$type=ticker$count=12$cols=4$cate=0

सीमानाका सञ्चालनको खाँचो

SHARE:


श्रीमन्नारायण

कोरोना महामारीको सङ्क्रमणले झन्डै एक वर्ष अगाडि बन्द रहेको नेपाल–भारत नाका खुलाउने सरकारी निर्णय भएको महीना दिनभन्दा बढी भइसकेको छ। दक्षिण छिमेकी भारतले आफ्नोतर्फ कात्तिक महीनादेखि नै नाका खुला भएको घोषणा गरिसकेको छ। नेपाल सरकारको घोषणापश्चात् सम्बन्धित क्षेत्रका व्यवसायी र नागरिकदेखि दुई मुलुकबीच आवतजावत गर्न चाहने पर्यटकसमेत यस निर्णयबाट सा–है खुशी भएका थिए तर सरकारको घोषणा व्यवहारमा लागू भएको देखिएन। जनताले भोग्ने सास्तीमा कमी आएको छैन। ज्येष्ठ नागरिक, गर्भवती महिला, रोगी, बालबालिका र अपाङ्गसमेतले चोर बाटो प्रयोग गरेर तीन किलोमिटरसम्म पैदल हिंड्नुपर्ने अवस्था रहेको छ। केन्द्र सरकारको घोषणा पूर्णतः कार्यान्वयनमा आउन सङ्घीय सरकार र स्थानीय प्रशासनबीच पूर्ण समन्वय हुनु आवश्यक छ। आफ्नै जनतालाई दुःख दिएर सरकारले कसको हित गर्न खोजेको हो बुझ्न सकिएन।
नाका खुलेपछि व्यापार–व्यवसाय फस्टाउने आशामा रहेका स्थानीय व्यापारी तथा व्यवसायीलाई यो अवस्थाले निकै निराश बनाएको छ। कोरोना कहर हटेर सबै क्ष्Fेत्र पूर्ण क्षमतामा सञ्चालन भइसक्दा पनि नाकामा उत्पन्न समस्या समाधान नहुनु दुर्भाग्यपूर्ण हो। नेपालका सीमावर्ती जिल्लादेखि राष्ट्रिय राजधानी काठमाडौं, पोखरा र मुक्तिनाथलगायत क्षेत्रको पर्यटन व्यवसाय ठप्प भएको छ। नेपाल होटल व्यवसायी सङ्घले त आफ्नो कारोबार चौपट नै भइसकेको गुनासो पोख्दै आएको छ। नाकामा देखिएको अन्योल हटाउन आवश्यक सबै सार्थक पाइला चाल्नु आवश्यक छ। नाका बन्द भएबाट भारतबाट सयौं गुणा बढी नेपाल र नेपालीलाई घाटा छ भन्ने कुरा बुझ्न सरकार किन ढिलो गरिरहेको छ ? दक्षिणी छिमेकी भारतसितको द्विपक्षीय व्यापारमा भारतको भूमिका नेपालको कुल आयात–निर्यात व्यापारको दुई तिहाईभन्दा बढी छ जबकि भारतको हकमा यो ०.०३ प्रतिशत अर्थात् नगण्य हो। सङ्घीय सरकारले तत्काल ठोस निर्णय गरेर स्थानीय प्रशासनलाई आवश्यक निर्देशन दिएर नाकाबाट सहज आवतजावतको व्यवस्था सुनिश्चित गर्नु पर्दछ। उपप्रधानमन्त्री ईश्वर पोखरेलले सीमानाका तत्काल सहज एवं सुलभरूपमा सञ्चालन हुने घोषणा गरेको पनि एक महीना हुन लागेको छ। सरकारका अन्य केही मन्त्रीले पनि यस्तै आशयका टिप्पणी पटक–पटक गरिसकेका छन्। सरकारका जिम्मेवार पदाधिकारीको घोषणाको केही त अर्थ हुनुपर्दछ।
मुलुकभित्र कोरोना महामारीको त्रास करीब–करीब अन्त्य भइसकेको छ। हरेक क्षेत्र लकडाउन अघिकै अवस्थामा फर्किसकेको छ। पिसिआर परीक्ष्Fण गर्दा नगण्य सङ्ख्यामा मात्रै पोजिटिभ रिपोर्ट आउने गरेको छ। भारत सरकारको अनुदान सहयोगबाट प्राप्त १० लाख खोप पनि नेपाल भित्रिसकेको छ र करीब करीब यसको उपभोग पनि भइसकेको छ। नेपालमा आजसम्म कोरोना पोजेटिभ केस भेटिएको तुलनामा चार गुणा बढी खोप भित्रिइसकेको छ। स्कूल, क्याम्पस खुलिसकेका छन्। राजनीतिक दलहरूको जुलूस, भाषण र लाखौंको सहभागितामा जनसभा भइरहेका छन्। जनजीवन सामान्य भइसकेको छ। कोरोनाको कहींकतै भय छैन। नेपालमा कोरोनाका कारण कुनै क्षेत्रमा बन्द अथवा निषेधाज्ञा लागू गर्नुपर्ने अवस्था छैन। दक्षिणी छिमेकी भारतमा त सबैथोक सामान्य भइसकेको छ। दुवै मुलुकमा कोरोनाविरुद्ध खोप अभियान तीव्ररूपमा अघि बढिरहेको छ। अग्रपङ्क्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, चिकित्सक, नर्स, स्वास्थ्य कार्यकर्ता, सरसफाइकर्मी, एम्बुलेन्स तथा शववाहनका चालक, कूटनीतिक नियोगका कर्मचारी र राजदूतहरू, पत्रकार आदि सबैले खोप लिने क्रम जारी छ। ज्येष्ठ नागरिकलाई पनि खोप दिलाइने अभियान चाँडै शुरू हुनेछ। दक्षिणी छिमेकी भारतले अनुदान स्वरूप नेपाललाई उपलब्ध गराएको कोरोनाविरुद्ध खोपले नेपालीहरूको अनुहारमा मुस्कान ल्याइदिएको छ। यस्तो अवस्थामा पुरानै शैलीमा हिंडडुलमा झन्झट लगाउनु अव्यावहारिक काम हो। केन्द्र सरकारले नाका खोलेको निर्णय गर्ने, घोषणा गर्ने तर स्थानीय प्रशासनले कोरोनाको डर देखाउँदै पुरानै गतिविधिलाई निरन्तरता दिनुले दुई निकायबीच समन्वयको अभाव रहेको अथवा नियत सही नरहेको मान्नुपर्छ।

नाका खुलाउने विषयमा स्पष्ट मापदण्ड नहुँदा भारतीय पर्यटक नेपाल आउन सकेका छैनन्। कतिपय अवस्थामा नेपालीले पनि झन्झट बेहोरिरहेका छन्। लकडाउनसँगै होटल, मनोरञ्जन स्थललगायत पर्यटकलाई प्रत्यक्ष आकर्षित गर्ने क्षेत्रहरू पूर्णरूपमा खुले पनि पर्यटक आउने वातावरण नहुँदा व्यापार विगतमा जस्तो पुरानो अवस्थामा फर्कन सकेको छैन। यही अवस्था रहिरह्यो भने देशको अर्थतन्त्र बलियो हुन सक्ने छैन। मुलुकको अर्थतन्त्र उकास्न सबैभन्दा बढी आशा गरिएको पर्यटन क्षेत्रलाई पुरानो अवस्थामा फर्काउन पनि विदेशी पर्यटक आकर्षित गर्ने हिसाबको रणनीति बनाउनु पर्दछ। पहिलो चरणमा आकर्षित गराउन सक्ने पर्यटक भनेको भारतीय नै हुन् भन्ने वास्तविकतालाई पनि बुझ्न आवश्यक छ। भारतीयहरू बढी सङ्ख्यामा नेपाल भित्रिने माध्यम भनेको सडक यातायात हो। यस विषयमा हामीले तत्काल सकारात्मक निर्णय गरेनौं भने भोलिको दिनमा यो हाम्रो निम्ति नै प्रत्युत्पादक साबित हुनेछ। लकडाउनका कारण सञ्चालन रोकिएको उद्योग तथा व्यवसायमध्ये ५० प्रतिशतभन्दा बढी सञ्चालनमा आइसकेको नेपाल राष्ट्र बैंकको तथ्याङ्कलाई समेत यो अवस्थाले गिज्याइरहेको छ। तथ्याङ्कमा खुल्ने, व्यवहारमा बन्द रहनाले अर्थतन्त्रले सोचेजति लाभ नदिने निश्चित  छ। भारतीय पर्यटक नेपाल भित्रिने यो उत्तम मौसम पनि हो तसर्थ यस वास्तविकतालाई हृदयङ्गम गरी सीमानाका सञ्चालन हुनु आवश्यक छ। खस्किंदै गएको अर्थतन्त्रलाई टेवा दिन तत्काल भारतीय पर्यटकलाई नेपाल भिœयाउनुको विकल्प छैन। सरकारले यस विषयमा संवेदनशीलता देखाएन भने होटल व्यवसाय चौपट हुने निश्चित छ। आखिर एक वर्षसम्म आफ्नो निम्ति अनुकूल समयको प्रतीक्षा गरेको व्यवसायीले अब थप बढी प्रतीक्षा गर्ने अवस्था छैन। कोरोनाको त्रास बाँकी नै रहेको भन्ने विश्वास गर्न गा–हो भइरहेको छ। मालवाहक गाडीमा जति पनि मानिस ओहरदोहर गर्ने तर परिवारसहित घुम्न आएका गाडीलाई रोक्ने कार्यलाई व्यावहारिक मान्न सकिंदैन। पैदल अहिले पनि हजारौं सङ्ख्यामा मानिस आउजाउ गरिरहेका छन् तर मुख्यनाकाबाट एवं गाडी चढेर आउनेहरू मात्रै कोरोना फैलाउन सक्ने ठम्याइँमा पुग्नु दुर्भाग्यपूर्ण हो। नेपाल–भारतबीचको परम्परागत बहुआयामिक सम्बन्धलाई प्रगाढ बनाउनुको सट्टा विभिन्न बहानामा यसमा कटुता थप्ने काम हुनु दुर्भाग्यपूर्ण हो। सरकारले खुला सीमा अथवा भारतसँगको नाका बन्द नै गर्ने, व्यवस्थित गर्ने अथवा सीमित बनाउने मनसाय बनाएको छ भने यसको पनि विकल्प खोज्नुपर्दछ।  
विगत एक वर्षमा सीमावर्ती क्षेत्रका जनताले रक्षाबन्धन तथा भाइटीकामा दिदी–बहिनीसित आशीर्वाद एवं शुभकामना लिन सकेनन्। दशैंको अवसरमा लाखौंले आफ्नो भाकल पूरा भएकोमा शक्तिपीठमा बलि प्रदान गर्न पाएनन् । पवित्र छठ पर्वको प्रसाद आफ्ना आफन्तलाई दिन सकेनन्। वैवाहिक सम्बन्धमाथि असर परेको छ। अब जति लामो समयसम्म सीमानाका बाधित हुनेछ नेपाली जनताको नजरमा सत्ताधारी नेकपा र वर्तमान सरकार नै जिम्मेवार ठहरिने छ। विगत ३ वर्षमा आफ्नो कामकाजबाट जनताको विश्वास जित्न असफल सरकारले थप अलोकप्रियता कमाउने काम गर्नुहुँदैन। राजनीतिक दलको आमसभामा जुट्ने भीड नै समर्थन र लोकप्रियताको मापदण्ड हुने भए राजा ज्ञानेन्द्र पनि कम लोकप्रिय थिएनन्। महान् योद्धा नेपोलियन बोनापार्टले पनि एकपटक भनेका थिए कि भीडमाथि भरोसा गर्नुहुँदैन किनभने जुन भीड मलाई हेर्न र सुन्न आउँछ त्योभन्दा बढी भीड म झुन्डिएको हेर्न पनि आउने छ। तसर्थ जनताको चाहना र भावनालाई बुझ्ने प्रयास हुनुपर्छ। सरकारले तत्काल सीमानाका सहज सञ्चालनमा ध्यान दिन आवश्यक छ। पूर्ववत् अवस्थामा नै सीमानाका सक्रिय बनाइए हामीलाई नै बढी फाइदा हुनेछ।

neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : सीमानाका सञ्चालनको खाँचो
सीमानाका सञ्चालनको खाँचो
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjrDYUCe6MLn-nS8E_LHsl-8WCT_gFXCGHz4FmxDGoDf5RjVJ6UtReBFyN9zyl-f_LSoHQPe3A0WIo_gnq9X7YD2a1pT5Fc1L9Jwk-2qMyVQgZmSwSnHQqzbafSD3LsgEPuj0rTF9PBLBtT/w283-h320/sriman.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjrDYUCe6MLn-nS8E_LHsl-8WCT_gFXCGHz4FmxDGoDf5RjVJ6UtReBFyN9zyl-f_LSoHQPe3A0WIo_gnq9X7YD2a1pT5Fc1L9Jwk-2qMyVQgZmSwSnHQqzbafSD3LsgEPuj0rTF9PBLBtT/s72-w283-c-h320/sriman.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2021/02/blog-post_494.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2021/02/blog-post_494.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy