$type=ticker$count=12$cols=4$cate=0

बलात्कृतलाई न्यायभन्दा वडाध्यक्षको इज्जत ठूलो

SHARE:


विमला गुप्ता, वीरगंज, १४ असोज/
    बाराको सुवर्ण गाउँपालिकामा भएको बालिका बलात्कारको घटनामा गाउँँलेहरू नै बलात्कृतलाई न्यायभन्दा वडाध्यक्षको इज्जत जोगाउनेतर्फ लागिपरेका छन्।
    सुवर्ण गाउँपालिकाको वडा नं ५ का अध्यक्ष रामएकबाल साहमाथि पीडित पक्षले पैसाको दम्भमा बलात्कारको घटना ढाकछोप गर्न खोजेको आरोप लगाउँदा अहिले गाउँँका हुनेखाने व्यक्तिहरूले वडाध्यक्षको इज्जत गयो भन्दै पीडितलाई धम्काउन शुरू गरेका छन्। औरैया गाउँँका युवा विनोद यादवका अनुसार औरैया गाउँँमा यो पहिलो घटना होइन, यसअघि पनि यस्ता बलात्कारका घटना भइसकेका छन् तर गाउँको इज्जत जान्छ भन्ने बहाना बनाउँदै पैसाले ढाकछोप गर्न यहाँका अगुवाहरू नै अगाडि सर्ने चलन छ।”
    यही असोज १ गते राति ८ बजे सुवर्ण गाउँपालिका–५ औरैयाकी १२ वर्षीया बालिकालाई गाउँघरकै काका पर्ने शिवपूजन यादवले बलात्कार गरेका थिए। साँझको खाना खान भाइलाई बोलाउन घरबाहिर निस्किएकी बालिकालाई शिवपूजनले एक्लोपनको मौका छोपी बलात्कार गरेका थिए। बालिकाको हात पछाडिबाट समाती मुखमा सल कोचेर घिसार्दै नजीकै रहेको लालबाबू भन्ने आफन्तको घरभित्र लगेर बलात्कार गरेको पीडितले बताइन्।
    प्रतिकार गर्ने क्रममा बालिकाले चिच्याएपछि गाउँँकै कृष्ण यादव आएर  छुटाइ दोषीलाई भगाएको र उल्टै पीडित बालिकामाथि हातपात गरेको बालिकाको भनाइ छ। बालिका आफैंले न्यायको लागि गुहार लगाउँदासमेत अहिले गाउँवासी वडाध्यक्षको इज्जत जोगाउनतर्फ लागेका छन्।
    पीडित पक्षसँग घटनाबारे बुझ्न पुगेका सञ्चारकर्मीहरूलाई समेत वडाध्यक्ष नजीकका व्यक्तिहरूले पीडितको घरमा गएर किन सोधपूछ गरेको भन्दै विरोध जनाएका थिए। गाउँघरको इज्जत जान्छ भन्दै यस्तो खबर समाचारमा नदिन उनीहरूले पीडितलाई दबाब दिन थालेका छन्। यता पीडित बालिकाकी आमाका अनुसार न्यायका लागि आवाज उठाउँदा राति दोषीका आफन्त तथा गाउँका केही व्यक्ति आएर ज्यान मार्नेसमेत धम्की दिन थालेका छन्।
    गाउँघरका अगुवा तथा पञ्चहरूले डेढ लाख रुपियाँ लिएर मिलापत्र गर्न दबाब दिइरहेको र पैसा लिन नमानेपछि धम्की आउन थालेकोले डरको कारण घरमा राति सुत्न नसकेको बलात्कृत बालिकाकी आमाले बताएकी छन्।         पीडित बालिकाका बुबा टाँगा चलाउँछन्। घरको आर्थिक अवस्था कमजोर भएकोले गाउँघरका हुनेखानेहरूले यस घटनामा किन धेरै बोल्छस् भन्दै दबाब दिइरहेका छन्। यतिबेला पीडित परिवार छोरीमाथि भएको अन्याय र त्यसको प्रभावले सृजित मानसिक समस्या, पीडक पक्षको धाकधम्की र घरको कमजोर आर्थिक अवस्थाको चौतर्फी मार खपिरहेका छन्।
    यता जिल्ला प्रहरी कार्यालय बारामा बलात्कारविरुद्धको अभियोगमा मुद्दा दर्ता भइसकेको छ तर बारा प्रहरीले भने सुस्त गतिमा अनुसन्धान थालेको पीडित पक्षको गुनासो छ। दिनहुँ आफूहरूलाई पीडक पक्षबाट ज्यानै लिने धम्की आउन थालेको र दोषी फरार भएको भन्दै प्रहरी अनुसन्धानबाट पन्छिन खोजेकोले थप पीडामा परेको बालिकाका बुबाले बताएका छन्। यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रनाउ  गौतम मिश्रले भने पीडित बालिकाको स्वास्थ्य परीक्षण गराइ पीडकको खोजी भइरहेको र भारततर्फ समेत समन्वय गरेर अभियुक्त पक्राउ गर्नेतर्फ प्रहरी सक्रिय रहेको बताएका छन्।

neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : बलात्कृतलाई न्यायभन्दा वडाध्यक्षको इज्जत ठूलो
बलात्कृतलाई न्यायभन्दा वडाध्यक्षको इज्जत ठूलो
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEic6lu-ThE5gySqOpmNQnJ9ka27l7O21K3NP-gZ9ef4ZYNBq-s3BwfuK6ytcS_sgfMlIv8KjikKV9FsjtMhOuKeilGirQxnjvW7bq0_-xxebH3OMwUvqZaBORXLWSqMu0lvy1sFpGYcbJ-H/w640-h502/balika.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEic6lu-ThE5gySqOpmNQnJ9ka27l7O21K3NP-gZ9ef4ZYNBq-s3BwfuK6ytcS_sgfMlIv8KjikKV9FsjtMhOuKeilGirQxnjvW7bq0_-xxebH3OMwUvqZaBORXLWSqMu0lvy1sFpGYcbJ-H/s72-w640-c-h502/balika.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2020/09/blog-post_891.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2020/09/blog-post_891.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy