Posts

Showing posts from July, 2011

पर्सा वन्यजन्तु आसपासको क्षेत्रमा पर्यटन प्रवद्र्धनबारे छलफल

Image
आरके पटेल, सुवर्णपुर, १४ साउन/     पर्सा वन्यजन्तु आरक्ष क्षेत्रभित्र र आसपासका क्षेत्रहरूमा आन्तरिक पर्यटनको सम्भावना रहे पनि त्यसतर्फ  आवश्यक पहल हुन नसकेको सहभागीहरूले बताएका छन्।     पर्यटकहरूलाई चाहिने आवश्यक पूर्वाधारमध्ये गाँस, बास तथा मनोरञ्जनात्मक क्रियाकलापलगायत बाटोघाटोको व्यवस्था भएमा आरक्ष र सोको मध्यवर्ती गाउँटोलसम्म पर्यटकहरू आउन सक्ने सहभागीहरूको दाबी छ।     पर्साको सुवर्णपुर गाविसमा आजदेखि सुरु भएको दुई दिवसीय पर्यटन प्रवद्र्धन विषयक अन्तक्र्रियाका सहभागी वक्ताहरूले सो कुरा बताएका हुन्। नेपाल पर्यटन बोर्ड, वातावरण पत्रकार समूह काठमाडौं र चुरे पर्या पर्यटन तथा जैविक विविधता संरक्षण समाज सुवर्णपुरद्वारा आयोजित कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको पर्सा वन्यजन्तु आरक्षमा गौरी गाई, गैंडा, रैथाने हात्ती, बाघ, चितललगायतका जङगली जनावरहरू प्रशस्त मात्रामा रहेको भए तापनि त्यसको प्रचारप्रसार हुन नसकेकोप्रति सहभागीहरू एकमत देखिएका थिए।     वन्यजन्तु आरक्षले आरक्षभित्र रहेको पर्साको रामभौरीभाटा गाउँलाई स्थानान्तरण गरेकोले बाहिरी तथा आन्तरिक पर्यटकलाई रमाउने ठाउँ पनि

राजस्व अनुसन्धानद्वारा वीरगंजस्थित पाँचवटा व्यापारिक प्रतिष्ठानमा छापा

Image
प्रस, वीरगंज, १४ साउन/     मध्यमाञ्चल राजस्व अनुसन्धान विभाग एकाइ कार्यालय पथलैयाले आज वीरगंजस्थित विभिन्न पाँचवटा व्यापारिक प्रतिष्ठानमा छापा मारेको छ। छापामारी गरिएका फर्महरूमा नवदुर्गा ट्रेड लिङक, न्यू स्वस्तिक ट्ेरडर्स, दास इन्टरप्राइजेज, कावासोती स्टोर र आरबी इम्पेक्स रहेका छन्। अनुसन्धान एकाइ पथलैयाका प्रमुख महेन्द्र बानियाँको नेतृत्वको टोलीका साथै नेपाल प्रहरी र  सशस्त्र प्रहरीको संयुक्त टोलीले उक्त प्रतिष्ठानहरूमा छापामारी गरेको हो।     बिहान १० बजेदेखि छापामारी सुरु भएपछि कतिपय व्यापारीले पसल नै खोलेनन् भने खुलेका कतिपय पसल पनि बन्द गरेका थिए। अवैध सामानको सुराकीको आधारमा खानतलासी गरिएको राजस्वले जनाएको छ। राजस्व छलीको  आशङकामा छापा मारेको र यो नियमित प्रक्रिया भएको टोली प्रमुख बानियाँले बताए।     छापामारी गरिएका प्रतिष्ठानहरूको  खाता तथा कागजातहरू  अनुसन्धान टोलीले नियन्त्रणमा लिनुका साथै प्रतिष्ठानका  प्रतिनिधिहरूलाई सात दिनभित्र उपस्थित हुन पत्राचारसमेत गरिएको बानियाँले बताए।

प्रेमको रसायनशास्त्र

    प्रेम पवित्र शब्द हो, जसका अनेक आयाम छन्। अनेक आयामहरूमध्ये एउटा आयाम हो यसको बायोकेमिस्ट्री। प्रेमरूपी मायाको बायोकेमिस्ट्री बडो रोचक, रोमाञ्चक एवं जटिल छस किनकि यसको जति आवरण निस्कँदै जान्छ यो त्यति नै रहस्यमय प्रतीत हुन्छ। यस्तो किन हुन्छ होला भने प्रेमका विभिन्न आयामहरूबीच सम्बन्ध–सूत्र फितलो हुन्छ। प्रेमको मनोविज्ञान जति मार्मिक छ, त्यसको बायोकेमिस्ट्री त्यति नै जटिल छ। यदि भाव र व्यवहारबीच एउटा सोझो पुल बन्ने हो भने शायद यसलाई बुझ्न बढी सजिलो हुन्छ, तर पनि आफ्नो–आफ्नो ढङगले यसको व्याख्या गरिएको छ। जे होस्, प्रेमको बायोकेमिस्ट्री भने अनौठो छ।     प्रेमको मनोविज्ञान पनि बडो रोचक छ। मनोविज्ञानीहरू जान्दछन् कि हामी जसलाई भित्रबाट माया गर्छौं अथवा मुटुबाट सम्मान गर्दर्छौं, हामी कहीं न कहीं उनीहरूबाट आकर्षित पनि हुन्छौं र उनीहरूसँग बस्न–उठ्न तथा कुराकानी गर्न चाहन्छौं। यदि यो आकर्षण दुवै पक्षमा छ भने एउटा गहिरो भावनात्मक आकर्षण उत्पन्न हुन्छ र यस आकर्षणमा सबैथोक विलीन हुन्छ।  जान्नेहरू के भन्छन् भने जसलाई हामी मन पराउँछौं, उनका साथ बिताएको लामो समय पनि क्षणभरजस्तै लाग्दछस किनकि त

गाउँमा बैंकिङ सेवा नहँुदा सीमावर्ती गाविसको लाखौं रुपियाँ भारतीय बंैकमा

प्रस, वीरगंज, १२ साउन/     जिल्लाका सीमा क्षेत्रहरूमा बैंक स्थापना नहुँदा नेपालको लाखौं रुपियाँ दैनिक भारतीय बैकहरूमा जाने गरेको छ। नेपाली युवकहरूले विदेशबाट कमाएर पठाएको रकम वा किसानहरूले बचत गरी राखेको रुपियाँ राख्न नेपाल सरकारले कुनै व्यवस्था नगरेकोले सीमावर्ती गाउँका बासिन्दा भारतीय बैकहरूमा रकम राख्न बाध्य छन्।         गाउँवरिपरि पैसा राख्ने थलो नभएकोले सदरमुकाममा रकम राख्न्नका आउँदा समय बढी लाग्ने, यातायातको सवारी साधनसमेत नभएकोले भारतीय बजारहरूमा रहेका बैंकमा रकम जम्मा गर्नुपरेको गाउँलेहरू बताउँछन्। ग्रामीण भेगका जनताले असुरक्षाको कारण सदरमुकामसम्म  रकम ल्याउन नसकी भारतमैं जान सस्तो र सुरक्षित ठानी भारतीय बैंकहरूमा रकम जम्मा गराउने गरेको बताउँछन। सदरमुकामबाहेक व्यापारी स्थान भिस्वा, पोखरिया, लङगडी जानकीटोल सेढवामा नेपाल सरकारले बैंकिङ सेवा पुर्‍याएको थियो।     सशस्त्र द्वन्द्वताका विस्थापति ती बैकहरू सदरमुकाममा केन्द्रित भएका थिए । हाल देशमा शान्ति स्थापना भइसकेको छ। तर बैंकहरू भने गाउँको नाउँमा सदरमुकाममैं सञ्चालित छन्। पोखरियामा रहेका वाणिज्य बैंक, कृषि विकास बैंक, नेपाल बैक

हाम्रो कुरा कसैले सुन्दैन, हामीलाई सहयोग छैन

प्रस, वीरगंज, १२ साउन/     “हामीले आलोचनामात्र सुन्नुपर्छ, नागरिकदेखि हाकिमसम्मले हाम्रोमात्र दोष देख्छन्, तर एउटा चोकमा उभिएका एकजना ट्राफिक प्रहरीले चारजना हुल्याहासँग कसरी सामना गर्न सक्छ ? त्यस्तो बेला नागरिक समाज पनि हामीलाई सहयोग गर्न आउँदैन”– पर्सा जिल्ला प्रहरी कार्यालयले अहिले नागरिक समाज र प्रहरीबीच सम्बन्ध राम्रो बनोस्, प्रहरीबाट नागरिक समाजको के अपेक्षा छ भन्ने सवालमा केन्द्रित भएर हिजोदेखि प्रहरी तथा समाजका विभिन्न क्षेत्रका विज्ञबीच अन्तक्र्रिया कार्यक्रम सुरु गरेको बेला आज एकजना ट्रफिक प्रहरीले सो गुनासो पोखे।     नेपालमा राजनीतिक अस्थिरतासँगै प्रहरी र नागरिक समाजबीच सम्बन्धमा केही तिक्तता आएको निश्चय नै हो। प्रहरीमा राजनीतिक दबाब बढयो, जसले गर्दा गलत व्यक्तिले कानुन उल्लङ्घन गरिरहने र असल व्यक्तिले पीडा सहनुपर्ने अवस्था आइरहेकै बेला अहिले प्रहरी सङगठनमा चनाखोपन देखिएपछि हिजोका सुविधाभोगीहरुले प्रहरीमाथि दबाब कायम राख्न नसक्दा ‘प्रहरी असभ्य तरिकाले पेस हुने,  नागरिक समाजलाई हेप्ने’जस्ता कुराहरु बजारमा छताछुल्ल भएका छन् । तर यी कुरा हिजो कानुनलाई हातमा लिने, प्रहरीलाई आ

विश्वकप २०१४: नेपालको यात्रा समाप्त

काठमाडौं, १२ साउन/रासस     आगामी विश्वकप फूटबल प्रतियोगिताको नेपालको यात्रा आज समाप्त भएको छ।     दशरथ रङगशालामा आज भएको खेल नेपाल र जोर्डनबीच बराबरी भए पनि समग्रमा जोर्डनको अङक बढी भएको कारण नेपालको यात्रा समाप्त भएको हो।     नेपालले अघिल्लो चरण प्रवेशका लागि जोर्डनविरुद्ध कम्तीमा १० गोल गर्नुपर्ने चुनौती थियो। तर आजको खेलमा दुवै टोलीबाट १–१ गोल भएको थियो ।     नेपालले, वरियताक्रममा माथि रहेको जोर्डनसँग बराबरी गर्नुपनि नेपालका लागि ठूलै उपलब्धि हो।     नेपालले आजको खेलमा आफ्ना दर्शकको मन जित्न मात्र सफल भएन, पहिलो लेगमा खाएको ९ गोल अन्तरको दूरी पनि घटाएको थियो ।     घरेलु मैदानको फाइदा उठाउँदै नेपालले जोर्डनको सशक्त टिमलाई बराबरीमा रोक्दा दर्शकको वाहवाही पाएको थियो । यद्यपि नेपालले गोल गर्ने धेरैवटा अवसर गुमाएको थियो।     खेल भइरहँदा पानीको समेत परवाह नगरी रङगशालामा उपस्थित घरेलु दर्शकले नेपाली टोलीको प्रशंसा गरेका थिए ।     खेलमा जोर्डनका लागि मोहम्मद खलिलको कर्नर पासमा ७ नम्बर जर्सीका हसन अलमुर्जनले दोस्रो मध्यान्तरको ५३ आंै मिनेटमा गोल गरेका थिए ।     खेल अवधिभर सशक्त प्रतिद्वन्द

कम्युनिस्ट सरकारको बजेट र गरीब जनताको पीडा

वीरेन्द्रप्रसाद यादव     नेपालको संसद्मा दुईतिहाई सङ्ख्या कम्युनिस्टहरूको छ। प्रजातन्त्र आएदेखि प्राय: कम्युनिस्टहरू सरकारमैं बसेका छन्। वर्तमान सरकार पनि वाम दलको हो। संयुक्त सरकारमा भएपनि प्राय: बजेट प्रस्तुत गर्ने अवसर कम्युनिस्टहरूले नै पाएका छन्। गणतन्त्र आएपछि बाबुराम भट्टराई, सुरेन्द्र पाण्डे तथा भरतमोहन अधिकारी तीनजना वाम अर्थमन्त्रीले बजेट प्रस्तुत गरिसकेका छन् भने झलनाथ खनाल, माधव नेपाल तथा प्रचण्डलगायत तीनजना वामपन्थी प्रधानमन्त्री भइसकेका छन् । तर अति गरीब जनताको हितको कुरा छोडौ उनीहरूको अस्तित्व पनि बजेटले स्वीकार गर्न सकेको देखिन्न। सडक छाप नागरिक, मगन्ते वृद्ध वृद्धाको वास्तविक तथ्याङक सरकारसित नरहनु भनेको उनीहरूको अस्तित्व स्वीकार नगर्नु सरह हो। गरीबहरूको मसिहा भनिनेहरूको शासनमा गरीबको उत्थान हुनुपर्नेमा गरीब झन् गरीब हुँदैछन्, धनी झन् धनी। देशको ३१ प्रतिशत गरीब सङ्ख्या बढेर ६५ प्रतिशत पुगेको तथ्याङक छ।     नेपालमा जनताको आर्थिक अवस्था हेर्दा केही मगन्ते छन्, केही भूमिहीन छन् जो अर्कोको घरखेतमा काम गरेर  गुजारा गर्छन्, जसको निम्ति शिक्षा, स्वास्थ्यलगायत आधारभूत आवश्यक

आर्थिक विकास र निजी क्षेत्र एक अर्काको पर्याय

शीतल महतो     आर्थिकरूपले समृद्ध दुई विशाल छिमेकी मुलुकको १० प्रतिशतको हाराहारीमा रहेको आर्थिक वृद्धि दरको माझमा च्यापिएको हाम्रो मुलुक नेपाल ३ प्रतिशतको आर्थिक वृद्धिदरबाट चालू आर्थिक वर्षको बजेटले तीन बर्से खर्च प्रक्षेपण गर्दै आफूलाई ५ प्रतिशतको आर्थिक वृद्धि दरमा पुर्‍याउने उद्घोष गरेको छ।     नेपालसँग सीमा जोडिएको भारतको उत्तरी राज्य बिहार ११ देखि १२ प्रतिशतको आर्थिक वृद्धि दरमा पुगिसकेको छ। तर हामीलाई अहिले पनि ५ प्रतिशतको आर्थिक वृद्धि दर पुर्‍याउन अप्ठ्यारो परिरहेको छ। अहिलेकै अवस्थामा ५ प्रतिशत वृद्धिदर हासिल गर्नु भनेको कुल आम्दानीमा झन्डै रु. ६५/६६ अर्ब थप गर्नु हो। रु. ६५/६६ अर्ब थप गर्न रु. ३ सय २५ देखि ३ सय ३० अर्ब लगानी गर्नुपर्दछ। यसका लागि रु. एक सय ४० अर्बको सरकारी लगानीले मात्र सम्भव हुन्छ भन्न खोज्नु दिवास्वप्नबाहेक केही हुन सक्दैन। त्यसैले सरकारले तोकेको ५ प्रतिशतको आर्थिक वृद्धि दर हासिल गर्न निजी क्षेत्रको भूमिका र अस्तित्वलाई उच्च मूल्याङकन गरी राज्यले त्यसै अनुरूपको व्यवहार पनि प्रदर्शन गर्नुपर्दछ। तर चालू आर्थिक वर्षको बजेटमार्फत् सरकारले सहकारीलाई अर्थतन्त्

शिक्षामा समसामयिक सुधारको आवश्यकता

ई. गोपाल श्रेष्ठ     विश्वलाई गरिबीबाट मुक्त गर्नका लागि सबैभन्दा सशक्त हतियारको रूपमा शिक्षालाई लिन सकिन्छ। कुनै पनि राष्ट्रको जनता जब शतप्रतिशत शिक्षित हुन्छ, त्यो राष्ट्रले गरिबीबाट उन्मुक्ति पाउँछ, अर्थात् त्यस राष्ट्रको जनताले दु:खमा पिल्सनुपर्दैन। यो वास्तविकता भए पनि जब गरिबी निवारणको कुरा आउँछ, नीति निर्माण गर्नेहरू शिक्षालाई प्राथमिकता नदिएर अन्य कुरामा अल्झिन्छन्। जस्तो बाटोघाटो निर्माण गर्ने, हाट–बजारको व्यवस्था गर्ने, साना तथा घरेलु उद्योगको विकास गर्ने आदि। तत्कालको लागि यो रणनीति ठीक पनि होला। तर, दीर्घकालीन हितका लागि ठीक छैन। शिक्षित समुदाय बिनाको यो बाटो–घाटो, हाट–बजार र साना तथा घरेलु उद्योगले दिगो रूप लिन सक्दैन।     अहिलेको हाम्रो शिक्षा व्यवस्थाबाट हामीले भाषाविद्, साहित्यकार, समाजशास्त्री, अर्थशास्त्री, चिकित्सक, इन्जिनियर, वातावरणविद्, शिक्षाविद्, कानुनविद् जस्ता अनेकौं विषयमा ज्ञान, सीप र पेशासँग सम्बद्ध जनशक्तिको उत्पादन भएको पाउँछौं। यो जनशक्ति हामीले हाम्रो राष्ट्रलाई मात्र लक्षित गरी उत्पादन गरिरहेको भए त ठीक नै होला होइन भने हाम्रो जनशक्ति विश्वको कुनै पन

किन उपेक्षित छ समाजमा सानो व्यापार

विश्वराज अधिकारी     नेपाली समाजमा सानो व्यापारलाई व्यक्ति, समाज र सरकार तीनै पक्षबाट उपेक्षा गरिएको तथ्य नौलो होइन। विगतमा पनि उपेक्षा गरिएको थियो र वर्तमानमा पनि उपेक्षा गर्ने परिपाटी कायम नै छ। हुनत त सानो व्यापारलाई समाजले नै बढी उपेक्षा गरेको हो। सानो व्यापारलाई हेर्ने परम्परागत सामाजिक दृष्टिकोणमा अहिलेसम्म पनि परिवर्तन आउन सकेको छैन। जबकि कुनै पनि देशमा रोजगारीको क्षेत्र विस्तार गर्नमा सानो व्यापारले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ। रोजगारीको क्षेत्र विस्तार गर्नमा सानो व्यापारको भूमिका महत्त्वपूर्ण भएको हुनाले नै विकसित राष्ट्रहरूमा ‘सानो व्यापार प्रशासन’ को स्थापना गरिएको हुन्छ। सानो व्यापार प्रशासनले साना व्यापारीहरूलाई व्यापार गर्न सल्लाह र जानकारीहरू दिने मात्र होइन, सहुलियत ब्याज दरमा ऋण उपलब्ध गराउनुका साथै अनुदान दिने व्यवस्था समेत गरेको हुन्छ। सानो व्यापार प्रशासनले साना व्यापारीहरूलाई नियन्त्रित र निर्देशित गर्ने होइन वरन् सहयोगीको भूमिका निर्वाह गरेको हुन्छ।     सानो व्यापार  वा सानो व्यापारी भन्नाले  स्थानीय स्तरमा सानो पूँजीबाट व्यापार सञ्चालन गर्ने व्यक्ति वा सं

धोबिया टोलमा राष्ट्रियता

    नेपालको राष्ट्रियतालाई हुनेखानेहरू र जुझारु राजनीतिक दलहरू हेलाको दृष्टिकोणले हेर्दछन्। उनको परिभाषामा राष्ट्रियता भनेको सरकारको कामको तारिफ गर्नु र जुनसुकै अवस्थामा पनि विदेशलाई गाली गर्नु हो। तर नेपालमा अधिकांश व्यक्ति हुनेखाने होइन, गरिखाने छन्। त्यसैले नेपालको अधिकांश जनसङ्ख्यामा राष्ट्रियता छैन। यो हो यिनको मान्यता। यताको दिनमा गरिखानेहरूको नेतृत्व वामपन्थीहरूले बोकेका छन्। वामपन्थीहरूमा पनि अरूभन्दा उग्र र जुझारु दलको नेपालमा अहिले हालीमुहाली छ। र उनीहरूले घोषित–अघोषितरूपमा भारतलाई आफ्नै बैरी ठानेका छन्। तर उनीहरू गरिखानेका पृष्ठपोषक हुन् भन्ने उनीहरूको दाबी छ। तसर्थ उनीहरू चाहन्छन् नेपालका गरिखानेहरू भारतका विरोधी बनून्। भारत विरोध गरेपछि स्वत: नेपाली राष्ट्रियता फस्टाउने उनीहरूको अचुक मान्यता रहिआएको छ। हुनत नेपालमा योमात्र विडम्बना छैन। अर्काथरी पनि छन् जो उत्तरलाई गाली गर्नु नै नेपाली राष्ट्रियता ठान्दछन्। त्यसको विश्लेषण फेरि पछि कहिले १     नेपालको नारायणी अञ्चलको पर्सा जिल्लामा एउटा गाउँ विकास समिति छ–लहावर थकरी। यस गाविसमा एउटा सानो गाउँ छ–धोबिया टोला। यो टोला हुनत

हतियारसहित यादव नियन्त्रणमा

Image
प्रस, वीरगंज, ११ साउन/     जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीले आज बिहान करिब ५ बजे महुवन गाविस–८ बस्ने अशेश्वर यादवलाई हातहतियारसहित पक्राउ गरेको पत्रकारसम्मेलन गरी जनाएको छ।     यादवको घरमा प्रहरीले छापामारी गरी यादवसहित उनको घरबाट बार्‍ह बोरको दुईनाले बन्दुक एक थान, त्यसमा लाग्ने ६९ राउन्ड गोली, युएसए लेखिएको पेस्तोल थान एक, सोमा लाग्ने गोली २ राउन्ड, एयरगनमा लागने छर्रा बीस प्याकेट फेला परेको सञ्चारकर्मीहरूलाई जानकारी दिइयो। पक्राउ परेका यादव महुवन–३ का फुलचन साहको हत्याको आरोपितमध्ये एक रहेको प्रहरीले जनाएको छ।     ०६४ साल असोज ७ गते साँझ साहको रामनगरी गाविसभन्दा उत्तर गोली हानी हत्या भएको थियो। प्रहरी उपरीक्षक रमेश खरेलले दिएको जानकारी अनुसार यादवमाथि मृतकका भाई अशेश्वर साहले किटानी जाहेरी दिएको आधारमा उनलाई पक्राउ गरिएको हो। साहको हत्यामा संलग्न भए–नभएकोबारे अनुसन्धानबाट खुल्ने खरेलले जानकारी दिए।     पक्राउ परेका यादवसँग सञ्चारकर्मीहरूले सोधपुछ गर्दा बार्‍ह बोरको बन्दुकको लाइसेन्स छ। सशस्त्र द्वन्द्वको बेला  सरकारले गठन गरेको माओवादी प्रतिकार समूहको संयोजक हुँदा सुर

पत्रकार टोलीद्वारा प्रजिअलाई ज्ञापनपत्र

Image
प्रस, वीरगंज, ११ साउन/     निश्शुल्क स्थायी लेखा प्रणाली लिने व्यवस्था र समानुपातिक विज्ञापन प्रणाली लागू गरियोस्लगायत माग राखी साप्ताहिक, पाक्षिक राष्ट्रिय सञ्जाल पर्साले प्रमुख जिल्ला अधिकारी तारानाथ गौतमलाई आज ज्ञापनपत्र बुझाएको छ।     लेखा प्रणाली लागू मितिदेखि पत्रपत्रिकाहरूले दण्डजरिवाना तिरी पान नम्बर लिनुपर्ने अवस्था खारेज गरी समानुपातिक विज्ञापन प्रणाली लागू गर्न ज्ञापनपत्रमा उल्लेख गरिएको छ। वीरगंजबाट प्रकाशित पत्र–पत्रिकाका सम्पादक पत्रकारहरू उक्त अवसरमा सहभागी थिए। ज्ञापनपत्रमा नेपाल पत्रकार महासङ्घ, क्रान्तिकारी पत्रकार सङ्घ पर्सा, प्रेस चौतारी, साप्ताहिक– पाक्षिक राष्ट्रिय सञ्जाल, रिपोर्टर्स क्लब, साप्ताहिक–पाक्षिक संरक्षण सङ्घ, नेपाल साप्ताहिक–पाक्षिक मोर्चा, नेपाल प्रेस युनियन, नेपाल आमसञ्चार, मधेसी पत्रकार समाजलगायतले विज्ञप्तिमा उल्लिखित मागमा एकबद्धता जनाएका छन्।

सडकमा छाडा चौपाया, दुर्घटनाको सम्भावना बढ्दो

Image
प्रस, निजगढ, ११ साउन/     यातायात साधन गुड्ने सडकहरूमा गाईवस्तु रहने गरेपछि सडक दुर्घटना हुने सम्भावना बढेको छ। सडक छेउका चौपायाधनीहरूले गाईवस्तुलाई छाडा छोड्ने गर्दा सडक ढाक्ने गरेपछि सडक दुर्घटना हुने सम्भावना बढेको हो।     केही समय यतादेखि पूर्व–पश्चिम लोकमार्ग अन्र्तगत पथलैया, निजगढ, चन्द्रनिगाहपुर सडकखण्डका विभिन्न स्थानहरूमा दैनिक दर्जनौं चौपायाहरू सडकमैं रहने गरेको देखिन्छ। दु्रत गतिमा लामो तथा छोटो दूरीका गाडी गुड्ने सडकलाई चौपायारहित खुला सडक बनाउन कसैको ध्यान गएको छैन। सडकमा छाडा चौपायाकै कारण वर्षमा दर्जनौंपटक सवारी दुर्घटना हुने गरेको छ। यी छाडा चौपायाहरू साँझ/रात पनि सडकमैं रहने गरेका छन्। एक त सडकमा सयौं ठाँउमा खाल्टाखुल्टी छ।             रातको बेला अर्को दिशाबाट आउने अधिकांश गाडीले लाइट डिम गर्दैनन् जसले गर्दा दुर्घटना हुने गरेको साना सवारी चालकहरू बताउँछन्। यस्तो बेला मोटरसाइकल सवारहरू बढी जोखिम र दुर्घटनामा पर्ने गरेका जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाराले जनाएको छ। मध्य क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पथलैया, बाराको क्षेत्रभित्र १६ जिल्लामा गरी गत आर्थिक वर्ष 

यदि अनुमान मात्र होइन भने....

सञ्जय साह ‘मित्र’     राष्ट्रिय जनगणना–२०६८ सम्पन्न भएको छ। जुन तामझाम, विज्ञापन र अपेक्षासहित जनगणना सम्पन्न गरिएको छ, यसले नेपाली समाजमा चौतर्फी  प्रभाव पार्ने निश्चित छ। राष्ट्रिय जनगणना–२०६८ विभिन्न दृष्टि र दृष्टिकोणले महत्त्वपूर्ण छ। ‘कोही पनि नछुटून् र कोही पनि नदोहोरिऊन््’ भन्ने मूल नारा लिएर सम्पन्न यस वर्षको जनगणनाले नेपालमा जनगणनाको एक सय वर्ष पूरा भएको छ। जनगणनाको सय वर्ष पूरा भएपछि जुनरूपमा जनगणना हुनुपथ्र्यो वा जति विश्वसनीयता जनगणनामा हुनुपथ्र्यो त्यत्ति हुन नसकेको गुनासो आम नागरिक समुदायको छ।     रौतहटको श्रीराम सुगर मिल्सको आवासमा बस्ने पुग न पुग एक सय परिवारको अस्तित्व जनगणनामा नअटाएको अधिकृतस्तरका एक कर्मचारीले बताए। जनगणनाका सुपरीवेक्षक वा गणक कसैको जिम्मा चिनी मिल नपरेकोले यसो भएको एक सुपरीवेक्षकको कथन छ। वास्तवमा चिनी मिल दोहोरो परिचयमा ‘अनाम’ बन्न पुगेको हुनुपर्छ, चिनी मिलको ठेगानामा ‘महम्मदपुर, गरुडा’ लेखिएको छ। यसको अर्थ महम्मदपुर गाविस अन्तर्गतको गरुडा भन्ने हुन्छ। गरुडा चोक/बजार गरुडा बैरियाको जस्तो देखिन्छ तर चिनी मिलको अधिकांश जग्गा–जमिन महम्मदपुरको हो। अ

जागरुक त जनता हुनुपर्ने हो

    वीरगंजदेखि ठोरीसम्मको ५३ किलोमिटर हुलाकी सडक निर्माण काम वर्षात्का कारण ढिलो सुरु हुने देखिएको छ। वर्षात् समाप्त भएपछि कामले तीव्रता लेला भनी ढुक्क हुने अवस्था पनि छैन। जग्गा अधिग्रहण र मुआब्जाको किचोला यसका साथ लागेको छ। यद्यपि सडक बनाउने जग्गा सबै प्राप्त भइसकेको भारतीय पक्षको भनाइ छ। तर मुआब्जा र यसबाट केही प्राप्ति भइहाल्छ कि भन्ने केही मानिसको स्वार्थबाट बाधा–अडचन नआउने कुरामा नेपाली पक्ष ढुक्क छैन। यो हुलाकी सडक, जस्तो कि सामान्य धारणा छ वीरगंजबाट पोखरिया हुँदै ठोरी पुग्ने होइन, अपितु सुरु पद्मरोडको पहिचान गरी बनाइने हो। सुरु पद्मरोडको आज नाप–नक्साबारे कुन्नि कसैलाई जानकारी छ, छैन तर पदमरोड जसलाई आज हुलाकी सडक भनिंदैछ त्यो गौरदेखि वीरगंज र विन्दवासिनी नाघेर बहुअर्वा भाठाको चौरदेखि उत्तर हुँदै जान्थ्यो जसको आज नामनामेसी छैन। पोखरिया बजार गुलजार हुँदै गएपछि वीरगंज–पोखरिया सडकखण्डले पदमरोडको नाम पायो। नतिजा के भयो भने पद्मरोडको जग्गा छेउछाउका मानिसले आफ्नो हकभोगमा लिए र अहिले त्यही जग्गा अधिग्रहण गर्ने र मोल तिर्ने भनिंदै छ।     तराई क्षेत्रको उन्नयनका लागि भारत सरकारले सहयोगक

कसरी आफ्नो देश हो भनी दाबी गर्ने ?

आरके पटेल, वीरगंज, १० साउन/     सीमावर्ती गाविस लहावर थकरी–९ धोबिया टोलाका बासिन्दा सरकारी सेवा–सुविधाबाट वञ्चित छन्। त्यहाँ सडक, सञ्चार, शिक्षा, स्वास्थ्य  र खानेपानी सेवा छैन। राज्यबाट नागरिकले पाउनुपर्ने अति आवश्यक सेवासमेत नपाएका धोबिया टोलाका बासिन्दाले जिल्ला विकास समिति लगायत निकायमा कैयनपटक अनुरोध गर्दा पनि कुनै सुनुवाइ नभएको सो गाविसका पूर्व अध्यक्ष विश्वनाथ ठाकुरको गुनासो छ।     नेपाल–भारत सीमा क्षेत्रमा रहेको धोबिया टोलामा लगभग ६५ घरधुरीको बसोबास छ। ४५५ जनसङ्ख्या रहेको सो गाउँसम्म पुग्न भारत भएर आउनुबाहेक कुनै बाटोघाटो छैन। सो गाउँसम्म पुग्न खेतको आलीको सहारा लिनुपर्छ। सीमासँग जोडिएको सो टोलामा नेपाल सरकारले दिएको सेवा–सुविधा परै जाओस् जिल्ला विकास समिति पर्साले पनि हालसम्म कुनै कार्य गरेको छैन। भारतले दिएको धाराबाट नेपाली जनताले पानी खाने गरेको पूर्व गाविस अध्यक्ष विश्वनाथ ठाकुरको भनाइ छ। आठ घरधुरीबाहेक मुसलमानहरू बस्छन्।     धोबिया टोलाको दक्षिण र पश्चिममा भारतीय सीमा, पूर्वमा खेतबारी छ। सो टोलादेखि लगभग ५० मिटरको दूरीमा भारतले बनाएको नहरले बाँधको काम गर्दछ जसले गर्दा असा

पति–पत्नीको विवादमा सडक अवरुद्ध

प्रस, निजगढ, १० साउन/     पहिले विवाह गरेको पत्नीको बेवास्ता गर्दै कान्छी भित्र्याएपछि विवाद बढ्दै सडक अवरुद्धसम्म पुगेको छ। विवादका कारण मङगलवार निजगढ बजारमा पीडीत पक्षले दिउँसो १:३० बजेदखि डेढ घण्टा सडक अवरुद्ध गरेको थियो। केही वर्षदेखि निजगढ–७ बस्दै आएका श्याम साहले भारतको मोतीहारी चैनपुर माइती भएकी १८ वर्षीया सरितादेवी साहमाथि सौता हालेपछि पारिवारिक विवाद चर्कंदै गएको थियो ।         विवाहिता पत्नीलाई विभिन्न आरोप लगाएर हेला गर्ने र सौता हालेपछि सरिता देवी र उनका माइतीले न्यायको माग गर्दै श्याम साहविरुद्ध इलाका प्रहरी कार्यालय, निजगढमा उजुरी हालेका थिए । उजुरीपछि पटक/पटक पीडित र आरोपित साहबीच मौखिक सहमति भएपनि कार्यावन्यन नभएपछि विवाद बढेको सरितादेवी  बताउँछिन्। साहसँग ३ वर्षअघि सरितादेवीको विवाह भएको थियो।     इलाका प्रहरी कार्यालय, निजगढमा करिब १ महिनाअघि सरितादेवीका माइतीलाई आरोपित साहले २ लाख रुपियाँ फिर्ता दिने र आइन्दा कुनै सम्बन्ध नरहने सहमति गरेपनि बेवास्ता गरेको सरिता देवीका दाजु त्रिभुवन साहले बताए। आरोपित साह आज बिहान प्रहरी कार्यालय निजगढमा उपस्थित भएपनि प्रहरीले न्याय

बर्से धान मङ्सिरमा फल्छ तर संविधान ?

  :रामजी बलामी असार महिनाको अन्त्यसँगै धान रोपाइँ सकिएको छ। यस वर्ष मौसमले साथ दिएकोले विगतजस्तो न भ्यागुताको जन्ती जानुपर्‍यो न नाङगै नाच्नुपर्‍यो। त्यसैले सारा कृषक यतिखेर राम्रो धान फल्ने आशले दङग छन्। अझै मौसमले साथ दिने र विगतजस्तो मल–खादको अभाव नहुने हो भने यस वर्ष धानको उत्पादन बढ्ने निश्चित छ तर विडम्बना विगत तीन वर्षदेखि रोपिएको संविधान चाहिं नफल्ने आशङका बढ्दै गएको छ। बढ्दो धान उत्पादनले हर्षित हुने बखत पसिना चुहाई आन्दोलनमा होमिनुपर्ने हो कि भन्ने चिन्ता उब्जिएको छ यतिखेर । जेठ १४ मा थप गरिएको संविधानसभाको म्याद ३४ दिनमात्र बाँकी छ। तीन वर्ष आलटालमैं बितेकोले बाँकी दुई महिनामा संविधान बन्ला भन्ने कुरा ‘आकाशको फल’ ताक्नु बराबर हो।     संविधानसभाको म्याद पुन: तीन महिना थपेर मङ्सिरसम्म पुर्‍याउने गाइगुईं चल्दैछ। मङ्सिरसम्म म्याद थप गरिएपनि बर्सेधान र संविधान एकसाथ फल्नुपर्ने हो। बर्सेधान त फल्छ, संविधान फल्ने लक्षण देखिएन। दुवै धान फले दुवै हातमा घ्यु हुने थियो, तर त्यस्तो हुने कुनै आश छैन। सहमति भएको भोलि बिहानदेखि नै त्यसको पायकपर्दो व्याख्या गर्न थालेका नेताहरू अहिले ता ता

रङगशाला बनाउन फूटबल प्रतियोगिता सुरु

चितवन (रत्ननगर), १० साउन/रासस     चितवनको नारायणगढमा उद्योग वाणिज्य सङ्घ चितवनअन्तर्गत अन्तर्वस्तुगत सङ्घ नकआउट फूटबल प्रतियोगिता सुरु भएको छ ।      नारायणगढको क्याम्पाचौरलाई मिनी रङगशाला बनाउन आर्थिक सहयोग जुटाउनका लागि प्रतियोगिता सुरु भएको हो ।     नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय उपाध्यक्ष भास्करराज राजकर्णिकारले हिजो प्रतियोगिताको उद्घाटन गरेका थिए ।     हिजोदेखि सुरु भएको खेल साउन २३ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा प्रथम हुनेलाई रु. ५० हजार र दोस्रोलाई रु. २५ हजार प्रदान गरिने छ ।     यस्तै उत्कृष्ट खेलाडीलाई उद्योग वाणिज्य महासङ्घका तर्फबाट रु. २५ हजार प्रदान गरिने सो अवसरमा उपाध्यक्ष राजकर्णिकारले घोषणा गरे ।     फेन्सी व्यवसायी सङ्घ चितवनको आयोजनामा सुरु भएको प्रतियोगितामा उद्योग वाणिज्य सङ्घ चितवन अन्तर्गत वस्तुगत समितिका विभिन्न १६ टिमको सहभागिता रहेको छ ।

संसद् नै सर्वोच्च हो त ?

–श्रीमन्नारायण    के हाम्रो शासन व्यवस्थामा संसद् नै सर्वोच्च शक्ति हो भन्ने प्रश्न विभिन्न कोणबाट उठ्न थालेको छ। सैद्धान्तिक रूपमा यसमा दुई मत हुन सक्दैन कि कानुन बनाउने सवालमा संसद्लाई नै सर्वोच्च शक्ति हासिल छ। तर हालका केही अनुभवहरूमाथि ध्यान दिने हो भने यो शङका बाक्लो हुँदै गएको छ कि के संसद्ले आफ्नो यस जिम्मेवारीको निर्वाह गरेको छ ? खासगरी त्यस्तो अवस्थामा जब उसले कतिपय विधेयकलाई बिना चर्चा पारित हुन दियो।     हाम्रो संसदीय व्यवस्था अन्तर्गत कानुन बनाउने प्रक्रियामा सरकारको भूमिका अग्रणी हुन्छ। विधेयकको मस्यौदा तयार गर्ने र त्यसलाई संसद्मा पेश गर्ने काम पनि सामान्यतया सरकारले नै गर्दछ। संसद्बाट यो अपेक्षा गरिन्छ कि उसले प्रत्येक विधेयकलाई गम्भीरतापूर्वक जाँचपडताल गरोस् अनि यो पनि फैसला गरोस् कि यसलाई कुन रूपमा पारित गरिने छ। हाम्रा सांसद (सभासद्) हरूलाई कुनै पनि विधेयक संसद्मा प्रस्तुत हुनुभन्दा केही दिन अगाडि नै पढ्न र हेर्नका निम्ति प्राप्त हुन्छ। यो काम संसद् सदस्यहरूको मागअनुसार हुँदैन । वास्तवमा हाम्रा सांसदहरूद्वारा कहिल्यै यो माग गरिंदैन कि विधेयकको मस्यौदा हामीलाई पर्

अधिकारको पहिचान

भिस्वा गाविसस्थित प्रहरी चौकीलाई त्यस गाउँका महिलाहरूले घेरे। यस कार्यमा गैरकानुनी धन्दाको कुनै गन्ध छैन। गाउँलेहरूले राज्यप्रदत्त अधिकारबाट वञ्चित हुनुपरेको पीडा पोख्न प्रहरी चौकी घेराउ गरेका थिए। वस्तुत: यो घेराउ गाविस सचिवसँग असन्तुष्टिको परिणाम थियो। गाविस सचिवले वृद्ध, विधवा, अपाङगलगायत राज्यले दिने गरेको उचित भत्ता समयमा प्रदान नगरेको कारण यो घेराउ भएको थियो। असन्तुष्ट गाउँलेहरू जब भत्ता वितरणमा अनियमितता गर्दा गाविस सचिवविरुद्ध प्रतिकार गर्दैथिए, प्रहरीले सचिवलाई जोगाएर उचित फैसला दिने वाचा गरेको थियो। निर्धारित समयमा सचिव प्रहरी चौकीमा उपस्थित नभइदिंदा गाउँले महिलाहरू अघि सरी प्रहरी चौकी घेराउ गरेका थिए। यस दृष्टिले होम गर्दा प्रहरीको हात पोलेजस्तो भयो। सचिवलाई गाउँलेबाट जोगाउनु तर सचिव भनेको समयमा नआइदिंदा यो घटना भएको हो। यस अर्थमा प्रहरी र भिस्वाका जागरुक महिलाहरूले कुनै धृष्टता गरेको ठहर हुँदैन। अर्काको नासो समयमा र उचित तवरले हस्तान्तरण नगर्ने सचिव यस मामिलामा धृष्ट देखिन्छन्।     कुरा जे भएपनि यस घटनाले सुदूर ग्रामीण इलाकासम्म अधिकार प्राप्तिको भावना फैलिएको देखिन्छ। सरक

विजामद्वारा बाल पोषणगृह नाउक्षे अस्पताललाई हस्तान्तरण

Image
प्रस, वीरगंज, ९ साउन/     बितेको ५ वर्षदेखि नेपाल युथ फाउन्डेशनको आर्थिक सहयोग र विजामको संयोजनमा नारायणी उप–क्षेत्रीय अस्पतालमा सञ्चालित पोषण पुनस्र्थापना गृह आजदेखि नारायणी उपक्षेत्रीय अस्पताललाई हस्तान्तरण गरिएको छ।     विजामका अध्यक्ष महेश अर्यालको सभापतित्वमा अस्पताल परिसरमा हस्तान्तरण समारोहका वक्ताहरूले बाल पोषणगृहले कुपोषणविरुद्ध निर्वाह गरेको भूमिकाको प्रशंसा गरेका थिए।     अस्पताल विकास समितिका अध्यक्ष क्षेत्रबहादुर श्रेष्ठ (अनिल) को मुख्य आतिथ्य र प्रमुख जिल्ला अधिकारी तारानाथ गौतमको विशेष आतिथ्यमा सम्पन्न समारोहमा पोषणयुक्त कार्यक्रम निर्देशक मनीषा भट्टराई, बाल–विशेषज्ञ डा. श्यामसुन्दर दास र अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट मुकेश चौरसियाले मन्तव्य प्रकट गरेका थिए।     सुकेनास, फुकेनासलगायत कुपोषित बालबालिकाहरूलाई पोषण दिन स्थापित पोषण पुनस्र्थापना गृह पहिलो, दोस्रो र तेस्रो वर्षमा २५ प्रतिशत सरकारले अनुदान सहयोग गर्ने, चौथो वर्ष ५० प्रतिशत र पाँचौं वर्ष १०० प्रतिशत नै सरकारले सञ्चालन गर्ने नीतिअनुसार यस वर्षदेखि सरकारलाई हस्तान्तरण गरिएको विजामले जनाएको छ।     दश शय्या

गाविसका सचिवमाथि दुव्र्यवहार महिलाहरूले प्रहरी चौकी घेरे

प्रस, लङगडी, ९ साउन/     भिस्वा गाविसका सचिव बिन्दा साहलाई स्थानीय बासिन्दाले आइतवार दिउँसो कुटपिट गरेको समाचार प्राप्त भएको छ।     गाविस सचिव साह गाउँलेहरूको नियन्त्रणमा परेपछि प्रहरी चौकी भिस्वाले साहलाई बचाएर हिजो घर पठाएको बताइएको छ। सचिव साहले हिजो सामाजिक सुरक्षा अन्तर्गत वृद्ध–वृद्धा एवं विधुवा भत्ता बाँडन गाउँ गएका थिए। सचिवले गत वर्ष विधुवा तथा वृद्धभत्ता बाँड्दा कार्डमा ३ हजार लेखेर २ हजारमात्र वितरण गरेका थिए।  गाउँलेहरूले प्रतिवाद गर्दा अर्को वर्ष पाउने बताएका थिए।     हिजो सचिवले रकम बाँड्दा पहिलेको रकम फ्रिज भएको बताएपछि गाउँलेहरू अक्रोशित भएका थिए। २०६७ ६८ को सामाजिक सुरक्षाको रकम वितरण गर्न हिजो सचिव साहले रु. ५ कम दिएपछि गाउँलेहरूले सचिवलाई कुटपीट गर्न थालेका थिए। पछि प्रहरीले सचिवलाई नियन्त्रणमा लिई प्रहरी चौकी पुर्‍याएको थियो। प्रहरीले आफ्नो रोहबरमा रकम बाँडिने बताएपछि गाउँलेहरू घर फर्केका थिए। प्रहरी एवं गाउँलेबीच हिजो भएको सहमतिअनुसार सचिव साह आज रकम बाँड्न गाउँ नपुग्दा गाउँका महिलाहरूले प्रहरी चौकी भिस्वा घेराउ गरेका थिए। पछि गाउँमा भद्रभलाद्मीहरूले सम्झाइबुझाई

भलुहीको उपाधि गोल्डस्टार क्लबलाई

प्रस, वीरगंज, ९ साउन/     बाराको भलुहीमा सम्पन्न नक आउट क्रिकेट प्रतियोगिताको उपाधि  गोल्ड स्टार क्रीकेट क्लव गहवाले हात पारेको छ।     आज सम्पन्न फाइनल खेलमा नारायणी यातायात बस व्यवसाय सङ्घलाई पाँच रनले पराजित गर्दै गोल्ड स्टारले उपाधीमाथी हाता पारेको  हो।  टस जितेर बयाटिङ् गरेको गोल्ड स्टारले निर्धारीत २० ओभरमा ६ विकेटको गुमाई १८५ रनको स्कोर खडा गरेको थियो। गोल्डका राज खड्कीले ३५ बल खेल्दै अविजीत ९६ रन बनाए भने गुडु कुमारले १६ बल मा ३४ रनको बनाएका थिए।     प्रतिउत्तरमा मैदानमा बस व्यवसायी सङ्घले १९ ओभरमा ३ बल खेल्दै सम्पूर्ण विकेटको क्षतिमा १ सय ८० रन मात्र बनाएर परजित स्वीकार गर्‍यो । नारायणीका लागि समीम हवारीले ३९ बलमा  ६२ रन,  अनवरुल हवारीले २१ बलमा ४४ रन हाता पारेका थिए। प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेका बापत गोल्ड स्टारका राज खड्की आज म्यान अफ द म्याच र म्यान अफ द सीरिज घोषित भएका छन्। विजयी टिमलाई समापन समारोहका मुख्य अतिथी  सभासद् रामचन्द्र प्यासीले पुरस्कार वितरण गरेका थिए ।

इमानदार र भ्रष्टाचारी नचिनेपछि

    सुडान घोटाला प्रकरण सम्बन्धमा आजभोलि दिनहुँ विशेष अदालतमा बहस चलिरहेको छ। आरोपितहरू हाजिर भइरहेका छन्। हाजिर भएकाहरू कोही भोलिपल्ट त कोही दुईचार दिनपछि धरौटी तथा जमानीमा छुटिरहेका छन्। हालसम्म अदालतले धरौटी तोकेका ६–७ जना अभियुक्तमध्ये प्राय: सबैले धरौटी राखी खोरबाट मुक्त भएका छन्। यसरी मुक्त भएकाहरू पूर्व प्रहरी अधिकारी एवं निलम्बित प्रहरी अधिकारीहरू छन्। सुरुमा धरौटी माग गरिएकाहरूमा धरौटी बुझाउने सवालमा केही समस्या सृजना भएको पाइएको भए तापनि त्यसपछिका थुनुवाहरूलाई धेरै सजिलो भएको छ। अदालतले थुनामा पठाउनुभन्दा पहिले नै कागज प्रमाणहरू तयार गरेर धरौटी तथा जमानत बस्न बैंकहरू तयार भइदिन्छन्। पूर्व प्रहरी महानिरीक्षक हेमबहादुर गुरुङलाई विशेष अदालतले तोकेको ५ करोड धरौटी तिर्ने जमानत ग्लोबल बैङकले दिएको छ। त्यसैगरी पूर्व प्रहरी महानिरीक्षक रमेशचन्द ठकुरीको ७ करोड रुपियाँ तिर्ने जिम्मा सिभिल बैंकले लिएको छ। एसएसपी दीपेन्द्रबहादुर बिष्टलाई तोकिएको एक करोड बुझाउने जिम्मा इन्भेस्टमेन्ट बैंकले लिएको छ।     भ्रष्टाचारका अभियुक्तहरूलाई छुटाउन अहिले बैंकहरू लाइन लागेर बसेका छन्। भ्रष्टाचारमाथि

कमजोर नेतृत्व र आन्तरिक दलीय विवाद तगारो

अधिवक्ता वीरेन्द्र प्रसाद यादव     बार्‍ह बर्से माओवादी सशस्त्र द्वन्द्व र राजा ज्ञानेन्द्रको निरङ्कुश शासनताका मुलुक चरम सङकटमा थियो। त्यस सङकटमा बहुसङ्ख्यक जनता दलहरूसित असन्तुष्ट मात्र थिएनन् राजनीतिक नेतृत्वप्रति वितृष्णाले राजाको निरङ्कुशतालाई पनि असहज मानेका थिएन। नेताहरू आमरण अनशन बसेपनि आम जनताले खासै चासो लिएको थिएन भने राजाको तानाशाही नचाहेर पनि राजाको दर्शन गर्न फूलमाला लिएर  तँछाड–मछाड गर्थे। टन्टलापुरको घाममा टाढाबाट हिंडेर मात्र आएनन् दुई–चार घण्टा रोडमा उभिएर दर्शनको प्रतीक्षा गरेको वीरगंजलगायत दर्जनौं गाउँ–शहरमा देख्न पाइयो। जनताले दलहरूलाई एकदमै बेवास्ता गरेको बखत दलहरू कमजोर नहुने कुरै थिएन। यद्यपि त्यस बखत पनि राजनीतिक नेतृत्वले महत्त्वपूर्ण निर्णय मात्र गरेनन् निर्णयलाई कार्यान्वयन गराउन सफलसमेत भए। माओवादीलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याएर जनान्दोलन सफल पारेर देखाए। चुनौतीपूर्ण संविधानसभा निर्वाचन भयो, राजतन्त्र फालियो र गणतन्त्र स्थापना भयो। विभिन्न वर्ग, समुदायको विद्रोह र आन्दोलनलाई वार्तामार्फत विराम दिइयो। लडाकू र हतियार थन्काइयो। रगतैरगत भएको मुलुकमा

क्षयरोग उन्मूलन आजको अभियान

–प्रमोदकुमार पौडेल     क्षयरोग हावाको माध्यमबाट सनेर् सरुवा रोग हो। यो रोग कसैलाई पनि लाग्न सक्छ। यो रोगले को धनी, को गरिब भन्दैन। क्षयरोग सबै वर्ग, लिङग र समुदायको स्वास्थ्य समस्याको रूपमा शताब्दीऔंदेखि विद्यमान रहँदै आएको छ। यो रोग उत्पादनमूलक उमेर समूहका व्यक्तिलाई लाग्ने मात्र नभई महिलाको मृत्युको प्रमुख कारक भनी परिचित छ। तसर्थ क्षयरोग स्वास्थ्य समस्या मात्र नभई राष्ट्रको सामाजिक एवं आर्थिक विकासको बाधक बनेको छ। विश्वमा कुल एकतिहाई जनसङ्ख्या क्षयरोगबाट सङ्क्रमित भएको अनुमान गरिन्छ भने एकजना क्षयरोगीले समयमैं उपचार नपाउँदा १ वर्षभित्र १० देखि १५ जना व्यक्तिलाई क्षयरोग सार्ने सम्भावना हुन्छ। नेपालमा हाल ८० हजार क्षयरोगी छन् र प्रतिवर्ष ४० हजार (सन् २००८ को तथ्याङक) नयाँ मानिसलाई क्षयरोग लाग्दछ र तीमध्ये २० हजारलाई सरुवा खालको फोक्सोको क्षयरोग हुन्छ। फोक्सोमा लाग्ने क्षयरोग सरुवा हुन्छ। क्षयरोगको समस्यालाई प्रभावकारी तरिकाबाट नियन्त्रण गर्न नेपाल सरकार र गैरसरकारी संस्थाहरूमार्फत् विभिन्न कार्यक्रम सञ्चालन गरिएको छ। यति हुँदाहुँदै पनि नेपालमा प्रतिवर्ष ५ देखि ७ हजार मानिसको क्षयरोग

कानुनी परामर्श

अधिवक्ता वीरेन्द्रप्रसाद यादव प्रश्न: आजकल केटाकेटीको विवाहमा देखासुनीदेखि विवाह हुने दिनसम्म अत्यधिक खर्च र तडकभडक गरेको देखिन्छ। विवाहको कुरो छिनोफानो गर्न नै पचासजनाभन्दा बढी केटा पक्षको मानिस केटीको घर जाने गरेको देखिन्छ सुनिन्छ। सबैलाई कपडा तथा नगद दक्षिणा पनि केटी पक्षले दिने गरेको सुनिन्छ। यसर्थ केटाकेटीको विवाह गर्दा गराउँदा तिलक दाइजो लिनदिन हुन्छ कि हुँदैन ? विवाहमा जन्ती कतिसम्म लान सक्ने कानुनी प्रावधान छ ? तिलक लिएदिएमा के कस्तो सजायको व्यवस्था छ ? यसको कानुनी कार्यवाहीको प्रक्रिया के हो ? –पन्नालाल कलैया उत्तर:  पन्नालाल जी केटाकेटीको विवाह गर्दा गराउँदा सामाजिक व्यवहार(सुधार) ऐन २०३३ बमोजिम तिलक दाइजो वा कुनै किसिमको नगद वा जिन्सी कर लगाएर लिन हुँदैन। छेकालगायत कुनै काममा पनि बढी खर्च गर्न बाध्य पार्नुहुँदैन । विवाहमा लेनदेनको निम्ति मोलतोल पनि गर्नुहुँदैन। विवाह गर्दा गराउँदा न त दुलहा पक्षले तिलक लिन पाउँछ न दुलही पक्षले दुलहा पक्षबाट नगदी–जिन्सी लिन पाउँछ। विवाह हुँदा वा विवाहपछि यति नगदी–जिन्सी दाइजो दान, बकस, भेटी, बिदाई उपहारसमेत जुनसुकै रूपमा दिनुपर्छ भनी कर लगा

नाथम कप प्रतियोगिता

काठमाडौं, ८ साउन/रासस     नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) द्वारा पर्यटन वर्षलाई प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित ‘नाथम कप २०११’ अन्तर्कलेज बास्केटबल प्रतियोगितामा नेपाल एकेडेमी अफ टुरिज्म एन्ड होटल मेनेजमेन्ट विजयी भएको छ।      सो प्रतियोगितामा विजयी कलेजले ग्लोबल एकेडेमी अफ टुरिज्म एन्ड हस्पिटयालिटीसँग भएको प्रतिस्पर्धामा ६१ स्कोर प्राप्त गरी विजयी भएको हो।     आजदेखि सुरु गरिएको सो प्रतियोगिता एक सातासम्म रवि भवनस्थित प्रतिष्ठानको खेल मैदानमा सञ्चालन हुनेछ। प्रतियोगिताको प्रतिष्ठानका प्रशासक नरेश डङ्गोलले शुभारम्भ गरेका हुन्।     काठमाडौं उपत्यकामा रहेका विभिन्न होटल व्यवस्थापनसम्बन्धी विषयमा अध्ययन/अध्यापन गराइने सातवटा कलेजका विद्यार्थीको सहभागिता रहेको सो प्रतियोगिताका विजयी समूहले ‘नाथम कप २०११’, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् ।     प्रतियोगिताका संयोजक रिपेश गुप्ताले प्रतिष्ठानले विभिन्न मुलुकका पर्यटकलाई आकर्षित गर्न विभिन्न होटल व्यवस्थापनसम्बन्धी कलेजका विद्यार्थीलाई सक्रिय बनाउन खेलकुद, सरसफाइ तथा वृक्षरोपण, गन्तव्य फूड फेस्टिभल, विमानस्थलमा आउने पर

सशस्त्र प्रहरीबलद्वारा ३५० लिटर घरेलु मदिरा बरामद गरी नष्ट

Image
गम्भीरा सहनी, जीतपुर, ५ साउन/     घरेलु मदिराको बिक्री वितरण र ओसारपोसारमा वृद्धि भएकोले सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प जीतपुरका सशस्त्र प्रहरी हवलदार अरुण चौधरीको नेतृत्वमा खटेको टोलीले जीतपुर नगरपालिका बसपार्कबाट आज बिहान करिब ७:३० बजे २५ वटा ग्यालनमा रहेको ३५० लिटर अवैध मदिरा बरामद गरेको छ।     घरेलु मदिराको मूल्य सस्तो पर्नाले सबै ठाउँमा छयाप्छयाप्ती पाइन्छ। निजगढ, अमलेखगंज, सिमरा, औराहा, बजनी, जीतपुर, बेल्वा, चोर्नी, बिरुवागुठीमा दिनहुँ हजारौं लिटर घरेलु मदिरा उत्पादन गरी वीरगंज र भारतीय सीमावर्ती शहर रक्सौलसम्म लुकाइछिपाई पुर्‍याइने गरेको छ।     सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प जीतपुरको टोलीले जीतपुर नगरपालिका बसपार्कमा रहेका विभिन्न सार्वजनिक सवारी साधनहरूबाट चेकजाँच गरी सो परिमाणको अवैध मदिरा बरामद गर्नुका साथै तस्करहरूलाई सो अवैध काम नगर्न चेतावनी दिई छोडेका छन्।     बरामद मदिरा इलाका प्रहरी कार्यालय, जीतपुर र स्थानीय बासिन्दा तथा सञ्चारकर्मीको रोहबरमा बेस क्याम्प परिसर छेउमा खाल्टोमा खन्याई नष्ट गरी पुरियो।

उद्दण्ड प्रहरीलाई कारबाई गर– पर्सेली सञ्चारकर्मी

Image
प्रस, वीरगंज, ५ साउन/     फोटो पत्रकार राम सर्राफमाथि अभद्र व्यवहार गर्ने प्रहरीमाथि कारबाईको माग गर्दै पर्साका सञ्चारकर्मीहरू आन्दोलित भएका छन्।     जिल्ला प्रहरी कार्यालय, पर्सामा प्रहरी उपरीक्षक रमेश खरेलसँग भेटी पर्सेली सञ्चारकर्मीहरूको टोलीले फोटो पत्रकार सर्राफमाथि भएको कुटपिटको  भत्र्सना गर्दै कारबाईको माग गरेका छन् ।   वीरगंज घण्टाघर नजिकै मोटरसाइकल पार्किङ गरिराखेको मोटरसाइकलको प्रहरीले हावा खोल्न थालेपछि पत्रकार राम सर्राफले मोटरसाइकल डोर्‍याएर अन्यत्र लान खोज्दा प्रहरीले लाठी चार्ज गरेको थियो।     भेटघाटको अवसरमा प्रहरी उपरीक्षक खरेलले सर्वसाधारणमाथि प्रहरीले लाठीचार्ज गर्नु मानव अधिकारको हनन भएको भन्दै घटनामा संलग्न प्रहरीलाई विभागीय कारबाई गर्ने आश्वासन दिएका छन्। पर्साको सुरक्षा स्थिति विगतभन्दा सुधार भएपनि प्रहरीको उद्दण्डता भने बढ्दै गएको गुनासो उठ्न थालेको सञ्चारकर्मीहरूले बताएका थिए। उद्दण्ड सुरक्षाकर्मीमाथि कारबाई गरेर सार्वजनिक गर्नुपर्ने अन्यथा सुरक्षाको नाममा प्रहरी आतङक टुलुटुलु हेरेर बस्न नसकिने सञ्चारकर्मीहरूले चेतावनी दिएका छन्।     टोलीमा पत्रकार महासङ्घ