$type=ticker$count=12$cols=4$cate=0

पर्सा, बारा, रौतहटमा नेकाको विरोध प्रदर्शन, संविधानको रक्षा पहिलो प्राथमिकता

SHARE:

प्रस, वीरगंज, १३ पुस/
नेपाली काङ्ग्रेसले संसद् विघटनविरुद्ध सोमवार ७७ जिल्ला र १६५ निर्वाचन क्ष्Fेत्रमा शुरू गरेको आन्दोलन पर्सा जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा पनि सम्पन्न भएको छ।
क्षेत्र नं १ को वीरगंज, क्षेत्र नं २ को डोकैला बहुअरी, क्षेत्र नं ३ को पोखरिया र क्षेत्र नं ४ को लङ्गडीमा नेका पर्साले संसद् विघटनविरुद्ध प्रदर्शन गरेको हो। वीरगंजको घण्टाघरमा भेला भएर संसद् विघटनविरुद्ध नाराबाजी गर्दै नेका नेता, कार्यकर्ताहरूले –याली निकाली नगरपरिक्रमा गरी सोही ठाउँमा कोणसभा गरेका थिए।
कोणसभामा नेका पर्साका सभापति अजय द्विवेदीले संसद् विघटनपछि ताजा जनादेशको लागि निर्वाचन अवसर भएपनि संविधानको रक्षा गर्नु पहिलो कर्तव्य ठानेर नेकाले देशव्यापी विरोध प्रदर्शन गरेको बताए। उनले संसद् विघटन असंवैधानिक एवं अलोकतान्त्रिक कदम भएको बताए। उनले संविधान रक्षाका लागि नेकाले सबैखाले आन्दोलन गर्ने उद्घोष गरे।

पहिलो संविधानसभामा कम्युनिस्ट  ठूलो पार्टीको रूपमा आए पनि उसले संविधान बनाउन नसकेको र दोस्रो संविधानसभामा नेपाली काङ्ग्रेस ठूलो पार्टी भएपछि नेपालको पहिलो गणतान्त्रिक संविधान घोषणा गरेकोले सोको रक्षाको जिम्मेवारी पनि नेकाको काँधमा रहेको उनले प्रस्ट्याए।
संविधानसभा सदस्य अनिल रूँगटाले प्रधानमन्त्री ओली एकतन्त्रीय शासन प्रणालीतर्फ उन्मुख भएको र उनलाई राष्ट्रपतिले पनि सघाएको आरोप लगाए। संसद् विघटन त्यसैको एउटा कडी भएको उनले बताए। कम्युनिस्ट पार्टीको करीब दुई तिहाइ बहुमतको सरकार असफल भएकोले अब नेका नेतृत्वको सरकारको विकल्प नभएको उनले दाबी गरे।
केन्द्रीय सदस्य वीरेन्द्रलाल नेपालीले नेका ताजा जनमतको लागि निर्वाचनमा जान इच्छुक भएपनि संविधानको रक्षा गर्नु पहिलो कर्तव्य ठानेर आन्दोलनमा होमिएको बताए। उनले देश–विदेशमा नेपालको कम्युनिस्ट सरकार असफल भएको र आगामी सरकार नेकाको हुने अनुमान लगाइए पनि नेकाले आफ्नो नेतृत्वमा जारी भएको संविधानको रक्षा गर्नु पहिलो जिम्मेवारी ठानेको बताए।
विरोधसभामा वीरगंज महानगरकी उपप्रमुख शान्ति कार्की, रामनारायण कुर्मी, अरविन्द गुप्ता, सुधीर पटेल, इम्तियाज आलम,  राजु साहलगायतले मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमको सहजीकरण मनोज मण्डलले गरेका थिए।
प्रस पोखरिया/
नेका क्षेत्रीय समिति क्षेत्र नं ३ को आयोजनामा पोखरिया नपामा विरोधसभा सम्पन्न भएको थियो।
विरोधसभामा पूर्वमन्त्री सुरेन्द्रप्रसाद चौधरीले निर्वाचन हुन सक्ने भन्दै निर्वाचनको तयारीमा लाग्न नेता, कार्यकर्ताहरूलाई निर्देशन दिए। उनले नेका र कम्युनिस्ट मिलेर संविधान जारी गरे पनि वर्तमान संविधानप्रति कम्युनिस्टहरू विश्वस्त नदेखिएको आरोप लगाए। उनले अहिले देशमा विदेशी शक्तिहरूको चलखेल बढेको भन्दै सोको निराकरण नेकाबाहेक अरू कसैले गर्न नसक्ने दाबी गरे। नेता चौधरीले संसद् विघटन प्रधानमन्त्रीको अधिकार क्षेत्रमा नपर्ने विषय भएको चर्चा गर्दै सर्वोच्चमा विचाराधीन मुद्दाको फैसला सबैलाई मान्य हुनुपर्ने बताए।
क्षेत्रीय सभापति लुकमान अन्सारीको अध्यक्षतामा भएको विरोधसभामा संविधानसभा सदस्य रामेश्वर रौनियार, अशोक गुप्ता, मुकेश गुप्तालगायतले मन्तव्य व्यक्त गरेका थिए भने नगरप्रमुख दीपनारायण रौनियारको पनि सहभागिता थियो।
प्रस, पर्सागढी/
बहुदरमाई नगरपालिकाको डोकैला बहुअरीमा क्षेत्र नं २ को आयोजनामा विरोधसभा भएको थियो।
नेका केन्द्रीय सदस्य अजय चौरसियाले विरोधसभामा संसद् विघटन संविधानविपरीत भएकोले आफ्नो पार्टीलाई मान्य नहुने बताए। उनले नेका विधिसम्मत चल्ने पार्टी भएको र यसले अरूलाई पनि विधिको शासनमा चल्न सिकाउने हुँदा सोविपरीत कार्य सह्य नहुने बताए।
विरोधसभा क्षेत्रीय सभापति गम्भीरा साहको अध्यक्षतामा भएको थियो भने संविधानसभा सदस्य राजेन्द्रबहादुर अमात्य, प्रदेशसभा सदस्य ओमप्रकाश शर्मा, राजेश्वर साह तेली, नगरप्रमुख नीतेन्द्र साह, लोकनारायण यादव, उपप्रमुख अर्चना चौधरी, नेकाका नेताहरू श्याम पोखरेल, रामरूप कुर्मी, दिना गुप्ता, श्याम पटेललगायतले मन्तव्य व्यक्त गरेका थिए।
प्रस, ठोरी/
पर्सा क्षेत्र नं ४ धोबिनी गापाको लङ्गडीमा नेकाको आयोजनामा विरोधसभा सम्पन्न भयो।
विरोधसभामा नेकाका केन्द्रीय सदस्य रमेश रिजालले निर्वाचित प्रतिनिधिसभा भङ्ग गरेर कम्युनिस्ट सरकारले लोकतन्त्रविरुद्धको चरित्र उजागर गरेको आरोप लगाए। उनले सरकार अधिनायकवादतर्फ अघि बढिरहेकोले नेकाले त्यसमा लगाम लगाउने बताए। उनले लोकतन्त्रमाथि खतरा भएको बेलामा नेकाले आफ्नो भूमिका प्रदर्शन गर्दै आएको र अहिले पनि गर्ने बताए।
क्षेत्रीय सभापति रमेशनाथ पाण्डेको अध्यक्षतामा भएको विरोधसभामा प्रदेशसभा सदस्य शङ्कर चौधरी, महासमिति सदस्य वृहस्पतिकृष्ण श्रेष्ठ, वशिष्ठनारायण कुर्मी, जिल्लासचिव किशोरी साह कानू, महाधिवेशन प्रतिनिधि रामेश्वर केवट, जिल्ला सदस्य नवीन सिंह, गापा अध्यक्ष सुरेशप्रसाद कुर्मीलगायतले मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा वलिस्टर अहमदले स्वागत र श्रीकान्त यादवले सहजीकरण गरेका थिए।
रामेश्वर मेहता, सिम्रौनगढ बारा/
बारा जिल्लामा पनि नेकाले चारवटै निर्वाचन क्षेत्रमा संसद् विघटनविरुद्ध प्रदर्शन ग–यो।
बारा क्षेत्र नं १ कोल्हवीमा आयोजित विरोधसभा क्षेत्रीय सभापति एवं सिम्रौनगढ नगरपालिकाका प्रमुख विजयशङ्कर यादवको अध्यक्षतामा भएको थियो भने पूर्वमन्त्री उमाकान्त चौधरी, चन्द्रशेखर यादव, उपेन्द्र जैसवाल, किशोर नेपाल, रामनरेशकान्त कुशवाहा, महेश कुँवर, रामदुलारी घलेलगायतले प्रधानमन्त्री ओलीको कदमको विरोध गरेका थिए। उनीहरूले संसद् पुनस्र्थापना गर्नुपर्ने माग गरे। प्रधानमन्त्रीले संसद् विघटन गर्ने व्यवस्था संविधानमा उल्लेख नभएको र त्यसलाई राष्ट्रपतिले अनुमोदन गर्नु घोर अप्रजातान्त्रिक क्रियाकलाप  भएको उनीहरूले आरोप लगाए। कार्यक्रममा सीता मैनालीले स्वागत र सिकेन्द्र पासवानले सहजीकरण गरेका थिए।
यसैगरी, बाराको क्ष्Fेत्र नं २ को बगडमपुरमा आयोजित विरोधसभामा केन्द्रीय सदस्य राधेचन्द्र यादवले मन्तव्य व्यक्त गरेका थिए। क्ष्Fेत्रीय सभापति रामप्रवेश यादवको अध्यक्ष्Fतामा कार्यक्रम भएको थियो।
क्ष्Fेत्र नं ३ को कलैया उपमहानगरमा आयोजित विरोधसभामा केन्द्रीय सदस्य एवं पूर्वमन्त्री फर्मुल्लाह मन्सुरले मन्तव्य व्यक्त गर्दै नेकाले संसद् पुनस्र्थापना गरिछाड्ने बताए। उनले संसद् विघटन संविधानविपरीत भएको भन्दै नेकालाई संविधानविपरीत कार्य कदापि स्वीकार्य नहुने बताए। जिल्ला सभापति जयचन्द चौरसियाको अध्यक्षतामा भएको कार्यक्रममा क्ष्Fेत्रीय सभापति मुकेश कुशवाहालगायतले मन्तव्य व्यक्त गरेका थिए।
यसैगरी, बारा क्षेत्र नं ४ को जीतपुरसिमरा उपमहानगरको सिमरामा आयोजित विरोधसभामा केन्द्रीय सदस्य बृजलाल यादव, पूर्वसचेतक शोभाकर पराजुलीलगायतले संसद् विघटनको विरोध गरे। कार्यक्रम क्षेत्रीय सभापति सुनील गुप्ताको अध्यक्षतामा भएको थियो।
प्रस, रौतहट/
नेपाली काङ्ग्रेस रौतहटद्वारा संसद् विघटनको विरोधमा आज विभिन्न क्षेत्र तथा नगरपालिकास्तरीय विरोध प्रदर्शन गरेको छ। मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते संसद् विघटन गरेको विरोधमा काङ्ग्रेसले रौतहट जिल्लाको सदरमुकाम गौर, दुर्गाभगवती गाउँपालिकामा रहेको गङ्गापिपरा बजार, गढीमाई नगरपालिकाको समनपुर बजार, परोहा र राजपुर नगरपालिकाका राजपुर बजार, कटहरिया बजार, चन्द्रपुर बजारलगायतका ठाउँमा  विरोध  प्रदर्शन गरेको हो।
प्रधानमन्त्री केपीशर्मा ओली नेतृत्वको सरकारको प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक कदम भएको भन्दै विरोध प्रदर्शन गरेको नेपाली काङ्ग्रेसका पूर्व सांसद जीतेन्द्र यादवले बताए। काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठकले संसदीय क्षेत्रमा संसद् विघटनविरुद्ध विरोध प्रदर्शन गर्ने निर्णय गरेअनुरूप आज रौतहटका चारवटै निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन भएको नेपाली काङ्ग्रेसका जिल्ला सभापति कृष्णा यादवले बताए।

neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : पर्सा, बारा, रौतहटमा नेकाको विरोध प्रदर्शन, संविधानको रक्षा पहिलो प्राथमिकता
पर्सा, बारा, रौतहटमा नेकाको विरोध प्रदर्शन, संविधानको रक्षा पहिलो प्राथमिकता
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhQVwjOpiYiOMmGOGTTAnTJ8pZKvYIylsCOADASJ1xGgqrdcs2Z82WiWRVREFsPO34wbV0OSK8fPjRRF83X_gEPlIK90Mg91mMovZ5iy_wy6Za5Frk12s6h066klGZRVC60_eLguELpuGQQ/w640-h556/pradarshan.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhQVwjOpiYiOMmGOGTTAnTJ8pZKvYIylsCOADASJ1xGgqrdcs2Z82WiWRVREFsPO34wbV0OSK8fPjRRF83X_gEPlIK90Mg91mMovZ5iy_wy6Za5Frk12s6h066klGZRVC60_eLguELpuGQQ/s72-w640-c-h556/pradarshan.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2020/12/blog-post_986.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2020/12/blog-post_986.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy