हाम्रो उमेर कहिल्यै पनि पछाडि जान सक्दैन, बरु हामीले चाहे–नचाहे पनि, समयको साथ यो अगाडि नै जान्छ। यदि कुनै व्यक्ति सत्तरी वर्षको छ, तब ऊ साठीको हुन सक्दैन, किनभने समयको कालचक्रमा उसले साठी वर्ष बिताइसकेको छ। जब पनि कुनै व्यक्ति साठी वर्षको उमेर पार गर्छ, तब प्रायः ऊ अवकाश हुने कुरा हुन्छ। हाम्रो समाजमा एउटा आमधारणा छ कि बूढाहरू यस उमेरमा आएर असामान्य हर्कत गर्छन् तर यो एउटा रूढ धारणाभन्दा अन्य केही होइन।
हाम्रो शरीर समयको साथ जवान हुन्छ, यो सम्भव हुन्छ, हुँदैन तर हाम्रो मन समयसँगै जवान हुन सक्छ र यसको लागि हामीले आफ्नो मनको दिशालाई सकारात्मकतातर्फ फर्काउनुपर्छ, किनभने शरीर र मन एकअर्कासँग गहिराइले जोडिएका हुन्छन्, मनको गतिविधिको पूरै प्रभाव शरीरमाथि पर्छ र शरीरको क्रियाविधिको प्रभाव मनमाथि पर्छ। यदि शरीरको उमेरलाई देखेर मनले यो मान्छ कि ऊ बूढो भइरहेको छ, तब निश्चितरूपले मन पनि बूढो हुन थाल्छ, किनभने उसले यस्तो मानिसकेको छ। यदि मनले यो मान्छ कि उसको शरीर समयसँगै बूढो भइरहेको छ तर मन अहिले पनि पहिलेजस्तै जवान छ, मनमा पहिलेभन्दा बढी अनुभव छ, मनमा पहिलेभन्दा बढी सक्रियता छ, राम्रा–राम्रा योजना छन्, तब मनको यो ऊर्जाले वृद्ध भइरहेको शरीरलाई पनि सक्रिय बनाइदिन्छ।
जब हामी कुनै औजारलाई अनुपयोगी र निस्क्रिय मान्छौं, त्यसको उपयोग गर्न बन्द गरिदिन्छौं, तब त्यो औजारले पनि आफ्नो क्षमता गुमाउन थाल्छ र समयसँगै उसको कलपुर्जा पनि जाम हुन्छ, काम गर्न बन्द गरिदिन्छ। यसको विपरीत यदि कुनै उपकरण वा औजारबाट हामी लगातार काम लिन्छौं, तब त्यो कुनै नयाँ औजारभन्दा पनि बढी हाम्रोलागि मूल्यवान् र उपयोगी हुन्छ र हाम्रो कार्यमा साथ दिन्छ। ठीक यही कुरा मनुष्य जीवनसँग पनि हुन्छ। यदि हामी आफ्नो शरीरलाई लगातार सक्रिय राख्छौं, सकारात्मक सोच्छौं, सृजनात्मक कार्य गरिरहन्छौं, तब हाम्रो यो सक्रियताले हामीलाई आफ्नो समाजको लागि उपयोगी बनाइदिन्छ। यस्तो व्यक्ति नयाँ मान्छेको लागि पनि प्रेरणाको स्रोत बन्छ र आफ्नो समान अनेक व्यक्तिका मानसिकतालाई पनि बदलिदिन्छ र उनीहरूलाई पनि उपयोगी बनाइदिन्छ।
वर्तमानमा हाम्रFे समाजमा ‘फिट एन्ड फाइन देखिनुपर्छ’ यो सोच राख्नेहरूको सङ्ख्या बढ्दैछ। यसको कारण उमेरलाई पछाडि धकेलेर अगाडि बढ्ने चाहना हरेकको अनुहारमा देख्न सकिन्छ। यसको अनुमान यस कुराबाट लगाउन सकिन्छ कि फिटनेस इन्डस्ट्री आज लगभग १९ प्रतिशतको दरले बढिरहेको छ। अब स्वस्थ मात्र होइन, बरु बडी इमेज यानी मेरो शरीर कस्तो देखिन्छ, यसलाई लिएर हरेक उमेरका मान्छे सचेत देखिंदैछन् किनभने शरीरको अवस्थालाई हेरेर नै उमेर पत्ता लाग्छ। यदि शरीरको उमेरलाई लुकाइयो भने कसैले उसलाई बूढो भन्दैन।
आजभोलि हरेक ठाउँमा यस्ता बुजुर्ग हेर्न सकिन्छ, जुन यति फिट देखिन्छन् कि उनलाई हेरेर वास्तविक उमेर अनुमान लगाउन सकिंदैन। यद्यपि यस फिटनेस क्रान्तिको दायरा निकै छोटो छ र यो केवल शहर र महानगरको आबादीसम्म सीमित छ किनभने आज पनि हाम्रो समाजमा यस्ता व्यक्तिको सङ्ख्या धेरै छ, जुन बुढेसकाललाई आफ्नो जीवनको ठहराव काल मान्छन्, जहाँ शरीरलाई बोझ ठान्छन्, अरूको आश्रितमा रहन चाहन्छन् र मनलाई बस पूजापाठ र धार्मिक कार्यमा लगाउँछन्। बूढेशकालको स्वागत गर्नु त टाढा, प्रायः चालीसको उमेरपछि नै बुढेसकालको तयारी शुरू हुन्छ।
क्यालिफोर्निया युनिभर्सिटीमा मनोचिकित्साका एक प्राध्यापक ‘एलिसा एपेल’ जो जीवनशैली र उमेरबीच तालमेलबारे अध्ययन गरिरहेकी छन्, उनका अनुसार यदि तपाईं राम्रो जिन्दगी चाहनुहुन्छ भने आफ्नो दिनचर्यामा यी सब बदलाव गर्नुपर्छ, जसले तपाईंलाई फिट बनाउन सक्छ। किनभने समयसँगै बदलिनु र परिस्थितिसँगै ढल्दै जानु नै जिन्दगी हो र यसको लागि फिट रहन निकै जरुरी छ। मनोविशेषज्ञका अनुसार यदि तपाईं आफूलाई माया गर्नुहुन्छ र बाँच र बाँच्न देऊ भन्ने कुरालाई जीवनमा लागू गर्नुहुन्छ भने हामीलाई आफ्नो जिम्मेवारीले न रुवाउन सक्छ र न बढ्दो उमेरले, किनभने त्यसपछि तपाईंको ध्यान आफ्नो जीवनशैलीमाथि हुन्छ।
वर्तमान जीवनको सत्य हो कि आज हाम्रो परिवार खुम्चिंदै गइरहेको छ र यी खुम्चिंदै गएको परिवारमा सबै सदस्यको आफ्नै एउटा भिन्दै दुनियाँ छ। यसमा पनि बुजुर्गको दुनियाँ सबैभन्दा अलग छ। आज ठूलो सङ्ख्यामा बुजुर्ग घरमा वा घरबाहिर पार्कमा एक्लै बसिरहेका देख्छौं। अन्य कारणलाई यदि किनारा लगाइयो भने उनीहरूको जीवनमा यो एक्लोपन यस कारण पनि देखिएको हो कि किनभने यस्तो मानिन्छ कि उनीहरू बुजुर्ग हुन्, रोगी छन्, यसैले कुनै काम गर्न असमर्थ छन्। मनोविशेषज्ञका अनुसार यदि मान्छौं कि हामी बुजुर्ग छौं, यसैले असमर्थ छौं, तब निश्चितरूपले यस्तै हुनेछ।
कामकाजको उमेर पार गरेपछि अचानक जीवनको दौडबाट बाहिर भएको क्षोभ बुजुर्गको अनुहारमा सजिलै पढ्न सकिन्छ। यसैले निवृत्त भएपछि हामी के गर्छौं ? यसको योजना अब तीस वर्षको उमेरपछि नै हुन थाल्छ। यो तथ्य हो कि निवृत्त भएपछि पनि मनुष्यको क्षमतामा बढी फरक पर्दैन। यही कारण हो कि विदेशमा सेवानिवृत्तिपछि पनि बुजुर्गहरूसँग उनीहरूको अनुभवको आधारमा सेवा लिइन्छ। यद्यपि अब यो प्रचलन यता पनि देख्न सकिन्छ तर यसको गति उत्साहजनक छैन, किनभने साधारणतया यहाँ अवकाशप्राप्त व्यक्तिलाई क्षमतासँग जोडेर हेरिन्छ। यसबारे जापानको कस्मेटिक कम्पनी पोलाबारे जिकिर गर्न सकिन्छ, जहाँ केवल बुजुर्ग कर्मचारीलाई मात्र काममा राखिन्छ। यहाँ ८० देखि १०० वर्षसम्मका महिलाहरू काम गर्छन्। कम्पनीको दाबी छ कि उनीहरू आफ्नो अनुभवको आधारमा राम्रो सेवा दिन सक्छन्।
अनुहारमा छाउने खुशी र रौनकले नै व्यक्तिलाई जवान बनाउँछ र मनमा छाउने सकारात्मकताले व्यक्तिलाई उत्साह–उमङ्गले भरिदिन्छ। यसैले उमेर जतिसुकै होस्, अनुहारको मुस्कुराहट र मनको उत्साहलाई कम हुन दिनुहुन्न। यदि कसैले यो सोच्छ कि बाल्यकाल र जवानीको समय राम्रो थियो र अब बुढेसकाल राम्रो छैन, यस्तो सोचले निराशा पैदा गर्छ। जीवनका हरेक कालको आफ्नै विशेषता र कमी हुन्छ, यसैले जीवनको कुनै पनि काल राम्रो–नराम्रो हुँदैन, बरु त्यसलाई राम्रो वा नराम्रो बनाउन सकिन्छ र यो हाम्रो दृष्टिकोण र मानसिकतामाथि निर्भर हुन्छ। यसैले बुढेसकालको आनन्द लिन जान्नुपर्छ।
यदि हाम्रो अनुहारमा रौनकता छ, सक्रियता छ, मुस्कुराहट छ भने चाउरिएको अनुहार पनि सुन्दर र जवान देखिन्छ तर यदि अनुहारमा उदासी, निस्क्रियता, निराशा र अवसाद छ भने जवान अनुहार पनि निभ्न लागेको र सुन्दर देखिंदैन। यसैले बुढेसकालका सुन्दरतालाई कहिल्यै काम हुन दिनुहुन्न, बरु समयसँगै बढ्नुपर्छ किनभने भित्रको उमङ्गले नै हामीलाई वास्तवमा युवा बनाउँछ।