Posts

Showing posts from September, 2019

२०७६ असोज १४ गते मङ्गलवारको प्रतीक दैनिक

Image

दुई वर्षको मुखियाजीहरूको कार्यप्रगतिः भाडबन्डामा बजेट मिलाउने, कमिशनमा बजेट सिध्याउने

Image
प्रस, परवानीपुर, १३ असोज/     डेमोक्रेसी रिसोर्स सेन्टरको आयोजना तथा सानो पाइला वीरगंजको सहजीकरणमा सोमवार ‘सङ्घीय संरचनामा स्थानीय सरकारको बजेट विनियोजन तथा कार्यान्वयन’ सम्बन्धी अन्तक्र्रिया कार्यकम सम्पन्न भएको छ ।     होटल मकालुमा सम्पन्न भएको कार्यक्रममा बारा, पर्साका विभिन्न स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रध्यापक, गैरसरकारी संस्था, अगुवा महिला तथा सञ्चारकर्मीहरूको सहभागिता थियो । कार्यक्रममा डेमोक्रेसी रिसोर्स सेन्टरले गत वैशाखदेखि करीब पाँच महीना लगाएर नेपालको आठ जिल्ला अन्तर्गतका १५ वटा स्थानीय तहमा प्रतिनिधि खटाएर तयार पारेको अध्ययन प्रतिवेदनलाई सेन्टरका सोवित सुवेदीले प्रस्तुत गरेका थिए ।     प्रतिवेदनमा सानो पाइलाका कञ्चन झा, पटेर्वा सुगौलीकी उपाध्यक्ष ममता महतो, सानो पाइलाका विक्रम उपाध्ययाले टिप्पणी गरेका थिए । कार्यक्रमका सहभागीहरूले आप्mनो धारणा राख्दै जनप्रतिनिधिहरूले सङ्घीयताको मर्म नबुझेको कारण स्थानीय गाउँठाउँ सुहाउँदो बजेट नआएर भागबन्डाको बजेट बनाएर सिध्याउने काम गरेको बताए ।     कर्मचारी अभावले जनशक्ति अभाव, राजनैतिक हस्तक्षेप, सङ्घीयताको सङ्क्रमणकालीन अवस्था यस

दशैं मनाउन आउनेहरूको सङ्ख्या बढ्यो, जानेहरू घटेपछि समस्या

प्रस, वीरगंज, १३ असोज/     दशैं मान्न राजधानीबाट आउनेहरूको सङ्ख्या बढेको छ भने वीरगंजबाट राजधानी जानेहरूको सङ्ख्या निकै घटेको छ ।     वीरगंजबाट प्रतिदिन सामान्य अवस्थामा ४०–५० वटा टाटासुमो र दिवा तथा रात्रिबसबाट सोही सङ्ख्यामा  सवारीसाधन गुड्थे । अहिले वीरगंजबाट राजधानी जाने मानिसहरूको सङ्ख्या निकै घटेको व्यवसायीहरूले बताएका छन् । काठमाडौंबाट भने दशैंको कोजाग्रत पूर्णिमासम्म फर्किने टिकटको अभाव छ । अहिले वीरगंजबाट १० वटा पनि टाटासुमो काठमाडौं जान सकेको छैन ।     यसैगरी रात्रिबसमा पनि डिलक्स, सुपरडिलक्स, एसी बसहरू मात्र बाध्यकारी अवस्थामा सञ्चालनमा छन् । अन्य बस काठमाडौंबाट बूकिङ भएको खण्डमा जाने र फर्कने गरेका छन् । वीरगंजबाट सवारीसाधन काठमाडौं जान नसकेको कारण उताबाट वीरगंज आउने यात्रुले बढी भाडा तिर्नुपर्ने अवस्था आएको व्यवसायीहरूको भनाइ छ । उनीहरूले यताबाट जाने यात्रु नहुँदा सवारी साधन खाली लैजानुपर्ने हुनाले दुवैतर्पmको खर्च जोडेर उताबाट फर्कनेहरूसँग बढी मूल्य लिनुपर्ने बाध्यता रहेको बताएका छन् ।     बढी भाडाविरुद्ध सरकारी अंकुश लागेकोले काठमाडौंबाट वीरगंज आउने सवारीसाधनको अभाव भएको

वर्षाले गर्दा हरियो तरकारीको मूल्य आकाशियो, भारतले रोकेपछि वीरगंजमा पनि प्याजको समस्या

Image
प्रस, वीरगंज, १३ असोज/     वीरगंजमा हरियो तरकारीको मूल्य आकाशिएको छ । भारतमा परेको पानीले त्यहाँबाट आउने आलु, प्याज महँगो भएको छ भने पर्सा, बारा, रौतहट, सर्लाही र मकवानपुरबाट हरियो तरकारी पनि वर्षाको कारण महँगो भएको वीरगंज तरकारी तथा फलपूmल व्यवसायी सङ्घका अध्यक्ष विदुर गुप्ताले बताए ।     भारत, नासिकबाट वीरगंजमा प्याज आउँछ भने आलु बङ्गाल र राँचीबाट आउँछ । अत्यधिक वर्षाको कारण भारतमा प्याज महँगो भएपछि भारत सरकारले छिमेकी देशमा प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ । वीरगंजमा अहिले चोर बाटोबाट प्याज आइरहेको छ । प्याजको थोक मूल्य रु सय प्रतिकिलो पुगिसकेको छ भने खुद्रा मूल्य रु १२०–१३० सम्म पुगेको छ ।     दशैंमा मासुको परिकारमा प्याज अत्यधिक प्रयोग हुने बेला प्याज महँगो भएपछि बजारमा अहिले असहज अवस्था सिर्जना भएको छ । बजारमा माग अनुसार प्याज छैन । सङ्घका अध्यक्ष गुप्ताले चोर बाटोबाट प्याज नआउने हो भने मूल्य अझ बढ्ने बताएका छन् ।     यसैगरी अहिले भारत, राँची र बङ्गालबाट र मकवानपुरको पालुङबाट आलु आइरहेको छ । नयाँ आलुको मूल्य थोकमा रु २१० र पुरानो आलु रु १६० प्रतिपसेरी पर्छ । खुद्रामा भने आलु

१२ सुरक्षाकर्मी कारबाईमा, ६ जना निलम्बित

Image
प्रस, वीरगंज, १३ असोज/     नेपाल प्रहरी हेडक्वाटरबाट गत जेठ २० गते पर्साका एसपी सोमेन्द्रसिंह राठौरले प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका थिए । उनी पर्सा आउनेबितिकै विगतका एसपीले चलाइरहेका दुई मोबाइलमध्ये एउटा मात्र चालू राखे । एउटा बन्द गरे । कामको बेला दुईदुई वटा मोबाइल बजेर हैरान भएका थिए, त्यति बेला उनी । त्यसपछि उनको स्वभाव र काम गर्ने स्टाइलबारे पर्सा प्रहरी मातहतका सबै युनिट र प्रहरी अवगत भइसकेका थिए ।     उनले जिल्लाको चौकीचौकी चहार्नु भन्दा गल्ती गर्ने प्रहरीलाई ठेगान लगाउन थाले । सोही अनुरूप हाल पौने चार महीनाको दौरान पर्सामा एकजना सई, तीनजना असई तथा अन्य गरी १२ जना सुरक्षाकर्मीलाई विभागीय कारबाई गरिएको उपरीक्षक राठौरले पत्रकार सम्मेलनमा जानकारी गराए ।     प्रहरी आचरणविपरीत काम गरेको आरोपमा १२ जनालाई कारबाई गरेको र दुईजना हवल्दारविरुद्ध अनुसन्धान जारी रहेको उनले स्पष्ट पारे । कारबाई गरिएका १२ जनामध्ये छजना निलम्बनमा समेत परेको पर्सा प्रहरीले जनाएको छ ।         निलम्बनमा पर्नेमध्ये एकजना असई, एकजना हवल्दार र चारजना प्रहरी जवान रहेको पर्साका डिएसपी गौतम थापाले बताए । पर्सामा

राजस्व कार्यालयले लक्ष्य भेटेन

प्रस, परवानीपुर, १३ असोज/     आन्तरिक राजस्व कार्यालय वीरगंजले चालू आवको साउन र भदौ महीनामा लक्ष्य अनुसार राजस्व असुली गर्न असफल भएको छ । आन्तरिक राजस्व विभागबाट कार्यालयले १ अर्ब ४१ लाख लक्ष्य पाएकोमा जम्मा ८२ करोड ३ लाख १४ हजार राजस्व असुली गरेको कार्यालयका प्रमुख गोपीकृष्ण कोइरालाले बताए । राजस्व असुली लक्ष्यको ८२ प्रतिशतमात्र भएको छ ।     कार्यालयले आयकरतर्फ लक्ष्यको ९० प्रतिशत, मूल्य अभिवृद्धि करतर्फ लक्ष्यको १ सय २७ प्रतिशत, आन्तरिक अन्तःशुल्क तर्फ निकै कम लक्ष्यकै ३९ प्रतिशत मात्र असुली गर्न सकेको छ । कार्यालयले आयकरतर्फ २ करोड ५ लाख ७५ हजार लक्ष्य पाएकोमा २५ करोड ५३ लाख ९९ हजार, मूल्य अभिवृद्धिकरतर्फ ३१ करोड ७४ लाख ९३ हजार लक्ष्य पाएकोमा ४० करोड २७ लाख ८३ हजार, आन्तरिक अन्तःशुल्कतर्फ ३९ करोड ४ लाख ८ हजार लक्ष्य पाएकोमा १५ करोड ८ लाख ४२ हजार, घर बहाल करतर्फ ६६ लाख २१ हजार लक्ष्य पाएकोमा ५० लाख ४ हजार, ब्याजकरतर्फ ६३ लाख ३७ हजार लक्ष्य पाएकोमा ६२ लाख ३१ हजार गरी कुल ८२ करोड ३ लाख १४ हजार राजस्व असुली भएको कार्यालयले जनाएको छ ।

न्यु जनजागृति युवा क्लब बागदेव विजयी

Image
प्रस, निजगढ, १३ असोज/     दोस्रो निजगढ नगरस्तरीय भेट्रान  नकाउट पूmटबल प्रतियोगिता शुरू भएको छ । सोमवार भएको उद्घाटन खेलमा निजगढ युवा क्लबले पुरानो निजगढलाई १ विरुद्ध ३ गोल गरी न्यु जनजागृति युवा क्लब बागदेव विजयी भएको छ ।         प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि एवं निजगढ नगर प्रमुख सुरेशकुमार खनालले  विजयादशमीको अवसर पारेर गरिएको प्रतियोगिताले एक अर्कामा मित्रता, सद्भाव, मेलमिलापको सन्देश दिने बताए । खेलमा अनुशासन, मर्यादा कायम गरी खेल्न प्रमुख खनालले खेलाडीहरूलाई आग्रह गरे ।     कार्यक्रमका विशिष्ट अतिथि निजगढ नगर उपप्रमुख लीलादेवी लामिछानेले जुनसुकै उमेरका मानिसलाई आप्mनै किसिमको मनोरञ्जन चाहिने हुनाले ४० वर्ष उमेर नाघेका नागरिकहरूलाई लक्षित गरी मनोरञ्जनात्मक पूmटबल आयोजना गरेकोमा आयोजक समितिलाई धन्यवाद दिइन् । आगामी वर्षमा पनि निजगढ नगरपालिकाले यस्ता उमेर समूहलाई लक्षित गरी आयोजना गरिने विभिन्न खेलकूदलगायत अन्य कार्यक्रमलाई प्रोत्साहन गरिने प्रतिबद्धता जाहेर गरिन् ।     आजको प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेबापत विजयी टिम न्यु जनजागृति युवा क्लबका जर्सी नं. १

जीराभवानी र बुद्धनगर क्लब अन्तिम चारमा प्रवेश

माधव तिमल्सिना, ठोरी, १३  अशोज/     ठोरी–३ बुद्धनगरमा सञ्चालित दोस्रो बुद्धनगर गोल्डकपमा सोमवारदेखि दोस्रो चरणको खेल प्रारम्भ भएको छ । पहिलो चरणमा खेलेका १६ टिममध्ये विजयी आठ टिम दोस्रो चरणमा प्रवेश गरेका हुन् ।     दोस्रो चरणको पहिलो खेलमा महावीर युवा क्लब जीराभवानी–१, काठमाडौंटोल र वनशक्ति युवा क्लब ठोरी–२ बीच सम्पन्न भएकोमा टाइब्रेकरमहावीर युवा क्लब जितेर अन्तिम चारमा प्रवेश गरेको छ । निर्धारित ७० मिनेटमा दुवै टिम १–१ गोल गर्दै बराबरीमा रहेपछि खेलको निर्णय टाइब्रेकरबाट भएको थियो ।     निकै रोचक महावीर युवा क्लब र वनशक्ति क्लबबीचको पहिलो खेलमा खेल शुरू भएको ५ मिनेटमा नै गोल गरेर खेलमा अग्रता कायम गरेको थियो । कर्नर किकबाट महाबीर क्लबका गोविन्द चौधरीले विपक्षी गोल पोस्टको जाली चुमाएका थिए । त्यसपछि निकै दबाबमा परेको वनशक्तिले खेललाई बराबरीमा ल्याउन पटकपटक विपक्षीको गोलपोस्टमा बल प्रहार गरेपनि सफल हुन सकेन । तर मध्यान्तर अघिको ३० मिनेटमा वनशक्तिका खेलाडी रोशन भुजेलले  महावीरका गोल रक्षकलाई झुक्याउँदै गोल गरेपछि खेल १–१ को स्थितिमा पुगेको थियो ।     खेल बराबर भएपछि टाइब्रेकरमा पेनाल

राजयोग सेवा केन्द्रको भवनको शिलान्यास

Image
प्रस, सिम्रौनगढ, १३ असोज/     बारा सिम्रौनगढ–२ रनिवास बजार स्थित अमृतगंज अस्पताल नजीक आज एउटा समारोहबीच ब्रह्माकुमारी राजयोग सेवा केन्द्र भवनको शिलान्यास सम्पन्न भएको छ ।     मानवलाई नैतिक एव चारित्रिक शिक्षा प्रदान गर्नको लागि निर्माण हुन लागेको ब्रह्माकुमारी राजयोग सेवा केन्द्र भवनको सिम्रौनगढ नगरपालिकाका मेयर विजयशङ्कर यादव र उपमेयर रिमादेवी कुशवाहाले संयुक्त शिलान्यास गरेका थिए ।     सो अवसरमा प्रमुख अतिथि मेयर यादवले प्रसिद्ध ऐतिहासिक पर्यटकीय एवं धार्मिक स्थल सिम्रौनगढ देवीदेवताको मन्दिरैमन्दिरले भरिएको ललितकला एवं वास्तुकलाको बिजोड नमूना रहेको बताएका थिए । उनले भौतिकवादको आकर्षणमा अध्यात्मवादको शान्तिको सीमा बिर्सन नहुने बताए । भवन निर्माणका लागि मेयर यादवले नगरपालिकाबाट २० लाख सहयोग गर्ने प्रतिबद्धता गरेका छन् । साथै कलैयावासी द्वारा एक लाख एक सय एक रुपियाँ सहयोग गर्ने सहभागी जङ्गबहादुर यादवले बताए ।     कार्यक्रममा पूर्व सभासद् बलवीर चौधरीले सबै प्रणीको ईश्वर एक रहेको भन्दै शान्तिको मार्गमा राजयोग सेवा केन्द्रको भूमिकाको चर्चा गरे ।     राजयोग केन्द्र कलैयाकी प्रमुख मीना दिद

सार्वजनिक सम्पत्तिको कानूनी हैसियत र सडक विस्तारको सवाल

Image
अधिवक्ता वीरेन्द्रप्रसाद यादव     वास्तवमा भन्ने हो भने दुनियाँमा धेरै प्रकारका सम्पत्ति हुन्छन् तर कानूनले हरेक खाले सम्पत्तिलाई मोटामोटीरूपमा चार वर्गमा विभाजित गरेको छ– मूर्त र अमूर्त सम्पति, चल र अचल सम्पत्ति, वास्तविक र व्यक्तिगत सम्पत्ति तथा सार्वजनिक र वैयक्तिक सम्पत्ति । जसमा राज्य एवं जनताको सामूहिक चासो हुन्छ त्यो सार्वजनिक सम्पत्ति हो, जसको क्षेत्र व्यापक छ । यद्यपि भूमिप्रति राज्यको आधिपत्य हुने आम मान्यता हो । सम्पत्तिको हकलाई अनतिक्रमण मान्ने बेलायत एवं संयुक्त राज्य अमेरिकाले सार्वजनिक सम्पत्तिप्रति राज्यको पहिलो हक हुने व्यवस्था गरेको छ । हाम्रोजस्तो गरीब एवं अविकसित मुलुकले पनि सार्वजनिक सम्पत्तिलाई राज्यको सम्पत्ति मान्दै यसको संरक्षणमा राज्य र आम जनता दुवैको दायित्व एवं अधिकारको सिर्जना गरेको छ ।     सार्वजनिक सम्पत्तिको परिभाषा स्थानीय प्रशासन ऐन २०२८ को दफा ९(६) सडक ऐन २०३१, जग्गा प्राप्ति ऐन २०१८ तथा २०३४ तथा मुलुकी देवानी संहिता ऐन २०७४ को दफा ३००, मालपोत ऐन २०३४ को दफा २४ (२) लगायतले सार्वजनिक सम्पत्तिको दर्ता बदर गर्ने र सार्वजनिक कायम गर्ने व्यवस्था छ । अहिल

पर्यटक भिœयाउने हो ?

    हाम्रो मुलुकका लागि पनि जल, जङ्गल, जडीबुटी र पर्याटन समृद्धिकोे वरदान बन्न सक्ने कुरा विभिन्न अध्ययन अनुसन्धानले देखाएको छ । यहाँको भूबनोट, हावापानी, लोकसंस्कृति तथा धार्मिक संस्कृति र प्राकृतिक सौन्दयको दृष्टिले पनि बिदेशी पर्यटकहरूका लागि आकर्षक गन्तव्य हो । विश्व पर्यटन सङ्गठन (युएनडब्लुटिओ) को परिभाषा अनुसार आप्mनो नियमित वासस्थानबाट बिदा मनाउने, व्यापार गर्ने वा त्यस्तै अन्य कुनै उद्देश्यले चौबीस घण्टाभन्दा बढी र एक वर्षभन्दा कम समय बाहिर बिताउन निस्कने व्यक्तिलाई पर्यटक भनिन्छ । यस्ता पर्यटकलाई सशुल्क घुमाउने, आवासको व्यवस्था गर्ने, यातायात मिलाउने, दृश्यावलोकन गराउने आदि कार्य पर्यटन–व्यवसाय तथा पर्यटन–उद्योग हो ।     विश्व पर्यटन सङ्गठनले पर्यटक र पर्यटन व्यवसायका लागि सूचीकृत गरेका विश्वका उतकृष्ट मुलुकहरूमध्ये हाम्रो मुलुक पनि पर्छ । विश्व सम्पदा सूचीमा परेका १० वटा सम्पदा हाम्रो मुलुकमा छ । संसारको सबैभन्दा अग्लो शिखर सगरमाथालगायत ८ हजार मिटरभन्दा माथिका हिमालहरू यहाँ छन् । उत्कृष्ट पदयात्राका लागि अन्नपूर्ण हिम शृङ्खला विश्व पर्यटन क्षेत्रमा नाम चलेको छ । संसारको सबैभन्

२०७६ असोज १३ गते सोमवारको प्रतीक दैनिक

Image

पर्यटन प्रवद्र्धनको लागि पर्यटनमन्त्री दौडाहामा

Image
प्रस, वीरगंज, १२ असोज/     गण्डकी प्रदेशमा सक्दो बढी आन्तरिक तथा बाह्य पर्यटक भिœयाउन प्रदेश सरकार अभियानमा लागेको गण्डकी प्रदेशका वन, पर्यटन, उद्योग, पर्यावरणमन्त्री विकास लम्सालले बताएका छन् ।     भिजिट नेपाल–२०२० लाई सफल बनाउने उद्देश्यले गण्डकी प्रदेश अहिले अभियानको रूपमा अगाडि बढेर आर्थिक राजधानी वीरगंज तथा पर्यटकीय राजधानी पोखरालाई जोड्ने कामको लागि आपूm वीरगंज आएको बताएका छन् । वीरगंजवासीलाई चुल्हो निम्तो दिंदै अतिथि देवः भवः अवसर वीरगंजवासीलाई नगुमाउन उनले आग्रह गरे ।     गण्डकी प्रदेशले बाह्य पर्यटकभन्दा बढी आन्तरिक पर्यटक बढाउन अभियान सारेको र प्रदेशहरूबीच पारस्परिक सम्बन्ध बलियो बनाउन देश दौडाहामा निस्केको मन्त्री लम्सालले बताए । प्रदेश नं. २ ले उद्योग र कृषिलाई प्रमुखतामा राखी योजना सञ्चालन गरेकोमा गण्डकी प्रदेशले पर्यटन, उद्योग, कृषि, जलस्रोत, पूर्वाधार र दक्ष जनशक्तिको पक्षमा विभिन्न खाले योजना निर्माण गरेको बताए । अब आन्दोलन होइन, विकासको लागि लड्न प्रदेश नं. २ का जनतालाई उनले आग्रह गरे । प्राकृतिक सम्पदाले भरिएको गण्डकी प्रदेशको, भौगोलिक, सांस्कृतिक, धार्मिक स्थलले भर

पञ्चवर्षीय गढीमाई मेलाको शोभायात्रा, स्तरोन्नति गर्नुपर्ने राष्ट्रपतिको भनाइ

Image
रवीन्द्रप्रसाद साह, कलैया, १२ असोज/     पञ्चवर्षीय गढीमाई मेलाको शोभायात्रा तथा गढीमाई दर्शन कार्यक्रमको उद्घाटन समारोह आइतवार सम्पन्न भयो ।     उद्घाटन कार्यक्रमका मुख्य अतिथि राष्ट्रपति विद्यFदेवी भण्डारी आउने तय भएकोमा मौसम खराब भएको कारण आउन नसकेपछि राष्ट्रपतिको सन्देश मोबाइलमार्फत सुनाइएको थियो । सन्देश मार्फत राष्ट्रपति भण्डारीले गढीमाई मन्दिरलाई अन्तर्राष्ट्रिय स्तरको पर्यटकीय स्थलमा स्तरोन्नति गर्नुपर्ने बताइन् ।     गढीमाई क्षेत्रको विकासले बारा जिल्लाको समग्र विकासमा सहयोग पुग्ने भन्दै उनले प्रदेश नं. २ सरकारले ल्याएको बेटी पढाऊ, बेटी बचाऊ अभियान सराहनीय रहेको बताइन् ।     श्री गढीमाई मेला सञ्चालन तथा व्यवस्थापन समिति र महागढीमाई नगरपालिकाले संयुक्तरूपमा आयोजना गरेको उद्घाटन कार्यक्रम महागढीमाई नपाका प्रमुख उपेन्द्रप्रसाद यादव र गढीमाई मेला सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्रप्रसाद साह तेलीको संयुक्त अध्यक्षतामा नै सम्पन्न भएको थियो ।     सो अवसरमा प्रतिनिधिसभाका सदस्यहरू रामसहाय यादव, रामबाबूप्रसाद यादव, उच्च अदालत जनकपुरका प्रमुख न्यायाधीश डिल्लीराज आचार्य, र

झबराहा अवैध मदिराभट्टीको केन्द्र बन्दै

Image
प्रस, पर्सागढी, १२ असोज/     पर्सागढी नगरपालिका–३ झबराहा टोल अवैध घरेलु मदिरा उत्पादनको केन्द्रबिन्दु भएको छ । पर्सा जिल्लामा रहेका अवैध मदिरा भट्टीको सङ्ख्याभन्दा बढी झबराहा टोलमा मात्र अवैध मदिरा भट्टी छ ।     कुल ४ सय घरमध्ये साढे तीन सय घरमा अवैध घरेलु मदिरा उत्पादन भइरहेको गाउँलेहरूले बताएका छन् । साढे तीन सय घरमा अवैध मदिरा उत्पादन भइरहेको र तीमध्ये दुई सय घरको मदिरा व्यावसायिक प्रयोजनको लागि उत्पादन हुने गर्छ । बाँकी डेढ सय घरमा भने परिवारका सदस्य स्वयंले सेवनको लागि उत्पादन गर्ने गरेको गाउँलेहरूले बताएका छन् ।     झबराहामा कोदो, भात, सक्खर, फिटकिरी, युरिया मल मिलाएर घरेलु मदिरा उत्पादन हुन्छ । यहाँ उत्पादित मदिरा अहिले पर्सा जिल्लाभरि बिक्री वितरण हुन्छ । वीरगंज महानगर, जीतपुरसिमरा उपमहानगर र भारतसमेत यहाँ उत्पादित अवैध घरेलु मदिराको बजारीकरण भएको छ । मकवानपुरबाट वीरगंजमा ल्याउने अवैध घरेलु मदिराको बजार पातलिनुको एउटा कारण झबराहामा उत्पादन बढ्नु हो ।     झबराहामा अवैध घरेलु मदिरा उत्पादन गर्ने एकजनाले खेतीपातीको लागि जग्गा जमीन नभएको र भएको घडेरी जग्गाको पनि लालपूर्जा नभएको क

१० महिलासहित १३६ जनाद्वारा रक्तदान

प्रस, वीरगंज, १२ असोज/     साहिब दरबार सेवा संस्थाको आयोजनामा आज सम्पन्न रक्तदान कार्यक्रममा दस महिलासहित १३६ जनाले रक्तदान गरेका छन् ।     रक्त सञ्चार केन्द्र, वीरगंजका प्रमुख सौरभराज पाण्डेले संस्थाका अध्यक्ष राजेशमान सिंहको अध्यक्षतामा सम्पन्न रक्तदान कार्यक्रममा १० महिलासहित १३६ जनाले रक्तदान गरेको बताए । उनले रानीसति अतिथि सदनमा सम्पन्न रक्तदान कार्यक्रममा निकिता सिंह, सानुमाया, परवेज आलम, विक्की गुप्ता, रोहित कुमार, शिवजी गुप्ता र साजिद अलिलगायतले रक्तदान गरेको जानकारी गराएका छन् ।

वीरगंजमा आध्यात्मिक संस्थानको स्थापना दिवस, अध्यक्षमा राजेशमान

Image
प्रस, वीरगंज, १२ असोज/     वीरगंजका राजपा नेता राजेशमान सिंहको नेतृत्वमा अध्यात्मिक ट्रस्ट (संस्थान) स्थापना भएको छ । वीरगंजको राणीसति मन्दिरमा आज साहिब दरबार सेवा संस्थान वीरगंजको प्रथम स्थापना दिवस मनाइएको हो ।     नेपाल भारतका सहभागीहरूलाई भेला गरी भगवान् कबीरको धर्म र मार्ग नै जीवनको सार रहेको धारणा राख्दै कार्यक्रम गरिएको थियो । कबीर मार्गका प्रवत्र्तक संत शिरोमणि साहेब सरकारको ११९ औं जन्मोत्सवको अवसरमा संस्थान वीरगंजमा दर्ता गराई स्थापना दिवस मनाइएको वीरगंज संस्थानले जनाएको छ । कार्यक्रममा नेपाल भारतका सयौं श्रद्धालु तथा कबीरका समर्थकहरूको सहभागिता थियो ।     ट्रस्टका अध्यक्ष राजेशमान सिंहको अध्यक्षता तथा कबीर चौरा समाधि मगहर (युपी)का महन्थ विचार साहेबले पानसमा दियो बाली उद्घाटन गरेको कार्यक्रममा अन्तर्राष्ट्रिय मानव अधिकार, अपराध न्यूनीकरण परिषद् दिल्लीका अध्यक्ष भिपी सिंह, वीरगंजकी उपमेयर शान्ती कार्की, नेकपा पर्साका अध्यक्ष प्रभु हजरा, नेका पर्सा सभापति अजयकुमार द्विवेदी, सङ्घीय समाजवादी पार्टी पर्साका अध्यक्ष रामनरेश यादव, राजपा नेता प्रेमबाबू पटेललगायतले सम्बोधन गरेका थिए

बुद्धनगरमा रामनगर र सिमरा विजयी

माधव तिमल्सिना, १२ अशोज/     ठोरी–३ बुद्धनगरमा जारी दोस्रो बुद्धनगर गोल्डकप प्रतियोगिताको पहिलो चरणको अन्तिम खेल अन्तर्गत आइतवार पहिलो खेल सनराइज युवा क्लब रामनगर ठोरी –३ र हरियाली युवा क्लब ठोरी –२ हनुमानटारबीच भएकोमा सनराइज युवा क्लब रामनगर १ का विरुद्ध २ गोल गर्दै विजयी भएको छ । उसले दुवै गोल पेनाल्टीमार्फत गरेको हो ।     निकै प्रतिस्पर्धामात्मक रहेको खेलमा १० मिनेटभित्रै हरियाली क्लबका रक्षा पङ्क्तिका खेलाडीले सनराइज युवा क्लबका खेलाडीलाई डि बक्सभित्र लडाएपछि रामनगरले पेनाल्टी पाएको थियो । सनराइजका तर्फबाट पेनाल्टी प्रहार गरेका सुनील गुरुङले बललाई विपक्षीको जाली चुमाएका थिए ।     मध्यान्तर अघि १–० ले अघि रहेको रामनगर मध्यान्तरपछि सम्हालिन नसक्दा हनुमानटारले पनि पेनाल्टीमार्फत नै गोल गर्दै खेललाई बराबरीमा ल्यायो । मध्यान्तरपछिको १० मिनेट बित्न नपाउँदै रामनगरका खेलाडीले आप्mनै डिबक्स भित्र ह्यान्ड गर्दा हनुमानटारले पेनाल्टी प्रहार गर्ने अवसर पाएको थियो । हनुमानटारका खेलाडी रोशन तिमिल्सिनाले पेनाल्टीमार्फत गोल गर्दै खेललाई बराबरीमा ल्याए । तर उनले गोल गरेको केही समय बित्न नपाउँदै फेरि

सडक परीक्षणको लागि सिफारिश गरिएको बस अनधिकृतरूपमा बिक्री गरिंदैं

Image
प्रस, परवानीपुर, १२ असोज/     भेषबहादुर थापाको सुन्दर यातायात टेडर्स प्रालिले चिनियाँ ब्रान्डको दुईवटा इलेक्ट्रिक सिटी बस गैरकानूनीरूपले नेपाल भिœयाएको छ । चीनबाट कोलकाता हुँदै वीरगंज भन्सार भएर तीन साता अघि ती गाडी नेपाल भित्रेका हुन् ।     रोड परीक्षणको लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गाडी जाँचपास गर्नू भनी पत्र र आयातकर्ताले पेश गरेको आधारमा ती गाडीभित्रेका हुन्–भन्सार अधिकारीहरूको भनाइ छ । सुन्दर यातायात टेडर्स प्रालि चिनियाँ बिएके ब्रान्डको विद्युतीय बसको नेपालस्थित आधिकारिक बिक्रेता नभएको पाइएको छ ।     आर्थिक ऐन २०७६ अनुसार सुन्दर यातायातले गाडी आयात गर्न पूरा गरेको प्रक्रिया गैरकानूनी हो ।     नेपालमा नयाँ सवारी साधन आयात गर्न दुईवटा बाटो छ । पहिलो बाटो हो, निर्माता कम्पनीले नेपालमा कुनै कम्पनीलाई आधिकारिक बिक्रेता नियुक्त गरेर त्यसमार्फत सवारी साधन निर्यात गर्ने । दोस्रो–निर्माता कम्पनीले नेपालका लागि विदेशस्थित कम्पनीलाई आधिकारिक बिक्रेता तोक्ने अनि त्यही बिक्रेताले नेपालमा नियुक्त गरेको आधिकारिक बिक्रेतामार्फत सवारी साधन निर्यात गर्ने ।     तर सुन्दर यातायात आ

ठोरी नाका भएर भारतबाट फर्कनेहरूको सङ्ख्या बढ्दै

प्रेम लामा, ठोरी, १२ असोज/     दशैं तिहारलाई लक्षित गरेर ठोरी नाका भई नेपाल फर्कनेहरूको लर्को लागेको छ ।     भारतको विभिन्न शहरमा काम गर्नेहरू भारतको भिखना ठोरी भएर ठोरी नाका हुँदै नेपाल फर्कने क्रम शुरू भएको छ । दिल्ली, मुम्बई, गुजरात, बेङ्गलोर, पटना शहरमा रोजगारका लागि गएका नेपालीहरू नरकटियागंज स्टेशन भएर भिखना ठोरीबाट ठोरी हुँदै नेपाल फर्कने क्रम हालका दिनमा बढेको छ । ठोरी भएर चितवनबाट देशको विभिन्न स्थानमा जान यो नाका सहज र सरल भएकोले बढी प्रयोगमा आउन लागेको हो । चाडपर्वमा नाकाबाट मानिसहरूको ओइरो लागेपछि अहिले सुरक्ष्Fा व्यवस्था मिलाइएको इप्रका ठोरीका प्रनि केदारराज पन्तले बताए ।     उनले भारतीय सुरक्ष्Fाकर्मीसँग समन्वय गरेर चाडपर्वमा घर फर्कनेहरूलाई शान्ति सुरक्ष्Fाको प्रत्याभूति दिने काम गरिएको उनले बताए । ठोरी नाका भएर चितवन, धादिङ, नुवाकोट, तनहुँ, कास्की, बागलुङ, लमजुङ, पोखरा, काठमाडौंलगायत स्थानमा मानिसहरू जाने गरेको प्रनि पन्तले बताए ।     यस अघिका दिनमा यो नाका भएर मानिसहरू घर फर्कंदा लुटिएको घटना सुन्नमा आएकोले अहिले दुवैतर्पm सुरक्ष्Fा व्यवस्थामा विशेष ध्यान दिइएको प्रनि प

धार्मिक आचरण अवलम्बन गर्दा सर्वत्र फाइदा –मन्त्री साह

Image
प्रस, गरुडा, १२ असोज/     प्रदेशका सामाजिक विकासमन्त्री नवलकिशोर साहले धार्मिक आचरण गर्दा सर्वत्र फाइदा हुने बताएका छन् । रौतहटको गरुडामा नवनिर्मित दुर्गा मन्दिरको उद्घाटन गर्दै मन्त्री साहले आप्mनो आम्दानीको केही अंश धार्मिक कार्यमा नियमित लगानी गर्न विशेषगरी महिला समुदायसित आग्रह गरेका छन् ।     हरेक वर्ष दशैंमा उपासना गरेको प्रसङ्ग सुनाउँदै मन्त्री साहले गरुडाको दुर्गा मन्दिरले धार्मिक तथा आध्यामिक क्षेत्रमा सकारात्मक प्रभाव पार्ने विश्वास लिएको बताए । हिन्दू धर्ममा पनि विभिन्न विकृति पलाएको उल्लेख गर्दै धार्मिक आडम्बर तथा विकृतिबाट जोगिएर धार्मिक काज गर्नु र हिन्दू धर्मलाई विश्वभर फैलाउनु अहिलेको आवश्यकता रहेको मन्त्री साहले बताएका छन् ।     कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सांसद बाबूलाल साहले समाजलाई सही दिशामा अगाडि बढाउन र नैतिकताको पथमा मानिसलाई हिंड्न धार्मिक कार्यले सहयोग गर्ने गरेको बताएका छन् । सांसद साहले मन्दिर निर्माणमा आप्mनो सक्रिय सहभागिता रहने र समाजको आध्यात्मिक उन्नतिमा धार्मिक कार्यको ठूलो महŒव हुने बताएका छन् ।     दुर्गा मन्दिर निर्माण, व्यवस्थापन तथा पूजा सम

रक्सौलमा दशैंको भीड, वीरगंज सुनसान

Image
विमला गुप्ता, वीरगंज, १२ असोज/     नेपालीहरूको महान् चाड दशैं मनाउन नेपालीहरू किनमेलमा व्यस्त हुने बेला वीरगंज बजार सुस्त छ । सीमापारी रक्सौल बजारमा थामि नसक्नु ग्राहकको भीड भए तापनि वीरगंजको बजारमा शनिवार दिउँसोसम्म अधिकांश पसलमा ग्राहकको कमी देखिएको छ ।     विशेषगरी चाडपर्वको बेला बढी कारोबार हुनुपर्नेमा सोचेजस्तो नभएको व्यापारीहरूको गुनासो छ । भारतको रक्सौल बजार नेपाली ग्राहककै चहलपहलले भरिभराउ देखिन्छ तर वीरगंज बजार ग्राहकको पख्राइमा बसेको वीरगंज, घण्टाघरस्थित सुपर मार्केटका व्यवसायी राधेश्याम साह बताउँछन् । वीरगंजमा पाइने पन्ध्र सयको कुर्ता रक्सौलमा एक हजार नेपालीमा पाइने साहले बताए ।     भारतीय बजारको तुलनामा नेपाली बजारमा सामान महँगो हुने भएकोले व्यापार नचलेको साहले गुनासो गरे । कलैयाकी वन्दना र उनका साथीहरू दशैंको किनमेलको लागि रक्सौल बजार जाँदैछन् । उनी भन्छिन्–रक्सौलमा सस्तो र मन पर्ने हरेक किसिमको कपडा पाउने साथै घरको सामान पनि यहाँभन्दा सस्तो पाउने भएकोले रक्सौल रोजेका हौं ।     खुला सीमा नाकाले गर्दा नेपालीहरूलाई आवतजावतमा कुनै कठिनाइ नहुने र २० रुपियाँ भाडा तिरेर ग्राहक

नागाबाबा ९ दिने समाधिमा

Image
बलिराम शुक्ला, बिरुवागुठी, १२ असोज/     पर्सागढी नगरपालिका–५ बौहरवा टोलमा रहेको श्री रामजानकी मन्दिर को प्राङ्गणमा घटस्थापनाको दिन नागा बाबा धर्मेन्द्र गिरी त्यागीले समाधि लिएका छन् ।     गाउँवासीको सुस्वास्थ्य, दीर्घायु तथा सुख शान्तिका लागि बाबा गिरीले समाधि लिएको गाउँलेहरूले बताएका छन् । नौरथाको ९ दिनसम्म ५ फिट गहिरो र ६ फिट चौडा जमीनभित्र उनी समाधिस्थ रहनेछन् । आज दिउसो ३ः४५ बजे धार्मिक विधि अनुसार साइत हेरेर गिरी बाबा समाधि बसेका हुन् । असोज २१ गते दशमीको दिन उनको समाधि सकिने बाबाका सहयोगीहरूले बताएका छन् ।         यस अघि पनि एकपटक समाधि लिइसकेका बाबाले जमीन भित्र बनाएको गुफामा बत्तीको व्यवस्था र बाहिरबाट हेर्नको लागि शिशा लगाइएको छ । उनले पानीसमेत नखाई नवदुर्गाको जप गर्ने बताइएको छ ।     उनले पाँच पटक समाधि लिने भाखल गरेका छन् । आज समाधि लिनु अघि तिलावे नदीबाट जल भरी मन्दिरमा राखेपछि दीप सङ्कल्प गरी विधिपूर्वक समाधिभित्र प्रवेश गरेका रामजानकी मन्दिरका अध्यक्ष दिनेश्वर मिश्राले बताए । समाधि गरेका नागा बाबालाई हेर्न आजै देखि भक्तजनको घुइँचो लागेको छ ।

नक्कली शिक्षकविरुद्ध मुद्दा चलेपनि अध्यापन जारी

प्रस, वीरगंज, १२ असोज/     नक्कली शिक्ष्Fक नियुक्ति प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हालै पर्सा जिल्लाको जगरनाथपुर गापाका चौधजनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेपनि शिक्ष्Fकहरू भने अध्यापनमा संलग्न छन् ।     अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ महीना लामो अनुसन्धानपछि पर्सा जिल्लाका विनि राजेश्वर चौरसिया, श्रीराम प्रावि पिपरडारीका प्रअ सेवा निवृत्त शिक्ष्Fक रामविलास पटेल, अर्का नेराप्रावि जमुनियाका नागेन्द्र पटेलसमेत चौधजनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । एघारजना शिक्ष्Fकविरुद्ध मुद्दा दायर भएको छ ।     बाल विकासतर्पm एकजना र १० जना राहतका शिक्ष्Fकहरू रहेकोमा उनीहरू गत शुक्रवारसम्म विद्यालयमा कार्यरत थिए ।     विद्यालय निरीक्ष्Fक चौरसिया अख्तियारमा पक्राउ परेपछि छुटेका छेैनन् र सेवा निवृत्त प्रअ पटेलबाहेक एकजना प्रअ तथा एघारजना बाल विकास र राहतका शिक्षकहरू अहिले पनि विद्यालयमा अध्यापन गराउँदैछन् । शुक्रवार दशैंको बिदा हुन्जेल उनीहरूले विद्यालयमा पढाएका छन् ।     विशेष अदालतमा मुद्दा दायर भएपछि उनीहरूको  अध्यापनमा रोक लगाउनुपर्ने हो तर त्यस्तो केही भएको छैन

विद्यालय परिसरमा सिसिटिभी

Image
अनन्तकुमार लाल दास     स्थानीय तहको निर्वाचन २०७४ मा सम्पन्न भयो । स्थानीय सरकारका बहुमुखी क्रियाकलापहरूले समाजका महŒवपूर्ण क्षेत्रहरूलाई असर गर्न थालेको छ । निर्वाचित जनप्रतिनिधिहरू आधुनिक, प्रगतिशील एवं वैज्ञानिक सोचयुक्त रहेको देखाउन केही नयाँ काम शुरू गरौं भन्ने मनोवैज्ञानिक दबाबमा देखिए । त्यसका निमित्त उनीहरूले सबैभन्दा सहज प्रविधिको प्रयोग उचित ठाने । निर्वाचित जनप्रतिनिधि नहुँदा र व्यवस्थापन समितिको खिचलोले गर्दा कतिपय समस्या विद्यालयमा पैmलिंदै गएको थियो । ती समस्याहरू थिए–कक्षाकोठा सफा नहुनु, विद्यार्थीहरूमा अनुशासनको कमी, शिक्षकहरू समयमा नआउनु, स्टाफ रूममा राजनीतिक गफ चुट्नु, अभिभावकहरूद्वारा यदाकदा विद्यालयमा अराजकता खडा गर्नु, शिक्षकहरूको व्यवहार विद्यार्थीमैत्री नहुनु, प्रधानाध्यापक र शिक्षकको सम्बन्ध पढाइमैत्री नहुनु, विद्यालयका सामग्रीहरू चोरी हुनु, छात्राहरूसँग दुव्र्यवहार हुनु । यसको समाधानका लागि सबैभन्दा छोटो, सरल र सहज उपाय नयाँ नेतृत्वलाई विद्यालयमा सिसिटिभी जडान गरिदिनु नै लाग्यो । यसले अतिरिक्त लाभ के पनि हुने भयो भने विद्यालय स्मार्ट स्कूल बन्यो । यसरी कम्प्य

२०७६ असोज १२ गते आइतवारको प्रतीक दैनिक

Image

राजमार्ग फराकिलो गर्न माग गर्दै युवाहरूद्वारा प्रदर्शन

Image
प्रस, वीरगंज, ११ असोज/     वीरगंजको मेनरोड फराकिलो गर्नुपर्छ भनेर युवाहरूले शनिवार प्रदर्शन गरेका छन् ।     युवाहरूको समूहले घण्टाघरबाट जुलुस निकालेर नगरपरिक्रमा गरी पुनः सोही स्थानमा सभा गरेका थिए ।     युवाहरूले जुनसुकै अवस्थामा पनि सरकारी निर्णय कार्यान्वयन गरिनुपर्ने र २५/२५ मिटर सडक फराकिलो गर्नुपर्ने बताए । उनीहरूले १५/१५ मिटर सडक फराकिलो गर्ने सन्दर्भमा भइरहेका क्रियाकलापको भत्र्सना गरे ।     केही दिनअघि पर्सा जिल्लाका अगुवा नेताहरूले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई भेटेर वीरगंजको घण्टाघरदेखि छपकैयासम्मको बस्ती सम्बन्धमा विचार पु¥याउन गरेको आग्रहलाई युवाहरूले विरोध गरेका छन् । उनीहरूले गण्डकदेखि भन्सारसम्म समानरूपले २५/२५ मिटर राजमार्ग अतिक्रमित क्षेत्र खाली गराउनुपर्ने माग गरे । राजमार्ग फराकिलो नहुँदा वीरगंजको विकासमा बाधा पुगिरहेको उनीहरूको भनाइ थियो ।     जुलुसमा सन्दीप विक्रम शाह, रामबाबू मण्डल, अकलेश साह, महमुद अन्सारी, रञ्जीत चौरसिया, दाउद अन्सारी, उमेश कुशवाहा, दीपक पटेल, राकेश पटेल, सगीर अहमदलगायतका युवाहरूको सहभागिता थियो ।

वर्षामा ह्डिंनै नसकिने थारू टोलको सडक

Image
बलिराम शुक्ला, बिरुवागुठी, ११ असोज/     पर्सागढी नगरपालिका वडा नं. ३ बडनिहार थारू टोलको कच्ची सडक अविरल वर्षाको कारण आवतजावत गर्न नमिल्ने भएको छ ।     सडक हिलाम्मे भएपछि चिप्लिने र भासिने कारणले यात्रु आवागमनमा  समस्या भएको छ । सो सडक साइकल, मोटरसाइकल एवं पैदल हिंड्नसमेत नसकिने अवस्थामा रहेको थारू टोलका बासिन्दाले गुनासो गरेका छन् ।     करीब १५० घरधुरी रहेको सो टोलका बासिन्दा अति आवश्यक सामान खरीद गर्न मात्र सो सडक भएर बजार आवतजावत गर्छन् । सो सडक भएर विद्यालय जाने बालबालिकाहरूले निकै कठिनाइ बेहोर्नुपरेको छ । सडकको अवस्था वर्षौंदेखि उस्तै छ । “चुनावको बेला नेताहरू सडक तथा नाला बनाइदिने आश्वासन दिंदै भोट माग्न आउँछन्, जितेपछि फर्केर पनि हेर्दैनन्,” स्थानीय सीता खाँ थारूले गुनासो पोखिन् । जनप्रतिनिधि चुनिएको दुई वर्ष बितिसक्दा पनि गाउँको समस्या ज्यूँका त्यूँ रहेको उनले बताइन् ।     हरेक वर्ष वर्षायाममा यो समस्या दोहोरिन्छ । आकस्मिक बिरामी परेमा एम्बुलेन्स चलाउन पनि गा¥हो छ । असार, साउनमा भारी वर्षा हुँदा टोलवासी सडकमा पराल ओछयाएर हिंड्न बाध्य हुन्छन् । यस वर्ष असोज लागेपनि वर्षाको कारण

पानी पर्दा पर्साका केही किसान खुशी, केही दुःखी

Image
प्रस, सेढवा, १० असोज/     केही दिनयता परेको पानीले पर्साका एकथरी किसान खुशी छन् भने अर्काथरी किसान दुःखी छन् ।     असार महीनामा भदैया र सोना मन्सुली धान रोपेका किसानमध्ये अहिले भदैया धान रोप्ने किसानहरू दुःखी भएका छन् भने सोना मन्सुली रोप्ने किसानहरू खुशी भएका छन् । भदैया धान र १४४२ हर्दीनाथ पर्सा जिल्लाको पटेर्वासुगौली, जीराभवानी, ठोरीमा रोपिएको छ । यो धान रोपेका किसानहरू अहिले पीडामा छन् । निरन्तर वर्षाले उनीहरूको धान काटेर भिœयाउने कार्यमा बाधा पुगेको छ । वर्षाको कारण धानको बालामा बीउ उम्रिने र खेतमैं धान कुहिन सक्ने सम्भावनाले उनीहरू चिन्तित भएका हुन् ।     जीराभवानी–१ शान्तिनगरका सोमनाथ सापकोटाले भदैया र १४४२ हर्दीनाथ धान काट्ने बेलामा वर्षा हुँदा समस्या भएको बताए ।     यता असार महीनामैं सोना मन्सुली धान लगाएका किसानहरू अहिले निकै खुशी छन् । निरन्तर वर्षा भइरहँदा सोना मन्सुली धानलाई फाइदा पुगेको जगरनाथपुर–३ गढैया निवासी गुलाबप्रसाद यादवले बताए । उनले पानीको कारण धानबालीमा रोग नलाग्ने र मल पनि छर्न नपर्ने भएकोले खुशी व्यक्त गरे । सोना मन्सुली धान १२० दिन र भदैया धान ९० दिनमा तयार

एपिएफले उचाल्यो रामवन टाँडी गोल्डकपको उपाधि

Image
प्रस, पथलैया, १० असोज/     युनिटी क्लब वीरगंजलाई स्तब्ध पार्दै सशस्त्र प्रहरीको एपिएफ क्लब बर्दिबासले प्रथम रामवन टाँडी गोल्डकपको उपाधि उचालेको छ ।     जीतपुरसिमरा–३ स्थित रामवन खेल मैदानमा शनिवार भएको फाइनल खेलमा एपिएफले वीरगंजलाई १–० गोलअन्तरले पराजित गर्दै उपाधि कब्जा गरेको हो ।     एपिएफका लागि ऋतिक खड्काले निर्णायक गोल गरे । खेलको २२औं मिनेटमा कुमार दोड्ढो पासलाई सदुपयोग गर्दै ऋतिकले गोल गरेका हुन् । वीरगंजले खेलमा थुप्रै अवसर बनाएपनि सदुपयोग गर्न नसक्दा उपविजेतामा चित्त बुझाउन बाध्य भयो ।     जीतसँगै एपिएफले नगद ५० हजार हात पारेको छ । उपविजेता वीरगंजले २५ हजार नगद प्राप्त गरेको छ । एपिएफका ऋतिक खड्का प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए । यसैगरी, सर्वाधिक गोलकर्ता वीरगंजका अमर डङ्गोल, उत्कृष्ट डिफेन्स वीरगंजका लोकेन्द्र कार्की र उत्कृष्ट गोलरक्षक एपिएफका मोहन खड्का घोषित भए ।     विजेतालाई प्रदेशसभा सदस्य सुन्दर विश्वकर्मा, सीता गुरुङ, जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर डा. कृष्ण पौडेल, इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक गोविन्द पुरी, वडाध्यक्ष जगन्नाथ घिमि

४ महिलासहित ४५ जनाद्वारा रक्तदान

Image
प्रस, वीरगंज, ११ असोज/     बिर्तामाई संरक्षण समितिको आयोजनामा विजयादशमीको अवसरमा शनिवार भएको रक्तदान कार्यक्रममा ४ महिलासहित ४५ जनाले रक्तदान गरेको रक्त सञ्चार केन्द्र वीरगंजका प्रमुख सौरभराज पाण्डेले बताए ।     समितिका संयोजक एवं वडाध्यक्ष जगत साह कानुले रक्तदान गरेर कार्यक्रमको शुभारम्भ गरेका थिए । कार्यक्रममा निकिता थापा, अनीता रौनियार, कोमल साह, प्रवीणराज भण्डारी, कलम चौगाईं, उमेश शर्मा, पङ्कज सिंह, दिपेन्द्र कुमार, अजय पण्डित, प्रकाश शर्मा, राधेश्याम गुप्ता, डा दिलीप कुमार, विकाश खनाललगायतले रक्तदान गरेका थिए ।

२५ वर्षदेखि रक्सौलमा भाजपाको राज, सडक साँघुरो, दैनिक घण्टौं जाम

Image
राधेश्याम पटेल, परवानीपुर, ११ असोज/     वीरगंज आसपास क्ष्Fेत्रका सीमावर्ती भारतीय बजारको रूपमा चिनिन्छ, बिहारको बेतिया लोकसभा क्षेत्रको रक्सौल बजार । नेपाल–भारतको मुख्य व्यापारिक नाकाको रूपमा पनि रक्सौलको नाता नेपालसँग पुरानो छ । दुवै शहरलाई श्रीसिया खोलामाथि निर्माण गरिएको मितेरी पुलले जोड्छ ।     मितेरी पुलभन्दा उत्तर नेपाल र दक्षिणमा रक्सौलको कस्टम, त्यसपछि रेलवे ट्र्याक पार गरेपछि रक्सौल बजार पुगिन्छ । नेशनल हाइवे २८ ले यी दुवै शहरको आवागमनलाई जोडेपनि लामो समयदेखि सडक विस्तार नहुँदF र रेलवे लाइनमा ओभरब्रिज नबन्दा दुवै देशका हजारौं जनता सास्ती भोग्न बाध्य छन् । नेपाली उपभोक्ताले किनमेल गर्ने बजार रक्सौल भएकोले पनि चाडबाडको बेला रक्सौलमा नेपाली उपभोक्ताको घुइँचो लाग्छ । साइकल, मोटरसाइकल र अटोरिक्सामा नेपालबाट दिनहुँ सयौं ग्राहक रक्सौल जान्छन् तर सहज यातायातको सुविधा नहुँदा नेपाली ग्राहक दैनिक दुई/तीन घण्टा जाममा फस्नुका साथै रक्सौलको बजार गर्न एक दिन खर्चिनुपर्ने बाध्यता छ ।     रक्सौलमा किन सधैं जाम हुन्छ भन्ने प्रश्न सोध्दा रक्सौलकै व्यवसायी थरीथरीका विचार राख्छन् । रक्सौलका एकजन

रचनात्मक प्रदेश नेतृत्व समृद्धिको आधार

Image
ओमप्रकाश खनाल     सङ्घीयताको राजनीतिक र आर्थिक व्यवस्थापनका सवालमा सङ्घ र प्रदेश सरकारबीच तानातान चलिराख्दा प्रदेश नं २ सरकारका भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलको ‘अब सङ्घ सरकारलाई गाली गरेर मात्र प्रदेशको दायित्व पूरा नहुने’ धारणा समेटिएको समाचार सञ्चारमाध्यमहरूमा पढ्न पाइयो । हुनत मन्त्रीको भाषणमा आधारित यो एउटा सामान्य समाचार मात्रै हो । सङ्घीयता कार्यान्वयनसँगै सङ्घ सरकारसँग राजनीतिक र आर्थिक क्षेत्राधिकारका विषयमा औसत प्रतिवादमा उत्रिने प्रदेश २ का एक प्रभावशाली मन्त्रीको यो भनाइ सङ्घीयताको संवद्र्धन र जनअपेक्षाको सम्बोधनका सन्दर्भमा सकारात्मक मान्न सकिन्छ । २ नं प्रदेशको सत्ता नेतृत्वको यो बोली साँच्चै नै व्यवहारमा रूपान्तरण हुने हो भने सङ्घीयताबाट जनताले राखेका अपेक्षा र देखाइएका सपना सार्थक हुने आधार सहज हुनसक्छ ।     हिजोआज सबैभन्दा बढी सुनिएको शब्द समृद्धि र सुख हो । सरकारले ‘समृद्ध नेपाल र सुखी नेपाली’ नारालाई आक्रामकरूपमा स्थापित गर्न खोजेको देखिन्छ । तर समृद्धि र सुखका आधार भने भर पर्दा देखिएका छैनन् । सरकारले अल्पकालीन र दीर्घकालीन विकास योजनाका फेहरिस्त ल्य

सुखको खोज

गताङ्कको बाँकी...     ७. राम्रFे कर्मको परिभाषाः– राम्रFे कर्मको कसौटी यो हो कि तपाईंको आत्मा  जुन कार्य गर्दा प्रसन्न हुन्छ, त्यसले अरूको हित हुन्छ । जसबाट कुनै व्यक्ति, समाज, परिवार, जाति वा राष्ट्रको दुःख टाढा हुन्छ, त्यसको उद्धार हुन्छ । अरूद्वारा सराहना गरिन्छ भने बुझ्नुपर्छ हाम्रो कार्य सत्कर्म हो वा पुण्यकर्म हो ।     ८. आरोग्यता– हाम्रो जीवनमा राम्रो–नराम्रFे सबै प्रारब्धको फल भोग्न एक मात्र साधन (माध्यम) हो, त्यो हो हाम्रFे शरीर । यदि यो स्वस्थ छ भने हामी सबै कार्य विनाकष्ट प्रसन्नतापूर्वक गर्न सक्छौं । अतः शरीर स्वस्थ हुनु अति आवश्यक छ–     शरीरमाद्यं खलु धर्मसाधनम् ।     शरीर नै धर्मकार्य सम्पादनको साधन हो । यसलाई स्वस्थ राख्नु अति आवश्यक छ । जसले स्वस्थ रहने कला जान्दछ, ऊ पटकपटक बिरामी पर्दैन ।     शरीर मोटो हुनु स्वस्थ भएको पहिचान होइन, यदि मनुष्य मोटो ताजा छ, तर उसमा स्पूmर्ति छैन भने उसको शरीरमा रोगका कीटाणु मौजुद छन् । उसको शरीरका भित्र र बाहिरी अङ्गले आआप्mनो धर्म सही ढङ्गले निर्वाह गर्दैन, त्यो मनुष्य रोगी हो । उसलाई स्वस्थ भन्न सकिंदैन । आयुर्वेदमा स्वस्थ मनुष्यको पर

२०७६ असोज ११ गते शनिवारको प्रतीक दैनिक

Image

मेनरोड अतिक्रमणबारे राजनीतिक दलहरूबीच मतान्तर, सर्वोच्चद्वारा अल्पकालीन अन्तरिम आदेश

Image
प्रस, वीरगंज, १० असोज/     त्रिभुवन राजपथ अन्तर्गत हेटौंडादेखि वीरगंजसम्मको अतिक्रमित सडक खाली गराउन वीरगंज–पथलैया व्यापारिक मार्गले सूचना जारी गरेपछि लामो समयदेखि सडक फराकिलो हुनबाट वञ्चित हुँदै आएको वीरगंजको मेनरोडवासी अहिले पुनः आतङ्कित भएका छन् ।     वीरगंज–पथलैया व्यापारिक राजमार्गले सूचना जारी गरेर छठपछि अतिक्रमण खाली गराउने भनेपछि यस विषयलाई लिएर अहिले वीरगंजका मेनरोडवासीहरू आतङ्कित भएका हुन् । तीन दशकदेखि सडक विभागले असारमा सूचना जारी गर्ने र त्यसपछि मेनरोडवासीको विरोध र दबाबले कार्यान्वयन अवरुद्ध हुँदै आएको थियो । वीरगंजको गण्डकसम्म सडक विभागले अतिक्रमण हटाउने कार्य सम्पन्न गरेपनि त्यस अगाडि बढ्न सकेको छैन ।     यसपटक पनि गण्डकको बाइपाससम्म अतिक्रमण हटाउने कार्य सम्पन्न भइसकेको छ । त्यसभन्दा यता सूचना जारी भएपछि मेनरोडमा रहेका घरधनीहरूले विरोध र दबाब शुरू गरिसकेका छन् । यसैक्रममा मेनरोडमा रहेका घरधनीहरू सङ्गठित भएर बनेको संस्था ‘वीरगंज बचाऊ सङ्घर्ष समिति’ले सर्वोच्च अदालतमा क्षतिपूर्तिको लागि रीट दायर गर्नुका साथै भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठसँग भेटघाट तथा छलफल

शिक्षक सरुवाको विरोधमा नगरपालिका र प्रहरी कार्यालयमाथि विद्यार्थीको आक्रमण

Image
प्रस, गरुडा, १० असोज/     रौतहटको कटहरिया नगरपालिकाले शिक्षक सरुवाको निर्णय गरेपछि नगरपालिका कार्यालयमाथि ठूलै आक्रमण भएको छ । नगर कार्यपालिकाको बिहीवार बसेको बैठकले दरबन्दीसमेत मिलान गर्दै नपाभित्रका नौजना शिक्षकको सरुवा तथा पदस्थापन गर्ने निर्णय गरेपछि शुक्रवार विद्यार्थीहरूले नपा कार्यालयमाथि नै आक्रमण गरी करोडौं मूल्यको क्षति पु¥याएका छन् । नपाको शिक्षा शाखाको सिफारिश अनुसार कार्यपालिका बैठकले शिक्षकको सरुवा सम्बन्धमा गरेको निर्णय कार्यान्वयनको लागि शिक्षा शाखामा नपुग्दै नपाले ठूलो क्षति बेहोरेको छ ।     शुक्रवार साँझ नगरप्रमुख सियाराम कुशवाहाले पत्रकार सम्मेलन गरी केही विद्यार्थी र अन्य मानिसले नगरपालिका कार्यालयमाथि एक्कासि आक्रमण गरी व्यापक क्षति पु¥याएको जानकारी गराएका छन् । आक्रमणमा नपाको पुरानो भवनको भ्mयाल, सीसा, ग्रिलसमेत तोडफोड भएको र नयाँ भवनको भ्mयालको सीसा पनि तोडफोड भएको छ । विद्यार्थीको आक्रमणमा वडासचिव सुनीता मुखियाको ब्यागमा रहेको एक लाख पचास हजार नगद, सवारीचालक अनुमतिपत्र तथा गाडीको कागजपत्र लुटिएको, सामाजिक सुरक्षा भत्ताको साढे दुई करोडभन्दा बढीको भर्पाइ नष्ट भए

ब्रह्मनगरलाई सहज पाखा लगाउँदै विजयबस्ती विजयी

Image
माधव तिमल्सिना, ठोरी, १० असोज/     ठोरी गाउँपालिका–३ बुद्धनगरमा बुधवारदेखि शुरू भएको दोस्रो बुद्धनगर गोल्डकप प्रतियोगिता अन्तर्गत शुक्रवार सम्पन्न खेलमा विजयबस्ती पूmटबल टिम ठोरी–४ ले मूनस्टार युवा क्लब ठोरी–३ लाई ६–० को फराकिलो गोलअन्तरले पराजित गरेको छ ।     बुद्धनगर खेल मैदानमा भएको प्रतियोगितामा विजयबस्ती टिमको तर्पmबाट दुईजना खेलाडीले समान तीन गोल गर्दै ह्याट्रिक गरेका थिए । विजयबस्तीको लागि जर्सी नं ९ का सागर चौधरी र जर्सी नं १२ का लक्ष्मण चौधरीले ह्याट्रिक गरेका थिए । खेलमा निकै आक्रामक देखिएको विजयबस्तीले सुरुआती १० मिनेटमा नै ३ गोल गरेर ब्रह्मनगरलाई निकै दबाबमा राखेको थियो । मध्यान्तरअघि ४–० ले अघि रहेको विजयबस्तीले मध्यान्तरपछि थप २ गोल गरेपछि ब्रह्मनगरलाई सहज तरीकाले पाखा लगाउँदै अघिल्लो चरणको यात्रा तय गरेको हो । आजको खेलमा विजयबस्तीकै प्रवीण चौधरी म्यान अफ दि म्याच घोषित भए ।     यसभन्दा पहिलो खेलमा आमोदेवी युवा क्लब बढनियार नआएपछि न्यू सनलाइट क्लबलाई आयोजकले नेट गोलका आधारमा विजेता घोषित गरेको थियो । शनिवारको पहिलो खेल महावीर युवा क्लब वीरगंज र गढीमाई युवा क्लब वीरगंजबी

पर्यटन दिवसमा फ्रान्सेली पर्यटकलाई वीरगंजमा स्वागत

Image
प्रस, परवानीपुर, १० असोज/     होटल तथा पर्यटन व्यवसयी सङ्घ वीरगंजले विविध कार्यक्रम गरी विश्व पर्यटन दिवस मनाएको छ ।     आदर्शनगरबाट  बिहान निकालिएको प्रभातफेरी शङ्कराचार्य गेटमा गएर समापन भएको थियो । वीरगंज  महानगरपालिका, भिजिट  मधेस नेपाल र पर्यटन प्रवद्र्धन समितिको सहकार्यमा सम्पन्न  प्रभातफेरीमा महानगरका मेयर विजयकुमार सरावगी, उपमेयर शान्ति कार्की, होटल तथा पर्यटन  व्यवसायी सङ्घ वीरगंजका अध्यक्ष  हरि पन्त, पत्रकार  महासङ्घ पर्साका अध्यक्ष  श्याम बन्जारा,  भिजिट  मधेस नेपालका संयोजक ओमप्रकाश सर्राफलगायतको सहभागिता थियो ।     प्रभातफेरी समापन गर्दै वीरगंजका मेयर सरावगीले नेपाल प्रवेश गरिरहेका फ्रान्सेली नागरिक ओलिभर डि लिभर्टलाई पूmलमालाले स्वागत गरेका थिए ।     पर्यटन दिवसको अवसरमा सम्मान पाएकोमा फ्रान्सेली नागरिकले खुशी प्रकट गरे ।     वीरगंजका अधिकांश  होटल सञ्चालकहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा आपूm अत्यन्त प्रभावित भएको र आप्mनो देश फर्केर वीरगंजका नागरिक र होटल व्यवसायीले गरेको सत्कारबारे जानकारी गराउने उनले बताए । उनलाई शुक्रवार एक दिनका लागि वीरगंजका होटल व्यवसायीहरूल

पर्यटनमैत्री वातावरण बन्नुपर्ने वक्ताहरूको जोड

Image
विमला गुप्ता, वीरगंज, १० असोज/     विश्व पर्यटन दिवसको अवसरमा शुक्रवार वीरगंज महानगरपालिकाको आयोजना तथा भिजिट मधेस नेपालको संयोजनमा अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भएको छ ।     होटल मकालुमा आयोजित कार्यक्रमको उद्घाटन वीरगंजका मेयर विजयकुमार सरावगीले गरेका थिए । भिजिट मधेस नेपालकी सदस्य नीला रामले स्वागत गरेको कार्यक्रममा भिजिट मधेस नेपालका संयोजक ओमप्रकाश सर्राफले मधेसमा पर्यटकको आवागमन बढाउन सरोकारवालाहरूले खेल्नुपर्ने भूमिकाबारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रमका वक्ताहरूले वीरगंजमा पर्यटन प्रवद्र्धनको लागि पर्यटनमैत्री वातावरण बन्नुपर्नेमा जोड दिए । नागरिक समाज र सुरक्षा निकायलगायतले व्यवहार परिवर्तन गरी पर्यटनमैत्री बन्नुपर्ने उनीहरूको भनाइ थियो ।     कार्यक्रममा प्रमुख अतिथि मेयर सरावगीले वीरगंज महानगरको पर्यटकीय सम्भावनालाई मध्यनजर राख्दै चालू आर्थिक वर्षदेखि भिजिट मधेस नेपालको सुझावमा १० लाख रुपैयाँ छुट्टयाइ पर्यटन प्रवद्र्धन गर्न सक्रिय रहेको बताए । उनले भारतीय र विदेशी पर्यटकको लागि वीरगंजलाई जबसम्म सुरक्षित र आरामदायी ठाउँको रूपमा विकास गर्न सकिंदैन, तबसम्म पर्यटन