$type=ticker$count=12$cols=4$cate=0

अद्र्धनारीश्वरदेखि दुईलिङ्गी चरोसम्म

SHARE:


 

 

 

 

 

 

 

 

 

 

सञ्जय मित्र

मनुस्मृतिमा एउटा श्लोक यस्तो छ ः
    द्विधा कृत्वाऽऽत्मनो देहमर्धेन पुरुषोऽभ्यत्ः।
    अर्धेन नारी तस्यां स विराजमसृजत्प्रभुः।।
    यसको भावार्थ के बताइएको छ भने ब्रह्माले आफ्नो शरीरलाई दुई भाग गरी आधाबाट पुरुष र आधाबाट नारी बनाएर त्यसमा विराट् पुरुषको सृष्टि गरे।
    मानिसको सृष्टि वा सिर्जना कसरी भयो वा मानिसको विकासक्रम के हो भन्ने विषयमा अनेक वादविवाद रहेको छ। धर्मशास्त्र र विज्ञानले फरक–फरक तर्क राख्दै आएका छन्। मानवको उत्पत्ति कसरी भयो भन्ने विषयमा अनेक तर्क र बहसहरू लामो समयदेखि चल्दै आएको सत्य हो। सबै तर्क र सिद्धान्तलाई मान्नेहरू छन् र सबैमाथि प्रश्न उठाउनेहरू पनि छन्।
    मनुस्मृतिको उपर्युक्त श्लोकबाट एउटा कल्पना उभिन्छ कि ब्रह्मामैं स्त्री र पुरुष दुवैको शक्ति थियो। ब्रह्मालाई सामान्यतया वृद्ध पुरुषको रूपमा चित्राङ्कन गरिएको पाइन्छ र यस श्लोकमा भनिएको जस्तो प्रस्तुति सितिमिति कुनै प्रसङ्गमा गरिएको पाइन्न। तर मनुस्मृति पनि हिन्दू धर्म–दर्शनमा दख्खल राख्ने ग्रन्थ भएकोले एकैचोटि ठाडै अस्वीकार गर्न पनि सकिन्न। यस ग्रन्थले ब्रह्मा एकै देवतामा नारी र पुरुष दुवै रूप भएको अवस्थाको स्पष्ट सङ्केत गरेको देखिन्छ।
    हुनत ब्रह्मालाई सृष्टिकर्ता पनि भनिन्छ। मनुस्मृतिले पनि ब्रह्मालाई सृष्टिकर्ता मानेको छ। हिन्दू धर्मका अन्य शास्त्रहरूले पनि यस कुराप्रति सम्मति जनाएका छन्। स्रष्टामा मातृभाव हुन्छ। यसै कारण एक सर्जकलाई जननी पनि भनिन्छ। कुनै कला, साहित्य वा अन्य नवीन सिर्जना गर्नेलाई सर्जक वा स्रष्टा भन्नुका साथै त्यसका जननीको भाव भन्नुको तात्पर्य यो पनि हुन्छ कि त्यस सिर्जनाको रचना गर्भ के हो ? यसरी मातृत्वभाव खोजिएको वा भएको हुनु स्वाभाविक हो। यस अर्थमा कुनै पनि सिर्जनाका सर्जक महिला वा पुरुष जो भएपनि उनमा मातृभाव हुन्छ भन्ने देखिन आउँछ। भन्नुको तात्पर्य नारीमा पनि पुरुषको भाव र पुरुषमा पनि नारीको भाव हुन्छ। यही भावको अवस्थालाई ब्रह्माको कल्पना त्यसरी अद्र्धनारी वा अद्र्धपुरुषको मनुस्मृतिमा गरिएको होला वा मान्यता स्थापना भएको होला भन्ने अनुमान लगाइन्थ्यो। यसै सन्दर्भमा यो पनि उल्लेखनीय रहेको छ कि अद्र्धनारीश्वर भनेर सामान्यतया शिवलाई बुझाउँछ। हिन्दू शास्त्रहरूले अद्र्धनारीश्वरको कल्पना शिव र पार्वतीमा पनि गरेका छन्।

    बजारमा सम्पूर्ण शरीरको एक भाग नारी र अर्को भाग पुरुष गरी एकै मानिसको स्वरूपमा शिव–पार्वतीको चित्र पाइन्छ। यस किसिमको चित्रले चित्रकारको विशिष्ट कल्पनालाई मात्र दर्शाउँदैन, हिन्दू मिथक वा शास्त्रलाई पनि स्पष्ट पार्दछ। अझ कतिपयले त अद्वैतवादको नमूना भनेर पनि प्रस्तुत गर्दछन्। यस रूपको पनि पूजा हुने गरेको छ र भारतको हिमाञ्चल प्रदेशको काँगडा जिल्लामा अद्र्धनारीश्वर महादेवको मन्दिर रहेको जानकारी पनि पाइन्छ। अर्थात् अद्र्धनारीश्वरको कल्पनालाई धार्मिक यथार्थमा पनि पाइएको छ। एकै शरीरमा आधा नारी र आधा पुरुषको कल्पनालाई पुष्टि गर्ने एउटा वैज्ञानिक घटना पनि हालै देखिएको छ, त्यो पनि अमेरिकामा।
    एउटै शरीरमा भाले र पोथीको रङसहित अन्डाशय र डिम्बाशय दुवै अङ्गसमेत भएको चरा निकै दुर्लभ भएको छ तर दुवै लिङ्गी चरा भएको नर्थन कार्डिनल चराको बारेमा अमेरिकाका चराविद् जेमी हिलले हालै फोटो र अन्य जानकारी सार्वजनिक गरेका छन्। विगत करीब पाँच दशकदेखि चराको अध्ययन गरिरहेका जेमी हिलले दुवै लिङ्गी चरा भेटिनु निकै दुर्लभ भएको बताएका छन्। वंशानुगतरूपमैं दुई लिङ्गको यो चराको रङ बायाँमा भाले अङ्ग तथा दायाँमा पोथी अङ्ग रहेको पाइएको सार्वजनिक गरेका छन्। जेमी हिलको कुरालाई वेस्टर्न इलनोई विश्वविद्यालयका प्राध्यापक एवं अध्येता ब्रायन पियरले यस्तो असम्भव नभएको बताएका छन्।
    विज्ञानमाथि आँखा चिम्लेर विश्वास गर्ने वा धर्ममाथि आँखा चिम्लेर विश्वास गर्ने दुवै फरक तर्क हुन सक्छन् तर जब दुवैले एकसाथ कुनै कुरालाई बताउँछन् भने मान्नुपर्ने हुन्छ कि धार्मिकशास्त्रका तर्कहरूमा सत्यता छ। मनुस्मृतिले ब्रह्माको आदि स्वरूपमा नारी र पुरुष दुवै भएको लेखेको, शिवका अनुयायीहरूले शिवलाई अद्र्धनारीश्वर मानेर त्यस स्वरूपको चित्रादि प्रचलनमा ल्याइसकेको मात्र नभई यस प्रकारको मन्दिरमा आदि युगदेखि पूजा हुँदै आएको र विज्ञानको उत्कर्ष मानिएको यस युगमा आएर अमेरिकामा नै दुई लिङ्गी चरो फेला परेको प्रसङ्गले कतै नयाँ सम्भावनाको ढोका उघारेको त छैन ? कतिपयले त के अनुमान लगाउन थालेका छन् भने हिन्दूशास्त्रहरूमा वर्णन गरिएका नृसिंह (आधा नर र आधा सिंह) तथा त्यस्तै गणेश (आधा नर र आधा हात्ती) तथा दुवै स्वरूपमा पनि प्रवृत्तिगत भिन्नताको पनि अध्ययनले कुनै दिन पुष्टि गर्न सम्भव छ। यो कुनै धार्मिक मनोरञ्जन वा लेखकले आफ्नो दर्शनलाई स्पष्ट पार्न पाठकको ध्यानाकृष्ट गर्ने किसिमको फरक शरीरको पात्र सिर्जना गरेका होइनन्। यी दुवै स्वरूपको कल्पनालाई पनि कुनै दिन विज्ञानले प्रमाणित गर्न सक्ने सम्भावनातर्फ सङ्केत गर्दछ। र जबसम्म यो प्रमाणित हुँदैन, तबसम्म तटस्थ किसिमले स्वीकार गर्नुपर्ने तर्क राख्छ।
    अमेरिकी चराविद् जेमी हिलको खोजले पूर्वीय संस्कृतिका केही मान्यतालाई पुष्टि गरेको छ त ?

neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : अद्र्धनारीश्वरदेखि दुईलिङ्गी चरोसम्म
अद्र्धनारीश्वरदेखि दुईलिङ्गी चरोसम्म
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiwktjn0Ip0NWFNJl1G-Rduc1crvUfqaV7gMXIoGGqDT_5Odm08jn_fvZBMMAMuuyzNs1tl-9r8dCeVojxdsmZckkbZNE9FvWXkzRvDrNmEU0_Tcdkl9QI_rDRL7f9gBUoZDIEL4lbp8nrD/w272-h320/sanjay.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiwktjn0Ip0NWFNJl1G-Rduc1crvUfqaV7gMXIoGGqDT_5Odm08jn_fvZBMMAMuuyzNs1tl-9r8dCeVojxdsmZckkbZNE9FvWXkzRvDrNmEU0_Tcdkl9QI_rDRL7f9gBUoZDIEL4lbp8nrD/s72-w272-c-h320/sanjay.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2021/03/blog-post_60.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2021/03/blog-post_60.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy