$type=ticker$count=12$cols=4$cate=0

पटेर्वासुगौली, ठोरी, जीराभवानी र निजगढमा अस्पतालको शिलान्यास

SHARE:

प्रस, पंचगावाँ/
पटेर्वासुगौली गाउँपालिकामा १० शøयाको अस्पतालको सोमवार एक कार्यक्रमबीच शिलान्यास गरिएको छ।
गापा अध्यक्ष हरिनारायण चौधरीले पटेर्वासुगौली गापा–४ फरदवामा अस्पताल निर्माण कार्यको शिलान्यास गरेका हुन्। १० करोड रुपैयाँको लागतमा १ बिघा क्षेत्रफलमा तीन तले अस्पताल निर्माण कार्य दुई वर्षभित्र सम्पन्न गरिने निमित्त प्रमुख प्रशासकीय अधिकृत भुजेन्द्रप्रसाद यादवले बताए।

अस्पताल निर्माणको लागि पहिलो किस्ताबापत रु ८५ लाख बजेट विनियोजन भएर आएको उनले जानकारी गराए। अस्पताल निर्माणपछि गापामा स्वास्थ्य सेवा सहज हुने र सदरमुकाम वीरगंज जानुपर्ने अवस्था नरहने गापा अध्यक्ष्F चौधरीले बताए। कार्यक्रममा उपाध्यक्ष्F ममता महतो, वडाध्यक्ष फरमान मियाँ, मोतीलाल साहलगायत जनसहभागिता थियो।
प्रस, ठोरी/
ठोरी अस्पतालको सोमवार शिलान्यास भएको छ। गाउँपालिका अध्यक्ष पद्मलाल श्रेष्ठले वडा २ स्वास्थ्य चौकी परिसरमा अस्पताल निर्माणका लागि शिलान्यास गरेका हुन्।
प्रदेशको ३९६ वटा स्थानमा आज अस्पताल शिलान्यास गर्ने कार्यक्रम अन्तर्गत ठोरीमा १५ शøया अस्पतालको शिलान्यास गरिएको हो। शिलान्यास गर्दै गापा अध्यक्ष श्रेष्ठले ठोरीमा अस्पताल बन्ने कुरामा सबैलाई आशङ्का रहेको बेला पहिलो चरणमा ठोरीमा अस्पतालको शिलान्यास भएर आशङ्का हटाएको बताए। उनले अस्पताल निर्माणपछि स्वास्थ्यमा सबैको पहुँच बढ्ने विश्वास व्यक्त गरे। उनले अस्पतालबाट ठोरीका साथै चितवन र भारतीय नागरिक पनि लाभान्वित हुन सक्ने बताए।
उनले ठोरीको स्वास्थ्य चौकी अस्पतालमा औषधि अभाव हुन नदिने प्रतिबद्धता जाहेर गरे। गापा अध्यक्ष श्रेष्ठले आफ्नो गापाले पर्सा जिल्लाको अन्य पालिकाभन्दा विकासमा ठूलो फडको मारेको दाबी गरे। जनप्रतिनिधिहरू एक ढिक्का भएर अघि बढेको कारण देशको नमूना पालिका बनाउने उनले घोषणा गरे। लोभ–लालचभन्दा पनि विकास निर्माणको कामलाई आफ्नो पालिकाका जनप्रतिनिधिहरूले प्राथमिकता दिएकोमा उनले खुशी व्यक्त गरे।
वडाध्यक्ष किशोर तामाड्ढो अध्यक्षतामा आयोजित कार्यक्रममा वडाध्यक्ष रामप्रकाश कुँवर, अमृतकृष्ण सापकोटा, वडा सदस्यहरू श्यामहरि शर्मा, सरिता विक, मैना भण्डारी, स्वास्थ्य संयोजक रमेशराज थिङ, सरस्वती माविका प्रअ केशवप्रसाद रेग्मीलगायतले मन्तव्य व्यक्त गरेका थिए।
प्रस, सेढवा/
जीराभवानी गाउँपालिका–२ सेढवामा १० शøयाको अस्पतालको शिलान्यास भएको छ। गापा अध्यक्ष रामप्रीत महतोले अस्पतालको शिलान्यास गरेका हुन्।
सेढवामा रहेको स्वास्थ्य चौकीबाट यस अघि ठोरी, जगरनाथपुरका सेवाग्रहीले पनि स्वास्थ्य उपचार गराउँदै आएका थिए। अस्पताल निर्माणपछि गापामा स्वास्थ्य सेवा झनै प्रभावकारी हुने अध्यक्ष महतोले बताए। केन्द्रीय योजना अन्तर्गत अस्पताल निर्माण भएको हो।
शिलान्यास कार्यक्रममा स्वास्थ्य संयोजक सफिकुल अन्सारी, सेढवा माविका प्रअ जितेन्द्रप्रसाद गौरो, सेढवा स्वास्थ्य चौकीका इन्चार्ज ज्ञानकिशोर प्रसादलगायत जनप्रतिनिधिहरूको सहभागिता थियो।
प्रस, निजगढ/
निजगढ नगरपालिका–९ स्थित प्राथमिक स्वास्थ्य केन्द्रको हातामा सोमवार १५ शøयाको अस्पताल शिल्यान्यास भएको छ।
कार्यक्रमका प्रमुख अतिथि तथा नगरप्रमुख सुरेशकुमार खनालले प्रत्यक पालिकामा अस्पताल बनाउने सङ्घीय सरकारको कार्यक्रमलाई खुलेर प्रशंसा गरे। सङ्घीय सरकारले स्थानीय तहहरूमा आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ अस्पताल निर्माण गर्न बजेट विनियोजन गरेसँगै अस्पताल निर्माण कार्य अघि बढाइएको हो।
सरकारले गरेको यस स्वास्थ्य अस्पताल निर्माणले लोकतन्त्र, गणतन्त्र अझै बलियो हुने विश्वास जनतामा पैदा भएको खनालले बताए। सङ्घीय सरकार वा प्रदेश सरकारले ल्याएको जुनसुकै विकास निर्माण कार्यलाई स्थानीय तहहरूले सकारात्मकरूपमा लिएको प्रमुख खनालले बताए।
कार्यक्रमकी विशिष्ट अतिथि एवं नगर उपप्रमुख लीलादेवी लामिछानेले न्यूनतम आधारभूत स्वास्थ्यबाट कोही पनि वञ्चित नहोस् भन्ने उद्देश्यले सङ्घीय सरकारले रकम विनियोजन गरी ल्याएको योजनाले जनताप्रति सरकार उत्तरदायी छ भन्ने अनुभूति दिएको बताइन।
निजगढमा बन्ने अस्पतालको अनुमानित लागत १८ करोड ६ सय रुपियाँ छ। उक्त अस्पताल ४१ कोठे दुई तल्ले पक्की भवन हुनेछ। बढीमा दुई वर्षभित्र राष्ट्रिय भवन संहिता बमोजिम भवन निर्माण सम्पन्न गर्नुपर्नेछ। त्यसका लागि स्थानीय तहहरूलाई ३ करोड ३० लाखका दरले पहिलो किस्ता निकासा भएको निजगढ नपाले जनाएको छ।
निजगढ नगरपालिकासहित बाराको विभिन्न ४ वटा स्थानीय तहमा सोमवार एकै दिन उद्घाटन भएको छ। जिल्लाको कोल्हवी नगरपालिका, फेटा गाउँपालिका र सुवर्ण गाउँपालिकामा पनि १५/१५ शøयाको सुविधा सम्पन्न अस्पताल भवन शिलान्यास हुँदैछ। चारवटा अस्पताल निर्माणको कुल लागत ७२ करोड २ हजार ७२८ रुपियाँ छ।

neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : पटेर्वासुगौली, ठोरी, जीराभवानी र निजगढमा अस्पतालको शिलान्यास
पटेर्वासुगौली, ठोरी, जीराभवानी र निजगढमा अस्पतालको शिलान्यास
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEj3zIHVq3vYsVlQmBRCTdXz9J0pfCCOqOQyVMMFWbCRJNY5r6WpaQM7h0KFOOgRWoz76Czzrgf2e2qbcgP7K1EYho2tSdt9otrftWSJWCSmnHH1F5glmupnyHw7AOK8JD1j-cNkq8CKepu3/w640-h354/paterwa+sugauli+shilanyas.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEj3zIHVq3vYsVlQmBRCTdXz9J0pfCCOqOQyVMMFWbCRJNY5r6WpaQM7h0KFOOgRWoz76Czzrgf2e2qbcgP7K1EYho2tSdt9otrftWSJWCSmnHH1F5glmupnyHw7AOK8JD1j-cNkq8CKepu3/s72-w640-c-h354/paterwa+sugauli+shilanyas.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2020/11/blog-post_271.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2020/11/blog-post_271.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy