$type=ticker$count=12$cols=4$cate=0

चकुचन्ना, ठकरा र चोरी दिवस

SHARE:


- सञ्जय मित्र
    भदौ महीनाभरि धेरै पर्व मनाइन्छन्। महिलाहरूले प्रतीक्षा गर्ने पर्व हरितालिका तीज र ऋषिपञ्चमी हो। यही दुई पर्वको ठीक बीचको दिनमा गणेश चतुर्थी मनाइन्छ। गणेश चतुर्थी व्रत हामीकहाँ पनि धेरैले मनाउँछन् तर दक्षिण भारतमा यस पर्वको भव्यता हेर्न लायकको हुन्छ।
    गणेश चतुर्थीलाई हाम्रो समाजले अनेक किसिमले मानेको पाइन्छ। यस दिनमा कतिपय महिला व्रत बस्ने गर्दछन् र भगवान् गणेशका साथै शिव र पार्वतीको विशेष पूजा गर्ने गर्दछन्। शास्त्रहरूले गणेशलाई प्रथम पूज्य देवताको रूपमा मानेकाले गणेशको पूजा गरी प्रसन्न राख्दा बाँकी सबै देवदेवी पनि प्रसन्न हुन्छन् भन्ने आस्था एवं विश्वास समाजमा रहेको छ। कपितयले गणेश, मुसा र लड्डुको अन्तर्सम्बन्धलाई वैज्ञानिक चिन्तनसित जोड्दै यसले प्रकृतिमा सन्तुलन ल्याउन महत्वपूर्ण भूमिका खेलेको बताउँछन्।


    गणेशलाई पूजा गर्ने दिनलाई चौठचन, चौठचान, चौकचन, चकुचना, चकुचन्ना आदि भनिएको पाइन्छ। लोकजीवनमा जे उच्चारणमा सजिलो हुन्छ, त्यही भन्दछन् तर यसमा चन्द्रमाको सन्दर्भ भने रहेको छ। चन्द्रमाको सम्बन्ध दुई किसिमले आएको छ। पहिलो त यो चन्द्रमास अनुसार मनाइने पर्व हो, जुन शुक्लपक्ष वा चन्द्रपक्षको चौथो दिनमा पर्दछ। यस दिन चन्द्रमा उदाउँछ र यस दिनको चन्द्रमाको विशेष महत्व हुन्छ। दोस्रो, चन्द्रमाको पनि पूजा हुन्छ। यसरी चन्द्रमाको पनि पूजा हुने हुँदा यो विशेष हुन गएको हो। हाम्रो संस्कृतिमा सूर्यको जति पूजा हुन्छ, चन्द्रमाको कमै भएको पाइन्छ। यद्यपि यो पनि मान्यता रहेको छ कि हरेक महीनाको द्वितीया तिथिको दिनको चन्द्रमा हेर्नाले शुभफल प्राप्त हुन्छ।
    चकुचन्नाको दिन पूजाका अनेक विधि छन्। वास्तवमा पूजा भनेको आफ्नो मनलाई शान्त बनाउने विभिन्न तरीकामध्ये एक हो। आफूलाई नियन्त्रणमा राख्ने, आफूलाई सन्तुलनमा राख्ने र मनलाई शान्त रहने खुराक प्रदान गर्ने, चित्त शुद्ध भएको अनुभूति हुनेजस्ता कारणले पूजाप्रति मानिसको मन गएको हुन्छ। पूजाले ध्यान केन्द्रित गर्न सहयोग पुग्छ। अझ हामीकहाँ भोकै बसेर र नुहाएर, सफा वा नयाँ कपडा लगाएर पूजा गर्ने चलन छ। यसले गर्दा सफाइसित समेत नाता गाँसिन पुगेको देखिन्छ। आफ्नो पारिवारिक चलन, देखासिकी वा शास्त्रसम्मत जसरी चित्त बुझ्दछ, उसैगरी मानिसले आफ्नो चित्तशुद्धिको लागि पूजा गर्दछन्।
    यस दिनको अलिक पुराना सम्झनाहरू छन्। वर्तमान नवयुवा पुस्ताले यो देख्न र भोग्न पाएनन्। हुनत यसलाई विकृति भनेर समाप्त पारियो तर मलाई अहिले लाग्न थालेको छ, यो सामाजिक सम्बन्धको एउटा पाटो थियो– शिक्षक, अभिभावक र विद्यार्थीबीचको। जुन अहिले हराइसकेको छ, त्यो ब्यूँतिन सम्भव छैन तर सम्झनाले भने हरेक वर्ष ब्यूँताउने गरेको छ। यस दिन गाउँघरमा ठकरा मनाइन्थ्यो।
    ठकराको तयारी दुई/चार दिन पहिलेदेखि गरिन्थ्यो। काठको ठकरा बनाइन्थ्यो। त्यसलाई रङ्ग्याइन्थ्यो। दुई ठकराको फेदमा एक/एक वटा प्वाल बनाएर डोरी छिराइ बाँधिन्थ्यो। हरेक विद्यार्थीले यो गर्दथ्यो। अरूको लागि यो चकुचन्नाको दिन हुन्थ्यो तर विद्यार्थीको लागि भने ठकरा हुन्थ्यो। ठकराको प्रतीक्षा विद्यालय खुलेदेखि हुन्थ्यो, विद्यार्थीलाई। डेढ महीने गर्मी बिदापश्चात् भदौमा विद्यालय खुल्थ्यो र विद्यार्थीहरूले औला भाँचेर ठकरा आउन अब कति दिन बाँकी छ भनेर गन्न शुरू गर्दथे। नजीक–नजीक आउन थालेपछि ठकरा बनाउने काम शुरू हुन्थ्यो। त्यति बेला ठकराको बिक्री बजारमा पनि हुन्थ्यो। मोटो, पातलो, ठूलो, सानो, विभिन्न आकारमा बनाइएका रङ्गीन ठकराहरू बजारको शोभा हुने गर्दथे।
    ठकराको दिन विद्यालयमा छुटै उत्साह हुन्थ्यो। विद्यार्थीहरू सकेसम्म राम्रा कपडा लगाएर कपालमा तेल लगाएर विद्यालय पुगेका हुन्थे। सबै शिक्षकहरू आए पनि फिल्डमा लाइनमा उभ्याएर विद्यार्थीहरूलाई निर्देशन हुन्थ्यो। गाउँमा जाँदा सबैजना लाइनमा जाने। लाइनभन्दा बाहिर कोही नजाने। आफूभन्दा अगाडिको विद्यार्थीको खुट्टामा झिट्की नमार्ने। पछाडिको विद्यार्थीलाई पनि हिंड्न कुनै अप्ठ्यारो नपार्ने। कोही कसैलाई गाली नगर्ने। हल्ला नगर्ने। गीत नगाउने। ठकराले कसैलाई नहान्ने। आफ्नो ठकराले कसैको ठकरामा प्रहार नगर्ने। ठकराको सबैले आदर गर्नुपर्ने। यी र यस्ता अनुशासनलाई सबैले अनिवार्यरूपमा पालना गर्ने। त्यसपछि फिल्डमैं लाइनमा सबै विद्यार्थीलाई ठकराको अभ्यास गराइन्थ्यो। ठकरा बजाउने अभ्यास गराइँदा गीतको लय अनुसार कसरी बजाउने भन्ने मुख्य कुरा हुन्थ्यो। ठकरा भाँचिनुहुँदैन। अनि शिक्षकको नेतृत्वमा गाउँतिर विद्यार्थीहरू दुई लाइनमा निस्कन्थे।
    गाउँमा पस्नेबित्तिकै शुरू गथ्र्यौं–
    गौरी नन्दन शिव दुलारे
    बबुआ गणेशजी सबके प्यारे...
    काठको ठकरामा तालसित ठोकिंदा बेग्लै किसिमको आवाज निस्कन्थ्यो। गीतमा हुने सिर्जनशीलताको पक्ष पनि विचारणीय छ। व्यापक सिर्जनशीलता हुन्थ्यो। लयबद्धतामा सिर्जनशीलताको यो पक्ष लोप भइसकेको छ। जुन विद्यार्थीको घर आउँथ्यो, उसको घरअगाडि उभिएर विद्यार्थीहरू ठकरा बजाइरहन्थे, गीत गाइरहन्थे। सम्बन्धित विद्यार्थीको आँखामा गमछाको पट्टि बाँधिन्थ्यो। विद्यार्थीको घरबाट सम्भव भएसम्म आमाले नै नाङ्लोमा अलिकति चामल, थोरै दाल, थोरै तरकारी, नून र दुई/चार रुपैयाँ ल्याएर दिन्थिइन्। आमा, बुबा, घरका अन्य सदस्य र समाजका अगाडि विद्यार्थीको आँखाबाट पट्टि खोल्दै गुरुले विद्यार्थीलाई आशीर्वाद दिन्थे। आशीर्वाद पढाइ र ज्ञानसित सम्बन्धित हुन्थ्यो। कतिपय विद्यार्थीका अभिभावकको आँखामा यो दृश्यको बेला आँसु भरिन्थ्यो। घरपरिवारका सदस्यहरू भावुक बन्दथे। त्यति बेला पूरा टोल छिमेक नै द्रविभूत भएजस्तो हुन्थ्यो। शिक्षकको गुरुत्व बढेजस्तो, विद्यार्थीको महत्व बढेजस्तो र अभिभावकको उचाइ पनि बढेजस्तो हुन्थ्यो। शिक्षक र विद्यालयको तर्फबाट विद्यार्थीहरूले ठकरा बजाउँदै विद्यार्थीलाई धन्यवाद, आमा वा बुबालाई पनि धन्यवाद दिइरहेका हुन्थे। विद्यार्थीले पनि आफ्नो पढाइ राम्रो होओस् भनेर विद्यालयका सबै साथीले एकसाथ सामूहिक कामना गरेको सुन्न पाउँथे।
    एउटा विद्यार्थीको घरबाट अर्को विद्यार्थीको घरतिर जाँदा बाटोमा दुवैतिर गाउँमा नरनारी उभिएर एक किसिमले विद्यार्थीहरूलाई अभिवादन गरिरहेका हुन्थे। विद्यार्थीप्रति समाजको सम्मान हुन्थ्यो। पढुआहरू हुन् भन्ने गर्व हुन्थ्यो। आफ्ना छोराछोरीलाई पनि पढाउनुपर्दछ भन्ने भावनाको विस्तार हुन्थ्यो। अझ जो सबैभन्दा जान्ने विद्यार्थीहरू हुन्, उनीप्रति एक किसिमको थप आकर्षण हुन्थ्यो। अझ विद्यालयमा पढ्ने नजीकका घनिष्ट मित्र बनिसकेका तर एक टोलदेखि अर्को टोलमा घर हुँदा अरू समयमा पुग्न नसकेको खण्डमा आजको दिन घर पुगिन्थ्यो, आफ्ना साथीको घरका सदस्यहरूसित चिनजान हुन्थ्यो, चिनजानको नवीकरण हुन्थ्यो, आत्मीयतामा वृद्धि हुन्थ्यो। शिक्षक जब सम्भव भएसम्म हरेक विद्यार्थीको घर पुग्दथे, त्यति बेला करीब हरेक विद्यार्थीका अभिभावकसित भेट हुन्थ्यो। सल्लाह–सुझाव आदानप्रदान हुन्थ्यो। अभिभावक र शिक्षकको आत्मीयतामा सम्मानजनक वृद्धि हुन्थ्यो।
    यसको मुख्य विकृति भनेको अन्न र द्रव्य (पैसा) सङ्कलन हो भन्ने गुनासो रहेको छ। धनीमानीबाट अलिक बढी आउला भन्ने अपेक्षा थियो होला, हामी साना भएकाले यो पक्षतिर सोच्न सकेनौं। अन्य विकृति पनि देखिएको होला समाज र परिवेश अनुसार। तर मलाई राम्ररी सम्झना छ, एक विद्यार्थीको घरबाट अर्को विद्यार्थीको घरतिर जाँदा बाटोमा कुनै विद्यार्थीको घरमा पुग्न छुटेछ भने मेरो घरमा पनि पुग्नुपर्दछ भन्ने गुनासो अभिभावकको रहन्थ्यो। कहिलेकाहीं यस्तो गुनासो ठकरा सकिएको कैयौं दिनपछिसम्म पनि आइरहन्थ्यो। ठकराले अभिभावकको पनि सम्मान बढाएको थियो कि भन्ने विश्लेषण गर्न सकिन्छ। ठकरामा अझ पनि धेरै विकृति थिए होलान् तर त्यस्ता विकृतिलाई कम गर्दै कम्तीमा विद्यालयमा भएपनि यसलाई गेयात्मक, लयात्मक, सिर्जनात्मक, प्रदर्शनात्मक, अभिनेयात्मक आदि किसिमले मनाउने गरी राख्न सकिन्थ्यो होला कि यसमा हुने अन्न तथा द्रव्य सङ्कलनलाई पूर्णतया प्रतिबन्धित गरेर। हुन सक्छ, मैले यसको खराब पक्षलाई बुझ्न नसकेको हुँला तर ठकराले त्यस बेला सामाजिक सम्बन्धलाई बलियो बनाएको थियो जस्तो अहिले पनि लाग्दछ।
    माथि चन्द्रमाको सन्दर्भ आइसकेको छ। पहाडतिर भने चकुचन्नाको दिनको चन्द्रमा देख्नुलाई त्यति राम्रो मानिन्न। मधेसतिर यस दिनको चन्द्रमा देख्नुलाई शुभ मानिन्छ तर पहाडतिरको मान्यता के छ भने यस दिनको चन्द्रमा देखेपछि थोरै भएपनि केही चोर्नुपर्छ। चोरी नगरे वर्षभरि चोरीको बात वा दोष लागिरहन्छ भन्ने मान्यता छ। यस दिन राति धेरैको अम्बा, मकै, भुइँकटहरजस्ता कुराहरू चोरी हुन्छन्। चोरी हुँदा पनि अन्य दिनको जस्तो धेरै सोधखोज गरेको पाइन्न तर आफ्नो सामान चोरी नहोओस् भने मानिस सतर्क भने हुन्छन्।
    समाज र परिवेश अनुसार संस्कृतिको स्वरूप फरक हुन्छ।

neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : चकुचन्ना, ठकरा र चोरी दिवस
चकुचन्ना, ठकरा र चोरी दिवस
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEicsLtkWQPNeLham4Lt8B4h_HGuvIz4QLwOG3Yv83uNwKL2-49_u-taLj3GzMmP55ZKJkpoPxnFaRJJJjBbIrSPfQ1zD-UBwk8gtrueStlB28icb_ftoHIeNh2ZSBLlCc3g9c3CQM6DnWCq/s0/sanjay+mitra.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEicsLtkWQPNeLham4Lt8B4h_HGuvIz4QLwOG3Yv83uNwKL2-49_u-taLj3GzMmP55ZKJkpoPxnFaRJJJjBbIrSPfQ1zD-UBwk8gtrueStlB28icb_ftoHIeNh2ZSBLlCc3g9c3CQM6DnWCq/s72-c/sanjay+mitra.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2020/08/blog-post_902.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2020/08/blog-post_902.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy