$type=ticker$count=12$cols=4$cate=0

चालकको लापरवाहीले वन्यजन्तुको ज्यान जोखिममा

SHARE:

जीतलाल श्रेष्ठ, निजगढ, १४ मङ्सिर/
समूह, हुलमा बस्न रुचाउने बाँदर प्रजातिको वन्यजन्तु जाडोयाम शुरू हुन थालेपछि पारिलो घाम ताप्न जङ्गलको बीचमा पर्ने सडक आसपास आउने गर्छन्। उनीहरू बाक्लै सङ्ख्यामा सडकको आसपास आइरहेका हुन्छन्। घाम ताप्नका लागि उनीहरू खुला ठाउँ खोज्दै सडकतर्फ आउने गरेको भएपनि पछिल्लो समय आहारा पाउने आशामा उनीहरू सडक तथा मानिस भएको स्थानतर्फ आउने गरेका छन्।


आजभन्दा १०/१५ वर्षअघि  बाँदरहरू यसरी राजमार्ग, सडकमा खासै देखा पर्दैनथे। त्यसयता बिस्तारै/बिस्तारै यिनीहरूको हुल, समूह राजमार्ग, सडक केन्द्रित देखिन थालेको हो।
वातावरण परिवर्तन तथा मानवीय क्रियाकलापको  कारण वनजङ्गलमा उनीहरूको आहारा लोप हुन थालेपछि बाँदरहरू बाँच्नकै लागि हुल, समूहमा राजमार्ग, सडकहरूमा आएका हुन्। तर यिनै बाँदरहरू अहिले राजमार्ग, सडकमा गुड्ने सवारीसाधनको ठक्करबाट अकालमा ज्यान गुमाइरहेका छन्।
राजमार्ग भएर गन्तव्यतर्फ जाने कैयौं यात्रुले राजमार्ग आसपास आउने बाँदरहरूलाई बिस्कुट, चिउरा, भुजा, चाउचाउ, दालमोठलगायतका खानेकुरा दिने गरेका छन्। रमाइलो वा उनीहरूको भोको पेटलाई उद्धार गरेको जस्तो लागेर पनि यात्रुहरूले बाँदरहरूलाई खानेकुरा दिने गरेका हुन्। तर यिनीहरूलाई प्राकृतिक खाद्यवस्तुबाहेक अन्य खानेकुरा दिनु भनेको मन्द विष दिनु सरह हुने वन्यजन्तु तथा चराचुरुङ्गी संरक्षणमा खटिएका संरक्षणकर्मीहरूले बताउने गरेका छन्।
वन्यजन्तुहरूलाई वनजङ्गलमा पाइने फलफूल, आहाराहरू खानका लागि भरपर्दो वातावरण निर्माण गर्नेतर्फ सबैको ध्यान जानुपर्ने विज्ञहरूको जोड छ। हामीलाई रमाइलोका लागि उनीहरूलाई खुवाइ आनन्द लिनु दीर्घकालीनरूपमा उचित कार्य नभएको अवकाशप्राप्त वरिष्ठ पशु स्वास्थ्य प्राविधिक हरिप्रसाद बर्तौला बताउँछन्। धेरैजनाले धेरै किसिमका खानेकुरा दिंदा बाँदरहरूलाई पनि फूड प्वाइजन हुने सम्भावना रहन्छ र जसले गर्दा अकालमा ज्यान जान सक्ने उनले बताए।
आजकाल वनजङ्गलमा मानिसहरूको जथाभावी प्रवेशका कारण पनि वन्यजन्तु वा चराचुरुङ्गीले सुरक्षित वासस्थान, पाउन सकिरहेका छैनन्। वनजङ्गलमा पाइने जङ्गली अम्बा, बयर, अमला, अमारो, वन केरा, जामुन, कुसुम, खन्यु, क्यामुना, हर्रो, बर्रो, टाँटरी, फिरफिरे, रातवृक्षलगायत जङ्गली आहारा लोप हँुदै गइरहेका छन्। यिनीहरूको आहाराको उचित व्यवस्थापनतर्फ प्रायः सम्बन्धित निकाय वा राज्यको ध्यान जान सकेको छैन। जसको कारण पनि वन्यजन्तु तथा  चराचुरुङ्गी वनजङ्गल आसपास रहेका बस्तीमा लगाइएका बालीनाली खान पस्ने गर्छन्।
वनजङ्गलमा पाइने आहाराको अभावले गर्दा नीलगाई, घोडगधा, बँदेल जस्ता वन्यजन्तु, सुगालगायतका अन्य चराचुरुङ्गी पनि आहाराको खोजीमा मानवबस्तीमा लगाइएका बालीनाली खान आइरहेका घटना प्रशस्तै छन्। जसले गर्दा वन्यजन्तु र मानवबीच द्वन्द्व बढ्दै गइरहेको छ।
यसरी वन्यजन्तु र मानवबीच हुने द्वन्द्व घटाउने कुरा कहिलेकाहीं चर्चा  चल्ने गरे पनि निरन्तरता पाउन सकेको छैन।
यसरी राजमार्ग, सडकमा आहारा खान आएका बाँदरहरूको यातायात तथा सवारीसाधनको ठक्करबाट अकालमा ज्यान गइरहेको छ। कतिपय चालकले जानाजानी जिस्किंदै बाँदरको हुलतर्फ गाडी बढाउँदा पनि दुर्घटना भई उनीहरूको ज्यान जाने गरेको छ भने कतिपय सडकमा पोखिएका वा सडकमा कोही यात्रुले राखिदिने गरेको खानेकुराहरू खाई फर्कने क्रममा गाडीले ठक्कर दिने गरेका छन्।
हुनत कुनै पनि वन्यजन्तुको इजाजतविना शिकार गर्नुबाहेक कुनै पनि तरीकाले ज्यान लिनु राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनविपरीत ठहर्छ। यस्ता घटनामा जानेर वा नजानीकनै संलग्न भएका जो कोही पनि कानूनबमोजिम दोषी करार हुन्छन्। तर यसरी यातायातका साधनले लोपोन्मुख, संरक्षित वन्यजन्तुबाहेक अन्य वन्यजन्तुलाई ठक्कर दिने चालकहरूमाथि सम्बन्धित निकायले कारबाही गरेको खासै जानकारीमा आएको छैन।

neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : चालकको लापरवाहीले वन्यजन्तुको ज्यान जोखिममा
चालकको लापरवाहीले वन्यजन्तुको ज्यान जोखिममा
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiBt2PEqO2p4oRVUb9y40hR3XGvzWFPzT8-e9xAKtjLwnqW3VWFpyLjJ3wprsxgqZ6aG-zrjyrmQ9HfLDw1RDpvYMDYOH9-EjMiYV1Rsq1LABwLteiw5Rhm9SPT5IhETg3V7tkbaXP5C8z_/w640-h456/badar.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiBt2PEqO2p4oRVUb9y40hR3XGvzWFPzT8-e9xAKtjLwnqW3VWFpyLjJ3wprsxgqZ6aG-zrjyrmQ9HfLDw1RDpvYMDYOH9-EjMiYV1Rsq1LABwLteiw5Rhm9SPT5IhETg3V7tkbaXP5C8z_/s72-w640-c-h456/badar.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2020/11/blog-post_209.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2020/11/blog-post_209.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy