$type=ticker$count=12$cols=4$cate=0

सवारी दुर्घटना र न्यूनीकरणको उपाय

SHARE:

 


सञ्जय साह मित्र

अस्पतालहरू सडक छेउमा वा बजार क्षेत्रमा बढी सीमित हुने कारणमध्ये सवारी दुर्घटनाका बिरामी अस्पताल आउँछन् भनेर पनि हो।
एकजना मित्रको यस्तो अभिव्यक्तिले धेरै कुरातर्फ सङ्केत गरेको देखिन्छ। अस्पतालहरू खुलेका छन्, अस्पतालहरू सडकछेउ खुलेका छन्, सडकहरू बढेका छन्, बजार क्षेत्रमा अस्पतालहरू बढी छन् तथा यी सबै अस्पतालमा बिरामीको चाप बढेको छ र अधिकांश अस्पतालमा सडक दुर्घटनाका बिरामीहरू आउँछन्।
सडकहरू बढेका छन्। पहिलेको तुलनामा हरेक वर्ष सडक बढ्दै गएको सत्य हो। सडकको विस्तार पनि भएको छ। सडक विस्तारले सुविधा बढाएको हो। सडक जति बढेको छ, त्योभन्दा बढी सडकमा सवारीको चाप बढेको छ। सवारीको बढ्दो चापले गर्दा सडकलाई फुर्सद हुने अवस्था देखिंदैन। सडकमा सवारीको चाप निरन्तर बढिरहेको छ। हाम्रो सडकले कति सवारी साधन थेग्न सक्छ ? यस्ता विषयमा कसैलाई सोच्ने फुर्सद नै छैन।
सडक दुर्घटना बढेको छ। वास्तवमा सडक दुर्घटना निकै बढेको छ। सडकमा सवारीको चाप अत्यधिक बढेको तर सडकको स्तर नबढेको सबैले देखेका छन्। सडक निर्माणको अवधारणा नै परम्परागत भएको बताइन्छ। नयाँ बनाइएका सडकहरू दुई दशक पहिलेको गाडीको आधारमा बनाइएको छ। जबकि दुई दशकपछि कति सवारी साधन बढ्छ र तिनको भार कसरी थेग्न सकिएला भन्ने सोच आवश्यक छ। यस कारण जहिले पनि वर्तमान आवश्यकता पूरा गरेर रमाउने गरी सडक बनाएको आरोप लाग्ने गरेको छ।
सडकमा अत्यधिक दुर्घटना कहाँ हुन्छ ? कस्तो ठाउँमा हुन्छ ? कसरी हुन्छ ? यी प्रश्नहरूको उत्तरको खोजी गरिनु आवश्यक छ। हाम्रा सडकहरू दुई तीन दशक पहिलेको सोच अनुरूपका छन्। पहिलेको तुलनामा सवारी चाप अत्यधिक बढिसकेको छ तर सडक उहीं छ। अधिकांश सडक पार गर्ने सडकहरू सोझा वा सीधा छन्। कुनै पनि सडकले सीधै अर्को सडकलाई काटेको देखिन्छ। यसरी सीधै काट्दा दुर्घटना हुने डर बढी हुन्छ। यसैगरी सडक साँघुरो भए पनि दुईतर्फी चल्ने किसिमका छन्। एकतर्फी सडक ज्यादै कम छन्। एकतर्फी सडक हुने हो भने सवारी साधन एकातर्फबाट मात्र आउने हुन्छ र अगाडिबाट ठक्कर लाग्ने सम्भावना कम हुन्छ। पछाडिबाट ठोकिने डर पनि कम किन हुन्छ भने सवारी चालकले आफूभन्दा अगाडि मात्र ध्यान केन्द्रित गरेका हुन्छन् जसले गर्दा अगाडिको सवारी साधन कति दूरीमा छ, त्यो कुन गतिमा चलिरहेको छ भन्ने कुरा थाहा हुन्छ। सवारी साधन बढी दुर्घटना हुने ठाउँ अत्यधिक मोड हो र मोडमा सडक सुरक्षा नहुनु वा सडक खुला हुनु पनि हो। यसैगरी सडक बढी बिग्रे– भत्केको तथा किनार नछुट्टिने ठाउँमा पनि दुर्घटना हुन्छ। सडकको तुलनामा नदी, खोल्सी वा अन्यत्र बनाइएका पुलहरू प्रायः साँघुरो हुनु, सडक कतै अग्लो र कतै होचो हुनु तथा दुर्घटना भइरहने ठाउँमा सङ्केत चिह्न नराखिनु पनि दुर्घटनाको कारण बन्न सक्छ। सवारी दुर्घटना सडकको कारणले मात्र हुन्छ भन्ने होइन, तर सडक व्यवस्थित नहुँदा दुर्घटना बढी हुन्छ भन्ने कुरो यथार्थ हो।
सवारी साधन चलाउने मानिसको मनस्थिति पनि पनि सवारी दुर्घटनाको एउटा कारण हो। तीव्र गतिमा सवारी चलाउने मानिस छ भने दुर्घटनाको सम्भावना बढी हुन्छ। यसैगरी मदिरा वा लागू पदार्थ सेवन गरी सवारी चलाउँदा बढी दुर्घटना हुन्छ। एफएम रेडियो सुन्दै गाडी चलाउनु, मोबाइलमा कुराकानी गर्दै गाडी चलाउनु, बाइक चलाउँदै अर्को बाइक चलाउनेसित कुराकानी गर्नु, मन पर्ने गीतमा अत्यधिक मग्न भएर गाडी चलाउनु, एकातिर हेर्दै अर्कोतिर गाडी हाँक्नु तथा कुनै दृश्यप्रति अत्यधिक लोभिनु आदि कारणले पनि सडक दुर्घटना निम्तिएको देखिएको छ। यसैगरी सडक तथा सवारी साधनको अवस्थाको ख्याल नगरी सवारी साधन चलाउँदा पनि दुर्घटना भएको पाइएको छ। ट्राफिक नियमको पालन नगर्ने तथा लापरवाही गर्नेहरूले पनि सवारी दुर्घटना बढाएका छन्।
सडक र सवारी चालकका कारण त सवारी दुर्घटना भएका हुन्छन् नै। यी दुईबाहेक पनि सवारी दुर्घटना हुने अन्य कारणहरू पाइएको छ। सडकको छेउमा दाउरा तथा पराल राख्नु, सडकमैं बिस्कुन सुकाउनु, सडकमा छाडा पशु छाड्नु, सडकमा बालबालिकालाई खेल्न दिनु पनि दुर्घटनाका कारण हुन्। कहिलेकाहीं मानिसले सडकमा पानी खन्याउँछन्, हिलो वा माटो राख्छन्, कहिलेकाहीं ट्याक्टरबाट माटो वा बालुवा वा गिट्टी निरन्तर सडकमा झरिरहेको हुन्छ, यसले गर्दा पनि दुर्घटना भएको हुन्छ। राति सामुन्नेबाट अर्को गाडी आउँदा हेड लाइटलाई डिम नगर्नु, कम ठाउँ भए पनि जबरजस्ती सवारी साधन लैजान खोज्नु, साँघुरो ठाउँमा ओभरटेक गर्नु, सानो गाडीलाई ठूला सवारी साधनले महत्व नदिनु र अनुभव नभएकाहरूले अत्यधिक जोखिम मोलेर सवारी साधन चलाउँदा पनि दुर्घटना भएको पाइएको छ।

अत्यधिक सवारी दुर्घटनाले दैनिक मानिसको अङ्गभङ्ग हुने, चोटपटक लाग्ने, घाइते हुने तथा मृत्युसमेत भइरहेको छ। कतिपय मानिस त सदाको लागि अपाङ्ग बन्छन्। सवारी दुर्घटनाले जनधनको क्षति भएको पाइएको छ।
सडक दुर्घटना न्यूनीकरण अत्यावश्यक छ। जतिसुकै राम्रो सडक भए पनि सवारी साधनको चाप तथा सवारी चालकले लापरवाही ग–यो कि दुर्घटना हुन्छ, तर सडक पनि दुर्घटनाको कारण भएकोले यसको सुधार तथा विस्तार हुनु आवश्यक छ। हाम्रा सडकहरू अति साँघुरा छन् जसको विस्तार आवश्यक छ। सडकलाई सकेसम्म बस्तीभन्दा टाढा राख्नु उचित हुन्छ तर हाम्रो सन्दर्भमा लामो दूरीका ठूला सडक पनि मूल शहर भएरै जान्छ। यस अवस्थामा सडकलाई एकतर्फी बनाउनु आवश्यक हुन्छ। ठूला सडकले अर्को सडक सीधै क्रस गर्नु नपर्नेगरी व्यवस्थापन गर्नु आवश्यक छ। कम्तीमा घुमेर मूल सडकमा प्रवेश गर्नुपर्ने वा मूल सडकबाट अर्को सहायक सडकमा निस्कँदा पनि यस्तै मूल सडकलाई असर नपर्नेगरी व्यवस्थापन गरिनुपर्छ। सडक त फराकिलो हुनैपर्दछ र सडकमा खाल्डाखुल्डी देखिनासाथ मरम्मत गरिनु पर्छ। सकेसम्म सडक उच्च गुणस्तरको कालोपत्रे राम्रो हुन्छ।
अत्यन्त तिखो मोडमा पूर्णतया सुरक्षित सडक हुनुपर्दछ। सडकको छेउमा खाल्डो छ भने कुनै पनि सवारी साधन खाल्डोमा झर्न नपाउनेगरी सडकको किनार व्यवस्थित हुनुपर्दछ। मोडलाई अझ बढी फराकिलो बनाउनु पर्दछ। धेरै दुर्घटना हुने क्षेत्रबारे व्यापक छलफल गर्नुपर्छ। दुर्घटनाको कारण पत्ता लगाएर निवारण गरिनुपर्छ। सडकबारे सर्वसाधारणलाई जानकारी दिइरहनु पनि आवश्यक हुन्छ। कहाँ सडक बिग्रेको छ भन्ने विषयमा होर्डिङ बोर्डहरू बनाएर राखिनुपर्छ।
सवारी साधन दुर्घटनाले पर्ने नकारात्मक असर के के हुन् ? सवारी दुर्घटना भएपछि दुर्घटनामा परेका मानिसको घरपरिवारमा दीर्घकालसम्म के कस्तो प्रभाव देखिन्छ ? यी र यस्ता विषयमा पनि प्रभावकारी अध्ययन गरी सार्वजनिक गरिनुपर्छ, जसले गर्दा सवारी चालक सचेत हुन्छ। सवारी साधन चलाउँदा ट्राफिक नियम नमान्नेहरूलाई जरिवाना गर्ने मात्र नभई तिनलाई सम्झाइबुझाई पनि गर्नुपर्दछ। सम्झाइबुझाइ गर्ने सोही दिन मात्र हो भन्ने होइन। उसलाई एउटा निश्चित पूर्जी दिएर कुनै दिन निश्चित समयमा आइपुग्ने गरी बोलाउनुपर्दछ। बोलाइएको दिन र तोकिएको समयमा उपस्थित नभए तिनको घरमा प्रहरी पु–याएर बोलाई आर्थिक तथा सम्झाइबुझाइ गर्ने गरी दुवै किसिमको जरिवाना गर्नुपर्छ। यसले गर्दा कारबाई मानव अधिकारमैत्री हुन्छ। दिनानुदिन सवारी साधनको चाप बढिरहेकोले सवारी व्यवस्थापन सम्भव भएसम्म दुर्घटना नहुने किसिमले व्यवस्थापन गरिनुपर्छ। सवारी साधन दुर्घटनाले भारी मात्रामा जनधनको क्षति पु–याउने र दीर्घकालसम्म असर पनि पार्ने भएकोले यसप्रति सम्भव भएसम्म सबै पक्ष गम्भीर हुुनु आवश्यक ।

neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : सवारी दुर्घटना र न्यूनीकरणको उपाय
सवारी दुर्घटना र न्यूनीकरणको उपाय
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEi_l0Qlh37hW6BX5T5DKM3z_nQYekFUjpT6-V6DpA_X_oLceWduKGZp2QuMvfxFGt3QKs6SLYIOIqz4FrsTcDgkVr3g-JZGJeXehOjzLJhwnbP7BN_11O0CK2VHyXKB3ogNb10XFVo3H7HF/w213-h320/sanjay.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEi_l0Qlh37hW6BX5T5DKM3z_nQYekFUjpT6-V6DpA_X_oLceWduKGZp2QuMvfxFGt3QKs6SLYIOIqz4FrsTcDgkVr3g-JZGJeXehOjzLJhwnbP7BN_11O0CK2VHyXKB3ogNb10XFVo3H7HF/s72-w213-c-h320/sanjay.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2021/02/blog-post_750.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2021/02/blog-post_750.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy