उच्च रक्तचापबाट पीडित व्यक्तिले तीस मिनेटसम्म स्ट्रेचिङ कसरत गर्नपर्छ । यो कसरत पैदल हिंड्नुभन्दा बढी असरदार हुने क्यानडाको एउटा विश्वविद्यालयले दाबी गरेको छ । वैज्ञानिकको भनाइ छ स्ट्रेचिङ र पैदल हिंड्दा यसको असर उच्च रक्तचापमाथि पर्छ । वौज्ञानीकले अनुसन्धानको लागि उच्च रक्तचापबाट पीडित ४० जना रोगीको दुईवटा समूह बनाएका थिए । एउटा समूहलाई हिंड्न र अर्को समूहलाई स्ट्रेचिङ कसरत गर्न भनियो । अनुसन्धानमा रक्तचाप नियन्त्रण गर्नमा हिँड्डुलभन्दा स्ट्रेचिङ कसरत बढी असरदारकक देखियो ।
यो कसरतले मांसपेशी बाउडिने समस्या हुँदैन । फिजिकल एक्टिभिटी एन्ड हेल्य जर्नलमा प्रकाशित शोध अनुसार जब व्यक्तिले स्ट्रेचिड कसरत गर्छ, तब मांसपेशीदेखि धमनीसम्म असर हुन्छ। यसले मांसपेशी बाउडिने समस्या हटाउँछ । रक्तसञ्चार राम्रो रहन्छ । अनुसन्धानले दाबी गरेको छ, यदि तपाईं बोसो घटाउन चाहनुहुन्छ भने पैदल हिंड्नुभन्दा राम्रो विकल्प स्ट्रेचिङ कसरत हो । हिँड्डुल गर्नेहरूभन्दा स्ट्रेचिङ कसरत गर्नेहरूको बोसो बढी घटेको थियो । सोफाको सट्टा जमीनमा बसेर टिभी हेर्दै यो कसरत गर्न सकिन्छ ।
मेडिकल न्युट्रशनिस्ट डा विश्वरूप राय चौधरीको भनाइ छ-रक्तचाप रोग होइन, यो शरीरमा हुने नकारात्मक बदलावको लक्षण हो । यसलाई नियन्त्रण गर्ने दुईवटा उपाय छन् । पहिलो हरेक दिन खानामा ५० प्रतिशत फल र काँचो तरकारी खानुपर्छ । दोस्रो नून र तेलबाट टाढा बस्नुपर्छ ।
यो क्रा यसरी बुझ्न सकिन्छ जस्तै कुनै बिरामीले चिकित्सकलाई देखेपछि उसको रक्तचाप बढ्न शुरू हुन्छ र जसरी क अस्पतालबाट बाहिर आउँछ, रक्तचाप सामान्य हुन थाल्छ । मेडिकल भाषामा यसलाई हवाइट कोट सिन्ड्रोम भनिन्छ । औषधि खाने ८० प्रतिशत रोगीमा यो सिन्ड्रोम देखिएको छ । यस्ता रोगीलाई औषधिको त्यति आवश्यकता हुँदैन । यस प्रकार रक्तचाप केवल केही समयको लागि अचानक बढ्छ । उदाहरणको लागि अचानक सर्प देखेपछि मुटुको ढुकढुकी बढ्छ भने रक्तचाप पनि बढ्छ । यस्तो स्थितिमा मस्तिष्कले हामीलाई परिस्थितिसँग लड्न र भाग्न चेतावनी पठाउँछ। यसैले रक्तचाप रोग होइन, यो आपत्कालमा हामीलाई तयार गर्ने एउटा माध्यमसरह हो ।