Posts

Showing posts from February, 2017

२०७३ फागुन १७ गते मङ्गलवारको प्रतीक दैनिक

पढ्न यहाँ क्लिक गर्नुहोस् ।

मङ्गलवार नेपाल पत्रकार महासङ्घ, पर्साको निर्वाचन, पाँचजना निर्विरोध निर्वाचित

Image
प्रस, वीरगंज, १६ फागुन/     नेपाल पत्रकार महासङ्घ, पर्साको तीन दिने निर्वाचन कार्यक्रम आइतवारदेखि शुरु भएको छ ।     आज उम्मेदवारीपत्र दर्ता गर्ने कार्यक्रम थियो । जसमा ५ जना निर्विरोध निर्वाचित भएका छन् ।     निर्वाचित हुनेहरूमा नेपाल पत्रकार महासङ्घ पर्साका कार्यसमिति सदस्य (जनजाति)तर्पm पुष्प घलान र दलिततर्पm विनोद परियार तथा केन्द्रीय महिला सभासद्मा रसना ढकाल, लक्ष्मी खरेल र सीमा श्रीवास्तव रहेका छन्।     यसैगरी नेपाल पत्रकार महासङ्घ पर्सा निर्वाचन समितिको कार्यालयले मङ्गलवार दिउँसो १ बजेदेखि हुने निर्वाचनको लागि उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित गरेको छ । जसमा अध्यक्ष पदमा श्याम बन्जारा र अशोक तिवारी, उपाध्यक्ष अनुप तिवारी र शेखरबहादुर क्षत्री तथा महिला उपाध्यक्ष मायामितु न्यौपाने र बिम्मी शर्माको उम्मेदवारी परेको छ ।     त्यसैगरी सचिवमा युवराज खडका र क्रान्ति साह, सहसचिव (खुला)मा दीपक गौतम र नीलिमा पौडेल तथा सहसचिव (समावेशी)मा आरके पटेल, म. सदाबले उम्मेदवारी दिएका छन् । कोषाध्यक्षमा भूषण यादव र राम सर्राफ गरी दुईजना  ले उम्मेदवारी दिएका छन् ।     यसैगरी सदस्यहरूमा महिलातर्प

महानगरपालिका बनाउनका लागि हस्ताक्षर अभियान सम्पन्न

Image
प्रस, वीरगंज, १६ फागुन/     वीरगंजलाई महानगरपालिका बनाउन माग गर्दै सद्भावना पार्टी, वीरगंज नगर कार्यसमितिले सञ्चालन गरेको तीन दिने अभियान सोमवार सम्पन्न भएको छ ।     घण्टाघरमा आयोजित कार्यक्रमका वक्ताहरूले महानगरपालिका घोषणाको लागि हस्ताक्षर अभियान सफल भएको बताएका थिए ।     सद्भावनाका नगरसभापति ओमप्रकाश सर्राफको अध्यक्ष्Fतामा सम्पन्न कार्यक्रममा वीरगंज उपमहानगरपालिका कार्यालयका निमित्त कार्यकारी अधिकृत प्रकाश अमात्य, तमलोपा पर्साका नेता शशीकपुर मियाँ, नेविसङ्घका दिलीपराज कार्कीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।     वक्ताहरूले सबै मापदण्ड र भौतिक पूर्वाधार भए तापनि वीरगंज उपमहानगरपालिकालाई महानगरपालिका घोषणा नगर्नु दुःखद भएको बताए ।     नारायणी उपक्षेत्रीय अस्पताल विकास समितिका अध्यक्ष विनोद गुप्ताले हस्ताक्षर गरी शुभारम्भ गरेको अभियानमा माओवादी केन्द्रका रामबाबू बैठा, तराई मधेस लोकतान्त्रिक पार्टीका शशीकपुर मियाँ, नयाँ शक्ति पार्टीका सुनील गुप्ता, वीरगंज उद्योग वाणिज्य सङ्घका मनोज उपाध्याय, थारू कल्याणकारी सभा पर्साका नन्दकिशोर पञ्जियार, नेपाली काङ्ग्रेसका रामनारायणप्रसाद कुर्मी, पत्

सिम्रौनगढमा मोर्चाको भण्डाफोर कार्यक्रम

प्रस, सिम्रौनगढ, १६ फागुन/     संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको भण्डाफोर कार्यक्रम सोमवार बाराको सिम्रौनगढ बजारमा सप्पन्न भएको छ ।     कार्यक्रममा सङ्घीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य रामकिशोरप्रसाद यादवले आपूmहरू चुनावविरोधी नरहेको बताए । उनले परिमार्जनसहित संविधान संशोधनमा जोड दिए । उनले मधेसीसँग बाचा गरे अनुसार सरकारले हकअधिकार दिए मात्र आन्दोलन रोकिनेमा जोड दिए ।     सद्भावना बारा क्षेत्र नं. १ का क्षेत्रीय अध्यक्ष मोहन महतो कोइरीको अध्यक्षतामा भएको कार्यक्रममा तमलोपाका श्याम गुप्ता, फोरम नेपालका बच्चाप्रसाद यादव, रामसपाका डा. करमुलाह अन्सारी, तमलोपाका नवलकिशोर सिंह, सद्भावनाका सफिक अन्सारीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।     कार्यक्रमको सञ्चालन तमलोपाका डा. प्रमानन्दप्रसाद मुखियाले गरेका थिए ।

जङ्गलमा युवतीको बेवारिसे लाश

प्रस, जीतपुर, १६ फागुन/     पथलैया–चुरिया सडकखण्डबीच सडकको पश्चिमपट्टी पर्सा वन्यजन्तु आरक्षको मध्यवर्ती जङ्गलभित्र करिब २०–२५ वर्षीया एक युवतीको बेवारिसे लाश फेला पारी शव परीक्षणको लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज पठाइएको छ ।     मृतकको पहिचान तथा मृत्युको कारणबारे खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी निरीक्षक गोविन्दकुमार कार्कीले बताए ।

७ महिनामा इप्रका सिमराद्वारा ३ हजार नागरिकता पासपोर्ट वितरण, रू २ लाख किराया भुक्तानी

प्रस, जीतपुर, १६ फागुन/     इलाका प्रशासन कार्यालय सिमराले ७ महिनामा गढीमाई नगरपालिका, निजगढ नगरपालिका र अमलेखगंज गाविसका ३ हजार १५ जना बासिन्दालाई नागरिकता वितरण तथा राहदानीको लागि सिफारिस गरेको छ ।     इलाका प्रशासन कार्यालय सिमराका प्रमुख रमेश दत्तका अनुसार चालू आव २०७३/०७४ को साउन–माघ ७ महिनामा एक हजार ७ सय ७ जनालाई वंशज, ३८ जनालाई वैवाहिक अङ्गीकृत, ६ सय ४० जनालाई प्रतिलिपि नागरिकता र ६ सय ४० जनालाई राहदानीको लागि सिफारिस वितरण गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डको उपाधि बर्वाछटैली माविलाई

प्रस, ठोरी, १६ फागुन/     पर्सा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड–२०७३ नेपाल राष्ट्रिय मावि बर्वाछटैलीले जितेको छ । आप्mनै खेलमैदानको भरपूर सदुपयोग गर्दै बर्वाछटैली माविले ९ स्वर्ण, २ रजत र  ७ कास्य हात पार्दै सोमवार राष्ट्रपति रनिङ शिल्ड जितेको हो । आइतवारदेखि शुरू भएको प्रतियोगितामा १६६ अङ्क प्राप्त गर्दै बर्वाछटैली माविले शिल्ड, १५ हजार नगद र प्रमाणपत्र हात पारेको छ ।     प्रतियोगितामा १५० अङ्क प्राप्त गर्दै सरस्वती मावि ठोरी–८ गौतमनगर दोस्रो भएको छ ।  सरस्वती माविले १२ हजार नगद, ट्रफी र प्रमाणपत्र हात पारेको छ । समाविले ९ स्वर्ण, ९ रजत र ३ कास्य जितेको छ । यस्तै, प्रतियोगितामा नेपाल राष्ट्रिय मावि पकडिया बढनिहार तेस्रो हुँदै ९ हजार नगद, ट्रफी र प्रमाणपत्र हात पारेको छ ।     प्रतियोगितामा पर्साको ५ वटै निर्वाचन क्षेत्रबाट ३३ वटा सामुदायिक मावि तथा निजी विद्यालयको सहभागिता रहेको जिल्ला खेलकुद विकास समिति पर्साका कार्यालय सचिव शिवनारायणप्रसाद साहिरले बताए ।

परिवर्तनको दश वर्ष र संरक्षणको चुनौती

Image
अधिवक्ता वीरेन्द्रप्रसाद यादव     २०६२–२०६३ को आन्दोलनपछिको उपलब्धि २०६३ वैशाख ११ मा राजा ज्ञानेन्द्रको घोषणाबाट पाइयो । सो घोषणा को दिनदेखि गत वैशाख ११ गते एक दशक पुगेको छ । यो एक दशकमा मुलुकमा धेरै परिवर्तन भएको छ । यो परिवर्तनले आम जनतामा आशा कि निराशा के पलायो, विश्लेषणको विषय बनेको छ । यस अवधिमा भएको परिवर्तन दुई किसिमले अनुभव हुँदैछ । एउटा हुने खाने वर्गको बुझाइ बेग्लै छ भने पहुँच नभएको वर्गको अनुभव त्यति मीठो छैन । वास्तवमा भन्ने हो भने दश वर्ष पछाडि फर्केर पुनः अगाडि हेर्दा परिवर्तन थ्युरेटिकल मात्र देखिन्छ, व्यावहारिक ठयाम्मै लाग्दैन । यस अवधिको उपलब्धि लिखितरूपमा हेर्दा निकै महŒवपूर्ण छ तर आम जनताले अनुभूत गर्ने खालकोे उपलब्धि शून्य छ । एक दशकले अढाई सय वर्षको राजतन्त्र मात्र अन्त गरेको छ । २१ औं शताब्दीमा संविधानसभालाई सफल पारी संविधान ल्याएको छ । एकात्मक राज्यबाट सङ्घात्मक व्यवस्थामा मात्र प्रवेश गरेको छैन, समावेशी प्रजातन्त्रको शुरुआत गरेको छ । घरघरमा चेतना बढाएको छ । युद्धलाई शान्तिमा रूपान्तरण गरेको छ । हजारौं नेता उत्पादन गरेको छ । विश्वका अनेकौं मुलुक युद्धपछिको शान्

टुट्नु र बन्नुको खेल

    केही बन्नका लागि केही टुट्नै पर्छ । यो प्रकृतिको नियम हो । मानिसले भने निर्माण गर्दा सम्भवतः हानि नहुने किसिमले तोडफोड गर्दछ वा न्यूनतम हानि मात्र होस् भन्ने ख्याल राख्दछ । अहिले विपी उद्यानको जग्गामा तरकारी बजार लागेको थियो, किनकि मीनाबजारमा लाग्ने तरकारी बजार, मीनाबजारको भवन बनाउनका लागि खाली गराइएको थियो । अब मीनाबजारको भवन तयार भयो, तर तरकारी बजारले उद्यानको जग्गा छाड्न मानेन । हिजोको तरकारी बजारको सन्ताप निर्माणका लागि उत्पन्न भएको थियो । तर तरकारी बजार मीनाबजारमा सर्न मानेन । मीनाबजार बन्नेबित्तिकै तरकारी बजार सरेको भए उद्यानको जग्गामा अहिलेसम्म उद्यान लगाउने तयारी शुरु भइसकेको हुने थियो । अन्य आर्थिक र राजनीतिक कारण जे होस्, हाम्रो रुग्ण मानसिकता पनि यसमा दोषी छ । हाम्रो अवधारणामा बजार खुला ठाउँमा हुनुपर्छ । बजारमा सजाइएको सामान देखिनुपर्छ भन्ने हो । यद्यपि यसले गर्दा बजारमा राखिएको सामग्रीमा खुला वातावरणको धूवाँ, धूलोलगायत, झिंगाजस्ता प्रदूषणका कारकले खानेकुरामा प्रतिकूल प्रभाव नै किन न पारोस् १     आजको युग द्रुत गतिमा अघि बढिरहेको छ । आज स्वास्थ्यप्रति सचेतना, खाद्य पदार्

२०७३ फागुन १६ गते सोमवारको प्रतीक दैनिक

पढ्न यहाँ क्लिक गर्नुहोस् ।

संयुक्त प्रजातान्त्रिक प्यानलद्वारा उम्मेदवारी घोषणा

Image
प्रस, वीरगंज, १५ फागुन/     नेपाल पत्रकार महासङ्घ, पर्सा शाखाको नयाँ नेतृत्व चयनका लागि नेपाल प्रेस युनियनमा आबद्ध संयुक्त प्रजातान्त्रिक प्यानलले उम्मेदवारी घोषणा गरेको छ ।     वीरगंज, नगरसभागृहमा आइतवार आयोजित घोषणासभामा संयुक्त प्रजातान्त्रिक प्यानलले आप्mनो समूहको उम्मेदवारी घोषणा गरेको हो ।     संयुक्त प्रजातान्त्रिक प्यानलतर्पmबाट अध्यक्ष अशोक तिवारी, उपाध्यक्ष शेखर छतकुली, महिला उपाध्यक्ष बिम्मी शर्मा, सचिव क्रान्ति साह, सहसचिव (खुलातर्पm) नीलिमा पौडेल, सहसचिव (समावेशीतर्पm) मोहम्मद सद्दाब र कोषाध्यक्ष राम सर्राफ उम्मेदवार घोषित भएका छन् ।     घोषणासभालाई सम्बोधन गर्दै पत्रकार महासङ्घ, पर्साका पूर्वअध्यक्ष दीपेन्द्र चौहानले संयुक्त प्रजातान्त्रिक प्यानलको जीत सुनिश्चित रहेको बताएका छन् । उनले सक्रिय र क्रियाशील पत्रकारहरूलाई चुनावी मैदानमा उतारेको  बताए । प्रजातन्त्रप्रति आस्था राख्ने पत्रकारबीच अहिले अभूतपूर्व एकता रहेको उनले बताए् । विगतमा भुजा–पकौडी खाएर बनाएको पत्रकार महासङ्घको गरिमालाई अहिलेको नेतृत्वले खस्काउने काम गरेको आरोप उनले लगाएका थिए ।     नेपाल प्रेस युनियन, पर्

एमालेको कार्यक्रममा मोर्चा र प्रहरीबीच झडप

Image
प्रस, रौतहट, १५ फागुन/     नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले लोकतन्त्रका लागि निर्वाचन अपरिहार्य रहेकोले निर्वाचनमा सहभागी हुन जनतासँग अनुरोध गरेका छन् ।      नेकपा एमालेद्वारा गौर ब्यारेक फिल्डमा आयोजित कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले पहाडी, उत्पीडित, दलित, जनजाति लगायत सम्पूर्ण वर्गको अधिकार सुनिश्चित गराउने एमाले पार्टी हो भनी बताए । सोही अवसरमा गौर नगरपालिका वडा नं २ का समाजसेवी शम्भु साहलगायत करिब १ सय कार्यकर्ता विभिन्न पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेको पार्टीले जनाएको छ ।     मधेसी मोर्चाका कार्यकर्ताहरूले आज सदरमुकाम गौरको विपी चोकमा टायर बाली विरोध प्रदर्शन गरेको छ । नेकपा एमालेद्वारा गौर ब्यारेक फिल्डमा आयोजित कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा प्रमुख अतिथिको रूपमा वरिष्ठ नेता माधवकुमार नेपालको आगमनलाई निषेध गर्ने उद्देश्यका साथ विरोध जुलुस तथा टायर बाली सडक जाम गरेको मधेसी मोर्चाले जनाएको छ । विपी चोकमा मधेसी मोर्चाका कार्यकर्ताहरूले कालो झन्डासमेत प्रदर्शन गरेको छ । विरोध जुलुसको क्रममा मधेसी विरोधी नेता चाहिदैन

बन्दले वीरगंज भन्सारको राजस्व घट्यो, ड्राइपोर्टको बढ्यो

प्रस, परवानीपुर, १५ फागुन/     गत फागुन १० गते संयुक्त मधेसी मोर्चाले आह्वान गरेको मधेस बन्दका कारण वीरगंज भन्सारको राजस्व असुलीमा प्रभाव परेको छ । सो दिन एउटा भन्सार कार्यालयको राजस्व असुली घटेको छ भने अर्को भन्सार कार्यालयको राजस्व बढेको तथ्याङ्कले देखाएको छ ।     वीरगंज भन्सारका सूचना अधिकारी मोहनराज भट्टका अनुसार सो दिन करिब ५ करोड राजस्व असुलीमा कमी आएको थियो । औसत लक्ष्य ३० करोड २४ लाख रहे तापनि त्यो दिन २५ करोड २८ लाख मात्र राजस्व असुली भएको सूचना अधिकारी भट्ट बताउँछन् ।     यता श्रीसिया सुक्खा बन्दरगाहका भन्सार अधिकृत गणेश पौडेलका अनुसार अरू दिनको तुलनामा सो दिन राजस्व असुलीमा करिब ४० प्रतिशतले वृद्धि भएको छ । अन्य दिनको औसत राजस्व असुली ६ देखि साढे ६ करोड हुने गरेकोमा त्यो दिन १० करोड २२ लाख राजस्व असुली भएको उनले बताए । सुक्खा बन्दरगाहमा आएका मालसामान व्यापारीहरूले बढी मात्रामा लगेपछि राजस्व असुली बढेको उनले बताए । कतिले मधेसमा हुने बन्द–हडतालको कारण पनि आप्mनो मालसामान सो दिन साँझतिर लगेका थिए ।     विशेषगरी आयातकर्ताहरूले तीनवटा ल्यान्डरोभर गाडी, ह्विस्की, फलामलगायतका सामग्

ग्रामीण भेगका सर्वसाधारण म्याद समाप्त भएको खाद्य पदार्थ उपभोग गर्न बाध्य

प्रस, रौतहट, १५ फागुन/     रौतहट जिल्लाको सदरमुकामलगायत ग्रामीण भेगका पसलहरूमा बजार अनुगमन नहुँदा सर्वसाधारण म्याद समाप्त भएको खाद्य पदार्थ उपभोग गर्न बाध्य भएका छन् ।     दैनिक उपभोग गर्ने बिस्कुट, पानी, मसलालगायत समाग्री सदरमुकाम गौर र ग्रामीण क्षेत्रमा बिक्री वितरण भइरहेको पाइन्छ ।     यसैगरी रात्रिसेवामा सञ्चालन हुने रात्रिबसहरूमा सित्तैमा दिने बिस्कुट ,पानी पनि म्याद समाप्त दिने गरिएको यात्रीहरूले बताएका छन् ।     रातिको बेला म्याद पढ्न नसकिने अवस्थाको फाइदा उठाउँदै म्याद गुज्रेको बिस्कुट र पानी यात्रीहरूलाई दिने गरेको बुझिएको छ ।     सदरमुकाम गौरबाट सञ्चालन हुने रात्रिबसमा दिने गरिएको बिस्कुट र पानीमा मिति लेपिएको अवस्थामा दिने गरेको यात्रीहरूले बताएका छन् । खाद्य पदार्थ निर्माण कम्पनी वा फैक्ट्रीले सामग्री निर्माण भएको मिति स्पष्ट नलेख्ने गरेकोले उपभोक्ता ठगिने गरेका छन् ।

तरकारी बजार टुट्यो, कपडा बजार कहिले हट्छ ?

प्रस, परवानीपुर, १५ फागुन/     केही दिन अघि वीरगंज उपमहानगरपालिकाले एकाबिहानै डोजर चलाएर विपी उद्यानमा लाग्ने गरेको तरकारी बजार खाली गराएपछि अहिले सर्वसाधारणले हड्ढङ कपडा बजार कहिले हट्छ भन्ने प्रश्न गर्न थालेका छन् ।     वीरगंजकै केही व्यापारीले तरकारी पसलेमाथि अन्याय गरिने र कपडा पसलेहरूलाई बिनाकारबाई व्यापार पसल सञ्चालन गर्न दिने नगरपालिकाको द्वैध चरित्रप्रति टीकाटिप्पणी गर्न थालेका छन् ।     यस विषयमा वीउमनपाका प्रमुख कार्यकारी अधिकृत पीताम्बर अधिकारीले तीन–चार दिनमैं पसलेहरूले पसल खाली नगरे बल प्रयोग गरी सो स्थान पनि खाली गराउने बताए । गत फागुन १२ गते सोमवारका दिन हड्ढङ बजार खाली गराउने विषयमा सूचना पनि जारी गरिसकेको हुनाले यदि पसलेहरूले बजार खाली नगरे नपाले खाली गराउँदा लाग्ने शुल्क पनि सम्बन्धित पसलेहरूबाट असुल्ने नपाले जनाएको छ ।     साथै उनीहरूलाई वीरगंजकै कुनै वैकल्पिक ठाउँ खोजी स्थानान्तरण गर्ने गृहकार्य भइरहेको जानकारी गराएका छन् । हड्ढङ बजारमा हाल सयजना पसले नपालाई शुल्क नै नतिरी व्यवसाय गर्दै आएका छन् ।

बज्जिका पत्रकार सङ्घको प्रथम सम्मेलनमा दर्जनौं सम्मानित

Image
प्रस, गरुडा, १५ फागुन/     बज्जिका पत्रकार सङ्घ नेपालको प्रथम सम्मेलन रौतहट, गरुडामा सम्पन्न भएको छ । सम्मेलनको उद्घाटन गर्दै बज्जिका भाषाका वरिष्ठ भारतीय साहित्यकार तथा पत्रकार डा. ब्रजनन्दन वर्माले बज्जिका भाषाको मानकीकरण र एकीकरणको आवश्यकता रहेको बताएका छन् । नेपालका बज्जिका भाषाका पत्रकारहरूको एउटा साझा मञ्च देखेर आपूmलाई निकै खुशी लागेको बताउँदै विश्वमा बज्जिका भाषाप्रति चासो बढिरहेको बताएका छन् । भारतमा सन् १९६४ देखि बज्जिका भाषामा पत्रकारिता आरम्भ भएको भए पनि पत्रकारहरू सङ्गठित हुन नसकेको अवस्थामा नेपालका बज्जिका पत्रकारहरू सङ्गठित भई सम्मेलन गर्न सफल भएकोमा निकै खुशी लागेको बताएका छन् ।     बज्जिका पत्रकार सङ्घ नेपाल स्थापना गर्न गत वर्ष फागुन १५ गते भेला बोलाएका कार्यक्रम संयोजक बृजकिशोर यादवको अध्यक्षतामा भएको सम्मेलनमा बज्जिका भाषाको पत्रकारिता र साहित्यको क्षेत्रमा योगदान दिने दर्जनFैंलाई सम्मानितसमेत गरिएको छ । कार्यक्रममा डा. वर्माले बज्जिका भाषा विकास परिषद् नेपालका संस्थापक अध्यक्ष शिवचन्द्र साह, बज्जिका भाषा प्रचार प्रसार संयोजक योगेन्द्रप्रसाद यादव, बज्जिकार्पण साहि

पर्सा जिल्ला स्तरीय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता शुरु, बर्वा छटैलीको अग्रता, समावि दोस्रो स्थानमा

Image
प्रस, ठोरी, १५ फागुन/     पर्सा जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता बढनिहारको श्री नेपाल राष्ट्रिय मावि बर्वा छटैलीमा आइतवारदेखि शुरु भएको छ ।     प्रतियोगिताको पहिलो दिन सम्पन्न १२ इभेन्टमध्ये बर्वा छटैलीले ५ इभेन्टमा प्रथम, एक इभेन्टमा दोस्रो र ५ इभेन्टमा तेस्रो हुँदै अग्रता लिएको छ । प्रतियोगिताको ३ इभेन्टमा प्रथम, ३ इभेन्टमा द्वितीय र एक इभेन्टमा तृतीय हुँदै श्री सरस्वती मावि गौतमनगर ठोरीले बर्वा छटैली माविलाई पछ्याएको छ ।     यस्तै नेरामावि श्रीपुर वीरगंज एक इभेन्ट प्रथम, २ इभेन्ट दोस्रो र एक इभेन्टमा तेस्रो भएको छ । यस्तै श्री नेपाल राष्ट्रिय प्राविधिक मावि दिपकनगर एक इभेन्ट प्रथम र दुई इभेन्टमा दोस्रो भएको छ । श्री जनता मावि बढनिहार एक इभेन्टमा प्रथम  र एक इभेन्टमा दोस्रो भएको छ भने श्री सिद्धार्थ मावि वीरगंजले एक इभेन्टमा प्रथम स्थान हासिल गरेको छ ।      प्रतियोगिताको उद्घाटन पर्साका सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलले सर्टपुट फालेर गरेका थिए । प्रतियोगिताको उद्घाटन गर्दै पौडेलले खेलाडीहरू राष्ट्रको गहना भएकाले यस प्रतियोगिताबाट राष्ट्रिय खेलाडी जन्माउ

निजगढ गोल्ड कपको उपाधि मकवानपुर ११ हेटौडाले उचाल्यो

Image
प्रस, निजगढ, १५ फागुन/     तेस्रो निजगढ गोल्डकपको उपाधि मकवानपुर ११ हेटौडाले उचाल्यो । आइतवार सम्पन्न फाइनल खेलमा पेनाल्टीमार्फत् ३ का विरुद्ध ४ गोल गरी सो उपाधि मकवानपुरले उचाल्न सफल भएको हो ।     उपविजेता चौधरी ११ बारा र विजेता टिमबीच खेल अवधिभर कडा र निकै प्रतिस्प्रर्धात्मक खेल भएको थियो । निर्धारित खेल अवधिभर दुवै टिमबाट कुनै गोल हुन नसक्दा पेनाल्टीमार्फत् छिनोफानो गर्नुपरेको हो ।     खेल भइरहँदा मकवानपुर ११ हेटौडाका जर्सी नं. १७ का सुमन आलेमगर र सोही टिमकै जर्सी नं. १० का विके लामाबीच खेल मैदानमैं एक्कासि हात हालाहाल भएको थियो । रेफ्री अतिलाल श्रेष्ठले चेतावनीस्वरूप दुवैलाई पहेंलो कार्ड दिदै सचेत गराए । एकै टिमका खेलाडीबीच भएको हात हालाहालले दर्शक र आयोजकलाई खल्लो बनाएको थियो ।     प्रतियोगिताको समापन युवा नेता शम्भुबहादुर बुढाथोकीले एक समारोहबीच गरे । अनुशासित र मर्यादित भई खेल खेल्नु नैं खेलाडीहरूको कर्तवय रहेको बताउँदै प्रतियोगिताको आयोजनाले निजगढको शान अझै बढेको बताए ।     विशिष्ट अतिथिमा निजगढ विकास समितिका अध्यक्ष कृष्णप्रसाद खरेल, निजगढ नगरपालिकाका सूचना अधिकारी नवीन खनाल

अभिभावकको दायित्व – १

Image
अनन्तकुमार लाल     युवा पीढीमा अनुभवको कमी हुन्छ तर उनीहरूमा असीमित ऊर्जा र उत्साह हुन्छ । नयाँ कुरा जान्ने र बुझ्ने तीव्र इच्छा उनीहरूमा हुन्छ । उनीहरू नयाँ–नयाँ अनुभव प्राप्त गर्न रुचाउँछन् । यस परिप्रेक्ष्यमा कैयनपटक उनीहरू गलत बाटो रोज्न पुग्छन् । यस परिस्थितिको लागि ती अभिभावकहरू पनि जिम्मेवार छन् जसले आप्mनो सन्तानलाई जोगाउन स्थिति उत्पन्न हुनुपूर्व  मार्गनिर्देशन दिएका हुँदैनन् । वर्तमान समयमा यिनै कुरा जस्तै सन्तानसँग मित्रवत् व्यवहार गर्ने, संयमता अपनाउने, सही र गलत कुरोको जानकारी गराउने खाँचो देखिन्छ । हुनु त के पर्ने हो भने पत्र–पत्रिका, टेलिभिजन सँगसँगै आप्mनो वरिपरि भइरहेको घटनाबारे उनीहरूसँग चर्चा गर्दै त्यसबाट के हानि हुन सक्छ, भविष्यमाथि यसको कस्तो असर पर्न सक्छ, पारिवारिक र सामाजिक स्थितिमाथि के प्रभाव पर्न सक्छ, गलत कुरोहरूबाट कसरी जोगिन सकिन्छ भन्नेबारे यदि उनीहरूलाई बताइन्छ भने धेरै हदसम्म हुने खतराबाट उनीहरूलाई जोगाउन सकिन्छ । यसरी केटाहरूलाई मार्गनिर्देशन गर्ने सम्बन्धमा बुवाको भूमिका र केटीहरूको सन्दर्भमा आमाको भूमिका अति नै महŒवपूर्ण हुन्छ।     जुन केटाकेटीको

प्रविधिकरणतर्फ लम्कँदै कृषि

    हिजोको कृषिप्रधान नेपाल आज वैदेशिक रोजगार प्रधान बन्दै गएको छ । नाफामुखी कृषिकर्म निर्वाहमुखी बन्दै घाटामुखी बन्दै गएपछि किसानमा कृषि गर्ने उत्साह क्षिण हुँदै गएको छ । यसै मेसोमा केही पढलेख गरेका युवाहरू कृषि कर्म गर्न अपमानित महसुस गर्ने र रोजगारको खोजीमा विदेश पलायन हुने मानसिकता झ्याङ्गिदै गएको छ । श्रमशक्तिको पलायनले झन् घाटामुखी कृषिलाई हतोत्साहित पार्दै लगेको देखिन थालेको छ । सरकारले उचित सिंचाइ, मल–खाद तथा विकसित बीउको व्यवस्थापन नगरिदिने, किसानले आफैं व्यवस्थापन गर्न खोज्दा हरेस दिने, पाका उमेरका किसानले प्रशस्त श्रम गर्न नसक्ने अवस्था दिन प्रतिदिन जटिल बन्दै गएको छ । यसको निराकरणको एक मात्र उपाय सरकारले कृषिकर्मका लागि चाहिने सबै कुराको व्यवस्थापन तथा प्रविधिकरण विस्तारमा ध्यान नदिने हो भने नेपालको कृषियोग्य सबै जग्गा भूमाफियाहरूको चलखेलका कारण बस्तीमा परिणत हुन बेर छैन । यो अवस्था भनेको नेपाल पूर्णतः विदेशमा निर्भर हुनुपर्ने बाध्यता हो । यसै पनि अहिले अर्बौं मूल्यको खाद्य पदार्थ भारतलगायत विभिन्न मुलुकबाट आयात भइरहेको छ ।     यद्यपि माथि वर्णन भए अनुसार नै अवस्था चिन्ताजन

२०७३ फागुन १५ गते आइतवारको प्रतीक दैनिक

पढ्न यहाँ क्लिक गर्नुहोस् ।

संयुक्त प्रगतिशील व्यावसायिक पत्रकार समूहको संयुक्त उम्मेदवारी घोषणा

Image
प्रस, वीरगंज, १४ फागुन/     नेपाल पत्रकार महासङ्घ पर्साको आगामी फागुन १७ गते हुन गइरहेको  जिल्ला अधिवेशनको लागि प्रेस चौतारी, प्रेस सेन्टर तथा प्रेस सोसाइटीको संयुक्त नेतृत्व भएको संयुक्त प्रगतिशील व्यावसायिक पत्रकार समूहले अध्यक्षमा श्याम बन्जारासहितको संयुक्त उम्मेदवारी घोषणा गरेको छ ।     रेडियो वीरगंजमा शनिवार आयोजित पत्रकार सम्मेलनमा संयुक्त प्रगतिशील व्यावसायिक पत्रकार समूहले संयुक्त उम्मेदवारी घोषणा गरेको हो ।     सो समूहबाट उपाध्यक्ष अनुप तिवारी, महिला उपाध्यक्ष मायामितु न्यौपाने, सचिव युवराज खड्का, सहसचिव खुल्लातर्पm दीपक गौतम, समावेशीतर्पm आरके पटेल र कोषाध्यक्षमा भूषण यादवको उम्मेदवारी घोषणा भएको छ ।     महासङ्घ पर्साका उपाध्यक्ष ध्रुव  साहको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा महासङ्घका पूर्व मध्यमाञ्चल संयोजक एवं पे्रस चौतारीका पूर्व केन्द्रीय उपाध्यक्ष महेश दासले उम्मेदवारहरूको नाम घोषणा गरेका थिए ।     कार्यक्रममा प्रेस चौतारीबाट केसी लामिछाने, लालबाबू शेख, सुदर्शनराज पाण्डे, प्रेस सोसाईटीबाट छठु साह र प्रेस सेन्टरबाट कृष्णउदास खनालले मन्तव्य व्यक्त गर्दै व्यावसायि

आलु खन्ने मेशिन भित्रियाइयो

Image
प्रस, परवानीपुर, १४ फागुन/     पर्सा/बाराको किसानका खेतमा आलु रोप्ने मेशिनसँगै आलु खन्ने मेशिन पनि गुड्न थालेको छ । कृषि औजार अनुसन्धान केन्द्र वीरगंजले भारतबाट ल्याएको सो मेशिन परीक्षणपछि सिफारिस गरेको आलु खन्ने मेशिन किसानको खेतमा पुगेको छ । पर्सा, बेल्वा– ३ कोनियाका अगुवा किसान भगवान यादवको खेतमा शुक्रवार मेशिनले माटोबाट आलु खनेको हेर्न गाउँलेको भीड लागेको थियो । प्रतिघण्टा ७ कट्ठा खेतको आलु खन्ने सो मेशिनको कार्य हेरेपछि गाउँलेहरू चकित भएका थिए ।     करिब अढाई लाख रुपैयाँ पर्ने सो मेशिनले आलु खन्दा खन्ने लागत खर्चमा ६० प्रतिशत कमी पाइएको छ । यसले किसानको करिब ७० प्रतिशत समयको बचत पनि गराउँछ ।     ट्याक्टरमा सो मेशिन जोडी दुईजनाको सहयोगमा एक घण्टामा ७ कट्ठा खेतको आलु खन्न भ्याउने केन्द्रका प्रमुख एवं वरिष्ठ वैज्ञानिक सचिन मिश्रले दाबी गर्छन् । उनी भन्छन्– “यो मेशिनले नेपालमैं पहिलोपटक आलु खनेको हो, केन्द्रले आलु रोप्ने मेशिनबाटै यस वर्ष पर्सामा आलु रोपेको थियो ।”     बढी आलु उत्पादन गर्ने किसानलाई लक्षित गरी केन्द्रले यो मेशिन भारतबाट ल्याइ आवश्यक परीक्षणपछि सिफारिस गरेको उनले

स्वार्थमा जेलिएको समृद्धि सपना

Image
ओमप्रकाश खनाल     सबै सपना साकार हुँदैनन् । अझ निदाएर देखिएका सपनाको त कुरै भएन । तर ती मानिसहरू सफल भएका कैयौं उदाहरण छन्, जो खुला आँखाले सपना देख्छन् र त्यसलाई साकार पार्न लगनशील हुन्छन् । एउटा भनाइ पनि छ, संसारमा असम्भव भन्ने कुनै कुरा छैन । हो पनि, हिजो असम्भव मानिएका कुरा आज विज्ञानले सहज बनाइदिएको छ । पृथ्वी गोलो छ भन्ने तथ्य धेरैपछि मात्र प्रमाणित भएको थियो । यस कारण आज हावादारी मानिएका आवश्यकताहरू कालान्तरमा मानिसको अनिवार्य आवश्यकता बन्नेमा कुनै द्विविधा छैन । तर अग्रगतिका निम्ति मानिस कल्पनाशील हुन जति जरुरी हुन्छ, त्यति नै उद्देश्यप्रति इमानदार पनि हुन आवश्यक छ ।     सम्झना भइराखेको छ, मुलुकलाई आर्थिकरूपमा अग्रगति दिने सन्दर्भमा पछिल्लो समयमा केही सपनाका सन्दर्भहरू बाहिर आए । ती जति चर्चाको शिखरमा चढे, उति नै आलोचना र कटाक्षको विषय पनि बने । मानिसले असहजताकै बेला सपना बढी देख्छ । टाढा नजाऔं, गत वर्ष भारतले नाकाबन्दी लगाएका बेला नेपालमा यस्ता सपना र विकल्पका बारेमा खुबै चर्चा भए । तत्कालीन प्रधानमन्त्री केपी ओलीले देखाएका घरघरमा ग्यासको पाइपलाइन र समुद्रमा नेपालको पानीजहाजस

कल्याण

    साँचो यज्ञ त्यही हो, जसबाट भगवान् प्रसन्न होस् र जगत्को कल्याण होस् ।     साँचो तप त्यही हो, जुन धर्मको लागि प्राणहरूको बलि चढाउन प्रस्तुत गरियोस् ।     साँचो दान त्यही हो, जुन बिना फलको आशा गरी दिइयोस् र जसमा यथार्थ त्याग होस् ।     साँचो जीवन त्यही हो, जुन केवल प्रभुको सेवाको लागि लोकहितमा लागेको होस् ।     साँचो मरण त्यही हो, जसले मृत्युलाई सदाको लागि मारोस् ।     साँचो भोग त्यही हो, जसले भोक्तपनलाई भगाओस् र सबैको भोक्तालाई भगवान्सँग मिलाओस् ।     साँचो त्याग त्यही हो, जसले त्यागको स्मृतिलाई पनि त्यागोस् ।     साँचो वैराग्य त्यही हो, जसले सबैलाई मनबाट निकालोस् र प्रभुसेवाको लागि एकान्तमा रहन तैयार होस् ।     साँचो विश्वास त्यही हो, जसले विपत्ति र विनाशमा पनि प्रभुकृपाको दर्शन गराओस् ।     साँचो भजन त्यही हो, जुन भजनको लागि नै नित्य–निरन्तर भइरहोस् ।     साँचो प्रेम त्यही हो, जुन गुण र कीर्तिभन्दा हीन प्रेमास्पदमा पनि बढिरहोस् ।     साँचो सत्य त्यही हो, जुन कहिले पनि नमिटोस् र भय तथा हानिको सम्भावनामा पनि प्रकट होस् ।     साँचो ज्ञान त्यही हो, जुन अनेकमा एक, अखण्ड र अनन्त नित्य स

२०७३ फागुन १४ गते शनिवारको प्रतीक दैनिक

पढ्न यहाँ क्लिक गर्नुहोस् ।

आगजनीपछि ठाकुर राममा चुनाव अनिश्चित

Image
प्रस, परवानीपुर, १३ फागुन/     राजधानीबाहिरको सबैभन्दा पुरानो क्याम्पस ठाकुर राम बहुमुखी क्याम्पस वीरगंजमा स्वतन्त्र विद्यार्थी युनियनको फागुन १८ गते तोकिएको निर्वाचन प्रक्रिया अनिश्चित बनेको छ ।     बिहीवार क्याम्पसमा भएको आगजनीको घटनाले निर्वाचन अनिश्चित बनेको सरोकारवालाहरूले बताएका छन् । उक्त घटनालगत्तै सुरक्षाको कारण निर्वाचन अधिकृत प्राध्यापक डा. हैम्मुदुर रहमानले बिहीवार राति राजीनामा दिए ।      निर्वाचन अधिकृत रहमानले फेसबूकबाट राजीनामा घोषणा गरेको आपूmले जानकारी पाएको ठाकुर राम बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्रमोद कुशवाहाले बताए ।     चुनाव सार्न मधेसी दलसम्बद्ध विद्यार्थी युनियनहरूले माग गरिरहँदा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारी, एमाले अखिल र काङ्ग्रेस निकट नेविसङ्घले नमानेपछि उनीहरूले सहायक क्याम्पस प्रमुखको कार्यकक्षमा आगो लगाएका थिए ।       मधेसवादी दलका विद्यार्थी सङ्गठनले माओवादी केन्द्र, एमाले, काङ्ग्रेसका विद्यार्थी सङ्गठनले गत माघ १३ र १४ गते फर्जी विद्यार्थीहरूलाई भर्ना गराइ निर्वाचन प्रक्रियालाई प्रवाहमा पारेको हुनाले उक्त दिनको भर्ना रद्द गर्नुपर्ने माग

पूर्वराजालाई देखेर समर्थकले अरू दललाई सरापे

Image
प्रस, वीरगंज, १३ फागुन/     पूर्वराजा ज्ञानेन्द्र शाह वीरगंज आउँदा उनका समर्थकहरूले  राजनीतिक दलविरुद्ध चर्को नाराबाजी गरेका छन् । महाशिवरात्रि पर्वका दिन वीरगंजस्थित मठमन्दिरहरूमा पूजापाठ गर्न शुक्रवार अपराह्न वीरगंज आएका पूर्वराजा ज्ञानेन्द्रको स्वागतमा सहभागी उनका समर्थकहरूले राजनीतिक दलका नेताहरूविरुद्ध नाराबाजी गरेका हुन् ।   वीरगंजको घण्टाघरदेखि अलखियामठ चोकसम्म मुख्य सडकको दुवैतिर लाम लागेर पूर्वराजा ज्ञानेन्द्रको स्वागतमा बसेकाहरूले नेता चोर देश छोड, नेता सबै विदेशी दलाल हुन्, राजा आऊ देश बचाऊ, राजा जनता एक हौं, राजा कसको जनताको, हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ, राजारानी जिन्दाबाद जस्ता नारा लगाएका थिए । स्वागतमा कतिपयले पूर्वराजालाई ढोगेका पनि थिए ।     पूर्वराजा ज्ञानेन्द्रको स्वागत हेर्न सडकमा नेपाली काङ्ग्रेस, नेकपा एमाले, मधेसी दलका नेता तथा कार्यकर्ताहरू पनि उपस्थित थिए ।     स्वागतमा बसेका आप्mना समर्थकहरूलाई पूर्वराजा ज्ञानेन्द्रले चोकचोकमा रोकिएर हात हल्लाउँदै अभिवादन गरे ।     बाराको सिमराबाट बा. ४ च ३८०७ नम्बरको गाडीमा सवार भई अपराह्न साढे चार बजे वीरगंज

सोमवार प्रचण्ड र आगामी २७ गते एमालेको जीतपुर कार्यक्रम बिथोल्ने मोर्चाको निर्णय

प्रस, परवानीपुर, १३ फागुन/     बाराको नौतन गण्डकस्थित मधेस सेवा आश्रममा शुक्रवार पर्सा/बारा संयुक्त मधेसी मोर्चाको बैठक सम्पन्न भएको छ । बैठकले बारामा हुने दुईवटा कार्यक्रमलाई सशक्तरूपमा बिथोल्ने र पर्सा/बाराको गाउँगाउँमा भण्डाफोर कार्यक्रमलाई समन्वयात्मकरूपमा अघि बढाउने निर्णय भएको तराई मधेस लोकतान्त्रिक पार्टीका प्रवक्ता रमेश सर्राफले बताएका छन् ।     आगामी सोमवार सिम्रौनगढमा प्रधानमन्त्रीको आगमन हुने र सो बेला कार्यक्रम बिथोल्ने तथा फागुन २७ गते एमालेले बाराको जीतपुरमा गर्ने मेची– महाकाली अभियानलाई असफल पार्न फागुन १९ गते जीतपुरमा अन्तत्र्रिmया गरी रणनीति बनाउने पर्सा/बाराका मोर्चाले निर्णय गरेको छ ।     बैठकमा पर्साबाट प्रदीप यादव, शशीकपूर मियाँ, पुरुषोत्तम झा, प्रेमबाबू पटेललगायत तथा बाराबाट प्रमोद गुप्ता, रामबाबू यादव, जीतेन्द्र सोनल, नवलकिशोर सिंह, महमद सफिक, धर्मेन्द्र यादव, राजेश यादवलगायतको उपस्थिति थियो ।

क्षेत्र नं. ५ मा सरस्वती प्रथम

Image
प्रस, ठोरी, १३ फागुन/     पर्सा क्षेत्र नं. ५ स्तरीय छनोट राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सरस्वती मावि गौतमनगर ठोरी प्रथम भएको छ भने ठोरीकै नेपाल राष्ट्रिय प्राविधिक मावि दीपकनगर दोस्रो भएको छ ।     सुवर्णपुरस्थित ज्ञानवाटिका माविमा शुक्रवार सम्पन्न छनोट प्रतियोगिता अन्तर्गत छात्रछात्रा गरी ३० इभेन्टमध्ये १७ इभेन्टमा प्रथम र ७ इभेन्टमा दोस्रो हुँदै अघिल्लो चरणका लागि छनोट भएको आयोजकले जनाएको छ ।     छात्र १५ सय, छात्र ३ हजार, छात्र/छात्रा ८ सय मिटर, छात्र/छात्रा ४ सय मिटर, छात्र २ सय मिटर दौड, ४×ह१ सय मिटर रिले छात्र/छात्रा, ४×ह४०० रिले दौड छात्र/छात्रा, ट्रिपलजम्प छात्र/छात्रा, लङ्गजम्प छात्र, हाइजम्प छात्र, सर्टफुट छात्र र छात्र भलिबल इभेन्टमा प्रथम हुँदै सरस्वती मावि छनोट भएको हो । यस्तै, १५ सय मिटर छात्र/छात्रा दौड, ४ सय मिटर छात्र दौड, सर्टफुट छात्रा, छात्रा ज्याभ्लिङ थ्रो, छात्रा लङ्गजम्प र छात्रा हाईजम्पमा दोस्रो हुँदै सरस्वती मावि छनोट भई अघिल्लो चरणमा प्रवेश गरेको छ ।     यस्तै, ठोरीकै दीपकनगर मावि ८ इभेन्टमा प्रथम र ८ इभेन्टमा दोस्रो हुँदै अघिल्लो चरणको लागि छनोट भएको छ

सिमरा गोल्डकपबाट १५ लाख बचत

Image
प्रस, पथलैया, १३ फागुन/     राजधानीबाहिरकै प्रतिष्ठित पूmटबल प्रतियोगिताको रूपमा पहिचान बनाउन सफल रुस्लान सिमरा गोल्डकपको आठौं संस्करणबाट आयोजकलाई १५ लाख रुपैयाँ बचत भएको छ ।     आयोजक नवजनजागृति युवा क्लबले शुक्रवार सिमरामा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको खर्च विवरण सार्वजनिक गरेको हो । क्लबले प्रतियोगिताबाट रु. १५ लाख ४० हजार बचत भएको जानकारी दिएको हो ।     प्रतियोगिता आयोजना गर्नका ५५ लाख ५७ हजार रुपैयाँ सङ्कलन भएकोमा ४० लाख १६ हजार खर्च भएको क्लबले खर्च विवरण सार्वजनिक गरेको छ । क्लबले टिम व्यवस्थापनका लागि २१ लाख ५६ हजार, मैदान मर्मतमा तीन लाख ८३ हजार, प्रचारमा तीन लाख रुपैयाँ खर्च गरेको छ ।     प्रतियोगितामा टिकटबाट सात लाख रुपैयाँ सङ्कलन गरेको क्लबका अध्यक्ष कासिम मियाँले पत्रकार सम्मेलनमा जानकारी दिए । जिल्लाकै उत्सवको रूपमा रहेको प्रतियोगिता सफलरूपमा सम्पन्न भएको भन्दै अध्यक्ष मियाँले बचत रकम पूmटबलको विकासमा खर्च गरिने बताए ।     “बचत रकम विगतमा जस्तै पूmटबलको विकासमा खर्च गर्नेछौं,” मियाँले भने,“क्लबबाट सञ्चालित सिमरा एकेडेमीबाट खेलाडी उत्पादन गर्नु नै हाम्रो

पुनस्र्थापनाको मांग

– समीर पाख्रिन     शिवधुनी गाविस आन्दोलनका कारण तनावग्रस्त थियो । आन्दोलनकारीहरूले गाविस भवन, स्वास्थ्य चौकी, हुलाक कार्यालय, इलाका प्रहरी कार्यालय, कृषि शाखा सबै आगजनी गरी ध्वस्त पारिदिएका थिए । करिब पन्ध्र दिनसम्म चलेको हिंसात्मक आन्दोलन सरकारसित ६ बुँदे सम्झौता भएपछि फिर्ता भएको थियो । आन्दोलन फिर्तापछि वरपरका अवस्था सामान्य बन्दै गए पनि गाविस शिवधुनीको अवस्था भने सुध्रन सकेको थिएन । आगजनीका कारण गाविस भवन ध्वस्त भएपछि जन्मदर्ता, विवाहदर्ता, नागरिकता सिफारिस, वृद्धभत्ता वितरण जस्ता कार्यहरू अवरुद्ध भएका थिए । यस्तै, स्वास्थ्य चौकी भवन आगजनीका कारण काम नलाग्ने भएदेखि नियमित खोप सेवा, डट्स सेवा, प्राथमिक उपचार जस्ता सबै सेवाहरू ठप्प थिए ।     इलाका प्रहरी कार्यालय विस्थापित भएको मौका छोपी तस्करहरूले दिनदहाडै काँचा रूखहरू ढालेर गोलिया सीमावर्ती शहरतिर लग्ने गरेका थिए भने नजिकैको खोलाबाट दिनदिनै चालीस/पचास ट्याक्टर गिटी, बालुवा चोरी निकासी हुन थालेको थियो । यीबाहेक गाउँमा चोरी, लुटपाटका घटनाहरू बढ्दै गइरहेका थिए । जड्याहाँहरूले दिउँसै मदिरासेवन गरेर गाउँमा होहल्ला मच्चाउन थालेका थिए । य

बालबालिकाको बदलिंदो रुचि र आवश्यकता

Image
सञ्जय साह मित्र     समाजमा भइरहेको परिवर्तनको गतिले बालबालिकालाई अझ धेरै गतिमान बनाइदिएको छ । बालबालिकाहरू पहिलेको तुलनामा धेरै तीक्ष्ण बनेका छन् । पहिलेको तुलनामा धेरै व्यावहारिक पनि बन्दै गएका छन् । बढी सिर्जनात्मक पनि हुँदै गएका छन् । युगको गतिलाई अहिलेका बालबालिकाले पछ्याउन सकिरहेका छन् । यो बजार क्षेत्रमा देखिएका बालबालिकाको प्रतिभा हो ।     गाउँ अभैm निकै पछाडि छ । गाउँमा शिक्षाको वातावरण बन्न सकेको छैन । बालबालिकाहरूको सिर्जनात्मक क्षमताको विकासको गति गतिहीन छ । प्रतिभा चिन्ने र फस्टाउने अवसर हुन सकेको छैन । गाउँकै बालबालिकामध्ये केहीले बजारतिर ठाउँ पाएमा राम्रो गरेको पनि पाइएको छ । अभिभावकीय चेतनाको कमी तथा अवसरको अभावको कारणले बालबालिकालाई बाटो पहिल्याउन मुस्किल भइरहेको छ ।     यी दुई अवस्थाले नेपालमा दुईथरीका बालबालिकाहरू हुर्किरहेका देखाउँछ । दुईथरीका बालबालिकामध्ये पहिलोथरीले देश र दुनियाँलाई बुभ्mदै गएका छन् र दोस्रोथरीले आपैंmलाई समेत चिन्ने अवसर पाउन सकेका छैनन् । आपैंmलाई समेत चिन्ने अवसर नपाउँदा जीवनलाई राम्ररी बुभ्mन पाउँदैनन् । कतै जानुपर्दा संसारलाई हेरेर केवल विस

राष्ट्रपति रनिङ खेलकुद– भोजको बेला फर्सी रोप्ने

Image
वैद्यनाथ ठाकुर     कुनै बेला भन्ने गरिन्थ्यो– ‘खेलोगें कुदोगें बनोगें खराब, पढोगें लिखोगें बनोगें नवाब’ अर्थात् खेलकुदमा लागेमा मान्छे बिग्रिन्छ, भविष्य बर्बाद हुन्छ तर पढ्यो, लेख्यो भने मान्छे सप्रिन्छ, मान्छेको भविष्य उज्ज्वल हुन्छ । यो भनाइको प्रासङ्गिकता यति बेला ठीक हो कि बेठीक भन्न गा¥हो छ । संसारभरि मानिसहरूले खेलकुदको माध्यमबाट आप्mनो तथा देशको नाम मात्रै रोशन गरेका छैनन् बरु आकर्षक पैसासमेत आर्जन गरी सुखी जीवन बिताइरहेका देखिन्छन् । खेल्नेहरूको यस्तो राम्रो जीवन संसारमा छ भने पढ्नेहरूको त झन् के कुरा । मान्छे पढेपछि नै आजको ज्ञानविज्ञान र प्रविधिको विकासले धर्तीलाई औंलाको टुप्पोमा नचाउन थालेको छ । हिजोसम्मका अधिकांश रहस्यका कुराहरूसमेत बोधगम्य भएको छ । साँच्चै भन्ने हो भने ज्ञानविज्ञानले गर्दा नै धर्ती काल्पनिक स्वर्गभन्दा पनि राम्रो भएको छ ।     यो त भए संसारको कुरा तर जहाँसम्म हाम्रो नेपालको कुरा छ, त्यो भने यसको ठीक उल्टो छ । हामीकहाँ खेल्ने खेलाडीहरूको मुखमा माड लाग्न पनि धौंधौं भएको देखेर कुनै पनि अभिभावक खेलकुदमा आप्mनो सन्तान लागोस् भन्ने इच्छा राख्दैनन् । सबैले पढाइल

वीपी उद्यानको बिजोग

    वीरगंजको मुटुमा रहेको नेपाल यातायात संस्थानको करिब दश बिघा जग्गा (हालको वीपी उद्यान) लामो सङ्घर्षपछि वीरगंज उपमहानगरपालिकाको नाममा आए पनि अहिलेसम्म उपयोगविहीन अवस्थामा छ । २०५० सालमा संस्थानको नाममा रहेको उक्त जग्गा व्यक्तिविशेषको नाममा गर्ने प्रपञ्च रचिएपछि तत्कालीन नगरप्रमुख स्व. माधवलाल श्रेष्ठको प्रयासमा वीउमनपाकाको नाममा आएको हो । संस्थानले कौडीको दाममा सो जग्गा व्यक्तिविशेषको नाममा गर्न बनाएको योजनालाई तत्कालीन प्रमुख स्व. श्रेष्ठले विफल मात्र पारेनन्, वीउमनपाकाको नाममा गर्न बाध्य बनाएका थिए । त्यतिखेर १० करोडमा वीउमनपाकाले खरिद गरेको संस्थानको जग्गा अहिले अर्बाै मूल्यको भएको छ । स्व. श्रेष्ठको पालामा ५ करोड किस्ता तिरिएको थियो भने अर्का नगरप्रमुख विमलप्रसाद श्रीवास्तवको पालामा बाँकी रकम चुक्ता भएको थियो । त्यसपछि शाहीकालका नगरप्रमुख स्व. गोपाल गिरीको पालामा २०६२ सालमा जग्गा रजिस्ट्रेसन भएको थियो । मेयर स्व. श्रेष्ठको पालामा उक्त जग्गाको नामाकरण वीपी उद्यान गरिएको थियो ।     संस्थानसँग ९ बिघा १४ कट्ठा जग्गाको रजिस्ट्रेसन पारित गरेको वीउमनपाले करिब दुई बिघा जग्गा विवादको कारण

२०७३ फागुन १३ गते शुक्रवारको प्रतीक दैनिक

पढ्न यहाँ क्लिक गर्नुहोस् ।

ठाकुर राम क्याम्पसमा आगजनी, तीनजना पक्राउ, स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन बिथोलिने सङ्केत

Image
प्रस, वीरगंज, १२ फागुन/     स्ववियु निर्वाचनको विषयलाई लिएर ठाकुर राम बहुमुखी क्याम्पसमा आज तोडफोड र आगजनी गरिएको छ।     त्रिविवि स्ववियु निर्वाचन तालिका अनुसार स्ववियु निर्वाचनको लागि तालाबन्दीको कारण काम गर्न नसकेको ठाराब क्याम्पसमा आज एकथरी विद्यार्थीहरूले आगजनी गरेका हुन् । आगजनीबाट सहायक क्याम्पस प्रमुखको कोठामा रहेको फर्निचर र आवश्यक कागजात जलेको छ । वारुणयन्त्रको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो ।     फागुन १४ गते हुने स्ववियु निर्वाचनको विषयलाई लिएर दल दर्ता गर्ने समय तालिका सार्वजनिक भएपछि केही विद्यार्थी सङ्गठन निर्वाचनको विपक्षमा देखिएका छन् । नेका, एमाले र माओवादी सम्बद्ध विद्यार्थीहरूको एक खेमा चुनाव गराउने र अर्को खेमा चुनाव नगर्ने पक्षमा उभिएको छ भने मधेसी दलहरूले चुनाव हुन नदिने माग अगाडि सार्दै तालाबन्दी गरेका थिए । माघ १३–१४ गते भएको विद्यार्थी भर्ना गलत रहेकोले खारेजीको माग, नयाँ भर्ना प्रक्रिया शुरु गर्नुपर्ने, पूर्ण समानुपातिक निर्वाचन प्रणाली तथा संविधान संशोधनको माग गर्दै मधेसी विद्यार्थीहरूले विरोध गर्दै आएका छन् ।     स्ववियु चुनावको विपक्षमा एमाले,

सीमावर्ती ओरिया नदीमा फेरि झडप, चारजना घाइते, दुई राउन्ड हवाइ फयर

प्रस, वीरगंज, १२ फागुन/     सीमावर्ती पिडारीगुठीका बासिन्दा तथा ओरिया खोलाका भारतीय बालुवा तस्करबीच आज फेरि झडप भएको छ । झडपमा स्थानीय चारजना घाइते भएका छन् ।     घाइते हुनेमा जलेश्वर साह , तपेश्वर दास थारू, शिवप्रसाद महतो नुनिया र हीरालाल हजरा रहेका छन् ।     आज बिहान ३०/३५ वटा टयाक्टर लिएर भारतीयहरू नेपाल प्रवेश गरी बालुवा झिक्न थालेपछि स्थानीयले रोक्न खोज्दा विवाद शुरु भएको थियो ।     भारतीय चालकहरूले भारतीय भूमिमा बालुवा नझिकी नेपाली भूभागबाट बालुवा झिक्न लाग्दा जग्गाधनीहरूले अवरोध गरेका थिए । सो क्रममा भारतीयहरूले चलाएको ढुङ्गा लागी चारजना घाइते भएका प्रहरीले जनाएको छ ।      साहको टाउकोमा आठवटा टाँका लागेको छ । झडपमा पिडारीगुठीवासीले भरुवा बन्दुकबाट दुई राउन्ड हवाइ फायर पनि गरेको बुझिएको छ ।     स्थानीयले दुईवटा टयाक्टर तोडफोड गरेका छन् ।     भारतीयहरूले अचानक ढुङ्गामुढा गर्न थालेपछि प्रतिकारमा नेपालीहरूले पनि उनीहरूमाथि लाठी र ढुङ्गा प्रहार गरेको स्थानीय कारी चौधरीले  बताए ।     नेपालीहरूले हवाइ फायर गरेपछि भारतीयहरू टयाक्टर लिएर खोलाबाट भागेको स्थानीयवासीले बताएका छन् ।     घटना

वीउमनपाको बिर्ताको जग्गा पनि खाली भयो, जग्गाको उपयोग सार्वजनिक हितमा हुन जरुरी

Image
प्रस, वीरगंज, १२ फागुन/     वीरगंज उपमहानगरपालिका अन्तर्गतको पुरानो वारुणयन्त्र रहेको भवन तोडिएको छ ।     वीउमनपाले पार्टी प्यालेस निर्माण गर्न १४ वटा सटर रहेको सो भवन तोडे पनि वार्षिक बजेटमा भने पार्टी प्यालेसको लागि बजेट छुट्याएको छैन । वीउमनपाले १४ वटा पसलबाट मासिक ५० हजारभन्दा बढी भाडा असुल्दै आएको थियो । अहिले सो भवनसहित त्यहाँ रहेको ऐतिहासिक फलामे पानीटङ्कीसमेत तोड्न ठेकेदारलाई साढे ५ लाखमा जिम्मा दिएको छ ।     ठेकेदारले फलामे पानीटङ्की मात्रै ६ लाखमा बिक्री गरेको छ । दुई दशक पनि पूरा नभएको सो पक्की पसल बिना योजना तोडिएको छ । पसल तोडिए पनि स्थानीयवासीले मालपोत कार्यालयमा हुने सवारी जाम हलुको पार्न सो स्थानमा पार्किड्ढो व्यवस्था गर्ने प्रक्रिया शुरु गरेका छन् । टोल सुधार समितिको पहलमा मालपोत कार्यालय सञ्चालन भएको बखत सवारीजामको कारण दिनभरि आवागमनमा समस्या भइरहेको कारण पुरानो दमकल रहेको खाली स्थानमा सवारी पार्किङ गर्ने पहल भइरहेको टोल सुधार समिति, छपकैयाका सहअध्यक्ष निरञ्जन मिश्राले बताए ।     वीउमनपाले वार्षिक बजेटमा सोे जग्गा व्यवस्थापन गर्न रकम विनियोजन नगरेको र तोडफोडपछि

विपी उद्यानको तरकारी बजार–विस्थापन पूरा भयो

Image
प्रस, वीरगंज, १२ फागुन/     घण्टाघर अगाडि रहेको विपी उद्यानको तरकारी बजार आज वीउमनपाले पूर्णरूपमा हटाएको छ ।     नगर विकास कोषको ऋण सहयोगमा मीनाबजारको आधुनिकीकरण गरेपछि ठेक्का लगाएको ६ महिना बितिसक्दा पनि विपी उद्यानमा रहेको तरकारी बजार खाली गरिएको थिएन । माछा–मासु तथा तरकारी व्यवसायी सङ्घले विपी उद्यानमा रहेको बजार हटाउन अटेर गर्दै अदालतमा गुहार लगाएका थिए ।     अदालतबाट एक चरणमा अन्तरिम आदेश भई रोकिएको बजार पछिल्लो चरणमा अन्तरिम आदेश जारी नभई साधारणमा तारिख चलिरहेको अवस्था छ । यसैबीच वीउमनपाले केही दिन पहिले तरकारी बजार खाली गराउन डोजर चलाएको थियो ।      आपैmले आधुनिक मीनाबजार निर्माण गर्दा विपी उद्यानमा तयार गरेको बजारको अस्थायी टहरामा डोजर लगाइए पनि त्यहाँ रहेका तरकारी बजार हट्न मानेका थिएनन् । त्रिपाल टाँगेर तरकारी र माछा–मासु बिक्री जारी थियो । आज त्यहाँबाट सबै अस्थायी टहराहरू पूर्णरूपमा भत्काएर विपी उद्यानको जग्गा खाली गराइएको छ । नगरपालिकाले तरकारी बजारका साथै त्यहीं रहेको हड्ढङ बजार पनि खाली गराउन सूचना जारी गरेको छ । सात दिनको सूचना जारी गर्दै खाली नगरेमा नगरपालिका आफैं

क्षेत्र नम्बर ५ मा सरस्वतीलाई अग्रता

Image
प्रस, ठोरी, १२ फागुन/     पर्सा क्षेत्र नम्बर ५ स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बिहीवारदेखि शुरु भएको छ ।     सुवर्णपुर माविको खेल मैदानमा शुरु प्रतियोगिताको एक कार्यक्रमका बीच नेकपा एमाले प्रदेश नम्बर २ का सदस्य घनश्याम महतले सटपुट फालेर उद्घाटन गरेका थिए ।     प्रतियोगिताको उद्घाटन गर्दै महतले खेलकुदले विद्यार्थीहरूको शारीरिक, मानसिक, बौद्धिक क्षमता अभिवृद्धि गर्ने भएकोले अनुशासित भएर खेल प्रदर्शन गर्न सहभागी खेलाडीहरूलाई आग्रह गरे ।       ‘स्वास्थ्यका लागि खेलकूद राष्ट्रको लागि खेलकुद’ भन्ने नारासहित शुरु भएको प्रतियोगिको पहिलो दिन सरस्वती मावि ठोरीले अग्रता लिएको छ । पहिलो दिन सम्पन्न ८ इभेन्टमध्ये ६ इभेन्टमा पहिलो र  दुई इभेन्टमा दोस्रो हुँदै श्री सरस्वती मावि गौतमनगरले अग्रता लिएको हो । १५ सय मिटर दौडमा सरस्वती माविका प्रदीप पौडेल प्रथम, सरस्वती माविकै सिद्धार्थ तामाङ दोस्रो, ४ सय मिटर छात्रछात्रा दौडमा सरस्वती माविका अनिल मिजार र निशा ठकुरी प्रथम भएका छन् ।  यस्तै  ८ सय मिटर छात्रछात्रा दौडमा सरस्वती माविका राज तामाङ र मनीषा तामाङ प्रथम भएका छन् । सटपुट तर्फ सरस्वती म

स्थानीय निर्वाचन ः आर्थिक विकासको नयाँ आशा

Image
विश्वराज अधिकारी     कुनै पनि देशको आर्थिक विकासमा स्थानीय सरकारको भूमिका महŒवपूर्ण हुन्छ । स्थानीय स्रोत एवं साधनहरूको उपयोग गरेर स्थानीय एवं राष्ट्रिय आर्थिक विकासको लागि उपयुक्त आधारभूमि तयार पारिदिने कार्य स्थानीय सरकारले नै गर्दछ । स्थानीय स्तरमा रोजगारका नया अवसरहरू सृजना गरेर स्थानीय जनताको आम्दानी वृद्धि गरिदिने कार्य पनि स्थानीय सरकारले नै गर्दछ । केन्द्रीय सरकारको कार्य नीति, नियम, ऐन, कानुन बनाउने हो तर केन्द्रीय सरकारका ती कार्यहरू कार्यान्वयन गराउने दायित्व स्थानीय सरकारको हो । स्थानीय निकायले उपरोक्त किसिमका कार्यहरू गर्ने हुनाले नै स्थानीय निकायलाई स्थानीय सरकार भनिएको हो । त्यसकारण स्थानीय निकाय र स्थानीय सरकारको सम्बन्ध नङ र मासुजस्तो हुन्छ ।     विकसति देशहरूमा स्थानीय निकाय (ऋष्तथ ब्गतजयचष्तथ) हरूले आप्mनो क्षेत्रका लागि विभिन्न किसिमका स्थानीय करहरूका माध्यमबाट आम्दानी सङ्कलन गर्ने र सङ्कलित रकमबाट सुरक्षा (प्रहरी), शिक्षा (स्कूल, कलेजको शिक्षक), अग्नि नियन्त्रण, पुस्तकालय, स्वास्थ्य सुविधा, यातायात, व्यापार परामर्श, ट्राफिक सुविधा, पार्क, सङ्ग्रहालय, मनोरञ्जन जस्