Posts

Showing posts from September, 2020

२०७७ असोज १५ गते बिहीवारको प्रतीक दैनिक

Image
 

हुलाकी सडकमा पप्पुको बेतुकको काम

Image
प्रस, वीरगंज, १२ असोज/     हुलाकी सडक अन्तर्गत वीरगंज–ठोरी सडकखण्ड मध्ये ३० किलोमिटर सडक निर्माणको जिम्मा पाएको अमर/ कन्टेक्ट/पप्पु जेभी निर्माण सेवाले विनातुकको काम गरिरहेको स्थानीयले आरोप लगाएका छन्। वीरगंजको लक्ष्मणवा चोकदेखि जीराभवानीको चमरीटोलसम्म ३० किलोमिटर सडक विस्तार गर्न जिम्मा पाएको पप्पु कन्स्ट्रक्शनले आवश्यक ठाउँमा कालोपत्र नगरी पहिलेदेखिको राम्रो कालोपत्र भत्काएर पुनः कालोपत्र गरिरहेको देखेर स्थानीयहरूले विनातुकको काम गरिरहेको आरोप लगाएका छन्।     सोही सडकखण्ड अन्तर्गत बहुअर्वाभाठादेखि चमरी खोलासम्म निर्माणाधीन अवस्थामा रहेको सडक स्तरोन्नति नगरी वीरगंज–पोखरिया सडकखण्डको बहुअर्वाभाठादेखि तिलावे पुलसम्मको कालोपत्रे भत्काएर पुनः कालोपत्र गरेको देखेर स्थानीयहरू छक्क परेका छन्। पप्पु कन्स्ट्रक्शनले अहिले भत्काएकोे कालोपत्र २०७४ सालमा ठेकेदार कम्पनीले निर्माण गरी हस्तान्तरण गरेका थिए।     कालोपत्र नभएको ठाउँमा सडक सुधार गर्नुको साटो राम्रो अवस्थामा रहेको सडक भत्काएर हिलाम्य र धूलाम्य बनाएको छ। सो सडकमा हिंड्ने जोकोहीले पनि भएको कालोपत्र भत्काएको देख्दा ठेकेदार कम्पनीलाई धिकार्न

वैकल्पिक शिक्षाभन्दा विद्यालय खोल्न जोड

Image
प्रस, पोखरिया, १४ असोज/     सामुदायिक विद्यालय सञ्चालन गर्न अभिभावकहरूले जोड दिएका छन्। सरकारले सामुदायिक विद्यालयमा वैकल्पिक माध्यम अपनाएर शिक्षा प्रदान गर्नका लागि निर्देशन दिएपछि वैकल्पिक शिक्षाको लागि सर्भे गरिरहेका शिक्षकहरूलाई अभिभावकहरूले विद्यालय सञ्चालन गर्न आग्रह गरेका हुन्।     अभिभावकहरूले विद्यालय सात महीनादेखि बन्द भएको अवस्थामा नानीहरू घरमा नबस्ने, साथीभाइसँग खेल्न व्यस्त हुने, केही घरायसी काममा लागेका र वैकल्पिक शिक्षाका लागि अधिकांश परिवारमा टिभी, मोबाइल, रेडियो नभएकाले विद्यालय सञ्चालन गरेर शिक्षा प्रदान गर्न आग्रह गरे।     पर्सा जिल्ला कालिकामाई गाउँपालिका–१ मुडलीका रमेश डोमले वैकल्पिक शिक्षामा आफ्नो टोलका अधिकांशको पहुँच नभएकोले विद्यालय सञ्चालन गर्न आग्रह गरे। उनले कोरोना सङ्क्रमणका कारण विद्यालय सञ्चालन नगर्ने हो भने ठीक छ नत्र वैकल्पिक शिक्षाबाट आफ्ना नानीहरूले लाभ लिन नसक्ने बताए।     विद्यालयमा बालबालिका, शिक्षकहरूको मात्र सहभागिता हुने हँुदा सङ्क्रमणको जोखिम न्यून भएको उनको तर्क छ। यसै पनि विद्यालय बन्द भएको अवस्थामा नानीहरू घरमा नबस्ने, खेतखलियानमा काम गर्ने,

वैकल्पिक शिक्षा सञ्चालन गर्न नपाको अनुरोध

Image
बलिराम शुक्ला, बिरुवागुठी, १४ असोज/     कोरोना महामारीका कारण चैत ११ गतेदेखि बन्द रहेका पर्सागढी नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरू वैकल्पिक शिक्षा सहजीकरण प्रणालीबाट सञ्चालन गर्न नगरपालिकाले अनुरोध गरेको छ।     पर्सागढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सालिकराम ढकालले जारी गरेको विज्ञप्ति अनुसार नेपाल सरकार शिक्षा तथा प्रविधि मन्त्रालयले जारी गरेको वैकल्पिक शिक्षा प्रणालीबाट विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका–२०७७ बमोजिम विद्यालयमा विद्यार्थीहरूलाई सिकाइ सहजीकरण गर्न/गराउन भनिएको छ।     यता लामो समयदेखि विद्यालय बन्द हुँदा विद्यार्थीहरूको पठनपाठनमा गम्भीर असर परेको अभिभावकहरूले गुनासो गरे।     नेपाल शिक्षक महासङ्घ, पर्सागढी नगरपालिकाका अध्यक्ष रामबहादुर चौधरीले वैकल्पिक शिक्षा प्रणाली विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ बमोजिम ग्रामीण भेगमा सिकाइ कार्यक्रम प्रभावकारी हुन नसक्ने बताए।     प्रतीकसँग कुरा गर्दै उनले विद्यार्थीहरूको आर्थिक अवस्था कमजोर रहेको र सम्पूर्ण विद्यार्थीको घरमा रेडियो, टिभी, मोबाइल, इन्टरनेट नभएकोले वैकल्पिक शिक्षा प्रणाली प्रभावकारी नहुने बताए।

सङ्क्रमित महिलाले छोरा पाइन्, कोभिड बिरामीको उपचारको व्यवस्था वीरगंज हेल्थकेयरमा

प्रस, वीरगंज, १४ असोज/     कोरोना सङ्क्रमित महिलाको शल्यक्रिया गरी बच्चा जन्मिएको छ।     वीरगंज, रामगढवा निवासी २५ वर्षीया महिलाको वीरगंज हेल्थकेयरमा बुधवार बिहान ६ बजेर ४० मिनेटमा शल्यक्रियामार्फत् छोरा जन्मिएको अस्पतालका अध्यक्ष डा अबुलहैस अन्सारीले जानकारी दिए। अहिले आमा र छोराको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।     गर्भवती महिला सङ्क्रमित भएपछि नेशनल मेडिकल कलेज कोभिड अस्पतालले भर्ना लिन नमानेपछि घरमैं अक्सिजन लिंदै उपचार गराइरहेकी थिइन्।     सो घटना समाचारमा आएपछि नारायणी अस्पतालले एम्बुलेन्स पठाइ भर्ना लिएको थियो। नारायणी अस्पतालबाट उनलाई वीरगंज हेल्थकेयरमा पठाइएको थियो र त्यहाँ उनको शल्यक्रियामार्फत् बुधवार बच्चा जन्मिएको हो।     नारायणी अस्पतालको पहल तथा जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको सहकार्यमा निजी अस्पतालमा सङ्क्रमित गर्भवती महिलाको शल्यक्रिया गरिएको मेडिकल सुपरिटेन्डेन्ट डा सञ्जय ठाकुरले बताए।     केही दिनअघि एकजना सङ्क्रमित मिर्गौला रोगीको वीरगंज हेल्थकेयरमा डायलोसिसको व्यवस्था गरिएको डा ठाकुरले बताए।     दुई दिनअघि जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकमा नेशनल

शिक्षामा नाटक भइरहेको छ

प्रस, वीरगंज, १४ असोज/     हालै सरकारले जारी गरेको वैकल्पिक शिक्षा प्रणालीमा तोकिएको कार्यप्रणाली सुन्नमा अति राम्रो लागे तापनि व्यवहारमा उतार्न धेरै कठिनाइ भइरहेको शिक्षकहरूले बताएका छन्।     विद्यालयहरूलाई मौखिक सूचनाको आधारमा टोलटोलमा गएर तथ्याङ्क सङ्कलन गर्न र पढाउन भनिए तापनि कुनै पनि प्रकारको पत्र विद्यालय वा शिक्षकहरूलाई नदिएको गुनासो उनीहरूले गरेका छन्। केही विद्यालयले शिक्षकहरूलाई सहयोग गर्नु भनी पत्र दिएका छन्। यस कुरालाई सम्बन्धित टोलका अभिभावकहरूले स्वीकार गरेका छैनन्।     एकजना शिक्षक रानीघाटमा पढाउन जाँदा प्रहरीले पत्र मागेको र ती शिक्षकसँग पत्र नहुँदा पढाउन दिइएन। अर्का एकजना  शिक्षकसँग अभिभावकहरूले तपाईंहरूको कोरोना बीमा सरकारले गरिदिएकोले तपाईंहरू ढुक्क हुनुहुन्छ तर हाम्रो सन्तानलाई कोरोना भएमा विद्यालय वा महानगरपालिका कसले उपचार खर्च बेहोर्ने भनी सोधेका थिए। यसैगरी, एकजना वडाध्यक्षले प्रहरीलाई फोन गरी शिक्षक टोलमा पढाउन आएका छन् के गर्ने भनी सोध्दा प्रहरीले जिल्ला प्रशासन कार्यालयलाई सोध्नु भनेको थियो।     अर्कोतर्फ जिल्ला प्रशासन कार्यालयले वैकल्पिक शिक्षा प्रणाली अँ

व्यावसायिक केराखेतीः सुगर फ्री केरा पनि उत्पादन

Image
प्रस, सेढवा, १४ असोज/     जीराभवानी गाउँपालिका–१ निवासी जितेन्द्र यादवले व्यावसायिक केराखेती शुरू गरेका छन्।     यादवले पाँच कट्ठा जग्गामा गत वर्षको कात्तिकमा पाँच सय केराको बोट रोपेका थिए। ११ महीनामा यादवले दुर्ई लाख मूल्यबराबरको केरा उत्पादन गरेका छन्।     उत्पादित केरा एक साताभित्र बेच्ने यादवले बताए। यादवले जी–९ प्रजातिको केरा रोपेका छन्। साथै सोही प्रजातिका दशवटा सुगर फ्री केरा पनि रोपेका छन्। यादवले प्रतिदर्जन रु ३५ मा केरा व्यापारीलाई बेच्ने योजना बनाएका छन्।     ५ कट्ठा बलौटे जग्गामा अन्य बाली उत्पादन नहुने भएपछि उनले थप १ बिघा १५ कट्ठा जग्गामा करीब साढे तीन हजार केराको बोट रोपेका छन्। यादवले ५ वर्षदेखि व्यावसायिक कुखुरापालन पनि गर्दै आएका छन्।

मापदण्ड भित्र रहेर खोलामा जान अनुमति

Image
प्रस, निजगढ, १४ असोज/     निजगढ लालबकैया खोलामा आश्रित परिवारलाई निर्धारित मापदण्डभित्र रही खोलामा जान अनुमति पाएको छ।     वर्षाको समय सकेर पनि नदीजन्य पदार्थ उत्खनन गर्न रोक लागिरहँदा खोलामा आश्रित परिवारलाई बिहान र बेलुकी छाक टार्न समस्या भएको भन्दै सडक अवरुद्ध आन्दोलन शुरू भएको थियो।     निजगढ नगरपालिकाले मङ्गलवार बोलाएको स्थानीय श्रमिक, मजदूर, ट्याक्टर ढुवानी व्यवसायी, क्रसर उद्योगी, ठेकदारसहितको छलफलमा तत्कालका लागि सो समस्या समाधान भएको निजगढ नगरपालिकाले जनाएको छ। आइइई रिपोर्टमा उल्लेख भएको मापदण्ड अनुसार नगरपालिकाले तोकेको क्षेत्रबाट स्थानीय मजदूरहरूद्वारा हाते औजार प्रयोग गरी नदीजन्य पदार्थ उत्खनन, सङ्कलन गर्न पाउने सहमति भएको हो। यसरी सङ्कलन गरिएका नदीजन्य पदार्थ नगरपालिकामा कर तिरी स्थानीय ट्याक्टर प्रयोग गरेर खरीद तथा ढुवानी पैठारी गर्न दिन सहमति भएको छ।     सो सहमतिलाई निजगढ कार्यपालिकाको बैठकबाट अनुमोदन भएपछि तोकिएको क्षेत्रबाट नदीजन्य पदार्थ उत्खनन, सङ्कलन गर्न दिइने निर्णय भएको जनाइएको छ। कानूनी अड्चनलाई समेत मध्यनजर गर्दै सर्वपक्षीय सरोकारवालासँग छलफल गरी तत्कालीन समस्य

सूर्य नेपाल प्रालिद्वारा नपालाई एम्बुलेन्स हस्तान्तरण

दमौली, १४ असोज/रासस     बहुराष्ट्रिय कम्पनी सूर्य नेपाल प्रालिले तनहुँको शुक्लागण्डकी नगरपालिकालाई एम्बुलेन्स सहयोग गरेको छ। बाराको सिमरामा मुख्य कारखाना रहेको प्रालिको शुक्लागण्डकी नगरपालिका–७ शेराटारस्थित चुरोट कारखानाका व्यवस्थापक बाबुराम कार्कीले मङ्गलवार नगरप्रमुख किसान गुरुङलाई महिन्द्रा कम्पनीको एम्बुलेन्सको साँचो हस्तान्तरण गरेका हुन्।     भन्सार छुटमा ल्याइएको एम्बुलेन्सलाई रु १० लाख ५० हजार परेको कार्कीले जानकारी दिए। सामाजिक उत्तरदायित्व बहन गर्दै यस क्षेत्रका ग्रामीण भेगका सर्वसाधारणलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउन नगरपालिकालाई एम्बुलेन्स सहयोग गरिएको कार्कीले बताए।     नगर क्षेत्रभित्र समयमैं अस्पताल पु–याउनुपर्ने बिरामीलाई एम्बुलेन्स अति उपयोगी हुने नगरप्रमुख गुरुङले बताए। हाल नगरपालिकाले खैरेनीटार स्वास्थ्यचौकीमा सञ्चालनमा ल्याउन लागेको पाँच शय्याको अस्थायी कोभिड अस्पतालमा उक्त एम्बुलेन्स प्रयोग गरिने गुरुङले जानकारी दिए।     शुक्लागण्डकी नगरपालिकाले खडा गरेको कोरोना सङ्क्रमण रोकथाम नियन्त्रण र उपचार कोषमा गत जेठ महीनामा सूर्य नेपालले रु १० लाख सहयोग गरेको थियो। सूर्य

उखु किसानले पाउने भए भुक्तानी

सर्लाही, १४ असोज/रासस     जिल्लाका उखु किसानले पाउनुपर्ने सरकारी अनुदानबापतको रकम जिल्लामा पठाइएको छ। सर्लाहीका उखु किसानका लागि रु २१ करोड ३४ लाख ९५ हजार निकासा भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ।     “उखु किसानका लागि सरकारले पठाउनु पर्ने रु २१ करोड ३४ लाख ९५ हजार निकासा भएको छ, अझै २.५ प्रतिशत बजेट कम निकासा हुन बाँकी छ,” कोलेनिका प्रमुख जगतप्रसाद थपलियाले बताए। गत आर्थिक वर्षमा किसानहरूले पाउनुपर्ने रकम कृषि तथा पशुपक्षी विकास मन्त्रालयले यस वर्ष पठाएको हो।     जिल्लाको सर्भे अनुसार उखु किसानका लागि रु २१ करोड ७९ लाख ३८ हजार ६५ निकासा हुनुपर्ने थियो। आव २०७७/७८ को बजेट वक्तव्यमा अर्थ मन्त्रालयले मुलुकभरका उखु किसानलाई दिनुपर्ने सरकारी अनुदानका लागि रु ९५ करोड छुट्टयाएको थियो।     हाल सो रकम दामासाहीका हिसाबले जिल्लागतरूपमा निकासा गर्दा २.५ प्रतिशतले कमी रकम सर्लाही आएको हो। केही दिनभित्रै जिल्ला भुक्तानी समितिको बैठक बसेर किसानलाई भुक्तानी गर्नका लागि आवश्यक प्रक्रिया अगाडि बढाइने कोलेनिका प्रमुख थपलियाले बताए।     बजेट कम भएकाले एकसरो भ्याएजति किसानलाई भुक्तानी सक्ने

बजारमा भीडभाड बढेपछि प्रहरीद्वारा कडाइ

Image
प्रस, वीरगंज, १४ असोज/     वीरगंज महानगरपालिकामा साउन १० गतेदेखि निषेधाज्ञा जारी छ। सो निषेधाज्ञा असोज १५ गतेसम्म बढाइएको छ। गत भदौ १९ गतेदेखि पसल, व्यवसाय सञ्चालन क्रमिकरूपमा खुकुलो पारिएको छ।     अहिले बिहान ११ देखि अपराह्न ४ बजेसम्म पसल, व्यवसाय सञ्चालनको समय लागि तोकिएको छ। सैलुन, ब्युटिपार्लर, सिनेमाघर, विद्यालय, मठमन्दिर, मस्जिद आदि अहिलेसम्म खुला गरिएको छैन। तरकारी बजार घण्टाघरदेखि पूर्व रेलवे सडकमा तोकिएको छ। कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र पर्साको आदेशमा वीरगंजमा निषेधाज्ञा लागेको हो। तर निषेधाज्ञा लागेको अवधिमा अहिले बिस्तारै सिनेमाघरबाहेक सबैथोक खुल्ने क्रम जारी छ।     आधिकारिकरूपमा विद्यालय सञ्चालनमा नआए पनि केही सामुदायिक विद्यालयले टोल शिक्षाको नाममा विद्यालयमा कक्षाकोठाभित्र अध्ययन गराउँदै आएको शिक्षकहरूले बताएका छन्। यसैगरी, सैलुन, ब्युटिपार्लर, मठमन्दिर, मस्जिद पनि अघोषितरूपमा सञ्चालनमा छन्। पछिल्लो समयमा वीरगंजमा सबैखाले पसल, व्यवसाय सञ्चालनमा आएर भीडभाड बढेपछि प्रहरीले साँझ ५ बजेपछि बन्द गराउन थालेको छ। मङ्गलवार प्रहरीले वीरगंज महानगरका सबैजसो वडामा प्रहरी परिचालन

प्रहरीलाई स्वास्थ्य सामग्री वितरण

Image
प्रस, वीरगंज, १४ असोज/     पावरहाउस चोकमा रहेको दृष्टि आँखा अस्पतालले बुधवार एक कार्यक्रमको आयोजना गरी वडा प्रहरी कार्यालय, श्रीपुरलाई स्वास्थ्य सामग्री वितरण गरेको छ।     कोरोनाबाट जोगिनको लागि अस्पतालका अध्यक्ष विश्वराज गौतमले वडा प्रहरी कार्यालय, श्रीपुरका प्रहरी निरीक्ष्Fक दीपककुमार साहलाई इम्युनिटी पावर बढाउने औषधि, मास्क, सेनिटाइजर वितरण गरेको अस्पतालले जनाएको छ।     कार्यक्रममा अस्पतालका मेडिकल डाइरेक्टर हरि शर्मा, वडाध्यक्ष तूफान अन्सारी, वीरगंज युवा समाजका कमल चौगाईं तथा दृष्टि विशेषज्ञ डा मुकेश यादवको उपस्थिति थियो।

२१ जना सङ्क्रमित पुष्टि

प्रस, वीरगंज, १४ असोज/     पर्सा, बारा, मकवानपुर र रामेछापका गरी २१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।     नारायणी अस्पतालको प्रयोगशालामा पिसिआरबाट १९२ जना र जिन एक्सपर्टबाट ६ जनाको परीक्षण गर्दा २१ जनामा सङ्क्रमण देखिएको जिल्ला प्रशासन कार्यालय, पर्साले जनाएको छ।     बारामा पिसिआरबाट ५ र जिन एक्सपर्टबाट २ जना गरी ७ जना, मकवानपुर, रामेछापका १/१ जना र वीरगंज महानगरपालिकाका ७ जना तथा ठेगाना यकीन नभएका ५ जना गरी २१ जना सङ्क्रमित पुष्टि भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विनयकुमार श्रीवास्तवले बताए।

बाघको आक्रमणबाट एकजनाको मृत्यु, दुर्ईजना घाइते

प्रस, रौतहट, १४ असोज/     रौतहटमा बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको छ भने दुर्ईजना घाइते भएका छन्।     चन्द्रपुर नगरपालिका–६ का २७ वर्षीय सङ्गम भण्डारीको बाघको आक्रमणबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रपुरका प्रनाउ हेमबहादुर शाहीले जानकारी दिए। भण्डारीको कम्मरभन्दा तलको भाग बाघले खाएको अवस्थामा जङ्गलमा फेला परेको प्रनाउ शाहीले बताए।     बाघको आक्रमणबाट घाइते हुनेमा चन्द्रपुर–६ का २८ वर्षीय अशोक थापा र ३५ वर्षीय प्रवीण श्रेष्ठ रहेका छन्। उनीहरूको पाखुरा, छाती, हातमा चोट लागेको छ।     मृतक भण्डारी जङ्गलमा हराएपछि गाउँका युवाहरू मङ्गलवार राति खोज्न गएका थिए।     खोज्न गएका युवाहरूलाई सतेरी जङ्गलको तीनकुवा वन क्षेत्रमा बाघले आक्रमण गरेको थियो। बाघले आक्रमण गरेपछि उनीहरूले खाल्डोमा हाम फालेर ज्यान जोगाएको बताए। घाइतेहरूको चन्द्रपुर हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

यातायात श्रमिकका लागि न्यूनतम ज्यालाबारे छलफल

प्रस, वीरगंज, १४ असोज/     अन्तर्राष्ट्रिय ट्रेड युनियन महासङ्घ–नेपालआबद्ध परिषद्को सहयोगमा नेपालका तीन ठूला महासङ्घहरू नेपाल ट्रेड युनियन काङ्ग्रेस, नेपाल ट्रेड युनियन महासङ्घ र अखिल नेपाल ट्रेड युनियन महासङ्घको प्रदेश नं. २ समितिद्वारा असोज १३ गते यातायात क्षेत्रका श्रमिकहरूको लागि न्यूनतम ज्याला र सामाजिक सुरक्षा विषयक एक दिवसीय छलफल सिमरामा’ सम्पन्न भयो।     श्रम तथा रोजगार कार्यालयका कामु प्रमुख सुन्दर श्रेष्ठको प्रमुख आतिथ्य र नेपाल ट्रेड युनियन महासङ्घ प्रदेश २ का अध्यक्ष कमलेश झाको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य नेपाल ट्रेड युनियन काङ्ग्रेसका प्रदेश अध्यक्ष लक्ष्मणप्रसाद कुर्मीले व्यक्त गरेका थिए।     कार्यक्रममा विनोदकुमार मण्डल, लालबहादुर पटेल, मुक्ति चौधरीलगायत बारा, पर्सा र रौतहटका यातायात क्षेत्रका श्रमिकहरूले आआफ्नो विचार र श्रमिकहरूको समस्या प्रस्तुत गरेका थिए। यातायात व्यवसायी सङ्घ वीरगंजबाट सन्तोष गुप्ताको उपस्थिति रहेको कार्यक्रममा प्रमुख अतिथि श्रम तथा रोजगार कार्यालयका प्रमुखले यातायात श्रमिकहरूको न्यूनतम पारिश्रमिक तथा सामाजिक सुरक्षा सम्बन्धमा सक्द

बलात्कृतलाई न्यायभन्दा वडाध्यक्षको इज्जत ठूलो

Image
विमला गुप्ता, वीरगंज, १४ असोज/     बाराको सुवर्ण गाउँपालिकामा भएको बालिका बलात्कारको घटनामा गाउँँलेहरू नै बलात्कृतलाई न्यायभन्दा वडाध्यक्षको इज्जत जोगाउनेतर्फ लागिपरेका छन्।     सुवर्ण गाउँपालिकाको वडा नं ५ का अध्यक्ष रामएकबाल साहमाथि पीडित पक्षले पैसाको दम्भमा बलात्कारको घटना ढाकछोप गर्न खोजेको आरोप लगाउँदा अहिले गाउँँका हुनेखाने व्यक्तिहरूले वडाध्यक्षको इज्जत गयो भन्दै पीडितलाई धम्काउन शुरू गरेका छन्। औरैया गाउँँका युवा विनोद यादवका अनुसार औरैया गाउँँमा यो पहिलो घटना होइन, यसअघि पनि यस्ता बलात्कारका घटना भइसकेका छन् तर गाउँको इज्जत जान्छ भन्ने बहाना बनाउँदै पैसाले ढाकछोप गर्न यहाँका अगुवाहरू नै अगाडि सर्ने चलन छ।”     यही असोज १ गते राति ८ बजे सुवर्ण गाउँपालिका–५ औरैयाकी १२ वर्षीया बालिकालाई गाउँघरकै काका पर्ने शिवपूजन यादवले बलात्कार गरेका थिए। साँझको खाना खान भाइलाई बोलाउन घरबाहिर निस्किएकी बालिकालाई शिवपूजनले एक्लोपनको मौका छोपी बलात्कार गरेका थिए। बालिकाको हात पछाडिबाट समाती मुखमा सल कोचेर घिसार्दै नजीकै रहेको लालबाबू भन्ने आफन्तको घरभित्र लगेर बलात्कार गरेको पीडितले बताइन्।     

एकजना महिलासहित २३ जनाद्वारा रक्तदान

Image
प्रस, सिम्रौनगढ, १४ असोज/     युवा विद्यार्थी सङ्घर्ष समिति प्रदेश २ ले कङ्काली माविमा आयोजना गरेको रक्तदान कार्यक्रममा एकजना महिलासहित २३ जनाले रक्तदान गरेका थिए।     रक्तदान कार्यक्रममा शान्ति देवी, साजन कर्ण, नवीनकुमार चौधरी, शेख मुतिम, अजित कुमार, सन्तोष कुशवाहा, शनि गुप्ता, अरविन्द यादव, चन्दन जायसवाल, कुन्दन जायसवाल, राकेश कुशवाहा, कर्ण कुशवाहा, रवि मेहता, गुड्डु कुशवाहालगायतले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजले जनाएको छ।     कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्साका उपमन्त्री साबिर अहमद एराज, कार्यालय प्रमुख उदयराज शर्मा, प्राविधिक धीरेन्द्र झाले सहयोग गरेका थिए।     रक्तदान कार्यक्रमको उद्घाटन विद्यार्थी सङ्घर्ष समितिका उपाध्यक्ष शनि गुप्ताले गरेका थिए। कार्यक्रममा डा अजयकुमार, रञ्जीत कुशवाहा, सुनील कुशवाहालगायतको उपस्थिति थियो।

सालको गोलियासहित माझी पक्राउ

प्रस, पर्सागढी, १४ असोज/     सबडिभिजन वन कार्यालय सबैयाले चार क्युफिट सालको गोलियासहित एकजनालाई पक्राउ गरेको छ।     फरेस्टर हरिभजन चौधरीको नेतृत्वको टोलीले पर्सागढी नगरपालिका–३ का ४० वर्षीय पनजलाल माझीलाई काठसहित पक्राउ गरेको हो। माझीले साइकलमा काठ लगिरहेको अवस्थामा पक्राउ गरी कारबाईको लागि सबडिभिजन वन कार्यालय सबैया पठाउने वनरक्षक लक्ष्मीसाह कानूले बताए।

तस्करको कुटाइबाट दुईजना युवक घाइते

प्रस, सिम्रौनगढ, १४ असोज/     तस्करको कुटाइबाट दुईजना युवक घाइते भएका छन्।     सिम्रौनगढ–५ ठूलो इटवालमा तस्करको कुटाइबाट स्थानीय श्यामसुन्दर कुशवाहा र मनोज पासवान घाइते भएका छन्।     उनीहरूको सिम्रौनगढस्थित कङ्काली पोलिक्लिनिकमा उपचार भइरहेको छ।     तस्करहरूले ती दुई युवालाई गाउँबाट अपहरण गरी कुटपिट गरेर छाडेका थिए। युवकहरूका अनुसार तस्करको सामान सुराकी गरी पक्राउ गर्न लगाएको विषयमा आफूहरूमाथि कुटपिट भएको बताएका छन्।

चार बोरा पटाका बरामद

प्रस, सिम्रौनगढ, १४ असोज/     इलाका प्रहरी कार्यालय, सिम्रौनगढले चार बोरा पटाका र कस्मेटिक सामान गएराति बरामद गरेको छ।     भारतबाट नेपालतर्फ भारतीय नं.को मोटरसाइकलमा तस्करले ल्याइरहेको चार बोरा पटाका र कस्मेटिक सामान अमरपुर नाकाबाट बरामद गरिएको प्रहरी निरीक्ष्Fक सुरेन्द्र तामाङले बताए। प्रहरीलाई देखेपछि तस्कर मोटरसाइकल र सामान छोडी फरार भएको इप्रका सिम्रौनगढले जनाएको छ।

स्वास्थ्य चौकी भवनको उद्घाटन

प्रस, रौतहट, १४ असोज/     बौधीमाई नगरपालिका–३ मटिअर्वामा बुधवार आधारभूत स्वास्थ्य चौकीको उद्घाटन गरिएको छ।     कार्यक्रममा प्रमुख अतिथि नेकपा प्रदेश २ का सदस्य त्रिभुवन साहले चौकीको उद्घाटन गरेका थिए।       वडाध्यक्ष श्रीभगवान् पटेलको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकाका उपप्रमुख प्रेमलता कुशवाहा, स्वास्थ्य संयोजक राकेशकुमार यादवलगायतले मन्तव्य व्यक्त गरेका थिए।

सीमामा अवैध क्रियाकलाप रोक्न बैठक

प्रस, सिम्रौनगढ, १४ असोज/     नेपाल–भारतका सुरक्षाकर्मीबीच भारतको आधापुरमा सम्पन्न बैठकले सीमावर्ती क्ष्Fेत्रमा गैरकानूनी गतिविधि नियन्त्रण गर्ने सहमति भएको छ।     मङ्गलवार भारत, आधापुरको बेलदर्वामा बसेको बैठकले सीमावर्ती क्षेत्रमा हुने तस्करी, मानव तस्करीलगायतको गतिविधि नियन्त्रण गर्न छलफल भएको भारत, घोडासहनका सञ्चारकर्मी राहुल कुमारले बताए।  बैठकमा भारतका एसएसबी कमान्डेट देवानन्द र बाराका सशस्त्र प्रहरी उपरीक्षक रविनराज कर्ण सहभागी थिए।

गाउँमा किन सरल छ वृद्ध जीवन ?

Image
- राजेश मिश्र     “उड जइँहे सुगनवा एक दिन, पिंजडवा के छोड के” अर्थात् सुगारूपी यो आत्मा एक दिन शरीररूपी पिंजडा परित्याग गरी अनन्तमा विलीन हुन्छ। यो भोजपुरी गीत देहातमा असाध्यै प्रचलित छ। आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस। सन् १९९१ देखि हरेक वर्ष अक्टुबर १ मा ‘अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस’ मनाउने गरिन्छ। ज्येष्ठ नागरिकहरूलाई सम्मान र अधिकारमा पहुँच गराउने उद्देश्यका साथ संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वभर यो दिवस मनाइन्छ।     विक्रम संवत् २०६८ सालको जनगणना अनुसार नेपालमा कुल जनसङ्ख्याको ९ प्रतिशत अर्थात् २५ लाखभन्दा बढी ज्येष्ठ नागरिक रहेको देखाएको छ। प्रत्येक १० वर्षमा गरिने जनगणनाको तथ्याङ्क अनुसार वृद्धवृद्धाहरूको सङ्ख्यामा निरन्तर वृद्धि देखिएको छ। यसबाट नेपालमा औसत आयु पनि बढेको स्पष्ट हुन्छ। सर्वेक्षणले ग्रामीण क्षेत्रमा वृद्धवृद्धाको औसत आयु झन्डै ७४ प्रतिशत देखाएको छ भने शहरी क्षेत्रमा झन्डै २४ प्रतिशत छ। यसका कारणहरूमध्ये शहर र देहातको मुख्य भिन्नता शुद्ध हावापानी, खानपिन, शारीरिक श्रम आदि औंल्याइएको छ।     प्रत्येक वर्ष नयाँ ‘नारा’को साथमा मनाइने यो उत्सवको यस व

वर्षा र किसानको पीडा

Image
- सञ्जय साह मित्र     नेपालको वर्तमान कृषि प्रणाली आकाशे पानीमाथि निर्भर छ। नेपालले मध्य असारमा धान दिवस मनाउँछ तर नहरमा पानी भने साउनदेखि आउँछ। यसको अर्थ भरपर्दो सिंचाइ प्रणाली नै छैन। अन्तिम समयमा काम गर्ने प्रवृत्तिले गर्दा रोपाइँको समयमा नहरमा पानी हुँदैन तर वर्षा भयो भने समयमैं रोपाइँ गर्न सजिलो हुन्छ। यस वर्ष करीब देशभरका किसानले समयमा धान रोप्न पाए। लकडाउनको अवस्था रहेको, बीउ र मल समयमा नपाए पनि समय–समयमा पानी परेको र खेतीहर मजदूर पनि पर्याप्त पाइएकाले समयमैं धान खेती शुरू र सम्पन्न पनि भयो। रोपाइँको समयमा मलबाहेक किसानको धानखेती सुखद रह्यो।     धानखेतीको सुरुआतदेखि नै किसान सन्तुष्ट थिए। सबै कुरा यथावत् रहे यसपटक धानको उब्जनी राम्रो हुने विश्वास किसानमा थियो। किसानले खेतमा पानी खोजेको समयमा पानी परिदिन्थ्यो। एकपटक अलि ठूलो बाढी आयो र केही धानखेतमा असर पा–यो। गैरी खेतमा लगाइएको बालीलाई त त्यति बेला गम्भीर असर नै पु–यायो। त्यसपछि खासै ठूलो पानी आएन। खडेरी पनि परेन। यसपालि धानखेतीमा किसानले बोरिड्ढो पानी प्रयोग गर्नु परेन। वर्षाको पानीले साथ दिइरह्यो। असोजको पहिलो हप्तासम्म वर्षाल

छोडौं पिसिआरको पिरलो

    विश्वव्यापी कोरोना महामारी चलिरहेको वर्तमान अवस्थामा  कसो गर्दा सङ्क्रमणबाट बच्न सकिन्छ भन्ने चिन्ता सर्वत्र छ। यसरी सङ्क्रमणबाट बच्ने प्रयासमा मानिसले अनेक हैरानी र झन्झट बेहोरिरहेका छन्। यसरी सावधानी अपनाउने क्रममा जसले जे भन्यो त्यही सही होला भनेर अन्ध अनुसरण गर्ने क्रम पनि चलेको छ। व्यक्ति वा संस्थाको कुरा होइन, कोरोना नियन्त्रण गर्ने उपायका बारेमा विकसित मुलुकका सरकार तथा सरकार प्रमुखहरू नै द्विविधामा छन्। वास्तविकता नबुझी आधी उपाय अनुसरण गर्दा सङ्क्रमण नियन्त्रण हुने होइन, झन् थपिएका घटनाहरू प्रशस्तै छन्। कोरोना सङ्क्रमितको सङ्ख्या घट्ला भन्दा बढ्नुले पनि हामीले अवलम्बन गरिरहेका सङ्क्रमण नियन्त्रणका उपायहरू सही साबित भइरहेका छैनन् भन्ने ठोकुवा गर्न सकिन्छ। यसर्थ ‘हामीले कहाँ कमीकमजोरी गरिहेका छौं, समीक्षा जरुरी छ।     शुरूमा क्वारेन्टाइनलाई प्राथमिकता दिइयो, भारतलगायत विदेशबाट आउनेहरूलाई १४ दिन क्वारेन्टाइनमा राखियो। गाउँटोलमा सार्वजनिक क्वारेन्टाइन निर्माण गरियो। विभिन्न स्थानबाट आएकाहरूलाई एउटै क्वारेन्टाइनमा राखियो। त्यति मात्रै होइन। फरक–फरक मितिमा आएकाहरूलाई पनि एउटै क्व

२०७७ असोज १४ गते बुधवारको प्रतीक दैनिक

Image
 

लकडाउनमा बिजुली महसूलमा जरिवाना असुलेकोमा धर्ना र प्रदर्शन

Image
राधेश्याम पटेल, वीरगंज, १३ असोज/     नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगंजअगाडि मङ्गलवार बिहान धर्ना र प्रदर्शन भएको छ।     जनता समाजवादी पार्टी नगर कमिटीको आयोजनामा बिहान १० देखि ११ बजेसम्म धर्ना तथा प्रदर्शन भएको हो। सांसद प्रदीप यादव, प्रदेशसभा सदस्य जन्नत अन्सारी, जिल्ला समन्वय समिति पर्साका सभापति नेकमहमद अन्सारी, वीरगंज–१३ का अध्यक्ष तुफान अन्सारी, सुन्दर कुर्मी, तबरेज अहमद, सरोज यादवलगायत ५० जनाभन्दा बढी नेता, कार्यकर्ताहरू वितरण केन्द्र वीरगंजको मूलगेट अगाडि धर्नामा बसेका थिए। लकडाउनको अवधिमा जरिवाना लिन पाइँदैन, अनावश्यक लोडसेडिङ अन्त्य गर भन्दै नेता, कार्यकर्ताहरूले नाराबाजी समेत लगाएका थिए। धर्ना कार्यक्रममा सांसद प्रदीप यादवले लकडाउनमा भोकमरीले मरिरहेको जनतासँग राज्यले हरेक महीनामा २५ प्रतिशत जरिवाना असुल्ने कार्य सर्वाेच्च अदालतको आदेशविपरीत भएको भन्दै लकडाउन अवधिभरिको अवधिलाई शून्य मानिएकोले लकडाउनको बेला असुलेको जरिवाना फिर्ता गर्न माग गरे। उनले कार्यकारी निर्देशक कुलमान घिसिड्ढो अवकासपछि वीरगंज क्षेत्रमा विद्युत् सेवामा अवरोध तथा पटकपटक ट्रिपिङ बढ्दै गएकाले आगाम

भारतीयलाई बसपार्कबाट पिसिआर रिपोर्ट जारी

प्रस, वीरगंज, १३ असोज/     वीरगंज बसपार्कमा भारतीय यात्रीहरूलाई गलत तरीकाबाट पिसिआर रिपोर्ट उपलब्ध गराइँदै आएको तथ्य खुलेको छ।     सार्वजनिक यातायात सञ्चालनसँगै भारतीय यात्रीहरूको हकमा पिसिआर अनिवार्य गरिएकोमा अहिले वीरगंज बसपार्कमा कार्यरत कर्मचारीहरूले गलत ढङ्गबाट पिसिआर रिपोर्ट उपलब्ध गराउने गरेको पाइएको छ।     वीरगंजमा पिसिआर परीक्षण नारायणी अस्पतालमा मात्र गरिन्छ। तर यात्रीहरूलाई बस काउन्टरमा कर्मचारीहरूले नक्कली पिसिआर रिपोर्ट थोरै पैसा लिएर उपलब्ध गराउने गरेको एकजना यात्रीले बताए।     असोज १ गतेदेखि सञ्चालनमा आएको सार्वजनिक यातायातमा भारतीयहरूलाई अनिवार्यरूपमा पिसिआर रिपोर्ट हुनुपर्ने र नेपालीको हकमा नागरिकता लिएर यात्रा गर्नुपर्ने व्यवस्था गरिएको छ।     वीरगंजबाट अहिले दैनिक काठमाडौं, पोखरा, नारायणगढ जाने बसमा ८० प्रतिशत यात्री भारतीय हुने गरेको पाइएको छ।     वीरगंजबाट जाने यात्रीहरूलाई बस काउन्टरमा कर्मचारीहरूले नै नक्कली पिसिआर रिपोर्ट उपलब्ध गराउँछन्। नारायणी अस्पतालले भारतीयहरूको पिसिआर परीक्ष्Fण जिल्ला प्रशासन कार्यालयको आदेशमा रोकिएको बताएको छ। अस्पतालमा पिसिआर परीक्ष्Fण

रोगको कारण ठोरीमा धान उब्जनी ४० प्रतिशत घटयो

Image
माधव तिमल्सिना, ठोरी, १३ असोज/     ठोरीवासीलाई यतिबेला धानबाली भित्र्याउन भ्याइनभ्याइ भएको छ। केही दिनअघिको झरीका कारण धान भित्र्याउन नसकेका किसानहरूलाई यतिबेला झरी रोकिएसँगै धान भित्र्याउने चटारो छ।     ठोरी गाउँपालिकाका केही ठाउँमा कात्तिकको अन्त्यतिर पाक्ने धानखेती गरिएको भएपनि अधिकांश किसानले असोजमा पाक्ने धानखेती गरेका छन्।     यस वर्ष ठोरीमा धानको उत्पादन घटेको कृषकहरू बताउँछन्। धानको बाला लाग्ने समयमा बोट नै सुक्ने रोगका कारण यस वर्ष धान उत्पादन घटेको किसानहरूको गुनासो छ। धानबालीमा शुरूमा रातेजस्तो रोग देखिएको र पछि बाला पसाउने बेलामा बाला नै सुक्ने रोग लागेको सरस्वती मावि ठोरीका प्रधानाध्यापक एवं कृषक केशवप्रसाद रेग्मीले बताए। अघिल्ला वर्षहरूमा छिटपुट देखिने यो रोगका कारण २० प्रतिशत धानको बाला सुकेको रेग्मीले बताए।     सिंचाइ सुविधा भएका वडा नं ४ का मालीबस्ती, विजयबस्तीलगायतका ठाउँमा किसानले समयमा धान रोप्न पाएका कारण बाला सुक्ने रोगले कम असर गरेको छ। तर आकाशे पानीको भरमा खेती गर्ने किसानले समयमा धान रोप्न नपाउँदा एकातिर धानमा बाला लागेको छैन भने अर्काेतिर बाला लागेको धानको बोट

सुनचाँदी महासङ्घः शिव र रामजीद्वारा समानान्तर समिति गठन

Image
राधेश्याम पटेल, वीरगंज, १३ असोज/     नेपाल सुनचाँदी व्यवसायी महासङ्घ प्रदेश २ मा विवाद उत्पन्न भएको छ।     महासङ्घले असोज १२ गते सम्पन्न गर्नुपर्ने प्रदेश महासङ्घको अधिवेशन मिलेर हुन नसक्दा दुर्ई समूहले छुट्टाछुट्टै समानान्तर कमिटी गठन गरी सर्वसहमतले प्रदेश अध्यक्ष चयन गरेको दाबी गरेका छन्।     रौतहटका बासिन्दा तथा केन्द्रीय महासङ्घका उपाध्यक्ष रामजी साहले एउटा समूहको अध्यक्ष चयन भएको दाबी गरेका छन् भने अर्काे समूहको अध्यक्षमा पूर्वअध्यक्ष तथा वीरगंजका व्यवसायी शिवकुमार साह रहेको बताइएको छ।     एउटा समूहले वीरगंजको हरिओम पार्टी प्यालेसमा गोप्य अधिवेशन गरी पदाधिकारी चयन गरेको छ भने अर्काे समूहले धनुषाको ढल्केबरको सम्राट होटलमा गएराति अधिवेशन गरी ११ सदस्यीय पदाधिकारी चयन गरेको छ। रामजी साहले नेपाल पत्रकार महासङ्घ पर्साको सभाहलमा मङ्गलवार दिउँसो १ बजे पत्रकार सम्मेलन गर्दै शिवकुमार साहको समूहले गरेको अधिवेशन विधानविपरीत रहेकोले त्यसविरुद्ध बहुमत सदस्यको उपस्थितिमा आफूहरू ढल्केबरमा गएराति अधिवेशन गरी पदाधिकारी चयन गरेको बताए।     उनको समितिको उपाध्यक्षद्वयमा सन्तोष साह, विशेश्वरप्रसाद साह,

ज्यान मुद्दामा चारजना पक्राउ

प्रस, रौतहट, १२ असोज/     गढीमाई नगरपालिका वडा नं ३ गम्हरिया पर्सा मुसरी टोल बस्ने सकल बैठाकी ३५ वर्षीया पत्नी मिन्त्रादेवी बैठाको हत्या आरोपमा चारजनालाई प्रहरीले पक्राउ गरेको छ।     पक्राउ पर्नेमा गढीमाई नगरपालिका वडा नं ३ बस्ने ४० वर्षीय जमसैद मियाँ, सोही स्थान बस्ने वर्ष ३५ का दाउद मियाँ, वर्ष ३२ का जहरुद्दीन मियाँ भन्ने हारुन रसिद र वर्ष ४० का महमद इसराफुल मियाँ रहेका छन्।     आज रौतहट जिल्ला अदालतबाट ज्यानसम्बन्धी कसूरमा ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिप्रकाका प्रनाउ भरत श्रेष्ठले बताए। प्रारम्भिक अनुसन्धानमा अभियुक्तहरूले अपराध स्वीकार गरिसकेको प्रनाउ श्रेष्ठले बताए।     गत भदौ १४ गते बिहान १० बजे  घाँस काट्न गएकी मिन्त्रा अबेरसम्म घर नफर्किंदा घरपरिवारका सदस्यहरूले खोजतलाश गर्दै जाँदा करीब ६ बजे गढीमाई नपा–३ समिउल्ला कवारीको उखुबारीमा अज्ञात व्यक्तिले घाँटी कसेको अवस्थामा लाश फेला परेको थियो।     अनुसन्धानको क्रममा जमसैद मियाँका बुबा स्व अनवर हुसैनले लिएको ऋण चुक्ता गर्न नसक्दा अदालतमार्फत् नै सकार गरिलिएको जग्गामध्ये मृतक मिन्त्राका पति सकल बैठाले जग्गा किन्दा जमसैद मि

बाँदरका लागि वनमैं फलफूल रोपण

महोत्तरी, १३ असोज/रासस     बाँदरले बस्ती पसेर घरकै अन्नपात नोक्सान गर्न थालेपछि महोत्तरीको एउटा सामुदायिक वन उपभोक्ता समितिले वन क्षेत्रमैं सघन फलफूल रोपण शुरू गरेको छ। जिल्लाको बर्दिवास नगरपालिका–१ को चिहानडाँडा सामुदायिक वन उपभोक्ता समितिले बाँदरलाई वनमैं रमाउने बनाउन आफ्नो वन क्षेत्रमा सघन फलफूल रोपण शुरू गरेको हो।     यस अभियान अन्तर्गत यसपालि वर्षामा एक हजार ५०० फलफूलका बिरुवा रोपिएको समितिका अध्यक्ष घनश्याम न्यौपानेले जानकारी दिए। “वनमा खानेकुरा नभएपछि बाँदर बस्ती पस्ने हुन्,” अध्यक्ष न्यौपानेले भने, “हामीले बाँदरका मन पर्ने फल वनमा भेटिऊन् भनेर यसपालिदेखि सघन फलफूल रोपण शुरू गरेका हौं।” यस क्रममा यसपालि गएको वर्षामा अम्बा, अमला, जामुन, फडिर र महुवा गरी एक हजार ५०० बिरुवा रोपिएको न्यौपानेको भनाइ छ।     अबको दुई वर्षपछि वनमैं फल लटरम्म फल्न थालेपछि बाँदर, अन्य शाकाहारी वन्यजन्तु र चराचुरुङ्गी वनमैं रमाउने समितिको ठम्याइ छ। नयाँ फलफूल र अन्य वनस्पति रोपिएसँगै वन क्षेत्र घना हुँदै जाने र वन्यजन्तु त्यहीं रमाउने अध्यक्ष न्यौपाने बताउँछन्।     बर्दिवास–१ को अति व्यस्त बर्दिवास चोकबाट

सर्लाहीका सो–ह क्रसर उद्योग बन्द

सर्लाही, १३ असोज/रासस     जिल्लामा गैरकानूनीरूपमा सञ्चालनमा आएका क्रसर उद्योग अनिश्चितकालका लागि बन्द गरिएका छन्।     वातावरण तथा विपद् व्यवस्थापन शाखाको मापदण्ड अनुसार ढुङ्गा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड–२०७७ विपरीत सञ्चालन भएका जिल्लाका क्रसर उद्योग बन्द गर्न निर्देशन दिइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए।     उनले भने, “जिल्ला प्रशासन कार्यालयबाट मापदण्ड पुगेको प्रमाणित भएपछि स्थालगत अनुगमन गरी सञ्चालन गर्न दिने तर अहिले अनिश्चितकालका लागि जिल्लाका हाल सञ्चालनमा रहेका आठवटा र बन्द अवस्थामा रहेका तर सञ्चालनको तयारी गरिरहेका आठवटा गरी १६ वटैलाई बन्द गरेका छौं।”     सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको ढुङ्गा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड–२०७७ अनुसार बस्ती, मुख्य सडक मार्ग, विद्यालय, स्वास्थ्य संस्था, क्षेत्र, ठूला नदी, पुल, धार्मिक, सांस्कृतिक, पुरातात्विक महत्वका स्थान र वन क्षेत्रको ५०० मिटरदेखि दुई किलोमिटरभित्र  नदीजन्य पदार्थ उत्खनन र सङ्कलन गर्

भन्सार छलीको सामान बरामद

प्रस, रौतहट, १३ असोज/     ईशनाथ नगरपालिका–२ औरैयाबाट भन्सार छली भारतबाट नेपाल ल्याउँदै गरेको रु ५ लाख ४६ हजार मूल्य बराबरको सामग्री सशस्त्र प्रहरीले बरामद गरेको छ।       सुर्ती १०९ किलो, कपडा र मोबाइलमा प्रयोग हुने विभिन्न सामान सशस्त्र प्रहरी बल नेपाल रौतहटका प्रहरी नायब उपरीक्षक नरेश भण्डारीको टोलीले बरामद गरेको हो।     पक्राउ परेका सामान आवश्यक कारबाईको लागि भन्सार चलान गरेको सशस्त्र प्रहरी उपरीक्षक सूर्यबहादुर सेन ओलीले जानकारी दिए। उक्त सामान आज दिउँसो बरामद गरिएको सशस्त्र प्रउ ओलीले बताए।

कोरोना सङ्क्रमित दुईजनाको मृत्यु

प्रस, वीरगंज, १३ असोज/     गएराति वीरगंजमा थप एकजना वृद्धको कोरोना सङ्क्रमणले मृत्यु भएको छ।     मृत्यु हुनेमा सर्लाही, बरहथवा–६ का ७० वर्षीय वृद्ध रहेका छन्। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालको अस्थायी कोभिड अस्पतालमा उपचारको क्रममा गएराति साढे १० बजे मृत्यु भएको अस्थायी कोभिड अस्पतालका प्रमुख डा असरफ हुसैनले जानकारी गराए।     गत आइतवार राति नारायणी अस्पतालमा पिसिआर परीक्षण गराउँदा उनको रिपोर्ट पोजेटिभ आएपछि सोमवार बिहान ८ बजे कोभिड अस्पतालमा भर्ना गरिएको थियो।     उच्च रक्तचाप, मधुमेह, मिर्गौला र मुटुमा समस्या देखिएका वृद्धको अचानक श्वासप्रश्वासमा समस्या देखिएपछि मृत्यु भएको डा हुसैनले बताए। यसैगरी, सर्लाहीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ७ पुगेको छ। चितवन लैजाँदै गरिएको सङ्क्रमितको बाटौमैं मृत्यु     पर्सामा थप एकजना वृद्धको कोरोना सङ्क्रमणले मृत्यु भएको छ। सोमवार बिहान १ बजे वीरगंजबाट चितवन लैजाने क्रममा सखुवाप्रसौनी गाउँँपालिका वडा नं १ औराहा रेन्जका ६५ वर्षीय वृद्धको मृत्यु भएको स्वास्थ्य कार्यालय पर्साले पुष्टि गरेको छ।     कन्ट्याक्ट ट्रेसिङ शुरू गरिएपछि ढिलै गरी

मटर तस्करीको ट्रान्जिट प्वाइन्ट महोत्तरी

जलेश्वर, १३ असोज/रासस     महोत्तरी जिल्ला विगत केही दिनदेखि नेपालबाट भारततर्फ मटर तस्करीको ट्रान्जिट प्वाइन्ट बन्दै गएको छ। भारतसँग करीब १४ किलोमिटर खुला सिमानाका कारण जिल्लाबाट अहिले दैनिक सयौं क्विन्टल मटर चोरी निकासी हुने गरेको छ।     सीमामा खटिएका सशस्त्र प्रहरी सीमा सुरक्षा बल, नेपाल प्रहरीको सीमा गस्ती टोली र सशस्त्र प्रहरी राजस्व गुल्मसमेतले अहिले दैनिक नेपालबाट भारततर्फ चोरी निकासी हुने गरेको मटर जिल्लाका विभिन्न स्थानबाट नियन्त्रणमा लिने गरेका छन्। ६ महीनाभन्दा लामो लकडाउनका कारण जिल्लामा अवस्थित १३ वटै भन्सार नाका बन्द रहेको अवस्थामा तस्करहरूले झोला, पोका र ठूलाठूला बोरासमेतमा राखेर वन तथा खेतको बाटो हुँदै मटर तस्करी गर्ने गरेका छन्।     सीमानाकाका वन तथा खेतमा दैनिक मटर तस्करहरूको मेला लागेको देखिन्छ भने बाढी र वर्षाको पानीले डुबानमा पारेको स्थानबाट पनि ठूलो मात्रामा नै मटर पार हुने गरेको सीमानाकामा अवस्थित गाउँँका बासिन्दाहरूको भनाइ छ। तस्करहरूले दिनको समयमा कम गतिविधि गरे पनि रातिको बेला रातभर सीमानाकाका गाउँँहरू हुँदै मटर तस्करी गर्ने गरेको र रातभरि ओहोरदोहोर गर्ने गरेको

अबेर रातिसम्म मदिरापसल सञ्चालन, शान्ति सुरक्षामा खलल

Image
प्रस, पर्सागढी, १३ असोज/     पर्सा जिल्लामा लकडाउन र निषेधाज्ञा हटेपछि ग्रामीण बजारमा अबेर रातिसम्म मदिरापसल सञ्चालन हुने गरेको छ। जसले गर्दा झैंझगडाका घटना वृद्धि भएको छ।     पर्सागढी नगरपालिकाका मुख्य बजारहरू मनवा, बडनिहार, बहुअर्वा तथा बहुदरमाई नपा अन्तर्गतका बजार डकैला बहुअरी, सिसियाडी, गम्हरिया बजारमा अबेर रातिसम्म मदिरापसलहरू सञ्चालन हुन्छन्।     राति १० बजेसम्म मदिरापसल सञ्चालन हुने गरेका कारण रक्सीसेवन गरेर राति घुमफिर गर्ने र झैंझगडाको घटनामा वृद्धि भएको छ। प्रहरी प्रशासनले पनि यसबारे चासो नदेखाएको स्थानीयको गुनासो छ।

हात्तीले धानबालीमा क्षति पु–यायो

Image
प्रस, ठोरी, १३ असोज/     पर्साको ठोरी गाउँपालिकामा सोमवार राति जङ्गली हात्तीले धानबालीमा क्षति पु–याएको छ।     चितवन राष्ट्रिय निकुञ्जबाट गएराति हात्तीहरूले ठोरी गापा–३, बुद्धनगरका जोगिन्द्र राम रविदासले थुपारेको धानबाली खानुका साथै नष्ट गरेको निर्मल–ठोरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बालकुमार बस्नेतले जानकारी दिए। रविदासले १५ कट्ठा खेतमा लगाएको धान काटेर थुपारेका थिए। धान झार्नका लागि थुपारेको ठाउँमा नै हात्तीको बथान पसेर नोक्सान गरेको अध्यक्ष बस्नेतले बताए। त्यस्तै, हात्तीले ठोरी गापा–२ इच्छानगरका किसानहरूको धानबालीमा क्षति गरेको छ। किसानले भित्र्याउने तयारी गरेको धानबालीमा जङ्गली हात्तीले क्षति पु–याएको अध्यक्ष बस्नेतले जानकारी दिए।

२६ जना सङ्क्रमित पुष्टि

प्रस, वीरगंज, १३ असोज/     पर्सा, बारा र सर्लाहीका पिसिआर र जिन एक्सपर्ट प्रविधिबाट २६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।     नारायणी अस्पतालको प्रयोगशालामा १९२ जनाको पिसिआर परीक्ष्Fण गर्दा पर्सा र बाराका २५ जनामा र ६ जनाको जिन एक्सपर्ट प्रविधिबाट परीक्ष्Fण गर्दा सर्लाहीका एकजनामा कोरोना पुष्टि भएको जिल्ला प्रशासन कार्यालय, पर्साका प्रशासकीय अधिकृत विनयकुमार श्रीवास्तवले बताए। बारा र सर्लाहीका १/१ जना र वीरगंज महानगर–१५, १६ का १/१ जना, वडा नं २९ का २ जना, वडा नं २१ का ५ जना, वडा नं ३२ का ८ जना र वडा खुल्न नसकेको एकजना गरी महानगरमा १८ जना सङ्क्रमित पुष्टि भएको प्रशासकीय अधिकृत श्रीवास्तवले बताए।     यसैगरी, ठोरी गापा–१ र कालिकामाई गापाका ५ जना सङ्क्रमित पुष्टि भएका छन्।

फरार पाँचजना पक्राउ

प्रस, वीरगंज, १३ असोज/     जिल्ला प्रहरी कार्यालय, पर्साले विभिन्न अपराधमा सजाय पाएपछि फरार रहेकाहरूमध्ये सोमवार एकै दिन ५ जनालाई पक्राउ गरेको छ।     जिप्रका, पर्साले जनाए अनुसार २०७५/९/२९ मा पर्सा जिल्ला अदालतबाट लागूऔषध गाँजा मुद्दामा तीन महीना कैद र रु १ हजार जरिवाना पाएका पकाहामैनपुर गापा–१ बस्ने ४८ वर्षीय रामनाथ मेहतालाई घरबाट पक्राउ गरिएको हो।     यसैगरी, सार्वजनिक शान्तिविरुद्ध अपराध मुद्दामा फरार पकाहामैनपुर गापा–१ धोरे बस्ने ५० वर्षीय मलखराउत यादवलाई पक्राउ गरी जिल्ला प्रशासन कार्यालय, पर्सामा बुझाइएको जिप्रका, पर्साले जनाएको छ।     यसैगरी, लागूऔषध मुद्दामा फरार वीरगंज–१८ का ३० वर्षीय कुँवर सिंहलाई पक्राउ गरी पर्सा जिल्ला अदालतको आदेशमा पुर्पक्षको लागि वीरगंज कारागार चलान गरिएको जिप्रका, पर्साले जनाएको छ।     त्यस्तै, ज्यान मार्ने उद्योगमा पोखरिया नपा–६ बस्ने ४८ वर्षीय चन्द्रिका महतोलाई पक्राउ गरेको र पर्सा जिल्ला अदालतमा हाजिर गराइएको जिप्रका, पर्साले जनाएको छ।     यसैगरी, बैंकिङ कसूर मुद्दामा पकाहामैनपुर गापा–५ घर भई हाल वीरगंज–२४ मा बस्ने ५८ वर्षीय सत्यनारायण प्रसादलाई पनि

छाडा चौपाया नियन्त्रण अभियान शुरू

प्रस, वीरगंज, १३ असोज/     वीरगंज महानगरमा खुला छाडिएका चौपाया नियन्त्रण अभियान शुरू भएको छ। समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय, वीरगंज महानगर र ग्रीन सिटी आदर्शनगर सामुदायिक सेवा केन्द्रको संयुक्त पहलमा मङ्गलवारदेखि अभियान शुरू भएको ग्रीन सिटीका अध्यक्ष प्रकाश खेतानले बताए।     मङ्गलवार बिहान चार बजेदेखि शहरका विभिन्न स्थानबाट २० वटा छाडा चौपाया नियन्त्रणमा लिएको उनले बताए। लकडाउन, निषेधाज्ञा अवधिमा वीरगंज महानगरमा छाडा चौपाया नियन्त्रण अभियान रोकिएको थियो।     सो अवधिमा शहरका विभिन्न स्थानमा छाडा चौपायाको बिगबिगी बढेपछि आजबाट अभियान शुरू गरिएको हो।     छाडा चौपायालाई महानगरको कान्जी हाउसमा राखिएको छ र जनही रु ५ हजार जरिवाना गरी छाडिने अध्यक्ष खेतानले बताए।

पर्साको ग्रामीण क्षेत्रमा बससेवा सञ्चालन

प्रस, सेढवा, १३ असोज/     पर्साको ग्रामीण क्षेत्रमा सार्वजनिक यातायात सञ्चालनमा आएको छ। असोज १ गतेदेखि सरकारले सार्वजनिक यातायात सेवा सञ्चालनको अनुमति दिए पनि पर्सा जिल्लाको ग्रामीण क्षेत्रमा सडकलगायतका समस्याले बससेवा सञ्चालन भएको थिएन।     असोज १२ गतेदेखि ग्रामीण क्षेत्रमा बससेवा सञ्चालन भएको मुन्ना ओझाले बताए।     सोमवार सेढवासम्म सञ्चालन भएको बससेवा मङ्गलवारदेखि ठोरीसम्म सञ्चालन भएको छ। दैनिक तीनवटा बस सञ्चालनमा आएको ओझाले बताए।     यसैगरी, जीराभवानी गापाको सेढवाबाट ठोरी जाने सडकखण्ड बिग्रेकोमा गापाको सहकार्यमा सडक मरम्मत कार्य शुरू गरिने ओझाले जानकारी गराएका छन्।

स्वास्थ्य समीक्षा गोष्ठी

प्रस, पंचगावाँ, १३ असोज/     सखुवाप्रसौनी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा दुई दिने वार्षिक समीक्षा गोष्ठी शुरू भएको छ।     स्वास्थ्य चौकी भवनमा आव २०७६/०७७ को स्वास्थ्य कार्यक्रमको दुई दिने समीक्षा गोष्ठी शुरू भएको हो। स्वास्थ्य शाखा प्रमुख राजेश रौनियार र सहसंयोजक सरोज गिरीले सहभागीहरूलाई प्रशिक्ष्Fण दिएका छन्। गापाका ६ वटा वडामा रहेका स्वास्थ्य चौकीका इन्चार्ज, स्वास्थ्यकर्मी समीक्षा गोष्ठीमा सहभागी छन्।     सखुवाप्रसौनी, कौवा वनकटैया, देउरवाना, मथुवन मथवल, लखनपुर र महुवन स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीहरूलाई स्वास्थ्य संस्थाबाट प्रवाह गरिने स्वास्थ्य सेवा अझ बढी प्रभावकारी ढङ्गबाट कसरी दिने विषयमा प्रशिक्ष्Fणमा सिकाइने बताइएको छ। खोप, परिवार नियोजन, पोषण, सुरक्ष्Fित मातृत्व, क्षयरोग, झाडापखाला, कुष्ठरोग, श्वासप्रश्वास, चर्मरोग, ज्वरोलगायतका बिरामीहरूलाई दिइने सेवा अझ बढी प्रभावकारी ढङ्गबाट दिने विधिबारेमा जानकारी गराइने गापा अध्यक्ष प्रदीप जैसवालले बताए।

बोल्न सक्नेको सरकार

    ‘जसको कोही छैन उसको सरकार छ’ भनेर ढुक्क हुने दिन यो मुलुकमा कहिले आउँला। कामना गर्दागर्दै धेरै पुस्ता बितिसके। बोल्न नसक्ने, सोझा, निर्धा, गरीब, असहाय, हेपिएका, थिचिएका, पछि परेका, सीमान्तकृत वर्ग, जाति, क्षेत्र, समुदायका लागि मुख्य भरोसा सरकार हो। जसको अभिभावक छैन, उसको अभिभावक नै सरकार हो। नागरिकले यो अनुभूति पाउन त्यस मुुुलुकको सरकार आफ्नो काम, कर्तव्य, अधिकार तथा जिम्मेवारीबारे बुझेको हुनुपर्छ। हाम्रो मुलुकमा बोल्न नसक्नेको होइन कि, बोल्न सक्ने वा मसल, मशाल र लाठी, फाटा देखाउन सक्नेको लागि मात्रै सरकार हो भन्ने भान भइरहेको छ।     कोरोना भाइरसविरुद्ध लकडाउनको क्रममा सरकारले विदेशबाट नेपालीलाई उद्धार गरी ल्याउँदा विमानको पूरै क्षमता अनुसार यात्रुु बोक्न पाउने व्यवस्था गरेको थियो। सो व्यवस्था अहिले पनि कायमै छ। निकै पछि आंशिकरूपमा आन्तरिक हवाई उडान सञ्चालन गर्दा भने सिट क्षमताको ५० प्रतिशत मात्रै यात्रु बोक्नुपर्ने निर्णय सरकारले सुनायो। अन्तर्राष्ट्रिय उडानका हवाई सेवाहरूको सञ्जाल बलियो छ। उनीहरू सरकार र प्रशासनको उच्च तहसम्म पहुँच राख्छन्। उद्धार उडान भनेर सञ्चालन गरिएको अन्तर्र

कस्तो अपरिपक्वता ?

Image
- विनोद गुप्ता     नेपालको भारतसँगको सीमा विवादका सम्बन्धमा सत्यतथ्य सङ्कलन गर्ने तथा ऐतिहासिक दस्तावेजको अध्ययन गरी नेपाललाई आफ्नो पक्ष बलियोसँग राख्ने गरी अध्ययन प्रतिवेदन तयार गर्न एउटा समिति गठन भएको थियो। यस सम्बन्धमा २२ सेप्टेम्बरको द काठमान्डु पोस्टमा प्रकाशित एक समाचार अनुसार त्यो प्रतिवेदन यसै महीना बुझाइने गरी तयारी भइरहेको छ। भारतले गत मे २० तारिखका दिन प्रकाशित गरेको भारतको नयाँ नक्शामा कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई आफ्नो देखिने गरी नक्शा प्रकाशित गरेपछि चुलिएको यो विवाद त्यसपछि नेपाल सरकारले सर्वदलीय बैठकको सहमति अनुसार संविधान नै संशोधन गरेर नयाँ नक्शा जारी ग–यो। जसको भारतीय पक्षले नेपालको दाबी अस्वीकार गर्दै प्रत्यक्ष वार्ता कोभिड सङ्क्रमण कम भएपछि गर्ने सङ्केत दियो। वस्तुतः नेपाल र भारतबीच एउटा सचिवस्तरीय संयन्त्र छ, जसले नियमितरूपमा सीमा विवादको बारेमा विभिन्न चरणहरूमा वार्ता र छलफलबाट कालापानी र सुस्ताबाहेक अरू सबै क्ष्Fेत्रको स्ट्रिप नक्शामा सहमति जनाइसकेको थियो तर सुस्ता र कालापानीमा भने सहमति भइसकेको थिएन। सम्भवतः त्यस बेला गृहमन्त्री डा भीम रावल हुनुहुन्थ्यो

राजनीति र विद्यार्थी

Image
- कुमार रुपाखेती     विद्यार्थीहरूलाई मुलुकको भविष्यको कर्णधार भनिए पनि राजनीतिक दलहरूले विद्यार्थीहरूलाई राजनीतिक ढाल र हतियार बनाए। प्रतिबन्धितकालमा पञ्चायती व्यवस्थासँग जोरी खोज्न अग्रपङ्क्तिमा विद्यार्थीहरूलाई नै राखिन्थ्यो। काङ्ग्रेसले नेपाली विद्यार्थी सङ्घ स्थापना गरेपछि कम्युनिस्टहरूले अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन निर्माण गरे। देशी, विदेशी घटना र अन्त्य राजनीतिक इस्युहरूलाई मुद्दा बनाएर राजनीतिक दलहरूले कलेज, क्याम्पसमा पढ्नेहरूलाई मोहरा बनाउन थाले। त्यतिखेर नेविसङ्घ र अखिलको क्याम्पसस्तरीय युनियनको चुनावमा घमासान नै चल्दथ्यो। यही वीरगंजको ठाकुर राममा पनि अखिलको उम्मेदवार जिताउन उतिखेर विजय सिलवाल, रणध्वज कन्दन्वा, चिरञ्जीवी आचार्य आदि सक्रिय हुन्थे भने नेविसङ्घलाई जिताउन काठमाडौंलगायत जनकपुरबाट युवराज खातीहरू दलबलसहित आउँथे। विराटनगर क्याम्पसमा २०३८ सालमा आफ्नो सदस्य फणिन्द्र तिमल्सिना मारेको भन्दै अखिलहरूले विजय गच्छदारको एउटा आँखा नै फोडेर कानो बनाइदिए।      २०३६ सालको अस्कलकाण्ड अझै धेरैको सम्झनामा होला। राजनीतिक दलहरूको लहलहैमा त्यतिखेर धेरै होनहार छात्