Posts

Showing posts from January, 2013

कानुनी शासन अनुगमन गोष्ठी, पर्सावासी हार स्वीकार गर्दैनन्– प्रजिअ बजिमय

Image
प्रस, वीरगंज, १७ माघ/     प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आयोजनामा आज जिविस पर्सामा अदालतको आदेश कार्यान्वयन एवं कानुनको शासनसम्बन्धी जिल्लास्तरीय अनुगमन गोष्ठी सम्पन्न भएको छ ।     अनुगमन गोष्ठीमा पर्साका प्रजिअ कैलाशकुमार बजिमयले पर्सा जिल्लावासी हार स्वीकार गर्ने मन:स्थितिमा नरहेको कारण अदालतको आदेश कार्यान्वयन हुन समस्या परेको बताए ।     उनले जिल्ला, पुनरावेदनका आदेशहरू कार्यान्वयन नहुनुमा स्थानीयवासीहरू सर्वोच्चसम्म पुग्ने गरेको कारणले कार्यान्वयन हुन नसकेको बताए ।     उनले सर्वोच्च अदालतबाट सार्वजनिक सरोकारका विषयमा भएका फैसलाहरू कार्यान्वयन गराउनेतर्फ आफूहरू क्रियाशील रहेको बताएका थिए । कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव प्रकाश पण्डितले अदालतको आदेश  कार्यान्वयन एवं कानुनको शासनसम्बन्धी जिल्लास्तरीय गोष्ठीमा कार्यपत्र प्रस्तुत गरेका थिए ।     कार्यक्रममा पर्साका जिशिअ प्रमोद साह, जनस्वास्थ्यका प्रमुख अरुण महतो, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख विमल बराल, वीउमनपाका कार्यकारी अधिकृत दिनेश घिमिरे, जिप्रका पर्साका प्रहरी नायब उपरीक्षक

ठूलीआमाबाट बेचिएकी बालिकाको माइती नेपालद्वारा उद्धार

प्रस, वीरगंज, १७ माघ/     ठूलीआमाबाट ३ वर्षपहिले बेचिएकी १२ वर्षीया एक बालिकालाई माइती नेपाल, नेपाल प्रहरीको महिला सेल तथा भारतीय प्रहरीको संयुक्त प्रयासमा म·लवार उद्धार गरिएको छ ।     नवलपरासी शिवमन्दिर–४ रिठेपानी निवासी सरस्वती विकको उद्धार गरिएको माइती नेपाल वीरगंजकी प्रमुख स·ीता पुरीले बताइन् ।     बालिकाकी आमाकी दिदी ठूलीआमा तनहुँ निवासी विष्णु विकले आफ्नो बच्चाको रेखदेख गर्न भनी सरस्वतीलाई आफ्नो घर लिएर गएकी बालिकाकी दाजु रोबी विकले बताए  ।     उद्धार टोलीले भारत पूर्वी चम्पारण दर्वा थाना डुबहा गाउँ निवासी देवी साहले सञ्चालन गरेको आर्केस्ट्राबाट बालिकाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।     बहिनीको खोजी गर्ने क्रममा आर्केस्ट्रामा नाचिरहेको अवस्थामा देख्दा मन भक्कानिएको र बहिनीलाई छुटाउन जाँदा आर्केस्ट्राका साहुले कुटपिट गर्न खोजेपछि माइती नेपालमा निवेदन दिएको रोबीले बताए ।     माइती नेपाल वीरगंजको अगुवाइमा रक्सौल थानाका प्रहरी सहायक निरीक्षक भोला सिंहको नेतृत्वमा गएको सुरक्षा टोलीले बालिकाको उद्धार गरेको हो । मुक्त बालिकालाई आज उनको अभिभावकको  जिम्मा लगाएको माइती नेपालकी प्रमुख

एमाओवादी बाराको अधिवेशन, कार्यक्रमपछि असन्तुष्ट पक्षद्वारा नाराबाजी

प्रस, वीरगंज, १७ माघ/     एकीकृत नेकपा माओवादी बारा जिल्ला कमिटीको आज सम्पन्न दोस्रो जिल्ला अधिवेशनले ४४ सदस्यीय प्रतिनिधि सर्वसम्मतले चयन गरेको एमाओवादीका धुरी साहले बताएका छन् ।     बारा जिल्लाको ग·ापुरस्थित शिक्षा कार्यालयको भवनमा सम्पन्न दोस्रो अधिवेशनले प्रतिनिधिहरूमा लाल किरण, धुरी साह, शम्भु मण्डल, महानन्द यादव, श्रीप्रसाद पासवान, गीता कँडेल, हसन मियाँ अन्सारी, लवकुश बैठा, रामनारायण मण्डल, छविलाल चौधरी, उद्धव पोखरेल, तारा कार्की, याकुल अन्सारीलगायत ४४ जनालाई सर्वसम्मत चयन गरेको छ ।     दोस्रो अधिवेशन पूर्वसभासद् एवं एकीकृत नेकपा माओवादीका जिल्ला संयोजक शिवचन्द्र कुशवाहाको अध्यक्षतामा भएको थियो । दोस्रो अधिवेशनबाट महाधिवेशन प्रतिनिधि चयन नभएपछि मुनिर देवानलगायतका केहीले अधिवेशनस्थलमा नाराबाजी गरेका थिए ।     मुनिर देवान वाईसीएल बाराका संयोजक तथा क्षेत्र नं. ४ का पार्टी सहसंयोजक हुन् । उनले प्रतिनिधि छनोटमा जातीय भेदभाव भएको आरोप लगाउँदै अधिवेशन बहिष्कार गरेका थिए ।

हरि खेतानको वार्षिकोत्सवमा एथलेटिक्स प्रतियोगिता सम्पन्न

प्रस, वीरगंज, १७ माघ/     हरि खेतान बहुमुखी क्याम्पसको ३१ औं वार्षिकोत्सवको उपलक्ष्यमा आज एथलेटिक्स प्रतियोगिता सम्पन्न भएको छ ।     क्याम्पस प्रमुख डा. भगवानप्रसाद यादवले जनाएअनुसार एथलेटिक्स खेलमा पुरुषतर्फ १०० मिटरको दौडमा बीएड दोस्रो वर्षका श्याम पराजुली प्रथम, कमर्स कक्षा ११ का आफताब हुसैन द्वितीय, बीएड दोस्रो वर्षका उपेन्द्र ठाकुर हजाम तृतीय भएका थिए । यसैगरी २०० मिटर दौड पुरुषतर्फ उपेन्द्र ठाकुर हजाम प्रथम, श्याम पराजुली द्वितीय, इफ्तिकार अहमद तृतीय भएका थिए ।     ४०० मिटर दौडमा पनि उपेन्द्र ठाकुर प्रथम, सन्दीप साह द्वितीय, ओमप्रकाश  साह तृतीय भएका थिए । १०० मिटर महिलातर्फको दौडमा कक्षा १२ की सोनम गौतम प्रथम, बीएड दोस्रो वर्षकी चञ्चला कुमारी द्वितीय, शिक्षा सड्ढाय कक्षा १२ की नम्रता चौहान तृतीय भएकी थिइन् ।     ल·जम्प पुरुषतर्फ उपेन्द्र ठाकुर हजाम प्रथम, इफ्तिकार अहमद द्वितीय र अड्ढित कुशवाहा तृतीय भएका थिए ।     हाइजम्पतर्फ उपेन्द्र ठाकुर हजाम प्रथम, अड्ढित कुशवाहा द्वितीय र करण क्षेत्री तृतीय भएका थिए ।     सर्टफुट पुरुषतर्फ ओमप्रकाश साह तेली प्रथम, महम्मद अरसै आलम द्वितीय र अ

विद्यार्थीका लागि मार्गदर्शक बनेको छ

    म प्रतीक दैनिकको नियमित पाठक हुँ । शिक्षा स्तम्भकार अनन्तकुमारलाल दासका लेखहरू विद्यार्थीका लागि मार्गदर्शक बनेको छ । “परीक्षामा बढी अड्ढ ल्याउन यसरी अध्ययन गरौं” लेख साँच्चि नै राम्रो छ । उक्त लेखका केही अड्ढहरू मैले पढ्न पाइनँ । छुटेका केही अड्ढहरू सड्ढलन गरी सङ्ग्रह गर्ने इच्छा छ ।     सम्पादकज्यूसँग यो निवेदन छ कि म र म जस्ता अरू विद्यार्थीहरूका लागि पनि चाहिएको खण्डमा उक्त शीर्षक तथा विषयका सबै लेख उपलब्ध हुने व्यवस्था गराइ दिनुभए अति राम्रो हुने थियो । अन्त्यमा लेखक दासलाई बधाई दिंदै शिक्षा र विद्यार्थीका लागि सँधै लेखिरहनुहोस् भन्ने कामना गर्दछु । सञ्जय सिंह विद्यार्थी पुस्तक भण्डार रक्सौल

समाज सबै किसिमका मानिसको सङ्गमस्थल हो

Image
- सञ्जय साह ‘मित्र’    मानिस सामाजिक प्राणी हो र समाजमा मिलेर बस्नुलाई मानवीय गुण मानिन्छ । कोही जतिसुकै ज·ली स्वभावको भएपनि उसलाई एक्लै ज·लमा बस्नुभन्दा समाजमा एकाकी भएर बस्छ । बरु समाजमा कसैसित मिलेर बस्दैन र समाजका सबैलाई खराब नै भन्दछ तर पनि उसलाई अरू गाउँ र देशभन्दा आफ्नै गाउँमा बस्न मन लाग्छ । जहाँसुकै गएपनि आफ्नो गाउँ र आफ्नो घर फर्कन हतार हुन्छ । समाजको अनिवार्यतालाई उसले घरमा कुनै ठूलो काज पर्दा महसुस गर्छ । घरमा ठूलो परपाहुना आउँदा वा कतै आफूलाई सिफारिस गर्न लगाउनुपर्दा समाजको आवश्यकतालाई बढी अनुभूति गर्न पुग्छ । जब समाजले कसैलाई बहिस्कार गर्छ, तब उसलाई समाजको बढी आवश्यकता महसुस हुन्छ । समाजलाई आफ्नो आवश्यकता अनुभूति नगर्नेले पनि यस्ता अवसरमा समाज चाहिने बुझ्छन् ।     समाजमा सबै किसिमका मानिस बस्छन् । सबै किसिमका भन्नुको अर्थ जात, धर्म, संस्कृति, शिक्षा र उमेरजस्ता कुरा त आइहाल्छन् तर यतिले मात्र समाजलाई असल वा कुरूप बनाउने होइन । समाजलाई राम्रो वा खराब बनाउने अनेक कुराहरूमध्ये मानिसको सोचाइ पनि एक हो । सोचाइले नै मानिसलाई कति ठूलो वा सानो निर्धारण गर्दछ भन्ने कुरा बुद्धिज

घुक्र्याउने र दङ्गयाउने खेल

    घुक्र्याउने र दङ्गयाउने, यो पनि एउटा रमाइलो खेल नै हो । दुईबीचमा ठूलो दरार नभएको, रूप फरक देखिए पनि स्वभाव र गुण उस्तै देखिने, व्यवहारमा निकट र एकले अर्कालाई राम्रोसँग चिनेजानेका दुई पक्षबीच घुक्र्याउने र दङ्गयाउने खेल खुबै चल्छ । हामीले नचिनेका कुनै दुई व्यक्तिबीच एकले अर्कासँग घुक्र्याउने वा दङ्गयाउने गरिरहेको छ भने यी दुईबीच पक्कै पनि नजिकको सम्बन्ध हुनसक्छ भनेर सहजै अनुमान गर्न सक्छौं । यो मन मिलेको नयाँ बेहुलाबेहुलीबीच प्राय: चल्ने खेल हो । घुक्र्याउने र दङ्गयाउने खेलमा जे गर्नुपर्ने हो, त्यो नगरेर उल्टो काम गरिन्छ वा एकले जे गरेको छ, उसले भन्दा ठूलो अर्कोले काम गरेर रिस उठाइन्छ । एकले अर्काको मन नपर्ने काम गरेर चिरचिराहट पैदा गराउनु नै यसको मज्जा हो । खेल समाप्त गर्न भने दुई पक्षमध्ये जो बढी स्रोत साधन सम्पन्न छ वा जो अधिकारसम्पन्न छ उसैको दायित्व ठहर्छ ।                     मुलुकका राजनीतिक दलहरूबीच अहिले घुक्र्याउने र दङ्गयाउने खेल चलिरहेको छ । “अब युद्धको धङ्धङी बिर्स” अन्य पार्टीले भनिरहँदा प्रधानमन्त्री डा. बाबुराम भट्टराईले फ्याट भनिदिए,“आवश्यकता परे अझै बन्दुक चलाउन सक

शहीद दिवसमा विविध कार्यक्रम

Image
प्रस, वीरगंज, १६ माघ/     शहीद दिवस मनाउने क्रममा आज नेपाली काङ्ग्रेस वीरगंज नगर कार्यसमितिले नाउक्षे अस्पताल र गण्डक चोकमा रहेको शहीद थिरबम मल्ल र तेजबहादुर अमात्यको सालिकमा माल्यार्पण गरेको छ ।     नेका पर्साका सभापति सुरेन्द्रप्रसाद चौधरी, पूर्वसभापति राजेन्द्रबहादुर अमात्य, नगर कार्यसमिति सभापति महम्मद सहाबुद्दिनलगायतले शहीद मल्लको सालिकमा माल्यार्पण गरेका थिए ।     माल्यार्पणपछि आयोजित सभालाई  कार्यक्रमका प्रमुख अतिथि नेका पर्साका सभापति सुरेन्द्रप्रसाद चौधरीले सम्बोधन गर्दै एकीकृत माओवादीले चोर, फटाहा, लुटेरा, हत्याराहरूलाई शहीद घोषणा गरेर वास्तविक शहीदको अपमान गरेको आरोप लगाए । उनले गाउँका धान चोर र शहरका गुन्डाहरू  शहीद बनाइएकोमा आपत्ति प्रकट गरे ।     शहीद दिवसको अवसरमा आज नेका  वीरगंज नगर कार्यसमितिले राजेश्वरप्रसाद सिंह, दिलीप राजभण्डारी र हाजी महम्मद इजहारलाई दोसल्ला ओढाइ सम्मानित गरेको थियो । यसैगरी अस्पतालबाट मोटरसाइकल र्‍यालीसहित गएको जुलुसले गण्डकस्थित शहीद तेजबहादुर अमात्यको सालिकमा माल्यार्पण गरेको थियो ।     यसैगरी राष्ट्रिय मधेसी शहीद उद्यानले शहीद दिवसको अवसरमा र्‍

प्रतिनिधि छनोटको विषयलाई लिएर, एमाओवादीको जिल्ला अधिवेशनमा मारपिट

Image
प्रस, वीरगंज, १६ माघ /     एकीकृत नेकपा माओवादी पर्साको जिल्ला अधिवेशनमा प्रतिनिधि छनोटको विषयलाई लिएर मारपिट, जुलुस प्रदर्शन एवं नाराबाजी भएको छ ।   नगरसभागृहमा हिजोदेखि शुरू जिल्ला अधिवेशनमा मकवानपुरमा हुने सातौं एकता महाधिवेशनका लागि प्रतिनिधि चयन गर्ने विषयमा विवाद बढेपछि अधिवेशनस्थलमैं एकीकृत माओवादी कार्यकर्ताहरूबीचमा कुटाकुट भएको थियो ।     महाधिवेशनका लागि यसपटक २ सय सदस्यमा एक प्रतिनिधि छनोट गर्नुपर्ने भएकोले पर्साबाट कुल ३३ जना महाधिवेशन प्रतिनिधि र ५ जना पर्यवेक्षकहरू गरी ३८ जनाको नाम चयन गर्नुपर्नेमा प्रतिनिधि र पर्यवेक्षकमा नपरेकाहरूले नेतृत्वविरुद्ध नाराबाजी गर्दा दुई पक्षबीच मारपिट भएको थियो । अधिवेशनस्थलमा मारपिट भएपछि एक समूह नाराबाजी गर्दै अधिवेशनस्थलबाट बाहिरिएको थियो । सो समूहले नेतृत्वको विरोधमा अधिवेशनस्थलबाहिर पनि नाराबाजी गर्दै नगरपरिक्रमा गरेको थियो ।     आयोजक समितिले अधिवेशनमा ३८ जना प्रतिनिधि र पर्यवेक्षक छनोट गर्नुपर्दा विवाद आउने देखेरै पहिलो चरणमा २५ जनाको नाम घोषणा गरेको र विवाद आएपछि मिलाउने गरी १० जनाको नाम जगेडामा राखेकोमा आफ्नो र आफ्नो समर्थकको नाम

हरि खेतानको क्रिकेटमा विज्ञान सड्ढाय विजयी

प्रस, वीरगंज, १६ माघ/     हरि खेतान बहुमुखी क्याम्पसको ३१ औं वार्षिकोत्सव समारोहको अवसरमा आज नारायणी र·शालामा क्रिकेट प्रतियोगिताको फाइनल खेल सम्पन्न भयो ।     ८ टिम सहभागी उक्त खेलमा विज्ञान सड्ढाय १२ विजयी भएको छ । शिक्षा सड्ढाय १२ र विज्ञान सड्ढाय १२ बीच भएको फाइनल प्रतिस्पर्धामा विज्ञान सड्ढाय १२ विजयी भएको छ । शिक्षा सड्ढाय १२ दोस्रो स्थान प्राप्त गर्न सफल भएको थियो । सम्पन्न खेलको निर्णायकहरूमा राधेश्याम यादव, विजय गुप्ता, सुनील जयसवाल र शड्ढरमान श्रेष्ठ रहेका क्याम्पस प्रमुख डा. भगवानप्रसादले जानकारी गराएका छन् ।

नौ दिन चले अढाई कोस

Image
- विनोद गुप्ता   ए. नेकपा माओवादीका अध्यक्ष कमरेड प्रचण्डले माघ ७ गतेका दिन कीर्तिपुरमा आयोजित एउटा कार्यक्रममा आफ्नो दल संविधानसभा पुनस्र्थापना वा नयाँ चुनाव दुवैको लागि तयार रहेको सड्ढेत गर्नुभएको छ । यसैक्रममा नेका तथा एमालेलाई सत्तोसराप गर्दै संविधानसभा विघटनको जिम्मेवारी थोपर्नुभएको छ । यसमा नयाँ केही छैन, बोल्ने र बोलीबाट फिर्ने प्रक्रिया उहाँको लागि सामान्य नै भइसकेको जस्तो छ । तर यही सभामा उहाँले सहमतिको वातावरण तयार हुनसक्ने अवस्था अहिले पनि छ भन्नुमा गूढ अर्थ लुकेको छ भन्ने मेरो अनुमान हो । गूढ अर्थ के हो भने नेका सभापति सुशील कोइराला अस्वीकार्य हुनु र माधव नेपालले विकल्पको प्रस्ताव अगाडि सार्नुको पछाडि पक्कै पनि प्रचण्डजीको सड्ढेत आफूतर्फ हो भन्ने थियो र यो कुरा गोरखामा भएको जिल्लास्तरीय सम्मेलनको उद्घाटन कार्यक्रममा अब यसपछिको प्रधानमन्त्री ‘म नै हुनुपर्छ’ भन्ने उद्घोषबाट स्पष्ट भएको छ । कार्यक्रममा प्रचण्डजीले बाबुरामजीको प्रशंसाको पुल बाँध्नुभयो भने बाबुरामजीले पनि आफ्नो सम्पूर्ण समर्थन प्रचण्डजीलाई दिंदै उहाँको नाउँमा सहमति हुने हो भने आफू सत्ता छोड्न तयार रहेको सड्ढे

शहीद दिवस

    शहीद शब्दको परिभाषा भनेको आफ्नो देश, संस्कृति र अस्तित्वको संरक्षण तथा स्वतन्त्रता प्राप्ति एवं लोकहित निम्ति निस्वार्थ बलिदान भएका अमर व्यक्ति, जसले प्रतिपादन गरेको बाटो, आस्था, विचार, युगौंसम्म जीवित रहन्छ ।    बाँकी जीवनलाई सफलताका साथ जोगाउने प्रशस्त अवसर हुँदाहुँदै पनि स–सम्मान निडर तथा निर्भीकताका साथ मृत्यु रोज्ने नै शहीद हुन् । शहीदहरूको सम्झना गर्दै उनीहरूप्रति श्रद्धाञ्जलि, सम्मान गर्दै उनीहरूले देखाएको पथमा हिंड्न प्रतिबद्धता, प्रतिज्ञा, अठोट गर्ने साथै अन्तरआत्माबाट शपथ खाने दिन शहीद दिवस हो । हाम्रो मुलुकमा २००७ सालको क्रान्तिपछि शहीद दिवस मनाउन थालिएको हो । जहानियाँ राणाशासनविरुद्ध क्रान्तिको शङ्खघोष गर्दै हाँसीहाँसी फाँसीमा चढ्न र गोली खान पछि नहटेका महान शहीदहरू शुक्रराज शास्त्री, ग·ालाल श्रेष्ठ, धर्मभक्त माथेमा र दशरथ चन्दलाई मुख्य शहीद मानिएको छ । राणाशासन पल्टाउने क्रममा हजारौं सपूतले सहादत प्राप्त गरेका छन् । तर अन्य शहीदहरूको पनि प्रेरणाको स्रोत उनै चार शहीदहरू हुन् । तसर्थ चार शहीदसँगै हजारौ ज्ञात अज्ञात शहीदको सम्झना गर्न शहीद दिवस थालनी गरिएको हुनुपर्छ ।    

वीरगंज प्रतिक्रियावादीको कब्जामा– नेता गजुरेल

Image
प्रस, वीरगंज, १५ माघ/     ए. नेकपा माओवादी पर्साको दोस्रो जिल्ला अधिवेशन आजदेखि वीरगंजको नगरसभागृहमा शुरू भएको छ ।     अधिवेशन उद्घाटन गर्दै सो पार्टीका नेता हरिबोल गजुरेलले प्रतिक्रियावादी र यथास्थितिवादीहरूको षड्यन्त्रलाई चिर्न कार्यकर्ताहरूलाई एकचोटि पुन: क्रान्तिमा जानुपर्ने आवश्यकता औंल्याए । केन्द्रीय सदस्य तथा भोजपुरा राज्य इन्चार्ज गजुरेलले देशको आर्थिक राजधानी वीरगंजलाई प्रतिक्रियावादीहरूले अवसरको रूपमा प्रयोग गरिरहेको बताए । उनले स्रोत साधनले भरिपूर्ण पर्सा जिल्ला विकास निर्माण कार्यमा पछि परेको पनि बताए।     एमाओवादीले वीरगंज नगरक्षेत्रमा वर्चश्व कायम गर्न नसकेकोले अन्य पार्टीहरूको चलखेल बढेको गजुरेलको भनाइ थियो । देश विकासका लागि पूँजी, उत्पादन तथा सहकारीको आवश्यकता रहेकोले पार्टीले सोहीअनुरूप नीति तय गरी अगाडि बढिरहेको नेता गजुरेलले बताए ।     एमाले तथा काङ्ग्रेसले मुलुकलाई अनिर्णयको बन्दी बनाएको भोजपुरा राज्य संयोजक प्रभु साहको आरोप थियो । एमाले र काङ्ग्रेसको इशारामा देशमा विभिन्न सङ्घस·ठनहरूले सरकारको विरोध गर्दै नेपाली जनताको अधिकारलाई कुण्ठित गर्न खोजेको आरोप लगाउँदै

रौतहटमा शहीदको सम्मान हुन नसकेकोमा बौद्धिकवर्ग खिन्न

    - सञ्जय साह ‘मित्र’ देशको प्रथम प्रजातान्त्रिक आन्दोलनका शहीदको उचित सम्मान हुन नसकेकोमा रौतहटका बौद्धिकवर्ग खिन्न देखिएका छन् । शहीदको बलिदानीले देशमा प्रजातन्त्र आएपनि तिनै शहीदको सम्झनामा एउटा स्मारकसम्मको निर्माण हुन नसक्दा बौद्धिकवर्ग राजनीतिक दलप्रति असन्तुष्ट देखिएका छन् ।     २००७ को प्रजातान्त्रिक आन्दोलनको क्रममा रौतहट सदरमुकाम गौरमा एकै दिन करिब तीन दर्जनले ज्यान गुमाएका थिए । तत्कालीन मालअड्डामाथि झन्डा गाड्ने क्रममा शिवप्रसाद कुँवरको छातीमा गोली लागी ढलेपछि उनको लासलाई लिन आन्दोलनकारीहरू अगाडि बढ्दा सेनाले अन्धाधुन्ध गोली बर्साएपछि मालअड्डा परिसर र सडकका साथै बरहवा पुलसम्म कम्तीमा चौतीसजनाले मृत्युवरण गरेका इतिहास छ ।     त्यो वर्ष गौर आसपासको खेतमा लास गन्हाएको हुनाले धानको कटाइसमेत हुन नसकेकोले सयौंजनाले मृत्युवरण गरेको अनुमान सहादत दिवस समारोह समिति रौतहटका संयोजक राजदेवप्रसाद चौधरीले बताएका छन् ।     मङ्सिर ३ गते भएको गौरकाण्डका शहीदहरूको स्मृतिमा कुनै स्मारकको निर्माण हुन नसक्दा राजनीतिक दलका नेताहरूले शहीदको सम्मान गर्न नसकेको पत्रकार मदन ठाकुरको भनाइ छ । चन्द्

जनपद प्रहरीले छोडेको काठ सशस्त्र प्रहरीले पक्राउ गरेपछि खैलाबैला

प्रस, वीरगंज १५ माघ/     सशस्त्र प्रहरी सीमा सुरक्षा बेस क्याम्प भिखमपुरले गएराति जीतपुर गाविसको परसवा चोकबाट ३४ थान काठको गोलाइ पक्राउ गरेको छ ।     सशस्त्र प्रहरीले गएराति भारी मात्रामा एकैचोटि काठ पक्राउ गर्दा सो भेगमा आज दिनभरि खैलाबैला मचेको थियो ।     जनपद प्रहरीले रकम लिई छाडेको सो काठ सशस्त्र प्रहरीले पक्राउ गरेपछि प्रहरीबीच खैलाबैला मचेको स्रोतले बताएको छ ।     इलाका वन कार्यालय वसन्तपुर अन्तर्गत हरैया रेन्जपोस्टबाट उक्त काठ  तस्करहरूले भारततर्फ लगिरहेको अवस्थामा पक्राउ गरेको सशस्त्र प्रहरीले जनाएको छ ।     यति ठूलो परिमाणमा सो क्षेत्रमा काठ पक्राउ परेको पहिलोपटक भएको जानकीटोल निवासी मजहर मियाँले बताए ।     काठ तस्करहरूले प्रहरी चौकी हरैया, पाडेपुर, पिपराढीलाई प्रति साइकल रु. ५ सय, इलाका प्रहरी कार्यालय सेढवालाई रु. १ हजार, सशस्त्र सीमा सुरक्षा बेस क्याम्प सुवर्णपुरलाई रु. १५ सय तथा वन कार्यालयलाई रु. १ हजार बुझाइ काठ भारतसम्म पुर्‍याउने गरेको एकजना प्रहरीले बताए ।     सशस्त्रले काठ पक्राउ गरेपछि जनपद र सशस्त्र प्रहरीबीच  मनमुटाव भएको स्रोतले बताएको छ । पक्राउ परेको गोलाइ काठ

फूटबल टोली काठमाडौं प्रस्थान

प्रस, वीरगंज, १५ माघ/     वीरगंज युथ एकेडेमीको फूटबल टोली आज काठमाडौं प्रस्थान गरेको छ । अखिल नेपाल फूटबल सङ्घको आयोजनामा आजदेखि राजधानीमा सञ्चालित शहीद स्मारक रेडबुल ‘बी’ डिभिजन लिग प्रतियोगितामा सहभागी हुन वीरगंज युथ एकेडेमीका टिम व्यवस्थापक ऋतु शाक्यको नेतृत्वमा काठमाडौं प्रस्थान गरेको हो।     फूटबल टोलीलाई एकेडेमीका सल्लाहकार दिनानाथ रौनियार, सुशील तामाङ, मानदेव हजरा, हेमन्त चौरसियाले शुभकामना व्यक्त गर्दै बिदाइ गरेका थिए ।     टोलीमा मेघराज श्रेष्ठ, लखन चौधरी, लालबाबू चौधरी, सुभाष रायमाझी, गृष्मा शाक्य, राजकिशोर चौधरी, रवि पासवान, रफिक खान, शत्रुघ्न चौधरी, रामकिशोर दास, ऋषि चौधरी, नीरज लामा, सुशान्त लामा, जीतेन्द्र ठाकुर, अरुण चौधरी, शिशेष श्रेष्ठ, निरञ्जन पटेल, लाली चौधरी, गोविन्द चौधरी, सुरेश लामा, विकेश्वर केसी, सुमन महर्जन, ईश्वर चौधरी र रमेश श्रेष्ठ छन् ।     करिब डेढ महिनासम्म सञ्चालन हुने यस प्रतियोगितामा सहभागी हुन  वीरगंजबाट टोली पठाउँदा करिब साढे ६ लाख खर्च हुने बताइएको छ ।

वार्षिकोत्सवमा विविध खेलकुद

प्रस, पथलैया, १५ माघ/     १३ औं वर्ष प्रवेश गरेको अवसरमा सिमरास्थित लोटस एकेडेमीले विविध खेलकुद कार्यक्रमको आयोजना गरेको छ ।     वार्षिकोत्सवको अवसर पारेर आयोजना गरिएको तीनदिने विविध कार्यक्रम अन्तर्गत सोमवार विभिन्न खेलहरू सम्पन्न भएका छन् ।     विद्यालय परिसरमा आयोजित हाजिरीजवाफ प्रतियोगिता अन्तर्गत सिनियरतर्फ एलो हाउस प्रथम, ह्वाइट हाउस द्वितीय र रेड हाउस तृतीय भएको छ । त्यस्तै जुनियरतर्फ ह्वाइट हाउस प्रथम, अरेन्ज हाउस द्वितीय र एलो हाउस तृतीय भएको छ ।     फूटबल प्रतियोगिता अन्तर्गत सिनियरतर्फ भएको खेलमा अरेन्ज प्रथम, ग्रीन द्वितीय र ब्लु तृतीय भएको छ भने जुनियरतर्फ अरेन्ज प्रथम, रेड द्वितीय र ह्वाइट तृतीय भएको छ । कबर्डी प्रतियोगितातर्फ सिनियरतर्फ अरेन्ज प्रथम, ग्रीन द्वितीय र एलो तृतीय भएको छ । जुनियरतर्फ रेड प्रथम, एलो द्वितीय र ब्लु तृतीय भएको छ । टेबलटेनिस प्रतियोगितातर्फ अमित पहाडी प्रथम, कमल थापा द्वितीय र प्रकाश श्रेष्ठ तृतीय भएका छन् ।     खेलकुद अन्तर्गत सम्पन्न म्युजिकल चेयरमा अस्मी भुषाल प्रथम, अनु गुप्ता द्वितीय र वर्षा खड्का तृतीय भएका छन् । स्लो साइकल रेस छात्रतर्फ भए

हरि खेतानमा ब्याडमिन्टन प्रतियोगिता

प्रस, वीरगंज, १५ माघ/     हरि खेतान बहुमुखी क्याम्पसको ३१ औं वार्षिकोत्सवको अवसरमा आज ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ ।     लायन्स क्लबको कबर्ड हलमा आयोजित ब्याडमिन्टन प्रतियोगिता अन्तर्गत छात्रा एकलतर्फ शिक्षा सड्ढायकी प्रेमलता चौधरी प्रथम भएकी थिइन् भने छात्र एकलतर्फ वाणिज्य सड्ढाय कक्षा १२ का स्वयम्भू साह प्रथम भएका थिए ।     यसैगरी छात्र डबलतर्फ वाणिज्य सड्ढाय कक्षा ११ का राज यादव र कर्ण क्षत्रीको जोडी प्रथम, विज्ञान सड्ढाय कक्षा ११ का असद आलम र किरण साहको जोडी द्वितीय र विज्ञान सड्ढाय कक्षा ११ कै विकास चौहान र विवेक यादवको जोडी तृतीय भएका थिए । प्रतियोगिताको निर्णायकहरूमा विनोद गुप्ता, सुनील जयसवाल र राधेश्याम यादव थिए ।

देशको सङ्क्रमणकालीन अवस्था र बारको चुनौती

Image
- अधिवक्ता वीरेन्द्र प्रसाद यादव    राष्ट्रिय राजनीति र स्वतन्त्र न्यायपालिका सड्ढटग्रस्त भएको बखतमा  बारको नेतृत्वमा हरिकृष्ण कार्की झिनो मतले विजयी भएका छन् । कार्की आफ्ना निकटतम प्रतिद्वन्द्वी प्रजातान्त्रिक समूहका शेरबहादुर केसीभन्दा ७५ मत मात्र बढी ल्याएर जितेका हुन् । एमाले र एमाओवादी समर्थक कानुन व्यवसायीहरूको संयुक्त पहलमा लडेर पनि कार्की थोरै मतको अन्तर बाट जित्नुले दुवै पक्षले निकै कसरत गरेको मान्नुपर्छ ।  यस परिणामले केसीको समूह पनि निकै सशक्त रहेको बुझ्नुपर्छ । यसको चुनौतीपूर्ण प्रभाव आगामी दिनमा पर्न सक्छ ।     निर्वाचन परिणाममा मधेसी उम्मेदवारहरूले खासै सफलता पाएका छैनन् । प्राय: मधेसी उम्मेदवारहरू हारेका छन् । यसबाट राजधानीलगायत गैरमधेस क्षेत्रले मधेसी उम्मेदवारलाई जानीजानी मत नदिएको देखिन्छ । यसको लाभ उठाउँदै केही राजनीतिक नेतृत्व पनि छुट्टै बारको परिकल्पनामा लागेको देखिन्छ । यद्यपि चुनावअघि मधेसमा पनि केहीले मधेसीलाई मात्र मत हाल्ने सङ्कुचित मानसिकता देखाएका थिए । सत्र सिटको लागि भएको चुनावमा मधेसी उम्मेदवारले जित्न नसक्नु आपसी एकताको कमी त छँदैछ, बौद्धिकवर्गमा पनि

दासढुङ्गा काण्ड ?

    दासढुङ्गा काण्ड भएको दुई दशक पुग्न लाग्यो । चालक र जीपसहित त्रिशूलीमा खसेका नेकपा एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभागप्रमुख जीवराज आश्रितको निधन भएको थियो । “बन्दुकको नालमा सत्ता हुन्छ, सेनाबिनाको पार्टीले जनतालाई मुक्ति दिलाउन सक्दैन”भन्ने मालेमावादी बुझाइलाई स्व. भण्डारीले  परिमार्जनसहित व्याख्या गर्ने घृष्टता गरेका थिए । उनले जनमतको आधार एवं  रक्तपातरहित बाटोबाट साम्यवादमा पुग्न सकिन्छ भन्ने मार्गचित्र कोरेका थिए । “जनताको बहुदलीय जनवाद” को उक्त साम्यवादी मार्गचित्र विश्वका साम्यवादी र पूँजीवादीहरूबीच बहसको विषय बनेको थियो ।  जडसूत्रवादी कम्युनिस्टहरू जबजलाई पलायनको बाटो भन्दै शड्ढा गर्न थाले भने पूँजीवादीहरूले अब साम्यवादीहरूले सिध्याउने भए भन्दै सशड्ढित बनिरहेको अवस्था थियो । ठीक यही अवस्थामा दासढुङ्गा काण्ड भएको हो ।     दासढुङ्गा काण्ड सडक दुर्घटना हो कि नियोजित हत्याकाण्ड ? भन्नेबारे अझै यकिन भएको छैन । एमालेले नियोजित हत्याकाण्ड भएको ठहर गरेर तुरुन्तै आन्दोलनमा उत्रेको थियो । “शोकलाई शक्तिमा बदलौं” भन्ने नाराका साथ देशव्यापी आन्दोलनमा उत्रिएको एमालेले

नेपाल–भारत सम्बन्ध अटल छ– महावाणिज्यदूत अग्रवाल

Image
प्रस, वीरगंज, १४ माघ/     भारतीय महावाणिज्यदूत आशुतोष अग्रवालले नेपाल–भारतबीचको सम्बन्ध चिरस्थायी र अटल रहेको बताएका छन् ।     भारतको ६४ औं गणतन्त्र दिवसको अवसरमा नेपाल–भारत सहयोग मञ्च पर्साद्वारा आयोजित शुभकामना कार्यक्रममा बोल्दै महावाणिज्यदूत अग्रवालले भारतका जनताले नेपाली जनताको खुशीयाली चाहेको बताए ।     उनले नेपालको नयाँ बन्ने संविधानबाट जनताको इच्छा र आकाङ्क्षा मुखरित हुने आशा व्यक्त गरे ।     वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अशोककुमार बैद्यले नेपाल– भारत मैत्री सङ्घको भवन निर्माण छिट्टै गरिने बताए । उनले शिक्षाको विकास भएको खण्डमा देश विकास हुने बताउँदै भारतले नेपालको विकासको लागि गरेका प्रयासको सराहना गरेका थिए ।     नेपालको लोडसेडिङ समस्या समाधानका लागि पछिल्लोपटक भएको प्रयास र महामहिम राजदूत जयन्तप्रसादले आगामी वर्षदेखि नेपाललाई २ सय मेगावाट विद्युत् प्रदान गर्ने प्रतिबद्धता स्वागतयोग्य भएको अध्यक्ष बैद्यले बताए ।     पर्साका प्रजिअ कैलाशकुमार बजिमयले भारतलाई अवसरको रूपमा लिनुपर्ने बताए ।     उनले नेपालका राजनीतिक दलहरूले भारतलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्न

दासढुङ्गा हत्याकाण्डबारे सशक्त आवाज उठाइ दिनुस्– नेत्री भण्डारी

Image
प्रस, वीरगंज, १४ माघ/     नेकपा एमालेकी उपाध्यक्ष पूर्वमन्त्री विद्यादेवी भण्डारीले आफ्ना पति तथा एमालेका तत्कालीन महासचिव स्व. मदन भण्डारीको दासढु·ामा नियोजित षड्यन्त्रका साथ हत्या भएको दाबी गरेकी छिन् ।     अनेम सङ्घ पर्साको पाँचौं अधिवेशन उद्घाटनको लागि हिजो वीरगंज आएकी भण्डारीले आज प्रेस चौतारी पर्साद्वारा आयोजित पत्रकार सम्मेलनमा मदन भण्डारीको हत्या भएको दाबी गरेकी थिइन् । उनले मदन भण्डारीको हत्याका आरोपी एवं घटनाका एकमात्र साक्षी अमर लामा ५ वर्ष जेलसजायबाट मुक्त भए लगत्तै  उनको हत्या गरिनुले पनि सो कुराको पुष्टि भएको नेत्री भण्डारीले बताइन् ।     उनले मदन भण्डारीको हत्यारालाई कारबाई गरिनुपर्ने आफ्नो माग रहेको बताउँदै एमालेले तीनपटक सरकार सञ्चालन गरेपनि विभिन्न परिस्थितिवश सो मुद्दाको उठान हुन नसकेकोमा दु:ख व्यक्त गरिन् ।     उनले अल्पमतको सरकारको एमालेले तीनपटक नेतृत्व गरेको र सो बखत जनयुद्धबाट शान्तिप्रक्रियामा आएका माओवादीकै कुराहरूको उठान गर्नुपर्ने भएकोले मदन भण्डारीको सन्दर्भ ओझेलमा परेको स्पष्टीकरण दिएकी थिइन् ।     पूर्वमन्त्री भण्डारीले मदन भण्डारीको हत्यारालाई कारबाई ग

तेक्वान्दोमा बारा एकेडेमी प्रथम

प्रस, निजगढ, १४ माघ/     प्रथम अन्तरविद्यालय जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता शनिवार डुमरवाना पिलुवामा सम्पन्न भयो ।     सो प्रतियोगितामा बारा एकेडेमी पिलुवा प्रथम र होली बोर्डिङ स्कूल निजगढ द्वितीय भएको छ । बारा एकेडेमीले २ स्वर्ण, २ रजत र ८ कास्य पदक प्राप्त गरेको थियो भने होली बोर्डिङ स्कूलले २ स्वर्ण, २ रजत र २ कास्य पदक प्राप्त गर्न सफल भएको थियो ।     सो प्रतियोगितामा बेस्ट फाइटरमा आदर्श हिमचुली बोर्डिङ स्कूल निजगढका सुशान्त लामा र अनुशासित खेलाडीमा होली बोर्डिङ स्कूलका अरविन्द रूम्बा घोषित भएका थिए । उक्त प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि एमाओवादीका पूर्वसभासद् जयराम दाहालले गरेका थिए ।     विशेष अतिथिहरूमा जिल्ला खेलकुद विकास समिति बाराका अध्यक्ष मनिर देवान, जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष कृष्णमुरारी खड्का, डोजाङ प्रमुख जीतसिंह लामा, हेमलाल श्रेष्ठलगायतको उपस्थिति थियो ।     विजेता खेलाडीहरूलाई प्रमुख अतिथि, विशेष अतिथि, सभापतिले पुरस्कार तथा प्रमाण पत्र वितरण गरेका थिए । हरिदेव खरेलको सभापतित्वमा सम्पन्न सो प्रतियोगिता बारा एकेडेमी तेक्वान्दो डोजाङ डुमरवानाद्वारा आ

परीक्षामा बढी अङ्क ल्याउन यसरी अध्ययन गरौं–९

Image
- अनन्तकुमार लाल दास   मैले पछिल्लो आलेखमा चिन्ता होइन चिन्तन गर्नुपर्छ भनेको थिएँ । चिन्तनको सामान्य अर्थ कुनै पनि विषयमाथि सोचविचार अर्थात् छलफल गर्नु बुझिन्छ । जुनबेला यसका लागि विषय निर्धारित गर्नुपर्ने हुन्छ, त्यसबेला हामीले यस्ता विषयलाई रोज्छौं, जसको बारेमा केही न केही हामीलाई थाहा हुन्छ । यसो गर्दा हामीलाई के लाग्दछ भने यस सम्बन्धमा छलफल गर्न सजिलो हुनेछ । यस आलेखमार्फत् चिन्तन सम्बन्धमा मैले आफ्नो केही भिन्न मत राख्ने जमर्को गरेको छु ।     तपाईं आफ्नो रुचिअनुसार कुनै पनि विषय रोज्न सक्नुहुन्छ र त्यसमाथि चिन्तन गर्न सक्नुहुन्छ तर यो चिन्तन परम्परागत हुनुभएन । कुनै पनि कुरामाथि विचार गर्दा के बिर्सनुहुन्न भने हाम्रो दिमाग पहिलादेखि नै सोचेका कुराहरूलाई बढी दोहोर्‍याउन खोज्दछ । अर्थात् हाम्रो मस्तिष्कले हामीलाई पहिलादेखि नै मस्तिष्कमा रहेका कुराहरूलाई स्मरण मात्र गराउन खोज्छ । विद्यार्थीहरू प्राय: यहींनिर धोखा खाने गर्दछन् । हामीहरूले यसै धोखाबाट बच्ने प्रयास गर्नुपर्छ किनभने याद गर्नु भनेको त काम गर्नु हो, कसरत गर्नु होइन ।     दिमागी कसरतको दृष्टिकोणले चिन्तन गर्नु भनेको केह

सहमतिको सुगारटाइ

    राष्ट्रपति डा. रामवरण यादवले दलहरू मिल्नुको विकल्प नभएको कुरा दोहोर्‍याएका छन् । कानुन व्यवसायीहरूको एक महत्त्वपूर्ण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति यादवले वर्तमान सङ्क्रमणकालीन अवस्थालाई अन्त्य गर्दै जनचाहनाअनुरूप संविधान प्राप्त गर्न दलहरू मिल्नुको विकल्प नरहेको बताए । दलहरू मिल्नुको अर्थ दलीय सहमति बनाउनु हो । जनताका प्रतिनिधि अर्थात् संविधानसभाबाट नयाँ संविधान निर्माण गर्ने मुलुकवासीको चाहना हो । संविधानसभा संविधान निर्माण नगरी  तुहियो ।  पुन: संविधानसभा निर्वाचनका लागि मङ्सिरमा चुनावको तिथि तोकिएको थियो ।  दलहरूलाई सहमतिमा ल्याउन नसकेपछि डा. बाबुराम भट्टराई नेतृत्वको चुनावी सरकारले मङ्सिरमा चुनाव गराउन सकेन । मङ्सिरमा चुनाव गराउन नसकेको सरकारले वैशाखमा चुनाव गराउन प्रस्ताव अगाडि बढाएको थियो । सरकारबाहिरका दलहरूले तोकिएको समयमा चुनाव गराउन नसकेको आरोप लगाउँदै भट्टराई नेतृत्वको सरकारको वैधतामाथि नै प्रश्नचिन्ह उठाएर सर्वपक्षीय चुनावी सरकार गठनको माग अगाडि सारेका छन् ।     नयाँ संविधान निर्माणका लागि पुन: संविधानसभाको चुनावमा जाने या विघटित संविधानसभालाई नै पुनस्र्थापना गर्ने

भारतको ६४ औं गणतन्त्र दिवसमा झन्डोतोलन, एम्बुलेन्स वितरण

Image
प्रस, वीरगंज, १३ माघ/     भारतको ६४ औं गणतन्त्र दिवस आज वीरगंजस्थित भारतको महावाणिज्य दूतावासले धूमधामका साथ मनाएको छ ।     महावाणिज्य दूतावास परिसरमा आयोजित गणतन्त्र दिवसमा महावाणिज्यदूत आशुतोष अग्रवालले झन्डोतोलन गरेका थिए ।     झन्डोतोलनपश्चात् शुभकामना मन्तव्य व्यक्त गर्दै महावाणिज्यदूत अग्रवालले भारतका राष्ट्रपति प्रणव मुखर्जीले भारतवासीको नाममा दिएको सन्देश पढेर सुनाएका थिए ।     कार्यक्रममा प्रहरी प्रमुख, प्रशासन प्रमुख, उद्योगी, व्यापारी, बुद्धिजीवी, विद्यार्थी, शिक्षक, प्राध्यापक, सञ्चारकर्मीलगायत वीरगंजमा बसोबास गरिरहेका भारतीय नागरिक र स्थानीय भारतका शुभचिन्तकहरूको सहभागिता थियो ।     गणतन्त्र दिवसको अवसरमा विगतका वर्षहरू भैंm यसवर्ष पनि विभिन्न सङ्घसंस्थाहरूलाई तीन थान एम्बुलेन्स प्रदान गरिएको थियो ।     महावाणिज्यदूत अग्रवालले हेल्थपोस्ट धनकौली सर्लाही, सबहेल्थपोस्ट भ·ाहा महोत्तरी र चन्द्रनिगाहपुर अस्पताल रौतहटलाई एम्बुलेन्स प्रदान गरेका थिए ।

प्रधानमन्त्रीले जनतालाई दु:ख दिए– नेत्री भण्डारी

Image
प्रस, वीरगंज, १३ माघ/     नेकपा एमालेका उपाध्यक्ष एवं अनेम सङ्घकी केन्द्रीय अध्यक्ष विद्या भण्डारीले प्रधानमन्त्रीले जनतालाई दु:ख दिने काम गरेको आरोप लगाएकी छिन् ।     अखिल नेपाल महिला सङ्घ पर्साको पाँचौं जिल्ला सम्मेलनको वीरगंज नगरसभागृहमा उद्घाटन गर्दै अध्यक्ष भण्डारीले द्वन्द्वकालको बहानामा वर्तमान सरकारले अपराधी उम्काउने काम गरिरहेको आरोप लगाइन् ।     उनले पत्रकारलाई जिउँदै गाँड्ने दोषीहरूलाई कारबाई गर्नुको साटो पदीय दायित्वविपरीत प्रधानमन्त्रीले गैरजिम्मेवार काम गरिरहेको बताइन् ।     अध्यक्ष भण्डारीले नेपाली समाजमा अहिले पनि महिलाको सन्दर्भमा पुरानै सोच हाबी रहेकोले महिलाहरूले अधिकार प्राप्त गर्न नसकेको बताइन् । उनले नेपाली महिलाहरू सामाजिक, आर्थिक, राजनीतिक सबै हिसाबले पछाडि रहेको बताउँदै महिलाहरूलाई अगाडि ल्याउने काममा अनेम सङ्घको भूमिका प्रभावकारी रहेको दाबी गरिन् ।     सो अवसरमा एमाले नारायणी अञ्चल इन्चार्ज काशीनाथ अधिकारीले कम्युनिस्ट पार्टीको नारा गाउँ–गाउँसम्म पुगेको बताए । उनले नेपाली समाज पुरानो शैलीमा हिंडिरहेकोले महिलाहरू असुरक्षित भएको बताए । उनले महिला हिंसा कम गर्न

मैत्रीपूर्ण क्रिकेट सम्पन्न

Image
राधेश्याम पटेल, परवानीपुर, १३ माघ /     लायन्स क्लब अफ वीरगंज होराइजन र लायन्स क्लब अफ ग्रीनबीच मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता आज सम्पन्न भएको छ । आदर्शनगर क्रिकेट मैदानमा भएको  खेलमा होराइजन टिम विजयी भएको थियो ।     टस जिती ग्रीन टिमले निर्धारित २० ओभरको खेलमा १९ ओभरमा सबै विकेट गुमाइ १२९ रन बनाएको थियो । प्रतिउत्तरमा होराइजनले ११ ओभरमैं ४ विकेटको क्षतिमा १३० रन बनाएको थियो । प्रतियोगितामा उत्कृष्ट बलर र म्यान अफ दि म्याच सुनील श्रीवास्तव भएका थिए भने उत्कृष्ट ब्याट्सम्यान धीरज पाटवा घोषित भएका थिए । प्रतियोगिताका प्रमुख अतिथि मनोहर टिबडेवालले विजेता र उपविजेता टिमलाई शिल्ड तथा प्रमाणपत्र वितरण गरेका थिए ।

“हाम्रो टिम मैदानमा” कार्यक्रम शुरू

राधेश्याम पटेल, परवानीपुर, १३ माघ/     वीरगंज युनाइटेड क्लबको आयोजना तथा सर्च फर कमन ग्राउन्डको सहयोगमा आजबाट ७ दिनका लागि युवा केन्द्रित कार्यक्रम “हाम्रो टिम मैदानमा” सञ्चालन भएको छ ।     शान्तिका लागि खेल भन्ने नाराका साथ वीरगंजको नारायणी र·शालामा शुरू भएको उक्त कार्यक्रमको मुख्य उद्देश्य युवा विद्यार्थी र प्रहरीबीच अन्तक्र्रिया गराइ खेलको माध्यमबाट व्यक्तित्व विकास गराउने रहेको क्लबका अध्यक्ष अरविन्द अमात्यले बताए ।     यी दुवैबीचको सम्बन्ध सुदृढ नभएसम्म शान्ति सुरक्षा असम्भव हुने अमात्यले बताए । अहिले प्रयोगको रूपमा वीरगंजमा भइरहेको कार्यक्रममा १२ वटा विद्यालयका १२० जना विद्यार्थीहरूको सहभागिता छ । प्रत्येक समूहमा चारजना प्रहरी रहने गरी विद्यार्थीहरूको ४ समूह बनाइ स्थानीय फूटबल खेलाडीहरूको प्रशिक्षणमा प्रतियोगिताको आयोजना गरिने आयोजकले जनाएको छ । वीरगंजपछि जनकपुर र विराटनगरमा पनि कार्यक्रमको आयोजना हुने आयोजकले बताएको छ ।

सभ्य समाज कसरी बनाउने

    परस्पर दुर्भावयुक्त धारणाहरूका कारण नै पारस्परिक सङ्घर्ष र विद्वेषको परिस्थिति उत्पन्न हुन्छ । त्यसका फलस्वरूप आवञ्छनीय, अनैतिक र अशोभनीय घटनाहरू प्राय: दिन घटित भइरहन्छन् । आज सर्वत्र अधिकारको माग प्रबल भइरहेको छ, स्वयंलाई अरूभन्दा बढी सुविधा प्राप्त होस् भन्ने अपेक्षा गरिन्छ, तर कर्तव्यतर्फ भने कसैको ध्यान जाँदैन । कर्तव्यको उपेक्षा गरेर अधिकारको मात्र माग गर्दा कलह जन्मन्छ । शान्ति स्थापनाको एउटा तरिका के पनि हो भने अधिकारको उपेक्षा गर्दै कर्तव्यको पूर्ण पालना गरियोस् ।     नागरिक जीवनको सुव्यवस्था यस कुरामा निर्भर छ कि व्यक्तिले अरुप्रति आफ्नो उत्तरदायित्वको पूर्ण पालना गरोस्, आफ्नो नैतिक जिम्मेदारीहरूलाई तत्परतापूर्वक निर्वाह गर्नका लागि कटिबद्ध रहोस् । सामाजिक सुख, शान्ति र प्रगतिको यही आधार हो । जुन देशका नागरिक आफ्नो कर्तव्यको सही ढ·ले पालना गर्दछन्, त्यही राष्ट्र सबल मानिन्छ । जुन समाजमा चरित्रवान मानिसको बाहुल्य हुन्छ, त्यसै समाजलाई सभ्य भनिन्छ । कुनै व्यक्ति वा समूहको उत्कृष्टता मात्र यस आधारमा नाप्न सकिन्छ कि त्यहाँ कर्तव्य र दायित्वप्रति कति आस्था छ । झूटा, फटाहा, बाठा

बोलबम

- उमाशङ्कर द्विवेदी    माघ शुक्ल पञ्चमीको दिनलाई वसन्त पञ्चमी, वाणीपूजा, वागीश्वरी पूजा तथा सरस्वती पूजाको रूपमा मनाउने गरेको परम्परा रहेपनि सो तिथिको दिन शिवलि·माथि जलाभिषेक गरिने परम्परा यस भेगमा परम्परागतरूपमा विद्यमान रहेको छ । माघे औंशीको दिन ग·ाजी अथवा अन्य पवित्र जलाशयबाट जल भरेर पायक पर्ने कुनै पनि शिवमन्दिरमा माघ शुक्ल पञ्चमीको दिन शिवलि·माथि जलाभिषेक गर्ने गरिन्छ । पवित्र जलाशयबाट जल भरेको दिनदेखि पैदल हिंडेर भक्तहरू पूर्ण ब्रह्मचर्य तथा पवित्रताका साथ शिवमन्दिरमा पुग्ने गर्दछन् । यस्ता भक्तहरूलाई कँवरथुवा, जलबोझी, बोलबम जस्ता नामले चिनिन्छ । यस्ता भक्तहरू आफूखुशी एक्लै हिंडेर जाँदैनन् । यसको लागि कयौं गाउँका भक्तहरूको स·ठन बनेको हुन्छ, जसलाई काफ्ला भनिन्छ । काफ्ला खास भन्ने हो भने अरबी भाषाको काफिला शब्दको अप्रभंस हो जस्तो लाग्दछ । काफिला शब्दको अर्थ एक ताँतीमा हिंड्ने जनसमूह हो । काफ्लामा काँवर काँधमाथि बोकेर लहरै हिंड्ने जनसमूहको ताँती हुन्छ । यिनीहरू जल बोकेर वा भर्न जान लागेको बेला बाटामा ‘बोलबम’को नारा लगाउँदै जान्छन् । यस क्रममा यिनीहरूलाई बाटोमा हिंडिरहेको देखेर अन्य

औद्योगिक कोरिडोरको समस्या समाधान गर्ने उद्योगमन्त्री झाको प्रतिबद्धता

Image
प्रस, वीरगंज, १२ माघ/     उद्योगमन्त्री अनिलकुमार झाले पर्सा–बारा औद्योगिक कोरिडोरको समस्या समाधानका लागि आफूले समन्वय गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।     वीरगंज उद्योग वाणिज्य सङ्घको सभाकक्षमा आयोजित अन्तक्र्रियामा मन्त्री झाले औद्योगिक कोरिडोरका समस्याहरूलाई सम्बन्धित मन्त्रालयसँग समन्वय गरेर हल गर्नेतर्फ आफ्नो भरमग्दुर प्रयास रहने बताएका थिए ।     वीरगंज उद्योग वाणिज्य सङघका अध्यक्ष अशोककुमार बैद्यले स्वागत गर्दै पर्सा/बारा क्षेत्रमा रहेका उद्योगहरूको समस्याबारेमा उद्योगमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।     अध्यक्ष बैद्यले पर्सा/बारामा रहेका उद्योगहरूले विद्युत् आपूर्ति, श्रम, वातावरणीय संरक्षणका समस्या भोग्नुपरेको बताए । उनले रुग्ण उद्योगहरूलाई राहत प्याकेज ल्याउन र लगानीमैत्री वातावरण सृजना गर्नका लागि उद्योगमन्त्रीसँग आग्रह गरे ।     अन्तक्र्रियामा उद्योगसचिव कृष्ण ज्ञवालीले राजनीतिक सड्ढटका कारण ऐनहरूलाई तत्कालै संशोधन गर्न नसकिने बताउँदै नियमावली संशोधन गरेर भएपनि लगानीमैत्री वातावरण बनाउनेतर्फ मन्त्रालयले पहल गर्ने बताए ।     अन्तक्र्रिया कार्यक्रमको सञ्चालन महासचिव गोप

पत्रकार चन्द्रकिशोर झा ‘सुप्रबल जनसेवाश्री’बाट सम्मानित

Image
प्रस, वीरगंज, १२ माघ/     राष्ट्रपति कार्यालयमा आयोजित एक विशेष समारोहमा पत्रकार चन्द्रकिशोर झा ‘सुप्रबल जनसेवाश्री’बाट विभूषित भएका छन् ।     गणतन्त्र दिवसको अवसरमा नेपाल सरकारद्वारा पत्रकार चन्द्रकिशोर झालाई ‘सुप्रबल जनसेवाश्री’बाट सम्मानित गर्ने निर्णय गरिएको थियो । सोहीअनुसार आज राष्ट्रपति कार्यालयमा आयोजित सुशोभन समारोहमा पत्रकार चन्द्रकिशोर झालाई पदक प्रदान गरिएको हो ।     राष्ट्रपति डा. रामवरण यादवले उनलाई विभूषण प्रदान गरेका थिए । सो अवसरमा प्रदान गरिएको विभूषण अधिकारपत्रमा प्रधानमन्त्री डा. बाबुराम भट्टराई र उपप्रधानमन्त्री तथा गृहमन्त्री एवं विभूषण समितिका संयोजक विजय गच्छदारको हस्ताक्षरसहित नेपाल राष्ट्र र नेपाली जनतालाई पत्रकारितामार्फत् पुर्‍याउनुभएको योगदानका लागि सुप्रबल जनसेवाश्रीबाट विभूषित गरिएको बेहोरा उल्लेख गरिएको छ ।     दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामा संलग्न रहेका पत्रकार चन्द्रकिशोर झा राष्ट्रिय तथा अन्तर्राष्ट्रियरूपमा अनेक प्रशंसा प्राप्त गरिसकेका छन् ।

महिला हिंसाको पराकाष्ठा

- रेणु गुप्ता महिला हिंसा अहिले देशमा कुनै ठूलो महामारी फैलिएजस्तै फैलिएको छ । देशमा सबै किसिमका महिला हिंसाका घटनाहरू अहिले सार्वजनिक भइरहेका छन् । हरेक दिन हत्या र बलात्कारजस्ता जघन्य अपराधका घटनादेखि कुटपिट, आगो लगाउने, बोक्सीको आरोप लगाएर अमानवीय व्यवहार गर्नेजस्ता कार्यहरू भएको देखिन्छ । महिलामाथिको अत्याचारले गाउँ र शहर भनेको छैन, पहाड र तराई भनेको छैन । अन्यायले पूर्व र पश्चिमको भेदभाव मानेको छैन । ज·लमा घाँस–दाउरा गएकी युवती बलात्कृत भएकी छिन् भने राजधानीमा नै राज्यको उच्च तहका कर्मचारीले धन र धर्म दुवै लुटेको अवस्था छ । तीन र छ वर्षकी अबोध बालिकामाथि मानवता नै लज्जित हुने गरी दुष्कर्म गरिएका खबरहरू सार्वजनिक भएका छन् । बाबुले नै छोरीको हत्या र बलात्कार गरेका छन् भने श्रीमान्बाट समेत मारिएकी छिन् महिला । छिमेकीहरूले बोक्सीको आरोपमा मरणासन्न हुने गरी कुटेको पाइएको छ । महिला हिंसासम्बन्धी सोह्रदिने अभियान सञ्चालन भएदेखि यताकै उदाहरण लिने हो भने महिला हिंसाका घटनाले देश नै लाजले शिर निहुराउने अवस्थामा पुगेको देखिन्छ ।     शिवा हासमीलाई घरकै सदस्यले जिउँदै जलाउनेदेखि रौतहट र धनुषा

टयाक्टरको जमानामा बैलगाडी !

Image
- चन्द्रकिशोर घरही  छुट गेल, लडिका आ पियारी कइसे  कटी रस्ता – पेडा हो इयारी ।     गडवान पगडी बाँध्छन्, सूर्य पश्चिमतिर ढल्कँदै गइरहेको छ । तराईको कुनै सीमान्त गाउँको धुलाम्मे बाटोमा बैलगाडीले उडाएको धूलोले गर्दा एउटा मसिनो तुवाँलोको झिनो बर्को सि·ै बस्तीले ओढिरहेको भान हुन्छ । नजिकका बजारबाट अन्नपात बेचेर लुगाफाटो, नुनतेल खरिद गर्न आएका मानिसहरू घाम ढल्किन लागेको हुनाले हतारहतार घरतिर फर्कंदैछन् । कसैकसैको टाउकोमा टोकरी, हातमा मटीतेलको बोतल, काँधमा गम्छाको दुवैतिर झुन्डिएको घरेलु सामानको पोको देखिन्छ । कोही साइकलमा पैडल छिटो–छिटो हान्दैछन्,  मोटरसाइकलको हर्न पनि सुनिन्छ । बैलगाडीमा किनमेलका भाडाका सामानहरू राखेर फर्किरहेका गडवान विस्तारै सुसाउँछन्, “इयाद जो आवे है, पियारी तोहरी सुरतिया से ।” सुर्तीको चुटकी चल्दैछ, बेलाबखत अरे....रे....रे. भन्दै बैलमाथि विस्तारै चाबुक हल्लाउँदैछन् । साँझ छिपिंदै जान्छ, बैलका घाँटीमा झुन्डिएका घण्टीहरूले ट्राफिक हर्नको काम गर्छ, बाटो खुल्दै जान्छ । यो शब्दचित्र आज पनि तराईका बस्तीहरूका क्यानभासमा झल्किन्छ ।     पछिल्ला केही वर्षहरूमा बेरोजगारहरूको सङ्

भारतले गरेको आर्थिक प्रगति

- श्रीमन्नारायण मिश्र हाम्रो दक्षिणी छिमेकी भारतले  बितेको दुई दशकमा गरेको आर्थिक प्रगतिलाई चमत्कार नै मान्नुपर्दछ । बहुजातीय, बहुभाषीय, बहुसांस्कृतिक एवं विविध धर्मावलम्बीहरू भएका देशमा लोकतान्त्रिक शासन प्रणालीको संस्थागत विकास गर्दै तीव्र आर्थिक वृदिदर हासिल गर्नु केवल संयोग मात्र नभएर दृढ इच्छाशक्ति एवं सत्प्रयासको परिणाम हो भन्ने कुरालाई हामीले मान्नै पर्छ ।     आधुनिक भारतको विकासगाथाका निम्ति भारतका पूर्वप्रधानमन्त्री पी.वी.नरसिंह रावको योगदानलाई बिर्सन सकिंदैन । सन् १९९१ जुन २१ मा उनले एउटा कमजोर र अल्पसङ्ख्यक सरकारको बागडोर सम्हालेका थिए, जुन  बेला भारत गम्भीर आर्थिक सड्ढटबाट घेरिएको थियो । यसका बाबजुद उनले आर्थिक सुधारका कार्यक्रमहरूको सुरुआत गरे, जसले भारतलाई मात्र नभएर पूरै विश्वलाई नै प्रभावित गर्‍यो । भारतका वर्तमान प्रधानमन्त्री डा. मनमोहन सिंह त्यतिबेला अर्थमन्त्री थिए । भारतको आर्थिक अवस्था यति कमजोर थियो कि  विदेशी सहायताका लागि आवश्यक सर्त पनि पूरा गर्नसक्ने अवस्थामा थिएन । आज भारत एक आर्थिक महाशक्तिको रूपमा उदाएको छ । जसलाई संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्को स