिकाका ४ जना छन्। यसरी ठूला होटलहरूमा जुवा खेलाउन सेटिङलगायत आवश्यक तयारी गर्ने समूह निजगढ, सिमरालगायतका स्थानमा वर्षौंदेखि सक्रिय छ। जुवा खेल्ने र खेलाउने नाउँमा बदनाम बन्दै गइरहेको निजगढ नगरपालिकाको भरतगंजसिगौंल र सिमानापारि बारा, रौतहटको सीमानजीकै मकवानपुर चुरे पहाडफेदको बस्ती रजुवामा इलाका प्रहरी कार्यालय निजगढका तत्कालीन प्रहरी निरीक्षक विक्रम लामाले छापा मारी १८ जनाभन्दा बढीलाई नगद र खेलमा प्रयोग हुने सामग्र

सालको काठ र साइकल बरामद

प्रस, बिरुवागुठी, १४ मङ्सिर/ सबडिभिजन वन कार्यालय बडनिहारले पर्सागढी नगरपालिका–३  पुनीत पुलनजीकबाट पाँच थान सालको गोलिया र पाँच थान साइकल बरामद गरेको छ। सबडिभिजन वन कार्यालय बडनिहारका जमदार रामाशिषप्रसाद कुर्मी नेतृत्वको गस्ती टोलीले सो काठ बरामद गरेको हो। वनगस्ती टोलीलाई देखेर तस्करहरू भागेको जमदार कुर्मीले बताए। बरामद काठलाई सबडिभिजन वन कार्यालय बडनिहारमा राखिएको छ।

अमेरिका र नेपाल

Image
      कुमार रुपाखेती स्व राजा महेन्द्रको पालादेखि नै नेपाल र अमेरिकाको सम्बन्ध प्रगाढ हुँदै आएको हो। त्यसअघि राणाकालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले बेलायत भ्रमण गरी नेपाल चिनाउने प्रयत्न गरेका थिए। २०४७ सालदेखि नै नेपालमा सक्रिय राजतन्त्र समाप्त भएको हो। माउन्ट एभरेस्ट (सगरमाथा) नेपालमा छ भन्ने हेक्का धेरै अमेरिकीलाई रहेछ। केहीलाई गौतम बुद्ध नेपालका धरोहर हुन् र सगरमाथामा पहिलो पाइला टेक्ने तेन्जिङ नोर्गे शेर्पा नेपाली नागरिक थिए भन्ने सामान्य ज्ञान रहेछ। कुनै बखत नेपालमा राजतन्त्र थियो भन्ने ज्ञान राख्ने अमेरिकीहरूलाई नेपालको वर्तमान शासन बागडोर कसको हातमा छ भन्ने जानकारी छैन। राजा महेन्द्र र वीरेन्द्रका नाम र काम सुन्ने यहाँ धेरै रहेछन्। केहीलाई नारायणहिटी हत्याकाण्डबारेसमेत जानकारी रहेछ। भारेटाकुरे नेताहरूको कुरा छोडौं, सरकारीस्तरमा बाहेक ओली, प्रचण्ड, बाबुराम, माधव नेपाल, शेरबहादुर को हुन् भन्ने पहिचान आम अमेरिकीमा छैन। बरु अचेल पूर्वराजाका खानदान सदस्यहरू के गर्दछन् भन्ने जिज्ञासा केही अमेरिकीमा रहेछ। पूर्वराजा ज्ञानेन्द्र र पारसलाई यहाँ कसैले चिन्दैन। नेपाल सरकारले वर्तमान नेप

श्री गुरुनानक देवजी तथा उनका शिक्षाहरू

Image
      जसपाल सिंह इक ओंकार, सतनाम, करता पुरख, निरभऊ, निरवैर, अकाल मूरत अजूनी सैभं गुर प्रसाद।। एक परमात्मा, जसको नाम सत्य हो, कृति गर्ने पुरुष निर्भय, द्वेषरहित अकाल मूर्ति–सनातन छवि–अजन्म     स्वयम्भू–स्वयंबाट उत्पन्न–गुरु–कृपाले प्राप्त। श्री गुरुनानक देवजीका तीनवटा सबैभन्दा ठूला शिक्षा किरत करो, इमानदारीले कर्म र श्रम गर, नाम जपो, प्रभुको नाम जप, वंड छको, बाँडेर खाऊ। श्री गुरुनानक देवजीका तीनवटै ठूला शिक्षाले मानवजीवनलाई खुशियाली तथा प्रसन्नताले बाँच्ने मन्त्र दिन्छ। यी शिक्षाहरू हुन्– कर्म गर्नु, नाम जप्नु तथा बाँडेर खानु। आज यिनै तीन मन्त्रमा सिख धर्म चलेको छ। यो शिक्षा कर्मसँग जोडिएका छन् तथा कर्ममा श्रेष्ठता ल्याउने बाटोमा डो–याउँछ। अर्थात् मनलाई बलियो, कर्मलाई इमानदार तथा कर्मफलको सही प्रयोगको शिक्षा दिने गर्दछ। यसले एकाग्रता तथा परोपकारतिर पनि लैजाने गर्दछ। १. किरत करो, कर्म र श्रम गर अर्थात् इमानदार श्रमले आजीविका कमाउनु। श्रमको भावना सिख अवधारणाको केन्द्र हो। यसलाई स्थापित गर्नको लागि श्री गुरुनानक देवजीले जमीनदारको शानदार भोजनको तुलनामा कठिन श्रमको माध्यमले अर्जित बाक्लो भोज

विकलाङ्गता र शिक्षा

Image
      अनन्तकुमार लाल दास नेपाली शब्दकोश अनुसार विकलाङ्ग भनेको शरीरको कुनै अङ्ग बेकम्मा भएकोलाई जनाउँछ। विकलाङ्गहरूको लागि शिक्षाको विशेष व्यवस्था हुनुपर्छ तर उनीहरूलाई शिक्षित गर्न सबैभन्दा ठूलो कठिनाई उनीहरूलाई बच्चा ठान्नु हुनेगर्छ। हामीले उनीहरूका लागि ‘मोटो केटा’ वा ‘मन्दबुद्धि केटी’जस्ता शब्दहरूको प्रयोग गर्छौ। तर बुझ्नुपर्ने कुरो के हो भने विकलाङ्ग केटा वा केटी सबैभन्दा पहिले एउटा बच्चा हो। यो यस कारणले कि विकलाङ्गताबारे हाम्रो दृष्टिकोण चिकित्सीय वा मेडिकल बढी छ। यस कारणले पनि होला समाजमा विकलाङ्ग केटाकेटीहरूलाई लुकाउने चलन छ। यस्तो आज पनि देखिन्छ तर यो साधारण कुरो होइन। हुनत आज पनि यस्ता धेरै परिवार छन्, जसका केटाकेटी गम्भीर रूपले विकलाङ्ग छन् तर न उनीहरू यसबारे कुरा गर्छन्, न केटाकेटीहरूलाई नै केही गर्न दिन्छन्। यस्तो यस कारणले पनि हुन्छ कि उनीहरू त्यस्ता केटाकेटीहरूलाई बाहिरी दुनियाँबाट बचाएर सुरक्षित राख्न चाहन्छन् वा उनीहरूसँग संसाधनको अभाव हुन्छ। कैयनपटक अरूले के भन्छन् भन्ने डरले पनि हुन्छ। तिनीहरूलाई सहयोगको आवश्यकता हुन्छ तर समस्या बुझेर सहयोग गर्ने मानिसक

कृषि ज्ञान, सीप र कला

प्रकृतिले संसारमा जे जति चीजहरू दिएको छ, ती सबै मानव जीवनोपयोगी छन्। मानव जाति हरेक चीज वस्तुलाई आफूअनुकूल प्रयोग गर्न खोज्छन्। यसरी प्रयोग गर्नका लागि सीप, कला तथा सोसम्बन्धी ज्ञान चाहिन्छ। आफ्नो अक्षमताका कारण प्राकृतिक सम्पदालाई प्रयोग गर्न नसक्ने वा नजान्नेहरू आफ्नो कमजोरी देख्दैनन् र दोषारोपण गरेर चित्त बुझाउने गर्छन्। आफूले प्राप्त गर्न नसकेपछि ‘अङ्गुर अमिलो’ भनेर चित्त बुझाउने वा दोषारोपण गर्ने मानवीय स्वभाव नै हो। अरूलाई दोष मात्रै दिने मानिस कहिल्यै सुखी र खुशी हुन सक्दैन। जसले आफ्नो कमजोरीको समीक्षा गर्दैन, उसले सधैं अर्को पक्षको मात्रै दोष देख्छ। जबसम्म आफ्नो कमजोरी वा दोष आफैंले स्वीकार गर्दैन, तबसम्म भूल सुधार हुँदैन। विगतका कमीकमजोरी सच्याउँदै भूल सुधार गरिएन भने सफलता हात लाग्न सक्दैन। कृषि क्षेत्रमा क्रियाशील मानवले त झन् प्रकृतिसँग मितेरी गाँस्नुपर्ने हुन्छ। प्रकृतिप्रदत्त मौसम, हावापानी, माटोको अवस्था अनुसार खेती गर्न सक्ने किसानहरू सधैं सफल छन्। उनीहरूको जीवन खुशी र सफल छ। तर जसलाई यसबारे ज्ञान र सीप छैन, उससँग प्रशस्त जमीन भएपनि जीवन दुःखी छ, र वैकल्पिक पेशाका लागि

२०७७ मङ्सिर १४ गते आइतवारको प्रतीक दैनिक

Image
 

बगरको बेसारखेतीले किसानमा जगायो आशा

Image
प्रस, गरुडा, १३ मङ्सिर/ सर्लाही र रौतहटको करीब सीमा नदीको रूपमा रहेको वाग्मतीको बगरमा बेसारखेती मौलाएको छ। बगरको बलौटे माटोमा उपयुक्त हावापानी पाएपछि बेसारखेती निकै फस्टाएकोले किसानहरू खुशी देखिएका छन्। बगरमा उखु, केरा, परवल तथा बदाम खेती फस्टाउने गरेको किसानहरू बताउँछन्। यस वर्ष वर्षाको समयमा औसतभन्दा बढी पानी परेकोले उखु, परवल, सखरखण्ड र बदाम खेती खासै नफस्टाएको तर बेसारखेती भने औसतभन्दा राम्रो भएको रौतहटको गढीमाई नगरपालिका–७ का राजिन्दर साहको भनाइ छ। वाग्मती नदीको पूर्व सर्लाही र पश्चिम रौतहटका विभिन्न स्थानीय तहका किसानले बगरमा बेसारखेती गरेका छन्। सर्लाहीको धनकौल र रामनगर गाउँपालिका तथा रौतहटको गढीमाई र माधवनारायण नगरपालिकाका किसानले बगरमा गरेको बेसारखेती फस्टाएको हो। सर्लाहीको वाग्मती, बरहथवा तथा रौतहटको वृन्दावन नगरपालिकाका किसानले बगर र आसपासमा लगाएको बेसारखेती औसत वर्षभन्दा राम्रो देखिएको छ। रौतहटको गढीमाई नगरपालिका–२ का कामेश्वर सहनीले दाजुभाइ मिलेर आफूले डेढ बिघाभन्दा बढी क्षेत्रफलमा बेसारखेती गरेको बताउँदै गाउँका किसानले पचासौं बिघाभन्दा बढीमा बेसारखेती गरेको बताए। किसानको

जगदम्बा स्टीलमा विस्फोट, ४ जना घाइते

Image
प्रस, वीरगंज, १३ मङ्सिर/ बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरास्थित जगदम्बा स्टील प्रालिको फलाम गलाउने भट्टीमा शनिवार बिहान विष्फोट हँुदा चारजना कामदार घाइते भएका छन्। घाइते हुनेहरूमा भारतीय नागरिक २६ वर्षीय नैमुद्दीन आलम, ४८ वर्षीय जनकदेव यादव, सर्लाहीका विकिन्द्र यादव र मुकेश साह घाइते भएको बताइएको छ। घाइतेहरूमध्ये विकिन्द्र यादवको अवस्था गम्भीर छ। घाइतेहरूको उपचार नेशनल मेडिकल कलेज वीरगंज, तराई अस्पताल सिमरा र वीरगंज हेल्थकेयरमा भइरहेको छ। फलाम गलाउने भट्टीमा आज बिहान १ बजे विष्फोट भएको थियो। रातीको समय भएकोले थोरै कामदार खटेका थिए।

भोजपुरी उपन्यास ‘रहस्य के गेठरी’को विमोचन

Image
प्रस, परवानीपुर, १३ मङ्सिर/ भोजपुरी भाषाको उपन्यास ‘रहस्य के गेठरी’को शनिवार विमोचन गरिएको छ। रेडियो वीरगंज परिसरमा उपन्यासकार गोपाल अश्कले उक्त कृतिको विमोचन गरेका थिए। ग्रामीण जनजीवनलाई सामान्य कथावस्तुले समेटिएको सो उपन्यास भोजपुरी साहित्य पारखीहरूको मन छुने अश्कले बताए। पुस्तकको मूल्य रु १५० राखिएको र पहिलो संस्करणमा १ हजार प्रति प्रकाशन भएको लेखक छोटेलालप्रसाद साहले जानकारी गराए। पूर्व निजामती कर्मचारी साहको अहिले साहित्यमा संलग्नता बढेको छ। यसअघि उनका दुईवटा कृति प्रकाशित भइसकेका छन्। निजामती सेवामा रहँदै उनी २०३६ सालदेखि साहित्य विधामा लागेका हुन्। विमोचन कार्यक्रममा डा विश्वम्भर शर्मा, भोजपुरी एकेडेमी कलैयाका संस्थापक रामप्रसाद साह, लेखक प्रमोदकुमार पाण्डे, अजमत अलि, ऋतुराज, विनोद तिमिल्सिना, डा बिकाउ गिरीलगायतको सहभागिता थियो। उपन्यासको छपाइ वीरगंजस्थित प्रतीक प्रकाशन समूह प्रालिमा भएको लेखक साहले बताए।

वीरगंज जेसीजको अध्यक्षमा रञ्जन राउत सर्वसम्मत

Image
प्रस, वीरगंज, १३ मङ्सिर/ वीरगंज जेसीजको सन् २०२१ को लागि अध्यक्षमा रञ्जन राउत सर्वसम्मत निर्वाचित भएका छन्। वीरगंज जेसीजको सचिवालयमा शनिवार सम्पन्न ४८औं साधारणसभाबाट राउत सर्वसम्मत अध्यक्ष चयन भएको निर्वाचन अधिकृत शेखर चौधरीले बताए। यसैगरी, चारजना उपाध्यक्षमा गिरिश ढुङ्गेल, प्रकाश शर्मा, सुखसागर गौरो र स्वेच्छा रौनियार पनि सर्वसम्मत भएका छन्। त्यस्तै, कार्यकारिणी उपाध्यक्षमा विजय अग्रवाल र त्रिलोकी साह सर्वसम्मत निर्वाचित भएको निर्वाचन अधिकृत चौधरीले बताए। यसअघि ४८औं साधारणसभा अध्यक्ष मुकेश सिंहको अध्यक्षतामा भएको थियो। साधारणसभा उद्घाटन समारोहमा पूर्वअध्यक्षहरू पशुपतिविक्रम शाह, उषा शाह, मधु राणा, डा दीपक शाक्य, निशान्त लामिछाने, अमर गौतम, अशोक गुप्ता, दिलीप ढुङ्गेल, मनीष श्रेष्ठ, बद्री अधिकारीलगायतले मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा सहजीकरण पूर्वअध्यक्ष्F सन्तोष खनालले गरेका थिए। नवनिर्वाचित अध्यक्ष राउतले शनिवार नै महासचिव अजय चौधरी, कोषाध्यक्ष अरविन्द श्रेष्ठ र कानूनी सल्लाहकारमा अमृत गौरोलाई मनोनीत गरेका थिए।

दिनेश मेमोरियलको उद्घाटन खेलमा सत्यम पब्लिक विजयी

Image
प्रस, वीरगंज, १३ मङ्सिर/ बाराको प्रसौनीमा शनिवारदेखि दिनेश मेमोरियल टी–ट्वान्टी क्रिकेट प्रतियोगिता शुरू भएको छ। उद्घाटन खेलमा सत्यम पब्लिक कलेज वीरगंजले बहुअरी क्रिकेट क्लब बारालाई ७९ रनअन्तरले पराजित गरेको थियो। पहिले ब्याटिङ गरेको सत्यम पब्लिक कलेजले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाएर १८७ रन बनाएको थियो। प्रतिउत्तरमा बहुअरी क्रिकेट क्लब १७ ओभरमा सबै गुमाइ १०७ रनमा सीमित भयो। आजको खेलको ‘म्यान अफ दी म्याच’ सत्यम पब्लिक कलेजका मिथिलेश कुमार घोषित भए। प्रतियोगिताको उद्घाटन स्व दिनेश प्रसादकी पत्नी मञ्जु देवीले गरेकी थिइन्।

बालिका बलात्कार गर्ने बालकलाई ६ महीना कैद

प्रस, सप्तरी, १३ मङ्सिर/ साढे तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १४ वर्षीय एक बालकलाई सप्तरी जिल्ला अदालतले ६ महीना कैद सजायको फैसला गरेको छ। जिल्ला न्यायाधीश चन्द्रमणि ज्ञवालीको एकल इजलासले शुक्रवार अबेर सो निर्णय गरेको अदालतले जनाएको छ। खेल्ने क्रममा २०७६ भदौ ६ गते आरोपित बालकले साढे ३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेको थियो। पीडितकी आमाले थाहा पाएपछि इलाका प्रहरी कार्यालय कडरबोनामा उजूरी दिएकी थिइन्। प्रहरीले घटनाको भोलिपल्टै आरोपितलाई पक्राउ गरी उजूरी दर्ता गरेएको थियो। जिल्ला अदालतको इजलासले आरोपित बालकलाई पुर्पक्षका लागि २०७६ भदौ १९ गते बालसुधार गृह वीरगंज पठाउने आदेश दिएको थियो।

पोखरियाका ६ वटा पसललाई जरिवाना

Image
प्रस, पोखरिया, १३ मङ्सिर/ वाणिज्य कार्यालय पर्सा वीरगंजको अगुवाइमा पोखरिया नगरपालिकाको बजारमा शनिवार अनुगमन भएको छ। वाणिज्य कार्यालयका प्रवीण पोखरेल, जिल्ला प्रशासन कार्यालयका नारायण अर्याल, इलाका प्रहरी कार्यालय पोखरियाका सन्तोष यादव र उपभोक्ता हकहित संरक्षण मञ्च पोखरियाका ललन पटेल सम्मिलित टोलीले पोखरिया बजारका पसलहरूको अनुगमन गर्दा ६ वटा पसललाई जरिवाना गरेको हो। मूल्यसूची नराखेका, ग्राहकलाई खरीद बिल नदिएका, पसलको छाप नबनाएका पाँचवटा किरानापसल र एकवटा सप्लायर्सलाई जरिवाना गरिएको मञ्चका पटेलले बताए। अजय किराना, रोशन किराना, अदिति किरानालगायत पाँचवटा किरानापसललाई जनही ५/५ हजार र भूपेन्द्र सप्लायर्सलाई २० हजार रुपैयाँ जरिवाना गरिएको छ। अनुगमन टोली पोखरिया आएको सूचना पाएपछि बजारका ९५ प्रतिशत पसल बन्द गरिएको थियो। खुलेका ५ प्रतिशत पसलको अनुगमन गरिएकोमा ६ वटा पसललाई कारबाई गरिएको हो।