$type=ticker$count=12$cols=4$cate=0

कृषि ज्ञान, सीप र कला

SHARE:

प्रकृतिले संसारमा जे जति चीजहरू दिएको छ, ती सबै मानव जीवनोपयोगी छन्। मानव जाति हरेक चीज वस्तुलाई आफूअनुकूल प्रयोग गर्न खोज्छन्। यसरी प्रयोग गर्नका लागि सीप, कला तथा सोसम्बन्धी ज्ञान चाहिन्छ। आफ्नो अक्षमताका कारण प्राकृतिक सम्पदालाई प्रयोग गर्न नसक्ने वा नजान्नेहरू आफ्नो कमजोरी देख्दैनन् र दोषारोपण गरेर चित्त बुझाउने गर्छन्। आफूले प्राप्त गर्न नसकेपछि ‘अङ्गुर अमिलो’ भनेर चित्त बुझाउने वा दोषारोपण गर्ने मानवीय स्वभाव नै हो। अरूलाई दोष मात्रै दिने मानिस कहिल्यै सुखी र खुशी हुन सक्दैन। जसले आफ्नो कमजोरीको समीक्षा गर्दैन, उसले सधैं अर्को पक्षको मात्रै दोष देख्छ। जबसम्म आफ्नो कमजोरी वा दोष आफैंले स्वीकार गर्दैन, तबसम्म भूल सुधार हुँदैन। विगतका कमीकमजोरी सच्याउँदै भूल सुधार गरिएन भने सफलता हात लाग्न सक्दैन। कृषि क्षेत्रमा क्रियाशील मानवले त झन् प्रकृतिसँग मितेरी गाँस्नुपर्ने हुन्छ। प्रकृतिप्रदत्त मौसम, हावापानी, माटोको अवस्था अनुसार खेती गर्न सक्ने किसानहरू सधैं सफल छन्। उनीहरूको जीवन खुशी र सफल छ। तर जसलाई यसबारे ज्ञान र सीप छैन, उससँग प्रशस्त जमीन भएपनि जीवन दुःखी छ, र वैकल्पिक पेशाका लागि भौंतारिन बाध्य छ।
‘खेतमा खोला पसेपछि बिचल्लीमा, नदी कटानको कारण खेत बगरमा परिणत, पानीको निकास नभएपछि खेत डुबानमा’लगायतका समाचार आइरहेका हुन्छन्। खेतमा पानी जम्नु, बाढी पसेर बालुवा थुपर्नु वा नदी कटान भएर बगरमा परिणत हुनुलाई कृषकहरू ठूलै क्षति ठान्छन् र पुर्पुरोमा हात लगाउँदै प्रकृतिलाई धिक्कार्छन्। ‘खेतमा कालो माटो नै रहनुुपर्छ’ भन्ने नेपाली कृषकको बुझाइ छ, जुन परम्परागत सोच हो। आफ्नो खेतमा मलिलो कालो माटो नहुनेहरू पनि खेतीबाली भने कालो माटोमा हुने किसिमको लगाउँछन्। अन्ततः उसको लगानीसमेत डुब्छ। माटोअनुकूलको खेती गर्ने ज्ञान तथा सीप, कलाको अभावमा यसो भएको हो। रातोमाटे जमीनमा धान रोपेर हुँदैन, त्यहाँ त बदामको फसल राम्रो हुन्छ। त्यसैगरी, पानी उम्रने सीम खेतमा मकै छरेर हुँदैन, त्यहाँ त धानको बाला राम्ररी झुल्छ।
बाग्मती नदीले डुबान कटान गरेर बगरमा परिणत गरेको सर्लाही र रौतहटको बगरमा बेसारखेती फस्टाएको छ। यो त्यहाँका किसानहरूको धेरै अध्ययन, अनुसन्धान तथा प्रयासपछि मात्रै सफल भएको हो। बगरमा हिउँद महीनाभरि पानी तथा भलबाढी नआउने र चिसो हुने भएकोले बेसारको अलावा करेला, काँक्रा, लौका, फर्सी, घिरौला, खरबुजालगायतका बेमौसमी तरकारीखेती गरेर कृषकहरूले राम्रो आम्दानी गर्न थालेका छन्। कृषकलाई कृषिसम्बन्धी सीप, कला तथा ज्ञान सिकाउने जिम्मेवारी मुख्यतः सरकारको हो। बाग्मतीको बगरमा सरकारको प्रयास नगन्य छ। कृषकहरूले आफ्नै प्रयासमा सीमावर्ती भारतीय बजारबाट महँगो दरमा बीउ खरीद गरेर तरकारीखेती गरिरहेका छन्। खरीदकर्ता आफैं खेतमा पुगिरहेका छन्। बजार व्यवस्था पनि आफ्नै हुने हो भने कृषकले अझ राम्रो मूल्य पाउँछन्। यसैगरी, डुबान खेतहरूमा माछापालन गरेर कृषि कर्मलाई निरन्तरता दिन सकिन्छ। यो भएन र त्यो भएन भनेर गनगन गर्नुभन्दा उपलब्ध स्रोत, साधन अनुसार कृषि कर्मलाई ढाल्न सक्यौं भने अभिशाप होइन, अवसर नै अवसर छ। यसको निम्ति कृषिसम्बन्धी ज्ञान, सीप र कला जरुरी छ।

neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : कृषि ज्ञान, सीप र कला
कृषि ज्ञान, सीप र कला
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2020/11/blog-post_498.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2020/11/blog-post_498.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy