$type=ticker$count=12$cols=4$cate=0

मूल्यवृद्धि अहिलेको ठूलो समस्या

SHARE:

 


अनन्तकुमार लाल दास
    प्रत्येक स्थिति र अवस्थाको दुईवटा पक्ष हुन्छ। पहिलो आन्तरिक र दोस्रो बाह्य। बाह्य अवस्थालाई मानिसले कृत्रिमताबाट सुधार गर्न सक्छ तर आन्तरिक अवस्था बिग्रेपछि मानिसको सर्वनाश नै हुन्छ। बाहिरी शत्रुको मानिसले उपेक्षा पनि गर्न सक्छ तर आन्तरिक शत्रुलाई वशमा गर्न धेरै कठिन हुन्छ। यही नियम हाम्रो देशको स्थितिमा पनि लागू हुन्छ। हाम्रो देशको बाहिरी स्थिति जति सुदृढ वा विदेशमा गएर हामीले जति सम्मान प्राप्त गरे तापनि वा हाम्रो विदेश नीति जति सफल भए तापनि वा हाम्रो सीमा सुरक्षा जति सबल भए पनि, यदि आन्तरिक स्थिति बलियो छैन भने एक दिन अवश्य नै हाम्रो देशको पतन हुनेछ। देशको आन्तरिक स्थिति धनधान्य र अन्नमाथि निर्भर गर्दछ। आज हाम्रो देशको प्रमुख समस्या हरेक दिन सुरसाको मुखजस्तै तन्किइरहेको दैनिक उपभोगका वस्तुहरूको मूल्य रहेको छ। यसबाट सम्पूर्ण देशको जीवन नै अस्तव्यस्त भइसकेको छ। एकातिर कोरोनाजस्तो महामारी र अर्कोतिर मानिसलाई चाहिने खाद्य पदार्थ, विद्युत्जस्ता दैनिक उपभोगका वस्तुहरूको मूल्य दिनानुदिन वृद्धि भइरहेको छ। यसले गर्दा मानिसलाई जीवन निर्वाह गर्न बडो गा–हो भइरहेको छ। आज रुपियाँको कुनै मूल्य छैन। सामानको भाउ कैयौं गुणा बढिसकेको छ। गरीब र मध्यम वर्गका मानिसलाई जीवन धान्न गा–हो भइसकेको छ। अभाव र असन्तुष्टि समाजमा दिन प्रतिदिन बढ्दै गइरहेको छ।

    अर्थशास्त्रीहरूका अनुसार जब उत्पादन बढ्छ, वस्तुको मूल्य घट्छ। सरकारी तथ्याङ्कले कोरोना महामारीले गर्दा स्वदेशी उत्पादन खेर गइरहेको छ, तर सामानको भाउ भने बढेको छ। यो आश्चर्यजनक कुरो हो। आज मानिसले घर बनाउन सिमेन्ट किन्न जाँदा धेरै पटक सोच्नुपर्ने हुन्छ। जीवनको लागि चाहिने अन्य वस्तुहरूको मूल्यमा पनि आशाभन्दा बढी वृद्धि भएको छ। अर्थशास्त्रका विद्वान्हरूका अनुसार खाद्यान्न उत्पादनमा ४० प्रतिशतले वृद्धि भएको छ। जमीनको भाउ बढेको छ। सुनको भाउले त आकाश नै छुन थालेको छ। प्याज पनि १४० रुपियाँ प्रतिकिलो भएको छ। माछामासुको मूल्य पनि बढेको छ। हाम्रो देश जलस्रोतमा धनी भएर पनि हामीलाई सबैभन्दा महँगो मूल्यमा बिजुली प्राप्त भइरहेको छ र त्यो पनि हिजोआज नियमित छैन। आज कुनै यस्तो वस्तु छैन, जसको मूल्य वृद्धि भएको छैन।

    यहाँनिर के प्रश्न उठ्छ भने यस अव्यवस्थाको कारण के हो ? के हाम्रो देशमा मूल्य नियन्त्रण गर्ने कुनै निकाय छैन ? के यहाँका मानिस दक्ष नाविक नभएको डुङ्गामा सवार छन् ? गहिरिएर हेर्ने हो भने आज हाम्रो समाजको अवस्था यस्तै देखिन्छ। हरेकले आआफ्नो मनपरितन्त्र चलाउन थालेको छ। सबैले आफूलाई जे गर्न पनि स्वतन्त्र ठान्छन्। तर कुरो यस्तो हैन।

    दीर्घकालीन शोषणपछि हामीलाई लोकतन्त्र प्राप्त भएको छ। वास्तवमा भन्ने हो भने हाम्रो देशको आर्थिक अवस्था अत्यन्त दयनीय छ। नयाँ योजना तर्जुमा गरी देशलाई राम्ररी डो–याउन समय लाग्छ। यस्ता पनि केही मानिस छन्, जो देशको सङ्क्रमणकालीन अवस्थाबाट फाइदा लिन खोजिरहेका छन्। सरकार वा अन्य राजनीतिक दल पनि आफ्नै कुर्सी जोगाउन कसरत गरिरहेका छन्। यस कारण निहित स्वार्थको खेल खेल्ने र मुनाफाखोरहरूले सङ्क्रमणकालीन अवस्थाको आडमा आफूखुशी वस्तुको मूल्य निर्धारण गरेर बेचिरहेका छन्। यसरी एउटा विशेष वर्गले समाजलाई भ्रष्टाचारको अखडा बनाइराखेको छ। उनीहरूले सामाजिक जीवनसहित राष्ट्रिय जीवनलाई पनि दूषित बनाएका छन्। देशमा भइरहेको नैतिक पतनले गर्दा नै आज मूल्यवृद्धि एउटा भयावह समस्याको रूपमा देखा परिहेको छ। मुनाफाबाहेक आज एक आपसमा न कुनै प्रकारको सम्बन्ध छ, न रिश्तेदारी।

    कुनै पनि देशको आम्दनीको प्रमुख साधन त्यहाँको व्यापार र उद्योग हुने गर्दछ। हाम्रो देशमा उद्योग र व्यापारमा वृद्धि हुनुको साटो दिन प्रतिदिन –हास आइरहेको छ। आन्तरिक व्यापार  धराशायी र वैदेशिक व्यापारमा वृद्धि भइरहेको छ। विदेशबाट सामान आयातमा वृद्धि भएपछि मूल्यवृद्धि हुनु स्वाभाविक नै हो। देशमा हुने प्राकृतिक प्रकोप र महामारीको नाउँमा सरकारी कोष खाली भइरहेको अवस्था छ। सरकारलाई यो धन जनताबाट नै प्राप्त हुन्छ। परिणामस्वरूप मूल्यवृद्धि भइरहेको छ।

    आज जनतामा असन्तोष व्याप्त छ। देशको एक कुनाबाट अर्को कुनासम्म मानिस मूल्यवृद्धिबाट परेशान छ। सरकार विरोधी दलहरूले यसबाट फाइदा उठाउन खोजिरहेका छन्। कतै उनीहरूले केही खास समुदायलाई उचाली आन्दोलन गराइरहेका छन् भने कतै मध्यम वर्गलाई उचाली जुलूस र धर्ना गराइरहेका छन्। अधिकांश जनता उनीहरूले बुनेको जालमा पँmसेर पुनः पाँच वर्षका लागि आफ्नो शोषण गर्ने लाइसेन्स दिन बाध्य छ।

    वर्तमान मूल्यवृद्धि रोक्ने एउटै उपाय छ। त्यसका लागि जनताको नैतिक उत्थान गर्नुपर्छ। उनीहरूलाई यस्तो नैतिक शिक्षा दिनुपर्छ जसको प्रभाव उनीहरूको हृदयमा परोस्। तर आजभोलि शिक्षा कसैको प्राथमिकतामा रहेको देखिंदैन। विनाचरित्र र सोच परिवर्तनको यस समस्याको कुनै निकास छैन। आआफ्नो स्वार्थ साधन नै आज प्रत्येक नेपालीको जीवन लक्ष्य बनेको छ। आम जनतालाई न राष्ट्रिय भावनाको ध्यान छ, न देशहितको। यस कारण उनीहरूमा देशहितको भावना जगाउने खालको उच्चकोटिको नैतिक शिक्षाको खाँचो रहेको छ। मूल्यवृद्धि न्यून गर्ने अर्को उपाय हो, सरकारको कठोर नियन्त्रण। जसले भ्रष्टाचार गर्छ वा जो अधिकारी भ्रष्ट छन्, उनीहरूलाई तत्काल जागीरबाट निष्काशित गर्नुपर्छ वा कठोर दण्ड दिनुपर्छ।

    मूल्यवृद्धिको सम्बन्धमा जनसङ्ख्या वृद्धि पनि एउटा महत्वपूर्ण कारण हो। यस कारण मूल्यवृद्धि रोक्न जनसङ्ख्या नियन्त्रणमा ध्यान दिन पनि अति आवश्यक छ। यस कार्यमा जनताले पनि सरकारलाई मदत गर्नुपर्छ र आफ्नो आचरण र सोचमा पनि सुधार ल्याउनुपर्छ। वास्तविकता त के हो भने यदि सरकारले देशको स्थितिमा सुधार ल्याउन चाहन्छ भने उसले पनि आफ्नो नीतिमा स्थिरता ल्याउनुपर्छ, अनिमात्र मूल्यवृद्धिमाथि केही हदसम्म नियन्त्रण गर्न सकिन्छ।

    आज अनाचार र भ्रष्टाचार नेपाली जीवनको पर्याय बनेको छ। आर्थिक विषमता दिन प्रतिदिन बढिरहेको छ। भ्रष्टाचारमुक्त क्षेत्र पाउन गा–हो भइसकेको छ। उचित र अनुचितको विचार प्रायः लुप्त भइसकेको छ। यस कारण मूल्यमा नियन्त्रण गर्न गा–हो भइरहेको छ। यदि यसरी नै मूल्यवृद्धि भइरह्यो भने समाजमा अराजकता फैलिन बेर लाग्दैन। यस कारण के आवश्यक छ भने हाम्रा नेताहरू निस्स्वार्थी र निष्पक्ष भएर आर्थिक नीति निर्माण र कार्यान्वयन गरून्, किनभने आयातलाई हतोत्साहित र निर्यातलाई प्रोत्साहित गर्न अति आवश्यक छ। युवा पलायन रोक्ने, स्वदेशमैं रोजगारको सम्भावना बढाउने र कृषि उत्पादनमा वृद्धि हुने खालको देश सुहाउँदो शिक्षा नीति ल्याउन आवश्यक छ। यी उपाय पनि मूल्यवृद्धि  न्यून गर्न सहयोगी हुन सक्छ। तर आज के स्थिति छ भने कोरोनाकालमा जो स्वदैशमैं बस्ने सपना बोकेर आएका थिए उनीहरू पुनः विदेशिन बाध्य छन्।

    यस दिशामा सरकारी प्रयत्नलाई गति दिनुपर्छ। यदि देशमा अन्न उत्पादनमा वृद्धि भएन, जनताले आफ्नै देशमा रोजगार पाएन, जनता जागरुक भएन वा शासनको भ्रष्टाचारमाथि कठोर नियन्त्रण भएन, समाजिक सोचमा सकारात्मक परिवर्तन भएन भने मूल्यवृद्धि रोक्न सकिन्न। परिणामस्वरूप गरीब जनताले साग–रोटी पाउँदैन र यदि यसो भयो भने त्यस देशको भविष्य के होला भन्न सकिन्न !


neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : मूल्यवृद्धि अहिलेको ठूलो समस्या
मूल्यवृद्धि अहिलेको ठूलो समस्या
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhJomlKdERQcmmSSkxJKum13050OVv2z0K-Fz4ANKCwEYjoBp4AMpIr4R_KHeasB04AYbX1tRIfBs4bysORcrMG_IFrxvihAnTZZ89uEBfT4l2A9SWfCfOgW92xTPF9d-yZJp4GNtUlGCI/w162-h200/anant+lal+das.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhJomlKdERQcmmSSkxJKum13050OVv2z0K-Fz4ANKCwEYjoBp4AMpIr4R_KHeasB04AYbX1tRIfBs4bysORcrMG_IFrxvihAnTZZ89uEBfT4l2A9SWfCfOgW92xTPF9d-yZJp4GNtUlGCI/s72-w162-c-h200/anant+lal+das.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2020/11/blog-post.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2020/11/blog-post.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy