Posts

Showing posts from September, 2010

प्रतीक दैनिकबाट रु दस हजार सहयोग

Image
प्रस, पर्सा, १३ असोज/     प्रतीक प्रकाशन समूहले रेडक्रस पर्सालाई सहयोग हस्तान्तरण गरेको छ। प्रतीक प्रकाशनको तर्फबाट सानी खुशी शर्माले रेडक्रस पर्साको अध्यक्ष श्याम पोखरेललाई रु. १० हजारको चेक हस्तान्तरण गरिन्।     पाकिस्तानमा आएको बाढीबाट पीडितहरूको राहतको लागि नेपाल रेडक्रस सोसाइटीले सहयोग आह्वान गरेकोमा प्रतीक दैनिकमा कार्यरत संवाददाता, स्तम्भकार, सम्पादक, फोटोग्राफर तथा प्रकाशन समूह परिवारबाट सो रकम सङकलन गरी हस्तान्तरण गरेको हो।     यसैगरी रेडक्रसलाई देवनन्दन राज मावि रामनगरीले रु. २,९६३, टि्रनीटी हाइटेक एकेडेमी श्रीपुर, वीरगंजले २,३१३,  नेराउमावि श्रीपुरले २,८४२, कास्मिया मस्जिद, श्रीपुरले ४,२०० रुपियां सहयोग हस्तान्तरण गरेको रेडक्रसले जनाएको छ।

उखुबाली लगाउन किसानलाई आग्रह

प्रस, कलैया, १३ असोज/     जिल्ला कृषि विकास कार्यालय, बाराको आयोजनामा बुधवार सहभागी भएका उखुबाली अन्तर्त्रिmया गोष्ठीका सहभागी प्राविधिकहरूले मकैबालीको विकल्पमा किसानहरू समक्ष उखुबाली अघि सारेका छन्। जिल्लामा गत वर्ष मकैबालीमा दाना नलागेपछि उनीहरूले मकैखेतीको विकल्पमा उखुबाली अघि सारेका हुन्।     हाइब्रिड हिउंदे मकैबालीमा दाना नलागेपछि बाराका किसानले एक अर्ब ६२ करोड रुपियां बराबरको क्षति बेहोरेका थिए। उक्त अवसरमा बारा मनहर्वा-५ स्थित मामकौर सुगरमिलका प्रबन्धक प्रमुख अतिथि शिवनाथ शर्माले- तपाईंहरू कृषकलाई उखु लगाउन भन्नुहोस् हामी किन्न तयार छौं भनी बताए।     जिल्लामा कुल एक हजार पांच सय बिघामा उखुखेती भइरहेकोमा  जिल्लामा चार हजार बिघामा उखुखेती गराउने लक्ष्य रहेको शर्माले बताए। उखुमा अन्तर्बालीको रूपमा राजमा, आलु, चना, मसुरो, आलस, धनिया, तोरी, मुङग र रामतोरियाको खेती गर्दा उखुलाई समेत फाइदा पुग्ने उनले बताए। अन्तर्बालीको रूपमा मकै, गहंु उब्जने भए तापनि यी बालीले उखुको उत्पादनमा कमी आउने कुरा कार्यक्रमको अध्यक्षता गरिरहेका  राष्ट्रिय उखुबाली अनुसन्धान कार्यक्रम जीतपुरका प्रमुख प्रे

नागरिकता वितरण सहज बनाउन जोड

Image
प्रस, पर्सा, १३ असोज/     प्रधानमन्त्री माधवकुमार नेपालले जिल्ला प्रशासन कार्यालय, पर्सामा नागरिकता वितरण गर्दा भ्रष्टाचार भएको आरोप लगाएपछि ज्रि्रका, पर्साले कडाइ गरेको छ।     प्रजिअ नागेन्द्र झालाई मातहतका कर्मचारीले नागरिकता लिनका लागि ४० हजार घुस दिनुपरेको चर्चा गर्दै प्रधानमन्त्रीले अविलम्ब छानबिन गर्न निर्देशन दिएपछि प्रजिअ झाले कडाइ गरेका छन्। उनले आफूले नागरिकता वितरणको जिम्मा मातहतका कर्मचारीलाई दिएको अवस्थामा प्रधानमन्त्रीबाट गम्भीर आरोप लागेपछि कडाइ गरेको बताएका छन्। उनले नागरिकता लिन सरोकार राख्ने सम्पूर्ण फाट अगाडि नागरिकताको लागि कुनै पनि प्रकारको दस्तुर नदिन सूचना टांस गरेको बताए। सूचना टांस गरेपछि जनता सचेत भएको आशा गरिंदैछ। नागरिकतामा दस्तुर लिएको गुनासो नआएको हुंदा कारबाईको प्रक्रिया अगाडि बढाउन नसकेको प्रजिअ झाले बताए। खासगरी मतदाता परिचयपत्रको लागि नागरिकता अनिवार्य भएपछि ज्रि्रका, पर्सामा नागरिकता लिनेहरूको दुइ हप्तादेखि भीड बढेको छ। सोही भीडको फाइदा उठाएर नयां नागरिकबाट नागरिकता बनाउंदा दस्तुरी लिने काम तीव्र भएको आरोप लागेकोले सूचना टांस गरेर कडाइ गरेको बुझिन आ

सेन्टजेवियर्स र नेशनल इन्फोटेक विजयी

प्रस, पर्सा, १३ असोज/     ऐकेडमिक क्रिकेट क्लब, पर्साद्वारा आयोजित अन्तर्क्याम्पस २०/२० क्रिकेट अर्न्तर्गत आज सम्पन्न खेलमा सेन्ट जेवियर्स कलेज र नेशनल इन्फोटेक क्लेज विजयी भएका छन्। टस जितेर फिल्डिङ रोजेको वीरगंज पब्लिक कलेजविरुद्ध सेन्ट जेवियर्सले १३८ रन बनाएको थियो। प्रतिउत्तरमा वीरगंज पब्लिक कलेजले निर्धारित ओभरमा सात विकेट गुमाएर १०६ रन मात्र बनाउन सफल भयो। यो खेलमा सेन्ट जेवियर्सका दिवेश त्रिपाठी म्यान अफ दी म्याच घोषित भएका थिए।     यसैगरी टस जितेर पहिलो ब्याटिङ गरेको नेशनल इन्फोटेक कलेजले निर्धारित ओभरमा सबै विकेट गुमाएर १११ रन बनाएको थियो।  प्रतिउत्तरमा नेशनल मेडिकल कलेज १५.३ ओभरमा सम्पूर्ण विकेट गुमाएर ८६ रनमा समेटिएपछि नेशनल इन्फोटेक २५ रनले विजयी भएको हो। सो क्लबका सुसिम अधिकारी म्यान अफ दी म्याच घोषित भएका थिए। जिल्लास्तरीय फूटबलको फाइनलमा लेवट र मङगोलियन प्रस, हेटौंडा, १३ असोज/     मकवानपुरको बसामाडीमा जारी जिल्लास्तरीय नकआउट फूटबल प्रतियोगिताको फाइनलमा लेवट सामुदायिक वन उपभोक्ता समूह बसामाडी र मङगोलियन युवा क्लब बसामाडी भिड्ने भएका छन्। बुधवार भएको पहिलो सेमिफाइनल ख

कालोपत्रे सडक भत्किएपछि कमजोरी छोप्ने काम तीव्र

Image
जीतलाल श्रेष्ठ, निजगढ/     बारा र रौतहटको सिमानामा पर्ने धन्सार पुलको निमार्ण कार्य सम्पन्न भएको केही साता पनि नबित्दै कालोपत्रे अर्थात् पक्की सडक भत्किन थालेको छ। पूर्व-पश्चिम राजमार्गमा रहेको धन्सार पुलसंगै जोडिएर दुवै दिशातर्फनिर्माण गरिएको करिब ३ सय मिटर नयां कालोपत्रे पक्की सडकको पिच भत्किएर खाल्टाखुल्टी भएपछि ठेकेदारले आफनो कमजोरी ढाकछोप गर्न सडक टाल्ने कार्य तीव्र गतिमा अघि बढाएको छ। भर्खरै निर्माण गरिएको यो सडकमा यातायातका साधन चल्न थालेको दुइ साता पनि नबित्दै पक्की सडक भत्किएर खाल्टाखुल्टी परेको सो पुल नजिकै राजमार्ग सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरी सुरक्षा अस्थायी पोस्टका सशस्त्र प्रहरीहरूले बताए। सडक भत्किएर बोल्डर अर्थात् ढुङगासमेत देखिएको छ।     सडकका वर्गीकरण अनुसार पूर्व-पश्चिम राजमार्गमा पर्ने सडकहरू मेजर रोड अर्न्तर्गत पर्ने भएकोले प्राविधिक निर्देशिका बमोजिम काम नभएको देखिएको छ। हामी त ठेकेदारका कर्मचारी हौं, ठेकेदारको निर्देशन अनुसार हामीले काम गर्ने हो तर कन्सल्टेन्ट अर्थात् सडक विभागका प्राविधिकहरूले पनि निर्माणाधीन कार्यको सुपरीभिजन गर्दै निगरानी राखी ठेकेदा

पति-पत्नी दुवै भूमिका निर्वाह गर्दैछन् पर्सा-बाराका तेस्रो लिङगीहरू

Image
-शत्रुघ्न नेपाल     पर्सा, बारा जिल्लाका तेस्रो लिङगीहरू पति र पत्नी दुवै भोग गर्नुपर्ने बाध्यता झेल्दै आएका छन्। पर्सामा मात्र सहयात्री समाज (सुरुको नीलहीरा) गठन भए यता तीन वर्षमा ४ हजारको सङख्यामा देखापरेका समलिङगी, तेस्रो लिङगीमध्ये तेस्रो लिङगीहरूले भने पुरुषलाई लोग्ने (पति) को रूपमा र महिलालाई पत्नीको रूपमा  दोहोरो भूमिका निर्वाह गर्नुपर्ने बाध्यता रहिआएको देखिएको छ।     सहयात्री समाज पर्साका संयोजक सन्ध्या लामा, जन्मंदा पुरुष अथवा महिला भएर जन्म लिने तेस्रो लिङगीहरूको हकमा सामाजिक र पारिवारिक बाध्यताले विपरीत लिङगीसंग विवाह गर्नुपर्ने अवस्था रहेकोले पर्सा, बारामा मात्र होइन, नेपालमा नै यो समस्या देखिएको बताउंछिन्। पुरुष भएर जन्मनेहरूको शारीरिक विकास पछि महिलाको रूपमा भए तापनि उनीहरूलाई घर परिवारले विपरीतलिङगीसंग नै विवाह गर्ने परिपाटी, परम्पराले यो समस्या आएको बताउंछिन्।     सहयात्री -नीलहीरा) समाजले गतिविधि सञ्चालन गरेपछि सबैभन्दा  ठूलो समस्याको रूपमा तेस्रो लिङगीले पति र पत्नी दुवैको भूमिका निर्वाह गरेको देखा पर्न आएको उनले बताइन्।     वीरगंजका हरिदेवप्रसाद -नाम परिवर्तन)

OLPC : शैक्षिक गन्तव्यको नयां बाटो

- सञ्जय साह 'मित्र’     शिक्षामा परम्परागत मान्यता अब धराशायी बन्दैछ। शिक्षाको माध्यमको रूपमा भाषा र साधन दुवैमाथि पर्याप्त बहस भइरहेको छ। एकातिर मातृभाषामा शिक्षा दिइनुपर्छ भन्ने मान्यताले मर्ूतरूप पाइरहेको छ भने अर्कोतिर सम्पूर्ण क्षेत्रमा वैज्ञानिक शिक्षा र पद्धतिको प्रश्न आइरहेको छ। वैज्ञानिक शिक्षाले सैद्धान्तिक, प्रयोगात्मक तथा व्यावहारिक सबै विषयमा नयां सोचाइतर्फ सङकेत गर्दछ। शिक्षा दिने प्रविधिमा नै अहिले ebook को अवधारणा आएको छ।      अमेरिकाको एउटा विश्वविद्यालयमा संस्कृत पढाउने नेपाली प्राध्यापकले ebook बाट संस्कृत पढाएको चर्चा एकपटक नेपाली साहित्यमा खुब चलेको थियो। प्राध्यापन कक्षामा हाम्रो कालोपाटीजस्तै सेतोपाटीको छेउमा विभिन्न स्वीचहरूमध्ये एउटा थिचेपछि त्यो सेतोपाटी मोनिटर स्क्रिनमा बदलिएको र मोनिटर स्क्रिनमा नै पढाउने सामग्री -विषयवस्तु) आउने गरेको, जुन यति, गति र लयमा वाचन गर्नुपर्ने हो, जस्तो आउभाउ हुनुपर्ने हो  तथा भाव वा अर्थ के कस्तो हो सम्पूर्ण क्रमशः आफैं आउने कुरा पढ्दा सपनाको कल्पनाजस्तो लाग्थ्यो। त्यो चर्चित लेख आधा शताब्दी पहिले मैले पढ्न पाएको थिएं र अहि

काम कुरो एकातिर

सीमा सुरक्षा बललाई थप दायित्व दिइएको छ र उसले त्यसको निर्वाह गर्दछ भने राम्रै कुरा हो। तर जब मूल काम छाडेर सहायक कार्यप्रति सशस्त्र बलको दृष्टि भौंतारिन थाल्दछ भने नियत खोटो हो भनी बुझन गार्‍हो पर्दैन। निकै समयदेखि नेपाल सरकारले नियुक्त गरेको सीमा सुरक्षा बलको काम सीमा सुरक्षा त हुंदै होइन, किनभने सीमा सुरक्षा उसको बुताको काम नै होइन। अब सीमा क्षेत्रमा बसेर उताका जोरीपारीसंग जोरी खोज्नु पनि भएन, त्यसैले सीमा सुरक्षाको काम आजसम्म भ्याएजति नागरिकले नै गर्दै आएको छ। सीमा सुरक्षा बलको काम चाहिं र्सवसाधारण नेपाली जनतामाथि हैकम जमाउने मात्र देखिएको छ। दीन-हीन, दुइ पैसा जोगियोस् र परिवारको पेट पालियोस् भनेर भारतीय बजारबाट दैनिक उपभोगका लागि ल्याएको सरसामानमा किचलो झिकेर अशक्त बाघले झिंगा टिपेर खाएजस्तो पैसा झार्ने काम मात्र यिनको जिम्मा रहन गएको छ। जनता पनि कति निरीह छ भने दुइ पैसा जोगाउन उसले भारतीय एसएसबीको धाक-धम्की त सहन्छ नै नेपाली प्रहरीको शोषण पनि बाध्य भएर सहन्छ। सीमा सुरक्षा बलले यसरी दैनिक उपभोगका लागि ल्याइएको सामान पनि रोक्न खोज्नु महान् राष्ट्रभक्तिपूर्ण कार्य हो, यदि यिनीहरूले ट

बेपत्ता पारिएकी मनिता साहको स्थिति सार्वजनिक गर्न पर्सा-बारा सङघ-संस्था सक्रिय

प्रस, कलैया, १२ असोज/     महिला अधिकारको क्षेत्रमा काम गर्ने बारा पर्साका १३ वटा गैरसरकारी संस्थाहरूले मङगलवार जिल्ला प्रशासन कार्यालय, बारामा ज्ञापनपत्र दिएका छन्। ज्ञापनपत्र दिनेमा दिव्य युवा क्लब पर्सा, अरुणोदय युवा क्लब, जनचेतना जागरण अभियान, न्यु यंग स्टार क्लब, स्नेही नेपाल सामाजिक संस्था पर्सा एवं जिल्ला महिला अधिकार मञ्च, पर्सा ग्रामीण विकास केन्द्र, महिला अधिकार मञ्च, महिला मानव अधिकार रक्षक सञ्जाल बारा र पर्सा एकाइ, महिला सुरक्षा दबाब समूह, हामी सक्छौं बारा, र पर्सा एकाइ  रहेका छन्।      ज्ञापनपत्रमा लैङगिक हिंसा रोक्न तथा मानव बेचबिखन अन्त्यको लागि नेपाल सरकारले बनाएको ऐन बमोजिम कारबाईको मागसमेत गरेका छन्।     साउन ७ गते कलैया-७ निवासी लालबाबू साहसंग  पर्सा बिरंचीबर्वा-६ की मनिता साहको विवाह भएकोमा भदौ ७ देखि उनको स्थिति अज्ञात भएको हो। रक्षा बन्धनको लागि भदौ ७ गते सोही ठाउंकी एक महिलालाई जिम्मा लगाई माइती पठाएकोमा मनिताको स्थिति अज्ञात भएको उनका पति  लालबाबू बताउंछन्।         बैनी बेपत्ता भएको जनाई मनिताका दाजु लक्ष्मण सक्रिय भएपछि  घटना प्रकाशमा आएको थियो। प्रहरीले मनित

पानीको विवादमा यादव परिवारमाथि धारिलो हतियार प्रहार

प्रस, लङगडी, १२ असोज/     आफनो खेतको पानी किन बगाएको भन्दै घोडदौडा पिपरा गाविस-९, टोल लक्ष्मीपुरमा हिजो दिउंसो ५ बजे दुइ पक्षबीच झडप हुंदा दुइजना सख्त घाइते भएका छन्।     सोही गाउं निवासी किसुनदेवप्रसाद यादव र शिवलालप्रसाद यादवबीच खेतको पानी काटेको विषयमा विवाद भएको थियो।     सोही विवादको निहुमा शिवलाल प्रसाद यादव एवं निजका छोरा धनराज यादवले हिजो राति ८ बजेतिर किसुनदेव यादव र निजकी पत्नीमाथि एक्कासि धारिलो हतियार प्रहार गरी फरार भएका छन्। उनीहरूको हात एवं मुखमा गम्भीर घाउ लागेको छ। नजिकै रहेको सशस्त्र प्रहरी बेस क्याम्प, भिखमपुरले स्थिति सामान्य बनाएको थियो। घाइतेहरूको उपचार गाउंमा हुन नसकेकोले वीरगंज लगिएको छ।     त्यसैगरी गाईको गोबरको विषयमा देउरबाना गाविसको कटैया गाउंमा झगडा हुंदा दुइजना घाइते भएका छन्। गोबर राखेको विषयमा छिमेकी गुगुलीप्रसाद कुर्मी तथा ठग राउत कुर्मी परिवारबीच दिउंसो २ बजे झगडा भएको थियो।     सो झगडामा गुगुली प्रसादको छोरीको हात भांचिएको छ भने ठग राउतकी बुहारीको टाउको फुटेको छ। सो झगडा इलाका प्रहरी कार्यालय, पटर्ेवा सुगौलीबाट आएको प्रहरी गस्ति टोलीलेे नियन्त्रण

दसैं नजिकिंदै गर्दा जीतपुर बजारमा रांगा भैंसी व्यापारमा वृद्धि

Image
-गम्भीरा सहनी, जीतपुर/     बारा, जीतपुर भैंसी बजारमा रांगा भैंसीको सङख्या बढ्दो छ। काठमाडौं उपत्यकालगायत मुलुकका विभिन्न स्थानमा  मम एवं  सुकुटी र मासुजन्य  विभिन्न परिकारका लागि जीतपुर बजारबाट भैंसी रांगा निर्यात हुने गरेको छ। चाडपर्वको समय मासुको खपत यसै पनि बढि हुने गर्दछ।    नजिकिंदो दशैंतिहारलाई मध्यनजर गरेर रांगा-भैंसीको व्यापारमा वृद्धि भएको व्यापारीहरू बताउंछन्। जीतपुर बजारमा अहिले रांगा-भैसीको ओइरो लागेको छ। प्रत्येक सोमवार र शुक्रवार लाग्ने जीतपुर भैसी बजारमा सामान्य अवस्थामा दिनहुं एक हजारदेखि दुइ हजारसम्म रांगा-भैंसी खरिद-बिक्री हुने गरेकोमा हाल पर्वको समयमा झन्डै डेढ गुणा  कारोबार वृद्धि भएको व्यापारी  जमिरी हजराले बताए।  सीतामढीबाट जीतपुरमा रांगा-भैंसी आयात गरिरहेका व्यापारी  फकन अंसारीका अनुसार सो बजारबाट अहिले दुइ हजारदेखि तीन हजारसम्म चौपाया खरिदबिक्री भइरहेको छ। यसबेला नेपालीहरूको ठूलो र महत्त्वपूर्ण पर्व दशै नजिकिएकोले कारोबारमा वृद्धि भएको हो। केही सातादेखि प्रत्येक बजारमा रु. ३ देखि ४ करोडसम्मको चौपाया खरिद-बिक्री भइरहेको छ- अर्का व्यापारी फैजल करिनले थपे।      क

पीडित उत्थानलाई राजन पुरी स्मृतिकप

प्रस, हेटौडा, १२ असोज/     मकवानपुरको मनहरीमा जारी राजन पुरी स्मृतिकप नकआउट फूटबल प्रतियोगिताको उपाधि पीडित उत्थान युवा क्लब मनहरी-५ प्रतापपुरले हात पारेको छ।     मङगलवार भएको फाइनल खेलमा पीडित उत्थानले ४/३ गोल अन्तरले सनसाइन युवा क्लब हांडीखोलालाई पराजित गरेको हो। उपाधिको लागि भएको प्रतिस्पर्धामा पीडित उत्थानका केशर बस्नेतले हयाटि्रक गरे भने साजन थापाले १ गोल गरेका छन्। सनसाइनका तर्फाट गणेश राइले २ र कृष्णबहादुर राइले १ गोल गरेका छन्। खेलमा हयाटि्रक गरेका केशर बस्नेत उत्कृष्ट खेलाडीसमेत घोषित भएका छन्। खेल अवधिभर उत्कृष्ट गोलरक्षक मनहरी सामाजिक युवा क्लबका वशीर अहमद, उत्कृष्ट डिफेन्स विकेश लामा, उत्कृष्ट फरवार्ड र सबैभन्दा बढी ७ गोलकर्ता गणेश राइ घोषित भएका छन्। त्यस्तै, अनुशासित टीम सुन्दर सामुदायिक क्लब घोषित भएको छ।     विजयी भएका तथा उत्कृष्ट खेलाडीहरूलाई मङगलवार जिल्ला खेलकुद विकास समिति, मकवानपुरका सचिव खुशराज दाहालले प्रमाणपत्र तथा शिल्ड प्रदान गरेका थिए। समापन कार्यक्रम आयोजक हरियाली क्लबका अध्यक्ष लक्ष्मण उप्रेतीको अध्यक्षतामा भएको थियो। असोज १ गते सुरु भएको ४ नं क्षेत्रस्

पावन पर्व जितियामा लैङगिक विभेद

-ए.सी. सुमन "चौथचन्द बिसे जितिया, जितिया दशे दशैं, आ दशैं १६ सुकराती-दीपावली)" भन्ने लोक उक्तिसंगै जितिया पर्वको तिथि सजिलै थाहा पाइन्छ। अर्थात् जितिया गणेश चौथीको २० दिनपछि मनाइन्छ। जितिया ब्रत तराइ-मधेसका प्रायः सबै जातजातिका महिलाले मनाउने पर्व हो। विधिपूर्वक गरिने यस पर्वबाट  कुनै पनि आमाको आफनो सन्तान विषम समस्या र दुर्घटनाबाट जोगिने विश्वास कायम छ। यसले सन्तानलाई अकाल मृत्युबाट बचाउन सक्ने ठानिन्छ। कुनै पनि ठूलो दुर्घटनाबाट बच्दा अनायास जोसुकैको मुखबाट निस्कने गर्छ "तोहर माइ -आमा) जितिया केने रहौ" अर्थात् त्रि्री आमाले जितिया पर्व गरेको हुनाले बचिस्। भन्ने कथनबाट यस पर्वको महत्त्व प्रस्ट हुन्छ।     ब्राह्मण, कायस्थ, यादव, थारू, तेली, सुडी, राजपूत जातिले मात्रै होइन दलित समुदायभित्र पर्ने चमार, मुसहर, दुसाद, खत्वेलगायत हिन्दू धर्मप्रति आस्था राख्ने महिला अत्यन्तै उत्साहपूर्वक ब्रत बस्छन्।     असोज मासको सप्तमीका दिन बिहान घर नजिकैको पोखरी र नदीलगायत जलाशयमा गच्छेअनुसारको पूजा सामग्री जुटाएर निष्ठापूर्वक स्नान गरी भिजेकै लुगा लगाएर घिरौलाको पातमा पिना, तोरीको

बाई, गुडबाई प्रजातन्त्र !

-शङकरमान श्रेष्ठ     नेपाली काङग्रेसको जन्म सन् २००६ सालमा भएको थियो। उक्त पार्टीले त्यही बेलादेखि नेपालमा प्रजातन्त्रको स्थापनाको लागि सङघर्ष गर्नुपर्‍यो। खासगरी विभिन्न समयमा विभिन्न स्वभाव भएका सिद्धान्तविरुद्ध नेपाली काङग्रेसका नेताहरूले आफूलाई मानसिकरूपबाट सक्षम बनाउनुपरेको थियो। त्यस्ता स्वभावहरू मूलतः साम्यवादी सिद्धान्तलाई अपनाउने कम्युनिस्ट र एकदलीय मान्यताद्वारा शासन सञ्चालन गर्न चाहने पञ्चायती व्यवस्थाको सामना नेपाली काङग्रेसले गर्नुपरेको थियो।     २००७ सालको क्रान्तिमा निर्णायक भूमिका खेलेको नेपाली काङग्रेसले र्सवप्रथम कम्युनिस्टहरूसंग सैद्धान्तिक एवं वैचारिक द्वन्द्व गर्नुपर्‍यो। किनभने ०७ सालको आन्दोलनलाई कम्युनिस्टहरूले बर्ुर्जुवाको संज्ञा दिंदै क्रान्तिलाई धोकाको रूपमा लिएका थिए र क्रान्तिलाई अधूरो भनेका पनि थिए। किनकि मोहन शम्शेर राणा शासनका अन्तिम प्रधानमन्त्री थिए र नेपालमा प्रजातन्त्र स्थापनापश्चात् पहिलो प्रधानमन्त्री बन्न पुगेका थिए। यही तथ्यलाई आत्मसात गरेर कम्युनिस्टहरूले तत्कालीन ०७ को क्रान्तिलाई अधूरो भनेका थिए। त्यसबेला बिपीले कम्युनिस्टहरूको आरोपलाई यसकारण

संस्कृति नै गलत बसाइंदै छ

देश, समाज वा परिवार भनेको आकारमा बाहेक अन्य कुरामा भिन्न हुन्न। जसरी परिवार चलाउन घरमूलीले एउटा संस्कार, संस्कृति र आचार-व्यवहार लागू गर्दछ, त्यसै अनुरूप परिवारका व्यक्तिहरूको व्यक्तित्व निर्माण हुन्छ। त्यही कुरा समाजमा लागू हुन्छ र त्यही देशमा पनि लागू हुन्छ। नयां नेपाल भनियो, गणतान्त्रिक नेपाल भनियो, जसले गर्दा नेपालीको जीवन सुखमय र स्वतन्त्र हुन्छ भन्ने धारणा थियो आज नयां नेपाल त होइन इंटा र कंक्रिटको जङगलमा परिणत भएको छ। जहां अनिवार्य र कानुनसम्मत आवश्यकता पर्ूर्ति गर्न बन्द, हडताल र चक्काजामबाहेक अरू विकल्प देखिंदैन। घरमूलीले भोजन नदिएपछि घरका सदस्यले भ्याएसम्म घरमा, नभए बाहिर गएर चोरी गर्छ। त्यही अवस्थामा नेपालका नागरिकको बनेको छ। राजनीतिक पार्टीरूपी घरमूलीहरू आफनो स्वार्थका लागि जहिले पनि बन्द, हडताल र चक्काजाम गर्छन्, आफूबाहेक अरूको पेट नै छैन भन्ने ठान्छन् भने त्यस देशका नागरिकहरू पनि कम हुंदैनन्।     कलैयामा भर्खरै यातायात व्यवसायीहरूले ३० घण्टासम्म चक्काजाम गरे। उनीहरूको आपत्ति थियो बाराका सडकहरू ठाउं-ठाउंमा ब्रि्रेका छन्। सडक मरम्मत र सम्भारका लागि पाइलापिच्छे टयाक्स उठाइन

सबैको सहयोग पाए अपराध नियन्त्रण हुन्छ ः प्रजिअ

प्रस, पर्सा, ११ असोज/     पर्साका प्रमुख जिल्ला अधिकारी नागेन्द्र झाले राजनीतिक दल, नागरिक समाजलगायतको सहयोगमा पर्सामा देखिएका अपराध नियन्त्रण गर्न सकिने बताएका छन्। युनाइटेड स्टेट अफ पीस, इन्सेक र रेस नेपालद्वारा आयोजित ँसुरक्षा तथा कानुनी शासनको सबलीकरणमा सरोकारवालाहरूको भूमिका’ विषयक एक दिने अन्तर्त्रिmयामा बोल्दै प्रजिअ झाले सबैको सहयोगमा पर्साको अपराधको जड मानिने लागू औषध नियन्त्रणका लागि सकारात्मक पहल भएको र सबैको सहयोग जारी रहेमा अन्य क्षेत्रमा पनि सुधार गरी शान्ति सुव्यवस्था कायम गर्न आफनो इमान्दार प्रयास जारी रहने प्रतिबद्धता जनाएका छन्। उनले  आफनो साढे तीन महिनाको अवधिमा केही सुधार भएको र ६ महिनामा त्यसको प्रतिफल महसुस गर्न सकिने बताए।     अन्तर्त्रिmयामा सञ्चारकर्मीको तर्फबाट चन्द्रकिशोर, उद्योगी व्यवसायीको तर्फबाट ओमप्रकाश सिकरिया र प्रहरीको तर्फबाट राजेन्द्रमान श्रेष्ठले छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरेका थिए।     पर्सा प्रहरी उपरीक्ष्ँक राजेन्द्रमान श्रेष्ठले कानुन तोडनेहरूसंग सम्झौता  गर्नुपर्ने अवस्था रहेकोले कानुन कमजोर भएको बताए। कानुन कमजोर भएकोले अपराधी बढ्दै

बारा जिविस डुब्ने अवस्थामा

प्रस, कलैया, ११ असोज/     जिल्ला विकास समिति, बारा दिवालिया हुने अवस्थामा पुग्न लागेको जिविस बोर्ड प्रतिनिधिहरूले जनाएका छन्। नेपाल मजदुर किसान पार्टी बाराका अध्यक्ष तथा बोर्ड प्रतिनिधि मुक्ति यादवले यस्तो जनाएका हुन्।     यादवका अनुसार जिविस बाराका स्थानीय विकास अधिकारी मुरारी नेपालले राजनीतिक एवं आर्थिक दबाबमा रु. एक लाख ५० हजारदेखि रु. २० लाखसम्मका दुइ हजार पांच सय विकास निर्माण योजनाका फाइल स्वीकृत गर्ने तयारी गरेपछि जिविस बारा उठ्नै नसक्नेगरी दिवालिया हुन लागेको हो। यी फाइलहरू स्वीकृत भएमा जिविस बाराले चार वर्षम्म कुनै विकास निर्माण राम्ररी गर्न सक्नेछैन। सबै रकम भुक्तानीमा नै यसको चार वर्षसमय गुज्रने छ।     विगत केही वर्षेखि जिविस बाराले डेढ लाखे फाइल निर्माण गरेको काम नगरिकनै फछर्र्यौट हुने गरेको यादवले बताए। काठमाडौं बसेर जिविस बारा डुबाउने काम हुन लागेको पनि उनले बताए। यसमा जिविस बारालाई करिब ३७ करोड नोक्सान हुने यादवको भनाइ छ। यसविरुद्ध निकट भविष्यमा प्रतिनिधिमण्डल लिएर काठमाडौं जाने यादवले बताए। बारामा जिल्ला शिक्षा कार्यालयपछि सबैभन्दा बढी बजेट आउने दोस्रो कार्यालयको जिव

पुलिस यादवले आत्महत्या गरे

Image
प्रस, पर्सा, ११ असोज/     बारा जिल्ला लिपनी बिर्ता निवासी ट्रेड युनियन काङग्रेस बाराका अध्यक्ष पुलिस यादवले आत्महत्या गरेका छन्।     घरको पङखामा गम्छाको पासो बनाएर आत्महत्या गरेका हुन्। आत्महत्या गर्नुको कारण खुलेको छैन। प्रहरीले आत्महत्याबारे अनुसन्धान भइरहेको जनाएको छ।     यादवको परिवारले बिहान ढोका खोल्न खोज्दा नखुलेको र कराउंदा नउठेपछि भेन्टिलेशनबाट हर्ेदा पासो लगाएर आत्महत्या गरेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। राति ८ बजे घर पुगेका यादवले पत्नीलाई दूध किनेर राख्नु बिहान हेटौडा जानुछ भनेर सुतेका थिए। त्यसपछि उनी बिहान मृत अवस्थामा भेटिएको बताइन्छ। पर्सा बाराका उद्योगमा कार्यरत मजदुरहरूको हकहितमा अनवरत सङर्घष्ा गरेका यादवको दुःखद निधनप्रति मजदुरहरूले शोक व्यक्त गरेका थिए। वीरगंजमा पोस्टमार्टमपछि श्रद्धाञ्जलिसहित आज उनको दाहसंस्कार भएको छ।

नेशनल एकेडेमी विजयी

प्रस, वीरगंज, ११ असोज/     वीरगंज कमर्स क्याम्पसद्वारा आयोजित अन्तरउच्च मावि स्तरीय फूटबल प्रतियोगिता अन्तर्गत आज भएको क्वाटर फाइनल खेलमा नेशनल एकेडेमी कलेज विजयी भएको छ। नेशनल एकेडेमी र वीरगंज पब्लिक क्याम्पसबीच भएको प्रतिस्पर्धामा बिपिसीलाई ४ का विरुद्ध ५ गोल गरी नेशनल एकेडेमी विजयी भएको हो। प्रतियोगिता नारायणी रङगशालामा सञ्चालन भइरहेको छ। मङगोलियन र लेवट विजयी प्रस, हेटौंडा, ११ असोज/     मकवानपुरको बसामाडीमा जारी जिल्लास्तरीय नकआउट फूटबल प्रतियोगिता अन्तर्गत सोमवारको खेलमा मङगोलियन युवा क्लब र लेवट सामुदायिक वन उपभोक्ता समूह विजयी भएका छन्।     दिउंसो भएको पहिलो खेलमा मङगोलियनले आयोजक बसामाडी सामुदायिक वन उपभोक्ता समूह ँसी’ लाई ४-० ले पाराजित गरेको हो। खेलमा मङगोलियनका विजय लामा र उत्सव लामाले २/२ गोल गरेका थिए। यस्तैगरी दोस्रो खेलमा लेवट सामुदायिक वन उपभोक्ता समूहले इन्टरनेट क्लब हेटौंडालाई टाइबे्रकरमा ४-२ ले पराजित गर्‍यो। टाइबे्रकरमा दुर्गाबहादुर थापा, सुमन लामा, सञ्जय लामा र शिव लामाले गोल गरेका थिए भने इन्टरनेटका लागि सुजन खडगी र दिनेश खडगीले गोल गरेका थिए। असोज १५ गतेसम्म

सडक निर्माणले रतनपुरीको मुहार फेरियो

Image
-जीतलाल श्रेष्ठ/निजगढ      बाराको उत्तरीभेग स्थित रतनपुरी गाविसको नौवटै वडालाई निजगढ तामागढी राजमार्गसंग जोडने कच्ची सडक निर्माण कार्य सुरु भएपछि रतनपुरी गाविसले पनि छिमेकी गाविस सरह विकास कार्यमा अघि बढ्ने सङकेत देखाएको छ।  विगतका वर्षरूमा पनि सडक निर्माणका नाममा जिल्ला विकासलगायत ठेकेदार र उपभोक्ता समिति तथा समूहद्वारा गाविसको सडक निर्माण हुदै आए पनि सन्तोषजनक कार्य हुन नसकेपछि गाविस मातहत र स्थानीय राजनीतिक दल, सचेत नागरिकहरूको प्रत्यक्ष निगरानीमा सडक निर्माण कार्य सुरु भएको छ। करिब १८ किलोमिटर लामो ग्रेभेलिङ सडकमा प्राविधिकको सुझाव र आवश्यक परामर्श अनुसार गेटिङ , ग्रेभेलिङ कार्य पूरा गरी क्रसरद्वारा उत्पादित धूलो सडकमा बिछ्याउने कार्य जारी रहेको गाविस सचिव आसमहमद अन्सारीले बताएका छन्।     गाविसको विकास र विस्तारका लागि पहिलो पूर्वाधार सडक नै रहेकोले गाविसको सचिवको कार्यभार सम्हालेदेखि सडक निर्माण गर्न गाउंलेहरूलाई हौंसाएको र गाविस परिषद्मा समेत पहिलो प्राथमिकतामा सडक विकास पँरेकोले सडक निर्माण कार्यले सहजै गति लिन सकेको सचिव अन्सारीको भनाइ छ। गाविस परिषद्बाट ०६६-०६७ सालमा ९ लाख र

तीन 'स’को कमजोरीले दुर्घटनामा वृद्धि

Image
-गम्भीरा सहनी     सवारी चालकको लापरवाही, सडक तथा सवारी साधनको गडबडी (खराबी) ले गर्दा सवारी दुर्घटनामा वृद्धि हुंदै आएको छ भने कैयौ यात्रुहरूको अकालमैं मृत्यु हुने गरेको छ।     मध्य क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पथलैयाका अनुसार साउन-भाद्र दुइ महिनाको १२३ वटा सवारी दुर्घटनामा परी ७० जनाको मृत्यु भएको छ भने १७६ जना सख्त र २७० यात्रुहरू सामान्य घाइते भएका छन्।     प्राप्त विवरण अनुसार सो दुइ महिनाको सवारी दुर्घटनामा १७८ वटा सवारी साधनहरू संलग्न छन्, जसमध्ये ट्रक टयांकर ३७, बस ५६, जिप-कार- भैन १४ टयाक्टर ९, टेम्पो ५, मोटरसाइकल ४९, ठेला, रिक्सा, साइकल, गाडा ११ वटा छन् भने मृत्यु हुनेमा पुरुष ५५ जना, महिला ९जना, बालबालिका ५ जना र चौपाया एक रहेका छन्।     सवारी साधनको बढ्दो चापले गर्दा सडक सांघुरिएको छ भने कहीकही सडक भत्किएको छ, सवारी साधनहरूको पार्ट पुर्जा तथा मेशिनरीको खराबीले कहिले काहीं ब्रेक, स्टेरिड. फेल तथा चक्का फुत्केर सवारी दुर्घटना हुने गरेको छ। तर सवारी चालकको लापरवाहीले बढी मात्रामा सवारी दुर्घटना भएको पाइन्छ। सवारी चालकहरूले तीव्र गति तथा मादक पदार्थ सेवन गरी ट्राफिक नीत

विकृति न्यूनीकरणमा प्रतिस्पर्धा प्रभावकारी

-इ. गोपाल श्रेष्ठ     बजारमा अहिले धेरै किसिमको शिकायत छ ः सामान नपाउनु, पाए पनि आफूले भनेजस्तो नपाउनु, आफूले सोचेभन्दा महंगो हुनु, तौल कम हुनु आदि। यी सबै शिकायतहरूलाई सम्बोधन गर्नु चुनौतीपर्ूण्ा काम हो।  बजारमा सामानको अभाव हुने बित्तिकै भाउ ह्वात बढिहाल्छ। त्यसैले कहिलेकाहीं अभावको प्रकृति कृत्रिम पनि हुन सक्तछ। स्वाभाविक अभावलाई सबैले सहन्छन्। तर, कृत्रिम अभावको आभास हुने बित्तिकै सबै आक्रोशित  हुन्छन्। आफूले भनेको जस्तो माल पाउनु पनि कहिलेकाहीं त चुनौतीपर्ूण्ा नै हुन्छ। विशेषगरी खाद्यान्न, सागसब्जी, फलफूल, खानेतेल, घ्यू, पेट्रोल/डिजल आदिमा शिकायत छ। यी सामग्रीहरूमा जहिले पनि मिसावट सम्बन्धी शिकायत सुन्न पाइन्छ भने सिमेन्ट, फलामे डण्डीजस्ता निर्माण सामग्रीमा कम तौल सम्बन्धी शिकायत सुन्न पाइन्छ।     सामग्रीबाहेक समाजमा विद्यमान सेवा प्रदान गर्ने निकायहरूजस्तो शिक्षण संस्था तथा अस्पतालहरूविरुद्ध पनि शिकायत दिनानुदिन बढिरहेछ। शिक्षण संस्थामा कहिले  शुल्कलाई लिएर विवाद भइरहेछ भने कहिले पढाइको गुणस्तरलाई लिएर विवाद भइरहेछ। कहिलेकाहीं त विभिन्न राजनैतिक विचारधारा लिएर हिंडेका विद्यार्थी

मधेसमा वकालत पेशाभित्रको चुनौती

-अधिवक्ता वीरेन्द्रप्रसाद यादव-     एकेडमी अध्ययन नगरेर वकालत गरेका बखत पेशामा आम्दनी राम्रो थियो तर यतिखेर ल ग्रेजुवेट गरेका अधिवक्ताहरूलाई सामान्य जीवन बिताउन मुश्किल परेको मात्र छैन कोठाको भाडा तिर्न धौ-धौ छ। यद्यपि एकाध अधिवक्ताले एक बहसको लाखँै रुपियांसम्म शुल्क लिन्छन्। विशेषगरी मधेसमा डर, त्रास, धम्की र न्यून शुल्क पाउने कारणले वकिलहरूले मुश्किलले पेशा धानेका छन्। माओवादी जनयुद्धकालदेखि मुद्दा सङख्या घटेको छ भने  वकिल सङख्या थपिएको छ। पर्सामा मात्र वकिलहरूको सङख्या १५२। विधिको शासन कायम गराउने वकिलहरूको पेशा धराशायी बन्दा विधिको शासनमा प्रतिकूलता आउनु अस्वाभाविक होइन।    राजनीतिक अस्थिरताले पनि पेशा चुनौतीपूण् हुंदै गएको छ। न्यायपालिकाको स्वतन्त्रता प्रतिकूलको व्यवहारले पनि पेशाको आकर्षा घटेको छ।             अदालतले अपराधी ठहर गर्नुपूर्व अभियुक्तलाई सार्वजनिक गरेर अपराधी किटान गर्ने सरकारी प्रवृत्तिले पनि चुनौती थपिएको छ। अदालतमाथि दबाब सृजना भएको अनुभव छ। बाहय दबाबले गर्दा वकिलको बहसले न फैसला आदेशमा केही प्रभाव पार्न  सक्छ न बहसलाई महत्त्वपर्ूण्ा मानेर झगडिया बहस गराउन हौसिन्छ

सरकार होइन संविधान जरुरी

    आठौंपटक प्रधानमन्त्रीको चुनाव हुंदा पनि मुलुकले प्रधानमन्त्री पाउन सकेन। ए. माओवादीका तर्फबाट प्रधानमन्त्रीका उम्मेदवार अध्यक्ष प्रचण्डले आठौंपटकको प्रतिस्पर्धाबाट आफनो उम्मेदवारी फिर्ता लिए पनि बांकी एक मात्र उम्मेदवार रामचन्द्र पौडेलले आफनो पक्षमा बहुमत जुटाउन सकेनन्। प्रधानमन्त्री चयनका लागि साउन ५ गते पहिलो चुनाव भएको थियो। चुनाव सुरु भएको अवधि मात्रै दुइ महिना नाघिसकेको छ। प्रधानमन्त्रीका तीनजना उम्मेदवारमध्ये नेकपा एमालेका तर्फबाट उम्मेदवारी दिएका पार्टी अध्यक्ष झलनाथ खनालले पहिलो निर्वाचन पनि नलडी उम्मेदवारी फिर्ता लिएका थिए। त्यस बेलादेखि दुइजना उम्मेदवारले निरन्तर प्रतिस्पर्धा गरे पनि संविधानसभाले दुवैमध्ये कसैलाई पत्याएन। सातपटकसम्म प्रतिस्पर्धा गर्दा पनि कुनै नतिजा हासिल नभएपछि ए. माओवादी उम्मेदवार प्रतिस्पर्धाबाट बाहिरिए। अन्तरिम संविधानको आग्रहले प्रतिस्पर्धीविहीन भएका नेपाली काङग्रेस उम्मेदवार रामचन्द्र पौडेलले, तैपनि प्रधानमन्त्रीको गरिमामय कुर्सी पाउन सकेनन्।     ँखाए खा नखाए घिच’ भनेजस्तो प्रधानमन्त्रीको एक मात्र उम्मेदवार छन्, स्विकारे स्वीकार, नस्विकारे पनि स्वी

निर्वाचित जनप्रतिनिधिको माग

Image
प्रस, पर्सा, १० असोज/     स्थानीय निकाय कर्मचारी सङघका केन्द्रीय अध्यक्ष हरिकुमार श्रेष्ठले स्थानीय निकायको जनप्रतिनिधिहरूको निर्वाचन गराउनर्ुपर्ने बताएका छन्। स्थानीय निकायलाई सरकारले दलगत प्रतिनिधिहरूको सहयोगमा सञ्चालन गर्दा भद्रगोल भएको अध्यक्ष श्रेष्ठले बताए। उनले स्थानीय निकायमा प्रतिनिधिहरूलाई अधिकार नदिएकोले पनि कर्मचारीहरूलाई समस्या भइरहेको बताए।     वीरगंजमा सम्पन्न पांचौं विस्तारित बैठकबारे पत्रकारलाई जानकारी दिन आयोजना गरेको कार्यक्रममा अध्यक्ष श्रेष्ठले निजामती कर्मचारीका कारण स्थानीय निकायमा भ्रष्टाचार मौलाएको बताए। उनले स्थानीय निकायका प्रमुखलगायत सम्पूर्ण जिम्मेवारी स्थानीय नागरिकलाई दिएको खण्डमा मात्र प्रभावकारिता देखिने दाबी गरेका थिए। श्रेष्ठले प्रधानमन्त्री समेतले स्थानीय निकायमा भ्रष्टाचार भएको भनी दिएको अभिव्यक्ति शत प्रतिशत ठीक नभएको र जति भ्रष्टाचारका कुराहरू छन् ती जिविस, नपा र गाविस प्रमुखहरूबाट हुने हुंदा नै स्थानीय निकायमा स्थानीय कर्मचारी मात्र हुनर्ुपर्ने माग राखेको बताए। पत्रकार सम्मेलनमा उपाध्यक्ष टीका सुवेदी, सचिव हरिङकरप्रसाद कुर्मीलगायत मुकेश गुप्ता

उच्च सतर्कता अपनाउन सम्बद्ध निकायलाई निर्देशन

प्रस, पर्सा, १० असोज/     राजस्व चुहावट नियन्त्रण सम्बन्धी मध्यमाञ्चल स्तरीय बैठक आज वीरगंजमा सम्पन्न भएको छ। वीरगंज उद्योग वाणिज्य सङघको सभाहलमा आयोजित बैठकले दशै, तिहारलगायत चार्डपर्वहरू नजिक आएकाले सीमा नाकाबाट चोरी पैठारीका घटनामा हुन सक्ने वृद्धि रोक्न मातहतका निकाय, नेपाल प्रहरी, सशस्त्र प्रहरीसमेतलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएको अर्थ मन्त्रालयको राजस्व फांटका सचिव कृष्णहरि बांस्कोटाले पत्रकारहरूलाई बताए।     बैठकपछि पत्रकारहरूसंग कुराकानी गर्दै अर्थ सचिव बांस्कोटाले भंसार, आन्तरिक राजस्व, प्रहरी, सशस्त्र प्रहरी, अनुसन्धान सबैलाई हाइअलर्टमा रहन निर्देशन दिएको बताए। उनले चार्डपर्वको बखत पारेर चोरी पैठारीका घटनामा वृद्धि हुने हुंदा सबैलाई राखेर उनीहरूको प्रमुखको सहभागितामा नीति बनाएर निर्देशन दिएको बताए। अर्थ सचिवले सुधार खोज्ने हो भने आफूमा सुधार देखाउन आवश्यक पर्ने चर्चा गर्दै पारी गएर खरिद गरिल्याउने कुनै पनि तहका कुनै निकायका व्यक्तिलाई छुट नदिन आफूले सबै भंसार प्रमुखहरूलाई निर्देशन दिएको पनि बताए।     बैठकमा अर्थ सचिव, सहसचिव, उपसचिव, गृहका सहसचिव, अनुसन्धानका महानिरी

मध्य तथा सुदूरपश्चिमको जनजीवन प्रभावित

-सन्ध्या रेग्मी, दाङ, १० असोज/     यातायात व्यवसायीहरूको चक्काजामका कारण आज पनि मध्य तथा सुदूरपश्चिमको जनजीवन प्रभावित बनेको छ। सल्यान र सुर्खेतको सिमानामा पर्ने सुर्खेतको राकमका स्थानीयवासीहरूले बसचालकलाई भेरी नदीमा बगाएको विरोधमा यातायात व्यवसायीहरूले हिजो र आज दुइ दिन मध्य तथा सुदूरपश्चिममा चक्काजाम आह्वान गरेका हुन्। अखिल नेपाल स्वतन्त्र मजदुर सङगठनले गरेको चक्काजामका कारण दाङको जनजीवन पनि प्रभावित बनेको छ। चक्काजामका कारण दाङमा आज पनि बिहानैदेखि यातायातका साधनहरू चल्न नसकेको प्रहरीले बताएको छ। यद्यपि मोटरसाइकलहरू भने फाट्टफुट्ट चलेका छन्।     यसैगरी राप्तीको सल्यान, रोल्पा, प्युठान, रूकुममा पनि यातायातका साधनहरू चल्न नसकेको खबर प्राप्त भएको छ। गत भदौ २७ गते ना. ३ ख ६६५१ नम्बरको बसको ठक्करबाट सुर्खेतको राकम भन्ने स्थानमा एक बालिकाको मृत्यु भएपछि स्थानीयवासीहरूले बसचालक ओकिल बुढाथोकीलाई कुटपिट गरी भेरी नदीमा बगाइदिएका थिए।

फाइनलमा बाढीपीडित र सनराइज भिड्ने

    मकवानपुरको मनहरीमा जारी राजनपुरी स्मृतिकप नकआउट फूटबल प्रतियोगिता अन्तर्गत आइतवार भएको खेलमा बाढीपीडित क्लबले जितेको छ।     निर्धारित समयमा दुवैतर्फबाट गोल नभएपछि टाइबे्रकरमा बाढीपीडितले ५-३ को अन्तरले मनहरी सामाजिक विकास क्लबलाई पराजित गरेको हो। जीतसंगै बाढीपीडित क्लब फाइनलमा प्रवेश गरेको छ। असोज १२ गते हुने फाइनलमा बाढीपीडित युवा क्लब प्रतापपुरले सनराइज युवा क्लब हांडीखोलाको सामना गर्नेछ।

एटीएम कार्डबाट भारतीय नोटको कालोबजारी ठगहरूद्वारा दैनिक करोडौको कारोबार

Image
   अटोमेटिक टेलरिङ मेशिन(एटीएम) को माध्यमबाट लेनदेनको कारोबार गरी नेपाली जनतालाई ठगी गर्ने अहिले दर्जनौं गिरोह सक्रिय भएको छ।     वीरगंजस्थित बैंकहरूमा रकम जम्मा गरी भारतस्थित बैंकहरूबाट एटीएमको माध्यमले भारतीय रुपियां झिकी पुनः नेपाल ल्याई सटही गर्ने गरिएको देखिन्छ। यसरी अनधिकृतरूपले रकम झिक्दै गयो भने निश्चित नै देशमा आर्थिक सङकट आउने प्रबल सम्भावना रहेको कुरा विज्ञहरू बताउंछन्। यस सम्बन्धमा नेपाल राष्ट्र बैंक, वीरगंजका प्रमुखसंग बुझदा यो कार्य उचित होइन भनी बताए। उनले भने- यस कार्यलाई कालाबजारीको रूपमा लिन सकिन्छ। तर पर्सा जिल्लामा बसोबास गर्ने जनतालाई चाहिने जति भारतीय नोट नेपाल राष्ट्र बैंकले आपूर्ति गर्न अर्समर्थ रहेको उनी बताउंछन्। किनभने नेपाली जनतालाई चाहिने आवश्यक सबै सामानहरू भारतीय बजारबाट ल्याउनुपरेकोले सो सामान खरिद गर्नुपर्दा भारतीय रुपियांको आवश्यक पर्दछ। उपचार एवं सुनदेखि नुनसम्म भारतबाट ल्याउनुपर्ने साथै नेपाल-भारतबीच हाडनाताको सम्बन्धजस्तो घनिष्ट सम्बन्धले गर्दा सबैलाई भारतीय रुपियां नै चाहिएको देखिन्छ। देशमा तरल आर्थिक अवस्थामा बजारको मागअनुसार भारतीय नोट बैंकले दि

दल-दलमा राजनीति

-विनोद गुप्ता---   नेपाली काङग्रेसको महाधिवेशन सफलतापूर्वक समाप्त भएको छ। यस महाधिवेशनलाई पनि पराम्परागत शैलीकै भन्नुपर्दछ किनभने यसमा पनि वैचारिक पक्षमा बहस नै भएन र सम्पूर्ण सोच निर्वाचनतर्फ केन्द्रित रह्यो। तर निर्वाचनको परिणामले भने पार्टीको सामान्य कर्ताकर्ताले पार्टी एक ढिक्का भएर संस्थागतरूपमा चलोस् भन्ने परिपक्व सोच राखेर दुवै पक्षलाई मत प्रदान गरेको छ। यस प्रक्रियालाई व्यक्तिवादी भनिए पनि गहिरोसंग विचार गर्दा यसको विकल्प पनि छैन। नीति र सिद्धान्त एउटै भएपछि भोट गर्ने आधार व्यक्तिको व्यक्तिगत गुण-अवगुण नै हो। अर्को विकल्प पैनल हुन्छ जसमा गुण-दोषको समग्र मूल्याङकन गर्न सकिंदैन। यस अर्थमा काङग्रेस एक ढिक्का हुन पुगेको अनुभूति मिल्नु सुखद र स्वागतयोग्य हो। यस अर्थमा निर्वाचनमा वैचारिक बहस नभए पनि निर्वाचितहरूले राजनीति बुझदै त्यसको सामना गर्दै अगाडि बढ्नेछन् र तिनको एकताले सही निर्णय गराउने अपेक्षा गर्न सकिन्छ।     काङग्रेस महाधिवेशनको अवधि नै पारेर गरिएको माओवादी-एमाले आरआरएन सहमतिकर्ताहरूले सहमतिमा राष्ट्रिय सरकार गठन गर्ने जति सुगा रटाइ गरे पनि यस्ता सहमतिहरूको स्थानले पनि केह

सुशील कोइरालाको अर्थ

    बदलिंदो समयसंगै अनुभव र व्यवहारलाई समेट्दै नेपाली काङग्रेसले आफूमा वैचारिक परिमार्जन गर्दै आएको छ। एउटा प्रजातान्त्रिक राजनीतिक दललाई सुहाउने किसिमले परिस्थितिजन्य आग्रहहरूलाई नेपाली काङग्रेसले बेला-बेला अङगीकार गरेको छ। निरङकुश राणाशासनविरुद्ध बन्दुक उठाएर, पञ्चायतकालमा कहिले बन्दुक उठाएर, कहिले मेलमिलापको नीति लिएर त कहिले सत्याग्रह गरेर नेकाले समयप्रवाहसंगै आफूलाई परिवर्तनकामी बनाइराख्यो। अन्तिम समयमा सम्पूर्ण देशको चाहना अनुसार गणतन्त्र रोजेर यस पार्टीले आफूलाई निरन्तर परिवर्तनग्राही र समयानुकूल बनाउन सफल रहेको आजसम्मको इतिहासले देखाएको छ। यसै क्रममा नेपाली काङग्रेसको बार्‍हौं महाधिवेशनले केही परिवारबाट टाढिंदै केही वंशवादलाई कबुल्दै पार्टी सभापतिमा  सुशील कोइरालालाई विजयी बनाएको छ। एउटा परिपक्व र खारिएको नेतालाई सभापतिमा छानेर नेपाली काङग्रेस महाधिवेशनले पार्टीलाई सम्भावित व्रि्रहबाट जोगाएको मान्न सकिन्छ। सुशील कोइरालामा कोइराला परिवारको विरासत पनि झल्किन्छ भने नयां धारको निर्माण भएको पनि मान्न सकिन्छ।     नेपाली काङग्रेसमा अहिले पुरातनपन्थी र अधुनातन सोचबीच सङघर्ष जर्ुर्मुरा

दुवै पक्ष मिलेर सीमा अपराध नियन्त्रण गर्ने सहमति

Image
रामशरण पुडासैनी, मकवानपुर, ९ असोज/     सीमा क्षेत्रमा देखिएको विवाद र अपराध न्यूनीकरणका लागि हेटौंडामा शनिवार नेपाल-भारत सीमा क्षेत्रका सुरक्षा तथा प्रशासन अधिकारीहरूको बैठक सम्पन्न भएको छ। बैठकमा सीमा क्षेत्रमा देखा परेको अपराध न्यूनीकरण गर्न दुवै पक्षबीच सहमति भएको छ।     सीमा क्षेत्रमा देखिएको समस्या समाधानको लागि प्राविधिक टोली बनाउने, लागूऔषध कारोबार नियन्त्रण गर्ने, पर्सा जिल्लामा भएको गांजाखेती निरुत्साहित गर्ने, हतियारको खुलेआम ओसारपसार रोक्ने, भारतद्वारा भएका सीमा अतिक्रमणलाई पुनरावलोकन गर्दै सीमा विवादका क्रममा भएका क्षतिको पर्ूर्ति गर्ने सहमति भएको नेपाली टोली प्रमुख पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी नागेन्द्र झाले बताए। उनले पूर्वी चम्पारणका प्रशासन प्रमुख नन्देश्वर लाल र पश्चिमी चम्पारणका प्रशासन प्रमुख देवराज देवको ध्यानाकर्षण गराएको बताए। प्रजिअ झाले गलत कामकारबाई रोक्न पनि सहमति भएको बताए। एसएसबीको ज्यादति सम्बन्धमा नेपालका प्रमुख जिल्ला अधिकारीहरूले उठाएको सवाल सम्बन्धमा सिङगो फोर्स दोषी नभएको भन्दै व्यक्तिको नाम दिए कारबाई गर्ने प्रतिबद्धता भारतीय पक्षले व्यक्त

हिन्दू राष्ट्र घोषणा गराउने प्रतिबद्धता

Image
प्रस, पर्सा, ९ असोज/     हिन्दू युवा सङघ नेपालको आयोजनामा आज वीरगंजमा मिलन समारोह सम्पन्न भएको छ। वीरगंजको वीपी उद्यानमा आयोजित मिलन समारोहमा सहभागी हिन्दू सङघसंस्थाका नेतृत्वकर्ताहरूले हिन्दू राष्ट्र नेपाललाई धर्मनिरपेक्ष गरेकोमा आपत्ति व्यक्त गरेका थिए। वक्ताहरूले बहुमतमा रहेका हिन्दूहरूको भावनाविपरीत दलका नेताहरूले विदेशीलाई रिझाउन धर्मनिरपेक्ष्ँ राष्ट्र घोषणा गरेको बताए। उनीहरूले नेपाललाई कुनै पनि हालतमा हिन्दू राष्ट्र घोषणा गराइ छाडने प्रतिबद्धता जाहेर गरेका थिए।     कार्यक्रम सीताराम सन्त समाजका केन्द्रीय अध्यक्ष कपिल बाबाको प्रमुख आतिथ्य र सङघका अध्यक्ष राजेश सिंहको सभापतित्वमा सम्पन्न भएको थियो। मिलन समारोहमा विश्व हिन्दू एकता परिषद्का अध्यक्ष रामजीवन सिंह, हिन्दू राष्ट्र स्वयंसेवक सङघका केदार शरण विमल, नेपाल हिन्दू समाजका बुद्ध्रि्रसाद शर्मा, नेपाल जनता दलका महासचिव विनय यादव, सङघका वरिष्ठ सल्लाहकार ज्योतिलाल कलवार, स्व. काशी तिवारीकी धर्मपत्नी बबिता तिवारीलगायतले मन्तव्य व्यक्त गरेका थिए।

पोखरिया-गर्दौल सडकखण्डको छानबिन सुरु

आरके पटेल, लङगडी, ९ असोज /     जिल्ला प्रशासन कार्यालय पर्साले पोखरियादेखि गदौर्ैलसम्मको सडकमा हालसम्म भएको कार्यबारे छानबिन गर्न एक प्राविधिक टोली खटाएको छ। सो टोलीले निर्माण कार्यको मूल्याङकन र जिविसले गरेको भुक्तानी एवं अनुमानित खर्चबारे प्रतिवेदन तयार पार्ने छ।     पर्साको ग्रामीण भेगलाई सदरमुकामसंग जोडने मुख्य सडकको रूपमा रहेको वीरगंज-पोखरिया सडकखण्ड निर्माणको टेन्डर सकार गरी तोकिएको समयसीमा ३ वर्ष बितिसक्दा पनि निर्माण कार्य हालसम्म गर्न नसकेका पांचवटा निर्माण कम्पनीमाथि जिल्ला विकास समिति र जिल्ला प्रशासन कार्यालय पर्साले संयुक्तरूपमा कारबाई प्रक्रिया अगाडि बढाएको हो।     बी.टी., श्रेष्ठ सि.बी., यु.स., सामा र जिया कन्स्ट्रकसन्समाथि कारबाई प्रक्रिया अगाडि बढेको छ। गर्दौलदेखि पोखरियासम्म ५ किमी कालोपत्रे निर्माणका लागि जिल्ला विकास समितिले २०६३ सालमा टेन्डर आहेवान गर्दा यी कन्स्ट्रकसन्स कम्पनीहरू मिली रु.१ करोड ४५ लाख १९ हजार ४६५ रुपैयां, जुन करिब न्यूनतम मूल्यभन्दा ४० प्रतिशत कम हो, मा सकार गरेका थिए। यहि कारण हो मूल्यवृद्धि भएपछि कार्य सम्पन्न गर्नका लागि १ वर्षको समयसीमा राख

राप्ती सामुदायिक र इन्टरनेट क्लब विजयी

प्रस, हेटौंडा, ९ असोज/     मकवानपुरको बसामाडीमा जारी जिल्लास्तरीय नकआउट फूटबल प्रतियोगिता अन्तर्गत शनिवारको खेल राप्ती सामुदायिक वन उपभोक्ता समूह पदमपोखरी र इन्टरनेट क्लब हेटौंडाले जितेको छ।     पहिलो खेलमा राप्ती र परेली युवा समूह बस्तीपुरबीच २/२ गोलको बराबरी भएपछि ट्राइबे्रकरमा राप्तीले ५-४ को अन्तरमा खेल जितेको हो। ट्राइबे्रकरअघि राप्तीका रामचन्द्र नेपाली र परेलीका विदुर सिटौलाले २/२ गोल गरेका थिए।     दोस्रो खेलमा इन्टरनेट क्लब हेटौंडाले वारिपारी क्लबलाई २-१ को अन्तरले हराएको हो। इन्टरनेटका लागि सुजन खडगी र अजय जर्गामगरले १/१ गोल गरेका थिए भने वारिपारी क्लब हेटौंडाका लागि एक मात्र सान्त्वना गोल अभिषेक बैधले गरेका थिए। आइतवारको खेल पशुपति युवा क्लब मनहरी र बसामाडी सामुदायिक वन समूह ँवी’ बीच हुनेछ। त्यस्तै दोस्रो खेल लेवट सामुदायिक वन समूह र पाथीभरा युवा क्लब हेटौंडाबीच हुने आयोजकले जनाएका छन्।     बसामाडी सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा शुक्रबारबाट सुरु भएको प्रतियोगितामा जिल्लाका विभिन्न १२ ओटा समूहले भाग लिएका छन्। असोज १५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विजयी टीमलाई

सरकार गठनमा विदेशी धन

-श्रीमन्नारायण     एकीकृत माओवादीका प्रभावशाली नेता तथा विदेश ब्यूरो इन्चार्ज कृष्णबहादुर महराले एकजना चिनियां अधिकारीलाई नयां प्रधानमन्त्री चयनका निमित्त आवश्यक ५० सांसद खरिदका निम्ति ५० करोड रुपैयां माग गरेको टेप सार्वजनिक भएपछि देशको राष्ट्रिय राजनीतिमा भुइंचालो नै आयो। सुरुमा यस टेप वार्तालाई झूटो र कपोकल्पित बताउने एकीकृत नेकपा माओवादी र त्यसका नजिकका छापाखानाहरूसमेतले पछि आफनो भाषामा परिवर्तन गर्‍यो। एमाओवादीको स्वीकारोक्तिपश्चात् कतिपय मिडियाको सक्कली अनुहार पनि नाङगिएको छ। साथै सरकार गठनमा विदेशी हस्तक्षेप र चलखेल पराकाष्ठासम्म पुगेको पनि साबित हुन्छ।     नेपाली जनता र नेपाली सांसदमाथि विश्वास गर्न नसकेको एमाओवादीले आफना आदर्श माओको देशमाथि बढी विश्वास गरे। सरकार गठनका लागि आवश्यक धनको चांजोपांजो पनि उतैबाट गरे। राष्ट्रिय स्वाभिमान र मुलुकको अखण्डताको चर्काे वकालत गर्ने पार्टीले सरकार गठनका निम्ति विदेशीसंग पैसाको माग गरेर संसद्को  मर्यादा र गरिमामा मात्रै चोट पुर्‍याउने काम गरेन अपितु समग्र लोकतान्त्रिक छबिलाई नै धमिल्याउने काम गरेको छ। विदेशी पैसाबाट  नेपाली स्वाभिमान र अखण्

व्यक्ति र समाजको स्वार्थको समन्वय आवश्यक

    मनुष्य जीवनको निर्माण नै यस प्रकार भएको छ कि न त्यो आफैंमा पूर्ण छ न सवर्था आत्मनिर्भर। हामी सबैलाई आफनो जीवनयात्रा पूरा गर्नका लागि एकअर्काको सहयोग एवं सहायताको आवश्यकता पर्छ। एक्लै एकाकी जीवन बिताउनु हामीमध्ये कसैका लागि पनि सम्भव छैन। हाम्रो जीवनको आधार सामूहिक भावना नै हो। यसै भावनाको बलले मनुष्य जातिको उन्नति र मानव सभ्यताको विकास भएको छ।  यदि यो सामूहिक भावना नभएको भए, आपसी सहायता, सहयोग र पारस्परिकताको अभाव रहेको भए आज हामी आफूलाई जुन उन्नत दशामा देखिरहेका छौं, त्यो हुने थिएन, अपितु अन्य पशुझैं असंस्कृत तथा असभ्य जीवनयापन गरिरहेका हुन्थ्यौं। हामीमा यथार्थ मनुष्यताको जुन विकास भएको छ त्यो सहयोग एवं सामूहिक भावनाको आधारमा नै भएको हो र पुनः यसलाई सुरक्षति एवं विकासशील राख्नका लागि यसै आधारलाई दृढ र स्थायी बनाउनर्ुपर्छ।     आज हामी मानिसको जुन सुख-सुविधापूर्ण व्यवस्थित जीवन देखिरहेका छौं, त्यसको सारा श्रेय उसको त्यस सामूहिक एवं परस्पर सहयोगको भावनाले गर्दा नै हो। मानिसले यस खाल्टाखुल्टी जमिनलाई आफनो निवासयोग्य बनाएको छ, ठूल्ठूला पर्वत, जङगल र सागरभित्र पसेर जीवन-निर्वाहको साधन