Posts

Showing posts from January, 2011

शान्ति र संविधान निर्माणको लागि दवाव मुलुक र्‍याली संविधान बनाउन अब आन्दोलन – अध्यक्ष झा

Image
प्रस,पर्सा, १६ माघ/     नेपाल पत्रकार महासंघका अध्यक्ष धमेन्द्र झाले संविधान निर्माणका लागि प्रमुुख तीन दल उदासिन भएको बताएका छन्।     बीरगंजमा आज नेपाल पत्रकार महासंघ पर्साद्धारा आयोजित शान्ति र संविधान निर्माणका लागि दबाव मूलक र्‍यालीपछिको कोणसभालाई सम्बोधन गर्दै अध्यक्ष झाले जनान्दोलनलाई सफल बनाएका पत्रकारहरुले जनचाहना अनुरुप  संविधान बनाउनका लागि दलहरु संवेदनशिल नभएपछि पुन आन्दोलित हुनुपरेको बताएका छन्। दलहरु संवेदनशिल नभए सशक्त आन्दोलन हाँक्ने चेतावनी दिंदै अध्यक्ष झाले थपिएको समयमा संविधान नबन्ने अवस्था आए आन्दोलन तताउने दलहरुलाई चेतावनी दिएका छन्।     अध्यक्ष झाले पत्रकार महासंघ पत्रकारहरुको साझा मुद्दा श्रमजिवी पत्रकार ऐन र प्रेस स्वतन्त्रताका मागहरुलाई थाती राखेर पत्रकार महासंघ जनताको संविधान बनाउन लागि परेको बताए। नेताहरु आफु खुशी निर्णय गर्ने र जे गरेनी हुने मनस्थितीमा रहेको बताउदै “अब त्यो हुँदैन संविधान बन्नुपर्छ ” उनले भने। पहिला संविधान त्यसपछि शान्ति अनि त्यसपछि सहमति भन्दै मुलुकमा संविधान आउनै पर्ने झाले बताएका छन्।     हामीले संविधान आउनुपर्छ भनेर आन्दोलन गरेका थि

शहिद दिवस विविध कार्यक्रम गरी मनाईयो

Image
प्रस,पर्सा १६ माघ /     शहिद दिवस वीरगंजमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ।  जिल्ला प्रशासन कार्यालय पर्साको आयोजनामा वीरगंजको घण्टाघरबाट  र्‍याली निकाली नगरपरिक्रमा गर्दै बालमन्दिरमा पुगेर सभामा परिणत भएको थियो।              सभालाई सम्बोधन गर्दै पर्साका प्रजिअ नागेन्द्र झाले शहिदहरुको बलिदानीबाट मुलुकमा लोकतन्त्र , गणतन्त्र आएको बताए। उनले शहिदकै कारण मुलुकमा आमूल परिवर्तन भएको हुँदा शहिदको सपना साकार पार्न  देशलाई शान्ति र समृद्धतर्फ अग्रसर गर्न सबै लागिपर्नुपर्ने बताए। कार्यक्रममा नेकपा संयुक्तका रामराज जैसवाल, वीउवासंघका उपाध्यक्ष अशोक बैद्य, स्थानिय विकास अधिकारी रामाधिन यादव, शिक्षा अधिकारी केदार तिवारी लगायतले मन्तब्य व्यक्त गरेका थिए।   कार्यक्रममा नेपाल प्रहरीले शहिदहरुप्रति सलामी अर्पण गरेको थियो।     यसैगरी शहिद दिवसको अवसरमा आज वीरगंजमा नेपाली कांग्रेसले शहिद थिरबम मल्ल र तेजबहादुर अमात्यको शालिकमा माल्यार्पण  साथै पूजाआर्जना गरेको थियो। नारायणी उपक्षेत्रिय अस्पतालस्थित थिरबम मल्लको शालिकमा पुगेर स्थानिय कांग्रेस नेताहरुले माल्यार्पण गरेका थिए भने र्‍याली सहि

विदेशबाट पनि जन्मभुमिको शिक्षामा सहयोग

Image
महेश्वर अधिकारी/डुमरवाना     अध्ययन र रोजगारीको सिलसिलामा अमेरिकामा पुगेका बारा जिल्ला डुमरवाना गाविसका युवाहरूले डुमरवानाका स्कूले विद्यार्थीलाई अध्ययनमा सहयोग गरेका छन्।     आर्थिक अभावमा बीचैमा विद्यालय छाड्नुपर्ने गरिब विद्यार्थीका लागि अमेरिकामा रहेका डुमरवानाका युवाहरूले ३२ हजार बराबरको पाठ्य पुस्तक, पोशाक र भर्ना शुल्कमा सहयोग गरेका हुन्।     दुई वर्षअघि अध्ययनका लागि अमेरिका पुगेका बारा डुमरवाना–४ का दीपेन्द्र तिवारीको पहलमा अमेरिकामा रहेका राजकुमार खड्का, किशोर भट्टराई, रघुवीर घिमिरेलगायतका युवाहरूले डुमरवाना क्षेत्रका ८ विद्यालयका ३२ छात्रछात्रालाई स्थानीय अधिकारकर्मी विदुर खड्कामार्फत् शुक्रवार सहयोग हस्तान्तरण गरेका छन्।     जनता उच्च माध्यमिक विद्यालय रजघट्टा, जनजागृति माध्यमिक विद्यालय सखुवाघाट, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय डुमरवाना, बालज्योति निम्न माध्यमिक विद्यालय नयाँबस्ती, नेपाल राष्ट्रिय निम्न माध्यमिक विद्यालय कतर्वा, जनचेतना प्राथमिक विद्यालय मौलापुर, नेपाल राष्ट्रिय निम्न माध्यमिक विद्यालय खाप्सेखोला र नेपाल राष्ट्रिय प्राथमिक विद्यालय बेहरीका विद्यार्थी

जिल्ला स्तरिय बुद्धिचाल प्रतियोगीता सम्पन्न

Image
प्रस,जीतपुर १६ माघ /      बाराको आदर्श गा.वि.स.भवानीपुर जीतपुर वार्ड नं. ३ मा जीतपुर युवा क्लबद्धारा आयोजित बुद्धिचाल प्रतियोगीता आज सम्पन्न भएको छ। उक्त खेलमा ६६ जना खेलाडीहरु सहभागी भएका थिए।              होलीराज अंग्रेजी आवसीय माध्यमिक विद्यायलमा आयोजित बुद्धिचाल प्रतियोगीताको दोस्रो दिनको सेमिफइनल खेलमा जीतपुर ३ बस्ने छोटेलाल साहले खेल शुरु भएको १५ मिनेटमा जीतपुर ३ बस्ने सचिन कार्कीलाई पराजित गरि फाइनलमा प्रवेश गरेका थिए भने डुमरवान ७ बदाफर बस्ने विरल चौधरीले खेल शुरु भएको १७ मिनेटमा जीतुर ३ बस्ने अनिल झालाई पराजित गरि फाइनलमा पुगेको क्लबका अध्यक्ष मनोजकुमार साहले बताए।            विरल चौधरी र छोटेलाल साह बिच भएको फाइनल खेलमा खेल शरु भएको १५ मिनेटमा चौधरीले साहलाई पराजित गरि प्रथम भएका थिए।            विजयी प्रथम ,दोस्रो, तेस्रो तथा चौथो हुने प्रतियोगीहरुलाई प्रमुख अतिथि  रामबाबुप्रसाद गुप्ताले  क्रमश: रु ३००० , रु २०००,रु १००० ,रु ५०० नगद , प्रमाणपत्र , गोल्ड मेडल तथा शिल्ड प्रदान गरी सम्मानित गरेका थिए।

शहीद दिवस र श्रद्धाञ्जलि

-विनोद गुप्ता हिजो अर्थात् माघ १५ गते राति करिब ७ बजे वडा नं. ५ बाट मणि भाइले १६ गते शहीद दिवसको कार्यक्रममा नेपाली काङ्ग्रेसको सक्रिय सदस्यको हैसियतमा बिहान ८ बजे ना.उ.क्षे. अस्पतालमा शहीद थिरबम मल्लको सालिकमा र गण्डक चोकस्थित स्व. तेजबहादुर अमात्यको सालिकमा माल्यार्पणको कार्यक्रम रहेको सुनेर मन हर्षले विभोर भयो। नेकाका नेता रामहरि जोशीद्वारा ००७ सालको क्रान्तिको सन्दर्भमा लेखिएको एउटा पुस्तकमा यी दुवै वीरहरूको प्रेरक प्रसङगको उल्लेख भएको घटनामध्ये एक दुई सम्झन पुगें। पहिलो घटना थियो तत्कालीन बडा हाकिम सोम शम्शेरको बङगला कब्जा गर्दा ब्यारेकबाट आएका हतियारबन्द सैनिक टुकडीलाई स्व. तेजबहादुर अमात्यले गोली नभएको स्टेनगनधारक मुक्ति सेनालाई “ल स्टेनर यिनलाई ताक” भन्ने आदेश दिनु र ती मुक्ति सैनिकले आदेशको अर्थ बुझ्दै आफ्नै ज्यान जोखिममा राखेर खाली स्टेनगन लोड गर्ने कर्म गर्नु र त्यसैको भरमा राणा सैनिक टुकडीलाई नियन्त्रणमा लिनु। दोस्रो घटना शहीद थिरबम मल्लसँग सम्बन्धित छ। मलाई याद भएसम्म पुस्तकमा उनी सोम शम्शेरका भान्जा थिए भनी उल्लेख थियो र उनले आफ्नो ज्यानको बाजी लगाएर आफ्नै मामालाई नियन्त्

जाग शिक्षक जाग–९

-अनन्तकुमार लाल दास     शिक्षकलाई पनि जगाउनुपर्छ र ? एक प्रश्न तेर्सियो। प्रश्न त प्रश्न नै हो। यसलाई सम्बोधन गरेर मात्र साम्य पार्न सकिन्छ। त्यसैले कुनै पनि प्रश्नको अगाडि यक्ष विशेषण नै लगाउनुपर्छ भन्ने छैन। प्रश्नको हल नखोजेसम्म त्यो गर्‍हुँगो हुन्छ नै। निश्चितरूपमा शिक्षक भनेकै सजग, जागरुक एवं पहरेदार पेशा हो। अहिले बदलिएको सन्दर्भमा शिक्षकहरू कुम्भकर्णे निद्रामा सुतेका त छैनन् भन्ने गहिरो आम बुझाइ कताकता हुँदै गएको छ। त्यसैले कुखुरी–काँ गर्नुपरेको हो। हाम्रा पुर्खाहरूले उपनिषद्मा पाठ गरेका थिए, “पूर्णमद: पूर्णमिदं पूर्णात्पूर्णमुदच्येत्। पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते।।” पूर्णता नै हाम्रो लक्ष्य भएको हुनाले हामी शिक्षकहरू आफ्नो पेशामा अझ बढी जागरुक, अझ बढी समर्पित र अझ बढी मर्यादित होऔं भन्ने लक्ष्य लिएर आपैंmलाई कठघरामा उभ्याउँदै आफ्नैविरुद्ध कलम चलाउन थालिएको छ।  शिक्षकलाई लक्षित गरी कलम चलाउँदा त्यसभित्र हामी सबै शिक्षाधर्मी पर्छौं। त्यसैले यो एउटा शिक्षकले आफ्नै मनको ऐनाभित्र आफैंलाई नियाल्नु हो।     शिक्षक एउटा पेशा मात्र हैन। यो त सत्यको सनातन साधना एवं आलोकको अनन्त

नयाँ क्रान्तिको खाँचो

    जुन चीजमा आफ्नो धेरै मेहनत वा लगानी लागेको हुन्छ, त्यस चीजप्रति माया, ममता एवं भरोसा गहिरो रहने मानवीय गुण हो। अपवादबाहेक जसलाई पनि अरूको भन्दा आफ्नै सन्तान प्यारो हुन्छ, भलै त्यो लुच्चा, लफङगा, फटाहा, फन्टुस र अयोग्य किन नहोस्। श्रवणकुमारजस्तो सन्तानको अपेक्षा हरेक आमाबाबुमा हुन्छ तर वृद्ध बाबुलाई डोकोमा हालेर भीरबाट लडाउने र आफ्नी आमालाई बन्धक राखेर मदिरामा झुलेका छोराहरूको कथा अर्कोतर्फ छँदैछ। यी दुई चरित्रका सन्तानहरूमध्ये दोस्रो चरित्र भएको सन्तान नेपाल र नेपाली जनताको भागमा परेको छ। यो स्वाभाविक चरित्र त होइन, तर लामो समयसम्म सामन्ती शासनले बसालेको संस्कार र प्रजातन्त्र भएर लोकतन्त्रको यात्रा तय गर्दै गणतन्त्रसम्म आइपुग्दा पनि मानिस हुनुको अर्थ जान्न नपाएको कारण यस्तो भएको हुनुपर्छ।     मुलुक सम्भावना र स्रोतविहीन छैन। जल, जङगल, जडीबुटी, जमिन, परिश्रमी एवं इमानदार जनशक्तिको धनी यो मुलुक अब संसारकै गरिब, भिखारी र निर्लज्ज मुलुकको रूपमा पहिचान बनाउँदै छ। मुलुक हाँक्ने जिम्मेवारी पाएका राजनीतिक दलहरू भागबण्डाको फोहरी खेलभन्दा बाहिर निस्कन सकेका छैनन्। मुलुकको अस्तित्व नामेट होस

देशले राम्रो नेता पाएन

- राजेन्द्रप्रसाद कोइराला      भौगोलिक, सांस्कृतिक, प्राकृतिक स्रोत–साधन, जैविक विविधता, सांस्कृतिक विविधता, जातीय विविधता, हिमाल, पहाड, तराईमा रहेका अकल्पनीय विशेषता, जल भण्डारमा संसारकै दोस्रो धनी देश, यी र यावत देश विकासको लागि चाहिने पूर्वाधार हुँदाहुँदै पनि हाम्रो देशले प्रगति गर्न सकेको छैन। हामीभन्दा पछि विकासका पूर्वाधार तयार भएका कैयौं देशमध्ये कसैले विश्व सुन्दरी र विश्वकप फूटबलको आयोजना गरेर संसारलाई चकित पारिदिएका छन् । अरू कयौं देश जसको २० वर्ष अगाडि प्रतिव्यक्ति आय २०० डलर पनि थिएन, आज ती देशको प्रतिव्यक्ति आय ३००० देखि ४००० सम्म पुगिसकेको छ। हामी भने अरूका उदाहरणहरू दिन मात्र अभ्यस्त भएका छौं। देशले अग्रगमन लिन नसक्नुको एउटै कारण हो– नेतृत्वको कमजोरी र नेताहरूमा देखिएको वैचारिक सङकट, नैतिक स्खलन र स्वार्थले गाँजेको राजनीति।     २००७ साल पछिका जति पनि आन्दोलन र क्रान्तिहरू भए, नेपाली जनताले सामाजिक, आर्थिक र राजनीतिक रूपान्तरणको लागि अतुलनीय त्याग, बलिदान र योगदान नदिएका होइनन् तर प्रत्येकपटक नेताहरूको अन्तर्सङ्घर्षले जनतालाई ठग्ने मात्र काम गरे। जनताको मनोभाव बुझेर राष

हतियार उठाउने तयारीमा छौं– मातृका

Image
प्रस, कलैया, १५ माघ /     नेकपा माओवादीका केन्द्रीय संयोजक मातृका यादवले आवश्यक परे आफ्नो दल  मानसिकरुपमा हथियार उठाउने तयारी गरिरहेको बताएकाछन्।     जनक्रान्ति र जनसंविधान निर्माणकोलागि आफ्नो पार्टीले यस्तो मानसिक तयारी गरेको संयोजक यादवले  बताएकाहुन् । यादव सो पार्टी निकट विद्यार्थी संगठन अखिल नेपाल राष्टूीय स्वतन्त्र विद्यार्थि युनियन (माओबादी) को राष्टूीय सम्मेलन उदघाटन गर्न कलैया आएका हुन्।पत्रकार भेटघाटकोक्रममा यादवले जनसंविधान नबनेसम्म नेपाली जनताले मुक्ति नपाउने  बताएका छन्।     नयाँ जनवादी क्रान्तिकोलागि फागुन एकगते जनयुद्ध दिवसदेखी एक महिने जनजागरण अभियान आफनो दलले देशभर चलाउने यादवलेजानकारी गराएका छन्।       संयोजक यादवले अनेरास्ववियू(माओवादी)को प्रथम राष्ट्रिय सम्मेलनलाई आज बिहान सिद्धेश्वर मावि कलैयामा उदघाटन गर्दै देश लुटने तथा विदेशी दलाली गर्नेको कब्जामा संविधानसभा रहेको बताएका छन्। राजतन्त्रको अन्त्य भएपनि सामन्तवादको अन्त्य नभएको भन्दै संयोजक यादवले अझै पनि मुजुक अग्रगमनतिर नलागेको तर्क प्रस्तुत गरेका थिए। “रुपमा परिवर्तन भएपनि  सारमा पुरानै अवस्थामा देश रहेको छ”

स्वर्गीय तिवारीको परिवारलाई ५ लाख सहयोग

Image
प्रस,पर्सा,१५ माघ/     हिन्दु युवा संघ नेपालका अध्यक्ष स्वर्गिय काशी तिवारीको परिवारलाई ५ लाख रुपैयाको सहयोग प्राप्त भएको छ। संघका वरिष्ठ सल्लाहकार ज्योतिलाल कल्वारको श्रीमति लालमुनिदेवी कल्वारले  स्वर्गिय तिवारीकी श्रीमति बबिता देवीलाई रु ५ लाखको चेक हस्तान्तरण गरेकी थिइन। स्थानिय होटल सिजनमा आयोजित चेक हस्तान्तरण कार्यक्रममा वरिष्ठ सल्लाहकार कल्वारले स्वर्गिय तिवारीको परिवारको आर्थिक स्थिती कमजोर भएकोले सहयोग स्वरुप ५ लाखको चेक हस्तान्तरण गरिएको बताए। वरिष्ठ सल्लाहकार कल्वारले स्व. तिवारीको हत्यापछि सरकार र हिन्दु युवा संघ वीच भएको सम्झौता अनुसार सम्बन्धित पक्षले काम नगरेको बताए। उनले यसै महिना भीत्रमा माग पुरा नभए संघले कडा आन्दोलन गर्ने चेतावनि पनि दिएका थिए। हिन्दु युवा संघ नेपालका अध्यक्ष स्व.तिवारीको हत्यापछि नेपाल सरकार र युवा संघवीच मृतकलाई शहिद घोषणा गर्ने, हत्यारालाई कारवाही र मृतकका परिवारलाइ क्षतिपुर्ति दिने लगायतको सहमति भएको थियो। तर सो सहमति आजका मितिसम्म कार्यान्वयन नभएकोले बाध्य भएर आन्दोलनमा जानु बाहेकको विकल्प नभएको स्पष्ट पारेको छ।  पत्रकार सम्मेलनमा स्थानिय पत्रक

ग्रिनल्याण्ड ७० रनको अन्तरले विजयी

Image
प्रस,पर्सा,१५ माघ/      श्हिद दिवसको उपलक्ष्यमा क्रियटिभ स्कूल ग्रुपद्धारा संचालित अन्तरविधालय क्रिकेट प्रतियोगिताको उपाधी ग्रिनल्याण्ड माविले हात पारेको छ। नारायणी रंगशालामा आयोजित सो प्रतियोगिताको फाइनलमा आज ग्रिनल्याण्डले शालोम माविलाई ७० रनको फराकिलो अन्तरले पराजित गरेको छ। टस जितेर पहिलो व्याटिङ गरेको ग्रिनल्याण्डले १९ ओभरमा ९७ रन जोडेको थियो। प्रतिउत्तरमा शालोम ९ओभरमा २८ रनमा नै सिमित भएकोले ७० रनको फराकिलो अन्तरले ग्रिनल्याण्ड विजयी भएको हो। ग्रिनल्याण्डका अफताब आलम म्यान अफ द म्याच घोषित भएका थिए।प्रतियोगितामा शालोम उपविजेता घोषित भयो भने होलिहोम तेश्रो घोषित भएको थियो। विजयी टिमका खेलाडीहरुलाई फागुन सात गते वार्षिक खेलकुद प्रतियोगितामा पुरस्कृत गरिने बताईएको छ।

बन्धन र मुक्तिको कारण हो मन

    संस्कृतमा एउटा श्लोक ‘‘मन एवं मनुष्याणां कारणं बन्धमोक्षयों’’ मनुष्यको बन्धन र मुक्तिको कारण मन नै हो। यसैगरी हिन्दीमा पनि एउटा उक्ति छ ‘‘मन चंगा तो कठौती में गंगा’’ यदि हाम्रो मन चोखो छ सफा छ भने, सानो काठको भाँडामा रहेको जल पनि गंगा समान नै बन्दछ र यदि हाम्रो मन दूषित छ भने , दिनको १०० चोटी गंगामा डुबुल्की मारेर स्नान गरे पनि मानिस चोखो बन्दैन।     त्यसैले प्यारा बाबा भन्नुहुन्छ ‘‘हर घण्टा मनकी एक्सरसाइज कर उसे शक्तिशाली बनाओ  जब बाबा ही संसार है तो संस्कार भी बाप जैसा बनाओं’’। निश्चय पनि मनलाई हर समय हर क्षण नियन्त्रणमा राखेर परमात्मामा टिकाइराख्न अन्यन्त गाह्रो छ गीतामा भनेको पनि छ ‘‘चञ्चल हि मन: कृष्ण प्रमाथि बलवद् दृढम्। तस्याहं मन्य वायो्रिब सुदुकरम्’’ बरू हावालाई हाम्रा् वशमा राख्न नियन्त्रणमा लिन सजिलो होला , तर मनलाई त्यति सजिलोसँग आफ्नो वशमा नियन्त्रणमा राख्न सकिदैन। किनकि यो अति नै चञ्चल छ एकक्षण, एक सेकेण्ड पनि एक ठाउँमा एक वस्तुमा स्थिर भएर बस्न सक्दैन। हामी ध्यान गर्न बस्छौ , ध्यान गर्दागर्दै लुत्त चोर भागेझै एक क्षणमै ध्यानस्थ वस्तुबाट भागिदिन्छ , फेरि तानेर ल्यायो

कोल्हवी बजार क्षेत्रको सार्वजनिक जमीन भूमाफियाको नाममा करिब

Image
जीतलाल श्रेष्ठ, निजगढ, १३ माघ/      भूमाफियाको एक समूहले सार्वजनिक (ऐलानी) जमीनको पुर्जा बनाएपछि बारा कोल्हवीका अधिकांश गाउँले सार्वजनिक जमीन सार्वजनिकरूपमै कायम गर्न एकजुट भएका छन्। बारा कोल्हवी वडा नं.१ मुख्यसडकमा रहेको कित्ता नं. १०९ को २० करोडभन्दा बढी मूल्य जाने ५ बिघा ४ कट्ठा सार्वजनिक जग्गा स्थानीय हरिवंश प्रसाई र पारसनाथ चौधरीले आफ्नो नाममा दर्ता गराइसकेको रहस्य खुलेपछि स्थानीय विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, समाजसेवी, बुद्धिजीवीलगायत स्थानीय गाउँले बिहीवार बिहान भेला भई सार्वजनिक जमीन सार्वजनिकरूपमा नै कायम गर्न गराउन एघार सदस्यीय सर्वदलीय समिति निर्माण गरेका छन्।     विसं २०३३ सालदेखि गाउँ विकास समितिले बजार व्यवस्थापन गर्ने क्रममा विभिन्न व्यापारी, व्यक्तिहरू, सङ्घसंस्था तथा सरकारी कार्यालयहरूलाई समेत व्यवस्थित ढङगले वितरण गरी  सार्वजनिक बजार समेतलाई छुट्याइ करिब साढे तीन दशकदेखि हाटबजार लाग्दै आएको सार्वजनिक जमीनलाई गाविस कार्यालयको नक्कली लेटरप्याड बनाइ गाविस सचिवको नक्कली हस्ताक्षर गरी जग्गा दर्ता गराइ सामाजिक समस्या सृजना गरेको जनाउँदै सम्बन्धित पक्षलाई दुई दिनभित्

हुलाक कार्यालयमा उपद्र गरी दर्ता चिठ्ठी चोर्नेविरुद्ध कारबाई सुरु

Image
प्रस, वीरगंज, १३ माघ/     जिल्ला हुलाक कार्यालयमा दर्ता भएको चिठ्ठी लुट्नुका साथै कर्मचारीमाथि हातपात भएको छ।     सम्भौता गासिस वडा नं. ३ का रामाकान्त साहले जिल्ला प्रहरी कार्यालय पर्साको नाउँमा १०९८२९६० नम्बरको रजिस्ट्री चिठ्ठी हिजो दर्ता गराएका थिए। सोही समयमा सम्झौता गाउँका योगानन्द साह, मनोज साह कानु, सुदामा साह कानुलगायत २०/२५ जना युवाहरूले  सो चिठ्ठी लुटी लगेको जिल्ला हुलाक कार्यालय पर्साका निमित्त कार्यालय प्रमुख दिनेशकुमार श्रेष्ठले बताए। सो कार्यालयमा कार्यरत कर्मचारी हलकारा  रामजन्मप्रसाद यादवलाई हातपातसमेत गरेको हुलाक कार्यालयले जनाएको छ। चिठ्ठीमा केही सच्याउनु छ भन्ने माग गरी सो पत्र हातपारी केही युवाहरू भाग्न खोज्दा कर्मचारी यादवले सो चिठ्ठी दर्ता भइसकेकोले चिठ्ठी कार्यालयबाहिर लगेमा मेरो जागीर जान्छ भनेपछि सो युवाको समूहले कर्मचारी यादवलाई हातपात गरेको यादव स्वयंले बताए । चिठ्ठी खोसाखोस गर्दा चिठ्ठीको आधा भाग सो समूहले लिई भागेको कुरा प्रमुख श्रेष्ठले बताए । कर्मचारीमाथि हातपात गरी दर्ता भएको चिठ्ठीपत्र लुटी लग्ने जोकोहीलाई नछोड्ने श्रेष्ठले बताए । दोषीमाथि कारबाईको माग

नारायणी कलेज फाइनलमा

प्रस, हेटौंडा, १३ माघ/     नारायणी कलेज हेटौंडा भरतपुरमा जारी अन्तर कलेज टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।     प्रेसिडेन्सी कलेज भरतपुरलाई ११ रनले पराजित गर्दै हेटौंडा फाइनलमा प्रवेश गरेको हो। वीरेन्द्र बहुमुखी क्याम्पसको खेल मैदानमा बिहीवार भएको पहिलो सेमिफाइनल खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको नारायणीले पूरा २० ओभरमा ८ विकेट गुमाएर १६३ रन बनाएको थियो। १६४ रनको विजय लक्ष्य लिएर मैदानमा उत्रेको प्रेसिडेन्सी कलेजले १८ ओभरमा सबै विकेट गुमाइ जम्मा १५२ रनमा समेटिन पुग्यो। हेटौंडाका लागि नितेश वीसीले १८ बलमा ५९, नरेशराज गिरीले ३३ बलमा ४४ रन बनाए भने प्रेसिडेन्सीका लागि विकास राज राजभण्डारीले ३४ बलमा ५८ रन बनाए।     खेलको म्यान अफ दि म्याच हेटौंडाका नितेश र प्रेसिडेन्सीका विकास घोषित भएका छन्। प्रतियोगिताको दोस्रो सेमिफाइनलमा शुक्रवार वीरेन्द्र बहुमुखी क्याम्पस ‘बी’ ले शान्ति एकेडेमीको सामना गर्नेछ। राष्ट्रिय फिडे रेडिङ राष्ट्रिय बुद्घिचाल प्रतियोगिता हुने प्रस, हेटौंडा, १३ माघ/     हेटौंडा आमन्त्रित फिडे रेडिङ राष्ट्रिय बुद्घिचाल प्रतियोगिता–२०६७ आयोजना हुने

गरिबी र अर्थ व्यवस्था १४ जनताको व्यवहार

-विश्वराज अधिकारी परम्परागत वा अर्थ शास्त्रिय धारणा अनुसार  अशल जल वायु, उब्जाउ जमिन, अनुकूल मौसम आदिलाई  देशको आर्थिक विकासका लागि आवश्यक तत्वको रुपमा मानिन्थ्यो। यसै गरी, पर्याप्त मात्रामा र कुशल श्रमिकहरुको उपस्थिति, पूँजीको पर्याप्तता, भूमिको अत्यधिक उपलब्धता, प्रभावकारी व्यवस्थापन अदिलाई पनि आर्थिक विकासको आवश्यक तत्वको रुपमा हेरियो। त्यस पछि, सूचना प्रविधिको राम्रो विकास र उत्पादनमा मेसिन एवं औजारको व्यापक उपयोगलाई आर्थिक विकासको आवश्यक तत्वको रुपमा हेर्न थालियो। आफ्नो राष्ट्रलाई विश्व अर्थ व्यवस्थासँग आवद्ध गराएर, वैदेशिक व्यापारको माध्यमवाट देशको अर्थ व्यवस्थालाई छिटै माथि उकास्न सकिन्छ भनी धेरै राष्ट्रहरुले विश्वास गरे। र यस्तो विश्वाश गर्नेमा भारत, चिन लगाएत अन्य थुप्रै राष्ट्रहरुमा पर्छन् । तर अब के विश्वाश गर्न थालिएको छ भने कुनै पनि राष्ट्रको आर्थिक विकासका लागि माथि भनिएका कुराहरु गौण हुन। राष्ट्रको आर्थिक विकासका लगि प्राथमिक र महत्वपूर्ण तत्व हो जनताको अनुकूल व्यवहार। जनताको व्यवहार अनुकूल नभएमा माथि भनिएका कुराहरुको उपस्थितिमा पनि राष्ट्रले आर्थिक विकास गर्न सक्तैन र य

हरे यो लोडसेडिङ !

- शीतल महतो हिन्दीमा एउटा उखान छ– “मथुरा का पेडा जो खाए पछताए, जो नखाए वह भी पछताए” अर्थात् कस्तो मीठो होला भनेर खाने व्यक्तिले बेकार खाएछु भनेर पछताउँछ। नपाउने व्यक्तिले एकपटक यसको स्वाद लिनै पर्ने रहेछ भनेर पछताउँछ। नेपालमा अहिले बिजुली पाउने र नपाउने दुवै थरीका नागरिकको अवस्था ठीक यस्तै भएको छ।      नेपाल विद्युत् प्राधिकरणको वार्षिक प्रतिवेदन अनुसार बिजुलीको उपभोक्ता झण्डै साढे १८ लाख रहेका छन्। यीमध्ये १७ लाख ६४ हजार ग्राहस्थ उपभोक्ता हुन्। यस्ता ग्राहस्थ उपभोक्ताले बत्ती बाल्नका लागि मात्र बिजुलीको प्रयोग गर्ने गरेका हुन्छन्। नेपालीलाई आवश्यक पर्ने कुल उर्जामध्ये अहिले पनि दुई प्रतिशत मात्र बिजुलीबाट पूरा भएको स्थिति छ । नेपालीले बाँकी ९८ प्रतिशत उर्जा अन्य स्रोतबाट नै पूरा गर्ने गरेको तथ्याङक छ। एक्काइसौं शताब्दीको अहिलेको वैज्ञानिक युगमा पनि ग्रामीण भेगका बहुसङ्ख्यक नेपालीले साँझ–बिहान उज्यालोका लागि टुकी बाल्नुपर्ने बाध्यात्मक अवस्थामा बाँचिरहेका छन्। टुकी बाल्ने त्यस्ता नेपाली नागरिकलाई बिजुली बाल्न पाए कस्तो हुन्थ्यो भन्ने लाग्नु स्वाभाविकै हो । तर बिजुली बाल्नका लागि चिम

तराईको कृषि समस्या र फोहोरको सदुपयोग

वीरेन्द्रप्रसाद यादव     वीरगंजको वडा नं. १९ नगवामा वीरगंज उपमहानगरपालिकाले उपलब्ध गराइदिएको पाँच बिघा जग्गामा कृषि उपज थोक बजार केन्द्रको माघ ११ गते कृषि तथा सहकारी राज्यमन्त्री करिना बेगमले उद्घाटन गरेकी छिन्। राज्यले निकासा गरेको पचास लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको उक्त बजार केन्द्रले पर्साको मात्र होइन छिमेकी जिल्ला बारा, रौतहट, सर्लाही तथा मकवानपुरलगायतका कृषि उपजले स्वदेश र विदेशको बजार पाउने वातावरण बन्दैछ। थोक बजारको प्रबन्धले स्थानीय प्रशासनद्वारा मूल्य निर्धारण हुन्छ भने अनुगमन पनि गरिन्छ। यसले कृषकले आफ्नो उत्पादनको सहज बजार र आकर्षक मूल्य पाउने मात्र होइन उपभोक्ताले पनि सस्तो मूल्यमा मिसावटरहित तरकारी र खाद्यान्न पाउन सक्छन्। सरकारको राजस्व बढ्नुका साथै उपमहानगरपालिकाको पनि आम्दानी बढ्छ। कृषकले सहजरूपमा उपजलाई बिक्री वितरण गरेर मनग्य आम्दानी गर्ने मात्र होइन, कृषिको पनि समुचित विकास हुन्छ। दलालहरूबाट ठगिने परम्पराको समाप्ति पनि हुन्छ। आर्थिक राजधानी वीरगंजको विकासमा सहयोग त पुग्छ नै बेरोजगार रहेका केही स्थानीय युवाले पनि रोजगारी पाउन सक्छन्। तराईको उपजले तराईमा व्

गुणस्तर व्यवस्थापनमा चुनौती

ई. गोपाल श्रेष्ठ     हरेक तयारी मालमा गुणस्तरको चाहना राख्नु स्वाभाविक हो। तर सबै माल सबै बेला गुणस्तरीय हुनु भनेको चाहिं अस्वाभाविक हो। कारण तयारी माल हजारौं–लाखौं हुन्छ, अनि सबै माल एकनासे हुनु अर्थात् एउटै गुणस्तरको हुनु भनेको चाहिं दुर्लभ कुरा हो। प्रकृतिमा पनि हेरौं— एउटै सुन्तलाको वृक्षबाट साना ठूला, गुलियो–अमिलो गरी अनेकौ किसिमका सुन्तलाहरू फल्छन्। एउटै दम्पतीबाट पनि विद्वान् र मूर्ख दुवै किसिमका सन्तान जन्मन्छन्। पृथ्वी माताको धर्तीमा पनि प्रत्येक आधा फिट एक फिट दूरीमा माटोको गुणस्तर अलग अलग हुन सक्छ। वन जङगलमा पनि एउटै साइजको रूख बिरुवा पाइँदैन। प्रकृतिको यो विविधतालाई हामीले स्वीकार गर्नु नै पर्छ। इँटा फैक्ट्रीमा लाखौं इँटा उत्पादन हुन्छ। हामीले ती सबै इँटा एउटै गुणस्तर हुनुपर्छ भनी चाहेर के गर्नु—यो सम्भव नै छैन। त्यस्तै बिस्कुट फैक्ट्रीमा पनि लाखौं बिस्कुट उत्पादन हुन्छ, अनि ती सबै बिस्कुटको एउटै गुणस्तर हुनुपर्छ भनी चाहेर के गर्नु—यो पनि सम्भव छैन। फलामे डण्डी, इँटा आदि जस्ता मालहरूलाई त ग्रेडिङ गरी एक नम्बर, दुई नम्बर गरी बिक्री गर्न सकिएला। तर, खाद्य सामग्री, पेय पदार्थ

अभिभावकमा विकृति

    “अभिभावकले विद्यालयमा तालाबन्दी गर्‍यो, घेराउ वा कागजपत्र कब्जामा लियो, दुई पक्षीय अभिभावकहरूबीच भिडन्त चल्यो” यिनै एवं यस्तै शीर्षकमा समाचारहरू प्रशस्तै सुन्न र पढ्न पाइन्छ। विद्यालयहरूमा शिक्षक भर्ना र व्यवस्थापन समितिको चुनावमा अभिभावकहरूबीच मुठभेडको अवस्था देखिएको छ। आफ्नो तथा समाजका स–साना अबोध बालबालिकाहरूको भविष्यलाई तिलाञ्जलि दिएर विद्याको पवित्र मन्दिरमा राजनीतिक दल एवं समूहको झन्डा ठड्याउन अभिभावकहरूबीच प्रतिस्पर्धा चलेको छ। विद्यालयमा आफ्नो पक्षको वर्चस्व कायम राख्न बाहुबलसाथै अनेकन तिकडमबाजी अपनाउँदा त्यसले बाल मस्तिष्कमा पार्ने मनोविज्ञानबारे अभिभावक र शिक्षक कसैले पनि विचार पुर्‍याइरहेका छैनन्। अभिभावकहरूको झगडामा आगोमा घ्यू थप्ने काम शिक्षकहरूबाट पनि नभएको भने होइन। जिम्मेवार शिक्षकहरूले विद्यालयका हरेक गतिविधिलाई पारदर्शी तरिकाले अभिलेख राखिदिने र अभिभावकहरूको गुट, उपगुटसँग चोचोमोचो नमिलाउने हो भने शिक्षक तथा विद्यालयको इज्जत, मानप्रतिष्ठामा समेत कसैले धक्का लगाउन सक्ने थिएन।     विद्यालयको नीति निर्माण तथा सञ्चालनमा अभिभावकको प्रत्यक्ष सहभागिता रहोस् भन्ने अभिप्रा

नेपालमा लोकतन्त्रलाई संस्थागत गर्नु पहिलो आवश्यकता संविधान निर्माणमा केन्द्रित हुन वाणिज्यदूतको आग्रह

Image
प्रस, पर्सा, १२ माघ/     भारतीय महावाणिज्यदूत आशुतोष अग्रवालले नेपालमा लोकतन्त्र स्थापना भइसकेकोले त्यसलाई संस्थागत गर्न सबै राजनीतिक दल मिलेर अगाडि बढ्नुपर्ने सुझाव दिएका छन्। उनले नागरिक अधिकार सम्पन्न भइसकेको अवस्थामा देशलाई कसरी अगाडि बढाउने तथा राजकाज सञ्चालनबारे विभिन्न विचार बोकेका राजनीतिक दलले आफ्नो विचार राख्दै मूल कानुन संविधान निर्माण गर्नुपर्नेमा जोड दिए।     मित्र राष्ट्र भारतको ६२ औं गणतन्त्र दिवसको अवसरमा नेपाल–भारत सहयोग मञ्चले वीरगंज उद्योग वाणिज्य सङ्घमा आयोजना गरेको शुभकामना समारोहलाई प्रमुख अतिथिको आसनबाट सम्बोधान गर्दै महावाणिज्य दूतले नेपाल र भारतबीच सम्बन्ध प्राचीनकालदेखि नै प्रगाढ भएको उल्लेख गर्दैै दुई देशबीच सम्बन्ध अझ प्रगाढ बनाउँदै लग्नुपर्ने बताए।     वीरगंजमा भारतीय महावाणिज्य दूतावास स्थापना गराउन उल्लेखनीय भूमिका निर्वाह गरेका तत्कालीन भारतीय राजदूत श्यामशरणलाई उनको दूरदृष्टिले गर्दा नै भारत सरकारले राष्ट्रपतिबाट पद्मभूषण पुरस्कार प्रदान गरिएको महावाणिज्यदूत अग्रवालले जानकारी गराए।     कार्यक्रममा नेपाली काङ्ङ्ग्रेस पर्साका सभापति सुरेन्द्रप्रसाद चौ

पाटपुर्जा नै नभएका गाडी राजस्वको लिलामीमा

Image
दिवाकर भण्डारी, पथलैया, ११ माघ /     राजस्व अनुसन्धान विभाग मध्यमाञ्चल एकाइ कार्यालय पथलैयाको लिलाम प्रक्रियाबाट चोरीका अवैध गाडी सहजै वैधानिक हुँने गरेको छ।     भारतबाट नेपाल भित्रिएका चोरीका गाडीलाई बेवारिसे बनाएर कार्यालयमा बुझाउने र लिलाममार्फत् सोही गाडी सस्तोमा सकारिने हुँदा कार्यालयको लिलाम प्रक्रियाबाट अवैध गाडी वैधानिक हुन थालेको हो।     नेपाल भित्र्याइएका त्यस्ता साना गाडीको महत्त्वपूर्ण पार्टपुर्जा निकाली बेवारिसे बनाएर कार्यालयमा बुझाउने र पुन: आफैंले कम मूल्यमा लिलाम सकारी गाडीलाई वैधानिक बनाउन तस्कर मात्र नभई राजनीतिक दलका कार्यकर्ता र प्रहरीसमेत संलग्न छ।     राजस्व अनुसन्धान कार्यालयका प्रमुख महेन्द्रबहादुर बानियाले प्रहरीले बढी मात्रामा यस्ता गाडी बुझाउने गरेको बताए। प्रहरीले बेवारिसे अवस्थामा फेला पारेको भन्दै त्यही अनुसारको मुचुल्का उठाई कार्यालयमा बुझाउने गरेको उनले बताए।     “प्रहरीले जस्तो गाडी ल्याउँछ हामी त्यस्तै बुझ्छौं”, उनले भने–“त्यहीं अनुसार लिलाम प्रक्रियामा लैजान्छौं।”     गाडीका पार्टपुर्जा निकालेर लिलाममार्फत् वैधानिक बनाउन प्रहरी मात्र नभई राजनीत

उद्देश्यमा सफल

Image
गोकुल घोरसाइने     निजगढ, विद्यालयमा अध्ययन गर्दा बनाएको ‘जीवनको लक्ष्य’ कति विद्यार्थीले पूरा गर्न सकेका छन् ? उत्तर सहज छ– धेरै विद्यार्थी लक्ष्य हात पार्न सक्दैनन्। तर, बारा निजगढ–६ का २७ वर्षीय हरिप्रपन्न तिमल्सिनाले भने डाक्टर बनेर गाउँका बिरामीहरूको सेवा गर्छु भनेर  विद्यार्थी छँदा बनाएको लक्ष्य चुम्न सफल बनेका छन्।     एमबिबिएस पास गरेलगत्तै गाउँमा खुलेको सामुदायिक अस्पतालमा भर्ना भएर सेवा गर्ने मौका पाएपछि तिमल्सिनाको विद्यार्थी जीवनको लक्ष्य साकार भएको हो।     “विद्यार्थी छँदा बनाएको लक्ष्य पूरा भयो”– तिमल्सिनाले भने। हाई स्कूलमा अध्ययन गर्दादेखि नै डाक्टर बनेर गाउँका बिरामीहरूको सेवा गर्ने लक्ष्य राखेको तिमल्सिनाले  बताए। “आँट्यो भने पुग्दो रहेछ”– तिमल्सिनाले भने। निजगढस्थित सामुदायिक अस्पतालमा तिमल्सिना दुई वर्षदेखि सेवारत छन्। उनी गाउँबाट एमबिबिएस गर्ने पहिलो विद्यार्थी पनि हुन्।     स्वास्थ्य सेवाको अभावमा गाउँमा धेरैको ज्यान जोखिममा परेको घटना देखेपछि डाक्टर बनेर सर्वसाधारणको सेवा गर्ने भावना सानैदेखि पलाएको तिमल्सिना बताउँछन्। “सामान्य रोगको समेत उपचार नपाएर ज्यान गु

क्रसरको नाम सुन्दा झस्कन्छन् लालबकैयाका सुकुमबासी

Image
जीतलाल श्रेष्ठ/निजगढ     क्रसरको नाम सुनेपछि झस्कन्छन् बारा लाल बकैयाका सुकुमबासी। एकधुर खनजोत गर्ने जमीन र अन्य आयआर्जनको स्रोत छैन उनीहरूको। ससाना तातेताते गर्ने बालबालिकादेखि आँखा नदेख्ने वृद्धसम्म जाडो होस् वा गर्मी लाल बकैयामैं दिनरात बिताउँछन्। उनीहरूको  खेतबारी, व्यापार, व्यवसाय वा सम्पत्ति जे पनि एकमात्र लालबकैया नदी हो।     यहाँका अधिकांश सुकुमबासीको बर्सौदेखि यही लालबकैया खोला बगर एक मात्र जीवन धान्ने माध्यम बनेको छ। बगरको ढुङगा सङकलन र बालुवा चाली बिक्री गरेर करिब अढाई सय घरधुरीका लगभग १२ सयजनाले प्राण धानीरहेको सुकुमबासी बताउँछन्। तर दिनरात खोलामा धाए पनि बिहान–बेलुका हातमुख जोर्न धौ–धौ पर्छ उनीहरूलाई। खर र स्याउला–स्याउलीले खोला किनारमा बनाएको छाप्रो भरपर्दो छैन, जाडो ढाक्ने र गर्मी छेल्ने कपडा नभएको सुकुमबासीहरूको दु:खेसो छ।     जङगलबाट ल्याएको सिरुखरबाट छानो छाएपनि दर्बिलो घेराबार गर्न कुनै आम्दानी नभएपछि बालबालिकालाई घरमा छोड्न असुरक्षित लागेकोले ससाना बालबालिकालाई पनि आफूसँगै खोला बगरमा ल्याउन विवश भएको राजकुमार चौधरी बताउँछन्। आफ्ना ससाना नानीहरू रिया, रजनी र रचितला

के शिक्षितहरू भ्रष्ट हुन्छन् ?

-सञ्जय साह ‘मित्र’     आजको युगमा भ्रष्टाचारको क्षेत्र व्यापक भएको छ। भ्रष्टाचारको अनुसन्धान र अध्ययन गरिरहेका संस्थाहरूले विश्वका लगभग सबै देशहरूमा कुनै न कुनै रूपमा तथा केही न केही मात्रामा भ्रष्टाचार भइरहेको तथ्य सार्वजनिक गर्ने गरेका छन्। नेपाल पनि धेरै भ्रष्टाचार हुने देशमा पर्ने गरेको छ। नेपालको लगभग सबै क्षेत्रमा भ्रष्टाचार हुने गरेको पाइएको छ।     वकिलमार्फत् न्यायाधीशलाई उपलब्ध गराएको रकमले आफूहरू अदालतको आदेशबाट थुनामुक्त भएको र थुनामुक्त हुन जुटाएको रकम फिर्ता गर्न भरतपुर क्यान्सर अस्पतालका प्रमुख डाक्टरलाई अपहरण गर्नुपरेको खुलासा भएपछि नेपालको न्यायिक क्षेत्रमा पनि भ्रष्टाचार व्याप्त रहेको खुलासा भएको थियो। यद्यपि एक–दुई उदाहरणकै भरमा समग्र न्याय क्षेत्रलाई नै भ्रष्ट भन्न मिल्दैन।     सामान्य नागरिकको मानसिकता कस्तो बन्दै गएको छ भने कुनै पनि सरकारी कार्यालयमा बिना घूस काम हुँदैन। घूसको लेनदेन भन्नु नै भ्रष्टाचार हो। कतिपय स्वच्छ देखिने कार्यालयहरूमा पनि एजेन्ट (दलाल)मार्फत् काम हुन्छ। कृषि विकास बैंकहरू यसका दृष्टान्त हुन सक्छन्। जुन कार्यालयमा नियम–कानुनअनुसार कागजपत्र ल

बहस गर्नेले काम गर्दैन

    भारतले बुधवार ६२ औं गणतन्त्र दिवस मनायो। उक्त अवसरमा विभिन्न नेपाली पत्रपत्रिकामार्फत् यस अवधिमा उसले प्राप्त गरेको उपलब्धिहरू सार्वजनिक गरेको छ र सो अवसरमा नेपालमा विभिन्न संस्थाहरूलाई एम्बुलेन्स तथा पुस्तकहरू वितरण गरेको छ। शताब्दीसम्म अङ्ग्रेजहरूको पराधीन भई सन् १९४७ मा स्वतन्त्र भएपछि, विभाजनको अतिशय पीडा सहेपछि, सन् १९५० मा उसले गणतान्त्रिक संविधानको मार्ग पहिल्याई आज उन्नतिको त्यस शिखरमा पुग्न सफल भएको छ, जसको कल्पना अति विकसित, बौद्धिकता सम्पन्न राष्ट्रले पनि गर्न सकेका थिएनन्। भारतले स्वतन्त्रता प्राप्त गरेको तीन वर्षपछि अर्थात् भारतले गणतान्त्रिक संविधान रोजेकै वर्ष नेपाल पनि घरानिया शासनबाट मुक्त भएको हो। त्यसपछि नेपालमा विभिन्न राजनीतिक आन्दोलन भए। २०६३ सालमा सामन्तवादी शासन फ्यालेपछि आज पूर्ण स्वतन्त्र पनि भएको छ।     कुनै पनि शासन व्यवस्था परिवर्तन हुँदा सङ्क्रमणकाल अनिवार्य आउँछ। भारत स्वतन्त्र हुने बित्तिकै विभाजित भयो, अथवा विभाजित भएर स्वतन्त्र भयो। त्यसपछि उसले चीन र पाकिस्तानसँग चारवटा युद्ध लडयो। त्यहाँ पनि साम्प्रदायिक, क्षेत्रीयतावादी विभिन्न आन्दोलनहरू भए। भ

एक पोका गाँजाको लागि गोली प्रहार गोली लागी दुईजना गाउँले घाइते

प्रस, लङगडी, ११ माघ /     जगरनाथपुर गाविसको दक्षिणपट्टी नेपाल प्रहरी र गाँजा तस्करबीच गोली हानाहान भएको समाचार प्राप्त भएको छ। आज राति करिब ९ बजे गाँजा तस्करहरू भारततिर लैजाने क्रममा प्रहरीले गोली चलाउँदा दुईजना स्थानीय बासिन्दा घाइते भएको समाचार प्राप्त भएको छ।      घाइते हुनेमा झकरा मसिहानी–६ मसिहानी बिर्ता निवासी ध्रुव चमार र शिवचन्द्र चमार छन्। उनीहरू शौच गरिरहेको बेलामा घाइते भएको गाउँलेहरूले बताएका छन्। घाइते दुवैजनालाई वीरगंज ल्याउने  तयारी भइरहेको छ। उक्त घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।  पक्राउ पर्नेमा बेतिया निवासी शमी पटेल र भिखमपुर–९ असवारीका शम्भु हजरा रहेको इलाका प्रहरी सेढवाले जनाएको छ।       घटनास्थलबाट १३० पोका (२८० किलो) गाँजा प्रहरीले नियन्त्रणमा लिएको स्रोतले बताएको छ भने प्रहरी उपरीक्षक राजेन्द्रमान श्रेष्ठसँग बुझ्दा एक पोका मात्र गाँजा नियन्त्रणमा रहेको जनाएका छन्।

धम्कीविरुद्ध महासङ्घको ध्यानाकर्षण

प्रस, पर्सा, ११ माघ /     पत्रकारलाई दिएको धम्कीविरुद्ध नेपाल पत्रकार महासङ्घ पर्साले स्थानीय प्रशासनको ध्यानाकर्षण गराएको छ। महासङ्घ पर्साका अध्यक्ष शत्रुघ्न नेपालको नेतृत्वमा गएका पत्रकारहरूको टोलीले जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत गणेशप्रसाद अर्यालको लिखितरूपमा ध्यानाकर्षण गराएको छ।     सोमवारसम्म अज्ञात अपराधीले भारतीय मोबाइल नं. ०९१–८६०३३९०५५८ बाट मेची महाकाली मिडिया सोसाइटी पर्साका अध्यक्ष श्रीराम रायमाझी र स्थानीय जनप्रतिविम्ब दैनिकका प्रकाशक सम्पादक सञ्जय साहलाई ज्यान मार्ने धम्की दिएकोविरुद्ध महासङ्घले त्यस्तो कार्यले समाजमा शान्ति खलबल्याउने ठहर गर्दै प्रशासनको ध्यानाकर्षण गराएको हो।     साहलाई साँझ ७ बजेर ३० मिनेट र रायमाझीलाई ८ बजेर १० मिनेटमा सोही नम्बरबाट अपराधीले फोन गरी ‘कलम बहुत चला रहे हैं’ भन्दै ज्यान मार्ने धम्की दिएको रायमाझीले बताए।     प्रशासकीय अधिकृत अर्यालले नेपालमा सुरक्षा निकाय तथा भारतमा महावाणिज्य दूतावासमार्फत् अपराधीलाई नियन्त्रण गर्ने कार्य गरिने बताए। घटनामा संलग्न अपराधीलाई खोज्ने कार्य भइरहेको जिल्ला प्रहरीले जनाएको छ। घटनाको मेची–महाक

भारतको ६२ औं गणतन्त्र दिवस

श्रीमन्नारायण     दक्षिणी छिमेकी राष्ट्र भारत आफ्नो ६२ औं गणतन्त्र दिवस धुमधाम र उत्साहका साथ मनाइरहेको छ। यस बितेका ६ दशकमा भारतले आर्थिक, राजनैतिक, सांस्कृतिक, सूचना प्रविधि, कला, विज्ञान र अन्तरिक्ष आदिको क्षेत्रमा गरेको प्रगति उल्लेखनीय छ। भारतले प्राप्त गरेको आर्थिक वृद्धि दर र औद्योगिक प्रगति विश्व मञ्चमा चर्चा र प्रशंसाको विषय बनेको छ। विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक देश भारतले जातीय, क्षेत्रीय, भाषिक एवं सांस्कृतिक विविधतालाई एक सूत्रमा  बाँधेर सङ्घीय शासन प्रणालीको सवोत्ततम उदाहरण पेश गरेको छ। गणतन्त्र भारतमा त्यहाँका दलित, आदिवासी, अल्पसङ्ख्यक, पिछडिएका र कमजोर वर्गले समेत सम्मानजनक र समुचित अवसर पाएको छ। नयाँ सविधान बनाउन लागेका हामी नेपालीले भारतको संविधानसभा, सङ्घीयता र लोकतान्त्रिक गणतन्त्र र आर्थिक प्रगतिबाट सिक्नु आवश्यक छ।      नेपालको दक्षिणी छिमेकी भारत वर्तमान अवस्थामा विश्वको उदाउँदो आर्थिक महाशक्तिको रूपमा स्थापित छ। चीनपछि विश्वमा सबैभन्दा बढी जनसङ्ख्या भएको देश भारत विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक देश पनि हो। लोकतन्त्र र मानवाधिकारको आधारभूत एवं विश्वव्या