$type=ticker$count=12$cols=4$cate=0

मासु खानु शास्त्रसम्मत हुन्छ कि विपरीत

SHARE:


सञ्जय मित्र

आजभोलि मांसाहार भोजनलाई सामान्य मान्न थालिएको छ। एकातर्फ शाकाहारी बन्नुपर्छ भन्ने एक किसिमको समूह नै बनेको छ, जो शाकाहारीबाहेकलाई अछूतजस्तो व्यवहार गर्दछ र तर्क दिइन्छ कि मांसाहार भोजन राक्षस भोजन हो। मानिसले मांसाहार भोजन गर्नुहुँदैन। यहाँ राक्षस भनेर कसैलाई हेपिएको हो भने म त्यसलाई यस अर्थमा अस्वीकार गर्छु कि मेरो विचारमा कुनै दिन राक्षस एक जाति थियो, जो अहिले सम्भवतः लोप भइसकेको छ। अर्काथरी छन् जो मांसाहार भोजन शरीर र स्वास्थ्यअनुकूल छ भन्ने तर्क दिन्छन्।
हाम्रो समाजलाई नियाल्ने हो भने धार्मिक कार्य दुवै किसिमले हुने गरेको पाइन्छ। धार्मिक कार्यमा पनि बलि चढाइन्छ र प्रसादको रूपमा मासु खाइन्छ। यसैगरी, माछा वा मासु अर्थात् मांसाहारी पदार्थबाट सम्पूर्णतः टाढा रहनुपर्ने धार्मिक क्रियाकलाप पनि हुन्छ। अझ ताज्जुब त त्यतिबेला लाग्छ, जब एउटै देवतालाई कतै शाकाहारी र कतै मांसाहारी मानिन्छ। काठमाडौं उपत्यका र अन्य कतिपय स्थानमा भगवान् गणेशलाई अन्डा चढाइने र महादेवलाई पश्चिम बङ्गालको कतिपय स्थानमा माछाको भोग लगाइने गरेको पनि सुनिन्छ। मधेसका अत्यन्त लोकप्रिय ग्रामदेवता जो प्रायः हरेक गाउँमा छन्, ब्रह्मबाबालाई कतै शाकाहारी मानेर त्यस्तै सामग्रीले पूजा गरिन्छ भने कतै बोका वा परेवा बलि दिएर पूजा गरिन्छ। सामाजिक व्यवहार त सम्बन्धित समाजले आफ्नोअनुकूल गरेको वा चलन चलाएको र निरन्तरताले संस्कृति बन्न पुगेको मान्न सकिन्छ तर के शास्त्रमा पनि यससम्बन्धी केही स्पष्ट कुरा उल्लेख भएको पाइन्छ त?
रामायण र महाभारत तथा अन्य प्रसिद्ध ग्रन्थहरूमा यस प्रकारको स्पष्ट सङ्केत पाइन्न तर मनुस्मृतिमा भोजनको विषयमा भने केही स्पष्ट चर्चा गरिएको देखिन्छ। मनुस्मृतिलाई आदि ग्रन्थ मानिन्छ र हिन्दूशास्त्रमध्ये सबैभन्दा बढी विवादास्पद ग्रन्थ पनि मानिन्छ। कतिपयले के भनेका छन् भने यसमा विशृङ्खलितरूपमा विचार प्रवाह भएको छ र यो विशृङ्खलित विचारहरूप्रति कतिपयले असहमति पनि प्रकट गरेका छन्। हजारौं वर्ष पुरानो शास्त्र भएकोले यस विषयमा अनेक विवाद हुनु स्वाभाविक नै हो। यसले महिलालाई सम्मान नगरेको र जातिप्रथालाई उचालेको आरोप खेप्दै आएको छ। निरन्तर चर्चामा रहने यस ग्रन्थमा मांसाहार भोजनबारे पनि केही श्लोक लेखिएका छन्ः
नियक्तस्तु यथान्यायं यो मांसं नात्ति मानवः।
स प्रेत्य पशुतां याति संभावनेकविंशतिम्।।३५।।

मनुस्मृतिको पाँचौं अध्यायको यस श्लोकमा जो मानिस श्राद्ध तथा मधुपर्कमा नियुक्त गरिएको, मासु खाँदैनन्, मरेपछि एक्काइस जुनीसम्म पशु रहन्छन् भनिएको बताइएको छ।
मनुस्मृतिको पाँचौं अध्यायका विभिन्न श्लोकले कुन अवस्थामा मासु खान हुने तथा कुन पशु वा पक्षीको मासु खान हुने तथा कुन पशु, पक्षी वा माछाको मासु खान नहुने भन्ने विषयमा चर्चा गरिएको छ। कुन अवस्थामा मासु खान सकिन्छ वा कुन अवस्थामा मासु खानुहुँदैन भन्ने विषयमा पनि विभिन्न शर्त तथा बन्देजहरू यसमा दिइएका छन् तर एक ठाउँमा यसरी पनि बताइएको छ मनुस्मृतिमाः

क्रीत्वा स्वयं वाप्युत्पाद्य परोपकृतमेव वा।
देवान्पितृंश्चार्ययित्वा खादन्मांसं न दुष्यति।।३२।।

यस श्लोकको भावार्थ यो रहेको मानिएको छ कि मूल्य लिएर वा आफैंले उत्पन्न गरेर, वा कसैबाट उपहार लिइएको होओस्, यस्तो मासु, देवता तथा पितृहरूलाई समर्पण गरी जो मान्छेले खान्छन्, ऊ दोषको भागी बन्दैनन्।
यसै भागको अर्को श्लोकमा यसरी भनिएको छः
नात्ता दुष्यत्यदन्नाद्यान्प्राणिनोऽहन्यहन्यपि।
धात्रैव सृष्टा ह्याद्याश्च प्राणिनोऽत्तार एव च।।३०।।

अर्थात् यसले यो भन्न खोजेको छ कि खाने जीवले प्रतिदिन पच्ने, खानेयोग्य प्राणीलाई खाएर दोषभागी हुँदैनन् किनभने ब्रह्माले नै खाद्य र खादक दुवैको निर्माण गरेका छन्।
सामान्यता शास्त्रहरूमा मासुको विषयमा स्पष्ट उल्लेख नगरिएकोले मनुस्मृतिको यस विषयप्रति पनि व्यापक मतभेद रहेको छ। फेरि पनि जाति तथा महिला र अन्य विषयमा पनि यस ग्रन्थको विचारप्रति असहमति जनाउनेको सङ्ख्या पर्याप्त रहेको सन्दर्भमा यसै ग्रन्थमा मासुको विषयमा चर्चा गरिएको पाइनुलाई पनि विवादको विषय एकथरीले मान्नु स्वाभाविक मानिएको छ।
आदि ग्रन्थ भनिए पनि मुनस्मृतिमा वेदहरूको चर्चा गरिएको पाइन्छ। यसैगरी, गायत्री मन्त्रको प्रसङ्ग पनि श्रद्धापूर्वक निकै ठाउँमा आएको देखिन्छ। यसबाट यो स्पष्ट हुन्छ कि वेदहरूको रचना भइसकेको र गायत्री मन्त्रले विस्तार पाइसकेपछि मनुस्मृति लेखिएको हो। यस ग्रन्थको दृष्टान्त रामायणमा दिइएको पाइन्छ भनिन्छ। महाभारतमा त अर्जुनलाई उपदेश दिने क्रममा श्रीकृष्णले स्मृतिमा आफू मनुस्मृति रहेको बताएबाट पनि स्पष्ट हुन्छ कि मनुस्मृति महाभारतभन्दा पुरानो मात्र नभएर त्यतिबेलासम्म यसले ख्याति कमाइसकेको थियो भन्ने कुरो।
मांसाहारी भोजनको सम्बन्धमा मनुस्मृतिको एउटा श्लोकमा यसरी भनिएको पाइन्छः
यज्ञाय जग्धिर्मांसस्यत्येष दैवो विधिः स्मृतः।
अतोऽन्यथा प्रवृत्तिस्तु राक्षसो विधिरुच्यते।।३१।।
सम्भवतः यसको भावार्थ यस्तो रहेको छ, “यज्ञको लागि मासु खानु दैवविधि भनिएको छ भने शरीरपुष्टिको लागि मासु खानु राक्षसविधि भनिएको छ।”
सम्भवतः मनुस्मृतिको रचना हुँदाको समयमा यज्ञमा पशुको प्रयोग भइरहेको थियो र यज्ञमा पशुको प्रयोग सम्भवतः बलिको रूपमा गरिएको थियो र त्यही बलिमांसको भोजन गर्ने चलन थियो। साथै शरीरपुष्टि वा शरीरलाई बलियो बनाउने किसिमले पनि मासुको प्रयोग हुन थालिसकेको थियो।
तत्कालीन समयलाई केही हदसम्म बुझ्नको लागि मनुस्मृतिले सहयोग गरेको छ। तत्कालीन समाज, त्यति बेलाको मानवीय प्रकृति तथा सामाजिक व्यवहारको विषयलाई पनि प्रत्यक्ष तथा साङ्केतिकरूपमा बुझ्न मनुस्मृतिले सहयोग गरेको छ।
अहिलेसम्म निकै विवादास्पद रहेको यस कृतिको प्रभाव यसको विवादले पनि देखाउँछ। यसका कतिपय कुरा अहिलेको समाज वा युग सुहाउँदो रहेको पनि नहुन सक्छ तर कतिपय कुराहरू सामाजिक जीवन, स्वास्थ्य तथा विज्ञानको दृष्टिकोणले पनि निकै महत्वपूर्ण रहेका छन्। यसर्थ मनुस्मृति आफ्नो युगदेखि वर्तमान युगसम्म एउटा शक्तिशाली ग्रन्थको रूपमा रहिआएको छ।
यदि मनुस्मृतिलाई पनि शास्त्र मान्ने हो र यस शास्त्रको आधारमा भन्ने हो भने मासु खानु शास्त्रसम्मत त्यति बेला हुन्छ, जब यसमा दिइएको विधि पूरा गर्न सकिन्छ। मासु खानु चाहिं पूर्णतया शास्त्रविपरीत पनि होइन तर कुन अवस्थामा विपरीत हो भन्ने कुरा थाहा पाउनु आवश्यक देखिन्छ। मनुस्मृति केवल तर्क होइन यो तथ्य पनि हो कि ? अध्येता तथा भाष्यकारहरूको ध्यान यसतर्फ जानुपर्ने देखिन्छ। यद्यपि अहिले पनि मासु खानु स्वास्थ्यको लागि फाइदाजनक कि हानिकारक भन्ने विवाद छ।

neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : मासु खानु शास्त्रसम्मत हुन्छ कि विपरीत
मासु खानु शास्त्रसम्मत हुन्छ कि विपरीत
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjyJQqZrhg7DrK6iZnqLuGtoSV7ZXC9_PlbdU3VslLhjLg-PRf6BdxuEy0hOPayHI8gvFke_Q4QwrBrtYiThLF9y-cZgAiX60o5evGzVCvOYF6rOehLf81-sjNg6v-yW4utyxCd3YBxny94/w280-h320/sanjay.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjyJQqZrhg7DrK6iZnqLuGtoSV7ZXC9_PlbdU3VslLhjLg-PRf6BdxuEy0hOPayHI8gvFke_Q4QwrBrtYiThLF9y-cZgAiX60o5evGzVCvOYF6rOehLf81-sjNg6v-yW4utyxCd3YBxny94/s72-w280-c-h320/sanjay.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2021/02/blog-post_642.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2021/02/blog-post_642.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy