$type=ticker$count=12$cols=4$cate=0

संवैधानिक विवादको निकासको आधार

SHARE:


अधिवक्ता वीरेन्द्रप्रसाद यादव

संविधान र कानून दुवै नियम नै हुन्, जसले मुलुकलाई विधिको शासनमा संलग्न गर्न र नागरिक, सरकार, कानूनी व्यक्ति समेतको आचरण–व्यवहारलाई नियमन गर्न भूमिका निर्वाह गर्छ। कानूनबाट नै सबै बराबर हुन्छन्, सबैले आफ्नो अधिकार पाउँछन्। कसैले कसैलाई थिचोमिचो गर्न पाउँदैन। मानव सभ्यताको प्रारम्भिककालदेखि नै कानूनहरू छन् तर ती बेलाका कानून प्रकृति नियोजित कानूनहरू थिए। जसले प्राकृतिलाई नियमबद्ध गरेको थियो। जस्तै दिनरात हुनु, जाडोमा जाडो हुनु। रूखहरूमा ऋतु अनुसार फूल फुल्नु, फल लाग्नु, जनावरहरूले ऋतु अनुसार प्रजनन गर्नुलगायत। जसलाई प्राकृतिक कानून भनिन्छ। यसको महत्व आज पनि कम छैन।
प्राकृतिक कानूनको सिद्धान्तलाई विधिशास्त्रहरूले मात्र होइन, मानव निर्मित कानूनमा पनि उत्तिकै महत्व दिएको छ। प्राकृतिक कानूनहरू मोरालिटी र इथिक्सको आधारमा लागू हुने भए पनि प्राकृतिक कानूनको सिद्धान्तलाई आधुनिक मानव निर्मित कानूनहरूले पनि छोड्न सकेको अवस्था छैन। जस्तै आरोपीलाई सफाइको मौका दिनु, आफ्नो मुद्दामा आफैं न्यायाधीश हुन नपाउनु आदि। प्राकृतिक कानूनमा दण्ड दिने प्रावधान नभए पनि पाप र पुण्यको डरले मानिसले आचरण–व्यवहार छोड्दैनथे। प्रजातन्त्रको जननी मुलुकको रूपमा रहेको बेलायतको म्याग्नाकार्टाबाट नै लिखित कानून एवं संविधानको शुरूआत हुन पुग्यो। जसमा अमेरिकाको संविधानलाई पहिलो लिखित संविधान मानिएको छ। यद्यपि बेलायतमा अहिले पनि छुट्टै एकत्रित संविधान छैन। बेलायतमा संविधान नै छैन। अलिखित संविधान भन्ने गरिएपनि बेलायतमा लिखित संविधान पनि छ। बेलायतको संविधानले नै धेरै मुलुकमा संविधान बनाउने प्रेरणा एवं मार्ग प्रशस्त गरेको पनि यथार्थ हो। यसर्थ बेलायत संविधानविहिन मुलुक नभई विभिन्न दस्तावेजमा छरिएर रहेको संविधानसहितको मुलुक हो। जे होस् संविधान पनि कानून नै हो, तर संविधान मूल कानून हो भने संविधानको मातहतमा संविधान मुताबिक गठन भएको विधायिकाले बनाएको  नियमलाई कानून मानिन्छ। तर यो संवैधानिक प्रावधानभन्दा माथि हुन सक्दैन।

संवैधानिक प्रावधानभन्दा बाहिर गएर विधायिकाले बनाएको कानून स्वतः बदर हुन्छ। संविधानको प्रावधान नै कायम रहन्छ। यसैले संविधानलाई मूल कानून मानिन्छ। संविधान पटकपटक बन्दैन तर कानून प्रायः बनिरहन्छ। यसर्थ मूल कानूनले नै राज्यका अङ्गहरूको अधिकार र कर्तव्य निर्धारण गर्नुका साथै  नागरिकको अधिकारको व्यवस्था एवं रक्षा गरेको हुन्छ। संविधानबाटै शासन व्यवस्था सञ्चालन हुने भएको र जनताको चाहना पूरा गर्ने भएको हुँदा कहिलेकाहीं संवैधानिक प्रावधानको व्याख्या र बुझाइमा विवाद उत्पन्न हुने गर्छ, जसले निकै उथलपुथल मचाउँछ। अहिले हाम्रो मुलुकमा त्यहीं अवस्था छ। प्रधानमन्त्रीले संसद् विघटन गरेको कार्यलाई सरकार पक्षधरले धारा ३६ को प्रावधान मुताबिक दाबी गरेका छन् भने विपक्षीहरूले यसलाई गैरसंवैधानिक भनेका छन्। यथार्थमा प्रधानमन्त्रीको कदम संवैधानिक हो कि असंवैधानिक यसको निष्कर्ष न्यायपालिकाको निर्णयमा भर पर्छ।         संविधानको प्रस्तावनादेखि हरेक धाराबाट संविधान निर्माताको आशय के हो ? न्यायपालिकाले नै व्याख्या गर्ने अधिकार पाएको अवस्थामा हाम्रो मुलुक मात्र होइन अधिकांश मुलुकमा न्यायपालिकाले दिएको निष्कर्ष नै अन्तिम मान्ने गरिएको छ। जसले कहिलेकाहीं संसदीय सर्वोेच्चता कि न्यायिक सर्वोच्चता छुट्याउन कठिन पर्छ। यस अघि पनि यस्ता संवैधानिक विवादमा कैयौंपटक अदालतले दिएको निर्णय नै अन्तिम मानिएको छ। जस्तै मनमोहन अधिकारीले संसद् विघटन गरेको विवादलगायत छन्। अहिलेको विवादमा पनि संवैधानिक इजलासमा मुद्दा विचाराधीन रहेकोले अदालतले एउटा निचोड दिन्छ नै, जुन अन्तिम हुने निश्चित छ। अदालतको फैसलाबाट जे निष्कर्ष आउँछ त्यसको कार्यान्वयन हुने पक्का छ।
छिमेकी मुलुक भारतको संविधानको व्याख्याको अवस्था पनि बडो रोचक छ। १९५० मा जारी भएको संविधान  निकै पटक संशोधन भयो। त्यहाँको संशोधनको अवस्था हेर्दा ८ अनुसूचीबाट बढेर १२ अनुसूची भइसकेको छ। १९७३ सम्म त संविधानमा यति संशोधन गरियो, त्यसले मूल अधिकारलाई पनि सुरक्षित राख्न नसकेको छैन।अदालतले बोल्नै नहुने प्रावधानहरू राखिएको छ। संसद्ले बनाएको कानून मूल अधिकारसँग बाझिएको अवस्थामा अदालतलाई बदर गर्ने अधिकार भएपनि संविधानमै ९ अनुसूची थप गरी सो अनुसूचीमा राखिएका कानूनबारे अदालतले बोल्न नहुने व्यवस्था गरियो। जसबाट अदालतको अधिकार कटौती भएको महसूस भयो। यहाँसम्म कि प्रस्तावना संविधानको अङ्ग हो कि होइन, प्रस्तावनामा लेखिएका कुरा कार्यान्वयन हुने कि नहुने लगायत अनेकौं प्रश्न खडा भए। तर भारतको सर्वोच्च अदालतले विभिन्न मुद्दामार्फत निष्कर्ष दिंदै संवैधानिक विवादको निपटारा गरेको छ। जस्तै गोलकनाथ केस, केशवनन्द भारती केस, मिजर्वा मिल्स केस, बेरूबाडी केस।
उपरोक्त मुद्दाहरूमध्ये केशवानन्द भारती मामिलामा भारतीय सर्वोच्च अदालतले दिएको निपष्कर्षले अहिलेसम्म स्थान मात्र पाएको छैन, संवैधानिक प्रावधान उपरको सरकारको प्रहारलाई धेरै हदसम्म रोकेको छ। उक्त मुद्दामा सबै न्यायाधीशहरूको बेन्चबाट एउटा कुरा के बोलियो कि संविधान निर्माता र कानून निर्माता फरक हुन्। कानून निर्माता संविधान निर्माता हुन सक्दैन। अर्थात् विधायिकाले संविधानमा संशोधन गर्न पाउँछ तर पुनर्लेखन गर्न पाउँदैन। संशोधनीय अधिकार पनि सीमित छ। प्रस्तावना पनि संशोधन गर्न सकिन्छ तर संविधानको आधारभूत संरचना संशोधन गर्न पाइँदैन। भारतको ४२ औं संशोधनमा प्रस्तावना नै संशोधन गरी ‘समाजवाद’, ‘सेकुलरिज्म’ र ‘राष्ट्रिय ‘एकता’ तीन शब्द जोडियो।
भारतीय संविधानको ४२ औं संशोधनले धेरै कुरामा बदलाव ल्यायो। संविधानको आधारभूत संरचना पविर्तन गर्न नपाउने त भन्यो तर आधारभूत संरचनामा के के कुरा पर्छ, किटान नै नगरी बेलाबखत बोल्ने अवस्था सिर्जना भयो। संविधानको व्याख्या गर्दा संविधान निर्माताको तत्कालीन मनसायलाई आधार बनाउनुपर्ने प्रावधान अन्तर्भूत गरियो। जस्तै प्रस्तावनालाई संविधानको आवरणको रूपमा मानिने चलन थियो। सोको कार्यान्वयन हुने नहुने, संशोधन हुने नहुने सवाल उत्पन्न भएकोमा अदालतले व्याख्या गर्दै भन्यो–प्रस्तावना पनि अन्य धाराजस्तै संविधानसभामा प्रस्तुत भई पूर्ण बहुमतबाट पारित भई लागू भएकोले यो संविधानको भाग पनि हो। यो पनि संशोधन हुन सक्छ। यसको महत्व संविधानको व्याख्यामा लागू हुन्छ। संविधानको कुनै दुई प्रावधान आपसमा बाझिएको अवस्थामा प्रस्तावनाले मदत गर्छ, तर संविधानमा अन्त कतै नभएको कुरा प्रस्तावनामा छ भने त्यो कार्यान्वयन हुन सक्दैन भन्यो।
हाम्रो अहिलेको संवैधानिक विवादको व्याख्या पनि संविधान निर्माताको तत्कालीन मनसायको आधारमा नै हुनुपर्ने देखिन्छ। संविधानले अस्थिर सरकारको कल्पना गरेको छैन। संसद्को कार्यकाल ५ वर्ष किटान गरी धारा ३६ मा पहिलो व्यवस्था ‘बहुमतको सरकार’ गरेको छ। प्रस्तावना लगायतले स्थिर सरकारको कल्पना गरेको अवस्था छ भने यो संविधान आउनु पूर्व २०४७ को संविधानमुताबिक गठन भएका सरकारहरू अल्पायुमैं भङ्ग हुने गरेको, संसद् पनि अल्पायुमैं विघटन हुने गरेको, सरकारको स्थिरताको अभावमा शान्ति र समृद्धि ओझेलमा परेको पीडाको जगमा संविधानसभाले यो संविधान बनाएको छ। यसर्थ संविधान निर्माताको संसद् विघटन हुने आशय रत्तिभर पनि नरहेको अवस्थामा बहुमतको सरकारलाई विकल्प छँदाछँदै संसद् विघटन गर्ने अधिकार भएको अर्थ लगाउन कठिन छ। यसर्थ संवैधानिक विवादको निष्कर्ष संविधान निर्माताको तत्कालीन मनसायमा आधारित भएर खोज्दा सहजरूपले निकास पाउन सक्ने देखिन्छ।

neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : संवैधानिक विवादको निकासको आधार
संवैधानिक विवादको निकासको आधार
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhTNiT8A1Sq81hsXVtG_ndcAAHBpDlnZE_V9IEt7tB0_xiw1kLQjA6rpJSz2kWeIj9WOzc2cPwz5U8EmPYanSax20QzjyRWGbwjVpF6fvGyPkYLxybnQJqepnP9ecBQLli-qL2PHPB3_6KB/w264-h320/birendra.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhTNiT8A1Sq81hsXVtG_ndcAAHBpDlnZE_V9IEt7tB0_xiw1kLQjA6rpJSz2kWeIj9WOzc2cPwz5U8EmPYanSax20QzjyRWGbwjVpF6fvGyPkYLxybnQJqepnP9ecBQLli-qL2PHPB3_6KB/s72-w264-c-h320/birendra.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2021/02/blog-post_866.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2021/02/blog-post_866.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy