Posts

Showing posts from February, 2021

२०७७ फागुन १७ गते सोमवारको प्रतीक दैनिक

Image
 

पोखरिया अस्पतालमा चिकित्सकहरूको आलोपालो, बिरामी मर्कामा

Image
 धर्मेन्द्र चौरसिया, पोखरिया, १६ फागुन/ पर्सा जिल्लाको केन्द्रबिन्दुमा रहेको पोखरिया नगरपालिकास्थित पोखरिया अस्पतालको व्यवस्थापन पक्ष कमजोर हुँदा सो भेगका हजारौं सेवाग्राहीले प्रभावकारी सेवा पाइरहेका छैनन्। अस्पताल विकास समितिले एकातिर अस्पताल व्यवस्थापनमा चासो दिएको छैन भने अर्कोतिर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अनिल यादवको लापरवाहीका कारण अस्पताल अहिले स्वास्थ्य चौकीजस्तै सञ्चालन भइरहेको छ। आवश्यक दक्ष जनशक्ति हुँदा पनि बिरामीहरूले अस्पतालबाट गुणस्तरीय र प्रभावकारी सेवा नपाएका छैनन्। अस्पतालमा ६ जना चिकित्सक छन्, उनीहरूले दैनिक सेवा दिनुपर्नेमा ६ दिनको लागि आलोपालो ड्युटी मिलाएका छन्। पोखरिया अस्पतालमा मेसु डा अनिल यादवलगायत डा विनयकुमार यादव, डा सञ्जय गुप्ता, डा दीपेन्द्र मण्डल, डा मृगेन्द्रसिंह यादव, डा सुरेन्द्र यादव गरी ६ जना चिकित्सक नियुक्त छन् भने दुईजना स्टाफ नर्स, सरकारबाट दुईजना अहेब र अस्पताल विकास समितिबाट पाँचजना अहेब, सरकारीबाट दुईजना अनमी र अस्पताल विकास समितिबाट पाँचजना अनमी गरी कार्यालय सहयोगीको दरबन्दी छ। आवश्यक चिकित्सक तथा स्वास्थ्यकर्मी हुँदा पनि एक दिनमा एक

समयमा शिक्षकले तलब पाउँदैनन्

Image
प्रस, परवानीपुर, १६ फागुन/ वीरगंज महानगरपालिका अन्तर्गत ३२ वटा वडामा सञ्चालित सामुदायिक विद्यालयका शिक्षकहरूले समयमा तलबभत्ता नपाउने गरेको बताएका छन्। नेपाल शिक्षक महासङ्घ वीरगंज नगर कमिटी र वीरगंज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाबीच हरेक महीनाको ३० गतेभित्र तलबभत्ता निकासा गर्नुपर्ने सम्झौता भए तापनि सो अनुसार महानगरपालिकाको महाशाखाले विभिन्न सरकारी विद्यालयको खातामा रकम नपठाउने गरेको र समयमा रकम नआउँदा विद्यालयका प्रधानाध्यापकले शिक्षक, कर्मचारीलाई तलब खुवाउन नसकेको शिक्षकहरूले गुनासो गरेका छन्। माघको तलब फागुनको १४ गतेपछि मात्र विद्यालयको खातामा पठाइएको थियो। जबकि शिक्षकहरू माघको तलब फागुन ५ गतेभित्र पाउने आशामा थिए। महानगरपालिकाले ढिलो रकम पठाउँदा समयमा तलबभत्ता नपाएपछि ऋण लिएका शिक्षक, कर्मचारीहरूलाई बैंकको साँवा किस्ता र ब्याज तिर्न समस्या भएको छ। शिक्षक, कर्मचारीहरूले औषधोपचार र दैनिक उपभोग्य सामान खरीद गर्न तथा छोराछोरीहरूको विद्यालय शुल्क, बिजुली, पानीको बिल तिर्न तथा अन्य आवश्यकता पूर्ति गर्न समस्या हुने गरेको बताएका छन्। कतिपय सरकारी कार्यालयको महसूल १० गतेभित्र तिर्नु

तत्कालीन श्रीराम कोलोनीका जग्गाधनीले ठगी गरेको आरोप

Image
 प्रस, वीरगंज, १६ फागुन/ वीरगंजको रेलवे सडकनजीक छपकैयामा रहेको श्रीराम कोलोनीमा जग्गा खरीद गरेका १७ जनाले आफू ठगिएको १० वर्षपछि थाहा पाएका छन्। तत्कालीन जग्गाधनी रवि कुमार तथा अधिकृत वारेसनामा रहेका प्रेम जाटियाले मोही जग्गा एकल अधिकारको भन्दै बिक्री गरेको तर हाल आएर सो जग्गामा मोही रहेको फेला परेपछि आफूहरू ठगिएको जग्गाधनीमध्ये कृष्णकुमार सर्राफले बताए। तत्कालीन जग्गाधनी रवि कुमार र प्रेम जाटियाविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा ठगी मुद्दा परेको छ। पीडित सर्राफले २०६० सालदेखि बिक्री शुरू भएको श्रीराम कोलोनीको जग्गामा आफूलगायत १७ जना २०६५ सालदेखि नै घर बनाइ बसेको बताउँदै अहिले आएर एक्कासि मोहीवाला राजुसिंह राजपूतले मुद्दा दर्ता गरेपछि आफूहरू ठगिएको बताए। रुद्रदेवी उपाध्यायबाट सो जग्गा गोपाल अग्रवालले खरीद गरेको र अग्रवालको जग्गा कित्ता नं ६० बाट २०६० सालमा जाटियाले ७ कट्ठा जग्गा खरीद गरी ३५ नं कित्ता बनाएको र कित्ताकाट गरी १७ जनालाई बिक्री गरेको प्रमाणले देखाउँछ। रुद्रदेवी उपाध्याय र गोपालप्रसाद अग्रवालको लालपुर्जामा मोहीवाला गुल्जारसिंह राजपूत रहेको तर जाटियाले खरीद गरेको जग्गामा म

लामखुट्टेको बासस्थान नष्ट गरे डेंगुबाट बच्न सकिन्छ –वक्ताहरू

Image
 प्रस, वीरगंज, १६ फागुन/ लामखुट्टे नियन्त्रण गरे डेंगुबाट सहजै बच्न सकिने विज्ञहरूले बताएका छन्। स्वास्थ्य कार्यालय पर्सामा आइतवार सम्पन्न कार्यक्रमका सहभागीहरूले प्राणघातक कीटजन्य रोग डेंगुबाट बच्न लामखुट्टे नियन्त्रणमा जोड दिएका छन्। जिल्लास्थित स्वास्थ्य कार्यालय प्रमुख, जनस्वास्थ्य निरीक्षक, पालिकाका स्वास्थ्य संयोजक, रेडक्रस सोसाइटी, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिहरूको सहभागिता रहेको कार्यक्रममा डेंगु सार्ने लामखुट्टे नियन्त्रण गर्न जिल्लाका १४ वटै पालिकामा ‘सर्च एन्ड डिस्ट्रोय’ अभियान सञ्चालन गर्ने निर्णय गरिएको छ। कार्यक्रममा नारायणी अस्पतालका प्रमुख एवं मेडिकल सुपरिटेन्डेन्ट डा सञ्जय ठाकुरले कार्यपत्र प्रस्तुत गर्दै कबाड, टायर, गमला, बोतल तथा प्लास्टिकजन्य वस्तुहरू एवं फ्रिजको पानीलगायत सफा जम्ने पानीमा बस्ने र हुर्कने लामखुट्टेले डेंगु तथा कीटजन्य रोग सार्र्ने गरेको बताए। लामखुट्टेको बासस्थानलाई नै नष्ट गरिदिएमा रोग सङ्क्रमणको समस्या नहुने मेसु डा ठाकुरले दाबी गरे। लामखुट्टे नियन्त्रणका लागि जनचेतना फैलाउने कार्यक्रम सञ्चालन गर्नुका स

गर्मी बढेसँगै बच्चाहरूमा रूघाखोकी र भाइरल फिभर

Image
 प्रस, परवानीपुर, १६ फागुन/ गर्मी बढेसँगै बालबालिकाहरूमा भाइरल ज्वरो तथा रुघाखोकीको प्रकोप बढेको छ। फागुन आधा महीना बितिसकेपछि बिहानैदेखि घाम लाग्ने र चीसो कम हुँदै गएको महसूस गरिएको छ। विशेषगरी बालबालिकाहरू राति पङ्खा चलाएर सुत्ने, बिहान–बेलुकाको चीसोको समयमा खाली खुट्टा खेल्ने र मौसम अनुसारको कपडा नलगाउँदा रुघाखोकी र ज्वरोको शिकार भइरहेको चिकित्सकहरूले बताएका छन्। चिकित्सकहरूका अनुसार यो मौसममा विशेषगरी बालबालिका र वृद्धवृद्धाहरूलाई विशेष ध्यान दिनुपर्छ। वीरगंजका चिकित्सकहरूका अनुसार अहिले नारायणी अस्पताल, नेशनल मेडिकल कलेज, भवानी अस्पताल, वीरगंज हेल्थकेयर, तराई अस्पताल, वयोधालगायत दर्जनौं अस्पताल र क्लिनिकहरूमा विशेषगरी रुघाखोकी, निमोनिया, छातीमा कफ जम्ने, भाइरल ज्वरोलगायतका समस्याबाट ग्रसित बच्चाहरू उपचार गराउन आउने गरेका छन्। नारायणी अस्पतालका फिजिसियन डा रामकुमार सिंहले गर्मी बढ्दै गएपछि बच्चाहरूलाई सोहीअनुरूपको कपडा लगाउन, खानपान ताजा र मनतातो पानी खुवाउन, रुघाखोकीबाट बच्न राति सकभर पङ्खा र एसी नचलाउन तथा रुघाखोकी, निमोनिया र श्वासप्रश्वासमा समस्या देखिए नजीकको स्वास्थ्य चौकी अथ

चार वर्षपछि अन्सारीको हत्या अभियुक्त पक्राउ

Image
 प्रस, वीरगंज, १६ फागुन/ पर्साको पटेर्वासुगौली–१ सोनवर्षा मलोली टाँडी निवासी ५१ वर्षीय महम्जान मियाँ अन्सारीको हत्याको आरोपमा प्रहरीले चार वर्षपछि एकजनालाई पक्राउ गरेको जनाएको छ। पक्राउ पर्नेमा सोही स्थान निवासी मोलाजिम मियाँ अन्सारीलाई रहेको प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताए। महम्जानको हत्या २०७३ साउन २८ गते भएको तर उनको शव ३२ गते फेला परेको थियो। मेला हेर्न घरबाट निस्केका उनको हत्या घोडामसाननजीक सेन्चुरी खोलामा चार दिनपछि शव फेला परेको थियो। मृतकको शरीरभरि गोली लागेको तथा शल्यपरीक्षण गर्दा तीनवटा गोली निकालिएको थियो। प्रहरीले दिएको जानकारी अनुसार पीडित पक्षले सोही बेला १३ जनामाथि किटानी जाहेरी दिएको थियो। सो क्रममा प्रहरीले मृतकसँगै मेला हेर्न जाने भन्डिल भन्ने रहिम अन्सारी तथा अली हजरत अन्सारीलाई पक्राउ गरेको थियो। तत्कालीन पर्सा प्रहरी प्रमुख गणेश रेग्मीको सरुवा भएपछि मुद्दा हेर्ने अधिकृत तथा सरकारी वकीलले चलखेल गरी दुवैजनालाई साधारण तारिखमा रिहा गर्दा चौतर्फी विरोधसमेत भएको थियो। तर अहिले मोलाजिम पक्राउ परेपछि घटना उनीहरूतर्फ तेर्सिएको छ। मोलाजिम पक्राउपछि तारिखमा रहेका रहिम

साधुसन्त समाजबाराको प्रथम सम्मेलन शुरु

Image
प्रस, बारा, १६ फागुन/ साधुसन्त समाज बाराको प्रथम सभा एवं सम्मेलन बाराको कलैयामा शुरू भएको छ। मटिहानी मठका मठाधीश राष्ट्रव्यापी मानमहन्त स्वामी जगरनाथ दासजी महाराजको प्रमुख आतिथ्यमा सम्मेलन शुरू भएको हो। समाजका बारा जिल्ला अध्यक्ष महेन्द्र दासजी वैरागी सभापति रहेको सभामा रामकिसुन दासजी वैरागी, समाजका केन्द्रीय अध्यक्ष शिवनाथ दासजी वैरागी, केन्द्रीय कोषाध्यक्ष रामाकान्त दासजी वैरागी, केन्द्रीय सचिव राजदेव गिरी, सिद्धेश्वर संस्कृत माध्यमिक विद्यालयका प्रधानाध्यापक छविरमण सुवेदीलगायतको आतिथ्य रहेको थियो। सभालाई सम्बोधन गर्दै सभाका प्रमुख अतिथि मानमहन्त जगरनाथ दासजीले नेपाल हिन्दू राष्ट्र नहुँदासम्म हाम्रा दिदीबहिनी एवं चेलीबेटी सुरक्षित नहुने बताए। सभाको उद्घाटन सत्रमा बोल्ने साधुसन्तले वैदिक सनातन धर्ममाथिको आक्रमण रोक्नका लागि हिन्दू धर्मावलम्बीहरू एकजुट एवं सङ्गठित हुन आवश्यक रहेको बताए। उद्घाटन सत्रअघि सहभागीहरूले कलैया बजार परिक्रमा गरेका थिए। राधाकृष्ण साधुसन्त समाजको आयोजनामा शुरू भएको सम्मेलन भोलि सोमवारसम्म चल्नेछ। सिद्धेश्वर विद्यालयको प्राङ्गणमा जारी सम्मेलनमा नेपाल एवं भारतका व

जिल्ला बचत तथा ऋण सहकारी सङ्घको अधिवेशन सम्पन्न

Image
 प्रस, वीरगंज, १६ फाल्गुन/ जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लिमिटेड पर्साको अधिवेशन शनिवार राति सम्पन्न भएको छ। अधिवेशनले सङ्घको पर्सा अध्यक्षमा राजेश पडित कुम्हाललाई चयन गरेको छ। अधिवेशनमा सर्वसम्मत हुन नसकेपछि निर्वाचन प्रक्रियामा गएको थियो। अध्यक्ष पदमा राजेश पडित र हरेरामप्रसाद पटेलले उम्मेदवारी दिएकोमा तीन मत बढी ल्याएर राजेश पडित विजयी भए। हरेरामप्रसाद पटेलले ५९ मत प्राप्त गरेका थिए। त्यसैगरी, सङ्घको वरिष्ठ उपाध्यक्षमा असगर अलि अन्सारी निर्वाचित भएका छन्। उनले आफ्ना प्रतिद्वन्द्वी पन्नालाल महतोभन्दा १२ मत बढी पाएका थिए। उपाध्यक्षमा राकेश यादव विजयी भएका छन्। यादवले प्रतिद्वन्द्वी डिल्लीविक्रम कार्कीलाई १५ मतले पछि पारेका थिए। सङ्घको महासचिवमा ७१ मत प्राप्त गरी विष्णु बराल निर्वाचित भएका छन्। बरालका प्रतिद्वन्द्वी ईश्वरचन्द्र यादवले ४९ मत पाएका थिए। सचिवमा प्रभाकर गुप्ता चयन भएका छन्। उनले सचिव पदका अर्का प्रत्याशी प्रदीपप्रसाद पटेललाई पराजित गरेका हुन्। कोषाध्यक्षमा रामजी मुखिया बिनलाई पराजित गर्दै नगनारायण साह विजयी भए। जम्मा १ सय ३३ मतदाता रहेको सङ्घको निर्वाचन प्रक्रियामा १ सय २१

पञ्चले न्याय नदिएपछि विनीताले आत्महत्या गरिन्

प्रस, जनकपुरधाम, १६ फागुन/     न्याय नपाएपछि धनुषामा एकजना महिलाले आत्महत्या गरेकी छन्। धनुषाको औरही गाउँँपालिका वडा नं २ देउरी बस्ने रामजीवन यादवकी पत्नी ३६ वर्षीया विनीतादेवी यादवले आत्महत्या गरेकी हुन्।     गएको बिहीवार दिउँसो गाउँँकै एकजनाको खेतमा घाँस काटिरहेको बेला खेतधनीले उनीलगायत तीनजना महिलालाई साग चोरको आरोप लगाएका थिए। उनीहरूले आफूहरूले साग नचोरेको र घाँस मात्रै काटेको बताउँदा मुख लागेकोे भन्दै विनीतालगायत तीनैजना महिलालाई खेतधनीले कुटपिट गरेका थिए। आफूहरूमाथि अन्याय भएको भन्दै उनीहरू वडाध्यक्षकहाँ गुहार्न पुगे। वडाध्यक्षले पनि उनीहरूको कुरा नसुनी एकतर्फी निर्णय गरेर तीनैजनालाई जनही पाँच हजार रुपैयाँको दरले दण्ड जरिवाना तोकिदिए।     चोरीको झूटो आरोप, त्यसमाथि कुटपिट र न्याय माग्दा उल्टै दण्ड जरिवान तिर्नुपर्ने भएपछि निराश बनेकी विनीताले आफ्नो घरमा एक रुपैयाँ पनि पैसा नरहेको आफ्ना साथीहरूलाई बताएकी थिइन्। सोही क्रममा उनले आत्महत्या गरेको हुन सक्ने उनका साथीहरू सुमित्रा र बबिताले बताएकी छन्।     जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मकेन्द्र

आधुनिक जीवनमा गणितको आवश्यकता

Image
                    अनन्तकुमार लाल दास महान् गणितज्ञ गाउजले भनेका छन्– “गणित सबै विषयको रानी हो। यो विज्ञान र प्रौद्योगिकीको एउटा महत्वपूर्ण उपकरण हो। भौतिक, रसायन र खगोल विज्ञान गणितबेगर बुझ्न गा–हो हुन्छ। ऐतिहासिक रूपले हेर्दा वास्तवमा गणितको शाखाहरूको विकास नै प्राकृतिक विज्ञानमा यसको आवश्यकताको कारण भएको छ। केही क्षणका लागि गणित यस संसारबाट लुप्त भइसक्यो भन्ने कल्पना गरौं हामीले गणितविहीन संसारका सबै द्रव्य अनुशासनहीन भएको अनुभव गर्छौं। कति समयमा स्वयं आफ्नो धुरीमा घुम्नु छ भन्ने कुरा धर्तीले बिर्सन्छ। धर्तीलाई कति समयमा सूर्यको परिक्रमा गर्नुछ भन्ने कुरा उसलाई थाहा हुँदैन। बोट–बिरुवा र फूलको विन्यास–समरूपता गायब भइसकेको हुन्छ। रात र दिनको परिवर्तनको क्रम हराउँछ। हावापानीमा कुनै प्रकारको परिवर्तन देखा पर्दैन। बाल संसारका धेरै खेल लुप्त भएको अनुभव हुन्छ। कतिसम्म भने खानामा नून मसलाको कुनै तालमेल थाहा हुँदैन। यदि यो कुनै दुस्वप्न हो भने ठीक छ, अन्यथा विश्व कति कुरूप, नीरस र बेस्वादिलो हुन जान्छ माथिको कल्पनाबाट बुझिन्छ। गणित हाम्रो जीवनसँग यस प्रकार जोडिएको छ कि यसबाट टाढा हुने कल्पन

रूढिवाद किन

 रूढिवाद भनेको पुरानो, युगौंदेखि, पितापुर्खाले मानिआएको सिद्धान्त हो। त्यसैले परिवर्तनकामीले रूढिलाई अनावश्यक र त्याज्य मान्दछ भने यथास्थितिवादीले यसको निरन्तरतामा जोड दिन्छ। मानवीय व्यवहारलाई सन्तुलनमा राख्न प्राचीन समयदेखि नै नीति नियम बनाइएको हुन्छ। कालक्रममा समय परिवर्तन, मानिसको सोच, आवश्यकता, वैज्ञानिकता आदिले गर्दा परम्परादेखि चलिआएको सिद्धान्त अफाप हुन जान्छ। त्यसलाई त्यागेर नयाँ र आधुनिक सिद्धान्तको अनुकरण नै अग्रगमन हो। हाम्रो समाज धेरै पुरानो हो। समाज जति पुरानो हुन्छ र नियमनलाई जति स्थिर राखिएको हुन्छ, त्यसमा त्यत्तिकै धेरै समस्या उत्पन्न भएको हुन्छ। हाम्रो समाजमा महिला शिक्षामा वर्जना, बालविवाह, दाइजो प्रथा, छुवाछूत, जातीय विभेद, लैङ्गिक भेदभाव आदि आज त्याज्य सिद्धान्त बनेका छन्। यसको यो अर्थ होइन कि यी सिद्धान्त पहिले पनि त्याज्य थिए। कुनै पनि युगको आफ्नो धर्म हुन्छ। मानिसले आफूलाई प्रतिकूलताबाट जोगाउन धेरै वर्जनीय सिद्धान्तलाई कालक्रममा अँगालेको हुन्छ। प्रतिकूलता हटे पनि त्यसलाई पछ्याइरहनु चाहिं रूढिवाद हो। आज सरकारले बालविवाहलगायत माथि भनिएका कुरामा प्रतिबन्ध मात्र लगाए

२०७७ फागुन १६ गते आइतवारको प्रतीक दैनिक

Image
 

आयुर्वेदबाट मुुलुक समृद्ध बन्न सक्छ –राज्यमन्त्री यादव

Image
प्रस, वीरगंज, १५ फागुन/ नेपाल आयुर्वेद औषधि व्यवसायी सङ्घ, प्रदेश नं २ अन्तगर्त पर्सा, बारा, रौतहत जिल्लाको प्रथम संयुक्त जिल्ला भेला तथा तथा प्रथम जिल्ला अधिवेशन शनिवार वीरगंजमा सम्पन्न भयो। कार्यक्रमको उद्घाटन प्रदेश २ सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्रराय यादवले गरेका थिए। कार्यक्रमका मुख्य अतिथि राज्यमन्त्री  यादवले जडीबुटी तथा आयुर्वेदको माध्यमबाट मुुलुक समृद्ध बन्न सक्ने बताए। आयुर्वेद हाम्रो मुलुकको प्राचीन चिकित्सकीय पद्धति रहेको र वर्तमान विश्वमा आयुर्वेदको महत्व दिन प्रतिदिन बढिरहेको अवस्थामा मुलुकको सरकारले यसतर्फ पहलकदमी गर्न नसकेको बताए। मानव शरीरको लागि आयुर्वेद नै सबैभन्दा महत्वपूर्ण उपचार पद्धति भएको तथ्य विज्ञानले प्रमाणित गरिसकेको र हामीबाट अन्य मुलुकले सिकेर आधुनिक अङ्ग्रेजी औषधिको विकास गरेको चर्चा गर्दै उनले मुलुकमा प्राकृतिकरूपमा जडीबुटी उपलब्ध हुने र कतिपय जडीबुटीको व्यावसायिक खेती पनि हुने भएकोले यसतर्फ ध्यान दिन सके निरोगिताका साथै स्वरोजगारको प्रशस्तै सम्भावना रहेको भन्दै प्रदेश २ सरकारले यसको अध्ययन, पहिचान, उत्पादन, व्यवसाय प्रवर्धन

वीरगंजका रक्तदाताले रक्सौलमा ज्यान जोगाए

राजेश केशरीवाल, रक्सौल, १५ फागुन/ वीरगंज निवासी पङ्कज अग्रवाल आपत्विपत्को बेला रक्तदान गर्नेमा अग्रपङ्तिमा छन्। उनी अप्ठ्यारो परेको बेला दाताहरूबाट रगत उपलब्ध गराएर पनि मानिसको ज्यान बचाउँछन्। उनले शनिवार भारत बिहार घोडसहन निवासी अरविन्द साहकी पत्नीको ज्यान बचाउन रक्तदान गरे। आपत्कालीन अवस्थामा अरविन्दले आफ्नी पत्नीलाई डङ्कन अस्पतालको आइसियूमा भर्ना गरेका थिए। उनलाई तत्काल रगत चाहिएको थियो। रक्सौलमा रगत उपलब्ध थिएन। सो क्रममा ‘रामेश्वरलाल गोविन्दप्रसाद मस्करा ट्रस्ट’का रवि मस्कराले वीरगंज निवासी पङ्कज अग्रवाललाई सम्पर्क गरे। त्यसपछि पङ्कज अग्रवाल डङ्कन अस्पताल गई रक्तदान गरेका थिए।      रक्सौलस्थित ट्रस्टका निर्देशक मस्कराले भने, “हाम्रो ट्रस्टका धेरै सदस्य वीरगंज नेपालका छन्। उनीहरूले रक्तदान गरेर मानवीय सेवामा महान् भूमिका निर्वाह गरिरहेका छन्। सबै युवा साथीहरूले पनि रक्तदान गर्नुपर्छ।”

सिम्रौनगढमा पोखरी खन्दा भगवान् विष्णुको मूर्ति फेला

Image
प्रस, सिम्रौनगढ, १५ फागुन/ प्रसिद्ध ऐतिहासिक, पर्यटकीय एवं धार्मिकस्थल सिम्रौनगढ–४ हरिहरपुरमा भगवान् विष्णुको ठूलो मूर्ति फेला परेको छ। स्थानीय बासिन्दा किसुन्दरप्रसादको खेतमा डोजर लगाएर पोखरी खन्ने क्रममा मूर्ति फेला परेको हो। फेला परेको मूर्ति सो क्षेत्रमा आजसम्मकै सबैभन्दा ठूलो मूर्ति रहेको सिम्रौनगढ क्षेत्रका बासिन्दाहरूले बताएका छन्। डोजरले खन्ने क्रममा मूर्तिका विभिन्न स्थानमा टुटफुट भएको छ। भाँचिएको अवस्थामा फेला परेको सो मूर्ति भगवान् विष्णुको रहेको स्थानीयवासीले बताएका छन्। सो मूर्ति  सात फिट अग्लो, चार फिट चौडाइ र डेढ फिट मोटो रहेको वडासदस्य विजय साहले जानकारी गराए। शनिवार दिउँसो करीब तीन बजे फेला परेको भगवान् विष्णुको मूर्ति हेर्न आसपासका बासिन्दाहरूको घुइँचो लागेको छ। सिम्रौनगढका प्रमुख विजयशङ्कर यादवले ऐतिहासिक महत्वको मूर्ति फेला पर्नु पुरातात्विक तथा धार्मिक क्षेत्रका लागि महत्वपूर्ण उपलब्धि भएको बताए। उनले सिम्रौनगढमा म्युजियम बनाइ सो क्षेत्रमा फेला परेका मूर्तिहरूलाई एक ठाउँमा सजाइ पर्यटन क्षेत्रको विकास गर्ने लक्ष्य रहेको र यस कार्यको लागि पहल शुरू भइसकेको बताए। मूर्त

बालविवाहको आरोपमा बेहुला र बुबा पक्राउ

Image
प्रस, वीरगंज, १५ फागुन/ बालविवाह गरेको आरोपमा वीरगंजमा बेहुला र बेहुलाका बुबा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साले उनीहरूलाई शुक्रवार दिउँसो पक्राउ गरेको हो। वीरगंज–१६ लक्ष्मीनारायण टोलस्थित आफ्नै घरबाट उनीहरू पक्राउ परेको प्रहरीले जनाएको छ। बेहुला गुड्डु सर्राफको उमेर १९ वर्ष रहेको छ। बितेको माघ १७ गते सोही टोलकी १७ वर्षीया किशोरी र १९ वर्षीय किशोरबीच विवाह भएको उजूरी प्रहरीमा परेपछि प्रहरीले अनुसन्धानको लागि बेहुला र उनको बुबा ४६ वर्षीय कृष्ण सर्राफलाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले बताए। बालविवाह सम्बन्धमा विवाह भएको तीन महीनासम्म उजूरी गर्न सक्ने कानूनी व्यवस्था छ। बालविवाह प्रमाणित भएमा बालविवाह स्वतः बदर हुने र कसूर गर्ने आरोपितलाई ३ वर्ष कैद साथै ३० हजार रुपैयाँसम्म जरिवाना हुने मुलुकी संहितामा व्यवस्था रहेको कानून व्यवसायीहरूले बताएका छन्। मुलुकी संहितामा बेहुला र बेहुलीको विवाह योग्य उमेर २० वर्षमाथि रहेको छ। प्रहरीले पर्सा जिल्ला अदालतमा बालविवाहसम्बन्धी मुद्दामा ७ दिनको म्याद थमाइ थप अनुसन्धान गरिरहेको छ। जिल्ला प्रहरी कार्यालय पर्साले बालव

सङ्गठित ठगी गर्ने गिरोहका दुईजना पक्राउ

Image
प्रस, वीरगंज, १५ फागुन/ योजनाबद्धरूपमा सङ्गठित भई ठगी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्साले दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने वीरगंज महानगर–३० परसोतीपुर निवासी दीपेन्द्र यादव र बारा  बरैनिया विश्रामपुर निवासी लेखनदास शैलेन्द्र त्रिपाठी हुन्। सोही घटनामा संलग्न अन्य व्यक्ति फरार रहेका पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए। पक्राउ परेका व्यक्तिहरूले वीरगंज महानगरपालिका–३० लालपर्सा निवासी ७० वर्षीय मुनिराउत अहिरलाई ललाइफकाइ ३ करोड ३० लाख रुपैयाँको कपाली तमसुक बनाइ ठगी गरेको प्रहरीले जनाएको छ। मुनिराउतको विश्वासपात्र रहेका बेला दीपेन्द्रले आफ्नो साथी जीतेन्द्रको नातामा पर्ने सालो उदयबाबू यादवको नाममा झुक्याएर वृद्ध मुनिसँग कपाली तमसुक बनाउन सफल भएका थिए। गाउँका धनी मुनिराउत अहिर पढेलेखेका छैनन्। ११ जना छोरीका बुबा वृद्ध मुनिसँग जग्गा किनबेचको क्रममा दीपेन्द्रले झुक्याइ कपाली तमसुकमा हस्ताक्षर गराएको प्रहरी अनुसन्धानबाट खुलेको छ। आफ्नो सबै कारोबार हेर्ने विश्वासपात्र दीपेन्द्रले आफूलाई विश्वासघात गरी झुक्याएको पीडित मुनिराउत अहिरले बताए। दैनिक खान नै धौधौ पर्ने उ

नेपाली चिकित्सकका लागि युएई उपयुक्त गन्तव्य –राज्यदूत नकबी

Image
राधेश्याम पटेल, परवानीपुर, १५ फागुन/ नेपालका लागि युएईका राजदूत सइद हमदन अल नकबीले नेपाली चिकित्सकका लागि युएई उपयुक्त गन्तव्य हुन सक्ने बताएका छन्। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालद्वारा वीरगंजमा आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा राजदूत नकबीले युएईको स्वस्थ्य क्षेत्रमा दक्ष जनशक्तिको कमी रहेको जानकारी दिए। उनले नेपाली चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीको लागि आफ्नो मुलुक अवसरको रूपमा रहेको बताए। कलेजको सभाकक्षमा आयोजित कार्यक्रममा उनले २१ जना मिर्गौलारोगीलाई जनही १५ हजार नगद र लत्ताकपडा सहयोग प्रदान गरेका थिए। नेपालमा राजदूत भई चार वर्षको अनुभव सँगालेका नकबीले नेपाल र युएईबीच परस्पर मित्रताको सम्बन्ध तथा व्यापार प्रवर्धन प्रगाढ हुँदै गएको दाबी गर्दै युएई सरकार नेपालको  विकास कार्यमा सहयोग गर्न तत्पर रहेको बताए। नेपाली लगानीकर्ताहरूलाई दुबईमा सूचना प्रविधिको क्षेत्रमा लगानी गर्न उनले आग्रह गरे। कलेजका अध्यक्ष डा जैनुद्दीन अन्सारीको अध्यक्षतामा भएको कार्यक्रममा अस्पतालका मेडिकल निर्देशक डा प्रमोद सर्राफले कलेजले सयजना मिर्गौलारोगीलाई डायलसिस सेवा उपलब्ध गराइरहेको जानकारी गराए। बिए

राइटर युथद्वारा युनाइटेड पराजित

प्रमोद यादव, पचगावाँ, १५ फागुन/ पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नं १ मधुवन मथवल वडा कार्यालयको आयोजना र सखुवाप्रसौनी गाउँपालिकाको सहयोगमा जारी तेस्रो गोल्डकप फूटबल प्रतियोगिता अन्तर्गत शनिवारको खेल राइडर युथ क्लब पर्साले जितेको छ। राइडर युथ क्लब पर्सा र वीरगंज युनाइटेड पर्साबीच भएको खेलमा वीरगंज युनाइटेडलाई राइडर युथले शून्यको विरुद्ध एक गोल गरी विजयी भएको वडासदस्य पारस महतो थारूले जानकारी गराए।

निर्यात बढ्दा व्यापार घाटा ८.७५ प्रतिशतले घट्यो

Image
 राधेश्याम पटेल, वीरगंज, १५ फागुन/ वीरगंज भन्सार नाकाबाट चालू आवको सात महीनामा व्यापारघाटा पौने ९ प्रतिशतले घटेको छ। एकातिर सरकारको आयातमा कमी ल्याउने नीति कारगर साबित हुँदै गएको छ भने नेपालबाट भारत तथा तेस्रो मुलुकमा मालवस्तुको निकासी बढ्दा व्यापारघाटा न्यून गर्न मदत मिलेको भन्सार अधिकारीको विश्लेषण छ। वीरगंज भन्सारका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलका अनुसार गत आव २०७६/०७७ मा २ खर्ब ५७ अर्ब ८ करोड ५८ लाख ९ हजार रुपैयाँ व्यापारघाटा वीरगंज भन्सारले बेहोरेकोमा चालू आवको पछिल्लो सात महीनामा २ खर्ब ३४ अर्ब ५८ करोड ४१ लाख ३ हजार रुपैयाँ व्यापारघाटा बेहोरेको जनाइएको छ। चालू आवको पछिल्लो सात महीनामा आयात ७.४२ प्रतिशतले घटेको छ भने निर्यात ९.२९ प्रतिशतले बढेको पाइएको छ। गत आवको पहिलो सात महीनामा २ खर्ब ७७ अर्ब ५६ करोड ८३ लाख ७० हजार मूल्यबराबरको मालवस्तु पैठारी भएको वीरगंज भन्सार नाकाबाट सरकारले आयातमा लिएको कडा नीति र कोरोना महामारीको कारण ७.४२ प्रतिशत कम अर्थात् २ खर्ब ५६ अर्ब ९६ करोड ९५ लाख ८२ हजार मूल्यबराबरको मालसामान भित्रिएको थियो। गत आवको सात महीनामा २० अर्ब ४८ करोड २५ लाख ६१ हजार मूल

नौतनमा ११२ जनाले रक्तदान गरे

Image
प्रस, बारा, १५ फागुन/ बाराको प्रसौनी गाउँपालिका वडा नं ३ नौतनमा शनिवार रक्तदान कार्यक्रम सम्पन्न भएको छ। सो अवसरमा तीनजना महिलासहित ११२ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजले जनाएको छ। वडा नं ३ वडा कार्यालयले आयोजना गरेको रक्तदान कार्यक्रमको उद्घाटन प्रदेश नं २ का भौतिक पूर्वाधार विकासमन्त्री जीतेन्द्र सोनलले गरेका थिए। रक्तदान गर्नेहरूमा प्रशान्त साह, सिद्धार्थ साह, सागर साह, विकास पटेल, सौरभ साह, धीरजकुमार चौरसिया, आरति साह, पूनम यादव, महिमा साललगायत रहेका रक्तसञ्चार केन्द्र वीरगंजका प्राविधिक प्रमुख सौरभराज पाण्डेले जानकारी दिए। कार्यक्रममा बारा क्षेत्र नं ४ का सांसद एकबाल मियाँ, प्रसौनी गाउँपालिकाका अध्यक्ष भोला गुप्ता, उपाध्यक्ष गीता देवी, वडाध्यक्ष बैजनाथ गुप्ता, मन्त्री सोनलका स्वकीय सचिव रमेश सर्राफलगायतको सहभागिता थियो।

चिकित्सकद्वय थापा र सिंहलाई ‘राष्ट्रिय स्वास्थ्य सम्मान’

Image
 प्रस, वीरगंज, १५ फागुन/ वीरगंजमा कार्यरत वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा लक्ष्मी थापा र वरिष्ठ फिजिसियन डा नीरज सिंहलाई शनिवार काठमाडौंमा सम्मान गरिएको छ। नेपाल टेलिभिजनमा प्रसारित स्वास्थ्य दर्पण कार्यक्रमका निर्माता संस्था स्वास्थ्य दर्पण मिडियाले आफ्नो ९औं वार्षिकोत्सवको अवसरमा चिकित्सकद्वय थापा र सिंहलाई ‘राष्ट्रिय स्वास्थ्य सम्मान’बाट सम्मानित गरेको हो। डा सिंहलाई कोभिड–१९ महामारीको बेला पु–याएको योगदान तथा डा थापालाई महिला स्वास्थ्य क्षेत्रमा निर्वाह गरेको भूमिकाबापत सम्मान गरिएको सो संस्थाले जनाएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा आयोजित कार्यक्रममा डा थापा र डा सिंहलाई नेपाली काङ्ग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले सम्मानपत्र प्रदान गरेको संस्थाका अध्यक्ष सन्दीप श्रेष्ठले जानकारी गराए।

दम्भको दुर्गति

Image
         ओमप्रकाश खनाल प्रतिनिधिसभा भङ्ग गर्ने निर्णयलाई सर्वोच्च अदालतले बदर गरेपछि राजनीतिले नयाँ मोड लिएको छ। सर्वोच्चको यो फैसलाले राजनीतिक अन्योललाई चिर्ने काम त गरेको छ नै प्रधानमन्त्री केपीशर्मा ओलीमा देखिएको अहङ्कारलाई पनि ठेगान लगाएको छ। ओलीमा खतरनाक तरीकाले हावी भइराखेको ‘मै मात्र जान्ने, बाँकी सबै अज्ञानी’ ठान्ने मनोविज्ञानलाई पनि यो निर्णयले लगाम कस्ने काम गरेको छ। ओलीले विपक्षीको अवरोधका कारण नभएर आफ्नै दलभित्रको घरझगडाको झोंकमा प्रतिनिधिसभा विघटनजस्तो असंवैधानिक र आत्मघाती काम गरे। सर्वोच्च अदालतले ओलीको कदमलाई लगाएको लगामले राजनीतिक गतिरोधलाई निकास दिएको छ। यो निर्णयले अब भविष्यमा कुनै शासकको सनकका भरमा जननिर्वाचित संस्था भङ्ग हुने विडम्बनाको समेत अन्त्य गरिदिएको छ। कुनै सन्की शासकले यस्तो दुस्साहस गरेमा न्यायालयको यो नजीरले अमान्य ठहर हुनेछ। आफ्नो इच्छा र स्वार्थमा धक्का लाग्ने बित्तिकै कार्यकारी प्रमुखले प्रतिनिधिसभा विघटन गरेर मुलुकलाई चुनावमा लैजाने र अस्थिरताको भारी बोकाउने शैलीलाई न्यायालयको निर्णयले अमान्य भनेको छ। यो नजीरले भविष्यमा कुनै पनि शासकलाई स्वेच्छाचारी

२०७७ फागुन १५ गते शनिवारको प्रतीक दैनिक

Image
 

सर्वोच्चको फैसलाले देशमा अस्थिरता थपियो –मन्त्री प्रभु साह

Image
प्रस, वीरगंज, १४ फागुन/     शहरी विकासमन्त्री प्रभु साहले पछिल्लोपटक सर्वोच्च अदालतको संसद् विघटनको सम्बन्धमा गरेको फैसलाले देशमा अस्थिरता निम्त्याएको बताएका छन्।     पर्साको छिपहरमाई गाउँपालिकाको टिहुकी सेढाको चौरमा आयोजित अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै उनले बहुमतको सरकारको प्रधानमन्त्रीले विघटन गरेको संसद्लाई सर्वोच्चले फैसला गर्दै जीवित पारेकोप्रति असन्तुष्टि जनाउँदै उनले सर्वोच्चको फैसलाले देश सङ्कट तथा अस्थिरतातर्फ गएको टिप्पणी गरे।     कार्यक्रममा मन्त्री साहले भने, “करीब दुई तिहाइ बराबरको सरकारका प्रधानमन्त्रीलाई नेकपाकै केही नेताको स्वार्थमा हटाउन षड्यन्त्र भएपछि प्रधानमन्त्रीले बाध्य भएर संसद् विघटन गर्ने निर्णयमा पुग्नुभयो, त्यसपछि देश चुनावमा गइरहेको बेला अचानक सर्वोच्चको फैसलाले देशलाई सङ्कटमा धकेलेको छ।”     उनले प्रदेश सरकार भ्रष्टाचारमा लिप्त भएको चर्चा गर्दै माता जानकी जनकपुरधाम अहिले कमिशनको लेनदेन गर्ने अखाडा बनेको पनि उनले बताए। उनले प्रदेश सरकारले तीन वर्षमा प्रदेश २ का जनताको हित हुने कुनै पनि उदाहरणीय विकासको काम नगरेको पनि आरोप

सामाजिक सञ्जालबाट ठगी गर्ने दुईजना वीरगंजमा पक्राउ

Image
प्रस, वीरगंज, १४ फागुन/     सामाजिक सञ्जालबाट चिठा परेको भन्दै ठगी गरेको अभियोगमा एक भारतीयसहित दुईजनालाई पक्राउ गरिएको छ। पर्सा प्रहरीले उनीहरूलाई वीरगंजबाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा भारत, बिहार, पूर्वी चम्पारण मोतीहारी थाना वडा नं २ बस्ने वर्ष ४३ का राकेश कुमार र वीरगंज २० हरपतगंजका रामपुकारप्रसाद यादवलाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ।     पर्सा प्रहरीले उनीहरूलाई बिहीवार पक्राउ गरी थप कारबाहीको लागि महानगरीय अपराध महाशाखा टेकु काठमाडौंमा पठाएको पर्साका प्रहरी नायब उपरीक्षक मनोजीत कुँवरले बताए। उनका अनुसार सामाजिक सञ्जालबाट ठगी गरेको गिरोहको बारेमा काठमाडौंका सुनील सेन्चुरीले महानगरीय प्रहरीमा दिएको उजूरीको विषयमा सूक्ष्म अनुसन्धान गरेपछि उनीहरू पक्राउ परेको जनाइएको छ।     सामाजिक सञ्जाल इमो, ह्वाट्सएपबाट चिठा परेको भन्दै पैसा पठाइदिन अग्रिम रकमबापत विभिन्न बैंक र वित्तीय संस्थामार्फत १ लाख ८४ हजार रुपैयाँ विभिन्न व्यक्तिबाट ठगी गरेको खुलेको छ। ठगी गर्ने गिरोहले श्रीनिवास साह तेलीको सिभिल बैंकको खाताबाट साढे ४९ हजार, रामपुकारप्रसाद यादवको ज्योति विकास बैंकबाट साढे १९ हज

उच्च अदालतमा २० प्रतिशत मुद्दा फछ्र्याेट

प्रस, धनुषा, १४ फागुन/     उच्च अदालत जनकपुरधामले चालू आर्थिक वर्षका लागि दुर्ई हजार ९५८ मुद्दा फछ्र्याेट गर्ने लक्ष्य लिएको छ। सोमध्ये यही माघ मसान्तसम्म ५९८ वटा  मुद्दा फछ्र्योट भएको छ। सो सङ्ख्या लक्ष्यभन्दा निकै कम भएको अदालत स्रोतले जनाएको छ।         फछ्र्योट मुद्दा सङ्ख्या लक्ष्यको तुलनामा २० दशमलव २१ प्रतिशत मात्रै हो। कोभिड–१९ सङ्क्रमणका कारण गरिएको बन्दाबन्दीले लक्ष्य अनुसार मुद्दा फछ्र्याेट नभएको अदालतले पत्रकार सम्मेलनमार्फत शुक्रवार जानकारी दिएको छ। सञ्चारकर्मीहरूसँगको अन्तत्र्रिmया कार्यक्रममा उच्च अदालत जनकपुरधामका रजिस्ट्रार खगराज अधिकारीले मुद्दाको विविध पक्षबारे जानकारी दिएका थिए।     रजिस्ट्रार अधिकारीका अनुसार गत वर्षबाट सरिआएको एक हजार ६८२ मुद्दा र चालू आर्थिक वर्षको दुर्ई हजार ५५१ गरेर कुल चार हजार २३३ मुद्दा फछ्र्याेट गर्ने अदालतको लक्ष्य छ। मुद्दाको धेरै चाप भएपनि जनशक्ति अभावका कारण लक्ष्य अनुसार मुद्दा फछ्र्याेट हुन नसकेको उनले बताए। रजिस्ट्रार अधिकारीले गरीब तथा विपन्न वर्गको कानूनी रक्षा गर्न अदालतले निश्शुल्क कानून व्यवसायी उपलब्ध गराएको पनि जानकारी दिए।   

आयात घट्दा सात महीनामा पनि वीरगंज भन्सारले राजस्व लक्ष्य भेटाएन, ११ अर्ब कम राजस्व असुली

Image
प्रस, परवानीपुर, १४ फागुन/     वीरगंज भन्सार नाकाबाट चालू आवमा आयात घट्दा राजस्व सङ्कलनमा प्रतिकूल असर परिरहेको छ।     कोरोना महामारी र नेपाल सरकारले मालवस्तु पैठारीमा बढाएको राजस्व दरबन्दीले गर्दा विलासी गाडी तथा अन्य सामानको आयातमा कमी आउँदा राजस्वमा कमी आएको छ। चालू आवको पछिल्लो सात महीनामा कीरब ११ अर्ब लक्ष्यको तुलनामा कम राजस्व सङ्कलन भएको वीरगंज भन्सारले जनाएको छ।     वीरगंज भन्सारले चालू आव २०७७/०७८ को साउनदेखि माघसम्म सात महीनामा ९९ अर्ब ३३ करोड ५९ लाख ५ हजार राजस्व लक्ष्य पाएकोमा ८९ प्रतिशत मात्र अर्थात् ८८ अर्ब ५० करोड ४८ लाख ७७ हजार राजस्व मात्र असुली गरेको वीरगंज भन्सारका प्रमुख भन्सार प्रशासक महेश आचार्यले जानकारी दिए। उनका अनुसार चालू आवको १२ महीनाको लागि कुल १ खर्ब ७२ अर्ब ७९ करोड ८१ लाख ७५ हजार राजस्व लक्ष्य पाएकोमा माघसम्म सात महीनामा ८८ अर्ब ५० करोड ४८ लाख ७७ हजार असुली भएको बताए। माघसम्म भन्सार महसूलतर्फ ३८ अर्ब ५० करोड २१ लाख ५२ हजार लक्ष्य पाएकोमा ८८ प्रतिशत अर्थात ३३ अर्ब ८४ करोड १५ लाख ४६ हजार, मूल्य अभिवृद्धि करतर्फ ४१ अर्ब २७ करोड ८० लाख १ हजार लक्ष्य पाएकोमा ७

सात लाखसहित दुईजना भारतीय पक्राउ

Image
प्रस, वीरगंज, १४ फागुन/ हुन्डी कारोबार गरेको आरोपमा प्रहरीले ७ लाख नगदसहित दुईजना भारतीयलाई पक्राउ गरेको छ। बिहीवार साँझ वीरगंजको रजतजयन्तीचोकबाट भारत, रक्सौलबाट मोटरसाइकलमा आएका पूर्वी चम्पारण, मोतीहारी थाना, रक्सौल–२५ निवासी ४० वर्षीय सञ्जयकुमार गुप्ता र ३७ वर्षीय विनोदकुमारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ। उनीहरूको साथबाट रु ७ लाख बरामद भएपछि बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन कसूरमा अदालतबाट पाँच दिनको म्याद थमाइ अनुसन्धान शुरू गरिएको प्रहरीले जनाएको छ।

सामाजिक कुरीतिविरुद्ध चेतनामूलक कार्यक्रम

Image
प्रस, वीरगंज, १४ फागुन/ सामाजिक कुरीतिविरुद्ध जनचेतनामूलक कार्यक्रम शुक्रवार कलैया उपमहानगर–१० स्थित नेरामाविमा सम्पन्न भएको छ। दाइजो एवं सामाजिक कुरीतिविरुद्ध जागरण मञ्च र जनजागरण सामाजिक संस्थाको आयोजना तथा सामुदायिक प्रहरी सेवा केन्द्र मटिअर्वाको सहकार्यमा आयोजित कार्यक्रमको अध्यक्षता सामाजिक अभियन्ता बृजेश्वरप्रसाद चौधरीले गरेका थिए। उनले युवा तथा बालबालिका सामाजिक कुरीतिविरुद्ध जागरूक हुनुपर्ने धारणा व्यक्त गरे। कार्यक्रममा वक्ताहरूको मन्तव्य सुनिरहेका उपस्थित छात्रछात्राहरूले सामाजिक कुरीतिविरुद्धको अभियानमा ताली बजाएर सहमति जनाएका थिए। कार्यक्रममा प्रधानाध्यापक रामबाबू कुशवाहा, जीतेन्द्र पासवान, शिक्षिका गीतादेवी कुशवाहा, वडासदस्य समसुलहक देवान, प्रकाश थारू, मटिअर्वा प्रहरी चौकीका प्रहरी निरीक्षक टीकाराम बराल, शिवम मेहता, सचिन मेहतालगायतको सहभागिता थियो। कार्यक्रममा शिक्षक सुरज पण्डितले स्वागत र सञ्चालन कन्हैया पटेलले गरेका थिए।

राष्ट्रिय घोडेजात्रा

Image
मुकुन्द आचार्य हाम्रो देशमा अनेकथरीका जात्राहरू भइरहन्छन्। सित्तैमा जात्रा हेर्न पाउने हामी नेपाली कति भाग्यमानी छौं भनेर साध्य छैन। कहिले रथजात्रा, कहिले गाईजात्रा, कहिले घोडेजात्रा, कहिले नारा जुलुसको जात्रा आदि इत्यादि १ राजनीतिक समर्थन र विरोधका जात्राहरू छँदैछन्। प्रधानमन्त्री र राष्ट्रपति मिलेर संविधान मिच्दै गरिएको सदन विघटनलाई सर्वोच्चले लत्याएपछि देशमा जात्राहरू पुनः शुरू भएका छन्। अब फेरि नयाँ सरकार बन्ने सुरसार हुन थाल्यो। तसर्थ सरकार भएर सरकारी तबेलामा बाँधिन, घुम्ने मेचमा अन्धो भएर बस्न नेता–नेत्री भनाउँदा घोडाहरूको घोडदौड कार्यक्रम शुरू भॉको छ। कसैलाई मन्त्रीज्यू बन्नु छ, कसैलाई मन्त्राणी बन्नु छ, कसैलाई  सचिव बन्नु छ, कसैले प्रमुख जिल्ला अधिकारीको कुर्सी ताकेको छ। अर्थात् घोडेजात्रामा सहभागी भएर पुरस्कृत हुनलाई घोडाघोडीहरू हिं...हिं...हिं...को हँसिलो नाद गर्दै दगुरिरहेका छन्– राजधानीको चउरमा चर्न। अझ रमाइलो त के छ भने यस घोडेजात्रामा सहभागी हुन आउने सबै घोडाघोडीसँगै नयाँ–नयाँ उमेरका युवायुवती, घोडाघोडी पनि ठूलै सङ्ख्यामा राजधानी भित्रिंदै छन्। राजधानी अहिले घोडामय नै बन्

द्रोण पर्व–३३

Image
उमाशङ्कर द्विवेदी मेरा भुजाहरूले जसको रक्षा गर्दछ, त्यसमाथि देउताहरूको पनि जोड चल्दैन। म यस्तो व्यूह रचना गर्नेछु, जहाँ अर्जुन छिर्नै सक्दैन। त्यसैले न तर्स, उत्साहले युद्ध गर। तिमी जस्तो वीरलाई त मृत्युको भय हुनु नै हुँदैन, किनकि तपस्वीहरूले तप गरेर जुन लोक प्राप्त गर्दछन्, क्षत्रिय धर्मको आश्रय लिने वीर पुरुषले त्यसलाई अनायास नै प्राप्त गरिहाल्दछ। यस प्रकार आश्वासन पाएपछि जयद्रथको भय हरायो र उसले युद्ध गर्ने विचार ग–यो। त्यति बेला तपाईंको सेनामाझ पनि हर्ष–ध्वनि हुन थाल्यो। अर्जुनले जयद्रथको वध गर्ने प्रतिज्ञा गरेपछि भगवान् श्रीकृष्णले अर्जुनसित भने– धनञ्जय, तिमीले न त भाइहरूसित सम्मति लियौ, न मसित नै सल्लाह गरेर नै मानिसहरूलाई सुनाएर जयद्रथलाई मार्ने प्रतिज्ञा गरिहाल्यौ–यो तिम्रो दुस्साहस हो, यसबाट मान्छेहरूले हाम्रो उपहास गर्नेछन्। मैले कौरवहरूको छाउनीमा आफ्नो गुप्तचरहरूलाई पठाएको थिए। उनीहरू फर्केर त्यहाँको सबै समाचार बताएका छन्। तिमीले सिन्धुराज जयद्रथको वध गर्ने प्रतिज्ञा गर्ने बित्तिकै यहाँ रणभेरी बजेको तथा सिंहनाद गरिएको थियो। त्यसको तुमुल आवाज कौरवहरूले सुनेका थिए, उनीहरूले ति

वसन्त ऋतु र हाम्रो स्वास्थ्य

Image
डा. रमेश मिश्र आयुर्वेद एउटा सम्पूर्ण जीवन विज्ञान हो। यसमा एउटा व्यक्ति जन्मकालदेखि बुढेसकालसम्म कसरी स्वस्थ जीवन बाँच्न सक्छ र कुनै कारणले रोग लाग्यो भने उसको सम्पूर्ण उपचारको व्यवस्था गरिएको छ। आयुर्वेदमा स्वस्थ जीवनयापनको लागि ऋतुचर्या, दिनचर्या तथा रात्रिचर्या विधिको व्यवस्था गरिएको छ। सोही अनुसारको रहनसहन, खानपान हामी गर्छौं भने कहिले पनि रोगी हुँदैनौं र स्वस्थ जीवनयापन गर्न सक्छौं। वर्तमानमा अनुचित खानपान र रहनसहनले हामी धेरैजसो रोगको शिकार भइरहेका छौं। जति धन सम्पत्ति कमाए पनि घरघरमा रोगी व्यक्ति बढी भइसकेका छन्। धनसम्पत्ति जति भएपनि खाने बेलामा सोच्ने अवस्था आइसकेको छ। स्वस्थ जीवनयापनको लागि ऋतु अनुसार रहनसहन र खानपान गर्नुपर्दछ। हाम्रा ऋषिहरूले वर्षलाई सूर्य र चन्द्रमाको गति विभेदबाट दुई भागमा विभाजन गरेका छन्, जसलाई अयन भनिन्छ। यी अयन दुईवटा छन् एउटा उत्तरायण र दोस्रो दक्षिणायन। उत्तरायणमा रात सानो तथा दिन लामो हुनाले एवं सूर्य रश्मिहरू प्रखर भएको कारण चराचरको शक्तिको शोषण हुन्छ। यस कारण यसलाई आदानकाल भनिन्छ र दक्षिणायनमा दिन छोटो र रात लामो हुनाले चन्द्रमाका मरीचिकाहरू प्रब

बहुआयामिक पर्व–फागु

Image
                    राजेश मिश्र राम खेले होरी, लक्षुमन खेले होरी, लङ्गा में राजा, रावण खेले होरी, फागु पर्वको प्रसिद्ध लोकगीतहरू थुप्रै छन्। जसमध्ये उपरोक्त गीत उनलाई असाध्यै मनपर्छ। उपरोक्त लोकगीतले राम–लक्ष्मण तथा लङ्काधिपति रावणले होली खेलेको प्रसङ्ग व्यक्त गर्दछ। अर्थात् अयोध्यादेखि लङ्कासम्म फागु पर्व मनाइन्थ्यो भन्ने कुरा ज्ञात हुन्छ। उपरोक्त लोकगीत पौराणिककालदेखि नै अस्तित्वमा आएको मान्यता छ। फागु पर्वलाई देहातमा होली, होरी, फगुवा आदि भनिन्छ। ‘फगुवा कहिया बा (होली कहिले हो ?) ?’ जनमानस जान्न आतुर रहन्छ। देहातीजन गाउँका पुरोहितसँग सोध्दछन्। परदेशीजन घरमा फोन गरेर बाआमासँग सोध्छन्। दिन यकीन भइसकेपछि हर्ष यति हुन्छ कि घर जाने मनोकाङ्क्षा तीव्र हुन्छ। उल्टोक्रममा दिन गिन्ती शुरू गर्न थाल्छन्। फागुन मासमा मौसम शान्तिप्रिय महसूस हुन्छ। खेतमा लहलहाउँदो अन्नका बालाहरूले आफूतिर आकर्षित गरिरहेको आभास हुन्छ। नयाँ लताले वृक्षहरू सुशोभित हुन्छन्। ह्दयमा तीक्ष्ण खुशीको भाव उत्पन्न हुन्छ। रङ्गोत्सवको पावन अवसरमा मन प्रफुल्लित हुन्छ। पर्साको पोखरिया–४ का उनी हुन् मदन मिश्र। ७० वर्षीय अवकाशप्राप

मासु खानु शास्त्रसम्मत हुन्छ कि विपरीत

Image
सञ्जय मित्र आजभोलि मांसाहार भोजनलाई सामान्य मान्न थालिएको छ। एकातर्फ शाकाहारी बन्नुपर्छ भन्ने एक किसिमको समूह नै बनेको छ, जो शाकाहारीबाहेकलाई अछूतजस्तो व्यवहार गर्दछ र तर्क दिइन्छ कि मांसाहार भोजन राक्षस भोजन हो। मानिसले मांसाहार भोजन गर्नुहुँदैन। यहाँ राक्षस भनेर कसैलाई हेपिएको हो भने म त्यसलाई यस अर्थमा अस्वीकार गर्छु कि मेरो विचारमा कुनै दिन राक्षस एक जाति थियो, जो अहिले सम्भवतः लोप भइसकेको छ। अर्काथरी छन् जो मांसाहार भोजन शरीर र स्वास्थ्यअनुकूल छ भन्ने तर्क दिन्छन्। हाम्रो समाजलाई नियाल्ने हो भने धार्मिक कार्य दुवै किसिमले हुने गरेको पाइन्छ। धार्मिक कार्यमा पनि बलि चढाइन्छ र प्रसादको रूपमा मासु खाइन्छ। यसैगरी, माछा वा मासु अर्थात् मांसाहारी पदार्थबाट सम्पूर्णतः टाढा रहनुपर्ने धार्मिक क्रियाकलाप पनि हुन्छ। अझ ताज्जुब त त्यतिबेला लाग्छ, जब एउटै देवतालाई कतै शाकाहारी र कतै मांसाहारी मानिन्छ। काठमाडौं उपत्यका र अन्य कतिपय स्थानमा भगवान् गणेशलाई अन्डा चढाइने र महादेवलाई पश्चिम बङ्गालको कतिपय स्थानमा माछाको भोग लगाइने गरेको पनि सुनिन्छ। मधेसका अत्यन्त लोकप्रिय ग्रामदेवता जो प्रायः हरेक ग

संसद् पुनस्र्थापनाको निर्णयले हर्ष र बिस्मातको अवस्था

Image
वैधनाथ ठाकुर सर्वोच्च अदालतको संसद् पुनस्र्थापनाको निर्णयले प्रचण्ड–माधव समूहले जहाँ सार्वजनिकरूपमा लड्डु खाने–खुवाउने कार्य ग–यो, त्यही नेपालको राजनीतिलाई पुस ५ गतेको अवस्थामा फर्काइदिएपछि यतिबेला अनेकौं संवैधानिक जटिलताहरू पुनः उत्पन्न हुन गएका छन्। प्रचण्ड–माधव समूहले प्रधानमन्त्री खड्गप्रसाद ओलीसँग थोरै पनि नैतिकता भए राजीनामा गर्नुहुन्छ भनिरहेका छन् भने ओली समूहले दुई/दुई ठाउँबाट जनताले चुनावमा हराइदिंदा पनि मनोनीत भएर प्रधानमन्त्री बन्ने माधवकुमार जस्तो अनैतिकले नैतिकताको कुरा गर्न सुहाउँदैन भनिरहेका छन्। त्यसैगरी, बत्ती निभाएर बक्सा साटेर सिराहाबाट चुनाव जितेका प्रचण्ड तथा मतपत्र च्यातेर छोरीलाई चुनाव जिताउने प्रचण्डले नैतिकताको कुरा गर्न सुहाउँदैन भन्ने कुरा ओली समूहले यतिबेला गरेको देख्दा राजनीति झन्झन् बल्झिन पुगेको सजिलै अनुभूति गर्न सकिन्छ। प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले संसद्मा गएर फागुन १३ गतेपछि अविश्वासको प्रस्तावको सामना गर्ने स्थायी समितिको निर्णय भएको बताएका छन्। यस्तोमा अब फेरि सांसद खरीद–बिक्रीको अवस्था आउने प्रबल सम्भावना रहेको छ। १५–२० ज

राजनीतिलाई खेल बनायो

दुवैतर्फ एकै किसिमका चतुर खेलाडी भएमा खेल हेर्न निकै रोमाञ्चक हुन्छ। एकातर्फ कुशल खेलाडी र अर्कोतर्फ कमजोर खेलाडी प–यो भने कसले जित्ला भन्ने कुरा सहजै अनुमान गर्न सकिने हुँदा खेलमा मज्जा आउँदैन। दुवैतर्फ चतुर खेलाडी भएका टीमहरूबीच प्रतिस्पर्धा हुँदा खेल अन्तिमसम्म नै अनिश्चित हुने भएकोले रोचक हुन्छ। अन्ततः जित्नेले अविश्वसनीय तरीकाले जीत हात पार्छ। राजनीति र खेल नितान्त फरक कुरा हुन्। राजनीतिमा हरेक कुरा निश्चित हुन्छ। कुनै पनि राजनीतिक दल आफ्नो निश्चित नीति, सिद्धान्त तथा आस्थामा चलेको हुन्छ। उसको रणनीति, कार्यनीति तथा योजनाहरू पनि सङ्गठनले निर्णय गर्ने हुँदा यसको कार्यान्वयनपूर्व नै निर्धारित हुन्छ । असल राजनीतिज्ञले दूरदृष्टि तथा दीर्घकालीन सोच लिएका हुन्छन्। मतदाताले आफ्नो मुलुकलाई कुन मोडलमा लान चाहेको हो सोहीबमोजिमका दल तथा नेतालाई मतदान गर्छन्। संयुक्त राज्य अमेरिकामा रिपब्लिकन र डेमोक्रेटिक पार्टी तथा तिनका उम्मेदवारले जितेमा गर्ने कामबारे नागरिकलाई अग्रिम थाहा छ। त्यसैगरी, छिमेकी देश भारतमा पनि काङ्ग्रेस र भारतीय जनता पार्टीलगायतका दल अनि तिनका नेताहरूका योजनाबारे अधिकांश मतदा