$type=ticker$count=12$cols=4$cate=0

कोरोना नियन्त्रण कसरी गर्ने

SHARE:

 

    -डा रोशन कुर्मी 

    हालको अवस्थामा समुदायस्तरमा फैलिएको कोरोना नियन्त्रण गर्न हामी सबै मिलेर मात्र आफ्नो परिवार र समुदायलाई यस महामारीबाट बचाउन सक्छौं । हामी सचेत भएनौं र गल्तीहरू गर्दै गयौं भने भोलि आफ्नो घरपरिवारलाई कोरोना सङ्क्रमण भएमा घरमैं रुनुबाहेक कुनै उपाय छैन । जानीनजानी अहिलेसम्म गरेका गल्तीबाट सिक्नुपर्ने बेला आएको छ । यस रोगबाट हाम्रो समाजमा देखिएको मृत्युको मुख्य कारण सही समयमा सही उपचार नपाएर भएको देखिन्छ ।
    लकडाउनको पहिलो दिनदेखि नै मैले निरन्तर अस्पतालमा बिरामीहरूको उपचार गर्दै आएको हुनाले, मैले बुझेको,  देखेको र गर्नुपर्ने कुराहरू यहाँ राखेको छु । प्रत्येक दिन मैले ४०–५० जनाभन्दा बढी ओपिडीका बिरामी र त्यही सङ्ख्यामा भर्ना भएका बिरामीको उपचार गर्दै आएको छु । शायद त्यसमा कतिजना कोरोना सङ्क्रमित बिरामी पनि  होलान् । धेरैपटक त बिरामीको कोरोना रिपोर्ट कुर्दाकुर्दै निमोनिया ठीक भएर छुट्टी गर्ने बेलामा रिपोर्ट पोजेटिभ आएको देखिन्छ । २० भन्दा बढी बिरामीको   सकुशल उपचारपश्चात् रिपोर्ट पोजेटिभ आएको देखिएको छ । अहिले पनि मेरो सम्पर्कमा घरमैं आइसोलेशनमा बसेर २०–३० जनाभन्दा बढी बिरामी  उपचाररत छन् । दिनहुँ १० जनाभन्दा बढी कोरोना शङ्कास्पद निमोनिया भएका बिमारीहरू शय्या नपाएर र समयमा  पिसिआर परीक्षण रिपोर्ट नपाएर भौंतारिरहेका छन् । कुनै अस्पतालले शय्याको अभावमा होस् वा कुनै अस्पतालले आफ्नो चिकित्सक र स्वास्थ्यकर्मी सङ्क्रमित हुने डरले  रुघाखोकी र निमोनियाका बिरामीलाई  उपचार गर्न मानिरहेका छैनन् ।

    हुन सक्छ मलाई यो सङ्क्रमण भएर म भित्रभित्रै ठीक पनि भइसकेको हुन सक्छु । मसँग दिनरात आफ्नो ज्यानको बाजी लगाएर खट्ने स्वास्थ्यकर्मीहरूलाई  यही आश्वासन दिन्छु कि कोरोना लाग्दैमा ज्यान जाने होइन तर सही समयमा उपचार पाइएन भने ज्यानको जोखिम हुन सक्छ । लुकेर, भागेर बच्ने अवस्था पनि छैन, यदि हामी कसैलाई यसको लक्षण देखिएमा भोलि हामी आफ्नो उपचार आफैं गर्न सक्षम हुनुपर्छ । यस्तो परिस्थितिमा एकजुट भएर यो महामारीसँग लड्नुको विकल्प पनि छैन । बरु हामी स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी उच्च मनोबलका साथ   सावधानीपूर्वक आपसी समन्वय बनाएर  अघि बढेमा रोगसँग लडेर जीत हासिल गर्न सकिन्छ ।
    कोरोना सङ्क्रमित १५ देखि २० प्रतिशतलाई मात्र लक्षण देखिने हुनाले  प्राथमिकताका साथ यी बिरामीहरूलाई पहिला जाँच र उपचार गर्न जरुरी छ ।  ६ महीनादेखि हामीहरूले जे ग-यौं, त्यसले मात्र अब यो महामारीलाई रोक्न सकिंदैन । १५ देखि ५० वर्षका स्वस्थ मानिसमा यो रोगले धेरै असर नगर्ने हुनाले उच्च सतर्कताका साथ अत्यावश्यक काममा यो समुदायले काम गर्नुपर्ने जरुरी देखिन्छ । जो मानिस सङ्क्रमण भई ठीक भइसकेका छन्, तिनीहरूलाई  समुदायस्तरमा आफ्नो क्षमता अनुसार देश र जनताको लागि काम गर्नु गराउनुपर्ने जरुरी देखिन्छ ।
    सात महीना बितिसक्दा पनि पर्सा जिल्लामा अहिलेसम्म कोरोना महामारीको लागि १००० भन्दा बढी शय्याको अस्पताल तयार गर्न नसक्नु, आइसियू र भेन्टिलेटरको व्यवस्था गर्न नसक्नु ठूलो कमजोरी हो । एकमात्र सरकारी सुविधासम्पन्न नारायणी अस्पताल पनि निरन्तर सञ्चालनमा ल्याउन नसक्नु अर्को कमजोरी हो । ती कमजोरीलाई आजैदेखि अविलम्ब सुधार  गरी सञ्चालन गर्नुपर्ने देखिन्छ ।
    शिक्षा, स्वास्थ्य र रोजगारमा सबैभन्दा कमजोर, जनसङ्ख्या, जनघनत्व र रोगमा सबैभन्दा अब्बल प्रदेश नं २ मा भएका स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीले मात्र यो महामारी  नियन्त्रण गर्न  सक्दैनन्  । केन्द्र र प्रदेश सरकारले मिलेर मात्र अहिलेको अवस्थालाई नियन्त्रण गर्न सक्छ । यस घडीमा प्रदेशमा भएका मेडिकल कलेजहरूले जनताको जीवनरक्षाका लागि ठूलो योगदान गर्न सक्छन् । तसर्थ  तत्कालको लागि मेडिकल कलेज प्रशासनसँग समन्वय गरेर स्वास्थ्यकर्मी र चिकित्सकहरू व्यवस्थापन गरी यस कठिन परिस्थितिमा सबै एकजुट भएर देश र जनताको हितका लागि चाँडै  अगाडि बढ्नुपर्ने देखिन्छ ।
    कोरोना नियन्त्रण गर्न लक्षणसहितका बिरामीको तुरुन्त जाँच गरेर सङ्क्रमण भए नभएको छुट्याएर कोरोना/कोरोनाइतर अस्पताल मिली एकजुट भएर काम गर्नुपर्ने देखिन्छ । त्यसको लागि २ नं प्रदेशको एकमात्र केन्द्रीय अस्पताल नारायणी अस्पतालमा ज्वरो र रुघाखोकी   क्लिनिक आजैदेखि सञ्चालन गर्ने र पिसिआर परीक्षणपश्चात् कोरोना सङ्क्रमण नभएका अन्य बिरामीलाई यहाँ भएका सम्पूर्ण अस्पतालमा भर्ना गर्नुपर्ने, सङ्क्रमण भए कोभिड अस्पतालमा उपचारको लागि पठाउनुपर्छ । आफ्नो क्षमता र दक्षता अनुसार सबै स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीले उच्च सतर्कता अपनाइ आफ्नो सेवा अविलम्ब सुचारु गर्नुपर्ने देखिन्छ । यसमा खट्ने स्वास्थ्यकर्मीको लागि सके स्वास्थ्य संस्था आफैंले, नसके सरकारी सहयोगमा स्वास्थ्यकर्मीका आफ्नो घरपरिवारमा सङ्क्रमण हुन नदिन क्वारेन्टाइनको व्यवस्था गर्नुपर्ने देखिन्छ ।
    कोरोना नियन्त्रणका लागि सबैभन्दा जरुरी कार्य जाँचको दायरा बढाउनु हो । कन्ट्याक्ट ट्रेसिङमा परेका र क्वारेन्टाइनमा रहेका सबैको जाँच गर्नु जरुरी छ । त्यसभन्दा जरुरी ज्येष्ठ नागरिक, गर्भवती महिला, बच्चा, अन्य दीर्घरोगीलाई छ । त्यसैले समुदायस्तरमा जाँच गर्नुभन्दा पहिला यी बिरामीहरूको जाँच गर्न जरुरी छ । लक्षण नभएकाभन्दा लक्षण भएकाले बढी मात्रामा रोग सार्न  सक्ने भएकाले प्राथमिकता अनुसार  पहिला यस्ता बिरामीको जाँच गरियो भने हामीले समुदायलाई बचाउन सक्छौं ।
    सङ्क्रमित र अन्य रोगका बिरामीलाई एउटै अस्पतालमा राखेर उपचार गर्दा अरू बिरामी र स्वास्थ्यकर्मीमा सङ्क्रमण फैलिने खतरा भएको हुनाले  यस्ता बिरामीलाई छुट्टै उपचार गर्नुपर्ने देखिन्छ । नभए भोलि सबै स्वास्थ्यकर्मीमा सङ्क्रमणको खतरा बढ्नेछ ।
    कोरोनाइतर अस्पतालमा शङ्कास्पद  सङ्क्रमित देखिएमा नारायणी अस्पतालको पिसिआर परीक्षणको लागि स्वाब सङ्कलन गर्ने टीमले तुरुन्तै स्वाब सङ्कलन गरी चार घण्टाभित्र रिपोर्ट दिने गरी व्यवस्था मिलाउनुपर्छ । त्यति बेलासम्म शङ्कास्पद बिरामीलाई आइसासेलेशनमा राखी सम्बन्धित अस्पतालले उपचारको व्यवस्था मिलाउनुपर्छ । यस अवधिमा चाहिने पिपिई, मास्क, पञ्जा बिरामी आफैंले व्यवस्था गर्नुपर्छ वा सम्भव भए राज्य सरकारले व्यवस्था गरिदिनुपर्छ ।
    यस घडीमा अन्य दीर्घरोगीको उपचारमा कमी नहोस् भनेर  सावधानीपूर्वक सबैले ओपिडी चलाउनुपर्ने देखिन्छ । जसले गर्दा समयमैं उपचार पाएर अरू रोग बढ्न पाउँदैन । स्वास्थ्यकर्मीलाई उच्च मनोबलका साथ चाहिएको स्वास्थ्य सामग्री र सुरक्षा उपलब्ध गराएर यस घडीमा एकजुट भएर सबैले अफ़्नोतर्फ़बाट जनताको स्वास्थ्यको लागि खटेर काम गरेको भए  शायद यो अवस्था आउने थिएन ।
    कोरोना लाग्दैमा मर्ने होइन । त्यसैले  कोभिड अस्पतालमा लक्षण भएका र घरमा आइसोलेशनमा बस्न नसक्नेलाई मात्र भर्ना गरी लक्षणरहितलाई घरमैं राख्ने व्यवस्था मिलाउनुपर्छ । जसले गर्दा लक्षण भएका, निमोनियाबाट सङ्क्रमित भएका र अक्सिजनको कमी भएका बिरामीलाई तुरुन्त कोभिड अस्पतालमा भर्ना गरेर सही उपचारको व्यवस्था मिलाउन सकिन्छ ।
    जिल्ला प्रशासन कार्यालयले हरेक स्वास्थ्य संस्थामा भीड नियन्त्रण गर्न, स्वास्थ्यकर्मीको मनोबल बढाउन,  जनसमुदायमा सचेतना फैलाउन ठूलो  भूमिका निर्वाह गर्न सक्छ ।
    यस समयमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मी उच्च जोखिममा छन् र दिनहुँ सङ्क्रमित भइरहेका छन् । तर हामीले के बुझ्नुपर्छ भने सङ्क्रमित भएको १५ दिनपछि हामी अवश्य ठीक हुनेछौं । तर हामीले आफ्नो कर्तव्य पूरा गरेनौं भने शायद ज्येष्ठ नागरिक, गर्भवती महिला, बच्चा र अन्य दीर्घरोगीका साथै  अग्रपङ्क्तिमा आफ्नो ज्यानको जोखिम मोलेर अहोरात्र खटेका स्वास्थ्यकर्मीलाई गुमाउनेछौं ।

neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : कोरोना नियन्त्रण कसरी गर्ने
कोरोना नियन्त्रण कसरी गर्ने
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjb4itqGkFpR2D3csxn5-GaXk8eVq14z7jZWIIoUOSpK4Ci68dPb0F2fMtrrGUg2QsMIia4wOATpYyMBhR-YMAQvo0A2_zVGII9KDMKrGBMLDlFNaVgdBFwUiJrbV0mjIYNx-8guh_v_yJm/w293-h303/roshan.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjb4itqGkFpR2D3csxn5-GaXk8eVq14z7jZWIIoUOSpK4Ci68dPb0F2fMtrrGUg2QsMIia4wOATpYyMBhR-YMAQvo0A2_zVGII9KDMKrGBMLDlFNaVgdBFwUiJrbV0mjIYNx-8guh_v_yJm/s72-w293-c-h303/roshan.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2020/08/blog-post_577.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2020/08/blog-post_577.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy