$type=ticker$count=12$cols=4$cate=0

अध्यात्मले सत्य ग्रहण गर्न सक्तैन

SHARE:

शीतल गिरी
    प्रत्येक विचार–पद्धतिले आआफ्नो समयका प्रवृत्तिहरू धारण गर्छन् र त्यसलाई प्रकट गर्छन्। तसर्थ यसलाई सहीरूपमा तब बुझ्न सकिन्छ, जब हामी त्यस दृष्टिकोणलाई पहिले ग्रहण गरौं, जसबाट संसारको व्याख्या गर्न, साथै त्यो स्वाभाविक प्रेरणा पनि बुझ्ने प्रयत्न गरौं, जसको कारण उक्त विचार–पद्धति सम्भव हुन पनि सक्यो। बुद्धको जन्म भएको समयमा आर्यभूमिमा कसैको पनि एकछत्र साम्राज्य थिएन तर खास–खास गणजातिहरू र गोत्रहरूको शासक राजाहरू भने थिए, जो आफ्ना छुट्टै ससाना राज्य निर्माण गर्न प्रयत्नतरत रहन्थे। विभिन्न स्थानीय भाषाहरूको प्रयोग हुन्थ्यो र संस्कृतले सामान्यतः पवित्र भाषाको मान्यता पाएको थियो। साथै वेदले रहस्यमय पवित्र ग्रन्थको रूपमा मान्यता पाइसकेको थियो। त्यस समयमा पौरस्त्यका प्रसिद्ध ६ दार्शनिक सम्प्रदायहरूको पूर्ण विकास भइसकेको थिएन, यद्यपि त्यस किसिमको कल्पनाको भाव जसको कारण उक्त दर्शन पद्धतिहरूको रचना पछि गएर सम्भव हुन सक्यो, त्यस समयमा आफ्नो कार्य भने गरिरहेको थियो। त्यस समय सम्पूर्ण वातावरण परस्पर–विरोधी मन्तव्यहरू र कल्पनाहरूको एउटा शशीभूत पुञ्जले परिपूर्ण थियो, जसलाई एउटाले अङ्गीकार गथ्र्यो त अर्कोले मान्न निषेध, जो व्यक्तिको साथमा बदलिन्थ्यो एवं वैयक्तिक आचरण, भावनाहरू एवं तिनका निर्माताहरूको आन्तरिक इच्छाहरूलाई प्रतिविम्बित गर्दथ्यो।  



    त्यस समयमा जगत् र आत्माको नित्यता, अनित्यता अथवा दुईमध्ये एउटा वास्तविकता, मृत्युपछि पनि आत्माको अस्तित्व एवं इच्छाको स्वतन्त्र आदिको विषयमा संवाद आफ्नो पूर्ण विकसित अवस्थामा आइसकेको थियो।
    केहीले परमेश्वरलाई सर्वोपरि स्वीकार गर्दथे। केही परिष्कृत अध्यात्मविद्यासम्बन्धी कल्पनाहरूको निर्माणमा व्यस्त थिए, यसको विपरीत, अर्कोतिर त्यस्ता पनि थिए, जो ती कल्पनाहरूको खण्डन गर्नमा नै परिश्रम गरिरहेका थिए। त्यस समयमा हामी निग्गण्ठ भेट्दछौं, जसले आफूलाई सबै बन्धनहरूबाट मुक्त भएको भन्दथे, श्रमण भेटिन्थे अर्थात् यस्ता तपस्वी जो ब्राह्मणहरूभन्दा पृथक र जसले संसार त्यागेमा मात्र आत्माले शान्तिलाभ पाउँछ भन्दथे, यस्ता पनि थिए जसले आत्मनियन्त्रणको लागि दीर्घकालसम्म अन्नग्रहण गर्न त्यागिदिन्थे, यस्ता पनि थिए, जसले आफ्नो आत्माभिमानको कारण आफूभन्दा ठूलो ज्ञानी अरूलाई ठान्दैनथे जस्तो सच्चक, जसले घृष्टताको साथ यहाँसम्म भन्यो, “यस्ता कोही पनि श्रमण, ब्राह्मण, शिक्षक, आचार्य अथवा कुनै सम्प्रदाय–विशेषको प्रधान–भलै उसले आफूलाई पवित्रात्मा, सर्वोपरि बुद्ध नै किन नभनोस्, छैन जो यदि शास्त्रार्थ गर्न मेरो सम्मुख पर्ने साहस गरेमा नलरबरियोस्, काम्न नथालोस् र डरले गर्दा पसिनै पसिनाले निथ्रुक्कै नभिजोस्। र यदि म एउटा जड खम्बामा पनि आफ्नो वाणीले प्रहार गरे भने त त्यो पनि लरबराउँछ र काम्न थाल्छ, अनि त मनुष्यको बारेमा के भन्ने।”  अध्यात्मविद्यातर्फ प्रवृत्ति रहने ती मानिस हुन्, जो कल्पनापरक साहित्यको मार्गबाट स्फुरित हुँदाहुँदै पनि सत्य ग्रहण गर्न सत्तैmनन्। पारलौकिक कल्पनाहरूको सूक्ष्मविभेदले अथवा अविराम प्रश्नात्मक प्रवृत्तिले, अथवा दार्शनिक सम्प्रदायहरूको जटिल वादविवादद्वारा तर्कलाई सूक्ष्म विभेदहरूले अथवा अविराम प्रश्नात्मक प्रवृत्तिले, अथवा दार्शनिक सम्प्रदायहरूको जटिल वादविवादद्वारा तर्कलाई सूक्ष्म र परिमार्जित गर्नाले आत्माको मोक्ष प्राप्ति गर्न सक्दैन। विचारको क्षेत्रको अव्यवस्थाले नैतिक क्षेत्रमा पनि अव्यवस्था ल्याउँछ। बौद्धधर्ममा अध्यात्मविद्या या पारलौकिकशास्त्रको जे जति विषय हामी पाउँछौं, त्यो मौलिक “धम्म” होइन, अपितु त्यसमा पछिबाट थपिएको हो, अर्थात् अभिधम्म हो। बौद्धधर्म अनिवार्यरूपले मनोविज्ञान, तर्कशास्त्र र नीतिशास्त्रको समुच्चय हो, त्यसमा अध्यात्मशास्त्र सन्निविष्ट छैन। त्यस समय देवीदेवताहरू र प्रेतात्माहरूको नै शासन जनसाधारणहरूको मनमा थियो, जसमा खति पुगाउने र दुःख दिने शक्ति थियो, साथै खुशी भएर वरदान दिने र गौरवान्वित गरिदिने पनि शक्ति थियो। धेरैजसो मानिस वैदिक धर्मलाई बडो श्रद्धासाथ मान्दथे, जसरी युरोपका ती मूर्ति पूजा गर्नेहरूले जसरी धनी–सम्पन्नशाली बन्ने अभिलाषा लिएर अग्निदेवता सम्मुख शिर झुकाउँथे र आफ्नो गृह सामग्रीको दशौं भाग अर्पण गर्दथे। बिमारीबाट छुटकारा पाउनको लागि एस्कूलापिअस नामक देवतालाई भाले चढाउँथे, ती मानिस देवताहरूलाई प्रसन्न पार्न लागिरहन्थे। यहाँसम्म कि एकेश्वरवादीहरूको परमेश्वरलाई यदि कसैले अपहेलना गरेमा क्रुद्ध बन्दथे, र क्रोध शान्त भएपछि क्षमाशील पनि थिए। परमेश्वर प्रतिशोधको स्वभाव भएको युद्धदेवता, हामीसँग जस्तो चाहन्थ्यो व्यवहार गर्दथ्यो र युद्धमा हामीलाई शत्रुहरूसँग सामना गर्ने आदेश दिन्थे। ध्रुमकेतु उसको कोपको प्रतीक थियो, जसलाई पापपूर्ण संसारमा चेतावनी गराउन निमित्त प्रेषित गरिएको थियो। चमत्कार त्यस समयमा साधारण घटना मानिन्थ्यो। यदि हामी खराब छौं त उत्तरदायी त्यही परमेश्वरको हो, यदि राम्रा छौं भने तब पनि उत्तरदायी उनैको हो।  
    प्रत्येक पापकर्म परमेश्वरको नियमको उल्लङ्घन हो र उसलाई खुशी पार्ने एउटा मात्र उपाय पश्चात्ताप गर्नु एवं धूलोमा लडीबुडी गर्नु हो। मानिस पापको स्वाभाविक परिणामहरूप्रति उदासीन रहन्थे, यद्यपि मौलिकरूपले कर्मप्रति निष्ठा देखाउने गर्थे। परिणाम त धर्मलाई जीवनभन्दा अलग ठान्दथे र परमेश्वर एवं संसार एकअर्काका विपरीत थिए। परमात्माको विषयमा मिथ्या विश्वासको कारण मानिसको नैतिक जीवनमा ठूलो क्षति पुग्यो। यस संसारमा आधार शास्त्र र धर्मलाई एक अर्कामा मिश्रित गरिदिएको हँुदा कतिपय खराबी भयो– यसको अनुमान लगाउन गा–हो छैन।    
    यस कल्पनाको आधारमा संशयवादीहरूको लागि सदाचारी हुनु आवश्यक छैन। कमजोर विश्वास भएको व्यक्तिले सदाचार नीतिको आज्ञा अवहेलना ग–यो भने कुनै आश्चर्य हँुदैन। एउटा यस्तो धर्मको प्रचारद्वारा जसले यस्तो घोषणा गर्न सकोस्, जस्तो प्रत्येक मनुष्य पुरोहितहरूको मध्यस्थता नलिएर अथवा देवीदेवताहरूमा विश्वास नगरेर पनि आफ्नोलागि मोक्ष प्राप्त गर्न सक्दछ, जसले मानवीय स्वभावप्रति प्रतिष्ठालाई बढाएर नैतिकताको भावनालाई पनि उन्नत पार्नेछ। बुद्धको प्रचारको उपरान्त प्राकृतिक नियमहरूको स्थिरता एवं व्यापकतामा विश्वासले एक किसिमले मानवीय आत्मामा स्वाभाविक अन्तः प्रेरणाको रूप लियो।
    कर्मको सिद्धान्त यसको व्याख्या गर्नको लागि पर्याप्त छ। बुद्ध उपनिषद्को कल्पनाको समर्थन गर्दै सेन्ट पालका निर्णयको पूर्वकल्पना गर्दछन्, जब उनी भन्दछन्, “आश्चर्य छ ईश्वरको विवेक, एवं ज्ञानको विपुल राशि यति अगाध छ, एवं उसका निर्णयहरूको पनि खोजी गर्न सकिन्न, उसको कार्य गर्ने पद्धति पनि थाहा पाउन सकिन्न।” यस कारण उनका शिक्षाहरू तुच्छ मिथ्या विश्वासको अस्तव्यस्त अवस्थामा मिसिएर हरायो। शाक्य बुद्धको मनमा विचार आयो, म यहाँ यस जम्बू द्वीपमा जन्मिएको छु, यस्ता मानिसहरूको बीचमा जसको अगाडि तिर्थिकाहरू अथवा सत्यका प्रकाशकहरूले घेरिरहनाले बौद्धिक मुक्तिको कुनै आशा बचेको थिएन, र यो यस्तो समय थियो, जबकि उनको अन्तर्निहित शक्तिहरू विषयासक्तिरूपी गोहीको पकडमा पर्नाले वक्र गतिमा आएको थियो। मूर्ख व्यक्तिहरूमध्ये कतिपय त यस्ता थिए, जसले आफ्नो मन्त्रहरूको अर्थ पनि बुझ्न सक्दैन थिए, केही त आफ्नो हात चाट्दथे, केही भने एकदम मलीन थिए, केहीलाई त मन्त्रको पनि ज्ञान थिएन, केही अरू धर्मशास्त्रको खोजीमा यताउति डुल्दथे, केही यस्ता पनि थिए गाई, हरिण, घोडा, सुङ्गुर, बाँदर, हात्ती जस्ता पशुको पूजा गर्दथे। कोही आफ्नो तपश्चर्या साधनाको लागि धूवाँ र आगोलाई पनि निल्ने प्रयत्न गर्दथे साथै सूर्यतर्फ एकोहोरो हेरिरहन्थे, पञ्चाग्निपूजा गर्दथे, एउटा खुट्टाको भरमा उभिन्थे भने कोही चाहिं एउटा हात माथि उठाइरहन्थे, यानी विविध कष्टहरू सहिरहन्थे।   
    यस्ता पनि मानिस थिए जसको भनाइ थियो, तपस्याद्वारा देवताहरूलाई आफ्नो अनुकूल बनाउन सकिन्छ। मिथ्या विश्वासको बर्बरताले त्यागको सौन्दर्यलाई मलीन पारिदियो, अथवा यसो भनौं कपलक्क निल्यो। साधारण मानिसहरू मिथ्या विश्वासका विविध क्रियाकलापहरूमा एवं अनुष्ठानहरूमा फसेका थिए, जसको विधान यस्ता मानिसहरूले बनाएका थिए, जो आफ्ना अन्धभक्तहरूद्वारा दिइने भोजनमा पालिएका थिए र जसलाई बुद्धले “प्रवंचक एवं नाम मात्रको पवित्र शब्द उच्चारण गरेर पेट पाल्ने निकम्मा, अल्छी, शुभ–अशुभ बताउने, भूत–प्रेत भगाउने जान्ने, सधैं ठगिगरिरहने आदि नामले सम्बोधन गर्दथे।” बुद्धको मनमा यस्ता वास्तविक ब्राह्मणहरूको लागि जसले ब्रह्मको सन्देश भन्न सक्दथे, “मलाई सुन अथवा चाँदी केही पनि चाहिंदैन, न म सुनचाँदीको मोहमा नै पर्दछु,” हार्दिक प्रशंसाको भाव थियो। धन–सम्पत्तिद्वारा मोक्ष प्राप्त गर्ने पद्धतिले मानवीय हृदयको अन्तस्तलका आवश्यकताहरू समाधान गर्न सत्तैmन। बुद्धले सम्पूर्ण मिथ्या विश्वासीहरूलाई जसलाई साधारण मानिस धार्मिक नियमहरूको अभिन्न अङ्ग मान्ने गर्दथे, पूर्णत खोक्रो पाए। बुद्धले देवताहरूको दिव्यताको खण्डन गर्नुभयो। मानिसहरू आत्मा परिवर्तन चाहिरहेका थिए, तिनीहरू मिथ्यावादीहरूको विश्वास टुट्नाले कुनै राम्रो सिद्धान्तको खोजीमा लागेका थिए। बुद्धले सत्यप्रति हृदयमा उब्जने स्वाभाविक अभिलाषातर्फ सङ्केत गरे र भने कि त्यही शिव र सुन्दर हो।  
    जस्तो युनान देशमा प्लेटो र अरस्तुको महत्वपूर्ण अध्यात्मविद्यासम्बन्धी दर्शन पद्धतिहरूपश्चात् स्टोइक र एपिक्युरियनको नैतिक कल्पनाहरू आए, ठीक त्यसैगरी प्राचीन भारतमा पनि भयो। यदि नीतिशास्त्रको निर्माण अध्यात्मशास्त्र अथवा परमार्थविद्या जस्तो बालुवाको घर बनाउने हो भने त त्यो निश्चय नै भत्किन्छ। प्राचीन बौद्धधर्मले परमेश्वरको पूजाबाट मानिसको ध्यान हटाएर, मनुष्य समाजको सेवा गर्नेतर्फ आफ्नो प्रत्यक्षवादसँग सादृश्य राख्दछ। एउटा यस्तो धर्म प्रवर्तन श्रेय सिद्धार्थ गौतमलाई छ, जसले रूढीवादी, पुरोहितवर्गको आधिपत्य एवं यज्ञ–यागसम्बन्धी निरर्थक क्रियाकलापबाट सर्वथा मुक्त गरिदिए र जो हृदयको आन्तरिक परिवर्तन र आत्मसंस्कृतिमा धेरै जोड दिन्थे। उनले स्पष्ट घोषणा गरे– चरित्रलाई निर्दोष बनाएर पुण्यकर्ममा प्रवृत्त हुँदा मात्र मोक्षलाभ प्राप्त गर्न सकिन्छ। बुद्धको अनुसार अज्ञानताको कारण नै संसारमा सबै किसिमका दुःखहरूको सृष्टि भएको हो। प्राचीन बौद्धमतको शिक्षाहरूमा हामी तीनवटा सुस्पष्ट विशेषताहरू पाउँछौं, अर्थात् एक किसिमको नैतिक तत्परता, परमार्थविद्यासम्बन्धी प्रवृत्तिको अभाव एवं अध्यात्मशास्त्रसम्बन्धी कल्पनाप्रति अरुचि अथवा त्यसबाट विमुखता।   
    बुद्धको समयमा जबकि आत्मजिज्ञासा एवं आत्मपरीक्षाको साथसाथै मानिसहरूले धेरै तीक्ष्ण दृष्टिका साथ ती सबैलाई जो त्यति बेलासम्म कुनै विचारविना नै स्वीकार गरिएको थियो– हेर्न थाले, जुन असम्भव थियो, विश्वास गरेर आलोचनाविना नै छाडिन्थ्यो। बुद्धले समीक्षक भावनालाई ग्रहण त गरे तर त्यसको मर्यादा पनि तोक्न उचित ठाने। उनका विचार–पद्धतिहरू र क्रियात्मक प्रयोग एक किसिमको व्यावहारिक कल्पनाहरू नै त हुन्, जसद्वारा परवर्ती समयके मनुष्य आफ्ना महत्वाकाङ्क्षाहरूलाई पूर्ण बनाउने प्रयत्न गर्दछन् र बढ्दै गएको ज्ञान एवं उन्नतिशील आन्तरिक प्रेरणामा सामञ्जस्य स्थापित गर्दछन्। संशयवादको भावनाले आफ्नो कार्य आरम्भ ग–यो। विवेकी विद्वान् धेरै विस्तृत कल्पनाहरूको निर्माणमा निमग्न थिए, जसको आधारमा जीवनयापन सफल हुन सकोस् एवं जसद्वारा मनुष्यको स्वाभाविक महत्वाकाङ्क्षाहरूको, जसलाई उच्छेद गर्न सकिन्न, अनुभवहरूबाट प्राप्त सामग्रीसँग सामञ्जस्यमा ल्याउन सकिन्छ। प्रचलित मिथ्या विश्वासहरूको विरुद्ध जुन प्रतिक्रिया आफ्नो स्थान जनतामा बनाइरहेको थियो, त्यसले बुद्धको मनलाई प्रभावित ग–यो। उनले आफ्नो युगको भावनालाई लक्ष्य गरे र विवेकी पुरुषहरूको सन्दिग्ध र क्रमविहीन भावनाहरूलाई वाणी प्रदान गरे, जसले गर्दा उनी प्रकटरूपमा जनताको अगाडि आउन सके। हेगेल कुनै प्रतिभाशाली व्यक्तिको उसको युगसँग कस्तो सम्बन्ध हुन्छ, यसको तुलना यस्तो व्यक्तिसँग गर्दछ, जो कुनै बुट्टा कँुदिएको आकर्षक छतमा अन्तिम ढुङ्गा त्यसलाई बलियो पार्नको लागि लगाउँछ। बुद्धको हात यस्तै किसिमको एक महान् कलाकारको हात थियो, जो आफ्नो समयको संसारकै महानतम विचारक थिए। जहाँ एकातिर बुद्धका विचार–पद्धति प्रचलित समीक्षाको लहरको अभिव्यक्ति मात्र थियो, त्यही अर्कोतिर आफ्नो उद्देश्यद्वारा प्रचलित समीक्षाको लहरलाई प्रतिकूल दिशामा घुमाएर यथार्थ सत्ताको आध्यात्मिक अर्थहरूमा (धार्मिक अर्थमा होइन) सत्य विचारलाई सुदृढ पार्नु पनि थियो।  
    हामी बुद्धलाई हेतुवादी भन्न सक्दैनौं किनभने हेतुवाद या मुक्तिवादको परिभाषामा “धार्मिक विश्वासहरूलाई नष्ट गर्नको लागि तर्क प्रयोगको जुन मानसिक प्रवृत्ति छ, त्यही आउँदछ।” एउटा निरपेक्ष सत्य जिज्ञासु भएको हुँदा उनले आफ्नो मनमा कुनै किसिमको पक्षपातलाई अघिबाटै ठाउँ दिएनन्। अलौकिक ईश्वरको विषयमा बुद्ध आधुनिक वैज्ञानिकहरूसँग एकमत थिए, जसको सम्मतिमा प्राकृतिक घटनाहरूको व्याख्यामा कुनै अलौकिक सत्ताको हस्तक्षेपको प्रवेश हुनुहँुदैन। यस कुरालाई राम्ररी अनुभव गर्नको लागि यस्तो समय जब सबै किसिमको विश्वास उपर श्रद्धा घटिसकेको थियो, श्रद्धामा जोड दिनाले कुनै लाभ हुँदैनथ्यो, उनी तर्क र प्रत्यक्ष अनुभवमा धेरै भर परे र आफ्नो मततर्फ जनसाधारणलाई आकर्षित गर्नको लागि तर्क बल मात्र प्रयोग गरेका थिए। उनले कहिले पनि आफूलाई अवतार हुँ भनी प्रचार गर्न उचित ठानेनन्। उनले आफ्ना अनुयायीहरूका अगाडि ती अनुभव मात्र प्रस्तुत गरे, जसबाट उनी स्वयम्ले पालना गरी बुझेका थिए र उनले अनुयायीहरूलाई प्रेरणा दिने गर्दथे, “तिमीहरू आफ्नोतर्फबाट पनि मेरा विचारहरूलाई व्यवहाररूपी कसीमा जाँचेर यथार्थ बुझ अनि मात्र पालन गर।” बुद्धले मानिसहरूलाई मोक्ष दिलाउने कार्य गरेनन्, बरु त्यस पद्धतिको उपदेश दिने गर्थे जसलाई पालना गर्नाले तिनीहरू आफसेआफ मोक्ष प्राप्त गर्न सक्दछन्, जसरी उनी सत्य प्रचारबाट आकृष्ट हुन्थे, यस कारण होइन कि बुद्धले यस्तो भनेका थिए, तर उनको वाणीबाट जागृति प्राप्त गरेर उनका मतहरूको प्रकाशमा, जे जति उनले उपदेश दिए, सुन्नेको वैयक्तिक ज्ञान उदय हुने गथ्र्यो। यसैगरी, दुःखले व्याकुल मनुष्य–मनमा आफ्ना विचारहरूको यथार्थ एवं पक्षपातरहित निष्कर्षहरूलाई अभिव्यक्तिद्वारा आध्यात्मिक उन्नतिको मन्त्र फुके। यस किसिमबाट अध्यात्मशास्त्रसम्बन्धी कल्पनाहरूलाई एकातिर राखेर उनले अनुभवमा पाइएको यस जगत्मा कानून र व्यवस्थाको शासनको खोजी गरे।

neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : अध्यात्मले सत्य ग्रहण गर्न सक्तैन
अध्यात्मले सत्य ग्रहण गर्न सक्तैन
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjgOyL5cZoGwZhqRhkEODHazKqv90vih0lkEbdD53NaNjW3yIAvxShw5ZzEe10W-Xq7mYz_D2GkC4eP097cvgvxZtwU6yJTsE1cdBIkWN7yeV5szEfo5Mva0uf7RbXQtSgCXnBivSJgYVuM/w640-h274/shital+giri.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjgOyL5cZoGwZhqRhkEODHazKqv90vih0lkEbdD53NaNjW3yIAvxShw5ZzEe10W-Xq7mYz_D2GkC4eP097cvgvxZtwU6yJTsE1cdBIkWN7yeV5szEfo5Mva0uf7RbXQtSgCXnBivSJgYVuM/s72-w640-c-h274/shital+giri.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2020/10/blog-post_525.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2020/10/blog-post_525.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy