Posts

Showing posts from January, 2012

वीरगंजको सुरक्षा व्यवस्थाबारे चासो र अन्तक्र्रिया सम्पन्न इबी साधेको होइन गुड पुलिसिङ गर्न खोजिएको हो– एसपी

Image
प्रस, वीरगंज, १५ माघ/     रेस नेपालले आयोजना गरेको ‘वीरगंजको बदलिंदो सुरक्षा अवस्था, सम्भावना र चुनौती’ विषयक गोष्ठीका सहभागीहरूले पर्सा जिल्लाको सन्दर्भमा सुरक्षा व्यवस्था चुस्त–दुरुस्त देखिएपनि यसले दीर्घकालीन प्रभाव पार्नेबारे शड्ढा व्यक्त गरेका छन् ।      स्थानीय होटल मकालुमा आयोजित अन्तक्र्रियामा प्रेस काउन्सिल नेपालका सदस्य चन्द्रकिशोर झाले प्रहरी प्रशासनबीच तालमेल गडबड भएर विगतका दिनमा सुरक्षा व्यवस्था फितलो रहेपनि हालका दिनमा त्यस्तो नदेखिएको बताए । उनले प्रहरीले सस्तो लोकप्रियता भन्दा सक्रियता बढाएकोमा खुशी व्यक्त गर्दै केही कुराले पुलिसको अनावश्यक दबदबा बढ्ने सम्भावनाप्रति चिन्ता व्यक्त गरेका थिए । उनले हालका दिनमा वीरगंजको सुरक्षा व्यवस्थाबारे विभिन्न टीकाटिप्पणी भइरहेको बताउँदै सुरक्षा खोज्नेले सुरक्षाचक्रमा आउनुपर्ने बताए । उनले प्रहरीले गरेको प्रयासबाट तत्काल आत्तिनु नपर्ने बताएका थिए । उनले प्रहरीको वर्तमान कार्यशैली तारिफ गर्ने लायकको भएपनि प्रहरीलाई देवता बनाउन नहुने बताए । सद्भावना पार्टीका केन्द्रीय सदस्य निजामुद्दिन समानीले पर्सामा प्रहरी प्रशासनले आफ्नो काम कर्तव

बार एसोसिएसन नेपालका केन्द्रीय अध्यक्षको टोली बारामा

उपेन्द्र यादव, बारा, १५ माघ/     बाराका कानुन व्यवसायी तथा बार एसोसिएसन बाराका पूर्व अध्यक्ष वीरेन्द्र चौधरीमाथि निजको घरमा ज्यान लिने गरी अपराधी समूहले चलाएको गोलीबारे छानबिन गर्न बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रेमबहादुर खड्काले नेतृत्व गरेको टोली आइतवार बारा आइपुगेको छ । टोलीले चौधरीको जिल्ला अदालतभन्दा उत्तर १०० मिटर रहेको घर पुगी चौधरीमाथि  चलाइएको गोलीले बनेको दाग हेरेका थिए ।     चौधरीमाथि यही माघ ५ गते बिहीवार बेलुका ६:३० बजे घरमा बसिरहेको बेला बोलाएर मूल गेटमा गोली प्रहार गरी अपराधी समूह भागेको थियो । बाराका कानुन व्यवसायीमाथि योभन्दा पहिले पनि आक्रमण हुने, घरमा बम पड्काउनेजस्ता क्रियाकलाप भइरहेपनि कोही पक्राउ पर्न नसकेको अवस्थामा बार एसोसिएसन बाराले सुरक्षाको प्रत्याभूति दिलाई सुरक्षाका लागि सम्बद्ध निकायलाई जनकारी गराइदिन बार एसोसिएसन केन्द्रीय कायार्लयसँग सहयोग मागेको थियो ।     आज आएको छानबिन टोलीले बाराका माननीय न्यायाधीश नीलकण्ठ प्रसाद उपाध्याय, प्रमुख जिल्ला अधिकारी वसन्तकुमार उपाध्याय, प्रहरी प्रमुख दान सिंह बोहरा तथा कानुन व्यवसायीहरूसँग छलफल गरेका थिए । छलफलमा

चार लाख भारतीय नोटसहित पाण्डे पक्राउ

प्रस, वीरगंज, १५ माघ/     वडा प्रहरी कार्यालय बिर्ताले ४ लाख भारतीय रुपियासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले हिजो दिउँसो छपकैयाबाट भारत पूर्वी चम्पारण रतनपुर गाउँ निवासी अभयकुमार पाण्डेलाई नेपालमा प्रतिबन्धित भारतीय ५०० को नोट  रहेको ४ लाख रकमसहित पक्राउ  गरेको प्रहरी निरीक्षक सुजन जोशीले बताए ।     नेपालमा प्रतिबन्धित ठूलो मूल्यको रकम बोक्ने उद्देश्य पनि प्रमाणित गर्न नसकेको कारण पाण्डेलाई पक्राउ गरी आवश्यक कारबाईको लागि राजस्व विभागमा पठाइएको बताए । विशेष सूचनाको आधारमा पाण्डेलाई निजकै कोठाबाट पक्राउ गरिएको थियो । प्रहरीले पक्राउ परेका पाण्डे नेपाली महिलासँग बिहे गरेर छपकैयामा बस्दै आएको बताएको छ ।

बारा जिविसका इन्जिनियर अख्तियारको कब्जामा

उपेन्द्र यादव, बारा, १५ माघ/     जिल्ला विकास समिति बाराका इन्जिनियर मेघु जयसवाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दामा नियन्त्रणमा लिएको छ ।     अख्तियारका प्रवक्ता ईश्वरीप्रसाद पौडेलले जयसवाललाई भ्रष्टाचार गरेको अभियोगमा नियन्त्रणमा लिएको पुष्टि गरेका छन् । इन्जिनियर जयसवालमाथि २०६३ सालमा आयभन्दा बढि हैसियतको धन आर्जन गरेको अभियोगमा मुद्दा चलेको थियो भने आव ०६६/०६७ मा जिविस बाराबाट आफ्नो नाउँमा ३ करोड रकम निकासा गरी अनियमितता गरेको आरोप छ । ३ करोड रुपियाँ अनियमितता गरेको आरोपमा जिविस बाराले इन्जिनियर जयसवाललाई पुस १३ गते निलम्बन गरी अख्तियारलाई कारबाई गर्न सिफारिस गरेको थियो ।         जिविस बाराको सिफारिस र स्थानीय राजनीतिक दलहरूको विरोधका कारण अख्तियारले इन्जिनीयर जयसवाललाई आज नियन्त्रणमा लिएर कारबाई अगाडि बढाएको हो ।

पैसा लिएर भारतीय जीप छोडियो

प्रस, कलैया, १५ माघ/     तेलकुवाँ प्रहरीले मोटो रकम असुल गरी एक भारतीय जीप छाडेको रहस्य खुलेको छ । तेलकुवाँ प्रहरी चौकीका इन्चार्ज रामचन्द्र यादवले मोटो रकम लिई कागजपत्र नभएको र नम्बर प्लेट समेत नभएको भारतीय नम्बरको गाडी शुक्रवार राति छाडेको एक स्रोतले जनाएको छ ।     स्रोतका अनुसार साँझ समातेको गाडी मोलतोल गरी राति १२ बजेतिर छाडिएको थियो । गाडी भारत, छौडादानोतर्फ जाँदै गरेको अवस्थामा तेलकुवाँ प्रहरीले समातेको थियो ।  चौकीका इन्चार्ज यादवले भारतीय नम्बरको गाडीबाट पैसा असुल्ने गरेको स्रोतको दाबी छ । यस सम्बन्धमा सोधपुछ गर्दा इन्चार्ज चौधरीले कुनै भारतीय  नम्बरको जीपबाट पैसा नलिएको बताएका छन् ।

जनयुवा लिगद्वारा वीरगंजमा विरोध जुलुस

Image
प्रस, वीरगंज, १५ माघ/     शान्ति र संविधान राष्ट्रिय स्वतन्त्रता, जनजीविका सवालमा जनयुवा लिगले राष्ट्रको आवश्यकता जनताको माग रहेको भन्दै आज वीरगंजमा विरोध प्रदर्शन गरेको छ । घण्टाघरबाट निस्केको विरोध र्‍याली नगरपरिक्रमापछि घण्टाघरमा पुगी सभामा परिणत भएको थियो ।     ‘परिवर्तन विरोधी षड्यन्त्र बन्द गर’, ‘शान्ति र जनसंविधान सुनिश्चित गर’, ‘बढ्दो महँगी नियन्त्रण गर’, ‘युवा श्रम शक्ति पलायन बन्द गर’, ‘श्रमजीवीहरूका लागि श्रम सुरक्षा बैंक गठन गर’ जस्ता प्लेकार्ड बोकी विरोध र्‍याली निकालेका थिए । जिल्ला सभापति फैजुल रहमानको सभापतित्वमा सुरु भएको विरोधसभामा अञ्चल प्रतिनिधि रामप्रसाद सहनी, केन्द्रीय अध्यक्ष नजारुल होदा अन्सारीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

डाँकाजनीमा दुई घाइते

प्रस, वीरगंज, १५ माघ/     बारा जिल्लाको दहियार गाविस–८ बगडमपुर निवासी सोनालाल जयसवालको घरमा गएराति डाँकाहरूले आक्रमण गर्दा परिवारका दुई सदस्य गम्भीर घाइते भएका छन् ।     चारजनाको सङ्ख्यामा रहेको हतियारधारी डाका समूहले सोनालाल जयसवालकी ३५ वर्षीय पत्नी बिना देवी र १२ वर्षीय छोरा विकास जयसवाललाई घाइते पारेको पर्सा प्रहरीले बताएको छ ।     उपचारको लागि नारायणी उपक्षेत्रीय अस्पतालमा भर्ना गरिएका दुवैको अवस्था गम्भीर देखिएपछि त्यहाँबाट रेफर गरिएको र हाल नेशनल मेडिकल कलेजमा उपचार भइरहेको बताइएको छ । प्रहरीका अनुसार नेशनलले पनि उपचार हुन नसक्ने रेफर गरेपनि रकम अभावको कारण अन्यत्र लग्न नसकी बिना देवी र विकासको सोही ठाउँमा उपचार भइरहेको छ । घाइते दुवै अचेत अवस्थामा छन् ।

पर्साका ४२ गाउँमा कुष्टरोगी

Image
प्रस, वीरगंज, १५ माघ/     ५९औं विश्व कुष्ट रोग दिवसको अवसरमा आज जिल्ला जनस्वाथ्य कार्यालय, पर्साले पत्रकार सम्मेलनको आयोजना  गरी कुष्ट रोगीको सङ्ख्यामा सामान्य वृद्धि भएको बताएको छ । नाउक्षे अस्पताल वीरगंजमा आयोजित पत्रकार सम्मेलनमा जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका प्रमुख इनरदेवप्रसाद यादवले पर्साको ८२ गाविस मध्ये ४३ गाविसमा कुष्ट रोगी भेटिएका बताएका छन् । उनले कुल ८८ जनामा कुष्ट रोग देखा परेको बताउँदै भेटिएकामध्ये ५९ जनामा सर्ने जीवाणु र २९ जनामा नसर्ने जीवाणु रहेको जानकारी गराएका थिए ।     क्षेत्रीय स्वास्थ्य निर्देशनालय मध्यमाञ्चलका निर्देशक महम्मद दाउदको प्रमुख आतिथ्यमा सम्पन्न पत्रकार सम्मेलनमा क्षयरोग अधिकृत सहाबुद्दिन मिकरानी लगायतले कुष्ट रोगबारे जानकारी गराएका थिए ।

नेत्री सुकीलाई हजारौंद्वारा स्वागत

दावेइ, म्यान्मा, १५ माघ ।             म्यान्मा संसद्को रिक्त ४८ सिटका लागि हुन लागेको निर्वाचनका उम्मेदवार आङ साङ सुकीको हजारौंको भीडले स्वागत गरेको छ ।     नोबेल पुरस्कार विजयिता सुकी आफूले उम्मेदवारी दिएको क्षेत्र दावेइमा आइतवार पहिलोपटक चुनाव प्रचारका क्रममा गएकी थिइन् ।     चुनाव प्रचारको क्रममा हजारौंको  जनसमूहलाई सम्बोधन गर्दै नेत्री सुकीले “हामी सही दिशातर्फ लागेको खण्डमा हामीसँग थुप्रै मौका छन्”– बताएकी थिइन् ।     दुई दशकभन्दा बढी समय सैनिक शासनले व्याप्त यस मुलुकमा हाल आएर सुकीले स्वतन्त्ररूपमा संसद्को सिटमा चुनाव लड्न पाएकी हुन् ।     सन् २०१० मा सैनिक सरकारले आमनिर्वाचन गराएको र त्यसमा पनि सैनिक सहयोग प्राप्त दलले नै विजय हासिल गरेको थियो ।     तर व्यापक जनविरोध र निष्पक्षतालाई लिएर पश्चिमा राष्ट्रले उठाएको प्रश्नलाई थेग्न नसक्दा म्यान्मामा सुकीको पार्टी नेशनल लिग फर डेमोक्रयासी पनि चुनावमा उठ्न पाउने मौका पाएको समाचारमा उल्लेख छ ।     म्यान्मा नेशनल लिग फर डेमोक्रयासीलाई राजनीतिमा फर्काउनुका साथै सरकारले राजनीतिक सुधारका कार्यक्रमहरू– राजीतिक बन्दीलाई रिहा गर्नु, अस्

अन्तर्राष्ट्रिय मुद्राकोषको सुझाव

दाभोस, १५ माघ/एएफपी     विश्वका देशहरूमा भइरहेको खर्चको अनुचित कटौतीबाट विकासमा अवरोध उत्पन्न हुन सक्ने भन्दै त्यसो नगर्न अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रमुख क्रिस्टिन लागार्दले सुझाव दिएका छन् ।     अन्तर्राष्ट्रिय मुद्राकोषका प्रमुख क्रिस्टिन लागार्दका अनुसार यस प्रकारको कडा नियम प्रत्येक मुलुकको अर्थतन्त्र र उनका आवश्यकताहरूलाई ध्यानमा राखेर बनाउनुपर्ने भन्दै एकै प्रकारको नियम सबैमाथि समानरूपमा लागू गर्न नहुने बताए ।     विश्वका कतिपय राष्ट्रहरूले आर्थिक मन्दीको डरले हालका केही दिनमा खर्च कटौतीका आयोजनाहरू अघि सारेका छन् । यो प्रस्तावपछि प्रमुख लागार्दको यो प्रतिक्रिया आएको हो ।     उनका अनुसार केही मुलुकले राजस्व एकीकरण गर्न सक्थे तर केही यस्तो गर्न सक्ने स्थितिमा छैनन्, यसैले राजस्व एकीकरण गर्न नसक्ने मुलुकहरूले अर्को बाटो खोज्नुपर्न उनले बताए ।      अमेरिकाली वित्तमन्त्री टिमोथी गेइटनरले पनि यस्तै प्रकारको चिन्ता व्यक्त गर्दै यी खर्च कटौतीहरूको कारण मन्दीको एक अर्कै सिलसिला सुरु हुन सक्ने बताए ।     मन्दीसँग गुज्रिरहेको ग्रीस र स्पेनजस्ता मुलुक एकातिर सरकारी खर्चहरूमा कटौती

शहीद दिवस

    देश र समाजका लागि, मानवमात्रको अधिकारका लागि जसले अहर्निश सेवा गर्‍यो, जसले आत्म बलिदान गर्‍यो, तिनलाई शहीद भन्ने चलन छ । जसले देशका लागि आत्मोत्सर्ग गर्‍यो ऊ शहीद हो । त्यसैले कुनै पनि समाजमा शहीदहरूका लागि अपरिमेय श्रद्धा देखाइन्छ । शहीदले जुन कामका लागि आत्मोत्सर्ग गरेका थिए, त्यसको पूर्तिका लागि वर्तमान पीढीले हातको नङ्ग्रा ख्याउँछ । कुनै कुराको सम्झना वा स्मृति गर्नु, उसका उद्देश्यको प्रचार गर्नुको सार्थकता उसका सपना पूर्तिको मार्गलाई स्थायी र विस्तार गर्नु हो । शहीद दिवस मनाउनुको अर्थ– सदा स्वतन्त्रचेत्ता बन्नु हो । किनकि शहीदको उद्देश्य कुनै पनि प्रकारको बन्धन छिनालेर, पूर्ण स्वतन्त्र बन्नु हो । पूर्ण स्वतन्त्र बन्नका लागि राजनीतिक मात्र होइनस आर्थिक, सामाजिक सबै किसिमको स्वतन्त्रता प्राप्त गर्नु, कुनै पनि विभेदबाट मुक्त हुनु हो । यस उद्देश्यका लागि मर्नेहरू त मरेर गए, तिनको सम्झनाले यी उद्देश्य प्राप्तिलाई सहज बनाएर राजनीतिकरूपले उदार, आर्थिकरूपले सम्पन्न, सामाजिकरूपले भेदभावरहित, धार्मिक रूपले समदर्शी, सांस्कृतिकरूपले सहिष्णु र भौगोलिकरूपले ऐक्यबद्ध हुनु नै शहीद मनाउनु हो
अधिवक्ता वीरेन्द्रप्रसाद यादव प्रश्न: आमा–बुवा र चार दाजुभाइ गरी ६ जना सगोलका अंशियार छौं । केही महिना पहिले मात्र सबैको अंश लाग्ने सगोलको केही अचल सम्पत्ति एकजना दाजुको नाममा राखियो । उक्त जग्गामा सबैको अंश कायम हुने पनि लेखिएको छ । दाजुको नाममा जग्गा दर्ता भएको एक महिनापछि अन्य अंशियारलाई जानकारी नदिई अरुसाग बिक्री गरेका छन् । उक्त बिक्रीबारे भरखरेै अन्य अंशियारलाई थाहा भएको छ । सो जग्गा खरिदकर्ताबाट फिर्ता हुन्छ कि हुदैन ? फिर्ता हुन्छ भने कति फिर्ता हुन्छ । कुन निकायमा के मुद्दा कहिलेसम्म दिनुपर्छ ? –एकजना शिक्षक उत्तर: सगोलको पैतृक सम्पत्ति कुनै एक अंशियारको नाममा दर्ता भएपनि त्यसमा सबै अंशियारको अंश लाग्ने कानुनी प्रावधान छ । त्यस्तो सगोलको सम्पत्ति बिक्री गर्नुपर्‍यो भने सबैको सहमति लिएर मात्र बिक्री गर्न पाइन्छ । दर्तावालाले अन्यलाई जानकारी नदिई गुपचुप बिक्री गर्‍यो भने अन्य अंशियारले आफ्नो हक जति बदर गराई लिन पाउँछन् । तपार्इंको जिज्ञासा अनुसारको सबै जग्गाको लेखत बदर हुन सक्दैन तर जति अंशियारको लेखतमा सहमति मंजुरी छैन त्यतिजना अंशियारले आफ्नो अंश जति बदर गराउन पाउँछन् । जिज

इमानदारिता नै शैक्षिक स्तर उकास्ने आधार

    निजी क्षेत्रमा बढ्दै गएको शैक्षिक व्यापारीकरण र सरकारी विद्यालयहरूमा खस्कँदै गएको शैक्षिक गुणस्तरले नेपालको शिक्षा क्षेत्र उपचार नपाएको बिरामीजस्तै बनेको छ । एकातिर सर्वसाधारण, मध्यमस्तरका जनता आधुनिक शिक्षाको नारामा रुमलिएर महँगो शुल्कको मारमा परेको छ भने अर्कोतिर निम्न स्तरको जनता आफ्नो छोराछोरी पढाउन नसकेर नारकीय र शोषणयुक्त जीवन व्यतीत गरिरहेको छ । जेनतेन कुटो, कोदालो चलाएर, ज्याला मजदुरी गरेर बालबच्चा पढाइरहेका अभिभावकहरू गुणस्तरीय शिक्षा नपाएर ठगिइरहेका छन् । लौरो जताबाट घुमाएपनि सोझै खप्परमा भनेझैं शैक्षिक व्यवस्थापनको कमीको मारमा गरीबीको रेखामुनिको जनता नै परिरहेछ ।     एक्काइसौं शताब्दीको विकसित युगमा हामीकहाँ दिइने सरकारी शिक्षा पुरानै शैलीको छ । यसले शैक्षिक बेरोजगारी बढाउनेबाहेक कुनै गतिशील उपलब्धि हासिल गर्न सकेको छैन । देश विकासमा उद्योग धन्धाको स्थापना एवं सञ्चालनबाट रोजगारी सिर्जना गरेर अत्यधिक शिक्षित बेरोजगारीहरूलाई रोजगार दिलाई देश विकासमा टेवा पुर्‍याउन, अर्थतन्त्र सुदृढ पार्न र बढ्दै गइरहेको सामाजिक, आर्थिक, राजनीतिक विकृति कम गरेर शान्त र समृद्ध नेपाल निर्माण

लोडसेडिङ र ग्यास अभावले सरस्वती पूजा पनि प्रभावित

Image
सरस्वती माताको मूर्तिमा श्रीपञ्चमीको अवसरमा पूजाअर्चना गर्दै निजगढका विद्यार्थीहरू । फोटो: जीतलाल श्रेष्ठ प्रस, वीरगंज, १४ माघ/     लोडसेडिङका साथै पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको अभावका कारण पर्सा जिल्लामा धूमधामका साथ मनाइँदै आएको सरस्वती पूजा यसपालि प्रभावित भएको छ ।     विद्यालय र क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूले श्रद्धा र आस्थाका साथ मनाउने यो पर्व पर्सा जिल्लामा देशका अन्य ठाउँभन्दा भिन्न किसिमले मनाइने गरिन्छ । सरस्वती भएको मठमन्दिरमा गएर पूजाअर्चना गर्नुका साथै विद्यालय र क्याम्पसका अलावा शहर र गाउँको टोल–टोलमा माटोबाट बनाइएका सरस्वती माताको कलात्मक मूर्ति स्थापना गरी भव्य सजावटका साथ पूजाअर्चना गर्ने गरिन्छ । सरस्वती पूजाको नाउँमा शहरदेखि गाउँसम्म सयौं ठाउँमा चन्दा माग्ने कार्य यसपालि पनि यथावत् रह्यो । त्यस्तै मूर्तिहरू पनि विगतभन्दा थोरै बिक्री भएको छ । सरस्वती पूजाको शहर र गाउँमा विगतको जस्तै रौनक भने यसपटक देख्न पाइएन ।     गतवर्ष शहर र गाउँमा गरिने सरस्वती पूजास्थलमा हिन्दी चलचित्रका चल्तीको गीत खुबै गुञ्जायमान भएपनि यसपटक गुञ्जन पाएन । १४ घण्टे लोडसेडिङ

कामिक्षा गुप्ता तेस्रो मिस स्नो ह्वाइट

Image
मिस स्नो ह्वाइट कामिक्षा गुप्ता (बीचमा) । फोटो: आरके पटेल प्रस, वीरगंज, १४ माघ/     तेस्रो मिस स्नो ह्वाइटको ताज कामिक्षा गुप्ताले पहिरिएकी छिन् ।     वीरगंजको नगरसभागृहमा आयोजित प्रतियोगितामा जीवनज्योति माविमा कक्षा ३ मा अध्ययनरत गुप्ताले आफ्ना प्रतिस्पर्धीहरूलाई पछाडि पार्दै यसवर्षको तेस्रो मिस स्नो ह्वाइटको ताज प्राप्त गर्न सफल भएकी हुन् । उनलाई सन् २००६ की दोस्रो मिस स्नो ह्वाइट अनमोल अग्रवालले ताज पहिर्‍याएकी थिइन् ।     आज भएको प्रतियोगितामा प्रथम उपविजेता मिनी श्रेष्ठ र दोस्रो उपविजेता जानकी चौधरी भएकी थिइन् । यसैगरी मिलिना पटेलले मिस ब्यूटी र सिद्धु मानन्धरले मिस क्याटवाकको उपाधि  पाएकी थिइन् । श्वेता गुप्ता मिस ट्यालेन्ट र मिस फोटोजेनिक स्मृति राय घोषित भएकी थिइन् । त्यस्तै मिस डिसिप्लिन श्रुति वासिनी, मिस हेयरस्टाइल सुरमय गुप्ता र बेस्ट ड्रेस मिस्टी चौधरी घोषित भएका आयोजक कमिटीका मार्टिन मोक्तानले जानकारी गराएका छन् । कार्यक्रम लायन्स क्लबका कन्ट्री गभर्नर राजन श्रेष्ठको प्रमुख आतिथ्य र अञ्जु खरेलको विशिष्ठ आतिथ्यमा सम्पन्न भएको थियो । निर्णायकमण्डलमा मिस तराई प्रसुन

लायन्सको आयोजनामा निश्शुल्क शिविर

प्रस, वीरगंज, १४ माघ/     लायन्स क्लब अफ वीरगंज प्रोफेशनलको आयोजनामा आज पर्सा जिल्लाको बिरुवागुठी गाविसमा निश्शुल्क आँखा शिविर सम्पन्न भएको छ ।     बिरुवागुठीस्थित उच्च माविमा सम्पन्न आँखा शिविरमा २२५ जनाले आँखा परीक्षण गराएका थिए । जसमा ६५ जनामा मोतियाबिन्द फेला परेको क्लबका सचिव बसन्तकुमार गुप्ताले बताए । मोतियाबिन्द भएका ६५ जनाको केडिया आँखा अस्पतालमा निश्शुल्क शल्यक्रिया गरिने आयोजकले बताएको छ । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य अच्छेलाल यादव, उपेन्द्र सिंह, क्लबका पन्नालाल गुप्ता, मुन्ना सर्राफ, प्रदीप कुशवाहा तथा नेत्र विशेषज्ञ शिवशड्ढर गुप्ताको उपस्थिति रहेको थियो ।

सरस्वती मन्दिरको निर्माण

प्रस, वीरगंज, १४ माघ/     पर्सा जिल्लाको अलौं गाविसस्थित द्वारदेवी माविमा डेढ लाखको लागतमा सरस्वती माताको मन्दिर निर्माण गरिएको छ । श्रीपञ्चमीको अवसर पारेर आज मन्दिरमा तीस हजार मूल्यको मूर्ति स्थापना गरिएको छ ।     विद्यालय व्यवस्थापन समितिको पहलमा मन्दिरको निर्माण भएको समितिका अध्यक्ष शिवनारायण साहले बताए ।     यसैगरी ल·डीस्थित मोर्डन एसियन बोर्डिङ स्कूलमा स्थानीय समाजसेवी वशिष्ठनारायण कुर्मीले विद्यालयका जेहेनदार विद्यार्थीहरूलाई शैक्षिक सामग्रीहरू वितरण गरेका छन् । स्कूलका सञ्चालक आरके पटेलको सभापतित्वमा १०१ जना जेहेनदार विद्यार्थीहरूलाई शैक्षिक सामग्रीहरू वितरण गरिएको थियो ।

सूर्य नेपालका मजदुरहरूद्वारा सहकारी संस्था सञ्चालन

प्रस, कलैया, १४ माघ/     बाराको सिमरास्थित बहुराष्ट्रिय कम्पनी सूर्य नेपालका मजदुरहरूद्वारा स्थापित श्रमिक बचत तथा ऋण सहकारी संस्थाको शनिवार उद्घाटन भएको छ ।  बारा क्षेत्र नं. ६ का सभासद् जयराम दाहालले सो संस्थाको उद्घाटन गरेका थिए । उक्त अवसरमा सभासद् दाहालले  सहकारीले राज्यको अर्थतन्त्रको प्रवद्र्धनका लागि खेलेको भूमिकाको प्रशंसा गरेका थिए  ।     कार्यक्रममा बारा जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्ण पौडेलले सहकारीलाई नारा र सिद्धान्तमा मात्रै सीमित नराखी बजेट र कार्यक्रमका हिसाबले प्राथमिकतामा राख्न माग गरे ।     कार्यक्रममा जीतपुर सहकारी संस्थाका अध्यक्ष मुकुन्दबहादुर क्षेत्री, राष्ट्रिय सहकारी बैंक सिमराका प्रमुख युवराज त्रिपाठी, सप्तर·ी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राजु अधिकारी, सामाजिक कार्यकर्ता राजन  पौडेल, सञ्चारकर्मी सुनिल गाउँलेलगायतले संस्थाको प्रगतिको कामना गरेका थिए ।      संस्थाका अध्यक्ष बेनी तिमल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा   सञ्चालन प्रेम बस्नेतले गरेका थिए भने  स्वागत चिरञ्जीवी थापाले गरेका थिए ।

विद्युत् लाइन काटिएपछि बिरामीहरू मर्कामा

प्रस, वीरगंज, १४ माघ/     पर्सा जिल्लाको दोस्रो सदरमुकामको रूपमा परिचित पोखरिया गाविसमा रहेको एकमात्र अस्पतालको विद्युत् लाइन काटिएको ६ महिना बितिसक्दा पनि जडान हुन नसक्दा बिरामीहरू प्रभावित भएका छन् ।     रु. सात लाख विद्युत्को बक्यौता रहेको कारण ६ महिना पहिले पोखरिया अस्पतालको विद्युत् लाइन काटिएको थियो ।     विद्युत् लाइन काटिएको र जेनेरेटर बिग्रिएको कारण बालबालिकाहरूलाई दिइने खोप र रेबिज भ्याक्सिनलगायतको अभाव खड्किएको छ । असपतालमा भर्ना हुने बिरामीहरू टुकी बालेर बस्न बाध्य छन् । विद्युत् नहुँदा अस्पतालमा भर्ना हुने रोगीको सङख्यामा पनि कमी आएको छ । शहर आउन नसक्ने बिरामीहरूका लागि उपचार गराउने एकमात्र ग्रामीण भेगको यस अस्पतालमा यस्तो बिजोग भएपनि सम्बन्धित निकाय मौन छ ।

गुठीको जग्गा फिर्ता

प्रस, रौतहट, १४ माघ/     गुठी संस्थानका केन्द्रीय प्रशासक बलिराम साहले आज पोखरीको शिलान्यास गरेका छन् । शिलान्यास कार्यक्रममा प्रशासक साहले गुठीको जग्गा समुदायको भएकोले संरक्षण गर्ने जिम्मेवारी पनि समुदायमा नै रहेको बताए । गुठीको जग्गा अतिक्रमणबाट मुक्त भएको रौतहट जिल्लामा पहिलो कदम हो ।     गाविस झुन्खुन्वास्थित गुठीको जग्गा शान्तिदेवी गिरीले आफ्नो कब्जामा लिई जोतभोग गर्दै आएको अवस्थामा गाउँलेबीच विवाद हुँदा सम्बन्धित निकायले पहल गरी फिर्ता गराएको रामप्रताप यादवले बताए ।

४८ घन क्यूफिट काठ बरामद

प्रस, वीरगंज, १४ माघ/     जिल्ला वन कार्यालय पर्सा, र·पुर रेन्ज पोस्ट, इप्रका पटेर्वासुगौली पर्सा, प्रहरी चौकी र·पुरटाँडी, प्रहरी चौकी मिलनचोक र अस्थाइ प्रहरी.पोस्ट मनवाको संयुक्त टोलीले पर्सा गादी गाविसको ७ वटा घरमा आज बिहान छापामारी गरेको छ ।     प्रहरीले छापामारी गरी ४८ घन क्यूफिट सालको काठ फेला पारेको छ । प्रहरीले बरामद गरेको सो काठलाई आवश्यक कारबाईका लागि जिल्ला वन कार्यालय पर्साको जिम्मा लगाएको प्रहरी नायब उपरीक्षक रवीन्द्र केसीले बताए ।

नकआउट फूटबल प्रतियोगितामा न्यू स्टार विजयी

प्रस, कलैया, १४ माघ/     जनसहयोगी युवा क्लबको आयोजनामा बाराको इनर्वासिरा गाविसस्थित अटिअरियामा सञ्चालित नकआउट फूटबल प्रतियोगिता अन्तर्गत शनिवार भएको फाइनल खेलमा उपाधि न्यू स्टार युवा क्लब जैतापुरले हात पारेको छ ।     जैतापुरले आयोजकलाई एकका विरुद्ध दुई गोलले पराजित गरी उपाधि हासिल गरेको हो । प्रतियोगिताको विजेता तथा उपविजेतालाई कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष मुक्ति यादव, राजेश्वर गौतमलगायतले शिल्ड तथा प्रमाणपत्र वितरण गरेका थिए । भोला चौधरीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा रोगाही चौधरी, चन्द्रिका चौधरीलगायतको सहभागिता रहेको थियो ।

फाइनलमा भक्तपुर र सेमीफाइनलमा बारा विजयी

प्रस, रौतहट, १४ माघ/     मध्यमाञ्चलस्तरीय क्षेत्रीय कबड्डी प्रतियोगिताको महिलातर्फको फाइनल खेलमा भक्तपुरको टिम विजयी भएको छ भने पुरुषतर्फको कबड्डी प्रतियोगिताको सेमीफाइनलमा बाराको टिम विजयी भएको छ ।     महिलातर्फ आज भक्तपुर र बाराबीच भएको फाइनल प्रतियोगितामा भक्तपुर ३५ अड्ढ हासिल गरी विजयी भएको थियो भने बारा ३४ अड्ढ प्राप्त गरी दोस्रो भएको थियो । यसैगरी पुरुषतर्फ भक्तपुर र बाराबीच भएको सेमीफाइनलमा बारा ५४ अड्ढ प्राप्त गरी फाइनलमा पुगेको छ भने भक्तपुर १८ अड्ढ ल्याइ पराजित भएको थियो । महिलातर्फको विजेता टोलीलाई प्रमाणपत्र तथा मेडल प्रमुख अतिथि एकीकृत नेकपा माओवादीका जिल्ला सेक्रेटरी उपेन्द्र साहले वितरण गरेका थिए । सो अवसरमा साहले खेलकुद व्यक्तित्व विकास, शारीरिक विकास तथा ख्याति प्राप्त गर्ने माध्यम भएकोले अझ जागरुक हुन आग्रह गरेका थिए । मध्यमाञ्चल खेलकुद विकास समितिका उपाध्यक्ष राजिन्द्र मण्डलको संयोजकत्वमा समारोह सम्पन्न भएको थियो । सो अवसरमा अर्जुन बिडारी, रामनारायण मण्डल, क्यामुदीन मन्सुरी निर्णायकमण्डलमा रहेका थिए ।

हरपतगंजमा टी–२० क्रिकेट प्रोग्ेरसिभ क्लब विजयी

प्रस, वीरगंज, १४ माघ/     स्वास्थ्य तथा वातावरण संरक्षण केन्द्र नेपाल वीरगंज र हरपतगंज युवा स्पोट्र्स क्लबको आयोजनामा हरपतगंज गाविसको अपौनीस्थित गढीमाई क्रिकेट मैदानमा आजदेखि दोस्रो युवा सशक्तीकरण टी–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ ।     सभासद् अजयकुमार द्विवेदीले क्रिकेट प्रतियोगिताको उद्घाटन गरेका थिए । उद्घाटन खेलमा प्रोग्रेसिभ युवा क्लब, अठराहा विजयी भएको छ । आयोजक हरपतगंज युवा स्पोट्र्स क्लबलाई प्रोग्रेसिभ युवा क्लबले पराजित गरेको हो । हरपतगंजले पहिले ब्याटिङ गर्दै ७८ रन बनाएको थियो । ७९ रनको लक्ष्यलाई प्रोग्रेसिभले ९.१ ओभरमा पूरा गरेको थियो । आजको खेलको म्यान आफ द म्याच प्रोग्रेसिभका इन्ताज अन्सारी  भएका थिए । उनले २४ रन बनाउनुका साथै ५ विकेट लिएका थिए । भोलि प्रसौनी क्रिकेट क्लब, बारा र सुगौली क्रिकेट क्लब, पर्साबीच प्रतिस्पर्धा हुँदैछ ।

अफगान शान्तिवार्ताका लागि प्रगति देखियो

काबुल, १४ माघ/एएफपी     पछिल्लो चरणको कूटनीतिले अफगान शान्तिप्रक्रियाका लागि मार्ग खुला गरिदिएको तर युद्ध अन्त्यका लागि सही वार्ता आरम्भ हुन अन्तिम बाधा बाँकी रहेको अधिकारी तथा विश्लेषकहरूले बताएका छन् ।     यी बाधामा गुआन्टानामो खाडीमा रहेका तालिवानी बन्दी रिहा गर्ने काम र कट्टरपन्थीहरूले अफगान सरकार तथा वासिङ्टनसँग वार्ता गर्न तयार रहेको कुरा उल्लेख गरी विज्ञप्ति दिने कार्य रहेको बताइएको छ ।     यस महिनाको आरम्भमा तालिवानका मुल्लाह ओमारले वासिङ्टनसँग वार्ता गर्न कतारमा कार्यालय खोल्ने घोषणा गरेपछि शान्तिको यो अभियान आरम्भ भएको हो ।     अमेरिकाले यस प्रक्रियालाई अगाडि बढाउन प्रयास गरिरहेको थियो र राष्ट्रपति हमिद कारजाइले पनि यसलाई स्वीकार गरेका थिए ।     राष्ट्रपति कारजाइ भने यस वार्ताबाट आफू पछाडि पर्ने त्रासमा थिए भन्ने कुरा स्पष्ट भएपछि अमेरिकी विदेशमन्त्री हिलारी क्लीन्टनले विशेषदूत मार्क ग्रोसम्यानलाई काबुल पठाइ उनको आशड्ढा निवारण गर्ने प्रयास गरेका थिए ।     राष्ट्रपति कारजाइको उच्च शान्ति परिषद्का एक सदस्यले अफगान सरकार, तालिवान तथा अमेरिकी अधिकारीबीच दोहामा तालिवानको क

अमेरिकी ‘बड्ढर बस्टर’ इरानका लागि शक्तिशाली भएन

वासिङ्टन, १४ माघ/एएफपी     इरानको पारमाणविक हतियार निर्माण भइरहेको उच्चरूपमा सुरक्षा दिइएको भूमिगत संयन्त्रलाई नष्ट गर्न हाल अमेरिकी सेनासँग रहेको सबैभन्दा ठूलो परम्परागत बम पर्याप्त नभएको निष्कर्षमा अमेरिकी सेना पुगेको समाचार वाल स्ट्रिट जर्नलले दिएको छ ।     समाचारमा अमेरिकी अधिकारीहरूले सेनाले यसलाई अझै शक्तिशाली बनाउने प्रयास गरिरहेको जानकारी दिए भनी उल्लेख गरिएको छ ।     अमेरिकाले इरान तथा उत्तर कोरियाले तयार गरेको बलियो भूमिगत स्थलहरू नष्ट गर्न म्यासिभ ओर्डन्यान्स पेनेट्ेरटर नाम गरिएको १३.६ टनको ‘बड्ढर बस्टर’ बम तयार गरेको हो ।     समाचारमा यी बड्ढरहरू रहेको गहिराइ वा यसमा तेहरानले दिएको नयाँ सुरक्षाका कारण यी बड्ढरलाई नष्ट गर्न यो बम पर्याप्त नभएको प्रारम्भिक परीक्षणमा देखिएको बताइएको छ ।     अन्तर्राष्ट्रिय आणविक ऊर्जा संस्थाले नोभेम्बर महिनामा १० मुलुकका गुप्तचर स्रोत तथा आफ्नै स्रोतबाट प्राप्त सूचना अनुसार इरानले पारमाणविक संयन्त्र विकास गरिरहेको देखिएको बताएको थियो ।     प्रतिवेदनमा सैनिक केन्द्रमा फलामको भाँडोमा विस्फोटक पदार्थको परीक्षण तथा शहाब–३ निर्देशित क्षेप्यास

तीन आधार : एकता, समता र सुव्यवस्था

    मानिसले प्रगति त निकै गरेको छ तर पनि उसको सामुदायिक प्रवृत्तिमा अहिले दुई आवञ्छनीयताहरू नराम्ररी गाँजिएका छन् र मानिसलाई त्यस गरिमाबाट वञ्चित पारेका छन्, जुन नियतिले उसलाई उदारतापूर्वक प्रदान गरेको छ ।      यी दुई प्रवृत्तिहरूमा एउटा हो सड्ढीर्णता र दोस्रो विलासिता । दृष्टिकोणमा सड्ढीर्णता र व्यवहारमा विलासिता आएपछि ती दुवै क्षेत्र विकृत भएका छन् । फलत: ढुसीजन्य विषाक्तताले मानिसको स्तर र समाजगत वातावरण नराम्ररी अस्तव्यस्त पारिदिएको छ । फलत: समृद्धि र प्रगतिको, सुख र शान्तिको साटो विनाश र विग्रह उत्पन्न भई अनेकानेक सड्ढट उपस्थित गराइरहेको देखिन्छ ।     फलका कीरा र कुवाँका भ्यागुता आफ्नै परिधिमा सन्तुष्ट रहन्छन् । पिंजरामा बन्द पक्षी आश्रित पनि हुन्छ र सुरक्षा पनि महसुस गर्छ । यतिमैं पनि जसले विस्तृत क्षेत्रमा विचरण गरेर विशालताको आनन्द प्राप्त गरेको छ उसका लागि सड्ढीर्णताको त्यो दयनीय परिधि निकै लज्जाजनक र कष्टप्रद प्रतीत हुन्छ । निर्वाह नै त सबै कुरो होइन । जीवनमा यस अतिरिक्त पनि धेरै कुरो छ । त्यसको परित्याग गरेर उदरपूर्तिमा मात्र सीमाबद्ध हुने हो भने जड र चेतनमा के फरक रहयो ?

श्रीपञ्चमी

Image
उमाशड्ढर द्विवेदी माघ महिना शुक्लपक्ष पञ्चमीको दिनलाई श्रीपञ्चमी, बसन्त पञ्चमी तथा सरस्वती पूजा भनिन्छ । भीषण शीतलहरबाट मुक्ति पाएर दीनदुनियाँले यसै दिनदेखि बसन्त ऋतुको उष्णताको उपहार प्रकृतिबाट पाएर रमाउँदछन् । भीषण शीतलहरको कठोर प्रहारबाट ओइलाएका वनस्पति तथा प्राणीहरूमा यसै दिनदेखि नवप्राण सञ्चार भएर मुना तथा पालुवा पल्लवित हुन पुग्दछन् । नवसिर्जनाको क्रममा पुष्पित भई फल धारण गर्नलाई सम्पूर्ण प्रकृति आतुर रहेको अवस्था सुरु हुन्छ । मदनको पञ्चशरको आघातले प्राणीजगत् व्यथित हुन पुग्दछ । आँपको बगैंचामा नवप्रसवित मुजुराहरूबाट मधुरस प्रवाहित हुन थाल्दछ, जसमाथि भ्रमरहरू मडारिन थाल्दछन् । कोइली चरी कुनै अज्ञात वेदनाले व्यथित भई अचानक बेतोडले कराउन थाल्छे,‘कोहो..कोहो..’, मानौं भनिरहेकी होस् यस्तो मौसममा नवआगन्तुक को आयो.. को आयो...?  बसन्त ऋतुसित उसको पूर्वपरिचय छैन क्यार ? सम्पूर्ण प्रकृति मदनमय मस्त भएको महसुस हुन्छ । कोपिलाहरू बसन्तको आगमनको सुअवसरमा घुम्टोभित्रबाट मुसुक्क हाँस्दछन्– स्वागतम् बसन्त..स्वागतम् । फूलहरू कोमलतापूर्वक विस्तारै फक्रेर बसन्तको स्वागतमा उदारतापूर्वक उत्सर्गको नि

तत्काल राहत कार्य योजना अन्तर्गत एकीकृत घुम्ती शिविरद्वारा नागरिकता र अपा·ता प्रमाणपत्र वितरण

Image
तत्काल राहत कार्य योजना अन्तर्गत ल·डीमा सम्पन्न कार्यक्रम । फोटो: आरके पटेल प्रस, वीरगंज, १३ माघ/     जनतालाई तत्काल राहत कार्य योजना अन्तर्गत आज जिल्ला प्रशासन कार्यालय, पर्साको अगुवाइमा ल·डी गाविसमा एकीकृत घुम्ती शिविरद्वारा सरकारी सेवा प्रदान गरिएको छ । जिल्ला प्रशासन कार्यालय, पर्साको संयोजनमा ल·डी गाविसको कालीप्रसाद लाखे माध्यमिक विद्यालयको प्रा·णमा आयोजित घुम्ती शिविरबाट ७६ वटा वैवाहिक, ७३ वटा वंशजसमेत १५७ वटा नागरिकता प्रदान गरिएको थियो ।     शिविरमा बालबालिका तथा महिला विकास कार्यालय, पर्साले ७ जनालाई अपा·ताको प्रमाणपत्र वितरण गरेको थियो भने जिल्ला जनस्वास्थ्य कार्यालय, पर्साले १३४ जनाको स्वास्थ्य परीक्षण गरेको थियो । त्यस्तै जिल्ला पशु कार्यालयले ५७ वटा पशुको उपचार गरेको थियो भने आन्तरिक राजस्व कार्यालयले सो क्षेत्रमा रहेका पसलेहरूलाई करको दायरामा आउन लागि सचेत गराउँदै प्रचारप्रसार गरेको थियो । नागरिकता लिएकाहरूको नाम जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावलीमा दर्ता गरेको थियो । एकीकृत घुम्ती शिविरबाट ल·डीलगायत सो आसपासका भिस्वा, धोबिनी, हरिहरपुर गाविसका सेवाग्रही प्रत्य

विभिन्न मागसहित शिक्षकहरूले जिशिकाम धर्ना दिए

Image
प्रस, वीरगंज, १३ माघ/     शैक्षिक मागहरूसहित आन्दोलनरत नेपाल शिक्षक युनियन र नेपाल शैक्षिक गणतान्त्रिक मञ्चको संयुक्त अगुवाइमा आज शिक्षकहरूले जिल्ला शिक्षा कार्यालय, पर्सामा धर्ना दिए । मञ्च र युनियनले बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म शिक्षा कार्यालयमा धर्ना दिएको कारण कार्यालयको काम प्रभावित भएको थियो ।     सामुदायिक विद्यालयमा कार्यरत तहगत सम्पूर्ण विद्यालय कर्मचारीलाई स्थायी दरबन्दी कायम गरी सेवा अवधि गणना हुनेगरी शिक्षक सरह सेवा, सुविधा र दुर्गमभत्ता चालू आर्थिक वर्षबाट उपलब्ध हुनुपर्ने, अविच्छिन्न पाँच वर्ष सेवा अवधि पूरा गरेका अन्य अस्थायी शिक्षकहरूलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गरिनुपर्ने, परीक्षामा सामेल हुन नचाहने शिक्षकहरूलाई परीक्षापूर्व नै आकर्षक सुविधा, उपदान र औषधोपचार खर्चसहित बिदा गरिनुपर्ने, मुलुकभर कार्यरत शैक्षिक सत्र पूरा गरेका पिसीएफ, तथा राहत कोटामा नियुक्त शिक्षकहरूलाई स्थायी दरबन्दीमा रूपान्तर गरी दुर्गम भत्ताको व्यवस्था गर्नुपर्ने, अधिकारसम्पन्न उच्चस्तरीय शिक्षा आयोग गठन गरिनुपर्ने, राष्ट्रिय बजेटको न्यूनतम २५ प्रतिशत वा जीडिपी को ६ प्रतिशत नियमितरूपमा

संयुक्त विद्यार्थी सङ्घर्ष समितिको मागप्रति शिक्षा कार्यालय मौन

उपेन्द्र यादव, बारा, १३ माघ/     बारा शिक्षा कार्यालयमा विगत वर्षदेखि हुँदै आएको अनियमितता रोक्न तथा अनियमितता गर्ने व्यक्तिहरूलाई पत्ता लगाउन संयुक्त विद्यार्थी सङ्घर्ष समितिले शिक्षा कार्यालयमा सात दिने अल्टिमेटम सहित १२ वटा मागप्रति शिक्षा कार्यालयले बेवास्ता गरेको बताइएको छ ।     संयुक्त विद्यार्थी सङ्घर्ष समितिले माघ ४ गते बारा शिक्षा अधिकारी जयप्रसाद दासलाई शिक्षा कार्यालय व्यवस्थित सञ्चालन गर्नुपर्ने, कार्यालयले वितरण गरेको भौतिक पूर्वाधार कार्यक्रमको रकममा भएको चलखेल पत्ता लगाई दोषीलाई कारबाई गर्नुपर्ने, विद्यालयहरूले वास्तविक विद्यार्थीभन्दा बढी विद्यार्थी देखाएर दिवाखाना, पाठ्य पुस्तक तथा छात्रवृत्ति रकम लग्ने गरेकोमा त्यस्तालाई तत्काल कारबाई गर्नुपर्नेलगायत १२ वटा माग सात दिनभित्र पूरा गर्न ज्ञापनपत्र बुझाएको थियो ।     संयुक्त विद्यार्थी सङ्घर्ष समितिका सदस्य तथा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य मुकेश साहले शिक्षा अधिकारी जयप्रसाद दासले पनि विगतका जिशिअहरूजस्तै बारामा शिक्षा माफियाहरूको इशारामा काम गरिरहेकाले माग पूरा गर्न नसकेको बताएका छन् । साहले आफ्नो मागप्रति जिश

दुई भारतीय र दुई नेपाली गाडी पक्राउवप्रका बिर्ताले चोरीको गाडी भएको आशड्ढमा पक्राउ गरेको भारतीय नम्बरको टाटासुमो । फोटो: आरके पटेल

Image
वप्रका बिर्ताले चोरीको गाडी भएको आशड्ढमा पक्राउ गरेको भारतीय नम्बरको टाटासुमो । फोटो: आरके पटेल प्रस, वीरगंज, १३ माघ/     वडा प्रहरी कार्यालय, बिर्ताले चोरीको गाडी भएको आशड्ढामा आज दुई भारतीय र दुई नेपाली नम्बरको गाडी पक्राउ गरी अनुसन्धान सुरु गरेको  छ ।     वडा प्रहरी कार्यालय बिर्ताले गोप्य सूचनाको आधारमा बीआर ०१ बीसी ३३५० र बीआर १ पी ९६१६, तथा बा. ६ च  ८००९ र ना. २ च ४१५२, नम्बरको गाडी पक्राउ गरको बताएको छ ।     पक्राउ परेका गाडीहरूमध्ये भारतीय नम्बरको टाटा सुमोको इन्जिन र चेचिस नम्बर मेल नखाएको कारण अनुसन्धानको लागि राखिएको र अन्य गाडीको हकमा पनि कागजपत्र हेरेर ठीक देखिए छाडिने बताइएको छ ।

आगलागी काण्डमा दुई चिकित्सक पक्राउ

नयाँ दिल्ली, १३ माघ/सिन्ह्वा     गत महिना पूर्वी भारतीय सहर कोलकोतामा अवस्थित अम्री अस्पतालमा भएको आगलागीकाण्डमा दुईजना चिकित्सक गिरफ्तार भएका समाचार प्राप्त भएको छ ।     प्रहरीले शुक्रवार बिहान सबेरै चिकित्सक मणि क्षत्री र प्रणव दासगुप्तालाई उनीहरूकै घरबाट गिरफ्तार गरेको प्रहरी स्रोतले जनाएको छ ।     गत महिना सो अस्पताल आगलागीमा ९३ जना व्यक्तिले ज्यान गुमाएका थिए । सो काण्डको अनुसन्धानको क्रममा गत डिसेम्बर ९ तारिखका दिन १३ जना व्यक्तिलाई गिरफ्तार गरिएको थियो । यस आगलागीमा अस्पतालका ९० जना बिरामी र तीन नर्सको ज्यान गएको थियो । रासस

अस्पताल बाहिर कार बम विष्फोट

बग्दाद, १३ माघ/एएफपी     पूर्वी बगदादको एक अस्पताल बाहिर सुरु भएको शवयात्रालाई लक्ष्य गरी भएको एक कार बम विस्फोटमा २८ व्यक्तिको ज्यान जानुका साथै अन्य ५० जना घाइते भएका अस्पताल स्रोतले जनाएको छ । स्थानीय समयानुसार बिहान ११ बजे यस आत्मघाती कारबम विस्फोट भएको गृह मन्त्रालय स्रोतले पुष्टि गरेको छ । बगदादको जफरानीयाहमा एक आत्मघाती आक्रमणकर्ताले विस्फोटक पदार्थले भरिएको कार विस्फोट गराएको थियो ।  मोहम्मद अल–मलिकी नामका एक जमिनदारको शवयात्रामा सो बम विस्फोट गराइएको थियो । जमिनदारका छोरा र पत्नी एक दिन पहिले बगदादको छिमेकी प्रान्त यार्मुकमा मारिएका गृह मन्त्रालयका अधिकारीले नाम नबताउने शर्तमा बताएका थिए । रासस

अफगानिस्तान २० तालिवानद्वारा आत्मसमर्पण

अफगानिस्तान, १३ माघ/सिन्ह्वा         अफगानिस्तानको उत्तरी वाघलान प्रान्तमा थप २० जना तालिबानी आतड्ढकारीले सरकार समक्ष आत्मसमर्पण गरेको सरकारी स्रोतले जनाएको छ ।     आत्मसमर्पण गर्ने आतड्ढकारीमा कमान्डर अब्दुल मोमिनसहित २० जनाले वाघलान–ए–मार्काजई जिल्लामा सरकार समक्ष आत्मसमर्पण गरेको जनाइएको छ  ।     आत्मसमर्पण गर्ने यी आतड्ढकारी दोस्रो ठूलो आतड्ढकारी समूह हेज–ए– इस्लामिकसँग पनि आबद्ध रहेको समाचारमा उल्लेख छ ।     आतड्ढकारी यस प्रकार शान्ति प्रक्रियामा आउन थालेपछि आउँदा दिन सुरक्षा अवस्थामा सुधार हुने प्रहरी प्रमुख सिजादले बताए ।      राजधानी काबुलदेखि १६० किलोमिटर उत्तरमा पर्ने वाघलान प्रान्तमा गत दुई दिनभित्र ८० जना तालिवान आतड्ढकारीहरूले शान्ति प्रक्रियामा समावेश भएको समाचारमा उल्लेख छ ।     गत वर्ष तीन हजारभन्दा बढी तालिबानी आतड्ढकारीले सरकार समक्ष आत्मसमर्पण गरेको पनि समाचारमा उल्लेख छ । रासस

जय मा सरस्वती

अभिषेक सुवेदी आज हो माा सरस्वतीको पूजा उनीभन्दा ठूलो कोही छैन दूजा खुशीयालीको लहर यसले बोकिकन एक वर्षमा आउने मात्र यो एक दिन विद्याकी माता छन् सरस्वती जसको अर्को नाम हो भारती मूर्खलाई पनि विद्वान् बनाउने माता कसैलाई नगरी काखा र पाखा चारैतिर छाएको छ खुशीयाली वसन्त पञ्चमीले ल्याउाछ हरियाली वसन्त ऋतुमा पर्ने शारदाको पूजा हटेर सबैको दु:ख र सजा गुरु र किताब हो माताको रुप जसको अगाडि फिक्का सूर्यको धूप सेवा गुरुको र अध्ययन गर्नु पुस्तकको हामी सबै सन्तान हौं माताको यो सारा संसार हो माताको सत्ता बिना इच्छाको हल्लिंदैन एक पत्ता हातमा उनले वीणा र पुस्तक लिएर विद्या दिन्छिन् हामीलाई दया गरेर –सिद्धार्थ इन्टरनेशनल कलेज,मुर्ली,वीरगंज

सरस्वती माताको महिमा अपार

सरस्वती माताको महिमा अपार । गर्नुहुन्छ सबैको सपना साकार ।। शिक्षाको हुन्छ ठूलो आकार । विद्याकी देवी भनी पुज्छ संसार ।। माता सधैं गर्नुहुन्छ वीणा र पुस्तक धारण । सबैको दु:ख र कष्ट गर्नुहुन्छ हरण ।। शिक्षाको लागि जान्छन् सबै माताकै शरण । ढोग्ने गर्छन् सबै छोई माताकै चरण ।। धनभन्दा विद्या ठूलो छ राम्रो उखान । शिक्षाकै हुन्छ संसारमा बखान ।। शिक्षाबाट हुन्छ हाम्रो जीवनमा सुधार । सरस्वती माताको महिमा अपार ।। ठाकुरराममा छ माताको दरबार । यहाँ आउँछन् श्राद्धालु भक्त हजारौं हजार ।। पूजामा गर्छ क्याम्पस लाखौं लगानी । प्रसाद ग्रहण गर्छन् सबै महिमा बखानी ।। शिक्षाको मूल्य हुँदैन यो हुन्छ मूल्यवान । शिक्षा नै हो हाम्रो जीवनको आधार ।। शिक्षाले हुन्छ अशिक्षितको उपचार । सरस्वती माताको महिमा अपार ।। –ठाकुरराम बहुमुखी क्याम्पस, बि.एड. तेस्रो वर्ष ,वीरगंज,पर्सा

हिरण्यक ताम्रचूड

Image
उमाशड्ढर द्विवेदी   चित्रग्रीव परेवाको बन्धन हिरण्यक मुसाको जहान परिवारका सदस्यहरूले सजिलैसित काटी मुक्त गरिदिएको घटना हेरेर लघुपत्तनक काग छक्क पर्‍यो । उसले मनमनै विचार गर्‍यो–हिरण्यक मुसो आपत आइपरेको बेला धेरै उपयोगी छ । अत: जसरी भए पनि यस मुसासँग मैत्री गर्नु आवश्यक छ । यो कुरा विचार गरेर लघुपत्तनक काग चित्रग्रीवझैं मुसाको दुलोको ढोकामा गएर कराउन थाल्यो–हे मित्र हिरण्यक मुसो, तपाईं छिटो दुलोबाट बाहिर निस्कनुस्, तपाईंसित काम छ । कागको आवाज सुनेर हिरण्यकले दुलो भित्रबाट सोध्यो–होइन, तपाईं को हो महाशय ? मैले तपाईंलाई चिनेको छैन । कागले आफ्नो परिचय दिंदै भन्यो–म तपाईं र तपाईंको परिवारद्वारा चित्रग्रीव परेवाको बन्धन काटेर स्वतन्त्र पारेको कुराले प्रभावित भई तपाईंसित मित्रता गर्न तपाईंलाई बोलाएको हुँ । कृपया बाहिर आउनुस् १ कागको कुरा सुनेर हिरण्यक मुसाले भन्यो–महाशय, तपाईं काग जातिका लागि हामी भक्ष्य प्राणी हौं । अत: म कसरी तपाईंसित मित्रता गर्न सक्दछु । तपाईंसँग मित्रता असम्भव छ । तपाईं जानूस् । काग र मुसाबीच ठूलो तर्क वितर्क चल्यो । अन्त्यमा मुसा दुलोसम्म आउने र काग दुलोभित्र प्रवेश नग

मिथिलामा परम्परागत मनोरञ्जन– एक परिचय

बासुदेवलाल दास सहप्राध्यापक, इतिहास विभाग ठाकुरराम बहुमुखी क्याम्पस, वीरगंज     मानिसको जीवनमा दु:ख र सुख दुवैको समानरूपले प्रभाव रहे तापनि समाजमा मानिसहरू जीवनलाई सुखी र आनन्दमय बनाउने चाहना राख्ने गरेका हुन्छन् । यसका लागि मनोरञ्जनका साधनहरूको ठूलो योगदान रहने गर्दछ । मैथिल समाजमा मनोरञ्जनका साधनहरूमध्ये गीत प्रमुखरूपमा रहेको पाइन्छ । मैथिली बोलीमा यसलाई गीतनाद पनि भनिन्छ । यस क्षेत्रमा प्राचीनकालदेखि नै गायनको परम्परा विद्यमान रहेको छ । यस क्षेत्रका गीतहरूमा बालगीत, लोकगीत, सांस्कारिक गीत, शास्त्रीय गीत आदि आउँदछन् । बालगीत अन्तर्गत शिशुलाई तेल लगाउने, खुवाउने, खेलाउने, डुलाउने र सुताउने बेलाहरूमा गाइने गीतहरू पर्दछन् । यस्ता गीतहरू महिलावर्गले शिशुलाई काखमा राखेर विशेष प्रकारका सुर (स्वर) द्वारा गाउने गर्दछन् । बालगीतहरू सूर्य, चन्द्र, नदी, बाटो, पर्वत, पशु, पक्षी, ब्राह्मण, देवता, भाइ, बहिनी, मामा, माइजू, गोठाला इत्यादिलाई प्रतीक बनाएर गाइने गरिएको पाइन्छ । यस्तै लोकगीत अन्तर्गत कजरी, पूरबी, झूमर, बटगवनी, बारहमासा आदि गीतहरू गाइन्छन् । यस्ता गीतहरू महिला र पुरुष दुवै वर्गले गा

वीरगंजलाई हामी कस्तो बनाउने ?

चन्द्रकिशोर     सहरीकरणको दौडमा सम्पूर्ण तराई क्षेत्रलाई नियाल्ने हो भने वीरगंज अग्रस्थानमा आउँछ । तर वीरगंजको विस्तार जुनरूपमा भइरहेको छ, त्यो सन्तोषजनक छैन । सहरमा जनसङ्ख्या थपिनु, घरहरू बढ्दै जानु एउटा जिउँदो सहरको लागि राम्रो पक्ष हो । तर जे जति कारणले सहरको स्वरूप विस्तार हुँदै गइरहेको छ त्यसलाई व्यवस्थित गर्नु अर्को पक्ष हो । त्यस्तैे वीरगंजको पुरानो बसोबास क्षेत्रलाई  उपयोगी बनाइराख्न केही मान्यताहरूको पालन गर्न नागरिक सतर्कताको खाँचो त्यतिकै छ । यी सबै काम सरकारले गर्नुपर्ने हो, तर सबै कुरा उनीहरूकै टाउकोमा जाँदैन । नगरवासीको आफ्नो जिम्मेवारी पनि हुन्छ । आज वीरगंज जे जस्तो छ, त्यसमा यहाँका बासिन्दाको पनि भूमिका छ ।     सडकको जग्गा अतिक्रमण गर्ने, पोखरीहरू मास्ने, सडकमा फोहर फाल्ने, निमार्ण सामग्रीहरू थुपार्ने, सडकमा आवतजावत बाधित हुने किसिमले घरको छाना निकाल्ने, नालामा दिसा गर्न लगाउने, नालाजाम पार्ने, सडकपेटीमा पसलहरू थाप्ने, जथाभावी होर्डिङ बोर्ड लगाउने, जथाभावी बिजुली, टेलिफोन र केबुल तार झुन्डयाउने, पोस्टर टाँस्ने, माइक बजाउने, सडकमा पानी खन्याउने, गाईवस्तु छाडा छाड्ने, ज

प्राविधिक शिक्षा : सेवा कम मेवा बढी- बैद्यनाथ ठाकुर

Image
    २१ औं शताब्दी ज्ञान, विज्ञान र प्रविधिको युग हो । मानव समाजलाई कसरी बढीभन्दा बढी सुविधासम्पन्न बनाउनुको साथै दीर्घजीवी तथा स्वस्थ राख्ने भन्ने अवधारणाको पछाडि भौंतारिंदै जाँदा आजको अवस्थासम्म आइपुगेको हो भन्दा कुनै फरक नपर्ला । वास्तवमा आवश्यकताले तै आविष्कार गर्न बाध्य बनाउँछ । आवश्यकता मानिसको जीवनवृत्तिसँग गाँसिएको विषय हो । प्रत्येक समाजको मेरुदण्ड उसले अँगालेको अर्थ व्यवस्था नै हो । अर्थात् उत्पादनका साधनहरूको वितरण कसरी भएको हो र उत्पादन प्रणालीमा उत्पादन शक्तिहरूबीचकै कस्तो सम्बन्ध छ । यसले नै मूलत: आवश्यकताको निर्धारण गर्ने जगको कार्य गर्दछ । पृथ्वीमा, ब्रह्माण्ड सबै चीज गतिशील छ । गतिहीनता प्रकृतिको प्रतिकूल हो । हामीले हेर्ने गरेको निर्जीव ठोस, तरल वा ग्याँस पदार्थहरू जो बाहिरीरूपमा स्थिर वा गतिहीन जस्तो देखिन्छ तर वास्तवमा ती पनि अत्यधिक गतिशील छन् । प्रत्येक वस्तु (पदार्थ) भित्रको परमाणविक संरचनाभित्र इलेक्ट्रोन, प्रोट्रोन अत्यधिक वेगका साथ चलायमान (गतिशील) हुन्छन् । वस्तुअनुसार परिवर्तनको समय पनि फरक–फरक हुने गर्दछ । एउटा बालकमा देखिने शारीरिक परिवर्तन तथा एउटा ढु·ामा

पर्वको महत्त्व

    आधुनिकताले गाँज्दै ल्याएपछि हामीले आफ्ना चाडपर्वहरूको महत्त्वलाई कम पार्दै लगेका छौं । चाडपर्व भनेपछि रमाइलो गर्ने, आफन्तसँग भेटघाट गर्ने, एक छिनको लागि भएपनि दु:ख बिर्सेर आनन्दको साँस फेर्ने अवसर हो । तर चाडपर्वमा विकृति मिसिएपछि, पश्चिमा शैलीको अनुकरण गरेपछि निश्चय नै चाडपर्वप्रति मानिसमा वितृष्णा उत्पन्न हुन्छ । आफ्नो परम्परा र संस्कृतिलाई त्यही रूपमा मनाउँदा चाडपर्वले आनन्द र मनोरञ्जनमात्र दिन्छ भन्ने कुरा अहिले पर्सा जिल्लाको सुवर्णपुरमा देखिएको छ । तामाङ जातिको नयाँ वर्ष ल्होसार अहिले सुवर्णपुरमा मनाइँदै छ । यसो त ल्होसार प्रत्येक वर्ष मनाइन्थ्यो तर यसपटक विशेषरूपमा मनाइँदै छ किनकि सुवर्णपुरका छोरा नेपालका प्रसिद्ध पप गायक निमा रूम्बा ल्होसार पर्व मनाउन अहिले सुवर्णपुर आएका छन् । उनका साथ उनका सहकर्मी गायकहरू भरत  सिटौला, अविनाश घिमिरे, इन्द्रा गोलेलगायतले सुवर्णपुर, निर्मलबस्ती तथा ठोरी क्षेत्रलाई ल्होसारमय बनाएका छन् ।   सुवर्णमा जन्मे–हुर्केका निमा रूम्बा आफ्ना स·ी–साथीका साथ ल्होसार मनाउन आएका छन् । यसबाट सो क्षेत्र मनोरञ्जनमय बनेको छ, त्यसले गरिमा पाएको छ ।     चाडपर्वम

विभिन्न कार्यक्रम गरी वाणिज्यदूतावासले वीरगंजमा भारतको गणतन्त्र दिवस मनायो

Image
महावाणिज्य दूतावास वीरगंज परिसरमा आज आयोजित भारतको गणतन्त्र दिवसको विभिन्न तस्वीर । झन्डोत्तोलनका पछि महावाणिज्यदूत आशुतोष अग्रवाल (बायाँ), नृत्य गर्दै विद्यार्थीहरू । इन्सेटमा आशुतोष अग्रवाल । फोटो : प्रवीण मानन्धर प्रस, वीरगंज, १२ माघ/     भारतको ६३ औं गणतन्त्र दिवस आज वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासको कार्यालयले विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको छ । बिहान महावाणिज्य दूतावासको कार्यालयमा महावाणिज्यदूत आशुतोष अग्रवालले झन्डोतोलन गरेका थिए । उनले सो अवसरमा भारतका राष्ट्रपति प्रतिभा देवी सिंह पाटिलले राष्ट्रको नाममा दिएको सन्देश वाचन गरी सुनाएका थिए । सोही अवसरमा विभिन्न विद्यालयका विद्यार्थीहरूले भारतको राष्ट्रिय गीतहरू गाएका थिए ।     गणतन्त्र दिवसको अवसरमा परम्परागतरूपमा वाणिज्य दूतावासले वितरण गर्दै आएको एम्बुलेन्स वितरण गरिएको थियो । महावाणिज्यदूत अग्रवालले जिल्ला अस्पताल मल·वा, नेपाल मुस्लिम समाज जनकपुर, उपस्वास्थ्य चौकी बासामाडी मकवानपुर, उपस्वास्थ्य चौकी जीतपुर बारा, भारतीय भूतपूर्व सैनिक सङ्घ पीठुवा, चितवनलाई एम्बुलेन्सको चाबी हस्तान्तरण गरेका थिए । गणतन्त्र दिव