$type=ticker$count=12$cols=4$cate=0

राजनीतिक अस्थिरतासँगै सङ्कटकालको सन्त्रास

SHARE:


अधिवक्ता वीरेन्द्रप्रसाद यादव

२००४ सालमा नै राणा प्रधानमन्त्रीले घोषणा गरेको संविधानसभाबाट संविधान बनाउने जनताको चाहना बल्ल २०७२ असोज ३ मा सफल भयो। यद्यपि संविधान बनेलगत्तै सम्पूर्ण जनताको अपनत्व प्राप्त भएन। कतिपय क्षेत्रमा दिपावली मनाइयो भने कतिपय स्थानमा बन्दूक चलाइयो। बिस्तारै बिस्तारै असन्तुष्ट पनि सन्तुष्ट हुँदै गए। प्रमाणस्वरूप विरोर्धी क्षेत्रमा पनि संविधानमुताबिक चुनाव भयो। उक्त क्षेत्रबाट जनप्रतिनिधि चुनिए, ती सरकारमा पनि सामेल भए। संविधान संशोधन वा पुनर्लेखनका गौण भयो। संविधानको विरोध गर्ने नेता नै संविधान मुताबिक सांसद, विधायक, मेयर उपमेयर बनी तलब–भत्ता तथा विकास बजेट प्रयोग गर्न थाले। यो संविधानले सबैको अपनत्व प्राप्त गरेको पुष्टि हो। यो संविधानको मात्र सफलता होइन, संविधान निर्माताको पनि सफलता हो। संविधान निर्मातामध्ये धेरै वर्तमान सरकारमा छन्। यसर्थ वर्तमान सरकारले संविधान असफल पार्ने मार्गमा जानुहुँदैन। वर्तमान संविधानले पहिलेका संविधानभन्दा बढी उपलब्धि प्राप्त गर्छ भन्ने अपेक्षा थियो। विगतका अधिकांश प्रजातान्त्रिक संविधानबाट भएका चुनावमा अल्पमतको अस्थिर सरकारको कारण जनताको अपेक्षा पूरा हुन सकेन। त्यसैलाई मध्यनजर गर्दै संविधान निर्माताले संविधान बनाए।
संविधानको मूलभूत उद्देश्य सङ्घीयता, गणतन्त्र, लोकतान्त्रिक मूल्य मान्यता तथा स्थिर सरकारको कल्पना थियो। जनताले पनि संविधान निर्माताको तत्कालीन आशयलाई आत्मसात् गर्दै प्रथम चुनावमा नै एउटा पार्टीलाई पूर्ण बुहमत दियो। सङ्घीय सरकार मात्र पूर्ण बहुमतले बनेन, प्रदेशमा पनि बहुमतकै सरकार बन्यो। यसबाट ५ वर्षसम्म देशले स्थिर सरकार पाउँछ भने जन अपेक्षा थियो। तर दुर्भाग्य, सरकारको ५ वर्षे कार्यकाल पूरा नहुँदै प्रधानमन्त्रीले संसद् विघटन गरे। यो पहिलो गाँसमा ढुङ्गा साबित भयो। संविधानको प्रस्तावनामा प्रहार हो। संसद् विघटनको विवाद अहिले चरम बिन्दुमा पुगेको छ। यसले सङ्घ र प्रदेश मात्र होइन, कार्यकर्ता तहसम्म विभाजन ल्याएको छ। सत्तासीन दल विकास र शान्तिको कुराको सट्टा आफ्नै दलको नेताको आलोचनामा लागेको छ। अहिले संसद् छैन, सरकार र राजनीतिक दल दुई ध्रुवमा छन्। आन्दोलन जारी छ। एक किसिमले सरकार एक्लो देखिएको छ। सरकारले घोषणा गरेको चुनावको तयारीमा सरकारकै दल लागेको छैन भने अन्य दलले चुनावको तयारीमा लाग्ने अवस्था छैन। संसद् विघटनको विवाद अदालतमा छ। अदालतको निष्कर्षबाट स्थिरताको अपेक्षा राखिएपनि दलहरू लोकतान्त्रिक मार्गमा आउलान् कि नआऊलान् संशय छ। संसद् विघटनको विवाद जे भएपनि सरकार आन्तरिक शक्ति सञ्चयमा लागेको छ। संवैधानिक निकायमा आफ्नो मान्छेको नियुक्ति, प्रदेशमा आफ्नो पक्षधरलाई प्रदेश प्रमुख बनाउने, प्रहरी प्रमुखमा आफ्नोे पक्षधर राख्ने, सेनासँग सम्बन्ध विस्तार गर्दै जाने,  छिमेकी देशहरूसँग सहयोगी सम्बन्ध बनाउँदै जाने दृश्यले सरकार शक्ति सञ्चयको मार्गमा जुटेको बुझिन्छ। यस अवस्थामा संसद् पुनस्र्थापना भएन भने सरकार चुनाव गराउन सबै शक्ति प्रयोग गर्नेछ। जसबाट सरकार विरोधी सुरक्षित रहने अवस्था छैन। सरकार विरोधीको दमन गर्ने पनि सङ्केत छ। यद्यपि आम नागरिक स्थिर छ। पार्टीहरूले जति विरोध गरेपनि अहिलेको आन्दोलनमा कार्यकर्ताबाहेक आम जनताको सहभागिता कम छ, मुलुकमा हिंसाको अवस्था छैन। आन्तरिक अशान्ति, आर्थिक सङ्कटलगायत अवस्था छैन भने बाह्य सङ्कट पनि छैन। सङ्घीय संसद् बहाल नरहेपनि प्रदेश सरकार लगायत स्थिर छन्। यो अवस्था अझै बिग्रँदै गए भने सरकार सङ्कटकालको घोषणामा जान सक्ने आशङ्का छ। कहिलेकाहीं सरकार चौतर्फी घेरामा परेपछि कुर्सी जोगाउन र विरोधीको दमन गर्न सङ्कटकाल घोषणा गर्ने गर्छ। यस्तै अवस्थामा इन्दिरा गाँधीले भारतमा सङ्कटकाल घोषणा गरेकी थिइन्। १९७१ मा इन्दिरा गाँधीले गठबन्धनविरूद्ध भारी बहुमतले चुनाव जितेपनि आन्तरिक राजनीति स्थिर बनाउन सकिनन्। आफ्नो राजनीतिक स्थिरता कायम गर्न उनी पाकिस्तान टुक्र्याएर बङ्गलादेश बनाउने कार्यमा लागिन्। सयौं नेतालाई गिरफतार गरिन्।
१९७२ मा भएको विधानसभा चुनावमा १३ राज्यमा काङ्ग्रेसको सरकार बन्यो। त्यति बेला अटलविहारी बाजपेयीले भनेका थिए–विपक्षबाट हजारौं नेता लडे काङ्ग्रेसबाट केवल एकजनाले लड्यो। राज्यसभा पनि उनकै हातमा थियो। जसको बलमा २४, २५, २६, २७, २८, ३१ दफा संशोधन गरियो। २४ औं संशोधन गोलकनाथ केसको फैसला उल्टाउन गरिएको थियो। यसले एशियाकै शक्ति सन्तुलनमा परिवर्तन ल्यायो। बैंकहरूको राष्ट्रियकरण भयो। सर्वोच्च अदालत समेतले वर्तमान सरकारलाई अर्कै नजरले हेर्न थाल्यो। संविधान संशोधनको सीमा असीमित बनाइयो। बैंक राष्ट्रियकरण गर्ने संशोधन पनि आरसी कुकर व्यक्तिको मुद्दा, जुन अदालतले खारेज गरेको थियो त्यसलाई खारेज गर्न अर्को संशोधन भयो। नेहरूले नै संविधानको धारा ३१ मा संशोधन गरी थप दुई उपधारा जोडेर ९ औं अनुसूची बनाएकोमा इन्दिरा गाँधीले यही धारामा थप संशोधन गरिन्  जसमा अदालतमा उजूर गर्न नपाउने व्यवस्था थियो। संविधानमा अनेकौं संशोधन गरेर सङ्कटकाल घोषणा गरिन्। सङ्कटकाल घोषणा गर्ने आधार संविधान संशोधनलाई बनाइयो। जुन बहालवाला संसद् एवं विधानसभाहरूबाट प्राप्त हुन्थ्यो।

नेपालको अहिलेको राजनीतिक परिवेशको आधार हेर्दा इन्दिरा गाँधीको मार्ग र अवस्था बनाउन सरकार जुटेको जस्तो देखिन्छ। त्यसैले शक्ति सञ्चयको मार्गमा रहेको छ। यसबाट अध्यादेश ल्याउन सकिने भएपनि संविधान संशोधन गर्न सक्ने अवस्था छैन। अहिलेको सरकारलाई रोक्न संसद् नभएपनि स्वतन्त्र निकाय, तेस्रो अङ्ग न्यायपालिका छ, जसप्रति आम जनताको अत्यधिक आस्था छ। सरकार संविधान संशोधन गर्न सक्दैन। संविधान संशोधन भएन भने जनताको मौलिक हक निस्तेज पार्न सकिंदैन। सरकारले संविधानको मूलभूत अधिकारमा कटौती गर्न खोज्यो भने अदालतले रोक्न सक्ने अवस्था छ। सङ्कटकाल लगाउनुको अर्थ हो, जनतालाई मूल अधिकारबाट वञ्चित पार्नु। जुन अहिलेको युवा पुस्ताको चेतना एवं अदालतको सक्रियताले सफल हुने अवस्था देखिन्न। सङ्कटकाल घोषणा गर्न जुन आन्तरिक र बाह्य सङ्कट संविधानले निर्धारण गरेको छ, त्यो नेपालमा आएको छैन। आम जनताले अहिलेको विवाद मुलुकका लागि सङ्कट होइन, दलहरूको कुर्सीको लुछाचुँडीको रूपमा हेरेको छ। यसर्थ नेपालमा सङ्कटकाल लगाउनुपर्ने सम्भावना देखिएको छैन। तर यसै विवादलाई आधार बनाइ हिंसक अवस्था बढ्यो भने सङ्कटकाल लगाउन सकिने बाध्यता आउन सक्छ। यसर्थ आन्दोलनकारीले आफ्नो आन्दोलन शान्तिपूर्ण बनाउन ध्यान दिनुपर्छ, सङ्कटकालबाट जोगिनका लागि। आशा गरांै १२ वर्ष जनताले झेलेको सङ्कटकालको पीडा नेताहरूको विवादले पुनः नदोहोरियोस्। आपसी विवाद छलफल गरेर समाधान गरून्। नेताहरू आफैंले बनाएको संविधानलाई असफल बनाउने काम नगरून्। जनतालाई अब उप्रान्त पीडामा नधकेलून्।

neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : राजनीतिक अस्थिरतासँगै सङ्कटकालको सन्त्रास
राजनीतिक अस्थिरतासँगै सङ्कटकालको सन्त्रास
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiSE0AntDrRpVD8abIvPJzfzic-8BUgnyEKBA_uXV_SLy2FyuMzEWe7KLu1QojHaUgS335nPfzH53D0ILxxfIoffRBDmDB7TDszX9FWtDlPlQP1rloldRfcG-TZejp3HmX6KiCBPAc9a6Tc/w263-h320/birendra.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiSE0AntDrRpVD8abIvPJzfzic-8BUgnyEKBA_uXV_SLy2FyuMzEWe7KLu1QojHaUgS335nPfzH53D0ILxxfIoffRBDmDB7TDszX9FWtDlPlQP1rloldRfcG-TZejp3HmX6KiCBPAc9a6Tc/s72-w263-c-h320/birendra.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2021/02/blog-post_557.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2021/02/blog-post_557.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy