Posts

Showing posts from December, 2020

२०७७ पुस १७ गते शुक्रवारको प्रतीक दैनिक

Image
 

दलित समुदाय अझै पनि सामाजिक विभेदमा

Image
धर्मेन्द्र चौरसिया, पोखरिया, १६ पुस/ पर्सा जिल्लामा रहेका दलितहरू अहिलेसम्म सुकुमबासी जीवन व्यतीत गर्दैछन्। थोरैमात्रको घरखेत नम्बरी छ। दलित, मुसहर, चमार, दुसाध, डोम, धोबी, तत्वा, बिन, हलखोर जाति जिल्लामा एक लाखको हाराहारीमा छन्। उनीहरूको पहुँच अहिलेसम्म बढेको छैन। शिक्षामा पहुँच नभएको कारण यो समुदाय पछाडि परेको पिस फर दलित फाउन्डेशन पर्साका अध्यक्ष मनोज राम बताउँछन्। एक लाखमध्ये अहिलेसम्म शिक्षकमा दशजनाको स्थायी जागीर, पाँचजना निजामती, दशजना प्रहरी सेवा र केही सरसफाइमा दैनिक ज्यालादारीमा रहेका छन्। तर स्थायी जागीरमा पहुँच नभएको अध्यक्ष्F रामले बताए। आफ्नो संस्थाले यो समुदायलाई शिक्षामा पहुँच बढाउन र बालबालिकाहरूलाई विद्यालयमा टिकाइराख्न प्रयास गरे पनि अहिलेसम्म आशाप्रदरूपमा सफलता नपाएको उनले बताए। दलित समुदायका बालबालिकाहरू पर्सा जिल्लामा अहिले पालिकास्तरमा गणना गर्दा एसइई र कक्षा १२ सम्म अध्ययन गरेका दुर्लभै भेटिन्छन्। एकाध पालिकामा यो स्तरको शिक्षा हासिल गरेका बालबालिका भेटिए पनि अधिकांश ठाउँमा कक्षा ५, ६ र बढीमा ८ सम्म अध्ययन गरेपछि अभिभावकले उनीहरूलाई ज्याला मजदूरीमा लगाउने गरेको

अविश्वासको प्रस्तावको हस्ताक्षर किर्ते हो –मन्त्री साह

Image
सञ्जय साह, गरुडा, १६ पुस/ शहरी विकासमन्त्री प्रभु साहले प्रचण्ड–नेपाल समूहद्वारा राष्ट्रपति कार्यालयमा पेश गरिएको अविश्वासको प्रस्तावमा हस्ताक्षर किर्ते रहेको बताएका छन्। बिहीवार रौतहटको गरुडामा आयोजित जिल्लास्तरीय वृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री साहले सो कुरा बताएका हुन्। तीन महीना पहिले अन्य बैठकमा गरिएको हस्ताक्षरलाई अविश्वासको प्रस्तावमा पेश गर्नु किर्ते जालसाज भएको उनले बताए। पदको लागि प्रचण्ड– नेपालहरूले आफ्नै पार्टीभित्र षड्यन्त्र गरेको भन्दै पूर्वमाओवादी नेता साहले माओवादीको सिद्धान्त, नीति र माओको फोटोलाई समेत प्रचण्डले त्यागिसकेको आरोप लगाए। प्रचण्डले भूमिगतकालदेखि नै जालझेल, छलकपट र प्रपञ्च गर्दै आएको आरोप लगाउँदै उनले योग्य र कर्मठ नेता, कार्यकर्ताभन्दा पनि चाकरी चाप्लुसी गर्ने व्यक्ति प्रचण्डलाई चाहिएको बताए। नेकपाका मनमोहन अधिकारी र काङ्ग्रेसका गिरिजाप्रसाद कोइराला र हाल केपीशर्मा ओलीले गरेको संसद् विघटन जनताको अधिकार सुरक्षित गर्नका लागि तथा जनअधिकारका लागि गरिएको विचार व्यक्त गर्दै उनले नेकपाको बहुमतको सरकारलाई पार्टीभित्रका प्रतिक्रान्तिकारीहरूले अन्तर्घ

सञ्चालक फरार भएपछि सदस्य पक्राउ

प्रस, वीरगंज, १६ पुस/ वीरगंज महानगर–२ रजतजयन्ती चोक निवासी मनोज अग्रवाललाई प्रहरीले सोधपूछको लागि नियन्त्रणमा लिएको छ। पश्चिम नवलपरासीमा रहेको लुम्बिनी चिनीमिलका उखु किसानहरूलाई दिनुपर्ने रु ७ करोड बक्यौता नतिरेको कसूरमा उनलाई प्रहरीले नियन्त्रणलाई लिएर नवलपरासी पठाएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ। अग्रवाल लुम्बिनी चिनीमिलको सञ्चालक समितिका सदस्य हुन्। उनकी भाइबुहारी सुशीला गोयल मिलको अध्यक्ष हुन् र उनी फरार भएकोले अग्रवाललाई नियन्त्रणमा लिएको जिप्रका नवलपरासीका प्रहरी उपरीक्षक अजय केसीले बताए। प्रउ केसीले सुशीला गोयलको नाममा पक्राउ पुर्जी जारी भएको र उनी फरार भएको कारण सञ्चालक समितिका सदस्य अग्रवाललाई सोधपूछका लागि नियन्त्रणमा लिएको बताए। लुम्बिनी चिनीमिलका किसानहरूको रु ७ करोड बक्यौतामध्ये रु २ करोड पुस १५ गते किसानहरूको खातामा हालिसकेको प्रउ केसीले बताए।

कुखुराको कारण पर्सागढीमा दिनहुँ झगडा

Image
नरेश यादव, पर्सागढी, १६ पुस/ पर्सागढी नगरपालिकामा अहिले कुखुराको कारण झैंझगडाका घटना वृद्धि भएको छ। नगरपालिकाका प्रायः सबै वडामा मानिसहरूले लोकल र लोहाटन कुखुरा पालन गर्दै आएका छन्। उनीहरूले कुखुरापालन गरे पनि सोको व्यवस्थापन नगर्दा झगडाका घटना बढेको हो। बिहान खोरबाट निस्किने कुखुरा सडक, खेतबारी र घरघरमा पुगेर नोक्सान गर्ने हुँदा झगडा हुने गरेको हो। कुखुराले तरकारीखेती नष्ट गर्ने, सुकाएको धान खाने र घरदैंलोमा पुगेर फोहर गर्नेलगायतका काम गर्दा घरपट्टी र कुखुरापालकबीच झगडा हुने गरेको हो। प्रहरी चौकी बिरुवागुठीका प्रहरी सहायक निरीक्ष्Fक शत्रुघ्न यादवले व्यवस्थित तरीकाबाट कुखुरापालन नहुँदा झगडा हुने गरेको बताए। उनले बुधवार मात्र एकजनाको आलुखेतमा कुखुराले चर्दा दुई पक्षबीच झगडा भएको र प्रहरी चौकीमा पञ्चायती गरेर मिलाउनुपरेको बताए। उनले कुखुरापालकलाई खोरमा कुखुरा पाल्न बारम्बार सुझाव दिंदै आए पनि अटेर गरेर जथाभावी कुखुरा छाड्दा विवाद भइरहेको बताए। सातामा एक/दुई वटा कुखुराकै विषयलाई लिएर झगडा हुने र पञ्चायती गर्नुपर्ने उनले बताए। पर्सागढी नगरपालिकामा पछिल्लो समयमा लोकल र लोहाटन कुखुराको माग ब

आन्तरिक राजस्व पर्साले ५ महीनामा २ अर्ब १७ करोड असुल्यो

प्रस, परवानीपुर, १६ पुस/ आन्तरिक राजस्व कार्यालय, पर्साले चालू आवको पछिल्लो ५ महीनामा लक्ष्य भेटाउन सकेको छैन। कार्यालयले लक्ष्यभन्दा ६४ करोड कम राजस्व असुलेको सूचना अधिकारी तथा कर अधिकृत हृदयनारायण महतोले जानकारी गराए। कार्यालयले पछिल्लो ५ महीना अर्थात् साउनदेखि मङ्सिरसम्म रु २ अर्ब ८१ करोड ९६ लाख लक्ष्य पाएकोमा ७७.२५ प्रतिशत अर्थात् रु २ अर्ब १७ करोड ५२ लाख असुलेको छ। आयकरतर्फ रु ३९ करोड ९७ लाख १४ हजार लक्ष्य पाएकोमा १६.२४ प्रतिशत बढी अर्थात् रु ४६ करोड ४६ लाख १३ लाख, मूअकतर्फ रु ५१ करोड ९० लाख ६७ लाख लक्ष्य पाएकोमा ५४.२१ प्रतिशत बढी अर्थात् रु ८० करोड ४ लाख ९७ हजार, अन्तःशुल्कतर्फ रु १ अर्ब ८७ करोड ६९ लाख १७ हजार लक्ष्य पाएकोमा ४७.१५ प्रतिशत मात्र असुलेको छ। अन्तःशुल्क शीर्षकमा पछिल्लो ५ महीनामा रु ८८ करोड ४९ लाख ७५ हजार मात्र असुली भएको छ। त्यसैगरी, गत आवमा पछिल्लो ५ महीनामा रु २ अर्ब ४८ करोड ३७ लाख ४० हजार राजस्व असुली भएको थियो। कार्यालयले रु ३ अर्ब १६ करोड ९९ लाख ८२ हजार लक्ष्य पाएकोमा ७८.३९ प्रतिशत राजस्व असुली भएको छ। आयकरतर्फ रु ५१ करोड ४९ लाख ५१ हजार लक्ष्य पाएकोमा रु ५९ करो

सञ्चालकद्वय वर्णवालमाथि कालोबजारी मुद्दा दर्ता

Image
प्रस, वीरगंज, १६ पुस/ जिल्ला प्रहरी कार्यालय, पर्साले वीरगंज महानगर–३ छपकैयास्थित शिवशक्ति रिप्याकिङ तथा त्रिदेव रिप्याकिड्ढा सञ्चालकद्वयमाथि कालोबजारी ऐन अनुसार मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाएको जनाएको छ। सञ्चालकद्वय दीपक वर्णवाल र चन्द्रशेखर वर्णवालमाथि मुद्दा दर्ता गरी पाँच दिन थुनामा राखी अनुसन्धान प्रक्रिया अगाडि बढाएको प्रहरी उपरीक्षक गङ्गा पन्तले जानकारी दिइन्। मङ्गलवार राति प्रउ पन्त नेतृत्वको टोलीले ती दुई उद्योगमा छापा मारी सामान जफ्त गरेको थियो। सञ्चालकद्वयले महालक्ष्मी ब्रान्डको सोयाबिनको तेललाई तिलको तेल बनाइ रिप्याकिङ गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो। प्रहरीका अनुसार वर्णवालद्वयले नक्कली लेबल र स्टिकर प्रयोग गरी उपकार र दीपज्योति ब्रान्डको तिलको तेल बजारमा बिक्री गर्दै आएको सूचनाको आधारमा प्रहरीले छापामारी गरेको थियो। छापामारीको क्रममा प्रहरीले घटनास्थलबाट बीस लाख मूल्यभन्दा बढीको दुई ट्रक नक्कली तिलको तेल, कागजपत्र, स्टिकर, तेल भर्ने मेशिनलगायत बरामद गरेको थियो। सोयाबिन तेललाई नक्कली तिलको तेल बनाउँदै उपभोक्ता ठगी गर्ने सञ्चालकद्वय वर्णवाललाई बचाउन केही

माछापुच्छे« बैंकबाट चोरीः तीनजना मिलेर योजना बनाएका थिए

प्रस, परवानीपुर, १६ पुस/ वीरगंज, लिङ्करोडस्थित माछापुच्छे« बैंकबाट रु ८ लाख दिनदहाडै चोरी भएको घटनामा तीनजनाको मिलेमतो रहेको प्रमाण फेला परेको छ। बैंकको सिसिटिभी फुटेजबाट रकम जम्मा गर्न आएका वीरगंजका मनु पटेल, विशालकुमार सर्राफ र रौतहटका विराजकुमार साह गरी तीनजना साथीको पूर्वयोजनामा उक्त घटना भएको जिल्ला प्रहरी कार्यालय पर्साको अनुसन्धानबाट खुलेको छ। वीरगंजका एकजना व्यवसायीका कर्मचारी हुन् मनोज पटेल।   गत मङ्सिर १४ गते दिउँसो साढे १२ बजे रकम जम्मा गर्न जाँदा बैंकको गेटमा रकमसहितको झोला लिएर पटेल उभिएका थिए। सिबिजेड मोटरसाइकल चलाएर विराज आएका थिए, उनको पछाडि विशाल बसेका थिए। मनुको हातबाट विशालले झोला खोसेर फरार भएपछि मनु जिल्ला प्रहरी कार्यालय, पर्सामा रकम लुटियो भनेर जाहेरी दिएका थिए। तीन दिनको अनुसन्धानपछि सिसिटिभी फुटेज र मनुको बयानको आधारमा प्रहरीले विशालको घरमा छापा मार्दा १ लाख ३० हजार र चोरीकाण्डमा प्रयोग भएको सिबिजेड मोटरसाइकल बरामद भएको थियो। जिल्ला सरकारी वकीलको कार्यालय अनुसार आजदेखि थुनछेक बहस शुरू भएको र भोलिसम्म जारी रहने बताइएको छ। न्यायाधीश माधवप्रसाद मैनालीको इजलास नं ६

निर्यात, पारवहन र व्यापार सहजीकरणबारे अन्तक्र्रिया

Image
प्रस, वीरगंज, १६ पुस/ वीरगंज उद्योग वाणिज्य सङ्घ र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत नेपाल–भारत क्षेत्रीय व्यापार तथा पारवहन आयोजनाले बिहीवार वीउवासङ्घको सभाकक्ष्Fमा निर्यात प्रवद्र्धन, पारवहन र व्यापार सहजीकरण विषयक अन्तत्र्रिmया कार्यक्रम सम्पन्न गरेको छ। अन्तत्र्रिmयामा वीउवासङ्घका अध्यक्ष गोपाल केडियाले अवैध व्यापार निरुत्साहित गर्नुपर्नेमा जोड दिए। उनले वैध व्यापारलाई प्रोत्साहन गर्न तथा राज्य र निजी क्षेत्रबीच सहकार्य हुनुपर्नेमा जोड दिए। अध्यक्ष केडियाले निजी क्षेत्र र राज्यबीच सही सन्तुलन एवं सहअस्तित्वको भावना विकास हुनुपर्ने बताए। उनले कोरोना महामारीको समयमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयमा दर्ता भएका फर्महरूलाई नवीकरण गराउँदा छुटको व्यवस्था हुनुपर्ने बताए। वीउवासङ्घका महासचिव माधव राजपालले कार्यपत्र प्रस्तुत गर्दै भारत, बिहार, लक्ष्मीपुर (रक्सौल)देखि एकीकृत भन्सार जाँचचौकीसम्मको सडक स्तरोन्नति गरी चार लेनको बनाउनुपर्ने माग गरे। उनले सो मार्गमा रेलवे ट्र्याक भएकोले २–३ ठाउँमा आकाशेपुल निर्माण गर्नुपर्ने, सडकबत्तीको व्यवस्थापन गर्नुपर्नेलगायतका सुझ

नेपाल–इन्डो अस्पताललाई अनुमति दिनेमाथि कारबाई शुरू

Image
प्रस, वीरगंज, १६ पुस/ नेपाल–भारतको सीमा क्षेत्रमा रहेको नेपाल–इन्डो अस्पतालको अनुमतिपत्रमा त्रुटि फेला परेको जिल्ला प्रशासन कार्यालय, पर्साले जनाएको छ। वीरगंज महानगरपालिकाबाट आँखा उपचार केन्द्र सञ्चालनका लागि ११ शøयाको अनुमति लिएको देखिन्छ तर महानगरको स्वास्थ्य महाशाखाले पूर्वाधारविना २५ शøयाको पोलिक्लिनिक सञ्चालन गर्न अनुमति कसरी दिएको भन्ने विषयमा अनुसन्धान शुरू भएको प्रमुख जिल्ला अधिकारी आसमान तामाङले जानकारी दिए। पर्याप्त स्वास्थ्य उपकरणको अभाव तथा अदक्ष जनशक्तिका बीच केन्द्रलाई पोलिक्लिनिक सञ्चालनको अनुमति दिइएकोले स्वास्थ्य महाशाखाका कर्मचारीहरूमाथि जिल्ला प्रशासन कार्यालय, पर्साले अनुसन्धान शुरू गरेको प्रजिअ तामाड्ढो भनाइ छ। प्रजिअ तामाड्ढा अनुसार आँखा उपचार केन्द्रलाई पोलिक्लिनिक सञ्चालनको लागि अनुमति दिंदा आवश्यक पूर्वाधारलाई कैफियतमा उल्लेख गरी अनुमति दिएको देखिन्छ। अनुमतिपत्रको कैफियतमा उल्लेख भएबमोजिम पूर्वाधार पूरा नहुँदै पटक–पटक म्याद थप गर्नु गम्भीर त्रुटि रहेको प्रजिअ तामाड्ढो भनाइ छ। उनले अनुमति दिने कर्मचारी तथा सञ्चालकलाई कारबाई गर्ने बताए। उनले भने– “जिल्ला स्वास्थ्

प्रतिनिधिसभा विघटनः अर्थतन्त्र र विकासमा असर

Image
शीतल महतो कोरोना भाइरस सङ्क्रमणका असरले अर्थतन्त्र त्यसै पनि थिलथिलो भएको थियो, त्यसमाथि प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको उत्साहजनक सहभागितामा निर्वाचित प्रतिनिधिसभा पुस ५ गते अनायासै विघटन गरी आगामी वैशाखमा निर्वाचन गर्ने घोषणा गरेसँगै अर्थतन्त्रमा थप धक्का लागेको छ। व्यापक सार्वजनिक बहस र सरोकारको विषय बनेको विघटनविरुद्ध सडकमा दिनहुँजसो विरोध प्रदर्शनहरू भइरहेका छन्। संवैधानिकताको चुनौती दिएर दायर गरिएका एक दर्जन मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छन्। विघटनको शक्तिको संवैधानिक सीमा बन्देजको सही व्याख्या र बुझाइका आधारमा विवादको शीघ्र तथा विवेकसम्मत न्यायिक निकास अपरिहार्य बनेको छ। प्रतिनिधिसभा विघटनसँगै कोभिड १९ विरुद्ध लडाइँका लागि खोप व्यवस्थापन, विपन्न वर्गलाई राहत, रोजगार सिर्जनाजस्ता मुद्दा पनि छायामा पर्ने भएका छन्। प्रतिनिधिसभा विघटन भई निर्वाचन मितिसमेत तय भइसकेकोले सरकारलाई खर्चको स्रोत जुटाउन दबाब पर्नेछ। स्रोत अभावकै कारण कोभिड १९ को सङ्क्रमणका कारण रोजगार गुमाएका, गरीबीको रेखामुनि धकेलिएका नागरिकलाई राहत र क्षति पुगेको अर्थतन्त्रका विभिन्न क्षेत्रमा पुनरुत्थानका कार्

चाडबाडहरूलाई गरीबहरूको हितमा कसरी प्रयोग गर्ने ?

Image
विश्वराज अधिकारी चाडबाडहरूको धार्मिक र सांस्कृतिक महत्व मात्र हुँदैन। यिनको आर्थिक महत्व पनि हुन्छ। चाडबाडले धनीहरूको पैसा (बचत) गरीबहरूको हातमा पु–याउने कार्य गर्छ। चाडबाडहरूले अर्थतन्त्रलाई गति प्रदान गर्छन्। यस कारणले गर्दा चाडपर्वहरूको पनि ठूलो आर्थिक महत्व हुन्छ। चाडपर्वहरूको आर्थिक महत्व भएकोले चाडपर्वलाई कसरी गरीबहरूको हितमा उपयोग गर्न सकिन्छ त्यसबारे गम्भीर भएर सोच्नुपर्छ। बचत हुनेहरूले चाडपर्वमा अनेक किसिमले खर्च गर्छन्। उपहारमा खर्च गर्छन्, खानपिन, भ्रमणमा खर्च गर्छन्। यस्ता खर्च गरेर, थप उत्पादन हुने अवसर सृजना गरेर, रोजगारका नयाँनयाँ अवसर सृजना गर्छन्। अप्रत्यक्षरूपमा गरीबहरूको हातमा आय पु–याउँछन्। अमेरिका एवं युरोपमा केही दिन पहिले मात्र राष्ट्रिय अर्थतन्त्रलाई गतिशीलता दिने वा आर्थिक महत्वको ठूलो चाड सम्पन्न भएको छ। केही दिने पहिले मात्र अमेरिका एवं युरोपका बासिन्दाले ठूलो मात्रामा वस्तु एवं सेवा खरीद गरेर क्रिसमस मनाए। खासमा यो चाड क्रिश्चियन धर्मावलम्बीहरूको भएता पनि गैरक्रिश्चियनहरूले पनि अमेरिका र युरोपभरि मनाए। गैरक्रिश्चियन धर्मावलम्बीहरूले पनि क्रिसमससँग सम्बन्धित

संविधानको पुनर्लेखन नै समाधान

Image
श्रीमन्नारायण झन्डै दुई तिहाइ बहुमतप्राप्त केपीशर्मा ओली नेतृत्वको सरकारले मध्यावधि चुनावको घोषणा गरेपछि सत्ताधारी नेकपा विभाजित मात्रै भएको छैन अपितु पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपाले ‘संसद् विघटन’ र मध्यावधि निर्वाचनलाई असंवैधानिक बताउँदै लोकतन्त्र एवं संविधानमाथि नै प्रहार भएको आरोप लगाइरहेको छ। तीन वर्षअघि जुन केपीशर्मा ओलीको नाम र अनुहारलाई अघि सारेर वाम गठबन्धनले त्यत्रो ठूलो जनादेश हासिल गरेको थियो आज तिनै नेता सो दलका एक घटकको निम्ति खलपात्र साबित भइरहेका छन्। अचानक लोकतन्त्र र संविधानमाथि खतरा देखिन थालिएको छ, त्यो पनि सत्ताधारी नेकपाकै अध्यक्ष एवं देशका प्रधानमन्त्रीका कारण। नागरिक जवाफदेहिताबाट बच्न देशका राजनीतिक दलहरूले सडक प्रदर्शनलाई आधार बनाए पनि नेपालको संविधान २०७२ का निर्माताहरूले संविधान निर्माणका बखत देखाएका अदूरदर्शिता, अपरिपक्वता, हठ एवं अहङ्कारका कारण नै वर्तमानमा राजनीतिक सङ्कट उत्पन्न भएको मान्नुपर्दछ। नेपालको संविधान २०७२ का निर्माताहरूले आफ्नो कमीकमजोरीलाई स्वीकार गरी नयाँ ढङ्गले संविधानको पुनर्लेखनमा ध्यान केन्द्रित गर्नुको विकल्प छैन। विश्वकै सर्व

अभिनयको संसार

एउटा सचिव प्राणीले गर्ने क्रियाकलापका दुई पाटा हुन्छन्– आन्तरिक र बाहिरी। यसलाई मन र मुख पनि भनिन्छ, मनमा एउटा कुरा मुखमा अर्कै कुरा। अर्थात् वास्तविकता र देखावा फरक हुन्छन्। वास्तविकताभन्दा फरक किसिमको हाउभाउ वा प्रतिक्रिया दिनु नै अभिनय र देखावा हो। तर अधिकांश मानिस भित्री पक्षभन्दा पनि बाहिरी तथा अभिनय पक्षलाई हेरेर मूल्याङ्कन गर्छन्। सार पक्षभन्दा रूप पक्षलाई प्राथमिकता दिनेहरू धोखामा पर्ने निश्चित छ। एउटा भनाइ छ, “म कस्तो छु भन्ने कुरा मलाई मात्रै थाहा छ, अरूले त केवल अनुमान लगाउने हुन्।” भन्नेहरू भन्छन्, “कसको मन कस्तो भन्ने कुरा उसको कामबाट थाहा हुन्छ।” यो भनाइ पनि अन्य प्राणीमा लागू हुन्छ तर मानवजातिमा हूबहू लागू हुने अवस्था छैन। माउसुली प्रवृत्तिका मानिसहरू धेरै छन्। माउसुलीले पुच्छर छोडेर दुश्मनलाई झुक्याएझैं मानिसले पनि अरूलाई आफ्नो हकिकतसम्म नपुगून् भनेर झुक्याउन जे गर्दा सजिलो हुन्छ त्यसै गर्छन्। मानव संसारमा हरेक चीजको मूल्याङ्कन गर्ने तीन किसिमका नजर हुन्छन्– ध्यानी, ज्ञानी र अज्ञानी। ध्यानीहरू बाहिरीरूपबाट भन्दा पनि ध्यान दृष्टिले विचार गर्छन् र सोही आधारमा मानवको मूल्य

२०७७ पुस १६ गते बिहीवारको प्रतीक दैनिक

Image
 

चार गापामा बाली स्वास्थ्य उपचार शिविर

Image
प्रस, पंचगावाँ, १५ पुस     कृषि ज्ञानकेन्द्र पर्साले छिपहरमाई गाउँपालिकाको भिस्वा, धोबिनी गापाको लङ्गडी, ठोरी गापाको ढुङ्गेबजार र पटेर्वासुगौली गापाको फरदवामा बाली स्वास्थ्य उपचार तथा आकस्मिक शिविर सम्पन्न गरेको छ ।     शिविरमा बालीमा विभिन्न रोग, कीराको प्रकोपबारे जानकारी गराइएको थियो । गहुँ, मकै, आलु र तरकारी बालीमा लागेको डरूवा, थ्रिप्स, मोजेक, सूक्ष्म तŒव कमी, झारपात र बाली ओइलाउनुलगायतको समस्याले चिन्तित किसानहरूलाई मध्यनजर शिविर आयोजना गरिएको थियो ।     पहिलो दिनको शिविरमा भिस्वामा २ सयजना, दोस्रो दिन धोबिनीमा १५० जना, तेस्रो दिन ढुङ्गेबजारमा २८० जना र चौथो दिन फरदवामा २२० जना गरी ८५० जना किसानको बालीको उपचार, परामर्श र विभिन्न विषादि वितरण गरिएको कृषि ज्ञानकेन्द्र पर्साका निमित्त प्रमुख मुनिलाल रौनियारले बताए ।     शिबिरमा श्यामकिशोर कुर्मी, रामकलेश साह, कुशेश्वर यादव र सुरेश चौरसियालगायतले प्राविधिक सहयोग गरेको जिल्ला कृषि सहकारी सङ्घ पर्साका अध्यक्ष शिवकुमार साहले बताए ।

संसद् विघटन बाध्यात्मक अवस्थामा भएको हो –अर्थमन्त्री पौडेल

Image
प्रस, वीरगंज, १५ पुस/ नेकपाका महासचिव एवं सङ्घीय सरकारका अर्थमन्त्री विष्णु पौडेलले मुलुक दुर्घटनातर्फ गइरहेको बेला राजनीतिक स्थिरता ल्याउन संसद् विघटन गर्नुपरेको बताएका छन्। नेकपाको २ नं प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले मुलुक सही दिशातर्फ अगाडि बढ्दै गइरहेको बेला सहयोग गर्नुको साटो  पार्टीभित्रबाटै सरकारलाई काम गर्न नदिने, घेराबन्दी गर्ने र प्रधानमन्त्रीलाई महाभियोग लगाएर अक्षम बनाउनेसम्मको रणनीति अपनाएपछि बाध्य भएर प्रधानमन्त्रीले संसद् विघटन गर्नुपरेको बताए। उनले पार्टीको आन्तरिक जीवन अस्तव्यस्त भएको बेला नेता, कार्यकर्ताहरू तदारूकताका साथ अगाडि बढ्न आग्रह गरे। दुई अध्यक्ष प्रणालीमध्ये प्रथम अध्यक्ष ओलीले सरकार र अर्को अध्यक्ष प्रचण्डले पार्टी चलाउने लिखित सहमति भएपछि पनि प्रचण्डले अहिलेसम्म केन्द्रीय समितिको बैठक एकपटक पनि नबोलाएको र  भित्रभित्रै षड्यन्त्र गरी प्रधानमन्त्रीविरुद्ध षड्यन्त्र गरेर मुलुकमा राजनीति अस्थिरता ल्याउने प्रपञ्च गरेको पौडेलको आरोप थियो। नेकपाका महासचिवस पौडेलले पार्टीका केही नेता अहिले सडकबाट संसद् पुनस्र्थापनाको माग गर

मलको अभाव ट–यो

Image
प्रमोद यादव/ओमप्रकाश चौधरी, १५ पुस/ पर्सा जिल्लाका गहुँ र सुर्ती खेती गरेका किसानहरूलाई आवश्यक मल अहिले सहजरूपमा प्राप्त भइरहेको छ। साल्ट टे«डिङ र कृषि सामग्री कम्पनीबाट सहकारीहरूले सहजरूपमा मल पाएपछि किसानहरूले पनि सोहीअनुरूप मल प्राप्त गरिरहेका छन्। सखुवाप्रसौनी गाउँपालिका–४ देउरवाना निवासी किसान सफिकुल अन्सारीले मल सहजरूपमा प्राप्त भइरहेको बताए। मारुती नन्दन सहकारी संस्था सेढवाका अध्यक्ष सत्यनारायण साहले साल्ट टे«डिङबाट सातामा ८०/८० बोरा युरिया, डिएपी, पोटास र कृषि सामग्री कम्पनीबाट १२०/१२० बोरा युरिया, डिएपी, पोटास सहकारीहरूले पाइरहेको बताए। यसअघि, धानखेतीको बेलामा मलको चरम अभाव भएको थियो। लकडाउनको कारण धानखेती गर्ने किसानहरूले भारतबाट चोरी पैठारी गरिएको मल महँगोमा खरीद गर्नुपरेको थियो। गहुँखेतीको बेलामा पनि किसानहरूले मलको अभाव झेल्नुप–यो। गहुँको बीउ छरेको २१ दिनपछि सिंचाइ गर्नुपर्ने र सोसँगै मलको आवश्यकता हुन्छ। पर्सा जिल्लामा गहुँखेती गरेका आधा किसानले अभावमा पनि मल प्रयोग गरिसकेका छन्। अहिले साल्ट टे«डिङ र कृषि सामग्रीमा मल आएपछि बाँकी किसानलाई राहत भएको छ। कृषि सामग्री कम्पनी

सुशीला भन्छिन्– अभिनय गरेपछि मात्रै भीख पाइन्छ

Image
नरेश यादव, पर्सागढी, १५ पुस/ पर्सागढी नगरपालिका–४ र ८ को बीचमा पर्ने टाँडीटोलका १५ घरपरिवार भीख मागेर गुजारा गर्छन्। उनीहरूका बालबालिकाहरूले अहिले पनि विद्यालयको अनुहार देख्न पाएका छैनन्। परम्परागतरूपमा बुबाबाजेदेखि भीख माग्दै जीविकोपार्जन गरेका हुनाले उनीहरूका बालबालिका विद्यालय जान सकेका छैनन्। टाँडीटोलका अभिभावकहरू आफ्नो क्ष्Fेत्रभन्दा बाहिर भीख माग्छन् भने उनीहरूका बालबालिका पर्सागढी नगरपालिका आसपासमा भीख माग्ने गर्छन्। १२ वर्षीया सुशीला कुमारीले आफू र परिवारका सदस्यहरू भीख मागेर गुजारा गर्दै आएको बताइन्। उनले अभिभावकले अहिलेसम्म विद्यालय जान कर नगरेको बताइन्। खेतीबारी नभएको र बस्ने घर मात्रै भएको कारण परिवारका सबैजना एकाबिहानै भीख माग्न निस्किने र साँझ सबैजना घरमा भेला हुने गरेको उनले बताइन्। उनी र उनकी सात वर्षीया बहिनी सरीता कुमारीसँगै भीख माग्ने गर्छन्। सुशीला कुमारीको परिवारमा आमाबुबा, बहिनी र दुई दाजुभाइ छन्। गाउँतिर भीख माग्दा बच्चा देखेर मानिसहरूले चामल भीख दिने गरेका छन्। उनले अहिलेसम्म सहजै भीख पाउने गरेको बताइन्। मानिसहरू सानो बालबालिकालाई देखेर माया लागेर भीख दिन्छन्। भ

सडक निर्माणमा ढिलाइ भएपछि जीतपुरमा तीन घण्टा चक्काजाम

Image
प्रस, जीतपुर, १५ पुस/ वीरगंज–पथलैया ६ लेन सडक निर्माणमा ढिलाइ भएको भन्दै बुधवार जीतपुर बजारमा स्थानीयवासीले तीन घण्टा चक्काजाम गरेका थिए। व्यापारिक मार्ग विस्तार योजना अन्तर्गत वीरगंज–पथलैया ६ लेन सडक निर्माणमा ढिलाइ भएको भन्दै सरोकारवालालाई दबाब दिन तीन घण्टा चक्काजाम गरिएको अगुवा सुनीलकुमार गुप्ताले बताए। ६ लेन सडक सीमाभित्र पर्ने जीतपुर बजारका भौतिक संरचना, पक्की घर, भवन भत्काएर वर्षौंदेखि अलपत्र पारेपछि बजार विस्थापित हुने अवस्था देखिएको छ। सडक निर्माण कार्य सम्पन्न नगरे व्यापारिक योजनाको कार्यालय, जीतपुरसिमरा उपमहानगर–७ को वडा कार्यालय र जीतपुरसिमरा नगर उद्योग वाणिज्य सङ्घमा तालाबन्दी गर्ने गुप्ताले बताए। सो योजनाको भौतिक निर्माण प्रगति सरदर ७० प्रतिशत छ भने सूर्य नेपाल सिमरादेखि सैनिक क्याम्प जीतपुरसम्मको भौतिक सडक निर्माण प्रगति ४६ प्रतिशत मात्र छ। निर्माण कार्यमा ढिलाइ गर्ने निर्माण व्यवसायीलाई कारबाई गर्ने तयारी भइरहेको वीरगंज–पथलैया ६ लेन सडक निर्माण कार्यालय पथलैयाका सूचना अधिकृत सपतलाल दासले बताए।

आफ्नो मूल्याङ्कन आफैं गर्न सक्ने भए

Image
सञ्जय साह मित्र कतिपयले भन्ने गर्दछन्– समयले आफ्नो मूल्याङ्कन आफैं गर्ने गर्दछ। वास्तवमा समयले आफ्नो मूल्याङ्कन गर्ने भए त अहिलेको समयले आफ्नो मूल्याङ्कन अहिल्यै गथ्र्यो होला। समयले आफ्नो मूल्याङ्कन गर्न जानेको भए आफूलाई अघिल्लो वर्षको भन्दा राम्रो बनाउने प्रयास गथ्र्यो होला। समयको गणना मानिसले नै गरेको हो र मानिसले समयलाई आफ्नो अनुकूल व्याख्या गरेर अनुकूल तथा प्रतिकूल मानेको हो। मानिसले निर्धारण गरेको समयतालिका अनुसार समयको मूल्याङ्कन मानिसले नै गर्ने गरेको छ। समयको गणनाका अनेक आधारमध्ये सबैभन्दा विश्वासिलो चाहिं वर्ष हो। वर्षहरू पनि आइरहन्छन् र गइरहन्छन्। वर्ष आउँदा खुशी मनाउने र जाँदा त्यसको मूल्याङ्कन गरिने चलन बस्दै गएको छ। शिक्षाको स्तर बढ्दै जाँदा र रोजगारका साथै आर्थिक गतिविधिको विस्तार हुँदै जाँदा नयाँ वर्षहरू पनि बढी गणनीय वा मूल्याङ्कनीय भएर आइरहेका छन्। चाहे त्यो विक्रम संवत् होओस् वा ईस्वी सन्, दुवैलाई नेपाली जनजीवनले आत्मसात् गरेर मूल्याङ्कन गर्न थालेका छन्। वर्ष २०२० को सुरुआत हुँदा पनि मानिसका अपेक्षाहरू धेरै थिए होलान्। अहिले पनि आउँदो २०२१ बाट मानिसले अझ धेरै अपेक्षा

२०७७ पुस १५ गते बुधवारको प्रतीक दैनिक

Image
 

संसद् विघटनको विरोधमा नेकपाको प्रदर्शन, प्रधान न्यायाधीशले हात कमाए जनकठघरामा खडा गर्ने चेतावनी

Image
प्रस, वीरगंज, १४ पुस/ नेकपा (प्रचण्ड–नेपाल) समूहले संसद् विघटनको विरोधमा मङ्गलवार ७७ जिल्लामा प्रदर्शन घोषणा गरेअनुरूप वीरगंजको घण्टाघरमा सो समूहले प्रदर्शन तथा कोणसभा गरेको छ। पार्टी कार्यालय मनमोहननगरबाट निस्किएको विरोध –याली नगरपरिक्रमापछि घण्टाघरमा कोणसभा गरेको थियो। कोणसभामा नेकपाका केन्द्रीय सदस्य नेत्री उर्मिला अर्यालले संसद् विघटन गरेर प्रधानमन्त्री केपीशर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले अलोकतान्त्रिक चरित्रलाई उदाङ्गो पारेको बताइन्। उनले आफ्नै पार्टीका अध्यक्ष्F रहेका प्रधानमन्त्री र राष्ट्रपतिको आलोचना गर्नुपर्ने अवस्था सृजना भएको बताउँदै लोकतन्त्र रक्षाको लागि सबैसँग सहकार्य गर्न तयार रहेको बताइन्। अहिलेको परिस्थितिमा पार्टी विभाजनभन्दा लोकतन्त्रको रक्षा गर्नु जरुरी भएकोले काङ्ग्रेस, मधेसवादी दल, सबैसँग सहकार्य गर्न सकिने बताइन्। उनले प्रधानमन्त्रीले चालेको कदमलाई राष्ट्रपतिले सघाएर संविधानविपरीत काम गरेको आरोप लगाइन्। प्रधानमन्त्रीले गरेको सिफारिश सम्बन्धमा रत्तीभर सरसल्लाह नगरेर राष्ट्रपतिले अनुमोदन गर्नुले दुईजनाको साँठगाँठमा प्रजातन्त्र मास्ने कार्यको बीजारोपण भ

संसद् विघटन बाध्यात्मक –नेता मण्डल

Image
प्रस, वीरगंज, १४ पुस/ नेकपा प्रदेश २ का अध्यक्ष ओली समूहका सत्यनारायण मण्डलले संसद् विघटन बाध्यात्मक अवस्थामा भएको बताएका छन्। नेपाल पत्रकार महासङ्घ, पर्साको सभाकक्षमा बुधवार वीरगंजमा हुने अगुवा कार्यकर्ता भेलाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नेता मण्डलले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपीशर्मा ओलीले संसद् विघटन रहरले नगरेको बताए। उनले पार्टीभित्रको आन्तरिक कलह चुलिएपछि बाध्यात्मक अवस्थामा संसद् विघटन गर्नुपरेको प्रस्ट्याए। संसद् विघटन भएपनि प्रदेशसभा विघटन नहुने उनले बताए। उनले नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री ओली सङ्घीयता र गणतन्त्रविरोधी भनेर गरिएको प्रचारमा सत्यता नभएको बताए। सिङ्गो नेपाल विखण्डन गर्न चाहने नेताहरू अहिले ठूलो स्वरमा अध्यक्ष ओलीलाई विखण्डनकारीको आरोप लगाइरहेको उनले बताए। पुस १५ गते वीरगंज नगर सभागृहमा हुने अगुवा कार्यकर्ता भेलामा आफ्नो समूहका ७ सयभन्दा बढी अगुवा कार्यकर्ताहरू सहभागी हुने उनले दाबी गरे। नेकपा पर्साका अध्यक्ष प्रभु हजराको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सहजीकरण सञ्जीव मिश्रले गरेका थिए। पत्रकार सम्मेलनमा ओली समूहका केन्द्रीय सदस्य राजक

बेवारिसे वृद्धको उपचारको क्रममा निधन

प्रस, परवानीपुर, १४ पुस/ नारायणी अस्पतालमा उपचाररत एकजना बेवारिसे वृद्धको मृत्यु भएको छ। उपचारको क्रममा सोमवार बिहान साढे ८ बजे मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ। अस्पताल व्यवस्थापन पक्ष र मेडिकल सुपरिटेन्डेन्ट सञ्जय ठाकुरको लापरवाहीको कारण वृद्धको मृत्यु भएको चिकित्सक स्रोतले जनाएको छ। चीसोको बेला उनको स्याहारसुसारमा अस्पतालले खासै चासो नदिएपछि हेरचाह र पर्याप्त उपचारको अभावमा वृद्धको मृत्यु भएको हो। कोरोना महामारी वीरगंजमा शुरू भएको गत चैतदेखि नै उनको उपचार भइरहेको थियो। उनको खुट्टामा समस्या भएकोले हिंड्डुल गर्न सक्दैनथे। उनलाई बेडसोर भएको थियो। ढाडमुनि घाउ र खुट्टामा पनि घाउ भएकोले उनी २४ घण्टा ओछ्यानमैं रहन्थे। उनलाई बिहान र बेलुका प्लास्टिकमा खाना राखेर अस्पतालका पियनहरूले दिन्थे। हरियो बेडसिट ओढेर उपचार लिंदै आएका वृद्धको चीसोले कठ्याङ्ग्रिएर र घाउको सङ्क्रमणको कारण मृत्यु भएको हो। उनको शव अस्पतालको शवगृहमा राखिएको छ। यस विषयमा अस्पतालका मेसु डा ठाकुरले सामाजिक संस्थाले सडकपेटीबाट जोकसैलाई उपचारको लागि ल्याइदिने र उपचार भइसकेपछि फिर्ता नलैजाने गरेकाले यस्तो भएको प्रतिक्रिया दि

जाडोमा माछाको मागसँगै मूल्य पनि बढ्यो

Image
नरेश यादव, पर्सागढी, १४ पुस/ जाडोयाममा माछाको माग बढेसँगै पोखरीमा माछा मार्ने क्रम पनि बढेको छ। अधिकांश माछा व्यवसायीले जाडोयामलाई लक्षित गरेर पोखरीमा माछा सञ्चित गर्ने र यो मौसममा माछा मारेर राम्रो मूल्यमा बिक्री गर्ने गर्छन्। जाडोयाममा माछाको हेरचाहमा खासै खर्च नहुने र दोब्बरी मूल्यमा माछा बिक्री हुने भएकाले पर्सा जिल्लाका अधिकांश पोखरी सञ्चालकले जाडोयाममा माछा मार्ने गर्छन्। जाडोयाममा माछाको मूल्य अन्य यामको तुलनामा दोब्बरी भएको छ। पोखरीमा छरी माछा सामान्य अवस्थामा रु १८० प्रतिकिलोमा बिक्री हुने गरेको थियो भने अहिले जाडोयाममा छरी माछा रु २५० देखि २७५ प्रतिकिलोमा बिक्री भइरहेको माछा व्यवसायीले बताए। यसैगरी, एक किलो तौलको माछा सामान्य अवस्थामा रु १६० प्रतिकिलोमा पाइने गरेकोमा अहिले रु २५० पुगेको छ। दुई किलो तौल भएको माछा सामान्य अवस्थामा रु ३ सयमा बिक्री हुने गरेकोमा अहिले रु ५ सय पुगेको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्साका कार्यालय प्रमुख सहमत राम मौर्यले पर्सा जिल्लामा ५७१.०७ हेक्टर जलाशय क्षेत्र रहेको र त्यसमध्ये ४२१.७१ हेक्टर पोखरीमा माछाखेती भइरहेको बताए। जिल्ल

पूर्वराजा वीरेन्द्रको जन्मजयन्ती मनाइयो

Image
प्रस, वीरगंज, १४ पुस/ पूर्वराजा वीरेन्द्र शाहको ७६औं जन्मजयन्ती वीरगंजमा मनाइएको छ। महावीर मन्दिरअगाडि आयोजित कार्यक्रममा सहभागीहरूले जन्मजयन्ती मनाउने क्रममा राजा कसको जनताको, जनता कसको राजाको, राजा–जनता एक हौं, नेपाली जनता के भन्छ, राजतन्त्र ले भन्छ जस्ता नाराहरू लगाएका थिए। राजभक्त, देशभक्त समूह, पर्साका अध्यक्ष दीपेन्द्र रौनियारको अध्यक्षतामा भएको कार्यक्रममा राजसंस्था पुनस्र्थापना सङ्घर्ष समितिका उपाध्यक्ष राजकिशोर चौबे, समाजसेवी पशुपति विक्रम शाह, सतीश श्रीवास्तव, रामनारायण साह, रमेश जाटिया, हीराबहादुर चन्दलगायतको सहभागिता थियो। यसैगरी, राष्ट्रिय सरोकार मञ्च नेपाल नारायणीले वीरगंज–१५ प्रतिमाचोकमा रहेका पूर्वराजा स्व वीरेन्द्र शाहको सालिकमा माल्यार्पण गरेको थियो। कार्यक्रममा समाजसेवी पशुपति विक्रम शाहले राजनीतिमा विदेशीको चलखेल बढेको आरोप लगाए। उनले वर्तमान सरकार ख्रिस्टियनको इशारामा चलिरहेको बताए। नागरिक सङ्घर्ष समितिका हीराबहादुर चन्दले पूर्वराजा स्व वीरेन्द्र शाहले देखाएको मार्गमा हिंड्न जरुरी रहेको बताए। कार्यक्रममा राष्ट्रिय सरोकार मञ्च नेपालका केन्द्रीय सदस्य अर्जुन सिंह, ने

शिवशक्ति र त्रिदेव रिप्याकिङ उद्योगमा प्रहरीको छापा

Image
प्रस, वीरगंज, १४ पुस/ वीरगंज महानगरपालिका वडा नं ३ स्थित दुईवटा उद्योगमा जिल्ला प्रहरी कार्यालय पर्साले छापा मारी नक्कली उत्पादन बरामद गरेको छ। वडा नं ३ स्थित शिवशक्ति रिप्याकिङ उद्योग र त्रिदेव रिप्याकिङ उद्योगमा पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गङ्गा पन्त नेतृत्वको प्रहरी टोलीले मङ्गलवार साँझ छापा मारेको हो। उक्त उद्योगमा रिफाइन तेल बाहिरबाट ल्याएर केमिकल प्रयोग गरी त्यसलाई तिलको तेल बनाएर प्याकिङ गरी बिक्री गरिरहेको भन्ने सूचनाको आधारमा प्रहरीले छापा मारेको हो। उद्योगबाट नक्कली उत्पादनका साथै नक्कली स्टीकर र भारत तथा नेपालका विभिन्न उद्योगको नाममा तयार प्याकेटहरूसमेत बरामद गरिएको छ। प्रहरीले उद्योगलाई सिल गरेको छ। बरामद सामग्रीहरू परीक्षणको लागि प्रयोगशाला पठाउने प्रउ पन्तले बताइन्।

नेकपाको नाटक

विभाजित नेकपा र तिनका नेताहरू एकले अर्कालाई नङ्ग्याउन लागिपरेका छन्। मानौं दुई पक्षबीच आकाश–जमीनको फरक छ। झन्डै दुई तिहाइ बहुमत प्राप्त केपीशर्मा ओली नेतृत्वको सरकारले मध्यावधि चुनावको घोषणा गरेपछि अब जनताको बीचमा कुन मुद्दा लिएर जाने समस्या खडा भएको छ। यो अवस्थामा ‘संसद् विघटन र मध्यावधि चुनाव’ मुख्य मुद्दा दुवै पक्षले पाएका छन्। “वर्तमान अवस्थामा मध्यावधि निर्वाचन एक मात्रै लोकतान्त्रिक विकल्प हो” भन्दै ओली पक्ष चुनावमा गइरहेको छ भने “लोकतन्त्रको निम्ति सबैभन्दा ठूलो घात हो” भन्दै प्रचण्ड–नेपाल पक्ष संसद् पुनस्र्थापनातर्फ गइरहेको छ। संसद् विघटन तथा मध्यावधि निर्वाचनको कुरा मुलुकवासीका लागि ताजा र चासोको विषय पनि भएकोले नागरिकको बीचमा जान वामपन्थी दल तथा समूहहरूलाई सजिलो भएकोे छ। नेकपाले पाँच वर्ष सरकार चलाएर चुनावमा जानुपरेको भए जनताको बीचमा के मुद्दा लिएर जान्थे होला ? सोचनीय छ, किनभने धेरैवटा लोकप्रिय नारालाई उसले बितेको चुनावमा नै खर्चिसकेको छ, जुन पूरा भएको छैन। सरकार गठन भएलगत्तै भागबन्डामा अल्झिएको नेकपा कहिले सरकार त कहिले पार्टीभित्रका पदीय लँुछाचुँडीमा तीन वर्ष अर्थात् ६० प्

यही नै हो हाम्रेँ नियति

Image
विनोद गुप्ता नेपालमा राणाकालदेखि हालसम्मको राजनीति अध्ययन गर्दा शासकहरू जहिले पनि शक्तिकेन्द्रित नै भएको पाइन्छ। राणाकालमा सत्ता हत्याउन भएका विभिन्न काण्डलगायत २००७ सालमा राजा त्रिभुवनको भारत पलायन होस् वा २०१७ सालमा राजा महेन्द्रले गरेको पञ्चायतको घोषणा। २०३६ सालको जनमत सङ्ग्रहमा समेत सत्ता जोगाउन भएका खेलहरू सबैको सम्झनामा नहोला। त्यसपछि २०४६ मा भएको आन्दोलनमा पहिलोपटक राजनीतिक दल एवं राजाबीच सत्ता साझेदारी गर्ने सहमति भयो र अन्तरिम सरकारको नेतृत्व गर्दै रहनुभएका तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको पालामा संविधान जारी भयो। संविधान जारी भएपछि भएको चुनावमा नेपाली काङ्ग्रेसले बहुमत ल्याइ सरकार बनायो र प्रमको स्वरूपमा पुनः कृष्णप्रसाद भट्टराई नै रहनुभयो। तर बहुमत प्राप्त गरेको यो सरकारलाई पनि नेकाका तत्कालीन महासचिव गिरिजाप्रसाद कोइरालाले स्थिर रहन दिनुभएन र संसद्भित्रै काङ्ग्रेस ७४ र ३६ को समूहमा विभाजित भयो। यसै रडाकोको कारण कृष्णप्रसाद भट्टराईले प्रमको पदबाट राजीनामा दिनुभयो भने गिरिजाप्रसाद कोइराला प्रम बन्न पुग्नुभयो। काङ्ग्रेस त्यसपछि कोइराला र भट्टराई खेमामा विभाजित भयो।

२०७७ पुस १४ गते मङ्गलवारको प्रतीक दैनिक

Image
 

पर्सा, बारा, रौतहटमा नेकाको विरोध प्रदर्शन, संविधानको रक्षा पहिलो प्राथमिकता

Image
प्रस, वीरगंज, १३ पुस/ नेपाली काङ्ग्रेसले संसद् विघटनविरुद्ध सोमवार ७७ जिल्ला र १६५ निर्वाचन क्ष्Fेत्रमा शुरू गरेको आन्दोलन पर्सा जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा पनि सम्पन्न भएको छ। क्षेत्र नं १ को वीरगंज, क्षेत्र नं २ को डोकैला बहुअरी, क्षेत्र नं ३ को पोखरिया र क्षेत्र नं ४ को लङ्गडीमा नेका पर्साले संसद् विघटनविरुद्ध प्रदर्शन गरेको हो। वीरगंजको घण्टाघरमा भेला भएर संसद् विघटनविरुद्ध नाराबाजी गर्दै नेका नेता, कार्यकर्ताहरूले –याली निकाली नगरपरिक्रमा गरी सोही ठाउँमा कोणसभा गरेका थिए। कोणसभामा नेका पर्साका सभापति अजय द्विवेदीले संसद् विघटनपछि ताजा जनादेशको लागि निर्वाचन अवसर भएपनि संविधानको रक्षा गर्नु पहिलो कर्तव्य ठानेर नेकाले देशव्यापी विरोध प्रदर्शन गरेको बताए। उनले संसद् विघटन असंवैधानिक एवं अलोकतान्त्रिक कदम भएको बताए। उनले संविधान रक्षाका लागि नेकाले सबैखाले आन्दोलन गर्ने उद्घोष गरे। पहिलो संविधानसभामा कम्युनिस्ट  ठूलो पार्टीको रूपमा आए पनि उसले संविधान बनाउन नसकेको र दोस्रो संविधानसभामा नेपाली काङ्ग्रेस ठूलो पार्टी भएपछि नेपालको पहिलो गणतान्त्रिक संविधान घोषणा गरेकोले सोको रक्षा

खुद्रा व्यापारी र नगरप्रहरीबीच झडप

Image
प्रस, वीरगंज, १३ पुस/ वीरगंज महानगरको विपी उद्यानमा स्थानीय खुद्रा व्यापारी र नगरप्रहरीबीच सोमवार दिउँसो झडप भएको छ। विपी उद्यानमा रहेका खुद्रा व्यापारीहरूलाई हटाउने क्रममा नगरप्रहरीले उनीहरूको सामान खोसेर लान खोज्दा दुवै पक्षबीच झडप भएको हो। झडपपछि जनपद र सशस्त्र प्रहरीको टोली आएर घटना साम्य पारेका थिए। खुद्रा व्यापारीहरूले नगरप्रहरीले यसअघि सामानहरू खोसेर लैजाने र जरिवाना तिरेर ल्याउँदा सामान आधा मात्र हुने गरेको आरोप लगाए। खुद्रा व्यापारीहरूले सामान हटाउँदा सूचना नदिने, खोसेर लैजाँदा भर्पाइ नदिने जस्ता कार्यले आफूहरू दुःखी भएको बताए। खाली जग्गामा आफूहरूले व्यापार गरेको र महानगरले हटाउन निर्देशन दिए सहजै हट्ने उनीहरूले बताए। विवादको क्रममा खुद्रा व्यापारीहरूले नगरप्रहरीले आफूहरूलाई लुट्दै आएको दोषारोपण लगाए। नगरप्रहरी प्रमुख हरि भुसालले विपी उद्यानमा माटो पुर्ने र पर्खालले घेर्ने काम भएकोले महानगरले सो क्षेत्र खाली गर्न निर्देशन दिएकोले आफूहरूले सोको पालना गरेको बताए। विपी उद्यानमा रहेको दलित बस्तीलाई हिजो महानगरले डोजर लगाएर खाली गराएको थियो तर आज खुद्रा व्यापारीहरूलाई भने नगर प्रहर