Posts

Showing posts from July, 2015

२०७२ साउन १५ गते शुक्रवार

२०७२ साउन १५ गते शुक्रवार प्रतीक दैनिक

अख्तियारद्वारा नाउक्षेको आवश्यक कागजात कब्जामा मेसु डा. यादवसँग घण्टौं सोधपुछ

प्रस, वीरगंज, १४ साउन/     क्षेत्रीय अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय, हेटौंडाले हालै  नारायणी उपक्षेत्रीय अस्पताल कर्मचारी प्रशासन नियमावली २०६३ संशोधन गरेको विरुद्ध अख्तियारले चासो देखाएको छ।     टोलीले  हिजोदेखि नारायणी उपक्षेत्रीय अस्पतालका कर्मचारीसँग बयान लिन शुरु गरेको र आज कर्मचारीको बयान सकिएको छ।  उपसचिव प्रकाश पौडेलको नेतृत्वमा आएको ३ सदस्यीय टोलीले हिजोदेखि अस्पतालका कर्मचारी तथा स्थानीय बासिन्दासँग सेवा सुविधा तथा आर्थिक अनियमितताको विषयमा गोप्य ढङगले बुझेको पनि छ। नियमावलीमा के छ ?     नाउक्षे अस्पतालको कर्मचारी प्रशासन नियमावली २०६३ लाई संशोधन गर्न वाञ्छनीय भएकोले नाउक्षे अस्पताल विकास समिति (गठन) आदेश, २०४९ को दफा १० ले दिएको अधिकार प्रयोग गरी नियमावली २०६३ १६.१ कमा यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यो नियम प्रारम्भ हुँदाको बखत अस्पतालमा कम्तीमा ५ वर्ष वा सोभन्दा बढी अविछिन्न रूपमा करार वा स्थायी सेवामा कार्यरत रहेका र यस नियमावली बमोजिम सेवा प्रवेशको लागि तोकिएको न्यूनतम योग्यता हासिल गरेका कर्मचारीलाई स्थायी गर्नको लागि दरबन्दीको अधीनमा रह

परवानीपुर बजारको शुल्क बढयो, सेवासुविधा उही

Image
प्रस, परवानीपुर, १४ साउन/     बाराको लिपनीमाल गाविसमा रहेको परवानीपुरका व्यापारीहरू आजभोलि पसल तथा व्यापार सञ्चालन गरेबापत महँगो शुल्क तिर्न बाध्य भएका छन्।     गाउँ विकास समितिको कार्यालय लिपनीमालले गत साउन ११ गतेदेखि लागू गरेको नयाँ शुल्क दरका कारण उनीहरू समस्यामा परेका पसले तथा व्यापारीहरूले गुनासो गरेका छन् । हाल मिठाइ पसलले ८०, चुडी बजारले २०, माछा पसलले ३०, कुखुरा पसलले २५, खसी पसलले ३० शुल्क तिर्नुपरेको छ।     गत वर्षको तुलनामा यस वर्ष २५ प्रतिशतदेखि १०० प्रतिशतसम्म वृद्धि गरिएको परवानीपुरका खसी मासु व्यापारी बसरुद्दिन अन्सारीले गुनासो गरेका छन्। पान पसलले गत वर्ष रु १० तिर्ने गरेकोमा यस वर्ष ठेकेदार सुरेन्द्रप्रसाद यादवले रु २० लिंदैछन्। बजारको अवस्था उही छ, कर मात्र बढाउनु कति जायज छ– व्यापारीहरूले प्रश्न गरेका छन्। बजारको हविगत हेर्ने हो भने केही विकास नभएको उनीहरू बताउँछन्। व्यापारीहरूले आफ्नो खर्चमा बजारको सरसफाइ गराउनुपरेको छ। बर्खामा बजार हिलाम्मे हुन्छ। बजारमा व्यापारको लागि बिजुली,पानीको व्यावस्था मिलाउने जिम्मा कसको हो ? उनीहरूले गाविस सचिव आसमहम्मद मियासँग जिज्ञासा

सरकारको बस्ता नै भारी

    काम नगर्ने मानिसको बहाना ठूलो हुन्छ। भोजपुरीमा एउटा उखान छ–भुस्कोल लइका के बस्ता भारी। जुन विद्यार्थी पढ्नमा कमजोर हुन्छ उसले धेरै किताबकापी बोक्छ। हुनत अहिलेको अङगग्रेजी माध्यमका शिक्षा व्यवस्थाले यस भोजपुरी उखानलाई पाखा लगाइदिएको छ। भुस्कोल होस् वा मेधावी सबैले भारी बस्ता बोक्नैपर्छ। सरकारमा वामपन्थीहरू आएपछि केही न केही नयाँ नारा र कार्यपद्धति ल्याउँछन्। एनेकपा माओवादीका बाबुराम भट्टराई प्रधानमन्त्री भएपछि ‘राष्ट्रिय महत्त्वको आयोजना’ भनेर राष्ट्रलाई चाहिने अति महत्त्वको आयोजना निर्माणलाई प्राथमिकता दिने चुरीफुरी लगाएका थिए। तीमध्ये एउटा निजगढ–काठमाडौं द्रुतमार्ग पनि हो। एकचोटि नेपाली सेनालाई सडकको रेखाङकन गर्ने (बाटोको आधारभूत रूप) जिम्मा दिएपछि त्यस कामले के कति प्रगति गर्‍यो, सरकारले सार्वजनिक गर्ने प्रयाससम्म गरेन र त्यस योजनामा त्यसपछि एक पैसा पनि खर्च भएन, तर त्यो द्रुतमार्ग राष्ट्रिय आयोजनामा गिन्ती चाहिं भइरहेको छ।     यसपालि फेरि त्यो आयोजनाको निर्माण विदेशीलाई दिनुहुन्न, स्वदेशी लगानीमैं बन्नुपर्छ भन्ने बहस चलिरहेको छ। कुनै कामलाई प्राथमिकता दिनुको अर्थ त्यसको निर्माण

एक युग पुरुष एवं सच्चा कर्मयोगीको अवसान

Image
श्रीमन्नारायण     गणतन्त्र भारतका एघारौं राष्ट्रपति एपीजे अब्दुल कलाम सम्भवत: स्वतन्त्र भारतका सबैभन्दा बढी लोकप्रिय राष्ट्रपति थिए। उनको सरल स्वभाव, उत्साह र विनम्रताले उनलाई महान् बनाइदिएको थियो। उनको महानता एवं विराट् छविका सामु राष्ट्रपतिको पद पनि होचो हुन पुगेको थियो। उनी पद र कुर्सीभन्दा पनि ठूला थिए। असल भएर ठूलो बन्नु तथा ठूलो भएर पनि असल बनिरहनु उनको विशेषता थियो। भारतका पूर्व राष्ट्रपति कलामको हालै निधन भएको छ। भारतको सर्वोच्च नागरिक पुरस्कार ‘भारतरत्न’बाट सम्मानित तथा मिसाइलम्यानको नामले परिचित कलामको निधनले भारतलाई त अपूरणीय क्षति भएको छ नै, यस क्षेत्र र पूरै विश्वले बहुमूल्य निधि गुमाएको छ।     कलामलाई आम जनताको राष्ट्रपति भनिन्थ्यो। आफ्नो विनम्र स्वभावका कारण प्रोटोकोलको पनि वास्ता नगरी उनी सहजरूपमा जोसँग पनि संवाद कायम गर्दथे। राष्ट्रपति बनिसकेपछि पनि उनी आम नागरिक सरह जीवन बिताउँथे। उनको लोकप्रियताको ठूलो कारण थियो– उनी युवाहरूका निम्ति निस्स्वार्थी मार्गदर्शक तथा प्रेरणाका स्रोत थिए। उनको मान्यता थियो–युवाहरूलाई मार्गदर्शन गर्नु उनको कर्तव्य हो। युवा र छात्रहरूसँग संव

निर्माणमा फलामे डण्डि/रडको प्रयोग्

Image
ई. गोपाल श्रेष्ठ     निर्माणमा फलामे डन्डी/रडको प्रयोग गत आधा शताब्दीदेखि नेपालमा तीव्र प्रचलनमा आएको देखिन्छ। नेपालमा विशेषगरी विस २०१८ सालमा हिमाल स्टील उद्योग खुलेपछि नेपालीले फलामे डन्डी जनस्तरमा, घरलगायत अन्य निर्माण कार्यमा प्रयोग गर्न थाले। त्यति बेला वर्षको १० हजार टन डन्डी खपत हुन गार्‍हो थियो। अहिले ४ लाख टन सम्म खपत भएको तथ्याङकले देखाउँछ। फलामे डन्डी खपत पनि विकासको सूचाङक हो। ठूला–ठूला भौतिक पूर्वाधारहरू– भवन, पुल, विमानस्थल, सुरुङमार्ग, जलविद्युत् गृहमा डन्डी प्रयोग नगरी हामी निर्माणको काम गर्ने कल्पना पनि गर्न सक्दैनौं। आजकल त साधारण घर, गाउँ–घरका खानेपानीको ससाना ट्याङकी, शौचालय आदि निर्माणमा समेत डन्डी प्रयोग गर्ने चलन भएको हामीले अनुभव गरि नै रहेका छौं।     फलामे डन्डी उत्पादन प्रविधिमा पनि जनस्तर तथा उपभोक्ताको माग र समायानुसार परिवर्तन आइरहेछ। पाँच दशक पहिले हामी प्लेन वार रड उत्पादन र प्रयोग गर्दथ्यौं भने आज थर्मोमेकानिकल–ट्रिटमेन्ट अर्थात् टिएमटि वार उत्पादन र प्रयोग गर्दैछौं। प्लेन वार र टिएमटि प्रविधिबीच हामीले डिफर्म बार र टोरस्टील बारलाई बटारेर पनि उत्पादन तथ

मधेसको विकास र संविधान मस्यौदाको विरोध

Image
वीरेन्द्र यादव     लामो समयपछि संविधानसभाले संविधानको मस्यौदा प्रस्तावित गर्‍यो, जसको मधेसमा समर्थनभन्दा बढी विरोध भयो। आफैंले आफ्नो लागि बनाउने संविधानको सबैभन्दा बढी आवश्यकता मधेसलाई छ। तर मस्यौदा हेर्नेबित्तिकै मधेसमा आगो बल्यो। जताततै मस्यौदा जलाइयो मात्र। हजारौं सुरक्षाकर्मीको घेराबन्दीमा पनि दुईचार जनाभन्दा बढीले राय–सुझाव दिन सकेनन्। मस्यौदामा मधेसी नेताभन्दा बढी विमति आम जनता, बौद्धिक वर्ग एवं विश्लेषकहरूको छ। जुन गम्भीर विचारणीय कुरा हो। मस्यौदाको विरोध मधेसमा हुनुको प्रमुख कारण हो मस्यौदामा मधेसको आर्थिक विकासको पूर्वाधार छैन। विगतकै विभेद र असमावेशिताको निरन्तरता छ। प्रान्तको नाममा अर्को दासत्व लादिएको आशङका छ। ६ दशक अघिदेखि शुरु भएको योजनाले तराईको आर्थिक विकासमा जति योगदान गर्नुपर्ने हो त्यति नगर्ने पक्का छ। यसको प्रमुख कारण राजनीतिक हस्तक्षेप र प्रभावकारी अनुगमनको अभाव हो। पञ्चवर्षीय योजना र वार्षिक बजेटमा खासै तालमेल देखिन्न। तराईको विकासको समस्याको समाधान स्थानीय सहयोग र समर्थनबाट गर्नुपर्नेमा केन्द्रीकृत सोचको आधारमा मात्र गरिने प्रयास हुँदै आएकोले असफल भइएछ।     तराई

धान धन हो तर मनसुनमाथि निर्भर

Image
शीतल महतो     वर्षायाममा वरिपरि खेत बाँझै देखिन्छ। केही दिन अघि जसोतसो रोपिएको धान पनि पहेंलिएको छ। वर्षा नभएको कारण लामो खडेरीले रोपाइँ गर्न नपाएपछि अन्नको भण्डार मानिएको तराई–मधेसका किसानहरू टन्टलापुर घाममा पुर्पुरोमा हात लगाएर आकाशतिर हेरिरहेका छन्। मुठी रोपेर मुरी उब्जाउन अहोरात्र खेतमा खट्ने अहिलेको बेलामा लामो खडेरीले रोपाइँ हुन नसक्दा यस क्षेत्रका किसानलाई चिन्तित मात्र तुल्याएको छैन, आफ्नो जीविका कसरी चलाउने भन्ने चिन्ताले त्यतिकै सताएको छ। सामान्यतया जूनको पहिलो सातामा शुरु हुने मनसुन यस वर्ष जुलाईको अन्त्यतिर आउँदासम्म पनि शुरु हुन सकेको छैन। नेपालको अधिकाश खेतीयोग्य जमिन अकाशेपानीमा निर्भर छ। मौसम प्रतिकूलताका कारण तराईमा अहिलेसम्म २५ देखि ३० प्रतिशत मात्र धान रोपाइँ भएको अनुमान छ। जसले गर्दा यस वर्ष धानको उत्पादनमा कमी आउने निश्चित छ। यसरी बढ्दो जनसङ्ख्यालाई पुग्नेगरी खाद्यान्नको उत्पादन हुन नसक्दा मुलुक खाद्य असुरक्षा तर्फ जाने अनुमान सजिलै गर्न सकिन्छ। बढ्दो खाद्य असुरक्षा अन्त्य गर्न किसानलाई व्यावसायिक खेती गर्न सरकारले प्रोत्साहित गर्न नसक्दा वार्षिक अर्बौ रुपियाँ खाद

कुरा सानो प्रभाव ठूलो

Image
विश्वराज अधिकारी     हामी आर्थिक विकासका कुराहरू गर्छौ र आर्थिक विकासलाई व्यक्ति र परिवारको सम्पन्नतासँग जोड्छौं, भौतिक सुखबाट पाउने सन्तुष्टिको आकारलाई हेर्छौ। अनि आर्थिक सम्पन्नतालाई आम्दानीका विभिन्न स्रोतहरूसँग जोड्छौं । यसैगरी विभिन्न किसिमका खर्च र खर्च गर्ने सक्ने क्षमतालाई पनि आर्थिक सम्पन्नतासँग जोड्छौं। तर आम्दानी र खर्च दुवैलाई अति प्रभावित गर्ने सामाजिक परम्पराका कुराहरू भने गर्दैनौं। हाम्रो आर्थिक जीवन वा समृद्धिलाई प्रभावित गर्ने कतिपय सामाजिक कुप्रथालाई त परिवर्तन गर्न समेत चाहँदैनौ र तिनलाई बिनासङकोच निरन्तरता दिन चाहन्छौं। ती कुप्रथामाथि उल्टो सन्तुष्टिका साथ गर्व गर्छौं। एउटा गतिलो आम्दानी (पेशा, व्यवसाय वा अन्य स्रोतबाट आर्जित आय) ले व्यक्ति, परिवार र सम्पूर्ण समाजको आर्थिक अवस्था सुधार गर्न जति ठूलो योगदान पुर्‍याएको हुन्छ त्यसभन्दा हजारौं गुणा बढी प्रभाव मात्र एक कुप्रथाले पारेको हुन्छ। र त्यो कुप्रथाले व्यक्ति र परिवारलाई गरिबी र कुसंस्कारको दलदलबाट बाहिर निस्कन दिंदैन। अनि हाम्रो अरण्यरोदन शुरु हुन्छ। हामी गरिब भएर अवसरहरू गुमायौ, दु:ख पायौ भन्ने क्रन्दन निस्कन

२०७२ साउन १४ गते बिहीवार

२०७२ साउन १४ गते बिहीवारको प्रतीक दैनिक पढ्नुहोस् ।

बिहे गर्ने लालच देखाई वीरगंजका युवकसँग १ करोड ठग्ने महिला हिरासतमा

प्रस, वीरगंज, २० साउन/     वीरगंजका एकजना व्यवसायीका  छोरालाई प्रेमजालमा पारी बिहे गर्छु भन्दै  झापाली महिलाले एक करोड ६ लाख रकम लिएको समाचार प्रकाशमा आएको छ ।     ठगी गर्ने महिलासहित उनका बुवा तथा भाइलाई पर्सा प्रहरीले पक्राउ गरी ठगी मुद्दा चलाएको छ । घटना वीरगंज मुर्ली, सुरेश आयलको सञ्चालक परिवारसँग सम्बन्धित छ । घटना विवरण अनुसार वीरगंज–१५ मुर्ली निवासी पेट्रोलियम व्यवसायी रामजी सिकरियाका छोरा २५ वर्षीय आकाश सिकरियालाई झूटो प्रेमजालमा फसाई विवाह गर्ने भन्दै रु एक करोड ६ लाख रुपियाँ ठग्ने झापा, अर्जुनधारा गाविस–२ स्थायी घर भई ललितपुर उपमहानगरपालिका–१४ निवासी २५ वर्षीया  युरिका ढकाल हुन् ।     आफ्नो सर्वस्व ठानेर करोडौंं रुपियाँ खर्च गरेको प्रेिमका अर्कैकी पत्नी भएकी रहस्य खुलेपछि आकाश अहिले घर न घाटको भएका छन् । रकम फिर्ता गराउन जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी गरेपछि अनुसन्धान प्रक्रिया अगाडि बढेको प्रहरी उपरीक्षक दिवेश लोहनीले जानकारी गराए ।     चार वर्षदेखिको प्रेम सम्बन्ध साकार पार्न आकाशले काठमाडौंमा रहेकी प्रेिमका युरिका ढकाललाई बिहे गर्न असारको चौथो हप्ता वीरगंज बोलाएपछि य

‘एसियन हाइवे’ सर्भे हुँदैं वीरगंज–कोदारी सडकखण्ड ६ लेन हुने

Image
प्रस, परवानीपुर, १३ साउन/     एसियन हाइवे अन्तर्गत नेपालमा परेको दुई राजमार्गमध्ये त्रिभुवन राजमार्गको सर्भे विगत चार दिनदेखि जारी छ । नेपालमा वीरगंज–काठमाडौं–कोदारी सडकखण्डको (एएच ४२) सिल्ड इन्जिनियरिङ कन्सल्टेन्सी काठमाडौंले सर्भे शुरु गरेको हो ।     राजमार्गको वास्तविक अवस्था, राजमार्ग छेउछाउका बस्तीहरू, यातायात सड्ढेतहरू, पोल, कल्भर्ट, पुल, सबैको सर्भे भइरहेको इन्जिनियर सागर पराकोठीले बताए । नेपालमा अर्को काकडभिट्टा–नारायगढ–महेन्द्रनगर राजमार्गको पनि सर्भे हुने जनाइएको छ ।     संयुक्त राष्ट्र सङ्घको अगुवाइमा सन् २०११ मा एसियन हाइवे कार्यदलको थाइल्यान्डको बैंककमा सम्पन्न चौंथो बैठकले यी दुई राजमार्गलाई आगामी दिनमा स्तरोन्नति गर्दै ६ लेन बनाउने योजना अगाडि सारेको थियो ।     नेपालमा पर्ने एसियन हाइवेले विशेषगरी चीन, नेपाल, भारतलाई छुने भएकोले यी देशमा व्यापार प्रवद्र्धनमा टेवा पुग्ने उद्देश्यले एसियाली विकास बैंकको ऋण सहयोगमा सम्बन्धित देशले राजमार्गको काम गर्ने सम्झौता भएको थियो । राजमार्गको केही काम विगतमा पनि हुदै आएको छ र हाल पनि चालू छ ।     वीरगंज–काठमाडांै–कोदारी राजमार्गले स

ठोरीको सिंचाइ विवाद साम्य दुवै पक्षले पानी प्रयोग गर्ने गरी वार्ता सम्पन्न

Image
प्रेम लामा, ठोरी, १३ साउन/     ठुटेखोलाबाट बग्ने कुलोको मुहान भारतीय पक्षले जबरजस्ती भत्काएर लगेपछि तीन दिन यता सिर्जित विवाद समाधान भएको छ ।     इप्रका ठोरीमा दुवै देशका अधिकारीहरूबीच सम्पन्न लामो छलफल पछि भएको मौखिक सहमतिपश्चात् विवाद समाधान भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले बताएका छन् ।     नेपालीको लुटिएको सामान फिर्ता गर्ने, दोषीलाई कारबाई गर्ने, सीमा क्षेत्रमा नेपालीमाथि दुव्र्यवहार हुन नदिनेलगायत आश्वासन भारतीय पक्षले दिएपछि नेपाली पक्षले पनि भारतीय पक्षले प्रयोग गर्ने कुलोमा ४० प्रतिशत पानी छाड्न तयार भएपछि विवाद टु·िएको हो ।     भारतीय पक्षले नेपालीको लुटिएको सामान फिर्ता गरेपछि आआफ्नो कुलोमा पानी लैजाने सहायक प्रजिअ जोशीले बताए । वार्तामा सहभागी भारतका एसडिएम कौशल कुमार र एसएसबीका कमान्डेट अमितकुमार ठाकुरले परम्परादेखि जसरी दुवै देशका जनताले कुलोको पानी प्रयोग गर्दै आएका छन् त्यसरी नै त्यसलाई निरन्तरता दिन आग्रह गरेका थिए । नेपाली पक्षले भने आफ्नो भूमिको पानी भारतीय पक्षलाई प्रयोग गर्न दिंदासमेत नेपालीमाथि कुटपिट हुने, कुलोको मुहान भत्काउने, सडकको पुलपु

पर्सा जिल्लालाई सुख्खाग्रस्त क्षेत्र घोषणा गर्न माग

Image
प्रस, वीरगंज, १३ साउन/     नेपाली काङ्ग्रेसको भातृ स·ठन नेपाल किसान सङ्घको बैठकले पर्सा जिल्लालाई सुख्खा क्षेत्र घोषणा गर्नुपर्ने माग गरेको छ । पर्सा जिल्लामा अहिलेसम्म रोपाइँ नभएको, खोलानालाको पानी सुकेको, विकल्पमा राज्यले सिंचाइको व्यवस्था नगरेकोले पर्सा जिल्लाका कृषक समस्यामा परेका किसान सङ्घका अध्यक्ष असर्फी साह तेलीले बताए ।     आज सम्पन्न बैठकले प्रजिअमार्फत् नेपाल सरकारलाई शुक्रवार ज्ञापन बुझाउने तथा सरकारले तत्काल पर्सा जिल्लाका लागि सिंचाइको वैकल्पिक व्यवस्था गर्न माग गरेको सङ्घका प्रतिनिधि सहरूम राउत गद्दीले बताए । अहिलेसम्म पानी नपर्दा किसान समस्यामा परेकाले विभिन्न पार्टीसँग आबद्ध किसानहरूलाई ऐक्यबद्ध बनाई पर्सा जिल्लालाई सुख्खा क्षेत्र घोषणा गराउन दबाबमूलक कार्यक्रम गर्ने बैठकमा अध्यक्ष साहले बताए ।     पर्सा जिल्लामा यस वर्ष ४६ हजार ७ सय हेक्टर खेतमा धान रोपाइँ गर्ने लक्ष्य रहे तापनि हालसम्म १५ हजार हेक्टर खेतमा रोपाइँ भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । यसपालि मात्र ४० प्रतिशत धान रोपाइँ भएको सो कार्यालयको तथ्याड्ढमा देखिएको छ । रोपेको खेतमा पनि धाँजा फाटेको छ

किसानको सुनिदिने कोही छैन........

Image
सञ्जय साह ‘मित्र’     मधेसमा पानी नपरेर अहिले किसानले निकै ठूलो सास्ती भोग्नुपरेको छ । नेपाली किसानको बाध्यता हो कि आकाशेभरमा खेती गर्नुपर्छ । यसको विकल्प पनि भरपर्दो हुन सकेको छैन । कतिपय ठाउँमा नहरको पहुँच भएको भए पनि नहरको पानी समयमा खेतसम्म नपुगेर यसपालिको खेती बिग्रेको हो । मुख्यगरी पूर्वी तराईका अधिकांश जिल्लामा आकाशे पानी नपरेको अवस्था रहेकोले किसानको चिन्ता निकै बढेको छ । समयमा पानी नपर्दा यसले देशमा नै उब्जनी घट्ने भविष्यवाणीहरू गरिन थालेको छ । यस किसिमको भविष्यवाणी कुनै ज्योतिष वा बाहुनले गरेकोभन्दा किसानहरू आफैंले गरेका हुन् । किसानको भविष्यवाणीमा चिन्ताको मात्रा अत्यधिक देखिन्छ र चिन्तासँगै यथार्थ पनि झल्किएको स्पष्ट देखिन्छ ।     धेरै किसानको खेती यस कारण हुन सकेको छैन कि खेतमा पर्याप्त पानी पुग्न सकेको छैन । आकाशे भरमा खेती हुने र खेतीको समयमा आकाशबाट पानी नझर्दा किसानले समयमा खेती गर्न नपाएका हुन् । सोझोरूपमा हेर्दा देखिने यथार्थ यही हो तर किसानको समस्यालाई राज्यले आफ्नो समस्याको रूपमा लिएको देखिंदैन भन्ने कुरो पनि यहीबाट बुझिनुपर्ने हो । अझ एक पाइला अगाडि बढेर सोच्ने

सोच र कार्यक्रमको दूरी

    मानिसले पहिले कल्पना गर्दछ, कल्पनालाई साकार पार्न कार्ययोजना बनाउँछ अनि काममा लागिपर्छ । यसरी कुनै काम सम्पन्न हुन्छ । नेपाल सरकारले पर्सा जिल्लाको रामभौरीभाठाको दुग्धेश्वर महादेवको प्रख्याति र यसबाट जिल्लामा धार्मिक पर्यटन अभिवृद्धिका लागि सोच त बनायो तर कार्ययोजना बनाउन सकेन । वा कार्ययोजना बनाएर पनि त्यसको कार्यान्वयनमा उदासीन भयो, बुझ्न सकिएको छैन । कार्ययोजना भनेको नीति हो । रामभौरीभाठा पर्सा वन्यजन्तु आरक्षभित्र पर्ने हुनाले हो वा दुग्धेश्वर महादेवलाई ख्याति दिलाउन हो, त्यहाँको बस्ती स्थानान्तरण गरेको लामो समय बितिसकेको छ । आरक्षको मर्म अनुसार बस्ती हटाइएको हो भने त्यस ठाउँमा वर्षमा दुईपटक, त्यो पनि एक महिना र सात दिनका लागि मेला (तीर्थयात्रा) लगाएर आरक्षको मर्यादा उल्लङ्घन हुने काम किन गरिंदैछ, होइन त्यस ठाउँलाई धार्मिक पर्यटनकै लागि व्यवस्थित गर्ने सोच हो भने आजसम्म त्यसका लागि प्रयास किन गरिएन भन्ने टडकारो प्रश्न खडा भएको छ । रामभौरीभाठामा रहेको दुग्धेश्वर महादेवको मेला भर्न नेपाल मात्र होइन, भारतबाट पनि लाखौं दर्शनार्थी आउने गर्दछन्, यस भेगमा दुग्धेश्वर महादेवको ख्याति वै

२०७२ साउन १३ गते बुधवार

२०७२ साउन १३ गते बुधवारको प्रतीक दैनिक पढ्नुहोस् ।

२०७२ साउन १२ गते मङ्गलवार

२०७२ साउन १२ गते मङ्गलवारको प्रतीक दैनिक पढ्नुहोस् ।

ठोरीको सिंचाइ विवाद सुल्झिएन

Image
प्रस, ठोरी, १२ साउन/     पर्साको ठोरीमा रहेको ठुटे खोलाको कुलोको विषयलाई लिएर नेपाल र भारतीय किसानबीच भएको विवाद सामधानका लागि प्रयास भए पनि सफल हुन सकेको छैन ।     वार्ताका लागि सदरमुकाम वीरगन्जबाट पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशी, सशस्त्र प्रहरी उपरीक्षक भीमबहादुर थापा र नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक वीरबहादुर ओली आज ठोरी पुगेका छन् ।     ठोरी र निर्मलबस्तीका स्थानीयले भारतीय पक्षसँग वार्ता नगरी भारतीयले प्रयोग गर्दै आएको कुलोको पानी नेपालतर्फ फर्काउनु पर्ने अडान लिएका कारण वार्ता शुरु हुन नसकेको प्रहरी नायब उपरीक्षक ओलीले बताए ।     नेपाल र भारत दुवैतर्फको आआफ्नो सीमा क्षेत्रमा अहिले पनि दुवै देशका नागरिक जम्मा भएर बसेकाले स्थिति तनावपूर्ण रहेकोले अवस्था सामान्य भइसकेपछि मात्र भारतीय सुरक्षा अधिकारीहरूसँग वार्ता शुरु हुने ओलीले जानकारी दिए ।     यसैबीच नेपाली सुरक्षा अधिकारीहरूले वार्ताको नाममा भारतीयसँग झुक्न खोजेको भन्दै ठोरी र निर्मलबस्तीका बासिन्दाले ठोरीस्थित सीमा क्षेत्रमा नेपाली प्रहरी प्रशासनको विरोधमा केही बेर नाराबाजीसमेत गरेको बताइएको छ ।     ठुटे ख

दुधेश्वरनाथ महादेव मन्दिरमा साउने मेलाको तयारी तीव्र

Image
प्रमोद यादव, र·पुर, १२ साउन/     सोनबर्सा गाविस–९ रामभौरीभाठाको दुग्धेश्वरनाथ महादेव मन्दिरमा साउन १५ गते शुक्रवारदेखि साउने मेला लाग्दैछ ।     दुग्धेश्वरनाथ महादेव मन्दिरमा प्रत्येक वर्ष साउनमा लाग्ने एकमहिने मेलाको लागि सबैखाले तयारी धुमधामले भइरहेको छ । मेला भर्न भारतसमेतबाट श्रद्धालु भक्तजन ठूलो सङ्ख्यामा आउने हुनाले उनीहरूलाई समेत ध्यानमा राखेर तयारी भइरहेको बताइएको छ ।     स्वास्थ्य शिविर, धर्मशाला र विभिन्न समुदायका मानिसहरूले मेला भर्न आउने भक्तजनका लागि निश्शुल्क भोजनादिको तयारी शुरु गरेका छन । वीरगंजबाट करिब ५५ किलोमिटर दूरीमा रहेको रामभौरीभाठामा मेला भर्न नेपाल तथा भारतबाट लाखौंको सङ्ख्यामा श्रद्धालु भक्तजन साउन १५ गतेदेखि आउँदैछन् ।     अहिले मेलाको लागि आवश्यक पसल खुल्ने क्रम शुरु भइसकेको छ । एकमहिने मेलाको लागि नेपाल र भारतका व्यापारीहरू सो स्थलमा पुगी आफ्नो कारोबारको चाँजोपाँजो मिलाउँदै छन् । भाकल पूरा भएपछि इच्छाइए अनुसार अष्टजाम, भजनकीर्तन, कथावाचनका लागि भक्तजन दुग्धेश्वरनाथ महादेवको मन्दिरमा आउने गर्दछन । बर्सेनि लाग्ने मेलामा भक्तजनको भीडलाई मध्येनजर गरी यस वर्षदे

उपलब्धि गुम्ने खतरा : गुमाउने को ?

Image
– गोपाल ठाकुर     श्री ४ को सरकारले पञ्चायती गणतन्त्रको संविधान बनाउन लागेको विदितै छ । चार दलका श्रीसुप्रिमोहरूको सरकार, श्री ४ को सरकार, पहिले सोर्‍ह बुँदे सहमति र त्यसैको आधारमा यस सरकारको ३७ भाग, २९७ धारा र ७ अनुसूचीसहितको संविधान मस्यौदा सार्वजनिक भएको छ । त्यसमा दुई हप्ताको अवधिमा दुई दिन भए पनि जनताबाट सुझाव सड्ढलनको नाटक पनि मञ्चन भएको छ । सुझाव सड्ढलनको क्रममा विभिन्न कोणबाट त्यसको सशक्त विरोध पनि भएको छ । हिजो लोकतन्त्र र साम्यवादका मसिहा भनेर चिनिएका कथित नेताहरू यस क्रममा जनताबाट घेरिएका र ढु·ामुढा खेपेका खबरहरू सम्प्रेषण भएकै छ । त्यस्ता नेताहरूमा माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नाम अगाडि आएको हो । यस्ता जनविद्रोहका घटना मधेसमा बढी भएको पनि यथार्थ हो ।     जे भए पनि दुई लाख जति सुझावहरू श्री ४ को सरकारले प्राप्त गरेको खबर पनि अहिले सम्प्रेषण भइरहेको छ । सुझावहरू २००७ सालदेखि अहिलेसम्मका सशस्त्र–निशस्त्र आन्दोलन र विद्रोहको अभिमतसँग मेल खाने र नखाने दुवै खालका रहेका छन् । अहिलेसम्मको आन्दोलन र विद्रोहको अभिमत अनुसार नेपालको सुगम अग्रगमनको लागि गणतन्त्र, राष्

मस्यौदामा मधेस

Image
विनोद गुप्ता     साउन ९ गतेको कान्तिपुर दैनिकमा दुईवटा लेख पढ्ने मौका मिल्यो । दुवै लेखबाट प्राप्त अनुभव अद्भुत रह्यो । अखण्ड भण्डारीको ‘छायामा मधेसका मुद्दा’ र श्याम श्रेष्ठको ‘नसच्याइ नहुने दोषहरू’ पढ्दा तराईका वास्तविक मुद्दाहरू कसरी ओझेलमा पारेर आम जनतालाई भावनात्मकरूपमा प्रयोग गरिएको छ स्पष्ट हुन्छ ।     अखण्ड भण्डारी नागरिकता सम्बन्धमा लेख्नुहुन्छ– स्टेरिङ समातेका शेख अनवारूलले मलाई सोधे– नेपाली केटासँग बिहे गरेका विदेशी केटीले १५ वर्ष नागरिकता पाउँदैन रे हो ? अखण्डले भन्नुभएछ– त्यस्तो होइन, विदेशी केटालाई मात्र त्यस्तो नियम हो र संविधानको मस्यौदाको धारा १३ (२) पढेर सुनाउनुभएछ, जसमा लेखिएको छ– नेपाली नागरिकता लिन चाहेमा निजले विदेशी नागरिकता परित्याग गर्ने  कारबाई चलाएपछि कानुन बमोजिम नेपालको नागरिकता प्राप्त गर्न सक्नेछ । यो सुनेपछि अनवारूल सन्तुष्ट भए । त्यसैगरी अखण्डसँग रहेका अरूहरू पनि सन्तुष्ट भए तर म सन्तुष्ट हुन सकिनँ । किनभने हालसम्म कायम व्यवस्था अनुसार विवाह दर्ताको प्रमाणपत्र प्रस्तुत गरेपछि वैवाहिक सम्बन्धकै आधारमा नेपालको अ·ीकृत नागरिकता प्राप्त भइरहेको अवस्थामा नय

चापाकल सुक्न थाले

    अब वीरगंजकै चापाकलहरू सुक्न थाले । चापाकल खडेरी परेकोले सुक्न थालेको कुरा आधा सत्य हो । चापाकलहरू सुक्ने अर्थात् भूमिगत जलस्रोत निरन्तर तल गइरहेको कारण, खडेरी त तात्कालिक हो, वर्षात् भएपछि चापाकलमा पानी आउन थाल्छ । भूमिगत जलस्रोत निरन्तर तल जानुमा भने हामी दोषी छौं र खडेरी पर्नुमा पनि केही न केही मात्रामा हाम्रो दोष छ । प्रकृतिले सम्पूर्ण प्राणीका लागि अविचल व्यवस्था गरिदिएको पर्यावरणलाई हामी जतिजति सभ्य हुँदै गयौं असन्तुलित पार्दै गयौं । धरतीको दोहन गरेर जथाभावी खनिजतेल हामीलाई नै चाहिएको छ, विभिन्न रसायनहरूको उत्पादनको दरकार हामीलाई नै छ, वनज·ल मासेर गृहनिर्माणदेखि सम्पत्ति थुपार्ने आवश्यकता हामीलाई नै छ । वनज·ल मासेर धरतीलाई ना·ो पार्ने हाम्रो प्रयास जबसम्म चलिरहन्छ, पानीको स्रोत तलतल अझ तल जाँदै गर्छ । र एक दिन त्यो पनि आउँछ जब हामी धरतीको गर्भबाट पानीको साटो खतरनाक रसायन मात्र पाउन थाल्छौं । किनकि धरतीले मानिसको सजिलोका लागि पानीको सतह माथिमाथि मात्रै राखेको छ, तलतल उष्मा र रसायन भरिएको छ ।     हामीले सानैदेखि पढेको पाठ हो– वनज·ल, झारबुटयान, घाँसपात रहेन भने वर्षाको पानी बगेर

ठोरीमा तनाव, भारतीय पक्षको प्रहारबाट प्रहरी जवानसहित चारजना घाइते

Image
प्रस, ठोरी, ११ साउन/     नेपाल–भारत सीमा क्षेत्र ठोरी सोमवार दिनभर तनावग्रस्त बन्यो । सिंचाइ कुलोमा पानी लैजाने विषयमा नेपाल र भारतका किसानहरूबीचको  विवाद झडपमा परिणत भएपछि सिंचाइ कुलोको मुहान ठोरी–ठुटेखोला क्षेत्र दिनभर रणभूमि जस्तै बन्न पुग्यो ।     नेपालभित्रको सिंचाइ मुहानबाट भारतीय पक्षले आफूले प्रयोग गर्ने दुईवटा कुलोमा ७५ प्रतिशत पानी लैजाने अडान राखेपछि दुई दिनयता सीमा क्षेत्रमा तनाव बढेको थियो ।     सोमवार दिनभर दुवै पक्षबीच ढु·ा हानाहान हुँदा भारतीय पक्षले प्रहार गरेको घुयेंत्रोले लागेर एकजना प्रहरी जवानसहित चारजना नेपाली घाइते भएका छन् ।     घाइते हुनेमा इप्रका ठोरीमा कार्यरत प्रहरी जवान नन्दुलाल महतो, निर्मलबस्ती–१ रामनगर निवासी ५८ वर्षीय कृषक चन्द्रबहादुर मिजार, ४८ वर्षीय प्रेम सुँयाललगायत र निर्मलबस्ती –२ बुद्धनगर निवासी नारायणप्रसाद पाठक रहेका छन् ।     उनीहरूमध्ये प्रहरी जवान महतोको टाउकोमा गम्भीर चोट लागेकोले उनलाई उपचारको लागि चितवनको नारायणगढतर्फ लगिएको छ ।     सीमावर्ती भारतीय गाउँ भवानीपुर, एकवा, प्रसौनी र खैरेटियाका मानिसहरू हतियारसहित नेपाल प्रवेश गरी नेपाली पक

भूमाफियाको चलखेल बढेपछि भारतीय नागरिक स्व. हजारीमलको जग्गा राष्ट्रियकरण गर्ने तयारी

प्रस, वीरगंज, ११ साउन/     भारतीय नागरिक स्व. हजारीमलको हकभोग गर्ने एक मात्र छोरा बोइत रामको समेत निधन भएपछि बेवारिसे रहेको पर्सा जिल्लाका जग्गाहरू मालपोत कार्यालय, पर्साले राष्ट्रियकरण गर्ने काम शुरू गरेको छ ।     स्व. हजारीमलका छोरा बोइत रामसमेतको निधन भएपछि भूमाफियाहरूले निजहरूको नाममा पर्सा जिल्लामा रहेका जग्गाहरू किर्ते गरी आफ्नो नाममा गर्ने प्रयास गर्दा स्थानीय प्रशासन र अख्तियारमा मुद्दा परेपछि जग्गा रोक्का भएको थियो ।     रोक्का गरेको जग्गा विगत १० वर्षमा भूमाफियाहरूबाहेक वास्तविक हकवालाको हकदाबी नपरेपछि मालपोत कार्यालय, पर्साले स्व. हजारीमलको नाममा रहेको जग्गाहरू राष्ट्रियकरण गर्ने काम शुरु गरेको प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले बताए ।     स्व. हजारीमलको नाममा वीरगंजको मुर्लीमा कि.नं. ५१९ को ७ कठ्ठा, छपकैयामा कि.नं. २१० र २५३ को २ कठ्ठा, इनर्वाभाठामा किनं. ८४ को ६ कठ्ठा १५ धुर र सखुवा परसौनीमा किनं. १२२ र ३१ को गरी करिब २ बिघा जग्गा रहेको छ । भूमाफियाहरूले हजारीमल र निजको हक खाने एक मात्र छोरासमेतको निधन भएको र निजहरू भारतीय भएको चाल पाएर विभिन्न पटक सो जग्गा आफ्नो नाममा

नयाँ संविधानको मस्यौदा र मधेसको विरोध

Image
अधिवक्ता वीरेन्द्रप्रसाद यादव     केही दिन पहिले  प्रस्तावित संविधानको मस्यौदामा आम जनता तथा बौद्धिक वर्गले दिएको रायपछि दल र तिनका नेताहरूले आफ्नो ढिपीबाट पछि हट्ने सड्ढेत गरेका छन् । संंविधान जारी भएपछि नक्साड्ढन र सीमाड्ढन गर्नेगरी १६ बुँदे सहमति गरेका काङ्ग्रेस तथा मधेसी जनाधिकार फोरम लोकतान्त्रिक उहिले नै पछि हटिसके भने शासकीय स्वरूपबारे यतिखेर एमाले र एमाओवादीका नेताहरूको धारणा परिवर्तन हुँदैछ । संसदीय व्यवस्थासहितको शासकीय स्वरूपमा सहमति जनाएका एमाले र एमाओवादी पुन: प्रत्यक्ष निर्वाचित कार्यकारीको लाइनमा उभिएका छन् । जनताको सुझाव अनुसार परिवर्तन ल्याउनु लोकतान्त्रिक चरित्र भए पनि नेताहरू जनादेशभन्दा माथि हुने दुस्साहस गरेका छन् । किनभने निवर्चानताका उनीहरू यही प्रस्ताव राखेर मत मागेका थिए तर जितेपछि प्रतिबद्धताबाट हटे । तर उनीहरू हटे पनि जनताले खबरदारी गरिरहयो । यसबाट दलहरू आफ्नो प्रतिबद्धता मुताबिक र जनताले निर्वाचनबाट दिएको मतादेशविपरीतको मस्यौदा प्रस्तावित गरेको पुष्टि भयो र मतादेश विपरीतको मस्यौदा आम जनतालाई स्वीकार्य छैन भन्ने पनि पुष्टि भयो । यस अवस्थामा चार दलका चार शीर