$type=ticker$count=12$cols=4$cate=0

युवा जागरणको खाँचो

SHARE:

- श्रीमन्नारायण
    सत्ताधारी नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेतृत्वबीच सहमति कायम भएपछि सत्ताधारी नेकपाभित्र विगत ६ महीनाभन्दा पनि लामो समयदेखि जारी अन्तरसङ्घर्षको पटाक्षेप भएको छ। दुई ठूला कम्युनिस्ट पार्टीबीच परिस्थितिजन्य बाध्यता र आवश्यकताका कारण एकीकरण भएकोले यस्ता खाले विवादहरूले निरन्तरता पाइनै रहनेछ। हाल सेलाएको विवादलाई अल्पविराम बुझ्नुपर्दछ, यो पूर्णविराम पक्कै पनि होइन। सानो हावाले पनि खरानीमुनिको आगोलाई प्रज्वल्लित गर्न सक्दछ। सत्ताधारी दलभित्रको अन्तरकलहको किनारा साक्षी बस्नु नेपाली जनताको न त आवश्यकता नै थियो, न त बाध्यता नै तर कहिलेकाहीं नचाहेर पनि टेलिभिजनका कार्टुन च्यानल र सामाजिक सिरियल हेर्नुपर्ने बाध्यता उत्पन्न भइहाल्छ। सम्भवतः नेपाली जनताले पनि सत्ताधारी नेकपाको अन्तरकलहप्रति रुचि राखिरहनु यस्तै प्रकृतिको बाध्यता थियो। सत्ताधारी नेकपाभित्रको सङ्घर्षको आडमा देशका अनेकौं जल्दाबल्दा र गम्भीर समस्याहरू ओझेलमा पर्न गए। जनताको प्रत्यक्ष हितसँग जोडिएका सवालमा देशका राजनीतिक दलहरू असंवेदनशील तथा गैरजिम्मेवार हुन सक्छन् तर देशका जागरूक नागरिक र आफ्नो र देशको सुनौलो भविष्यको सपना बोकेका युवा शक्ति यस्ता सवालमा मौन बस्न सक्दैन।
    नेपालमा आजसम्म जेजस्ता परिवर्तनहरू भए, त्यसको प्रतिफल आम जनतासम्म पुग्न सकेन। परिवर्तनको अर्थ नै हुन्छ, आम जनताको जनजीवनमा आमूल परिवर्तन। यो परिवर्तन मुख्यतः दुई तरीकाले मात्रै सम्भव छ। पहिलो आम जनतालाई रोजगार दिनु अथवा जीविकोपार्जनको निम्ति तिनको योग्यता र क्षमताको आधारमा समुचित आर्थिक सहायता उपलब्ध गराउनु। ताकि तिनले सोही पूँजीको आधारमा आफ्नो जीवनयापनको निम्ति उपयुक्त कारोबारको थालनी गर्न सकून्। तर हाम्रो देशमा उपरोक्त दुईवटै उपायलाई महत्व दिइएन। बेरोजगारीको अवस्था कहालीलाग्दो छ। लाखौं युवा देशभित्र काम नपाएर तथा पूँजी नभएर विदेशमा काम गर्न बाध्य छन्।


    कोरोना महामारीको सङ्क्रमणका कारण विश्वकै अर्थव्यवस्था तहसनहस हुन पुगेको छ। विदेशमा लाखौंको सङ्ख्यामा कार्यरत नेपाली मजदूरहरू या त स्वदेश फर्किसकेका छन् अथवा स्वदेश फर्किने क्रम जारी छ। यो क्रम जारी नै रहनेछ। किनभने अन्तर्राष्ट्रिय श्रम सङ्गठनको अनुमानका अनुसार कोरोना भाइरसका कारण विश्वमा १ अर्ब २५ करोडभन्दा बढी मानिसको रोजगार सङ्कटमा रहेको छ। आइएलओका अनुसार २ अर्ब ७० करोड कामदार कुनै न कुनै रूपमा यसबाट प्रभावित भइसकेका छन्। भारतबाहेकका देशमा वैदेशिक रोजगारमा कार्यरत नेपाली कामदारहरूको रेकर्ड हाम्रो सरकारसित छ तर खुला सिमानाका कारण भारतमा कार्यरत निम्न एवं मध्यम वर्गीय परिवारका लाखौं श्रमिक तथा मजदूरहरूको फेहरिस्त हामीसित हुँदैन। तर यस लकडाउनको असर भारतको अर्थव्यवस्थामाथि पनि परेको छ। भारतलगायत विदेशमा कार्यरत लाखौं नेपाली युवाको योग्यता, क्षमता, सीप र श्रमको सदुपयोग राष्ट्र र जनताको हितमा कसरी गर्न सकिन्छ ? त्यसबारे सरकारले गम्भीर चिन्तन गर्नु तथा ठोस नीति बनाउनु आवश्यक छ।
    नेपालका राजनीतिक दलहरूले देशको बारेमा चिन्ता गरेको भए नेपालजस्तो सानो देशका युवाहरूले विदेश जानुपर्ने कारण नै थिएन। देशमा लाखौं बिघा जग्गा (खेत) बाँझो र पर्ती रहने गरेको छ। नेपाली श्रमिकहरूले पसिना बगाइ पञ्जाब र हरियाणाको खेतीलाई गुल्जार गरिरहेका छन्। नेपाल सरकारले कृषि क्षेत्रको विकासमा ध्यान केन्द्रित गरेको भए देशको अर्थतन्त्रमा बहुआयामिक सकारात्मक प्रभाव पर्ने थियो। कृषि क्षेत्रको विकासमा ध्यान केन्द्रित गरिए देशलाई चाहिने खाद्यान्नको सहज आपूर्ति हुनुका साथै विदेशमा निर्यात पनि गर्न सकिन्छ साथै कच्चा पदार्थको उपलब्धताले देशको उद्योगधन्दामा पनि बल पुग्नेछ। अब त दक्षिणी भारतले पनि आत्मनिर्भर भारतको नारा दिएको छ। जस अन्तर्गत विदेशमा निर्यात हुने कच्चा पदार्थको मात्रालाई न्यून स्तरमा पु–याउनेछ। यसको असर हाम्रो जस्तो देशको औद्योगिक उत्पादनमा पर्ने निश्चित छ। नेपालका नेता तथा कर्मचारीले इमानदारी देखाए एकजना नेपाली युवा जागीरको निम्ति विदेश जानुपर्ने अवस्था उत्पन्न हुनेछैन। सरकारले देशका सोझा जनता, युवा एवं मजदूरलाई आश्वासनको मीठो शब्द बाँड्ने काम मात्रै गरेको छ। अब देश र जनतालाई बहाना होइन, नतीजा चाहिन्छ। सत्ताधारी दलभित्रको अन्तरकलह, प्रमुख प्रतिपक्षी दलको मौनता, मधेसी दलको निष्क्रियता तथा नागरिक समाजसमेतको निरीहताका कारण अब नेपाली जनताको आशा र भरोसाको केन्द्र भनेको देशका युवाहरू नै हुन्। आजसम्म युवाशक्तिको श्रमको शोषण मात्रै भएको छ। तिनको कोमल एवं संवेदनशील भावनालाई राजनीतिक स्वार्थपूर्तिका निम्ति उपयोग गर्ने काम मात्रै भएको छ। नेपाली युवाहरूको योग्यता र क्षमताको सदुपयोग राष्ट्रको नवनिर्माणमा अपेक्षितरूपमा किन हुन सकेन ? अध्ययन, अनुसन्धान, नयाँ सृजन तथा राष्ट्रको आर्थिक विकासमा देशका युवाहरूको भूमिका त्यति बढी प्रभावकारी किन देखिएन अथवा तिनको उपयोग किन भएन ? युवाशक्तिको सहयोग, समर्थन एवं सक्रियताविना कुनै पनि देश आत्मनिर्भर बन्न सक्दैन।
    माओवादीको दश वर्षे सशस्त्र सङ्घर्षको दौरान देशका ३० हजारभन्दा बढी युवालाई कथित सशस्त्र सङ्घर्षको नाममा देशका कुनाकाप्चामा लड्ने, भिड्ने र मर्ने–मार्ने काममा लगाइयो। ज्यान गुमाएका युवाहरूको लेखाजोखा गर्नुको कुनै अर्थ नै रहेन तर जब देशमा राजनीतिक परिवर्तन भयो, सत्ता परिवर्तन भयो, त्यसको लाभ केही सीमित व्यक्ति र परिवारलाई मात्रै भयो। हजारौं युवाहरू अनिश्चित भविष्यसहित घर फर्के र बितेका सुनौलो एक दशकलाई स्मरण गरेर पछुतो मानिरहेका छन्। अवस्था अन्य दलमा रहेका युवाहरूको पनि खासै उत्साहबर्धक छैन। केवल जिन्दाबाद–मुर्दाबाद गर्ने, पुतला जलाउने र तोडफोड गर्नेलगायतका कामबाहेक नेपाली युवाहरूको उपयोगितालाई बुझ्ने काम नै भएन।
    देशको नवनिर्माणमा, सृजनमा, कृषि, उद्योग, ज्ञानविज्ञान, अनुसन्धान, अन्तरिक्ष्F, कला, साहित्यका साथै आर्थिक एवं सामाजिक विकासमा पनि युवाहरूको भूमिका नेतृत्वदायी एवं प्रभावकारी देखिनु आवश्यक छ। युवा श्रमिक एवं किसानलाई लक्षित गरेर बनाइने आर्थिक नीति मात्रै हाम्रोजस्तो देशको निम्ति लाभदायक साबित हुन सक्दछ। कर्मकाण्ड प्रवृत्तिले देशको शासन सत्ताको सञ्चालन  भइरहेसम्म जनताको जनजीवनमा आमूल परिवर्तन आउन सक्दैन। सरकारको घोषणामा र सरकारी कार्यालयको पानामा सीमित लोककल्याणकारी कार्यक्रमहरूको लाभ वाञ्छित र लक्षितहरूसम्म पुग्न सकिरहेको छैन। भ्रष्टाचारका कारण पनि समस्या ज्यूँका त्यूँ छन्। तसर्थ युवाशक्ति जागरूक हुनु आवश्यक छ।

neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : युवा जागरणको खाँचो
युवा जागरणको खाँचो
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEitYUGPoUZdMgylNsM9qxfiqeCT8zfnRUQh6nt4fa5hvaV_YEIkmbr184JrN2E5Ru21ZHh1ltwvhLnTBNQffa3FHO_PH3TQJjXNXpt4XDI0n40T3MProXqkOtXXPLZQ0e3L5KGAdOumFw-l/s0/shriman.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEitYUGPoUZdMgylNsM9qxfiqeCT8zfnRUQh6nt4fa5hvaV_YEIkmbr184JrN2E5Ru21ZHh1ltwvhLnTBNQffa3FHO_PH3TQJjXNXpt4XDI0n40T3MProXqkOtXXPLZQ0e3L5KGAdOumFw-l/s72-c/shriman.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2020/08/blog-post_885.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2020/08/blog-post_885.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy