$type=ticker$count=12$cols=4$cate=0

संसद् पुनस्र्थापनाको निर्णयले हर्ष र बिस्मातको अवस्था

SHARE:


वैधनाथ ठाकुर

सर्वोच्च अदालतको संसद् पुनस्र्थापनाको निर्णयले प्रचण्ड–माधव समूहले जहाँ सार्वजनिकरूपमा लड्डु खाने–खुवाउने कार्य ग–यो, त्यही नेपालको राजनीतिलाई पुस ५ गतेको अवस्थामा फर्काइदिएपछि यतिबेला अनेकौं संवैधानिक जटिलताहरू पुनः उत्पन्न हुन गएका छन्। प्रचण्ड–माधव समूहले प्रधानमन्त्री खड्गप्रसाद ओलीसँग थोरै पनि नैतिकता भए राजीनामा गर्नुहुन्छ भनिरहेका छन् भने ओली समूहले दुई/दुई ठाउँबाट जनताले चुनावमा हराइदिंदा पनि मनोनीत भएर प्रधानमन्त्री बन्ने माधवकुमार जस्तो अनैतिकले नैतिकताको कुरा गर्न सुहाउँदैन भनिरहेका छन्। त्यसैगरी, बत्ती निभाएर बक्सा साटेर सिराहाबाट चुनाव जितेका प्रचण्ड तथा मतपत्र च्यातेर छोरीलाई चुनाव जिताउने प्रचण्डले नैतिकताको कुरा गर्न सुहाउँदैन भन्ने कुरा ओली समूहले यतिबेला गरेको देख्दा राजनीति झन्झन् बल्झिन पुगेको सजिलै अनुभूति गर्न सकिन्छ।
प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले संसद्मा गएर फागुन १३ गतेपछि अविश्वासको प्रस्तावको सामना गर्ने स्थायी समितिको निर्णय भएको बताएका छन्। यस्तोमा अब फेरि सांसद खरीद–बिक्रीको अवस्था आउने प्रबल सम्भावना रहेको छ। १५–२० जन सांसदलाई आफ्नो पक्षमा पार्न सकियो भने ओली तथा प्रचण्ड–माधव समूहले आआफैं सरकार बनाउन सक्छन्। यही खेल नहोस् र जनताको अभिमत अनुसार फेरि सरकार चलाउनको लागि संसद् भङ्ग गरेको तर्क प्रधानमन्त्री ओलीले गर्ने गर्थे तर अदालतले त्यसलाई उल्टाइदिएपछि संवैधानिक तथा राजनीतिक जटिलता झन् बढेर गएको कुरा कानूनका जानकारहरू यतिबेला बताइरहेका छन्।
नेकपा अझै पनि फुटेर दुईवटा पार्टी बनिसकेको छैन। प्रधानमन्त्री ओली समूह र प्रचण्ड–माधव समूहमध्ये कसैलाई पनि निर्वाचन आयोगले मान्यता दिएको छैन। यस्तो अवस्थामा नेकपा विभाजित पार्टीको रूपमा मान्न सकिंदैन। नेकपा एउटै पार्टी हो भने त्यसको संसदीय दलको नेताबाट नहटाएसम्म प्रधानमन्त्रीलाई हटाउन गा–हो छ। संसदीय दलको नेताबाट हटाउनको लागि उपनेताले दलको बैठक बोलाउनुपर्ने हुन्छ। संसदीय दलको उपनेतामा सुवास नेम्वाङ छन्, जो ओली पक्षकै हुन्।
त्यसैगरी, प्रधानमन्त्रीबाट हटाउन संसद्मा अविश्वासको मतमा प्रचण्ड–माधव समूहको एकल प्रयासबाट हुने अवस्था छैन। यस्तोमा ओली र प्रचण्ड–माधव समूहले अन्य पार्टी माथि भर पर्नुपर्ने हुन्छ। नेपाली काङ्ग्रेससँग प्रचण्ड–माधवले भेट गरिसकेका छन्। नेकाका अध्यक्ष शेरबहादुर देउवाले पार्टीमा रायसल्लाह गरेर मात्रै जवाफ दिने भनिसकेका छन्। उता गगन थापाहरूले हिजो चुनावको बेलामा त्यही प्रचण्डले यो देशमा अब नेपाली काङ्ग्रेसको कुनै कुनै आवश्यकता नै छैन, विगत ४०–५० वर्ष नेपाली काङ्ग्रेसले नै सरकार चलाएको हो र देशलाई कहाँ पु–यायो सबैले देखेकै हो भनेर भाषण गरेको हामीले बिर्सेका छैनौं भनी बताइरहेका छन्। हामी प्रतिपक्षमा बस्छौं तर सरकारमा जान्नौं भन्ने अभिव्यक्ति सार्वजनिकरूपमा सामाजिक सञ्जालमा नेकाका नेताहरूले दिइरहेको देख्दा सर्वोच्चको फैसलाले संवैधानिक सङ्कट आउनबाट देश जोगिएको हो कि झन् सांसद खरीद–बिक्रीको पुरानो परम्परातिर फर्केको भन्ने कुरा यसै पनि अनुमान लगाउन सकिन्छ।
उता भारतको राजधानी दिल्लीमा उपचार गराइरहेका जनता समाजवादी पार्टीका नेता डा बाबुराम भट्टराईले सर्वोच्चको फैसलामा ज्यादै हर्षोल्लास मनाउनुपर्ने कुनै कुरा छैन भनेर टिप्पणी गरेका छन्। भट्टराईले पुराना थोत्रा पार्टी जसले देशको वर्तमान समस्यालाई निकास दिन सक्दैनन्, त्यो चाहे नेपाल कम्युनिस्ट पार्टी होस् वा नेपाली काङ्ग्रेस यिनीहरूसँग यतिबेला सहकार्य गर्ने सवाल नै उठ्दैन भनेका छन्। तर जसपाले आफूलाई सरकार बनाउने लाइनमा उभ्याएको अवस्था देखिन्छ।

जेहोस्, भोलिको दिनमा सांसद खरीद–बिक्री गरेर भएपनि विदेशी शक्तिराष्ट्रको भक्तिगान गाएर भएपनि खड्गप्रसाद ओलीको ठाउँमा अन्य कुनै व्यक्ति चाहे शेरबहादुर देउवा हुन् अथवा प्रचण्ड, माधव, झलनाथमध्ये कुनै एक प्रधानमन्त्री बन्न सफल भएपनि के त्यसबाट देशले समृद्ध नेपाल र सुखी नेपालीको कोर्ष पूरा गर्ला ?
वास्तवमा नेपालमा जुन राजनीतिक व्यवस्था छ, त्यसको नाम सङ्घीय लोकतान्त्रिक गणतन्त्र हो। यसको संविधान अनुसार प्रत्येक पाँच वर्षको लागि जनताद्वारा जनताको लागि जनताले जनप्रतिनिधिलाई प्रत्यक्ष तथा समानुपातिक मतदानबाट निर्वाचन गर्नेछ र त्यो निर्वाचित सरकारले पाँच वर्ष शासन गर्नेछ र फेरि पाँच वर्षमा निर्वाचन हुनेछ। यो क्रम संविधानले परिकल्पना गरेको अनन्तकालसम्म चलिरहन्छ। जबकि हामी सबैले देखिरहेका छौं कि एउटा वडाध्यक्षको निर्वाचन जित्न लाखौं रुपैयाँ खर्च गर्नुपर्ने अवस्था छ। त्यसैगरी, नगरप्रमुख र सांसद बन्नको लागि करोडौं रुपैयाँ खर्च गर्नुपर्छ। यतिधेरै पैसा जनतासँग वा नेतासँग छ त ? निश्चितरूपमा छैन। यस्तोमा देशका दलाल, पूँजीपतिहरूले विभिन्न पार्टीहरूबाट चुनावी टिकट चन्दा सहयोगको नाममा मोटो रकम बुझाएर खरीद गर्छन् र चुनाव जित्छन् वा नेताहरूले माग अनुसारको रकम लिएर चुनाव जित्न सघाउँछन्। दुवै अवस्थामा चुनाव जितिसकेपछि संसद्ले गर्ने काम भनेको दलाल पूँजीपतिको हितमा नै हो। भ्रष्टाचारलाई भाषणमा जे भने पनि व्यवहारमा नीतिगतरूपमा राज्यद्वारा भ्रष्टाचार संस्थागत हुँदै आएको छ र यो व्यवस्था र अवस्था रहेसम्म रहिरहन्छ। एकाध कुराबाहेक जनताको पक्षमा कहिले कुनै निर्णय हुनेछैन। र सधैंभरि दलाल पूँजीपतिको पक्ष्Fमा निर्णय हुनेछ र राज्यले उनीहरूकै हितको सुरक्षा गर्नेछ।
वास्तवमा अहिलेको वर्तमान सङ्घीय लोकतान्त्रिक गणतन्त्र जबसम्म जनगणतन्त्रको रूपमा स्थापित हुँदैन, तबसम्म देशको विकास सम्भव नै छैन। सङ्घीय लोकतान्त्रिक गणतन्त्रले आफ्नो चरित्र विगत तीन वर्षमा देखाइसकेको छ। झन्डै दुई तिहाइ बहुमतको आफ्नै सरकारलाई काम गर्न नदिनेहरू भोलि कोहीसँग मिलेर सरकार बनाउँदा जनहितमा काम हुन्छ भन्ने विश्वास गर्ने आधार के ?

neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : संसद् पुनस्र्थापनाको निर्णयले हर्ष र बिस्मातको अवस्था
संसद् पुनस्र्थापनाको निर्णयले हर्ष र बिस्मातको अवस्था
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjrCqAoNzCXuPmEEZT9F77yF8rDE66J5Z72ZjzmlVItzM6Of0FIaQC_vIfPEWDRSCjHaL7b6WYBxozWLtdo_AWRDfgAJ68-hDuR26_B6tO4jJ17JVfetr-cDGi_DNa3y_ZGmAiiSiQ4daq8/w269-h320/baidnath.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjrCqAoNzCXuPmEEZT9F77yF8rDE66J5Z72ZjzmlVItzM6Of0FIaQC_vIfPEWDRSCjHaL7b6WYBxozWLtdo_AWRDfgAJ68-hDuR26_B6tO4jJ17JVfetr-cDGi_DNa3y_ZGmAiiSiQ4daq8/s72-w269-c-h320/baidnath.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2021/02/blog-post_326.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2021/02/blog-post_326.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy