$type=ticker$count=12$cols=4$cate=0

कोरोनाको कहर : रोजगारमा असर

SHARE:

 


    

-शितल महतो

कोरोना महामारीले जनजीवनका विभिन्न क्षेत्रमा गम्भीर असर पारिरहेको छ । यसको प्रभावले कति नयाँ समस्या उत्पन्न भएका छन् भने कति विद्यमान समस्या झन् जटिल भएका छन् । तीमध्ये रोजगार यस्तो क्षेत्र हो, जसको समाधान महामारीपछिको धेरै वर्षसम्मको आर्थिक विकास र सामाजिक स्थिरतामा निर्भर गर्छ । अन्तर्राष्ट्रिय श्रम सङ्गठनले महामारीको शुरूआतमैं लकडाउनका कारण विश्वभर झन्डै एक अर्ब साठी करोड कामदारले रोजगार गुमाउन सक्ने र यसबाट विभिन्न राष्ट्रको सामाजिक तथा आर्थिक विकासमा गम्भीर असर पर्न सक्ने जनाएको थियो । लकडाउन छ महीना बित्दै गर्दा अहिले नयाँ तथ्यहरू सार्वजनिक भएका छन् । सो अवधिमा विश्वभर ४० करोड मानिसले रोजगार गुमाइसकेका छन् । तीमध्ये दक्षिण एशियामा मात्रै थप नौ करोड मानिस बेरोजगारी बनेका छन् । स्थानीय श्रम बजारमा रोजगार गुमाउनेहरूका अतिरिक्त अन्य देशमा गएर काम गरेका झन्डै १७ करोड आप्रवासी कामदार घर फर्कन बाध्य भएका छन् ।
    कोरोना महामारी शुरू भएदेखि झन्डै पाँच लाख नेपाली कामदार भारतबाट फर्कन सक्ने अनुमान अन्तर्राष्ट्रिय श्रम सङ्गठनले गरेको थियो । तीमध्ये आधा भन्दा बढी फर्किसकेका छन् । अन्य देश, विशेषगरी खाडी मुलुक र मलेशियाबाट पनि ठूलै सङ्ख्यामा नेपाली कामदार फर्कन सक्ने अनुमान गरिएको छ । कोभिड १९ का कारण सन् २०२० मा नेपालमा ७३.१ प्रतिशतले रोजगार गुमाउने एक अध्ययनले देखाएको छ । सबैभन्दा बढी निर्माण क्षेत्रमा २१.७ प्रतिशतले रोजगार गुमाउने छ । त्यसपछि खुद्रा व्यापारमा १३.५ प्रतिशत, होटल र रेस्टुरामा १२.८ प्रतिशत, कृषिमा १२.७ प्रतिशत, अन्य सेवामा ७.९ प्रतिशत र कपडा तथा कपडाजन्य उत्पादनमा ४.५ प्रतिशतले रोजगार गुमाउने छ । नेपालमा प्रत्येक वर्ष झन्डै ५ लाख व्यक्ति श्रम बजारमा आउने गरेको अनुमान छ । तर यसको एकचौथाईलाई पनि सहज ढङ्गले रोजगार उपलब्ध गराउने आर्थिक गतिविधि देशसँग छैन । पछिल्लो समय मुलुकले अँगालेको आर्थिक उदारीकरणका कारण सेवा क्षेत्रमा रोजगारको अवसर बढेको भए पनि त्यसले कुल आर्थिक कारोबार र गार्हस्थ्य उत्पादनमा दिने योगदानको तुलनामा सिर्जना गर्ने रोजगारको दर निकै कम छ । मूलतः कृषि क्षेत्रले नै अहिले पनि रोजगारको अतिरिक्त भार खेपिरहेको छ । कुल गार्हस्थ्य उत्पादनमा ३२ प्रतिशत योगदान रहेको कृषि क्षेत्रले कुल रोजगारको ६४ प्रतिशत भार बेहोरिरहेको छ । यसले कृषिमा संलग्न परिवारको आर्थिक अवस्था कमजोर छ भन्ने स्वतः देखिन्छ । अर्थतन्त्रमा ५० प्रतिशतभन्दा बढी योगदान गर्ने सेवा क्षेत्रले रोजगारमा २५ प्रतिशत पनि योगदान गरेको छैन । यसले मुलुकको औद्योगिक विकास झन्झन् कमजोर हुँदै गएको देखाउँछ ।


     वास्तवमा कुनै पनि देशमा बेरोजगारी दर बढ्नु त्यहाँको गलत आर्थिक नीतिको प्रतिफल हो । नेपालमा लामो समयदेखि आर्थिक क्रियाकलापमा सुस्तता आएको छ । सन् २००८ मा २.८ प्रतिशत रहेको बेरोजगारी सङ्ख्या दर बढेर अहिले ११.४ प्रतिशत पुगेको छ । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको श्रमशक्ति सर्वेक्षण–२०१९ अनुसार अहिले मुलुकमा नौ लाख आठ हजार नेपाली बेरोजगारी छन् । तीमध्ये पाँच लाख ११ हजार पुरुष र तीन लाख ९७ हजार महिला छन् । योसँगै हाल ८० लाख नेपाली श्रमबजारमा उपलब्ध छन् । तीमध्ये करीब ४३ लाख वैदेशिक रोजगारमा रहेको तथ्याङ्क छ । बाँकी श्रमशक्तिमध्ये मुलुकमा रोजगार पाएको ६२.२ प्रतिशत अनौपचारिक क्षेत्रमा कार्यरत छ । विगतदेखि नै अतिरिक्त श्रम शक्तिलाई निर्यातजन्य वस्तुका रूपमा लिंदै आएको नेपालले विप्रेषणलाई शोधनान्तर स्थिति सुधार्ने भरपर्दो साधनका रूपमा प्रयोग गरेको थियो । कोरोना महामारीका कारण वैदेशिक रोजगारमा रहेकामध्ये ठूलो सङ्ख्यामा नेपाली युवा स्वदेश फर्कने निश्चित छ । यसरी मुलुकले ठूलो सङ्ख्यामा विदेशबाट युवा फर्केको अवस्थाको सामना गरेको छैन र त्यसका लागि कुनै तयारी गरेको पनि देखिंदैन । विदेश गएका नेपाली युवालाई घर फर्काउने नारा दिइएको भए पनि उनीहरूको योग्यता र सीप अनुकूल तथा विदेशमा खाइपाई आएको तलबको क्रय शक्तिका आधारमा नेपालमा बराबर आय हुने रोजगारको अवसर प्रदान गरिएको अवस्था न्यून छ । विशेषगरी रोजगारको क्षेत्रमा कोभिड–१९ ले मुख्यरूपमा दुई प्रकारको प्रभाव छाड्न सक्नेछ । पहिलो,   यस महामारीपछि पहिले रोजगार दिएको कैयौं पेशा र सीप सदाका लागि लोप हुनेछ । झन्डै ४० प्रतिशत कामदार पुरानो काममा फर्कन सक्ने छैन । दोस्रो, स्वास्थ्य सम्बन्धी नियन्त्रण, अध्यागमन कडाइ र विकसित देशहरूमा व्याप्त आप्रवासी कामदार विरोधी उग्र राष्ट्रवादी लहरले गर्दा घर आएका कामदारहरूमध्ये अधिकांशले आफ्नो पेशाको माग कायमै रहेको अवस्थामा पनि पहिले गएको देश फर्कन सक्ने स्थिति रहने छैन ।
    कोरोना महामारीले कामदारहरूलाई काम छाडेर घरमैं बस्न वा आप्रवासीको हकमा स्वदेश फर्कन बाध्य गरेको छ भने रोजगारदाताहरूलाई ठूलो सङ्ख्यामा दरबन्दी खारेज गर्ने अवसर दिएको छ । नेपालीहरू रोजगारका लागि जाने खाडी तथा अमेरिकालगायत कतिपय मुलुकले कोरोना लकडाउनको अवसर पारेर भिसाका नियम तथा प्रावधानमा नयाँनयाँ परिवर्तनको घोषणा गरेका छन् । यसका कारण विभिन्न उपाय गरेर लकडाउन अवधिमा सम्बन्धित देशमैं गुजारा गरेका कामदार पनि घर फर्कन बाध्य हुनेछन् भने आइसकेकाहरूको पनि पहिलेकै काममा फर्कन सक्ने सम्भावना त झन् क्षीण हुँदै गएको छ । यो विषम परिस्थितिले गर्दा नेपालको राष्ट्रिय श्रम बजारमा ठूलो चाप पर्ने निश्चित छ । यसको सामना गर्न नेपाल सरकारसँग कस्ता कार्यक्रम र योजनाहरू छन् ? यस बारे समयमैं गम्भीर भएर सोच्नुपर्ने बेला आएको छ । सरकारले हालसम्म निकै प्रचारमा ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रमको नतीजा धेरै निराशाजनक छ । आर्थिक सर्वेक्षण २०७६–०७७ अनुसार यस कार्यक्रम अन्तर्गत गत वर्ष एक लाख ८८ हजार व्यक्तिलाई रोजगार दिएको भनिएको छ तर वास्तवमा तिनीहरूले वर्षमा सरदर जम्मा १२ दिन रोजगार पाएका छन् । यदि यो अङ्कलाई पूर्णकालीन रोजगारमा परिणत गर्ने हो भने काम पाएकाहरूको सङ्ख्या ११ हजार मात्र हुन्छ । सरकारी तथ्याङ्कले दिएको आँकडा अनुसार विद्यमान बेरोजगारी सङ्ख्या ९ लाख र बर्सेनि श्रम बजारमा प्रवेश गर्नेको सङ्ख्या ५ लाख छ ।  अर्कोतिर वैदेशिक रोजगार गुमाएर नेपाल फर्केकाहरूको सङ्ख्या पनि लाखौंमा छ । यसको तुलनामा जम्मा ११ हजारका लागि रोजगार सिर्जना हुनुलाई राम्रो मान्न सकिंदैन ।
    वास्तवमा कुनै पनि रोजगार सरकारी घोषणाको भरमा सिर्जना हुँदैन । रोजगार सिर्जना गर्न मुलुकमा आर्थिक गतिविधि विस्तार गर्नु जरूरी हुन्छ । तर हाल नेपालमा आर्थिक वृद्धि सुस्त र श्रमशक्तिको वृद्धि तीव्र गतिमा भइरहेको छ । यसै विषमताको फलस्वरूप नेपालको झन्डै ४० प्रतिशत श्रमशक्ति प्रयोग हुन सकेको छैन । यो सङ्ख्या महिलातर्फ करीब आधा र पुरुषतर्फ एकतिहाई रहेको देखिन्छ । सिद्धान्ततः आर्थिक वृद्धिले रोजगार र उत्पादकत्व वृद्धि गर्छ । श्रम उत्पादकत्व स्थिर वा ह्रास नभएको अवस्थामा  रोजगार वृद्धि कहिल्यै पनि आर्थिक वृद्धि दर भन्दामाथि जान सक्दैन । सामान्य अवस्थामा एक प्रतिशत बेरोजगारी घटाउन थप दुई प्रतिशत आर्थिक वृद्धि दर आवश्यक पर्छ । हाम्रो देशमा गत १० वर्षको तथ्याङ्क हेर्दा पनि आर्थिक वृद्धि दर ४–५ प्रतिशत हुँदा रोजगार दुई प्रतिशतले वृद्धि भएको देखिन्छ । रोजगार वृद्धिका लागि त्यसैतर्फ लक्षित आर्थिक विकास नीति लागू गर्न सक्नुपर्दछ । उत्पादनको कुनकुन क्षेत्र विस्तार गरे रोजगार वृद्धि गर्न सकिन्छ भन्ने पत्ता लगाएर तिनै क्षेत्रको प्रवद्र्धनमा सरकारले जोड दिनुपर्छ । नेपालको आर्थिक संरचना हेर्दा व्यापकरूपमा रोजगार बढाउन सकिने क्षेत्र भनेको उद्योगधन्दा र त्यसभित्र पनि कृषिजन्य वस्तुको प्रशोधनमा आधारित उद्योग नै हो । तर अहिले अर्थतन्त्रको सबैभन्दा उपेक्षित क्षेत्र उद्योगधन्दा बनेको छ । त्यसैले जबसम्म राज्यले उत्पादनमूलक उद्योगधन्दालाई विकासको प्राथमिकतामा राख्दैन, तबसम्म देशको आवश्यकता पूरा हुनेगरी रोजगार वृद्धि हुन सक्दैन । यसतर्फ सरकार संवेदनशील भएर सोही अनुरूप योजना तथा कार्यक्रम ल्याउन सक्नुपर्दछ ।
    कोरोना महामारीका कारण नेपाली युवा काम गर्न जाने देशहरूले पनि आर्थिक सङ्कट र रोजगारको बिग्रँदो स्थितिको सामना गरिरहेका छन् । विकसित देशहरूमा आर्थिक सङ्कट पर्दा उपभोक्ताको क्रय शक्तिमा ह्रास आउँछ र उपभोग घट्छ । फलस्वरूप उत्पादन घट्छ र श्रमको माग पनि घट्छ । अनि बेरोजगारी बढ्छ । त्यसैले विगत कैयौं वर्षदेखि विदेशलाई रोजगारको वैकल्पिक उपायका रूपमा प्रयोग गर्दै आएका नेपाली युवाको अबको गन्तव्य भने अनिश्चित देखिन्छ । युवा र त्यसको श्रम, सीप तथा ज्ञानको सही सदुपयोग आर्थिक विकास र समृद्धिका अपरिहार्य आवश्यकता हुन् । तर लामो समयसम्म बेरोजगार जीवन बिताउनुपरेमा तिनै युवा सामाजिक विकृति र द्वन्द्वको स्रोत बन्न सक्छन् । त्यसैले बेरोजगारी युवाको क्षमता र ऊर्जालाई स्वदेशभित्रै सहीरूपमा सदुपयोग गर्ने नीति राज्यले लिनुपर्दछ ।

neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : कोरोनाको कहर : रोजगारमा असर
कोरोनाको कहर : रोजगारमा असर
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEi0z0mrFSobio_JzNDAp8ViPiMrZ9vZF7fNqmWmoCy_qTQ4VY_8vXjWa1hmwewG_RNap2c40u3bUXqF9Lq7NxoxpHzKNKrpK9z8gYj-aB8v_Bf5JqXpo23ey2trt63xUSmPGpxyhKN0FTso/w244-h250/shital+Mahato.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEi0z0mrFSobio_JzNDAp8ViPiMrZ9vZF7fNqmWmoCy_qTQ4VY_8vXjWa1hmwewG_RNap2c40u3bUXqF9Lq7NxoxpHzKNKrpK9z8gYj-aB8v_Bf5JqXpo23ey2trt63xUSmPGpxyhKN0FTso/s72-w244-c-h250/shital+Mahato.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2020/09/blog-post_315.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2020/09/blog-post_315.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy