Posts

Showing posts from September, 2018

२०७५ असोज १५ गते सोमवारको प्रतीक दैनिक

Image

शिक्षा कि शारीरिक–मानसिक उत्पीडन

Image
अनन्तकुमार लाल दास     कुनै पनि समाज वा राष्ट्र विकासको मापदण्ड त्यहाँको शैक्षिक व्यवस्था र नैतिकताको आधारमा तय गर्न सकिन्छ । विश्वको नक्शामा आज जुन देश जति विकसित छ, त्यसको विकासमा मानवीय बौद्धिक संसाधनको ठूलो योगदान रहेको छ । समय सँगसँगै शिक्षाको मान्यता र उद्देश्यमा पनि लगातार परिवर्तन भइरहेको छ । पहिले बस्ता भारी हुनुको अर्थ विद्यार्थी मेहनती छ भन्ने हुन्थ्यो । शिक्षक–शिक्षिका पनि विद्यार्थीहरूलाई सबै किताबकापी लिएर आउन भन्थे । तर आज यसलाई बोझ मानिन्छ । विद्यार्थीहरूको बस्ता भारी नहोस् भन्नका लागि दुई–तीन किताबको साटो एउटै किताब बनाइएको छ । पहिले पाठ्य सामग्रीलाई घोक्ने कुरामाथि जोड दिइन्थ्यो । सबैथोक घोकेर ओकल्ने विद्यार्थी बुद्धिमान मानिन्थ्यो । अब विषयलाई बुझ्ने कुरामा जोड दिइन्छ । पहिले जवाफ निश्चित थियो, अब प्रश्नहरूको जवाफ समालोचनात्मक अर्थात् समझमा आधारित हुन्छ । पहिले फेल हुनु स्वाभाविक थियो । शिक्षकहरूले पनि कठिन प्रश्न सोधेर विद्यार्थीहरूलाई परेशान गर्न विश्वास गर्थे तर आज केटाकेटीहरू फेल हुनुको अर्थ शिक्षा व्यवस्था नै असफल भएको मानिन्छ । पहिले विद्यालय भयभीत गर्ने ठाउँ

बलात्कारको समाचार सम्प्रेषण गर्दा संयमता अपनाउन आग्रह

Image
जनकपुरधाम, १४ असोज/     बलात्कार घटनाहरूको समाचार सम्प्रेषण गर्दा संयमता अपनाउन कार्यक्रममा वक्ताहरूले जोड दिएका छन् । क्रियाशील पत्रकार महिला धनुषाले आयोजना गरेको ‘महिला हिंसा न्युनीकरणमा सञ्चारको भूमिका’ विषयक अन्तर्संवाद कार्यक्रममा वक्ताहरूले बलात्कार घटनाको समाचार सम्पे्रषण गर्दा पीडितलाई थप पीडा पुग्ने गरी समाचार सम्प्रेषण नगर्न आग्रह गरे ।     कार्यक्रममा प्रमुख अतिथि जनकपुरधाम उपमहानगरपालिकाकी उपप्रमुख रीता मिश्रले महिला जनप्रतिनिधिहरू नै दैनिक हिंसाको शिकार भइरहेको चर्चा गर्दै सामान्य महिलाहरूको स्थिति के होला सहजै अनुमान लगाउन सकिने बताइन् ।     उपमहानगरपालिका न्यायिक एकाइको संयोजकसमेत रहेकी उपप्रमुख मिश्रले भनिन्–“यहाँ त न्यायिक समितिको संयोजकहरूसमेत लैङ्गिक हिंसाका शिकार छन्, काँधमा भने हिंसा पीडित महिलाहरूको  उद्धार गर्ने जिम्मेवारी ।  जब उनी स्वयं विभेद र हिंसाबाट अछूतो छैनन् भने जनताले भोग्नुपरेको पीडाबारे भन्न कठिन छ ।”     सो अवसरमा नेपाल पत्रकार महासङ्घ प्रदेश २ का महासचिव किरण कर्णले सञ्चारकर्मीहरूले बलात्कारका समाचार सम्प्रेषण गर्दै आए पनि यस्ता घटना बढ्दै गईरहेको

वीरगंजका सडक फूटपाथ अतिक्रमणमुक्त

Image
प्रस, वीरगंज, १४ असोज/     ‘व्यवस्थित वीरगंज हाम्रो अभियान’ अन्तर्गत आज वडा नं. ९, ११ र बाइपासमा सडक पूmटपाथ अतिक्रमण हटाउने काम भएको छ ।     विगत केही दिनदेखि व्यवस्थित वीरगंज हाम्रFे अभियान अन्तर्गत वीरगंजको ट्राफिक व्यवस्थापन, छाडा चौपाया नियन्त्रण र सडक पूmटपाथ अतिक्रमण हटाउने काम भइरहेको छ । यसै क्रममा आज वडा नं. ९ र ११ मा सुरक्ष्Fाकर्मी, सामुदायिक सेवा केन्द्रहरू, वडाध्यक्ष, वडा सदस्य, अभियानसँग आबद्ध युवाहरू र स्थानीयको सहभागितामा सडक पूmटपाथ अतिक्रमण हटाउने काम भएको हो ।     वडाध्यक्ष्F प्रद्युम्न सेढाईले सडक पूmटपाथ अतिक्रमण गरेर व्यवसाय सञ्चालन, घर घरायसी काम गर्दा वडामा समस्या भएको र यस्तो अतिक्रमण हटाउनेतर्पm सबैको सहयोग आवश्यक हुने बताए । उनले सडक, पूmटपाथ फराकिलो भएको खण्डमा वडाको सौन्दर्यता झल्किने हुनाले यस कार्यमा सबैलाई सहयोग गर्न आग्रह पनि गरे ।     यसैबीच अभियान अन्तर्गत आज ट्राफिकले हालै इ–रिक्शालाई प्रदान गरेको रूट अनुसारको रङ्गको अनुगमन पनि गरिएको थियो । तोके अनुसारको रूटमा इ–रिक्शा सञ्चालन भए–नभएको र उनीहरूसँग सञ्चालन इजाजतपत्रसमेत खोजी गरिएको थियो । अनुगमनपछि

प्रदेश दुईको पहिलोचोटि प्रिमियर लिग रौतहटमा शुरु

Image
प्रस, गरुडा, १४ असोज/     प्रदेश २ मा पहिलोचोटि प्रिमियर लिग शुरु भएको छ । गरुडास्थित श्रीराम सुगर मिल्स लिमिटेडको मैदानमा गरुडा नगरपालिकाका मेयर इन्नुराय यादवले ब्याटिङ र मिलका प्रशासकीय प्रबन्धक राजेश पटेलले बलिङ गरेर रौतहट प्रिमियर लिग आरपिएलको उद्घाटन गरेका छन् । उद्घाटन मन्तव्य दिंदै मेयर यादवले क्रिकेट खेल लोकप्रिय बनिरहेको अवस्थामा नगरपालिकाको तर्फबाट खेल र खेलाडी दुवैको लागि सकेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । स्थानीय व्यवस्थापन समितिका अध्यक्ष बृजकिशोर यादवले आरपिएलले रौतहटको क्रिकेट प्रतिष्ठा बढ्ने विश्वास व्यक्त गरेका छन् । ओमेगा सेकेन्ड्री स्कूल ललितपुर आयोजक र लायन्स युवा क्लब सहआयोजक रहेको आरपिएलले रौतहटमा राष्ट्रियस्तरको क्रिकेट प्रतिभा उत्पादन गर्ने उद्देश्य लिएको क्लबका अध्यक्ष मनोजकुमार चौधरीले स्वागत गर्दै बताएका छन् ।     आरपिएल शुरु भएको पहिलो दिन दुईवटा खेल सम्पन्न भएका छन् । पहिलो खेल नेपाल क्रिकेट स्कूल काठमाडौं र मालपोखरी क्रिकेट क्लब ललितपुरबीच सम्पन्न भएको हो । ललितपुरले काठमाडौंलाई सात विकेटले पराजित गरेको छ । दश रन दिएर तीन विकेट लिएका ललित

काम गर्ने वातावरण

    आप्mनो कार्यकाल एक वर्ष पूरा भएको अवसरमा वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीले काम गर्ने वातावरण सिर्जना गरेको दाबी गरेका छन् । वातावरण सिर्जना गर्नु अमूर्त कुरा हो, जसको जे अर्थ पनि लगाउन सकिन्छ, किनभने वातावरण देखिने होइन, अनुभूत हुने कुरा हो । मेयरले बडो इमानदारीपूर्वक एउटा कुरा भने स्वीकार गरेका छन्–‘एक वर्षको यस अवधिमा आपूmले गरेको वाचा पूरा गर्न सकेको छैन’ । सामान्यतः नेपालका जनप्रतिनिधिहरूले एक वर्षमा आपूmले के वाचा गरेको थिएँ भन्ने कुरा नै बिर्सन्छन् । पदरूपी चास्नीमा लुटपुटिने मनोवृत्तिका व्यक्तिहरूले गरिएका वाचा के हुन् भन्ने स्मरण नै गर्न दिंदैनन् । यसको एउटा ठाढो अर्थ के हो भने उनले अहिलेसम्म आप्mनो ‘किचेन क्याबिनेट’ बनाएका छैनन् । किचेन क्याबिनेट भनेपछि, सरकारी वा गैरसरकारी ती सल्लाहकारहरू जोे कुनै पदधारीको निकट रहेर उसको काममा सघाउ पु¥याउँछन् । किचेन क्याबिनेटको सदस्य जति निष्पक्ष र निस्स्वार्थी हुन्छ, काम गर्ने मानिसले उत्ति नै सही र गतिलो काम गर्छ ।     मूल कुरो मेयरजस्तो मानिसले कुनै पार्टी, त्यो आपूmले ब्यानर बोकेर चुनाव लडेको पार्टी नै किन नहोस्, कुनै व्यक्ति

२०७५ असोज १४ गते आइतवारको प्रतीक दैनिक

Image

वीरगंज वितरण केन्द्रले ६ महिनामा उठायो करिब रु ९ करोड महसुल

Image
प्रस, परवानीपुर, १३ असोज/     वीरगंज वितरण केन्द्रमा नयाँ प्रमुखको आगमनसँगै औद्योगिक क्षेत्रमा हुने विद्युत् चुहावटमा सुधार आउनुका साथै छुट भएको विद्युत् महसुल सङ्कलनमा पनि सकारात्मक प्रभाव परेको छ ।     ६ महिनाअघिदेखि वितरण केन्द्र वीरगंजमा प्रमुखको रूपमा मुनिन्द्र ठाकुर  आएपछि यस्तो सुधार हुँदै गएको हो । हालसम्म उनले करिब रु ९ करोडको हाराहारीमा महसुल उठाउन सफल भएका छन् ।     बिजुली चोरलाई समातेर ९३ वटा मुद्दामार्पmत् ३३ लाख, लाइन पुनः जडानबापत ४ करोड ६७ लाख, ८१ जनालाई कालोसूचीमा राखेकोबाट ३९ लाख ४६ हजार र टिओडी–टोड (टाइम अफ डे) मिटरबाट औद्योगिकरूपमा छुट भएको बिलिङबाट २५ उद्योगबाट साढे ३ करोड गरी ८ करोड ८९ लाख रुपैयाँ सङ्कलन गरिएको उनले जानकारी गराए । साथै, औद्योगिक क्षेत्रमा टोड मिटरमा चुहावट भएको अनुसन्धानबाट पत्ता लागेको र महसुल निर्धारणको लागि १५ वटा उद्योगको फाइल माथिल्लो निकायमा पठाइसकिएको पनि उनले जानकारी गराए । १५ वटा उद्योगबाट करिब रु २ करोडको विद्युत् महसुल उठ्ने अनुमान गरिएको छ ।     यसैबीच, वीरगंज–पथलैया औद्योगिक कोरिडोरको थप ३४ वटा उद्योगको महसुल बिलिङमा गडबडी देखिएकोले

भारतीय नागरिक साहमाथि गोली प्रहार

प्रस, वीरगंज, १३ असोज/     वीरगंज महानगर–२ भन्सार क्षेत्रमा एकजना भारतीय नागरिकमाथि शनिवार बिहान गोली प्रहार भएको छ।     नोबेल इन्टरप्राइजेज कोइला डिपोका प्रबन्धक भारतीय नागरिक मदन साह तेलीमाथि बिहान २ बजे डेरामा अज्ञात व्यक्तिले गोली प्रहार गरेको पर्सा प्रहरीले जनाएको छ ।     ढोका खोलेर तेलीमाथि चार राउन्ड गोली प्रहार भएपनि निशाना चुकेकोले तेली सकुशल रहेको जिप्रका पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले बताए ।     भारत बिहार राज्य पूर्वी चम्पारण जिल्ला घोडासहन निवासी तेली २ वर्षदेखि वीरगंजस्थित नोबेल इन्टरप्राइजेजमा कार्यरत थिए । उनीमाथि गोली प्रहारको कारण अहिलेसम्म खुलिसकेको छैन ।     तेलीले आपूmमाथि गोली प्रहार गर्नुपर्ने कारण बताएका छैनन् । अज्ञात व्यक्तिले बिहान २ बजे डेरामा सुतिरहेको अवस्थामा ढोकाको चुकुल खोलेर उनीमाथि गोली प्रहार गरेको थियो । चार राउन्ड गोली प्रहार भएपनि तेलीलाई नलागेको कारण उनी सकुशल रहेको पर्सा प्रहरीले जनाएको छ ।     घटना सम्बन्धमा प्रहरीले अनुसन्धान भइरहेको जानकारी गराएको छ । गोली प्रहार गर्ने व्यक्ति भारततर्पm भागेको स्थानीयले बताए ।

मौवादेवी युवा क्लब क्वार्टरफाइनलमा

प्रस, पथलैया, १३ असोज/     मौवादेवी युवा क्लब डुमरवानामा जारी नकआउट पूmटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।     डुमरवानास्थित सुन्दरबस्ती खेल मैदानमा शनिवार भएको खेलमा औराह युवा क्लबलाई ४–० ले पराजित गर्दै मौवादेवी अन्तिम आठमा प्रवेश गरेको हो ।     मौवादेवीको जीतमा ध्रुव चौधरीले दुई गोल गरे भने चन्दन महतो र राजु चौधरीले समान एक/एक गोल गरेका थिए ।. प्रतियोगिता अन्तर्गत आइतवार डकाहा युवा क्लब र सुन्दरबस्ती ‘बी’का बीच खेल हुने आयोजक कमिटीका संयोजक मङ्गल तामाङले जानकारी दिए । सुन्दरबस्ती युवा क्लबको आयोजनामा जारी प्रतियोगितामा जीतपुरसिमरा उपमहानगरपालिकाभित्रका १६ वटा टिमको सहभागिता छ .। असोज २६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले २० हजार र उपविजेताले १० हजार नगद प्राप्त गर्नेछन् ।

भूमिगत अर्थतन्त्रका आधार र मतियार

Image
ओमप्रकाश खनाल     केही समयअघि नियामक बैंक नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको अध्ययन प्रतिवदेनले निकट छिमेकी देश भारतसितको कुल कारोबारमध्ये ३५ दशमल ५ प्रतिशत अनौपचारिक तरिकाले हुने तथ्याङ्क सार्वजनिक गरेको थियो । लगत्तै तत्कालीन अर्थमन्त्रीले अनौपचारिक अर्थतन्त्रको आकार कुल गार्हस्थ उत्पादनको ५० प्रतिशत रहेको दाबी मात्र गरेनन्, त्यसलाई औपचारिक माध्यममा ल्याउन निकै कठिन र चुनौतीपूर्ण भन्दै लाचारी प्रकट गरे । अहिले नेपालको कुल गार्हस्थ उत्पादन ३० खर्ब रुपैयाँ छ । यो आँकडा र अर्थतन्त्रको अगुवा मन्त्रालयका तत्कालीन नेतृत्वकर्ताको भनाइलाई आधार मान्ने हो भने नेपालमा बर्सेनि १५ खर्ब रुपैयाँको कारोबार अभिलेख बाहिरबाटै हुन्छ । यस्तो कारोबारको न कुनै लेखाजोखा छ, न अर्थतन्त्रले लाभ नै उठाउन पाएको छ ।     अर्थतन्त्रको स्वाभाविक अभिवृद्धिसँगै भूमिगत अर्थतन्त्र विस्तार भइराखेको तथ्याङ्कले देखाएको छ । राज्यको नियम कानूनले पहिचान नगरेको यस्तो अर्थतन्त्रको विस्तारले अर्थतन्त्रको वास्तविक आकार कति हो भन्नेमैं अलमल भइराखेको छ । आर्थिक कारोबारको ठूलो परिमाणलाई राज्यले पहिचान गर्नै नसकेको अवस्थामा सार्व

ज्ञानाग्निबाट पापको नाश

    जसरी बलिरहेको अग्निले सम्पूर्ण काठलाई जलाएर खरानी (भष्ममय) बनाइदिन्छ, त्यसरी नै ‘ज्ञानाग्नि’ (ज्ञानरूपी अग्नि)ले अनन्त जन्मको शुभाशुभ कर्मलाई जलाएर खरानी बनाइदिन्छ । सथैधांसिसमिद्धोऽग्निर्भस्मसात्कुरूतेऽर्जुन । ज्ञानाग्निः सर्वकर्माणि भस्मसात्कुरूते तथा ।।     ‘सर्व’ शब्दको अर्थ हो, पूर्ण रीतिले । काष्ठको जल गएपछि खरानी र कोइला रहन्छ तर कर्म भस्म भएपछि त्यसको केही पनि बाँकी रहँदैन । यो ज्ञानको माहात्म्य हो । यसले सिद्ध गरेको छ कि महान् पापीले पनि त्यस तŒवलाई पाउन  सक्छ र उसको सम्पूर्ण पापको नाश हुन्छ । साधकले त्यस तŒव प्राप्ति भएपछि यसमा शङ्का गर्न बिर्सिन्छ अर्थात् त्यस तŒव प्राप्तिको विषयमा हामी कहिल्यै निराश हुनुहुँदैन ।     यस सम्बन्धमा गीतामा एक विलक्षण कुरा भनिएको छ– केवल त्यस तŒव प्राप्त गर्नु छ (९।३०) – यस्तो पक्का निश्चय गर्ने बित्तिकै त्यसै क्षण मनुष्य धर्मात्मा बन्छ र महान् शान्ति प्राप्त गर्छ–     ‘क्षिप्रं भवति धर्मात्मा शश्वच्छान्तिं निगच्छति । (गीता ९।३१)     ‘त्यो चाँडै धर्मात्मा हुन्छ र सदैव रहने परमशान्तिलाई प्राप्त गर्छ ।’     संसारमा धेरैजसोको धारणा यही रहन्छ कि

२०७५ असोज १३ गते शनिवारको प्रतीक दैनिक

Image

पर्साबाट मुख्यमन्त्रीले बिरुवा रोपेर हरित प्रदेशको सुरुआत गरे, विमानस्थलका लागि रूख कटान गर्न नदिने

Image
नरेश यादव, पर्सागढी, १२ असोज/     प्रदेश नं २ मा वनजङ्गलको संरक्षण गर्ने उद्देश्यले प्रदेश सरकारले शुक्रवारदेखि हरित प्रदेश अभियान शुरु गरेको छ ।     प्रदेश २ का पर्सादेखि सप्तरीसम्मको आठवटै जिल्लामा आज एकै दिन ५० हजारभन्दा बढी बिरुवा रोपेर प्रदेश सरकारले अभियानको थालनी गरेको हो ।     अभियानको उद्घाटन मुख्यमन्त्री लालबाबू राउत गद्दीले पर्सामा बिरुवा रोपेर गरेका थिए । पर्सागढी नगरपालिका–३ को सबैया साझेदारी वनको पर्ती जग्गामा मुख्यमन्त्री गद्दीले सपेता प्रजातिको बिरुवा रोपेर अभियानको शुभारम्भ गरे । सबैया साझेदारी वनको १.५ हेक्टर पर्ती जग्गामा  मसाला, कदम, टीक, सपेता, सिसौं, अमला प्रजातिका दुई हजार चार सय बिरुवा रोपिएको छ ।     अभियानको पहिलो दिन आज पर्सामा वृक्षरोपणका लागि विभिन्न प्रजातिका आठ हजार बिरुवा सर्वसाधारणलाई निश्शुल्क वितरण गरिएको डिभिजन वन कार्यालय पर्साका प्रमुख वन अधिकृत राजेश्वरमान श्रेष्ठले जानकारी दिए । बडनिहारमा अभियानको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले प्रदेशमा विकासका नाममा सङ्घीय सरकारले जङ्गलको विनाश गर्न खोजिरहेको आरोप लगाए । उनले प्रदेशमा सबैभन्दा कम वनजङ्गल रह

दुई महिनासम्म लास जलाउन पाँच गाउँबीच सहमति

प्रस, गरुडा, ११ असोज/     रौतहटको गरुडा नगरपालिका–९ रघुनाथपुर, श्रीपुर, गम्हरिया, बिर्ता र सिसवा गरी पाँच गाउँबीच विगत दुई हप्तादेखि लास जलाउने विषयमा भइरहेको विवाद सहमतिमा टुङ्गिएको छ ।  सर्वपक्षीय बैठकबाट सहमतिमा पुगेको हो ।     चानी खोलाको पूर्वपट्टिका दुई गाउँ श्रीपुर, गम्हरिया र सिसवाका स्थानीयवासीले खोलाको किनारमा लास जलाउँदा आपूmहरूको बस्ती भित्र परेकोले अप्ठ्यारो भएको भन्दै विरोध गरेका  थिए । चानी पश्चिमका गाउँहरू रघुनाथपुर र बिर्ताका बासिन्दाले  परम्परादेखि सोही स्थानमा लास जलाउने गरिरहेकोले अन्यत्र जान नसकिने अडान लिंदै आएका थिए ।     दुई हप्तामा दुईजनाको मृत्यु भएको र दुवैजनाको लास जलाउने विषयमा दुई पक्षबीच ठूलो विवाद हुँदा प्रहरीले हस्तक्षेप गर्नुपरेको थियो । शुक्रवार बिहान साढे चार बजे पनि रघुनाथपुका ७० वर्षीय रूपा सहनीको मृत्यु भएपछि लास जलाउने विषयमा विवाद हुने सम्भावना बढेको थियो । प्रशासनले समयमैं संयमता अपनाएर सर्वपक्षीय भेला बोलाइ सहमतिको सार्थक प्रयास गरेको हो ।     परम्परादेखि लास जलाउँदै आएको ठाउँमा श्मशानघाटको लागि दुई कट्ठा जग्गा किनिसकिएको र थप एक कट्ठा जग्गा क

मानन्धरको बिदाइ

Image
प्रस, वीरगंज, १२ असोज/     नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र वीरगंजका प्रमुख प्रवीण मानन्धरलाई शुक्रवार नेपाल रेडक्रस सोसाइटी पर्साले बिदाइ गरेको छ ।     रेडक्रस पर्साका सभापति पूmलमहमद मियाँ, उपसभापति मधु राणा, मन्त्री वीरेन्द्र कँडेल, कोषाध्यक्ष्F महन्थ यादव र ब्लोदान पर्साका सचिव अरविन्द सिंहले संयुक्तरूपमा बिदाइ गरेका थिए । विगत ३० वर्षदेखि रक्त सञ्चार केन्द्र वीरगंजमा कार्यरत मानन्धरले पदबाट राजीनामा दिएपछि उनको बिदाइ गरिएको हो ।     कार्यक्रमको सहजीकरण नेरेसो पर्साका प्रमुख उदयराज शर्माले गरेका थिए । यसैगरी, नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि मानन्धरलाई दोसल्ला ओढाएर सम्मानित गरेका थिए । नेपाली काङ्ग्रेसको प्रदेशस्तरीय विधान मस्यौदा संशोधनबारे छलफल कार्यक्रममा मानन्धरलाई वरिष्ठ नेता पौडेलले रक्त सञ्चार केन्द्र वीरगंजमा रहेर रक्तदान कार्यक्रममा लामो समय सक्रिय भएबापत सम्मानका साथ बिदाइ गरेका थिए ।

जुनियर तेक्वान्दो प्रतियोगिता शुरु

Image
प्रस, वीरगंज, १२ असोज/     नेपाल तेक्वान्दो सङ्घ प्रदेश नं २ को आयोजनामा शुक्रवारदेखि शुरु भएको दुई दिने जुनियर तेक्वान्दो प्रतियोगिताको भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले उद्घाटन गरेका छन् ।     कबर्ड हलमा आज प्रदेशस्तरीय जुनियर तेक्वान्दो प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री सोनलले खेलको माध्यमले देशको पहिचान अन्तर्राष्ट्रियस्तरमा देखाउन सक्ने बताए । उनले जुनियर तहबाट खेलकुदप्रति आकर्षण बढाएको खण्डमा खेलको विकास हुने दाबी गरे ।     उनले नेपालको नाम खेलकुदको माध्यमबाट अहिले अन्तर्राष्ट्रियस्तरमा चिनाउने काम भइरहेको र यस्तै प्रयासबाट उत्कृष्ट खेलाडीहरू उत्पादन हुने बताए ।     नेपाल तेक्वान्दो सङ्घ प्रदेश नं २ का अध्यक्ष राजेशमान सिंहको अध्यक्ष्Fतामा सम्पन्न उद्घाटन समारोहमा सङ्घका उपाध्यक्ष गोपाल केडिया, शिव पटेल, केन्द्रीय सदस्य शिवशङ्कर पटेल, प्रदेशसभा सदस्य रमेश पटेललगायतले मन्तव्य व्यक्त गरेका थिए । प्रतियोगितामा जुनियर महिलातर्पm चार समूहमा र जुनियर पुरुषतर्पm १० समूहमा प्रतियोगिता सञ्चालन हुने बताइएको छ ।     प्रतियोगिताको समापन भोलि असोज १३ गते हुनेछ ।

डुमरवाना नकआउट फूटबल : जनसेवा क्लब रजघट्टाको शानदार सुरुआत

Image
प्रस, पथलैया, १२ असोज/     जीतपुरसिमरा उपमहानगरपालिका– १५ डुमरवानामा जारी नकआउट पूmटबल प्रतियोगिता अन्तर्गत शुक्रवारको खेलमा जनसेवा युवा क्लब रजघट्टा विजयी भएको छ ।     डुमरवानास्थित सुन्दरबस्ती युवा क्लबको आयोजनामा बिहीवारबाट शुरु भएको प्रतियोगितामा शुक्रवार जीतपुरसिमरा–१४ को जनसेवा क्लबले जीतपुरसिमरा–१८ लामीडाँडा युवा क्लबलाई ४–१ को फराकिलो गोलअन्तरले पराजित गरेको हो । जनसेवा क्लबका लागि शङ्कर राईले २ तथा निर्मल थापा र अशोक चौधरीले समान एक/एक गोल गरे । अन्तिम समयसम्म ४–० ले पछि परेको लामीडाँडाको लागि कप्तान सञ्जय चौधरीले सान्त्वना गोल फर्काएका थिए ।     जनसेवाका रक्षकले डिबक्समा फाउल गरेपछि पाएको पेनाल्टी अवसरलाई लामीडाँडाका सञ्जयले गोलमा परिणत गरे । प्रतियोगिताको उद्घाटन खेलमा बिहीवार आयोजक सुन्दरबस्ती युवा क्लबलाई पराजित गर्दै जीतपुरसिमरा–३ को रामवन युवा क्लबले विजयी सुरुआत गरेको आयोजक कमिटीका संयोजक मङ्गल तामाङले जानकारी दिए ।     प्रतियोगिता अन्तर्गत शनिवार जीतपुरसिमरा–४ को औराहा युवा क्लब र जीतपुरसिमरा–१८ को मौवादेवी युवा क्लब बडहर्वाबीच खेल हुनेछ । जीतपुरसिमरा उपमहानगरको १५ न

भीष्मपर्व–१३

Image
श्रीमद्गद्गीता(भक्तियोग) उमाशङ्कर द्विवेदी     अर्जुनले भने– जुन अनन्य प्रेमी भक्तजन पूर्वोक्त प्रकारले निरन्तर तपाईंको भजन–ध्यानमा लागेर तपाईं सगुणरूपी परमेश्वरलाई तथा अर्को जुन केवल अविनाशी सच्चिदानन्दघन निराकार ब्रह्मलाई नै अति श्रेष्ठ भावले भजन गर्दछन्, ती दुवै प्रकारका उपासकहरूमध्ये अति उत्तम योगवेत्ता को हो ?     श्रीभगवान्ले भने– ममा मनलाई एकाग्र गरी निरन्तर मेरो भजन ध्यानमा लागेर जुन भक्तजन अतिशय श्रेष्ठ श्रद्धाले युक्त भएर म सगुणरूपी परमेश्वरलाई भजन गर्दछन्, ती मलाई योगीहरूमा अति उत्तम योगी मान्य छन् तर जुन पुरुष इन्द्रियहरूको समुदायलाई राम्ररी वशमा गरेर मन–बुद्धिबाट टाढा, सर्वव्यापी, अकथनीयस्वरूप र सदैव एकरस रहने, नित्य, अचल, निराकार, अविनाशी, सच्चिदानन्दघन ब्रह्मलाई निरन्तर एकीभावले ध्यान गर्दै भजन गर्दछन्, ती सम्पूर्ण भूतहरूको हितमा रत र सबैमा समानभावले योगी मलाई नै प्राप्त हुन्छन् । ती सच्चितानन्दघन निराकार ब्रह्ममा आसक्त चित्त भएको पुरुषको साधनमा क्लेश विशेष छ, किनकि देहाभिमानद्वारा अव्यक्त विषयक गति दुःखपूर्वक प्राप्त गरिन्छ तर जो मेरो परायण रहने भक्तजनले सम्पूर्ण कर्म

पानीमा सूर्य मन्दिर

Image
सञ्जय मित्र     अरूभन्दा केही फरक हुनैपर्छ । यही फरकपनले पहिचान बनाउने हो । यही पहिचानले अरूलाई आपूmतिर आकर्षित गर्छ । र, अझ त्यो फरकपन चाहिं अन्यान्यको हृदयग्राह्य हुन्छ भने फरकपनमा अरूको पनि आत्मीयता जोडिन्छ । आत्मीयता जोडिंदै जान्छ । जति धेरै आत्मीयता जोडिन्छ, उति धेरै प्रसिद्धि हुन्छ । प्रसिद्धि अर्थात् लोकप्रियता कसलाई पो चाहिंदैन र ? लोकप्रियतालाई अझ अर्थतन्त्रसित जोडौं, केहीले रोजगार पाउने निश्चित हुन्छ ।     बिहारको जमुआले सूर्य मन्दिर बनाएर आप्mनो विशिष्ट पहिचान कायम गरेको छ । पोखरी धेरै ठूलो पनि होइन । मध्यम आकारको पोखरीमा कलात्मक सूर्य मन्दिर बनाएको छ जमुआले । जमुआ सम्भवतः जिल्ला हो । जमुआको मिर्जागंजमा यो सूर्य मन्दिर रहेको छ । मिर्जागंज सानो बजार हो । मन्दिर रहेको ठाउँलाई जगन्नाथ डिह भन्ने गरिन्छ । सूर्य मन्दिरको नाम चाहिं जलीय सूर्य मन्दिर हो ।    आसपासमा अरू केही प्रसिद्धिलायक रहेको देखिंदैन । जमुआ शहर निकै टाढा छ तर पोखरीको पानीमा विशालकाय कमलजस्तै फुलेको देखिन्छ मन्दिर । टाढैबाट चित्तलाई आकर्षित गर्ने किसिमको देखिने यो मन्दिरले बाटो भएर हिंड्ने जसकसैको ध्यान आपूmतिर

पितृपक्षमा मिथिलाञ्चलमा प्रचलित व्यवहार

Image
डा. बासुदेवलाल दास, पीएच.डी. सहप्राध्यापक, इतिहास विभाग ठाकुरराम बहुमुखी क्याम्पस, वीरगंज     सनातन हिन्दू धार्मिक मान्यता अनुसार सन्तान अर्थात् खासगरी पुत्रको जन्म भएपछि व्यक्ति पितृऋणबाट उऋण हुने भनिन्छ । मातापिताले आप्mनो सन्तानलाई पालनपोषण गरे जस्तै पुत्र सन्तानले पनि मातापिताको जीवनकालमा पालनपोषण गर्ने एवं देहान्त भएपछि अन्त्येष्टि र श्राद्धकर्म इत्यादि सम्पन्न गर्ने भन्ने मान्यता हाम्रो पितृसत्तात्मक समाजमा रहेको छ । संस्कृतमा एउटा प्रचलित रहेको उक्ति ‘अपुत्रस्य गतिर्नास्ति’ अनुसार जसका पुत्र हुँदैनन्, त्यसको गति हुँदैन, अर्थात् पितृको सुगति गर्ने पुत्र नै हुन्छन् । आज हामी यस पृथ्वीमा छौं, यसमा हाम्रा मातापिताको नै कृपा रहेको छ । हाम्रा मातापिताले हामीलाई जन्म दिनुभएको हो । व्यक्तिको देहान्त भएपछि उनलाई पितृको संज्ञा दिइन्छ । यसरी आप्mना पितृहरूप्रति कृतज्ञ हुनु हाम्रो परम कर्तव्य हुन आउँछ । प्राच्य चिन्तकहरूले आप्mना पितृहरूप्रति कृतज्ञता प्रकट गर्दै तथा उनीप्रति श्रद्धाभाव राख्दै उनीहरूका लागि प्रत्येक दिन जलाञ्जलि अर्पण गर्ने विधान गरेका छन् । अञ्जलिद्वारा जल चढाउने विधिलाई

किसान भोकै छन्, मजदुर बेरोजगार, के हेर्दैछ अझै वाम सरकार ?

Image
वैद्यनाथ ठाकुर     नेपालका सबै शहर स्मार्टसिटी बनाउने, काठमाडौंमा मेट्रो, मोनो तथा तीव्र गतिको रेल गुडाउने, बूढापाकाहरूलाई महिनाको पाँच हजार वृद्ध पेन्सन भनेर दिने, देशलाई विकास र समृद्धिको बाटोमा अगाडि बढाउने, भ्रष्टाचारको अन्त्य गर्ने, अपराध नियन्त्रण गर्ने जस्ता अनेक सपना चुनावमा नेपाल कम्युनिस्ट पार्टी एमाले र माओवादी केन्द्रले जनतालाई देखाएर आप्mनो पक्षमा मत आकर्षित गरेका थिए । नभन्दै जनताले कम्युनिस्टहरूलाई पत्याए र झन्डै दुई तिहाइको बहुमतमा यतिबेला कम्युनिस्ट सरकार बहालमा छ । नेपाली काङ्ग्रेसको राष्ट्रघात तथा विकासविरोधी जनतामारा नीतिबाट लामो समयदेखि  आजित भएको नेपाली जनतासँग कम्युनिस्टलाई विश्वास गर्नुबाहेक अरू कुनै विकल्प पनि थिएन । ६ महिनासम्म भारतीय पक्षको समर्थनमा नेपालीहरूले भोगेको नेपाल बन्दको पीडाविरुद्ध नेकपा एमालेले विशेष राष्ट्रवादी धार र अडान प्रस्तुत गरेको हुनाले पनि निर्वाचनमा नेकपा एमाले सबैभन्दा बलियो पार्टीको रूपमा स्थापित भएको पनि सत्य हो । जनताले नेपाली कम्युनिस्टहरूलाई पहिलोचोटि विश्वास गरेर यति ठूलो मतदान गरेको हो । २०१५ सालको आमनिर्वाचनमा दुई तिहाइ बहुमत

विद्यालय बिदा

    व्यावहारिक र वैज्ञानिक शिक्षाबिना कुनै पनि मुलुक उँभो लाग्न सक्दैन । त्यसको लागि शिक्षा नीति नै व्यावहारिक र वैज्ञानिक हुनुपर्छ । यसो हुनका निम्ति नीति निर्माणको तहमा बस्नेहरूको सोच पनि सोहीअनुरूप हुन जरुरी छ । हाम्रो मुलुकको कुनै पनि क्षेत्रमा व्यवहार र विज्ञान केवल नारामा मात्रै सीमित छ । त्यसैले त मुलुकको दुर्गति छ । समाजविकासको पूर्वाधार नै शिक्षा हो । शिक्षा क्षेत्रको हविगत त झन् लथालिङ्गै छ । शिक्षा सेवा आयोगदेखि मन्त्रालयसम्म यस्तो छ कि त्यहाँको कुर्सीमा मानव नभएर यन्त्रहरू ढसमस बसेका छन् । उनीहरूलाई व्यावहारिकताको कुनै प्रभाव पर्दैन ।     शिक्षक सेवा आयोगले असोज ११ गतेदेखि सामुदायिक तथा सरकारी विद्यFलयतर्पm तीन तहको स्थायी शिक्षक नियुक्तिका लागि लिखित परीक्षा लिइरहेको छ । आयोगको तालिका अनुसार मावि शिक्षकको परीक्षा असोज ११ गते, आधारभूत तहको १२ गते र प्राथमिक तहको शिक्षक परीक्षा १३ गते छ । परीक्षार्थीहरूलाई गृह जिल्ला नपारेर आयोगको फाराम भरेको भन्दा अर्को जिल्लामा परीक्षा दिने व्यवस्था मिलाइएको छ । परीक्षा व्यवस्थित र मर्यादित बनाउन यसो गरिएको हुन सक्छ, यसमा दुई मत नहोला ।   

२०७५ असोज १२ गते शुक्रवारको प्रतीक दैनिक

Image

पर्यटन दिवसको अवसरमा वीरगंजमा सरसफाइ

Image
प्रस, वीरगंज, १० असोज/     ३९ औं विश्व पर्यटन दिवसको अवसरमा वीरगंजमा सरसफाइ कार्यक्रम गरिएको छ ।     होटल व्यवसायी सङ्घ, पर्सा र पर्यटन प्रहरी वीरगंज एवं लिङ्करोड विकास समितिको संयुक्त आयोजनामा सो क्ष्Fेत्रमा सडक, पूmटपाथ एवं डिभाइडरको सफाइ गरिएको थियो ।     सरसफाइ कार्यक्रम होटल व्यवसायी सङ्घ, पर्साका अध्यक्ष्F छविलाल उप्रेती, होटल व्यवसायी महासङ्घ प्रदेश नं. २ का सचिव तबरेज आलम, प्रहरी उपरीक्ष्Fक रेवती ढकाल, वडाध्यक्ष्F राजकिशोर गुप्ता, श्यामबाबू चौरसिया, लिङ्करोड विकास समितिका अध्यक्ष्F राजेश साह, भवानी हस्पिटलका प्रबन्धक राम श्रेष्ठलगायतको सहभागिता थियो । प्रस, जीतपुर/     ३९ औं विश्व पर्यटन दिवसको अवसरमा आज सिमरा विमानस्थलमा अवतरण गरेको पहिलो विमानका सबै यात्रुलाई होटल तथा पर्यटन व्यवसायी सङ्घ, बाराले स्वागत, सम्मान गरेको छ ।     पर्यटन दिवस तीन दिने कार्यक्रम गरी मनाउने निर्णय गरेको सङ्घले पहिलो दिन सिमरा विमानस्थलमा अवतरण गरेको पहिलो विमानका चालक, सहचालक, एयरहोस्टेस र यात्रुहरूलाई पूmलमाला, खादा ओढाएर सम्मान गरेको थियो ।     सो अवसरमा पहिलो विमानबाट आज सिमरा अवतरण गरेका वीरगंज

विद्युत् चोरी गर्ने ५२ जना पक्राउ

Image
रवीन्द्रप्रसाद साह, कलैया, ११ असोज/     नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र कलैया बाराको टोलीले आज कलैया उमनपाको विभिन्न ठाउँबाट विद्युत् चुहावट गर्ने ३९ जनालाई पक्राउ गरेको छ ।     विद्युत् चुहावट नियन्त्रण गर्ने टोलीमा नेपाल प्रहरी, सशस्त्र प्रहरीको सहभागिता थियो । टोलीले विद्युत् चुहावट गर्नेहरूको ३ थान मोटर, टिभी, फ्रिजलगायत  विद्युतीय उपकरणसमेत कब्जा गरेको छ । पक्राउ परेका सबैलाई दण्ड जरिवाना गराई अबदेखि यस्तो काम नगर्ने तथा बाँकी बक्यौता चाँडो तिर्ने प्रतिज्ञा गराई छोडिएको विद्युत् प्राधिकरण वितरण केन्द्र कलैया, बाराले गराएको छ । विद्युत् चोर पक्राउ गरी जरिवाना भराइयो प्रस, पोखरिया/     नेपाल विद्युत् प्राधिकरण पोखरिया शाखाले आज विद्युत् चुहावट गर्ने १३ जनालाई पक्राउ गरी ३ लाख जरिवाना गरेको छ ।     इन्जिनियर जगरनाथ झाको नेतृत्वमा गएको नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोलीले भिस्वा हरिहर पुर, मुडली, बिरन्चीबर्वा, पोखरियाबाट पक्राउ गरेको छ । साथै पंखा १२ थान, पानी तान्ने मोटर पाँच थान पक्राउ गरेको प्रमुख सुधीरकुमार रायले बताए ।

विद्यार्थीहरूको निश्शुल्क मुटु परीक्षण

Image
प्रस, वीरगंज, ११ असोज/     विश्व मुटु दिवसको अवसरमा नेपाल ह्दय रोग निवारण प्रतिष्ठानको सहयोगमा लायन्स क्लब अफ वीरगज ग्रीन क्याम्पसले बिहीवार निश्शुल्क मुटु परीक्षण शिविर सम्पन्न गरेको छ ।     वीरगंजको दुईवटा निजी विद्यालयमा आयोजना गरेको निश्शुल्क मुटु परीक्षण शिविरमा १५ सय विद्यार्थीमध्ये ३१ जनामा मुटुसम्बन्धी समस्या देखा परेको परीक्षणमा सहभागी चिकित्सकहरूले जनाएका छन् ।     जीवनज्योति मावि र सेस्मी इन्टरनेशनलमा आयोजित शिविरमा मुटुरोग विशेषज्ञहरू डा. राधा भट्टराई अर्याल, उदयनारायण सिंह, आनन्द झालगायतले परीक्षण गरेका  थिए ।     शिविरको उद्घाटन लायन्स ग्रीन क्याम्पसका अध्यक्ष्F रविशङ्करले गरेका थिए ।

समृद्धिका लागि निजगढ विमानस्थल

Image
शीतल महतो     नेपालको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको भौतिक पूर्वाधारलगायत अन्य विभिन्न सुविधालाई हेर्ने हो भन्ने यो अन्य मुलुकको विमानस्थलको तुलनामा निकै कमजोर र भौगोलिक हिसाबले पनि निकै असुरक्षित रहेको प्रश्न बेलाबेलामा उठ्ने गरेको पाइन्छ । नेपालमा अवतरण गर्ने विमानहरूको सुरक्षाको विषय पनि बेलाबेलामा उठ्ने नगरेको होइन, हालै मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको युएस बङ्गला एयरलाइन्सको विमान दुर्घटनाले नेपालको हवाईसुरक्षाको विषयलाई पुनः एकपटक सोच्न बाध्य बनाएको छ । त्योभन्दा पनि नेपालमा उडान गर्ने विमानहरूका लागि अपरिहार्य मानिने आकस्मिक अवतरणको वैकल्पिक व्यवस्थालाई दृष्टिगत गरेर दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण झन् उजागर भएको छ ।     मुलुकमा एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल रहेको कारण देखिएको यस्ता समस्यालाई दृष्टिगत गरी करीब २५ वर्ष अघि नै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बनाउन अध्ययन शुरु गरियो । सन् १९९५ मा सम्पन्न उक्त अध्ययनका आधारमा आठवटा सम्भावित ठाउँमध्ये बाराको निजगढ क्षेत्रलाई सबैभन्दा उपयुक्त ठाउँ भनेर छनोट गरियो तर यस अवधिमा विमा

महँगो ऊर्जाले सुस्त आर्थिक विकासको गति

Image
विश्वराज अधिकारी     ऊर्जा र आर्थिक विकासबीच नङ र मासुजस्तो सम्बन्ध हुन्छ । जुन देशले ऊर्जा सस्तो पार्न सकेको छ, त्यसले तीव्र गतिमा आर्थिक विकास गरेको छ । विश्व परिस्थितिले त्यही भन्छ । यस आधुनिक युगमा हरेक कार्य सञ्चालनको लागि ऊर्जा आवश्यक हुने तथ्य अब नौलो रहेन । केवल उद्योग र यातायातका लागि मात्र ऊर्जा बढी आवश्यक हुने मान्यता पनि अब रहेन । घर, भान्सा, बाथरूम (गिजर, हिटर) आदि स्थानमा समेत ऊर्जाको प्रयोग आवश्यक हुन पुगेको छ । यो हामी सबैले देखेको भोगेको तथ्य हो । दाँत माज्ने ब्रश पनि बिजुलीले चल्छन, आजभोलि ।     स्थिति एकातिर यस्तो छ भने नेपालमा ऊर्जा दिन प्रतिदिन महँगो हुँदै गएको छ । नेपालमा ऊर्जाको आपूर्ति न सरल तुल्याउन सकिएको छ, न सस्तो पार्न सकिएको छ । उल्टो ऊर्जाका लागि पेट्रोलियम पदार्थमाथि निर्भरता झन्झन् बढ्दै गएको छ । नेपालमा ऊर्जाका लागि विभिन्न स्रोत उपयोग गर्न सकिएको छैन । कमजोर आर्थिक अवस्था भएको व्यक्तिको लागि ऊर्जा (खाना पकाउने ग्याँस) खरिद असम्भव हुन पुगेको छ । नेपालमा गरिबी वृद्धि गराउन महँगो ऊर्जा पनि जिम्मेवार छ । हुन पनि सामान्य आर्थिक अवस्था भएको व्यक्ति वा परि

संस्कृत भाषाको सान्दर्भिकता

Image
श्रीमन्नारायण     प्रत्येक वर्ष जनै पूर्णिमा (श्रावणी पूर्णिमा) अर्थात् रक्ष्Fा बन्धनका दिन नेपाल र भारतसहित विश्वका कतिपय देशमा संस्कृत दिवस पनि मनाउने गरिन्छ । हाम्रा ऋषिमुनिहरू नै साहित्यका आदि स्रोत हुन्, त्यसैले पनि साउन पूर्णिमालाई ऋषि पर्वको रूपमा पनि मनाउने गरिन्छ । देशका राजनीतिक दलहरू तथा सरकारले पनि संस्कृतलाई देववाणी, बाहुनहरू मात्रको भाषा तथा अव्यावहारिक एवं अनुपयोगी ठानेर यसको प्रचारप्रसारमा ध्यान दिएनन् जबकि एशिया, अमेरिका र युरोपका देशहरूमा संस्कृत भाषा अध्ययन गर्ने प्रचलन बढेको छ तथा उनीहरू संस्कृत भाषाको अध्ययन गरेर सनातन धर्मका वेद, पुराण, शास्त्र एवं कालजयी रचनाहरूबारे गहिरो अध्ययन गर्न थालेका छन् । राजनीतिक कारणले देशका ठूला दलहरू संस्कृत भाषाको संरक्षण एवं संवद्र्धनमा चासो देखाइरहेका छैनन् । फलस्वरूप संस्कृत भाषाको उपयोगमा व्यापक कमी आएको छ र यसको प्रभाव हाम्रो धर्म संस्कृतिमाथि पनि पर्दै गएको छ ।     पाँच हजार वर्षभन्दा पनि पुरानो इतिहास रहेको संस्कृत भाषामा लाखौं पुस्तक लेखिएका छन् । संस्कृत भाषाको महŒवलाई जैन, बौद्ध आदि धार्मिक समुदायले आप्mनो मूलधारमा स्वीका

किनकि आकर्षण छैन

    सरकार परेशान छ, जति लगानी गर्दा पनि उमेर पुगेका बालबालिकाहरू विद्यालय जाँदैनन्, गएकाहरू प्राथमिक कक्षापछि विद्यालय छाड्छन् । माथि उक्लेकामध्ये कम मात्र बालबालिका उच्च अध्ययनतिर लाग्छन् । अभिभावक र विद्यार्थीलाई थाहा छ, पढेर केही हुनेवाला छैन । बालबालिकाले पढे भने गाईभैंसी चराउन इज्जत गएको ठान्छन्, अलि बढी पढेकाहरू कृषिकर्ममा लाग्न चाहँदैनन्, बरु नपढेका सानो काम गर्न लाज माग्दैनन्, थोरै (काम चलाउ) पढेपछि विदेशी मजदूर बनेर काम र मामको जोहो गर्छन् । बढी पढ्यो भने जागिर त पाइँदैन, पाइँदैन । पढाइप्रति आकर्षण पहिलो चरणमा कि विद्यालय बालमैत्री छ भने हुन्छ कि भविष्यको ग्यारन्टी छ भने हुन्छ । विद्यालयहरू बालमैत्री छैनन्, वैज्ञानिक किसिमले सञ्चालित पनि छैनन् । कहीं शिक्ष्Fकको जथाभावी बहाली छ, कहीं चाहिने मात्रामा शिक्ष्Fक छैनन् । आधारभूत तहसम्मको शिक्ष्Fालय बालमैत्री, आकर्षक र स्नेही शिक्ष्Fकले भरिपूर्ण हुनुपर्छ, तर दुईवटा कक्षाकोठामा पाँच कक्ष्Fासम्मका विद्यार्थीहरूलाई सँगै राखेर पढाइन्छ । यतिमा विद्यार्थीहरूले सम्झौता गरेपनि न शौचालयको व्यवस्था राम्रो हुन्छ, न पढाइबाहेक अन्य कुनै सुविधा हु