Posts

Showing posts from July, 2010

आफैं बोक्सी आफैं झांक्री संविधान निर्माण नहुनुमा सभासद् दोषी

Image
प्रस, कलैया  १४ साउन/     संविधान निर्माण नभएकोमा छ सय एकजना सभासद् दोषी रहेको भौतिक योजना तथा निर्माण सहायकमन्त्री कलावती पासवानले बताएकी छन्। कलैयामा दलित जनजाति उत्थान केन्द्र, बाराद्वारा युएसएआइडीको सहयोगमा सञ्चालित स्थानीय विकासमा सहभागिता तथा जवाफदेहिताको लागि युवा परिचालन कार्यक्रम अर्न्तर्गत जिल्ला स्तरीय सरोकारवालाहरूसंग भएको बैंठकलाई शुक्रवार उनले सम्बोधन गरेकी हुन्।     सहायक मन्त्री पासवानले कर्ुर्सर्ीीे तानातान कारण दुइ वर्षमा संविधान बन्न नसकेको  बताइन्। उनले उक्त अवसरमा थप एक वर्षमा पनि संविधान बन्नेमा शङका गरिन्।  संविधान नबन्नमा विशेषगरी तीन दलका नेताको सबैभन्दा बढी दोष रहेको उनको कथन थियो।     जनताले दिएको जिम्मेवारी पूरा नगरेको कारण आफूलाई खिन्नताबोध भएको उनले बताइन्। उनले बाराको जिल्ला विकास समिति, जिल्ला शिक्षा कार्यालयमा व्यापक भ्रष्टाचार रहेको चर्चा गरिन्। यस्तो भ्रष्टाचार गाविसमा समेत संस्थागत हुंदै गएकोमा उनले चिन्ता प्रकट गरिन्। गाविस सचिव खोज्न कलैयाको कोठा-कोठा चहार्नुपर्ने बाध्यता रहेको उनको कथन थियो। उनले सेनामा मधेसी समावेशीकरणको माग गरिन्। मकै पीडित क

ज्वाला समूहका कमान्डर आकाश पक्राउ

प्रस, पर्सा, १४ साउन/     ज्वाला सिंहले नेतृत्व गरेको मधेस तर्राई जनतान्त्रिक पार्टीका पर्सा जिल्ला सैन्य कमान्डर आकाश उपनाम भएका भाजु पटेललाई प्रहरीले गिरफतार गरेको छ।     पटेललाई प्रहरीले उनकै गाउं लाल पर्साबाट गिरफतार गरेको हो।     दिउंसो लालपर्सास्थित महावीर मन्दिरमा पटेल सुतिरहेको बखत सादा पोशाकमा चारजनाको सङ्ख्यामा गएको प्रहरी टोलीले पक्रेपछि गाउंका महिलाहरू प्रहरीमाथि आक्रमण गरी छुटाएका थिए। पछि ठूलो सङ्ख्यामा गएको सशस्त्र तथा नेपाल प्रहरीको टोलीले लालपर्सा गाउं घेरा हाली र्सच गरेर बेलुकीपख समाउन सफल भएको थियो।     नेपाल प्रहरीको तर्फाट प्रनाउ योगबहादुर पाल र सशस्त्र प्रहरीको तर्फाट सप्रनाउ लालबहादुर कार्कीको संयुक्त टोलीले पटेललाई गिरफतार गरेको थियो।     पक्राउ परेका ३३ वर्षीय पटेललाई जिल्ला प्रहरी कार्यालय, पर्सामा राखी अनुसन्धान अगाडि बढाइएको प्रहरी उपरीक्षक राजेन्द्रमान श्रेष्ठले जनाएका छन्। वीरगंज र आसपास क्षेत्रमा दर्जनौं हिंसात्मक गतिविधि तथा चन्दा असुलीमा प्रहरीले पटेललाई लामो समयदेखि खोजिरहेको थियो।     राज्य र माओवादीबीच सशस्त्र द्वन्द्वको बेला माओवादी कार्यकर्त

नेका पर्साको मतगणना

Image
प्रस, पर्सा, १४ साउन/     नेपाली काङ्ग्रेसको वीरगंज नगर कार्यसमिति चयनका लागि आज मतदान सम्पन्न भएको छ। उम्मेदवारी र्सवसम्मत नभएपछि आज नगर सभागृहमा निर्वाचन भएकोले सभापतिको उम्मेदवारद्वय भोलाप्रसाद कलवार र सहाबुद्दिन मियांको टीम मतदानमा भिडेको छ।     कडा प्रतिस्पर्धाका कारण सांझसम्म मतदान चलेको थियो। साढे १४ सय मतदातामा साढे ९ सयले मतदान गरेका छन्। मत गणना शनिवार बिहानदेखि आरम्भ हुने काङ्ग्रेस पर्साले जनाएको छ।

केडिया आंखा अस्पतालमा बम

Image
प्रस, पर्सा, १४ साउन/     परवानीपुर आंखा अस्पतालमा अज्ञात समूहले राखेको  बम नेपाली सेनाले निष्त्रिmय पारेको  छ।     दिउंसो ११ बजे बम फेला परेपछि आंखा अस्पतालको वातावरण तनावग्रस्त भएपछि रोगीहरूमा भागाभाग मच्चिएको थियो।     जनतान्त्रिक तर्राई मुक्तिमोर्चा बाराले अस्पतालसंग दुइ लाख रङगदारी माग गरेको र अस्पतालले नदिएको कारण बम राखेको फोनमार्फत् जानकारी प्राप्त भएको अस्पताल प्रशासनले जनाएको छ।

सौतेनी आमाद्वारा आफनै सन्तानसरह व्यवहार गर्ने प्रतिबद्धता

Image
प्रस, हेटौंडा, १४ साउन/     मकवानपुर जिल्लाको पश्चिमी क्षेत्र मनहरी गाविसकी एक बालिकाले सौतेनी आमाको दुर्व्यवहारबाट मुक्ति पाउने भएकी छन्। बालबालिका क्षेत्र राष्ट्रिय अभियान -सिजप) मकवानपुरको प्रयासमा शुक्रवार इलाका प्रहरी कार्यालय, मनहरीमा भएको छलफलमा सौतेनी आमाले आइन्दा आफनै सन्तान सरह व्यवहार गर्ने प्रतिबद्धता जनाएपछि पीडित बालिका खुशी भएकी छन्।     मनहरी गाविस-६ रमौलीकी १६ वर्षीया सङगीता र्राईलाई  बिहीवार कान्छी आमा रञ्जनाले कुटपीट र दुर्व्यवहार गरेको जानकारीका आधारमा बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान -सिजप) मकवानपुर शाखाको एक टोली मनहरी पुगेको थियो।  सिजप टोलीमा सिविन बाल हेल्पलाइनका कार्यक्रम अधिकृत झवीन्द्र ज्ञवाली, बालकल्याण समाज मकवानपुरका कार्यक्रम संयोजक प्रकाश खतिवडा र हिमराइट्स मकवानपुरका कार्यक्रम अधिकृत खेम बोलखेको सहभागिता रहेको थियो।      पीडित बालिकासहित इलाका प्रहरी कार्यालय, मनहरीमा गई घटनाबारे प्रहरीलाई जानकारी गराइएको थियो। प्रहरी निरीक्षक कर्णबहादुर चन्दको विशेष सक्रियतामा पीडित बालिकाका बुबा श्यामबहादुर र सौतेनी आमा रञ्जनालाई प्रहरी कार्यालयमा झिकाई छ

बिंड तातेर के गर्नु, ताप्के ताते पो ?

-बैद्यनाथ ठाकुर     गञ्जागोल, भद्रगोल, अनिश्चितता, निराशा आफनै डम्फू,  चरम अवसरवादी आदिजस्ता शब्दको प्रयोगले आजभोलि नेताहरूद्वारा गरिने उद्घाटन, सेमिनार, बहस आदि मञ्चहरूको कार्यक्रम तथा अखबारका पानाहरू भरिएको देखिन्छ। सबै नेताले आफू र आफनो पार्टी मात्र ठीक, बांकी सबै खराब रहेको टिप्पणी गरेको सुन्दा-सुन्दा, हेर्दा-हेर्दा अथवा पढ्दा-पढ्दा जनता जनार्दनको कान पाकिसकेको छ र आंखा टट्ाइसकेका छन् तर के गर्नु - नेताहरूको झूटको खेती अझैं बन्द भएको छैन। प्रत्येक दिन बिहान उठेदेखि राति नसुतुन्जेल यिनीहरूले सहमति, सहमतिको कुरामात्र गरेको देखिन्छ। गएको चार वर्षमा जेजति यिनीहरूको बीचमा सहमति भए ती सबै शङका र आशङकाकै घेराभित्र छ। प्रत्येक सहमतिपछि यिनीहरू एकले अर्कोलाई बेइमानी गरेको आरोप लगाइरहन्छन् तर फेरि पनि असहमतिका लागि तथाकथित राष्ट्रिय सहमति कायम गरिरहन्छन्। आफनो मतलब सिद्ध गर्न आफूले गर्नै नसक्ने, इच्छा नै नभएको कुरामा पनि सहमति गरेर आउंछन्। र, पछि मैले फलानोको कुरोमात्र राखिदिनको लागि मानिदिएको, मेरो वा हाम्रो इच्छा न रहेको जस्ता उद्गार निर्लज्जतापर्ूवक व्यक्त गरिरहन्छन्। हाम्रो नेताहरूको यस

जानेको कुरा

    वर्षायामबाट अरू जे लाभ भए पनि यस मौसममा स्वास्थ्यप्रति संवेदनशील भइएन भने गार्‍हो पर्छ भन्ने कुरा बताइरहनुपर्दैन। अकासे पानी एक ठाउंबाट अन्यत्र बग्ने हुंदा विभिन्न दूषित पदार्थहरू बगाएर छताछुल्ल पारेको हुन्छ। सबभन्दा बढी पिउने पानीमा यसले प्रदूषण फैलाउंछ भने त्यसैसंग खानेकुरा पनि प्रदूषित भइरहेको हुन्छ। विभिन्न भूमिगत जीव, कीटाणु पानीबाट राहत पाउन धरातलमा आउने गर्छन्, जसमध्ये कतिपय मानिसका लागि जोखिमयुक्त हुन्छन्। लामखुट्टेहरूको प्रजनन पनि वर्षात्को पानी जम्ने खाल्टाखुल्टीमा हुने गर्दछ जुन विभिन्न रोगादिको कारण बन्दछ। एक त गतिलो नाला नभएको, भएको नालाको नियमित सरसफाइतिर ध्यान नदिने स्थानीय निकाय, नागरिकको अज्ञानताबाट शहर-बजार र गाउं-देहात चारैतिर खाल्टाखुल्टी बनेर पानी जम्न मदत पुर्‍याएको हुन्छ भने त्यसमा अवाञ्छित कीरा-फटयाङ्ग्रा हर्ुर्किरहेका हुन्छन्। अनि वर्षात्मा झाडापखाला, रुघा-खोकीलगायत आंखा रोग, भाइरल फिभरहरूको बिगबिगी हुन थाल्दछ। नाला सफाइको अभावमा वर्षात्को पानी सडकमा छताछुल्ल भएर विभिन्न चर्मरोगका कारण बन्दछ।     यो सबै जानेको कुरा हो। कसैले बताइरहनुपर्दैन। तर पनि हामीकहां

मालपोत एवं भुमिसुधार कर्यालयबाट कागजात गायब, जग्गा धनी पुर्जा नपाउंदा समस्या

आरके पटेल, लङगडी, १३ साउन/     जिल्लाको अति दुर्गम सुवर्णपुर गाविसका बासिन्दाहरूले खनजोत एवं भोगचलन गरिरहेको जग्गालाई नेपाल सरकारले उनीहरूको नाउंमा दर्ता भए पनि जग्गा धनी प्रमाणपूर्जा उपलब्ध नगराउंदा सरकारी सेवा लिनबाट वञ्चित छन्। चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र बसोवास गरिरहेका गरूवा, तिलक्खाने, पदमपुर, हिले, टांडीका बासिन्दालाई २०२१ सालमा स्थानान्तरण गरी पर्सा जिल्लाको जङगल फडानी गरी उक्त ठाउंमा बसाइएको थियो। जग्गा वितरण व्यवस्थापन कमिशनले यी प्रत्येक परिवारलाई जनसङख्याको आधारमा दुइ बिघादेखि पांच बिघासम्म जग्गा जिम्मा दिएको थियो ।     सुवर्णपुरका बासिन्दासंगै आएका निर्मल बस्ती तथा ठोरीका बासिन्दाले २०५२ सालमा नै स्थायी जग्गाधनी प्रमाणपूर्जा पाइसकेका छन् भने सुवर्णपुरका बासिन्दाले भोगचलन गर्दै आएको जग्गाहरूको लालपूर्जा हालसम्म पाएका छैनन्। २०२१ सालमा बसाइसराइ भइआएका सुवर्णपूरका बासिन्दालाई २०२८ सालमा भूमिसुधार कार्यालय पर्साले भोगचलन गरेको जग्गाको नापी नक्सा गरी अस्थायी जग्गाधनी प्रमाणपूर्जा वितरण गरेको थियो। उक्त जग्गा धनी पूर्जालाई नेपाल सरकार अर्न्तर्गत पर्ने कुनै कार्यालयले

तीन महिनामा २४ जनाको मृत्यु १२१ जना गम्भीर घाइते

Image
प्रस, निजगढ, १३ साउन/     जिल्ला ट्राफिक प्रहरी, बाराले राजमार्ग तथा सडकखण्डका विभिन्न स्थानमा चेकजांच गरे पनि दुर्घटनामा कमी आएको छैन। गत ३ महिनामा बाराको विभिन्न सडकखण्ड अर्न्तर्गत ६६ वटा दुर्घटनामा २४ जनाको ज्यान गएको छ भने, १२१ जना गम्भीर घाइते हुनाका साथै ४३ जना सामान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढ बाराको एक तथ्याङकले पुष्टि गरेको छ।     यातायातका साधनहरू चेकजांच गरी दुर्घटनामा कमी ल्याउने सरकारको नीति अनुरूप ट्राफिक प्रहरी गठन भए पनि दुर्घटनामा कमी आएको छैन। राजनैतिक तरलताको फाइदा उठाउंदै चेकजांचका नाममा ट्राफिक प्रहरी रकम असुल्न व्यस्त भएपछि दुर्घटना बढ्दै गएको प्रत्यक्षदर्शीहरू बताउंछन्। क्षमताभन्दा बढी ढुवानी, लाइटहरूको गडबडीलगायत त्रुटिपूर्ण यातायातका साधनहरूबाट समेत रकम असुल्दै छाडीदिने प्रवृत्ति बढेपछि दुर्घटनामा उल्लेखीय वृद्धि भएको यातायात व्यवसायीहरू बताउंछन्.।     ढुङगा, बालुवा, रोडा, गिट्टी लोड टयाक्टर, टिपर, ट्रकबाट खसेका ढुङगा जङगल क्षेत्रका राजमार्ग तथा सडकखण्डमा अनाधिकार राख्ने गर्दा यातायात साधनहरू अनियन्त्रित हुंदै दुर्घटना हुने गरेका छन्। क

गुनस्तरहीन र अधुरो सडक निर्माण

Image
जीतलाल श्रेष्ठ, बारा/       बाराको निजगढ शहीद चोकदेखि बागदेवसम्म जोडने कच्ची सडकमा कालोपत्रे कार्य बीचैमा अलपत्र परेको छ। निजगढलगायत छिमेकी जिल्ला मकवानपुरका सीमावर्ती गाविसका बासिन्दाहरूलाईसमेत प्रत्यक्ष फाइदा पुग्ने करिब ६ किलोमिटर बाटो कालोपत्रे गर्ने कार्य अधूरै रोकिएको छ। निजगढस्थित पूर्वपश्चिम राजमार्ग अर्न्तर्गत शहीद चोकबाट गाविसको ३ नम्बरस्थित शहीद हीरालाल पार्कसम्म जोड्ने करिब ६ किलोमिटर बाटोलाई शहीद हीरालाल मार्ग नामाकरण गरी विगत १ वर्षदेखि सुरु गरिएको सडक कालोपत्रे कार्य हालसम्म करिब १६ सय मिटर मात्र बनेको छ। ’मकवानपुरका ग्रामीण भेग धियाल, छतिवन, सरस्वती, तीनभाले, अधेरी, जर्ुइना, फापरबारी, स्वस्तिक गाविसलगायत बासिन्दाहरूलाई आवतजावतमा पायक पर्ने सो मार्ग वषर्ायाममा अति विकट भई सेवाग्राहीहरूलाई कठिनाई हुने गरेको छ।        उक्त मार्ग निर्माणका लागि  जिविस बाराबाट ३ सय मिटरको लागि आवश्यक रकम, नेपाल सरकारबाट ८८५ मिटरको लागि र निजगढ गाविसबाट ४ सय मिटरको लागि गरी जम्मा रु ३५ लाखमा १६ सय मिटर कालोपत्रे गरिएको हो। कालोपत्रे काम अधूरो त छ नै निर्माणको गुणस्तर समेत कमसल देखिएपछि स्थ

मिसनले माछापालन व्यवसायमा आकर्षण

Image
गोकुल घोरसाइने, निजगढ/     फिस मिशन कार्यक्रम सञ्चालन भएपछि बारा जिल्लामा माछापालन व्यवसायप्रति किसानहरूको आकर्षण बढेको छ।     मिशन कार्यक्रम अर्न्तर्गत कृषि विकास कार्यालयले व्यवसाय गर्न अनुदान सहयोग उपलब्ध गराउन थालेपछि किसानहरूको माछापालन व्यवसायमा आकर्षण बढेको हो। कार्यक्रम सुरु भएपछि यो वर्ष जिल्लामा २५ हेक्टर जमिनमा पोखरी खनेर तीन दर्जनभन्दा बढी किसानले माछा पाल्न सुरु गरेको कार्यालयका मत्स्य विकास अधिकृत शुभकरण झाले बताए। मिशन अर्न्तर्गत थप २ सय हेक्टर क्षेत्रमा माछापालन गर्न  किसानहरूले कार्यालयसंग अनुदान माग गरेको भए पनि बजेट अभावमा माग अनुसारको सहयोग उपलब्ध गराउन नसकिएको झाले जानकारी दिए। कार्यालयको सहयोगमा किसानहरूले ३६ नयां र इंटा भट्टाका १३ ओटा पुराना पाखेरी मरम्मत गरेर माछापालन थालेका छन्।     मिशन अर्न्तर्गत नयांका लागि कार्यालयले प्रतिहेक्टर एक लाख र पुराना पोखरीमा प्रतिहेक्टर ४० हजारका दरले माछा पालन गर्ने किसानहरूलाई अनुदान रकम उपलब्ध गराएको थियो। कार्यालयले ह्याचरी स्थापना गर्नसमेत किसानहरूलाई सहयोग उपलब्ध गराएको छ। माछाका भुरा उत्पादनको लागि ५० हजार अनुदान दिएर क

उपभोक्तालाई महंगो मूल्य

-शीतलप्रसाद महतो     मुलुकमा देखिएको राजनीतिक अस्थिरता र कामचलाउ कमजोर सरकारका कारण उपभोक्ता संरक्षण ऐन प्रभावकारीरूपमा कार्यान्वयन हुन नसक्दा असारदेखि बढ्न थालेको उपभोग्य वस्तुको मूल्य साउन लागेपछि झन् चुलिएको छ। विशेषगरी निम्नवर्गीय उपभोक्ताले बढी उपभोग गर्ने खाद्यवस्तु र तरकारीको मूल्यले आकाशै छोएको छ। उत्पादनमा कमी, ढुवानी र वषर्ाका कारण देखाई कालोबजारी गरेर मनग्गे धन कमाउन खप्पिस व्यापारीहरूले कृत्रिम मूल्यवृद्धि गरेकाले आम उपभोक्ता मारमा परेका छन्। बजार नियन्त्रण गर्ने अधिकारप्राप्त नियमन निकाय प्रभावकारी नहुंदा व्यापारीले जे गरे पनि हुन्छ भन्ने मानसिकताका कारण दैनिक उपभोग्य वस्तुको मूल्य झन् बढेको देखिन्छ।     नेपाल राष्ट्र बैंकले र्सार्वजनिक गरेको एक तथ्याङकअनुसार मुलुकमा झन्डै १० प्रतिशत मूल्य वृद्धिदर रहेको छ। खाद्य पदार्थ समूहमा पर्ने मसाला, चिनी, दूधको मूल्य करिब ३६ प्रतिशतले बढेको छ भने चामल र चामलजन्य वस्तुको मूल्य १४ प्रतिशतले बढेको छ। अति आवश्यक खाद्यान्नको मूल्य विगत एक महिनामा १० देखि ४० प्रतिशतको हाराहारी बढेको देखिन्छ भने गैरखाद्य र सेवा समूहको मूल्यवृद्धि ७ दशमलव

भारतीय माओवादी समस्याले मधेशलाई प्रभाव

-वीरेन्द्रप्रसाद यादव     छिमेकी भारत यतिखेर सशस्त्र माओवादी द्वन्द्वले आक्रान्त छ। भारतीय हिंसाले मधेस प्रत्यक्षरूपमा प्रभावित हुने भए पनि नेपाल सरकारको चासोे त्यता नपुगेको भान हुन्छ। हिंसाग्रस्त भारतीय क्षेत्रमा मधेसीहरूको आवतजावत, नाता सम्बन्ध रोजगार तथा बन्द-व्यापार लगायत सम्बन्ध रहेको हुंदा मधेसमा पनि प्रतिकूल प्रभाव पर्नु अस्वाभाविक होइन। भारतको खुला सीमा र मधेसी र भारतीयको मिल्दोजुल्दो भाषा, संस्कृति, रहनसहन, वेश भूषाले मधेसलाई असर पर्न सक्ने देखिन्छ। खुला सीमाको प्रयोगले सशस्त्र समूहहरू आश्रय लिएर प्रभावित गर्न सक्ने देखिन्छ भने भारतमा दिनहुं आवतजावत गर्ने मधेसी समुदाय भारतीय माओवादी आक्रमणमा पर्ने सम्भावना छ। यसबाट मधेसको हिंसक गतिविधिले पनि ऊर्जा पाउंछ। हातहतियार तथा विस्फोटक सामग्रीको आदानप्रदान हुन सक्छ। सशस्त्र समूहको आडमा हुने आपराधिक तथा अराजक गतिविधि पनि मधेसमा बढ्न सक्छ। तस्करी, लागू औषध व्यापारले मलजल पाउंछ। देखासिखीले नयां सशस्त्र समूहको जन्म हुन सक्छ। यसबाट आम नेपाली नागरिकले भारतीय बजारमा पाएको रोजगारीमा प्रतिकूलता आउन सक्छ। भारतको विभिन्न शैक्षिक संस्थामा अध्ययनर

राजनीतिकर्मीहरू कतातिर ?

-इ. गोपाल श्रेष्ठ     राजनीतिकर्मीहरू कतातिर - यो प्रश्न अहिले नेपाली समाजमा टड्कारो छ। कारण, राजनीतिकर्मीहरू जानी- जानी बाटो बिराएर अहिले नेपाल र नेपालीलाई भड्खालोमा हाल्दैछन्। आम नेपालीले सोचेका थिए, हाम्रा नेताहरूले हामीलाई काम, माम र सुख-शान्ति दिनेछन्। तर परिणाम ठ्याक्कै उल्टो आइरहेछ। नेपालीहरू दिनानुदिन कमजोर, गरीब र असहाय हुंदै जांदैछन्। एकातिर गरीबीले पिल्स्याइरहेछ भने अर्कोतिर शान्ति सुरक्षा स्थिति नाजुक भएकोले मर्नु, बांच्नुको ठेगान छैन र दुइ गांस खाना पनि शान्त मनले खान पाइरहेका छैनन्। राजतन्त्र हुंदा त राजपरिवार र तिनका आसेपासेहरूले मोजमस्ती गरेको देखेर हाम्रो मन कुंडिन्थ्यो र कहिलेकाहीं त आतङकित पनि हुन्थ्यो। तर, अपसोच १ लोकतन्त्र आइसके पनि हाम्रो मन कंुडिने र आतङकित हुने क्रम घटेको छैन। कारण, राजतन्त्र गए पनि राजपरिवारकै ठाउंमा बस्न चाहने मानसिकता भएका नेताहरूको कमी भएन हाम्रो देशमा १     आज हाम्रा नेताहरू जनताको सुखभन्दा सत्ता र शक्तिको पछि लागेको प्रस्ट छ। सत्ता प्राप्त गर्न सकिन्छ भने जुनसुकै दल जतासुकै मिल्न गएको पनि प्रस्ट देखिन्छ। नैतिकताको राजनीति, मूल्य-मान्यताक

सरकार गठनमा मधेसवादी दलको भूमिका

-श्रीमन्नारायण     राष्ट्रिय सहमतिको आधारमा सरकार गठन गर्ने प्रयास असफल भई रहेको छ।     दुइतिहाईको र्समर्थन जुटाएर सरकारको नेतृत्व लिने सपना बोकेका एमाले अध्यक्ष झनाथ खनाल पनि सफल हुन सकेनन्। सामान्य बहुमत प्राप्त गरेर सरकार बनाउने प्रयासमा नेपाली काङग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल र ए. माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रयासरत छन्। दोस्रो चरणमा पनि यी नेताद्वयले आवश्यक बहुमत जुटाउन सकेनन्। १७ गते चुनावमा सम्भवतः एमाले नेपाली काङग्रेसलाई र्समर्थन गर्न सक्दछ। आफनै नेतृत्वको बहुमतको सरकारलाई पार्टीभित्रको अर्न्तर्कलहका कारण गुमाउन पुगेको एमाले पार्टीले नैतिकरूपले पनि नेतृत्वको चाहना राख्नु उचित होइन, उसको पार्टीले नै दुइतिहाई बहुमतको नेतृत्वको सरकार बनाउने उद्देश्य मात्रै राखेको कारण उसले आफनो लागि प्राप्त अवसर गुमाइसकेको छ। अब सरकार गठनमा अहम् भूमिका मधेसवादी दलको हुने निश्चित छ।     मधेसलाई नै आधार मानेर आफनो राजनीतिक सङगठन विस्तार र प्रचार-प्रसार गर्ने र मधेसकै मुद्दामा केन्द्रित दललाई मधेसवादी दल मान्न सकिन्छ। कुनै राजनीतिक सङगठनले आफनो पार्टीभित्र वर्गीय सङगठनको रूपमा खोलेका

सुस्त बुद्धि

    स्वविवेकले केही गर्न नसक्ने, सुस्त बुद्धिको युवकको विवाह भएछ। ससुराली पठाउनुपर्ने दिन आयो, दुलहाका आमाबाबुले छोरालाई सिकाएछन् ँछोरा सासु ससुरासंग कुरा गर्दा नराम्रो कुरा नगर्नु, आफू सुनेर बस्नु उनीहरूले जे भने पनि हजुर, राम्रँे, बेसै भएछ, भन्नु। ज्वाइंलाई मेजमानी गर्ने क्रममा ससुराले कुरा सुरु गरे- अस्ति भर्खरै ब्याउने भैंसी किनेर ल्याएको थिएं, ल्याएको महिना दिनमैं पाडा ब्यायो। ज्वाइंले सही थपेछ राम्रो भयो। ससुरा अगाडि थप्दै गए ब्याएको १५ दिनमा माउ-पाडा मर्‍यो, ज्वाइंले सही थपेछ बेसै भयो। सासु, ससुराले मकैबालीमा खडेरी परेको, धानखेत खोलाले बगाएको  कुरा सुनाउंदा पनि ज्वाइंलें हजुर राम्रो, बेसै भयो भनेछ। अन्तमा केटी र केटीका माइती पक्षलाई दुलहा सुस्त मनस्थितिको रहेछ भन्ने थाहा भयो। अयोग्य छोरालाई योग्य भनी झुक्याएर विवाह गराएकोमा दुलहाका आमाबाबुलाई कारबाई साथै जालसाजी विवाह बदर गरिएछ।     हाम्रो मुलुकमा अहिले तटस्थ बस्नेहरूको प्रतिस्पर्धा चलेको छ। पहिले-पहिले नेपाल मजदुर किसान पार्टीले बढी प्रयोग गर्ने  तटस्तवाद अहिले नेकपा एमाले, मधेसवादी दल हुंदै ससाना दलहरूले समेत अनुसरण गरेका छन्

रक्त सञ्चार केन्द्रको स्थापना दिवसमा रक्तदानका लागि अभ्रि्रेरित गर्न आग्रह

Image
प्रस, पर्सा, १२ साउन/     नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र वीरगंजले नेपाल रक्त सञ्चारकेन्द्रको ४४ औं स्थापना दिवसमा सञ्चारकर्मीहरूसंग अन्तर्त्रिmया गरेको छ । रेडक्रस भवन पर्सामा आयोजित अन्तर्त्रिmयामा पत्रकार महासङ्घका केन्द्रीय सदस्य महेश दास, शाखा अध्यक्ष शत्रुघ्न नेपाललगायत सञ्चारकर्मीले सबै सङ्घसंस्था, वर्गीय सङगठनहरूलाई रक्तदानप्रति आकरि्षत गर्न नसकिएको र अधिक रगतको खपत हुने ग्रामीण क्षेत्रलाई सचेत बनाउन नसकेकोमा त्यसतर्फ आवश्यक पहल गर्न सुझाएका थिए।     अन्तर्त्रिmयामा रेडक्रस पर्साका सभापति श्याम पोखरेलले रक्तसञ्चार केन्द्र रक्तदाताहरूको सहयोगमा सञ्चालन भइरहेको बताए। उनले रक्तदान कम हुने ग्रामीण क्षेत्रबाट रगत अधिक माग भए पनि सट्टाभर्ना गर्न नचाहने हुंदा समस्या परेको बताए। अन्तर्त्रिmयामा रेडक्रसका मन्त्री फुलमहमद मियां, सहायकमन्त्री विनोद मेहता, उपाध्यक्ष मधु राणाले ग्रामीण क्षेत्रमा पहुंच विस्तार गर्न नसकेकोले रक्तदान गर्नुपर्छ भन्ने चेतना अभिवृद्धि नभएको बताइन्। वक्ताहरूले केन्द्रले उद्देश्यपरक काम गर्न अझै नसकेको टिप्पणी गरेका थिए। कार्यक्रम केन्द्रका संयोजक डा. श्

मरेको दाबी गरिएका दिपकराम घर फर्के

प्रस, कलैया, १२ साउन/     मरेको भनेर घर परिवारले अन्तिम संस्कारको केही विधि पूरा गरिसकेपछि बारा कबहीगोठ-२ निवासी ३५ वर्षीय दिपक राम  फेला परेका छन्। आफना पतिलाई कुटपिट गरी हत्या गरी शव बेपत्ता बनाएको भनी दिपककी पत्नी विपती देवीले जिल्ला प्रहरी कार्यालय, बारामा उजुरी दिएकी थिइन्।     विपतीले बारा हर्दिया-९ निवासी लाल राय यादव, उनका छोराहरू ननक राय यादव, रतन राय यादव, भाइ असर्फी राय यादव, छिमेकी गगनदेवप्रसाद यादवउपर उजुरी दिएकी थिइन्। उनले  दिपकलाई असार १६ गते राति कुटपिट गरी हत्या गरी शव बेपत्ता बनाएको भनी प्रहरीमा किटान जाहेरी दिएकी थिइन्। असार १६ गते बुधवार राति करिब डेढ बजे दिपक रामलाई हर्दिया-९ निवासी लाल राय यादवको घरमा चोरी गरेको आरोपमा गाउंलेले नियन्त्रणमा लिई कुटपिट  गरेका थिए। स्थानीय बासिन्दाले दीपकलाई बांधेर राख्न लालको जिम्मा लगाई घर फर्केपछि दिपक सोही रात भाग्न सफल भए। किटानी जाहेरीपछि प्रहरीले पक्राउ अभियान सुरु गरेको थियो। पछि हत्याका आरोपित लाल परिवारसमेतले दीपकको खोजतलाश सुरु गरे।     खोजतलाश पछि साउन सात गते शुक्रवार दिपक भारतीय तथा नेपाली प्रहरीको सहयोगमा भारतको पू

हराउने मानिस धेरै फेला पर्ने कम

प्रस, हेटौडा, १२ साउन/     मकवानपुरबाट विभिन्न समयमा हराएका अधिकांश मानिसहरू फेला परेका छैनन्। सरकारी तथा गैरसरकारी सङ्घसंस्थामा मानिस हराएको सूचना आउने गरे पनि अधिकांश फेला परेको रर्ेकर्ड देखिएको छैन। गत आर्थिक वर्ष २०६६/०६७ मा जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ३४ जना व्यक्ति हराएको दर्ता भएको छ।     जसमध्ये एकजना मात्र फेला परेको तथ्याङ्कले देखाउंछ। जिल्ला प्रहरी कार्यालयको महिला सेलमा १ सय ६ जना महिला तथा बालबालिका हराएको उजुरी परेको छ। जसमध्ये ८० जना फेला परेको सेलकी प्रमुख रत्ना श्रेष्ठले बताइन्।     त्यस्तै गत आव २०६६/०६७ मा  बाल मजदुर सरोकार केन्द्र -सिविन) बाल हेल्पलाइन मकवानपुरमा ३८ जना बालबालिका हराएको जाहेरी परेको छ। हराउनेमा २५ जना बालक र १३ बालिका रहेका छन्। हराएकामध्ये १६ जना मात्र फेला परेका छन्। त्यसभन्दा अघिल्लो वर्ष ४३ जना हराएकामा २५ जना मात्र फेला परेका थिए। बर्सर्ेे मानिस हराउने र थोरै मात्र फेला पर्ने गरेका छन्। हराउनेमध्ये अधिकांश महिला तथा बालबालिका रहेका छन्। टाढाका गाउंघरबाट हराएका धेरै उजुरीहरू प्रहरीसम्म पनि नआइपुग्ने गरेको अधिकारकर्मीहरूको ठहर छ।     सि

भारतीय गाडी, ट्राफिक प्रहरी र भन्सार- सञ्जय साह 'मित्र’

    मध्य मधेसमा असार महिनाको आधाआधीदेखि ट्राफिक, जनपद तथा सशस्त्र गरी तीनै प्रहरीको व्यापक सक्रियतापछि ँअन टेस्ट’ मोटरसाइकल अहिले विरलै देख्न पाइन्छ। कतिपयले वर्षतको मौसम भनी घरमा थन्क्याएका छन्, कतिपय चाहिं मूलबाटो हिड्न छाडिसके र कतिपय चाहिं प्रहरीको आंखा छली अझै पनि चढिरहेका छन्। प्रहरीले गम्भीरतापूर्वक लिएपछि मोटरसाइकलको सङ्ख्या सडकमा कम देखिन थाल्नुमा अनेक कारण हुन सक्छ। गाडी -मोटरसाइकल)को कागजपत्र नहुनु, मोटरसाइकल चोरीको हुनु, चालक अनुमति नहुनु तथा भारतीय गाडी भए सोको पोख्त प्रमाण नहुनु तथा नियमितरूपले भन्सार तिरिरहेको नहुनु आदि।     नेपाली नम्बरप्लेटको मोटरसाइकल भन्दा 'अन टेस्ट’ र भारतीय नम्बरको मोटरसाइकल देखिन थालेपछि र अपराधीहरूले पनि यस्तै खाले मोटरसाइकल प्रयोग गर्न थालेपछि सबैतिरबाट प्रश्न उठ्नु स्वाभाविकै थियो। एउटा जिल्लाको मोटरसाइकल चोरेर अर्का जिल्लामा बेचिदिएपछि नम्बरप्लेट मात्रै बदलिदिए पुग्थ्यो। चोरीको वास्तविक नेपाली गाडीमा नेपालमैं नक्कली भारतीय नम्बरप्लेट चढाएर मोटरसाइकल चढेको पाइयो। ब्रि्री पनि नहोस् कसरी ? नेपालमा डेढ लाख नेपालीमा पाइने मोटरसाइकल बीस-तीस हजा

कष्टकर अभियान

    पर्सा जिल्लालाई लागू औषधमुक्त क्षेत्र बनाउन अहिलेको प्रशासनले लागिपर्ने अठोट गरेको छ। लागू औषध उत्पादन खेतमा हुन्छ। लागू औषधको कच्चा पदार्थ गांजा र अफिम हुन्। पर्सा जिल्लामा परम्परादेखि नै गांजा खेती हुंदै आएको हो। तर्सथ यहांका किसानलाई गांजाखेतीको राम्रो अनुभव छ। नगदे बाली, खुला सिमाना र भारतमा अत्यधिक मागका कारण यहां गांजा प्रचुर मात्रामा उब्जाइन्छ। पहिले-पहिले यति सारो गांजा खेती हुंदैनथ्यो। जिल्लाका पहुंचवाला, हक्की किसानले मात्रै गांजाखेती गर्दथे। २०४६ सालको राजनीतिक परिवर्तनले मानिसमा स्वतन्त्रताको अर्थ आफूखुशी खेती गर्ने मानसिकता फस्टाएकोले गांजाखेतीको तीव्रता बढयो। त्यसभन्दा पहिले २०३६ सालमा सम्पन्न जनमत सङ्ग्रहमा पञ्चायतलाई विजयी बनाउन सत्तावालहरूले खुलेयाम र्सार्वजनिकरूपमा गांजाखेती गर्न दिने अभिव्यक्ति दिएर गांजाखेतीलाई अघोषित मान्यता दिलाएका थिए। जनताले नगदे बालीको स्वाद चाखी सकेपछि यसलाई नियन्त्रण गर्न जति कोशिश गरे पनि दिन दुगुना रात चौगुना फस्टाउंदै गयो। किसानको अटेरपना, प्रशस्त पैसाले गर्दा प्रहरी, प्रशासनलगायत समाजका टाठाबाठा सबै गांजाको पैसाबाट पालिन थालेपछि अब यो

जिल्लालाई लागू औषधमुक्त क्षेत्र बनाउन गांजा कृषकविरुद्ध कडा कारबाई-प्रजिअ झा

Image
आरके पटेल, लङगडी, ११ साउन/     पर्सा जिल्लालाई लागू औषधमुक्त क्षेत्र बनाउने उद्देश्य राखी सानो पाइलाले जिल्लाको सुदूर गाविस सुवर्णपुरमा आज जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ।     कार्यक्रममा वक्ताहरूले गांजा खेतीले दैनिक जीविकोपार्जन कठिनाइ  ल्याइरहेको स्वीकार गर्दै गांजा खेतीको विकल्पमा रोजगार, बजार एवं चिस्यान केन्द्रको व्यवस्था मिलाउन आग्रह गरेका थिए। गांजा किनबेचको बहानामा भारतीय अपराधीहरूको चलखेल बढेकोले शान्ति सुरक्षा मिलाउन धेरै कठिनाइ परेकोले त्यस्तो कार्य गर्ने-गराउनेलाई अब नछोड्ने पर्सा प्रहरी प्रमुख राजेन्द्र्रमान श्रेष्ठले बताए। गांजा खतीको विकल्पमा आलु, ऊखु, च्याउ,काउली, सुर्ती गरेमा प्रतिकठ्ठा २५ हजार रुपियांसम्म कमाउन सकिने कृषि विकास कार्यालयका अधिकृत विजय श्रीवास्तवले बताए। वीरगंज उपमहानगरपालिकामा हालसालै गरेको र्सर्वेक्षणको अधारमा ११ सय जना लागू औषध सेवनकर्ता फेला परेको तथा ३८० जनाको लागू पदार्थ सेवनबाट मृत्यु भएको सानो पाइलाका प्रोग्राम कोअर्डिनेटर साधु खड्कीले बताए।     खेतमा बीउ छरेदेखि फसल तयार भई घरमा भण्डारण गरी बिक्री नहुन्जेल प्रहरी एवं भारतीय अपराधीहरूक

देशको सबैभन्दा ठूलो चिनी मिल बन्ने अठोटसहित मामकौर चिनी उद्योगद्वारा अनुदान वितरण

प्रस, कलैया, ११ साउन/     यस भेगका कृषकहरूलाई उखु खेतीप्रति आकरि्षत गर्न यहांको एक चिनी मिलले अनुदान वितरण थालनी गरेको छ। बारा मनहर्वा-५ श्रीपुर बारास्थित मामकौर सुगर एन्ड केमिकल इन्डस्टि्रजले मङगलवारदेखि अनुदान वितरण थालनी गरेको हो।     उक्त उद्योगले  एक कार्यक्रमबीच बाराका १७ कृषकलाई एक लाख ३० हजार रुपियां चेकमार्फत् अनुदान वितरण गरेको छ। बाराका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद नेपाल, उद्योगका अध्यक्ष वीरेन्द्र संर्घाई, डाइरेक्टर सन्दिप अग्रवालले यहांका किसानहरूलाई अनुदान प्रदान गरेका हुन्। उद्योगले आफनो क्षेत्रका एक हजार एक सय त्रिपन्न बिघामा उखु खेत लगाएका कृषकहरूलाई अनुदान दिने कार्यक्रम तय गरेको उक्त उद्योगका महाप्रबन्धक शिवनाथ शर्माले बताए।     उद्योगले कात्तिकमा उखु लगाउनेलाई प्रतिबिघा दर्ुइ हजार दर्ुइ सय ५० र माघमा लगाउने कृषकलाई प्रतिबिघा तीन हजारका दरले अनुदान दिने योजना रहेको शर्माले जनाए।     अनुदान वितरण कार्यपश्चात् सञ्चारकर्मीसंग कुरा गर्दै उद्योगका डाइरेक्टर सन्दिप अग्रवालले उद्योग र कृषकबीच सुमधुर सम्बन्ध हुनुपर्ने बताए।     उनले नेपाल कृषि प्रधान देश भएको बताउंदै

राजमार्गमा चोरीका सवारीसाधन बढ्दो

Image
दिवाकर भण्डारी, पथलैया, ११ साउन /     सवारी साधनको कडाइका साथ जांज गर्न थालिएपछि एक मोटरसाइकल पक्राउ गरी सोमवार मध्य क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पथलैयाले धनीलाई बुझाएको छ।     राजमार्गमा जांचको क्रममा असार २५ गते पक्राउ परेको उक्त मोटरसाइकलको नम्बरप्लेट र कागजपत्र नक्कली पाइएपछि प्रहरीले वास्तविक धनीको खोजी गरी मोटरसाइकल बुझाएको हो।     दुइ महिनाअघि काठमाडांै बौद्धबाट हराएको उक्त मोटसाइकल सवारी चेकजांच गर्ने क्रममा आधाभारबाट नियन्त्रणमा लिइएको मध्य क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुरेन्द्रबहादुर सिंहले बताए।     राजमार्गमा चेकजांच गर्ने क्रममा शङका लागी नियन्त्रणमा लिएर अनुसन्धान गरेपछि सवारीको वास्तविक धनी पत्ता लागेको सिंहले बताए।     ट्राफिक प्रहरी कार्यालयका अनुसार रामेछाप घर भई हाल काठमाडौं बस्दै आएका यज्ञप्रसाद चौलागाईंको नाममा रहेको बा४० प-४६११ नम्बरको उक्त पल्सर मोटसाइकलको नम्बर प्लेट र कागजपत्र दुवै नक्कली पाइएको छ। चोरी गर्ने गिरोहले उक्त मोटसाइकलको नम्बर परिवर्तन गरी ना.१३ प-१२५२ र परवानीपुर-३, र्सलाही घर भएको उल्लेख गर्दै आकाश न्यौपानेको

रक्तदान सम्बन्धी जानकारी राखौं, रक्तदान गरौं

-प्रवीण मानन्धर १) रगत भनेको के हो ? - हाम्रो शरीरको मुटु र रक्तनलीहरूमा लगातार बगिरहने अत्यावश्यक तरल पदार्थ वा तत्त्व नै रगत हो। २) रगतको कति समूह हुन्छ, ती के-के हुन् ? - हालसम्म वैज्ञानिकहरूले लगभग ५०० प्रकारका समूहहरू पत्ता लगाइसकेका छन् तर रक्तसञ्चार गर्न दुइवटा समूहलाई जिम्मेवार मानिन्छ। जस्तै- क) ABO समूह - A, B, AB, O सन्  १९०० मा अस्टि्रयाका डा. कार्ल लेन्डस्टेनरले पत्ता लगाएका हुन्। ख) Rh समूह- नेगेटिभ समूह र पोजेटिभ समूह। ३) रक्तदान कसले गर्न सक्छ - - १७ वर्ष पूरा भई ६० वर्ष नपुगेका, शरीरको तौल ४५ किलोभन्दा बढी भएका र हेमोग्लोबिनको मात्रा १२ ग्रामदेखि १६ ग्राम रहेका स्वस्थ महिला तथा पुरुषले रक्तदान गर्न सक्छन्। ४) रक्तदान कति समयको अन्तरालमा गर्न सकिन्छ ? - प्रत्येक स्वस्थ पुरुषले ३-३ महिनाको अन्तरालमा वर्षमा ४ पटक र महिलाले ४-४ महिनाको अन्तरालमा वर्षमा ३ पटक रक्तदान गर्न सक्छन्। ५) रक्तदान गरेपछि के पाइन्छ वा के फाइदा हुन्छ ? - हामीले गरेको रक्तदान कुनै सङ्घ-संस्थाको लागि नभएर हाम्रो समाजमा मरणावस्थामा रहेका बिरामीहरूको लागि हो। हाम्रँे शरीरको रगतको केही अंशले

अनुत्तरित प्रश्नहरु -शंकरमान श्रेष्ठ

    कसैले सोधिहाले यस्ता प्रश्नहरू भने कृपया उत्तर नदिनु होला। प्रश्न नं. १ नेपालमा प्रधानमन्त्री बन्ने कोही व्यक्तित्व शेष छ - प्रश्न नं. २ यो देशमा बस्नेहरू भित्र कतै राष्ट्रवाद अद्यापि जीवित छ - प्रश्न नं. ३ यो मुलुकलाई कुन राष्ट्रले आजसम्म आफनो प्रभुत्वमा राखेको छ -     यी तीन प्रश्नहरू हुन्, जसलाई यक्ष प्रश्न भने पनि हुन्छ। प्रश्नको उत्तर अवश्य नै हुन्छ। उत्तर अन्तर्निहित हुन्न भने प्रश्नको जन्म पनि हुंदैन। त्यसैले कतै चोकमा जम्मा भएकाहरू, कतै चिया खांदै गफमा प्रश्नहरूको उत्तर खोज्दै गरेकाहरू प्रशस्त मानिसहरू भेटिन्छन्। यस्तै प्रश्नहरू बेला-बेलामा क्लास लिजर भएको बेला पनि उठ्ने गर्दछ। एउटा नागरिक, एउटा शिक्षक, अनि एउटा देशको प्रबुद्ध वर्गले दिनहुं, प्रतिक्षण प्रश्नहरू गर्ने पनि गर्छ। तर सहज उत्तर भने कसैले दिन सक्तैन। यदि उत्तर दिइहाले पनि मनभित्रको भावनालाई गुम्साएर, अधरमा बनावटी हांसो ल्याएर उत्तर दिने गर्छन्। छलफल गर्छन्। आज त्यही उत्तरको खोजी गर्नुपरेको छ।     नेपालमा प्रधानमन्त्री बन्ने कोही व्यक्तित्व शेष छ -     व्यक्तिहरू प्रधानमन्त्री बन्नको लागि त प्रशस्त छन्। प्रत्ये

टालोको गन्ध पनि हरायो

    हिङ नभए पनि हिङ राखेको टालो गन्हाउंछ भन्ने उक्ति अहिले नारायणी उपक्षेत्रीय अस्पतालमा लागू भएको छ। हिजो पर्सा जिल्ला मात्र होइन, बारा, रौतहट, मकवानपुरसम्मका नागरिकलगायत भारतबाट पनि मानिसहरु उपचारका लागि वीरगंज आउने गर्दथे। कारण एउटै थियो वीरगंज अस्पतालमा उपचार खर्च सस्तो र गुणस्तरीय थियो। नेपालका प्रसिद्ध चिकित्साकर्मीहरुले सेवा पुर्‍याएको स्थान थियो। यहांको बसाइ र खाना सस्तो थियो। यसले गर्दा नारायणी अस्पतालको नाम मात्र चलेको थिएन, वीरगंजले नै सम्मान पाएको थियो। आफनो यस उत्कर्षपछि यस अस्पतालको गरिमा हराउंदै गयो। अब यहां असल चिकित्सक आउन नमान्ने भए। परिस्थितिले बाध्य भएर जो असल यहां बसेका थिए तिनलाई धपाइयो। असललाई विस्थापित गरेर बस्ने असल त पक्कै हुंदैन। कमसलहरुको बिगबिगी बढ्दै गयो। वीरगंजका धनाढयहरुले पनि अब अस्पतालमा कुनै रस छैन भनेर आफनो लगानी अन्यत्र लगाउन थाले।         नारायणी उपक्षेत्रीय अस्पतालका थुप्रै प्रतिद्वन्द्वी अस्पतालहरु अस्तित्वमा आए। यस्तोमा यस अस्पतालमा दर्ुइ चारजना जो असल चिकित्सक थिए, तिनको मनोबल पनि खस्कंदै गयो। अहिलेको अवस्था कस्तो छ भने रोगीको कुरै छाडयौं जो नि

नारायणी उपक्षेत्रीय अस्पतालको दुरवस्था आकस्मिक कक्षमा रोग थपिने डर

प्रस, वीरगंज, १० साउन/     नारायणी उपक्षेत्रीय अस्पतालमा स्वास्थ्य उपचारका लागि पुग्ने बिरामीहरूलाई रोग बिसेक हुनुभन्दा पनि रोग थपिएला भन्ने डर भएको छ ।     उपक्षेत्रीय अस्पतालको आकस्मिक कक्षमा प्रयोग हुने अक्सिजन सिलिन्डरमा प्रेसर मिटर छैन। सामान्य अवस्थाका रोगीहरूलाई खासै फरक नपरे पनि गम्भीर अवस्थाका रोगीहरूलाई उचित मात्रामा अक्सिनज नदिए गडबडी पैदा हुने र ज्यान जान सक्ने चिकित्सकहरू बताउंछन्। प्रेसर मिटरबिना अन्दाजकै भरमा इमरजेन्सी कक्षमा अक्सिजन दिने गरिएको छ।     नाउक्षे अस्पतालकै आकस्मिक कक्षमा दिनभरि एउटै कैंची एउटै फोरसेफलगायत स्वास्थ्य सामग्री तथा औजारहरू निर्मलीकरण नगरी दिनभरि प्रयोग गरिन्छ। एउटा रोगीलाई प्रयोग गरिसकेपछि स्वास्थ्य औजार तातो पानीमा उमालेर मात्र प्रयोग गर्नुपर्ने सोही अस्पतालका चिकित्सकहरू बताउंछन् । निर्मलीकरण नगर्नाले एचआइभी/एड्स, हेपाटाइटीस ँबी’ क्षयरोगलगायत सरुवा रोगहरू औजारका माध्यमबाट सजिलै अर्को रोगीमा र्सन सक्छ। निर्मलीकरण गर्ने उपकरण भण्डारमा थन्किएका छन्, महिनौंदेखि प्रयोगहीन अवस्थामा छ।     रोगीहरू सुत्ने बेडमा बेडसेट छैन र्‍याल, सिंगान, खकार, मलम

गाउंलेलाई नियन्त्रणमा लिई निर्घात कुटपिट गरेको तपस्वी रामबहादुर बमजनको स्वीकारोक्ति

Image
प्रस, निजगढ, १० साउन/     लिटिल बुद्धको नाउंले ४ वर्ष अघि प्रचार पाएका तपस्वी रामबहादुर बमजनले यही बिहीवार दिउंसो १७ जनालाई नियन्त्रणमा लिई कारबाई स्वरूप थप्पड हानी छोडिदिएको स्विकारेका छन्। पीडितहरूले शनिवार स्थानीय प्रहरी चौकी जैतापुर र आइतवार जिल्ला प्रहरी कार्यालय, बारामा तपस्वी बमजनउपर कारबाईको माग गर्दै सामूहिक उजुरी दिएका थिए। घटनाबारे सत्यतथ्य बुझन सोही दिन करिब सांझ ४ः३५ बजे हलखोरियास्थित तपस्यास्थल पुगेको प्रहरी टोली एवं बाराका सञ्चारकर्मीहरूमाझ बम्जनले आफूमाथि लगाइएको कुटपिटको आरोप स्विकारेका छन्।      आफू बौद्धत्व प्राप्ति, अहिंसाको पक्षमा विश्व शान्तिको लागि कठोर तपस्या गरिरहेकोले झूटो नबोल्ने जनाउंदै तपस्या गरिरहेको स्थानमा आई अपरिचित समूहका दुइ समूह गरी १७ जनाले तपस्या भङग गर्न खोजेपछि प्रतिरक्षाका लागि पालैपालो थप्पड लगाएको बताए। सञ्चारकर्मीहरूद्वारा सोधिएको कारबाईका अन्य उपायहरू पनि हुन सक्थे, तपाईंले कुटपिटलाई नै किन रोज्नुभयो भन्ने प्रश्नको जवाफमा बमजनको उत्तर थियो ः उनीहरूको क्रियाकलाप देखेर कुटपिट गर्नुबाहेक अर्को विकल्प थिएन। तपस्यामा लीन भएको आसन नजिकै होहल्ला

सरकार निर्माणमा मधेसवादी दलको भूमिकाको अपेक्षा

-वीरेन्द्र यादव     माधवकुमार नेपालको सरकार राजीनामा दिएपछि नयां सरकार गठनबारे गहन छलफल भएको छ। यसमा मधेसवादी दलहरूको भूमिकालाई अर्थपूर्णरूपमा लिइएको छ। विगतका सरकार गठनमा खासै महत्त्व नदिए पनि तीन ठूला दलले यतिखेर मधेसवादी दलहरूलाई राम्रै महत्त्व दिएको भान हुन्छ। यतिखेर मधेसवादी दलहरू ठूला दलसंग मधेसको मुद्दा सम्बोधन गराउन अडान लिएर बसेका छन् भने मधेसवादी एउटा दलका नेता विजय गच्छेदारले आफूलाई प्रधानमन्त्रीको रूपमा दाबी गरेका छन्।     मधेसवादी नेताहरूले मधेसको समस्या सम्बोधन गराउने माग राखे पनि भित्री आशय सरकारमा राम्रो हिस्सा पाउने देखिन्छ। मधेसको मुद्दा सम्बोधन गर्ने माग राख्नु सकारात्मक कुरा भए पनि मन्त्री पद वा प्रधानमन्त्री पदको माग गर्नु भनेको विगतजस्तै मधेसको मुद्दालाई ओझेलमा पार्नु हो। मधेसको उलर्जालाई कमजोर पार्नु हो। मधेसी जनताको अपेक्षालाई उपेक्षा गर्नु हो। यद्यपि विगतका सरकारमा पनि मधेसको मुद्दा सम्बोधन गराउने अडान नराखिको होइन तर मधेसको मुद्दाको सिन्को पनि भांच्न सकेको देखिन्न। वर्तमान प्रधानमन्त्री मधेससित भएका सबै सहमतिमा मुख्य पक्ष मात्र छैनन् प्रधानमन्त्री बन्दाको अव

शौचालय संस्कारको अभाव

    शौचालय संस्कारको हामीकहां र्सवाधिक अभाव छ। खुला दिशा-पिसाब गर्ने नानीदेखिको बानी दलित वा निम्न आर्थिक स्तर भएका व्यक्तिहरूमा मात्र होइन, राणाहरूजस्ता सामन्तमा पनि शौचालयको अवधारणा धेरैपछि जब नेपालमा विदेशीहरू आउन थाले, पलाउन थालेको हो। गाउंघरमा आज पनि सम्भ्रान्त कहलिनेहरू खुलामा दिशा-पिसाब गर्दछन् दलित र आर्थिक अभाव भएकाहरूको के कुरा १ फरक यति हो कि हाम्रो समाजमा सम्भ्रान्त वा शिक्षितहरूले पछिसम्म पनि खुला दिशा-पिसाब बाटोघाटो छाडेर, घरबाट  टाढा मात्र गर्दथे। अहिले त गाउं-देहातबाट सम्भ्रान्त र शिक्षित मध्यम वर्गीय मानिसहरू शहरतिर पलायन भएपछि गाउंघरमा हिंड्न समेत मुश्किल पर्ने गरी बाटोको छेउ-छेउमा दिशा गर्ने चलन बढेको छ। खुला दिशा-पिसाब गर्ने बानी तर्राईमा मात्र होइन, पहाडमा पनि अद्यापि विद्यमान छ। गाउं-बस्तीको के कुरा वीरगंजजस्तो शहरको मूल बाटोमा बिहान हिंड्दा नाक मात्र होइन आंखा पनि छोपेर हिंड्नुपर्ने बाध्यता आज पनि देख्न सकिन्छ। मूलतः मानिसमा खुला दिशा-पिसाबबाट हुने हानिबारे ज्ञान नभएर र दोस्रो आर्थिक अभाव त छ नै।     हाम्रो समाजमा शौचालयमा दिशा-पिसाब गर्नुको अर्थ घरमा दिशा-पिसाब

पहुंच र आर्थिक अभावले ८० गाविसका दलितहरू शौचालयबाट वञ्चित

प्रस, पर्सा, ९ साउन/     पर्सा जिल्लाको ८२ गाविस र वीरगंज उपमहानगरपालिकाको १९ वडामध्ये दुइवटा गाविसका दलितहरूले मात्र शौचालय निर्माण गरेको तथ्य सार्वजनिक भएको छ। पर्सा जिल्लाको बिरुवागुठी र लालपर्साका दलितहरूले मात्र खुला दिसापिसाबविरुद्ध अभियानलाई सहयोग पुर्‍याउंदै शौचालय निर्माण गरेका छन्।     यी दुइ गाविसबाहेक हजारौंको सङ्ख्यामा पर्सा जिल्लामा रहेका दलितहरूले शौचालय निर्माण गरेका छैनन्। नेपाल रेडक्रस सोसाइटी, पर्साका अध्यक्ष श्याम पोखरेल दलित समुदायलाई सामूहिकरूपमा सार्वजनिक शौचालयको  व्यवस्था गरिनुपर्ने बताउंछन्।     उनको भनाइ अनुसार अर्ढाई हजारमा निर्माण हुने रिङ् ट्वाइलेट व्यवस्था गर्न दलितहरू आर्थिकरूपले अक्षम रहेका साथै केही सक्षम चाहि जग्गा नभएको तर्क दिंदै पन्छिने गरेका छन्।     सभापति पोखरेलले केही दलित बस्तीमा सामूहिक सार्वजनिक शौचालय निर्माण गरिए पनि त्यसको अनुगमन हुन नसकेकोले सोबारे तथ्य कुरा आउन नसकेको बताए। सामाजिक संस्था जिल्ला समन्वय समिति, पर्साका कार्यक्रम संयोजक बृजकिशोर पटेल जिल्लाको लालपर्सा र बिरुवागुठीलाई खुला दिसापिसाबमुक्त गाविस घोषणा गर्दा दलितहरूले समेत

कुटपिट गरेकोमा तपस्वीविरुद्ध उजुरी

प्रस, कलैया, ९ साउन/     बारा सदरमुकाम कलैयास्थित जिल्ला प्रहरी कार्यालयमा आइतवार न्याय माग्न बारा मनहर्वाका १७ जना आइपुगेका छन्। हलखोरिया जङगलमा निराहार तपस्यारत  तपस्वी रामबहादुर बम्जनले कुटेको भन्दै उनीहरू यहां आएका हुन्।     यसरी  पीडित भई  कलैया आएकाहरूमा मनहर्वाका गौरीशड्ढर चौधरी, राजेश माझी, विजेन्द्र चौधरी, सनेशी चौधरी, श्रीराम चौधरी, भदई चौधरी, सन्तु चौधरी, चैत माझी, श्रवण चौधरी, प्रल्हाद चौधरी, पासपत चौधरी, परदेशी चौधरी, हरि चौधरी, देवनाथ चौधरी, समफुल माझी, आशा माझी,  राजमन माझी रहेका छन्। आफूहरूलाई  बिहीवार दुइ बजे नियन्त्रणमा लिई कुटपिट गरी शुक्रवार १२ बजे मध्याह्न  तपस्वीले छाडेको पीडितहरूले कलैयामा बताएका छन्।     तपस्वीले गएको मङ्सिरमा लागेको श्री गढीमाई मेलामा बोका बली किन दिइस् भन्दै कुटपिट गरेको उनीहरूको भनाइ छ। तपस्वी भनेर उनको प्रतिकार नगरेको पीडितहरूले बताए। तपस्वीले अधिकांशको टाउको एवं शरीरको अन्य भागमा लाठी एवं हातले कुटेको र नीलडामसमेत बनाएको पीडितहरूको आरोप छ। घटनाबारे अध्ययन अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ। कुटपिटबारे पीडितहरूले जै

गुरु पूर्णिमामा बौद्ध समितिद्वारा सम्मान कार्यक्रम

प्रस, पर्सा, ९ साउन/     वीरगंज बौद्ध समिति भिस्वा महाचैत्यको आयोजनामा आज गुरु पूर्णिमाको अवसरमा गुरु पूजन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। वीरगंज उद्योग वाणिज्य सङ्घको सभाकक्षमा आयोजित समारोहलाई सङ्घका पूर्वअध्यक्ष एवं समाजसेवी उद्योगपति बाबूलाल चाचानले पानसमा बत्ती बालेर उद्घाटन गरेका थिए।         प्रमुख अतिथि चाचानले गुरुलाई स्मरण गरी सम्मान गरिने यस दिनलाई विशेष महत्त्व साथ लिनुपर्ने बताए। बौद्धसमिति पर्साका अध्यक्ष वीरहर्ष शाक्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वीउवासङ्घका अध्यक्ष ओमप्रकाश सिकरिया, हीरालाल केडिया, पशुपति व्रि्रम शाह, डा. भीमचरण थापा र केदारमान श्रेष्ठलाई सम्मानित गरिएको थियो। यसैगरी यस वर्ष एसएलसीमा पर्साबाट सर्वोत्कृष्ट अड्ढ ल्याएर उत्तीर्ण भएका दिपेन्द्र गुप्ता र किरण गुप्तालाई सम्मानित गरिएको थियो।     कार्यक्रममा डा. दिपक शाक्य, मोहनलाल राजपाल, अशोक बैदलगायतले मन्तव्य व्यक्त गरेका थिए भने स्वागत भाषण इन्द्रमान रञ्जितकार र सञ्चालन बालमुकुन्द खरेलले गरेका थिए। हेटौडा/     गुरुप्रति श्रद्धा अर्पण गरी आइतवार गुरुपूर्णिमा मनाइएको छ।     महाभारत, श्रीमद्भा