Posts

Showing posts from January, 2014

शहीद दिवसमा सालिकमा माल्यार्पण तथा रक्तदान

Image
प्रस, वीरगंज, १६ माघ/     नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज परिसरमा रहेको शहीद थीरबम मल्ल र गण्डकमा रहेको शहीद तेजबहादुर अमात्यको सालिकमा आज शहीद दिवसको अवसरमा नेपाली काङ्ग्रेस वीरगंज नगर कार्यसमितिले माल्यार्पण गरी शहीदप्रति सम्मान प्रदर्शित गरेको छ ।     नेपाली काङ्ग्रेस वीरगंज नगर कार्यसमितिको आयोजनामा सभासद् राजेन्द्रबहादुर अमात्यलगायतले  शहीदद्वयको सालिकमा माल्यार्पण गरेका थिए । नगर कार्यसमितिका सभापति महम्मद सहाबुद्दिनको अध्यक्षतामा सम्पन्न  माल्यार्पण कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी कैलाशकुमार बजिमय, पर्साका प्रहरी उपरीक्षक धीरजप्रताप सिंह, सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक हर्कबहादुर रावललगायत नेपाली काङ्ग्रेस पर्सासँग आबद्ध नेताहरू, स्थानीय बुद्धिजीवी, सञ्चारकर्मीहरूको सहभागिता थियो । नारायणी असपतालमा जम्मा भएर थीर बम मल्लको सालिकमा माल्यार्पणपछि मोटरसाइकल र्‍यालिसहित गण्डकस्थित शहीद तेजबहादुरअमात्यको सालिकमा पुगेको र माल्यार्पण गरेको थियो ।     यसैगरी शहिद दिवसको अवसरमा आज वीरगंंज, युवा स्पोर्ट्स क्लबले घण्टाघरमा आयोजना गरेको रक्तदान कार्यक्रममा ५ महिलासहित ७२ जना

दोस्रो दिन पनि सिम्रौनगढ ठप्प, आन्दोलन अझ चर्काउने निर्णय

रामेश्वर मेहता, सिम्रौनगढ, १६ माघ/     प्रहरीको ज्यादतीविरुद्ध सिम्रौनगढ क्षेत्रका बासिन्दाले आज दोस्रो दिन पनि आन्दोलन जारी राखेका छन् ।     सो क्षेत्रका पसल, बजार र यातायात आज दिनभरि नै बन्द रहयो, आन्दोलनकारीहरूले बिहानैदेखि ठाउँ–ठाउँमा टायर जलाएर, नाराजुलुस गर्दै प्रदर्शन गरेका थिए ।     प्रदर्शनका लागि गाउँ–गाउँबाट ठूलो सङ्ख्यामा मानिसहरू सिम्रौनगढ पुगेका थिए । उनीहरूले इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक किशोरकुमार उपाध्यायको पुतला बनाएर बोकाको घाँटीमा झुन्ड्याई बजार क्षेत्र परिक्रमा गरेका थिए । परिक्रमापश्चात् प्रनि उपाध्यायको पुतला इलाका प्रहरी कार्यालयको मुख्य प्रवेशद्वारमा लगेर दहन गरेका थिए ।     यसैबीच आज साँझ आन्दोलनकारीहरूको अगुवा भेला कड्ढाली मन्दिर परिसरमा बसेको थियो । उक्त भेलाले छोटी भन्सार स्थापनाको मागलाई मुख्य प्राथमिकता दिएको छ । माग पूरा नभएसम्म आन्दोलन अझ चर्काउने भेलाले निर्णय गरेको छ ।     आन्दोलनकारीहरूले प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकसँग मात्रै वार्ता गर्ने अडान दोहर्‍याएका छन् । दोस्रो दिनसम्म पनि प्रजिअ, एसपी साथै जनप्रतिनिधिहरूले समे

उमङ्ग गौतम नकआउट फूटबल प्रतियोगिता शुरु

प्रस, वीरगंज, १६ माघ/     स्व. उम· गौतमको स्मृतिमा युनिसन ग्रुपले आजदेखि उम· गौतम  नकआउट फूटबल प्रतियोगिता शुरु गरेको छ ।     स्थानीय अञ्चल प्रहरी कार्यालय, नारायणीको खेल मैदानमा पर्साका प्रहरी उपरीक्षक धीरजप्रताप सिंहले प्रतियोगिताको उद्घाटन गरेका थिए । युनिसन ग्रुपका अध्यक्ष लालबहादुर गुप्ताको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहलाई वीउवासङ्घका अध्यक्ष अशोक बैद, पूर्व प्रशिक्षक हरिबहादुर श्रैष्ठ, नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष केसी लामिछाने, वीरगंज जेसिजका अध्यक्ष सन्तोष खनाल, पूर्व खेलाडी ऋतु शाक्य, प्राचार्य बलराम श्रेष्ठ, अभिभावक सङ्घका महेशचन्द्र गौतमलगायतले मन्तव्य व्यक्त गरेका थिए ।     कार्यक्रममा स्वागत अमर गौतमले गरेका थिए । आज भएको खेलमा जुनियरतर्फ मनकामना र मूनलाइट मावि तथा सीनियरतर्फ मनकामना र विद्यासदन मावि विजयी भएका छन् । जुनियरतर्फको खेलमा मनकामनाले विद्यासदनलाई शून्यका विरुद्ध दुई गोलले पराजित गरेको थियो । यसैगरी मूनलाइटले माउन्ट हर्मनलाई शून्यका विरुद्ध तीन गोलले पराजित गरेको थियो, सिनियरतर्फ मनकामनाले सनराइजलाई शून्यका विरुद्ध तीन गोलले पराजित गरेको थियो भने व

रेडबुल फूटबलको उपाधि प्रगतिशील क्लबलाई

प्रस, वीरगंज, १६ माघ/     अखिल नेपाल फूटबल सङ्घ पर्साको आयोजनामा नारायणी र·शाला वीरगंजमा सञ्चालित रेडबुल जिल्ला स्तरीय फूटबल प्रतियोगिता आज सम्पन्न भएको छ ।     आज सम्पन्न प्रतियोगिताको फाइनलमा भेट्रान्स क्लबलाई अतिरिक्त समयमा एक गोल पराजित गरी प्रगतिशील युवा क्लब लक्ष्मनवा प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । फाइनलमा दुवै टिमले दुई/दुई गोल गरी बराबरी खेलेका थिए । अतिरिक्त समयमा प्रगतिशील युवा क्लबले पेनाल्टी पाएको र सो पेनाल्टीलाई  उपेन्द्र चौधरीले सहज गोलमा परिणत गर्न सफल भएपछि प्रगतिशीलले जित हासिल गरेको हो।     आजको खेलका विजयी प्रगतिशील युवा क्लबका खेलाडीहरूलाई पर्साका प्रहरी उपरीक्षक धीरजप्रताप सिंहले शील्ड प्रमाणपत्र र नगद वितरण गरेका थिए । यसैगरी उपविजेता भेट्रान्सका खेलाडीलाई वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अशोक बैदले शील्ड–मेडल, प्रमाणपत्र र नगद प्रदान गरेका थिए ।     आजको खेलमा गोविन्द चौधरी म्यान अफ द म्याच घोषित भएका थिए र उनलाई पूर्व प्रशिक्षक हरिबहादुर श्रेष्ठले पुरस्कृत गरेका थिए । फाइनल तथा समापन खेलमा नेका वीरगंज नगर कार्यसमितिका सभापति महम्मद सहाबुद्दिन, समाजस

सिक्टा टिम विजयी

प्रस, वीरगंज, १६ माघ/     डायमन्ड युवा क्लब सबैठवाको आयोजनामा सञ्चालित क्रिकेट प्रतियोगितामा भारतको सिक्टा र पर्साको बहुअर्वाभाठा क्रिकेट टिमबीच आज भएको खेलमा ८४ रनको अन्तरले भारतको सिक्टा टिम विजयी भएको छ । सिक्टा टिमले ट्रस जिती बैटिंग गर्दा ९ विकेट गुमाई अलओभर १४० रन बनाएको थियो । १४१ रन लिई मैदानमा उत्रेका बहुअर्वा क्रिकेट टिमले सबै विकेट गुमाई ५६ रनमैं सीमित भएका थिए । आज भएको  खेलमा ६ विकेट र ७ रन लिई सिक्टा टिमका रोहित शर्मा म्यान अफ द म्याच घोषित भएको छ ।

के नेपाल असफल राष्ट्र बन्दै छ ?

Image
- विश्वराज अधिकारी     के नेपाल असफल राष्ट्र बन्दै छ ? आजभोलि यो प्रश्न नेपालका राजनीतिकर्मी, बुद्धिजीवी मात्र होइन,  सर्वसाधारणहरूको मनमा पनि उब्जिन थालेको छ । दोस्रो संविधानसभाको निर्वाचन भएको दुई महिना बितिसक्दा पनि चुनावी सरकारको बिदाइ र नयाँ सरकार स्थापना हुन नसक्नुले त्यस किसिमको प्रश्न उब्जिनु स्वाभाविक देखिन्छ । तर यसबाहेक अन्य पनि थुप्रै कारणहरू छन्, यस किसिमको प्रश्न उब्जिनका लागि ।     नेपालका नेताहरूमा बढ्दो सत्तामोह र शक्ति प्राप्तिका लागि तल्लोभन्दा पनि तल्लो स्तरको सौदाबाजी गर्न सक्ने संस्कृति मौलाएको हुनाले आफ्नै दलभित्र पनि नेताहरूमा राम्रो समझदारी र समन्वय कायम हुन सकेको देखिंदैन । एउटा दलका नेता तथा कार्यकर्ताहरूको अर्को दलका नेता तथा कार्यकर्ताहरूबीच जहिले पनि बैरीको जस्तो सम्बन्ध हुनु त जगजाहेर कुरा नै हो । यी दुई मूल समस्याले गर्दा २०४७ सालको राजनैतिक परिवर्तनको समयदेखि नै न कुनै सरकार स्थिर हुन सकेको छ, न शक्तिशाली नै । अर्कोतिर, सरकार स्थिर र शक्तिशाली हुन नसकेको कारण राज्यमाथि सरकारको नियन्त्रण खुकुलो हुँदै गएको छ । राज्यमाथि सरकारको नियन्त्रण कमजोर हुँदै गएक

स्वदेशमुखी आर्थिक विकास ढाँचा

Image
- शीतल महतो     नेपालको केन्द्रीकृत राज्यव्यवस्था र सोसँग जोडिएका संयन्त्रहरूले नेपाललाई सधैं परनिर्भरतातिर धकेल्ने काम गरे, फलस्वरूप आम नेपालीको चाहना बमोजिम मुलुकको विकास, आर्थिक समृद्धि र अधिकारको सुनिश्चितता हुन सकेन । सबै नेपालीको आधारभूत मौलिक अधिकारको सुनिश्चितता र दिगो आर्थिक विकासका लागि मुलुकमा पटकपटक आन्दोलन भयो । प्रजातन्त्रको प्राप्ति र पुर्नस्थापनाका लागि भएका त्यस्ता आन्दोलनमा अथक योद्धाको रूपमा सङ्घर्ष गरेका आम नेपाली नागरिकका लागि त्यसपछिको समय सुखद बन्न सकेन । त्यो समय केही नेता र त्यसका सन्तान एवं नातागोताका लागि मात्र सुखद बने । मुलुकमा बहुलवादी राज्यप्रणाली भएका कारण अभिव्यक्ति स्वतन्त्रता, जमघट गर्न पाउने, स·ठन खोल्न पाउने, आवतजावत र बसोवास गर्न पाउने तथा कुनै पनि पेशा अँगाल्न पाउने स्वतन्त्रता त नेपालीहरूले पाए तर प्रजातान्त्रिक सरकार सबै नागरिक सम्पन्न, समृद्ध र विकसित जीवन जिउन पाउने अवसरको सृजना गर्न निरन्तर चुक्दै गयो । जसको फलस्वरूप केही नेताका सन्तान, नातागोता र तिनका आसेपासेलगायत केही अवसरवादीहरूले मात्र सम्पन्नताको अनुभूति गर्न पाए । बाँकी देशका ९० प्रत

आर्थिक विकास र स्वस्थ जीवनसँगको सम्बन्ध

- वीरेन्द्रकुमार यादव     कुनै बेला विपी कोइरालाले भनेका थिए–ग्रामीण विकासबेगर कुनै पनि विकास विकास नै होइन । यो भनाइ वास्तवमा यथार्थपरक छ, किनभने आर्थिक विकासका प्राय: पूर्वाधार ग्रामीण तह तथा विकट क्षेत्रमा नै हुन्छ । यतिखेर आधुनिक समयमा पनि आर्थिक विकासको समग्र साधनस्रोत–ऊर्जा विकासको लागि जल भण्डार, पर्यटन विकासको लागि प्राकृतिक सम्पदा पनि ग्रामीण क्षेत्रमा नै पाइन्छ । विकासको लागि आवश्यक जनशक्ति पनि ग्रामीण क्षेत्रमैं हुन्छ भने खदान उत्पादनको स्रोत पनि विशेषगरी ग्रामीण तहमा हुन्छ । व्यापारको लागि फराकिलो बाटो घाटोको लागि पनि पर्याप्त जग्गा गाउँ मैं हुन्छ । यसर्थ उक्त भनाइ सत्य एवं दूरदृष्टियुक्त छ । तर यसको लागि ग्रामीण जीवन दक्ष एवं स्वस्थ हुनु अनिवार्य छ । तर विडम्बना भनौं २००७ सालदेखि अहिलेसम्म अधिकांश समय उनकै पार्टीले सत्ता सम्हालेको छ, तर ग्रामीण तहको विकासले खासै फडको मार्न सकेको छैन । आज पनि ग्रामीण तहमा नुन, खाद्यान्न, खानेपानी, बाटो तथा सिटामोलजस्ता आवश्यक दैनिक उपभोग्य सामानको अभावले नागरिक पीडित छन् । गाउँको साधनस्रोत खेर गइरहेको छ, शहरको विकास अकासिंदो छ । यसले गरीबको

कृषि, कृषि प्रशोधन तथा कृषिजन्य उद्योगको विकास र विस्तार

Image
- ई. गोपाल श्रेष्ठ     नेपालको परिप्रेक्ष्यमा कृषि पेशालाई अवहेलित दृष्टिले हेरिन्छ । त्यसैले पनि नेपालीहरू सकेसम्म कृषिलाई पेशाको रूपमा अँगाल्न चाहँदैनन् । आफ्नो अध्ययन समाप्त गरी कोही कृषि पेशामा आबद्ध भए, उसलाई समाजले हेय दृष्टिले हेर्ने हाम्रो संस्कार/परम्परा छ । श्रमिकवर्गबीच पनि कृषि श्रमिकलाई अवहेलित दृष्टिले हेरिन्छ । कारण, औद्योगिक श्रमिकहरू स·ठित छन्, अनि कृषि श्रमिकको तुलनामा बढी कमाउँछन् र बढी सुविधाभोगी पनि छन् । उद्योगतर्फ पनि कृषिजन्य उद्योग अन्य उद्योगको तुलनामा आझेलमा परेको देखिन्छ । अध्ययन/अध्यापन तर्फ सोच्दा पनि प्राय: विद्यार्थीहरू स्कूलपछि मेडिकल, इन्जिनियरिङ अनि मेनेजमेन्टतर्फ नै आकृष्ट हुने गरेको पाइन्छ । कृषि तर्फको यो परिवर्तन गर्नु आजको आवश्यकता भएको छ ।     आजका बालबालिकाले भोलि म कृषक बन्छु भन्ने दूरदृष्टि राख्नु राष्ट्रको लागि जरुरी भएको छ । कृषक भन्ने शब्दले राष्ट्रिय महत्त्व पायो भने अवश्य पनि बालबालिकाहरू कृषिप्रति आकृष्ट हुनेछन् । कृषिमा धेरै अवसरहरू छन्, साथसाथै चुनौती र जोखिम पनि छन् । अवसरको कुरा गर्दा गत आर्थिक वर्षमा हामीले ६५ अर्ब ५६ करोडको कृषि

लोडसेडिङ्गको अन्त्य आवश्यक

Image
- श्रीमन्नारायण मिश्र    त्रियासी हजार मेगावाटभन्दा बढी जलविद्युत् क्षमता भएको र हजारौं खोला नाला भएको देशमा घोषितरूपमा बार्‍ह घण्टा र अघोषितरूपमा १६ घण्टाभन्दा पनि बढी लोडसेडिङ भइरहेको छ । विगत एक दशकदेखि दैनिकी बनिसकेको यस लोडसेडिङको भयावह अवस्थाबाट मुक्ति पाउन सरकारी स्तरबाट गम्भीर प्रयास भइरहेको देखिएन । उल्टो एकले अर्कोमाथि दोषारोपण गर्ने बानीका कारण झन् यो समस्या विकराल हुँदै गएको छ ।     नेपालमा विद्युत् उत्पादन शुरु भएको एक सय दुई वर्ष भइसकेको छ तर अहिलेसम्म देशमा सात सयभन्दा बढी मेगावाट बिजुली उत्पादन हुन सकेको छैन, त्यो पनि डिजेल प्लान्ट र थर्मल प्लान्ट सबैलाई मिलाएर । समय–समयमा विद्युत् परियोजनाहरू बिग्रेका र मरम्मत भइरहेका समाचारहरू सुन्न र पढ्न पाइन्छ । एक शताब्दीमा जाबो सात सय मेगावाट विद्युत् उत्पादन हुनु हाम्रो ठूलो असफलता हो कमजोरी हो र अहिलेसम्म देशको नेतृत्व लिएका, सरकारमा गएका र यस मन्त्रालयको नेतृत्व लिएका व्यक्ति र दल यसका निम्ति पूर्णत: जिम्मेवार छन् । भारतबाट बर्सेनि दुई सय मेगावाट विद्युत् आयात भइरहेका कारण यस वर्ष लोडसेडिङ १६–१८ घण्टा पुग्न सकेन, होइन भने प

सिम्रौनगढवासीको आन्दोलन

    बारा, सिम्रौनगढ क्षेत्रका बासिन्दा प्रहरीविरुद्ध आन्दोलनमा उत्रेका छन् । बजार बन्द र यातायात अवरुद्ध गर्दे अगाडि बढेको प्रदर्शन क्रमश: आक्रामक बन्दै प्रहरी बिटलाई ध्वस्त बनायो भने इलाका प्रहरी कार्यालय घेराउ गर्दै मुख्य प्रवेशद्वारमैं टायर जलायो । कार्यालय बचाउन प्रहरीले तीन राउन्ड अश्रुग्याँस प्रहार गर्‍यो । सो क्रममा एकजना घाइते भएका छन् । सिम्रौनगढमा इलाका प्रहरी कार्यालय स्थापना सो क्षेत्रका बासिन्दाको आवश्यकता र चाहना तथा माग बमोजिम नै भएको हो । त्यसैगरी सिम्रौनगढ आसपास स्थापना गरिएको बोर्डर रिच पोस्टहरूसमेत नागरिक सहयोगमा स्थापना भएका हुन् । सिम्रौनगढ इलाका प्रहरी कार्यालयमा सरुवा भई आउनेजाने कार्यालय प्रमुख तथा प्रहरी निरीक्षकलाई स्वागत, सम्मान र बिदाइ गर्ने कार्यलाई पनि सो क्षेत्रका बासिन्दाले निरन्तरता दिंदै आएका छन् । त्यति मात्र होइन प्रहरी कार्यालय, बिट, चौकी स्थापना, पुनस्र्थापना, निर्माण तथा मरम्मत सम्भारमा समेत हालसम्म जनसहयोग जुट्दै आएको हो । अत: नागरिक र प्रहरीबीच समन्वयात्मक र सहयोगी भावना रहेको स्थानहरूमध्ये पर्ने सिम्रौनगढका बासिन्दा किन प्रहरीविरुद्ध ओइरिए, बुझ

सिम्रौनगढमा प्रहरीविरुद्ध प्रदर्शन, तीन राउण्ड अश्रुग्याँस प्रहार, एकजना घाइते

रामेश्वर मेहता, सिम्रौनगढ, १५ माघ/     बारा, सिम्रौनगढमा प्रहरीविरुद्ध भएको प्रदर्शनमा अश्रुग्याँस प्रहार हुँदा एकजना गाउँले घाइते भएका छन् । घाइते हुनेमा टयाक्टर मिस्त्री मनिर आलम समानी रहेका छन् ।     सिम्रौनगढ क्षेत्रका बासिन्दाले दैनिक उपभोग वस्तु भारतीय बजारबाट ल्याउँदा प्रहरीले जफत गर्ने, दु:ख दिने र अपराधीसरह व्यवहार गर्ने गरेको भन्दै सोविरुद्ध उक्त क्षेत्रका व्यापारी तथा सर्वसाधारण उपभोक्ता आन्दोलनमा उत्रेका हुन् ।     दैनिक उपभोग वस्तु तथा कृषिका लागि स्थानीय आवश्यकतानुसार मलखाद भारतबाट ल्याउँदा प्रहरीले कारबाई गर्न नहुने, अन्यथा सिम्रौनगढ नेपाल–भारत बोर्डरमा भन्सार स्थापना गर्नुपर्ने, त्यति गर्न नसक्ने हो भने सिम्रौनगढ क्षेत्रका बासिन्दालाई आवश्यक नुनतेल, बीउबीजन उपलब्ध गराउने ग्यारेन्टी लिनुपर्ने आन्दोलनकारीहरूले माग गरेका छन् ।     वीरगंज भन्सार टाढा पर्ने भएकोले सिम्रौनगढमा भन्सार बिन्दु माग गर्दा पनि सरकारले नसुनेको र प्रहरीको ज्यादती झन् बढ्दै गएकोले आन्दोलन गर्न जनता बाध्य भएको सिम्रौनगढ उद्योग वाणिज्य सङ्घका अध्यक्ष जयन्त कुशवाहाले बताए ।     प्रदर्शनकारीहरूले आज सिम्र

भारत नेपालबिना बाँच्न सक्दैन–महावाणिज्यदूत

Image
सिकेन्द्र पासवान, कलैया, १५ माघ/     वीरगंज महावाणिज्य दूतावासका महामहिम कन्सुलर अञ्जु रञ्जनले भारत नेपालबिना बाँच्न नसक्ने बताएकी छन् ।     कलैयामा नेपाल–भारत मैत्री सङ्घ कलैयाको आयोजनामा भारतको ६५ औं गणतन्त्र दिवसको उपलक्ष्यमा नेपालको राजनीतिक परिवर्तनमा भारतीय स्वतन्त्रता ग्रामको प्रभाव विषयक गोष्ठीलाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहेकी कन्सुलरले यस्तो बताएकी हुन् ।     भारतको स्वतन्त्रता सङ्ग्राममा पनि नेपालको महत्त्वपूर्ण भूमिका रहेको बताउँदै भारतले जहिले पनि नेपाललाई स्वतनत्र र आत्मनिर्भर भएको देख्न चाहेको बताइन् ।     नेपालको हरेक स·ीन मोडमा भारतले विभिन्न आर्थिक, सामाजिक, सहयोग गरेको उल्लेख गर्दै नेपालको विकासमा भारत सदैव सकारात्मक रहेको बताइन् ।     नेपाल र भारतजस्तो खुला सिमाना विश्वमा कहीं नरहेको भन्दै नेपाल र भारतजस्तो सम्बन्ध अन्य विदेशीहरू पनि अनुसरण गरी अगाडि बढिरहेको बताइन् ।     नेपाल–भारत मैत्री सङ्घका जिल्ला अध्यक्ष हरिलाल अग्रवालको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा पूर्वमन्त्री ऋषिकेश गौतम, मैत्री सङ्घका केन्द्रीय अध्यक्ष ओमप्रकाश सरावगी, बारा नागरिक सम

नियमविपरीत शुल्क असुल्दै माध्यमिक विद्यालयहरू

    नेपाल सरकार शिक्षा मन्त्रालय अन्तर्गत रहेका माध्यमिक विद्यालयहरू पूर्णरूपमा नेपाल सरकारको लगानीमा सञ्चालन भइरहे पनि नेपाल सरकारको नीति निर्देशन पालना भने गरेको छैन । एसएलसी परीक्षाको लागि योग्य विद्यार्थी छनोट गर्ने प्रक्रिया जसलाई एसएलसी योग्यता परीक्षा पनि भनिन्छ । यसलाई नेपाल सरकारले पूर्णरूपमा हटाएको छ । जसको फलस्वरूप कक्षा १० मा अध्ययनरत विद्यार्थीहरू जसको उत्तीर्ण प्रतिशत राम्रो छ, तिनीहरूले एलएलसी परीक्षा दिन सक्छन् । कुनै किसिमको बाधा छैन । त्यसका साथै कक्षा १ देखि १० सम्म कुनै किसिमको शुल्क विद्यालयहरूले लिन नपाउने नीति नियम भए पनि माध्यमिक विद्यालयहरूले त्यसको पालना भने गरिरहेका छैनन् ।         गरीब जनतासँग शिक्षाको नाममा माविले कुनै न कुनै बहानाबाट रकम असुल्ने गरेको छ । तर त्यसको हस्तक्षेप कतैबाट पनि भएको छैन । भर्खरै एसएलसी योग्यता परीक्षाको नक्कल गर्दै नाउँ परिर्वतन गरी संयुक्त स्रोत केन्द्र स्तरीय वार्षिक परीक्षा समितिको नामबाट विद्यार्थीहरूबाट मनपरी ढ·ले शुल्क उठाउने र त्यो शुल्क गठन भएको परीक्षा समिति र सम्बन्धित विद्यालयका प्रधानाध्यापकहरूको मिलोमतोमा खर्च गरेको सर

संविधानसभाको समय खेर जाने पो हो कि ?

Image
- सञ्जय साह ‘मित्र’     दोस्रो संविधानसभाको निर्वाचन भएको सवा दुई महिनापछि पहिलो बैठक बस्यो । केही प्राविधिक कारणले हो भन्ने कुरा सबैले बुझेका छन् । प्राविधिक कठिनाइ पनि सबैले देखेकै छन् । नेपालमा स्वतन्त्र भनिए पनि वर्तमान संविधान सभा पूर्णरूपले स्वतन्त्र हुन सक्ने अवस्थाप्रति देश–विदेशले फेरि शङ्का व्यक्त गरिरहेका छन् । पहिलो संविधान सभा यही परतन्त्रताले गर्दा विघटन भएको हो । परतन्त्रता भनेको यस अर्थमा कि संविधानसभाभित्र हुनुपर्ने कतिपय विषय वा प्रसङ्ग संविधानसभाभन्दा बाहिर गएर टु·िने गर्दछ । संविधानसभा विघटन भएको दिनलाई सम्झने हो भने नेपालीले घामले जस्तै छर्लङ्ग भएर सबै कुरा सम्झने छन् ।     संविधानसभा चुनावको समयमा देशका ठूलादेखि साना नेताहरू समेतले आगामी एक वर्षभित्र संविधान जारी गर्ने कुरा जनतासमक्ष बताएका थिए । चुनाव सम्पन्न भएपछि पनि दलहरूले यही कुरा दोहोर्‍याइरहेका छन् । दलहरूले संविधानसभाबाट एक वर्षभित्र संविधान जारी गर्ने विषयमा दुई पक्षीय तथा बहुपक्षीय सहमति पनि गरेका छन् । तर किन हो किन नेपाली नागरिकले यस कुरालाई पत्याइरहेका छैनन् । नेताहरूको बोली र व्यवहारमा दलहरूले कहि

भिडन्त

    जुवामा हारेको जुवाडे खपटाको जुवा खेलेर आफ्नो धित मेट्छ । लामो समयदेखि निर्वाचनमा सहभागी हुन नपाएका राजनीतिक दलका कार्यकर्ताहरू विद्यालय व्यवस्थापन समिति वा अन्य कुनै पनि निर्वाचनमा ज्यूज्यान लगाएर भिड्छन् । यो मानिसको स्वाभाविक प्रवृत्ति हो । जसले जुन काम गरिरहेको हुन्छ, त्यसमा प्रतिस्पर्धा गर्न पाएन भने, सोही सरहको ठाउँको खोजी गर्दछ । यसर्थ यस्ता काममा प्रवृत्ति नै जाओस् भन्ने चेष्टा व्यक्ति, समाज र राज्यले गर्नुपर्दछ । अचेल जताततै प्रहरी र तस्करबीच भिडन्त हुन थालेको समाचार आउन थालेको छ । तस्कर विभिन्न प्रकारका हुन्छन् । कोही मानव शरीरको तस्करी गर्दछ, कोही वन पैदावारको तस्करी गर्दछ, कोही लागू औषधि–रसायनलगायत गाँजा अफिमको तस्करी गर्दछ भने कोही भारतमा सस्तो र नेपाल सरकारको भंसार नीतिको अविववेकले उत्पन्न महँगो सामानको तस्करी गर्दछ । यी सबै तस्करीमध्ये भंसार चोरी गरी भारतीय वा चिनियाँ सामान भित्र्याउने तस्करी अलि कम जोखिमको हुन्छ । अचेल तिनै तस्करहरू पनि प्रहरीसँग जोरी खोज्न थालेका छन् ।     लागू औषध, मानव, वनज·लजन्य प्राणी/वस्तुका तस्करहरू नामैले भयावह बुझिन्छन् । उनमा हृदयहीनताको आभ

नेपाल–भारत व्यापार मेला परिणाममुखी बनाउने सरोकारवालाहरूको प्रतिबद्धता

Image
प्रस, वीरगन्ज, १४ माघ/     नेपाल भारत व्यापार मेला–२०१४ लाई परिणाममुखी बनाउन सरोकारवाला निकायहरूले सहकार्यको प्रतिबद्धता जाहेर गरेका छन् । आज वीउवासङ्घ र माइन्ड्स नेपाल प्रालिको सहकार्यमा भएको अन्तक्र्रियामा सहभागी सरोकारवालाहरूले आगामी फागुन १ गतेदेखि हुने नेपाल–भारत व्यापार मेला उत्पादन प्रवद्र्धनमा केन्द्रित गर्न आपसी समन्वय हुनुपर्ने कुरामा जोड दिएका थिए ।     वीरगन्ज आदर्शनगर र·शालामा हुने १० दिने मेला सफल बनाउन सम्बद्ध सबै निकायले मेलाको स्वामित्व ग्रहण गर्ने बताइएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी कैलाशकुमार बजिमयले मेलाको सार्थकताका लागि बारा–पर्सा औद्योगिक करिडरका उद्योग तथा व्यापारिक प्रतिष्ठानहरूको सहभागिता अनिवार्य भएको बताए । उनले व्यापार प्रवद्र्धनको उद्देश्य हात पार्न मेलामा सेवा क्षेत्रको पनि सहभागिता जरुरी रहेको बताए ।     प्रहरी उपरीक्षक धीरजप्रताप सिंहले सुरक्षाका लागि प्रहरी सक्षम र सतर्क रहेको बताए । वीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अशोककुमार बैदले मेलालाई सफल पार्न सबै पक्षको सहयोगको आवश्यकता औंल्याउँदै स्थानीय कृषि उत्पादन र सेवामूलक उद्यमलाई प्रोत्साहित

वीरगंजका सबै औषधि पसल पर्सीदेखि ठप्प हुने

प्रस, वीरगंज, १४ माघ/     वीरगंजका सम्पूर्ण औषधि कारोबार पर्सी (माघ १६ गते) बिहीवारदेखि ठप्प हुने भएको छ ।     नारायणी उपक्षेत्रीय अस्पतालमा रहेका औषधि पसलहरूको टेन्डर गरिएको विरोधमा औषधि व्यवसायी सङ्घ नारायणी वीरगंजले भोलि पर्साका प्रजिअ कैलाशकुमार बजिमयलाई २४ घण्टे ज्ञापन दिने र पर्सीदेखि औषधिको सम्पूर्ण कारोबार बन्द गर्ने निर्णय गरेको छ ।     सङ्घका अध्यक्ष सुरेन्द्रबहादुर रञ्जितकारले चरणबद्ध आन्दोलनसँगै वार्तालाई प्राथमिकता दिएकोमा स्थानीय प्रशासन र अस्पताल विकास समितिले कमजोरी ठानेर आलटाल गर्दै आएको कारण आज भेला गरेर औषधिको आयात, थोक र खुद्रा गरी सबै कारोबार ठप्प पार्ने निर्णय भएको बताए ।     नारायणी उपक्षेत्रीय अस्पताल विकास समितिले त्यहाँ रहेको १६ वटा पसलहरूको टेन्डर गरेपछि विवाद भएको हो । पसलेहरूले वर्षाैदेखि सम्झौता अनुरूप सञ्चालन गर्दै आएकोमा एक्कासि टेन्डर गरिएकोमा आपत्ति जनाएका थिए । अस्पताल विकास समितिको विरोधमा अस्पतालका पसलेहरूले तीन सातादेखि पसलहरू बन्द गरेका छन् । सङ्घले चरणबद्ध आन्दोलन गरेपछि वार्ताबाट समाधान खोज्ने दुवै पक्षको सहमतिले आकार ग्रहण नगर्दा आज वीरगंजका औष

रेडबुल ‘सि’ डिभिजनमा कलैया विजयी

प्रस, निजगढ, १४ माघ/     भिजन २०२० राष्ट्रिय गौरव तथा स्वस्थ नागरिकका लागि खेलकुद भन्ने नाराका साथ निजगढमा सञ्चालन भइरहेको रेडबुल जिल्लास्तरीय ‘सि’ डिभिजन लिग फूटबल प्रतियोगिता म·लवार समापन भयो । समापन कार्यक्रमका प्रमुख अतिथि श्री गौरीशड्ढर उच्च माविका प्राचार्य सुदर्शनप्रसाद कोइराला रहेका थिए ।     अखिल नेपाल फूटबल सङ्घ बाराका अध्यक्ष एवं एन्फाका केन्द्रीय सदस्य महमद समीउल्लाहको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । विजेता र उपविजेतालाई प्रमुख अतिथि कोइरालाले तथा अध्यक्ष समीउल्लाह, उपाध्यक्ष राजेश गौतम, स्थानीय युवा समाजसेवी महेशीकुमरले रेफ्री, सहायक रेफ्री, खेलाडीहरूलाई प्रमाणपत्र, मेडल, शिल्ड, प्रशंसापत्र वितरण गरे । प्रतियोगितामा कलैया फूटबल क्लबका जयराम चौधरी उत्कृष्ट खेलाडी घोषित भए । सर्वोत्कृष्ट खेलाडी घोषित उपेन्द्र चौधरीलाई सिद्धार्थ स्वीट कलैयाले एक थान साइकल उपहार दियो । फाइनल खेलको उपाधि कलैया फूटबल क्लबलाई     आज भएको प्रतियोगिताको फाइनल खेलमा नेपाल खेलकुद युवा क्लब निजगढलाई शून्यमा राख्दै कलैया फूटबल क्लब ३ गोलले विजयी भयो । प्रतिस्पर्धात्मक खेल रहे पनि खेल शुरु भएद

रेडबूल फूटबल प्रतियोगिता

प्रस, वीरगंज, १४ माघ/     नारायणी र·शाला वीरगंजमा अखिल नेपाल फूटबल सङ्घ, पर्साको आयोजनामा सञ्चालित रेडबुल जिल्लास्तरीय लिग फूटबल प्रतियोगिता अन्तर्गत आज दुई सेमीफाइनल खेल सम्पन्न भयो ।     पहिलो खेलमा भेट्रान्स क्लब वीरगंज एक गोलले विजयी भयो । युनाइटेड स्पोटर््स क्लबलाई भेट्रान्सले पराजित गरेको हो ।  दोस्रो खेलमा लालीगुराँस क्लबलाई प्रगतिशील युवा क्लबले १ को विरुद्ध २ गोलको अन्तरले पराजित गरेको थियो । आज विजयी भेट्रान्स र प्रगतिशील युवा क्लबबीच माघ १६ गते बिहीवार फाइनल खेल हुने स्वयंसेवक प्रशिक्षक विश्वेश्वर पटेलले बताए ।

माघ १६ गतेदेखि उमङ्ग फूटबल

प्रस, वीरगंज, १४ माघ/     यही माघ १६ गतेदेखि वीरगंजमा उम· गौतम फूटबल नकआउट प्रतियोगिता हुने भएको छ ।     युनिसन गु्रप्सले आज वीरगंज जेसीज भवनमा आयोजित पत्रकार सम्मेलनमा पुरन प्रधानले स्व. उम· गौतमको स्मृतिमा प्रतियोगिता आयोजना गर्ने बताए ।     उम·का पिता अमर गौतमको सहयोगमा गत वर्षदेखि आयोजित फूटबल प्रतियोगिता यस वर्ष पनि माघ १६  गतेदेखि १८ गते तीन दिनसम्म आयोजना गरिने र प्रतियोगितामा स्थानीय ६ वटा विद्यालयहरूको सहभागिता रहने छ ।

काँडाघारीमा आँप फल्दैन

Image
- गोपाल ठाकुर     भोजपुरीमा पुर्खाहरूको भनाइ छ: जइसन पिसान ओइसन रोटी, जइसन मातारी ओइसने बेटी । अर्थात् पीठोले रोटीको गुणस्तर र आमाले छोरीको शील–स्वभाव निर्धारण हुन्छ । दोस्रो संविधानसभाको पहिलो बैठक सम्पन्न भएको छ, तर उत्साहविहीनताको साथ । कुनै कार्यभार नरहेको पहिलो बैठक उद्देश्यहीन निशाना र लक्ष्यहीन प्रहार साबित भएको छ । यसै स्तम्भमा गत हप्ता मैले संविधानसभाको पहिलो बैठकबारे केही भन्न खोजेको थिएँ । तर ‘पुगियो नेपाल, सँगै कपाल’ जस्तो हुन पुग्यो । राप्रपा नेपालले पहिलो संविधान सभासँग यसको कुनै साइनो राख्नै नहुने बताए भने अन्य दलका नेताहरूले त्यस संविधानसभाले गरेका कामहरूको स्वामित्व लिन त बताए तर व्यवहारमा ढाँटको निम्तोजस्तै । स्मरण रहोस्, कार्यभार नै तय नभएको भनेर पहिलो संविधानसभा गत वर्ष जेठ १४ का दिन विघटन हुन पुगेको थियो । अहिले त झन् एक वर्षमैं संविधानसभाले संविधान दिने वाचाका साथ शीर्ष नेताहरू सदनमा पुगेका छन् । तर यस पालि संविधानसभाको अवधि ४ वर्ष हुने ढुक्कै छ ।     हामी विद्यालय पढ्दा कबीरका उक्तिहरू पढाइन्थ्यो । समयको बारेमा कबीरको यो उक्ति मैले पढेको छु: कल करे सो आज करो, आ

इतिहास सम्झिदा

Image
- विनोद गुप्ता     दोस्रो संविधानसभाको अध्यक्षता गरिरहेका ८५ वर्षीय सभासद् एवं नेपाली राजनीतिको उकालो–ओरालो बेहोर्दै आएका पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाले संविधानमा केही अत्यन्त संवेदनशील कुरा उठाउनुभएको छ, जुन नेपाली राजनीतिको लागि अत्यन्त गम्भीर छ । उहाँले भन्नुभयो– “२००७ सालको परिवर्तनपछिको अन्तरिम संविधानमा संविधानसभा निर्वाचनको व्यवस्था गरिएको थियो । तर तत्कालीन नेतृत्व गर्दा अन्योल र गम्भीर नहुने प्रवृत्तिले गर्दा तत्कालीन राज्यले अन्तरिम संविधान संशोधन गरी संविधानसभाको सट्टा संसद्को निर्वाचनको व्यवस्था गरेर संविधान राजाले दिने व्यवस्था भयो । यसै व्यवस्थाले संविधानसभा प्राप्त गरी जनताको संविधान जनप्रतिनिधिले बनाउन ५० वर्ष कुर्नुपरेको हो । अन्तरिम संविधानको त्यो संशोधनले २०१७ निम्त्यायो भन्ने भनाइ थापाको हुनुपर्छ जुन सत्य पनि हो ।     यस परिप्रेक्ष्यमा तत्कालीन राजनैतिक अवस्थाको र अहिलेको अवस्थाको विश्लेषण गर्नुपर्ने हुन्छ । त्यसताका २००७ सालको क्रान्तिमा भारतको ठूलो सहयोग थियो भन्ने तथ्य कसैसँग लुकेको छैन । तर त्यतिकै छर्ल· के छ भने २०१७ आउनुमा पनि भारतकै सहयोग थियो । यो स

परिवारको चिन्ता

    पर्सा जिल्लाको धोबिनी गाविस अहिले चिन्तातुर भएको छ । कारण त्यस गाउँबाट रोजगारको खोजमा कतार गएका दुईजना सम्पर्कविहीन भएका छन् । सम्पर्कविहीन हुँदैमा चिन्तित हुनुपर्ने कारण त केही थिएन, तर सञ्चारमाध्यममा उनीहरू काम गरिरहेको निर्माण कम्पनीमा दुर्घटना भएर केही व्यक्ति मारिएको खबर आएको र उनीहरू सम्पर्कविहीन हुँदा दुर्घटनाको सम्भावना उनीहरूतिर सोझिएर चिन्ता भएको हो । नेपालमा बेरोजगार अति भयावहरूपमा बढेको छ । देशमा रोजगारको खासै व्यवस्था छैन । स्वरोजगारका लागि मानिसहरूसँग कि लगानी छैन, कि इलम छैन । भएको थोरै खेतबारीमा काम गर्न आजका युवाहरूको जाँगर चल्दैन । अनि विदेश जानुको विकल्प हुँदैन । विदेश पुगेर कमाएर ल्याएकाहरूको देखासिकी, उनीहरूको उन्नति आदिले पनि मानिसलाई विदेश जान लोभ्याएको छ । कमाइ गर्न देश–परदेश जाने प्रचलन प्राचीनकालदेखि चलिआएको हो । तर अहिलेको समयमा मानिसहरू बढी मात्रामा कमाउने उद्देश्यकै लागि विदेशिन थालेका छन् । नेपालका प्राय: युवाहरू विदेशिएका छन् । सरकारले पनि वैदेशिक रोजगारमा जान हौस्याउने गरेको छ । राजनीतिक दलहरूको त झन् के कुरा १     विदेशमा कमाउन जानुलाई नराम्रो भन्न

धितोपत्रमा निजी उद्योग समावेश नहुनु दुर्भाग्यपूर्ण – अध्यक्ष वैद्य

Image
प्रस, वीरगंज, १३ माघ/     वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अशोककुमार बैदले नेपाल धितोपत्र बोर्डमा निजी उद्योगधन्दाहरू समावेश हुन नसक्नु दुर्भाग्यपूर्ण  भएको बताएका छन् । नेपाल धितोबोर्ड तथा वीरगंज उद्योग वाणिज्य सङ्घको संयुक्त आयोजनामा आज वीउवासङ्घको सभाकक्षमा आयोजित जनेचतना अभिवृद्धि तथा लगानीकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष वैद्यले निजी क्षेत्रबाट बैंक, इन्स्योरेन्स र फाइनान्सबाहेक उद्योगधन्दाहरू पनि समावेश हुन पर्ने तर्क गरे ।     उनले औद्योगिक नगरी वीरगंजमा पहिलोपटक नेपाल धितोबोर्डले कार्यक्रम आयोजना गरेकोमा व्यङ्ग्यात्मक धन्यवाद दिएका थिए ।     अध्यक्ष बैदले धितोबोर्डलाई वीरगंजमा कार्यालय सञ्चालन गरी पूँजी बजारबारे शेयरधनीहरूलाई सूचना प्रवाह गर्ने वातावरण सृजना गर्न सुझाए ।     कार्यक्रममा वीरगंज उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष ओमप्रकाश सिकरियाले वीरगंज औद्योगिक क्षेत्रमा धितो बोर्डले पूँजी बजारबारे छलफल गरेकोमा आश्चर्य व्यक्त गरे । उनले धेरै अघि हुनुपर्ने कार्य पछि भए पनि यसलाई निरन्तरता दिन सुझाव दिएका थिए ।     शेयर दलाल जयप्रकाश साहले पनि धितोबोर्डलाई वीर

नाउक्षेका डाक्टरमाथि पनि चोरीको आरोप

प्रस, वीरगंज, १३ माघ/     नारायणी उपक्षेत्रीय अस्पतालमा प्रसूति (गाइनो) विभागमा कार्यरत डाक्टर रणवीर सिंहमाथि चोरीको अभियोगमा अस्पताल प्रशासनले आज स्पष्टीकरण सोधेको समाचार प्रकाशमा आएको छ ।     डा. सिंह आफू बसेको अस्पताल क्वाटरको काठको ढोका चोरी गरी घर लगेको आरोप अस्पताल प्रशासनको रहेको छ ।     दुई दिन पहिले अस्पताल क्वाटरका लागि खरिद गरिएको सालको काठको ढोका रिक्सामा लोड गरी घर पुर्‍याई घरको प्लाइउडको ढोका रिक्सामा राखी ल्याएको प्रत्यदर्शीहरूले देखेका थिए । घटना लगत्तै नारायणी उपक्षेत्रीय अस्पताल प्रहरी बिटका प्रहरीले डा. सिहको घर पुगी घटनाको पुष्टि गरेको छ ।     घटना लुकाउन चौतर्फी दबाब परेपछि अस्पतालका मेसु डाक्टर रामशड्ढर ठाकुरले कारबाईमा आलटाल गरे पनि कारबाई गर्न दबाब दिएपछि स्पष्टीकरण सोधेको स्रोतले बतायो ।     स्रोतका अनुसार सालको काठको ढोका डा.सिहको क्वाटरका लागि खरिद गरिएको तर खरिद गरिएको ढोका अहिले उनको कोठामा लगाएको ढोका फरक छ ।     यसबारे अस्पतालका मेसु डा. ठाकुरसँग बुझ्दा घटनालाई फरक ढ·ले बताउँदै घटनाको वास्तविकता थाहा पाउन डा. सिंहसँग स्पष्टीकरण सोधिएको बताउँदै चित्तबुझ्दो

एघारौ राष्ट्रिय कुस्ती प्रतियोगितामा बारा प्रथम

प्रस, वीरगंज, १३ माघ/     प्रथम लुम्बिनी राष्ट्रिय च्याम्पियनसीप तथा ११ औं राष्ट्रिय कुस्ती प्रतियोगिता सम्पन्न भएको छ ।     वीरगंज घडिअर्वास्थित जिल्ला खेलकुद विकास समितिको प्रा·णमा  सञ्चालित तीन दिने सो प्रतियोगितामा सहभागी २० जिल्लाका कुस्तीबाजहरूमा बाराले चार, पर्साले दुई र नवलपरासीले १ स्वर्णपदक प्राप्त गरी क्रमश: प्रथम, द्वितीय र तृतीय भए । ६७ केजीमा बाराका मुख्तार आलम, ९६ केजीमा सन्देश पडित, १२० केजीमा सत्येन्द्र यादव र ७४ केजीमा बुनीलाल राउत अहिरले स्वर्ण पदक प्राप्त गरेका थिए । यसैगरी पर्साबाट ५५ केजीमा जयम·ल यादव र ८४ केजीमा सुनीलकुमार साहले स्वर्णपदक जितेका थिए भने ६० केजी तौलमा नवलपरासीका वैद्यनाथ यादवले स्वर्ण जितेका थिए । बाराका बुनीलाल यादव, ७४ केजी समूहका प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भएका थिए ।     प्रथम हुने बाराका कुस्तीबाजहरूलाई नेपाल कुस्ती सङ्घका केन्द्रीय अध्यक्ष विनोदकुमार चौरसियाले पदक तथा प्रमाणपत्र प्रदान गरेका थिए भने दोस्रो हुनेलाई सङ्घका उपाध्यक्ष एवं मुख्य प्रशिक्षक विद्यासागर पोखरेलले र तेस्रो हुनेलाई कोषाध्यक्ष अजयकुमार मिश्रले पदक र प्रमाणपत्र प्

संविधानसभाको पहिलो बैठकपछिको निराशा

Image
- अधिवक्ता वीरेन्द्रप्रसाद यादव     संविधानसभाको दोस्रो निर्वाचन भएको २ महिना ४ दिनपछि माघ ८ गते बल्लतल्ल पहिलो बैठक बस्यो । पहिलो बैठकमा जुन उत्साह, उम· र सहभागिता हुनुपथ्र्यो, त्यो त देखिएन नै, बैठकपछि पनि जुन किसिमको उत्साह आम जनतामा सम्प्रेषित हुनुपथ्र्यो, त्यो पनि भएन । एक त बैठक आह्वानका निम्ति राष्ट्रपति र मन्त्रिपरिषद् अध्यक्षबीच चलेको मनोवैज्ञानिक युद्धको कारण पहिलो बैठकको उत्साह खल्लो भयो । त्यसमा पनि राष्ट्रपति र उपराष्ट्रपति फेर्ने खालको बेतुकको अडानले झनै निराशा बढायो । पहिलो बैठकमा दलहरू महत्त्वपूर्ण मुद्दाहरू प्रस्तुत गर्ने मनस्थितिमा नहुँदा पनि खासै उम· सिर्जना भएन । बैठकअघि दल तथा सरकारको कछुवाको गतिको कामले निराश त बनायो नै बैठकपछि झन् चिन्तित तुल्याएको छ । पहिलो बैठकमा खासै कुनै मुद्दा पारित नहुनु दु:खद त छ नै पुरानै असफल नियमावली मुताबिक तत्काल बैठक सञ्चालन गर्ने निर्णय पनि कम दु:खदायी थिएन । पहिलो संविधानसभाले गणतन्त्र जस्ता ऐतिहासिक निर्णय गरे पनि यो बैठकले खासै केही निर्णय गर्न नसक्नुले असफल संविधानसभा जतिको महत्त्व पनि वर्तमान संविधानसभाले नपाएको हो कि भन्ने आ

एउटा सुखद पक्ष

    विकासको चरणमा सुविधा र विकृति दुवै प्राप्त हुन्छ । देव र दानव मिलेर समुद्र मन्थन गर्दा अमृत र विष दुवै प्राप्त भएझैं । कुरा कसको भागमा विष र कसको भागमा अमृत पर्छ भन्ने मात्र हो । बाठो र संयमीलाई अमृत प्राप्त हुन्छ भने विषधारण गर्ने व्यक्ति महान कहलिन्छ । यो सत्यापित कुरा हो । त्यसको गुहय खोतल्नतिर नजाउँ । समुद्र मन्थन एउटा उद्योग थियो, उद्योग गरेपछि फल प्राप्त हुन्छ । फल राम्रो पनि हुन्छ, नराम्रो पनि भन्न खोजिएको मात्र हो । यो जुनसुकै उद्योगमा पनि हुन्छ । हाम्रा कारखानाहरूले उपभोग्य वस्तु उत्पादन गर्छन्, सँगै विषाक्त पदार्थ पनि । उपभोग्य वस्तुको हामी खुशी भएर उपभोग गर्छौं, साथै त्यसबाट निष्कासित विकृतिजन्य पदार्थलाई पनि हामीले बेहोर्नुपर्छ । सामञ्जस्य मिलाएर दुवैको व्यवस्थापन गर्नु अहम् हो । उपभोग गर्ने वस्तुका लागि चिन्ता हुँदैन, विसर्जित वस्तुको व्यवस्थापन मूल समस्या हो । त्यसमा ध्यान दिने हो भने सबैथोकबाट राम्रो प्राप्त सकिन्छ, सकिएन भने खिन्नता प्राप्त हुन्छ । यो सबै क्षेत्रमा लागू हुने कुरा हो ।     आज विश्वभरि नै मानिसलाई रोग लाग्छ । सबै रोग व्यक्ति एक्लैले वा परिवारले निखन्न

भारतको ६५ औं गणतन्त्र दिवसको अवसरमा महावाणिज्यदूतावासद्वारा विविध कार्यक्रम

Image
प्रस, वीरगन्ज, १२ माघ/     भारतको ६५ औं गणतन्त्र दिवसको उपलक्ष्यमा भारतीय महावाणिज्य दूतावास वीरगंज परिसरमा आज विभिन्न कार्यक्रम सम्पन्न भएको छ ।     आयोजित विशेष समारोहमा महावाणिज्यदूत अञ्जु रञ्जनले भारतको राष्ट्रिय झन्डा फहराएर कार्यक्रमको शुभारम्भ गरेकी थिइन् ।     हरेक वर्षझै यस वर्ष पनि महावणिज्यदूतावासले विभिन्न सामाजिक सङ्घसंस्थाहरूलाई तीनवटा एम्बुलेन्स प्रदान गर्‍यो । भारत सरकारको सहयोगमा यस वर्ष एम्बुलेन्स प्राप्त गर्ने सङ्घसंस्थाहरूमा उपस्वास्थ्य चौकी मोहनपुर गाविस सर्लाही, नेपाल रेडक्रस सोसाइटी उपशाखा अमलेखगन्ज बारा र प्राथमिक स्वास्थ्य केन्द्र पालुङ मकवानपुर रहेका छन् ।     भारतीय महावाणिज्यदूत रञ्जनले  सम्बन्धित संस्थाका प्रतिनिधिलाई  एम्बुलेन्सको साँचो हस्तान्तरण गरेकी थिइन् ।     समारोहमा भारतीय राष्ट्रपति प्रणव मुखर्जीले राष्ट्रवासीको नाममा दिएको सन्देश महावाणिज्यदूत रञ्जनले पढेर सुनाएकी थिइन् ।     कार्यक्रममा हरिखेतान बहुमुखी क्याम्पस, दिल्ली पब्लिक स्कूल, नेशनल मेडिकल कलेज र युमि कुल्सुम गल्र्स स्कूल बहुअरीका छात्राहरूले भारतको राष्ट्रभक्तिका सांस्कृतिक कार्यक्रम प

भन्सार दिवसमा सम्मान र रक्तदान

Image
प्रस, वीरगज, १२ माघ/     ंवीरगंज भन्सारले ६२ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको उपलक्ष्यमा रक्तदान तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ ।     उक्त अवसरमा कार्यक्रमका प्रमुख अतिथि कैलाशकुमार बजिमयले विगतको समयमा राष्ट्रराष्ट्रबीच राजनीतिक मुद्दा हुने गरेकोमा अहिले आर्थिक मुद्दामा बहस भइरहेको बताए । आर्थिक उन्नति नभएसम्म देश विकास नहुने भएकोले आर्थिक विकासतर्फ पाइला चाल्न उनले सुझाएका थिए । राज्यको स्रोत भनेको भन्सार हो । भन्सारमा विगतको तुलनामा अहिले सुधारको क्रम बढेकोले हातोमालो गर्न जरूरी रहेको प्रजिअ बजिमयले बताए । अन्तर्राष्ट्रियस्तरमा अहिले विश्व व्यापारको होडबाजी चलेको बेला नेपाल पनि क्रमगतरूपमा अगाडि बढिरहेको र यस्तो बेला राजनीतिक स्थिरता भभयो भने आर्थिक विकास हुने प्रजिअ बजिमयले बताए ।     देश विकासमा उद्योगी, व्यापारी, कर्मचारीभन्दा बढी सञ्चारको भूमिका बढिरहेको कारण देश विकासप्रति लक्षित सकारात्मक लेखरचना प्रकाशित गर्न कार्यक्रमका विशिष्ट अतिथि उद्योग वाणिज्य सङ्घका अध्यक्ष अशोक बैदले बताए । भन्सार नियमावली पुरानो भएकोले यसमा सामयिक संशोधन गर्न अति जरूरी देखिएको बैदले बताए । र