Posts

Showing posts from October, 2013

नयाँ आवरण र कलेवरमा वीउवासङ्घको मुखपत्र अर्थजगतको प्रकाशन शुरु

Image
प्रस, वीरगंज, १४ कात्तिक/     वीरगंज उद्योग वाणिज्य सङ्घ पर्साद्वारा प्रकाशित अर्थजगत पत्रिका एक कार्यक्रमबीच प्रमुख जिल्ला अधिकारी कैलाशकुमार बजिमयले लोकार्पण गरेका छन् । देशकै आर्थिक नगरी वीरगंजका उद्योगी व्यापारीहरूको समस्या तथा गतिविधिबारे जानकारी सबै ठाउँमा पुग्ने उद्देश्यले त्रैमासिक पत्रिका बजारमा आएकोले उद्देश्यपूर्ति हुने कुरा कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी कैलाशकुमार बजिमयले बताएका छन् । पत्रिका विमोचन गर्दै प्रजिअले पत्रिकाको माध्यमबाट उद्योगीहरूद्वारा उत्पादित वस्तुको पहिचान देश विदेशसम्म पुग्ने भएकोले बजारको खोजी तथा प्रवर्धनमा टेवा पुग्ने बताए ।     धेरै पहिले प्रकाशित भएको यो पत्रिकाले पुन: निरन्तरता पाएको कार्यक्रमका अध्यक्ष अशोककुमार बैदले बताए । बारा, पर्सा, रौतहटको आर्थिक गतिविधिलाई समेटर प्रकाशित अर्थजगत पत्रिकाको माध्यमबाट उद्योगी–व्यपारी तथा मजदुरहरूको समस्या सार्वजनिक गर्ने उद्देश्यले पत्रिका प्रकाशित भएको बैदले बताए । आर्थिक जगतको केन्द्रको रूपमा पहिचान बनाएको वीरगंजलाई यो पत्रिकाले थप सहयोग गर्ने वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनालले बताए ।

रौतहटका मतदाताले अझै मतदाता शिक्षा पाएनन्

प्रस, रौतहट, १४ कात्तिक/     संविधानसभा चुनाव आउन अब थोरै दिन मात्रै बाँकी रहेको बेला रौतहट जिल्लाका अधिकांश मतदाता अहिलेसम्म मतदाता शिक्षाबारे अनभिज्ञ रहेको बताएका छन् ।     गाउँले मतदाताले यसपटकको चुनाव र यसमा प्रयोग हुने मतपत्रबारे कुनै जानकारी नभएको बताएका छन्।     मतदाताले चुनावमा हुने मतदान तथा अन्य प्रत्रियाबारे निर्वाचन कार्यालय तथा अन्य कुनै पनि निकायबाट जानकारी नपाएको बताएका छन् ।     निर्वाचन मङ्सिर ४ गते हुने  जानकारी विभिन्न सञ्चार माध्यम र दलहरूको प्रचार अभियानबाट पाए पनि मतदान प्रक्रिया र मतपत्रबारे कुनै निकायबाट जानकारी नपाएको बडहर्वाका बुचिकान्त ठाकुरले बताए ।     चुनावमा मतदान गर्ने प्रक्रिया, सदर तथा बदरदेखि निर्वाचन प्रणाली अनुसार मतपत्रबारे जानकारी दिने मतदाता शिक्षा जिल्लाका सबै गाविसमा लागू भएको जिल्ला निर्वाचन कार्यालय, रौतहटले जनाएको छ ।

मुलुक खाद्य असुरक्षातिर

Image
- शीतल महतो     “खाद्य सुरक्षा र पोषणको आधार, खाद्य प्रणालीमा दिगो सुधार” भन्ने मूल नाराका साथ ३३ औं विश्व खाद्य दिवस नेपालमा पनि विभिन्न कार्यक्रमका साथ मनाइएको छ । सन् २०५० मा विश्वको जनसङ्ख्या नौ अर्ब पुग्ने र उक्त जनसङ्ख्यालाई आवश्यक पर्ने खाद्यान्न आपूर्ति गर्न हाल विश्वको खाद्यान्न उत्पादनलाई ७० प्रतिशत वृद्धि गर्नुपर्ने अनुमान संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि स·ठनको छ । गरिबी र पोषणयुक्त खाद्यान्नको अभावले गर्दा चालीस प्रतिशत नेपालीले न्यूनतम क्यालोरी (दुई हजार १४६ क्यालोरी प्रतिदिन प्रतिव्यक्ति) उपभोग गर्न पाएका छैनन् भने तीमध्ये सुदूरपश्चिममा ४४ दशमलव ९ र मध्यपश्चिममा ४४ दशमलव ३ प्रतिशत रहेको तथ्याड्ढ कृषि तथा सहकारी मन्त्रालयको छ । त्यसमा पनि द्रुत गतिमा जल, ज·ल र जमिन तथा जैविक स्रोतहरू घट्दै जानुले नेपालको कृषि क्षेत्र थप समस्याग्रस्त बन्दै गएको छ ।     हुनत नेपाल कृषिप्रधान देश हो । यहाँको झन्डै ७५ प्रतिशत जनसङ्ख्या कृषिमा आश्रित छन् । उनीहरूले जीवन निर्वाहका लागि मुख्यरूपमा खेतीपाती र पशुपालन गर्ने गर्छन् । तर विगत केही वर्ष यतादेखि कृषिप्रधान मुलुक नेपाल खाद्य अस

चुनावी घोषणापत्र र खाद्यान्न सम्प्रभुताको अधिकार

वीरेन्द्रकुमार यादव   मानव अधिकारको विश्वव्यापी घोषणापत्र सन् १९४८ को प्रावधान अनुसार मानिसको जीवन बाँच्न पाउने अधिकार सबैभन्दा महत्त्वपूर्ण अधिकारको रूपमा मानिएको छ । सोही घोषणापत्रको कारण विश्वबाट नै मृत्युदण्डजस्ता जुडिसियल किलिंगका प्रावधान हटाउँदै लगिएको छ । नागरिकको बाँच्न पाउने अधिकारको संरक्षण महत्त्वपूर्ण भए पनि उक्त जीवन रक्षाको संरक्षणको अधिकारको आधार नागरिकको खाद्यान्न सम्प्रभुताको अधिकारमा आश्रित रहेको  हुन्छ । खाद्य सम्प्रभुताको अधिकारको संरक्षण बेगर  बाँच्न पाउने अधिकार अर्थहीन हुन्छ । बाँच्न पाउने अधिकारको संरक्षण निम्ति खाद्यान्नको अधिकार संरक्षण हुनैपर्छ । खाद्यान्नको अधिकार अत्यन्त विस्तृत र व्यापक छ । यो अधिकार अनुसार नागरिकलाई न्यूनतम पौष्टिक तत्त्व भएको खाना, यसको पर्याप्तता, खानाको निरन्तर बेरोटोक उपलब्धता वा आपूर्ति सामाजिक दृष्टिले स्वीकार्य खाद्यान्न, स्वस्थ सुरक्षित र पर्यावरणीय दृष्टिकोणले उपयुक्त हुुने खाद्यवस्तुको उपलब्धता भए मात्र खाद्यान्नको अधिकारको प्रत्याभूति भएको मानिन्छ । संयुक्त राष्ट्र सङ्घको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सम्बन्धी समितिले

धन्वन्तरि जयन्ती

Image
डा. रमेश मिश्र   आज कात्तिक कृष्णपदा त्रयोदशी शुक्रवार । आजको दिनलाई आयुर्वेदका चिकित्सक, कविराज, वैद्य र आयुर्वेदसँग सम्बन्धित सम्पूर्ण सङ्घसंस्थाहरूले धन्वन्तरि जयन्तीको रूपमा मनाउँछन् । आज आयुर्वेदका प्रवत्र्तक भगवान् धन्वन्तरिको जयन्ती हो । आजको दिनलाई धनतेरसको रूपमा पनि मनाइन्छ र नयाँ–नयाँ भाँडाकँुडाहरू किन्ने प्रचलन छ ।     पौराणिक कथाअनुसार जब देव र दानव मिलेर समुद्रमन्थन गरे । त्यसबाट एक हातमा अमृत कलश र अर्को हातमा आयुर्वेद लिएर भगवान् विष्णुको अवतार धन्वन्तरिको रूपमा भएको थियो । धन्वन्तरिलाई आयुर्वेदको प्रवत्र्तक मानिन्छ । विश्वका प्रथम सर्जन, जसलाई फादर अफ सर्जरी भनिन्छ, आचार्य सुश्रुत, उहाँको गुरुको रूपमा पनि धन्वन्तरिको वर्णन पाइन्छ ।     सुश्रुतसंहितामा धन्वन्तरिलाई भारतको काशीको राजाको रूपमा देवोदास नामले वर्णन गरिएको छ, जसमा देवोदास धन्वन्तरिले आपैंm भनेका छन्–“त्यो धन्वन्तरि हो, जो समुद्रमन्थनको बेला उत्पन्न भएको थियो । म विष्णुको अवतार हुँ ।” धन्वन्तरिको उत्पत्तिबारे विभिन्न पौराणिक ग्रन्थहरूमा वर्णन छ । धन्वन्तरि जयन्तीलाई नेपालमा राष्ट्रिय आरोग्य दिवसको रूपमा पनि

सही दल र नेता चुन्न असल नागरिकको भूमिका

Image
ई. गोपाल श्रेष्ठ    आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि यति बेला मुलुकमा विभिन्न राजनीतिक दल तथा तिनका नेताहरू जनताको घरदैलोमा गई भोट माग्नेदेखि चुनाव प्रचारप्रसार गर्ने लहरको सरगर्मी बढेको छ । त्यस्तै निर्वाचनमा कुन दलले बहुमत ल्याउला भन्ने विषयमा पनि चिया पसलदेखि गाउँ, घर र समाजमा जनताबीच चासोको विषय बनेको छ भने विभिन्न अड्कलबाजी पनि भइरहेको छ । दलका नेताहरू सबै निर्वाचनमा आफू जित्ने र आफ्नो दलले बहुमत ल्याउने ठोकुवा गर्दै दलको मेनिफेस्टो/घोषणापत्र अनुसार देश र जनताको पक्षमा काम गर्ने भन्दै जनतालाई आश्वस्त पार्दैछन् । राजनीतिक दलहरूले जनतालाई आफ्नो पक्षमा पार्न जेजस्तो मेनिफेस्टो/घोषणापत्र सार्वजनिक गरे तापनि दल तथा नेताहरूले विगतमा जनतालाई देखाएको कार्यशैली, व्यवहार र नियतको मूल्याड्ढन जनताले गरेको छ । यसपालिको निर्वाचनले सोझा र निमुखा नेपाली जनतालाई सतर्क बनाएको छ भने असल बन्न घच्घच्याई रहेको आभास हुन थालेको छ । किनभने जनताले दायित्व बोध गरी भोट खसाएमा मतदानमा सही दल र उम्मेदवारको लागि भोट खस्छ । सही उम्मेदवारले जिते, देशले सही मार्गदर्शन पाउँछ । अनि, गलत उम्मेदवारले जिते दे

कलैया र नागरिक समाज

    नागरिक समाजको अर्थ कुनै पनि राजनीतिक दलभन्दा बाहिर रहेर, बिना कसैको निर्देशन आफ्नो गाउँ–शहरको हित, त्यहाँका नागरिकको समग्र विकास, सुविधा एवं विचारका लागि अग्रणी भूमिका निर्वाह गर्ने जमात हो । देश, काल र परिस्थिति अनुसार नागरिक समाजले गरेको कामले सफलता पाउने नपाउने कुरा बेग्लै हो । तर नागरिक समाजले आफ्नो समाजको हित–अहितबारे सोच्ने–बोल्ने र क्रियाशीलता देखाउनैपर्छ । कुनै पनि मानव समूह खास क्षेत्रको नागरिक तथा स्थानको स्तरीयताका लागि एकजुट हुनु नै नागरिक समाज बन्नु हो र यो निद्र्वन्द्व, निर्भय, निष्पक्ष हुनु अपेक्षित हुन्छ । नागरिक समाजले, जस्तो कि अचेल देखिन्छ, कुनै राजनीतिक विचार बोक्नु अपेक्षित होइन । हो त्यस समाजमा संलग्न विभिन्न व्यक्तिले विभिन्न राजनीतिक विचार र आस्था राखेको हुन सक्छ, तर समाजको क्रियाकलापलाई आफ्नो राजनीतिक विचारबाट प्रभावित हुन नदिएर निष्पक्ष गतिविधि सञ्चालन गर्नुपर्छ । अन्यथा नागरिक समाज पनि कुनै जातीय स·ठन, साम्प्रदायिक संस्था वा निर्दिष्ट लक्ष्य प्राप्तिका लागि अघि सरेको जमातमा परिणत हुन जान्छ।     नागरिक समाजले भूतकालमा भएको सामाजिक क्रियाकलापबाट सबक सिकेर,

संविधान निर्माणका लागि कानुन व्यवसायीलाई तालिम

Image
प्रस, वीरगंज, १३ कात्तिक/     नेपाल बार एशोसिएशनको आयोजनामा आजदेखि वीरगंजमा कानुन व्यवसायीका लागि संवैधानिक कानुन र सहभागितामूलक संविधान निर्माण प्रक्रिया विषयक तीन दिने तालिम शुरु भएको छ ।     तालिमको उद्घाटन पर्सा जिल्ला अदालतका मुख्य न्यायाधीश एवं प्रमुख निर्वाचन अधिकृत भोलानाथ चालिसले गर्दै विगतको असफलताबाट पाठ सिक्दै पुराना गल्ती नदोहर्‍याएर मुलुक र जनतालाई संविधान दिनुपर्ने सुझाव दिए । उनले संविधानसभा निर्वाचनमा जनताको आशा, भरोसा र विश्वास रहेकोले सबैलाई सहयोग पुर्‍याउन अपिल पनि गरे । उनले निर्वाचनलाई भयरहित बनाउन प्रयास जारी रहेको बताए । उनले पर्साको सन्दर्भमा आचारसंहिताको खासै उल्लङ्घन नभएको बताए । उद्घाटन समारोहमा नेपाल बार एशोसिएशन मध्यमाञ्चलका उपाध्यक्ष अधिवक्ता टीकाराम भट्टराईले दोस्रो संविधानसभा निर्वाचन मुलुकका लागि अवसर र चुनौती दुवै भएको बताए । उनले  निर्वाचन बहिष्कार गर्ने कुनै दल विशेषको अधिकार भए पनि बिथोल्ने अधिकार नभएको प्रस्ट्याए ।     वरिष्ठ अधिवक्ता देवेन्द्र सिंहले दलहरूको सत्ता खेलका कारण सङ्क्रमण काल लम्बिने र संविधान निर्माण नहुने आशड्ढा व्यक्त गरे । उन

स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित निर्वाचनका लागि नागरिक अभियान

Image
सिकेन्द्र पासवान, कलैया, १३ कात्तिक/     दोस्रो संविधानसभा निर्वाचन निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित सम्पन्न गर्नका लागि बारामा नागरिक अभियान समिति गठन भएको छ ।     स्वच्छ निर्वाचनका लागि नागरिक अभियान सम्बन्धी इन्सेक बाराले आयोजना गरेको छलफल कार्यक्रमबाट सो समिति गठन गरिएको इन्सेक प्रतिनिधि लक्ष्मी साहले बताए ।     बारा नागरिक समाजका महासचिव हीरालाल साहको संयोजकत्वमा आठ सदस्यीय अभियान समिति बनाइएको हो, जसमा उद्योग वाणिज्य सङ्घका महासचिव राजकुमार साह, पत्रकार महासङ्घका कोषाध्यक्ष सिकेन्द्र पासवान, एनजिओ फेडेरेशनका अध्यक्ष उत्तिमलाल चौरसिया, प्राध्यापक नीलेश तिमिल्सिना, गैरसरकारी संस्थाबाट श्यामबाबू यादव, महिलाबाट अनिता साह, शिक्षकबाट रमाकान्त यादव रहेका छन् ।     साथै छलफलबाट राजनीतिक दल, निर्वाचन कार्यालय, प्रहरी प्रशासनलाई आचारसंहिता पालना गर्न/गराउन सचेत रहन तथा सरोकारवालाहरू सरकारी निकाय, र दलहरूसँग अन्तक्र्रिया गर्ने निर्णय भएको इन्सेक प्रतिनिधि साहले बताए ।     छलफल कार्यक्रममा निर्वाचन अधिकृतको कार्यालयबाट नासु सोमबहादुर विक, प्रेस चौतारीका अध्यक्ष सुभाष साह, मधेस मिडिया

भवनको काम अन्तिम चरणमा, चेकपोस्ट सर्‍यो

प्रस, परवानीपुर, १३ कात्तिक/     प्रहरी चौकी परवानीपुरको निर्माणाधीन भवनको काम अन्तिम चरणमा पुगेको प्रहरीले बताएको छ । मङ्सिरभित्र र·रोगन र ढोकाको काम सम्पन्न गरी भवन सञ्चालनमा ल्याउने प्रहरी चौकीका प्रनानि पुरुषोत्तम सुवेदीले बताए ।     २ वर्ष अघि निर्माण शुरु भएको उक्त भवनमा केही दिन यता भुईं ढलान, प्लास्टर, झ्याल, शौचालयलगायतको काम सम्पन्न भएको छ ।     परवानीपुर–ड्राइपोर्ट लिड्ढरोडको पूर्वमा निर्माण भइरहेको उक्त भवनमा अहिलेसम्म स्थानीय स्तरमा उठाइएको करिब ३२ लाख रुपियाँ लागेको प्रहरी चौकी निर्माण उपभोक्ता समितिले बताएको छ । एकतले उक्त भवनमा ८ वटा कोठा छ । प्रहरी चेकपोस्ट पनि सोही भवन अगाडि सारिएको छ । भवन नहुँदा परवानीपुरका एकजनाको निजी भवनमा चौकी सञ्चालित थियो ।

मैत्रीपूर्ण फूटबलमा सशस्त्र विजयी

प्रस, वीरगंज, १३ कात्तिक/     सशस्त्र प्रहरीको १३ औं स्थापना दिवसको अवसरमा आज सम्पन्न मैत्रीपूर्ण फूटबल खेलमा सशस्त्र प्रहरी सीमा सुरक्षा बेस वीरगंज विजयी भएको छ ।     वीरगंज युनाइटेड क्लबसँग भएको मैत्रीपूर्ण खेलमा आयोजक सशस्त्र प्रहरी सीमा सुरक्षा बेस ४ गोलले विजयी भएको हो ।     मैत्रीपूर्ण खेलको मध्याह्न पूर्व सशस्त्र प्रहरीले ३ गोल र मध्याह्नपछि १ गोल गरेको थियो ।     सशस्त्र प्रहरीको नेतृत्व सप्रउ गणेश  ठाडा मगरले गरेका थिए भने वीरगंज युनाइटेड क्लबको नेतृत्व पड्ढज श्रेष्ठले गरेका थिए ।

जात र सम्प्रदाय होइन, सिद्धान्त र विकासलाई प्राथमिकता

Image
सञ्जय साह ‘मित्र’     संविधानसभाको पहिलो कार्यकालमा देशले दीर्घकालीन महत्त्वका निर्णयहरू गर्न सफलता प्राप्त गरेको भए पनि संविधान निर्माण गर्न नसक्दा धेरैतिरबाट असफल भएको टिप्पणी गरिंदैछ । यो बाहय यथार्थ रहे पनि देशको वर्तमान संरचना नै संविधानसभा निर्वाचनको खाका अनुसार सञ्चालन भइरहेकोले असफल भन्न मिल्दैन । गणतन्त्रात्मक अवस्थामा पुग्नु, राजतन्त्र समाप्त हुनु, देश धर्मनिरपेक्ष बन्नु तथा जनताले समावेशिताको अनुभूति गर्न पाउनुलाई महत्त्वपूर्ण उपलब्धि मान्नुपर्छ । अहिले सबैको सोचाइ र व्यवहार स्वतन्त्र किसिमको बन्दै गएको छ । यसले के देखाएको छ भने देशमा संविधानसभा निर्वाचनपछिको अवस्थामा संरचनात्मक रूपमा नै परिवर्तन भएको छ ।     संविधानसभा खिचडी थियो र अहिले हुने निर्वाचनले पनि खिचडी नै जन्माउने अनुमान गरिएको छ । खिचडी मत दिनुभन्दा बहुमत वा दुईतिहाई दिन सके देशले तुरुन्त सही तरिकाले निकास पाउन सक्छ । यो एउटा पक्ष हो । निर्वाचनमा जात, धर्म, सम्प्रदायजस्ता कुराले पनि प्रभाव पार्ने हुन्छ । तर गत संविधानसभाको अनुभवको आधारमा सजिलै के भन्न सकिन्छ भने जात वा सम्प्रदायले केही गर्न सकेन । संविधानसभा

विकासशील मुलुकमा कर

    कर आवश्यक छ । सबैले कर तिर्नु पनि पर्छ । तर विकासशील मुलुकहरूमा प्रत्यक्ष कर तिर्ने मनोवृत्ति सार्‍है कम हुन्छ । जसले गर्दा सरकारले बाध्य भएर अप्रत्यक्ष करको भार बढाउँछ र यसबाट व्यक्ति र सरकारको खर्चमा अपारदर्शिता तथा आर्थिक अनियमितता वृद्धि हुन्छ । प्रत्यक्ष करले जहाँ करदातालाई चेतनशील बनाउँछ, त्यहीं मुद्रा– यातायातलाई घनीभूत पार्छ । विकासशील मुलुकहरूमा प्रत्यक्ष कर दिनु नागरिकले अपमान ठान्दछ वा हतपति दिन चाहँदैन । यसको पछाडि प्राय: हाम्रो समाजको कृषि मनोविज्ञानले काम गरेको हुन्छ । एउटा कृषक जतिसुकै सम्पत्तिवान् भए पनि ऊसँग नगद थोरै हुन्छ । उसको आय भनेको अन्नबाली हो । यद्यपि आज मानिस नोकरी गर्छन्, मजदुरी गर्छन्, सेवा व्यवसाय गर्छन्, उद्योग–व्यापार गर्छन्स अर्थात् मुद्राको प्रत्यक्ष कारोबार गर्छन् । यसरी प्राप्त आयबाट सरकारले निर्धारण गरेको परिणामबाहेकको रकममा सरकारलाई कर तिर्नुपर्छ । सरकारले कर लिएर विभिन्न सामाजिक सुरक्षाका शीर्षकहरूमा खर्च गर्दछ । कुनै आयोजनाको निर्माण, स्वास्थ्य, शिक्षा, सडक तथा सरकारी खर्च आदिमा सो रकम प्रयोग हुन्छ ।     नेपालजस्तो मुलुकमा सरकारले पनि आय बमोजि

राजस्व कार्यालय पर्साद्वारा कर सम्बन्धी अन्तक्र्रिया

Image
प्रस, वीरगंज, १२ कात्तिक/     आन्तरिक राजस्व कार्यालय पर्साको आयोजनामा आज वीरगंजको होटल मकालुमा कर सम्बन्धी अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ ।     अन्तक्र्रिया कार्यक्रममा बोल्दै आन्तरिक राजस्व कार्यालय वीरगंजका प्रनि अर्जुनप्रसाद भट्टराईलाई पर्सा जिल्लामा निजी क्षेत्र तथा सरकारी कर्मचारीहरू करको दायरामा नआएको बताए ।     उनले कानुन व्यवसायी, चिकित्सकलगायत व्यवसायीहरू करको दायरामा आइ नसकेको जानकारी गराएका थिए ।     प्रमुख भट्टराईले सरकारी कर्मचारीहरूलाई पनि करको दायरामा ल्याउने तयारी भइरहेको बताए । उनले सरकारी कर्मचारी करको दायरामा नआएको कारण उनीहरूलाई दायरामा ल्याउने कार्य भइरहेको बताएका थिए ।     राज्यको सबैखाले विकास गतिविधिहरू करबाट प्रभावित हुने हुनाले करको दायरा बढाउने र कर सड्ढलन गर्ने कार्यलाई तीव्रता दिने काम भइरहेको उनले बताए ।     प्रमुख भट्टराईले विकसित कर प्रणाली अनुरूप करदाताहरूले हालका दिनमा सूचना प्रविधिको विकाससँगै अनलाइनबाट कर तिर्न सक्ने प्रावधान भएको जानकारी गराएका थिए ।     सरोकारवाला करदाताहरूले आय आर्जन गरेका रकमको कर पछिल्लो महिनाको २५ गतेसम्म अनलाइनमार्फत

पिचमा ग्राभेल, परवानीपुर धुलाम्मे

Image
प्रस, परवानीपुर, १२ कात्तिक/     वीरगंज–पथलैया सडकखण्ड अन्तर्गत पर्ने परवानीपुरको पिच सडकमाथि ग्राभेल खसाल्दा सडक झन् बिग्रिरहेको छ ।     पिचमाथि ग्राभेल खसाल्दा सडक फुट्ने र खाल्डोको सङ्ख्या एवं क्षेत्रफल बढ्ने परवानीपुरवासी बताउँछन् ।     ग्राभेलले गर्दा दिनभरि धूलो उड्छ, यात्रा गर्न र व्यापार सञ्चालन गर्न कठिनाइ भएको परवानीपुरका रामनरेश कोइरीले बताए ।     अच्छेलाल कुशवाहाको औषधि पसल अगाडि हिजो र आज ३ ट्रिप ग्राभेल खसालिएको व्यापारीहरू बताउँछन् । पिचमाथि पिच गर्नुपर्नेमा ग्राभेल गर्दा राजमार्ग वरपरको वातावरण प्रदूषित र धुलाम्मे बनेको छ।     कात्तिकपछि गण्डक, बाइपास, परवानीपुर, सिमरालगायत ठाउँमा सडक मरम्मत गर्ने योजना रहेको सडक डिभिजन कार्यालयका कर्मचारीहरू बताउँछन् ।

मत कसलाई ?– २

Image
- विनोद गुप्ता    नेपाली काङ्ग्रेसले आर्थिक क्रान्ति गर्ने उदारीकरणको जुन नीति अख्तियार गरेर थियो, त्यसको महत्त्व क्रमश: स्थापित हुँदै गएको छ । राष्ट्रियस्तरमा जनजीवनको हरेक क्षेत्रमा तुलनात्मक अध्ययन गर्दा नेपाली काङ्ग्रेस नेतृत्वको सरकारले ठूलो फड्को मार्न लगाएको स्पष्ट हुन्छ । क्षेत्रगतरूपमा विचार गर्दा प्रजातन्त्रको स्थापनापछि पूर्वाञ्चल, पश्चिमाञ्चल (पोखरा) विश्वविद्यालयको स्थापनाका साथै मेडिकल कलेज, इन्जिनियरिङ कलेज, १०ं२ को शिक्षा प्रणालीबाट जहाँ अनुत्पादक भएर बसेको ठूलो लगानी उत्पादक बन्यो, त्यहींको लगानी र शैक्षिक सुगमता बढ्न गएको हो । त्यस्तै हवाई सेवा क्षेत्रमा सरकारी लगानीको एक मात्र वायुसेवा संस्थाको सट्टा १०/१२ वटा निजी कम्पनीहरूले वायुसेवा प्रदान गरिरहेका छन् भने दूरसञ्चारको क्षेत्रमा ५० हजार ल्यान्डलाइनमा सीमित दूरसञ्चार आज करोडौं ग्राहकलाई प्रत्यक्ष र आफ्नो भौतिक पूर्वाधार प्रयोग गर्न दिएर पनि दक्षिण एसियामैं उन्नतस्तरको दूरसञ्चार सुविधासम्पन्न छ । सडक सञ्जालको विस्तार भएर मोटर यातायातको सुगमता बढेको छ । निजी क्षेत्रबाट सञ्चालित अस्पतालहरूको सेवाले सरकारी अस्पतालमा

अब आशङ्कालाई ठाउँ छैन

    निर्वाचनको राप उच्चतम बिन्दुमा पुग्न थालेको छ । पार्टीगत तथा स्वतन्त्र उम्मेदवारहरूको जोश र सक्रियता चरम अवस्थामा पुगेको अवस्था देखिएको छ । निर्वाचनका लागि मत माग्ने सबै प्रक्रिया धरातलमा छताछुल्ल भएको छ । यद्यपि निर्वाचन आचारसंहिताको कठोर जालोलाई उम्मेदवारहरूले राम्ररी च्यात्न सकेका छैनन् । लुकीछिपी निर्वाचन आचारसंहिताविपरीत कामकारबाई भइरहेको छ । यसले देखावटी खर्च गर्ने परम्परामा रोक लागेको छ, तर मत खरिद गर्न गोप्यरूपमा गरिने पैसाको चलखेल भने जारी छ । निर्वाचन जसैजसै निकट आउँदै जानेछ, उम्मेदवारहरूले पैसाको खोलो बगाउन थाल्नेछन् । हुनत मतदातामा आइसकेको चेतनाले गर्दा पैसाको प्रभाव त्यस रूपमा असरकारक होला भन्न सकिन्न । हो जहाँ अशिक्षित र निरपेक्ष गरीबी भएको जनसमुदाय छ, त्यहाँ पैसाले निर्वाचन परिणामलाई प्रभावित बनाउने छैन भन्न सकिन्न । तापनि सबैको एउटै धारणा के रहेको छ भने योग्य र जनताले रुचाएको तथा संविधान लेखनमा दखल राख्न सक्ने उम्मेदवारको परिणाममा कुनै पनि प्रकारको निर्वाचनइतर क्रियाकलापले प्रतिकूलता थप्न नपाओस् ।     एकातिर निर्वाचनको राप यति बिघ्न तीव्र भइरहेको छ, त्यहीं एउटा समूह

आचारसंहिताविपरीत दलको पक्षमा जानकी टोलामा शिक्षक भेला, दुई निर्वाचन क्षेत्रका विद्यालय बन्द

महबुब आलम, पोखरिया, ११ कात्तिक/     नेपाली काङ्ग्रेसलाई संविधानसभा निर्वाचनमा विजयी बनाउन आज पर्साको जानकीटोलामा नेपाली काङग्रेसको भ्रातृ स·ठन नेपाल शिक्षक सङ्घ पर्सासँग आबद्ध शिक्षकहरू भेला भएपछि पर्सा क्षेत्र नं. ४ र ५ का विद्यालयहरू बन्द रहे ।     नेपाली काङ्ग्रेसको पक्षमा जनमत तयार गर्न आज जानकीटोलामा शिक्षकहरूको भेला बोलाइएको र सो भेलामा सहभागिता जनाउन शिक्षक सङ्घ पर्सासँग आबद्ध पर्सा क्षेत्र नं ४ र ५ का शिक्षकहरू जानकीटोला पुगेपछि शिक्षकको अभावमा विद्यालय बन्द भएको स्थानीय अभिभावकहरूले बताए ।     विद्यालयका शिक्षकहरू अधिकांश सङ्घसँग आबद्ध भएकाले विद्यालयको पठनपाठन प्रभावित भएको बताइएको छ ।     शिक्षक सङ्घको भेलालाई नेपाली काङ्ग्रेसबाट पर्सा क्षेत्र नं. ५ का उम्मेदवार रमेश रिजालले सम्बोधन गरेका थिए भने शिक्षक सङ्घ, पर्सा क्षेत्र नं. ५ का क्षेत्रीय संयोजक अशोक साह तेलीको अध्यक्षतमा भेला भएको थियो ।     सो भेलालाई नेपाल शिक्षक युनियन पर्साका अध्यक्ष रामचन्द्र पडित, नेपाल शिक्षक सङ्घ, पर्साका अध्यक्ष तीर्थराज यादवलगायत नेपाली काङ्ग्रेससँग आबद्ध नेताहरूले सम्बोधन गरेका थिए ।     निर्व

पर्सामा १५ जना मात्र तेस्रो लिङ्गी, फोटोसहितको मतदातामा सूचीकृत

प्रस, वीरगंज, ११ कात्तिक/     पर्सा जिल्लाको ५ वटै निर्वाचन क्षेत्रमा दुई लाख ५१ हजार ८ सय ४६ मतदाता रहेकोमा तेस्रो लि·ीहरूको सङ्ख्या १५ मात्र रहेको छ ।     सहयात्री समाज पर्साको तथ्याड्ढमा जिल्लामा ४ हजार ५ सय तेस्रो लि·ी, समलि·ीहरूको तथ्याड्ढ रहे पनि  फोटोसहितको मतदाता नामावलीमा भने १५ जनाको मात्र सङ्ख्या देखिएको छ, जबकि समाजको पदाधिकारी सदस्यहरू मात्र ३० जना रहेका छन् ।     पर्सा जिल्लामा १ लाख ४१ हजार ५ सय २४ पुरुष र १ लाख १० हजार ३ सय ७ महिला रहेकामा तेस्रो लि· भने १५ मात्र हुनुमा सहयात्री समाज पर्साले मतदाता नामावली सड्ढलनको साटो त्रुटि भएको बताएको छ ।     सहयात्री समाज पर्साका सचिव रामदेव थारूले फोटोसहितको मतदाता नामावली सड्ढलनको क्रममा तेस्रो लि·ी र समलि·ी लेखाउनेहरूलाई सड्ढलककर्ताहरूले प्राथमिकता नदिएर नागरिकता अनुसार लि· लेख्ने काम भएकोले तेस्रो लि·ीको सङ्ख्या नदेखिएको बताए । उनले पछिल्लो समयमा फोटोसहितको मतदाता नामावली सड्ढलन गर्ने सात दिनको अन्तिम म्याद जारी गरेपछि जिल्ला प्रशासन कार्यालयमा भने तेस्रो लि·ी भनेर लेख्ने कार्य भएकोले मात्र १५ जनाको सङ्ख्या देखिएको प्रस्टयाएका

क्रान्ति, भ्रम र क्षय

Image
- ई. गोपाल श्रेष्ठ    हाम्रो देशमा क्रान्ति भन्नाले हामी कृषि क्रान्ति, औद्योगिक क्रान्ति, आर्थिक क्रान्ति ... आदि बुझ्दैनौं । क्रान्ति भन्नाले हामी राजनैतिक क्रान्ति बुझ्छौं । अनि, राजनैतिक क्रान्ति भन्नाले हामी हत्या–हिंसा, भय, त्रास, अस्तव्यस्तता, अराजकता, बलात्कार, बन्द–हडताल, नाकाबन्दी बुझ्छौं । तर पनि हामी किन किन राजनैतिक क्रान्तिका लागि नै लालायित रहनरून्छौं जस्तो लाग्दछ । कारण, राजनैतिक भाषण सुन्न र राजनीति गर्नेहरूको पछि लाग्न हामीले छाड्न सकेका छैनौं । मिडियाले पनि राजनीतिलाई नै प्रथमिकता दिइरहेको प्रस्ट छ भने नेपाली जनजीवनले पनि राजनीतिलाई नै आफ्नो अभिन्न अ· स्वीकार गरेको प्रस्ट छ ।     आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि सबै दल गाउँप्रेमी, किसानप्रेमी भइरहेका प्रतीत हुन्छ । कारण गाउँ नै गाउँ भएको हाम्रो देश अनि प्रत्येक १० जना नेपालीमा ८ जना किसान भएको हाम्रो देशमा राजनीतिक दलका नेताहरू गाउँमैंत्री र किसानमैंत्री नभई चुनावमा सफल हुन गार्‍हो छ । तर यति बेला राजनीतिक दलहरू किसान हितको लागि कृषि क्रान्तिको कुरामा भन्दा केवल राजनैतिक भाषण मात्र छाँटिरहेका छन् । कुनै दल

संविधानसभाको दोस्रो निर्वाचन र नागरिक समाजको भूमिका

Image
- अधिवक्ता वीरेन्द्रप्रसाद यादव    निर्वाचन नजिकिंदै जाँदा नागरिक सामाजका पदाधिकारीहरूको कार्यक्रम बाक्लिंदै गएको छ । विशेषगरी तराई मधेसमा मधेसी बुद्धिजीवी एवं नागरिक समाजका नामले केही निश्चित समूहहरू केही निश्चित दल र उम्मेदवारविशेषलाई सहयोग गर्ने लक्ष्यसहित क्रियाशील छन् । बुद्धिजीवी नागरिक सामाजका यस्ता कार्यक्रम सकारात्मक र सराहनीय भए पनि विगतमा केही भूमिका नगरी यतिखेर सक्रिय हुनुले बिनालगनको शहनाई बजाउने कार्य भएको आम गुनासो छ । यस्ता आयोजक दल वा उम्मेदवारद्वारा परिचालित छन् भन्ने पनि आशड्ढा हुन्छ । जसले नागरिक समाज र बुद्धिजीवीको निष्पक्ष छविलाई पनि शड्ढाको घेरामा पारेको छ । यसै हप्ता एउटा मधेसी बुद्धिजीवी नामक संस्थाको कार्यक्रममा आमन्त्रित भइयो । त्यस कार्यक्रमका हर्ताकर्ता ती बुद्धिजीवी देखिए, जसलाई सरकारमा भएको बेला एउटा मधेसवादी दलले आफ्नो कोटामा राष्ट्रिय स्तरको ठूलै पदमा नियुक्त गरेको थियो । त्यस कार्यक्रममा अधिकांश त्यस्ता बुद्धिजीवीको उपस्थिति थियो जो उनका स्वजातीय थिए । ती बुद्धिजीवीहरूले कार्यक्रमभरि मधेसवादीलाई मत दिन र दिलाउन  सहभागीहरूसँग आग्रह गरे र राजनीतिक निय

सकारात्मक थालनी

    वीरगंजबाट प्रसारित अनलाइन खबर सेवा यात्रा डेली डट कमले हालै दोस्रो वार्षिकोत्सव मनायो । अनलाइन खबर सेवाहरू मोफसल एवं राष्ट्रि्रयस्तरमा कैयन आए अनि हराए । सजिलै सञ्चालन गर्न सकिने र सजिलै हराएर जाने अनलाइन खबर सेवाहरूको रोग नै हो । सेवा बन्द गरिदिने, आवधिक नगर्नेजस्ता विकृतिहरू अनलाइन सेवामा पाइन्छ । मनलागे पसल खोल्ने र मन नलागे  बन्द गर्ने परिपाटी गलत हो । उपभोक्ता हकहित संरक्षण सम्बन्धी कानुनले त्यसलाई विश्वका अधिकांश मुलुकमा वर्जित गरेको छ । अनलाइन खबर, रेडियो, पत्रपत्रिका तथा कुनै पनि समाचार माध्यमको धेरथोर उपभोक्ता हुन्छन् नै । आज चियाको चुस्कीसँगै आफ्नो छनोटको पत्रिका पढ्न चाहने उपभोक्ताले भोलि पनि त्यही चाहन्छ । अन्यथा उसको मनोविज्ञान खलबलिन्छ, जसका कारण उसको दैनिकीमा प्रत्यक्ष वा परोक्ष नकारात्मक असर पर्छ । अनलाइन समाचार सेवाका उपभोक्ताहरूमा पनि यो लागू हुन्छ । उपभोक्ता अनुकूल हेर्ने समय, तरिका वा प्रयोजन भने फरक हुन सक्ला । यसर्थ सकिन्छ भने मात्र शुरु गर्नु, अन्यथा सञ्चालनमा आई उपभोक्ता आर्जन गरिसकेका सेवाहरू बन्द गर्नु एक किसिमको अपराध नै हो ।     यात्रा डेलीका संस्थापक तथ

आलम हत्याकाण्डमा पूर्वसभासद्सहित तीनजना पक्राउ, बडाल अपहरणका अभियुक्तहरू सार्वजनिक

Image
सिकेन्द्र पासवान, कलैया, १० कात्तिक/     दोस्रो संविधानसभा निर्वाचनमा नेकपा एमालेबाट बारा क्षेत्र नं. ४ का तत्कालीन उम्मेदवार महमुद आलमको हत्याको मुख्य योजनाकार एमालेकै पूर्वसभासद् रामचन्द्र प्यासी रहेको दाबी प्रहरीले गरेको छ ।     केन्द्रीय अनुसन्धान ब्यूरोले आज कलैयामा पत्रकार सम्मेलन गरी आलम हत्याकाण्डमा संलग्न भएको आरोपमा  पक्राउ परेका पूर्वसभासद् प्यासीसहित तीनजनालाई आज सार्वजनिक गरेको हो ।     नेपाल मुस्लिम इत्तेहाद स·ठनका केन्द्रीय अध्यक्षसमेत रहेका महमुद आलमलाई असोज १८ गते बिहान ११:३५ बजे बाराको लिपनीमाल वडा नं. १ स्थित वीरगंज–पथलैया सडकखण्डमा पर्ने चाबोसती दाना मिलअगाडि भारतीय नम्बर प्लेट भएको मोटरसाइकलमा सवार अज्ञात समूहले गोली हानी गम्भीर बनाएको थियो । उपचारको क्रममा आलमको असोज २४ गते काठमाडौंस्थित शिक्षण अस्पतालमा मृत्यु भएको थियो ।     एमालेको राष्ट्रिय प्रतिनिधि परिषद् सदस्यसमेत रहेका प्यासीले ६ महिना पहिलेदेखि आलमको हत्या गर्न योजना बनाइरहेका र उक्त कार्यका लागि भारतको रक्सौलका बर्मा भन्ने राजु श्रीवास्तवसँग पटक–पटक छलफल गरी योजना बनाएको प्रहरीको दाबी छ ।     आलमको

यात्रा डेलीको दोस्रो वार्षिकोत्सव, संविधानसभाका उम्मेदवारहरूद्वारा आर्थिक एजेन्डा प्रस्तुत

Image
प्रस, वीरगंज, १० कात्तिक/     वीरगंजबाट सञ्चालित अनलाइन खबर पत्रिका यात्रा डेली डटकमको दोस्रो वार्षिकोत्सवको अवसरमा अन्तक्र्रिया र सम्मान कार्यक्रम आज सम्पन्न भयो ।     “संविधानसभा निर्वाचनमा उम्मेदवारहरूको आर्थिक एजेन्डा विषयक” अन्तक्र्रिया कार्यक्रममा नेपाल सद्भावना पार्टीकी अध्यक्ष एवं पर्सा क्षेत्र नं. १ का उम्मेदवार सरिता गिरीले समावेशी, समतामूलक, कल्याणकारी अर्थतन्त्रको व्यवस्थाले मात्र मुलुकको विकास सम्भव रहेको बताइन् । उनले सरसफाइको जिम्मा निजी क्षेत्रलाई दिंदा वीरगंज शहर स्वस्थ र स्वच्छ बन्न सक्ने विचार व्यक्त गरिन् ।     त्यसैगरी राप्रपा नेपालका केन्द्रीय उपाध्यक्ष एवं पर्सा क्षेत्र नं. २ का उम्मेदवार राजीव पराजुलीले देशलाई भ्रष्टाचार मुक्त बनाइ कानुनी राज्यको स्थापना गरी राष्ट्रिय मेलमिलापको आधारमा आर्थिक विकास अगाडि बढाउने पार्टीको लक्ष्य रहेको बताए ।     सो अवसरमा तमलोपाका केन्द्रीय सदस्य एवं पर्सा क्षेत्र नं. १ का उम्मेदवार विमल श्रीवास्तवले नेताहरूभन्दा उद्योगी–व्यापारीहरू विकासप्रेमी रहेको चर्चा गर्दै मुलुकको आर्थिक विकासका मुद्दाहरूमा उद्योगी–व्यापारी वर्गसँग परामर्श

संविधानसभामा चुनावको सरगर्मी

    संविधानसभा चुनावको सरगर्मी बढिरहेको बेला विभिन्न दलहरूले आफ्नो घोषणापत्रमा संविधान, विकास र उत्पादनमा आत्मनिर्भर तुल्याउन थरी–थरीका वाचा गरेका छन्, जबकि राजनीतिमा लाग्ने नेताहरू नै सर्वप्रथम आत्मनिर्भर हुनुपर्ने आवश्यकता छ । विदेशीको लहैलहैमा लाग्ने, उनीहरूले देखाएको बाटो रोज्ने र ती विदेशीहरूले यसरी गर भनेपछि ऐजन–ऐजन गर्दा परनिर्भरता बढेको हो । यस्तो अवस्थामा सबैभन्दा पहिले नेपाली नेताहरू विदेशीहरूको मन्त्रणा, अर्ति–उपदेश तथा निर्देशन त्यागेर स्वदेशी आवश्यकता अनुसार आत्मनिर्भर बन्न राष्ट्रिय नीति बनाउने घोषणा गर्न हिम्मत गर्नुपर्दछ । यो प्रतिबद्धता कुनै दलले अहिलेसम्म घोषणा नगरेकोले यसतर्फ ध्यान दिने कि ?     विदेशीको इशारामा हिड्ने हो भने यो देश अफ्रिकी मुलुकको विभाजनकारी देश र छिमेकी दक्षिण पूर्वतिरको सिक्किम जस्तो परिस्थिति बेहोर्नुपर्ने परिस्थिति बन्ने अवस्था  नआउला भन्न सकिन्न । अनेक शड्ढा उपशड्ढा विवाद र विरोधपछि मङ्सिर ४ गते संविधानसभा निर्वाचन हुन लागेको छ । पहिलो संविधानसभाले देशलाई सङ्घीयतामा लगिसके तापनि अब फेरि त्यसको विरोध गर्दै दलहरू पछि फर्केका र धेरैजसो मिलिसकेको व

शिक्षामा वैज्ञानिक चिन्तनको आवश्यकता

Image
-   अनन्तकुमार लाल दास   आज हरेक आमाबुबाको पहिलो रोजाइ आआफ्नो सन्तानलाई डाक्टर वा इन्जिनियर बनाउनु हो । विज्ञान र गणितमा राम्रो भएपछि छोराछोरीको भविष्य सप्रिन्छ भन्ने धारणा प्रत्येक आमाबुवाको हुन्छ । यस कारण उनीहरू सानै उमेरदेखि केटाकेटीहरूमाथि दबाब दिन थाल्छन् । अर्थात् सानै कक्षादेखि मेडिकल र इन्जिनियरिङको तयारी शुरु हुन्छ । शहरमा यस प्रकारको तयारी गर्न अनेक कोचिङ केन्द्र पनि खुल्न थालेका छन् ।     यहाँ एउटा गम्भीर प्रश्न के उठ्छ भने यी अपेक्षाहरूसँगै शिक्षामा पनि वैज्ञानिक चिन्तन कसरी ल्याउने ? नेपालको सन्दर्भमा यो कुरो धेरै चुनौतीपूर्ण रहेको छ । रोचक कुरो के हो भने पहिले पनि यस्ता कुरा कैयौं पटक चर्चामा आएको र आउने गरेको छ । आमाबुवाको सन्तानप्रति भविष्य निर्माणको चाहना पनि जायज छ । यी दुवैमा कुनै विरोधाभास पनि छैन । तर प्रश्न के छ भने के हाम्रो उद्देश्य पूर्ति भएको छ ?     हाम्रो राष्ट्रको चाहना विकसित राष्ट्रहरूको श्रेणीमा गन्ती हुनेछ । हाम्रो चाहना पनि समृद्ध र प्रगतिशील बन्नेछ । यस कारण पनि होला शिक्षाप्रति दिन प्रतिदिन आकर्षण थपिंदै गइरहेको छ । विकसित राष्ट्रहरूको विकासक्रमला

प्रजातन्त्र र हकको कुरा

    प्रजातन्त्रलाई उत्कृष्ट राजनीतिक व्यवस्था किन भनिन्छ भने यसमा सबैलाई आफ्नो अभिव्यक्ति प्रकट गर्ने अवसर प्राप्त हुन्छ । बहुमतले रुचाएको कुराको अल्पमत वा एकजना व्यक्तिले पनि प्रतिकूल वकालत गर्न पाउँछ । अर्थात् विमति जनाउन पाउँछ । जसरी सबुत प्रमाण एकजना व्यक्तिसँग र सारा दुनियाँ खिलाफ छ भने पनि न्यायले एक व्यक्तिको साथ दिन्छ, त्यसैगरी तमाम दुनियाँलाई बेवास्ता गर्दै एकजना व्यक्तिले आफ्नो विचार प्रस्तुत गर्न पाउँछ । त्यही हो असल प्रजातन्त्रको मर्म । तर यसमा ख्याल राख्नुपर्ने एउटै कुरा के हो भने एक्लो व्यक्तिले आफ्नो विचारबाट वा बहुमतले त्यस व्यक्तिलाई आफ्नो विचारमा समावेश गराउन बल प्रयोग, अर्थात् एकको इच्छाविरुद्ध केही गर्न पाउँदैन । वैचारिक विभिन्नतासम्म प्रजातन्त्रले स्वतन्त्रता दिन्छ, तर जोरजबर्जस्ती र दमन तथा बल प्रयोगको वर्जना गर्छ । त्यसैले हामीकहाँ घरीघरी प्रजातन्त्र आए पनि जनताले प्रजातन्त्रको स्पर्श महसुस गर्न सकेको छैन । किनकि यहाँ मानिसले विचार स्वतन्त्रता भोग्नुका साथै कार्यस्वच्छन्दता अपनाइरहेको छ । अर्थात् एउटा बलियो पक्षले अर्को निर्धो पक्षलाई बलजबर्जस्ती आफ्नो क्रियाकलाप

हिन्दू राष्ट्र भएमात्र राष्ट्रिय एकता कायम हुने– कमल थापा

प्रस, वीरगंज, ९ कात्तिक/     राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले शुरू गरेको राष्ट्रिय एकता रथयात्रा आज वीरगंज आइपुगेको छ ।     रथयात्राको नेतृत्व गरिरहेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले साँझपख घण्टाघर चोकमा आयोजित एकतासभालाई सम्बोधन गर्दै मुलुकमा हिन्दू राज्य पुनस्र्थापना गरिए मात्र राष्ट्रिय एकता कायम रहन सक्ने बताए ।         उनले मधेस र मधेसी जनताको हकअधिकारका लागि राप्रपा नेपालसँग स्पष्ट नीति तथा कार्यक्रम रहेको बताउँदै मधेसी, अल्पसङ्ख्यक, मुस्लिम समुदायको हित राष्ट्रिय एकताबाट मात्रै सम्भव रहने विचार व्यक्त गरे ।     अध्यक्ष थापाले राष्ट्रविरोधी शक्तिहरूका कारण वास्तविक मधेसी जनताको अस्तित्व सड्ढटमा पर्न लागेको भन्दै राष्ट्रियताप्रति मधेसी जनता बढी संवेदनशील रहेको चर्चा गरे ।     शिक्षा, स्वास्थ्य, गाँस, बास, कपास र राज्यसत्ता सञ्चालनमा सम्पूर्ण नेपालीलाई समानुपातिकरूपमा सहज पहुँच पुर्‍याउनका लागि  राप्रपा नेपाल कटिबद्ध रहेको बताउँदै अध्यक्ष थापाले ९४ प्रतिशत ओमकार परिवार रहेको मुलुक हिन्दू राज्य कायम हुनुपर्नेमा जोड दिए ।     मुस्लिम समुदायको हकहित पनि हिन्दू राज्यमा मात्र सु

अपह्तको स्थिति सार्वजनिक गर्न माग गर्दै पत्रकार सम्मेलन

Image
प्रस, निजगढ, ९ कात्तिक/     बारा निजगढ–८ निवासी ३२ वर्षीय भगवान बडालको स्थिति सार्वजनिक गर्न माग गर्दै उद्योग वाणिज्य सङ्घ शाखा निजगढ र शान्ति सुरक्षा सरोकार समिति निजगढले शनिवार पत्रकार सम्मेलन गरेको छ ।     अनुसन्धानको नाममा २४ जना भन्दा बढी व्यक्तिलाई नियन्त्रणमा लिई प्रहरीले सोधपुछ गरेको भए तापनि सोको यथार्थ विवरण सार्वजनिक नगरेको कारण अन्योल सृजना भएको उद्योग वाणिज्य सङ्घ शाखा निजगढका उपाध्यक्ष एवं शान्ति सुरक्षा सरोकार समिति निजगढका संयोजक मुकुन्दराज लामिछानेले पत्रकार सम्मेलनमा बताए ।     कात्तिक ५ गते म·लवार राति रौतहट कनकपुरस्थित सिम्रीको ज·लमा जलाइएको अवस्थामा ससाना हाडका टुक्रा फेला परेको र परीक्षणका लागि  प्रयोगशालामा पठाइएको प्रहरीले जनाए पनि यथार्थ कुरा प्रहरीले बाहिर नल्याएको भन्दै पीडित पक्षले गुनासो गरेका छन् ।     निजगढस्थित शहीद चोकमा पत्रकार सम्मेलन गर्दै सम्मेलन आयोजक सङ्घसंस्था र अपह्तका परिवारजनले अपह्तको अवस्था सार्वजनिक गर्न दबाबकारी भूमिका निर्वाह गरिदिन सञ्चारकर्मी एवं अधिकारकर्मीहरूसँग अपिल गरेका थिए ।     पीडित पक्षले अपह्त भगवान बडाल, एक वर्ष पहिले अपह्त

युनिसन क्रिकेट प्रतियोगिताको उपाधि विद्यासदन र मनकामना माविलाई

प्रस, वीरगंज, ९ कात्तिक/     युनिसन विद्यालय समूह पर्साद्वारा आयोजित उज्ज्वल स्मृति युनिसन क्रिकेट प्रतियोगिताको छात्रतर्फको उपाधि विद्यासदन मावि र छात्रातर्फको उपाधि मनकामना माविले हात पारेको छ ।     छात्रातर्फ निर्धारित १५ ओभरको खेलमा टस जितेर मनकामना माविले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रेको मास्कोट माविले ४ विकेटको क्षतिमा निर्धारित ओभरमा १०० रनको योगफल तयार पारेको थियो । प्रतिउत्तरमा मनकामना माविले ५ विकेटको क्षतिमा १०.३ ओभरमा १०१ रन हासिल गरी विजयी लक्ष्य चुमेको थियो । मनकामना माविकी  स्मृति राई म्यान अफ द म्याच घोषित भएकी थिइन् ।     छात्रतर्फ विद्यासदन माविले मास्कोट माविलाई २६ रनले हराउँदै उपाधि जितेको थियो । निर्धारित २० ओभरको खेलमा टस जितेर मास्कोट माविले फिल्डिङ रोजेपछि विद्यासदन माविले ५ विकेटको नोक्सानीमा निर्धारित २० ओभर खेल्दै १०४ रनको योगफल तयार पारेको थियो । प्रतिउत्तरमा मास्कोट माविले ९ विकेटको नोक्सानीमा सबै ओभर खेल्दै ७८ रनमा समेटिएको थियो । विद्यासदन माविका राहुल अन्सारी म्यान अफ द म्याच घोषित भएका थिए ।     छात्रतर्फ म्यान अफ द सिरिजको उपाधि विद्यासदन माविका छात्र

रमाइला दिनहरू

Image
- उमाशङ्कर द्विवेदी    मौसमविद्हरूका अनुसार छवटा ऋतुहरू हुन्छन् । एक वर्षमा छवटा ऋतु हुनुको अर्थ प्रत्येक ऋतु प्राय: दुई महिनाको हुनु हो । हुनत प्रत्येक ऋतुहरूका आआफ्नै विशेषताहरू हुन्छन् तर चाडपर्व र रमाइला उत्सवहरू शरद ऋतुमा पर्ने गर्दछन् । शरद ऋतु यसवर्ष असोज १ गतेदेखि लागेको छ तथा पुस १ गतेसम्म रहनेछ । शरद ऋतुलाई जाडो र गर्मीको सन्धिबिन्दुको रूपमा लिइन्छ । मौसम सफासुग्घर तथा मनोहारी रूपमा रहेको हुन्छ । हिन्दूहरूको विवाह, उपनयन, द्विरागमन आदि जस्ता सम्पूर्ण मा·लिक कार्यहरू यस अवधिमा निषिद्ध रहे पनि हिन्दू धर्मका प्राय: सबैखाले व्रत, उत्सव तथा पूजाआजा यसै अवधिभरिमा पर्दछन् । साउन महिनाको नागपञ्चमीदेखि व्रत–पूजाहरू शुरू भएपछि हिन्दूहरूको दशैं, तिहार तथा छठ जस्ता सबैभन्दा ठूला चाडपर्व यसै शरद ऋतुको अवधिमा पर्दछन् । दशैं, तिहार तथा छठ पर्व मान्नका लागि परदेशमा आजीविकाको उद्देश्यले रहने प्रवासीहरू यस समयमा अनिवार्यरूपमा घर फर्केका हुन्छन् । प्रत्येक गाउँ तथा शहरमा झकिझकाउ तथा मानिसहरूको ठूलो रमझम रहेको हुन्छ । जनमानसले विभिन्न विधि अपनाएर रमाइलो तथा पूजाआजा गर्नमा व्यस्त रहन्छन् । परि