Posts

Showing posts from October, 2010

गैरकानूनी समिल रोक्ने अभियान जारी पर्साका सातवटा समिल बन्द गरियो

प्रस, पर्सा, १३ कात्तिक/     जिल्ला वन कार्यालय पर्सालगायत प्रहरी र साझेदारी वनको संयुक्त अभियानले जिल्लाको ग्रामीण क्षेत्रमा जङगलसंग टांसिएका गैरकानूनीरूपमा सञ्चालित समिलहरूलाई बन्द गर्ने क्रम बढेको छ। वन, सशस्त्र, जनपद र साझेदारी वन व्यवस्थापन समितिका पदाधिकारी सदस्यहरूको संयुक्त टोलीले अवैधरूपमा गैरकानूनीरूपमा सञ्चालित समिलविरुद्ध कात्तिक १० गतेदेखि अभियान सञ्चालन गरेपछि ग्रामीण क्षेत्रमा रहेका समिल धमाधम बन्द हुन थालेका छन्।     केही वर्षदेखि पर्साको ग्रामीण क्षेत्रमा जङगलसंग टांसिएको पांच किमी क्षेत्रभित्र सरकारी नियमविरुद्ध समिल खोलेर व्यापकरूपमा जङगल फडानी गरी गुलिया काठ, फेन्टाहरू भारत तथा वीरगंजमा पुर्‍याउने काम हुंदै आएकोमा साझा अभियान अर्न्तर्गत छापामारी सुरु भएपछि थुप्रैले अवैध समिल बन्द गरेका छन्।     संयुक्त टोलीले अभियान छेडेर समिलविरुद्ध कारबाई तीव्र गरेपछि पर्साको सात स्थानमा रहेका समिलहरू सिज भएका छन्। कौवा वनकटैया, बागवाना, रघुनाथपुर, डौकैला बहुअरीमा रहेको सातवटा समिललाई सिज गरिएको छ। टोलीले बागवानामा समिल सिज गरेपछि अन्यत्रका समिलहरू हटाउन सञ्चालकले कार्य सुरु गर

तेस्रो लिङगीद्वारा प्रचारको विरोध

Image
प्रस, पर्सा, १३ कात्तिक/     कन्डम दिवसको उपलक्ष्यमा आज वीरगंजमा र्‍याली एवं अन्तर्त्रिmया सम्पन्न भएको छ। जिल्ला एड्स समन्वय समिति पर्साको आयोजना एवं नेपाल रेडक्रस सोसाइटी पर्साको संयोजन तथा विजाम, सानो पाइला, सहयात्री नेपाल, अरूणोदय  युवा क्लबलगायत एक दर्जन संस्थाको सहयोगमा र्‍याली आयोजना गरिएको थियो ।     वीरगंजको घण्टाघरबँट निस्केको र्‍याली नगरपर्रि्रमा गरी पुनः सोही ठाउंमा पुगेर समापन भएको थियो । त्यस्तै सानो पाइलाको आयोजनामा नेपाल चिकित्सक सङघ नारायणी अञ्चल वीरगंजको सभाकक्ष्ँमा एचआईभी एड्सबारे अन्तक्रिर्या भएको थियो।     यसैबीच सहयात्री समाज नेपाल पर्साले कन्डम दिवसको उपलक्ष्यमा आयोजित र्‍यालीमा गरिएको प्रचारको विरोध गरेको छ। सहयात्री समाजका संयोजक सन्ध्या लामाले र्‍यालीमा कन्डमको प्रयोग नभए पुरुष र महिलामा एचआईभी हुन सक्ने खालको प्रचारको विरोध गरेकी छिन्।     उनले महिला र पुरुष मात्र होइन तेस्रो लिङगीले पनि कन्डमको प्रयोग नगरे एचआईभी हुन सक्ने हुंदा सोबारे प्रचारमा उल्लेख नगरेकोमा विरोध गरेकी हुन्।

राष्ट्रिय वनजङगल क्षेत्रमा ढुङगा सङकलन जारी

Image
प्रस, निजगढ, १३ कात्तिक/     प्राकृतिक स्रोतसाधन व्यवस्थापन समितिले खोलानाला तथा बगरबाट ढुङगा, बालुवा उत्खनन् गर्न र झिक्न रोक लगाउंदै आए पनि प्राकृतिक ढुङगा उत्खनन् कार्य अझै पनि रोकिएको छैन। बाराको उत्तरी भेगस्थित चुरे पहाडबाट बग्ने करिब एक दर्जन साना ठूला खोलाबाट र चुरे पहाडको फेदबाट दिनहुं सयौं ट्रयाक्टर प्राकृतिक ढुङगा चोरी तस्करी हंुदै आइरहेको स्थानीय सचेत नागरिकले जानकारी दिएका छन्।     यसरी कानुनविपरीत निकालिएको ढुङगा खोलाबगरनजिकैको राष्ट्रिय वनजङगल क्षेत्रमा सङकलन गर्दै सरकारी जमीन कब्जामा लिंदै आए पनि जिल्ला वन कार्यालय मौन रहंदै आएको छ। बाराको लाल रतनपुरी, निजगढको लालबकैया खोलानजिकैको वन क्षेत्र, भरतगंज सिगौलको खोलाबगरको वन क्षेत्र, राजमार्ग अर्न्तर्गतको पसाह, बालगङगा, दुधौरा खोला पुलनजिकैका वनजङगल क्षेत्रमा निर्वाधरूपमा महिनौं दिनदेखि ढुङगा सङकलन गरिंदै आएपछि वन क्षेत्रमा हर्ुर्किएका विभिन्न प्रजातिका हजारौं बोटबिरूवाको नष्ट हुने क्रम बढ्दो छ ।     यसरी अवैधरूपमा थुपारिएका ढुङगाले लगभग ३० हेक्टरभन्दा पनि बढी बाराको राष्ट्रिय वनजङगल ओगटी बोटबिरूवा हुकनलाई समेत बाधा पुगी र

वीरगंजमा अञ्चलस्तरीय तेक्वान्दो सम्पन्न

Image
प्रस, पर्सा, १३ कात्तिक/     तेक्वान्दो सङघ पर्साको आयोजनामा हिजोदेखि सुरु भएको दुइदिने नारायणी अञ्चलस्तरीय चौथो तेक्वान्दो प्रतियोगिताको फाइनल सम्पन्न भएको छ। जिल्ला खेलकुद विकास समिति कबर्ड हलमा सम्पन्न प्रतियोगितामा नारायणी अञ्चलको चितवनबाट रोमित राउत, शेखर उप्रेती, बाराका सुमन बस्नेत, सुजन थापा, युवराज धिताल, वर्णत लामा, अमित सिंह, पर्साका राजेन्द्र शाही, पुरुषोत्तम मानन्धर प्रथम भएका थिए। त्यस्तै ७६ केजी तौलमा मकवानपुरका व्रि्रम लामा प्रथम भएका थिए। महिलातर्फचितवनकी पार्वती गुरूङ र बाराकी मुस्कान कार्की प्रथम भएकी थिइन्। विजेताहरूलाई सङघका अध्यक्ष एवं सभासद ओमप्रकाश शर्माले पुरस्कार प्रदान गरेका थिए। प्रतियोगितामा नारायणी अञ्चलको पर्सा, बारा, रौतहट, मकवानपुर र चितवन तथा सर्लाहीका खेलाडीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा शिवशङकर पटेल, गणेशमान श्रेष्ठ, प्रशान्त लामिछाने, अञ्जु रानाभाटले निर्णायकको भूमिका निर्वाह गरेका थिए।

फोहर

-कुमार रुपाखेती     जसरी मुलुक फोहरी राजनीतिमा चुर्लुम्म डुबेको छ, त्यसरी नै मुलुकमा ठूल्ठूला शहरका चोक र गल्लीहरूमा डुङगुरका डुङगुर फोहर देखिन थालेको छ। राजधानी काठमाडौंका सडकहरूमा असरल्ल देखिएका फोहरहरू वर्णन नगरिसक्नु छ। फोहरकै कारणले बटुवाहरू राजधानीमा नाक थुनेर हिंड्नुपर्ने, डेंगु र हैजाजस्ता रोगहरूले प्रश्रय पाउन थालेका छन्। अरू ठाउंको कुरा किन गर्ने - हाम्रो वीरगंज नगरी नै फोहरका निम्ति पर्याप्त उदाहरण बनेको छ। नेपालको प्रवेशद्वार भनिने यो शहर कुनै बेला सरसफाइका खातिर नेपालभरि नै प्रख्यात थियो। तर अहिले यो शहरको मूल सडक, सहायक सडक र पानी बग्ने नालाहरूको घिनलाग्दो हविगत देख्दा बान्ता आउन  खोज्छ। नगरपालिकाबाट उपमहानगरपालिकामा पदोन्नति हुंदा वीनपाको कर्मचारी सङख्या र आम्दानी दुवै वृद्धि भएको थियो। वीरगंज उपमहानगरपालिकामा सरसफाइ हर्ेर्ने सयकडौं कर्मचारी छन्, छुट्टै सरसफाइ फांट र सरसफाइ हेर्ने हाकिम पनि छन्। तर पनि शहर फोहरले आक्रान्त, भयाक्रान्त छ। वीरगंज शहर दिनानुदिन ठूलो हुंदैछ, जनसङख्या बढ्दै छ, फोहर पनि बढ्दै छ। तर सफाइ कर्मचारीसंग न शहर सफा गर्ने आधुनिक औजारहरू नै छन्, न कुनै

बर्त सानै होस् तर निर्वाह गरियोस्

यद्यपि व्रत वा बर्त भनेको सामान्य दैनन्दिनको जीवनमा कुनै धार्मिक तिथि मितिमा भोकै बस्नुलाई मानिन्छ। तर बर्तको यहां त्यो अभियान, अनुष्ठान हो जसलाई गर्न मन लागेको हुन्छ। आफनो आत्मशुद्धि, विचारशुद्धि, शरीरशुद्धिका लागि जे कुरा हामी अपनाउंछौं र जसलाई प्राणपणले पूरा गर्ने निश्चय गर्दछौं, त्यही बर्त हो। महाभारतका प्रसिद्ध पात्र देवव्रतले आजीवन अविवाहित रही सिंहासनको वफादार रहने बाचा गरे। त्यो उनको बर्त हो। त्यसैले उनले भीष्मको उपाधि पाए। भीष्म भनेको कठोर। आजीवन अविवाहित रहनु र सिंहासनको वफादार रहनु अति कठिन बर्त हो। जसलाई पूर्ण गर्न सकेको हुंदा देवव्रत अर्थात् भीष्मको गौरवगाथा आजसम्म स्मरणीय रहेको छ। यहां यसै सर्न्दर्भमा यो लेख प्रस्तुत गरिएको छ।     मानिस कतिथरिको विचार गर्दछ। यीमध्ये केही निश्चय स्तरका पनि हुन्छन्,    तर के देखिएको छ भने तीमध्ये केही मात्रको निर्वाह गरिन्छ। जसको निर्वाह गरिन्छ, ती पनि धेरै दिन टिक्न सक्दैनन्। उत्साह केही समयका लागि  रहन्छ, तर जसै मनोबल क्षीण हुंदै जान्छ, उत्साह पनि त्यही गतिमा ठण्ढा हुंदै जान्छ। पुराना संस्कारहरू फेरि हावी हुन थाल्छन्। नयां निश्चय शिथिल ह

विषादि पीडित विद्यार्थीहरूद्वारा तीन घण्टा चक्काजाम

गम्भीरा सहनी जीतपुर, १२ कात्तिक/     सर्वोच्च अदालतको परमादेश कार्यान्वयन नगरेको विरोधमा मुलुकको सरकारविरूद्ध नेपाल माध्यमिक विधालय अमलेखगंजका छात्रछात्रा, शिक्षक, कर्मचारी, अभिभावक, जनप्रतिनिधि, बासिन्दाहरूले विषादि गोदाम अगाडि सडकमा आज चेतावनीमूलक तीन घण्टा चक्का जाम गरेको समाचार छ ।     ३५ वर्षदेखि भण्डारण गरिएको ५० मेटि्रक टन कृषि विषादिलाई अमलेखगंजबाट अन्यत्र हटाउन पटक- पटक लिखित, मौखिक आग्रह गर्दा पनि कसैले केही गरिदिएन र सोही क्रममा सर्वोच्च अदालतमा रिट दायर गरियो र जसमा सर्वोच्च अदालतको संयुक्त इजलासले विषादि एक वर्षभित्र अन्यत्र हटाउन परमादेश भयो तर हालसम्म सो सम्बन्धमा केही नभएकोले सबै समुदाय सजग भई सहयोग-र्समर्थन गर्न तत्कालीन अमलेखगंज पञ्चायतका प्रधानपञ्च सहदेव घिमिरेले सञ्चारकर्मीहरूलाई विषादि गोदाम देखाउंदै चक्काजाम समापन कार्यक्रमबीच आज आग्रह गरे ।     विषादिको प्रभावले अमलेखगंजको सम्पूर्ण वातावरण, जीवजन्तु, वनस्पति, प्राणीहरू प्रभावित भई विभिन्न रोगका शिकार भएका छन् । यसको व्यवस्थापन र यहांबाट तत्काल विर्सजन हुनुपर्छ, होइन भने सशक्त सङ्घर्ष गर्ने स्थानीय केन्द्र गुरु

सचेत युवा समूहद्वारा इंटा भठ्ठा बन्द गर्न आग्रह इंटा भठ्ठा र क्रसर उद्योगद्वारा बेवास्ता

जीतलाल श्रेष्ठ, निजगढ १२ कात्तिक/       सचेत युवा समूह, निजगढले निजगढमा सञ्चालन हुंदै आइरहेका इंटा भठ्ठा र क्रसर उद्योग बन्द गर्न सम्बन्धित उद्योगलाई लिखित जानकारी गराए पनि सञ्चालकहरूले काम जारी राखेका छन् । निजगढको खेतीयोग्य प्राकृतिक माटो काट्दै इंटा बनाउन एक सातादेखि सुरु गरेका छन् । बसौर्ंदेखि सञ्चालित इंटा भठ्ठा सञ्चालकहरूले करिब ७ वर्ष अघि नै इंटा भठ्ठा बन्द गर्ने गांउलेलाई लिखित सहमति जनाए पनि उद्योग निरन्तर सञ्चालन भइरहेको छ । बरसेनि हजारौं मेटि्रक टन प्राकृतिक जमिन कटान गरी इंटा बनाउंदै आएका कारण लालबकैया खोला गांउबस्तीमा पसी गांउबस्तीलाई बगरमा परिणत गर्ने प्रबल सम्भावना रहेको छ ।     इंटा भठ्ठाकै कारण प्रत्येक वर्ष खेतीयोग्य उर्वरायुक्त जमीन खाल्टो हुने, राष्ट्रिय वनजङ्गल उजाडी चोरी तस्करी गरी ल्याइएका दाउराबाट इंटा पोल्दै आइरहंदा राष्ट्रिय वनजङ्गल मासिनुका साथै पर्यावरणमा समेत प्रतिकूल असर पुग्न गएको छ । क्रसर उद्योगहरूले पनि ढुङ्गा सड्ढलन गर्दै निजगढको गांउबस्ती डुबानमा पुर्‍याउन लागेकाले पर्चा, पम्पेट गर्दै उक्त समूहले इंटा भठ्ठा र क्रसर उद्योग गांउबस्ती, खेतीयोग्य जमीन,

भारतीय महिला टीम विजयी

 प्रस, जीतपुर, १२ कात्तिक/     गाविस भवानीपुर जीतपुर-६ स्थित बकुलिया भवानीपुरको दोस्रो गोल्ड कप फूटबल प्रतियोगिताको ९ औं दिनको खेलमा आज भारत, नरकटियागंजका महिला खेलाडी दुइ गोल गरी विजयी भएका छन् ।          जन कल्याणकारी युवा क्लब बाराको आयोजनामा सञ्चालित बकुलिया भवानीपुर-६ को दोस्रो गोल्डकप फूटबल प्रतियोगितामा आज ९ औं दिनको खेल नरकटियागंजका महिला खेलाडी समूह र सिमरा बाराका महिला खेलाडीबीच प्रतिस्पर्धा भएको थियो । जसमा शून्य गोलको विरुद्ध दुइ गोलले नरकटियागंज विजयी भएको छ ।     उक्त खेलमा नरकटियागंजबाट जर्सी नं. १० की खेलाडी नेहा राशले खेलको मध्यान्तरपछि चौथो मिनेटमा प्लान्टीको अवसर पाई पहिलो गोल गरेकी थिइन् र सोही मध्यान्तरपछिको २५ औं मिनेटमा नेहा राशले नै अर्को गोल गरी टीमलाई जित हासिल गराइन् । उनी खेलको उत्कृष्ट खेलाडी बनी म्यान अफ दि म्याच घोषित भइन् ।     नेहा राश तथा उक्त टिमलाई प्रमुख अतिथि जगदम्बा स्टिल इन्डस्टि्रज प्रा.लि.का निर्देशक पवनकुमार गुप्ताले पहिलो पुरस्कार ट्रफी, सिल्ड र मेडल वितरण गरेका थिए भने  अर्का अतिथि नेपाली काङ्ग्रेसका कान्छा नेता श्यामबाबू गुप्ताले सिमरा

अमेरिका चीनसंग सम्बन्ध सुधार्न इच्छुक

होनोलुलु हवाई, १२ कात्तिक/एएफपी     केही हप्ता यता अमेरिका र चीनको सम्बन्ध चिसिंदै गएकोमा यसलाई तत्काल अरू ब्रि्रन नदिई पुनस्थापन गर्न अमेरिका प्रयासरत रहेको जनाइएको छ ।     अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टन एसियाली मुलुकहरूको २ हप्ते महत्त्वाकाङ्क्षी भ्रमणमा निस्केकी र बाटोमा पर्ने अमेरिकी द्वीपीय राज्य हवाईमा केही समय रोकिएको बखत उनले उक्त कुरा बताएकी हुन् ।     राष्ट्रपति बराक ओबामाले आउंदो महिना दक्षण्िा कोरियाको राजधानी सियोलमा चिनियां राष्ट्रपति हु जिन्ताओसंग भेटघाट गर्ने कार्यक्रम रहेको र चीन अमेरिका सम्बन्धमा देखिएको चिसोपन निर्मूल पारी पहिलाको स्थितिमा यथावत् फर्काउन दुवै राष्ट्रपतिले प्रयास गर्ने समेत क्लिन्टनले बताइन् ।     आगामी नोभेम्बर ११ का दिनदेखि सियोलमा जी-२० राष्ट्रहरूको शिखर सम्मेलन हुन गइरहेको र यसभन्दा पहिले नै चीन तथा अमेरिकी राष्ट्रपतिबीच सौहार्दपूर्ण भेटघाट छलफल हुने जनाइएको छ ।     अमेरिका र चीनबीच अमेरिकी व्यापार घाटा, चीनको मुद्राको तुलनामा अमेरिकी डलरको अवमूल्यन, चीनमा मानव अधिकार उलङ्घनबारे अमेरिकी चासो र चिन्ता जस्ता विषयमा विस्तारै मनमुटाव सुरु भ

प्राकृतिक प्रकोप समस्या र न्यूनीकरण

- राजेशमान के.सी.     सामान्य अर्थमा भन्ने हो भने पृथ्वीमा अवस्थित घाम, पानी, माटो, वायु, आकाशजस्ता पञ्च तत्त्वहरूको अन्योन्याश्रति अर्न्तर्सम्बन्धबाट सृजित जीवानुकूल परिस्थिति नै प्रकृति हो । प्रकृति शान्त हुन्छ र यो आफनो नियमित गतिमा चलिरहेको हुन्छ । प्रकृतिको यस नियमित प्रक्रियाका कारण नै हाम्रो पृथ्वी जीव अनुकूलको ग्रह बन्न पुगेको छ र हामी जीवित प्राणीको रूपमा रहन सकेका छौं । तर कहिलेकाहीं प्रकृतिमा विचलन आइदिनाले र कतिपय अवस्थामा मानवीय लापरवाहीका कारण प्रकृतिले आफनो उग्र रूप देखाउन पुग्छ । प्रकृतिले देखाउने आफनो यही उग्र रूपलाई नै प्राकृतिक प्रकोप भन्ने गरिन्छ । प्रकृतिको यस्तो उग्र रूपको प्रत्यक्ष उदाहरण बाढी, पहिरो, भूक्षय, हुरी, भूकम्प, समुद्री आंधी, अतिवृष्टि, अनावृष्टि, अल्पवृष्टि आदिलाई लिन सकिन्छ ।     अहिले विश्वमा जनसङ्ख्याको तीव्र वृद्धिका कारण प्राकृतिक स्रोत साधनले थेग्नै नसक्ने गरी तिनको शोषण भइरहेको छ । जनसङ्ख्याको तीव्र वृद्धिकै कारण अव्यवस्थित र द्रुत गतिमा भइरहेको शहरीकरण अनि उद्योगहरूद्वारा प्राकृतिक स्रोतहरूको अन्धाधुन्ध प्रयोगले गर्दा मानव स्वास्थ्य, वन, बा

तत्कालीन झोंक कि अभियान

    दुवैथरी प्रहरी, जिल्ला प्रशासन र वन कार्यालयको संयुक्त टोलीले दुइ दिनदेखि संयुक्त टोली बनाएर जङ्गल निकट क्षेत्रमा सञ्चालित समिलविरुद्ध कारबाई गरेका छन् । अवैधरूपमा सञ्चालित यी समिलहरूको धन्दा जङ्गलबाट चोरीको काठ चिर्ने र नेपाल तथा सीमावर्ती भारतीय बजारमा बेच्ने रहेको छ । त्यसैले साइकलमा दाउरा मात्र बोकी जीविकोपार्जनको निहुमा वन-जङ्गल सखाप पार्ने तथाकथित दाउरेहरू अचेल पक्राउ पर्दा साखुका फन्टा बोकेको अवस्थामा देखिने गरेका छन् । जङ्गलछेउ निर्वाध, निर्भय सञ्चालित यस्ता समिलहरूले गर्दा नै गोलिया काठलाई फन्टा बनाउन र साइकलमा ओर्सार्न सजिलो भएकोले जङ्गल मास्ने गोरखधन्दा चलिरहेको थियो । जङ्गल छेउका बस्तीहरूमा आजदेखि होइन, बर्र्सौंदेखि यस्ता समिलहरू एक-दुइ होइन दर्जनौंको सङ्ख्यामा सञ्चालित छन् । नेपालमा गैरकानुनी धन्दा मौलाउनुको पछाडि त्यसबाट प्राप्त अकल्पनीय आम्दानी त हुंदै हो, कारबाईबाट प्राप्त निर्भयता पनि हो ।     संयुक्त गस्ती टोलीको कार्यलाई साधुवाद दिनैपर्छ किनकि यसबाट केही मात्रामा भए पनि नेपालको राष्ट्रिय धनमाथि गिद्धे दृष्टि राख्ने कुतत्त्वहरूको मनमा डर पस्छ र गैरकानुनी कार्य सध

मान्नुस्-नमान्नुस्, क्रान्तिको कुनै विकल्प नै छैन

    नेपाली समाजको रूपान्तरणको प्रक्रिया यतिखेर ऐतिहासिकरूपमैं सबैभन्दा जटिल, कठिन र चुनौतीपूर्ण मोडमा आइपुगेको छ । खासगरी वामपन्थीहरूले अझैं चरम कम्युनिस्टहरूले खोजेको सामाजिक रूपान्तरण झन् बढी जोखिमपूर्ण अवस्थामा आइपुगेको छ । २००६ सालमा स्थापना भएको नेपाल कम्युनिस्ट पार्टीसंग बितेका ६१ वसन्तको तीतो-मीठो दुवैखाले अनुभवहरू पर्याप्त देखिन्छ, आगामी कार्यदिशा निर्धारण गर्न । मार्क्सवाद, लेनिनवाद तथा माओवादका प्रख्यात पण्डितहरू पनि नेपाली कम्युनिस्ट आन्दोलनमा नदेखिएका होइनन् । ओंठे क्रान्तिकारीदेखि लिएर कोठे क्रान्तिकारीहरूको पनि प्रशस्तै प्रशस्ती गाइएको इतिहास नेपाली वामपन्थी आन्दोलनको विगतलाई थोरैमात्र कोट्याउंदा सजिलै देख्न सकिन्छ । नेपाली कम्युनिस्ट पार्टीका संस्थापक कमरेड पुष्पलाललाई गद्दार भन्ने दिन होस् वा रूसमा पानी पर्दा नेपालमा छाता ओढ्ने रूसी दलाल भनी एमालेका अध्यक्ष स्व. क. मनमोहन अधिकारीको कुरा होस् वा ँकार्लमाक्र्स लिभ्स इन नेपाल’ भनेर अमेरिकी सञ्चार माध्यमले जननेता मदन भण्डारीको प्रशंसा गरेको दिन होस् । नेपालमा र्सवहारा क्रान्तिका निमित्त गरिएका पहलकदमीभित्रको इतिहासमा यी सबै

उज्यालो नेर्टवर्कको सद्भावको लागि संवाद कार्यक्रम द्वन्द्वपीडितप्रति समुचित सद्भाव नदेखिएको आरोप

प्रस, पर्सा, ११ कात्तिक/     उज्यालो नेर्टवर्कले सञ्चालन गरेको उज्यालो शान्ति यात्रा सद्भावको लागि संवाद कार्यक्रममा आज वीरगंजका सहभागीहरूले द्वन्द्व पीडितको सर्न्दर्भमा राज्य र राजनीतिक दल दुवै उदासिन देखिएको आरोप लगाएका छन् ।     दस बर्सर्ेेनयुद्ध, जनान्दोलन र मधेस आन्दोलनमा राजनीतिक दलको आह्वानमा ज्यानको आहुति दिएका शहीदका परिवार हुन् अथवा घाइते वा राज्यद्वारा मारिएका, बेपत्ता पारिएका सबैथरिका द्वन्द्व पीडितलाई हर्ेर्ने काम नभएको बताए । सात वर्षअगाडि पर्साको सोनबर्सर्ााट माओवादी जनयुद्धमा बेपत्ता पारिएका रमाकान्त गिरीकी पत्नी माया गिरीले आफनो पतिलाई साठी सालमा माओवादीले बेपत्ता पारेको र हालसम्म कुनै जानकारी नगराइएको र राज्यबाट एक लाख राहतभन्दा केही नपाएको बताइन् । उनले पांचजना छोराछोरीमध्ये तीनजना दस कक्षामा अध्ययन गरिरहेको र उनीहरूलाई कुनै पनि प्रकारको सेवा-सुविधा प्रदान नगरिएको बताइन् ।     माओवादीबाटै हत्या गरिएका कविकान्त दासका छोराले माओवादीले भने-भनेको बेलामा रकम नदिंदा बुवाको हत्या गरिएको भए पनि अहिलेसम्म कुनै किसिमको क्षतिपर्ूर्ति, राहत नपाएको र दोषीलाई कारबाई नभएको बताए

लङ्गडो घोडाको घुडदौड

    लङ्गडो घोडाले घोडादौडमा भाग लियो भने जुन हविगत हुन्छ, नेपालको लङ्गडो सरकारको त्यही हविगत हरेक क्षेत्रमा भइरहेको छ । दशैंको अवसर पर्‍यो भनेर सरकारले विश्व खाद्य दिवसको कार्यक्रम १६ अक्टुबरको साटो ११ दिनपछि कात्तिक १० गते मनाएको छ । संयुक्त राष्ट्रसङ्घले तीस वर्ष पहिले खाद्य तथा कृषि सङ्गठन खडा गरेको थियो जसको सम्Emनामा यो दिवस मनाइन्छ । विश्वमा जनसङ्ख्या वृद्धि र मृत्युदरमा कमी आउंदै गरेपछि खाद्य समस्या अहिले भयावहरूपमा बढ्दै गएको छ । सन् २०५० मा अर्थात् आजभन्दा ४० वर्षपछि विश्वको जनसङ्ख्या नौ अर्ब पुग्नेछ । त्यस बेलाको जनसङ्ख्यालाई पेट भर्न आज जति खाद्यान्न उत्पादन भइरहेको छ त्यसमा ७० प्रतिशत वृद्धि गर्नुपर्ने हुन्छ । आज देखा परेको खाद्य समस्या गरीबले खरिद गर्न पाएन भनेर मात्र होइनस पैसा हुनेले पनि, उत्पादन कम भएकोले, खरिद गर्न नपाएको अवस्था हो । नेपालकै कुरा गर्ने हो भने हिजो जति खाद्यान्न उत्पादन हुन्थ्यो, त्यसमा वृद्धि भए पनि जनसङ्ख्याको अनुपातमा खाद्यान्न आयात गर्नुपर्ने अवस्था छ ।     आजभन्दा अडतीस वर्ष पहिले नेपालले खाद्यान्न निर्यात गर्दथ्यो । बीस वर्षपछि दुइ लाख मेटि्रक टन

अनमिन पनि धर्मसङ्कटमा

    नेपालस्थित संयुक्त राष्ट्रसङ्घीय मिसन -अनमिन) पटक-पटक विवादमा आउने गरेको छ । यसपालि एकपटक फेरि ए. माओवादीकै कारण ऊ विवादमा आएको छ । सरकार तथा अनमिनको अनुमतिबेगर माओवादीका कमान्डरहरू चीन भ्रमणमा गएको कुरा सरकारलाई मन परेको छैन र सरकारले यस घटनाप्रति आफनो गम्भीर आपत्ति प्रकट गरेको छ । सरकारले अनमिनसंग पनि यस विषयमा जवाफ मागेको छ । अनमिनको जवाफपछि सरकारले आफनो नीति प्रस्ट पार्ने सम्भावना छ । अनमिन माओवादीप्रति उदार भएको आरोप उसमाथि सुरुदेखि नै लाग्दै आएको छ ।     नीतिगतरूपमा विशेष समिति मातहत आइसकेकाले लडाकू कमान्डर विदेश भ्रमण जांदा समितिबाट अनुमति लिनु आवश्यक थियो भन्ने तर्क सरकारको छ भने ए. माओवादीको विचारमा  १२ प्रतिश्ात लडाकूले बिदा लिन पाउने प्रावधान रहेका कारण ती लडाकू बिदा लिएर जहांपनि जानसक्ने भएकाले अनमिनसंग जवाफ मागिरहन आवश्यSm छैन । सबैभन्दा दुःखद र विवादास्पद भूमिका उत्तरी छिमेकी चीनको रहयो जसले जानीजानी माओवादी लडाकूलाई बोलाउने काम गर्‍यो र सरकारद्वारा गठित विशेष समिति र अनमिन मातहत रहेका लडाकूलाई अतिथिकोरूपमा बोलाउनु दर्ुभाग्यपूर्ण कार्य गर्‍यो । यसले के साबित गर्दछ भन

प्रहरी, प्रशासन र वन टोलीद्वारा संयुक्त छापा मधुवन मधवलमा सञ्चालित अवैध समिल सिज

Image
प्रस, पर्सा १० कात्तिक/     पर्सा, मधुवन मथवल गाविस-७ मा अवैधरूपमा खोलिएको एउटा चिरान मिललाई आज प्रहरी-प्रशासनले सिज गरेको छ।     पर्साका प्रहरी उपरीक्षक राजेन्द्रमान श्रेष्ठले बिनाइजाजत गैरकानूनीरूपमा समिल सञ्चालन गरेको पाइएकोले सिज गर्नुपरेको बताएका छन्। उनले  समिलमा रहेको १४७ क्युबिक फिट काठ पनि कब्जामा लिएको र समिल सञ्चालकविरुद्ध कार्यवाही प्रक्रिया अगाडि बढाएको बताएका छन। पर्साका प्रजिअ नागेन्द्र झा, सशस्त्रका एसपी, वनका डिएफआको संयुक्त टोलीले पर्सा जिल्लाको ग्रामीण क्षेत्र निरीक्षणको क्रममा आज उक्त स्थानको समिल सिज गरेका हुन्।     जनस्तरबाट पर्सा जिल्लाको विभिन्न स्थानमा बिनाइजाजत गैरकानुनी समिलहरू सञ्चालन भइरहेको सूचनाको आधारमा प्रहरी, प्रशासन र वन समेतको संयुक्त टोलीले अनुगमन सुरु गरेको हो। टोलीले बिरुवागुठी गाविसको बडनिहारबाट पनि २३० क्युबिक फिट काठ बरामद गरेको छ।     स्रोतका अनुसार पर्साको जङगल क्षेत्रसंग जोडिएका एकटांगा, पिडारीगुठी, देकुली, महादेवपट्टी, पचरूखी, शङकरसरैया, डोकैला बहुअरी गाविसमा पनि निर्वाध अवैध समिल सञ्चालन भइरहेको छ।     अझ बफरजोनमा रहेको विजयबस्ती गावि

वर्षाको कारण बाली लगाउन ढिलो

पवन तिवारी, पर्सा, १० कात्तिक/     विजयादशमीको दिनसम्म वर्षा भएको कारण यस वर्ष पर्सा जिल्लामा छरूवा हिउंदे बाली लगाउन समस्या परेको छ।     जिल्लामा मसुरो, आलस, खेसारी, केराउ, राइ, तोरी, केराउ, बकुलालगायत छरुवा खेती प्राचीनकालदेखि हुंदै आएको छ।     अक्टुबर महिनाको अन्त्यसम्म खेतमा पानी नसुकेकोले दलहन र तेलहन बाली लगाउन कृषकलाई समस्या भएको जिल्ला कृषि विकास कार्यालयका अधिकृत कपिलदेव तिवारीले बताए। विजयादशमीसम्म परेको पानीले धानबालीलाई फाइदा पुर्‍याए पनि हिउंदे बालीको लागि ढिलो भएको उनले बताए। छरुवा मसुरो, तोरी, गहुं, सरसों लगायत बाली लगाउन ढिलो हुने कृषकहरू बताउंछन्।     छरुवा खेतीमा जोताइ तथा मलजल खर्च नलाग्ने भएकोले कृषकहरू सो खेतीतर्फ बढी आकरि्षत हुने गरेको मुडलीका अगुवा कृषक शम्भु चौरसियाले बताए। छरुवा खेती हुने जग्गामा उर्वराशक्ति कायम रहने भएकोले कृषि वैज्ञानिकहरूले सो खेतीमा जोड दिने गरेका छन्।

मजदुर शहीद स्मृति क्लब काठमाडौं विजयी

Image
प्रस, जीतपुर, १० कात्तिक/     गाविस भवानीपुर जीतपुर-६ स्थित बकुलिया भवानीपुरको दोस्रो गोल्ड कपको सातौं दिनको खेलमा आज मजदुर शहीद स्मृति क्लब काठमाडौं विजयी भएको छ।     जन कल्याणकारी युवा क्लब बाराको आयोजनामा सञ्चालित बकुलिया भवानीपुर-६ को दोस्रो गोल्डकप फूटबल प्रतियोगितामा आज सातौं दिनको खेल मजदुर शहीद स्मृति क्लब काठमाडौंं र वीरगंज युथ एकेडेमी, पर्सा बीच समूह ँए’ को पहिलो सेमिफाइनल भएको थियो। जसमा शून्य गोलको विरुद्ध एक गोलले मजदुर शहीद स्मृति क्लब काठमाडौं विजयी भई फाइनलमा प्रवेश गरेको छ।     उक्त खेलमा मजदुर शहीद स्मृति क्लब काठमाडौंको तर्फाट जर्सी नं. १० का खेलाडी रूपेश क्षत्रीले खेलको पांचौं मिनेटमा एक गोल गरेका थिए भने जर्सी नं ५ का खेलाडी पङकज लामा सो खेलको उत्कृष्ट खेलाडी बन्न गई म्यान अफ दि म्याच घोषित भएका छन्।     म्यान अफ दि म्याच पङकज लामालाई प्रमुख अतिथि थरूहट सङघर्ष समिति बारा-पर्साका उपसंयोजक राधाकृष्ण चौधरीले पुरस्कार ट्रफी वितरण गरेका थिए। भोलि आठौं दिनको अन्तिम सेमिफाइनल समूह ँबी’ को एफसी इन्टरनेट हेटौंडा र प|mेन्ड्स क्लब काठमाडौबीच हुने गोल्डकप फूटबल प्रतियोगिता

खुम्चिंदो उर्वराभूमि, सिंचाइ अभावले पीडित किसान

Image
वी.पी. यादव /वीरगंज     बारा, पर्सा, रौटहट, धान गहुं, मकै, तरकारी र दलहन उत्पादन गर्ने प्रमुख क्षेत्र हुन्। यहांको उर्वरा भूमिले स्थानीय नागरिकलाई मात्र खाद्यान्न आपूर्ति गर्दैन अपितु बाहिरका जिल्लामा पनि तरकारी र खाद्यान्न निर्यात गर्दै आएको छ । कृषिमैं राम्रो रोजगार पाएको कारण यी जिल्लाका नागरिक सम्भवतः सरकारी नोकरी र विदेशी रोजगारमा धेरै कम जाने गर्दथे। तर अब त्यो अवस्था रहेन। यस ज्ािल्लाका नागरिकलाई आफनो उत्पादनले आफैंलाई धान्न  नपुग्ने भएको छ। यहां हरियो तरकारी पनि मकवानपुरको पालुङग र अन्य जिल्लाहरूबाट आयात गर्न थालिएको छ।     विगतमा पर्साको भँैराटार, गम्हरिया, विश्रामपुरलगायत क्षेत्रले तरकारीको लागि नाम कमाएको थियो। हाल ती गाउंहरूका पनि अन्यत्रकै हरियो तरकारी पुग्ने गरेको छ। खाद्यान्न भारतबाट आयात हुन्छ। पर्साको ग्रामीण क्षेत्रका युवाहरू नबिदेसिएको कुनै गाउं-टोल छैन। कृषि उत्पादनमा र्‍हास आएपछि युवा जनशक्ति अनियन्त्रित रूपमा बिदेसिने क्रम जारी छ।  युवाहरू  वैदेशिक रोजगारीमा गएको दृष्टान्त धोबिनी गाउंबाट प्रष्ट भइसकेको छ। कश्मीरमा गएको पहिरोले एकै गाउंका चारजनाले ज्यान गुमाएपछि

बाढीले वन कांसघारीमा परिणत

Image
गोकुल घोरसाइने, निजगढ     बाढी पसेर हरिया रूख सुक्न थालेपछि बाराको पसाहा इलाकाको हजारौं हेक्टर घना वन कांसघारीमा परिणत भएको छ। रूख सुकेर घांस उम्रिन थालेपछि घना वन कांसघारीमा परिणत भएको हो।     पसाहा नदीको भङगालो कांट नदीमा मिसिएर जङगलमा बाढी पसेपछि जङगल कांस र सिरूघारीमा परिणत भएको छ। कांसघारी फैलिएपछि घना वन विनाश भएको जिल्ला वन कार्यालयका सहायक वन अधिकृत योगेन्द्रप्रसाद साहले जानकारी दिए। "बाढीले  जरामा थुपारेको माटो र बालुवाले  सुकेर वन बगर बनेर कांस घांसघारीमा परिणत भएको साहले  बताए।     वन संरक्षण गर्न सम्बन्धित निकायले चासो नदेखाएपछि वन विनाशको क्रम हरेक वर्ष बढ्दै गएको छ। अघिल्लो ४ वर्षदेखि यस क्षेत्रको जङगलमा पस्दै आएको पसाहा नदी नियन्त्रण गर्न सम्बन्धित निकायले चासो देखाएको छैन। सुरुका वर्षमा सानो भङगालोबाट आउने गरेको बाढी अघिल्लो वर्षदेखि पसाहा नदीको मूल धार नै जङगलबाट बग्न थालेपछि वन विनाशको क्रम बढेको हरैया गाविसका  पूर्व गाविस अध्यक्ष टङगप्रसाद सुवेदीले जानकारी दिए। बर्सेनी बाढी बढेर आउंदै छ, नियन्त्रणमा कसैले ध्यान दिएको छैन"- सुवेदीले भने। बाढी नियन्त्रण हुन

समसामयिक शैक्षिक विकृति र निराकरण

- सञ्जय साह ँमित्र’     राजनीतिक अस्थिरता र सङक्रमणकाल बढ्दै जांदा राजनीतिक, सामाजिक, आर्थिक, प्रशासनिक तथा अन्य विकृतिहरूसंगै शैक्षकि विकृतिहरू पनि दिनानुदिन बढिरहेको पाइएका छन्। यसको अर्थ राजनीतिक स्थिरता कायम रहेको समाजमा कुनै विकृति नै हुंदैन भन्ने होइन। विगतमा राणा शासनकाल तथा राजतन्त्र कायम रहंदा पनि अनेकानेक विकृतिहरू विद्यमान थिए। निरङकुशता आफैमा एउटा राजनीतिक विकृति रहेको अन्तराष्ट्रिय अनुभवले समेत देखाएको छ। तर राजनैतिक व्यवस्था चाहिं प्रगत्योन्मुख भएमा विकृति तथा विसङगतिहरू हटाउने र नयां विकृतिहरू कम जन्मन दिनेतर्फ पनि ध्यान दिइन्छ,  यसकारण खुला समाजमा भन्दा नियन्त्रित समाजमा तुलनात्मकरूपमा सामाजिक, राजनैतिक, प्रशासनिक, आर्थिक संगसंगै शैक्षकि विकृति कम हुन्छ। शिक्षालाई जनताको आधारभूत आवश्यकताभित्र समेटेको संवैधानिक व्यवस्था भएको मुलुकमा पनि तुलनात्मकरूपमा शैक्षिक विकृति कम हुने हुन्छ।     नेपालको अन्तरिम संविधान २०६३ ले शिक्षालाई नागरिकको मौलिक हकको रूपमा परिभाषित गरेको छ। प्राथमिक तहसम्म मातृभाषामा शिक्षा प्राप्त गर्न पाउने अधिकारलाई पनि सुनिश्चित गरेको छ। तर नेपालका अधिक

बन्द संस्कृति हुर्कन दिनुहुंदैन

    हिजोआज सडक-बन्द, बजार-बन्दको मेला समाप्त भएको छ। यस्तो बन्द गर्दा-गर्दा नेपालीहरू थाकेजस्तो छ। अब यदाकदा मात्र यस्तो बन्द सुनिन्छ। त्यो पनि केही घण्टाका लागि मात्र। तर बन्दको संस्कार बसिसकेको नेपाली मानसले बन्द चलाउन छोडेको छैन। अचेल बन्दको नाममा विभिन्न स्तरका शैक्षकि संस्थाहरूलाई तारो बनाइंदै छ। यस प्रकारको बन्द प्रायः ग्रामीण भेगमासामान्य भएको छ। शिक्षक अनुपस्थित भए, स्कूल बन्द, शिक्षक नियुक्ति भयो त्यसमा धांधली भएको भन्दै स्कूल बन्द, अनुदान रकममा गोलमाल भयो भन्यो स्कूल बन्द, विद्यालय व्यवस्थापन समितिको निर्वाचन भएन स्कूल बन्द, निर्वाचन भयो भने गोलमाल भएको अत्तो थापेर स्कूल बन्द। बुझनुपर्ने  कुरा त के हो भने विद्यालयमा कुनै शिक्षक आएन भने विद्यार्थीको एउटा मात्र विषयको पढाइ हुंदैन, तर स्कूल बन्द गरिदिंदा सबै विषयको पढाइमा बाधा पुग्छ। त्यस कुरातिर कसैको ध्यान जांदैन, स्कूल बन्द गर्न पाए के के न बहादुरी गरेजस्तै कुनै निहु पायो कि, नपाए आफैंले उत्पन्न गरेर भए पनि, बन्द गर्न तम्सिहाल्छन्।     हुनत शैक्षकि कुरालाई लिएर राजधानीमा पनि लामो समयसम्म विवाद भएर शिक्षा परिषद्को कार्यालय बन

संविधान बन्न ढिलाइ भइरहंदा मधेसीले अधिकार गुमाउने खतरा बढ्दै छ ः सदभावना अध्यक्ष

Image
प्रस, पर्सा ९ कात्तिक/     सदभावना पार्टीका अध्यक्ष एवं कामचलाउ वर्तमान सरकारका वाणिज्य तथा आपूर्तिमन्त्री राजेन्द्र महतोले संविधान बन्नमा भइरहेको ढिलाइले परिवर्तनपछि मधेसी जनताले पाउने हकअधिकारबाट वञ्चित त हुने होइन भन्ने डर बढ्दै गएको बताएका छन्।         वीरगंजमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री महतोले संविधान बन्नका लागि शान्ति प्रक्रिया टुङगो लाग्नर्ुपर्नेमा त्यो हुन सकेको छैन भन्दै माओवादीको एकतर्फी हठका कारण सबथोक रोकिएको आरोप लगाए। शान्ति प्रक्रिया, संविधान लेखन र सरकार गठन सबै माओवादीले आफू अनुकूल चाहेकोले सहमति बन्न नसकेको उनले आरोप लगाए। उनले जनताको काम रोकिने र मुलुकको अर्थतन्त्र नै ठप्प हुने हुंदा जुनसुकै शर्तमा पनि कात्तिक मसान्तभित्र बजेट ल्याउने दाबी गरे।         मन्त्री महतोले कामचलाउ सरकारले कहीं पनि पूर्ण बजेट ल्याएको उदाहरण नभएको कुरा स्वीकार गर्दै, तर कामचलाउ सरकारले चार महिना पूरा गरेको उदाहरण पनि कतै नरहेको बताउंदै सरकारले बजेट रहरले नभएर बाध्यताले ल्याउन लागेको बताए। पत्रकारले सोधेको प्रश्नको जवाफ दिंदै मन्त्री महतोले जनतालाई मर्का पर्नेगरी हडतालमा जान

वाइसिएलको नियन्त्रणमा रहेका युवक तीन वर्षदेखि बेपत्ता

प्रस, हेटौंडा, ९ कात्तिक/     पतिपत्नीको झगडामा पत्नीकैे उजुरीपछि वाइसिएलले छानबिन गर्न नियन्त्रणमा लिएको हांडीखोलाका एक युवक तीन वर्षदेखि बेपत्ता छन्। उनको अहिलेसम्म अत्तोपत्तो नहुंदा परिवार चिन्तित बनेको छ।     हांडीखोला-४, झुल्यानपाखाका २२ वर्षीय सोमलाल ब्लोनलाई बेपत्ता पारिएको हो। संविधानसभाको चुनाव नजिकिंदै गर्दा २०६४ साल फागुन ११ गते राति माओवादीको भातृ सङगठन योङ कम्युनिस्ट लिगका स्थानीय कार्यकर्ताहरूले उनलाई अनुसन्धानका लागि भन्दै नियन्त्रणमा लिएका थिए।     स्थानीय वाइसिएल कार्यकर्ता हीरालाल स्याङतान, वीरबहादुर घलान र चन्द्रबहादुर मोक्तानको सक्रियतामा उनलाई नियन्त्रणमा लिई वीरबहादुरको घरमा लगी यातना दिएको प्रत्यक्षदर्शीहरू बताउंछन्।     पतिपत्नीको झगडालाई राजनीतिकरण गरी वाइसिएलले सोमलाल ब्लोनलाई यातना दिई पत्नीको पक्षमा वकालत गरेको थियो। घरैबाट नियन्त्रणमा लिइएका घलानलाई वीरबहादुरको घरमा शारीरिक र मानसिक यातनापछि हात बांधेर चुरे जङगलतिर लगिएको र त्यसपछि बेखबर भएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।     ँउनलाई हात बांधेर जङगलतिर लगेको देखेका हौं’-एक स्थानीय बासिन्दा त्यतिखेरको

फ्रेंड्स क्लबद्वारा लालबन्दी क्लब पराजित

Image
प्रस, जीतपुर, ९ कात्तिक/     गाविस भवानीपुर जीतपुर-६ स्थित बकुलिया भवानीपुर गोल्ड कपको छैठौं दिनको खेलमा फ्रेंड्स क्लब काठमाडौं विजयी भएको छ।     जन कल्याणकारी युवा क्लबको आयोजनामा सञ्चालित बकुलिया भवानीपुर-६ को गोल्डकप फूटबल प्रतियोगितामा आज छैठौं दिनको खेलमा फ्रेंड्स क्लब काठमाडौं र लालबन्दी फूटबल क्लब सर्लाहीबीच समूह ँबि’ को क्वाटरफाइनल खेल भएको थियो। जसमा शून्य गोलको विरुद्ध एक गोलले फ्रेंड्स क्लब काठमाडौं विजयी भयो।     उक्त खेलमा फ्रेंड्स क्लब काठमाडौंको तर्फाट जर्सी नं ९ का खेलाडी कुशल श्रेष्ठले खेलको ३४ औं मिनेटमा एक गोल गरेका थिए भने कुशल श्रेष्ठ म्यान अफ दि म्याच घोषित भएका छन्।     सो खेलको म्यान अफ दि म्याच श्रेष्ठलाई प्रमुख अतिथि, अशोक स्टिल इन्डस्टि्रज प्रा.लि.का अध्यक्ष पुनमचन्द अग्रवालले पुरस्कार ट्रफी वितरण गरे । भोलि ७ औं दिनको खेल समूह ँए’ को सेमिफाइनल मजदुर शहीद स्मृति क्लब काठमाडौं र वीरगंज युथ एकेडेमी, पर्सा बीच हुने गोल्डकप समितिका सचिव राजेन्द्र चौधरीले बताएका छन्।

इटाभटा र क्रसर उद्योग बन्द गर्न सचेत युवा समूह निजगढद्वारा चेतावनी

Image
जीतलाल श्रेष्ठ/निजगढ     करिब दुइ दशकदेखि सञ्चालनमा रहेका इंटा भट्टाका मालिकहरूले ७ वर्ष अगाडि इंटा भट्टा बन्द गर्ने लिखित सहमति जनाए पनि गाउं-बस्तीको पर्यावरणमाथि खेलवाड गर्दै आइरहेकाले इंटा भट्टा सञ्चालनमा रोक लगाउन सचेत युवा समूह निजगढका समाजसेवी, युवा, गाउंलेहरू एकजुट भई इंटा भट्टा र क्रसर उद्योग बन्द गर्न चेतावनी दिएका छन्। ँइंटा भट्टा र क्रसर उद्योग हटाऔं, सुन्दर निजगढ शहरलाई बगर हुनबाट बचाऔं’ भन्ने मूल नारा लिएर निजगढको गांउबस्ती, चोकचौतारोसम्म पर्चा, पम्पेट टांस गरिएको छ। युवा समूहले इंटा भट्टा र क्रसर उद्योग गाउं-बस्ती, खेतीयोग्य जमीन, खोला-बगर, राष्ट्रिय वन-जङगल, चुरे पहाड नजिकैबाट पूर्णरूपमा हर्टाई निजगढलाई खतरामुक्त सुन्दर नगर बनाउन एकजुट हुन सम्पूर्ण निजगढबासीलगायत अन्य सचेत समूहलाई समेत आग्रह गरेको छ ।                 केही इंटा भट्टा सञ्चालकहरूले विभिन्न प्रपञ्च रच्दै वर्षौदेखि गाउं-बस्तीको खेतीयोग्य जमिन, लालबकैया खोला नजिकै रहेको खेतीयोग्य उर्वरा प्राकृतिक माटो बर्सेनि ठूलो परिमाणमा काट्दै इंटा बनाउंदै सम्पत्ति आय-आर्जन गरिरहेका छन्। निजगढको खेतीयोग्य जग्गालाई खाल्टो

दामनको चर्चित ऋषेश्वर महादेव मन्दिर

Image
-मनीषा रायमाझी     मकवानपुरको दामनस्थित चर्चित मन्दिर ऋषेश्वर महादेव मन्दिर प्राकृतिक छटाले भरिपूर्ण, विभिन्न हिमशृङखलाको सुन्दर दृश्य अवलोकन गर्न सकिने, स्वदेशी तथा विदेशी पर्यटकको शान्त पर्यटनस्थल हो। २२५० मिटरको उंचाइमा रहेको दामन भौगोलिक तथा सांस्कृतिकरूपले सांच्चिकै प्रकृतिको सुन्दर उपहार हो। चारैतिर हरियो वन, अनि त्यहांबाट देखिने सुन्दर दृश्यहरू सूर्योदय र सूर्यास्त, डांडा-कांडाबाट हामफालेको कुहिरोको मुस्लो, अनि पहाडका कुना-कुनाबाट निस्केका कञ्चन पानीको छनछनले जो कोहीको चिन्ता-पीर केही बेर हटाइदिन्छ । बार्‍हौ महिना जाडो हुने यो ठाउं धार्मिक तथा ऐतिहासिकरूपले पनि महत्त्वपूर्ण मानिन्छ।     मकवानपुरको उत्तरी क्षेत्र मानिने दामनमा, आस्थावानहरूको आस्थाकेन्द्र श्री ऋषेश्वर महादेवको चर्चित मन्दिर अवस्थित छ। त्रिभुवन राजपथ अर्न्तर्गत पर्ने यो मन्दिर सडकखण्डबाट १ घण्टाको पैदलयात्रा पछि पुग्न सकिन्छ। उक्त बाटो अलि कठिन हुनुका साथै उकालो पनि छ। मन्दिरबारे पौराणिक धेरै किंवदन्तीहरू छन्। यसबारे कसैको के भनाइ छ भने- भगवान शिवलाई होहल्ला भएको ठाउं मन नपर्ने हुंदास यो सुनसान, कसैले नदेख्ने प्र

बिहारको चुनावमा विकास नै मुद्दा

-श्रीमननारायण     कुनै जमानामा हत्या, हिंसा, अपराध र अराजकताका लागि प्रसिद्ध भारतको बिहार राज्यमा प्रान्तीय सदनको निर्वाचनमा यसपालि विकास नै एकमात्र राजनीतिक मुद्दा बनेको छ। बिहारका वर्तमान मुख्यमन्त्री नीतीश कुमारको कुशल नेतृत्वमा बिहारले ५ वर्षमा उल्लेखनीय प्रगति गरेको छ। बिहारको चर्चा भारतमा मात्रै होइन, भारत बाहिर पनि हुने गरेको छ। जाति, पैसा र लठ्ठीको प्रभाव रहंदै आएको बिहारको चुनावमा यसपालि विकास मात्रै राजनीतिक मुद्दा बन्नु नेपालको लागि पनि सुखद सङकेत हो किनभने भोलिका दिनमा नेपालमा पनि विकास नै राजनीतिक मुद्दा बन्ने अपेक्षा गर्न सकिन्छ।     सन् २००५ मा बिहारको नेतृत्व सम्हाल्दा इन्जिनियर मुख्यमन्त्री नीतीशकुमार सामु थुप्रै चुनौती थिए। जर्जर आर्थिक अवस्था, मृतप्रायः कानुन-व्यवस्था, अराजकता, हत्या, अपरहण, चन्दाअसुली, हिंसा र असुरक्षित जनजीवन नै बिहारको पहिचान थियो। राजनीतिमा अपराधीहरूको वर्चस्व थियो । प्रशासन नामको कुनै चीज थिएन । अपहरण र चन्दा आतङकका कारण उद्योग-धन्धा चौपट्ट थियो। उद्यमीहरू बिहारबाट पलायन गरिसकेका थिए। विकास भन्ने कुरै थिएन। बलियो जातीय समीकरणका कारण लालूप्रस

दक्ष व्यवस्थापन आवश्यक

    नेपालले सन् २०११ लाई नेपाल पर्यटन वर्ष घोषित गरेको छ, तर देशको लथालिङग अवस्था हेर्दा नेपाललाई माया गरेर कोही आइदियो भने तत्विशेष, अन्यथा आफनै हुतिले पर्यटन बोर्ड, पर्यटन मन्त्रालय, सरकार र सम्बद्ध क्षेत्रले केही गर्न सक्दैन भन्ने सङकेत प्राप्त भइसकेको छ। पर्यटन विकासका लागि सुविधासम्पन्न होटल, बाटो, पथप्रदर्शक, यातायात आदि साधनको यथेष्ट बन्दोबस्त पहिलेदेखि नै भएको हुनर्ुपर्छ। ऐन मौकामा भइपरि आउने समस्याबारे पूर्व तयारी हुनुपर्छ। तर नेपालमा जुन बेला पर्यटन वर्ष घोषणा गरियो त्यो बेला त सङक्रमणकाल थियो। अहिले सङक्रमण ओइलाउनुको साटो झन् झाङगिदै गएको छ। देशमा कामचलाउ सरकार छ। असार मसान्तमा पारित हुनुपर्ने बजेट कात्तिकको पहिलो हप्ता बितिसक्दा पनि संसदमा पेश भएको छैन। पेश्की बजेट समाप्त भइसकेको छ। ठूला दल ए. नेकपा माओवादी पूर्ण सरकार गठन नहुन्जेल बजेट पारित गर्न नदिने अडानमा बसेको छ। अर्थात् सरकारले चाहेर पनि पर्यटन वर्षको तामझाम मिलाउन सक्ने अवस्था छैन।     सरकारको अवस्था देखिहालियो। अब पर्यटन मन्त्रालयको कुरा त झन् सरकारको भन्दा पनि दयनीय हुने स्वाभाविक नै भयो। पर्यटन बोर्डले साधन र स्

सङ्घीयता विरोधी शक्तिहरूले संविधान बनाउन आलटाल गरेको आरोप

Image
प्रस, पर्सा, ८ कात्तिक/    सद्भावना पार्टीका अध्यक्ष एवं कामचलाउ सरकारका वाणिज्य तथा आपूर्तिमन्त्री राजेन्द्र महतोले सङ्घीयता विरोधी शक्तिहरूले संविधान बनाउन आलटाल गरिरहेको आरोप लगाएका छन्।     वीरगंज उद्योग वाणिज्य सङ्घको सभाहलमा आयोजित पार्टी प्रवेश एवं कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री महतोले सङ्घीयताबाट देश टुक्रने मन्साय राखेका ठूला दलहरूले संविधान बनाउन विभिन्न बखेडा गरिरहेको बताए।     उनले ठूला तीन दलको कारण मुलुकमा राजनीतिक अस्थिरता सृजना भएको आरोप लगाए। मन्त्री महतोले देश परिर्वतनतर्फ उन्मुख भएको हुंदा सम्पूर्ण मधेसीहरू एकबद्ध भएर आफनो हक अधिकार सुनिश्चित गर्न लागिपर्नुपर्ने बताएका थिए।     अहिलेको अवस्थामा आफनो हक अधिकार सुनिश्चित नगरे भावी सन्ततिले माफी नदिने उनले बताए।     देशमा शासन गरिरहेका दलहरूले मधेसीहरूको अहिलेसम्म शोषण गरिरहेको हुंदा सबै खाले शोषणको अन्त्य सङ्घीयताबाट मात्र सम्भव हुने उनले बताए। समग्र मधेस एक प्रदेशप्रति पनि दलहरूको सोच सकारात्मक नभएको भन्दै मन्त्री महतोले जुनसुकै हालतमा समग्र मधेस एक प्रदेश बनाउने प्रतिबद्धता जाहेर गरेका थिए।     उनल

आफनो नेतृत्वमा सरकार बने संविधान निर्माण हुने गच्छदारको दाबी

प्रस, रौतहट, ८ कात्तिक/     मधेसी जन अधिकार फोरम लोकतान्त्रिकका राष्ट्रिय अध्यक्ष तथा उपप्रधानमन्त्री विजयकुमार गच्छदारले तीन दलीय असमझदारीका कारण सरकार बन्न नसकेको बताएका छन्।     जगलसहिया र गज्राघाट पुलको शिलान्यास गर्न आएका उपप्रधानमन्त्री गच्छदारले उक्त कुरा बताएका हुन्। एमालेका केही नेताका कारण प्रधानमन्त्री माधवकुमार नेपालको बहुमतको सरकारले राजीनामा दिन बाध्य भएको मन्त्री गच्छदारले आरोप लगाए।     तीन दलबीच शान्ति सहमति नभएको हुंदा मधेसी मोर्चा तथा साना दलहरूलाई संयुक्त सरकारको नेतृत्व गर्न आफूलाई दिने हो भने जनान्दोलनको मर्म पूरा हुने र संविधान निर्माण हुने उनले दाबी गरे।     मधेस, हिमाल, पहाड र तर्राई समेतको आफू नेता रहेकोले सरकारको जिम्मेवारी तीन दलले दिनुपर्ने उनले आग्रह गरे।     देशको शासन, प्रशासन र सेनामा मधेसीको सङ्ख्या न्यून रहेकोले जनसङ्ख्याको आधारमा राज्यको सम्पूर्ण निकायको पदपर्ूर्ति गर्नुपर्ने धारणा उनले व्यक्त गरे।     साढे बारह करोडको लागतमा ३३ महिनामा पुल निर्माण हुने उनले जानकारी दिए। रौतहट जिल्ला अति पिछडिएकोले यहांको जनतालाई सुख-सविधा पुर्‍याउन आफू लागेको

मजदुर शहीद स्मृति क्लब बिजयी

Image
प्रस, जीतपुर, ८ कात्तिक/     बारा जिल्लाको जीतपुर-६ स्थित बकुलिया भवानीपुर गोल्ड कपको पांचौं दिनको खेलमा मजदुर शहीद स्मृति क्लब काठमाडौं विजयी भएको छ।     जन कल्याणकारी युवा क्लबको आयोजनामा सञ्चालित बकुलिया भवानीपुर-६ को गोल्डकप फूटबल प्रतियोगितामा आज पांचौं दिनको खेलमा मजदुर शहीद स्मृति क्लब काठमाडौं र माउन्ट एभरेष्ट सिमरा -बारा) बीच समूह ँए’ को क्वाटरफाइनल खेल भएको थियो। जसमा शून्यविरुद्ध दुइ गोलले मजदुर शहीद स्मृति क्लब काठमाडौं विजयी भएको छ।     उक्त खेलमा मजदुर शहीद स्मृति क्लब काठमाडौंको तर्फाट जर्सी नं ५ का खेलाडी पड्ढज लामाले खेल सुरु भएको चौथो मिनेटमा एक गोल गरेका थिए र जर्सी नं ७ का खेलाडी रूबिन श्रेष्ठले खेलको मध्यान्तरपछि ३० औं मिनेटमा अर्को एक गोल गरेका थिए। जर्सि नं १९ का खिलाडी सुशान लामा म्यान अफ दि म्याच घोषित भएका छन् ।     म्यान अफ दि म्याच लामालाई थरूहट सङ्र्घष्ा समिति बारा-पर्साका सल्लाहकार जयकिशोर चौधरीले पुरस्कार वितरण गरे।     भोलि समूह ँबि’ को क्वाटरफाइनल खेल लालबन्दी फूटबल क्लब र्सलाही र फ्रेन्डस क्लब काठमाडौं बीच हुने गोल्डकप समितिका सचिव राजेन्द्र चौधरी

३६ वर्षीया बालिका ३१ इन्च अग्ली सरकारी सेवा सुविधा वञ्चित

Image
गम्भीरा सहनी/जीतपुर     ३६ वर्षीया एक महिलाको उंचाइ ३१ इन्च मात्र छ। पर्सा जिल्लाको चोर्नी गाविस-९ सोलकपुर निवासी रविलाल रिमालकी छोरी सरिताकुमारी रिमाल बाउन्नी भई अपाङग जिन्दगी व्यतीत गरिरहेकी छन्।     बाउन्नी सरिता रिमालभन्दा दुइजना जेठा र दुइजना कान्छा दाजु भाई दिदी-बहिनीको शारीरिक अवस्था ठीक छ, तर सरिताको अवस्था दयनीय भएकोले अपाङग जिन्दगी बिताउन बाध्य भएकी उनकी बहिनी सङगीता रिमालले बताइन्।     सुरु-सुरुमा एक दुइ ठाउंमा देखाइयो तर आर्थिक कमजोरीले पर्याप्त औषधि उपचार गराउन सकिएन र अहिले कहीं पनि उनका लागि सहयोगी फेला नपरेको दाजु रामहरि रिमालले बताए।     सरकारले वितरण गर्ने शारीरिक अपाङग भत्ता, सहयोगसमेत नपाएको दुखेसो परिवारजनले गरेका छन्।