Posts

Showing posts from January, 2020

२०७६ माघ १८ गते शनिवारको प्रतीक दैनिक

Image

सर्वाेच्चको अल्पकालीन आदेशको कारण वीरगंजको मेनरोड फराकिलो गर्ने विषय ओझेलमा

Image
प्रस, वीरगंज, १७ माघ/     वीरगंजको मेनरोड फराकिलो गर्ने विषय अहिले ओझेलमा परेको छ । सडक विभागको साउन १६ गतेको निर्णय अनुसार वीरगंजको मेनरोड फराकिलो गर्न व्यापारिक मार्ग विस्तार योजना (वीरगंज–पथलैया) कार्यालयले सूचना जारी गरेपछि सोविरुद्ध सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।     वीरगंजको मेनरोडमा घर भएका ३९ जनाले गत असोज ७ गते सर्वोच्चमा रीट दायर गरेको थियो । सो रीट सम्बन्धमा सर्वोच्चले असोज ८ गते अल्पकालीन अन्तरिम आदेश जारी गर्दै अर्को आदेश जारी नभएसम्म सडक विस्तारमा रोक लगाएको थियो । सडक विभागले जारी गरेको सूचनापछि वीरगंजको मेनरोडमा रहेका व्यक्तिहरूबाट भएको वीरगंज बचाऊ कार्यक्रमविरुद्ध स्थानीय युवाहरूको समूहले प्रतिकार आन्दोलन शुरू गरेको थियो ।     सडक विभागले छठपछि असोज मसान्तदेखि सडक फराकिलो गर्ने सूचना जारी गरेपछि मेनरोड फराकिलो गर्ने पक्षमा खडा भएका युवाहरू र मेनरोड फराकिलो गर्नुहुन्न भन्ने पक्षमा खडा भएका मेनरोडवासीबीच केही महीना विरोध र समर्थनमा विभिन्न कार्यक्रमहरू आयोजना भएका थिए । युवाहरूले सडक फराकिलो गर्नुपर्छ भन्ने विषयलाई लिए र वीरगंज विकास युवा सङ्घर्ष स

छोरी शिक्षा बीमा ३ लाख –मुख्यमन्त्री

Image
प्रस, वीरगंज, १७ माघ/     मुख्यमन्त्री लालबाबू राउत गद्दीले छोरी शिक्ष्Fा बीमा रु ३ लाख पु¥याएको बताएका छन् ।     जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रदेश २ सरकारले बेटी पढाऊ, बेटी बचाऊ अभियान अन्तर्गत छोरी शिक्ष्Fा बीमा रु ३ लाख पु¥याएको बताए ।     सरकारको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री गद्दीले २०७५ माघ १ गतेपछि प्रदेशमा जन्मिएकी छोरीहरूले आगामी बीस वर्षपछि रु ३ लाख पाउने घोषणा गर्दै भने, “प्रदेशमा जन्मिने छोरीहरू अब लखपति होइन, कम्तीमा तीन लखिया भएका छन् ।”     उनले स्थानीय सरकारहरूलाई यस अभियानमा सहयोग गर्न आग्रह गर्दै भने, “अहिलेलाई तीन लाख पु¥याएका छौं, स्थानीय सरकारले सहयोग गरे भने २० वर्षमा रु २० लाख पु¥याउने लक्ष्य लिएका छौं ।”     छोरी शिक्षा बीमा अन्तर्गत हालसम्म करीब १५ हजार छोरीको बीमा प्रदेश सरकारले गरिसकेको मुख्यमन्त्रीको भनाइ थियो ।     मुख्यमन्त्री गद्दीले अतिविपन्न दलित तथा मुस्लिम परिवारका १ देखि ८ कक्ष्Fासम्मका छात्राहरूलाई प्रतिमहीना रु पाँच सय दिने योजना रहेको बताउँदै यसै आवदेखि पाइलट प्रोजेक्टको रूपमा शुरू गरिने जानकारी ग

दुर्घटनामा १ जनाको मृत्यु, ४ जना घाइते

Image
प्रस, वीरगंज, १७ माघ/     बिहीवार राति वीरगंज महानगर–१२ मुर्लीचोकस्थित मेनरोडको डिभाइडरमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।     मुर्लीचोकको मेनरोडमा रहेको फलामे डिभाइडरमा बा.१५च ७७७१ नं.को स्कार्पियो गाडी ठोक्किएको र सोका चालक बारा, परवानीपुर गाउँपालिका–५ बहुअरी बस्ने १६ वर्षीय आकाश पटेलको दुर्घटना स्थलमैं मृत्यु भएको प्रहरीले जनाएको छ ।     स्कार्पियोमा सवार वीरगंज महानगर–१० बस्ने १८ वर्षीय ओम पुरी, रानीघाट निवासी १६ वर्षीय सोनु साह कानू, बारा, फेटा गापा–१ भलुही बस्ने १८ वर्षीय धीरेन्द्र दास र वीरगंज महानगर–३० बस्ने १८ वर्षीय जयन्त अलि अन्सारी घाइते भएका छन् ।     घाइतेमध्ये अन्सारी तराई अस्पतालमा उपचारपछि घर फर्केका छन् भने धीरेन्द्र दासलाई थप उपचारको लागि हिजो राति न्युरो अस्पतालमा रेफर गरिएको थियो । यसैगरी, पुरी र कानूको हात, मुखमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जानकारी गराएको छ ।

प्रदेशस्तरीय नार्कको योजना तर्जुमा गोष्ठी शुरू

Image
प्रस, परवानीपुर, १७ माघ/     कृषि अनुसन्धान परिषद् (नार्क) काठमाडौंको आयोजनामा क्षेत्रीय कृषि अनुसन्धान केन्द्र परवानीपुरमा शुक्रवारदेखि तीन दिने योजना तर्जुमा गोष्ठी शुरू भएको छ ।     आव २०७७/०७८ को लागि बजेट तथा योजना तर्जुमा गोष्ठीको उद्घाटन नार्कका कार्यकारी निर्देशक डा दीपक भट्टराईले गरेका थिए । तर्जुमा गोष्ठीको बारेमा नार्कका योजना महाशाखाका योगेन्द्र आचार्य प्रकाश पारेका थिए । गोष्ठीमा राष्ट्रिय कृषि अनुसन्धान प्रतिष्ठानका निर्देशक डा ताराबहादुर घिमिरे, नार्कका आर्थिक प्रशासन महाशाखाका राजेन्द्र पण्डित, योजना तर्जुमा गोष्ठीका संयोजक तथा बाली बागवानी अनुसन्धानका निर्देशक हरिकृष्ण उप्रेती, परवानीपुर गाउँपालिका अध्यक्ष हरिनारायण साह, जीतपुरसिमरा उपमहानगरपालिका–२३ का अध्यक्ष असलम देवान लगायतले वैज्ञानिक कागजमा नभई व्यावहारिकतामा लागू गर्न र न्यूनतम स्रोतसाधनको प्रयोग गरी अनुसन्धान गरी किसानहरूलाई उपलब्धिमूलक सेवा दिनुपर्नेमा जोड दिए ।     क्षेत्रीय निर्देशक केशवप्रसाद श्रेष्ठको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य राष्ट्रिय उखुबाली अनुसन्धान केन्द्र जीतपुरका संयोजक

६ महिलासहित ५७ जनाद्वारा रक्तदान

Image
प्रस, वीरगंज, १७ माघ/     सानिमा बैंकको वार्षिकोत्सवको अवसरमा शुक्रवार आयोजित रक्तदान कार्यक्रममा ६ महिलासहित ५७ जनाले रक्तदान गरेको रक्त सञ्चार केन्द्र वीरगंजकी मोबाइल इन्चार्ज डिल्लीमाया घिमिरेले बताइन् ।     बैंकको लिंकरोडस्थित शाखा कार्यालयमा आरती मण्डल, रजनी गुरुङ, मेनुका कार्की, दीपु राउत, प्रकाश मगर, जुगलकिशोर चौधरी, नितेश नेपाली, जटाशङ्कर प्रसाद, योगेश जैसवाल, कृष्ण साहलगायतले रक्तदान गरेको केन्द्रकी मोबाइल इन्चार्ज घिमिरेले बताइन् ।

किसान महासङ्घ ठोरीको एकता भेला सम्पन्न

Image
प्रस, ठोरी, १७ माघ/     नेकपाको वर्गीय सङ्गठन अखिल नेपाल किसान महासङ्घ ठोरीको एकता भेला शुक्रवार सुवर्णपुरमा सम्पन्न भएको छ ।     गापास्तरीय भेलाका मुख्य अतिथि नेकपा पर्साका सचिव विजय महतोले तत्कालीन एमाले र माओवादी केन्द्र एक भएर बनेको ठूलो शक्ति नेकपालाई कमजोर हुन नदिन दलका नेता तथा कार्यकर्तामा पनि भावनात्मक एकता हुनुपर्ने बताए ।     भेलाका विशिष्ट अतिथि सो पार्टीका प्रदेश कमिटी सदस्य पद्मलाल श्रेष्ठले उपल्लो तहका नेताको सिको जिल्ला तथा स्थानीयस्तरका नेता, कार्यकर्ताले गर्ने भएको हुँदा सुधार उपल्लो तहबाट नै हुनुपर्ने विचार व्यक्त गरे । गाउँपालिका अध्यक्षसमेत रहेका श्रेष्ठले ठोरी गापाका अधिकांश योजनाहरू किसान लक्षित रहेको दाबी गरे ।     कार्यक्रममा जिल्ला समन्वय समिति पर्साका उपप्रमुख तथा पार्टी जिल्ला कमिटी सदस्य ठाकुरप्रसाद न्यौपानेले पार्टी सङ्गठन र संसदीय फाँटले जनभावनाअनुरूप काम गर्न सके मात्रै दिगो हुने बताए ।     किसान महासङ्घ पर्साका सहइन्चार्ज गङ्गाबहादुर खड्काले सहजीकरण गरेको भेलामा प्रेस सङ्गठन २ नम्बर प्रदेश कमिटी सदस्य गोविन्दप्रताप श्रेष्ठ, किसान महासङ्घ पर्साका इन्चा

द्रोण पर्व–९

Image
उमाशङ्कर द्विवेदी     यस प्रकार मत्स्य देशका वीरहरूलाई जितेर द्रोणाचार्यले चेदि, करुष, केकय, पाञ्चाल, सृञ्जय र पाण्डववीरहरूलाई पनि बारम्बार परास्त गरे । डढेलोले जसरी वनलाई डढाउँछ, त्यसै प्रकार क्रोधमा भरिएका आचार्यलाई सेनाहरूको विध्वंस गरिरहेको हेरेर सबै सृञ्जयवीरहरू काम्न थाले ।     आचार्यले पाण्डवसेनालाई विध्वंस गरिरहेको हेरेर युधिष्ठिर आदि पाण्डवहरू आचार्यमाथि चारैतिरबाट जाइलागे । उनीहरूमध्ये शिखण्डीले पाँचवटा, क्षत्रवर्माले बीसवटा, वसुदानले पाँचवटा, उत्तमौजाले तीनवटा, क्षत्रदेवले सातवटा, सात्यकिले एक सयवटा, युधामन्युले आठवटा, युधिष्ठिरले बा¥हवटा, धृष्टद्युम्नले दशवटा र चेकितानले तीनवटा बाण उनीमाथि हाने । अनि द्रोणाचार्यले सबैभन्दा पहिले दृढसेनलाई धराशयी पारे । यसपश्चात् उनले बा¥हवटा बाणबाट शिखण्डीलाई र बीसवटा बाणबाट उत्तमौजालाई घाइते पारे तथा एउटा भल्ल–बाण हानेर वसुदानलाई यमराजको घर पठाइदिए । फेरि असीवटा बाण क्षत्रवर्मामाथि र छब्बीसवटा बाण सुदक्षिणमाथि हाने तथा एउटा भल्ल–बाण हानेर क्षत्रदेवलाई रथबाट तल झारिदिए । तदन्तर चौसट्ठीवटा बाण युधामन्यु र तीसवटा बाण हानेर सात्यकिलाइए घाइते

घण्टाघरमा एक घण्टा !

Image
मुकुन्द आचार्य     घण्टाघर, वीरगंजको शान हो, मान हो, अभिमान हो, स्वाभिमान हो– यस्ता नारामा जे भने पनि त्यो क्षम्य हुन्छ । खासगरीकन नेताहरूले मञ्चबाट माइकमा कराउँदा सुहाउँछ होला । तर हाम्रो देशमा भने घण्टाघरहरू नाम मात्रका छन् । काम भने ठ्याम्मै छैन किनभने प्रFयःजसो घण्टाघरहरू अस्वस्थ छन्, बिरामी छन्, अपाङ्ग छन् । कति त मरिसके !     मैले यस्तो निराशाजनक कुरा किन गरेको भने कुनै घण्टाघरमा घण्ट बज्दैन । मान्छेको हातहातमा घडी छ, गोजीमा मोबाइल छ । समय जान्नुप¥यो भने कसैले मुन्टो ठाडो पारेर घण्टाघरको दर्शन गर्दैनस उसलाई राम्ररी थाहा छ, यो घण्टाघर त नाम मात्रको होस यसमा ज्यान छैन, प्राण छैन । अब यसको काम छैन । समय सकिएको औषधि !     यस्तै कुनै पत्रु भइसकेको, निर्जीव घण्टाघरको सेरोफेरोमा मैले एक घण्टा जतिको समय खेर फाल्नु थियो । घरी यता उभिन्छु, घरी उता । घण्टाघरले काम नगरे पनि समय त मान्दैन । ऊ त आप्mनो निर्धारित गतिमा चलायमान रहन्छ नै । ‘समय बडा बलवान’ त्यसैले भनिएको होला ।     मैले लाएको जस्तै पोशाकमा एकजना भद्र व्यक्ति, मलाई अलि टाढैबाट ताकेर अलि–अलि हँसिलो अनुहार पार्दै मेरो सामु उपस्थित

प्रदूषणको असर

– प्रियङ्का यादव     एक समयको कुरा हो । रामपुर नाम गरेको गाउँ थियो । त्यस गाउँका मानिसहरू आआप्mनो जीवन राम्ररी बिताइरहेका थिए । त्यस गाउँमा राम र श्याम नाम गरेका दुईजना मानिस थिए । तिनीहरू गाउँका बारेमा विभिन्न कुरा जान्दथिए । तिनीहरू गाउँका मानिसलाई खुशी राख्न विभिन्न कार्यक्रम पनि गरिरहेका हुन्थे । आप्mनो गाउँ सुन्दर र सुरक्षित राख्न विभिन्न योजना पनि बनाउँथे । गाउँका बालबालिकालाई विद्यालयमा भर्ना गराउन विभिन्न कार्यक्रम गर्थे । त्यस गाउँका मानिसहरू खुशीसाथ जीवन बिताइरहेका थिए ।     केही समय बित्दै गयो । गाउँमा विभिन्न साना–ठूला कारखानाहरू निर्माण भए । गाउँलेहरूले जागीर पाए । तिनीहरूलाई आआप्mनो जीविका चलाउन सहज भयो । उनीहरूलाई खान–लाउन समस्या भएन । केही समय बित्दै गयो । गाउँ दिन प्रतिदिन फोहर र प्रदूषित हुन थाल्यो । गाउँमा रहेका कारखानाबाट निस्केका फोहरमैला यताउता फाल्दा गाउँ फोहर हुँदै गयो । मानिसहरू बिरामी हुन थाले । यो सबै देखेर राम र श्यामलाई निकै दुःख लाग्यो । उनीहरू मनमनै यसलाई कसरी सुधार गर्ने भन्ने योजना बनाउन थाले । गाउँका केही मानिसहरू प्रदूषणले गर्दा मर्न थाले । ससाना बालब

हिन्दू संस्कृतिका केही कुरा

Image
बासुदेवलाल दास प्राध्यापक, इतिहास विभाग ठाराब क्याम्पस, वीरगंज गताङ्क (माघ १८ गते) को बाँकी...     (१०) उत्तर दिशामा सिरानी गरी सुत्न नहुनुः– प्रायः के देखिन्छ भने मृत शरीरलाई उत्तरतिर सिरानी गराएर राखिन्छ, अतः भनिन्छ कि जीवित व्यक्तिले उत्तरतिर सिरानी गरी सुत्नुहुँदैन । परन्तु शरीरविज्ञानको दृष्टिले विचार गर्दा यस्तो पाइन्छ कि मनुष्यको शरीरमा एउटा चुम्बकीय क्षेत्र हुन्छ, जसको तारतम्य रक्त सञ्चारसित हुने गर्दछ । पृथ्वी एउटा विशाल चुम्बक हो, जसका उत्तरी र दक्षिणी ध्रुवहरू सक्रिय रहेका हुन्छन् । हिन्दू संस्कृतिको विकास भारतवर्षमा भएको हो । भारतवर्षको भूभाग पृथ्वीको उत्तरी गोलाद्र्ध अन्तर्गत पर्दछ । उत्तर दिशातर्पm सिरानी गर्दा शरीरको टाउको पृथ्वीको उत्तरी ध्रुवतिर पर्न जाने भएकोले पृथ्वीको चुम्बकीय धाराको विपरीतमा शरीरको चुम्बकीय धारा हुन पुग्दछ । यसले गर्दा शरीरमा रक्तचाप विषयक विकार उत्पन्न हुने एवं यस्तो अवस्थामा शरीरमा रक्त सञ्चार सुचारु राख्नमा हृदयलाई अत्यधिक बलपूर्वक कार्य गर्नुपर्ने हुन्छ । अर्कोतिर, मनुष्यको रगतमा लौहतŒव (फलामको मात्रा) विद्यमान रहेको हुन्छ । सुतेको अवस्थामा य

जाडो महीनामा बालबालिकाको विशेष आहार

Image
मीरा शाह     जाडो महीना विशेषगरी बालबालिकाको लागि मात्रै नभई ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी महिलालगायत सम्पूर्ण व्यक्तिका लागि एकदम चुनौतीपूर्ण महीना रहेको हुन्छ । यो बेला मौसम परिवर्तनले गर्दा विभिन्न किसिमका सङ्क्रमणहरू हुन सक्छन् । यस्तो बेलामा बालबालिकामा रोगसँग लड्ने क्षमतामा कमी भएर विभिन्न प्रकारका सङ्क्रमण हुने गर्दछ । झन् बिरामी भएपछि औषधिको सेवनले गर्दा खानेकुरा खान खासै मन गर्दैन र त्यसमाथि खानेकुरामा ध्यानै नदिंदा दिनदिनै झन् सिकिस्त हुँदै गइन्छ । लामो समयसम्म खानेकुरामा विशेष ध्यान पु¥याउन सकेनौं भने शारीरिक र मानसिकरूपमा नराम्रो असर पर्न सक्छ । शारीरिक शक्ति, मेटाबोलिज्म आदिमा परिवर्तन हुन सक्छ । चिसो मौसममा न्यानो लुगा लगाएर मात्रै पुग्दैन, पोषिलो खानेकुरामा बढी ध्यान पु¥याउनुपर्छ ।     यहाँ विशेषगरी बालबालिकाको लागि पोषिलो, शक्तिवर्धक खानेकुराको बारेमा उल्लेख गरिएको छ । ताजा मौसमी सागपात, तरकारीहरूः     मौसम अनुसारको सागपात, तरकारीहरू काउली, ब्रोकाउली, तरुल, गान्टेमुला, सखरखण्ड, कुरिलो, कागती, आदिको सेवन गर्नुपर्छ । गाजरमा बिटा क्यारोटिन भएकोले काँचो वा पकाएर

आठ जिल्लामा गजलकारहरूको खोजी

Image
सञ्जय साह मित्र     नेपालका सात प्रदेशमध्ये प्रदेश नम्बर २ मा धनुषा, पर्सा, बारा, महोत्तरी, रौतहट, सप्तरी, सर्लाही र सिराहा जिल्ला रहेका छन् । यस प्रदेशका प्रमुख तीन भाषामा बज्जिका, भोजपुरी र मैथिली छन् । देशकै प्रमुख भाषा नेपाली यस प्रदेशको प्रमुख तीन भाषामा परेको छैन तर पनि नेपाली भाषाको साहित्य समृद्ध छ । नेपाली भाषाका साहित्यमध्ये गजलको विशिष्ट स्थान रहेको छ । आठ जिल्ला अर्थात् प्रदेश २ मा गजलकारहरूको पनि खोजी हुनुपर्दछ । यसैको प्रयासस्वरूप यो आलेख तयार पारिएको हो ।     गजलकार अमर त्यागी (बारा)को ‘बाँसुरीमा आँसुको गीत’ गजलकृति प्रकाशित छ । अर्जुन थापा, कमल नेपाल, कवि सुवेदी, कृष्ण दाहाल, कुमार दाहाल, चण्डिका मैनाली, पवन कार्की, प्रमिला पोखरेल, मनीषा भट्टराई, मिलन कोइराला, वसन्त पौडेल, विवश पौडेल, लीलाराज दाहाल र सुमित्रा आचार्य (सर्लाही)को ‘अध्याय संयुक्त’ गजलकृति प्रकाशित छ । खेमप्रसाद बोलखे (रौतहट)को ‘उद्वेग’ कृति प्रकाशित छ । यसैगरी, गोपाल अश्क (पर्सा)को ‘जीवनको लेक र बेंसी’ गजलसङ्ग्रह तथा प्रेमान्तर गजल महाकाव्य प्रकाशित छ । धीरेन्द्र प्रेमर्षि (धनुषा)को ‘सलाम’ प्रकाशित छ । य

सर्प पनि मरोस् लाठी पनि नभाँचोस्

Image
वैद्यनाथ ठाकुर     यतिबेला देशमा वामपन्थी सरकार छ । मुलुकमा पहिलेको भन्दा चुस्तदुरुस्त प्रशासन हुनुपर्ने हो । भ्रष्टाचार गर्न कर्मचारीहरू डराउनुपर्ने हो । सीमामा कर छलेर वारिपारि गर्ने तस्करहरू भयभीत हुनुपर्ने हो । विद्यालयलाई कमाइखाने भाँडो बनाएका प्रधानाध्यापकहरू पढाइलेखाइमा ध्यान केन्द्रित गर्नुपर्ने हो । अस्पतालमा चिकित्सकहरू निजी क्लिनिकको भन्दा बिरामीलाई बढी ध्यान र समय दिएर उपचारमा लाग्नुपर्ने हो ।     त्यसैगरी, यतिबेला किसानहरू हर्षित हुनुपर्ने हो । मजदूरहरू खुशी हुनुपर्ने हो । हिजोका दिनहरूमा नेकपाको सबै मोर्चाका लडाइँमा खुलेर साथ दिएका मुस्लिम, थारू, महिला, मधेसी, आदिवासीलगायत सीमान्तकृत जनसमुदाय अत्यन्तै हर्षित हुनुपर्ने हो ।     तर के माथि भनिएभैंm आमजनसमुदाय खुशी हुने काममा सरकार लागेको छ ? असल काम गर्न सरकारलाई अब कसले रोकेको छ ? अथवा सरकार देशी–विदेशी दलालहरूको पञ्जामा फसेको भएर नागरिकहरूमा निराशाको भावना जागृत भएको हो कि ?     कार्यालयहरूमा अभैm हाकाहाकी घूस मागिंदैछ । विद्यालय शिक्षा निश्शुल्क भनिए तापनि सबैले अनेक बहानामा मोटो रकम असुल्दैछन् । अस्पतालमा उपचार गराउनु

सरकारको ओत जरुरी

    सरकारले गरीबी निवारणको लागि एक दशकअघि ल्याएको गरीबी निवारण कोष कार्यक्रम अहिले असफल हुँदैछ । असफल हुनुमा पनि सरकारकै लापरवाही देखिन्छ । देशभरि ४४ जिल्लामा लागू भएको यो कार्यक्रम पर्सामा पनि लागू छ । कार्यक्रम लागू भएको अवधिदेखि केहीअघिसम्मको तथ्याङ्कले पर्सामा यो कार्यक्रम आशा गरेभन्दा बढी सफल रह्यो । अतिविपन्न, विपन्न र गरीब परिवार यो कार्यक्रमबाट बढी लाभान्वित भएका थियो । दैनिक खानका लागि समस्या झेल्दै आएका समुदाय यस कार्यक्रमबाट आर्यआर्जनतर्पm उन्मुख भएका थिए । गाउँटोलमा साहु महाजनबाट मिटर ब्याजमा ऋण लिएर सानातिना काम गरी गुजारा गर्ने अतिविपन्न, विपन्न, गरीब परिवारका मानिसहरू साहु महाजनको ब्याज चुक्ता गर्दैमा आप्mनो सारा जीवन व्यतीत गर्नुपर्ने समस्या झेल्दै आएका थिए ।     गरीबी निवारण कोष कार्यक्रम लागू भएपछि सहुलियतमा कर्जाबाट आप्mनो सीप अनुसारको सानातिना रोजगारका कामहरू गरेर उनीहरू समाजमा अन्य समुदायसरह हैसियत बनाउने कार्यमा अग्रसर भएका थिए । कोषले आर्यआर्जनका लागि ती वर्गलाई अभिप्रेरित त गरेकै थियो साथै भौतिक पूर्वाधार निर्माणमा पनि उनीहरूको सहभागिता बढाएको थियो । एक प्रतिशत

२०७६ माघ १७ गते शुक्रवारको प्रतीक दैनिक

Image

गरीबी निवारण कोष कार्यक्रमको दुरवस्था, पर्सा जिल्लामा मात्रै करोडौं लगानी जोखिममा

Image
प्रस, पोखरिया, १६ माघ/     पर्सा जिल्लामा गरीबी निवारण कोषको अवस्था लथालिङ्ग, भताभुङ्ग अवस्थामा पुगेको छ ।     सरकारले आव २०६५/०६६ मा देशका करीब ४४ जिल्लामा सञ्चालन गरेको गरीबी निवारण कोष कार्यक्रम शुरूको आधा दशकसम्म पर्सा जिल्लामा निकै प्रभावकारी भएपनि सरकारी उदासीनताले यो कार्यक्रम अहिले असफल मात्र भएको छैन, करोडौं लगानी जोखिममा परेको छ । पर्सा जिल्लामा मात्र करीब ५० करोडको हाराहारीमा यो कोषमा गरिएको लगानी अहिले जोखिममा छ । गरीबी निवारण कोष अन्तर्गत पर्सा जिल्लामा तत्कालीन ४४ गाविस र वीरगंज उपमहानगरपालिकाका दुईवटा वडामा कार्यक्रम लागू थियो । जिल्लामा ३६० वटा समूहहरू सक्रिय थिए । अतिविपन्न, विपन्न र गरीबहरूलाई लक्षित गरेर समूह बनाइएको थियो । वार्षिकरूपमा आम्दानीबाट तीन महीना गुजारा हुने समूहको अध्यक्ष, ६ महीना गुजारा हुने सचिव र ९ महीना तथा वर्षभरि गुजारा हुने महिलाहरू पदाधिकारी सदस्य बनेका थिए । कोषको कार्यक्रम लागू भएको स्थानका महिलामा निकै जागरण आएको थियो ।     मासिकरूपमा बैठक गर्ने, समूहमा लगानी गर्ने, साँवा र ब्याज सङ्कलन गर्ने, बैंकमा खाता खोल्ने, चेक काट्ने जस्ता कामहरूका साथ

वन कार्यालयले दिएको म्याद गुज्रियो अतिक्रमणकारीले कागजात पेश गरेन

Image
प्रस, निजगढ, १५ माघ/     मकवानपुर र बाराको सिमानास्थित मकवानपुरको बकैया गाउँपालिका–६ भालुखोलानजीकै चुरेमा बसोबास गर्दै आएका सुवन सिंह लोप्चनलाई जग्गाको आवश्यक कागजात पेश गर्न वन कार्यालयले दिएको हदम्याद नाघेको छ । तोकिएको म्यादभित्र लोप्चनले कागजात पेश नगरेको वन कार्यालयले जनाएको छ ।     आप्mनो जमीन खोलाले कटान गरेको र सो जमीन सुरक्षित गर्ने भन्दै लोप्चनले ढुङ्गाको पर्खाल लगाइ सीमा क्षेत्रमा बारा जिल्लातर्पmको सार्वजनिक जमीन कब्जा गरेका छन् । सोविरुद्ध सब–डिभिजन वन कार्यालय रतनपुरीमा उजूरी परेको थियो । सोही उजूरीको आधारमा सब–डिभिजन रतनपुरीले कागजात पेश गर्न लोप्चनलाई पत्राचार गरेको थियो ।     गत पुस २७ गते काटेको पत्रमा ५ दिनभित्र सो जमीनसम्बन्धी सम्पूर्ण कागजात पेश गर्न भनेको थियो । सो म्यादभित्र अधूरो प्रमाण पेश गरेपछि पुनः माघ १० गते ३ दिनको हदम्याद तोकी बारा–मकवानपुर सीमा स्पष्ट भएको ट्रेस नक्शा, ब्लुप्रिन्ट नक्शा उपलब्ध गराउन पत्राचार गरिएको थियो । माघ १३ गते म्याद गुज्रिसकेको भए तापनि अहिलेसम्म कागजात उपलब्ध नगराएको रतनपुरी सब–डिभिजन वनका कार्यालय प्रमुख रविकान्त श्रीवास्तवले ब

वैदेशिक रोजगारमा जाने युवालाई विनाधितो ऋण

Image
प्रस, जनकपुरधाम, माघ १६/     प्रदेश नं २ सरकारको समन्वयमा वैदेशिक रोजगारमा जाने युवाहरूले विनाधितो सहुलियतमा ऋण पाउन थालेका छन् ।     प्रदेश सरकार, सीप परियोजना र प्रभु बैंकबीच वैदेशिक रोजगारमा जानेहरूलाई सहुलियत दरमा विनाधितो ऋण उपलब्ध गराउन भएको सम्झौताबमोजिम प्रभु बैंकले आजदेखि युवाहरूलाई ऋण दिन शुरू गरेको हो ।     जनकपुरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री लालबाबू राउत गद्दीले प्रभु बैंकको वैदेशिक रोजगार कर्जाको शुभारम्भ गरे ।     सो अवसरमा ९ जना युवालाई विनाधितो वैदेशिक रोजगारका लागि ऋण दिइएको थियो । मुख्यमन्त्री गद्दीले नौजना युवालाई आज उद्घाटन समारोहमैं विनाधितो ऋण प्रदान गरेका थिए ।     कार्यक्रममा मुख्यमन्त्री गद्दीले प्रदेश सरकारको पहल तथा सीप परियोजनाको सहयोगमा शुरू भएको योजनाले साहुमहाजनबाट चर्काे ब्याजमा ऋण लिएर वैदेशिक रोजगारमा जानुपर्ने युवाहरूको बाध्यता केही हदसम्म समाधान हुने विश्वास व्यक्त गरे ।  उनले  वैदेशिक रोजगारमा जाने युवाहरूलाई स्वदेशमैं सीप सिकेर जान सुझाव दिए । सीप सिकेर वैदेशिक रोजगारमा जाँदा जोखिमपूर्ण कामबाट जोगिने र सम्झौता अनुसारको काम पाइने सम्भावना बढी

दाइजो र बालविवाह बालिकाहरूलाई अभिशाप

प्रस, सेढवा १६ माघ/     कक्षा ४ मा अध्ययनरत १२ वर्षीया मनीताकुमारी ठाकुर (नाम परिवर्तन)को बिहे तय भएपछि विद्यालय जान छाडेकी छन् ।     ठाकुरको बिहे आगामी फागुन महीनाको अन्तिम सातामा तय भएको छ । आर्थिक तथा शैक्षिक अवस्था कमजोर रहेको मनीताको परिवारले धेरै दाइजो नदिए पनि एउटा साइकल, सुनको औंठी, लत्ताकपडा र भाँडाबर्तन दिने तय भएको छ ।     मधेसी समुदायमा विद्यमान छोरीलाई पढाउन नहुने विकृत मानसिकताको कारण मनीता निकै ढिलो गरी विद्यालय प्रवेश गरेकी थिइन् । बल्लतल्ल कक्षा ४ सम्म आइ यस शैक्षिकसत्र २०७६ को दोस्रो त्रैमासिक परीक्षामा सम्मिलित भएपनि विवाहको तय भएपछि विद्यालय जान बन्द गरेकी छन् । मनीताको अभिभावकका अनुसार छोरीको बिहे गर्नैपर्छ, अहिले नाबालिग उमेरमा विवाह गर्दा दाइजो कम लाग्ने, बीस वर्ष उमेर कटेपछि दाइजो धेरै दिनुपर्ने हँुदा अहिले नै विवाह तय गरेको दुःखेसो पोखे ।     त्यस्तै, गत वर्ष फागुन महीनामा जीराभवानी गाउँपालिका वडा नं २ सेढवामा दाइजोकै कारण एकजना युवतीले ज्यान गुमाउनुपरेको थियो । लालसाकुमारी बिनको बिहे तय भएपछि उनका अभिभावकले मदिरासेवन गरी घरमा सल्लाह गर्नेक्रममा दाइजो दिन नसक्न

सुखचैनाको नालामा लफडा, सडकको जग्गा कब्जा गर्न नाला निर्माण योजना

Image
प्रस, परवानीपुर, १६ माघ/     वीरगंज–१८ सुखचैनामा महानगरको रु २४ लाख बजेटमा भइरहेको ‘नाला निर्माण’ योजनामा लफडा सृजना भएको छ ।     निर्वाचित जनप्रतिनिधिहरूले नै सडकको सार्वजनिक जग्गा कब्जा गर्न उक्त योजना थालेको गाउँलेहरूकोे आरोप छ । वडा नं १८ का वडासदस्य छोटेलाल राउत कुर्मीलगायत निजका दुई दाजुभाइ मिलेर सडकको करीब अढाई कट्ठा जग्गा हडप्न उक्त योजना ल्याएको भन्दै गाउँलेहरूले महानगरमा निवेदन दिएका छन् ।     निवेदकहरूले आवश्यक कारबाही गरी अतिक्रमित जग्गा खाली गराउन माघ ८ गते नै महानगरको कार्यालयमा उजूरी दिए पनि सो उजूरी उपर महानगरको तदारूकता नदेखिएको निवेदकमध्येका विपिन यादवले गुनासो गरे ।     वडा कार्यालयले गाउँलेहरूको गुनासो नसुनेपछि महानगरमा निवेदन बुझाएको उनीहरूले बताएका छन् । वडा कार्यालयमा पनि हुलाकमार्पmत् आपूmहरूले निवेदन पेश गरेको स्थानीय बासिन्दाले जानकारी गराएका छन् ।     करीब सवा सय मिटर लम्बाइको सडकको दायाँबायाँ नाला निर्माण गर्न गत जेठ ३० गते गाउँभेलाबाट उपभोक्ता समिति गठन भएको थियो । भेलाबाट गीता गजेन्द्रराज जोशी माविको छेउछाउको ऐलानी जग्गा पत्ता लगाइ सुखचैनामा पश्चिमबाट प्

पर्सागढी नपा–७ को वडा कार्यालयमा चोरी

प्रस, पर्सागढी, १६ माघ/     पर्सागढी नगरपालिका–७ वडा कार्यालयमा गएराति चोरी भएको छ । चोरले कार्यालयमा लगाएको ताला तोडी त्यहाँ रहेको कम्प्युटर सेट, फोटोकापी मेशिन चोरी गरेको बताइएको छ ।     इलाका प्रहरी कार्यालय एकटाँगाले कार्यालयमा भएको चोरी सम्बन्धमा अनुसन्धान भइरहेको बताएको छ । आज बिहान वडा कार्यालय खोल्न गएका कार्यालय सहयोगी नरेन्द्र रामबाट चोरीबारे पुष्टि भएको थियो । उनले घटनाबारेमा प्रहरीलाई खबर गरेका थिए ।     वडा कार्यालयमा भएको चोरी सम्बन्धमा दुईजनामाथि शङ्का गरिएको छ । प्रहरीले शङ्कास्पद व्यक्तिहरूको खोजी गरिरहेको छ । प्रारम्भिक जानकारी अनुसार करीब एक लाख रुपैयाँबराबरको सामान चोरी भएको प्रहरीले अनुमान गरेको छ । वडाध्यक्ष रामजी साहले पनि रु एक लाख मूल्यका सामानहरू चोरी भएको बताए ।

शहीद दिवसमा ¥याली, शालिकमा माल्यार्पण

प्रस, वीरगंज, १६ माघ/     शहीद दिवस वीरगंजमा मनाइएको छ । स्व. गिरिजाप्रसाद कोइराला फाउन्डेशन पर्साले कार्यक्रम आयोजना गरी नारायणी अस्पतालस्थित थीरबम मल्ल, गण्डकस्थित शहीद तेजबहादुर अमात्यको  सालिकमा पूmलमाला अर्पण गरी दिवस मनाएको थियो ।     फाउन्डेशनका अध्यक्ष महम्मद सहाबुद्दीनको अध्यक्षतामा भएको कार्यक्रममा शहीद अमात्यका पुत्र पूर्वसांसद राजेन्द्रबहादुर अमात्यले शहीद दिवस नेपाली काङ्ग्रेसले मनाउनुपर्नेमा फाउन्डेशनले मनाएकोमा दुःख व्यक्त गरे । उनले शहीद दिवस नेपाली काङ्ग्रेसले कार्यक्रम गरी मनाउँदै आएको परम्परालाई निरन्तरता नदिएको भन्दै गुनासो गरे । उनले नेकाको नेतृत्वमा भएको प्रजातान्त्रिक आन्दोलनमा शहादतप्राप्त शहीदहरूलाई पर्सा काङ्ग्रेसले बिर्सेकोमा चिन्ता व्यक्त गरे ।        फाउन्डेशनका अध्यक्ष महम्मद सहाबुद्दीनले पार्टीको जिल्ला, क्षेत्र तथा नगर कार्यसमितिले शहीद दिवस मनाउने चाँजोपाँजो नदेखाएपछि फाउन्डेशनले अग्रसरता देखाएर कार्यक्रम आयोजना गरेको प्रस्ट्याए । उनले कतैबाट कार्यक्रम नहुने भएपछि फाउन्डेशनले हतारमा कार्यक्रम आयोजना गरेको बताए । कार्यक्रममा नेका पर्साका नेता, कार्यकर्ता

समाजवाद उन्मुख सामाजिक सुरक्षाको खाँचो

Image
शीतल महतो     यतिखेर मुलुकमा उच्च आर्थिक वृद्धिदरको आवश्यकताबारे चर्चा–परिर्चचा र बहस भइरहेको छ । यस्तो छलफल आफैंमा नयाँ नभए पनि असान्दर्भिक भने पक्कै छैन । यद्यपि विकासको बहस चलिरहँदा दीर्घकालमा आम नेपालीले अनुभूत गर्ने विकासको खाका कसरी तयार गर्ने भन्ने प्रश्न गौण बन्ने गरेको छ । यस अर्थमा अर्थतन्त्रको स्थायित्व र राज्यको बलियो उपस्थिति सर्वसाधारण नागरिकले पनि महसूस गर्ने प्रभावकारी माध्यम बनेको छ, सामाजिक सुरक्षा । प्रमुख राजनीतिक दलहरूले पटक–पटक दोह¥याइराख्ने र नेपालको संविधानको प्रस्तावनाले समेत समेटेको ‘समाजवाद’को अवधारणा पनि सामाजिक सुरक्षाको जगमा मात्र उभिन सम्भव छ । अहिले बलियो र स्थायी सरकार भएकोले सामाजिक सुरक्षाको आधारशिला तयार पार्ने सुवर्ण अवसर हातमा छ । अब्बल सामाजिक सुरक्षाका लागि पहिलो बाटो भनेको नै प्रस्ट नीति तर्जुमा गर्नु हो । हालै योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ र सोसँग सम्बन्धित सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि २०७५ (पहिलो संशोधन २०७६) ले नीतिगत कार्यदिशा दिएको छ । गत वर्ष योगदानमा आधारित सामाजिक सुरक्षा योजना सरकारले ठूलो तामझामका साथ शुरू गरेपनि

मूल्यवृद्धि कम पार्न सरकार असफल भएको छ

Image
विश्वराज अधिकारी         आपूm कुनै आर्थिक विवादमा नपरेर ‘क्लिन’ प्रधानमन्त्री हुन सफल भए तापनि आर्थिक विकासको हिसाबले भने प्रम केपी ओली सफल देखिएका छैनन् । केपी ओलीको प्रधानमन्त्रित्वकालमा देशले कुनै विशेष किसिमको वा राष्ट्रिय महŒवको आर्थिक विकास वा आर्थिक विकासका योजना अथवा कार्यक्रमहरू देख्न एवं अनुभूत गर्न पाएको छैन । खासगरी महँगी नियन्त्रणको क्षेत्रमा ओली नेतृत्वको सरकार असफल देखिएको छ । देशमा अहिले मूल्यवृद्धि दर लगभग ७ प्रतिशत छ । क्षेत्रगत रूपमा सबैभन्दा बढी मूल्यवृद्धि खाद्य एवं पेय पदार्थमा देखिएको छ । खाद्य तथा पेय पदार्थको मूल्यवृद्धि अहिले लगभग १० प्रतिशत हुन पुगेको छ । तर मूल्यवृद्धि रोक्न वा मूल्य स्थिर पार्न पनि ओली सरकारबाट कुनै ठोस आर्थिक प्रयास भएको देखिएको छैन । राजनीतिको जोड घटाउमा नै ओली सरकार बढी व्यस्त देखिएको छ । जनतालाई आर्थिक राहत दिने अनेक उपायको खोजी गर्नुको सट्टा के कस्ता दाउपेच गरेर आप्mनो सरकारलाई निरन्तरता दिन सकिन्छ भन्ने उद्योगमा ओली सरकार दत्तचित्त भएर लागेको देखिन्छ । राजनीतिक शक्तिको भागबन्डामा अल्झिएको देखिन्छ ।     राष्ट्र बैंकको हालैको प्रतिवे

धर्मविरोधी जातिप्रथा

Image
श्रीमन्नारायण     जातिप्रथालाई धर्म एवं शास्त्रहरूको दृष्टिकोणले पनि कहिल्यै उचित मानिएको छैन । हिन्दू धर्मग्रन्थहरूमा यस्ता अनेकौं उदाहरणहरू छन्, जसमा व्यक्तिले समाजमा जातीय कारणले होइन कि आप्mनो निजी गुण एवं ज्ञानका कारण ख्याति र सम्मान पाउन सफल भएका   छन् । देशको संविधान र कानूनमा पनि जातिप्रथाको व्यवस्था छैन तर पनि हाम्रो देशका सामाजिक एवं जातीय सङ्गठनका अभियन्ताहरू समाजमा द्वेषको वातावरण सिर्जना गरेर आप्mनो निहित स्वार्थपूर्ति गरिरहेका छन् ।     प्राचीनतम ग्रन्थ ऋग्वेदमा पनि भनिएको छ कि सबैजना देउताकै सन्तान हुन् तथा सबैको हृदयमा देवत्वको वास छ । सबैजना समृद्धि तथा विकासको पथमा अग्रसर बन्धुबान्धव मात्रै हुन् । यस्तो अवस्थामा सानो–ठूलोको प्रश्न नै उठ्दैन । सबै मनुष्यमा एक समान ईश्वरीय तŒव विद्यमान रहने गरेका कारण सबैजना एक समान हुनु स्वाभाविक नै हो । यसै विचारको आधारमा स्वामी विवेकानन्दले जातिमा आधारित सामाजिक शोषणलाई अधर्मको संज्ञा दिएका थिए । उनले भनेका थिए कि एउटा व्यक्तिमा विद्यमान ईश्वरीय तŒव अर्को व्यक्तिमा स्थित ईश्वरीय तŒवप्रति कसरी अन्याय गर्न सक्दछ ? वेदहरूमा वर्णित समा

गाँजा फँडानी

    गाँजा पँmडानी गरिएका समाचार प्रायः दिनहुँ आइरहेका छन् । विशेषगरी पर्सा र बारा जिल्लाका विभिन्न क्षेत्रमा प्रहरीले गाँजा पँmडानी गरिरहेको छ । करेसाबारी तथा बगैंचाबारी, सुर्तीबारी, उखुघारी, नदीखोला एवं जङ्गल किनारालगायतका स्थानहरूमा गाँजाको बोट फेला परिरहेका छन् । विगतमा यस क्षेत्र गाँजाको पकेट क्षेत्रजस्तै थियो । हिउँद महीनामा जिल्लाका ग्रामीण क्षेत्रहरूमा गाँजाबाहेक अरू खेतीबाली नै थिएन । माओवादी द्वन्द्वको रापमा हौंसिएको गाँजा तत्कालीन प्रहरी प्रशासन र कृषकलाई समेत गतिलै आम्दानी भइरहेको थियो । गाँजाखेती मुलुकको लागि फाइदा कि बेफाइदा भन्ने विषयमा  अझै पनि तर्क–वितर्क र बहसहरू चलिरहेका छन् । तर जहाँ जे सुकै भएपनि हाम्रो मुलुकको प्रचलित ऐन कानून अनुसार गाँजा प्रतिबन्धित वस्तु हो । यसर्थ यसको उत्पादन, प्रशोधन, सेवन, ओसारपोसार तथा खरीद–बिक्री दण्डनीय छ । पर्सामा गाँजाको जालोलाई तत्कालीन प्रहरी उपरीक्षक राजेन्द्रमान श्रेष्ठले तोडेका थिए । श्रेष्ठपछि पर्सा आएका प्रहरी उपरीक्षक रमेश खरेलले गाँजाको जालो खडा गर्नेहरूको जरो किलो पनि उखेलेर गाँजाखेतीरहित जिल्ला बनाएका थिए ।     गाजा रोप्ने सम

२०७६ माघ १६ गते बिहीवारको प्रतीक दैनिक

Image

पर्साको दोस्रो जिल्लासभा सम्पन्न, बेरुजु राखे उम्मेदवारीबाटै वञ्चित –सांसद यादव

Image
प्रस, वीरगंज, १५ माघ/     जिल्ला समन्वय समिति पर्साको दोस्रो जिल्ला भेला बुधवार समन्वय समितिको सभाकक्षमा सम्पन्न भएको छ ।     सभाको उद्घाटन गर्दै कार्यक्रमका मुख्य अतिथि एवं पर्सा क्षेत्र नं. १ को प्रतिनिधिसभा सदस्य प्रदीप यादवले पालिका प्रमुखहरूलाई पालिकाको बेरुजु तत्काल असुलउपर गर्न आग्रह गरे । “आधा कार्यकाल बितिसक्यो, अब बाँकी आधा कार्यकालमा सम्पूर्ण बेरुजु फछ्र्योट गरिसक्नुस् । बेरुजु राख्ने पालिकाका प्रमुख उम्मेदवार बन्न नपाउने कानून आउँदैछ ।”     सङ्घीय सांसद यादवले भने, “हामी कानून निर्माणको क्रममा छौं, यो कानून अवश्य आउँछ । रकम फ्रीज गर्ने पालिकाको रकम कटौती गर्ने नियम कार्यान्वयन भइसकेको छ । त्यसैगरी, बेरुजु फरफारक गर्न नसक्ने प्रमुखहरू पुनः प्रमुख पदका लागि उम्मेदवार बन्न नपाउने कानून पनि यही कार्यकालमा कार्यान्वयन हुन्छ । भोलि नपछुताउनुहोला ।”     जिल्लामा सन्तुलन र समन्वयका साथ विकास निर्माण कार्य अगाडि नबढेको टिप्पणी गर्दै सांसद यादवले जिल्लाको पर्यटकीय क्षेत्र ठोरीसँग शुरूदेखि नै अन्याय भइरहेको बताए । “आप्mनो क्षेत्र भन्ने तर विकास निर्माणमा अपनत्व नदेखाउनु क्षेत्रप्रति

ट्रेडमार्क र प्रतिलिपि अधिकारबारे अन्तक्र्रिया

Image
प्रस, परवानीपुर, १५ माघ/     उद्योग विभाग र प्रदेश नं २ उद्योग मन्त्रालयको संयुक्त आयोजनामा बुधवार वीरगंजमा औद्योगिक सम्पत्ति (पेटेन्ट डिजाइन ट्रेडमार्क) प्रवद्र्धनसम्बन्धी अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भयो ।         कार्यक्रममा कुनै पनि कम्पनी, उद्योगले आप्mनो उत्पादन दर्ता गर्ने  तथा उत्पादित सामग्रीको ट्रेडमार्क प्रतिलिपि अधिकार सुनिश्चित गर्ने प्रक्रिया तथा कानूनी व्यवस्थाबारे जानकारी गराइएको थियो ।     कार्यक्रममा वीरगंजका उद्योगीहरूले उद्योग विभागकै कर्मचारीहरूको मिलेमतोमा पहिलेदेखि दर्ता रहेको ट्रेडमार्क अरू व्यवसायीले दर्ता गराइ पहिलेका लगानीकर्तालाई दुःख दिने गरेको आरोप लगाए । सरकारको अव्यावहारिक नीतिको कारण पहिलेदेखि आधिकारिक विक्रेताको स्वीकृति लिएर व्यवसाय गरिरहेको अवस्थामा ट्रेडमार्क नक्कल गरी चीनबाट सस्तो दाममा मगाइने नक्कली सामानले पनि सक्कली सामानको व्यवसायमा असर पारिरहेको उनीहरूको भनाइ थियो ।     वीरगंज कलेजका प्रबन्ध निर्देशक एवं अर्थविद् डा दिपेन्द्रकुमार चौधरीले विभागकै लापरवाही र कर्मचारीको बदमाशीले नेपाली उद्योगी–व्यवसायीले झन्झट बेहोर्नुका साथै करोडौं रुपैयाँ