– प्रतीक डेस्क (एजेन्सीको सहयोगमा) |
यो थाहा पाउन १६५ युवालाई ट्रेडमिलमा दौडाएर र भत्याङ चढाएर उनीहरूको मेटाबोलिक इक्विभैलेन्ट्स ९एमइटी० मापन गरिएको थियो । यस्ता युवा जसले, ४० देखि ४५ सेकेन्डमा भन्याङ चढेका थिए, उनीहरूको एमइटी ९ देखि १० वा त्योभन्दा बढी थियो । धेरैजसो रिसर्चले यो साबित गरिसकेको छ कि कसरत जाँचको दौरान जुन व्यक्तिको एमइटी १० रहन्छ उसको मृत्युदर अन्यको तुलनामा प्रति वर्ष १ प्रतिशत कम हुन्छ ।
२० वर्षको उमेरसम्म दौडिंदा, खेल्दा, एरोबिक्स गर्दा मुटुले बढी पम्प गर्छ। यस उमेरमा साइकल चलाउँदा, खेल्दा मजबुत मुटुको जग बस्छ । बच्चालाई हरेक दिन दौड्न, खेलकूद गर्न दिनुपर्छ । ६ देखि १७ वर्षको बच्चाले
कमसेकम १ घण्टा शारीरिक गतिविधि गर्नु आवश्यक हुन्छ । चाहे त्यो विद्यालयमा होस् वा घरनजीकैको चौरमा । स्वस्थ मुटुको लागि यस उमेरमा बच्चालाई एरोबिक क्रियाकलापमा सामेल गराउनुपर्छ ।
२१ देखि ४० वर्षसम्म सातामा ५ दिन व्यायाम गर्दा मुटुको ढुकढ्की सामान्य रहन्छ। २० को उमेरमा शरीर मजबृत र लचिलो हुन्छ । साथीहरूसँग टेनिस, बाइकिङ, स्वीमिङ, हाइकिङ गर्नुपर्छ । सातामा कमसेकम ५ दिन ६० मिनेट व्यायाम गर्नुपर्छ । ३० को उमेरपछि वजन नियन्त्रित गर्नुपर्छ । यस उमेरमा हाड कमजोर हुन्छ । तसर्थ बेटलिफ्टिङ गर्नुपर्छ । कार्डियोवस्कुलर वर्क आउटबाट हृदयको गति बढ्छ । रक्तचाप र कोलेस्ट्रोलको स्तर राम्रो
हुन्छ।
४० को उमेरपछि शरीरमा स्वाभाविकरूपले गिरावट शुरू हुन्छ । मांसपेशी लचिलो हुँदैन । पुरुष र महिलाको हार्मोनको स्तर खस्किन्छ । मुटुको रोगको खतरा रहन्छ । तसर्थ मुटु स्वस्थ राख्न व्यायाम सजिलो तरीका हो । सातामा ३(५ पटक कार्डियो वर्कआउट गर्नुपर्छ । जोर्नी दुख्छ भने साइक्लिङ र स्वीमिङ गर्नुपर्छ । ५० को उमेरपछि हातखुट्टा दुख्ने समस्या हुन्छ । यस उमेरमा पाचन क्षमता सुस्त हुन्छ । वजन बढ्छ ।
६० को उमेरपछि पनि यदि तपाईं स्वस्थ हुनुहुन्छ भने व्यायाम गर्न छाड्नु हुँदैन । यस उमेरमा धेरैले शारीरिक गतिविधि कम गर्छन् त्यसले गर्दा मुटुसँग सम्बन्धित रोगको खतरा २७ प्रतिशत बढ्छ । शारीरिक गतिविधि जारी राख्नेमा यो जोखिम ११ प्रतिशतसम्म कम हुन्छ । यो उमेरमा हिँडडुल, वेट लिफ्टिङ, नृत्य, बगैंचाको काम गर्ने, योग गर्ने र तनावबाट जोगिनुपर्छ । तनावबाट एड्रेनिलन जस्ता हार्मोन रिलिज हुन्छ । यसले धमनीलाई पातलो बनाउँछ र रक्तचाप बढाउँछ । योगबाट तनाव कम हुन्छ । सातामा ५ दिन कसरत गर्दा शरीर फुर्तिलो रहन्छ र मांसपेशी र हाड बलियो हुन्छ ।