$type=ticker$count=12$cols=4$cate=0

बेरोजगारीको लागि हाम्रो शिक्षा नीति दोषी छ

SHARE:



 

 

 

 

 

 

 

 

विश्वराज अधिकारी

हाम्रो समाज, परम्परा र संस्कृतिले श्रमलाई इज्जत दिंदैन। कामलाई पनि सानो र ठूलो भनेर विभेद गर्छ। कुर्सीमाथि बसेर गरिने कामलाई ठूलो मान्दछ र त्यो कामलाई इज्जत दिन्छ। प्रत्यक्षरूपमा शारीरिक श्रम खर्च गरेर गरिने र समाजले तल्लो किसिमको काम भनेर वर्गीकृत गरेको कामलाई सानो काम मान्ने गर्छ र त्यस्तो कार्य गर्नेलाई पट्टकै इज्जत दिंदैन। “पढ्नु गुड्नु साढे बाइस, हलो जोती नाम कमाइस,” यो धारणा हाम्रो समाजमा अहिले पनि व्याप्त छ। सबैको पेट भेर्ने जस्तो महान् कार्य गर्ने, हलो जोत्ने कार्य गर्नेलाई हाम्रो समाजले अहिले पनि इज्जत दिंदैन। हलो जोत्नुलाई तुच्छ कार्य मान्दछ।
कामलाई हेर्ने सामाजिक दृष्टिकोण अनुसार कुनै कामलाई सानो मानिएको छ भने त्यस किसिमको काम गर्नेले समाजबाट इज्जत पाउँदैन तर कुनै कामलाई ठूलो मानिएको छ भने त्यस किसिमले काम गर्नेले इज्जत पाउँछ। यो कारणले गर्दा जहिले पनि व्यक्तिहरू ठूलो र इज्जतदार कहलिएको काम गर्न इच्छुक हुन्छन् तर रोजगारको प्रशस्त सम्भावना भए तापनि तल्लो कहलिएको काम गर्न तयार हुँदैनन्। बरु बेरोजगार बस्न तयार हुन्छन् तर सानो कहलिएको काम गर्न तयार हुँदैनन्। यदि नेपालमा रोजगार पट्कै नहुँदो हो भने भारतबाट ठूलो सङ्ख्यामा आएका व्यक्तिहरूले नेपालमा रोजगार पाउने प्रश्न नै उठ्ने थिएन। यस प्रकार नेपालमा ऐच्छिक बेरोजगारी पनि ठूलो समस्याको रूपमा रहेको छ। अर्थात् आफूले चाहे अनुसारको काम नपाएकोले र सानो कहलिएको कार्य नगरेकोले पनि नेपालमा बेरोजगारीको स्थिति देखिएको हो।
नेपालमा बेरोजगारी वृद्धि गर्नमा प्रचलित शिक्षा पद्धति पनि उत्तिकै दोषी छ। नेपालका विश्वविद्यालय, कलेज र विद्यालयहरू पनि उत्तिकै दोषी छन्। यी शैक्षिक संस्थाहरूले रोजगार वृद्धि गर्नमा कुनै पनि किसिमका भूमिका खेलेका छैनन्। रोजगार वृद्धि गर्नु आफूहरूको दायित्व हो भन्ने कुरा बुझेका छैनन् र आफूलाई केवल कोरा तथा सैद्धान्तिक शिक्षा दिने संस्थाहरूको रूपमा सीमित पारेका छन्। हाम्रा विद्यालयहरू प्राचीनकालका गुरुकुल जस्ता छन्। ज्ञान दिन्छन् तर रोजगार पाउने बाटो देखाउँदैनन्।
सबै शिक्षा केवल ज्ञानका लागि हुन आवश्यक छैन। केही शिक्षा रोजगार पाउन सजिलो पारिदिने किसिमको पनि हुनुपर्छ। त्यति मात्र होइन शिक्षा त्यस्तो हुनुपर्छ, जसले व्यक्तिलाई स्वरोजगार हुनु सहयोग पु–याओस्। व्यक्तिले पाएको शिक्षाले उसलाई स्वयंले रोजगार सृजना गर्न सिकाओस्। रोजगार पाउन सजिलो पारिदेओस्। यो आधुनिक व्यापारिक युगमा रोजगारविना कुनै पनि व्यक्ति बाँच्न सत्तैmन। रोजगार जीवनको महत्वपूर्ण तत्व हुन पुगेको छ।
शिक्षाले स्वरोजगार हुन सिकाउने मात्र होइन शिक्षाले नयाँ–नयाँ किसिमका व्यापारहरू सृजना गर्न पनि सिकाउनुपर्छ। विज्ञान र प्रविधिको निरन्तर विकाससँगै नयाँ–नयाँ किसिमका व्यापारका अवसरहरूको पनि विकास भइरहेका हुन्छन्। त्यस किसिमका नयाँ–नयाँ व्यापारका अवसरहरूको पहिचान गर्न र व्यापार सञ्चालन गर्न प्राप्त शिक्षाले व्यक्तिलाई सहयोग पु–याउनुपर्दछ। उदाहरणको लागि अहिले बजारमा इलेक्ट्रोनिक सामानको ठूलो प्रभाव एवं आपूर्ति छ। कम्प्युटर, मोबाइल, आइपैड बजारमा ठूलो सङ्ख्यामा देख्न सकिन्छ। यस्ता इलेक्ट्रोनिक डिभाइसको बजारमा ठूलो सङ्ख्यामा उपस्थिति भएको कारणले ती डिभाइसहरू बिग्रेमा बनाउने नयाँ व्यापारिक अवसरको सृजना पनि भएको छ।
यसरी प्रत्येक दिन विज्ञान एवं प्रविधिमा विकास भएसँगै नयाँ–नयाँ किसिमका व्यापार गर्न सकिने अवसरको पनि विकास भइरहेको हुन्छ। तर हाम्रो शिक्षा पद्धतिले त्यस किसिमका व्यापारका अवसरहरूको पहिचान गर्न आफ्ना विद्यार्थीहरूलाई सघाउन सत्तैmन र पुरातन किसिमले, परम्परागतरूपमा गरिरहेको काम गर्न प्रेरित गर्छ। नयाँ–नयाँ व्यापारको खोजी गर्न सीप र ज्ञान दिन सत्तैmन।

हाम्रो शिक्षा पद्धतिले सरकारी जागीर गर्न प्रेरित गर्छ। सरकारी जागीरमा ज्यादै इज्जत रहेको अनुभव गराउँछ। यो कारणले गर्दा पनि कुनै सरकारी पदको लागि आवेदन माग गर्दा रिक्त स्थान पचास छ भने पचास हजार निवेदन उक्त रिक्त पदका लागि पर्न आउँछ। हाम्रो शिक्षा पद्धतिले रोजगार सृजना गर्न सहयोग पु–याउने भइदिएको भए, यस्तो स्थिति हुने थिएन। अमेरिका तथा युरोपका देशहरूमा विद्यालय एवं विश्वविद्यालयहरूले विद्यार्थीहरूलाई स्वरोजगार हुन सिकाउने मात्र होइन नयाँ–नयाँ व्यापार सृजना गर्ने ज्ञान पनि दिन्छन्। अमेरिका र युरोपका कलेजहरूमा राजनीति हुँदैन। न त विद्यार्थीहरूले कुनै दलको झन्डा नै बोकेका हुन्छन्।
हाम्रो शिक्षा नीति तथा सामाजिक एवं राजनीतिक वातावरणले गर्दा नेपालका सरकारी कलेजहरू राजनीति गर्ने थलो बनेका छन्। नेता उत्पादन गर्ने कारखाना बनेका छन्। कार्यकर्ता उत्पादन गर्ने कारखाना बनेका छन्। कस्तो विडम्बना १ कलेजहरू रोजगार सृजना गर्ने स्रोतको रूपमा हुनुपर्नेमा उल्टो नेता तथा कार्यकर्ता उत्पादन गर्ने कारखाना हुन पुगेका छन्। नेपालका सरकारी कलेजहरूमा अति नै राजनीति हुन्छ। कलेजहरूमा विद्यार्थी मात्र होइन, शिक्षकहरूले पनि सक्रिय राजनीति गर्छन् र कुनै खास दलको झन्डा बोक्छन्।
अहिले कलेजहरू नेताहरूको कार्यकर्ता उत्पादन गर्ने थलो हुन पुगेका छन्।
नेपालका कलेजहरूमा “रोजगार मेला” (व्यद Fबष्च), वृत्ति मेला (ऋबचभभच Fबष्च), अनुसन्धान वा आविष्कार मेला भएको विरलै हेर्न वा सुन्न पाइन्छ। तर विकसित देशहरूमा कलेजहरूले आफ्नो स्थलमा रोजगारदाताहरूलाई आमन्त्रित गरेर आफ्नो विद्यार्थी र रोजगारदाताबीच सम्पर्क गराउँछन्। यसरी कलेजहरूले विद्यार्थीहरूलाई रोजगार खोज्न र रोजगारी हुन सहयोग पु–याउँछन्। व्यापारिक एवं वैज्ञानिक महत्वका नयाँ–नयाँ आविष्कार गर्न कलेजहरूले विद्यार्थीहरूलाई उत्प्रेरित गर्छन्। यो कार्य गर्नका लागि आविष्कार वा अनुसन्धान मेलाको आयोजना गर्छन्। विद्यार्थीहरूलाई रचनात्मक हुन उत्प्रेरित गर्छन्।
यतिमात्र होइन, कलेजहरूले राष्ट्रिय रोजगारको स्थितिमाथि निरन्तर दृष्टि राखेका हुन्छन् र कुन विषय पढ्दा सजिलै र राम्रो आम्दानी हुने जागीर पाउन सकिन्छ, त्यसबारेमा आफ्ना विद्यार्थीहरूलाई सल्लाह दिन्छन्। अर्थात् कलेजहरूले रोजगार बजारको नियमित किसिमले अनुगमन गर्छन्। कलेजहरूले आफूकहाँबाट दीक्षित भएर जानेहरूले छिटो रोजगार पाऊन् भन्ने उद्देश्य राखेका हुन्छन्। त्यसै अनुसार जागीर पाउन सजिलो होस् भन्ने किसिमको पाठ्यक्रम तयार पारेका हुन्छन्। सम्रगमा भन्ने हो भने विकसित देशको शिक्षा नीतिले रोजगारलाई माथिल्लो प्राथमिकतामा राखेको हुन्छ। अत्यधिक महत्व दिएको हुन्छ।
मुलुकमा बेरोजगारी वृद्धि गर्नमा हाम्रो सामाजिक वातावरणको भूमिका पनि कम छैन। नेपालमा हुँदा कुनै एक व्यक्तिले पिएचडी गरिरहेको छ भने उसले कुनै होटलमा ‘वेटर’को काम गर्नु उक्त व्यक्तिको लागि ठूलो बेइज्जतीको विषय हुन पुग्छ। त्यस कारण उसले आम्दानी गुमाएर भएपनि वेटरको काम गर्दैन। तर उही व्यक्ति यदि अमेरिका आएको छ भने उसले त्यो वेटरको काम खुशीका साथ गर्छ। आफ्नो इज्जत गएको महसूस पनि गर्दैन। किनभने अमेरिकामा कसले के काम गरिरहेको छ भनेर कसैले चासो राख्दैन। अमेरिकी समाजले कामलाई विभेदी नजरले हेर्दैन पनि। हरेक कामको लागि समान इज्जत छ, अमेरिकी समाजमा।
हामीलाई हाम्रो शिक्षा नीति, सोच, व्यवहार आदिले नै गरीब तुल्याएको हो। हामीले हाम्रो पुरातन सोचमा परिवर्तन नल्याएसम्म गरीबीको कुचक्रबाट हामीले मुक्ति पाउन सम्भव छैन।
नेपालमा राजनीति बढी हुनु, विद्यार्थीहरू चाहिनेभन्दा बढी राजनीतिमा सक्रिय हुनु, कलेजहरू राजनीतिक दलका कार्यकर्ताहरूको सम्पर्क कार्यालय हुनु, शिक्षकहरू पनि राजनीतिमा लाग्नु जस्ता समस्याहरू हाम्रो शिक्षा नीति एवं सामाजिक वातावरणको कारणले गर्दा उत्पन्न भएका हुन्। र यी कुराहरू आर्थिक विकासका बाधक हुन्।
हामीले हाम्रो शिक्षा नीतिमा व्यापक सुधार ल्याउन आवश्यक छ। विश्वविद्यालय तथा कलेजहरूका विद्यार्थीहरू कुनै राजनीतिक दलको निकट हुने संस्कृतिको अन्त्य गर्न आवश्यक छ। कलेजहरूलाई रोजगार वृद्धि गर्ने स्रोतको रूपमा विकास गर्न आवश्यक छ। कामप्रतिको हाम्रो सामाजिक सोचमा परिवर्तन ल्याउन आवश्यक छ।

neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : बेरोजगारीको लागि हाम्रो शिक्षा नीति दोषी छ
बेरोजगारीको लागि हाम्रो शिक्षा नीति दोषी छ
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhYvJpfUrAQBbxMlSY79YC0NFa_3imuJ51Ms-wz4crYZSjpAPOGtsXsc4iQjBVqO3YV3D_crsAdeho5CukywLkBhEx0XEqaysWbrEQNirEhNZAGUJ_WF7_onnI-_8bcCkrJOOzmFeh-e7D0/w290-h320/bishwraj.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhYvJpfUrAQBbxMlSY79YC0NFa_3imuJ51Ms-wz4crYZSjpAPOGtsXsc4iQjBVqO3YV3D_crsAdeho5CukywLkBhEx0XEqaysWbrEQNirEhNZAGUJ_WF7_onnI-_8bcCkrJOOzmFeh-e7D0/s72-w290-c-h320/bishwraj.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2021/03/blog-post_31.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2021/03/blog-post_31.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy