$type=ticker$count=12$cols=4$cate=0

बारामा काठ चोरी तस्करीका घटना बढ्यो

SHARE:

प्रस, निजगढ, २० फागुन/
दिनरात वन सुरक्षाका लागि खटिएका वन कर्मचारीहरूले गस्ती गरिरहे पनि बाराको वन क्षेत्रमा पेशेवर काठ चोर तस्करहरूले रूख ढाल्दै गोलिया चोरी तस्करी गर्ने गरेका छन्।
डिभिजन वन कार्यालय सिमरा र मातहतका सशस्त्र वनरक्षक, वनरक्षक, वन कर्मचारीहरूले काठ चोरी तस्करीमा संलग्नहरूलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको र केही सफलता पनि पाएका छन्।
तस्कररूले काठको तस्करी लुकीछिपी, छक्याएर गर्ने गर्छन्। चोरी तस्करी हुने वन पैदावार अन्त्यमा गाउँबस्तीमैं ल्याएर प्रयोग गर्ने गर्छन्। अवैध कार्य गर्नेहरूविरुद्ध सचेत स्थानीयहरूले समयमैं सूचना वन संरक्षणकर्मीहरूलाई दिन बेवास्ता गर्दा वा आफूलाई असुरक्षित महसूस हुने भएकाले पनि सम्बन्धित निकायसम्म सूचना पुग्दैन। यसले गर्दा काठ तस्करहरूको मनोबल बढेको पाइन्छ।
गत आर्थिक वर्ष २०७६/०७७ मा ३२ वटा वन मुद्दा दायर भएको थियो। जसमा २२ वटा डिभिजन वन कार्यालयमा र १० वटा बारा जिल्ला अदालतमा दायर भएको थियो। काठ चोरी तस्करी बढेपछि वन मुद्दाको सङ्ख्यासमेत बढेको डिभिजन वन कार्यालय बाराको तथ्याङ्कले देखाएको छ।

गत आर्थिक वर्ष २०७६/०७७ मा १ हजार २८२.४३ क्यूफिट काठ चोरी तस्करी भएको तथ्याङ्कले देखाएको छ भने चालू आव २०७७/७८ मा फागुन तेस्रो सातासम्म ६ महीनाको अवधिमा १ हजार ९८३.५३ क्यूफिट काठ चोरी तस्करी भएको तथ्याङ्कले देखाएको छ। तथ्याङ्क अनुसार बाराको वनजङ्गलमाथि चोर तस्कर समूहले निरन्तर आक्रमण गरिरहेको छ।
काठ, गोलिया चोरी तस्करीमा वृद्धि हुनुमा एकातिर लामो समयसम्म लकडाउन रहनु र अर्कोतिर सरकारले एक वर्षसम्म काठ बिक्री वितरण गर्न आदेश नदिंदा काठको माग बढेर वनबाट काठ, गोलियाको चोरी तस्करी बढ्न गएको डिभिजन वन कार्यालय बाराका प्रमुख एवं डिएफओ मन्जुर अहमदले बताए।
लामो लकडाउनमा अधिकांश बेरोजगारी भए। तत्कालका लागि उनीहरूको आम्दानीका स्रोत बन्द भयो। गाउँ, जिल्ला, प्रदेश र देश बाहिर रोजगारमा रहेकाहरू पनि गाउँबस्तीमा फर्किए। विगतमा काठ चोरी तस्करी कार्य छोडेका व्यक्तिहरू पनि पुनः यस कार्यमा फर्किएकाले पनि यस वर्षको ६ महीनामैं गत वर्षको तुलनामा काठ चोरी तस्करीका घटना दोब्बर भएको डिएफओ अहमदले बताए।
“वन कार्यालयमा रहेको साधन स्रोतलाई अधिकतम प्रयोग गरी २४सैं घण्टा दिनरात गस्ती, निगरानी बढाइरहेका छौं। नाकाहरू धेरै छन्। काम गर्दागर्दै पनि सोचे अनुसारको प्रतिफल पाउन त्यस बेला सकेनौं। अहिले स्थिति वन संरक्षणको हकमा सुदृढ हुँदै गइरहेको छ,” उनले भने। तर सङ्घीय वन मन्त्रालयले एक वर्षयतादेखि काठ कटान र बिक्री वितरणमा लगाएको रोक फुकुवा नगर्दा अझै पनि चोरी तस्करीका घटना तत्कालै नघट्ने उनले बताए।
“हामीले संरक्षणको पाटोमा सक्दो प्रयास गरिरहेका छौं। वनजङ्गलमा गाडी नै हुलेर काठ चोरी तस्करी हुन सक्ने कुरालाई मध्यनजर गर्दै राजमार्ग, सडकहरूको सम्भावित स्थानहरूमा खाडल अर्थात् ट्रेन्च खनेका छौं,” डिएफओ अहमदले भने।
वन पैदावारको माग र आपूर्तिलाई जबसम्म सन्तुलन हुने गरी काम गरिंदैन, तबसम्म यस्ता समस्या आइरहने अधिकांश वनकर्मीको भनाइ छ। वन संरक्षणको पाटोमा केहीबाहेक अधिकांश पुरानै वन ऐन, नियम सक्रिय रहेकाले पनि संरक्षणको पाटो बलियो हुन सकेको देखिंदैन। वन संरक्षणका लागि सशस्त्र वनरक्षक भर्ना लिन सरकारले अझै चासो देखाएको छैन। केही वर्षदेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी, सेनाबाट अवकाश पाएकाहरू करार सेवामा वनको संरक्षणमा छन्।
“जबसम्म वन सुरक्षाका लागि आवश्यक जनशक्तिसँगै कानूनलाई परिमार्जन गरी विशेष वन सुरक्षा योजना लागू गरिंदैन, तबसम्म तराई–मधेसको वनजङ्गल संरक्षण गर्न सहज नहुने वनविज्ञहरू बताउँछन्।

neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : बारामा काठ चोरी तस्करीका घटना बढ्यो
बारामा काठ चोरी तस्करीका घटना बढ्यो
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEg3Us1YZL2sMukQpnOWvI_ov5wdae5IIafx3OwAdo_cktn1DO58L7bI7_o9QXjPbEFlugdnzxbQDIOsHeHZ61ZB3VUjEGD2Xk-EVgXl9GJJcwIjKROOFaau9PX_79TfYWcL2cn1sPX9xWXI/w640-h306/kath.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEg3Us1YZL2sMukQpnOWvI_ov5wdae5IIafx3OwAdo_cktn1DO58L7bI7_o9QXjPbEFlugdnzxbQDIOsHeHZ61ZB3VUjEGD2Xk-EVgXl9GJJcwIjKROOFaau9PX_79TfYWcL2cn1sPX9xWXI/s72-w640-c-h306/kath.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2021/03/blog-post_88.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2021/03/blog-post_88.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy