$type=ticker$count=12$cols=4$cate=0

समृद्धिका लागि वैदेशिक रोजगार व्यवस्थापन

SHARE:


शीतल महतो

नेपालको सङ्घीय शासन प्रणालीले प्रतिस्पर्धात्मक लोकतान्त्रिक प्रणालीमा निजी क्षेत्रको सहभागिता, प्रतिस्पर्धा र लोककल्याणकारी राज्यको परिकल्पनाले समृद्धि प्राप्तिमा सबल आधार प्रदान गरेको छ। संविधानमा अन्तर्निहित विषयवस्तुले राज्य प्रजातान्त्रिक शासन प्रणालीका मूल आदर्श समात्दै लोक कल्याणकारी राज्यको अवधारणा पनि साकार पार्ने दोहोरो तर एक अर्कामा अन्तर्सम्बन्धित दायित्वबाट अभिप्रेरित हुनुपर्ने विशिष्ट अवस्थाको परिकल्पना गरेको छ। अर्थतन्त्रको विस्तार, रोजगारका अवसरको सृजना, नागरिकका आधारभूत आवश्यकताको परिपूर्ति, सामाजिक सुरक्षा, औद्योगिक विकास, पूर्वाधार र शिक्षामा लगानी, विप्रेषणको उत्पादनशील उपयोग, विप्रेषण भिœयाउनेको सामाजिक सुरक्षा, प्रतिभा व्यवस्थापन, लैंङ्गिक र सामाजिक न्याय स्थापनाका सवालहरूको सम्बोधन गर्नु नै लोककल्याणकारी राज्यको प्रमुख उद्देश्य हो। तर रोजगारको अवसर सिर्जना हुन नसक्दा मुलुकमा बेरोजगारी दर बढ्दो छ। फलस्वरूप वैदेशिक रोजगार हाम्रो अर्थतन्त्रको अभिन्न अङ्ग बनिसकेको छ। पछिल्लो समय मुलुकका प्रायः सबै परिवारका केही सदस्य विदेशमा काम गर्न पुगेका छन्। त्यसैले तीनै तहका सरकार रोजगार सिर्जना गर्ने विषयमा गम्भीर हुनैपर्छ।
वैदेशिक रोजगारमा गएकाहरूको मृत्युको खबर दिनैपिच्छे आउने गरेको छ। बाकसमा बन्द भएर आउने शवहरू प्रायः युवाका हुन्छन्। हालै मलेसियामा कामको सिलसिलामा मृत्यु भएका १८ युवाको शव स्वदेश ल्याइएको छ। शव विमानस्थल आइपुग्दा तिनका आफन्त भावविह्वल अवस्थामा काठका बाकस तान्दै थिए। यसरी ल्याइएका शवलाई वैदेशिक रोजगार बोर्डले सद्गत गर्ने स्थानसम्म निश्शुल्क पु–याउने गरेकोे छ। मृत्य हुने सबै पुरुष थिए। अब तिनका परिवारको सम्पूर्ण जिम्मेवारी महिलाको काँधमा आइपुगेको छ। सरकारले औपचारिकरूपमा ११० देशलाई वैदेशिक रोजगारका लागि खुला गरेको छ। औपचारिक–अनौपचारिकरूपमा खाडीलगायत मुलुकमा गएका नेपाली कामदारको सङ्ख्या करीब ८० लाख छ। आव २०७५–७६ मा ३२ हजार १२३ महिला रोजगारका लागि विभिन्न मुलुक पुगेको तथ्याङ्क छ। २०७७ भदौदेखि पुससम्म घरेलु कामदारका रूपमा दुई हजार महिला खाडी पुगेका छन्। तर तिनको अवस्था कस्तो छ, कसैलाई थाहा छैन। न तिनकाबारे सरकारी स्तरबाट सोधीखोजी नै हुन्छ। पछिल्लो आठ महीनामा ५९७ जनाको वैदेशिक रोजगारको क्रममा मृत्यु भएको छ, जसमध्ये १६ महिला छन्।
चरम गरीबी, स्वदेशमैं रोजगारको अवसर नहुनु, सन्तानको भविष्य अनि प्रलोभनजस्ता विभिन्न कारणले धेरै अशिक्षित र बेसहारा महिला खाडी मुलुकमा बेचिने गरेका छन्। श्रम मात्र नभई मान्छे नै किनबेचमा परेका नेपाली महिलाको सङ्ख्या पनि निकै छ। अवैध रूपमा जानु, पूर्वसूचनाको कमी, कामको प्रकृतिबारे शून्य जानकारी, कामदारको हक–अधिकार र सेवा–सुविधा पत्तै नहुनु, क्षतिपूर्तिमा हकदाबी गर्न नसक्नुजस्ता कारणले आप्रवासी महिला कामदारहरू समस्यामा पर्ने गरेका छन्। विदेश जाने क्रम बढेसँगै प्रतिभा पलायन भइरहेको छ भन्ने आम बुझाइ छ। तर, खाडीमा जाने कामदारहरूलाई हामी प्रतिभा ठान्दैनौं। उनीहरू अदक्ष वा अर्धदक्ष जे भए पनि यै देशका ऊर्जाशील जनशक्ति हुन्।

हुनत गरीब तथा विपन्न परिवारका लागि बाँच्ने आधार नै रोजगार हो। त्यति मात्र होइन्, उत्पादनको महत्वपूर्ण साधन श्रम हो, तर यो यस्तो साधन हो जसलाई सञ्चित गरेर राख्न सकिंदैन। त्यो सदाका लागि खेर जान्छ। बेरोजगार रहनु भनेको अर्थशास्त्रीय दृष्टिकोणले उत्पादनको साधन खेर जानु र व्यक्तिले आय गुमाउनु हो। यसबाहेक रोजगारको आर्थिक र सामाजिक महत्व पनि त्यतिकै छ। रोजगारबाट एउटा व्यक्तिले सहज ढङ्गले जीविका चलाएर समाजमा मर्यादापूर्वक बस्न सक्छ। त्यसैले कृषि उपजमाथि आत्मनिर्भरताबाट खाद्य सुरक्षाका साथै थुप्रै रोजगारका अवसर सिर्जना गर्न सकिने भएकोले कृषि क्षेत्रको आधुनिकीकरण र व्यवसायीकरणद्वारा युवालाई यस क्षेत्रमा आकर्षित गर्ने व्यवस्था सुनिश्चित गर्नु आवश्यक छ। अर्थतन्त्रमा उद्योग र सेवा क्षेत्रको योगदान बढाउन यसलाई अझ बढी प्रतिस्पर्धी, दिगो, श्रमप्रधान र निर्यातमूलक औद्योगिक विकासमा जोड दिनै पर्दछ। वैदेशिक रोजगारबाट फर्केकाहरू सीपयुक्त छन्। उनीहरू श्रमिकबाट मालिक बन्न सक्छन् तर उनीहरूको क्षमता र सीपलाई राज्यले प्रयोग गर्न सकेको छैन, न स्वदेशमैं उनीहरूलाई रोक्ने योजना ल्याइएको छ। दक्ष–अदक्ष जनशक्ति मात्र होइन, राज्यले नै ठूलो मूल्य चुकाएर तयार गरेका डाक्टर, इन्जिनीयर, प्राविधिक, प्रशासकहरू पनि बर्सेनि ठूलो सङ्ख्यामा विदेशिंदै छन्। अमेरिका, अस्ट्रेलियाजस्ता स्रोत–साधनसम्पन्न शक्तिशाली देशले तेस्रो विश्वका अधिकांश प्रतिभाशाली जनशक्तिलाई आकर्षित गरिरहेका छन्। र यो क्रम तत्काल रोकिने अवस्था पनि देखिएको छैन। दक्ष जनशक्ति परिचालनका दृष्टिले हामी लगभग खोक्रो भइसकेका छौं। प्रतिभा व्यवस्थापनतर्फ अग्रसर चीन, भारत र फिलिपिन्सजस्ता देशले पछिल्लो दशक आफ्नो प्रतिभाशाली जनशक्तिलाई कसरी स्वदेशमैं राख्ने भन्ने योजना बनाउन धेरै ध्यान दिएको देखिन्छ। तर नेपालले दक्ष जनशक्तिको पलायन रोक्न कुनै ठोस र प्रभावकारी योजना ल्याउन सकेको छैन।
प्राप्त एक अध्ययन अनुसार, वैदेशिक रोजगारबाट प्राप्त आयमध्ये परिवारले ऋण तिर्न ५२ प्रतिशत, नयाँ व्यवसाय गर्न चार प्रतिशत, ब्याज तिर्न पाँच प्रतिशत, सम्पत्ति खरीदमा १४ प्रतिशत, शिक्षामा १९ प्रतिशत र अन्यमा पाँच प्रतिशत खर्च गरिरहेको देखिन्छ। यसले बचत हुन नसकेको प्रस्ट देखिन्छ। फलस्वरूप विप्रेषण आयबाट हाम्रो अर्थतन्त्र परनिर्भर हुँदै गएको, निर्यात अत्यधिक वृद्धि भई व्यापार घाटा बढेको जस्ता असर देखिएका छन्। सुरक्षित र भरपर्दो गन्तव्य मुलुक खोज्नु, वैदेशिक रोजगारलाई प्रतिफलमुखी बनाउन आर्थिक र श्रम कूटनीतिलाई प्रभावकारी बनाउनु, ठगी नियन्त्रण गर्नु, ज्यान गुमाएका कामदारका परिवारलाई क्षतिपूर्ति दिलाउनु, वैदेशिक रोजगारको सूचना प्रणाली प्रभावकारी बनाउनु, विप्रेषणलाई उत्पादनशील क्षेत्रमा लगानी गर्ने वातावरण मिलाई विप्रेषणकर्तालाई प्रोत्साहन गर्नु र फर्केका सीपयुक्त जनशक्तिलाई उत्पादनमूलक क्षेत्रमा उपयोग गर्नुजस्ता वैदेशिक रोजगार व्यवस्थापनका चुनौती हुन्। यो यथार्थलाई मनन गरी वैदेशिक रोजगारलाई छोटो अवधिको विकल्पका रूपमा लिई हाम्रो श्रमशक्तिका लागि स्वदेशमैं रोजगार सिर्जना गर्ने पहल थाल्नु अत्यावश्यक भइसकेको छ। यसका लागि औद्योगिक विकास, पूर्वाधारमा लगानी वृद्धि, विकास योजना तर्जुमा, लैङ्गिक संवेदनशील बजेटमा बढोत्तरी, उद्यमशीलता विकास तालीमको व्यापकता, सहुलियतपूर्ण ऋण, स्थानीय बैंकहरूको क्षमता विकास र कार्यक्षेत्रको विस्तार गरी विभिन्न क्षेत्रगत रोजगारका योजना निर्माण गरी कार्यान्वयनमा ल्याइनुपर्छ।
युवाको श्रम, सीप, जोश र जाँगरको सही एवं उचित उपयोग भयो भन्ने कुनै पनि मुलुकको विकास हुन समय लाग्दैन। तर यहाँका युवाको सबैभन्दा ठूलो समस्या बेरोजगारी हो। ऊर्जाशील युवालाई विदेशमा श्रम बेच्न पठाएर मुलुकको अर्थतन्त्र जसोतसो धान्न सकिएला तर यसले मुलुक उँभो लाग्दैन। समृद्ध मुलुक निर्माण गर्ने हो भने सरकारले देशभित्रै स्वरोजगारका लागि वातावरण बनाउन उद्यमशीलता कार्यक्रम ल्याउनु अति आवश्यक छ। यस्ता कार्यक्रमले युवाहरूको आयमा वृद्धि भई मुलुकको समृद्धिमा सहयोग पुग्ने प्रायः निश्चित हुन्छ। यसका अतिरिक्त युवालाई विकासका साझेदारको रूपमा परिचालन गर्नु आवश्यक छ। यसैगरी स्थानीय तहमा हुने भौतिक निर्माणलगायत विकासका अन्य क्षेत्रमा युवालाई परिचालन गर्न सकिन्छ। यसले गाउँको विकास द्रुत गतिमा अगाडि बढ्ने, भ्रष्टाचार हुने सम्भावना कम हुने र युवालाई सामाजिक जिम्मेवारी बोध भई समृद्ध नेपाल निर्माणमा उल्लेखनीय योग्दान पुग्न सक्दछ। त्यसैले समृद्ध नेपाल निर्माणका लागि अब आम बेरोजगार युवाले जागीर खोज्न विदेश धाउन छोडेर हातमा सीप, मस्तिष्कमा ज्ञान र हृदयमा भावना भएको काममा हात हालेर बाँचुन्जेल आफ्नै खुट्टामा उभिने व्यवसाय आत्मसात् गर्नु नै आफ्नो र मुलुकलाई पनि आत्मनिर्भर बनाउने बाटो रोज्नु हो।
त्यसैले समृद्ध नेपालका लागि गरीब, विपन्न र आर्थिक तथा सामाजिकरूपमा पिछडिएको वर्ग एवं समुदायलाई राष्ट्रिय विकासको मूल प्रवाहमा ल्याई उनीहरूलाई मुलुकको उत्पादनशील स्रोत साधनमाथि पहुँच, उपभोग र नियन्त्रणमा समानता र न्याय स्थापना गर्नैपर्दछ। यसका लागि सरकारले दीर्घकालीन योजना र कार्यक्रम बनाएर त्यसको पूर्ण राजनीतिक प्रतिबद्धताका साथ प्रभावकारी कार्यान्वयनमा जोड दिनु नै अहिलेको आवश्यकता हो।

neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : समृद्धिका लागि वैदेशिक रोजगार व्यवस्थापन
समृद्धिका लागि वैदेशिक रोजगार व्यवस्थापन
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEisE-Tpv7QGBpS2lyI2Ggnak_Ty5JFB0uDBROv6tm-qaFUEny2xVnkuQF49xv6pyKIMVhq68w8Y2frtP0hyB_wB6jiWpSwlCTnqUaRivuT73MiBQB7IH-80zz0F-gES2Vuhgyw7FiakkkfM/w312-h320/shital.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEisE-Tpv7QGBpS2lyI2Ggnak_Ty5JFB0uDBROv6tm-qaFUEny2xVnkuQF49xv6pyKIMVhq68w8Y2frtP0hyB_wB6jiWpSwlCTnqUaRivuT73MiBQB7IH-80zz0F-gES2Vuhgyw7FiakkkfM/s72-w312-c-h320/shital.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2021/02/blog-post_367.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2021/02/blog-post_367.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy