Posts

Showing posts from September, 2015

२०७२ असोज १४ गते बिहीवार को प्रतीक दैनिक

२०७२ असोज १४ गते  बिहीवार को प्रतीक दैनिक

मधेसी जनताले शान्तिको अनुभूति नगरेसम्म वार्ता नहुने

Image
प्रस, रौतहट, १३ असोज/     सङ्घीय समाजवादी फोरम नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले नेपाल सरकारको विरोधमा असहयोग आन्दोलन गर्ने बताएका छन् । संयुतm लोकतान्त्रिक मधेसी मोर्चा जिल्ला कार्य समिति रौतहटद्वारा आयोजित विशाल आमसभालाई सम्बोधन गर्दै उनले सरकारले मधेसीको मागलाई नयाँ सविधानमा समावेश नगरेसम्म असहयोग आन्दोलनको विकल्प नरहेको बताएका छन् । अब मधेसी जनताले उधारोमा वार्ता नगर्ने नगदी वार्ताको वातावरण बनाउन वर्तमान सरकारलाई आग्रह गरेका छन् ।     मधेसी जनताले शान्तिपूर्ण आन्दोलनबाट अधिकार सुरक्षित गराउन लागेको अवस्थामा सरकारले हत्या गराएको मधेसीलाई शहिद घोषणा, क्षतिपूर्तिलगायतका माग पूर्णरूपमा पालन गरे वार्तामा जाने बताएका छन् । सद्भावना पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र महतोले वार्ता टोली गठन नहुने बताएका छन् । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सहमति गरेको सम्झौता लागू गरे मात्र वार्ता हुने बताएका छन् । सेना प्रहरीमा मधेसी भएको भए मधेसी जनतालाई गोली हान्ने थिएन, त्यस कारण सम्पूर्ण सेना, प्रहरीलगायत  निकायमा जनसङ्ख्याको आधारमा समानुपातिक, समावेशी प्रतिनिधित्व गराए मात

कफ्र्यु र दङ्गाग्रस्त क्षेत्र हटाइयो

प्रस, वीरगंज, १३ असोज/     स्थानीय प्रशासनले वीरगंज नगरको विभिन्न क्षेत्रलाई तोकेर घोषणा गरेको कफ्र्यु र द·ाग्रस्त क्षेत्र र निषेधाज्ञा  आदेश बुधवारदेखि हटाएको छ ।     द·ाग्रस्त क्षेत्र घोषणाको २९औं दिन बुधवार पर्साका प्रमुख जिल्ला अधिकारी केशवप्रसाद घिमिरेले बिहानदेखि वीरगंजको द·ाग्रस्त र निषेधित क्षेत्र घोषणा हटाएको जानकारी गराए ।     जिल्लामा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र सङ्घीय समावेशी मधेसी मोर्चाले आन्दोलन चर्काएपछि स्थानीय प्रशासनले गत भदौ १५ गतेदेखि नगरको विभिन्न महत्त्वपूर्ण स्थानलाई द·ाग्रस्त क्षेत्र घोषणा गरेको थियो । खुशीयालीमा जुलुस प्रदर्शन     द·ाग्रस्त क्षेत्र र निषेधित क्षेत्र घोषणा फिर्ता भएको खबर सुनेलगत्तै नेपाल परिवार दल पर्सा र मधेसी युवा मोर्चा पर्साले वीरगंजमा संयुक्त जुलुस तथा सभा आयोजना गरे ।     खुशी मनाउन उनीहरूले माईस्थान चोकबाट निकालेको जुलुस नगरको विभिन्न क्षेत्रको परिक्रमा गर्दै पुन: माईस्थान चोकमा आएर सभामा परिणत भएको थियो । सभाका वक्ताहरूले अधिकारको लागि भइरहेको मधेस आन्दोलनको विजयको सड्ढेत भन्दै द·ाग्रस्त क्षेत्र, निषेधित क्षेत्र र कफ्र्यु हटाउन

आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै एमाले–काङ्ग्रेसलगायत समाजका अगुवाहरू धर्नामा

सिकेन्द्र पासवान, कलैया १३ असोज     आन्दोलनरत दलहरूले नेपाल भारत नाकामा धर्ना दिंदै नाकाबन्दी शुरु गरेपछि समाजका विभिन्न पक्ष, तह र तप्काबाट समर्थन तथा ऐक्यबद्धता जनाउने क्रम जारी छ । यसै क्रममा  बुधवार बारा नागरिक समाज, जिल्लाको महिला अधिकारकर्मीलगायत विभिन्न सामाजिक सङ्घसंगठनका प्रतिनीधिहरूले ऐक्यबद्धता जनाएका थिए ।     उनीहरूले बुधवार बिहानैदेखि आन्दोलनकारीहरूसँगै धर्नामा बसी आन्दोलनप्रति समर्थन तथा ऐक्यबद्धता जाहेर गरेका थिए ।     धर्नामा नागरिक समाज, बाराका अध्यक्ष सुखप्रसाद चौधरी, महिला मानव अधिकार संरक्षण सञ्जालकी अध्यक्ष निभा सिह, महिला एकीकृत सञ्जालकी अध्यक्ष बबिता जैसवाल, दलित महिला सङ्घकी अध्यक्ष किसमती राम, महिला अधिकार मंञ्चकी अध्यक्ष रिता चौरसियालगायत करिब ५० जना धर्नास्थल वीरगंज रक्सौल, नेपाल–भारत मितेरी पुलमा पुगेर ऐक्यबद्धता जनाएका थिए । उनीहरू पनि बिहान ७ बजेदेखि बेलुका साँझसम्म धर्ना बसेका थिए ।     ऐक्यबद्धता तथा समर्थन जनाउन धर्नास्थल पुगेकाहरूलाई संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र सङ्घीय समावेशी मधेसी मोर्चाका नेता कार्यकर्ताहरूले  स्वागत गरेका थिए ।     यसैगरी न

सार्वभौमसत्ता जनतामा निहित हुनुको अर्थ

Image
सञ्जय साह मित्र     नेपालको अन्तरिम संविधानमा र नेपालको संविधान (२०७२)मा पनि नेपालको सार्वभौमसत्ता नेपाली जनतामा निहित हुनेछ भनी उल्लेख गरिएको छ भनेर नेताहरू बताइरहेका छन् । नेपालको जनतामा सार्वभौमसत्ता छ भन्नुको अर्थ अब जनताभन्दा ठूलो वा माथि कोही छैन भन्नु हो भन्ने लाग्दछ । जनता भनेको को हो त ? यसबारे केही भन्नु आवश्यक छैन तर नेताहरूले बारम्बार जनताले आफ्नो कुरा सर्वोच्च संसद्मा आफ्ना प्रतिनिधिमार्फत् राख्न पाउँछन् वा राख्छन् भन्ने गरेका छन् । यो कुरा ठीक पनि हो । यस किसिमको व्यवस्था हुनु पनि पर्छ । तर जनता सधैं ठगिएको महसुस किन भइरहेको छ भन्नेतिर संविधान बनाउँदा समेत कसैको ध्यान जान सकेको देखिएको छैन । जनताले आफ्नो प्रतिनिधि, आफूले पत्याएको व्यक्ति हुनुपर्छ र विश्वासको आधार भनेको जनमत नै हुनुपर्छ । जनमत परीक्षण गर्ने सबैभन्दा उत्तम उपाय भनेकै निर्वाचन हो । नेपालले पनि स्थानीय निकायदेखि प्रान्तीय र संसदीय निर्वाचनको व्यवस्था संविधानमैं गरेको छ । सरसर्ती हेर्दा यो सकारात्मक रहेको छ तर जनताको सर्वोच्चताको दृष्टिले यो व्यवस्थामा अझै परिमार्जन आवश्यक छ । वर्तमान व्यवस्थाले जनतालाई सार

नेपाली इतिहासमा भारतीय सहयोग

Image
प्रदीप यादव     भारत र मधेसमाथि नकारात्मक सोच राख्ने माथि यो ऐतिहासिक दस्ताबेजको खोज गालामाथि नरम चोट साबित हुन सक्छ । नेपालमा क्रान्तिको शुरूवात मधेसमा सप्तरीबाट शुरु भएको हो । वि.स. २००१ माघ इस्वी संवत् १९४५ जनवरीमा भारतमा अङ्ग्रेज शासनको यातना चरममा पुगेको थियो र नेपालमा राणाहरूको आतड्ढ व्याप्त थियो । त्यस क्रममा नेपालमा  आन्दोलन शुरु गर्न नेपाली क्रान्तिकारीहरूले मधेसलाई क्रान्तिभूमि रोजेका थिए । त्यसको प्रमुख कारण मधेसी जनताले राणाशासनलाई नजिकबाट भोगिरहेको थियो । परिणामस्वरूप सप्तरीबाट आन्दोलनको बिगुल बज्यो र रामेश्वर सिंह, किसान दुसाध, अब्दुल मियाँ, नेबु मण्डल, कृष्णवीर कामी आन्दोलनमा सहभागी रहेको भन्दै काठमाडौ जेल चलान भए । जसमध्ये कृष्णवीर कामी, अब्दुल मियाँ जेलमैं शहीद भए ।     नेपाली जनतालाई स्वतन्त्रता दिलाउन र राणा शासनबाट मुक्त गर्न भारतीय प्राध्यपाक विश्वनाथप्रसाद मिश्रको अध्यक्ष र कृष्णप्रसाद भट्टराई उपाध्यक्ष हुने गरी ‘नेपाल छात्र सङ्घ’ गठन भएको थियो । सङ्घको विभिन्न छलफलमा विश्वेश्वरप्रसाद कोइराला र धरणीधर कोइराला पनि सहभागी हुन्थे । इस्वी संवत् १९३५ तिर नेपाल सङ्घ स

रुग्ण मानसिकताको फल

    अतिवादीहरूको एउटै हतियार हुन्छ अतिवाद । मुला चोरलाई मुडकी सास्ती हुन्छ, अतिवादीहरू चोर हो भनेर हात काट्न तम्सन्छन् । यसले पीडितलाई मात्र मर्का पर्‍यो भन्ठान्नु अबुझपना हो । त्यसै सिलसिलामा नेकपा माओवादी चन्द पक्षले भारतले अघोषित नाकाबन्दी गर्‍यो भनेर भारतीय  टिभी च्यानलहरूमा जबरजस्ती रोक लगाएको छ । उतातिर मधेसी अतिवादीहरूले त्यसको जवाफमा नेपालीभाषी सञ्चारमाथि प्रतिबन्ध लगाउने घोषणा गरेका छन् । यस कुरालाई क्षणिक आवेश भनेर बेवास्ता गर्‍यो भने यसले दु:खदायी परिणाम दिन्छ । नेपालमा धेरैपटक विभिन्न बहानामा कहिले भारतीय फिल्म, कहिले भारतीय सवारीसाधन त कहिले के माथि प्रतिबन्ध लगाउने अतिवाद हुँदै आएको छ र भनिरहनु नपर्ला यस्ता प्रतिबन्धको घोषणा अतिवादी स·ठनहरूबाटै आउने गरेको छ । भारतीय टिभी च्यानलमा प्रतिबन्ध लगाएर भारतको के बिग्रन्छ र भारतले अघोषित नै भए पनि नाकाबन्दी खुला पारिदिन्छ ? यस प्रश्नको जवाफ चन्द माओवादीसँग पक्कै छैन । यो राष्ट्रियता खलबलिएको धमिलो पानीमा राजनीतिक वर्चस्वको माछा मार्ने कुत्सित प्रयास मात्र हो ।     सीमा क्षेत्रमा नाकाबन्दी मधेसवादी दलहरूले गरेका हुन्, त्यसमा भारती

२०७२ असोज १३ गते बुधवार को प्रतीक दैनिक

पढ्नुहोस् ।

भारतीय टिभी च्यानल प्रतिबन्ध नलगाउन मोर्चाको चेतावनी

Image
प्रस, वीरगंज, १२ असोज/     सदीयौंदेखि कायम नेपाल–भारतको सम्बन्ध खलबलाउन केही पक्ष सक्रिय भएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा पर्साका जनपरिचालन समितिका संयोजक प्रदीप यादवले बताएका छन्।     संयोजक यादवले मङगलवार पत्रकार सम्मेलन गरी नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले नेपालमा भारतीय टेलिभिजन च्यानल बन्द गराएको भन्दै  मोर्चाले आपत्ति जनाएको बताए।   जारी मधेस आन्दोलनमा विश्व समुदायबाट चौतर्फी सहयोग प्राप्त भइरहेको दाबी गदै उनले आन्दोलनको मुद्दालाई बङ्ग्याउन र दिग्भ्रमित पार्न  अतिवादी शक्तिहरू लागिपरेको बताए ।      विप्लव नेतृत्वको सङगठनले नेपालमा भारतीय मेडिया र भारतीय सवारी साधन बन्दको आहवान गरेको खबरले लोकतन्त्रमा जनताको स्वतन्त्रतामा अंकुश लगाउन खोजेको पुष्टि भएको भन्दै  कुन सञ्चारमाध्यक हेर्ने भन्ने कुरा व्यक्तिको व्यक्तिगत स्वतन्त्रताको कुरा भएको उनले बताए ।     भारतीय टिभी च्यानल उपर प्रतिबन्धको कुरा मोर्चालाई कुनै पनि हालतमा मान्य नहुने भन्दै भारतीय च्यानलमा प्रतिबन्ध लगाउने कार्यमा  केबुल एसोशिएसनको समेत संलग्नता देखिएको आरोप लगाए।     विप्लव माओवादीको निर्णय समयमा नै

अध्यक्ष ठाकुरले सोनलसँग भेट गर्दै भने पाँच बुँदे माग पूरा भएमात्र औपचारिक वार्ता

Image
प्रस, वीरगंज, १२ असोज/     तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले आज पर्सा कारागार गएर सहमहामन्त्री जीतेन्द्र सोनलसँग भेट गरेका छन्।     सोनलसँग कुराकानी गर्दै अध्यक्ष ठाकुरले सरकार र मोर्चाबीच वार्ताको विषयमा जानकारी गराएका थिए। अध्यक्ष ठाकुरले अनौपचारिक हिसाबमा वार्ता अगाडि बढिरहेको बेला मोर्चाको तर्फबाट शहीद घोषणा, क्षतिपूर्ति, मुद्दा फिर्ता, रिहाइ, राहत, कफ्र्यु, दङगाक्षेत्र, सेना र सशस्त्र फिर्तालगायत मागहरू प्रधानमन्त्री सुशील कोइरालालाई जानकारी गराएको बताए।     उनले प्रधानमन्त्री कोइराला, प्रचण्ड, ओलीलगायतले आफूलाई वार्तामा आउन आग्रह गरेको बताउँदै आफूले अनौपचारिक हिसाबमा ५ बुँदे माग जानकारी गराएको र सो माग पूरा भएपछि मात्र औपचारिक वार्ता हुने बताए ।  ठाकुर र महतोबीच रक्सौलमा गोप्य छलफल     महन्थ ठाकुर र राजेन्द्र महतोबीच आज रक्सौलमा गोप्य भेटवार्ता भएको छ । सीमा क्षेत्रमा चल्दै आएको नाकाबन्दी कार्यक्रममा सहभागी भएपछि ठाकुर रक्सौलको एक होटलमा पुगेका थिए। होटलमा रहेका राजेन्द्र महतोसँग वर्तमान अवस्थाको निकास र वार्ताको विषयमा छलफल भएको स्रोतले जानकारी गराएक

भंसार नभएको कपडा बरामद प्रहरीप्रति नगरका जनतामा असन्तुष्टि बढ्दै

Image
प्रस, वीरगंज, १२ अशोज/     भंसारी छली गरी नेपाल भित्र्याएको कपडा प्रहरीले नियन्त्रणमा लिएको छ। छपकैया नाका हुँदै नेपालतर्फ तस्करहरूले कपडा लिएर आउँदै गरेकोमा प्रहरीको गस्ती टोलीसँग बिहान ५:३० बजे वीरगंज–२ स्थित सडकमा जम्का भेट भएपछि तस्करहरू कपडा छोडेर फरार भएको प्रत्क्षदर्शीहरूले बताएका छन्। ५ वटा प्लास्टिकको बोरामा रहेको अन्दाजी  ५० हजार रुपियाँ मूल्य बराबरको कुर्ता सुरुवालको कपडा बरामद गरी भंसार दाखिला गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।     भंसार छली भएको बहाना गरी कपडालगायत विभिन्न सामग्रीहरू प्रहरीले पक्राउ गरिरहेकोप्रति वीरगंजका नागरिकहरूले भने आक्रोश व्यक्त गरेका छन्।     जारी आन्दोलनको क्रममा आन्दोलनकारीले सवारी साधन निषेध गर्नुका साथै सामग्रीहरूसमेत लुटपाट गरिरहेको अवस्था र वीरगंज भंसार नाकालगायत छोटी नाकाहरूमा समेत आन्दोलनकारीले धर्ना दिइरहेको बेला प्रहरीले पनि सामान पक्राउ गरेर जनतालाई सास्तिमा पार्न खोजेको उनीहरूको आरोप छ।     वीरगंज–१३ रानीघाट निवासी रामेश्वर तुरहाले प्रहरीप्रति आक्रोश पाख्दै भने–“अलोकप्रिय बन्ने काम प्रहरी आफैंले गर्दैछ। भंसार भए पो भंसार त

चुरे संरक्षण तटबन्धमा अनियमितताले विनाश निम्त्याएको आरोप

Image
जीतलाल श्रेष्ठ,निजगढ, १२ असोज/     राष्ट्रपति चुरे संरक्षण कार्यक्रम अन्तर्गत बाराको निजगढमा गरिएको तटबन्ध निर्माणले वन र नदी तटमा थप विनाश निम्त्याएको स्थानीयको आरोप छ। जनसहभागिता बिना गोप्यरूपमा गठित उपभोक्ता समितिले नियम कानुन र मापदण्डविपरीत काम गरेकोले विनाश निम्तिएको उनीहरूको गुनासो छ।     गोप्यरूपमा उपभोक्ता समिति गठन गरी मनोमानी किसिमले काम गरेको र सो कार्यमा जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय परवानीपुरका प्राविधिक र स्थानीय केही राजनीतिक दलका नेता कार्यकर्ताहरूको मिलोमतो रहेको योजनाका लक्षित जनसमुदायले बताए।             उपभोक्ता समितिले स्थानीय जनसहभागितामा रोजगारसमेत सृजना हुने गरी योजना सम्पन्न गर्नुपर्नेमा एक्साभेटरलगायत औजार प्रयोग गरेर योजना सम्पन्न गरेको कारण योजना टिकाउ नभएको बुझिएको छ ।      नदी छेउको वन क्षेत्रमा बनाइएको तटबन्धका लागि सम्बन्धित निकाय जिल्ला वन कार्यालय बारालाई समेत कुनै जानकारी नैं नदिई जल उत्पन्न प्रकोप नियन्त्रण बाराले काम गरेको हुँदा वन संरक्षण तथा भूक्षय नियन्त्रणमा समेत प्रतिकूल असर परेको वन प्रविधिकहरूको भनाइ छ।     यसरी जथाभावी एक्साभेट

अवस्था अझै जटिल

    मधेसमा चर्केको आन्दोलन आज ४५ दिन बितेको छ र बन्द–हडतालकर्ताले सीमा नाकाबन्दी गरी भारत भएर आउने सामग्रीमा रोक लगाएको छैठौं दिन पुगेको छ। बन्द–हडतालले सामान्य जीवन अस्तव्यस्त पारेको भए तापनि सीमा नाकाबन्दीले सरकारमा अस्तव्यस्तता देखिएको छ। यस नाकाबन्दीमा भारतको अघोषित समर्थन रहेको कुरा नेपालमा छयाल्लब्याल्ल भएको छ। मधेसी बन्दकर्ताद्वारा जारी नाकाबन्दीमा भारत सरकारको अघोषित समर्थन रहेको भए पनि सीमावर्ती भारतीय जनताले स्वस्फूर्त समर्थन दिएका छन्। यसको पछाडि राजनीतिक वा रणनीतिक सोच नभए पनि आपसी घनिष्ठ सम्बन्ध मात्र होइन, रोटीबेटीको सम्बन्धले काम गरेको छ। नेपालका अधिकांश नेपाली परिवारको भारततिर वैवाहिक सम्बन्ध छ। जसले गर्दा मधेसको पीडा तिनको आफ्नो पीडा बन्दछ। टीकापुर घटनापछि आक्रामक बनेको सुरक्षा बलले गरेको गोली प्रहारको घाउले भारतीय नातेदारलाई पनि वेदना दिएकोले यो स्फूरता आएको हो।     अहिले अन्तर्राष्ट्रिय स्तरमा नै भारतलाई नाकाबन्दी हटाउन आग्रह गर्न थालिएको खबर पनि आएको छ। संयुक्त राष्ट्र सङ्घको ७० औं महाधिवेशनका बेला चिनियाँ राष्ट्रपतिले भारतलाई यस्तो आग्रह गरेको खबर आएको छ । यस अवस्

नयाँ संविधान, मधेस आन्दोलन र नाकाबन्दी

प्रभु साह     संविधान घोषणालाई राज्य पक्ष एवं प्रमुख तीन पार्टीले विजय उत्सवको रूपमा दिपावली मनाउने निर्णय गरे भने  आन्दोलनकारीहरूले कालो दिनको रूपमा लिदैं द्यबिअप यगत मात्र गरेनन्, संविधान जलाउने नै निर्णय गरे। आन्दोलनकारी प्रति असहिष्णु सरकारले जारी दमनलाई निरन्तरता दिइरहेको छ। उता आक्रोशित आन्दोलनकारीहरूले जारी सङ्घर्षलाई अझै सशक्त बनाउन हर सम्भव प्रयत्न गरिरहेका छन्। अहिलेको आन्दोलनमा पचासौंको शहादत भइसकेको छ भने हजारौं घाइते भएका छन्। आन्दोलन रोक्नको लागि सरकारको तर्फबाट खासै चासो व्यक्त भएको देखिएको छैन। यस परिप्रेक्ष्यमा देश थप द्वन्द्व एवं हिंसाको शिकार हुुने निश्चित छ। यस्तो गम्भीर, जटिल एवं भयावह स्थितिमा खडा भएको नेपालको भावी निकास के हुन सक्छ ? यसको उत्तर खोज्नुु अघि सर्वप्रथम यस्तो गम्भीर अवस्थाको सिर्जना कसरी भयो, आन्दोलनकारीहरूको माग के हो ? आन्दोलनकारीहरू को हुन् ? राज्य पक्ष कहाँ चुक्यो ? भन्ने विषयमा जानकारी लिन जरुरी छ।     नेपालको तराई–मधेस क्षेत्र भारतको उत्तरी क्षेत्रसँग जोडिएको समथर भूभाग हो, जसलाई मधेस भनिन्छ र यहाँ बस्नेलाई मधेसी भनिन्छ। मधेसी समुदायको खानपिन,

संविधानमा सङ्घीयता र विदेशी चासो

Image
विनोद गुप्ता     नेपालको संविधान–२०७२ को घोषणासँगै देशले अकल्पनीय एवं दु:खद परिस्थिति बेहोर्नुपरेको तथ्य हामी सबै सामु स्पष्ट नै छ। मधेसवादी दलहरू मधेस र थरूहटसँग विभेद भएको कुरा उठाइरहेका छन् भने तीन ठूला दल अधिकांश माग सम्बोधन भइसकेको कुरा लिएर देशव्यापी प्रचारप्रसार अभियान चलाउने कार्यक्रम तर्जुमा गर्दैछन्। यस्तोमा वास्तविकता के हो भन्नेबारे विचार गर्दा ८ प्रदेश दिन तयार भएको काङ्ग्रेस, १४ प्रदेशको माग गरिरहेको ए माओवादी र ८–१० प्रदेशमा तयार रहेको एमाले कसरी एकाएक ६ प्रदेश अनि ७ प्रदेशमा पुगे, बुझ्नैपर्ने भएको छ। वास्तवमा संविधानको प्रस्तावनामा नेपालको सार्वभौमसत्ता जनतामा निहित रहने लेखिए पनि त्यस्तो व्यवहारमा नदेखिनुले स्पष्ट गर्दछ। उदाहरणको रूपमा हाल बनाइएको ७ प्रदेशको जनसङ्ख्यालाई एकपटक गहिरिएर हेर्दा प्रदेश नं. १ कायम गरिएको तराईको तीन जिल्ला र पूर्वी पहाडका ११ जिल्लामा पहाडी समुदायको जनसङ्ख्या ३१ लाखमध्ये उच्च जाति १३ लाख, राई र लिम्बू करिब ९ लाख र मधेसी १२ लाख छन्। त्यस्तै प्रदेश नं. २ को ८ जिल्लामा मधेसी ४८ लाख र पहाडी ६ लाख छन्। प्रदेश नं. ३ मा काठमाडौं समेत १३ वटा पहाडी ज

२०७२ असोज १२ गते मङ्गलको प्रतीक दैनिक

पढ्नुहोस

वीरगंजतर्फ आउने सामग्री असुरक्षित ग्याँसको खाली सिलिन्डर लुटपाट

प्रस, वीरगंज, ११ असोज/     पर्सा, रामगढवास्थित मर्नैया पुलबाट लुटिएको ४९ वटा खाली ग्याँसको सिलिन्डरमध्ये प्रहरीले अहिलेसम्म ३७ वटा फिर्ता गराएको छ ।     विन्दवासिनीको स्नेहा ट्ेरडर्सले ना.२ त ७३३९ नंंको टयाक्टरमा लोड गरी आइतवार राति ९ बजे बारा, परसौनी स्थित कारखानातर्फ लगिरहेको अवस्थामा स्थानीय युवकहरूले मर्नैया पुलमा टयाक्टर रोकेर  ४५ वटा खाली सिलिन्डर लुटेका थिए ।     वडा प्रहरी कार्यालय, श्रीपुरले राति नै स्थानीय भद्रभलाद्मीसँग समन्वय गरी लुटिएको सिलिन्डरमध्ये १२ वटा फिर्ता गराएको थियो । सोमबार साँझसम्म थप २५ वटा गरी ३७ वटा सिलिन्डर स्थानीयले प्रहरीलाई बुझाएको वडा प्रहरी कार्यालय, श्रीपुरले जनाएको छ ।         फिर्ता भएको सिलिन्डर जिल्ला प्रहरी कार्यालय, पर्सामा राखिएको छ । बाँकी रहेको आठवटा सिलिन्डर फिर्ता  गराउन प्रहरीले प्रयास गरिरहेको छ ।     सो भेगका युवकहरूले बन्दको समयमा सामान ओसारपसार गरेको आरोपमा खाली सिलिन्डर लुटेका थिए ।    सोही पुलमा दुई दिन पहिले तरकारी पनि लुटिएको स्थानीय बासिन्दाले जानकारी गराएका छन् ।      यसैगरी भारतबाट नेपालतर्फ आइरहेको २५ बोरा खुर्सानी गाउँलेहरूले

सीमानाका बन्दी पाँचौं दिन पनि जारी

Image
प्रस, वीरगंज, ११ असोज/      संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र सङ्घीय समावेशी मोर्चाको संयुक्त नाकाबन्दी आज पाचौं दिन पनि मितेरी पुलमा जारी छ ।     मितेरी पुलमा जारी नाकाबन्दीप्रति  भारत तथा नेपालका विभिन्न सङ्घंसंस्थाहरूले ऐक्यबद्धता जनाउँदै आन्दोलनमा सहभागीहरूका लागि खाजा, राशनको व्यवस्थासमेत गरेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा पर्साका आन्दोलन जनपरिचालन समितिका संयोजक प्रदीप यादवले जानकारी गराएका छन् । नगवा युवा क्लब, पर्सा बस ट्रक बडी बिल्डर्स, निर्माण व्यवसायी सङ्घ, महावीर स्थानका स्थानीय व्यापारीहरूले आज खाजा, पानी तथा चामल, दाल, तरकारीको सहयोग गरेका छन् ।     मितेरी पुलमा मोर्चाले गरेको नाकाबन्दीमा आज पर्साका पत्रकारहरूले पनि विरोध जुलुस निकाल्दै समर्थन जनाएका छन् । पत्रकारहरू धु्रव साह, आरके पटेल, शेखरबहादुर छतकुली, रितेश त्रिपाठी, अमित अग्रवाल, पवन तिवारी, नरेश सर्राफ, सन्तोष पटेल, अजय चौरसिया, दीपक चौरसिया, प्रणय कुमार, राम सर्राफलगायतको सहभागिता थियो । मधेसको माग जायज हो भन्दै घण्टाघरबाट निस्केको विरोध जुलुस नेपाल–भारत सीमा क्षेत्रमा रहेको मितेरी पुलमा पुग्दा नेप

बन्द, हडतालको मौका छोपी ढुङगा, गिट्टी, बालुवाको तस्करी बढ्यो

Image
प्रमोद यादव, रङगपुर, ११ असोज/     पर्सा जिल्लाको विभिन्न खोलानालाहरूबाट गिटी–बालुवा–ढुङगाको तस्करी तीव्ररूपमा बढेको छ । जिल्लाको भलुवाही, जमुनिया, कोईरालाभार, कर्जनिया, भेडाहां खोलालगायत दर्जनौं खोला तथा नदीहरूबाट ढुङगा, गिट्टी, बालुवा तस्करी भइरहेको छ ।      विभिन्न धार्मिक स्थल वा स्थानीय विकास निर्माणको बहाना गर्दै खोला नदीहरूबाट ढुङगा, गिट्टी, बालुवा निकाल्ने र गाउँमा ल्याएर भण्डारण गरी अन्यत्र बिक्री हुने गर्दछ ।     तस्करहरूले मौका परे पर्सा वन्यजन्तु आरक्षको संरक्षित क्षेत्रभित्र समेत पुगेर ढुङगा, गिट्टी, बालुवा  निकासी गर्ने गरेका छन् । तस्करहरूको कारण सामाजिक काम तथा स्थानीय विकास निर्माण काम गर्ने व्यक्ति तथा सङ्घसंस्थाहरूलाई समेत अप्ठ्यारो पर्न लागेको गाउँका अगुवाहरूले गुनासो गरेका छन् ।     बन्द–हडतालको मौका छोपी ढुङगा, गिट्टी, बालुवाका तस्करहरूले  प्राकृतिक स्रोतको नोक्सानी गरिरहेका र यसले नदी कटान तथा भूक्षयका साथै अवैधानिक धन्धाले प्रश्रय पाएको गाउँलेहरू बताउँछन् ।     अधिकांश तस्करहरूले टयाक्टर प्रयोग गरी ढुङगा, गिट्टी, बालुवा अवैध निकासी पैठारी गर्ने गरेका छन

भट्टराईको पलायन

    एनेकपा माओवादीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले पार्टीबाट राजीनामा दिएका छन् । लामो समयसम्म सङकटपूर्ण राजनीतिक अवस्थामा पार्टीलाई नेतृत्व दिंदै आएका भट्टराईले अहिलेको बेला राजीनामाले  दुईथरीको बुझाइ निस्कन्छ । बाबुरामको यो बहिर्गमन प्रचण्डसँगको लामो समयदेखिको तीक्तताजन्य बाध्यता वा अझ बृहत् राजनीतिक आयामको खोजी । एउटा दापमा दुईवटा खुकुरी रहन सक्दैन, एनेकपा माओवादीरूपी दापमा पनि प्रचण्ड र बाबुरामको हैसियत खुकुरीजस्तै रहँदै आएको थियो । वा एउटा जङगल (जङगलको निर्धारित क्षेत्र) मा दुई सिंह रहन सक्दैनन् । जनयुद्धकालमा बाबुरामलाई पार्टीद्वारा बन्दी बनाइनु, सहकालमा उनको मानमर्दनका विभिन्न उपाय गर्नु, उनको विचारलाई नकार्नुलगायत पार्टी सतहमा आएका धेरै कुराहरू थिए, जसले पार्टीमा पहिलो विखण्डन बाबुरामद्वारा नै हुने अडकल राजनीतिक वृत्तमा छरिएको थियो । तर बाबुरामले प्रत्येक आन्तरिक प्रहार र वैचारिक मतभिन्नता सहे । यो सहनु एउटा चतुर राजनीतिज्ञको कार्ययोजना थियो । उनले जतिचोटी पनि पार्टीबाट अलग्गिन खोजे आफ्नो पक्ष कमजोर देखे ।     कुनै व्यक्ति पार्टीमा बस्नु वा नबस्नु उसको

थारु–मधेस आन्दोलन र छिमेकी सम्बन्ध

Image
अधिवक्ता वीरेन्द्रप्रसाद यादव     केही वर्ष पहिले अमेरिकी राष्ट्रपति ओबामाले अमेरिकी संविधानबारे– अमेरिकी संविधान शक्ति प्रयोग गर्ने दमनकारी अस्त्र होइन, संविधान त पार्टनर अफ प्रोग्रेस हो र संविधानको आशय मुताबिकको भूमिका गर्नु मेरो टास्क हो– भनेका थिए । वास्तवमा लोकतान्त्रिक संविधान विकासको लागि साझेदारहरूको साझेदारीपत्र नै हो, जसमा सबै पक्षको सहमति हुनैपर्छ । होइन भने विकासको बाटोमा अवरोध हुन्छ । यो कुरा अहिले नै हामी कहाँ चरितार्थ भइसकेको छ । एउटा पक्ष मधेस सहमत नभएकोले सहजरूपले स्वागत पनि हुन सकेको छैन । कार्यान्वयन त धेरै पछाडिको कुरा हो, जसलाई समयमा हामीले बुझेनौ भने मुलुकलाई अझ अप्ठयारा दिनहरू देख्नुपर्ने हुन्छ । नेपाल भनेको तराई–मधेस, हिमाल, पहाडको संमायोजन हो । नेपाल विकासको लागि यी तीन क्षेत्र पक्ष हुन् । शान्ति समृद्धि एवं लोकतन्त्र स्थायित्वको लागि तीनैको बराबर भूमिका हुनैपर्छ । ‘हिमाल, पहाड, तराई कोही छैन पराई’ भन्ने कुरा नारामा मात्र होइन, संवैधानिक प्रावधानमा समेटी व्यावहारिकरूपले पूरा हुनुपर्छ । दोस्रो संविधानसभाबाट संविधान जारी हुनु अपरिहार्य थियो तर त्योभन्दा अपरिहार्

२०७२ असोज ११ गते सोमवारको प्रतीक दैनिक

पढ्नुहोस्

चौथो दिन पनि भन्सार नाकाबन्दी कायमै विभिन्न सङ्घसंस्थाद्वारा ऐक्यबद्धता

Image
प्रस, वीरगंज, १० असोज/     वीरगंज–रक्सौल मितेरी पुलमा संयुक्त लोकतान्त्रिक मधेसी  मोर्चा र सङ्घीय समावेशी मोर्चाले संयुक्तरूपमा गरेको धर्ना तथा नाकाबन्दी चौथो दिन  आइतवार पनि जारी रहयो।     आन्दोलनरत मोर्चाले गरेको नाकाबन्दी कार्यक्रममा विभिन्न सङ्घसंस्थाहरूले ऐक्यबद्धता जनाएका छन् । सङ्घसंस्थाहरूले ऐक्यबद्धताका साथै धर्नामा बसेका नेता–कार्यकर्ताहरूको लागि  खाजा–नास्ता तथा पिउने पानीको व्यवस्था गरिरहेका छन्।      सद्भावना पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र महतो शनिवारदेखि नै रक्सौल–वीरगंज नाकाबन्दी कार्यक्रममा सहभागी भएका छन्।     अध्यक्ष महतोले आइतवार बिहान धर्नास्थलमा भारतीय सञ्चार संस्थामा आबद्ध पत्रकारहरूको लागि सम्मेलन गरेका थिए। सो अवसरमा महतोले नेपाल र भारतबीच रोटीबेटीको सम्बन्ध रहेको बताउँदै आन्दोलनम भारतीय जनताको सहयोग अनुकरणनीय रहेको बताए।     नेपाल सरकारले शान्तिपूर्ण आन्दोलनमा दमन गरी गोली बर्साउँदै निहत्था आन्दोलनकारीको हत्या गर्न थाले पछि शरणार्थी बन्नुपर्ने अवस्थमा पुगेको भन्दै उनले नाकाबन्दी कार्यक्रम प्रभावकारी हुँदै गएको र यसले सरकारलाई झुक्न बाध्य गराउने हुँदा ज

तमलोपाका सोनल र सिंह जेल चलान

Image
सिकेन्द्र पासवान, कलैया, १० असोज/     आन्दोलनको क्रममा बारा जिल्लाको नितनपुरबाट पक्राउ परेका तराई–मधेस लोकतान्त्रिक पार्टीका सहमहामन्त्री जितेन्द्र सोनल र जिल्ला अध्यक्ष नवलकिशोर सिंहले प्रशासनले तोकेको धरौटी नतिरेपछि  जेल चलान भएका छन्।     वीरगंज पथलैया सडकखण्डस्थित एक उद्योगमा तोडफोड तथा आगजनी  गरेको आरोपमा नेताद्वयमाथि इलाका प्रहरी कार्यालय, सिमराले सार्वजनिक मुद्दा दर्ता गरेको थियो। इलाका प्रहरी कार्यालय सिमरामा १० दिन र जिल्ला प्रहरी कार्यालयमा ३ दिन न्यायिक हिरासतमा बसिसकेका सोनल र सिंहलाई प्रमुख जिल्ला अधिकारी बालकृष्ण पंन्थीको एकल इजलासले जनही १ लाख ४९ हजार ३ सय ७५ रुपियाँ धरौटी माग गरेको थियो।     उक्त धरौटी रकम तिर्न नेताद्वयले इन्कार गरेपछि उनीहरूलाई आइतवार जेल चलान गरिएको जिल्ला प्रशासन कार्यालय बाराले जानकारी दिएको छ ।     उनीहरू दुवैलाई वीरगंज करागार चलान गरेको प्रजिअ  पन्थीले बताए।  जिल्ला प्रशासन कार्यालय, बारामा सरकारी सहायक नयायाधिवक्ता उत्तम श्रेष्ठले मुद्दा पेश गरेपछि थुनछेक आदेश भएको थियो। धरौटी रकम जुन बेला चाहे त्यही बेला नेताद्वय बुझाउन सक्ने भन्दै प्रजिअ पन

बकरीदको अवसरमा ७८ जनाद्वारा रक्तदान

Image
प्रस, परवानीपुर, १० असोज/     स्टार युथ क्लब गण्डक बहुअरीको आयोजनामा वीरगज उपमहानगरपालिका –१७ बहुअरीमा आज बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ। ‘इदुल अदा अर्थात् बकरइदको अवसरमा आयोजित सो कार्यक्रममा ७८ जनाले रक्तदान गरेका छन्। रक्तदान गर्नेहरूमा नबिउल्लाह अन्सारी, इरशाद अली अन्सारी, नौशाद अली अन्सारी, रहम इलाही अन्सारी, अनवर हुसैन अन्सारी, अब्दुल मनन अन्सारी सहाबुद्दीन अन्सारी, रफी अहमद अन्सारी, हसरत अन्सारी, अबुलैस अन्सारी, लक्ष्मण अधिकारी, मनब्वर अन्सारी, अरबाज अन्सारी, हसरुद्दीन अन्सारी, दिलदार अन्सारी, सुभाष पटेललगायत रहेका छन्।     क्लबका अध्यक्ष शम्साद अलीको अध्यक्षतामा भएको कार्यक्रममा रक्तसञ्चार केन्द्र वीरगंजका प्राविधिक धीरेन्द्र झा, नन्दकिशोर साह, भुटुक साह, पवन साहलगायतले सहजीकरण गरेका थिए। रक्तदान कार्यक्रममा वीरगंज हेल्थ केयर हस्पिटल गण्डकले सहयोग गरेको थियो।

शैक्षिक क्रियाकलाप नियमित गराउन माग गर्दै आन्दोलनमा ऐक्यबद्धता

Image
प्रस, वीरगंज, १० अशोज/     जिल्ला शिक्षा कार्यालय अन्तर्गत पर्ने स्रोत केन्द्र श्रीपुर पचगावा र जीतपुर नौका टोलामा कार्यरत शिक्षकहरूले आज विभिन्न मागसहित वीरगंजमा प्रदर्शन गरेका छन्।     ‘मधेसको माग सम्बोधन गरी शैक्षिक क्रियाकलाप नियमित गरियोस्’ भन्ने मूल नारासहित रानीघाटबाट निस्केको जुलुस मितेरी पुल जान खोज्दा प्रहरीले मकालु चोकमा हस्तक्षेप गरेको थियो।             मितेरी पुलमा भइरहेको आन्दोलनमा ऐक्यबद्धता जनाउने उद्देश्यले शान्तिपूर्ण र्‍याली निकालिएको नेपाल शिक्षक युनियन पर्साका अध्यक्ष रामचन्द्र पडितले बताए।         रानीघाटबाट निस्केको जुलुस नगर परिक्रमा गरी सीमा क्षेत्रमा जान खोज्दा प्रहरीले रोक लगाएपछि जुलुस अन्य बाटो भएर आन्दोलनस्थल पुगेको थियो।         त्यसैगरी मधेसी बुद्धिजीवी फोरमले पनि नेपाल–भारत सीमा क्षेत्रमा भएको आन्दोलनप्रति ऐक्यबद्धता जनाएको छ । बुद्धिजीवी फोरममा आबद्ध वीरगंजका  बुद्धिजीवीहरूले घण्टाघरबाट निकालेको जुलुस मितेरी पुलमा पुगेर समापन भएको थियो।

प्रहरी चौकी विस्थापित हुँदा गाउँमा सोझा निर्धाहरू हेपिन थाले

प्रस, वीरगंज, १० असोज/     पर्साको ग्रामीण क्षेत्रबाट प्रहरी चौकीहरू विस्थापित हुँदा सोझा निर्धा नागरिक समस्यमा पर्न थालेको गुनासो छ।     विगतमा गाउँघरमा कुनै थिचोमिचो वा झैझगडा भएमा नजिकको प्रहरी एकाइमा पुग्ने गर्थे, त्यहाँ न्याय पाए वा नपाए पनि प्रहरी छ है भन्ने एउटा डर थियो। गाउँठाउँमा कुनै बेमेल वा  झैझगडा भए प्रहरीले हस्तक्षेप गरेर समाधान गर्ने पनि गर्दै आएको थियो।     हाल प्रहरी चौकीहरू विस्थापित भएपछि भने पीडितले पीडा पोख्ने ठाउँसमेत नभएको मिर्जापुर निवासी खलिल देवानले बताए।     परिवार–परिवारबीच हुने भैंmझगडाले पनि अहिले गाउँमा उग्र रूप लिन थालेको छ। दुई भाइको झगडामा समेत कमजोर पक्षले कुनै बलियो पक्षको सहयोग खोज्ने र त्यसको प्रतिकारमा अर्को भाइले पनि झन बलियो पक्षको  सहयोग खोज्ने हुँदा घर परिवारको झगडा गाउँभरि नै फैलने गरेको मियाँले बताए।     झैझगडा वा पारिवारिक तथा सामाजिक बेमेलहरू मिलाउन शान्तिपूर्ण मध्यस्थता वा बदमाशी गर्ने पक्षमाथि कानुनी अंकुश लगाउने कुनै पनि निकाय नभएकोले समस्या बढेको  उनको भनाइ छ।     “गाउँघरमा आजभोलि प्रहरी नहुँदा सामान्य भैंmझगडाले पनि उग्र रूप लिन थाले

मुडकी पनि प्याज पनि

    पहिलेपहिले गाउँघरमा विवादको समाधानको लागि पञ्चायती हुने गर्दथ्यो। त्यसमा गाउँका ठूलाठालू र जान्ने बुझ्ने–हैकमवालहरू पञ्च हुन्थे। पञ्चले भनेको सर्वमान्य हुन्थ्यो। एकजना गाउँलेविरुद्ध पञ्चायती बसेको थियो। उनको दोष प्रमाणित गर्दै पञ्चायतले उसलाई कि ५० मुडकी कि ५० वटा प्याज खानुपर्ने निर्णय सुनायो। दोषी गाउँलेले मुडकी किन खाने प्याज खानु ठीक भन्ठाने। तर ५ वटा प्याज खाइ नसक्दा उनलाई सजाय चयन गरेकोमा पछुतो भयो। उनले पञ्चहरूसँग प्याज खान सक्दिनँ बरु मुडकी खान्छु भने। तर दस मुडकी खाउन्जेल उनी अर्धमुच्र्छित भए र गुहार गरे, होइन प्याज खान्छु। एवंरीतले उनले  ५० प्याज र ४५ मुडकी खाए। अहिले नेपालका हालाबादी नेताहरूको अवस्था दोषी–प्रमाण्ति गाउँलेजस्तो भएको छ। हिजो संविधान नदिएकोमा आलोचना खेपेका उनीहरूले जसरी पनि संविधान बनाएरै छाड्छौं भन्ने ढिपी लिए, अहिले संविधान गलगाँड भएको छ। अब आफैंले बनाएको संविधानबाट पछि फर्कने कि मधेसमा भइरहेको तीखो आन्दोलनरूपी प्याज खाने ?     दम्भ र अहम्ले आजसम्म दुनियाँमा कसैको भलो गरेको छैन। त्यही बहुमतको दम्भ नेपाली काङ्ग्रेस, नेकपा एमाले र नेकपा एमाओवादीमा छरपस्ट द

अभिभावक, शिक्षक र विद्यालयबीचको साझेदारी

Image
अनन्तकुमार लाल दास     २०४६ र २०६२/०६३ को जनान्दोलनपछि धेरै कुरामा परिवर्तन हुँदै गएको छ। सोही अनुरूप शिक्षाप्रति अपेक्षामा पनि बदलाव आएको छ। विद्यालय र विद्यार्थीहरूको सङ्ख्यामा वृद्धि भएको छ। उनीहरूलाई पढाउने र सिकाउने तरिकामा पनि सुधार भएको छ। सबैभन्दा राम्रो कुरो के देखा परेको छ भने शिक्षामा समुदाय र अभिभावकहरूको भागीदारी बढेको छ । अभिभावकहरूमा केटाकेटीहरूको शिक्षाप्रति जागरुकता बढेको छ। उनीहरू पहिलेभन्दा बढी सङ्ख्यामा आफ्नो सरोकार विद्यालयमा दर्ज गराउन थालेका छन्।     परिवार केटाकेटीहरूका लागि पहिलो पाठशाला हो, जहाँ आमाबुवासँग उनीहरूले धेरै समय व्यतीत गर्छन्। परिवारमा उनीहरूलाई फरकफरक किसिमको अनुभव प्राप्त हुन्छ, जसबाट उनीहरूले आआफ्नो सिकाइ आरम्भ गर्छन्। यस कारण हामी के भन्न सक्छौं भने केटाकेटीहरूको शिक्षामा परिवार, समुदाय र स्थानीय वातावरणले महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ, जहाँबाट उनीहरू निरन्तर ज्ञानार्जन गरिरहन्छन् । यहाँ भन्न के खोजिएको हो भने विद्यालय बाहिर पनि अध्ययन गर्न सकिन्छ अर्थात् घर, कार्यस्थल र समुदायबाट पनि ज्ञान हासिल गर्न सकिन्छ। केटाकेटीहरूको विद्यालयबाट प्राप्

२०७२ असोज १० गते आइतवारको प्रतीक दैनिक

 पढ्नुहोस

वार्ताको लागि आन्दोलन रोकिंदैन –अध्यक्ष महतो

Image
प्रस, वीरगंज, ९ असोज/     संयुक्त लोकत्रान्त्रिक मधेसी मोर्चा र सङ्घीय समावेशी मोर्चाले शुरू गरेको नेपाल–भारत नाकाबन्द कार्यक्रम शनिवार तेस्रो दिन पनि जारी रह्यो।     वीरगंज–रक्सौल मितेरी पुलमा धर्ना बसेका आन्दोलनकारीहरूलाई भेट्न सद्भावना पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र महतो शनिवार धर्नास्थलमा पुगेका थिए ।     धर्नामा सहभागी हुँदै अध्यक्ष महतोले माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताए। वार्ताको लागि आफूहरू सधैं तयार रहेको बताउँदै उनले आन्दोलनलाई रोकेर वार्ता नगर्ने स्पष्ट पारे।     वार्ताको वातावरण सरकारले तयार गरोस्, आन्दोलन जारी रहनेछ, वार्ता गरौं, अध्यक्ष महतोको भनाइ थियो।         सो अवसरमा उनले मधेसको मागप्रति एक्येबद्धता जनाउने विभिन्न पक्ष एवं सङ्घसंस्थाहरूलाई धन्यवाद दिए। नेपाल सरकारले दमनकारी नीति अपनाएको कारण नेपालगंजमा २० जना कार्यकर्ताहरूलाई शनिवार गोली लागेको जानकारी दिंदै महतोले जारी आन्दोलनमा भारतको कुनै सहयोग नरहेको बताए।     सीमा क्षेत्रमा रहेका भारतीय नागरिकहरूले स्वतस्फूर्तरूपमा सहयोग गरिरहेका चर्चा गर्दै उनले नेपाल–भारतका जनताबीच रोटीबेटीको सम्बन्ध सदियौंदेखि

पर्साको वन क्षेत्र विनाश हुँदै

प्रमोद यादव, रङगपुर, ९ असोज/   पर्साको राष्ट्रिय वन क्षेत्र विनाशको क्रममा छ। तस्कर गिरोहले वन फडानी गरी काठ ओसारपसारमा तीव्रता दिएको छ।     इलाका वन कार्यालय र सेक्टर वन कार्यालय बढनियार मातहतमा रहेको वनबाट तस्करहरूले दैनिकरूपमा काँचो सालका रूखहरू ढालेर गोलिया बनाइ साइकलमा लोड गरेर बिरुवागुठीको पहडिया टोला, तामाङ टोलामा लगी भण्डारण गर्ने र त्यहाँबाट अन्यत्र पैठारी गर्ने गरिरहेका छन्।     अवैध काठको खरिद–बिक्री एवं ढुवानी पैठारी पर्सामा कुनै वैधानिक उद्योगभन्दा पनि निर्धक्कका साथ सञ्चालन भइरहेको छ।     राष्ट्रिय वनबाट चोरी निकासी गरी ल्याएको काठ गाउँमा ल्याइ गोलिया नै अन्यत्र पठाउने गरेका छन्। कतिपय काठहरू माग अनुसारको साइजमा काटेर चौकट एवं झ्याल ढोका बनाएर वीरगंजसम्म पुर्‍याउने गरिएको छ। वीरगंज र सो आसपासका क्षेत्रहरूमा नयाँ घरनिर्माणका लागि लाग्ने काठहरूको लागि गाउँमा अर्डर लिएर बिचौलियाहरू जाने क्रम बढेको छ।     सालको काठ अन्यत्र महँगो पर्ने भएकोले गाउँबाट फर्निचर बनाएर बाहिर पठाउने अवैध धन्धा पनि यति बेला निक्कै फस्टाएको छ। तस्कर समूहले भारतीय सीमावर्ती क्षेत्रलगायत सो आसपासका बजा

बैरगनियामा एक घण्टा नाकाबन्दी

Image
प्रस, रौतहट, ९ असोज/     संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले नेपाल–भारतको बैरगनिया सीमामा एक घण्टा नाकाबन्दी गर्‍यो।     आन्दोलनरत मोर्चाले जारी आन्दोलन अन्तर्गत भन्सार नाकामा धर्ना बसी नाकाजाम गरेको थियो। नजिकिंदो चाडपर्वहरूको कारण एक घण्टा मात्र नाकाबन्दी गरेको मोर्चाका जिल्ला अध्यक्ष रामनिवास यादवले बताए।     नाकाबन्दीमा सङ्घीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्यद्वय रामेश्वरराय यादव र रामकिशोर यादव, पूर्वसभासद् रम्भा देवी, जिल्ला अध्यक्ष रामनिवास यादव, महिला अध्यक्ष शोभा साह, तमलोपाका जिल्ला अध्यक्ष बाबुलाल यादव, सद्भावना पार्टीका जिल्ला अध्यक्ष शेख जमसैद, युवा मञ्चका केन्द्रीय अध्यक्ष शम्भु सुप्रिम, केन्द्रीय सदस्य योगेन्द्र यादव, लोकतान्त्रिकका जिल्ला अध्यक्ष अजयकुमार गुप्ता, तमसपाका जिल्ला अध्यक्ष शेख नुरूल होदा, महिला अध्यक्ष किरण ठाकुरलगायतका नेताहरूले अगुवाइ गरेका थिए।     चाडपर्वमा चाहिने आवश्यक सामग्रीहरू मधेसका जनताले पनि भारतबाट नै ल्याउनुपर्ने भएकोले साङकेतिकरूपमा एक घण्टा मात्र नाकाबन्दी गरिएको मोर्चाले बतायो।

संविधानले जनताको भावना समेटेको छ –मन्त्री पौडेल

Image
प्रस, पथलैया, ९ असोज/     युवा तथा खेलकुदमन्त्री एवं स्थानीय सभासद् पुरुषोत्तम पौडेलले सबै नेपाली जनताको भावना समेट्ने गरी संविधान निर्माण भएको र यसको पूर्ण कार्यान्वयनमा सबैले सहयोग गर्नुपर्ने बताएका छन्।     डुमरवानास्थित समाज सुधार कृषि सहकारी संस्थाको तेस्रो वार्षिक साधारणसभाको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पौडेलले असन्तुष्ट पक्षले वार्तामा आएर समाधान निकाल्दै मुलुकलाई एकीकृत र समृद्ध बनाउन लाग्नुपर्ने पौडेलले बताए। नेपालको संविधान सहकारीमैत्री भएको बताउँदै पौडेलले सहकारीहरू आम नागरिकलाई उद्यमी बनाएर सामाजिकरूपमा एकताबद्ध भएर लाग्नुपर्ने बताए।     नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ (नेफ्स्कून)का सञ्चालक कृष्ण पौडेलले सहकारी क्षेत्रको सहभागिता र स्वतन्त्र विकासमार्फत् राष्ट्रिय अर्थतन्त्र सुदृढ गर्ने संविधानले उद्घोष गरेको बताए। पौडेलले सहकारी क्षेत्रलाई संविधानले सम्बोधन गरेकाले यसको कार्यान्वयन भए आर्थिक– सामाजिक रूपान्तरणमा सहकारीको भूमिका महत्त्वपूर्ण हुने बताए।     कार्यक्रममा उत्कृष्ट किसानहरू मानबहादुर भण्डारी र वरुण गौतम, उत्कृष्ट कारोबारकर्ताहरू प्रह्ला