नेपालकै इतिहासमा मुलुक पहिलोपटक ‘न्यून आय भएको मुलुक’बाट ‘निम्न मध्यम आय भएको मुलुक’मा उक्लिएको छ । आयका आधारमा विश्व अर्थतन्त्रको वर्गीकरणमा नेपाल उपल्लो समूहमा उक्लेको छ । विश्व बैंकले हालै सार्वजनिक गरेको अर्थतन्त्रको स्तरोन्नतिसम्बन्धी प्रतिवेदनले सन् २०१९ मा नेपाल निम्न मध्यम आय वर्गको मुलुकमा स्तरोन्नति भएको हो । अति कम विकसित मुलुकको पहिचानसहित कमजोर आर्थिक अवस्थामा रहेको नेपाल साबिकको ‘न्यून आय मुलुक’बाट ‘न्यून मध्यम आय मुलुक’मा स्तरोन्नति हुनु सबै नेपालीका लागि सकारात्मक र सुखद विषय हो । प्रत्येक वर्ष विश्व बैंकले विश्वभरका अर्थतन्त्रलाई प्रतिव्यक्ति कुल राष्ट्रिय आयका आधारमा उच्च, उच्च मध्यम, न्यून मध्यम र न्यून आय गरी चार समूहमा वर्गीकरण गर्ने गर्छ । यसरी गरिने वर्गीकरण मूलतः दुई आधारबाट निर्धारित हुन्छन् । यी हुन्– प्रत्येक मुलुकको प्रतिव्यक्ति कुल राष्ट्रिय आय र विश्व बैंकले मुद्रास्फीति समायोजन गरी तय गरेको आय वर्गीकरण सीमा । यी दुई आधारमा हरेक वर्ष जुलाई १ तारिखका दिन अर्थतन्त्रहरूको समूहकृत प्रतिवेदन सार्वजनिक गरिन्छ । उक्त प्रतिवेदनले मुलुकहरू कुन आय समूहमा पर्छन् भन्ने कुराको निक्र्योल गर्छ ।
विश्व बैंकले आयका आधारमा अर्थतन्त्रको वर्गीकरण सन् १९७८ देखि शुरू गरेको पाइन्छ । शुरूमा २५० अमेरिकी डलरलाई आधार मानी न्यून र मध्यम आय गरी दुई समूहमा विभाजन गरिएको थियो । पछि सन् १९८३ मा मध्यम आय समूहलाई न्यून मध्यम र उच्च मध्यम आय मुलुकमा विभाजन गरियो । सन् १९८९ मा उच्च आयसमेत समावेश गरी हाल चार समूहमा वर्गीकरण गरिएको पाइन्छ । प्रतिव्यक्ति कुल राष्ट्रिय आयलाई मुलुकको विकासको स्तर मापन गर्न र अन्य अर्थतन्त्रसँग तुलना गर्न उपयुक्त मानिने हुँदा विश्व बैंकले यसैलाई आधार मानेर मुलुकको वर्गीकरण गर्ने गरेको छ । हाल विश्व बैंकले २०१९–२०२० को प्रतिव्यक्ति कुल राष्ट्रिय आयलाई आधार मानी गरेको वर्गीकरणमा नेपाल ‘न्यून मध्यम आय’ समूहमा पर्न सफल भएको छ । गत वर्ष प्रतिव्यक्ति कुल राष्ट्रिय आय ९६० अमेरिकी डलर भएकोमा नेपाल यो वर्गमा स्तरोन्नति हुन सकेको थिएन । फलस्वरूप नेपाल ‘न्यून आय’ समूहमैं रहन पुग्यो । यस वर्षका लागि ‘न्यून मध्यम आय’ समूहमा समावेश हुन आवश्यक सीमा एक हजार ३६ अमेरिकी डलर रहेकोमा नेपालको प्रतिव्यक्ति कुल राष्ट्रिय आय एक हजार ९० अमेरिकी डलर पुगेकोले यो वर्ष स्तरोन्नति सम्भव भएको हो ।
वर्गीकरणको आधार
विश्व बैंकले प्रत्येक वर्ष आयका आधारमा गर्ने वर्गीकरणको मुख्य आधार प्रतिव्यक्ति कुल राष्ट्रिय आय नै हो । सन् २०१९–२०२० को प्रतिव्यक्ति कुल राष्ट्रिय आय एक हजार ३५ अमेरिकी डलरसम्म भएका मुलुकलाई ‘न्यून आय मुलुक’, प्रतिव्यक्ति कुल राष्ट्रिय आय एक हजार ३६ देखि चार हजार ४५ अमेरिकी डलरसम्म भएकालाई ‘न्यून मध्यम आय मुलुक’, प्रतिव्यक्ति कुल राष्ट्रिय आय चार हजार ४६ देखि १२ हजार ५ सय ३५ अमेरिकी डलरसम्म भएकालाई ‘उच्च मध्यम आय मुलुक’ र प्रतिव्यक्ति कुल राष्ट्रिय आय १२ हजार ५ सय ३६ अमेरिकी डलर वा सोभन्दा बढी भएकालाई ‘उच्च आय मुलुक’मा वर्गीकरण गरिन्छ । यस प्रकारको प्रतिव्यक्ति आयको सीमा प्रत्येक वर्ष निर्धारण गरिन्छ । गत वर्ष सन् २०१८ लाई आधार मानी तय गरिएको प्रतिव्यक्ति आय सीमा अनुसार एक हजार २५ अमेरिकी डलरसम्म प्रतिव्यक्ति आय भएकालाई ‘न्यून आय मुलुक’, एक हजार २६ देखि ३ हजार ९ सय ९५ अमेरिकी डलरसम्म भएकालाई ‘न्यून मध्यम आय मुलुक’, तीन हजार ९ सय ९६ देखि १२ हजार ३ सय ७५ अमेरिकी डलरसम्म भएकालाई ‘उच्च मध्यम आय मुलुक’ र सोभन्दा बढी भएकालाई ‘उच्च आय मुलुक’मा वर्गीकरण गरिएको थियो । विश्व बैंकको पछिल्लो वर्गीकरण अनुसार २९ मुलुक न्यून आय, ५० मुलुक न्यून मध्यम आय, ५६ मुलुक उच्च मध्यम आय र ८३ मुलुक उच्च आय भएको मुलुकको सूचीमा रहेका छन् ।
छिमेकी मुलुकको स्थिति
नेपालसँग सीमा जोडिएका दुवै छिमेकी मुलुक आर्थिक दृष्टिकोणले सबल छन् । छिमेकी मुलुक चीनको प्रतिव्यक्ति कुल राष्ट्रिय आय १० हजार ४१० अमेरिकी डलर तथा अर्को छिमेकी भारतको प्रतिव्यक्ति कुल राष्ट्रिय आय दुई हजार १३० अमेरिकी डलर रहेको विश्व बैंकले हालै सार्वजनिक गरेको अर्थतन्त्रको स्तरोन्नतिसम्बन्धी प्रतिवेदन–२०१९ मा उल्लेख छ । यस हिसाबले चीन ‘उच्च मध्यम आय’ र भारत ‘न्यून मध्यम आय’ मुलुकको सूचीमा परेका छन् ।
सार्क मुलुकको स्थिति
दक्षिण एशियाली मुलुकहरूमध्ये सबैभन्दा उच्च प्रतिव्यक्ति आय भएको मुलुक माल्दिभ्स हो । सन् २०१९ मा माल्दिभ्सको प्रतिव्यक्ति कुल राष्ट्रिय आय नौ हजार ६५० अमेरिकी डलर रहेको विश्व बैंकको अर्थतन्त्र स्तरोन्नतिसम्बन्धी प्रतिवेदन–२०१९ मा उल्लेख छ । माल्दिभ्स ‘उच्च मध्यम आय’ वर्गमा पर्ने दक्षिण एशियाको एकमात्र मुलुक हो । यसअघि श्रीलङ्का पनि सोही वर्गमा रहेकोमा यस वर्ष उसको प्रतिव्यक्ति आय खस्केर ‘निम्न मध्यम आय’ भएको मुलुकको सूचीमा झरेको छ । गत वर्ष श्रीलङ्काको प्रतिव्यक्ति कुल राष्ट्रिय आय चार हजार ६० अमेरिकी डलर थियो । यो वर्ष भने प्रतिव्यक्ति कुल राष्ट्रिय आय चार हजार २० डलरमा झरेको छ । सार्क मुलुकहरूको स्थिति हेर्दा प्रतिव्यक्ति कुल राष्ट्रिय आयका आधारमा नेपालभन्दा पछाडि अफगानिस्तान मात्र छ । सार्कका आठ राष्ट्रमध्ये अफगानिस्तानको प्रतिव्यक्ति कुल राष्ट्रिय आय पाँच सय ४० अमेरिकी डलर छ ।
त्यस्तै श्रीलङ्का, भूटान, भारत, बङ्गलादेश, पाकिस्तान र नेपाल गरी ६ मुलुक ‘न्यून मध्यम आय’ भएका मुलुकको समूहमा पर्छन् । ती मुलुकको प्रतिव्यक्ति कुल राष्ट्रिय आय क्रमशः चार हजार २०, दुई हजार ९७०, दुई हजार १३०, एक हजार ९४०, एक हजार ५३० र एक हजार ९० अमेरिकी डलर छ ।
उच्च मध्यम आयतर्पmको यात्रा
नेपालले आय वृद्धि, गुणस्तरीय मानव पूँजी निर्माण र आर्थिक जोखिमको न्यूनीकरण गर्दै सन् २०२२ सम्म मुलुकलाई अति कम विकसित देशबाट ‘विकासशील’ देशको सूचीमा स्तरोन्नति गर्ने र सन् २०३० सम्म ‘उच्च मध्यम आय’ भएको मुलुकमा स्तरोन्नति हुने गरी दीर्घकालीन लक्ष्य तय गरेको छ । मुलुकलाई अति कम विकसितबाट विकासशील राष्ट्रको सूचीमा उक्लन मानव सम्पत्ति सूचक र आर्थिक जोखिम सूचक सकारात्मक रहे तापनि प्रतिव्यक्ति आय पर्याप्त नहुँदा नेपाल विकासशील मुलुकमा स्तरोन्नति हुन सकिरहेको छैन । ‘विकासशील’ मुलुकमा स्तरोन्नतिपश्चात् अन्तर्राष्ट्रिय व्यापारमा प्राप्त हुने सहुलियत कटौती हुन सक्ने तथा अनुदानलगायत विकास सहायतामा कमी आउन सक्ने जोखिमले गर्दा तीनमध्ये दुई मापदण्ड पूरा गरेर पनि प्रतिव्यक्ति कुल राष्ट्रिय आय कम भएको कारण देखाउँदै नेपालले स्तरोन्नति प्रक्रिया सन् २०१८ बाट सन् २०२१ का लागि सारेको थियो । तर सार्क मुलुकमध्ये भूटान स्तरोन्नति हुने क्रममा रहेको र नेपाल तथा अफगानिस्तान मात्र बाँकी रहेकाले जतिसक्दो चाँडो स्तरोन्नति हुनुको विकल्प पनि छैन । त्यसैले अहिलेको उपलब्धिलाई नेपालले ‘विकासशील मुलुक’ हुँदै ‘उच्च मध्यम आय’ भएको मुलुकमा स्तरोन्नति हुने यात्राका रूपमा सदुपयोग गर्न सक्नुपर्दछ ।
देशमा यतिबेला दुई तिहाइ नजीकको सरकार छ, जसले मुलुकको काँचुली फेर्ने हैसियत राख्दछ । तर विडम्बना नै भन्नुपर्छ, हरेक क्षेत्र विकृत बन्दै गएको छ । भ्रष्टाचार, अनियमितता, सुशासनको अभाव र विसङ्गतिले सीमा नाघ्न थालेको छ । यस्ता कर्ममा उच्चपदस्थ कर्मचारी तथा वरिष्ठको पगरी गुथेका नेताहरूकै संलग्नताले सिङ्गो मुलुक लज्जाजनक अवस्थामा पुगेको छ । भूकम्पबाट क्षतिग्रस्त अर्थतन्त्र क्रमशः सुधारको लयमा फर्किरहेको अवस्थामा पुनः कोरोना महामारीले प्रभावित बनेको छ । यसले हाल प्राप्त उपलब्धि जोगाउन र आगामी दिनमा अर्थतन्त्रको विस्तार र विकासमा चुनौती खडा गरेको छ । अहिलेकै अवस्थामा विकासशील मुलुक हुँदै सन् २०३० सम्म उच्च मध्यम आय भएको मुलुकमा स्तरोन्नति हुने यात्रा निकै चुनौतीपूर्ण देखिन्छ । यसका लागि मुलुकमा आर्थिक अनुशासन र प्रशासनिक सुशासन दुुवै चाहिन्छ । पूर्वाधार निर्माण, लगानी प्रवद्र्धन, अन्तर्राष्ट्रिय व्यापार, मानव पूँजी, स्रोत व्यवस्थापन, खर्च क्षमता, पारदर्शिता र सुशासन आदि क्षेत्रमा प्रभावकारी सुधार ल्याउनुपर्ने देखिन्छ । त्यसैले मुलुकको समग्र उत्पादन र उत्पादकत्व वृद्धि गरी दिगो आर्थिक विकासका लक्ष्य हासिल गर्दै तोकिएकै समयसीमाभित्र ‘उच्च मध्यम आय’ भएको मुलुकमा स्तरोन्नत हुनेतर्पm अघि बढ्नु नै आजको मुख्य आवश्यकता हो ।