Posts

Showing posts from August, 2012

एमाओवादीले सत्ता कब्जा गर्न संविधानसभा विघटन गर्‍यो– उपाध्यक्ष भण्डारी

Image
उपेन्द्र यादव, बारा, १४ भदौ/     नेकपा एमालेका उपाध्यक्ष विद्या देवी भण्डारीले ए. माओवादीले सत्ता कब्जा गर्न संविधान निर्माण नगरी संविधानसभा विघटन गरेको कुरा बताएकी छन् । कलैयामा बिहीवार युवा सङ्घ नेपालले शुरु गर्न लागेको तराई–मधेस युवा जागरण अभियानको उद्घाटन सत्रमा बोल्दै नेत्री भण्डारीले माओवादी आफैं देशमा सङ्घीयता विरोधी गतिविधि गरी देश टुक्राउने खेलमा लागेको र त्यो दोष अरू दलहरूमाथि थोपर्न खोजेकोले माओवादी पार्टीमाथि विश्वास गर्ने ठाउँ नरहेको बताइन् ।     उनले बाबुराम भट्टराई नेतृत्वको सरकारले स्वच्छ चुनाव गराउन नसक्ने भएकोले चुनाव अघि राष्ट्रिय सहमतिको सरकार गठन हुनु जरुरी रहेको कुरा प्रस्ट पारिन् । तराईको २२ जिल्लामा शुरु गर्न लागिएको तराई–मधेस युवा जागरण अभियानले तराईमा कमजोर रहेको एमालेलाई बलियो बनाउन सहयोग गर्ने विश्वास भएको उनले बताइन् ।     दुई दिने कार्यक्रमको उद्घाटन सत्रमा एमालेका युवा नेताहरू योगेश भट्टराई, युवा सङ्घका केन्द्रीय अध्यक्ष महेश बस्नेत लगायत नेताहरूले मधेसी दलका नेताहरूले मधेसी जनतालाई नै धोका दिएका हुनाले ती दलहरूमाथि विश्वास नगर्न आग्रह गरेका थिए । कार्

वातावरण तथा पर्यावरण संरक्षण समितिले दाबी गरेको प्रदूषण चाचान समूहको उद्योगमा छैन– अध्यक्ष केसी

Image
प्रस, वीरगंज, १४ भदौ/     वातावरण तथा पर्यावरण संरक्षण समिति भवानीपुर सुखचैना पर्साले लिपनीमाल–८ मा रहेका उद्योगहरूबाट हुने प्रदूषण टुङ्गो नलागेको भन्दै आन्दोलन घोषणा गरेपछि आज चाचान समूहले पत्रकार सम्मेलनको आयोजना गरेर आफ्नो उद्योगले वातावरण प्रदूषण नगरेको दाबी गर्नुका साथै अनाहकमा बदनाम गराउने काम भएको आरोप लगाएको छ ।     चाचान समूहका अध्यक्ष बाबूलाल चाचानले नारायणी सिमेन्ट उद्योग प्रालि परिसरमा पत्रकार सम्मेलनको आयोजना गरी सर्वोच्च अदालतको फैसलाको सम्मान गर्दै आफूले नारायणी छाला उद्योगलाई लिपनीमाल गाविसबाट रामपुर टोकनीमा सारेको र हाल त्यहाँ रहेका नारायणी आयल रिफाइनरी, नारायणी दाल मिल र नारायणी सिमेन्ट उद्योग प्रालिमा अत्याधुनिक १७ वटा ब्याग फिल्टर करिब पाँच करोडको लागतमा जडान गरेको, त्यस्तै खरानी नियन्त्रण गर्ने अत्याधुनिक प्रविधि अपनाएको र १०८ फिट लामो चिम्नीबाट हावामात्र बाहिर निस्कने गरेको बताए । उनले स्थानीय पर्सा–बाराका प्रशासन, वातावरण विज्ञान तथा प्रविधि मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय समेतको टोलीले उद्योगको स्थलगत निरीक्षण गरी प्रतिवेदन पेश गरेको र सो प्रति

अन्तर्राष्ट्रिय बेपत्ता दिवस मनाइयो, १४ सय एकजना अझै बेपत्ता

Image
प्रस, वीरगंज, १४ भदौ/     अन्तर्राष्ट्रिय बेपत्ता दिवस आज वीरगंजमा पनि मनाइयो । नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाद्वारा साँझपख घण्टाघर चोकमा आयोजित समारोहमा सहभागीहरूले मैनबत्ती बालेर बेपत्ता भएकाहरूको सम्झना गरेका थिए ।     नेरेसो पर्सा शाखाका अध्यक्ष फुलमहम्मद मियाँको मुख्य आतिथ्यमा सम्पन्न कार्यक्रममा रेडक्रसका उपमन्त्री तथा कार्यक्रम संयोजक शैलेन्द्र चौरसियाले मुलुकमा अझै १४ सय एकजना बेपत्ताको सूचीमा रहेको उल्लेख गर्दै उनले पर्सा जिल्लामा पनि पाँचजना बेपत्ता रहेका बताए ।     अन्तर्राष्ट्रिय रेडक्रस संस्था आइसिआरसीको प्रतिवेदन उधृत गर्दै उपमन्त्री चौरसियाले सो सङ्ख्या माओवादी द्वन्द्वकालदेखि यताको भएको बताए ।     कार्यक्रममा रेडक्रस पर्साका उपसभापति मधु राणा, सदस्यहरू विनोद मेहता, दयाशङ्कर सिंह, रक्तसञ्चार केन्द्र वीरगंजका संयोजक मदन गुप्ता, ब्लड डोनर्स एसोसिएसन पर्साका अध्यक्ष शत्रुघ्न नेपाललगायतको सहभागिता थियो । प्रस, रौतहट/     अन्तर्राष्ट्रिय बेपत्ता दिवसमा आज नेपाल रेडक्रस सोसाइटी गौरको सभाकक्षमा अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ ।     कार्यक्रमका प्रमुख अतिथि जिल्ला

यसरी गर्न सकिन्छ विकास

Image
- विश्वराज अधिकारी   विकासशील राष्ट्रका सरकारहरूको आर्थिक अवस्था कमजोर हुन्छ । यस्तो हुनुको दुई कारण छन् । ती हुन्– पहिलो, बहुसङ्ख्यक जनता गरिब हुनु । बहुसङ्ख्यक जनता गरिब हुँदा राष्ट्रिय आय कम हुन्छ । राष्ट्रिय आम्दानी कम भएकोले राष्ट्रले गरिबी कम पार्नका लागि पर्याप्त आर्थिक लगानी गर्न सक्तैन । दोस्रो, नेताहरूको सत्ता लिप्सा र स्वार्थी प्रवृत्तिले गर्दा मुलुकमा असल आर्थिक अनुशासन कायम हुन नपाउनु । नेता एवं प्रशासकहरू नै आर्थिक भ्रष्टाचारमा लिप्त रहने हुँदा कर प्रशासन ज्यादै फितलो हुन पुग्छ र यसले गर्दा राम्रो वा बढी आम्दानी गर्नेहरूले पनि ठूलो मात्रामा कर छल्ने कार्य गर्दछन् । यसरी राष्ट्रले करको माध्यमबाट प्राप्त गर्ने ठूलो धनराशि गुमाउँछ, परिणामस्वरूप गरिबी कम गर्न एवं विकासका लागि अन्य अत्यावश्यक पूर्वाधार निर्माण गर्न सरकारले पर्याप्त मात्रामा लगानी वा खर्च गर्न सक्तैन । कतिपय विकासशील राष्ट्रहरूमा के पनि देखिएको छ भने ती राष्ट्रका सरकारहरू गरिब त छन् तर ती राष्ट्रहरूमा एउटा यस्तो पनि वर्ग छ, जो ज्यादै धनी छ र त्यो धनी वर्गले अन्य धनी राष्ट्रका ज्यादै धनी व्यक्तिहरूसँग भएको सम

वैदेशिक रोजगार, रेमिट्यान्स र यसको विकल्प

Image
-  शीतलप्रसाद महतो     राजनीतिक अस्थिरता, आन्तरिक द्वन्द्व, रोजगारीका क्षेत्रहरूको सीमितता तथा औद्योगिक क्षेत्रमा छाएको शिथिलताका कारण विगत एक दशक यता वैदेशिक रोजगारीले मुलुकको अर्थतन्त्रमा ठूलो सहयोगीको भूमिका निर्वाह गर्दै आएको छ । दश वर्षे आन्तरिक द्वन्द्वका क्रममा पनि नेपाली अर्थतन्त्रलाई भरथेग गरेको रेमिन्ट्यास गणतन्त्रको स्थापना पछि पनि बढ्दै गएको छ । मुलुकमा गणतन्त्र स्थापना भए यता वैदेशिक रोजगारीको अवस्थालाई हेर्ने हो भन्ने यो अवधिमा रोजगारीका लागि विदेशिने नेपालीको सङ्ख्या झन्डै चार गुणाले वृद्धि भएको तथ्याङ्क छ । त्यस्तै नेपाल भित्रिने रेमिट्यान्स पछिल्लो पाँच वर्षमा करिब २५० प्रतिशतको दरले वृद्धि भएको छ ।     वास्तवमा सबैले चाहेको सङ्घीय नेपाल भनेको नै क्षमता अनुसारको काम र काम अनुसारको दाम सहितको समृद्ध र सम्पन्न नेपाल हो । तर विगत एक दशक यता देखिएको आन्तरिक द्वन्द्वका कारण स्वदेशमा रोजगारी सङ्कुचित हुँदै जाँदा विदेशी मुलुकहरू नेपाली युवाका लागि दरिलो गन्तव्य बन्न पुगेका छन् । सरकारी तथ्याङ्कलाई मात्र आधार मान्ने हो भने गत आर्थिक वर्षको अन्त्यसम्म विभिन्न मुलुकमा झन्डै सा

सङ्घीयतामा खर्चको बहस उपेक्षित

    - वीरेन्द्रप्रसाद यादव सङ्घीयताको माग यति न अगाडि बढिसकेको छ कि सङ्घीयताबेगर राजनीतिक स्थायित्व सम्भव नै देखिंदैन । आर्थिक भारले धान्न  नसक्ने भएपनि सङ्घीयता छोड्ने आँट मुख्य दलहरूमा छैन । अत्यधिक जनताको माग सङ्घीयता नै रहेको र सङ्घीयताले जनतालाई अधिकारसम्पन्न बनाउने तथा विकासको अवसर सिर्जना गर्ने प्रमुख आधार भएकोले सङ्घीयताबाट पछाडि हट्नु पनि हुँदैन । तर सङ्घीयतालाई कम खर्चिलो कसरी बनाउन सकिन्छ यसतर्फ सोच्नु आवश्यक छ । सबैभन्दा चिन्ताको विषय के छ भने सङ्घीयताबारे घनीभूत बहस त चलेको छ तर खाली पहिचान, क्षेत्रीयता, जातीयता तथा भूगोलको सन्दर्भमा मात्र । कसैले जातीय पहिचानको लागि सङ्घर्ष गरेको छ भने कसैले भौगोलिक पहिचानको लागि भने कसैले धार्मिक र सांस्कृतिक पहिचानका लागि । प्रदेशको सङ्ख्या, नामाङ्कन, सीमाङ्कन तथा आधारको विवादको कारण संविधानसभा समाप्त भएको छ । संविधानसभा समाप्त भएपनि सङ्घीयतालाई नै मुख्य विषय बनाई सहमतिको प्रयास हुँदैछ । यो सकारात्मक भएपनि अद्यापि सङ्घीयतामा आर्थिक विकासको पूर्वाधारबारे बहस भइरहेको छैन । सङ्घ र प्रान्तको आर्थिक स्रोतबारे चिन्तन मनन छैन । सङ्घभित्रको उ

ब्ल्याकआउट व्यवस्थापन

Image
- ई. गोपाल श्रेष्ठ    केही दिन पहिले अर्थात् जुलाईको अन्त्यतिर उत्तर भारतमा अचानक पावर ग्रीड कोल्याप्स भई दुई दिनसम्म ब्ल्याआउटको स्थिति सृजना भयो । यस्तो स्थिति अन्य देशमा पनि नआएको चाहिं होइन । सन् १९९९ मा ब्रजीलमा पाँच घण्टा ब्ल्याकआउट भएको थियो भने सन् १९८९ क्यानाडामा ९ घण्टासम्म भएको थियो । त्यस्तै १९७७ मा न्युयोर्क अमेरिकामा २५ घण्टा लामो ब्ल्याकआउट भएको थियो भने सन् २००३ मा ईटलीमा १८ घण्टासम्म ब्ल्याकआउट भएको थियो । ग्रीस, इन्डोनेसिया तथा चीनजस्ता देशहरूले पनि यस्ता ब्ल्याकआउटको अनुभव गरिसकेका छन् । ब्लाकआउटबाट झेल्नुपर्ने दु:ख, पीडाबारे त सबै भुक्तभोगीहरू जानकार नै छन् । चलिरहेका सवारी साधनहरू अचानक रोकिन्छन्, रात्रिको समयमा भए मानिसहरू अचानक चुकअन्धकारमा फस्छन् । यस अवस्थामा विद्युत्को वैकल्पिक उपाय नभएका सबै सेवाहरू प्रभावित हुन्छन् ।     यस्तो अप्रिय अवस्था ग्रीड मेनेजमेन्टमा त्रुटि भएपछि सृजित हुन्छ । ग्रीडमा विद्युत्को माग धेरै भयो तर माग अनुसारको आपूर्ति ग्रीडले गर्न सकेन अर्थात् ग्रीडले विद्युत् पाउनुको तुलनामा धेरै दिनुपर्ने अवस्था आयो भने यस्तो परिणाम उत्पन्न हुन्छ ।

गठबन्धनको औचित्य

Image
- श्रीमन्नारायण     एकीकृत नेकपा मोआवादीका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा गठित सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक मोर्चामा मधेसवादी दलहरूको सहभागिता हुनु आश्चर्यको विषय होइन तर यस गठनबन्धनको संरचना र यसमा सहभागी दलहरूको निष्ठा र प्रकृतिलाई हेर्दा यसको आयु लामो हुने सम्भावना देखिंदैन ।     ए. माओवादीको नेतृत्वमा गठित संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सम्मिलित वर्तमान सरकारको आयु दोस्रो वर्षमा प्रवेश गर्दैछ । यस सरकारमा सहभागी मधेसी मोर्चाका मन्त्रीहरूले एमाले एवं नेपाली काङ्ग्रेस नेतृत्वको सरकारले दिने गरेको दबाब र निर्देशनको तुलनामा वर्तमान सरकारमा बढी स्वतन्त्र एवं स्वच्छन्द रूपमा काम गरिरहेका छन् । यस अर्थमा मधेसवादी दलका निम्ति ए. माओवादी नेतृत्वको सरकार अनुकूल छ । ए. माओवादी र मधेसवादी दल दुवै आन्दोलनका उपज हुन र नेपालको राष्ट्रिय  राजनीतिमा आमूल परिवर्तनका पक्षधर छन् । राष्ट्रियको सवालमा यिनको धारण प्रस्ट छ । बाहय राष्ट्रियता मात्रै होइन आन्तरिक राष्ट्रियताका प्रत्येक अवश्यहरूलाई समेत दुरुस्त पार्दै बाहय राष्ट्रियताको रक्षा हुन सक्दछ, गर्नुपर्दछ अथवा दुवैमाथि सँगसँगै ध्यान जानु

हदैसम्म पुगेको अराजकता

    रौतहटमा जिल्ला विकास समितिका कर्मचारीले नै जिविसको जग्गा बिक्री गरे । बारामा कारागारको जग्गा पहिले कारागारमा दरबन्दी रहेका एकजना हवल्दारका आफन्तले कब्जा गरी अतिक्रमण गरेर घर बनाए । यी प्रतिनिधि उदाहरण मात्र हुन् गरीब मुलुकको गरीब सरकारको मातहत रहेको सम्पत्तिको दुरुपयोग भइरहेको तथ्यको ।  यी अप्रत्यक्ष उदाहरणहरू हुन्, राष्ट्रिय सम्पत्तिको हिनामिना भएको । किनकि जग्गामात्र सम्पत्ति होइन, भौतिक संसाधन पनि राष्ट्रिय सम्पत्ति नै हो । वीरगंज चिनी कारखानादेखि कृषि औजार कारखाना र यस्तै छरिएका कैयौं उदाहरण हामी आफ्नै छेउछाउ देख्न सक्छौं । दिन प्रतिदिन खिया लागेर नष्ट भइरहेका यन्त्रहरू, काम नपाएर अकर्मण्य भइरहेका युवा पाखुरादेखि स्वदेशमा काम नपाएर विदेश रल्लिन बाध्य युवा जमात राष्ट्रिय सम्पत्ति नै हुन्, जसको व्यापक दुरुपयोग भइरहेको छ । यसरी नाशिंदै गइरहेका राष्ट्रिय सम्पत्ति सरकारी अराजकताका उदाहरण हुन् । सरकार नै अराजक शैलीबाट निर्माण हुन्छ, अराजक ढङ्गले सरकारको रचना गरिन्छ भने उसबाट र उसका कर्मचारीबाट स्वेच्छाचारिताबाहेक के आश गर्न सकिन्छ ?     यो देश अति गरीब छ, यस देशलाई धनी बनाउन यहाँ प्

नगर क्षेत्र डुबानमा: वीउमनपाको ध्यानाकर्षण

Image
प्रस, वीरगंज, १३ भदौ/     वीरगंज नगर क्षेत्रको आधा दर्जनभन्दा बढी वडाका टोलहरू अहिले पनि डुबानमा छन् ।     सामान्य वर्षात्मा पानीको उचित निकास नभएर वडा नं. १० पानीटड्ढी एरिया, वडा नं. १८ लक्ष्मणवा, भेडिहारी, वडा नं. १५–१६ मुर्ली, वडा नं. १९ नगवालगायत स्थान डुबानमा परेको स्थानीयवासीले गुनासो गरेका छन् ।     एक साताअघि परेको पानीको कारण पानीटड्ढी एरियाका करिब डेढ सय घर अहिलेसम्म डुबानमा छ । त्यहाँको दैनिकी निकै कष्टकर भएको स्थानीय बासिन्दा बताउँछन् । त्यहाँ घरहरूमा दुई फिट पानी अहिले पनि रहेको भन्दै निकासका लागि स्थानीय प्रेमशड्ढर सिंहले वीउमनपामा उजुरी दिएका छन् । सिंहलगायतको लिखित तथा मौखिक उजुरीका कारण वीउमनपाका कार्यकारी अधिकृत दिनेश घिमिरेले आज त्यहाँको स्थलगत अवलोकन गरे । स्थानीय बासिन्दाले यसै वर्षको मसान्ततिर करिब ४३ लाख रुपियाँको खर्चमा सडक, ढल निकासको कार्य सम्पन्न गरेकोमा झन् उल्टो पानीको निकास हुनुको साटो गत वर्षभन्दा पनि बढी पानी जमेको र थप समस्या उत्पन्न भएको बताएका छन् । वीउमनपामा पानीटड्ढी अलावा, लक्ष्मणवा, नगवा, मुर्ली क्षेत्रका मानिसहरूले पनि वर्षाको पानीभन्दा नालाको

बारा कारागारको करोडौं मूल्य पर्ने जग्गा अतिक्रमणमा

Image
उपेन्द्र यादव, बारा, १३ भदौ/     कलैया–५ स्थित बारा कारागारको जग्गा अतिक्रमण भएको छ । कारागारका तत्कालीन प्रहरी हवल्दार फजिल मियाँका आफन्त र केही स्थानीय बासिन्दाले सो जग्गामा घर बनाएर अतिक्रमण गरेका छन् ।     २०४३ सालतिर कारागारको नाउँमा लालपुर्जा कायम गरिएको कित्ता नं. १०२ को १२ धुर र कित्ता नं. १०३ को ११ कठ्ठा ९ धुर गरी लगभग १२ कठ्ठा क्षेत्रफल रहेको जग्गामा केही वर्ष पहिलेदेखि पक्की र फुसको घर बनाएर अतिक्रमण गरिएको छ ।     अतिक्रमणमा परेको जग्गा अहिलेको बजार मूल्य अनुसार रु. ३ करोडसम्म पर्ने जग्गा कारोबारीहरू बताउँछन् । कारागारको नाउँमा रहेको उक्त जग्गा बारा जिल्ला अदालत, जिल्ला विकास समिति, मालपोत कार्यलय र जिल्ला सरकारी वकील कार्यालयसँग टाँसिएर रहेको भएपनि अतिक्रमण भइरहँदा सरकारी निकायले  चासो नदेखाइएकोमा स्थानीय बासिनदाले गुनासो गरेका छन् ।         प्रमुख जिल्ला अधिकारी वीरेन्द्र यादवले अतिक्रमण गीिएको कारागारको जग्गा सम्बन्धमा बुझ्ने कार्य भइरहेको बताएका छन् ।     अतिक्रमण गरिएको जग्गा खाली गराउन कलैयावासीले प्रहरी प्रशासनमा गुहारे पनि कुने प्रतिक्रिया आएका छैन ।

सार्वजनिक अतिक्रमणविरुद्ध वीउमनपा उदासीन

प्रस, वीरगंज, १३ भदौ/     वीरगंज उपमहानगरपालिका कार्यालयले जिल्ला प्रहरी कार्यालय, ट्राफिक प्रहरी र सामुदायिक सेवा केन्द्रहरूको सहयोग–सहकार्यमा गत पुस १ गतेदेखि सञ्चालनमा ल्याएको सार्वजनिक अतिक्रमणविरुद्ध अभियान अहिले स्थगितप्राय: बनाएपछि विभिन्न शड्ढा–उपशड्ढा गरिंदैछ ।     पछिल्लोपटक होटल क्राउन प्लाजा  रहेको स्थानसम्म सार्वजनिक अतिक्रमणविरुद्ध अभियान सञ्चालन गरेको वीउमनपाले त्यसपछिका दिनमा सार्वजनिक अतिक्रमणबारे कुनै पाइला चालेको छैन ।     वीउमनपाले अदालतमा मुद्दा चलेको भन्दै पछिल्लोपटक चर्चित सार्वजनिक माईराम पोखरी, इनरबाइपासलगायत सार्वजनिक अतिक्रमण हटाउने कार्य रोक्नुपरेको बताएको थियो । तर पर्सा जिल्ला अदालतले गत असार १७ र २४ गरी दुईपटकमा सार्वजनिक माईराम पोखरी अतिक्रमण गर्ने १५ जनाको हकमा अन्तरिम आदेश जारी नगर्ने निर्णय गरेको थियो भने इनरबाइपासको हकमा पुनरावेदन अदालत हेटौंडाले पनि जेठ २३ गते नै अन्तरिम आदेश जारी गर्न नपर्नेगरी निर्णय गरेको थियो । माईराम पोखरी र इनरबाइपासको हकमा वीउमनपाले इन्जिनियर, ओभरसियर, अमिनसमेतको प्राविधिक टोली बनाएर नापजाँच गरी अदालतमा प्रतिउत्तर दिएपछि अ

विश्व सन्दर्भ: दक्षिण एसियामा शरणार्थी समस्या

Image
- सञ्जय साह ‘मित्र’   विश्वको एउटा कुनोको रूपमा रहेको दक्षिण एसियाको आफ्नै विशेषता र विशिष्टता छन् । जनसङ्ख्याको क्षेत्रमा यो भूभागले विश्वमा निकै ठूलो योगदान दिएको देखिन्छ । यो क्षेत्र भाषिक, सांस्कृतिक, जातीय, धार्मिकजस्ता मानवीय सम्पत्तिको सन्दर्भमा सम्भवत: सबैभन्दा ठूलो सङ्ग्रहालयको रूपमा रहेको छ । यस क्षेत्रमा अनेक विद्वान् र विदुषीहरूले जन्म लिएर विश्वलाई नयाँ उज्यालोको बाटो देखाएका छन् । सबैभन्दा पुरानो सभ्यता र संस्कृति पनि यसै क्षेत्रमा रहेको देखिन्छ । पूर्वीय दर्शन भनी विश्वमा परिचित यो भूभाग दर्शनको क्षेत्रमा पनि पवित्र मानिन्छ । यो क्षेत्र भौगोलिक विविधताको क्षेत्र पनि हो । संसारमा पाइने सबै किसिमका भौगोलिक अवस्था यहाँ पाइन्छ । आधुनिक विज्ञानको उपजलाई केही ढिलो स्वीकार गरेको क्षेत्रमा केही स्थान यस्ता पनि छन् जहाँ अझै अठारौं शताब्दीको जनजीवन रहेको छ । यसरी अनेकौं विविधताको जीवित सङ्ग्रहालयको रूपमा रहेको यो क्षेत्रका लागि यही विविधता कतिपय अवस्थामा अभिशापसमेत बन्ने गरेको छ । जातीय कट्टरता र अहम्ले गाँजेको यो क्षेत्रमा यसले अनेक विकृतिहरू जन्माएको छ । संस्कृतिमा मानवतालाई अह

प्रधानमन्त्रीले गुड्डी हाँके

    देशमा अहिले अर्को अन्योल व्याप्त छ । हिजोको अन्योल संविधान बन्ने कि नबन्ने भन्ने थियो, त्यस अन्योलको पटाक्षेप भएको छ । पटाक्षेप संविधान बनिसकेर भएको होइन, अन्योलको थुप्रोमा एउटा विषय अरु थपिएर भएको हो । अहिले सरकारबारे अन्योल बढेको छ । हुन पनि संविधानभन्दा सरकार जरुरी भएको छ । संविधानसभा छँदा पनि देखिएको त्यही थियो । सरकार बनाउनैका लागि, सरकारमा पुग्नैका लागि पार्टीहरु फुट्ने, नयाँ पार्टी जन्मने खेलले निरन्तरता पाइरहेको थियो । आज झन् त्यो अन्योल बढेर गएको छ । अन्योल बढेको छ भन्दा पनि अन्योललाई बढाउने, गहिर्‍याउने काम भएको छ र भइरहेको पनि छ । सरकार बनाउनका लागि संविधानसभा–व्यवस्थापिका छैन । अब राष्ट्र प्रमुख अग्रसर भएर सरकार बनाइदिनुपर्ने हो कि ? भएको सरकारप्रति सरकारबाहिर रहेकाहरुको आपत्ति छ । सरकार कसले बनाउने भन्ने पनि दर्‍हो आधार कसैसँग छैन । संविधानसभा विघटन भइसक्दा पनि जारी रहेजस्तै सबै राजनीतिक दलहरुको सोच छ । सबै आफूलाई सभासद् ठानेर विभिन्न खेल गरिरहेका छन् । त्यसमाथि विडम्बना के छ भने सरकार बनाउने दावेदार प्रत्येक राजनीतिक दलमा विग्रह छ । प्रत्येक राजनीतिक दल समूहमा, गुटमा

भोलि निर्वाचन कि संविधानसभा विषयमा मात्र छलफल हुन्छ– प्रचण्ड

Image
प्रस, वीरगंज, १२ भदौ/     एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख दलहरूबीच पुन: संवाद शुरु भएको बताएका छन् ।     क्रान्तिकारी पत्रकार सङ्घ, पर्साद्वारा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले असहमतिको कारण बन्द संवाद शुरु भएको बताए । उनले भोलि भदौ १३ गते बुधवार प्रमुख दलबीच दुई बुँदामा छलफल हुने जानकारी गराए । निर्वाचनमा जाने अथवा संविधानसभा पुनस्र्थापना गर्ने भन्ने विषयमा मात्र छलफल हुने बताए । अध्यक्ष दाहालले सोही सन्दर्भमा सङ्घीय गणतान्त्रिक, लोकतान्त्रिक मोर्चाको आज साँझ बैठक बोलाइएको पनि जानकारी गराएका थिए । उनले सहमतिका लागि आफूहरू बहुतै गम्भीर भएको दाबी गरे ।     “हामी सहमतिका लागि गम्भीर छौं”– भन्दै अध्यक्ष दाहालले आफ्नो पहलमा भएको छलफल वार्ताहरू अबका दिनमा सफल हुने आशा व्यक्त गरे । उनले वीरगंज आउनुपूर्व बिहान राष्ट्रपतिसँग भेट गरेको र राष्ट्रपति राष्ट्रिय सहमतिको लागि चिन्तित रहेको बताए ।     पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले  आजसम्मका प्रयासहरू तीता मात्र रहेको भन्दै आगामी दिनमा तीता अनुभव बोक्नु नपर्ने र मीठा अनुभव प्राप्त हुने बताए । पत्रकार सम

कामरोक धर्नामा बसेका पिसिएफ शिक्षक र सुरक्षाकर्मीबीच झडप, सयौं घाइते

प्रस, कलैया, १२ भदौ/     खाइपाई आएको तलब कट्टा गरेको विरोधमा आन्दोलनमा उत्रेका पिसिएफ शिक्षकहरूले म·लवार केशरमहलस्थित शिक्षा मन्त्रालयमा कामरोक धर्ना दिने क्रममा पिसिएफ शिक्षक र सुरक्षाकर्मीबीच झडप हुँदा करिब एक सय पिसिएफ शिक्षक घाइते भएका छन् ।     तीमध्ये नेपाल पिसिएफ शिक्षक सङ्घर्ष समितिका वरिष्ठ उपाध्यक्ष हृदयनारायण यादव, पिसिएफ शिक्षक बनारसी साह, ओमप्रकाश यादव, चन्द्रिकाप्रसाद यादव, पञ्चदेव यादव गम्भीर घाइते भएका छन् । घाइतेमध्ये चन्द्रिकाको हात भाँचिएको र पञ्चदेवको खुट्टा भाँचिएको सङ्घर्ष समितिका केन्द्रीय सचिव सुनील यादवले जनाएका छन् । उनीहरूको उपचार वीर अस्पतालमा भइरहेको यादवले बताएका छन् ।     नेपाल पिसिएफ शिक्षक सङ्घर्ष समितिको अह्वानमा अधिराज्यभरिका करिब तीन हजार शिक्षक बिहान कामरोक धर्ना दिन शिक्षा मन्त्रालय पुगेका थिए । आफ्नो शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गरेको पिसिएफ शिक्षकहरूले आरोप लगाएका छन् । नेपाल पिसिएफ शिक्षक सङ्घर्ष समिति केन्द्रीय समितिको आह्वानमा अधिराज्यभरिका पिसिएफ शिक्षकहरू हिजोदेखि चरणबद्ध आन्दोलमा उत्रेका छन् । यस अघि हिजो उनीहरू शिक्षा मन्त्रालय अग

कुट फ्याक्ट्रीका कारण नगवावासी पीडित

प्रस, वीरगंज, १२ भदौ/     वीरगंज–१९ नगवा गाउँबीच कुट बनाउने फ्याक्ट्री स्थापना भएपछि स्थानीय बासिन्दाहरू विरोधमा उत्रेका छन् । सोही स्थान निवासी प्रभुप्रसाद चौरसियाले वातावरणीय परीक्षण नगराई र छरछिमेक, साँध–सँधियारसँग राय परामर्शसमेत नगरी फ्याक्ट्री स्थापना गरेको आरोप लगाएका छन् ।     सेलर मिल स्थापना गर्ने भन्दै साँध सँधियारलाई झुक्याएर कुट फ्याक्ट्री स्थापना गरेको स्थानीय सन्तोष चौरसियाले बताए ।     कुट बनाउन प्रयोग गरिने कच्चा पदार्थको दुर्गन्धले पाँच सय मिटर आसपासका व्यक्तिलाई साँस लिन समस्या भएको र उद्योगको मेसिन चलेको बेला थर्किएर आसपासका घरहरू भत्कने अवस्थामा पुगेको भन्दै नगवावासीले नगरपालिका, जिल्ला प्रशासन र घरेलुलगायत निकायमा जाहेरी दिएका छन् ।     उद्योग सञ्चालकले आफ्नो जग्गामा निर्माण गरेको फ्याक्ट्री जसरी पनि चलाउँछौ भनेर अड्डी कसेकोले  प्रदूषण फैलाउने फ्याक्ट्री जसरी पनि बन्द गर्नुपर्छ भनेर प्रभावितहरूले अडान लिइरहेका कारण उक्त क्षेत्रमा कुनै पनि बेला मुठभेड निम्तिन सक्ने नगवा प्रहरी चौकीका सुरक्षाकर्मी बताउँछन् । गएराति १२ बजे फ्याक्ट्री र स्थानीयबीच सम्भावित झडपलाई

बाढी पीडितलले वास पाए पनि गाँसको अभाव

रमेश पाण्डे, चितवन, १२ भदौ/     चितवनको माडीका बाढी पीडितहरू पाँच वर्षसम्म अस्थायी शिविरमा बस्न बाध्य भएका छन् । उनीहरू लामो समयदेखि पुनस्र्थापनाको माग गरिरहेका छन् । अस्थायी शिविरमा बस्दा खानलाई धौधौ परेको उनीहरू बताउँछन् ।     अस्थायी शिविरमा बस्दा दैनिक गुजारा गर्न समस्या परेको भन्दै उनीहरूले स्थायी वासस्थान उपलब्ध गराइदिन बारम्बार माग गरिरहेका छन् । अहिले उनीहरू कमाउने वैकल्पिक उपाय नभएपछि ज्याला गरी दैनिकी चलाउँदै आएका छन् ।     गत २०६४ सालमा आएको बाढीका कारण माडीको पौबारीबाट विस्थापित भएका ४० घरधुरी माडी माविको अस्थायी शिविरमा बस्दै आएका छन् ।     यस्तै २०६४ र २०६७ सालमा गर्दी गाविस–१ इमिलियाबाट विस्थापित भएका ७२ घरधुरी बाढी पीडित गाविस कार्यालय परिसरमा कष्टकर जीवन बिताइरहेका छन् ।     पौबारीका बाढी पीडित राजकुमार नेपाली आफूहरूलाई अन्यत्रै व्यवस्थापन गर्न भनेपनि कतैबाट सुनुवाइ नभएको र अहिलेसम्म शुरुमा सामान्य सहयोग उपलब्ध भएपनि अन्य सहयोग नपाएको गुनासो पोखे ।     पटक–पटक अस्थायी शिविरबाट हट्न दबाब आइरहेको बताउँदै उनले अन्यत्रै व्यवस्थापन गरिदिन माग गरेका छन् । सोही बस्तीकी

लायन्स र लियोको संयुक्त कार्यक्रम, २ सय २१ जनाद्वारा रक्तदान

Image
प्रस, वीरगंज, १२ भदौ/     वीरगंजस्थित लायन्स क्लब र लियो क्लबको संयुक्त आयोजनामा आज सम्पन्न रक्तदान कार्यक्रममा २२ महिलासहित २ सय २१ जनाले रक्तदान गरेका छन् ।     वीरगंजका २६ लायन्स र लियो क्लबको आयोजनामा टिवडेवाल धर्मशालामा आयोजित रक्तदान कार्यक्रममा १९५ जनाले रक्तदान गरे भने भगवती राइस मिलस्थित लायन्स भवनमा २६ जनाले रक्तदान गरेका रक्त सञ्चार केन्द्र वीरगंजका प्रवीण मानन्धरले बताए ।     रक्तदान गर्ने महिलाहरूमा पूजा जयसवाल, अनिता रौनियार, मुन्नी श्रीवास्तव, अमृता सुन्दास, राधाकुमारी, साधना चौधरी, सुजाता केसी, सुमन धामी, इन्दु चौधरी, उरौती सिंह, स·ीता जयसवाल, नमिता सर्राफ, रेशमा सुनुवार, बिनु तुलस्यान, रिड्ढु चौधरी, सुन्दरी अमात्य, रश्मी अग्रवाल, अञ्जु सिंह, लक्ष्मीदेवी शर्मा, अनिता क्षत्री, ज्योति गुप्ता, सम्झना थापालगायतले रक्तदान गरेको रक्तसञ्चार केन्द्रका धीरेन्द्र झाले बताए ।     रक्तदान कार्यक्रममा लायन्सका कार्यक्रम संयोजक मनोहर टिवडेवाल, जिल्ला सल्लाहकार भवरलाल पारिख, लायन्स नोर्थका अनुज रुँगटा, पत्रकार महासङ्घका केन्द्रीय सदस्य महेश दास, ब्लड डोनर्स एसोसिएसनका अध्यक्ष शत्र

राष्ट्रिय प्रतियोगिताका लागि जुडो खेलाडी चयन

प्रस, वीरगंज, १२ भदौ/     दोस्रो राष्ट्रयव्यापी अन्तर्विद्यालय तथा क्लबस्तरीय प्रतियोगिताका लागि पर्सा जिल्लाबाट खेलाडी चयन भएका छन् ।     भदौ १४ गतेदेखि १६ गतेसम्म काठमाडौंको खुसीबुमा आयोजना गरिने प्रतियोगिताका लागि पर्साबाट छनोट भएका खेलाडीहरूमा स्कूलका लागि माउन्ट एडमन्ड सेकेन्ड्री स्कूलका आर्थिक थापा–३० केजी समूहमा, ३५ केजी समूहमा गौतम सेकेन्ड्री स्कूलका आयुष कपारी, मुनलाइटका अड्ढित श्रीवास्तव र आदर्श सेकेन्ड्रीका शनि गिरी रहेका छन् ।     त्यसैगरी २५ केजी तौल समूहमा पर्सा जुडो डोजोका पुष्कर शाही, ३० केजीमा शहीद शेख, ४५ केजीमा रूपेश कुमार एवं खुलातर्फ पर्सा जुडो डोजोकै अलानुर अन्सारी र मुके ठाकुर चयन भएका पर्सा जुडो सङ्घका अध्यक्ष दीपक शाक्यले जानकारी गराएका छन् ।     प्रतियोगितामा सहभागी टिमको खेल प्रशिक्षणमा पृथ्वी आलोकको सहभागिता रहने छ ।

किन बनेन संविधान

Image
- विनोद गुप्ता    २१ र २२ अगस्तको रिपब्लिकामा बेलायतको डिपार्टमेन्ट फर इन्टरनेशनल डेभलपमेन्टद्वारा तयार पारिएको ‘ायचनष्लन भ्त्रगब िऋष्तष्शभलकजष्उ :गतिष्अगतिगचब िच्भउयचत’ को अप्रकाशित विवरण उल्लेख गर्दै संविधान निर्माणमा राज्यको पुनर्संरचना कसरी बाधक बन्न पुग्यो भन्नेबारे विवाद विश्लेषण गरिएको छ । यो सन्दर्भ नेपालको वर्तमान राजनैतिक परिवेशलाई बुझ्न अत्यन्त राम्रो हुने भएकोले त्यसलाई पढेर मैले बुझेका अंशहरूलाई यहाँ प्रस्तुत गरेको छु । यो रिपोर्टले नेपालमा बाहुन र क्षत्रीहरूले राज्यको नीति निर्माणमा कसरी आफ्नो वर्चस्व कायम गरेका छन् र नेपालमा महिला, दलित, जनजाति, मधेसी र मुस्लिमहरूको अवस्था के छ भन्नेबारे विस्तृत विवरण रहेको छ । रिपोर्टले आजको अवस्था किन उत्पन्न भयो भन्नेबारे ई.सं. १९९० को संविधानमा परिकल्पना गरिएको विकेन्द्रीकरण कहिले लागू भएन तर यसबाट उत्पन्न चेतनाले आम नेपालीमा काठमाडौंको शक्ति कम गर्नुपर्छ भन्ने धारणा बलियो हुन थाल्यो भन्छ । ई.सं. २००६ मा भएको दोस्रो जनान्दोलनमा शान्ति स्थापनाका साथै १९९० देखिको काठमाडौंको शक्ति कम गर्ने आकाङ्क्षाले बलियो स्वरूप ग्रहण गरिसकेको थियो त

त्वरित कारबाई

    समाजमा व्याप्त विकृति, विस·ति रोक्न र पीडितलाई सहयोग गर्न स्थापित संस्था नै जब पीडा पुर्‍याउने माध्यम बन्न जान्छ अनि मानवताले आँसु मात्र चुहाउन सक्छ । रक्सौलमा स्थापित एउटा संस्थाका अध्यक्षले त्यस्तै गर्ने गरेका छन् । दलित महिला जनकल्याण संस्थाका सञ्चालकले महिलाको कल्याण गर्नुको साटो महिलालाई उत्पीडित गर्ने कार्य गरेको रहस्योद्घाटन भएपछि साधुको वेशमा शैतानहरू यस समाजमा निर्भय विचरण गरिरहेका छन् भन्ने पुष्टि भएको छ । निश्चय नै यो दु:खको कुरा हो । तर समाजमा सबै खालका मानिस हुन्छन् । कोही आडम्बररहित कार्य गरिरहेका हुन्छन् भने कोही भेंडाको छाला ओढेर ब्वाँसोको चरित्र निर्वाह गरिरहेका हुन्छन् । तर काम गर्ने व्यक्तिको नियत थाहा पाएपछि कानुन र समाजले तत्काल यस्ता व्यक्तिहरूको गतिविधिमाथि रोक लगाउन पाइला चाल्नुपर्छ । अन्यथा एउटाको देखासिकी अरूले पनि सेवा कार्यलाई स्वार्थसिद्धिको माध्यम बनाउन सक्छन् । किनकि मानव प्रवृत्ति असलको अनुकरण ढिलो र नचाहिंदो कार्य सिक्न शीघ्रता गर्दछ । रक्सौलस्थित जनकल्याण संस्थाका सञ्चालकको कुकृति थाहा पाइसकेपछि गर्नुपर्ने पहिलो काम उनलाई समाज र सरकार दुवैले यथाशीघ

बर्दिवास–सिमरा–वीरगंज रेल्वे लाइन डिजाइन काम शुरू

Image
गम्भीरा सहनी, जीतपुर, ११ भदौ/     नेपाल र भारत सरकारको सहमति बमोजिम नेपाल–भारतबीच ५ वटा सीमा नाकाहरूमा रेल्वे लाइन निर्माण गरी प्रस्तावित मेची–महाकाली रेल्वे लाइनको बर्दिवास–सिमरा–वीरगंज रेल्वे लाइन निर्माणको विस्तृत डिजाइन कार्य पहिलो चरणमा भइरहेको छ । डिजाइन कार्य सम्पन्न गर्ने लक्ष्य २०६९ साल पौष मसान्त भएको रेल्वे तथा मेट्रो विकास आयोजना काठमाडौंले जनाएको छ ।     बर्दिवास–सिमरा–वीरगंज रेल्वे लाइन निर्माणले पर्न सक्ने सामाजिक तथा वातावरणीय प्रभावको विस्तृत अध्ययन गरी वातावरणीय प्रभाव मूल्याड्ढन प्रतिवेदन ३ महिनाभित्र पेश गर्नुपर्छ र त्यसपछि ३ महिनाभित्र  रेल्वे लाइनमा पर्ने जग्गाको मूल्याड्ढन, मुआब्जा वितरण, जग्गा अधिग्रहणको व्यवस्थापन आगामी ६ महिनाभित्र गरेर वर्ष २०७०–०७१ मा निर्माण काम शुरू गर्ने लक्ष्य रहेको सामाजिक तथा वातावरणीय अध्ययन टोलीका समाजशास्त्री मनोज लालले एक भेटमा प्रतीकलाई बताए ।     नेपाल–भारत सीमामा निर्धारित ५ वटा रेल्वे लाइनहरू जयनगर–वर्दिवास ६८ कि.मि, जोगबनी– विराटनगर १८ कि.मि, नौतनवा–भैरहवा १५ कि.मि, रुपैडिया–नेपालगंज १२ कि.मि र न्यू जलपाईगुडी–काकडभिटा ४० कि

सामुदायिक वन क्षेत्रमा निर्वाध गाईवस्तु चर्दै

Image
प्रस, निजगढ, ११ भदौ/     सामुदायिक वन क्षेत्रको बोट बिरुवालाई संरक्षण गर्न काँडे तारले घेराबार गरेपनि वन क्षेत्र चरिचरन बनेको छ । वन समूहबाट रेखदेखसँगै तारबार मरम्मत गर्न सामुदायिक वन उपभोक्ता समूहले चासो नदेखाएपछि दर्जनौं गाईवस्तु निषेधित वन क्षेत्रभित्र चर्ने गरेका छन् । यसरी गाईवस्तु चर्ने गरेपछि हुर्कंदो बोटबिरुवाको पात खाई दिने र साना बिरुवा कुल्चेर नष्ट हुने गरेका छन् ।     केही महिनाअघि बाराका अधिकांश सामुदायिक वन समूहले वन क्षेत्रका बोट बिरुवा संरक्षण गरी हरियाली बनाउन काँडेतार लगाई घेराबार गरेका छन् । तर मरम्मत सम्भारमा भने चासो दिएका छैनन् । बदलिंदो राजनीतिक तरल अवस्था, चोर तस्करहरूको उच्च मनोबलका कारण वन कर्मचारीबाट मात्रै राष्ट्रिय वन क्षेत्र सुरक्षित राख्न नसक्ने भएपछि राज्यले स्थानीय समुदायलाई वन क्षेत्र सुरक्षित गर्न–गराउन सामुदायिक, साझेदारी वन समूह, समिति गठन गरी हस्तान्तरण गरिदिएको हो ।     तर तराईका केही वन कर्मचारी, सामुदायिक वन समूह, साझेदारी वन समितिकै पदाधिकारीहरूको मिलेमतोमा ठूलो परिमाणमा काठ, गोलाइ तस्करी हुने गरेपछि डेढ/दुई वर्षदेखि राज्यले कडाइ गरिरहेको छ

रूख मास्ने र वन क्षेत्र अतिक्रमण गर्नेहरूविरुद्ध कारबाई, ११७ जना नियन्त्रणमा, ५७ जनामाथि मुद्दा दायर

जीतलाल श्रेष्ठ, निजगढ, ११ भदौ/     ऐन कानुनविपरीत रूख काट्ने, मास्ने र वन क्षेत्र अतिक्रमण गर्नेहरूविरुद्ध जिल्ला वन कार्यालय बाराले केही महिनायताबाट कारबाई तीव्र पारेको छ । वन क्षेत्रको रूख काट्ने, मास्ने र वन क्षेत्र अतिक्रमण गरेको अभियोगमा ११७ जनालाई नियन्त्रणमा लिइएको जिल्ला वन कार्यालय बाराले जनाएको छ ।     सो अभियोगमा नियन्त्रणमा परेकाहरूमध्ये ५७ जना अभियुक्तहरूमाथि जिल्ला वन कार्यालय बाराले अदालतमा मुद्दा दायर गरेको छ । आर्थिक वर्ष ०६८/०६९ मा भदौको पहिलो सातासम्ममा अभियुक्त सङ्ख्या ११७ जना रहे पनि क्षतिको प्रकृतिअनुसार ५७ जनामाथि मात्र मुद्दा दायर गरिएको जिल्ला वन कार्यालय बाराका प्रमुख रामानन्दन साहले बताएका छन् ।     त्यसैक्रममा स्थानीय सुराकीको आधारमा, सशस्त्र वन गस्ती टोली तथा कर्मचारीहरूको सक्रियतामा ०६८/०६९ मा ४२१.६८ क्युफिट काठसमेत बरामद गरिएको जनाइएको छ । काठ लोड गर्न प्रयोग गरिएका ६ वटा ट्रयाक्टर, ८ वटा मोटरसाइकल, १ वटा टायरगाडा र ४२ वटा साइकलसमेत नियन्त्रणमा लिइएको जिल्ला वन कार्यालय बाराले जनाएको छ । विगतमा १३५ वटा मुद्दा दायर गरिएकामध्ये हालसम्म ५९ वटा मुद्दामा फै
    म एउटा विद्यार्थी भएको कारण आफ्नो दु:खेसो पोख्दैछु । भदौ ११ गते सोमवारको दिन नाउक्षे अस्पतालमा आफ्नो दाइको दाँतको समस्या लिएर पुगेको थिएँ । त्यहाँ म र मेरा दाइ ठीक ८:५० बजे पुग्यौं । मैले पुर्जी लिएर जाँदा न कुनै कर्मचारी थियो न  डाक्टर नै । त्यतिबेला ९:४७ बजेको थियो । त्यहाँ बस्दाबस्दै १० बज्यो तर न कर्मचारीहरू नै आए, न डाक्टरको अत्तोपत्तो थियो ।     केही समयपछि डाक्टरसाहेबहरू आफ्नो कक्षमा एक–एक गर्दै आउनुभयो, त्यसपछि म र मेरा दाइ चेकजाँच गर्ने कक्षमा पुग्यौं । जाँचपछि एक्सरे कोठातिर लाग्यौं, एक्सरे भयो । एक्सरे लिएर डाक्टरको कक्षमा जाँदा कुर्सी खाली थियो ।     डाक्टरसाहेबलाई खोज्दै गेटपाले दाइ नजिक पुगें । गेटपाले दाइसँग सोध्दा उनले भने– डाक्टर त घर गइसके । त्यो बेला ठीक ११:३९ बजेको थियो । डाक्टरको प्रतीक्षा गर्दागर्दै हामी दाजुभाइले निर्णय गर्‍यौं अब घर जाऊँ भोलि आएर रिपोर्ट देखाउने ।     विद्यार्थीहरुको समयको महत्त्व कति हुन्छ यो त भन्नु नै पर्दैन । यो हामी दाजुभाइको समस्या नभएर ग्रामीण क्षेत्र र शहरी क्षेत्रबाट आएका बिरामीहरूको समस्या हो । डाक्टर साहेब तपाईंहरू यो समस्यालाई

असंवैधानिक र अतिवादी व्यवहार नै निकासको बाधक

Image
- अधिवक्ता वीरेन्द्र प्रसाद यादव    राष्ट्रपतिले सरकारले प्रस्तावित गरेको निर्वाचन सम्बन्धी अध्यादेश पारित नगरीे फिर्ता गरेका छन् । जसले गर्दा निर्वाचन टाढा धकेलिएको त छ नै, सरकार नैतिक सड्ढटमा फसेको छ । राष्ट्रपति आलड्ढारिक हुन् कि कार्यकारी बुझ्न कठिन भएको छ । यद्यपि संविधानले राष्ट्रपतिको स्वतन्त्र अधिकार कतै दिएको पाइन्न । सरकारलाई अंकुश लगाउने संसद्समेत नरहेको अवस्थामा सरकार नै सर्वेसर्वा हो भन्ने संवैधानिक प्रावधानको पनि अभाव छ । यस अवस्थामा सरकार र राष्ट्रपतिबीच समन्वय र सहकार्यको अपरिहार्यता भएपनि अध्यादेश विवादले समस्या झन् बल्झिएको छ । जुन नितान्त दुर्भाग्यपुर्ण हो । यस्तो अन्योलले शान्ति संविधानको सम्भावना समाप्त भएको छ भने राजनीतिक स्थिरता पनि टाढा धकेलिंदै छ ।     संविधानसभाको अवसानपछि चुलिएको गतिरोधको निकासका लागि विभिन्न किसिमका विकल्प प्रस्तावित हुँदैछन् । सरकारले संविधानसभाको निर्वाचन तय गरेको थियो भने विपक्षी दलका नेतालगायतले संसद्को निर्वाचनको अडान राखेका छन् । छिमेकी राष्ट्रका नेताहरूले पनि संसद्कै चुनावको लागि सुझाव दिइरहेको बताइन्छ । केही बुद्धिजीवीले  विशेषज्ञ

पासवानलाई कारबाई खै

    अति नै लाजलाग्दो, निन्दनीय र घृणित कार्य सामाजिक संस्थाको खोल ओडेर असामाजिक धन्दा चलाइरहेका सीमावर्ती क्षेत्र रक्सौलस्थित एक संस्था र तिनका प्रमुखको असली रूप पर्दाफास भएको छ । विपतमा परेकी चेलीहरूलाई उद्धारको बहानामा नियन्त्रणमा लिने र उनीहरूलाई विभिन्न प्रलोभन एवं धाकधम्कीमा पारी अनैतिक कार्य, गलत धन्दा गर्न बाध्य पार्ने । यसो गर्दा कुनै समस्या देखिएमा विवाहको नाटक रचेर आफ्नै सञ्जालभित्रका या त कुनै सीधासादा पुरुषसँग विवाह गराइदिने । रक्सौलस्थित महिला दलित जनकल्याण संस्थाका प्रमुख सुमन पासवानको आफू जोगिने यो गजबको चाल छ । महिला बेचबिखन गर्ने दलालले झुक्याएर रक्सौल पुर्‍याएकी एक नेपाली चेलीलाई उद्धारको नाममा तीन महिनासम्म आफ्नो कब्जामा राखेर अनैतिक कार्य गर्न दबाब दिएपछि कथित सामाजिक संस्था र त्यसका प्रमुख पासवानको राज बाहिर आएको हो । मुक्त भएकी नेपाली चेली सरिताले पासवानको धन्दालाई रक्सौलस्थित स्थानीय प्रहरी अधिकारीहरूले समेत सघाइरहेको आरोप लगाएकी छिन् ।     सामाजिक संस्था भन्ने बित्तिकै आपत्–विपत्, अप्ठ्यारा एवं विभिन्न प्रकोपमा परेकाहरूले सम्झने गर्छन् । सरकारप्रति भन्दा पनि सा

सामाजिक संस्थाको नाममा असामाजिक धन्दा चङ्गुलबाट उम्किएकी चेलीद्वारा रहस्य खुलासा

Image
राजेश केशरीवाल, रक्सौल, १० भदौ/     सामाजिक संस्थाको नाममा सञ्चालित रक्सौलस्थित महिला दलित जनकल्याण संस्थाका प्रमुख सुमन पासवान आफैं असामाजिक धन्दामा लागेको रहस्योद्घाटन भएको छ ।     पासवानको चङ्गुलबाट हालै उम्किन सफल नेपाल दाङ घर भएकी सरिता शाहले पासवानको रहस्य पर्दाफास गर्दै पासवानविरुद्ध कारबाईको माग गरेकी छन् ।     भारतको दिल्ली हुँदै विदेश पठाइदिने भनेर दुईजना नेपाली दलालले रक्सौल ल्याइपुर्‍याएकी शाहलाई गत वैशाख १४ गते रक्सौलबाट पासवानले कब्जामा लिएका थिए । दलालहरूले सरितालाई बेच्न लगिरहेको कुरा बयानकै क्रममा खुलेपछि नेपाली दलाल दुईजना भारतीय जेलमा छन् । सरितालाई भने उद्धार गरेर नेपाल पठाउने भन्दै महिला दलित जनकल्याण संस्थाका अध्यक्ष पासवानले संस्थाको जिम्मा लिएका थिए ।     जिम्मा लिएपछि घर फिर्ता गर्नुको साटो विभिन्न धाकधम्की, डर–त्रास र प्रलोभन देखाउँदै पासवानले तीन महिनासम्म सरितालाई कब्जामा राखे । सरिताको घरबाट आएका आफन्त जनलाई विभिन्न कानुनी अडचन देखाउँदै पासवानले आज–आज, भोलि–भोलि भन्दै फिर्ता पठाएका थिए ।

पोखरिया–गर्दोल सडक कालोपत्रे गर्ने ठेकेदारमाथि कारबाई प्रक्रिया जारी

प्रस, वीरगंज, १० भदौ/     जिल्ला विकास समिति पर्साले पोखरिया–गर्दौल सडकखण्ड कालोपत्र गर्न दिएको ठेकेदारले समयमा काम नगरेको भन्दै कारबाई प्रक्रिया अगाडि बढाउन जिल्ला प्रशासन कार्यालय, पर्सामा पत्राचार गरे पनि अहिले बयान लिनेसम्म काम भएको छ ।     जिविस पर्साले समयमा निर्माण कार्य नगरेको भन्दै सो सडक कालोपत्र गर्न लाग्ने खर्च नेपाल सरकारलाई थप भार भएको भन्दै ठेकेदारबाट रु. २ करोड  ८९ लाख ८८ हजार ४५३ असुल गर्न सम्बन्धित निकायलाई पत्रचार गरेको थियो । जिविसको पत्रपछि जिल्ला प्रशासनले जिया कन्स्ट्रक्सनका सञ्चालक साबिर अंसारीसँग आजसमेत दोस्रोपटक बयान लिएको छ । आजको बयानपछि अन्य ठेकेदारहरूलाई झिकाउने काम भएको पर्साका प्रजिअ शम्भु कोइरालाले बताए । उनले कारबाईको लागि पत्र आए पनि सोबारे ठेकेदारसँग बुझ्ने काम भइरहेको भन्दै बयान सकिनासाथ कारबाई प्रक्रिया अघि बढ्ने बताए ।     जिल्ला विकास समिति पर्साले आव २०६२–०६३ मा सडक कालोपत्र गर्न बिटी, श्रेष्ठ, सिभिल, युएस, शमा, जिया कन्स्ट्रक्सन जेभीका सञ्चालक साबिर मियाँलाई रु. १ करोड ४५ लाख १९ हजार ४६३ मा ठेका दिएको थियो ।     ६ वर्ष बितिसक्दा पनि सडक काल