Posts

Showing posts from April, 2014

रिलायन्स चिनी मिलले पर्साका किसानको उखु खपत गर्ने प्रतिबद्धता

प्रस, वीरगंज, १७ वैशाख/     बाराको रिलायन्स सुगर मिल्स र पर्साका किसानबीच आज जिल्ला प्रशासन कार्यालय पर्सामा वार्ता भएको छ । पर्सामा रोपिएको उखुको चलान नदिंदा उखु खेतमैं सुकिरहेको सन्दर्भमा जिल्ला प्रशासन कार्यालय, पर्साका प्रजिअ कैलाशकुमार बजिमयको अगुवाइमा कृषक, कारखाना पक्षबीच वार्ता भएको हो ।     वार्तामा पुरानो मितिमा जारी चलान वैशाख १९ गतेसम्म खपत गरिसक्नुपर्ने र अब जारी हुने नयाँ चलान अनुसारको उखु पाँच दिनभित्र कारखानामा पुर्‍याउनु पर्ने सहमति भएको छ । यसको अलावा पर्सा जिल्लामा रहेका ३० प्रतिशत बाँकी उखुको चलान ४० दिनभित्र कारखानाले किसानहरूलाई उपलब्ध गराउनुपर्ने सहमति भएको छ । वार्तामा कारखानाका शिवनाथ शर्माले खेतमा जलेको उखु २४ घण्टाभित्र कारखाना पुर्‍याए त्यस्तो उखु स्वीकार गरिने बताए ।     वार्तामा उखु किसान सङ्घर्ष समिति पर्साका अध्यक्ष शहरूम राउत गद्दी, कारखानाको तर्फबाट शिवनाथ शर्मा, अनिल वर्मा, उपभोक्ता मञ्च पर्साका अध्यक्ष दिनाप्रसाद गुप्ताको सहभागिता थियो ।

गोरखापत्रको विश्वसनीयता उत्तिकै –सभासद् अमात्य

Image
प्रस, वीरगंज, १७ वैशाख /     पर्साका सभासद् राजेन्द्रबहादुर अमात्यले गोरखापत्र पत्रिकाको विश्वसनीयता अहिले पनि उत्तिकै रहेको बताएका छन् ।     गोरखापत्र संस्थानको वीरगन्जस्थित क्षेत्रीय कार्यालय स्थापनाको आज पाँचौं वाषिर्कोत्सवमा आयोजित गोरखापत्रको साइनो विषय छलफलमा बोल्दै सभासद् अमात्यले गोरखापत्रले सबै खाले परिवर्तनमा सराहनीय भूमिका निर्वाह गरेको बताए । उनले समाचारलगायत कुरामा देशको सबैभन्दा जेठो पत्रिकाको हैसियतले गोरखापत्रले आफ्नो मर्यादा कायम राख्न सक्नु खुशीको कुरा भएको बताए । पर्साका प्रमुख जिल्ला अधिकारी कैलाशकुमार बजिमयले गोरखापत्र जनताको मुखपत्र बन्नुपर्ने बताए । उनले स्थापनाकालदेखि अग्रस्थानमा रहेको गोरखापत्रले अहिले पनि विविध भाषामा समाचार पस्कने कुरामा अग्रस्थान कायमै राखेको बताए ।     वीरगंज उद्योग वाणिज्य सङ्घका कार्यवाहक अध्यक्ष प्रदीप केडियाले सरकारी क्षेत्रको थुप्रै संस्थानहरू बन्द भएको र भएका पनि घाटामा चलेको अवस्थामा सय वर्षभन्दा बढीको इतिहास रचेको पत्रिका आर्थिकरूपमा सम्पन्न भएर प्रकाशनलाई निरन्तरता दिनु प्रशंसनीय काम भएको बताए ।     क्षेत्रीय कार्यालय प्रमुख कन्ह

विवादित दलहरूको विभाजित मानसिकता

Image
- सञ्जय साह ‘मित्र’     नेपाली राजनीतिका खेलाडीहरूले विश्वमा क्रिकेट खेलाडीले जस्तो सम्मान पाउन नसकेको भए पनि आफू चाहिं चर्चामा आइरहन अनेक उपक्रम गरिरहेका हुन्छन् । यही उपक्रमले समयसमयमा नेपाली जनताको सामान्य ज्ञानमा वृद्धि गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने गरेको छ । कुन नेताको चरित्र कस्तो छ भन्ने कुरो सामान्यरूपमा सञ्चारमाध्यममा रुचि लिनेले सजिलै बताइदिन सक्छ । नेपाली नागरिकलाई जहिले पनि धोका दिइरहेका र ठगिरहेका हाम्रा नेताहरूप्रति जनताको विश्वास पनि उही शैलीमा रहेको देखिन्छ । वास्तवमा लोकतन्त्रमा जनता बलियो मानिनुको कारण पनि यही नै हो कि जनताले आफूले चाहेको नेतालाई आफूले चाहेको समयसम्म विश्वास गरिरहन सक्छ । नत्र भने कोही पनि ठूलो भनाउँदा नेताको विकल्प जनताले हरेक समय खोजिरहेको हुन्छ ।     जहिले पनि आफू नै ठूलो र जहिले पनि आफू मात्र ठूलो भन्ने मानसिकता नेताहरूमा हुन्छ । यसैकारण हाम्रा नेताहरू राजनेता बन्न सकेका छैनन् । आफ्नो स्वार्थभन्दा माथि उठेर देश, जनता र पार्टीको स्वार्थका खातिर काम गर्ने इमानदार नेताहरूको कमी रहेको सबैले स्वीकार गरेका छन् । जहाँ नेताहरूमा यस्ता गुणहरूको

पहेंलो सबै सुन हुँदैन

    अङ्ग्रेजीमा एउटा उखान छ–जुन आँधी जति बढी वेगले आउँछ, त्यो त्यति छिटै थामिन्छ । नेपालको राजनीतिक परिदृश्यमा नेकपा माओवादी एउटा आँधीजस्तै आयो, फोहर–कसि·र बढार्‍यो, गतिको तीव्रतामा उपयोगी रूखबिरुवाहरू उखेल्यो र अब लाग्दैछ प्रचण्ड आँधीझैं हराउने सुरसार गर्दैछ । सुरसार त भइसकेको छ । पहिले मातृका यादवको बहिर्गमन, त्यसपछि मोहन वैद्यहरूद्वारा विभाजन र अब आन्तरिक विभाजन छरपस्ट देखिन थालेको छ । पर्सा र रौतहटमा जिल्ला अधिवेशनहरू गर्दा दुई चिरा भएर गर्ने, दुवैलाई माथिल्ला नेताहरूले आशीर्वाद दिने, त्यसका लागि पक्षधर नेताहरू आउने कुरालाई जिल्लास्तरीय कार्यकर्ताबीचको अन्तर्विरोध मात्र हो भन्न सकिंदैन । अर्थात् सानो समयमा सबै नेपालीको मन जितेर एउटा अज· आकार लिएको माओवादी पार्टी अब त्यति नै सानो समयमा विशृङ्लताको किनारमा पुग्न लागेको छ । यो आश्चर्यको कुरो पनि होइन किनकि नेपालको वामपन्थी इतिहासमा फुट र गुट सदाकालदेखि चलिआएको हो । बरु माओवादी त्यसको विपरीत स·ठित रहिरहेको भए आश्चर्य हुने थियो ।     नेपालमा माओवादीको अभ्युदयसँगै सर्वहारा तबकामा एउटा आश जागेको थियो । यद्यपि त्यो आश यस पार्टीका शीर्ष नेत

एमाओवादी पर्सा दुई चिरामा

Image
प्रस, वीरगंज, १६ वैशाख/     एकीकृत माओवादी जिल्ला पार्टीको आज वीरगंजमा छुट्टाछुट्टै दुईवटा अधिवेशन भएको छ ।     जिल्ला इन्चार्ज उर्मिला अर्यालको नेतृत्वमा सिप्रदीको सभाहलमा जिल्ला अधिवेशन सम्पन्न भएको छ भने केन्द्रीय सल्लाहकार जालिम मियाँको नेतृत्वमा रामगढवा धर्मशालामा तेस्रो जिल्ला अधिवेशन सम्पन्न भएको हो ।     जिल्ला कमिटीभित्र चरम विवाद भएको कारण दुई समूहमा विभाजन भएर छुट्टाछुट्टै अधिवेशन भएको हो । सिप्रदीको सभाहलमा आयोजित प्रथम जिल्ला अधिवेशनको केन्द्रीय नेता जनार्दन शर्मा प्रभाकरले उद्घाटन गरेका थिए भने रामगढवामा सम्पन्न तेस्रो जिल्ला अधिवेशनको पर्साका पूर्व इन्चार्ज एवं केन्द्रीय सदस्य क्षेत्रबहादुर श्रेष्ठ ‘अनिल’ले उद्घाटन गरेका थिए ।     एमाओवादीको विराटनगरमा वैशाख १८ गते हुन गइरहेको स·ठनात्मक अधिवेशनका लागि भएको जिल्ला अधिवेशनमा पर्साको उर्मिला अर्याल पक्षधरबाट भएको अधिवेशनले विजय महतोको अध्यक्षतामा ४५ सदस्यीय जिल्ला कमिटी र १२ जना केन्द्रीय प्रतिनिधि पर्यवेक्षकको चयन गरेको छ । यो अधिवेशनमा ३२ सय सदस्य सङ्ख्या देखाइएको छ ।     यता जालिम मियाँ पक्षधरबाट ५५ सय सदस्य सङ्ख्या जन

वीरगंजको प्राय: सबै होटल, रेस्टुरामा बाख्रीको मासु बिक्री

प्रस, वीरगंज, १६ वैशाख/     वीरगंजका सबै होटल, रेस्टुरा र मासुजन्य पदार्थ बिक्री हुने पसलहरूमा बाख्राको मासु बिक्री हुने गरेको पाइएको छ । एक बगरेका अनुसार वीरगंजको नाम चलेका होटलदेखि सानाठूला सबै रेस्टुरा, पराठा हाउसहरूलगायत मासु बिक्री हुने पसलहरूमा बाख्रीको मासु बिक्री हुने गरेको बताए । वीरगंजमा बाख्रीको मासु मात्र १५ भन्दा बढी पसलबाट बिक्री हुने गरेको छ ।     वीरगंजमा नाम चलेका होटल भिस्वा, मकालु, कैलाश, दियालो, पूजन, कन्ट्रीन, सगुन, कुमु, हीरा, सम्झना, सुरजलगायतमा बाख्रीको मासु बिक्री हुने गरेको बगरेको भनाइ छ । त्यस्तै वीरगंजका रेस्टुराहरूमा पनि बाख्रीकै मासु बिक्री हुने गरेको छ । माईस्थान, र शहरभरिका रेस्टुरा, मासुजन्य पदार्थ बिक्री हुने पसलहरूमा सस्तोमा पाइने बाख्रीको मासु बिक्री हुने गरेको छ । खसीको मासु गत वर्ष प्रतिकिलो ५४० कायम भए पनि हाल बजारमा ६ सय देखि ६५० सम्म प्रतिकिलो बिक्री भइरहेको छ । त्यस्तै बाख्रीको मासु हाल प्रतिकिलो ४ सय देखि ४५० सम्म बिक्री भइरहेको छ । वीरगंजमा दैनिक ४० वटा पसलबाट खसीको र १५ वटा पसलबाट बाख्रीको मासु बिक्री हुने गरेको बताइएको छ ।     खसीको मासु भन

देशभक्ति र दोहोरो नागरिकता

Image
- गोपाल ठाकुर     आफू जन्मेको भूमि जन्मभूमि, आफू स्थायीरूपले बसेको देश–स्वदेश र जन्मभूमि वा स्वदेशको भलो चिताउनु देशभक्ति कहलिन्छ । तर अर्थ–राजनीतिक विकासको क्रममा देशभक्ति पनि सापेक्षतामा परिभाषित भएको देखिन्छ । हाम्रो अभ्यासमा राजतन्त्रात्मक शासनकालमा राजभक्तिलाई देशभक्तिको पर्यायको रूपमा बुझ्ने गरिन्थ्यो । तसर्थ राजाले गरेका गलती–कमजोरीको आलोचना तिनताक देशद्रोह मानिन्थ्यो । राजतन्त्रको उन्मूलनसँगै त्यो परिभाषा बदलिनुपर्ने हो । तर आज पनि जातीय, क्षेत्रीय, भाषिक, सामुदायिक, साम्प्रदायिक हिसाबले राजतन्त्रले स्थापित गरेको देशभक्तिको मानकीकरण विस्थापित भने भएको छैन । अर्थात् शासकहरूले स्वदेशभन्दा विदेशतिर आफ्नो आस्था राखे पनि उनीहरू देशभक्त मात्रै होइन, देशको भाग्यविधाता भइरहनेस तर सामान्य जनताले तिनको त्यस त्रुटिमाथि औंला ठड्याउँदा उसले देशद्रोहको अभियोग खेप्नुपर्ने अवस्थाको पूर्ण समाप्ति भएको छैन ।     गोरखा राज्य विस्तार अभियानको लागि अङ्ग्रेजी भारतबाट हतियार ल्याए पनि, मधेस, भित्री मधेस र महाभारतसम्मका कतिपय पहाडी क्षेत्रसम्म मुगल नबाब वा अङ्ग्रेजहरूको गुमास्ता भएर जमिन्दारी चलाए प

हाम्रो बहाना गजबको

    १४ गते आइतवार प्रतीकमा ओमप्रकाश खनालको लेख ‘सरकार व्यापारी, जनता भिखारी’ पढें । जस्तो लेखको नाम छ त्यस्तो लेखमा जनपक्षीय विचार पाइएन । हिन्दूस्तानमा रेल बन्यो । त्यस बेला धेरै विरोध भएको थियो, आज रेल भारतको संस्कृति बनेको छ । चिनी कारखाना बने । त्यसको पनि विरोध भयो । तर विस्तारै चिनी कारखाना यस क्षेत्रको ढुकढुकी बन्यो । घडी मिलाउनेदेखि रोटीको व्यवस्थासम्म यसले दियो । आज त्यो बन्द छ । सबै यसको माध्यमले आफ्नो रोटी सेक्ने दाउमा छन् । लेखक यसको विपक्षमा छन् । खर्बौं रुपियाँ चुनाव र माओवादीको लागि खर्च भयो । रोटीको लागि एक अर्ब पनि खर्च गर्न अप्ठयारो छ । यिनै हुन् हाम्रो देशका नेता र बुद्घिजीवीहरू । अनि देश कसरी उँभो लाग्छ ?     चिनी कारखानाको क्षेत्र जस्ताको त्यस्तै छ । न बाक्लो बस्ती बसेको छ न गाउँ बढेको छ । तर पनि लेखक बस्ती बसेको निहुमा अन्यत्र सार्ने आवश्यकता देख्छन् । सँगैको मोतीपुर, चकिया र मझौलियाका चिनी मिलहरू यसभन्दा निम्नस्तरमा भए पनि निर्वाध चल्दैछन्, त्यही ठाउँमा । हाम्रो भने बहाना नै गजबको छ । – डा. शिवशङ्कर यादव छपकैया, वीरगंज नेपाल कजष्खकजबलपबच।थबमबखद्धघज्ञ२नmबष्।िअयm

सबैभन्दा ठूलो कुरा मर्न बाँकी छ

Image
– कुमार रुपाखेती     असल उपचार पाएपछि अचेल एमालेका केपी ओली रातोपिरो देखिएका छन् । उनी अक्सर किडनीको समस्याले थलिरहेको देखिन्छ, सुनिन्छ । रोगले पटक–पटक च्याप्दा बराबर अस्पतालको शय्यामा देखिन्छन् तर अचेल उनलाई रोगको बेथाभन्दा कसरी पार्टी अध्यक्ष बन्ने बेथाले बढी थलाएको, गलाएको देखिन्छ । डाक्टरले आरामको सख्त जरुरत छ भन्दाभन्दै पनि उनी दिल्लीबाट त्रिभुवन विमानस्थल झर्नासाथ पार्टी अध्यक्ष बन्ने धोको पूरा गर्न सक्रिय देखिएका छन् । सङ्क्षेपमा भन्नुपर्दा पार्टी अध्यक्ष बन्न उनी ज्यानै फालेर लागेका छन् । झन् वामदेवलाई हनुमान बनाएपछि त अहिलेदेखि नै कथित अध्यक्षभैंm व्यवहार देखाउन थालेका छन् । वामदेवजस्तो रामभक्त हनुमान विरलै पाइन्छ रे ।     वर्तमानमा एमाले मुलुककै शक्तिशाली पार्टी बनेको छ र अस्पतालको शय्यामा बसिरहने बिमार ओलीले एमालेजस्तो विशाल पार्टी हाँक्न सक्दैनन् भन्ने उनका विपक्षीहरूको तर्क छ भने आफ्नो बिमारीप्रति रहम खाँदै एकपल्ट अध्यक्ष बनाई टोपलीदिन पार्टी सदस्यहरूलाई अनुनय–विनय गर्दैछन् उनी । ओलीका अनुयायीहरू त उनलाई सर्वसम्मत अध्यक्ष बनाउने फोस्रो चक्करमा लागेका छन् ।     पार्टी अध्

गरिबी र मधेस

Image
- विनोद गुप्ता     नेपालीहरूको लागि एउटा खुशीको खबर छ । हामी सबै धनी हुँदैछौं । हाम्रो प्रतिव्यक्ति आय ५०० अमेरिकी डलरबाट बढेर ७१७ अमेरिकी डलर पुगेको तथ्याड्ढ केन्द्रीय तथ्याड्ढ विभागले सार्वजनिक गरेको छ । चालू आवमा आर्थिक वृद्धिदर ५.१५ प्रतिशत हुने र कृषि एवं वन क्षेत्रमध्ये कृषि क्षेत्रले गत आवमा ११ प्रतिशतको वृद्धि हासिल गरेको र कृषि एवं वन पैदावारले कुल गार्हस्थ्य उत्पादनको ३०.२७ प्रतिशत भाग ओगट्ने गरेको आधारमा प्रक्षेपण आधारित छ भनिएको छ । यी सबै राम्रा पक्षहरू हुन् तर प्रश्न के छ भने आउँदो वर्षायाममा भारतीय महाद्वीपमा वर्षा औसतभन्दा घटी हुने भविष्यवाणीको परिप्रेक्ष्यमा वर्षामा भर पर्ने खेतीपाती भएको देशको प्रक्षेपण कति सार्थक होला विचारणीय हुन आउँछ । साथै १२ घण्टाको लोडसेडिङ थेगिरहेको देशको आर्थिक वृदिदर ५.१५ प्रतिशत हो भने यसमा औद्योगिक क्षेत्रको योगदान नगण्य र वैदेशिक रोजगारीको योगदान अधिक होला भन्न सकिन्छ ।     कर प्रशासनको कुरा गर्दा देशको प्रत्यक्ष राजस्वको ६० प्रतिशतभन्दा बढी उपत्यकाबाट र अप्रत्यक्ष करको अधिकांश भाग तराईको वीरगंजबाट उठ्ने गरेको तथ्य सर्वविदित नै छ । यस पर

हुलाकी सडक

    नेपालको विकास तथा उन्नतिका लागि मित्रराष्ट्र भारतले बनाइदिन लागेको तराई सडक परियोजना तथा हुलाकी सडक निर्माण कार्य कछुवाको चालमा अगाडि बढिरहेको छ । मेची–महाकाली जोडनेगरी निर्माण हुने सडक ६०५ मिटर लामो १९ वटा शाखा सडकसमेत गरी जम्मा १ हजार ४४५ किलोमिटर रहेको छ । नेपाल–भारत सरकार बीच यस परियोजनाका लागि भएको सम्झौता अनुसार कालोपत्रेका लागि भारत सरकारले २० अर्ब अनुदान दिनेछ भने नेपाल सरकारले सडकमा पर्ने १ सय ५ वटा पुल निर्माण गर्ने, जग्गा मुआब्जा साथै  धारा, बिजुलीको लाइन सार्नेलगायत कार्यहरू गर्नुपर्नेछ । मुलुकका प्रचलित ऐन कानुनहरूको बाधा बन्देज फुकाउने, सडक निर्माणका लागि आवश्यक ढु·ा, गिट्टी, बालुवा उपलब्ध गराइदिने नेपाल सरकारको जिम्मेवारीमा छ ।      दुई मुलुकबीच सम्झौता भएको ५ वर्ष बितिसक्यो । निर्माण कार्यको टेन्डर भएको पनि तीन वर्ष बितिसकेको छ । विभिन्न चरणमा गरी सम्पन्न हुने भनिएको तराई सडक परियोजना अन्तर्गत पहिलो चरणको कार्य पनि सम्पन्न हुन सकेको छैन । पहिलो चरणमा पर्सा, बाराको हुलाकी सडकसमेत विभिन्न १९ वटा हुलाकी सडकहरू रहेका छन् । सडक निर्माणमा विलम्ब भएकोमा सम्बन्धित क्षेत्रका

हुलाकी सडकको निर्माण कार्य वर्षा यामपछि शुरु हुने– महावाणिज्यदूत रञ्जन

Image
प्रस, वीरगंज, १५ वैशाख/     भारत सरकारको सहयोगमा नेपालमा निर्माण भइरहेको हुलाकी सडक यस वर्षको वर्षा याम सकिनेबित्तिकै शुरु हुने भारतीय महावाणिज्य कार्यालय वीरगजका प्रमुख अन्जु रञ्जनले बताइन् ।     सडक निर्माण काममा भारत सरकारको लापरवाही तथा ठेकेदार कम्पनीले काम छोडी भागेको समाचार प्रकाशमा आएपछि भारतबाट एउटा उच्चस्तरीय टोली अनुगमनको क्रममा आज वीरगंज आइपुगेको छ ।     टोलीले आज बारा तथा पर्सामा अधूरो सडकको अवलोकन तथा समस्याबारे बुझेका थिए । समस्या समाधान टोली (म्च्भ्)ले अध्ययन शुरु गरेको छ । टोलीसँग भेटघाटको क्रममा वाणिज्यदूत रञ्जनले खासै समस्या नभएको बताउँदै नेपाल सरकारले अहिलेसम्म सडकको लागि जग्गा अधिग्रहण नगरेकोले धेरै ठाउँमा पुल समेत नबनेको बताइन् ।     समस्या समाधान टोली (म्च्भ्) टोलीका प्रमुखमा राजवीर जैनसँगै ५ सदस्यीय टोली वीरंगज आएको हो । सो टोलीले आज बाराको सडकखण्डको अनुगमन गरेको छ ।

विश्वकर्मा सिमेन्टमा एक मजदुरको मृत्यु पीडित पक्षलाई साढे आठ लाख क्षतिपूर्ति दिने सहमति

Image
प्रस, परवानीपुर, १५ वैशाख/     लिपनीबिर्ता–९ स्थित त्रिवेणी ग्रुपद्वारा सञ्चालित विश्वकर्मा सिमेन्ट प्रालिमा लोडरले किचेर एक मजदुरको मृत्यु भएको छ ।     मृत्यु हुनेमा पर्सा, उदयपुरघुर्मी–५ घर भएका ४५ वर्षीय रामअशिस राउत अहिर रहेका छन् ।     आज बिहान ७ बजे उद्योगभित्रै काम गरिरहेका अहिरलाई लोडर मेसिनले किचेपछि घटनास्थलमैं मृत्यु भएको उद्योगका कामदारहरूले बताएका छन् । मेसिनमा फलाइस हाल्ने क्रममा एक्कासि लोडरले च्यापेपछि उनको ज्यान गएको कुरा अनुसन्धानबाट खुलेको घटनास्थलमा पुगेको प्रहरी टोलीले बताएको छ ।     अहिरसँगै काम गर्ने अधिकांश मजदुरनास्ता खान बाहिर निस्केको समयमा घटना भएको बुझिएको अखिल नेपाल ट्रेड युनियन महासङ्घ (क्रान्तिकारी) पर्साका संयोजक तथा केन्द्रीय सदस्य उमेश पटेलले बताए ।     मजदुरको सुरक्षाका लागि कम्पनीले सावधानी नअपनाएको, लोडर चालक बिगु पटेलको सवारीचालक अनुमति पत्रसमेत नरहेकोले दुर्घटना भएको मजदुरहरूको भनाइ छ ।     मृतकका आफन्तजनले घटनाको निष्पक्ष छानबिन, राहत तथा उचित क्षतिपूर्तिको माग गर्दै प्रदर्शन गरेका थिए । मृतक पक्षको विरोधको कारण दिउँसो २ बजे पछि मात्रै प्रहरील

गाँधीवादको सच्चा वाहक बन्नुपर्छ

    १३ गते प्रतीकको वाटिकामा चन्द्रकिशोरले गाँधी र अहिंसाको चर्चा गरेर बालपनको याद ताजा बनाइदिए जब म मनोहर पोथीमा गाँधी को यसै तस्वीरका साथ पाठ याद गर्दथें । तत्पश्चात् मनोहर पोथी हरायो र गाँधी पनि हराए । परिणाम महेन्द्रको निरङ्कुशतादेखि माओवादीको छोटो बाटो देख्नुपर्‍यो । धेरै गहन र सूक्ष्म विवेचना गरेका छन् लेखकले यसमा । हिंसा र अहिंसामा जमिनआसमानको फरक छ । अहिंसा योग हो भने हिंसा विध्वंस हो । अहिंसाले समाजलाई जोड्छ, हिंसाले तोड्छ । माओले सत्ता बन्दुकबाट प्राप्त हुन्छ भनेका छन् । अवश्य सत्ता त्यसले प्राप्त हुन्छ तर सांस्कृतिक क्रान्ति को विध्वंस दुनियाँको दोस्रो अर्थतन्त्र भए पनि चीनलाई कही पुर्‍याएन । जबसम्म कनफ्युसियस र बुद्घ स्थापित हुँदैनन्, चीन ज·लमा बाटो बिराएको सौदागर सरी भोकप्यासले मर्छ । उसको सीको गरी नेपाल छिमेककै गाँधी र आफ्नै बुद्घको अवहेलना गर्नु महान् आश्चर्य हो । तर यहाँका प्रजातान्त्रिक भनाउँदाहरू पनि छद्म नामले गाँधी भएका छन्, जुन हास्यास्पद मात्र होइन विडम्बना पनि हो । गाँधीवादमा छद्म, रहस्य वा मुकुन्डोको कुनै स्थान छैन । यही मुकुन्डोको कारण यहाँ माओवाद पलायो । गाँधी

न्यायिक स्वतन्त्रता न्यायाधीश नियुक्तिको सम्बन्ध

Image
- अधिवक्ता वीरेन्द्रप्रसाद यादव     कुनै पनि प्रकारको दबाब, प्रलोभनमा नपरी कुनै पनि शक्तिकेन्द्रबाट प्रभावित नभई कानुनको शासन लागू गर्ने कुरामा विश्वास राख्दै जनताको जीउधनलगायत सम्पूर्ण हकहितको स्वतन्त्रतापूर्वक रक्षा गर्ने न्यायाधीशको क्षमता नै न्यायिक स्वतन्त्रताको महत्त्वपुर्ण पक्ष हो । न्यायिक स्वतन्त्रता स्थापित गर्न न्यायाधीशको नियुक्ति, न्यायिक निष्पक्षता, नियुक्तिको तरिका, सेवासुविधा र सेवाको सुरक्षा, बर्खास्तगीको तरिका, न्यायिक सुशासन, न्यायिक सक्षमता र नैतिकता, न्यायिक निर्णयको पारदर्शिता र कार्यान्वयनमा विशेष ध्यान दिनुपर्छ । यसमा सबैभन्दा महत्त्वपूर्ण नियुक्ति–प्रक्रिया हो । नियुक्ति प्रक्रिया नै हस्तक्षेपकारी खालको छ भने न्यायिक स्वतन्त्रता प्रभावित नहुने कुरै छैन ।     संयुक्त राष्ट्र सङ्घद्वारा सन् १९८५ मा पारित सिद्धान्त, कमनवेल्थ राष्ट्रहरूका लागि ल्याटिमार हाउस गाइड लाइन, बेइजिङ बडापत्रलगायतले पनि यही कुराको सड्ढेत गरेको छ । संयुक्त राष्ट्र सङ्घको सिद्धान्तमा भनिएको छ– न्यायिक निकायको लागि चुनिएको व्यक्ति कानुनको आवश्यक ज्ञाता, तालिमप्राप्त, योग्य र सक्षम हुनुपर्ने,

न्यायको आग्रह

    न्याय शाश्वत हुन्छ । न्यायको परिपालन मानिसले गरेन भने प्रकृतिले गर्दछ । यो भाग्यवादको विषय होइन, कर्म अनुसार फलको प्राप्ति मात्र हो । कर्म अनुसारको फल प्राप्त हुनु भनेको भगवान्प्रदत्त होइन । जब न्यायको आग्रह हुन्छ, परिस्थिति त्यसै अनुसार बन्न थाल्दछ र सामान्य दृष्टिमा त्यो भाग्य कहलिन्छ, फरक त्यति मात्र हो । एक समय नेपालमा आतड्ढ मच्याएका विभिन्न भूमिगत गिरोहहरू आज समयचक्रमा परेर नष्ट भइसकेका छन् । त्यस बेला लाग्दथ्यो भूमिगत गिरोहका मानिसहरू नै सबैको भाग्य नियन्ता हुन् । जसलाई पायो मार्‍यो र त्यसको कुनै भुक्तानी दिनु नपर्ने सोच समाजमा व्याप्त थियो । त्यसै गिरोहको सुटर रूपेश गिरी पक्राउ परेको छ । तिनताक रूपेश भनेपछि कालको समान थियो । उसको आँटको साँधी थिएन । उसले सहायक जिल्ला प्रशासकको हत्या गर्ने प्रयास गरेको थियो । उसले जिल्ला प्रशासन कार्यालयको अधिकृतको हत्या गरेको थियो । ऊ त्यस बेला बलशाली थियो । भनिन्छ जनतालाई सुरक्षा दिने अधिकारीहरूसमेत यिनीहरूसित डराउँथे र उनको माग अनुसार काम गरिदिन्थे । आज के भयो ? त्यस्तो बलशाली व्यक्ति किन पक्राउ पर्‍यो ? हिजो राज्यले त्यसलाई किन पक्राउ गर्न

तत्कालीन सप्रजिअका अङ्गरक्षकको हत्यामा संलग्न रूपेश गिरी पक्राउ

Image
प्रस, वीरगंज, १४ वैशाख/     पर्साका तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी बलबहादुर मल्लको अ·रक्षकको हत्यालगायत आपराधिक  घटनाका आरोपी भूमिगत स·ठनका एक फरार अभियुक्तलाई पर्सा प्रहरीले हतियारसहित पक्राउ गरेको छ ।     जिल्ला प्रहरी कार्यालय पर्सामा आज आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक धीरजप्रताप सिंहले अ·रक्षक प्रहरी जवान अनन्तराज खड्कामाथि ०६६/९/२७ गते गोली प्रहार गरेर हत्या गरेका २५ वर्षीय छोटु भन्ने रूपेश गिरीलाई हतियारसहित पक्राउ गरिएको बताए ।     प्रहरी उपरीक्षक सिंहले भारत कोइरियाटोलाबाट वीउमनपा–१ भकुवा हुँदै वीरगंज आउने क्रममा निजलाई पक्राउ गरेको पत्रकारहरूलाई बताए । पक्राउ परेको गिरीबाट रिवल्भर–१, सोमा प्रयोग हुने गोली थान–२ बरामद भएको बताए ।     पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक सिंहले संयुक्त तराई जनतान्त्रिक मुक्ति मोर्चामा गिरी सुटरको रूपमा रहेको र निजले नै ०६५/६/३ गतेका दिन जिल्ला प्रशासन कार्यालय पर्साका शाखा अधिकृत मोहन मैनालीको पनि हत्या गरेको स्विकारेको बताए । यसको अलावा वीरगंज उद्योग वाणिज्य सङ्घका महासचिव गोपाल केडियामाथि  ०६७/२/५ गते महावीरस्थान अगाडि गोली प

आपत्कालीन कार्य सञ्चालन केन्द्र स्थापना

Image
प्रस, वीरगंज, १४ वैशाख/     युएनडिपीको सहयोग तथा गृह मन्त्रालयको आयोजनामा आजदेखि जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र शुरु भएको छ ।     सञ्चालन केन्द्रको स्थानीय विकास अधिकारीले भिएफ रेडियोमार्फत् गृह मन्त्रालयमा सम्पर्क गरी कार्यालयको उद्घाटन गरेका थिए । जिल्ला प्रशासन कार्यालयमा बसेको विपत् व्यवस्थापन समितिको बैठकमा बृहत् विपत् जोखिम व्यवस्थापन कार्यक्रम युएनडिपीका प्रतिनिधि कृष्णा कार्कीले सहायक प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीलाई आवश्यक कागजात हस्तान्तरण गरेकी थिइन् ।     विगतमा विपत् पर्दा जिल्लामा छुट्टाछुट्टै निकायबाट गृह मन्त्रालयमा पुग्ने गरेको रिपोर्ट अब एकल प्रणालीमार्फत् भिएफ रेडियोमार्फत् पुग्ने उद्देश्यले कार्यालयको उद्घाटन गरिएको कृष्णा कार्कीले बताइन् ।     जिल्लामा विपत आएको बेला तत्काल राहत पुग्ने आवश्यक पर्ने केही सामग्रीसमेत सो कार्यालयमा राखिएको छ । नेपाल सरकारले विपत् व्यवस्थापन अन्तर्गत नेपालमा यसअघि ३६ जिल्लामा केन्द्र स्थापना गरिसकेको र यसबाट धेरै सहयोग पुग्ने गरेको फिल्ड कार्यालय भरतपुरका पद्मबहादुर विश्वकर्माले बताए ।     जिल्ला प्रशासनमा खोलिएको कार्

एमाओवादीमा समानुपातिक सहभागिताको बहस

Image
    नेपाली समाजमा विद्यमान आर्थिक–समाजिक असमानतासहितको विविधता सम्बोधन गर्न सारिएको समानुपातिक प्रतिनिधित्वको अवधारणा सि·ै मुलुकले आत्मसात गरी अन्तरिम संविधानमा समेत लिपिबद्ध गरिसकेको छ । समानुपातिक प्रतिनिधित्वको व्यवस्था राज्यका विभिन्न अ·हरूले क्रमश: लागू गर्दै गएका र अन्य राजनीतिक दलहरू समेतले समानुपातिक प्रतिनिधित्वको अनुपात थोरबहुत भए पनि आत्मसात गरिसकेको अवस्थामा उक्त एजेन्डाको नेतृत्वकर्ता एमाओवादीले किन आफ्नो पार्टी–स·ठनमा लागू नगरेको होला ? आज यो आम जिज्ञासाको विषय मात्र नभएर गम्भीर चासोको विषय बनेको छ । यो युद्धको बेलाको एजेन्डा हो, यो अरूका लागि हो, आप्ूmना लागि होइन जस्ता आरोप र आशड्ढा नरहेको पनि होइन, तर एमाओवादी पार्टीले सकारात्मक सोचबाट नै यसलाई अनुसरण नगरेको हुनुपर्दछ भन्ने जब्बर बुझाइको परिप्ेरक्ष्यमा यसका विभिन्न पक्षबारे बह्स अगाडि बढाउनु जरुरी छ । यस बह्सले पार्टीको ०७१ वैशाखमा हुने राष्ट्रिय सम्मेलनको प्रक्रियासँगै आन्तरिक प्राथमिकता पाए पनि व्यवस्थित भएको छैन । अझ यो विषय समाजको अग्रगामी रूपान्तरणसँग अभिन्नरूपले जोडिएको र यसका लागि हजारौंको रगत बगेको पृष्ठभूमिम

कर्मचारी व्यवस्थापन कसरी गर्ने –२

Image
- अनन्तकुमार लाल दास     “कदम–कदम बढाए जा, खुशी के गीत गाए जा” भारतीय क्रान्तिकारी सुभाषचन्द्र बोसद्वारा गठित “आजाद हिन्द फौज” को यो प्रेरणादायी पहिलो पङ्क्ति आज पनि पाँचजना वा ५,००० जति कर्मचारी भएको संस्थामाथि लागू हुन्छ । व्यवसाय एउटा जटिल मेशीनजस्तै हुन्छ जसलाई राम्ररी चलाउन त्यसका सबै पार्ट–पुर्जाको समान महत्त्व हुन्छ । कुनै पनि एउटा पार्ट कमजोर भएमा मशीनको गति र क्रियाशीलतामा कमी आउनु स्वाभाविक हुन्छ । यस कारण जापानी उद्योगजस्तै एक आपसमा मिलेर वा सहकार्य गर्नका लागि एउटा विजेता टीम तयार गर्नुपर्छ किनभने अरूले गर्ने प्रयासमा आफ्नो प्रयास समावेश गर्नाले लक्ष्य सजिलै प्राप्त हुन्छ । यसका लागि एउटा कुशल व्यवस्थापकले आफ्नो संस्थाको लक्ष्य सबै साथीबीच राखेर छलफल गर्नुपर्छ र उद्देश्य पूर्तिका लागि एउटा टीम तयार गर्नुपर्छ । एउटा संस्था प्रमुखको रूपमा राम्रो कर्मचारीभन्दा पनि एउटा राम्रो टीम कर्मचारी तयार गर्नेतर्फ प्रयास गर्नुपर्छ ।     विख्यात क्राइसलर इआकोका १० लाख डालरको साटो १ लाख डालर तलब लिन्थे । यस कारण उनी आफ्नो कर्मचारीलाई पनि त्याग गर्न भन्न सक्थे । यदि कुनै नेताले भोलिको लाग

जनता अल्मलाउने चाला

    अचेल प्राय: समाचारहरूमा आज यति मूल्य बराबरको भंसार चोरीको कपडालत्ता समातियो, सुपारीसहित एकजना पक्राउ, काठसहित साइकल पक्राउ, लागू औषध उताबाट यता आउने र यताबाट उता जाने पक्राउ पर्ने समाचारहरू सुनिन्छ । यी समाचारहरू पढ्दा देशमा सुरक्षा निकाय निकै सक्रिय रहेको भान हुन्छ । गृहमन्त्री आफ्नो मातहतको निकायले राम्रो काम गरिरहेको भ्रम पाल्छन् । प्रहरीबाट आउने समाचारहरूमा कुनै अपराधको विस्तृत रिपोर्ट हुँदैन, प्रहरीले चोर समातेको, डाँका पक्राउ गरेको, तस्करको मुखियाविरुद्ध अभियान चलाएको सुनिंदैन, गहनतम अनुसन्धानका हत्या मामिलाको कथा पढ्न पाइँदैन, बलात्कारका अपराधीहरूलाई खोजेर ल्याएको, बोक्सीको अपराधमा पीडित महिलाविरुद्ध खनिने जमातविरुद्ध काम गरेको कुरा कहिल्यै थाहा पाइँदैन, सामान पक्राउ परेको समाचार चाहिं बडो आग्रहका साथ सम्प्रेषित गरिन्छ । मानौं नेपालमा ठूला अपराध हुँदैहुँदैन, झिनामसिना अपराध मात्र हुन्छ । यसलाई दबाउन सकियो भने देशमा ‘रामराज्य’ स्थापना हुन्छ ।     यो लेख लेख्नुको तात्पर्य प्रहरीको गतिविधिलाई हियाउनु कदापि होइन, देशको नीति निर्माताहरूको कुत्सित मनोवृत्ति प्रस्ट पार्नु हो । एउटा

राष्ट्रनिर्माणमा कर्मचारीको भूमिका अतुलनीय – नेता रिजाल

Image
प्रस, वीरगंज, १३ वैशाख/     नेपाल निजामती कर्मचारी युनियन पर्साको छैटौं जिल्ला अधिवेशन आज सम्पन्न भएको छ ।     प्रमुख अतिथि नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य रमेश रिजालले अधिवेशनको उद्घाटन गर्दै राष्ट्रनिर्माणमा राष्ट्रसेवक कर्मचारीहरूको भूमिका अतुलनीय रहेको बताए ।     राजनीतिक अस्थिरताको बेला सरकारले गरेको निर्णय नागरिकसम्म पुर्‍याउने कार्यलगायत पदीय जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्ने राष्ट्रसेवक कर्मचारीहरू धन्यवादका पात्र हुन्, उनले भने ।     कार्यक्रममा विशिष्ट अतिथि पूर्वसभासद् अजय द्विवेदीले लोकतन्त्र बलियो भए कर्मचारी पनि बलियो हुने बताए । जनताले देशमा पटकपटक लोकतन्त्र ल्याए पनि संस्थागत गर्न नसक्नु राजनीतिक दलहरूको कमजोरी भएको बताए ।     जनताले कुनै पनि काम सिफारिस गर्न खोज्छन् तर आफूले सिफारिस गर्न नजानेपछि आफू आफ्नो क्षेत्रमा पराजित भएको उनले बताए ।     व्यवस्था परिवर्तन भएपछि जनताको सोचमा पनि परिवर्तन आउनु जरुरी रहेको द्विवेदीले बताए । नेपालमा जुनसुकै व्यवस्था आए पनि जनता उही नै हुने भएकाले लोकतन्त्रलाई संस्थागत गर्न जनतालाई मानसिकरूपमा तयार गर्न जरुरी रहेको बताए ।  

गैरकानुनी विद्यालयहरू बन्द गराइन्छ– जिशिअ वस्ती

Image
प्रस, वीरगंज, १३ वैशाख/     अभिभावक सङ्घ पर्साको आयोजनामा सामुदायिक तथा संस्थागत विद्यालयहरूमा जिल्ला शिक्षा कार्यालय र सरोकारवालाहरूको भूमिका विषयक अन्तक्र्रियामा प्रमुख अतिथि जिल्ला शिक्षा अधिकारी हरिप्रसाद वस्तीले पर्सा जिल्लामा गैरकानुनीरूपमा सञ्चालित विद्यालयहरूलाई बन्द गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले आफ्नै कार्यालयका केही कर्मचारीहरूको मिलेमतोमा रातारात बाँडिएको निजी विद्यालय सञ्चालन अनुमतिविरुद्ध शिक्षा विभागले अनुसन्धान शुरू गरेको जानकारी गराए । उनले जुनसुकै अवस्थामा पनि गैरकानुनी विद्यालयहरू बन्द गरिने बताए ।     उनले शिक्षा कार्यालयका कर्मचारीहरूले निजी विद्यालयहरूको दर्ता चलानी पुस्तिकासमेत गायब गरेका खुलासा गरे । कारबाईको भयले निजी विद्यालयहरूको तथ्याङ्क गायब पारिएकोले तथ्याङ्कको अभाव भएको उनले बताए ।     रातारात खोलिएका विद्यालयहरूसँग आवश्यक कागजात माग गर्दा सञ्चालकहरूले आलटाल गरिरहेका पनि उनले बताए । एकजनाले दिएको विद्यालयको कागजातको चलानी नम्बरमा विदेशी सामाजिक संस्थालाई पठाएको अनुरोधपत्र दर्ता भएको देखिएको बताउँदै उनले जिल्लामा लगभग ३० भन्दा बढी निजी विद्यालयहरू न

गणतन्त्र अवश्यम्भावी

१२ गतेको प्रतीकमा श्रीमन्नारायण मिश्रको लेख ‘गणतन्त्र भारतको विशेषता’ लेख पढें । यो लेख पढेर नेपालले पाठ सिक्नुपर्ने हो तर अफसोस भारतको छिमेकी देश भएर पनि नेपालमा घाम लागेको छैन । निश्चय पनि हाम्रो गणतन्त्र बुद्धको बेलादेखि नै चलिआएको हो । भारतीय गणतन्त्र बलियो हुनुको मुख्य कारण पुरानो जग हुनु पनि हो । तर नेपालमा एउटा तत्त्व गणतन्त्रको विरोधमा उभिएको छ । हामीले चनाखो भएर यसको सामना गर्नुपर्छ । मधेसमा बुद्ध जन्मे पनि यसै मधेसलाई टेर्दैनन् यहाँका नेताहरू । अनि कसरी देश उँभो लाग्छ । परिणामत: ८ वर्षमा पनि हामीले संविधान बनाउन सकेनौं । यहाँ लेखकले दिएका अन्य मुलुकको उदाहरण जस्तो देखिन्छ । तर जनता हताश र निराश भएपनि चनाखो छन् । अब नेपालमा लोकतन्त्र, गणतन्त्र र सङ्घीयता अवश्यम्भावी छ । डा. शिवशङ्कर यादव छपकैया, वीरगंज क्जष्खकजबलपबच।थबमबखद्धघज्ञ२नmबष्।अयm

सरकार व्यापारी जनता भिखारी ?

Image
- ओमप्रकाश खनाल     सरकारप्रमुख र विभागीय मन्त्रीहरूले बेलाबेलामा विघटित वीरगंज चिनी कारखाना पुनर्सञ्चालनको चर्चा झिक्दै आएका छन् । उद्योगमन्त्री कर्णबहादुर थापाले हालै यो कारखाना सञ्चालनका निम्ति इमानदार प्रयास गर्ने प्रतिबद्धता जनाएपछि सरोकारका पक्षको चासो तानिएको छ । वीरगंज आगमनका क्रममा कारखानाको स्थलगत अवलोकनलाई मुख्य कार्यक्रम बनाएका मन्त्री थापाले सञ्चालनका निम्ति गहन अध्ययनको योजनासमेत सुनाए । यो कारखाना सरकारी स्वामित्वको नेपालकै सबैभन्दा पुरानो चिनी कारखाना मात्र नभएर प्रत्यक्षरूपमा बारा, पर्सा र रौतहटको जनजीविकाका अनेक आयामहरूसित जोडिएकाले पनि यसको सञ्चालनमा यस क्षेत्रको स्वाभाविक लगाव हुने नै भयो । यसो त २०५९ सालमा विघटन भएयता सञ्चालनका थुप्रै प्रयासहरू खेर गइसकेका छन् । खासमा त्यसयता यो कारखाना सरकारप्रमुख र मन्त्रीहरूको अवलोकन र प्रतिबद्धताको गोलचक्करमा जेलिएको छ । विभागीय मन्त्रीको गहन अध्ययनको पछिल्लो आलाप पनि यसकै परिणति हो । तर विडम्बना के छ भने सरकारले सञ्चालनको एउटा गतिलो मोडालिटी बनाउन सकेको छैन । कारखाना सञ्चालनको माग सरकार, न्यायिक निकाय, कारखानाको गेटदेखि दलीय

सशस्त्र प्रहरीको क्षेत्रीय गोष्ठी शुरू

Image
प्रस, पथलैया, १२ वैशाख/     बाराको पथलैयास्थित मध्य क्षेत्रीय सशस्त्र प्रहरी बल मुख्यालय रुद्रवाहिनीमा शुक्रवार दुई दिने क्षेत्रीय गोष्ठी शुरू भएको छ ।     शान्ति सुरक्षाका साथै अपराध नियन्त्रणका लागि सा·ठनिक योजना बनाउनका लागि गोष्ठी शुरू भएको हो । गोष्ठीमा वाहिनी मातहत रहेका चार गण, आठ सीमा सुरक्षा कार्यालय, सात गुल्म, ३९ वटा बोर्डर आउट पोस्ट र ६५ वटा सुरक्षा बेस क्याम्पका प्रमुखहरूको सहभागिता छ ।     गोष्ठीको उद्घाटन वाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक शैलेन्द्र खनालले गरेका थिए । गोष्ठीको उद्घाटन गर्दै उनले स·ठनको कामलाई थप प्रभावकारी बनाउनका लागि गोष्ठीको आयोजना गरिएको बताए । समाजमा हुने हरेक किसिमका अपराध न्यूनीकरणका साथै सीमा क्षेत्रमा भइरहेका राजस्व चुहावट, भ्रष्टाचार र हिंसा नियन्त्रण गर्नका लागि पनि गोष्ठीमा छलफल हुने बताए ।     वाहिनी मातहत रहेका विभिन्न एकाइबीचको सम्बन्ध र सूचना आदानप्रदानका लागि पनि गोष्ठीले सघाउ पुर्‍याउने उनले बताए । खनालले आपराधिक गतिविधि र स·ठनको जिम्मेवारीलाई पूरा गर्नका लागि कुनै कसर बाँकी नराख्नसमेत एकाइ प्रमुखहरूलाई निर्देशन दिएका थिए । खना

बज्जिका भाषाका प्रथम प्रशिक्षक सिंह सम्मानित

Image
प्रस, गरुडा, १२ वैशाख/     नेपालीय बज्जिका भाषाका प्रथम आधिकारिक प्रशिक्षक विपिनविहारी सिंहलाई रौतहटको गरुडामा एक कार्यक्रमबीच सम्मानित गरिएको छ । बज्जिका भाषा शिक्षक समिति रौतहटले कार्यक्रमको आयोजना गरी उच्च मावि गरुडामा सम्मान गरेको हो ।     कार्यक्रमका प्रमुख अतिथि स्रोतव्यक्ति विन्देश्वरप्रसाद साहले सिंहलाई दोसल्ला ओढाएर सम्मानपत्रले सम्मानित गरेका थिए । सिंहलाई सम्मानित गर्न पाएकोमा अत्यन्त खुशी लागेको बताउँदै प्रमुख अतिथि साहले बज्जिकासेवीलाई सम्मानको परम्परा बसाल्नुपर्ने बताएका थिए । कर्तव्यनिष्ठ र अत्यन्त इमानदार मानिसलाई सम्मानित गरेकोमा समितिलाई हार्दिक धन्यवाद दिंदै प्रमुख अतिथि साहले विद्यालयदेखि विश्वविद्यालयसम्म बज्जिका भाषाको पढाइ हुनुपर्ने आवश्यकतामाथि जोड दिएका थिए ।     नेपाल पत्रकार महासङ्घ रौतहट शाखाका पूर्वअध्यक्ष प्रेमचन्द्र झाले जल, जमिन र जिब्रो (बोली) बज्जिका भएर पनि बज्जिकाको पक्षमा काम गर्नुभन्दा अन्य भाषाको पक्षमा काम गर्नेप्रति व्यङ्ग्य गरेका थिए । राजनीतिकर्मीको बोली र व्यवहारमा एकरूपता हुनुपर्ने पत्रकार झाको भनाइ थियो ।     मधेस मसला एफएम गरुडाका अध्यक्

टी–ट्वान्टी प्रतियोगिता शुरू

प्रस, वीरगंज, १२ वैशाख/     बारा जिल्लाको खुटवा जब्दीमा शुक्रवारदेखि टी–ट्वान्टी नकआउट क्रिकेट प्रतियोगिता शुरू भएको छ । न्यू स्टार नेसनल युथ क्लबद्वारा आयोजित  प्रतियोगिताको उद्घाटन तराई मधेस लोकतान्त्रिक पार्टीका सहमहामन्त्री एवं पूर्वसभासद् जीतेन्द्र सोनलले  गरेका थिए ।     सो अवसरमा नेता सोनलले खेलकुदप्रति राज्य उदासीन रहेको बताए । उनले राज्यले खेलकुद र खेलाडीप्रति अलिकति मात्र पनि ध्यान दिए खेलाडीहरूले नेपालको नाम विश्वमा चिनाउने बताए ।     शुक्रवार भएको उद्घाटन खेलमा वीरगंजको भेडियाही क्रिकेट टिम विजयी भएको छ । भेडियाहीले बाराको खुटुवा प्रसौनीलाई ६ विकेटले पराजित गरेको थियो ।     प्रसौनीले दिएको ६७ रनको लक्ष्य भेडियाहीले १३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको थियो । पहिले ब्याटिङ गरेको खुटुवा प्रसौनीले १५ ओभरमा सबै विकेट गुमाएर ६६ रन मात्र बनाएको थियो । वैशाख २० गतेसम्म चल्ने प्रतियोगितामा आठवटा टिमको सहभागिता छ ।

माटो

Image
- विश्वराज अधिकारी     आइतवारको दिन थियो । हामी, म र महेश अड्ढल, ओक्लहोमा सिटी जाँदै थियौं । ओक्लहोमा सिटी अर्थात् अमेरिकाको ओक्लहोमा राज्यको राजधानी । हाम्रो स्वादसँग एकदमै मिल्दोजुल्दो खाद्य सामग्रीहरू त्यस शहरका केही पसलहरूमा पाइने हुनाले ती खाद्य सामग्रीहरू खरिद गर्न हामी एक वा दुई महिनामा एकपटक त्यस शहरमा जाने गथ्र्यौं । म अमेरिका आएको केवल छ महिना मात्र भएको थियो । तर महेश अड्ढल आएको दश वर्ष जति भइसकेको थियो । उहाँको बसाइँ लामो भइसकेकोले सबै थोकको व्यवस्था मिलाइ सक्नुभएको थियो । राम्रो जागिर, आफ्नै घर अनि बैंकमा केही बचत पनि । करिब करिब सबै थोक । म भने भर्खर गृहस्थी बसाउने तरखरमा थिएँ । आउँदा आउँदै शुरूको अवस्थामा यहाँ आउनेहरूले खोल्नुपर्ने पीडा, समस्या, चुनौती, अवसर, उम· आदि मिसिएको परिस्थितिको पोकोलाई बिस्तारै खोल्दै थिएँ । प्रवासमा बस्दा मनमा उठ्ने आशा र निराशाको ज्वारभाटाहरूको लेखाजोखा गर्ने प्रारम्भिक अवस्थामा म थिएँ ।     म बस्ने शहर, नोरमेनमा आफ्नो निजी गाडी नभएमा अति नै समस्या हुने रहेछ । यहाँसम्म कि सामान्य खाद्य सामग्रीहरू खरीद गर्नसमेत पनि आफ्नो गाडी चाहिने रहेछ । वा