$type=ticker$count=12$cols=4$cate=0

ड्राइपोर्टको मुआवजा वितरणमा ढिलाइ

SHARE:

प्रस, वीरगंज, १० फागुन/
वीरगंज–२५ श्रीसियाको ६२ बिघा जग्गा अधिग्रहण गर्ने क्रममा मुआवजा वितरणमा चरम ढिलाइ भइरहेको छ।
ड्राइपोर्ट भन्सार र आइसिपी भन्सारबीचको ६२ बिघा जग्गामा दुईवटा सरकारी कार्यालयबीच तालमेल नमिल्दा ढिलाइ भइरहेको स्थानीयवासीले बताएका छन्। मुआवजा वितरणमा श्रीसिया सुक्खा बन्दरगाहले हस्तक्षेप गरी आवेदन सङ्कलन गर्ने र सोअनुरूप कार्यसम्पादन नगरेको कारण मुआवजा वितरणमा ढिलाइ भइरहेको बुझिएको छ।
गत माघ ७ गते जिल्ला प्रशासन कार्यालय, पर्साले सूचना प्रकाशित गर्दै अधिग्रहणमा परेका ९ सय ९९ जनालाई ३० दिनभित्र आवेदन दिन सूचना प्रकाशित गरेको थियो। तर मुआवजा तथा क्षतिपूर्ति निर्धारण समितिकहाँ निवेदन दिनुपर्नेमा श्रीसिया सुक्खा बन्दरगाह भन्सारका प्रमुख डा लालबहादुर खत्रीले हस्तक्षेप गरी उक्त मुआवजाका निवेदनहरू ड्राइपोर्ट भन्सारमा सङ्कलन गरी मालपोत कार्यालयमा फाइल पठाएपछि ड्राइपोर्ट भन्सारको नाममा पुर्जा बनेपछि मात्र जिल्ला प्रशासन कार्यालयलाई भुक्तानीको लागि पत्राचार गर्ने शर्तमा काम शुरू गरिएको थियो। तर ड्राइपोर्ट भन्सारका प्रमुख खत्रीको उदासीनताको कारण फाइल पठाउन ढिलाइ भएको छ भने अर्कोतर्फ मोठ भिडाइ पुर्जा बनाएर पठाइएका फाइलहरूको भुक्तानीका लागि सिफारिश गर्न पनि मालपोत कार्यालय, पर्साले ढिलाइ गरेको देखिन्छ।

मालपोत कार्यालय, पर्साको अनुसार जनशक्ति अभावले एक महीना बितिसक्दा पनि सोचेअनुरूप पुर्जा बन्न नसकेको जनाएको छ। ६२ बिघामध्येमा खेत र सरेहको करीब १५ बिघा जतिको मोठ भिडाएर कित्ता मिलान गरी ड्राइपोर्ट भन्सारको नाममा पुर्जा बनाइदिन सिफारिश भइसकेको र बाँकी काम सकाउन कम्तीमा दुई महीना जति समय लाग्ने मालपोत पर्साका कर्मचारीहरूको भनाइ छ।
यता, जिल्ला प्रशासन कार्यालय, पर्साले मुआवजाको दररेट निर्धारण गर्ने तथा सूचना प्रकाशित गरे तापनि बीचमैं ड्राइपोर्ट भन्सारले हस्तक्षेप गरेपछि मुआवजा वितरणमा थप ढिलाइ भएको बताएको छ। पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले भने– “जिप्रका पर्साले मूल्याङ्कन निर्धारण गरी सूचना प्रकाशन ग–यो तर ड्राइपोर्टका हाकिम साहबले आफैंले अन्य प्रक्रियाको लागि सहजीकरण गर्ने भनी जिम्मा लिनुभएको छ। त्यो काम जिप्रकामा भएको भए सजिलो हुन्थ्यो।”
ड्राइपोर्ट भन्सारका सूचना अधिकारी चुडामणिशर्मा पौडेलले ड्राइपोर्टमा परेका करीब दुई सय निवेदनमाथिको प्राविधिक काम पूरा गर्न मालपोत कार्यालय पर्सामा पठाइएको बताए। उनले मालपोतले पुर्जा बनाएर दिएको खण्डमा भुक्तानीको लागि जिल्ला प्रशासन कार्यालयमा पत्राचार गर्ने जानकारी दिए। पाँच वर्षदेखि जग्गा अधिग्रहणको नाममा स्थानीयहरूको जग्गा सरकारले रोक्का गर्दा र मुआवजा वितरणमा ढिलाइ गर्दा श्रीसियावासी पीडित बनेका छन्। उनीहरूले मुआवजा समयमा नपाउँदा अन्य ठाउँमा बसाइँसराइ गर्न, घरव्यवहार गर्न र बैंकिङ कारोबार गर्न समस्या भइरहेको गुनासो गरेका छन्।
तत्कालीन पर्साका सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलको संयोजकत्वमा गठित मुआवजा तथा क्षतिपूर्ति निर्धारण उपसमितिले २०७६ सालमा १३ प्रकारका जग्गाको वर्गीकरण गर्दै कट्ठाको रु ४० लाखदेखि ६७ लाखसम्म मुआवजा निर्धारण गरे तापनि पर्याप्त बजेटको अभावमा मुआवजा वितरण भएको थिएन। अहिले सरकारले डेढ अर्ब रकम जिप्रका पर्साको खातामा पठाए तापनि त्यो अपुग छ। जिल्ला प्रशासन स्रोत अनुसार समयमा मुआवजा वितरण नभए उक्त रकम पनि फ्रिज हुने बताइएको छ। ६२ बिघाको लागि कम्तीमा रु ६/७ अर्ब आवश्यकता पर्ने बताइएको छ।

neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : ड्राइपोर्टको मुआवजा वितरणमा ढिलाइ
ड्राइपोर्टको मुआवजा वितरणमा ढिलाइ
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhMGaGZfmCOWBjALEV3zXrZgNGeaKiCKjN7gVLFoUwnFEauCNJaIV_xMh9F0f-OZAPv1YmH8EEbwst32s2HUaeUXnRoX6nGCaLqC1DPHTedRNjEYaXXlxaTBidjHe9C56lyi00MdayV-hBh/w640-h512/dryport.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhMGaGZfmCOWBjALEV3zXrZgNGeaKiCKjN7gVLFoUwnFEauCNJaIV_xMh9F0f-OZAPv1YmH8EEbwst32s2HUaeUXnRoX6nGCaLqC1DPHTedRNjEYaXXlxaTBidjHe9C56lyi00MdayV-hBh/s72-w640-c-h512/dryport.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2021/02/blog-post_145.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2021/02/blog-post_145.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy