Posts

Showing posts from March, 2015

२०७१ चैत १६ गते सोमवार

२०७१ चैत १६ गते सोमवार को पत्रिका  पढ्नुहोस

३० दलीय मोर्चाद्वारा लाठी जुलुस प्रदर्शन, प्रहरी र प्रदर्शनकारीबीच ठाउँ–ठाउँमा झडप, दुबैतर्फ घाइते

Image
प्रस, वीरगंज, १५ चैत/     एकीकृत माओवादी नेतृत्वको ३० दलीय मोर्चाले आज वीरगंजमा लाठी जुलुस प्रदर्शन गर्‍यो ।     घण्टाघरबाट निस्केको लाठी जुलुसमा सहभागीहरूको लाठी खोस्ने क्रममा माईस्थान चोकमा प्रहरी र आन्दोलनकारीबीच भएको सामान्य झडपमा प्रहरीतर्फ दुईजना र आन्दोलनकारीतर्फ करिब ८ जना घाइते भएको बताइएको छ । जिप्रका पर्साले माईस्थान चोकमा प्रदर्शनकारीहरूले प्रहरीलाई निशाना बनाएर लाठी प्रहार गरेको र सोबाट प्रहरी निरीक्षक बिजुली भुँजेल र प्रज सन्तोष पटेल घाइते भएको प्रहरी प्रवक्ता वीरबहादुर ओलीले बताए । उनले ५७ वटा लाठी प्रहरीले नियन्त्रणमा लिएको जानकारी गराएका छन् ।     यता प्रदर्शनकारीहरूमध्ये ८ जना घाइते भएका मोर्चाका पर्सा संयोजक प्रदीप यादवले बताएका छन् ।     उनले आफूसमेत रामसपाका केन्द्रीय सदस्य राजेशमान सिंह, सद्भावना पार्टी पर्साका अध्यक्ष इमदाद गद्दी, इन्द्रकान्त दास, बाबूराम कौशिक, सन्तोष पासवान, गगनदेव पटेल, ओमप्रकाश साह, मुख्तार अन्सारी, पिन्टु उपाध्याय र वकिल मियाँलगायत सामान्य घाइते भएको बताए ।     अध्यक्ष यादवले प्रदर्शनकारीहरूले शान्तिपूर्ण तरिकाले लाठी जुलुस निकालेकोमा प्रह

शिक्षा विभागले शिक्षकमाथि कारबाई शुरु गरेपछि रेडक्रस पर्साका सभापति मियाँद्वारा राजीनामा

प्रस, वीरगंज, १५ चैत/     शिक्षा विभागको अनुमति नलिएर विभिन्न सङ्घसंस्थामा काम गर्ने शिक्षकहरूलाई कारबाई गर्ने अभियान शुरु भएपछि नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति फूलमहम्मद मियाँले शिक्षक पेशाबाट स्वेच्छिक अवकाश लिएका छन् ।     शिक्षा विभागले जिशिका पर्सालाई स्वीकृति नलिएर शिक्षकहरूले सरकारी वा गैरसरकारी संस्थाका सञ्चालक, संस्थापक वा कर्मचारी उपभोक्ता समिति सामुदायिक वन बचत तथा ऋण सहकारी संस्था, पत्रकारिता, व्यवसाय, निर्माणलगायत कामहरू गर्न नपाउने भएकाले पर्सा जिल्लामा कार्यरत शिक्षकहरू त्यस्ता कार्यमा आबद्ध देखिए उनीहरूको तथ्याड्ढ पठाउन निर्देशन गरेपछि पर्सा रेडक्रसका सभापति मियाँले गत बिहीवार राजीनामा दिएका र उनले दिएको राजीनामा जिल्ला शिक्षा कार्यालय पर्साले स्वीकृत पनि गरिसकेको छ ।     यता जिल्ला शिक्षा कार्यालय पर्साले मातहतका स्रोत केन्द्रहरूमा एक साताभित्र शिक्षण पेशामा रहेर गैरकानुनी तरिकाले अनुमतिबेगर विभिन्न सङ्घसंस्थाहरूको जिम्मेवारी वहन गर्दै आएका शिक्षकहरूको तथ्याड्ढ माग गरेको छ । यसै क्रममा पर्सा जिल्लामा १२८ जनाभन्दा बढी शिक्षकहरू प्रत्यक्षरूपमा अनुमति बेगर विभिन्न सङ

अनुराधा भवन, बिरजु र उद्यमशीलताको सन्देश

Image
चक्रपाणि तिमल्सिना     “जिन्दगी अनवरत चल्ने यात्रा हो, कहिल्यै हार नमान्नू“ । गणेशप्रसाद लाठद्वारा लिखित उपन्यास ‘अनुराधा भवन’ मुख्य पात्र बिरजुले आफ्ना पुत्रहरूलाई दिएको अन्तिम उपहार–वाणी थियो । “संसार भनेकै भवसागर हो । यो सागरमा प्रवेश गने नडुबी बाँच्न को पो सक्छ र ? सु:ख र दु:ख, हाँसो र रोदन अनि जन्म र मृत्युको चक्र जीवनसँग गाँसिएर आउदो रहेछ ।” उक्त पुस्तकमा उल्लिखित यीलगायत अन्य वाक्यांशले मानवीय जीवनको सत्यतालाई झल्काउँछ । मान्छेले एउटा सुख प्राप्तिका निम्ति भुक्तानीस्वरूप अर्को दु:ख बेहोर्नु पर्ने हुन्छ । हरेक कुरा एक हातले लिने र अर्को हातले दिन नियम नै हुन्छ । मैले पनि एउटा उद्यमीले यही गर्दछ भन्ने सन्देश पाएको छु ।     पैसा कमाउने अन्तहीन लालसालाई विराम दिइएन भने यसले मान्छेको स्वास्थ्य, मनको शान्ति, परिवारको प्रेम, आत्मसम्मानमा भुइँचालो ल्याइदिन्छ । मान्छेले सुखको गणितमा जोड र गुणाको मात्र कल्पना गर्छ । घटाउ र भागको हेक्का राख्दैन ।  मानवीय जीवनले धेरै सङ्घर्ष गरेको हुन्छ, हिंस्रक सङ्घर्ष, सविनय सङ्घर्ष, अरूबाट खोसेर लिने सङ्घर्ष, आफै सृजना गर्ने सङ्घर्षस अन्तहीन सुखका लागि

परीक्षा वा पढाइ, कुनलाई सुधार्ने

Image
अनन्तकुमार लाल दास     सीमावर्ती भारतीय राज्य बिहारको हाजीपुर जिल्लाको महनार प्रखण्डमा सम्पन्न मैट्रिक परीक्षाको एउटा तस्वीर यतिखेर सामाजिक सञ्जालहरूमा भाइरल भइरहेको छ । त्यो तस्वीरले निकै कुराहरू बोलेको छ । भनिन्छ पनि तस्वीर आफैं बोल्छ । त्यो तस्वीरले परीक्षाको बेला हुने कदाचारलाई उजागर गरेको छ । चार तल्ले भवनको चारै तल्लामा पछाडि पट्टिबाट मान्छेहरू यसरी लटरम्म झुण्डिएका छन् कि उनीहरू आँप टिप्न रूखमा चढेकोजस्तो लाग्छ । उनीहरू जाँच दिइरहेका विद्यार्थीहरूलाई सहयोग पुर्‍याउन झ्यालमा झुन्डिएका थिए । जाँच चलिराख्दा विद्यार्थीहरूलाई बाहिरबाट सहयोग पुर्‍याउन उनीहरू त्यसरी लागि परेका थिए । परीक्षामा सोधिएको प्रश्नको उत्तर कागजमा सारेर वा गेसपेपरबाट सोझै च्यातेर आफ्ना विद्यार्थी बसेको तल्लामा पुर्‍याउन उनीहरू पछाडिबाट ठाडो पर्खाल उक्लेर झ्यालबाट फ्याक्ने जमर्को गर्दै थिए । यसरी त्यो तस्वीर बाहिरिंदा बिहार सरकार लज्जित भएको छ । बिहारमा जाँचमा चिट चोर्ने परम्परा रोक्ने तथा परीक्षा मर्यादित बनाउने व्यापक बहस चलिरहेको छ । यस बहसले अन्तर्राष्ट्रिय आयाम ग्रहण गरेको छ ।     लालू यादव बिहारका पूर्व

रिन, आगो र बाचा

    भनिन्छ खाएको रिन र आगो निमिटयान्न नपार्ने हो भने एक दिन नराम्ररी पिरोल्छ । त्यसै कोटिमा बाचा पनि पर्दछ । गरेको बाचा पूरा गरिएन वा पूरा गर्न नसक्दा आममाफी मागिएन भने यसले पनि पिरोल्छ । नेपाल सरकारले पूर्वमा धेरै बाचाहरू गरेको छ, जसको पूर्ति आजसम्म हुन नसक्दा बिजोग भइरहेको छ । यहाँ विडम्बना के पनि छ भने एकथरिलाई एउटा बाचा र अर्कोथरिलाई त्यही विषयमा विपरीत बाचा गरिदिंदा शीर्ष नेताहरू वा सरकारमा विवेक नामको कुनै चीज छ कि छैन भनी बुझ्न गार्‍हो भएको छ । जेठी माग्छे पानी कान्छी माग्छे घाम भनेर बूढालाई पिर परेको थियो । त्यस पिरले उसले दुनियाँलाई आफ्नो दु:खेसो मात्र सुनाएको थियो, पानी र घामको याचना गरेको थिएन । तर नेपाल सरकारले भने जेठीलाई पानी र कान्छीलाई घाम दिने धृष्टता गरेको छ । तराईका सदरमुकामहरूबाट केही सरकारी कार्यालयको शाखा विस्तार अन्यत्र गर्न खोज्दा लामो सङ्घर्ष चलेर सरकार आफ्नो पाइला पछि सार्न बाध्य भयो तर लगत्तै शाखा विस्तार गर्न भनिएको जनताले पाउने सुविधा गुम्दा अर्को आन्दोलन चर्काए र सरकारले उनीहरूलाई शाखा विस्तार गरिदिन्छु, निर्णय खारेज भएको होइन, स्थगित मात्र भएको जवाफ दिएको

२०७१ चैत १५ गते आइतवार

२०७१ चैत १५ गते आइतवार को पत्रिका  पढ्नुहोस

राजनीतिक दलको कारण चिनी र कृषि औजार सञ्चालन नभएको किसानहरूको आरोप

Image
प्रस, वीरगंज, १४ चैत/     विगत लामो समयदेखि बन्द रहेको वीरगंज चिनी कारखानालाई खुलाउन किसानहरू सक्रिय भएका छन् । कारखानाको सभाहलमा आज भएको उखु उत्पादक किसान सङ्घर्ष समिति पर्साको भेलाले कारखाना सञ्चालनका लागि पहल गर्ने निर्णय गर्दै नेकपा एमाले क्षेत्र नं. २ का सभासद् विचारी यादवको अध्यक्षतामा २५ सदस्यीय सर्वदलीय सङ्घर्ष समिति गठन गरेको छ ।     भेलामा सहभागी किसानहरूले सङ्घर्ष समितिको नेतुत्व गर्ने जिम्मेवार व्यक्तिको अभावमा बन्द वीरगंज चिनी कारखाना तथा कृषि औजार कारखाना खुल्न नसकेको बताए । उनीहरूले एकथरी दलको नेताको नेतृत्वमा सङ्घर्ष समितिको गठन, चयन गर्दा अर्काथरी राजनीतिक दलको चित्त दुख्ने र असहयोग शुरू हुने कारणले वीरगंज चिनी कारखाना र कृषि औजार कारखानाको सञ्चालन हुन नसकेको बताए । उनीहरूले १२ वर्षदेखि बन्द चिनी करखानालाई धेरैपटक खुलाउन प्रयास गरिए तापनि दलका नेताहरूको असहयोगका कारण खुल्न नसकेको आरोप लगाए । चिनी कारखाना र कृषि औजार कारखाना पर्साको हो, सञ्चालनपछि स्थानीयले रोजगार पाउँछन्, स्थानीयको उत्पादन वृद्धि हुन्छ  भन्ने सर्वहितको विषयलाई नसोचेर सानो चित्तका नेताहरूको कारण सञ्

सौराहामा पत्रकार चन्द्रकिशोर सम्मानित

Image
प्रस, वीरगंज, १४ चैत/     नेपाल पत्रकार महासङ्घ मध्यमाञ्चल क्षेत्रीय समितिको सौराहामा सम्पन्न भेलामा यस दैनिकका स्तम्भकार एवं तराई मामिलाका जानिफकार पत्रकार चन्द्रकिशोरलाई सम्मानित गरिएको छ ।     शुक्रवार आयोजित सो समारोहमा महासङ्घका केन्द्रीय अध्यक्ष डा. महेन्द्र विष्टले उनलाई दोसल्ला ओढाइ सम्मानपत्र प्रदान गरेका थिए । सो सम्मानपत्रमा सामान्यजनको सशक्तीकरण तथा सामाजिक सद्भावका लागि उल्लेख्य योगदान गरेको हुनाले मध्यमाञ्चल क्षेत्रीय समितिले सम्मानित गरेको उल्लेख गरिएको छ ।     सोही अवसरमा चितवनका पुराना पत्रकार गणशेखर शर्मालाई समेत सम्मानित गरिएको थियो । कार्यक्रमको सभापतित्व महासङ्घका मध्यमाञ्चल संयोजक एवं केन्द्रीय सदस्य शीतलप्रसाद महतोले गरेका थिए ।     मिडियासम्बन्धी राष्ट्रिय प्रशिक्षक रहेका पत्रकार चन्द्रकिशोरले यसअघि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारसमेत प्राप्त गरिसकेका छन् ।

अल इन्डियाको उपाधि वीरगंज युथ एकेडेमीलाई

प्रस, वीरगंज, १४ चैत/     भारतको विहार राज्यको चकियामा सञ्चालित सरदार अमर सिंह स्मृति अल इन्डिया फूटबल प्रतियोगिताको उपाधि वीरगंज युथ एकेडेमीले जितेको छ ।     आज जनकपुर–११ सँगको फाइनल खेलमा वीरगंज युथ एकेडेमीले शून्यका विरुद्ध १ गोल गरी उपाधि हात पारेको हो ।     खेलको ७० औं मिनेटमा वीरगंज युथका शत्रुघ्न चौधरीले गरेको गोल निर्णायक साबित भएको थियो । आजको खेलको ‘म्यान अफ दि म्याच’ पनि चौधरी भए । विजयी वीरगंज युथ र उपविजेता जनकपुर–११ लाई विहारका कृषिमन्त्री राधेमोहन सिंहले सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।     प्रतियोगितामा ‘म्यान अफ द सिरिज’ वीरगंज युथका कृष्ण शाक्यले पाए । उनलाई प्रमुख अतिथि मन्त्री सिंहले मोबाइल सेट र सुनको लकेट प्रदान गरेका एथलेटिक्सका स्वयंसेवक प्रशिक्षक विशेश्वर पटेलले बताए ।

सङ्घीयता: साधन कि साध्य ?

Image
ओमप्रकाश खनाल     मेरो एकजना मित्रका निकट व्यवसायीको मध्यपश्चिमाञ्चल क्षेत्रमा ४ तारे होटल निर्माणाधीन अवस्थामा छ । मुलुक चाँडै सङ्घीयतामा जाने र व्यवसायले लाभ आर्जनमा गतिलै फड्को मार्नेमा उनी ढुक्क छन् । मानौं, सङ्घीयताको नापनक्सा पास हुने बित्तिकै समृद्धिको मुहान फुट्नेछ । उनको होटलको व्यवसायले दिन दुगुणा र रात चौगुणा आय दिनेछ । समकालीन राजनीति सङ्घीयताको चरम सकसमा जकेडिएकै बेला ती मित्रमा देखिएको विश्वासमा म भने विश्वस्त हुन सकिरहेको थिइनँ । सङ्क्रमणको निकासमा स्वार्थको भारीले थिचिएको राजनीति र यही कमजोरीको छिद्रबाट प्रवेश पाएको बाह्य हस्तक्षेपको परिदृश्यमा उनको भरोसाको आधार कति झिनो छ भन्ने ठम्याउन त्यति कठिन थिएन । देशको राजनीतिप्रति सचेत वर्गमैं पर्ने ती मित्रको अपेक्षामा मैले तर्कको अवरोध ठड्याउन आवश्यक ठानिनँ, मौन बसें ।     हिजोआज यस्ता सन्दर्भ बाक्लै फेला पार्न किन पनि सकिन्छ भने ठूल्ठूला सभा–सम्मेलनदेखि चियापसल, रक्सीभट्टी, कोठे जमघटलगायत जताततै सङ्घीयताका गन्थन सुन्न पाइन्छ । उदेक लाग्छ, आम जनता देशको पुनर्संरचनाको विषयमा यति उत्सुक भइराख्दा नेतृत्व किन गम्भीर हुन चाहेको

युवा जीवनको महत्त्व

    आज संसारमा चुनौतीहरू धेरै छन् तर समाधान भनेको एक छ, त्यो हो केवल युवा चेतनाको जागरण । युवाहरूमा सक्रियता आउनुपर्ने अत्यन्त जरुरी छ । जीवनको हरेक क्षेत्रमा युवाहरूको साहसिक भागीदारी हुनुपर्ने आजको २१ औं शताब्दीको माग रहेको छ । प्रचण्ड साहस, प्रबल सड्ढल्प, अटुट धैर्यको साथमा विचारशील वा भावनाशील युवाले यदि आफ्नो कदमलाई अगाडि बढाएमा असम्भव समस्याको पनि समाधान सम्भव छ । तर आज युवाहरूको सक्रियता प्राय: गलत कार्यप्रति उत्सुक भएको पाइन्छ । यदि कोही युवा राम्रो कार्यमा अग्रसर भएर अगाडि बढ्छ भने एकले अर्काको निन्दा गर्ने र आफ्नो गन्तव्य यात्राबाट विचलित हुने गरेको पाइएको छ ।     हामी अतीततिर जाऔं वा वर्तमानमा समाधान केवल युवा पींढीबाट मात्रै सम्भव छ । कुरा आजको होइन, अपितु धेरै वर्ष पहिलाको हो । युवा श्रीरामले अयोध्याको वैभवशाली राज्य छाडेर रावणको अनाचार, अत्याचारको विरोधमा आफ्नो शक्ति प्रयोग गरेका थिए । उनको एकल पुरुषार्थको साथ दिनका लागि धेरैले अनायस मदत गरेका कारण अन्ततोगत्वा रावण पराजित हुनुपरेको थियो । श्रीकृष्णले आफ्नो किशोरावस्थामा नै अनेक असुरहरूलाई मारेका थिए । कुकर्मी कंसको पतनको

२०७१ चैत १४ गते शनिवार

२०७१ चैत १४ गते शनिवार को पत्रिका  पढ्नुहोस

मझौला शहरी एकीकृत विकास योजनामा ठेकेदारको लापर्बाही

Image
प्रस, वीरगंज, १३ चैत/     एसियन विकास बैंकको सहयोगमा वीरगंजमा सञ्चालित मझौला शहरी एकीकृत विकास तथा वातावरणीय सुधार आयोजना अन्तर्गतका कामहरूमा त्रुटिहरू फेला परेका छन् ।     नेपालकै नाम चलेको तथा एडिबीको आयोजनामा दुईपटक तोकिएको समयभन्दा अगावै काम गरी उत्कृष्ट ठेकेदारमा सम्मानित भएको कालिका कन्स्ट्रक्सनले वीरगंजमा काम गर्दा पेटी कन्ट्याक्टरबाट काम गरिरहेको कारण केही स्थानहरूमा त्रुटिहरू फेला परेका छन् ।     परियोजना अन्तर्गत बाइपासको प्रतिमा चोकदेखि दक्षिणतर्फ दुवैतिर नाला बनाउने कार्यमा केही स्थानमा जमिनमुनि ढलान गरी नाला उठाउनुपर्नेमा सो नगरिएको कारण नालाको आयु कम हुने बताइएको छ ।     यसैगरी वीरगंजको पुरानो बसपार्कमा निर्माण भइरहेको नालामा दुई तथा तीन नम्बर इँटा प्रयोगमा ल्याइएको छ ।     ठेकेदारले जमिनमा इँटा बिछ्याएर ढलान गर्ने क्रममा यस्ता कमसल इँटाहरूको प्रयोग गरिरहेको पाइएको छ ।     अहिले एडिबीको सहयोगमा वीरगंजमा गण्डकदेखि बसपार्कसम्म ४० फिटको सहायक बाइपास सडक र ११० फिटको मूल बाइपास सडकमा नाला निर्माण भइरहेको छ । यी नालाहरूको निर्माणमा फलामे छडको प्रयोग गरी ढलान भइरहेको छ

विन्ध्यवासिनी महायज्ञमा भक्तजनको घुइँचो

प्रस, वीरगंज, १३ चैत/     विन्ध्यवासिनी मन्दिर परिसरमा आयोजित श्रीमद्भागवत कथा ज्ञान महायज्ञमा श्रद्धालु भक्तजनहरूको घुइँचो लागेको छ ।     विन्ध्यवासिनी मातालाई कुलदेवीको रूपमा मान्ने तथा विन्ध्यवासिनीप्रति आस्था राख्ने भक्तजनहरूको आत्म कल्याण र पितृमुक्तिको  लागि महायज्ञ आयोजना गरिएको विन्ध्यवासिनीधामका  पुजारी पण्डित पुरुषोत्तमदेव उपाध्ययले बताए ।     चैत ६ गतेदेखि शुरू महायज्ञमा काठमाडौं, पोखरालगायत मुलुकका विभिन्न स्थान र भारतका विभिन्न क्षेत्रबाट समेत श्रद्धालु भक्तजनहरू विन्ध्यवासिनी माताको दर्शन गर्न आएका  पं. उपाध्यायले बताएका छन् ।     चैत १४ गते शनिवार पूर्णाहुति हुने कार्यक्रम रहेको महायज्ञमा भारत छत्तीसगढबाट आएका धर्मगुरु कृष्णसुमनजी महाराज मुख्य वाचक र लक्ष्मी प्रपन्न रिजालले उपवाचकको आसनबाट प्रवचन दिएका थिए । शुक्रवार कथा समापन भएको छ ।     विशेषगरी पर्साका ५ वटा गाविस पचगावाँ, बहुअर्वाभाठा, अमरपट्टि, झौवागुठी, बैरियाबिर्ता र विन्ध्यवासिनी गाविसका बासिन्दाहरूले विन्ध्यवासिनी मातालाई कुलदेवताको रूपमा मान्दै आएका छन् ।     ऐतिहासिक तथा धार्मिक महत्त्वको विन्ध्यवासिनीमाईको स

यक्ष र पाण्डवहरू–२

उमाशङ्कर द्विवेदी     यता महाराज युधिष्ठिर भीमसेन गएको धेरै बेर भइसकेको देखेर अत्यन्त चिन्तित भए । उनको चित्त शोकानलले सन्तप्त भयो तथा उनी स्वयम् जानको लागि उद्यत भए । जलाशयको किनारमा गई हेर्दा आफ्ना चारैजना भाइहरूलाई मरेको देखे । उनीहरूलाई भुइँमा निश्चेष्ट भई लडिरहेको देखेर अत्यन्त खिन्न भए । शोकसमुद्रमा डुबेर उनी सोच्न थाले– यी वीर भाइहरूलाई कसले मारेको होला ? यिनीहरूको अ·मा कुनै शस्त्र प्रहारको चिह्न पनि छैन तथा यहाँ कसैको चरणचिह्न पनि देखा परिरहेको छैन । जसले पनि मेरा वीर भाइहरूलाई मारेको होला ऊ निश्चयत: कुनै महान् प्राणी हुनुपर्दछ । पहिला मैले एकाग्रतापूर्वक यसको कारणबारे विचार गर्नुपर्दछ अथवा पहिले मैले जल पिएर सुस्वस्थ्य भएपछि मलाई स्वयम् नै यसको कारणबारे थाहा भइहाल्नेछ । यस्तो पनि हुन सक्दछ– कूटबुद्धि दुर्योधनले यो विषालु सरोवर बनाउन लगाएको होओस्, तर यसको जल विषालु जस्तो पनि लाग्दैन, किनभने मरे पनि मेरा यी भाइहरूको शरीरमा विषजनित कुनै विकार पनि देखिइरहेको छैन । मेरा भाइहरू महाबली हुन्, यिनीहरूको सामुने साक्षात् यमराज पनि टिक्न सक्दैनन् । यति विचार गरेर उनी पानी पिउनको लागि जलाश

समाधिस्थललाई सम्मानयोग्य बनाऔ

Image
सञ्जय साह ‘मित्र’     वर्तमान समाजले फोटो र मूर्तिलाई जसरी पूजा गरेको देखिन्छ, त्यसरी समाधिस्थल सम्मानयोग्य बन्न सकेको छैन । केही सीमित र सक्नेले मात्र कतै कतै आफ्ना पितापुर्खाको समाधिस्थल बनाएको देखिन्छ । कसैको मूर्ति अर्थात् सालिक अर्थात् प्रतिमा स्थापना गरिएको छ, उनको योगदानको कदर गरिन्छ, उनको बारेमा सबैले जान्न खोज्छन्, उनको विषयमा जानेबुझेपछि श्रद्धा व्यक्त गर्दछन्, उनीबाट प्रेरणा लिनुपर्ने विषय र क्षेत्रमा प्रेरणा लिएर अनुकरण गर्दछन् । तर कतिपय असल मानिसको शरीरको देहावसानपश्चात् पनि उनीप्रति मानिसको श्रद्धा र सम्मान हुँदाहुँदै पनि कुनै ठाउँमा गएर श्रद्धा व्यक्त गर्ने ठाउँ बन्न सकेको देखिंदैन । अरू धर्ममा भन्दा हिन्दू समाजमा यो अवस्था बढी देखिन्छ ।     हामी मूर्तिपूजक छौं । हामीले अहिले पूजा गरिरहेका कैयौं देवीदेवता पहिलेका हामीजस्तै मानिस नै हुन् । कतिपय राक्षसलाई समेत हामीले पूजा गरिरहेका छौं, जसले राम्रो गरेका थिए । तर विचार गरी हेरौं त, बौद्ध, ईसाइ तथा क्रिस्चियन धर्मावलम्बीहरूको शारीरिक देहावसानपछि निजको भौतिक शरीरको अन्त्येष्टि गरिएको ठाउँलाई कुन रूपमा लिइन्छ र हामी कुन

लोकजीवनमा जोङ्ग–टोङ्ग (जादु, टोटका)को यथार्थ

गताङ्कको बाँकी                           डायनले धेरैजनालाई मारिदियो भनेको पनि गाउँघरमा सुन्न सकिन्छ । उसले आँपको रूख सुकाइदियो । उसले अरूको गाईभैंसीको दूध सुकाइदियो ।     ऊ श्मशानमा गएर फलानो व्यक्तिको लाशलाई जिउँदो बनाएर तन्त्रमन्त्र सिकेको थियो, यस्ता धेरैथरीका कुराहरू सुन्न पाइन्छन् । प्रत्येक वर्ष दशैंको समयमा केटाकेटीहरूलाई आमा–बुबा, बाजे–बजैले कालो टीका लगाइदिन्छन् । हिङ, लसुन, सरसौं आदि कालो कपडामा बाँधेर कम्मर, घाँटी अथवा हातमा बाँधिदिन्छन् । यस्तो बाँधेमा बालकलाई भूतप्रेत अथवा नोक्सान पुर्‍याउने जादुको प्रभाव पर्दैन भन्ने विश्वास गरिन्छ ।     मानिसहरू प्रायश: ५ वटा खुर्सानी अथवा कागती आइतवार या म·लवार आफ्नो पसलको अगाडि झुन्डाइदिन्छन् । यस्तो गर्दा व्यापार बढ्दै जान्छ भन्ने मान्यता छ । जसले डायनलाई तन्त्रमन्त्र सिकाउँछ, उसलाई ओझा भनिन्छ । डायनलाई तन्त्रमन्त्र गर्नमात्र आउँछ तर ओझालाई दुवै आउँछ, लगाउन पनि र छुटाउन पनि । फलानो ओझाले झारफुक गरेर बालकलाई ठीक पारिदिएको हुँदा आमाको दूध चुस्न थाल्यो, गाउँघरमा प्रायश: यस्तो सुन्न पाइन्छ । एउटा समय थियो, तन्त्रमन्त्र यानी डायन–ओझाको चकच

अवलोकन ‘अनुराधा भवन’को

मुकुन्द आचार्य     नेपाली साहित्यको औपन्यासिक विधामा एक नवीनतम पुष्प प्रस्फुटित भएको छ । ‘अनुराधा भवन’ त्यसै पुष्पको नाम हो । वीरगंजका प्रतिष्ठित व्यापारी एवं समाजसेवी गणेशप्रसाद लाठ रचित यस औपन्यासिक कृतिको विमोचन केही दिनअघि मात्र काठमाडौंमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालद्वारा एक समारोहबीच भएको थियो । साहित्यकार, पत्रकार, नेतागण, व्यापारी, खेलाडी आदिको बाक्लो उपस्थिति थियो । वीरगंजसँग मेरो राणात्मक र आत्मीय सम्बन्ध भा’हुनाले तथा गणेशजीका पिता स्व. विहारीलाल लाठसँग पनि उहाँको जीवनको उत्तरार्धमा मेरो अलिकता घनिष्ठता पनि भा’हुनाले मैले यस उपन्यासको भ्रूणावस्था (पाण्डुलिपि) र जन्मेपछि (विमोचनपछि)को रूपर· नजिकबाट हेर्ने सुअवसर पाएँ । तर कुनै पनि भवनलाई राम्ररी हेर्न त अलिकति समय लाग्छ नै । झन् राम्रो नराम्रो दुवै पक्षलाई पक्षपाती नभई हेर्नुपर्दा त विशेष चनाखो हुनु जरुरी हुन्छ ।     यद्यपि गणेशजीको यो प्रथम औपन्यासिक कृति हो, तथापि उपन्यास पढ्दै जाँदा कुनै सिद्धहस्त लेखनीको करामत हो कि जस्तो भान पर्छ । अर्थात् गणेशजीको ‘श्रीगणेश’ राम्रो छ, सफल र आशाप्रद छ । नेपाली साहित्यले उहाँबाट अझ

तराईको ताजा खबर र सामाजिक जिम्मेवारी

Image
चन्द्रकिशोर बुझ्नुपर्ने तथ्य के हो भने तराई आपैंmमा एउटा विविधता बोकेको भूभाग हो । यहाँ भाषिक, धार्मिक, जातीय, आर्थिक विविधताहरू छन् । अर्को शब्दमा भन्नुपर्दा, नेपाल जस्तै दक्षिण नेपाल विविधतायुक्त छ । यहाँ एउटै पहिचानधर्मीहरूको बाहुल्यता छैन, वा भनौं नेपाली राजनीतिमा उठिरहेका ज्वलन्त सवालहरूबारे एउटै खालको समझदारी वा दृष्टिकोण यहाँ छैन । विभिन्न अवधारणा एवं आधारहरू टेकेर दृष्टिकोणहरू उदीयमान भइराखेका छन् । राज्य संरक्षित विभेद वा राज्यका स्रोतहरूको वितरणमा असमानताका एउटै खालको पृष्ठभूमि छैन । यस परिप्रेक्ष्यमा कुनै एक स·ठन वा वादले दक्षिण नेपालको प्रतिनिधित्व गर्न सक्दैन । दक्षिण नेपाललाई कुनै एक नेतृत्व वा दलले मात्र नभई लोकतान्त्रिक व्यवस्थाले मात्र सही प्रतिनिधित्व गर्न सक्छ । तराई, सांस्कृतिक समूहबाट राजनीतिक समुदायमा परिवर्तित हँुदैछ । तराईको नयाँ स्वरूप जुन विकसित हुँदै गएको छ, त्यसलाई काठमाडौं संस्थापनले न त बुझ्न सकिरहेको छ, न त निकटका अभिन्न छिमेकी दिल्लीले नै ।     अहिले बहुआयामिक द्वन्द्वका कारण तराईका समाज, राज्य, अर्थतन्त्र, राजनीतिक आधारहरू नराम्रोसँग खलबलिएको अवस्था छ

सधैं सबैले सम्झिने गरौं– बाटो छोडे काँडा बिज्छ

Image
वैद्यनाथ ठाकुर     हाम्रो समाजमा अझै पनि एउटा उखान निकै प्रचलित छ– ‘बाटो छोडे काँडा बिज्छ’ अर्थात् खुट्टाको सुरक्षा बाटोबाटै हिंड्दासम्म हो । बाटो छोडेर कुबाटो हिंड्न थालेपछि खुट्टामा काँडा बिज्छ । त्यसैले बाटो छोड्नुहुन्न । हरहालतमा बाटोबाटै हिंड्नुपर्छ । छिटो पुग्न वा हतारहतारमा कुबाटोतर्फ हिंड्न हौसिने तत्त्वहरूको कुनै कमी छैन । उनीहरूको अभीष्ट नै हुन्छ कि मानिसहरू बाटोमा हिंड्नुभन्दा पनि कुबाटोमा हिंडोस् ताकि उनीहरू बिरामी परून्, घाइते होऊन् र उनीहरूको खुट्टा यस्तो अवस्थामा पुगोस् कि पछि हिंड्नै नसक्ने गरी थला परून् । त्यसैले सधैं सबैले सम्झिने गरौं– ‘बाटो छोडे काँडा बिज्छ ।’     यति बेला नेपाली समाज परिवर्तनको कठिन तथा अत्यधिक चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको छ । कुनै पनि मुलुकको लागि सङ्क्रमणकाल लामो हुनु राम्रो होइन । झन् हामीजस्तो गरिबीमा झुल्सिएको समाजमा जति छिटो सङ्क्रमणकाल समाप्त गरी अगाडि बढ्नुपर्छ । यो सैद्धान्तिक मान्यता हो । तर व्यवहार यसको ठीक उल्टो देखिन्छ । अझै पनि शीर्ष नेताहरूबीच सहमति हुने कुनै सम्भावना देखिंदैन । ‘मेरो गोरुको बार्‍है टक्का’ नीतिभन्दा कोही पनि प

अधोगति

    संविधानसभामार्फत् मुलुकवासीले चाहना राखेको संविधान पाउन सात दशकभन्दा बढी समय बितिसकेको छ । शहीदहरू ग·ालाल श्रेष्ठ, धर्मभक्त माथेमा, दशरथचन्द र शुक्रराज शास्त्रीले सत्ता र शासक परिवर्तनमात्र चाहेका थिएनन् । जनप्रतिनिधिबाट कानुन निर्माण हुने कानुनी राज्य चाहेका थिए । २००७ सालको क्रान्तिताका संविधानसभाको निर्वाचन मुख्य मागको रूपमा उठेकै हो । राजाले समेत सहमति जनाएको संविधानसभा निर्माण नभई प्रतिनिधिसभा अर्थात् संसद्सभाले काम चलाउँदै गयो । त्यसमा दोष कसको भन्ने ? इतिहास साक्षी छ । जनमत प्राप्त दलहरू फुटेर टुक्राटुक्रा बन्ने र क्रान्तिमा सँगै हिंडेका दलहरू एकले अर्कोलाई सिध्याउन राजासँग साँठगाँठ गरे । अन्तत: संविधानसभाको कुरा हरायो र दलहरू खुल्ला परिवेशबाट कुलेलम ठोक्नुपर्ने अवस्था आयो । त्यति बेला मुलुक आजको जस्तो क्षेत्रीय तथा जातिवादी र केन्द्रिकृत शासन प्रणाली तथा गैरजातिवादमा विभाजन भएजस्तो पूँजीवादी र साम्यवादी पङ्क्तिमा विभाजित थियो । राजावादीको कुरा गौण थियो । शासनसत्ता सम्हालिसकेपछि पनि राजा महेन्द्र स्वयम् पूँजीवादी बाटो अपनाउने कि साम्यवादी बाटो अपनाउने ? भन्ने द्विविधामा परेक

२०७१ चैत १३ गते शुक्रवार

२०७१ चैत १३ गते शुक्रवार को पत्रिका  पढ्नुहोस

पोखरिया विद्युत् सबस्टेशनमा अनलाइन बिलिङ शुरु

Image
पप्पु सुमन, पोखरिया, १२ चैत्र/     नेपाल विद्युत् प्राधिकरण पोखरिया सबस्टेशनमा अनलाइन कम्प्युटर बिलिङ सेवा शुरु भएको छ ।     सबस्टेशन परिसरमा बिहीवार विशेष कार्यक्रम आयोजना गरी अनलाइन सेवा आरम्भ गरिएको हो । कार्यक्रमका मुख्य अतिथि नेपाल विद्युत् प्राधिकरण वीरगंज वितरण केन्द्रका प्रमुख अमितकुमार कर्णले ग्राहकसँग विद्युत् महसुल बुझेर अनलाइन रसिद प्रदान गरी सेवा उद्घाटन गरेका थिए ।     जिल्लामा वीरगंजबाहेक पोखरियाको अनलाइन सेवा पहिलो भएको प्रमुख कर्णले बताए । उद्घाटनको क्रममा पहिलो, दोस्रो र तेस्रो नम्बरमा शुल्क बुझाउन आएको ग्राहकलाई उपहार स्वरूप वितरण केन्द्रले सिएफएल चिम प्रदान गरेको थियो ।     उक्त सेवा पोखरिया सबस्टेशनमा हप्ताको दुई दिन हरेक बिहीवार र आइतवार सञ्चालन हुने वितरण केन्द्रका सहायक निर्देशक शुभकान्त बाँस्तोलाले बताए  ।     सबस्टेशनका कर्मचारी भोला चौधरीले सहजीकरण गरेको कार्यक्रममा वितरण केन्द्रका इ. श्यामकिशोर यादव, ग्रामीण सूचना केन्द्र पर्साका उपाध्यक्ष लालबाबू बनिया, केन्द्रका कोषाध्यक्ष धर्मेन्द्र चौरसिया, पोखरिया–२ वडा नागरिक मञ्चका अध्यक्ष डा. वकिल मियाँ र सशस्त्र ब

सङ्घसंस्थामा लागेका शिक्षकविरुद्ध कारबाई हुने

प्रस, वीरगंज, १२ चैत/     शिक्षा विभागको अनुमतिबेगर सङ्घसंस्थामा काम गर्ने शिक्षकहरूलाई कारबाई हुने भएको छ ।     शिक्षा विभाग सानो ठिमी भक्तपुरको च.नं. ३९१ पत्रानुसार जिल्ला शिक्षा कार्यालय पर्साले त्यस्ता शिक्षकहरूको तथ्याड्ढ सड्ढलन गर्न आदेश दिएको समाचार प्राप्त भएको छ ।     शिक्षा विभागको स्वीकृतिबिना कुनै पनि शिक्षकले सरकारी वा गैरसरकारी सङ्घसंस्थाको सञ्चालक, संस्थापक वा कर्मचारी, उपभोक्ता समिति, सामुदायिक वन, बचत तथा ऋण सहकारी संस्था, पत्रकारिता, व्यवसाय, निर्माणलगायतको काम गर्न नपाउने प्रावधान रहे पनि सोविपरीत पर्साका सयौं शिक्षकले विभिन्न सङ्घसंस्थाको मुख्य जिम्मेवारी निर्वाह गरिरहेका छन् ।     त्यस्ता शिक्षकलाई तत्काल कारबाई गर्ने विभागीय आदेश छ । शिक्षकहरू विभिन्न सङ्घसंस्थामा आबद्ध भई विद्यालय नजाने, विद्यालय समयमा जिल्लाभरि हुने सार्वजनिक कार्यक्रमहरूमा भाषण गर्ने, गफ गर्ने जनगुनासो प्राप्त भएपछि विभागले कारबाई प्रक्रिया अगाडि बढाएको छ । यस विषयमा जिल्ला शिक्षा अधिकारी बरखुप्रसाद रजकसँग बुझ्दा विभागको पत्र अनुसार पर्सा जिल्लाका शिक्षकहरू अन्य कुन–कुन पेशामा संलग्न छन् विद्या

अलबिदा आधुनिक सिंगापुरका निर्माता

Image
विश्वराज अधिकारी     एउटा व्यक्ति असल भएमा उसले आफ्नो इमानदार सोच, चिन्तन र क्रियाकलापहरूद्वारा देशलाई बलियो, आत्मनिर्भर र धनी तुल्याउन सक्छ भने स्वार्थी भएमा आफ्ना गलत उच्च महत्त्वाकाङ्क्षा, सत्ता लोलुपता र हृदयहीन व्यवहारद्वारा आफ्नो देशलाई गृहयुद्धमा धकेलेर, लाखौ जनताको ज्यान लिएर, देशलाई नै बरबाद गर्न सक्छ । अन्य विभिन्न व्यवहारद्वारा देश र जनतालाई निरन्तर पीडित तुल्याउन सक्छ ।     देश र जनतालाई आफ्नो स्वार्थी व्यवहारद्वारा अन्तहीन पीडा दिने नेताहरूको सङ्ख्या मुख्यगरी एसिया र अफ्रिकामा निकै छ । लिबिया, इथियोपिया, सोमालिया, इरिट्रिया, लाइबेरिया, नाइजेरिया, सुडान, युगान्डा, सिएरालियोन आदि अफ्रिकी मुलुकहरू सानाठूला, विभिन्न किसिमका स्वार्थी नेताहरूको व्यवहारद्वारा पीडित छन् । घरेलु झगडा र द्वन्द्वले गर्दा ती देशका नागरिक ज्यान जोगाउन युरोपका विभिन्न मुलुकहरूमा पुगेर शरणार्थीको जीवन बाँच्न बाध्य छन् । एसियाली मुलुकहरू–सिरिया, अफगानिस्तान, इराक आदि जस्ता द्वन्द्वग्रस्त मुलुककका नागरिकहरू पनि त्यस्तै किसिमका समस्याहरूद्वारा पीडित छन् । एसियाका ती द्वन्द्वग्रस्त मुलुकका नागरिकहरू नेताहर

नयाँ गभर्नरका लागि अवसर र चुनौती

Image
शीतल महतो     सँगै छानिएका दुई र त्यस अघिका दर्जनौं प्रतिस्पर्धीलाई उछिन्दै अर्थविद् चिरञ्जीवी नेपाल नेपाल राष्ट्र बैंकको १६ औं गभर्नर बनेर पाँच वर्षका लागि मुलुकको वित्तीय अभिभावक भएका छन् । राजनीतिक नियुक्तिका थोरै आकर्षक पदमध्ये गभर्नरको पद एक हो, तथापि व्यावसायिक क्षमतासमेत उत्तिकै दरकार पर्ने हुँदा यसमा कमै प्रतिस्पर्धा हुने गर्छ । यसपटक त्यति धेरै चलखेल भएको सुनिएन । नेपाल राष्ट्र बैंक र अन्य वित्तीय संस्थामा प्रत्यक्ष काम नगरे पनि उनीसँग सरकार र निजी क्षेत्र दुवैतिर काम गरेको अनुभव छ । अर्थशास्त्र र श्रम सम्बन्धमा बनारस हिन्दू विश्वविद्यालयबाट विद्यावारिधि गरेका नेपालले लामो समय त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागमा प्राध्यापन पेशामा काम गरेका छन् । विश्व बैंक र एसियाली विकास बैंकलगायत निकायसँग काम गरेको अनुभव सँगालेका गभर्नर नेपालले केही समय नेपाल उद्योग वाणिज्य महासङ्घमैं बसेर सल्लाहकारको भूमिका निर्वाह गरेका छन् । प्रधानमन्त्रीको आर्थिक सल्लाहकारसमेत भएकाले नेपाल राष्ट्र बैंकको सम्बन्धमा कतिपय नीतिगत निर्णय गर्न उनलाई गार्‍हो नपर्ला । हामीकहाँ नयाँ व्यक्ति नि

आर्थिक विकासको अवरोध र संविधान

वीरेन्द्र यादव     अमेरिका, भारतजस्ता ठूला एवं विकसित मुलुकहरूले सयकडौं वर्ष अघि जारी गरेको संविधान अद्यापि कायम मात्र छैन, पचासौं वर्ष अघि विकासको लागि बनाएको रोडम्यापहरूले  मुलुकलाई समृद्ध एवं लोकतान्त्रिक बनाएका छन् भने प्रजातन्त्रको जननीको रूपमा रहेको बेलायत अलिखित संविधानकै भरमा विश्वकै विकसित राष्ट्रमा दर्ज भएको छ । चीनमा लोकतान्त्रिक व्यवस्था छैन तथापि विकासको मामिलामा विश्वलाई उछिनेको छ । उसको आर्थिक विकास हेरेर अमेरिका र भारतजस्ता मुलुक पनि अचम्भित छन् । चीनमा कुन र कस्तो शासन छ, त्योभन्दा पनि चीनको आर्थिक विकास महत्त्वपूर्ण छ । यहाँ माओत्सेतुङको मान्यता फिट भएको छ । उनले भनेका थिए–बिरालो कालो होस् वा सेतो त्यो महत्त्वपूर्ण हुँदैन । बिरालोमा मुसा मार्ने क्षमता कति छ, त्यो महत्त्वपूर्ण हो । हामीसँग विकासमा प्रचुर पूर्वाधार एवं साधन–स्रोत छन् तथापि हामी गरिब छौ । यहाँको पानी, कषियोग्य जमिन, वनज·ल पर्यटकीय क्षेत्रका लागि हिमाल पहाड, हावापानी इमानदार एवं बहादुर जनशक्ति तथा चीन र भारतजस्ता छिमेकी मुलुक आर्थिक विकासलाई गति दिने ठूला आधार हुन् तर पनि सफलता प्राप्त नहुनु हाम्रो विकासक