Posts

Showing posts from October, 2014

२०७१ कातिक १५ गते शनिवार (पढ्न यहाँ क्लिक गर्नुहोस्)

Image
२०७१ कातिक १५ गते शनिवार (पढ्न यहाँ क्लिक गर्नुहोस्)

वीरगंजको विकासको लागि तीन एजेन्डालाई प्राथमिकता –का.अ. कोइराला

Image
प्रस, वीरगंज, १४ कात्तिक/      वीरगंज उपमहानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत विष्णु कोइरालाले वीरगंजको विकासको लागि तीनवटा प्रमुख एजेन्डालाई अगाडि सारेर काम शुरू भइरहेको बताएका छन् ।         मारवाडी युवा मञ्च वीरगंजले शुक्रवार आयोजना गरेको ‘वीरगंजको विकास र शान्ति सुरक्षा हामी सबैको साझा सरोकार’ विषयक अन्तक्र्रियामा प्रमुख कार्यकारी अधिकृत कोइरालाले सो कुरा बताएका हुन् ।     उनले वीरगंजको विकासमा अति नै महत्त्व राख्ने साढे तीन अर्ब रुपैयाँको एसियन विकास बैंकको सहयोगमा सञ्चालन हुने साना तथा मझौला  एकीकृत शहरी विकास परियोजनाका लागि पारस्परिक कोषको पहिलो किस्ताबापत नगरपालिकाले जम्मा गर्नुपर्ने रु. ९ करोडको व्यवस्था गर्ने कार्यलाई पहिलो प्राथमिकतामा राखेको बताए ।     त्यसैगरी उनले सरसफाइलाई दोस्रो र राजस्व सड्ढलनलाई तेस्रो प्राथमिकतामा राखेर काम शुरू गरिएको बताए । उनले नगरको समग्र विकासका लागि नगरवासीको सहयोग र सुझावका लागि अपिल पनि गरे ।     विगतमा भएका केही सम्झौताको पुनरावलोकन गर्न आवश्यक भएको बताउँदै कोइरालाले वीरगंजको विकासको लागि सबैभन्दा आवश्यक राजस्व चुहावट नियन्त्रण र आन्तरिक

केटी जिस्क्याएको निहुँमा दुई गाविसबीच झडप एक दर्जनभन्दा बढी घाइते

Image
प्रस, वीरगंज, १४ कात्तिक/     केटी जिस्क्याएको विषयलाई लिएर पर्सा जिल्लाको बगही र पचरुखी गाविसका दुई टोलाबीच बन्ठी खोलाबगरमा आज बिहान भएको भिडन्तमा एक दर्जन मानिस घाइते भएका छन् ।     सो घटनालाई साम्य पार्ने क्रममा  प्रहरीले एक राउन्ड हवाई फायर गरेको पर्साका प्रहरी उपरीक्षक दिवेश लोहनीले बताए ।     हिजो साँझ बगही–८ इनर्वाका केही युवाले पचरुखी–९ हर्दियाकी एक युवतीलाई घाँस काट्न गएको बेला जिस्क्याएको विषयलाई लिएर आज इनर्वा र हर्दियाका बासिन्दाबीच भिडन्त भएको हो ।     दुई गाउँबीचको भिडन्तलाई नियन्त्रणमा लिन प्रहरीले एक राउन्ड हवाई फायर गरेको थियो । घटनास्थलमा गएको इलाका प्रहरी कार्यालय परवानीपुरको टोलीलाई सहयोग गर्नको लागि जिल्ला प्रहरी कार्यालय पर्सा, वडा प्रहरी कार्यालय श्रीपुर, इलाका प्रहरी कार्यालय सुगौली बिर्ता, एकटाँगा, सशस्त्र प्रहरी बेल्वासहितका सुरक्षाकर्मीहरू घटनास्थलमा पुगेका थिए ।     भिडन्तमा श्रीराम महतो, लक्ष्मण राउत, भागीरथ राउत, शिवपुजन पण्डित, कञ्चन यादव, हीरालाल यादव, छठु माझी, आकाश यादव, परशुराम महतो, ह्दयनारायण महतो, रामनारायण साह, देवनाथ पटेल, जयराम महता, सचिन पटेल

मिथिलाका केही अनौठा परम्पराहरू

Image
बासुदेवलाल दास सहप्राध्यापक, इतिहास विभाग ठाकुरराम बहुमुखी क्याम्पस, वीरगंज     मिथिला क्षेत्र पूर्वकालदेखि नै दार्शनिक, चिन्तक र विचारकहरूको भूमि रहेको मानिन्छ । यहाँको समाजमा विविध प्रकारका प्रचलन तथा परम्पराहरू रहेका पाइन्छन् । यस्ता परम्पराप्रति लोकमा विश्वास रहेको देखिन्छ । सामान्यत: यसबारे वैज्ञानिकरूपले विचार गर्दा अनावश्यक पनि लाग्न सक्दछ, तथापि यस्ता प्रचलनहरूमा अन्तर्निहित व्यक्तिगत तथा सामाजिक भावबोध विषयक कुरा महत्त्वपूर्ण ठानिन्छ । यस्तै कतिपय प्रचलन अथवा परम्परामा लोककल्याणको भावना पनि रहेको हुन्छ । यस्तै प्रथा र परम्पराहरू मिलेर मिथिलाको संस्कृतिलाई सम्पन्नता प्रदान गरेको देखिन्छ । यस सन्दर्भमा मिथिला क्षेत्रमा हाँस्ने, रुने, रगत खुवाउने तथा गाली सुनाउनेजस्ता केही परम्पराहरू रहेका पाइन्छन्, जसलाई यसो हेर्दा केही अनौठो लाग्न सक्दछ ।     हाँस्नु भनेको मानव शरीर र स्वास्थ्यका लागि समेत आवश्यक मानिन्छ । यसबाट प्रसन्न तथा प्रफुल्ल हुनुका साथै स्फूर्ति पनि आउँछ । यसो त मानिस प्राय: हाँस्ने नै गर्छन्, परन्तु मिथिला क्षेत्रमा एउटा विशेष अवसरमा हाँस्ने परम्परा रहेको पाइन्छ । यस

लोकतन्त्र र पत्रकारिता

Image
- चन्द्रकिशोर समाज र राष्ट्रको दीर्घ उन्नति र विकासको स्थिर गति लोकतन्त्रमैं सम्भव छ । जतिसुकै तानाशाही फन्को घुमेर पनि अन्त्यमा मानव सभ्यताले वास बस्न पुग्नुपर्ने प्रणाली लोकतन्त्र नै हो । विचार र अभिव्यक्तिको स्वतन्त्रता राजनीतिक स्वतन्त्रताको जग हो, लोकतान्त्रिक समाजको आधारस्तम्भ हो, स्वतन्त्रताको जननी हो । प्रेस स्वतन्त्रतामाथि नै लोकतन्त्र निहित रहने हुनाले लोकतन्त्रमा प्रेस स्वतन्त्रता अनिवार्य छ भन्ने स्पष्ट छ । स्वतन्त्रत प्रेसबिना खुला समाजको परिकल्पना गर्न सकिंदैन । लोकतन्त्र र पत्रकारिता पानी र माछोजस्तो एक अर्काका परिपूरक हुन् । विराटनगरका वरिष्ठ पत्रकार कोषराज रेग्मीको शब्दमा–“स्वतन्त्र प्रेसको माने स्वतन्त्र राष्ट्र हो ।”     सञ्चार माध्यमहरू लोकतान्त्रिक प्रणालीका अभिन्न अ· हुन् । त्यसैले सञ्चारमाध्यम वा सञ्चारकर्मीहरू लोकतान्त्रिक मान्यता र प्रक्रियाका प्रहरी बनेका हुन् । अर्को शब्दमा लोकतान्त्रिक वातावरण सञ्चारमाध्यमहरूको विकासको अनिवार्य शर्त हो । त्यसैले सञ्चारकर्मीहरू सदा लोकतन्त्रप्रति प्रतिबद्ध र समर्पित हुन्छन् ।     भनिन्छ लोकतन्त्रमा प्रेस, जनता र सरकारबीच सन

प्रधानमन्त्री थरीथरीका

Image
– कुमार रुपाखेती     नेपालका केही प्रधानमन्त्रीहरूको क्रियाकलाप अनौठो खाले देखिन्छ । तीमध्ये धेरैले पद अनुरूपको आचरण देखाउन नसकेको देखिन्छ ।     राणा प्रधानमन्त्री ज·बहादुर राणाको किस्सा बताइरहनुपर्दैन । कोतपर्व, भण्डारखाल पर्व गर्ने यिनी अपराधी प्रवृत्तिका देखिन्थे र यिनको मृत्यु पनि ज·लमा शिकार खेल्न जाँदा शड्ढास्पद अवस्थामा भएको थियो । भीमसेन थापा राष्ट्रभक्त प्रधानमन्त्रीमध्ये गनिन्थे । पञ्चायतकालका प्रधानमन्त्रीहरूमा कीर्तिनिधि विष्ट सुकिला–मुकिला प्रधानमन्त्री भनिन्थे, जुवातासको शौकिन यिनी सक्रिय राजतन्त्रको सेवक भएर पनि चीनमुखी मानिन्थे । पञ्चायतकालकै सूर्यबहादुर र लोकेन्द्रबहादुर पदलोलुप प्रधानमन्त्री कहलिन्थे, त्यसैले प्रजातन्त्रवादीहरूको बुइ चढेरसमेत यिनले प्रजातन्त्रकालमा पञ्चायती मजा लिए । दिव·त मरिचमान सिंह पूरै दरबारमुखी राष्ट्रवादी र भारतसँग समेत नडराउने प्रधानमन्त्री मानिन्थे । काङ्ग्रेसका कृष्णप्रसाद भट्टराई उटपटया· बोल्ने खालका प्रधानमन्त्री थिए, रसिक थिए । गिरिजालाई नेपालकै हठवादी प्रधानमन्त्री भनिन्छ । ताक परे तिवारी नत्र गोतामे यिनको चरित्र थियो । त्यतिखेर गिरिजा

अक्षमहरूलाई के लाज, के डर ?

Image
- वैद्यनाथ ठाकुर     प्रधानमन्त्री सुशील कोइराला अझै भन्दैछन् माघ ८ गते संविधान जारी हुन्छ, तर नेपाली काङ्ग्रेसकै वरिष्ठ नेताहरू शेरबहादुर देउवा, रामचन्द्र पौडेललगायतले सार्वजनिकरूपमैं आशड्ढा व्यक्त गरिसकेका छन । अझै एकथरी नेपाली काङ्ग्रेसका नेताहरू खुमबहादुर खड्काको अगुवाइमा नेपाललाई हिन्दूराष्ट्र घोषित गर्नुपर्छ भनेर लबिङसमेत शुरु गरिसकेका छन् ।     नेकपा (एमाले)को हाल पनि नेपाली काङ्ग्रेसजस्तै छ । खड्गप्रसाद शर्मा ओलीको बोलीले माघ ८ नै संविधान आउने बताइरहे तापनि अन्य नेताहरू त्यस्तो भन्नु जनतालाई ढाँटेको हुने भनाइ सार्वजनिकरूपमैं व्यक्त गर्न थालेका छन् । पीपलको पातजस्तो थोरै हावाले पनि हल्लिने एमाले चरित्रले गर्दा ऊ जेमा पनि ठीकको नीतिमा अझै हिंड्न छोडेको छैन ।     एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माघ ८ मा संविधान जारी नभए कुनै आकाश खस्दैन भनेर पुरानै भाषाणलाई फेरि दोहोर्‍याइरहेका छन् । माओवादीहरू गोलमटोल कुरा गर्न खप्पीस भएकाले डा. बाबुराम भट्टराईले माघ ८ को मिति प्रभावित नहुने गरी निर्धारित कार्यतालिका फेर्न सकिने कुरा मन्दविष सरह प्रयोग गर्न थालेका छन

सबैलाई ढुक्क

    छठपर्व सकियो । हुनत त बितेको एक महिनाभित्र तीनवटा ठूला पर्व हिन्दूका र एउटा मुसलमानको बितिसकेको छ । तर छठ बितेपछि ढुक्क हुने कुरा चाहिं यस अर्थमा विवेचनीय छ कि यो पर्व पहिले एउटा खास क्षेत्र र खास समुदायको र पछि विस्तार हुँदै झन्डै बहुसङ्ख्यक नेपाली र बहुक्षेत्रीय पर्व बन्न पुगेको छ । छठ पर्व प्राय: जलाशय वा नदीछेउ मनाइन्छ, त्यसैले नदी सफा गर्न यसपालि प्रशासन नै तम्सिएको थियो भने जलाशय (पोखरी) सफा गर्न सम्भव नहुने हुँदा, पारम्परिक सफाइ जलाशय वरिपरि,पूजास्थलको सफाइ भयो । यस्तो सरसफाइ अभियानमा नेपालमा केही वर्षदेखि सुरक्षा निकायको संलग्नता रहँदै आएको छ । यसपटक नदीको पनि सफाइ सामेल भएकोले नदीमा फोहर फाल्ने उद्योगहरूले प्रशस्त मात्रामा होइन, थोरै मात्रामा फोहर फाले । पर्व सिद्धियो सबै ढुक्क भए ।  ढुक्क यतिसम्म कि हिजोसम्म छठपूजा गर्ने व्रतालुहरू छठपूजा गर्ने ठाउँमा फोहर गर्न थालेका छन् । उद्योगीहरूको त कुरै गरी साध्य छैन, दुई दिन नदीमा फोहर नफालेर पुण्य कमाए, त्यो पुण्यले वर्षभरि नदीमा फोहर फाल्ने लाइसेन्स नै दियो ।     उदेकलाग्दो के पनि देखियो भने राजनीतिज्ञहरूले छठस्थल पुगेर संविधान

२०७१ कातिक १२ गते बुधवार (पढ्न यहाँ क्लिक गर्नुहोस्)

Image
  २०७१ कातिक १२ गते बुधवार (पढ्न यहाँ क्लिक गर्नुहोस्)

वन कर्मचारीको मिलोमतोमा काठ तस्करी भएको प्रमाण पाए तत्काल कारबाई

प्रस, वीरगंज, ११ कात्तिक/     जिल्ला वन अधिकृत राजबहादुर राउतले वनकर्मीको मिलोमतोमा काठ तस्करीको सप्रमाण सूचना दिए कार्यवाही गरिने बताएका छन ।     प्रहरी चौकी रंगपुर टाडीमा आज आयोजित अन्तक्र्रिया कार्यक्रममा बोल्दै राउतले वन तस्करहरूसँग मिलोमतो गरेको आरोप लागेका भतौडा रेन्जपोस्टका वनरक्षक उमाशड्ढर कलवारलाई स्पष्टीकरण सोधिएको जानकारी गराएका थिए । उनले आफू मातहतका वन कर्मचारीको मिलोमतोमा वन तस्करी भएको फेला परे तत्काल कार्यवाही गर्ने बताए ।                 अन्तक्र्रिया कार्यक्रममा सहभागी स्थानीय बासिन्दाले इलाका वन कार्यालय रंगपुर, मनवा, रंगपुर टाडी र हरैया, भतौडाका वनकर्मीहरूको मिलोमतोमा वन्य उत्पादको व्यापक तस्करी भइरहेको आरोप लगाएका थिए । यसैबीच प्रहरी चौकी रंगपुर टाडीले आज १० फिट सालको काठसहित सोनबर्सा– ९ का रामचरित्र चौधरीलाई पक्राउ गरेको छ । पक्राउ परेका चौधरीलाई आवश्यक कार्यवाहीका लागि जिल्ला वन कार्यालय, पर्सामा बुझाएको छ ।

रतनपुरी स्थित रामथलीका १२० घरधुरी जोखिममा, सानै भेल पनि बस्तीमा पस्ने खतरा

Image
जीतलाल श्रेष्ठ, निजगढ, ११ कार्तिक÷     एक महिना अघि बस्तीमा भेलबाढी पसे पनि अहिलेसम्म रोकथामको केही उपाय भएको छैन । बाराको चुरे भएर बग्ने निजगढ नगरपालिका–१२ रामथली रतनपुरीस्थित खयरखोलाले आप्mनो बहाव परिवर्तन गर्दै १२) घर उच्च जोखिममा पारेको छ । वर्षा बिते पनि रोकथामको प्रभावकारी कामा गरिएको छैन ।     गएको असोज महिनाको पहिलो साता दिउँसै बस्तीमा पानीको भेल पसेपछि गाउँलेहरूमा भागदौड मच्चियो । भेलले दुई बिघाभन्दा बढी धानबाली, गोलभेंडा, मकैबाली नष्ट ग¥यो । घर–आँगन नैं डुबान हुनेगरी आएको भेलले चाडबाडका लागि जोहो गरेर राखेको अन्नपात नष्ट भयो ।     स्थानीय ठाटाबाठालाई हात लिएर ढु·ा बिक्री गर्ने गिरोहले चुरे फेदसम्म ट्याक्टर लगेर खोस्रँदै ढु·ा संकलन गर्ने गरेपछि ४÷५ वर्ष यतादेखि त्यस भेगको चुरे स्खलन तीव्र बनेको छ । “आधा दशक अघिसम्म खोलाको सतह गहिरो थियो । केही वर्षदेखि खोलाबगर अग्लियो । बस्ती, खेतवारी होचिंदै आयो”– स्थानीय ज्ञानबहादुर दोङ बताउँछन् । यसरी विपक्ति आइलागेपछि यस पालिदेखि माथि चुरे फेदसम्म ट्याक्टर लैजान रोकेका छौं–पीडित गाउँलेहरूले बताए ।     बस्ती जोगाउन लगाइएको केही तारजालीसमे

दुष्कर्मको भोगाइ

Image
- गोपाल ठाकुर     हाम्रा आध्यात्मिक मान्यताहरूले सत्कर्म र दुष्कर्मका फलबारे धेरै चर्चा गरेका छन् । तर ती सबै चर्चाहरू आखिरकार पूर्वजन्म र पुनर्जन्ममा गएर टुङ्गिएको पाइन्छ । अर्थात् कसैले सुखी जीवन बाँचेको छ भने उसले पूर्वजन्ममा सत्कर्म र दुःखी छ भने दुष्कर्म गरेको विश्वास गर्न ती मान्यताहरूले सिकाउँछन् । त्यति मात्र होइन, यस जन्ममा पनि सत्कर्म वा दुष्कर्म गर्दा परजन्ममा त्यसको सकारात्मक वा नकारात्मक भोगाइ भोग्नुपर्ने पनि सिकाउँछन् । तर द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादले सत्कर्म र दुष्कर्म यसै भौतिक संसारमा भौतिकरूपले नै भोग्य हुने हुनाले त्यसको प्रतिफल पनि यसै भौतिक विश्वमा भोग्नुपर्ने सिकाउँछ । किनभने यस दर्शनले पूर्वजन्म वा परजन्ममा विश्वास गर्दैन । दार्शनिक हिसाबले यो मान्यता नै सबैभन्दा पछिल्लो साबित भएको छ । यसै दर्शनमा विश्वास गर्नेहरूले बीसौं शताब्दीको नेतृत्व गरेको पनि सर्वविदित छ । तर यस दर्शनमा विश्वास गरेको नाटक गर्नेहरूले दण्डित हुनुपरेको पनि बीसौं शताब्दीका अन्तिम वर्षहरूले छर्ल· पारेका छन् । एक्काइसौं शताब्दीको पदार्पणसँगै द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादको पराजय भएक

तिहारमा बसिबियाँलो

Image
– कुमार रुपाखेती     यसपालिको तिहारमा विद्युत् प्राधिकरणले उत्सव–बत्ती नबाल भन्यो, प्रशासनले आतिशबाजी, पटाका पड्काउन दिएन, भैलो–देउसी भएन, यसो रमाइलो गरौं भने तास खेल्न दिएन, रमझम गर्ने रक्सी पसलबाट मापसेको त्रासले रक्सी किनिएन, जसले गर्दा यसपालिको तिहारमा बसिबियाँलो मात्र भयो । साथीभाइसँग खल्लो तिहार मनाउँदै बसिबियाँलो गर्ने क्रममा थुप्रै गफहरू भए जसमा केही गफहरू रोचक र घोचक थिए ।     नेपालीहरू अचाडू -निहुँखोजुवा० हुन्छन् रे । अब राजनैतिक कुरा गरौं । करिब डेढ दशकदेखि स्थानीय निर्वाचन भएको छैन । स्थानीय जनप्रतिनिधिको सबै कुर्सीहरू खाली छन् । स्थानीय निर्वाचन होस् र मुलुकभरि गाविस, नपा र जिविसमा खाली रहेका हजारौं कुर्सीहरूमा जनप्रतिनिधिहरू बसून् । विकास निर्माणको काम सुचारु होस्, भ्रष्टाचार कम होस् भन्ने आमजनताको चाहना छ । थुप्रै राजनैतिककर्मीहरू समेत स्थानीय निर्वाचन भएपश्चात् मुलुकभर खाली हजारौं कुर्सीमा स्थानीय जनप्रतिनिधिको हैसियतले बस्न लालायित छन् तर सरकार स्थानीय चुनाव गर्ने मुडमा छैन । एकातिर यिनको रवैयाले हजारौं कुर्सी खाली छ भने सुशील कोइराला बस्ने एउटा मात्र कुर्सीमा प्रचण्

सार्क गतिको अपरिहार्यता

Image
- श्रीमन्नारायण मिश्र     सार्क राष्ट्रहरूको शिखर सम्मेलन मङ्सिर महिनामा हुन गइरहेको छ । नेपाल आयोजक राष्ट्र भएकोले स्वाभाविकरूपमा अतिथि राष्ट्रहरूको स्वागत र सम्मान गर्नु हाम्रो धर्म हुन जान्छ । ‘वसुधैव कुटुम्बकम्’ मा विश्वास राख्ने हामी नेपालीहरू आतिथेयधर्म निर्वाह गर्न कहिल्यै कमी हुन दिने छैनौ । यो हाम्रो परम्परा र मान्यता पनि हो । यसपालिको सार्कको काठमाडौं शिखर सम्मेलनका दौरान हामी आयोजक राष्ट्रको तर्फबाट सार्क सम्मेलनको सफलताका निम्ति एउटा सार्क गीतको उपहार प्रस्तुत गर्न सक्दछौ । एउटा यस्तो सार्क गीत जसमा यसका सदस्य राष्ट्रहरूको साझा पहिचान प्रतिविम्बित भइरहेको छ । यसपटकदेखि सार्क गीत प्रयोगमा आउनुपर्दछ भन्ने आवाज चारैतिरबाट उठिरहेको छ ।     “पृथ्वी गीतका रचयिता बहुभाषी कवि, साहित्यकार एवं कूटनीतिज्ञ अभय कुमारद्वारा रचना गरिएको  यस सार्क गीतमा सार्क राष्ट्रका भाषा, नदी, हिमाल, पहाड, भाषा, पहिचान आदिबारे चर्चा भएको पाइन्छ । निकै परिश्रमका साथ रचना गरिएको यस कवितालाई यथाशीघ्र सार्कगीतको रूपमा स्वीकार गरिनुपर्दछ जसले गर्दा नेपाल सरकारको स्वीकृतिपश्चात् औपचारिकरूपमा यसलाई सार्क सम्

छठीमाता प्रसन्न हुने थिइन्

    छठपर्वलाई स्वच्छता र शुद्धताको पर्व पनि मानिन्छ । कतिसम्म भने अबोध चराचुरु·ी र बालबालिकाले पनि गरेको अशुद्धता क्षम्य हुँदैन । तर त्यही छठीमाताका पुजारी, श्रद्धालू र व्रतालूहरू भने वर्षभरि अघोर फोहरमा बस्ने, गाउँ–नगर र सार्वजनिक स्थल फोहर पार्ने कार्यमा दत्तचित्त रहनु बाध्यता कि संस्कृति भन्ने प्रश्न अहिले तेर्सिन पुगेको छ । कुनै कार्य गर्नु, कुनै देवी–देवताको पूजा गर्नु, कुनै उत्सव मनाउनु, कुनै दिवस मनाउनुको निहितार्थ कार्य वा देवीदेवताको प्रयोजन पूरा गर्नु हो । छठपर्व, अहिले त देशभरि नै, तराईवासी मात्र होइन, प्रायः सबै जातजातिले मनाउने गर्दा पनि छठको दुई दिन पूर्व र छठको धङधङी नसकिउन्जेल, बढीमा दुई दिन, जुन पोखरी, नदी, जलाशय छेउ व्रत गरेका हुन्छन्,  पूजा गरेका हुन्छन्, त्यही खुला दिसा बस्ने, दिसा धुने गरेको परम्परादेखि हेर्दै आएको कुरा हो । यति पवित्रता र शुद्धता चाहिने छठीमाता मानिसले दिसा बसेको ठाउँमा पूजित हुन, मानिसले दिसा धोएको पानीबाट अभिषिक्त हुन कसरी सहन गर्छिन् होला, तिनका भक्तजनमा यो विचार फुर्न सकेको भने पाइएको छैन ।     बरु बारा जिल्लाको बहुअरी गाउँमा छठघाटको सफाइ गर्न

गढीमाई मन्दिर ट्रस्ट खारेज हुन्छ– प्रजिअ अर्याल

Image
सिकेन्द्र पासवान, कलैया, १० कात्तिक/     बाराका प्रमुख जिल्ला अधिकारी परशुराम अर्यालले गढीमाई मन्दिर सञ्चालन तथा विकास समिति (ट्रस्ट) खारेज गर्ने बताएका छन।     राँगाको टेन्डरमा समितिले रीत नपुर्‍याई दर्शन पुडासैनी काठमाडौलाई १६ सय एक रुपियाँ प्रतिराँगाको दरले ठेका दिएको र सोविरुद्ध अख्तियारमा परेको उजुरीको आधारमा अख्तियारले ट्रस्ट खारेज गर्न निर्देशन गरे बमोजिम ट्रस्ट खारेज हुने बताए।     जिल्ला प्रशासन कार्यालयले असोज ३१ गते समितिलाई ७ दिनभित्र दोस्रो बढी कबोल गर्ने बोलपत्र दातासँग सम्झौता गर्नेगरी निर्णय सच्याउन संस्था दर्ता ऐन २०३४ को दफा ११ बमोजिम चलानी नं. २८९५ को पत्रबाट कात्तिक १ गतेभित्र जिल्ला प्रशासन कार्यालयमा लिखित जानकारी गराउन निर्देशन दिए पनि सोको बेवास्ता गर्दै चित्त नबुझ्दो जानकारी गराएकोले पनि ट्रस्टलाई कारबाई गर्ने आधार रहेको प्रजिअले बताएका छन्।     प्रतिराँगा रु २१ सयको दरले पिरामिड लजेस्टिक प्रालि काठमाडौंले टेन्डर भरे पनि त्यसलाई ठेका नदिई ट्रस्टलाई रु ५० लाख घाटा पुर्‍याउने काम गरेकोले खारेजी प्रक्रिया अगाडि बढाउने उनले बताए। मेलालाई सुव्यवस्थित गर्न खा

सङ्घीय प्रदेश निर्माणका आधार विषयमा एकीकृत माओवादीद्वारा अन्तक्र्रिया

Image
प्रस, वीरगंज, १० कात्तिक/     एकीकृत माओवादी पार्टी जिल्ला सङगठन पर्साको आयोजनामा आज एक दिने सङ्घीय प्रदेश निर्माणका आधार विषयमा अन्तक्र्रिया भएको छ।     स्थानीय ठाकुरराम बहुमुखी क्याम्पस, वीरगंजको सभाहलमा आयोजित अन्तक्र्रियाका प्रमुख अतिथि पूर्व कानुनमन्त्री सभासद् प्रभु साहले हालसम्म भएको सम्झौता इमानदारिताका साथ पालना भए सहमतिमा संविधान निर्माण हुन सक्ने बताए। उनले विगतमा भएका सम्झौता पालनातर्फ दलीय नेताहरूमा इमानदारिता नदेखिएकोले विवाद उत्पन्न भएको बताए ।     सभासद् साहले नेताहरूमाथि, संविधान निर्माणभन्दा पद, कुर्सी र पार्टी जोगाउन अनावश्यक विवाद सृजना गरेको आरोप लगाए। ठाराब क्याम्पसका सहायक क्याम्पस प्रमुख प्रमोद गुप्ताले सङ्घीय प्रदेश निर्माणमा प्रशासनिक विभाजन, आर्थिक साधन र स्रोत, समाजिक न्याय, भूराजनीतिक अवस्था, विदेश नीति निर्धारणका आधारहरू हुन सक्ने सुझाए।     पूर्व सभासद् आत्माराम साहले देशका प्रमुख दलका नेताहरू सङ्घीयता कमजोर पार्ने खेलमा लागिपरेको आरोप लगाए । उनले आम जनताको चाहना सङ्घीयता भएको र यसका लागि दलहरूबीच पटकपटक सम्झौता हुँदै आए पनि कार्यान्वयनमा आनाकानी भ

सोचेजति श्रीसिया खोलाको पानी सफा भएन

Image
प्रस, परवानीपुर, १० कात्तिक/     छठको अवसरमा श्रीसिया खोलाको पानी जति सफा हुने आश लगाइएको थियो, त्यो हुन सकेन।     खोलाको पानी अहिले पनि विभिन्न कलकारखानाको विसर्जित पानी र केमिकलबाट प्रदूषित छ। बारा, गढीमाई नगरपालिकाको रामवनदेखि जीतपुरको ललका पुलसम्म पानी सफा र स्वच्छ देखिन्छ भने परवानीपुर पुलसम्म आउँदा पानीको रङग र स्वरूप अर्कै देखिन्छ।     जीतपुर, सिमराबीच रहेका केही उद्योगको प्रदूषित पानी अहिले पनि निर्वाधरूपमा नदीमा मिसिन पुग्छ। त्यस्तै छातापिपरा र रामपुर टोकनी गाविस, लिपनीबिर्ता गाविसमा रहेका केही उद्योगले राति खोलामा उद्योगको विसर्जित पानी खसाउने गरेको स्थानीय बासिन्दा बताउँछन्।     श्रीसिया खोला वन्यजन्तु आरक्ष बारा भएर पर्साको विभिन्न गाविस एवं वीरगंज उपमहानगरपालिकाको रानीघाट हुँदै भारत, रक्सौल भएर बग्ने हुँदा छठको अवसरमा नेपाल–भारतका हजारौं व्रतालु प्रभावित हुने गरेका छन्।     गत असोज २६ गते प्रमुख जिल्ला अधिकारी हिमनाथ अधिकारीको निर्देशनमा सहायक प्रजिअ अनुज भण्डारीको नेतृत्वमा अनुगमन समिति गठन भएको थियो र उद्योगी एवं सुरक्षा निकायबीच चाडपर्वको बेला खोलालाई प्रदूषणमु
Image
  २०७१ कातिक ११ गते मंगलवार (पढ्न यहाँ क्लिक गर्नुहोस्)

वन विस्तारमा चासो

    वन विभागले ल्याउन लागेको लिखित कार्य सम्पादन सम्झौताले नेपालको हरियो वन जोगाउने विश्वास गर्न सकिन्छ । वन संरक्षण र विस्तारमा जिल्ला वन अधिकृतहरूलाई बढी जिम्मेवार बनाउन र प्रशासनको जवाफदेहिताका लागि यो पाइला चाल्न लागिएको हो। वन विभागले जिल्ला वन अधिकृतहरूसँग गर्ने लिखित सम्झौतामा वन अधिकृतहरूको कार्य सम्पादनको अनुगमनलाई भौगोलिक अवस्थिति प्रणाली र भूसूचना प्रविधिसँग आबद्ध गराई वन प्रशासनको तथ्यपरक र मापनयोग्य सूचनाको आधार तयार गर्ने र दण्ड र पुरस्कारको व्यवस्था गर्ने भएको छ। यस नीतिको मूल उद्देश्य वन प्रशासनलाई वस्तुगतरूपमा वन संरक्षण, संवद्र्धन, व्यवस्थापन र विकासका लागि थप जिम्मेवार बनाउनु हो। कैलाली जिल्लाबाट आरम्भ गरिने यस कार्यप्रणाली अन्तर्गत पहिलो चरणमा ३६ जिल्लालाई समेट्ने जनाइएको छ। तोकिएका ३६ जिल्लामा मौजुदा वन क्षेत्रको परिणाम र गुणस्तर कायम गर्ने, वन व्यवस्थापन गरी वनको हैसियतमा सुधार गर्ने, वन क्षेत्र थप र पुन:स्थापन गर्ने, बिरुवा उत्पादन गर्ने मापदण्ड निर्धारण गरिने छ।     यो त भयो नीतिको कुरा, जुन हेर्दा र कार्यान्वयन हुन सक्दा निश्चय नै नेपालको हरियो वन पुन: लहलह गर

छठपर्वबाट समाजलाई संदेश

Image
अधिवक्ता वीरेन्द्रप्रसाद यादव     तराईमा वर्षको दुईपटक मनाइने छठ पर्वले समाजभित्रको असमानता र विभेद अन्त गर्ने थुप्रै सङकेत दिन्छ। छठ पर्वको नियम अलिकति पनि उल्लङ्घन नहोस् भनेर व्रतालुहरू एकदम सचेत रहन्छन् । केटाकेटीहरूले पनि अज्ञानतावश पर्वको नियम उल्लङ्घन नगरून् भनेर व्रतालु मात्र होइन, हरेक व्यक्ति सचेत रहन्छ। पर्वको नाममा कुनै काम गर्न पनि कसैले न इन्कार गर्छ, न अवरोध नै पुर्‍याउँछ । व्रतको सामान चोरहरूले पनि चोर्दैनन् भने ठगहरू पनि पैसा नतिरी लादैंनन्। जस्तै बेइमान र कन्जुसले व्रतको सामान किन्यो, तर पसलेले पैसा माग्न बिर्सियो भने सम्झना आएपछि आफैं तिरेर आउँछ । सधैं गलत गर्नेले पनि गलत गर्ने मानसिकता नबनाउनु सभ्य समाज निर्माणको निम्ति कम सकारात्मक होइन । प्रमुख कारण छ अदृश्य शक्तिद्वारा अनिष्टको डर।     अदृश्य शक्तिको डरले पर्वको नियम कडाइका साथ पालन गर्न बाध्य हुने मानिसलाई यस पर्वले मुलुकको नियम कानुन पालना गर्ने मनस्थिति तयार पार्न मदत गर्छ। छठ पर्वको नियम पालन जस्तै मुलुकको कानुन पालनमा समाजलाई गम्भीर बनाउने हो भने समाजबाट गैरकानुनी काम तथा अशान्ति, सामाजिक विकृति–विसङगति धे

२०७१ कातिक १० गते सोमवार (पढ्न यहाँ क्लिक गर्नुहोस्)

Image
  २०७१ कातिक १० गते सोमवार (पढ्न यहाँ क्लिक गर्नुहोस्)

छठको सरसफाइसँगै खुला दिसामुक्त बनाउने प्रण, नगवा बौद्धिमाई वरिपरि बृहत् सफाइ

Image
प्रस, वीरगंज, ९ कात्तिक÷     छठ पूजाको अवसरमा बारा बहुअरी गाविसमा आज सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।     बाजागाजासहित शुरु भएको अभियानले पूरै गाउँ तथा छठघाट सरसफाइ गरेको अजय पटेलले बताएका छन् । छठको शुभ अवसर पारी सो गाउँका जनताले आप्mनो क्षेत्र खुला दिसामुक्त घोषणा गर्न प्रतिबद्धतासमेत व्यक्त गरेका थिए ।     सरसफाइ कार्यक्रममा प्रभुलाल पटेल, किशोर पटेल, अर्जुन पाल, शम्भु यादव, सरोज यादव, सुनील पाण्डे, मोहन पटेललगायत संलग्न थिए ।     त्यसैगरी  वीरगन्जको नगवामा बृहत् सरसफाइ गरिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय अगुवा नेता, भद्रभलाद्मी तथा विभिन्न क्लबका प्रतिनिधिहरूको सहभागितामा नगवामा बृहत् सरसफाइ गरिएको हो । जिल्लामैं छठ पर्वको लागि नगवा बौद्धीमाई छठ घाट सजावटमा र पूजालाई भव्यरूपमा मनाउन दोस्रो परिचित स्थल हो । पहिलो स्थान वीरगन्जको मुटु भनिने घडिअर्वा पोखरीले लिने गरेको छ ।     नगवा बाइपास मूलद्वार देखि बौद्धीमाई पोखरी वरपर बृहत् सरफाइ गरिएको हो । सरसफाइमा खट्नेहरूले हातमा झाडू, फोहोर जम्मा गर्न बोरा लिएका थिए । सरसफाइका सहभागीहरू अरूलाई पनि सरसफाइमा लाग्न उत्प्रेरित गर

विभिन्न मितिमा भएका सडक दुर्घटनामा तीनजना सख्त घाइते

Image
प्रस, वीरगंज, ९ कात्तिक÷     टिपरको ठक्करबाट नगवा पोखरी अगाडि एक युवक सख्त घाइते भएका छन् । घाइते हुनेमा वीउमनपा–१९ शिरोमणि टोल निवासी पवनदास रहेका छन् । दासले चलाएको ना ४ प ८३९१ नं.को मोटरसाइकललाई ना ३ प ७७८५ नं.को टिपरले ठक्कर दिएको थियो । ठक्करको कारण मोटरसाइकल पूर्ण रूपले क्षतिग्रस्त भएको जिल्ला ट्राफिक कार्यालय पर्साले जनाएको छ ।     टिपर र चालक नियन्त्रणमा रहेको ट्राफिक प्रहरीले जनाएको छ । घाइते दासका अनुसार ठक्कर दिने टिपरले पुनः ब्याक गरेर किच्न खोज्दा स्थानीय बासिन्दाले बचाएका थिए । दासको उपचार नारायणी उपक्ष्Fेत्रीय अस्पतालमा भइरहेको छ ।     त्यसैगरी वीरगंज, बसपार्कमा बाटो काट्ने क्रममा आज बसले ठक्कर दिंदा एक पैदल यात्री गम्भीर घाइते भएका छन् । बसपार्कबाट ना ५ ख ३९५२ नम्बरको बसले ठक्कर दिंदा जिल्ला बारा बरैनिया ७ बस्ने ६) का रामबाबू कलवार सख्त घाइते भएका छन् । कलवारको अवस्था गम्भीर रहेकोले उनलाई थप उपचारका लागि काठमाडौंको बिएनबी अस्पताल रेफर गरिएको छ ।     कलवारको दुवै खुट्टा क्ष्Fतविक्षत भएको थियो ।      यसैगरी तीव्र गतिमा रहेको मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिदा पर्साको

सुधारिएको बहुदलीय व्यवस्था

Image
–कुमार रुपाखेती     पाकिस्तानी राष्ट्रपति जुल्फीकार अलि भुट्टोलाई उनकै विश्वासपात्र जियाउल हकले फाँसीमा झुन्ड्याएपछि २)३६ सालमा त्यसको प्रभाव नेपालमा समेत देखियो । विद्यार्थीहरू आन्दोलित हुन थाले, बहुचर्चित अस्कलकाण्ड त्यसैताका भयो । स्व. राजा वीरेन्द्रले आन्दोलन मन्थन पार्न २)३७ सालमा जनमत सङ्ग्रह घोषणा गरे । राजनैतिक दलहरू तथा मतदाताहरूलाई खुशी पार्न राजाले पञ्चायती व्यवस्थालाई ‘सुधारिएको पञ्चायती व्यवस्था’ नामाकरण गरे, जसको फलस्वरूप थुप्रै काङ्ग्रेसी र कम्युनिस्टहरू पार्टी त्याग्दै सुधारिएको पञ्चायती व्यवस्थामा प्रवेश गरे । २)३७ सालको जनमत सङ्ग्रहमा सुधारिएको पञ्चायती व्यवस्था पहेंलोले हरियो बहुदललाई तीन लाख चानचुन मतले पराजित ग¥यो ।     पञ्चायती व्यवस्थाको अगाडि ‘सुधारिएको’ थप्न बाध्य राजाले त्यसपछि राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलमा लगाम कस्दै प्रौढ स·ठन, महिला स·ठन, युवक स·ठनको सदस्यता खुकुलो गरे अनि निर्वाचन प्रणालीमा समेत केही सुधार ल्याए । यसरी सुधारिएको पञ्चायती व्यवस्थाले अलि–अलि प्रजातान्त्रिक अभ्यासको बाटो अँगाल्न थाल्यो, धेरैले राजाको यो कदमको दरियादिलले स्वागत गर

पढाइको भेल, छैन कतै खेल

Image
- अनन्तकुमार लाल दास     विद्यालयमा खेलकुद गराइन्छ । ती खेलकुद गतिविधिलाई राम्ररी नियाल्ने हो भने हामी पाउँछौं त्यहाँ खेलकुद भइराखेको छैन । खेलकुदबारे उसो त के भन्ने गरिन्छ भने खेलकुदलाई पनि अन्य विषयजस्तै जीवनका लागि प्रास·िक बनाइनुपर्दछ । विद्यालयमा खेलकुद जुन हिस्सेदारी र स्तरीयरूपमा ल्याउनुपर्ने हो त्यो हुन सकिरहेको छैन । प्रश्न उठ्छ यस्तो किन भनिन्छ ? किनभने प्रायः निजी विद्यालयहरूले यसै वीरगंजमा भर्ना खुल्ने बेला आपूmसँग प्रशस्त खेलकुद गतिविधि रहेको दाबी गर्छन् । कतिपय सरकारी विद्यालयहरूसँग आपैंm ठूला खेल मैदान रहेको पनि छं तर पनि यो प्रश्न उठ्दा स्वभावतः आम पाठकमा उत्सुकता हुन्छ ।     हामीले देख्ने गरेको खेलकुद गतिविधि भनेको कुनै विद्यालयले प्रार्थनासभाको बेला थोरबहुत शारीरिक अभ्यास गराउनु पनि हो । कतिपय विद्यालयले शुक्रवारको दिन सामान्य कक्षापछि खेलकुदका लागि भनेर राखेका हुन्छन् । थोरै मात्र विद्यालयले दैनिकरूपमा खेलकुद राखेका हुन्छन् वा खेलकुदलाई गृहकार्यका रूपमा राखेका हुन्छन् । मूल कुरो के हो भने शारीरिक शिक्षा अन्तर्गत थोरबहुत कुनै खेलविशेषबारे जानकारी गराइए पनि जीवनका ला

तिहारमा देखिएको दायित्व

    अधिकारका कुरामा हामी जति सचेत छैं, दायित्व निर्वाहमा पनि त्यति नै सचेत भइदिएको भए, शायद देश र समाजको यो गति हुने थिएन । देशलाई एक छिनका लागि सरकारको जिम्मा छाडिदिने हो भने पनि समाज त नागरिकको भागमा परेको छ । सरकारले समाज बनाउन र बिगार्नका लागि केही गर्दैन, त्यसको मेलोमेसो नागरिकले नै गर्नुपर्दछ । तर नेपाली नागरिकले जानेको कुरा के हो भने सरकारले भनेको ठीकविपरीत गर्नु । देशमा बिजुलीको सङ्कट छ, त्यसको समाधान तत्काललाई छैन, विद्युत् प्राधिकरणले  दीपावलीमा बढी विद्युत् खर्च हुने हुँदा तडकभडक र बढी ऊर्जा खपत गर्ने उपकरण सकेसम्म प्रयोग नगर्न सूचना दिएको थियो । प्राधिकरणको सदशयतापूर्ण आह्वानबारे नेपाली नागरिकको प्रतिक्रिया -फेसबूकलगायत० सञ्चारका अन्य माध्यममा हेर्दा लाग्दछ, नागरिक भनेको सरकारको विपक्षी हो । सन् १९६४ मा भारत–चीन युद्ध हुँदा भारत सरकारले नागरिकसँग मदत मागेको थियो, प्रत्येक परिवारले पैसा, नभए गहना मात्र होइन, हप्तामा एक छाक नखाएर देशलाई मदत गरेको थियो ।     नागरिकको खर्च गर्न सक्ने क्ष्Fमता हुनु राम्रो कुरा हो, तर अभाव भएको चीज किफायत गरेर खर्च गर्नु पनि नागरिककै दायित्व हो ।

२०७१ कातिक ६ गते बिहीवार (पढ्न यहाँ क्लिक गर्नुहोस्)

Image
 २०७१ कातिक ६ गते बिहीवार (पढ्न यहाँ क्लिक गर्नुहोस्)

उद्योगमन्त्रीद्वारा वीरगंज चिनी मिल तथा कृषि औजार कारखाना अवलोकन

Image
प्रस, वीरगंज, ५ कात्तिक÷     उद्योगमन्त्री महेश बस्नेतले वीरगंज चिनी मिल र कृषि औजार कारखानाको निरीक्षण गरेका छन् ।     सरकारको अदूरदर्शी नीतिले गर्दा नेपालमा सरकारले चलाउँदै आएको १७ उद्योगमध्ये १४ वटा उद्योग बन्द भएको बताए । विगत १४ वर्षदेखि बन्द कृषि औजार कारखाना र वीरगंज चिनी मिलको निरीक्ष्Fण गर्दै उद्योगमन्त्री बस्नेतले बन्द कारखना सञ्चालन गर्न सकिने बताए ।     उनले रु १५ करोड सरकारले छेट्याए औषधि लिमिटेड र वीरगंज चिनी कारखाना सञ्चालन गर्न सकिने दाबी गरे । मन्त्री बस्नेतले सरकारले किसानको सहभागितामा सहकारी मोडेलबाट कारखाना सजिलै सञ्चालन गरे उद्योगको आम्दानी र उखु कृषकले फाइदा लिन सक्ने बताए ।     मन्त्री बस्नेतले जनतालाई भ्रममा पार्न नखोजेको बताउँदै वर्षौंदेखि बन्द कारखाना सञ्चालन गर्न निकै चुनौती भए पनि सस्तो लोकप्रियताका लागि मन्त्री भएर बोलिदिंदैमा उद्योग सञ्चालन हुन नसक्ने भएकोले प्रक्रियाको माध्यमले उद्योगलाई सञ्चालनोन्मुख गर्न पहल भइरहेको बताए ।     एकीकृत माओवादीले शहीदको नाममा रु ३ अर्ब अपचलन गरेको बताउँदै उक्त रकम सरकारले बन्द उद्योग खोलाउन लगाएको भए अहिलेसम्म १७ वटै उद्